मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation

    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    अपाङ्ग पनि पुग्ने भए संविधान सभामा

    सबै जाने, हामीमात्र नजाने ? भन्दै अपाङ्ग महासंघले चार दिनदेखि गरिरहेको आन्दोलन सफल भएको छ। अब एक जना भाग्यमानी अपाङ्ग संविधान सभासद बन्ने भएका छन्। माइतिघर मण्डलामा हिजोदेखि आमरण अनसन बस्न थालेका थिए उनीहरु। आज माअ‍ोवादी अध्यक्ष प्रचण्ड गएर सम्झाई बुझाई तिमीहरुलाई पनि लान्छौँ बाबा संविधान सभामा भनेपछि बल्ल अनसन तोडिएछ।

    त्यत्रो ६०१ जनाको संविधान सभामा प्रत्यक्ष र समानुपातिक गरी दुवैबाट पनि एक जना पनि अपांग पुगेनन् भनेर उनीहरु उफ्रिएका रहेछन्। हुन पनि नेकपा संयुक्तले तेस्रो लिङ्गीको समेत सहभागिता गराएको छ संविधान सभामा। अपांग चाहिँ छुट्न पुगेछन्, कसैले वास्ता गरेनछन्। त्यसैले अब मन्त्रिपरिषद्ले मनोनयन गर्ने २६ जनामा एक जना अपांग पनि हुनुपर्‍यो भन्दै उनीहरु आन्दोलनमा उत्रिएका थिए।

    प्रचण्डले सात पार्टीको बैठकमा हामीले २६ जनाको मनोनयनमा अपांग पनि राख्‍नुपर्छ भनेर कुरा उठाउँला, राष्ट्रिय सहमति बनाउने प्रयास गरौँला, सहमति बनेन भने हाम्रो कोटामा आउने सिटमा नै अपांगलाई राखौँला भनेछन्।

    संविधान त देशको मूल कानुन हो, यसरी एक-एक सबै मान्छे राख्‍न किन जरुरी छ भनेर सोच्नुभएको ? एक हिसाबले ठीकै हो सोचाइ। संविधानमै अपांगको बारेमा के त्यस्तो छुट्टै व्यवस्था गर्न जरुरी छ र। तर जब ६०१ जनाको जम्बो संविधान सभा बन्छ भने अपांगलाई मात्र किन छुटाउने नि ? बरु अरु को- को छुटेका छन् कुन्नि ? क्रिश्चियनको पनि सहभागिता छ क्यारे। अस्ति एक जना भन्दै थिए, परिवार दल त इसाईहरुले उठाएका उम्मेदवार रे भनेर। चुनाव लडेरै २५ हजार चानचुन मत ल्याएर उनीहरुका एक जना सांसद समानुपातिकबाट चुनिएका थिए। बरु जैन धर्मकाहरु पो छुटे कि। वा अरु कुनै पो छुटे कि। ल है, ढिला नगर्नुस्। अझै २५ सिट बाँकी छ।

    यसरी कोटा बाँध्दै जाँदा संविधान सभामा पुग्नै पर्ने केही मानिस चाहिँ नछुटुन् नि फेरि।

    No related posts.

    26 comments to अपाङ्ग पनि पुग्ने भए संविधान सभामा

    • nirmal kumar devkota

      I i am very much hopeful that and new Nepal REp.think to like us people.There should be more than one rep. from new cont.assembly from the hanidcafe to have their view. In my opening if are some space like us people they can give their view to progress the further. We all thinking we have to do some things for the countery though we can’ not hearing ,seeing and walking.I have been working founder president of National Federation of Disabled- Nepal. I have fully support any one those peopls choose to con.assembly to new nepal.At this moment i am in USA.
      With warm regards
      Nirmal K. Devkota
      NY USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ज्वाँइसाब

      अब यो सदस्य संख्या नै बडायेर ६००१ बनाउनु परला जस्तो छ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raj siwakoti

      yo ta sarai khushi ko kura ho.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sadik

      हामी बिदेश म बस्ने को पनि पर्तिनिधी हुनु पर्‍यो नि कमरेड बिदेश म बस्ने सम्पूर्ण नेपली हरु को समस्या छलफल म औथियो अनी एउटा निस्कर्श निस्कन्थियो अनी सोही अनुसार सम्बिधान बन्ने थियो अजै पनि समय छ है २६ जना मा एक जना त पर्नै पर्छ होइन भने ,,,,,,,,,, पर्वासी साथी हरु सबै जना एक होउ है सबै लाई यो सदिक को आबहन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sabin

      Ab ek dui jana Bahira, Andha, Lato, Lathebro lai pani laijau parchha ani matri majja aauchha samsad bhawan ma haina?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Basanta Thapa,Maryland,U.S.A.

      हामी बिदेशमा बस्ने प्रबासी नेपालीहरुको पनि एक जनाको प्रतिनिधित्व हुनु पर्छ सभासदमा !बिस्वका कुनै पनि मुलुकमा रहेका नेपाली जस्ले नेपालको हितको लागि वा भनौ प्रजातन्त्र र गणतन्त्र को लागि योगदान दिने ब्यक्ती लाई पनि आम पार्टिको तर्फबाट प्रतिनिधित्व गराइयोस उक्त्त बक्ती कुनै पनि पार्टिको नहोस् \जस्को काम भनेको परदेशमा रहेका नेपालीको हित रक्षा,एकता,सहयोगमा कसरी कार्य गर्ने भन्ने हो भने नेपाललाई हर किसिमको सहयोग जुटाउनमा कार्य गर्ने \यो बिषय गम्भिर बिषय हो \नेपालका मुख्य राजनैतीक पार्टी र बिदेशमा रहेर देश को र परदेशी नेपालिको पक्षमा काम गर्दै आइरहेका सङ्घ संगठन र ब्यक्तीहरुमा यो ठीक समयमा सोच्न र ठोस कार्य गर्न अनुरोध गर्दछु \जस्ले नेपाललाई आर्थिक,राजनैतीक(लोकतन्त्र र गणतन्त्र ),सास्कृतिक लगायत हर किसिमको सहयोग दिलाउन सहयोगी बनोस \यदी यो कुरा सोचनिय छ् भने अपाङ्गहरुलाई जसरी एक कोटाको ब्यबस्था गरिने आश्वासन मिलेको छ् परदेशी नेपाली मध्य एकलाई हर अबधी रहने ब्यबस्था गर्न आ -आफ्नो ठाउँबाट आवाज उठाउ \

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh

      out of 601, one is physically disabled and can u find out how many are mentally disabled…..euta kura dhyan ma rakhaun hai dimaag bayera gobbar bhariyeka pani dherai chan 600 jana ma……ti pani disabled nai bhaye nee…haina ki kaso

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jk

      I support Nepali mann,

      Keho sathi nikai chot cha ke kaso…ho.

      Chot keho betha k ho malai ……….Arun thapa there for you.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gole Dai

      नित्यानन्द खनालको विचारमा गोले दाईको सहमती छ । यसलाई राम्रो मान्नु पर्छ । झमक घिमिरेलाई चयन गरे हुन्थ्यो कि ? आजसम्म कान्तिपुरतिर लेखहरु देख्दा अनि उनका कविताहरु पढ्दा उनमा राष्ट्रप्रतिको अगाध स्नेह देखेको छु मैले ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jayami

      Although appointing one handicapped person in a constitutional assembly will not make big favor to their community but it gives more attention for their right. Why we think about everything negatively? if you see in develop country, how they manage to facilitate the handicapped people in every sector of life. To respect them by state is good sign of civilization and harmony.I personally favor the stressing the welfare of poor and handicapped people.
      Jayami , Nebraska

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nityananda Khanal

      धर्मं, सम्प्रदाय, जात, बंश भनेर छुट्याई-छुट्याई प्रतिनिधित्वको दाबी भैरहेको बेला अपान्गहरूले शारीरिक दुर्बलाताको बाबजूद आफ्नो बैचारिक योगदान गर्ने चाहना राख्नु जायज कुरा हो /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • "आक्रान्त"

      ठिकै हो त्येत्रो ६०१ जनाको जम्बो संविधान सभाभित्र सबैलाइ अटाउनु पर्छ। अझ कति छन् कति छुटेका, आखिर आन्दोलन गरेपछि सबैको माग पुरा हुने रैछ अब सबै आन्दोलनमा उत्रीनु पर्यो,ब्लगरहरु,स्मगलरहरु,ट्यापेहरु,लुटेराहरु,पकेटमारहरु देहब्यापारीहरु,सबैले आआफ्नो नाइकेहरु लाइ सभासद बनाएर आआफ्नो ब्याबस्था मिलाउनु पर्यो,तर यो गुन्डागर्दी गर्नेहरुको चाहिन् के गर्ने ? यो गुन्डागर्दी गर्नेहरुको त नाइकेनै हाम्रो पारस ब्रो पर्यो, ल के गर्ने हो उमेस जी सोच्नु पर्यो है।

      “आक्रान्त”

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hari

      मेरो बिचार मा नेपाल को कुल जनसख्या को १०% अपाङ्ग छन् जम्मा ६०१ को १०% अपाङ्ग लाई दिनु परो जस्मा अन्धो,लङग्दो,बहिरो लाई पनि समेतनू परो अपाङ्ग को नाम मा dolor को खेती सपाङ ले गर्न त भयन नि हैन र

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अपाङग को माग सांसद हुने होइन ।देस मा शुसान लागु गरि उनि हरु को समस्या समाधान गर्नु थियो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • deepak

      यसो हामी प्रबासिहरू लाई पनी छुताउनु भयन है कामरेड .हामी लाई पनी १ सिट त चाहियो नि त है .हामीलाई धेरै त होइन, १ सिट त चाहियो यार है कामरेड.भयन भने त बाटो सिकाउनु भा कई छ क्यारे कामरेड तपाई हरुले.की बंद,की हड़ताल,की भोक हड़ताल,अझै पनी पुगेना भने-बंदूक जिंदाबत.ला है कामरेड.बी ४ गर्नु.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nepali Mann

      Hey, any LOVE-VICTIM represented in that jumboo team? Com’on guys, this is not fair. Lets from a group, and start another hunger strike from Love-victim community..

      Anyone who had boyfriend/grilfriend in past, but now single.. are eligible to apply for the membership of this group.

      Support me – I will do followings…

      1. Love victims will be compensated for all his/her gifts he sent to his/her ex.
      2. Free entry to every disco/clubs to enhance the chance of getting re-hooked for all love-victims.
      3. One free copy of CD – “Kishore Kumar Ke Dard Bhare Nagame”, to enhance his/her mood.
      4. Free membership on every Nepali match-making websites.
      5. Monthly pay unless he/she gets re-hooked. This is to keep him financially active in his/her effort on getting partner.
      6. If any LOVE-VICTIM person decides that he/she wont marry throughout his life, thn he/she should be declared ‘Love-Martyr’ (Prem-Shaheed’) and state should provide him monthly benefit.
      7. Membership allowed only for those who are not legally married (i mean not for divorced people).
      8. More…

      Guys, what do you think? Support me.. ;)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Madhab Doha

      नेपाल को सभासद मा क , ख नपडेको मान्छे हरु त संबिधान बनाउने भनेर सान्सद भयका छन भने अपाङ्गको दिमाकले त धेरै कुराहरु समेट्न सक्दछ, त्यस कारण उनिहरुलाई प्रचन्ड ले दियको आश्वासन धेरै राम्रो छ र २६ जना मधेबाटै १ जनालाई सभासद दिनु पर्दछ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • chyangba

      other 600 are mentally disabled.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      हो त नि , सबैलाई समेट्नु पर्छ । सेरोफेरो सलाम छ मेरो !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • s.shah

      out of 601, only one physically disabled. what about rest 600.let’s find out.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अनि नेपाली ब्लगरहरुको पनि प्रतिनिधित्व हुनु पर्छ भनेर हामी पनि आन्दोलन गर्ने कि कसो उमेश जी? हाम्रो प्रतिनिधि चै बरु तपाईंलाई बनाउला । २५ मध्ये एउटा चैं हाम्रो भयो, अरु बाँकी २४ को भागबण्डाको कुरो गरौ अब !
      :-) >

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • CHITWANNEKANCHHA

      sir please try to respect the people

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jackey

      सबै को भाग पूरेयौदा देशको हालात कस्तो हुनि हो कुन्नी ?न पढ़ा यका हरु को जमात ग़यर मत्री बनेर के देशको बिकाश होला ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yuba

      अपाङ्गको पनी प्रतिनिधित्व; अहो ! धेरै राम्रो भयो | अब चाही लौरो टेकेर संसद भवन छिर्ने अनी प्राडो चडेर बाहिर निस्किने प्रब्रितिको अन्त्य भए कती राम्रो हुन्थ्यो होला है ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • anath

      ramrai vayo;tara partinidhitto vanda uni harukolagi banne sambaidhanik byeabastha nai pradhaan ho. mero bicharma.vagirath;JAPAN

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker