हालै सम्पन्न संविधान सभा निर्वाचनमा संवैधानिक राजतन्त्रको मुद्दा लिएर जनतामाझ जाने एक मात्र पार्टी कमल थापाको राप्रपा नेपालले १ प्रतिशत मात्रै मत ल्याएबाट पनि स्पष्ट भइसकेको छ कि बाँकी ९९ प्रतिशत नागरिक राजा राख्न चाहँदैनन्। तर शाही शासनकालका कुख्यात गृहमन्त्री कमल थापा भने अझै चेतावनीको भाषामा भन्दैछन्- संविधान निर्माण नगरी राजालाई हटाउन खोजे दुर्घटना हुन्छ है, खबरदार !
आज राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै थापाले हतारमा राजाका बारे निर्णय गर्न हुन्न भने। ‘संविधानको पहिलो अक्षरनै नलेखी राजा हटाउदा मुलुक अर्को दलदलमा फस्नेछ, संविधान लेखिसकेपछि राजाका बारे निर्णय गर्न आग्रह गर्छु’ उनले भने।
अर्थात् उनको विचारमा संविधान बनाउन अझ धेरै समय लाग्छ, त्यतिञ्जेल राजालाई नचलाअौँ, किचकिच नगरौँ, यत्तिकै रहन दिउँ। जे गर्नुछ, पछि गरौँला।
डर छ, पहिलो बैठकबाट गणतन्त्र घोषणा गर्ने भनी भइसकेको राष्ट्रिय सहमतिलाई यस्ता कुराहरुले प्रभावित पार्ने त हैनन् ? ज्ञाने शाही भन्दै हिँड्ने माअोवादी नेताहरु अब ‘राजा’ भन्न थालेको त हामीले सुन्दै आएका हौँ। यो लचकता कमल थापाले भनेकै हदसम्म जाने त हैन ?
उनले आफूले माओवादी अध्यक्षका अलावा अन्य नेताहरुलाई भेटी राजाका बारे हतारमा निर्णय नगर्न सुझाव दिएको अनि नेताहरुले व्यक्तिगत भेटमा राजा हटाउँदा उत्पन्न हुने खतरालाई स्वीकारेको बताए। राजासँग भेट्दा विचित्रको आत्मविश्वास पाएको उनले बताए। उनले राजाको बर्हिगमनबारे कसैसँग छलफल नगरेको पनि बताए।
हुन पनि हो, अस्ति भर्खर एउटा पार्टीमा सहभागी भएका ज्ञानेन्द्रले मस्तीसँग फोटो खिचाएका मात्र हैनन्, मै ठूली भइछु रे भन्ने गीतमा डान्स गरेको खबर पनि पत्रपत्रिकामा छापिएकै थिए।
अब हेर्नुछ, संविधान सभाको पहिलो बैठकले के गर्छ ?
No related posts.









के हो उमेस जि चुनाब भयनर भन्या?फेरि काउनडाउन राख्नुभएको छ।अब त ज्ञानेन्द्रको काउनडाउन राख्नुपर्ने होइन र?
मन परे हरियो, नपरे रातो
0
0
Dear Prawasi Bhai, thank you for your comments. I liked your comments, which are reasonable. The feud between the royalists and maoists seems to have escalated and views from both sides are emerging. My point is we should honour both views, but the view from the opponents are too much aggressive. In every country the politicians are corrupt, the maoists are also not pure. There is already resentment among themselves about who becomes who in the new ministry, and see, once they are inside the cabinet of ministers, the rift will surface. Some erstwhile ministers have tasted their lovely ministerial chair, so they would want to reclaim those chairs. Finally, whether he is Kamal Thapa, Surya Bahadur, Girija Prasad, Krishna Prasad, Prachanda or Baburam, every one should be allowed to speak and express their opinions. Hope wisdom will prevail in the Nepali’s mind and they talk of peace, not war.
मन परे हरियो, नपरे रातो
0
0
What to do? It’s a nepal.Everyone has it’s right to say any thing. So don’t be worry.Do you know in nepal “PINA SUKDAI GARCHHA KAG KARAUNDAI GARCHHA”
मन परे हरियो, नपरे रातो
0
0
hahhahah sagarika ji k bahneko testo birsanu bho mantri banna Kamal thapale kahile surya bd thapa kahile lokendra bahadur chand ta kahile gyane ko pachi lageko hahahha naiktakta bhiyeko Kamal Thapa hahhahaha
मन परे हरियो, नपरे रातो
0
0
Dear Mr Ram Thapa,
How can u say that Kamal Thapa is the BEST nationalist?Yah, u r right, maoists believe in looting, they have looted poor people of nepal but Kamal thapa n group have looted the entire country for the decade. It’s also true that maoists also dot stay aside to loot the nation when they get the chance.neither kamal thapa nor maoists are TRUE nationalists. both of them want to impose autocracy in the name of democracy.both of theme r extremists. so, the best way is middle of the road.
another thing is that, why u saying ‘even america’ not supporting maoists? not only the rest of the world, at this moment , majority of americans are also saying that George Bush is the greatest terrorist in the world…it’s like a ‘gang fight’ how can a big gang support a small gang???
मन परे हरियो, नपरे रातो
0
0
To some extent, MANDALE minister Kamal thapa is right.It’s reflected by the misunderstandings and greedy behaviors of leaders and parties in relation to power sharing. Maoists want to impose autocracy by taking all important roles including President, PM…and other parties fears of losing their self-respect and power.
one important thing, kamal thapa has shown consistency in his political views this time otherwise he used to be a perfect player to follow the power. might be, he is thinking that none of nepalese people are trusting him anymore…
मन परे हरियो, नपरे रातो
0
0
हो तपाई ले जे भने पानी हुने अनि कमल ले किन न भन्ने के तपाई को मात्र बोलने अधिकार छ त नेपाल मा ?,आफ्नु अधिकार को प्रयोग गर्दा अरु को हनन न हुने गारी गर्नु पर्दछ ,भारत को एम्बेस्डूर ले देश को गति के गरी राछ बिरसी खोकला कुरा म समय बिताई रामायण जस्तो लेख पढ़ना लाई बाध्य गराउनु हुन्छ , सबई नेता लाई हामी ले हेरी सके का छौ, मात्र नया भये को ले नया को क्रिय – कलाप हेर्ने असा मात्र हो , खो ई , के हुने हों? ……………………………..कमल ले बोल्दई मा हाम्रो नब विजयता के उसकै पछि लाग- लान त? उनी हरु ले अहिले सम्म “सफलता नई पायेका छन हरेक अफ्फ्ना क्रियाकलाप मा ” ,तसर्थ चिंता कम बिस्वास गर्न सिक्नूहोस
मन परे हरियो, नपरे रातो
0
0
अब गणतन्त्रको कार्यान्वयन अवश्यम्भावी छ, तर कमल थापाले भने जस्तो राजा हटाउदा राष्ट्रलाइ केको खतरा छ त? के राजाले मात्र सम्भावित विखणडनको खतरा बाट बचाउन सक्छन? विखण्डन बाट बचाउन दरो सम्बैधानिक ब्यवश्था गरेर,राष्ट्रपतिलाई शक्तिशाली बनाउनु पर्छ । मधेशवादी दलहरुले पनि आफ्नो आत्मनिर्णयको अधिकारको स्पस्ट व्याख्या गर्नु पर्यो,अन्यथा उनीहरुले कमलथापा हरुलाइ बल पुर्याएको ठहर्छ होइनर?
मन परे हरियो, नपरे रातो
0
0
कमल थापाहरु उफ्रिन्छन पाफ्रिन्छन आफैं ठिक लाग्छन । उता कमला थापाहरु उफ्रिनु र यता ( माई संसारमा ) क्यापिटालिष्टहरु डुक्रिनु उस्तै उस्तै हो । सास छउञ्जेलको आस भन्छन त्यही भएको होला । अनुजबाबुको यसपटकको प्रचण्डलाई भावुक र कमल थापालाई चण्डाल भन्ने ब्यंगमा परिवर्तनको निंती कहीं त माओवादीलाई पनि समर्थन गर्न सकिन्छ भन्ने भाव देखियो । समयक्रमको चपेटामा परेपछि विशाल चट्टानहरुको स्वरुपमा पनि फेरबदल हुन्छ । क्यापिटालिष्टले सपना देखे जस्तो दिन आएछ भने त्यसैदिन भनौंला के लेख्छौं हामी माई संसारमा भनेर ।
मन परे हरियो, नपरे रातो
0
0
ज्ञाने चोर देश छोड।। हाम्रो नारा जारीरहन्छ।
ज्ञाने चोर देश छोड।।
ज्ञाने चोर गद्दि छोड।।
ज्ञाने चोर दरवार छोड।।
ज्ञाने चोर नेपाल छोड।।
ज्ञाने चोर गति छोड।।
ज्ञाने चोर पृथिवि छोड।।
मन परे हरियो, नपरे रातो
0
0
मेरो आजको यो कमेन्ट मेरो संसार का केही टिप्पणीकर्ता हरुलाई जस्को मुल मन्त्र र ध्यान भनेकै कुनै न कुनै बहना मा भएपनी माओवादी को बिरोध गर्नु र गणतन्त्र प्रतिको उस्को आस्था लाई न्युनिकरण गर्नु रहेको छ। मित्रहरु हिन्दिमा एउटा उखान छ नि ‘ डुब्तेको तिन्केका सहारा ‘ त्यस्तै तपाईंहरुलाई पनि त्यो कमल थापा भन्ने ले भनेको कुरामा पनि प्रचन्ड कै गन्ध आयो। अनी त्यही कुर लिएर ल अब त प्रचन्ड र माओवादी लाई खुइल्याउन पाइने भयो भनेर अभियान नै छेड्नु भयो। राजनीतिको बारेमा धेर थोर बुझ्ने भन्ने ठानिएका तपाईं हामी जस्ता बुज्रुक हरु बरु बुझेर पनि नबुझे जस्तो गर्दो रहेछौँ तर देशका सिमांतक्रित जनताहरुलाई सोध्नुस् उनिहरुले प्रस्ट भन्नेछन नेपालमा राजालाई वास्तवमै राख्न नचाहने को हुन र यो वा त्यो रुपमा पनि राख्न सकेसम्म को प्रयास गर्ने तर जनता को गणतन्त्र प्रतिको उत्कट र प्रचन्ड ( कतिपय साथीहरुलाई त यो शब्द सुन्दै पनि वाक्वाकी आऊला) चाहनाको अगाडि नतमस्तक भएर धेरै पछि मन लागि नलागी पनि गणतन्त्र को पक्ष मा आउने शक्तीहरु को हुन। भो! अब पनि यस्ता कुराहरु उछाल्ने र जगहँसाइ गर्ने प्रयत्न नगरौँ होला ।
नेपाली जनताहरु त जेठ १५ को ब्यग्र प्रतिक्षा मा छन जुन दिन देखी उनिहरुले( हामीहरुले) २३० बर्षदेखी बोक्दैआएको र धेरै पहिले फाल्नु पर्ने भारी आफ्नो थाप्लोबाट सदाको लागि बिसर्जन गर्नेछन। मित्रहरु! यदी हामी सांचो अर्थमा गणतन्त्रबादी हौं र माओवादीहरु पनि बीग्रेलानकी भन्ने हाम्रो चिन्ता हो भने आउनुहोस् सबै मिलेर खबर्दारी गरौँ जेठ १५ को दिनमा यदी कुनै पनि शक्तिले यो वा त्यो बहानामा गणतन्त्रको आहट लाई रोक्ने दुस्प्रयास गर्छ भने त्यो शक्ती माओवादी नै किन नहोस् ज्ञानेन्द्र सँगै सती जानेछ।
तर मित्रहरु! कागले कान लाग्यो भन्दैमा कानै नछामी रोइकराइ गर्नु पनि बुद्धिमानी हो र?
मन परे हरियो, नपरे रातो
0
0
kamalko boli sabai lai jhut lag6 hola tar hami le yasari bujhaukio yo bhanai aantim ma lagu hun6 yaniki raja hatdaina kin ki yo matra boli kamlako tar sochai yaniki bhanai prachandak ko ho
मन परे हरियो, नपरे रातो
0
0
There is some truth in what Kamal Thapa is saying. If not careful, there may be another ten years of blood shed – only rebels will change.
Republic may be fashionable word but not cure for all the problems of Nepal. And fashions are usually short lived.
मन परे हरियो, नपरे रातो
0
0
Hello All, I think Kamal Thapa is the best nationalist person at this hour. He has every right to express his comments and give suggestons. The 1% and 99% supporter and protester of the monarchy is not true. The country has to go for referendum to find out true percentage of people who wants to keep the monarchy or not. The CA election was nothing more than a farce exercise. Most people have not cast their votes for fear of intimidation, threats and violence from the Maoists cadres. There were many royalist voters too, but they were barred from voting in the village. So, this blog writer should not show the figures of percentages to garner support against the king. What Kamal Thapa has said must be true and should be listened carefully. Maoists are not a popular party, they rely on looting, intimidation, torture, murders only. Even America hates Maoists, so the other various countries of the world. I would say that this blog should not incite people against the King, people working for this blog are not impartial, they want to provoke the people against monarchy and then want them to support Maoists. I think the person who runs this blog should act in responsible and impartial manner. There are many filthy comments being written in Nepali, that shows the quality of the writer as well as the blogger.
मन परे हरियो, नपरे रातो
0
0
सवैले थाह भएको कुरा हो गणतन्त्रको लागि खरो उत्रिएका माओवादीलाई जनताले भोट दिएका हुन । त्यसकारण यो या त्यो नाममा प्रचण्ड वा वावुरामले व्यक्तिगत इच्छा वा भावावेसमा राजा राख्न चाहेपनि उनीहरु राजतन्त्रसँगै भडखालोमा जाकिने हो । तर मलाई लाग्छ माओवादीले त्यो गल्ति गर्दैनन् । प्रचण्डले अत्यन्त वुदिमता पुर्बक गरिएको आग्रहलाई साथीहरुले फेरी माओवादीको राजावादी रुझानको रुपमा नलिदा वेस होला । स्पष्ट छ माओवादी राजालाई कुनै पनि रक्तपात विना नै राजदरवारबाट निकाल्न चाहन्छ । त्यसकारण माओवादीको यो सदासयतालाई हिजो को जस्तै कमजोरीको रुपमा हेरीयो भने एमालेको ताल भइएला है । किनकी हिजो देखिएकै हो माओवादीले वाम तालमेल गरौं भन्दा माओवादीका एक सिट आउदैन त्यसकारण किन तालमेल गर्ने भनेर कुर्लेको देखेकैं हो ओली लगाएतका हनुमानहरु । अनुजवावु जस्ताहरुको के कुरा उनीहरु माओवादी भने पछि अगुल्ठोले हानेको कुकुर विजुली देख्दा तर्सन्छ भने जस्तै हो वातै पिच्छे खमेररुज, कम्वोडिया, क्युवा उत्तर कोरीया देख्छन् । उनको त्यो दिमागमा यी शब्द वाहेक सकारात्मक सोच केहि छैन । आफुले हिजो खिसिटुयुरी गरेका मानिसहरु आज सत्ताको नजिक पुगिरहेको वेला यस्ता मानिसहरु डाहाले जल्दै वरवराउनु के अनौठो भयो र ? किन अहिलै नाना थरी वोल्ने अव एक महिना पनि कुर्न सकिदैन र ? हिजोका दिनमा मैले यस व्लगमा अनुजवावुसँग वादविवाद गरेको थिए याद छ । माओवादीको ३० सिट आउछ भनेर तीनीहरुले भन्दा माओवादीको यति सिट आउछ तपाईले भन्ने होइन चुनावपछि भन्ने हो भनेर मैले त्यतिवेला भनेको थिए । त्यतिवेला अनुजवावु, राजन, शिशिरहरु मलाई खुवै उडाउथे । आज सत्य सवैको सामु देखिएको छ । त्यसकारण धैर्य गर्न सिकौं । हावामा खेती गर्ने अनुजवावुहरुको अनुमान फेरी पनी सिवरामको सातु हुने दिन आउदैछ । सूर्यलाई हत्केलाले छेकेर त्यो छेकिन्छ र ? हुन त माओवादीको नेतृत्वमा राजतंत्र गएपछि पनि अनुजवावुहरु माओवादीलाई यसको जस दिदैनन् । फेरी खुइलाउन थाल्नेछन् किनकी उनीहरुको जातै जमदार ?
I am Back again…
मन परे हरियो, नपरे रातो
0
0
King would have been kicked out two years early if he did not have the blessing of Girija Babu. King should not listen to people like Kamal Thapa. He should just pack up and get out of Naraynhiti Palace before he is forced out. There s still chance for him to live in Nepal peacefully. If he keeps on listening to stupid people like Kamal Thapa, Gyanendra will be forcefully kicked out of the country..
मन परे हरियो, नपरे रातो
0
0
Nepali haru ko bichitra ko bichar haru…!
Nepali haru ma Desh bikas gar ne bichar chai na jas to cha..!!!
Nepal Bikas hu nu dherai garo hola..!
मन परे हरियो, नपरे रातो
0
0
In Democracy even royalist such as Kamal Thapa has right to have their say. We need to respect their freedom of speech. Let him speak. But, again in democracy, the criminals need to be prosecuted and put in the jail. So, he along with Gyanendra and other royalist who were involved in supressing the peoples movement, corruption and other criminal activities, needed to be indicted and put in the jail.
Regarding following the constitution and agreements to abolish monarchy, people have voted to political parties who has agenda to establish Nepal as a republic. That is peoples mandate to political parties. That is enough.
मन परे हरियो, नपरे रातो
0
0
निव्ने बेलामा दियो पनि त चाहकिलो बल्छ नि उमेश जि तेस्तै होल नि होइन र
मन परे हरियो, नपरे रातो
0
0
Yes Kamal Bro is right at this time and point. Political parties should bye King following Democratic process…
उहाँलाई पनि आफ्नो कुरा राख्न दिनु पर्छ । थाहा भएको कुरा के हो भने नेपाल को आजको अवस्था भारतको योजना हो । आजको कान्तिपुरको मेन आर्टिकल हेर साथि हो ।
मन परे हरियो, नपरे रातो
0
0
कांग कराउदै गर्छ पिना सुक्दै गर्छ ।
केही राजाबादी अनी राजातन्त्र पक्षपाती हरु मुतको न्यानो लिदैछन लिना दिया हुन्छ । बिचरा हरु यत्ती पनि नपाओसत ।
मन परे हरियो, नपरे रातो
0
0
Dear friends
Everything looks excellent.Please think in real ground.King will be there in Nepal wait for a couple of week.
Naween
Kansas,USA
मन परे हरियो, नपरे रातो
0
0
हैन यी चैतीए माओवादीहरु, राजनीति को क ख नजानेकाहरु, satellite, Yuba, Gole, so and so…. राजा कुनै country club का member हुन कि कया हो, दुइ चार जना करायो भन्दैमा दरबार छोडेर काशी जाने। तिमीहरु लाइ के लाग्छ, ज्ञानेन्द्रको कुनै मित्र राष्ट्रहरु छैन?, कुनै मित्रशक्तीहरु छैन? अरु त पर को कुरा, प्रचन्द्र बाबुराम के ज्ञानेन्द्र को सौता भाईहरु हो? हे मेरा चैतीए माओवादी साथीहरु, एउटा कुरा बुझ, देश चलाऊनु भनेको जनसरकार चलाऊनु हैन बिसेसगरी नेपालजस्तो राष्ट्रमा।
आज कमल थापाले जे भोले त्यो माओवादी को भाषा बोलेका हुन। satellite, Yuba, Gole, साथीहरु हेरदै जाउु नेपाल नो राजनीति अनी नाटक।
म सोच्ने गर्छु कस्तो हुन्छ होला त्यो दिन अनी के लेख्छौ होला तिमीहरुले mysansar blog मा जुन दिन प्रचन्ड बाबुराम अनी ज्ञानेन्द्र प्रफुल्ल मुद्रामा उभिएका हुने छन अनी रेडियो टि.भी तथा पत्रीकाहरु उधघोस गर्ने छन “श्री ५ ज्ञानेन्द्र वीर बिक्रम शाहदेव नयाँ नेपाल को सस्कृतिक राजा”
मन परे हरियो, नपरे रातो
0
0
To those who are copy-pasting from sources and showing their hollow punditry,
Those who have the luxury of being online from time to time and who can browse internet, will be able to read what is posted there on the online editions of Nepali newssites. So please stop posting it robbing of the news media sites. It is the theft of the lowest kind.
As far as , what happens to the Monarchy in Nepal, Its days are numbered and it is the decision of the political parties which will usher him the way out. But it should be decided adopting a legitimate process and it should not be dramatized as a mere show.
मन परे हरियो, नपरे रातो
0
0
घाम छ पारीलो बतास चल्छ सिरेटो ।
गन्तब्यमा पुग्न अझै कती दिन हिंड्नु छ गोरेटो ।।
उकाली ओराली देउराली भञ्ज्याङग सुस्केरा साथ यो ।
झरी प रि लड्ला कि फेरी नभैदिय हिन्थियो घा त् त्यो ।। १ ।।
°
हेर्दा हेर्दाइ गड्याङ्ग गु डुङ्ग आकाश गर्जान्छ ।
सम्झदै हाय !गौथली को गूड् हिर्दय चर्क न्छ ।।
दु:ख मा दु:ख कहिले हुने हो सुख यो मुटु बल्झिन्छ ।
आज र भोली भन्दा भन्दै के मा भाग्य अल्झिन्छ ? ।।२ ।।
°
पार गर्नु छ संघर छिचोलेर काडा तार ।
उक्लिनु छ खुट्किलो साथ मा बोकी करोडौ जिबन को भार ।।
बा ढि बढ्दै छ बेगमा खियाउदै झन झन धार ।
आगनै डु ब्ला कि नफुल्दै सुन्दर बहार ।। ३ ।।
मन परे हरियो, नपरे रातो
0
0
चुनावमा हार हुनेहरुलाई सत्ताको तर् सुनिश्चित गर्न लागिपरेको भारतीय राजदूतको चलखेलले जनादेशलाई गिज्याई रहेको देखेर राजसंस्थाका अनुयायीहरुलाई पनि केही आस पलाउनु स्वभाबिकै हो / अझै HimRights जस्ता मानवाधिकारबादि सस्थाले बबन सिंह हरुलाई कांधमा बोकर हिड्न थालेपछि दरबारिया गगनसिंह्हरूले रथको प्रतीक्षा गर्नु पनि स्वाभाविक नै हो /
मन परे हरियो, नपरे रातो
0
0
kamal thapa bahnne ko ho re ?
मन परे हरियो, नपरे रातो
0
0
Ma pani RAJA Hataaune nai pakshaya ma CHHU.
Tara pani yo KAMALE LE kuro thikkai po garyo ki?
Hunata pheri samasya parna janchha!
RAJA BAADI Harule pheri BOM Padkayer …atangka machchaauna thallan ki ba! malai yahi chha pirr!
मन परे हरियो, नपरे रातो
0
0
Before handover the power by King what kind of agreement was held, it should be clear. If peresent government is maintain the law and order and so on. Such kind of agreement should be follow by present government and political parties. In this way Nepali people should know about this things openly. King should get only religious and cultural right to be as king of Nepal, The polticial and economic rights should invested to people or poltical parties. In this modern time it will not be big thing to arrange this things. In this way we Nepali and political parties and government should show tolerence and so on.
मन परे हरियो, नपरे रातो
0
0
(Nepalnews.com soueced following news will be helpful to clearify some of the doubts about Maoists – Pradhan)
Thapa meets Maoist leadership to convey King Gyanendra’s tidings
As the countdown for declaring Nepal a republic begins with only weeks left for the first sitting of the Constituent Assembly to take place, King Gyanendra has reportedly said that he just wishes for a “respectable status” even though that means according him cultural and religious rights only.
Rastriya Prajatantra Party (Nepal) chairman Kamal Thapa. (File Photo)
This was conveyed by Rastriya Prajatantra Party (Nepal) chairman Kamal Thapa to CPN-Maoist Chairman Prachanda during their meeting at the latter’s Nayabazaar residence, second in as many weeks.
During the nearly hour long meeting in which, another senior Maoist leader Dr Baburam Bhattarai was also present, Thapa, who is nowadays seen in his new avatar of palace’s unofficial emissary, tried to learn about the Maoist leadership’s proposal of affording “honorable exit” to the monarch. Thapa also told the Maoist leadership that King Gyanendra wanted the Maoist leadership to uphold the April 11, 2006 agreement between royal palace and the political parties, which effectively ended King Gyanendra’s royal regime and led to the formation of the seven party government and jump started the peace process.
Although the details of the secretive agreement between the king and the political parties held on the mediation of Indian special envoy Karan Singh, who is himself the erstwhile Maharaja of Jammu and Kashmir has not been made public, Thapa told Prachanda that both parties had agreed to end only “dictatorial monarchy” but not the entire institution of monarchy and that during his many meetings with various political parties King Gyanendra was assured that some form of monarchy would be retained.
Thapa told Prachanda that the king wants the Maoist leadership to abide by this understanding and also conveyed to Prachanda that the king intends to remain as the “symbolic” king having “cultural and religious rights”.
In the earlier meeting with Thapa Prachanda had proposed that if the king voluntarily abdicated then he would be accorded a respectful place and could even be allowed to be active in politics. Dr Baburam Bhattarai had also said that if the king voluntarily gives up his throne then he would be given “cultural rights”. The Maoist party later clarified that giving cultural rights to the King didn’t mean that he would remain as a cultural king.
According to sources, Prachanda told Thapa the people are not in favour of retaining any form of monarchy and that the king should leave his throne by respecting the sentiment of the people. The Maoist chairman also warned that if he didn’t do that then a difficult situation would arise.
Top Maoist leaders have stepped up their rhetoric against the king in recent days, saying that if he doesn’t voluntarily leave his throne then they might even consider overthrowing him out of the palace by using force. nepalnews.com ag May 12 08
मन परे हरियो, नपरे रातो
0
0
hernos mero bichar ma kamal thapa jasto chor vrasta byaktilai kina fasiko sajaye didainau yesta chor fataha haru le garda nepal sabai bigri sakyo tesaile jasari vaye pani yesta chor fataha haru lai pahila jel pathai dinos ani navaye fasiko sajaye dinos yesma janta sabai khusi hune6n ani gyane jasto tanasahi lai kina baki rakhne vanos ta,? mero bichar ma kamal thapa jasto fataha chor aru pani chan yesta chor fataha haru lai pahila kada vanda kada karbahi garnos ani thaha paucha yesto chor haru le, he nepali kamred ho khutta nakamau nalarbarau nepali ko janta le tapai haru lai jitayeko 6 yehi kam ramro sanga gar6u vanera tara tapai haru le yo garna sakenau vane feri kangres ra yemale jasari nai patan hunu parne6 yad rakha ahile ko parinam lai ramro sanga dhyana ma rakhi kam gara taki feri pani aaucha chunab vanne ta ani feri jangal pasnu siwaye kehi baki rahadaina tesaile ahile nepali jantale chaheko khojeko ichcha chahana lai pura gara khutta nalarbarau nakamau kinaki janta ko biswas jitnu cha timi haru le natra sadako lagi patan hunecha yemale, kangres, vanne ta patan vaye aba timro pali aaula yo ramro sanga khyala rakhera kam gara, yehi mero kamana chahana. lal salam kamred .
मन परे हरियो, नपरे रातो
0
0
Raja rakhni chapter aba closed bhaesakyo.Poltician bhaneka filmstar jastai hun jo publicity ka lagi jasto pani halla chaluna tayar hunchan.Tesai gari kamal thapa lay pani afno bargaining power badhauna matra raja ko kura nikalayka hun.Raja nahuda kehi hudaina…tetra durbar hatya kanda hudaa k bhaya raa ?? …Madan bhandari ko hatya hudaa k bhoo ..?? aghi bad daa hunchha
मन परे हरियो, नपरे रातो
0
0
भनाइले त्यतिबेला अर्थ राखदछ जतिबेला राजतन्त्र पुन सकृय हुन्छ।
अब बेला घर्किसकेको छ।मलाई अझै एउटा शंक छ । त्यो हो कतै राजतन्त्र सकृया हुने नाममा फेरी जनताक छोराछोरिहरु मरिने त होइनन?
मन परे हरियो, नपरे रातो
0
0
केही मंडले हरुले चलाएको योजनाबद्ध दुस्प्रचारको कारण कतिपय स्वतन्त्र विचार राख्ने मित्रहरुमा समेत भ्रम पर्न गएको हुनाले मैले यो समचारलाई बैशाख 9 गतेको जनदिशा दैनिक वाट साभार गरेको हु |
‘कुनै पनि रुपको राजतन्त्र रहँदैन’
नेकपा -माओवादी)का वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ले माओवादीले राजतन्त्र मात्र होइन सामन्तवादको कुनै पनि अवशेष नराख्ने बताउनुभएको छ ।
उहाँले काठमाडौंको एक साक्षात्कार कार्यक्रममा बोल्दै उक्त विचार व्यक्त गर्नुभएको हो ।
कुनै पनि नाम र अर्थको राजतन्त्र आफूहरूलाई स्वीकार्य नहुने र नराख्ने बताउँदै नेता बादलले भन्नुभयो- “हामी यो या त्यो कुनै पनि रूप र सारको राजतन्त्र राख्ने पक्षमा छैनौं ।”
कुनै ठूलो क्षतिविना नै राजतन्त्रको अन्त्य गर्ने पक्षमा भएको बताउँदै बादलले भन्नुभयो- “संविधानसभाको म्यान्डेट, जनादेश राजालाई सामान्य नागरिक बन्ने भन्ने हो भने यदि उनले त्यो माने भने ठीकै छ नभए अन्य विधि प्रयोग गरेर भए पनि नारायणहिटीबाट निकाल्नुपर्ने हुनसक्छ ।
हाम्रो आग्रह अहिले पनि स्वेच्छाले राजाले नारायणहिटी छाडून् भन्ने छ । राजाको सम्मानजनक बहिर्गमनका लागि आफूहरूले पहल गरिहेको खुलासा गर्दै वरिष्ठ नेता बादलले त्यसैका लागि नै राजावादीसँग पनि भेटेको र छिट्टै राजालाई पनि खुला रूपमै भेट्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
उहाँले राजाले सामान्य नागरिक भएर बस्न चाहेनन् भने उनलाई नागरिक होइन अपराधी घोषणा गरेर कारबाही गरिन्छ । यदि जनताको यो मतलाई मानेनन् भने उनलाई अब पशुपतिनाथले पनि बचाउन सक्ने छैनन् भन्नुभयो ।
राजतन्त्रबारे माओवादीको धारणा भनेर विभिन्न पक्षहरूले अन्तरविरोधमा खेल्न चाहेको बताउँदै नेता बादलले कसैले पनि यो अन्तरविरोधमा खेलेर नेपाली जनताको तारो नबन्न चेतावनी दिनुभयो ।
सेना समायोजन शान्तिप्रक्रियाको प्रमुख विषय भएकाले संविधानसभापश्चात् दुवै सेनाको समायोजन प्रक्रिया अगाडि बढाउने बताउनुभयो । उहाँले भन्नुभयो- “नयाँ राष्ट्रिय सेनाको निर्माण गरिनेछ र नयाँ र यसको आकार सानो हुनेछ । जनता र राष्ट्रको सुरक्षाको खतरालाई टार्न आमजनतालाई सैन्य तालिम दिइनेछ र जनताले राष्ट्रको सुरक्षा गर्नेछन् ।”
संविधानसभापश्चात् बन्ने सरकारको नेतृत्व माओवादीको हुने, तर यसको समग्र संरचना कस्तो बन्ने भन्ने कुराको निक्र्योल संविधानसभाले नै गर्ने बताउँदै नेता बादलले भन्नुभयो- “राष्ट्रिय नीति, परराष्ट्रसम्बन्धी नीति, नियम, कूटनीतिक सम्बन्ध आदिका बारेमा पनि संविधानसभाले नै ठोस गर्नेछ । तर माओवादीको मान्यता पञ्चशीलतामा आधारित अन्तर्राष्ट्रिय सम्बन्ध, असमान सन्धिसम्झौताको पुनरावलोकन र हस्तक्षेपरहित सम्बन्ध हुनुपर्छ भन्ने हो ।”
संविधानसभामा आएको परिणामले सामन्तवादविरुद्धको संघर्षमा लोकतन्त्रवादी, वामपन्थी र राष्ट्रवादीको विजय भएको छ भन्नुहुँदै नेता बादलले यो संघर्षको अन्त्य र सुरुवात दुवै नभएर उत्कर्ष हो भन्नुभयो । अन्य दलसँगको सहकार्य जारी रहने बताउँदै नेता बादलले नयाँ नेपाल निर्माण नहुँदासम्म सहकार्य टुटाउने पक्षमा माओवादी नरहेको स्पष्ट पार्नुभयो । संविधानसभाको परिणामले राजनीतिक पण्डितहरूको आँकलन र मूल्यांकन आधारहीन साबित भएको छ भन्नुहुँदै उहाँले भन्नुभयो- “दलहरूको कमजोरीलाई उदांगो पारेको मात्रै होइन सच्चिने मौका पनि दिएको छ ।”
मन परे हरियो, नपरे रातो
0
0
नैतीकता को आधारमा सबै नेपाली ले कमल थापा लाई सलोट गरे हुन्छ साँच्चै हो भने सबै राजा र राजसंस्था मान्ने मान्छेले कमल थापालाई नै गणेशमानलाई जसतै सर्बमान्य नेता मानेर यो पसुपती सुर्य बहादुर थापा सबैलाई पाखा लगाएर एउटा दरो सैदन्तिक इमान्दारिता बोकेको युवा जमात को एक मात्रा रास्ट्रिये पार्टी खोले हुन्छ । सलाम छ कमल जी जता मल्खु उतै ढल्खुहरु माझ् आफ्नो सैदन्तिक पर्तिबद्ता मा अढिग रही अदयम साहास र इमान्दारितापुर्वक राजसस्था र देसको हित्मा बोल्नु भएकोमा।
मन परे हरियो, नपरे रातो
0
0
hernus na ,desh ko chal neta haru samay ma buddhi purauna nasaker yesto banaisake !! aba sambidhan banaune bela ma pani bhibinna samasya chan .rajako barema kamal thapa le boleko kura jaej ta chaina rara raja hatauna ko lagi pahila sambidhan samsodhan nagarikana milla jasto ta malai lagdein .kinki ahileko sambidhan ma raja sabdha 3 4 thauma lekeko cha.pahila bina raja lekeko sambidhan banaun ko lagi arko sambidhan banaune wa samsodhan nagari kana kanuni rup bat ta nepalma raja hataun ta mildein holani.ki maoist ko pahila jastei dhunga barsaune ho narayanhiti ma !! yasari hataune ho bhane ta kina ahile samma kurnu parthiyora!@!!!
मन परे हरियो, नपरे रातो
0
0
प्रजातन्त्र / लोकतन्त्र मा सबै थोक बोलन पाईंछ | तर बोल्नेलाई मुख थुन्न पाईन्न | त्यों कमल ले बुझेको छ | त्यों भएर उसले बोलेकोमा टाउको दुखाउनु पर्ने चै म खासई देख्दीन | कुकुर को काम भुकने हो तर कुकुरले किन भुको भनेर सोधने मान्छेलाई केबल पागल मात्र भन्न सकिंछ |
प्रकाश
मन परे हरियो, नपरे रातो
0
0
माओवादीको नारी छाम्या होला र त यि तावेदारहरु चेतावनी दिन सक्ने भाछन । नत्र दुला भित्र पस्नु पर्नेहरु ।
मन परे हरियो, नपरे रातो
0
0
बास्तवमा प्रचंड बाबुरामहरूले राजतन्त्र राख्छन भनेर मंडलेहरूले आत्म सन्तुष्टि लिन खोजेको मात्रै हो | उनिहरू पनी जान्दछन की नेपाल मा अब राजा रहन सक्दैनन तैपनी माओवादिको विरोध गर्ने जन्मजात परम्परा जोगाउन मात्रै माओवादिले राजा जोगौदै छ भन्ने अपवाह फैलाउदै छन | ल अस्ति नया पत्रिकामा छापिएको बाबूराम भट्टराई को लेख हेर्नुस है त |
साँस्कृतिक राजतन्त्र वा तातो बरफ
समानान्तर : डा. बाबुराम भट्टराई
हामी छिट्टै राजतन्त्रात्मक युग अन्त्य गरी गणतन्त्रात्मक युगमा प्रवेश गर्दै छौँ । हजारौं वर्षको रुग्ण सामन्तवाद अन्त्य हुँदै छ र समाजवादउन्मुख पुँजीवादी युगको सूत्रपात हुँदै छ । युगपरिवर्तनको यो चरणसँग चुनौती र दायित्व पनि थपिएका छन् । सामन्तवादका आर्थिक, राजनीतिक साँस्कृतिक आयामको सट्टा अब हामीले नयाँ ढंगको प्रगतिशील पुँजीवादी आर्थिक, राजनीतिक, साँस्कृतिक आयाम निर्माण गर्नुछ । यसका लागि आम नागरिक समाजले समेत लोकतान्त्रिक गणतान्त्रिक संस्कार विकास गर्न जरुरी छ । तर, केही समययता देखापरेका केही प्रवृत्ति त्यति सकारात्मक छैनन् ।
सबैभन्दा पहिले संविधानसभा निर्वाचनको परिणामलाई बुझ्ने सन्दर्भमै समस्या देखापरेको छ । नेपाली जनताले सामन्तवाद र राजतन्त्र मात्र होइन, त्यसैवरपर फन्को मार्दै आएका राजनीतिक शक्तिलाई पनि निणर्ायक ढंगले परास्त गरेका छन् भने गणतन्त्र र अग्रगमनको पक्षपोषण गर्ने राजनीतिक शक्तिलाई निणर्ायक ढंगले विजयी बनाएका छन् । संविधानसभा निर्वाचनको परिणामको स्पष्ट दिशानिर्देश हो- नयाँ नेपाल नयाँ विचार र नेतृत्वसहितको शक्तिले मात्र निर्माण गर्नसक्छ । त्यसैले अब देशको नेतृत्व माओवादीले गर्नुपर्छ भन्ने जनताको स्पष्ट जनादेश हो ।
दिनको घामझैँ छर्लंग यो तथ्यलाई पनि बंग्याएर कतिपयले नयाँ नेपाल निर्माणको नेतृत्व माओवादील्ााई नसुम्पने धृष्टता गर्न खोजिरहेका छन् । त्यसका लागि विभिन्न बहानावाजी र कुतर्कको खेती गरिँदै छ । कहिले जनमुक्ति सेना विघटन गरिनुपर्ने, कहिले वाइसिएल विघटन गरिनुपर्ने, कहिले सामन्तको जमिन फिर्ता ग्रिनुपर्ने आदि इत्यादि अत्तो थापेर जनादेश पालना नगर्ने धृष्टता गरिनु त्यसैको परिचायक हो । कतिपयले संविधान निर्वाचन परिणामलाई अप्रत्याशित पनि भन्ने गरेका छन् । यो भनेको दस वर्षसम्मको ऐतिहासिक विद्रोहले नेपाली समाजमा ल्याएको नयाँ वर्गीय शक्तिसन्तुलनलाई बुझ्न नसक्नु हो ।
गाउँका कुना-काप्चामा बस्ने गरिब निमुखा, महिला, दलित, जनजाति, मधेसीको सशक्तीकरण भएको तथ्यलाई आत्मसात गर्न नसक्नु हो । विगत दस वर्षमा देशको राजनीतिक शक्तिसन्तुलनमा आएको निणर्ायक परिवर्तन नै अहिले निर्वाचन परिणाममा व्यक्त भएको हो । समाज विकासका मुख्य चालक शक्ति बसिखाने मुठ्ठीभर ठूलाठालू होइनन्, बहुसंख्यक श्रमजीवी जनता हुन् भन्ने तथ्य नबुझ्नेहरूका लागि मात्रै यो परिणाम अप्रत्याशित हो । इतिहासका निर्माता जनता हुन् भन्ने तथ्यलाई आत्मसात गर्नेहरूका निम्ति यो अत्यन्त स्वाभाविक र अपेक्षित थियो । पछिल्लो चरणमा माओवादीको पक्षमा बढ्दै गएको जनलहरलाई बजारिया राजनीतिक विश्लेषकले नजरअन्दाज गरे । उनीहरूले जनताको धारणाको अनुमान गर्न सकेनन्, मनोगत भए । अहिले तिनैले निर्वाचन परिणाममाथि आश्चर्य प्रकट गर्नु विडम्बना हो ।
नयाँ नेपालका निम्ति नयाँ संस्कार र संस्कृति पनि अपरिहार्य हुन्छ । सामन्तवादी संस्कृति झूट, षड्यन्त्र र जालझेलमा आधारित हुन्छ, तर प्रगतिशील पँुजीवादी संस्कृतिले खुलापन र पारदर्शिताको पक्षपोषण गर्छ । आफूसँग विमति राख्नेहरूका पनि असल र खराब पक्षको खुलेरै उजागर गर्छ । तर, केही समययता माओवादीको विजयलाई पचाउन नसक्ने निहित स्वार्थी तत्त्व माओवादीविरुद्ध खुला अनर्गल प्रचारमा उभिएको देखिन्छ । उदाहरणका निम्ति गणतन्त्रका लागि दसौं हजारको बलिदान गर्ने शक्ति माओवादीलाई अहिले गणतन्त्रलाई विधिवत् संस्थागत गर्ने संघारमा पुग्दा कुनै प्रकारको राजतन्त्रको पृष्ठपोषकका रूपमा प्रस्तुत गर्ने धृष्टता गरिँदै छ । झन् माओवादीभित्र पनि दरबार काण्डको बेलादेखि गणतन्त्र संस्थागत गर्न सबैभन्दा अग्रपंक्तिमा उभिने व्यक्तिलाई ‘राजावादी’ सावित गर्ने हास्यास्पद जमर्को गरिँदै छ । आफैँले कथित साँस्कृतिक राजाको कल्पना गरेर उसको मुखमा कोच्याउने कसरत भइरहेको छ ।
हामी गणतन्त्रलाई संविधानसभाको पहिलो बैठकबाट संस्थागत गर्न आतुर छौँ । गणतन्त्रमा कुनै पनि प्रकारको राजतन्त्रको अवशेष रहनै सक्दैन । साँस्कृतिक राजा भन्नु तातो बरफ भन्नुजस्तै हो । जसरी बरफ तातो हुनै सक्दैन, त्यसरी नै गणतन्त्रमा साँस्कृतिक वा अरू कुनै प्रकारको राजतन्त्र अटाउन सक्दैन । तर, कुनै पनि माओवादीले सपनामा पनि कल्पना गर्न नसक्ने शब्द ‘साँस्कृतिक राजा’ सिर्जना गरेर जनतामा भ्रम फिँजाउनु आसन्न गणतन्त्रलाई ओझेलमा पार्ने दुष्प्रयत्न मात्रै हो । आफूलाई कम्युनिस्ट हँु भन्नेहरूसमेत कागले कान लग्यो भन्दैमा कान नछामी कागको पछि दौडेको देख्दा लाजले भुतुक्क बन्नुपरेको छ ।
एउटा टिभी च्यानमा बोलेका कुराबारे सत्यतथ्य बुझ्न त्यसको रेकर्ड हेरे पुगिहाल्छ । तर, त्यसो नगरी हल्लाका भरमा कुद्नु र स्थापित गणतन्त्रवादीलाई राजावादी सावित गर्ने दुष्प्रयास गर्नु कस्तो नैतिकता हो ? त्यसैले पुरानो युगको अन्त्य गरी नयाँ नेपाल निर्माण गर्ने यस घडीमा हामी सबैले नयाँ संस्कार र संस्कृति बसाल्न ध्यान दिनैपर्छ । खासगरी सबै देशभक्त, गणतन्त्रवादी र वामपन्थी प्रतिगामीका सबै हरकत र दुष्प्रचारबाट मुक्त रहेर नयाँ ढंगको एकता कायम गर्न अघि सर्नैपर्छ । एउटा राजनीतिक प्रक्रियाको अन्त्य र नयाँ प्रक्रियाको सुरुवात सँगसँगै हामीले नयाँ आधारमा नयाँ एकता कायम गर्न सिक्नैपर्छ ।
अब हामीसँग पुरानै संसदीय शैलीमा खुट्टा तानातान गरेर अमूल्य समय खेर फाल्ने अवस्था छैन । राष्ट्रियता गणतन्त्र र आर्थिक-सामाजिक रूपान्तरणको न्यूनतम एजेन्डामा सहमति कायम गरेर अघि बढ्नु आजको आवश्यकता हो । हामी आशा गर्छौं- संविधानसभा निर्वाचनको नयाँ जनादेश सँगसँगै सबैमा यो नयाँ चेतना उदाउनेछ ।
मन परे हरियो, नपरे रातो
0
0
राजा र यिनका तावेदारहरु सँगको भित्री साँठ्गाँठ र सम्झौताको कारण माओवादीलाई आफ्नै एजेण्डा भालुको कम्पट भएको हो कि क्या हो?
प्रक्रीया पुर्याउने सम्म त ठिकै छ नत्र यि माओवादिको पुच्छरमा आगो लगाएर खेद्नु पर्छ । दालमा कालो चैं छ जस्तो देखिन्छ ।
अनी राजा हटाउँदाको खतरा चै के के रहेछ हँ ?
मन परे हरियो, नपरे रातो
0
0
अब प्रचण्ड कामरेडका विश्वासपात्र सूत्राधार एवं राजा ज्ञानेन्द्रसंग कुरा गर्न नियुक्त महादूतहरू कमल थापा र रविन्द्रनाथ शर्माले दरबारका बारेमा केही कुरा बोल्छन् भने त्यो कुरामा दम छैन भनेर भन्न सकिन्न ।
मेरो विचारमा अब कामरेड प्रचण्डले भारतीय विस्तारवादसंग बाट खतरा छ भन्दै राजालाई राष्ट्रवादीहरूको नेता मानेर ठाउँ दिन सकिन्छ भन्ने कुराको संकेत हुन सक्छ यो । हैनभने प्रचण्डका विश्वासिला दूत यो कुरा किन भन्दैछन् यि बेला ?
मेरो विचारमा अनि बुझाइमा, सबैखाले एकाधिकारवादीहरू कहीँ न कहीँ राष्ट्रवादको बहानामा धेरै नजिक खिचिन सक्छन् किनभने यिनीहरूलाई उदारवादी शक्ति र अन्तर्राष्ट्रिय प्रेसरबाट साह्रै डर हुन्छ । हेरौँ प्रचण्ड कामरेडको ताउलीमा कस्तो खिचडी पाक्छ । तर यसमा संकोच नरहोस् कि मेरो माओवादीमा मन पर्ने एउटा मात्र नेता भनेको प्रचण्ड नै हुन् किनभने यिनी घरिघरी साह्रै इमान्दारपूर्ण रूपमा भावुक देखिन्छन् ,घ्वाँक्क घ्वाँक्क रुने गरी । तैपनि भन्न सकिन्न यस्ता भावुकहरूलाई कमल थापा जस्ता चण्डालले फसाउन सक्छन् ” महाराज पनि निशर्त माओवादीमा प्रवेश गर्छु भनिसियाछ ” भन्दै ॥
मन परे हरियो, नपरे रातो
0
0
माधब नेपाल का अगाडि -ठुला कहां हुन र झक्कु पनि ।।
कोहि समयमा ज्ञाने माथि -कहिले माथि गिर्जा ।
कुनै दिनमा मैया दाहल -कहिले मियां मिर्जा ।।
कहिले दाइजो गन्डक को- कहिले टनकपुर को ।
२५ बुंदे पछेउरि को-अल्झियछ फुर्को ।
पहिले मजा दहि खाने लाइ -अहिले गाइ खाने लाइ ।
मजै मजा नपाल का -सधैं माइ खाने लाइ ।।
ढेढु पनि बांदर रहेछ-चम्रि पनि गाइ ।
स्वार्थि पनि कति रहेछन -बि;पि; दाइ का भाइ ।।
मन परे हरियो, नपरे रातो
0
0
now ko comdiction ma Kamal bholana bhanako pagel ho
मन परे हरियो, नपरे रातो
0
0
Murti chor Gyne – Cultural king ?? Ha Ha Ha…
and Hatayara Paras – future King ??
We can not accept this at nay cost. Finish this criminal monarchy for ever from nepal.
मन परे हरियो, नपरे रातो
0
0
Lab ji timro kamal thapa pagal bhayeko cha.Aba pagal ko kura sunera huncha?
मन परे हरियो, नपरे रातो
0
0
२०औ शधप्ति मा राजा र प्रजा पानि र माछा को सम्बन्द थियो २१औ मा आएर राजा र प्रजा पानि र आगो जस्तो
बयो ।हिजो ती नेपाली जन्ता लाई बिश्वाले आतङका बादि को रुपमा घोषना गरदा के राजा ज्ञनेद्रले होईन बने???
कमल थापा तिमि बनेको मकवनपुरको जन्ता को घरमा गएर १ भोट को लागि रुएरा जितेर नेता बयको हो।तिमि ले
हेटौड देखि राईगाऊ सममा को बाटो पिच गरेर देखाउनु बएको छ ।कति करोड ले बाटो पिच बयो?तेसता द्रप्यापिचास नेता को बोलि सुन्न चाहन्न जन्ताहरु।। नया नेपाल सङ्गा-सङ्गै नया बिचार बएको नेता
ति अपङगा किन न होस्????????
हाल यु.स.ए..
मन परे हरियो, नपरे रातो
0
0
अब अंदाज माँ के बोलने ,समय नजिक आइसकेको छ ,परिणाम हेर्ने अनि महसूस गर्ने ल |जून कुरामा भाबिस्य बाणी आबस्यक छैन त्यों कुरा माँ किन ?यो काम तुडिखेल को ज्योतिष लाइ |कबिता लेखेऊ साथी हो कबिता !!!
मन परे हरियो, नपरे रातो
0
0
कमल थापालाई प्रचन्डले बोल्न लगाएको हो ।किन नबुज्या सबैले । राजा रहन्छन ।ढुक्क भए हुन्छ ।
मन परे हरियो, नपरे रातो
0
0
क्षणिक उत्तेजनाले राजा हटाउने कुरा सजिलो छ, तर तेस्लाई प्रकृयागत रुपमा लानु पर्छ । अनी राजा त १ हटाउनु पर्छ २ हटाउनु पर्छ ३ हटाउनु पर्छ यस्मा बिबाद गर्नु भनेको राजसस्थाको आयु लम्बियाउनु हो । तै पनि कुरा के हुन्छ भने भोली ज्ञानेन्द्र शाहले मलाई हटाएको तरिका भएन भन्ने ठाउँ नहोस् । नेपाली जनताले स्पस्ट रुपमा आफ्नो मत दीसकेका छन । अब सरकार, संबिधान सभाले आफ्नो दायित्व पुरा गर्ने बेला आएको छ । यो बेलामा मओवादिको पनि खुट्टा कामेको जस्तो देखिन थालेको छ । जस्ले गर्दा कमल थापाको बोलिमा सत्यता छ कि भनेर सोच्नु पर्ने भएको छ । नेपालमा कुनैपनी पार्टीका नेताहरुलाई जनताले पहिले जस्तो अन्धो रुपमा समर्थन गर्नु हुँदैन । त्यसैले अहिले मओवादी लाई पनि खबर्दारी गरेमा मात्र त्यो कुरा सम्भव छ । कमल थापा त्यसै कुर्लेका होइनन, त्यस्को पछाडि कुनै न कुनै आड छ, अनी त्यो पक्का छ ।
नेपालको राजनीतिमा बाहिरी रुपमा १टा र भित्री रुपमा अरुपनी सम्झौता भएका उदाहरणहरु थुप्रै छन, कतै त्यसइको निरन्तरता त होइन यो हुन्कार ? नेपाली राजनीति गोप्य सम्झौता बाट ग्रसित र पीडित हुँदै आएको छ । जनताको तातो रगतमा ठुला ठुला कुराहरु कुदाएर भित्र भित्रै चिसो खेल खेल्न माहिर नेपाली नेताहरुको सजिलै भरोसा गरिहाल्नु हुँदैन । नेपाली जनताले भेडा भएर होइन चौकिदार भएर खबरदारी गरिरहनु पर्छ जस्तो लाग्छ । कुकुर त्यसइ भुकेको छैन तेस्लाई छिमेकिले पक्कै पनि मासुको चोक्टो देखएको हुनुपर्छ र कुकुर को मालिक पनि चोक्टा प्रती सकारात्मक नै भएको बुझिन्छ । कि कसो ?
मन परे हरियो, नपरे रातो
0
0
कमल थापा को भनाइ बाट के बुझ्न सकिन्छ भने संबिधान को निर्माण अगाडि राजा फाल्न पाइदैन ।बरु संबिधान निर्माण पछि मात्र यसको निर्णय हुन्छ भन्नु गिर्जा को भाशा हो ।अब यसको मतलब संबिधान सभा मा राजा राख्ने हरु को बिजय भयको छ ।अब बबन सिंह ले पनि राजा राख्ने मा भोट हाल्न पाउने भय ।प्रचन्ड बार बार कमल थापा लाइ भेट्नु ले पनि नेपाल मा राजा को स्थान बलियो भयको भान हुन्छ
मन परे हरियो, नपरे रातो
0
0
thakai cha kamal thapa g, ganae jasta chor sanga milera 1ta new politice party kholae pani hunchha, aba raja ko kunai pani chance chaina,raja rakhanae ho bhanae aba phari maobadi lai jungle dhapaunuparcha hola hoiena bhane chai garo cha hola phari janata samu mao ko ledear lae face kasari dekhaunae ho ta?
मन परे हरियो, नपरे रातो
0
0
k ho k huna lagyoo ha yo desh ma aaja khali ris uthne news matra aaudy cha ta yo kamal thapa ly pani tyo human rights ko saran ma jane banai dinu parchaaani thick huncha
Ra rahyoo Maobadi ko kura ko pani nepali janta dhagne kura gardy cha pahile Girija le baby king, serimonial king bhand karauthoo aani Girija ly kura sachauna lagauthiyoo aahile aafy Cultural king k k bhandy sachaudy hidna thaleko cha, Nepali janta ly aajmiyeko hola chup po lagcha ni aani aafu le bahneko jasto huncha bahnera bho aaba gary cha
मन परे हरियो, नपरे रातो
0
0
kamal timi pani jau gyane sangai india.
मन परे हरियो, नपरे रातो
0
0
यो कमल थापा भन्नेलाई पनी चार पाटा मुडेर ज्ञाने संगै डाँडा कटाउनु पर्छ अनी थाहा पाउँछ तेस्ले |
मन परे हरियो, नपरे रातो
0
0