-उत्तम बाबु श्रेष्ठ-
यी शब्दहरु टाइप गरिरहँदा मेरो भित्ताको घडीमा रातको ११.५५ बजिरहेको छ । घडीको सेकेण्ड सुई आफ्नो गतिमा टिकटिक टिकटिक आवाज निकाली रहेछ, रातको सून्यतामा त्यसको आवाज निकै गाढा सुनिन्छ । यस्तो लाग्छ घडीको सेकण्ड सुईको आवाज होइन त्यो, मानौं त्यो ठूलो घनको जोडदार आवाज हो, जसले नेपालको पुरातन संरचनालाई घनले जस्तै बेजोडसँग ठोकिरहेछ र त्यो संरचनाको प्रत्येक सेकेण्ड क्षयीकरण भइरहेछ । माफ गर्नुहोला यो मेरो कुनै मनोगत विश्लेषण होइन । यसका केही तथ्यगत कारणहरु छन् । विगत केही हप्ता र दिनका खबरहरु त्यसै भन्छन् ।
दुई हप्ता पहिलेको नेपाल साप्ताहिकमा विरगन्जका सुजित महत लेख्छन् “पर्सा
जिल्लाको तीन क्षेत्रमा माओवादीको विजय पश्चात निकालिएको विजय जुलुसमा लगाउनको लागि माओवादी र्समर्थकहरुको घरमा एक जोर सुकिला लुगाहरु थिएनन् । उनीहरु पेटिगन्जी, लुङ्गी र चप्पलमा विजय जुलुस निकालिरहेका थिए । परम्परागत सुटेट वुटेट सुकिला लुगा लगाएर, पान चपाउँदै गल्लिमा थुक्ने वर्गको बाहुल्य रहने यस्ता जुलुसहरुमा भोका नांगा अति विपन्न वर्गहरुको उपस्थितीले अभिजात्य वर्गहरुलाई सिमान्त वर्गले जबरदस्त रुपमा विस्तापित गरेको आभास हुन्थ्यो ।” त्यो भन्दा रोचक खबर बैसाख २६ गतेको कान्तिपुरमा छापिएको छ, मधेसी जनअधिकार फोरमबाट सभासद चयन भएकी सिराहाकी सेवकीदेवी दास तत्मा र एमालेबाट छानिएकी हसिना मियाको बारेमा ।
जीवन निर्वाह गर्नको लागि छिमेकीको घरमा भाँडा माझ्ने काम गर्दै आएकी ३२ बर्षीय सेवकीदेवी दास तत्मा र चुरा पोते बेचेर परिवार पाल्दै आएकी दुलेगौंडा तनहुँ की हसिना मियाको सभासदमा चयन पुरातन हुने खाने मालिक वर्गको विरासतको रुपमा रहेको नेपालको राजनिती माथिको गतिलो प्रहार हो । केहि समय अघि सुकोमल गायिका नलिना चित्रकारले आफु फोरमको सिटबाट सभासदमा हुने करिव पक्का भएको कुरा बताएकी थिइन् तर फोरमले उनको ठाँउमा सेवकीदेवी दासलाई सभासद बनाएको छ । महल की गायिका नलिनासँग मेरो व्यक्तिगत दुश्मनी केहि छैन, तरपनि सुकिला मुकिलाहरुको ठाँउमा श्रमजीवी सेवकीदेवीहरु र जन गायक खुसिराम पाख्रिनहरु जस्ताको सभासदमा चयन हुनु वास्तवमा पुरानो मानक भत्कनु र नयाँ मानक बन्नु नै हो ।
खोजी पस्ने हो भने यस्ता अनुहारहरु बग्रेल्ती छन् अहिलेको संविधान सभामा । जनयुद्वकालमा गोरखा जेल ब्रेक गरेर ख्याति कमाएकी उमा भुजेलदेखि पिछडिएको डोल्पाकी सत्य पहाडीसम्म । यी अनुहारहरु हेर्दा लाग्छ । नेपालको राजनितीमा परम्परागत रुपमा रहेको एउटा वर्गको वर्चश्व, त्यो वर्गको विरासतको हकदावी अव समाप्त भएको छ । त्यसको वदलामा नयाँ वर्गको वर्चश्व र हक अधिकार स्थापित हुदैछ । परिवर्तनलाई बुझ्न नसक्नेहरु वा बुझन् नचाहनेहरुलाई यीनीहरुको उपस्थिती निस्सार लाग्दो होला तर नयाँ नेपालमा सवै वर्ग जाती, भाषाभाषी, लिंग, समुदाय र क्षेत्रको उपस्थिती खोज्नेहरुको लागि यो खबर निकै उत्साहप्रद हो । सभासदहरुको नाम थर र वतन हेर्दा लाग्दैछ, नेपाली राजनितीका प्रमुख पात्रहरु मात्र बदलिएका छैनन् यहाँको रगंमन्च, खेलका नियमकानुन, रेफ्री, सहायक सबै क्रमश बदलिदैं छन् ।
परम्परागत राजा रजौटाहरुको एजेन्टको ठाँउमा जनताका वास्तविक प्रतिनिधीले, सुकिलामुकिलाहरुको एकल हैकमको ठाँउमा मैलाधैला लुगा लगाउनेहरुले, शहरीया शिक्षित वर्गको ठाँउमा गाँउले अनपढ भनिएका वर्गले, महलमा वस्नेहरुको ठाँउमा झुगी झुपडिमा वस्नेहरुले, सामन्तको ठाँउमा श्रमजीवीले, अभिजात्य वर्गको ठाँउमा सिमान्तकृत र पिछडिएका वर्गले, काठमाडौ केन्द्रित राजनितीको ठाँउमा दुरदराजले, खस जातिय एकाधिपत्यको ठाँउमा अल्पसंख्यक जनजातीले, हिन्दु धार्मिक अधिपत्यको ठाँउमा अन्य धर्मले, पितृसतात्मकताको ठाँउमा महिलाहरुले आफ्नो हकअधिकार स्थापित गर्दैछन् । आकारमा जम्बो भएतापनि प्रतिनिधीत्वको हिसावले यो संविधानसभाको स्वरुप त्यसरकारण पनि नेपालको इतिहासमा नै गर्व गर्न लायक छ ।
यतिखेर संविधान सभामा माध्यामिक तहको सामाजिक कितावमा मात्रै पढिएका चेपाङ्ग, धिमाल, झागड, धोवी, पासवान, राजवंशी, थामी, माझी आदी जातीहरु नाम देखेर धेरै मानिसहरुका नाक खुम्चाएका छन् । कतिले त खिसिट्यरी गर्न पनि थालिसकेका छन् यस्ताले कस्ता संविधान लेख्लान ? उनीहरुको तर्क छ, सुकिलामुकिला लुगा लगाउन जान्नेहरु, महलमा वस्ने शहरीयाहरु, वर्षौदेखि मिडियामा नाम कमाएका स्वधोषित बुद्दीजीबी विश्लेषकहरु, आइस्यो गइस्यो भन्न जान्नेहरु, महंगो बोर्डिङ्ग स्कुलमा पढेकाहरु, कानुनका ह्रश्व दीर्घ जानेकाहरु, नेपालीमा अंग्रेजी मिसाएर बोल्न माहिरहरु, विभिन्न विकासे संस्थाका ढोकेहरु आदी छैनन् । त्यस्ताहरुको अनुपस्थितीमा लेखिएको संविधान पनि कहि राम्रो होला ? हुनपनि राज्यको निति निर्माणतहमा सधै उनीहरु जस्ताको हाली मुहाली देख्दै आएकाहरुलाई त्यस्तो लाग्नु अस्वभाविक होइन । तर संविधान सभाको नतिजाले निति निर्माणतहमा त्यस्तो वर्गको उपस्थिती अनिवार्य ठान्ने मान्यतालाई पुरापुर भत्काइदिएको छ त्यसको ठाँउमा जनता नै वास्तवमा इतिहासका निर्माता हुन् भन्ने नजिर निर्माण गरिदिएको छ ।
अचम्म लाग्दो त यो छ महिला शसक्तिकरणको नाममा, पिछडिएको दलितहरुको उत्थानको नाममा डलरका खेती गर्नेहरुलाई त्यस्ता वर्गहरुको निती निर्माण तहमा भईरहेको यो उल्लेख्य सहभागीता अपच भईरहेको छ । निती निर्माणमा पिछडिएका दलित जनजाती, महिलाहरुको यत्रो उपस्थिती त्यो वर्गको शसक्तिकरण होकी होइन ? त्यसकारण उनीहरुको अधिकारको देखावटी कुरा गरेर आफ्नो खल्ति भर्ने र उनीहरुलाई सधै अवसरबाट वचित गर्न खोज्नेहरुलाई पिछडिएका समुदायको यो उपस्थिती एउटा जोडदार धक्का हो । तिमीले जानेको छैन भन्दै सधै पाखा लगाउन खोज्नेहरुको लागि गतिलो झापड हो । अवसर नै नदिए पछि कसरी जानिन्छ ? त्यसकारण संविधान निर्माण कानुनका प्रविधीक कुराको मात्रै ब्याख्या गरेर कुनै जर्नलमा लेख लेख्नु जस्तो होइन मात्र कोरा विशेषज्ञता भए पुग्ने । यो त एउटा राजनैतिक दस्तावेज पनि हो जसले राज्य तहमा विभिन्न वर्ग समुदायहरुको हक अधिकारलाई सुनिश्चित गरेको हुन्छ । त्यसकारण राजनैतिक तहमा नितिगत सहमति बन्यो भने आवश्यकता परेको खण्डमा सम्वन्धित विशेषज्ञ जहाँबाट पनि र जहिले पनि ‘हायर’ पनि गर्न सकिन्छ । ‘आउटस्वासोर्सिङ्ग’ गर्न पनि सकिन्छ । त्यसकारण यँहा सवाल कोरा विशेषज्ञताको भन्दा पनि स्वामित्वको हो, समान प्रतिनिधीत्वको हो ।
अर्को कुरा विशेषज्ञहरु मिलेर वनाएको चिज राम्रो र दीर्घायु नै हुन्छ भन्ने पनि छैन । विशेषज्ञहरुको हुलले बनाएको २०४७ सालको संविधानको हालत के भयो नेपाली जनताले देखिसकेका छन् । विश्व कै नमुना भनिएको, दक्षिण एशिया कै सर्वोत्कृष्ट भनिएको संविधान एक दशक पनि राम्रोसँग टिकेन । राजा ज्ञानेन्द्रले पनि विशेषज्ञहरुको हुल तयार गरेर राज्य संचालन गर्न खोजे कै हुन् तीनीहरुको के हविगत भयो हामीले देखि सक्यौं । त्यसकारण यदि जनताले आफ्नो स्वामित्वको महसुस गरेनन्, आफनत्वको अनुभुती गरेनन भने जति नै सुकै राम्रो संविधान बनाएर दिए पनि त्यो दीर्घायु हुँदैन र त्यसको कुनै अर्थ हुँदैन । त्यसकारण संविधान लेखनमा विशेषज्ञता भन्दा पनि सवैको समान सहभागीता र स्वामित्व मार्फ़त सवैको हक अधिकारको स्थापना अहिलेको र्सर्न्दभमा महत्वपूर्ण हो । किनभने हामीलाई राम्रो संविधान मात्रै होइन हाम्रो संविधान चाहिएको छ ।
जहाँसम्म आकार ठुलो भएको कारण उनीहरुको तलव भत्ता बढ्ने तर्क औलाइएको छ । निश्चीत रुपमा तलव भत्ता खर्च बढ्छ र देशलाई करोडौंको व्याय भार वढ्दछ । तर हामीले विगत कति वर्षदेखि राजपरिवारको लागि करोडौं रुपैयाको व्यायभार व्यहोर्दौ आयौं ? के तेतिवेला जनताले तिरेको करको पैसा एउटा परिवारको मोज मस्तिको लागि खर्च भएको होइन ? देशको भाग्य लेख्ने सवालमा सवैको प्रतिनिधीत्व होस भन्नको लागि दुई बर्ष यो व्याय भार राजतन्त्रले एक बर्ष खाने तलव सुविधा भन्दा निकै कम हो । हिजोको दिनमा काम नगरेर वस्ने राजतन्त्रलाई दिइने सुविधाको केहि सानो अंश सदियौंदेखि राज्यको सुख सुविधाबाट वन्चित वर्गका जनताका प्रतिनिधीहरुले खाए भनेर कुर्लनुको केहि अर्थ छैन । रक्सि खाएर डिस्कोमा उफ्रदै जनता पिट्ने पारस शाहलाई महिनाको डेड करोड भत्ता दिन हुने जनताका छोरी सेवकीदेवीलाई महिनाको ४० हजार दिदां किन कोलाहल ? यद्यपी राज्य उपलव्ध गराएको त्यो सुविधालाई कसरी पारदर्शी बनाउने, कसरी राज्यलाई व्यायभार कम गराउने भनेर सोच्नु भने अवश्य नै पर्दछ ।
अझै पनि असन्तोषका झिना मसिना स्वरहरु सुनिएका छन् । तर्राईमा अझैपनि थुप्रै संख्यामा अधिकारको लागि हतियार उठाइरहेका समुहहरु छन् । केहि जनजातीका प्रतिनिधीत्व भएन भनेर आवाजहरु उठेका छन् । अवको मनोनित सिटमा उनीहरुलाई पनि समेटनु पर्दछ । यदि ज्वाला गोइतका मानिसहरुपनि संविधान लेख्ने महान कार्यमा सहभागी भए कति राम्रो हुने थियो होला । सम्वन्धित पक्षहरुले त्यसलाई जारी राखे झन् राम्रो हुने थियो । तर पनि वहुभाषिक, वहुजातिय, वहुधार्मिक, वहुसांस्कृतिक विविधताले भरीएको हाम्रो जस्तो देशमा यसरी करीब सवै जातजाति, धर्म, सम्प्रदाय, समुदाय, क्षेत्र, लिंगको प्रतिनिधीहरुले संविधान निर्माणमा कार्यमा जुटनु निकै आशाजनक हो ।
यी हरपहरुलाई सिध्याउने तरखर गर्दै गर्दा परम्परागत नेपाली एकताको प्रतिक ठानिएको राजपरिवारको नारायणहिटीबाट र्सर्ने समय ४ घण्टा छोटिइसकेको छ । फेरि लाग्दैछ घडिको सेकेण्ड सुईको त्यो आवाजले त्यो पुरानो नेपाली कथित एकताको प्रतिकलाई अन्तिम प्रहार गरिरहेको छ, अब त्यो ढल्दैछ । त्यसको ठाँउमा सवैको प्रतिनिधीत्व भएको सबैले आत्मासम्मान र आत्मास्वाभिमान पूर्बक वाँच्न पाउने सामाजीक न्यायको सिदान्तमा आधारीत लोकतान्त्रिक राजनितिक व्यवस्था निर्माण तर्फदेश अगाडि बढिरहेको छ । चेपाङ्गदेखि माझिसम्म, वेगमदेखि शाक्यसम्म, आर्चायदेखि रम्तेलसम्म, शेर्पादेखि यादवसम्मको युवादेखि वृद्घसम्मको, मेचीदेखि महाकालीसम्मको, हिमालदेखि तर्राईसम्मको, उपत्यकादेखि मोफसलसम्मको नितीनिर्माण तहमा भएको यो शसक्त उपस्थिती समावेशी नेपाल निर्माणमा एउटा कोशे ढुंगा हो जसले नयाँ नेपाल बन्दै गरेको स्पष्ट संकेत गरेको छ ।
No related posts.









Uttam babu is one of the opertunist, he is sometimes maiobadi, sometimes khayobadi. Many of his juniors sacrifice for the politics but now Uttam je is getting benifited. Anyway he can sell himself to maiobadi soon.
मन परे हरियो, नपरे रातो
5
0
a very good article. my feelings exactly.
this ‘assembly’ really depicts the real picture of nepal. there is no doubt about it. neither i’m questioning the intelligence of the members nor undermining them for who they are, but if they are involved to ‘produce’ my (our) future constitution, now i’m honestly rest assured that it will be – a piece of work that i will understand it wholeheartedly and put my full ‘trust’ and ‘faith’ on it. and this i know.
मन परे हरियो, नपरे रातो
0
0
Yog Ji
Its’ very important for all of us who are worried about representatives like Sebaki Devi that its’ neither Sebaki Devi or Girija or Prachanda who is going to write the constitution of Nepal with their hands, there are employees from the ministry who make the notes of different view from the representative as concepts which if agreed is converted to clauses of constitution. Technicalities come from the experts who are there. Why are we o much worried? What Sebaki Devi says on behalf of her community is most important than her skills on writing constitution. Do you think Girija, Prachanda, Deuba and so many others are experts in making constitution? Its’their views which is important, otherwise why didn’t we nominate only lawers to make constitution without the contituant assembly election?
मन परे हरियो, नपरे रातो
3
0
Uttam ji
tapai ko lekha man paryo.tapai le bhane jastai ab thalu haru ko din gaya jasto cha.tar pani mero man k lageko cha bhane yo ahile ko situation ma yo sabhasad le ta sambidhan banaune ho ra sambidam banauna ko lagi ali padelekheka le ani banauna sakchan hola jasto lagcha.sebaki devi haru jastai le k sanchai naya nepal banauna sakchan hola ta?yo 21th satabdi ma pani aruko bhayar basne le k naya nepal banauna sakcha hola ta?ma pani change chahanchu but positive kura ko lagi na ki negative ko lagi.
मन परे हरियो, नपरे रातो
1
0
उत्तमबाबुजी,
माओवादी राजनैतिक दर्शनसंग खुस हुनेहरूका लागि, नेपालको अहिलेको परिवर्तन चामत्कारिक हुनसक्ला तर के खमेर रूजको राजनैतिक विचार र व्यवहार बोकेर नया नेपाल बन्ला बन्ने कुरामा तपाईँलाई विश्वास छ त ? माओवादीले घृणा गर्ने साम्राज्यवादी अमेरिकाको शैक्षिक राजधानी बोष्टनमा बसेर नेपालको परिवर्तनमा निश्चित राजनैतिक विचारको पृष्ठभूमिमा आल्हादिन हुन सकिएला किनभने भोलिको माओवादी राजनीतिमा यस्ता मान्छेहरूलाई ठूला र सुनौला अवसरहरू हासिल होलान् , तर यो घृणा र हिंसाको दर्शनले नया संसार , नया मुलुक वा नया समाज जो परिष्कृत, विकसित र सुसंस्कृत सबै भएको होस् कतै देख्नु भएको छ बन्ने सम्भावना ? के तपाईँको विद्वाताले साँच्चै नै माओवादी विचार वा व्यवहारले नेपाललाई भौतिक विकासको अमेरिका वा माओवादीले रट्ने स्विट्जरल्यान्ड बन्ला भन्ने ठहर गर्छ ? के यो क्युबा, र उत्तर कोरियामा देश रुपान्तर गर्ने दर्शन हाम्रो भाग्य लेख्नैका लागि आएको हो त ?
हैन के छ यो विचारमा र व्यवहारमा जहाँ तपाईँ सुनौलो संसार देखेर यति बिघ्न पुलकित हुनुहुन्छ ?हामीले जान्न पाउने जिज्ञासा राख्न सक्छौँ ? यो दर्शनले आज पर्यन्त संसारको कुनै एउटा सिंगो मुलुकलाई उद्दार गर्यो कृपया बताइदिनु हुन्छ कि ? यदि यस्तो हुँदो हो त तपाईँ आज प्योङ्याङ विस्वविद्यालयको पुस्तकालयमा आफ्नो ल्यापटपमा कुराहरू टाइप गर्दै सुनौलो वसन्तका कथा सुनाइरहेको हुँदो हो तर तपाईँको वसन्त वर्णनले त न्युयोर्कको चेरी ब्लसमको गाथा गाएको पो छ त , कि कसो ?
अत: हिंसा र घृणाको दर्शनमा थचारिएर हामी नया समुन्नत नेपालको सपना देख्न सक्दैनौँ , त्यसका लागि त्यस्तै आधारभूमि चाहिन्छ । दावा र कल्पनाका स्वप्न महल त हिट्लर र मुसोलिनीले पनि राम्रो गरेका थिए , तर यो अधिनायकावादी दर्शनले केवल क्याम्बोडिया, रुमानिया, सांस्कृतिक क्रान्तिको नाममा त्रासदिहरू मात्र रोपेको छ मानवताको दिलोदिमागमा । आजको चिनले गरेको कथित प्रगति माओवाद हैन, बरू देङले निम्ताएको कुरुप पूँजिवादले विकृति पारेको प्रतिक्रान्तिवादी चीन हो जहाँ विश्वकै सबैभन्दा उग्र पूँजिवादको प्रयोग कम्युनिष्ट पार्टीले सरकार चलाउने मुलुकमा भएको मात्र हो । त्यो चीन जहाँ , कानूनले एउटा सन्तति मात्र पाउन निय राखेको छ तर तपाईँसंग प्रशस्त धन छ भने धनको कुम्लो सरकारलाई बुझाउँदै सन्तान थप्न सक्नुहुन्छ वा कुकुर पाल्ने शौख पूरा गर्न सक्नुहुन्छ तर तपाईँ हाइनानको कृषक हुनुहुन्छ भने मृगौला बेचेर खेतमा हाल्ने फर्टिलाइजर किन्न वाध्य हुनुहुन्छ । यसैले आफ्नो कलेज कालीन राजनैतिक दर्शनको धङधङी बोकेर सुपर पूँजिवादी विस्वविद्यालयलबीबाट ल्यापटपका बटन थिचेर , माओवादको स्तुतिगान गरेको त्यति सुहाएन कि ?
मन परे हरियो, नपरे रातो
4
0
Uttam jee,
I appreciate your collective remarks of moving Nepal in new path in terms of CA representatives.After reading your article, I drew a real picture of CA representatives in my mind.Yes,they are the real leaders for new Nepal and can carry the voice of majority of Nepalese who live in remote and poor communities.Keep it up.
मन परे हरियो, नपरे रातो
2
0
How you guys think about new Nepal.you guys believed
that the constituent elected members are qulified or
not.
In my view this is just doing drama.
“KHAS LAI KHASAALERA
BAAHUN LAI BASAALERA
PURANO BOTTLE MA NAYA RAKSI”
“PRACHANDA SURYA KO RAAP
JANTAA LE SAHANA SAKINCHHA
YADI SAKINDAINA BHANE
SITTAL DINA BAADAL LAI
RASTRA PATTI OR PRADHAN MANTRI
BANAUNDA K KO AAPATTI.
मन परे हरियो, नपरे रातो
2
0
Uttam ji,
if we can involve to King Gyanendra making constitution then it would be more effective and efficient than involving other corrupted leaders. Let me know your idea on it.
Sagar,
California, USA
मन परे हरियो, नपरे रातो
2
0
In my opinion most of the commentators are forwarding their assumptions which have got no basis. Proprotional representations is a scientific way of giving opportunity to represent the nation, Why do we make assumptions that they are not educated, they can not even run their families etc etc. Let’s have patience and watch their voice. Constitution is for all Nepali. If Nepal needs some representative, who should represent Nepal? …….? Indian ….? American.
मन परे हरियो, नपरे रातो
1
0
उत्तमजीको लेख राम्रो छ, उहाले राम्रो आशय राख्नु भएको छ। यसमा बेग्लै तर्क गर्नुको कुनै अर्थ छैन। तर कुरा यहाँ नियतको होइन, व्याबहारिक कार्यन्वयन र त्यसबाट आउन सक्ने पारीणामको हो। hopeले माथि उठाएको प्रश्न अतिनै अहम हो, किन भने हाम्रो र हाम्रा सन्ततिको भबिस्य कोर्ने काम दक्ष्य मान्छे बाट हुनु पर्ने हो । संबिधान सभा पटक पटक गरी राख्ने कुरा होइन,र यसमा गरिने गल्तिको मुल्य कती हुनेछ भनेर तत्काल अन्दाज गर्न सकिदैन। समानुपातिक प्रतिनिधित्वको आवस्यकता यो राज्यलाई अन्शवन्डा लगाउन होइन (जस्तो धेरैजनालाई लागेको हुन सक्छ) बरु कसरी सबै नेपालीको भलो गर्न सकिने खाल्को संबिधान बनाउन सकिन्छ भनेर हो। आफ्नो देशको यथार्थलाइ आत्मसात गर्दै विश्वका अन्य देशको अनुभव समेतलाई मिलाएर बनाउनु पर्ने संबिधानको जिम्मा त्यस बिषयमा अलिकती पनि ज्ञान नभएका ब्यक्तीलाई दिनु पकका पनि बुद्धिमानी होइन। उनिहरुलाई त आफ्नै छोराछोरिको भबिस्य पनि कसरी राम्रो होला भन्ने ख्याल नहुन सक्छ। populism को चपेटामा परेको अहिलेको राजनीतिमा यस्ता कुरा धेरैलाई अपाच्य लग्न सक्छ, तर यो यथार्थ लाई नजर अन्दाज गर्नु बेग्लै ढंगको बेइमानी हो।
मन परे हरियो, नपरे रातो
1
0
उत्तमबाबुजी,
तपाईंको बस्तुगत तथा तथ्यपरक बिस्लेषण को लागि धेरै धेरै धन्यवाद । रचनात्मक आलोचना गर्ने ठाउँ समेत दिनुभएन । भन्न मन लाग्यो,
नाम पनि उत्तम, काम पनि उत्तम, सोचाइ झन राम्रो छ ।
समाज र देश, राजनीतिक बुझाई, बिस्लेषण उत्कृष्ट ।।
तपाईंको कलम निरन्तर चलोस, ज्ञान यहाँ फैलियोस ।
स्वतन्त्र भइ लेख्ने त्यो सिर्जन, निरन्तर दौडियोस ।।
प्रयास ।
मन परे हरियो, नपरे रातो
2
0
सभासदहरुको बार्षिक तलब पक्कै पनि राजपरिवारको भन्दा कमै होला I तरपनि जनतालाई राहत दिन अत्यावश्यक कामहरु पनि साथसाथै अगाडी बढाउनु पर्नेहुन्छ I मासिक ४० ००० रुपियाका दरले वर्षमा ६०१ सभासद को तलब मात्र करीब ३० करोड़ हुन आउछ I जनप्रतिनिधिहरुले मितब्यायिता देखाई जनतामा सकारात्मक संदेश दिनु जरुरी छ I मेरो बिचारमा सभासदको तलबमान हालको बजारभाउको मूल्यांकन गरेर निश्चित गर्नु बेश होला I
मन परे हरियो, नपरे रातो
2
0
उत्तम जी, तपाइँले जे विचार राख्नुभयो ठिक छ । हो धेरै नचिनेका अनुहारहरुले पनि चिनिने मौका पाउनु पर्छ र उनीहरुका आवाज पनि राष्ट्रिय रुपमा सुनिनु पर्दछ । तर नेपालमा अहिले जे भइरहेको छ र गरिँदैछ त्यो नेपालको धरातलिय यथार्थ भन्दा निक्कै फरक छ ।
हाम्रा नेताहरु अनि तिनका पछिलाग्ने सबै राजनीतिक गोलमटोलमै आर्थिक उपार्जन गर्ने समाजका अन्य टाठा बाठा भनाउँदा वर्ग जसरी पनि शक्ति र सत्ता आफ्नो पकडमा राख्न चाहन्छन् । त्यसैले कुरा बढि गरिन्छ र काम कम । संविधानसभाको कुरा गर्नेहो भने संविधान सभा मुलुकको संवैधानिक व्यवस्था तोक्न बनेको सभा हो यो रत्नपार्कमा गर्न लागिएको जुलुश होइन । त्यसैले यस्ता सभामा धेरै मानिस हुँदैमा र धेरै जात जातीको सहभागितामा राम्रो काम हुन्छ भन्ने सोच्नु त्यती सही लाग्दैन । हामी संविधानसभाको नाममा अनावश्यक ठूलो फौज तयार पार्दैछौं र संविधानसभाको सदस्यका लागि समानुपातिक र समावेशी प्रतिनिधित्वको कुरा गरिरहेका छौं जुन तपसिलको कुरा हो । किनकी मुल कुरा भनेको कस्तो संविधान बन्छ भन्ने हो । संविधान जसले जसरी बनाएपनि त्यसले सबैको भावना समेट्नु ठूलो कुरा हो । संविधान सभा भन्दा पनि त्यसले लेख्ने संविधान ठूलो कुरा हो । बीआईसीसीमा जति ठूलो भिड त्यती राम्रो संविधान हुने होइन ।
संविधानसभामा धेरै जात जाति तथा भाषिक सम्प्रदायको सहभागीता हुँदैमा उनीहरुको अधिकार सुनिश्चित हुने होइन । त्यस्ता मुटि्ठभर मान्छे ठूलो पदमा पुग्दैमा त्यस्तो हुने भए अहिले नेपाल यस्तो अवस्थामा हुन्थ्यो ?
सहभागी गराउने भनेर जो पायो उसलाइ जम्मा पारेर राम्रो संविधान बन्ने होइन । त्यसमा पनि विभिन्न दलका ह्विपमा ताली ठोक्नेको जमातलाई पाल्नु राष्ट्रिय ढुकुटीको नोक्सान हो । मैले तिरेको करको दूरुपयोग मात्र हो भन्ने मलाई लाग्छ । सबैको आआफ्नो ज्ञानको क्षेत्र हुन्छ र सम्बन्धितले नै धेरै जानेको हुन्छ भन्ने मेरो मान्यता हो । अब खेती किसानी गरेको र कपडा सिउने काम गरेको मानिसलाई संविधान, कानुन, अर्न्तराष्ट्रिय मान्यता, सम्बन्ध अनि राष्ट्रिय हितको कुरा कसरी थाहा हुन सक्छ । जसको ज्ञानको दायरा नै कम छ भने उसले कसरी यस्ता निर्णय लिन सक्छ ? त्यसै बुढापाकाले बोकाले दाइँ गर्ने भए गोरु किन चाहिन्छ भन्थ्ये । अहिलेको संविधानसभाको भिड र कथित समावेसी गराउन गरिएको मनोनयन त मलाई बोकाको दाइँ जस्तो लाग्यो । फोकटमा म जस्ताको करको पैसा खेर
मन परे हरियो, नपरे रातो
1
0
Uttam Ji
I always wait for your articles in this blog. I really would like to appreciate for your current article as usual. I hope you won’t be discouraged by the commentators like Robin who seems to be so mean not understanding the gravity of the issues you bring out for our consumption. Even if he has some differences he should not attack in public. Discussion is on the issues from your article not on you. What Robin wants by attacking on you personally? Does it matters for the issues in your article? I hope Robin should answer if he is accountable. Congratulations Uttam Ji.
मन परे हरियो, नपरे रातो
2
0
”मैले यसरी सम्बिधान बनाउदा ‘उट’ को उत्पादन भन्नु को तात्पर्य समाबेशी को फैदा न बुझ्नु पनी हुन सक्छ |किनकी यो नेपाल माँ पहिलो चोटी हो|तर फाइदा नै हुन्छ भनेर कितान पनी गर्न सकिन्न मित्र,उत्तर भाबिश्य को गर्भ माँ छ ||ययूता उखान छ नि ”माझी को सल्लाह ले सात गौ डूब छ ”त्यों नहोस येही मेरो कामना छ |
”होप जी को कुरामा मेरो भाबना लुकेको छ,सम्बिधान बुद्दिजीबी बाट नै बन्नू पर्थ्यो”’एउटा कुरा के पनिसाचो हो भने देश बिकास,कसैको उन्नति ,प्रगति माँ २०४७ को सम्बिधान ले कही पनी रोकेको थिएन|त्यों सम्बिधान राम्रो मानिएको नै थ्यो (केही बुदा बाहेक )|
सम्बिधान साधन हो साध्य होइना |
मन परे हरियो, नपरे रातो
1
0
Excellent!!!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
1
0
Robin,
Are you sick mad man? U Can differ with writing but can not write any thing that you create in your mind.
मन परे हरियो, नपरे रातो
1
0
होप जि !
तपाईंको तर्क आफ्नै ठाउँ मा असाध्यै तार्किक छ । होप जि , हाम्रो भबिस्य लेख्ने काम कुनै बिज्ञ हरुको समुहले ग रोस भन्ने चाहना राख्नु तपाईंको गल्ती होइन । छैन । यो त तपाईंले सोच्नु भयको जस्ताइ सबैले सोच का छन जस्तो लाग्छ मलाई पनि ।
मलाई के कुरा मा सन्तुस्टी लाग्यो भने सेबकी देबी र हसिना मिया हरुको उपस्थिती ले कम्ती मा पनि संबिधान लेख्ने बेलामा देश का गरीब दुखी बर्गलाई स मेटे र
चाँही पक्का लेख्ने छ । किनकी सेबकी -हसिना जि हरु स्बयम नै त्याहा उपस्थित हुनु भयको छ । यस् अर्थ मा मलाई आत्म सन्तुस्टी लागेको छ ।
((होप जि ! तपाईंले उत्तम जि लाई प्रश्न गर्नु भयको थियो । मैले पनि मनमा लागेको लेखे है । मलाई तपाईंको तार्किक कमेन्ट असाध्यै राम्रो लाग्छ । ))
मन परे हरियो, नपरे रातो
1
0
लेख जस्तै देश भइदिइयोस !उत्तम सर धेरै धेरै धन्यवाद !
मन परे हरियो, नपरे रातो
2
0
संबिधानसभामा सम्पूर्ण जनजातीलाई समेतेर समाबेशी बन्नखोजेकोमा कसैलाई धेरै ठुलो आपत्ति त नहोला ,तर यस्को उपदेयता केहो त भन्ने प्रश्न उठ्नु लाई अब्यवहारिक पनि मान्न सकिन्न! के ६०१ सभासदमा ६०१ थरिनै भएपनी समाबेशी संबिधान बन्नेछ भन्ने ग्यारेन्ती छ त ?? समानुपातिकमा चुनिनु भन्नु र मनोनित भन्नुमा तात्विक भिन्नता के चाँही हो नि ?? जो देशको भु राजनीतिक परिस्थिती एव संबैधानिक मुल्य र मान्यता प्रती किन्चित पनि जान्कार छैन भने उबाट देशको संबिधान निर्माणमा कस्तो किसिमको योगदानको आशा हामीले गर्ने त ??
संबिधान सभा मा देशका सम्पूर्ण जाती र समुहलाई प्रतिनिधित्व भन्दा संबिधान मा ति कुरा उल्लेख गरेर ब्यवहारमा चाँही लागु गर्नु ठीक होइन र ?? आखिर संबिधान सभा ति सभासद हरुलाई तालिम दिदै बर्षउ बित्ने भयो होइन त ?? जबसम्म ति सभासदहरुले बुझ्ला सन्बिधान भनेको केहो र कसरी बनाउने ,जनताले अब संबिधान मात्र होइन सन्बिधान सभानै नयाँ चाहियो भन्ने अवस्था आउन सक्छ कि सक्दैन ?? किन संबिधान बनाउने जस्तो महत्वोपूर्ण कार्यलाई खेलाएची गरिदै छ ह ??
मलाई सेवकी देवी ,हसिना प्रती केही गुनासो छैन ,तर उनिहरु भावी सन्सदमा चुनेर या जितेर आएको भये मलाई बढी सन्तोष हुन्थ्यो किनभने त्योबेला वहाँहरुले बोल्न पाउनु हुन्थ्यो ,काम गरेर देखौन सक्नु हुन्थ्यो,आफ्नो क्षेत्र प्रतिको जिम्मेवारी सहज रुपमा निर्वाह गर्नु पाउनु हुन्थ्यो!तर संबिधानसभामा वहाँ हरुले नत केही बोल्ने मौकानै पाउनु हुने छ न त केही गर्ने मौका नै पाउनु हुनेछ किनकी एक त वहाँ हरुमा जरूरी ज्ञानको अभाव हुनेभयो अर्को नयाँ नीती बनाउने कुरामा उहाहरुको भूमिकाको कत्तिको सम्मन हुने हो या गर्नु पर्ने हो बहसको बिषय हुन सक्छ!
ब्यक्तिगतरुपमा मलाई चुनावमा जितेर आएकाहरुपनी उत्ती राम्रात लागेनन तर समानुपातिक बाट त झन निराश बनायो ! के हामीले समानुपातिक को नाममा देस क साँढे दुई करोड मानिसको भविस्य सँग खेलबाद गर्न पाईन्छ ?? संबिधान सम्बन्धी केही ज्ञान नभएका ब्यक्ती हरुलाई संबिधान लेख्न लाएर के हामी अब धुक्क बस्न सक्छोउ त ?? के समानुपातिक मा चुन्नलाई पढेलेखेका र यस् सम्बन्धी ज्ञान भएका ब्यक्ती नपाएकै हो त ??
म अझैपनी किन संबिधान लेख्ने जस्तो महत्वोपूर्ण कामलाई जागिरको आरक्षण जस्तो बनाएको भनेर जिल्ल भएको छु हो ,हाम्रो भबिस्य लेख्ने काम कुनै बिज्ञ हरुको समुह ले गरोस भन्ने चाहन राख्नु के मेरो गल्ती नै होत ?? ईतिहासको महत्वोपूर्ण यो मोड किन असुरक्षित र अज्ञानीहरुको हातमा सुम्पिएको हो, म त रणभुल्लमा छु !! कि मैले कुरा नबुझेको हो ह उत्तम जी ??
मन परे हरियो, नपरे रातो
1
0
Good as gold!!!!!
मन परे हरियो, नपरे रातो
1
0
Uttam ji” you are great.thank’s
मन परे हरियो, नपरे रातो
1
0
सर्बप्रथम त बधाई छ उत्तम जी लाई । यो आर्टिकल नै तपाईं मा भएको खुबी र देशभक्ती को प्रमाण हो ।
उत्तम जी लाई म राम्रो सँग चिन्दछु। उहा ३ बर्ष अघि बोस्टन मा होइन जर्मनी मा हुनुहुन्थ्यो । उहाको जून प्रकारले चरित्र हत्या को प्रयास गरिएको छ त्यो सब मनगरन्थ र सरासर झुठ आरोप हो । उहाजस्तो ब्यक्ती माथि येस्तो आरोप लगाउनु सरासर अपराध हो । मन्डले हरुको चाल् हो ।
सन्जीव ( अष्ट्रेलिया)
मन परे हरियो, नपरे रातो
1
0
उत्तमजी राम्रो लेखको लागि धन्यवाद, तर यती हुँदाहुँदै पनि पोखरिको मुहानको ताला ति सदेगलेकाहरु सँगनै छ । पोखरिमा जतिनै राम्रा माछा हाले पनि साचो धारीले गर्दा माछाहरुले स्वन्त्रता पुर्वक आ आफ्नो विचार राख्न पाउने आशा निक्कै काम छ । तेस्मा पनि जिम्मावालहरु पल्लो गाउका पूजारी भएकाले आँफैले पनि पल्लो गाउको आदेस अनुसार कार्य गर्ने र गराउने गर्छन् । जस्ले गर्दा ति नयाँ र वास्तविक प्रतिनिधिहरु मात्र होमा हो मिलाउने कोरस भएर रहन्छन । फेरी गरीब जनतालाई बल्ल बल्ल सही ठाउ मा राखिएको छ कतै पैसा कमौने मौका एही हो भन्ने सन्देश त जादैन ? र अर्को कुरा यो बेलामा जस्ले पनि चल्खेल गर्न खोज्छ र आफ्नो माग्लाई स्थापित गर्न चाहन्छ, जस्ले गर्दा सदस्य गयब हुने र बेचिने प्रबल सम्भावना रहन्छ । यो खेलको शुरुवात भाईसकेको कुरा सुन्नमा आएको छ । यि कुराहरुको कस्ले विचार अनी निरिक्षण गर्ने ?
अर्को तितो सत्य के हो भने, ति सभासदहरुले के कुरा सभामा राख्ने ? के तिनिहरुको बोल्ने समय औंला र त्यहा ? पार्टिले जे प्रस्तव राखो तेसैमा हात उथौने वा हो हो भन्न बटन थिच्ने (सिक्छन होला ) मा नै सिमित होलान ? अब ति सेविका देवीको बोल्ने पालो आओस न तिन्ले बोलेको कुरा कसैले सुनोस । तिनी आँफैलाई थाहा छैन वास्तवमा संबिधान भनेको के हो ? महिलालाई अधिकार चाहियो, एक मधेश एक प्रदेश (पार्टिले कन्ठ गराएको ) बाहेक अरु के नै भन्लिन ? एस्को अर्थ यो होइन कि त्यो बर्ग बाट चुन्नु हुँदैनथ्यो, मैले भन्न खोजेको के भने ति जात जाती वा भाषा भाशिमा अरु कोही बोल्न सक्ने र अली बौदिक ब्यक्ती पनि थिए होलान, जस्ले आफ्नो कुरा ठाउँ पौदा राख्न सक्थ्यो (ठाउँ पाउन मुस्किल छ)।
यि तितो सत्यको बारेमा केही जानकारी गराइदिनु भये राम्रो ।
मन परे हरियो, नपरे रातो
1
0
Uttam ji
Dherai ramro lekhnu bhayako rayachae tesko lagi dherai dherai dhanyabad
मन परे हरियो, नपरे रातो
1
0
हो येस सम्बिधानसभाले बिभिन्न जात, जाती, पेशा, धर्मं, लिंग का ब्याक्तिहरुलाई समाबेश गराएको छ | तर के ती हसीना मिया अनि ती सबकी देवी दास जस्ता परिश्रम अनि आशा बादी प्रतिनिधि लाई पनी तिनिहरुका प्रतिनिधिले कतई सगरमाथाको टुप्पोमा पुरयायेर त्यतिकै खंग्रंग त छोदिदीदैन ? तिनिहरुका आशा कतई निराशा मा त बद्लिदैन ? त्यसैले दूख लाग्छ तिनिहरू प्रतिपनी |
प्रकाश
मन परे हरियो, नपरे रातो
1
0
उत्तम जी साह्रै राम्रा वास्तवइक लेखेर अबुझ्हरुलाई बुझ्ने मौकादिनुन्हएकोमा भएकोमा धन्यवाद छ ।
मन परे हरियो, नपरे रातो
1
0
Nice article and very impressive. Thank you
मन परे हरियो, नपरे रातो
1
0
Uttam ji!
Wonderful article. Simple yet core contained, words flows naturally with the thoughts and drags us to positive aspect of the change we recieved. Keep it up.
मन परे हरियो, नपरे रातो
1
0
उत्तम बिचारहरुको अर्को कोशेलिको लागि उत्तमजी लाई धन्यबाद /
सबै नेपाली आमाका सन्तानहरु अटाउन नसकेको भग्न राजनैतिक संरचना भत्काइनु पर्ने थियो भत्काइदै छ / धनका धनिहरू भन्दा पौरखका धनि नेपालीहरु सामेल भएको सम्बिधान सभाले नयाँ नेपालको जग उठाउने घडेरी खार्न जुट्दै छ / तर नेपाली आमाको कोखिमा हुर्केर नेपाललाई नै भत्काउने अट्टहास गर्ने गोइत-ज्वाला जस्ता भष्मासुरहरुको पनि यस महान कार्यमा उपस्थिति चाहने उत्तमजीको बिचारमा भने म सहमत हुन सकिन / असल आसयको कठीन यात्रामा हुने प्रक्रियागत कमजोरीहरु क्षम्य हुन सक्छ्न, तर नेपालकोअस्तित्वालाई नै नस्ट गर्ने दूरासयी अपराधहरुले राजनैतिक धरातल कहिल्यै पाउनु हुदैन / त्यस्तो भयो भने प्रीतिजी जस्तै अधिकांश नेपालीहरूले राश्ट्रियताबाटपलायन हुनु पर्ने छ /
मन परे हरियो, नपरे रातो
1
0
Dear UBSji,
I think Maoists party has not secured three seats from Parsa district as you have mentioned in the article.This is not fact and I would like to suggest you to correct this.I understand that this is just technical error.
Your analysis is good but one wrong deed cannot be neutalised doing another mistake.Gyanendra and Parash family spent a lot but it is not justifiable taking 40,000 Rs permonth from the people’s represenatives in CA.I hope you will also agree on it.
मन परे हरियो, नपरे रातो
1
0
प्रिय पाठकहरु,
यस व्लगमा नियमित रुपमा मैले व्लग लेख्दै आएको कुरा त तपाईहरुलाई थाह नै छ । राजतन्त्रको विरोधमा जनताको पक्षमा मैले निरन्तर कलम चलाइरहेको छु । यहाँ कसैले मेरो चरीत्र हत्या गर्ने कुत्सित मनशायले फोहरी कमेन्ट लेखेकोले अचम्म लागेको छ । पहिला पहिला पनि यस्तै खालको कमेन्ट उमेशजीले मलाई इमेलमा फरवाड गर्दा हामी (म र मेरी श्रीमती) हाँस्ने गर्दथ्यौं । तर आज यो पाठक समक्ष पुगेकोले त्यसको जवाफ नदिइकन छाड्नु भनेको मैले मौन स्वीकृती जनाउनु हो जस्तो मलाई लागेको छ । सवैभन्दा पहिलो कुरा त ३ वर्षपहिला म वोष्टनमा नै थिइन । त्यसकारण त्यस्तो घटिया आरोपमा कुनै सत्यता छैन । जहाँसम्म त्यो नामको कुरा छ मैले त्यो नामको मान्छेलाई चिन्दा पनि चिन्दीन र त्यो अपराध मैले गरे भन्ने कुरा छ यदि त्यस्तो कर्म गरेको भए अमेरीकामा यसरी वसिरहन सफल होइन्थ्यो होला र ?
प्रशान्त तामागंसँग मैले अर्न्तवार्ता लिएको निँहुमा बनाओटी कुरा गरेर उहाले मैले वोष्टनमा गरेको सम्पूर्ण कुराहरु खोल्ने धम्किले मेरो कलमको वेगलाई रोक्दैन । मलाई थाह छ राजाको सक्रिय शासनको विरोधमा वोष्टनमा गरिएको विरोध प्रदर्शनको नेतृत्व गरेको कारणले सायद मैले केहि सत्रुहरु कमाएको हुँला । खुशी लागेको छ मेरो लेखहरुले कसैलाई चोट पुगेको छ । मैलै त्यस्ताहरुलाई चोट नै पुरयाउन लेखेको हो । यदि मैले वोष्टनमा केहि नराम्रो गरेको छु, कोही कसैलाई हानी हुने काम गरेको छु भने प्रमाण सहित आउनुस । सजायको भागिदार वन्न तयार छु । पाठकहरुको मायाले वढि जिम्मेवार भएको महसुस भएको छ । धन्यवाद ।
उत्तम बाबु श्रेष्ठ
मन परे हरियो, नपरे रातो
1
0
Uttam ji
Its a nice article. thank you for good work. Its time to revolve. We don’t wana see those so called politician any more.
मन परे हरियो, नपरे रातो
1
0
I am strongly agree with some parts and strongly disaree with some parts.
Empowrement of voice less(non/ethnic)group is one issue, monarch is another issue and writing constitution for New/Nepal is different from these things.
If I put commnts in details, it may seems a form of criticize and probably longer, so I don’t want to do.
As a writer, there is some basic norms and values as well as ethical subjects.
Is your article independent, unbias and transparent enough?
These all may be your personal opinions. We should not ignore the interrelationship or cultural ecological system.
The reality that you mentioned about poor and oppressed people, remember that there are more poor ten those group who are not belongs to eithr maoist supporters ot any group supporters.
Sujit Mahat is not a unbias journalist among journalists,there are more journalists less bias than him and he is blamed for his articles many time which bacame a big issue, see previous kantipur.
Do you believe that all poor, ethnic, dalit and helpless people are maoist or they are maoist because they are made maoist.
I don’t mean, I am against of Maoist but I just mean it should not be cited here in this way.
another issue, who makes constitution? why makes? for whom? How? what is the trend of the world? who are they? should they have any basic knowledge of politics, law or what so ever?, Should they have to have any logics? Should they have any evidence to support their idea in a scientific way?, Do they need some additional advise and references? I mean in general do we need people have to have some evidence to support their general speech? Is constitution writing different from general talks, debetae or speaking or not?
About 2046 Constitution: Was it too bad? was it bad? ot the implementor and followers or conductors were worst thats why it failed?
Which Constitution is the best in the world ?and why?
Constitution it self does not appear as bad or in good form? It depends on how we perform and act or implement?
Do you beleve that New Constitution will be the best one and will remain and practised for at least 100 yrs, 200 years?
What are the criterias of good or bad constitution for you? and why?
Constitution is a general written form of document promised by people to follow what ever written and that’s all. So if you or I mean people don’t follow then what is the value of promise for documented constitution?
In Nepalese context, and in reality who follows cons? general peole. Do Political leaders follow? Does it act against hierarchial personality? How many leaders are even in this period following? or it is not needed to follow in this “TRANSITIONAL PERIOD” What is “TRANSITIONAL PERIOD” who defined? where is it? what are the criterias of Transitional period?
I don’t want to write much, I think eneough for general understanding. But, I have lots to say…
Write in a crtical form and with scientific and independent way.
That’s all
मन परे हरियो, नपरे रातो
1
0
very good job uttam ji. sambidhan nirmanma pani tapainle help garnu hola uniharulai
feri pani dhandiyabad ramro bicharko lagi
मन परे हरियो, नपरे रातो
1
0
Uttam Ji
Thank you very much for your artical. very good weldone .
मन परे हरियो, नपरे रातो
1
0
Salute for the article; but one question. Are all of those who got selected can read and write? not like a minister back in 2047 time who used to put his finger prints instead of signature because he cannot write even his name.
मन परे हरियो, नपरे रातो
2
0
उत्तम जी ले ठिक भन्नु भयो २०४७ सालको संबिधान बढ़ी बाठाहरुले बनाएर आफैले अनुमोदन गरेको भएर नै जनताको हितमा नभएको हो | अहिले पनी सम्बिधानको खाका तयार पार्ने काम त बाठा हरुले नै गर्लान तैपनी तेस्लाई अनुमोदन गर्ने ठाउमा जनताको व्यापक प्रतिनिधित्व भएको हुनाले यो संबिधान जनताको हितमा हुन्छ भन्ने मा धेरै हद सम्म विश्वास गर्न सकिन्छ | वास्तवमा समाबेसिकरणको फाइदा नै यही त हो नि | अहिलेको सम्सद्लाई फगत जम्बो भीड़को संज्ञा दिने अनी यसले उट उत्पादन गर्छ भनेर व्यंग्य गर्ने मित्रहरूले समाबेसिकरणको यो फाईदा लाइ राम्रो संँग बुझ्न नसकेको पो हो की ?
उत्तम जी लाइ एउटा कुरा के सच्च्याउन आग्रह गर्दछु भने पर्सा जिल्लाको तीन क्षत्र मा माओवादिको विजय पश्चात हैन की धनुसा जिल्ला मा माओवादी की राम कुमारी यादव को बिजय पश्चात् हनु पर्ने हो | पर्सा जिल्ला मा त माओवादिले एक सिट पनी जितेको छैन |
मन परे हरियो, नपरे रातो
1
0
Actually,this is very nice article.we have to realize this types of articles.
मन परे हरियो, नपरे रातो
1
0
Uttam Jee,
It is not wise for you to give such advises, cause pls, see thru you first then give an advises. what happened to Rama Tuladhar when you first betryed her in Bostan 3 years ago? Do u remember when you raped her and trashed her on the street, Do u recall what happend to Prashant Tamang’s show, I took $2000.00 from ticket price and didn’t return to them? and now you talk about all this crap, don’t you have any sorry about it.
I will now expose all your activites that occured in Boston.
मन परे हरियो, नपरे रातो
1
0
Uttam ji
i like the way you write but don’t you think that we really need someone who can really contribute to draft new constitution?
Don’t take my comment differently but if you look at the fact, most of the elected member are not in that position to contribute mentallayv& intellectually.
My personal opinion but …………
मन परे हरियो, नपरे रातो
1
0
Two Thumbs Up
मन परे हरियो, नपरे रातो
1
0
Nice write up Uttam jee. It’s a very nice analysis. NGO’s spending of millions of dollars on promoting the so called women empowerment and participation of the marginalised community into the mainstream development has been practically answered by the representation of really downtrodden people by means of this election. It has created power from the powerless and given voice to the voiceless. The upcoming constitution will certainly be inclusive of their voices suppressed for so many years by the city centred elites. We can hope a new era is emerging towards the creation of a New Nepal !!! Thanks Uttam jee once again for your nice article.
मन परे हरियो, नपरे रातो
1
0
Good article.
मन परे हरियो, नपरे रातो
2
0
nice article
very goodddddddd keep it up
aasish
swiss
मन परे हरियो, नपरे रातो
2
0
उत्तम जि !
तपाईंको आर्टिकल फेरी पनि दोहोरायर पढे । सेबकी देबी र हसिना मिया को उदाहर ण् बाट मात्रै पनि मलाई असाध्यै सन्तोष लाग्यो ।
बहाहरु जस्ताको लागि यसरी भात्ता जान्छ भने कुनै गुनासो गुन्जायस रहेन ।
बरु यो छाती समर्थन मा गर्ब ले फुल्ला ।
त्यस्तै खुशी राम पाख्रिन को नाम पनि लिनु भयो । म खुशीराम पाख्रिन काका लाई राम्ररी नै चिन्दछु । म सानी छ्दा बहाको गीत गुनगुनाउदै स्कुल नजिक को बयर घा रि मा नाङ्गो खुट्टा हिड्दै बयर टिप्न जा दा मेरो खुट्ट्मा कडाका डा गोपियर भल भल रगत आयको थियो ।
( यहाँ यो प्रसँग उठाउनु को कार ण् आर्थिक कम्जोरिकताको थियो । त्यती खेर म क्रान्तिकारी कुरा त बुझ्दिन थे । तर गीत चाँही खुब गुन गुनाउ थे । पछी ठुलि हुँदै गय , बहाको गीत को खिस्सी उडा य झै लाग्यो । खास गरी हाम्रो समाज का कमुनिस्ट हरु कै व्यबहार बाट पनि म रुस्ट थिय । पाखिर्न काका को गीत लाई क्रान्तिकारी गीत मा मात्रा सिमित गरियको देख्दा मन निरास भयको थियो । अब कता कता ति क्रान्तिकारी गीत ले देखायको मार्ग मा साचै समाज हिड्छ कि ! यदी यसो भाईदिय म जस्ताइ चप्पल लगाउन नसकी मैलो नाना लगायर स्कुल जाने अनी भोक टार्न बयर को सिला खोजेर खान पर्ने नानी हरुको दिन सुनौलो आउने थियो कि !
कामना गर्छु सुनौलो दिन आओस !
मन परे हरियो, नपरे रातो
2
0
उत्तमजी को लेख समयसापेक्ष,उत्तम र प्रशंसनीय छ।
भिम,वासिङ्टन
मन परे हरियो, नपरे रातो
1
0
गरीब ,साचै निमुखा को मुख बाट यो आबाज ,यो उदगार निस्केको भये सुन माँ सुगंध लाग्थ्यो |अमेरिका बस्ने,चिल्ला गाड़ी माँ घूमने गीत गरीबी को गाउने,यहा नेर तालमेल नमिल्ने हुनाले ,संका लाग्ने हुन जान्छ |
तराई माँ धनपति ,जमींदार हरुनै हरु हिजो कम्निस्ट बनी दिन्थे?
भोली ज्ञानेन्द्र नै मेरो आधा पूजी माओबादी लाइ दिन्छु???
बाई सी यल लाइ दिन्छु ???
म प्रचंड पथ माँ हिडछू भंला रे ??
येस्तो माँ समीकरण चेंज हुन के बेर ???
तेसैले शब्द को पछि दौडेर वह वह गर्न म लाइ मन पर्दैन ??नेपाली बुद्दिजीबी को दिबालिया पन राम्रारी देखियेकई हो ??राम मान सर कहिले एमाले,कहिले माले,अब माओबादी
हरी रोक्का—हिजो फेडेराशन(रायामाझी ले खोलेको ) ,आज माओबादी
कुमार फुदुंग -हिजो सेनामा बसेर घुस ,राजा बादी-आज माओबादी
इन्द्रजीत राय-हिजो आर्मी क्याम्पस (मंडले अखाडा )—आज माओबादी
साथी हो ”’सबै पहेला हरु सुन होइनन ”’
मन परे हरियो, नपरे रातो
1
0
Uttamji,
Well written with lot of sentimental twist from the past. Anyways,what still bothers me is do we still have to follow the mistakes of past like jumbo assembly and resulting exorbitant expenditure budget.
The expenditure budget created now is equally nonsense as the expenses alloted to the royalty in the past. May god help us……….
मन परे हरियो, नपरे रातो
1
0
The major problem our country is facing, is toatally collapsed law and order situation. we have government with enough security force to fix the problem.That will not happen. so to draft a new contitution how can someone believe that will fix the problem where we have corruption, nepotism, bad economy, poor standard of education, public service commission, planning commission,etc. Above all we have multi party democracy with majority of communist.Does people of nepal really want democracy or communism?
मन परे हरियो, नपरे रातो
1
0
सहि कुरा गर्नुभयो । परिवर्तनलाई बुझ्न नचाहने / नसक्नेहरुसंग यसै कुरालाई लिएर बहस गर्दैथिएं म र शिक्षा विकाश क्रमको प्रतिगमन पुर्ण ब्याख्या गर्नेमा दरिन पनि पुगें । समावेशी भनेर पनि उफ्रने र समावेशीको नाउँमा विकासे संस्थाका ढोकेहरु , राजनीतिका जानिफकारहरुको मात्र उपस्थिती हुने ठाउँमा समाजको अत्यंतै तल्लो वर्गको उपस्थिती हुनुलाई सकारात्मक लिएको छु मैले पनि । अब अगाडी मुलुकमा समावेशीमा पनि सहमतीको आवश्यकता टड्कारो छ । सहमती विना समावेशीको पनि अर्थ रहंदैन । ठुलो आकारको सभासदहरुको तलवभत्ता तर्फ भने मैले पनि औंला उठाएको छु । निश्चय नै यो व्ययभार बिगतमा राजपरिवारको नाममा हुने व्ययभार भन्दा कम हो साथै बिभिन्न समयमा घटित बिभिन्न नामले कहलिएका आर्थिक प्रकरणहरुको व्ययभार भन्दा कम हो तर अहिलेको परिस्थितीमा सभासदहरुको तलबभत्ता सम्बन्धि तिनीहरुले पनि सरोकार राख्छन जस्ले तल्लो तहबाट गएका सभासदहरुलाई आफुजस्तै देख्दै र चिन्दै आएका छन । तिनीहरुलाई हिंजोको राजपरिवारको व्ययभार कतिथियो भन्ने ज्ञान हुंदैन तर आज आफुहरु विचबाट गएका सभासदहरुको हैसियत कस्तो बन्दैछ भन्ने तर्फ उनिहरु उत्सुक भएर नियाँल्ने छन तसर्थ स्थायित्वको निंती साविकको तलबभत्ताबाट घटाएर उदाहरण पेश गर्न सकेको भए तल्लो तहको विश्वास अझ बढी अब बन्ने सरकारलाई प्राप्त हुनेथियो र राज्यको माथिल्लो अँगहरुमा बसेर आर्थिक अपचलन गर्न पल्केकाहरुलाई पनि निरुत्साहित गर्ने थियो र अन्तत सबैलाई नयाँ नेपाल बनाउन नयाँ सोच लिएर अगाडी बढ्नु पर्ने कुरामा उत्साहित गराउने थियो ।
मन परे हरियो, नपरे रातो
1
0
उत्तम जि !
चित्त बुझ्ने गरी लेख्नु भयो आर्टिकल ।
हिर्दय देखी नै मुरी मुरी धन्यवाद । मन मा तुबालो लागेको थियो असन्तोष को ।
तपाईंको आर्टिकल ले राम्रै सँग हटाइदियो ।
सोचाइ गलत हुन सक्ला तर मस्तिस्क ले भेउ पाउन सक्यो भने गलत सोचाइ हट्न कती बेर लाग्दो रहेछ र !
उत्तम जि ! फेरी पनि तपाईं लाई धन्यवाद ।
मन परे हरियो, नपरे रातो
2
0
Hello,
Very nice writing. keep it up. I also agree that the distribution of the newly appointed low makers from all the major parties are very well represented from all the sector of the different classes of Nepal.This is really good sign even before writing the constitution. Let’s hope that the new constitution will carry the same spirit. On other hand, the leaders of different parties are still bargaining just to share the power in future. I think this is the consequence of corrupt mentality of the so-called leaders. They are jut thinking the wale fare of themselves other than the future of country that as if they were going to loss everything when they would not going to be the part of government. They have to teach people what main problem of country but unfortunately they have to be directed in right direction by the people. Let hope that these so-called leader realize soon.
Jayami, Nebraska
मन परे हरियो, नपरे रातो
1
0
उत्तमजी तपाई को लेख सर्वोत्तम छ,र म उनी महान नेता हरु र हजारौ शहीद प्रति आभार ब्यक्त गर्दछु जसको सोच र बलिदान ले हामी यहा सम्म पुग्यौ. यो त पहिलो पडाव हो हामी त धेरै अगाडी जानू छ / आशा गरौ यो भन्दा अगाडी को बाटो कठिन भए पनी पुरा गर्न सकियोस /
मन परे हरियो, नपरे रातो
1
0
उत्तमबाबुजी तपाईंको लेख राम्रो लाग्यो । एउटा परिवर्तनशिल राजनीतिक स्तिथीमा नयाँ अनुहारहरु देखिनु नौलो पनि होइन । तर राजनीतिमा अगाडि को देखिन्छ तेस्लाई हेरेर मात्र निम्न बर्ग हरुको हित हुन्छ भन्न सकिदैन। जब सम्म निर्णय लिने अधिकार (Decision power) उनीहरुमा रहदैन तब सम्म दिर्गकालिन राजनीतिक समाधान नहुन पनि सक्छ.
मन परे हरियो, नपरे रातो
1
0
Népal na vatkekai tyiyo na naya nai bandai cha tyehi tapaiko ghadi ko sui ghume jai alo ra palo ko kura matrai vayeko ho k k na o ho maile rambro lek nikalyo vanera nak fulyaounu parne kunai karan dekdhina
+ herna ta banko nai cha katai gaye maha baliyo hundai po cha ki 1 janamat ko kura bata chut ra + sambidhan sava bata pani chut payo vane arko upaya sansar mai chaina
bb
मन परे हरियो, नपरे रातो
1
0
Great!, UTAM JI NICE ARTICLE ANY BODY READ THIS ARTICLE CAN BE GAIN SOME KNOWLEDGE , KEEP IT UP.
मन परे हरियो, नपरे रातो
1
0
wow uttam sir, nice write up again…
मन परे हरियो, नपरे रातो
2
0