मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    अब तपाईँको पालोः माधवकुमार नेपालको कार्यकाल कस्तो ?

    देशको शक्तिशाली प्रतिपक्षी दलका रुपमा स्थापित नेकपा एमालेको नेतृत्व १५ वर्षपछि परिवर्तन भएको छ। २०५० सालको जेठ ३ अर्थात् आजैका दिन तत्कालीन महासचिव मदन भण्डारीको रहस्यमय कार दुर्घटनामा मृत्यु भएपछि १५ वर्षसम्म एमालेको महासचिव पदमा माधवकुमार नेपाल कायम रहे। उनको कार्यकालको यो १५ वर्षको अवधिलाई मूल्याङ्कन गर्ने हो भने केही सफलता, केही विवाद मिश्रित भेटिन्छ।

    भण्डारीको मृत्युपछि शोकलाई शक्तिमा बदलौँ भन्ने नाराका साथ माधवकुमार नेपाल कै नेतृत्वमा २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा एमाले सबैभन्दा ठूलो दल बन्दै अल्पमतको सरकार बनाउन सफल भयो। अल्पमतको सरकारका शक्तिशाली उपप्रधानमन्त्रीका रुपमा उनी रहे पनि त्यसपछि प्रधानमन्त्री बन्ने उनको धोको कहिले पनि पूरा भने भएन। मदन भण्डारीको हत्याको कुरामा सडकमा हिंसात्मक विरोध चर्काउने तर सरकारमा गएपछि भने सिन्को नभाँच्ने एमालेको शैलिको त्यतिबेला पनि विरोध भएकै थियो। अहिले त अधिकांशले त्यो कुरा बिर्सी पनि सके। अल्पमतको सरकार ढालेपछि सरकार ढाल्ने र बनाउने फोहोरी खेल सुरु हुँदा राप्रपालाई बोकेर सत्तामा जाने क्रमको सुरुवात उनकै नेतृत्वको एमालेको पहलबाट भयो। महाकाली सन्धि संसदबाट मध्यरातमा पास गराउँदा उनले खेलेको भूमिकाबारे ठूलै विवाद निम्तियो। अन्ततः यही विषयलाई लिएर पार्टी विभाजन पनि भयो। पार्टी विभाजनबाट रोक्न नसकेको असफलता पनि उनले आफ्नो कार्यकालमा भोगे।

    राजदरबार हत्याकान्डपछि दाम राखेर ढोगेको चर्चा यस पटकको निर्वाचनमा निकै उठ्यो। माअ‍ोवादीले उनले दाम चढाउँदै गरेको पोस्टरै टाँसेर उनको विरुद्धमा प्रचार गरे। उनले आमा मर्दा किरिया नगरेको कुरा समेत टेलिभिजन कार्यक्रममा माअ‍ोवादी कार्यकर्ताले उठाएका थिए। निर्वाचनअघिको कान्तिपुर टिभीको यो कार्यक्रम हेर्नुस्, यसमा माअ‍ोवादी कार्यकर्ताको प्रश्न अनि त्यसमा सार्‍है नै उत्तेजित रुपमा उनले दिएको जवाफ अहिले हेर्दा पनि रोचक देखिन्छ। यी र यस्तै खालका प्रचारका कारण पनि उनी यस पटक पराजित भएका हुन्।

    तत्कालीन राजा ज्ञानेन्द्रले गठन गरेको दरबार हत्याकान्डको छानबिन कमिटीमा बस्न उनले अस्वीकार गरे। पाँच दलको आन्दोलनलाई लत्याउँदै दरबारमा प्रधानमन्त्री बन्न बिन्तिपत्र हालेको अनि पुनर्स्थापित देउवा सरकारमा सहभागी भएको कुराले पनि उनको नेतृत्वको चर्को विरोध भयो। तर राजाले माघ १९ को कू गरेपछि तत्कालीन आठ दलको आन्दोलनमा एमालेको भूमिका भने उल्लेखनीय नै थियो। विद्यमान शान्तिप्रक्रियामा उनको भूमिकालाई पूर्वाग्रही आँखाले मात्रै नजरअन्दाज गर्न सक्छ। यस पटकको निर्वाचनमा पराजित भएपछि पनि उनले अरुले झैँ आरोप प्रत्यारोप नगरी शालिन ढंगले लोकतान्त्रिक मान्यता अनुसार विजयीलाई बधाई दिँदै हार स्वीकार गरी राजीनामा दिई नेपाली राजनीतिमा खडेरी रहेको नैतिकताको प्रदर्शन गरेकै हुन्। कुनै एउटा निश्चित अडान नभएको नेता आदि जस्ता अरु कुरामा जति आलोचना गरे पनि उनको नैतिकताको यो पक्ष भने अनुकरणीय नै छ।

    माधवकुमार नेपालको १५ वर्ष लामो महासचिव कार्यकाललाई तपाईँ चाहिँ कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

    No related posts.

    67 comments to अब तपाईँको पालोः माधवकुमार नेपालको कार्यकाल कस्तो ?

    • kati hasnu rosanji ? tapainle lastai hasaunu vo yar

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • roshan

      अन्त्यमा ,
      एक असफल नेता हुन माकुने |
      संबिधान सभामा एमालेको लज्जास्पत् पराजय पछी उनी सामु दुई बिकल्प थिए
      १)आत्महत्या
      २)रजिनामा
      यदि राजनेता हुन चाहन्थे भने पहिलो बिकल्प रोज्नु पर्थ्यो|
      roshan
      tokyo

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh

      He did good job by making comunism, just a trade mark of UML

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मित्र खत्री, भियना, अस्ट्रिया

      hunuparne
      http://www.youtube.com/watch?v=dg18zSr2PF8&NR=1
      bhayo
      MAKUNE, GP, SHER, LOK, SURYA, GYANS, etc.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यो मान्छे त मलाई महाकाली को र १९५० को सन्धी को दलाल जस्तो लाग्दथ्यो तर यो त मरेका शाहीद हरुको पनि दलाली गर्दो रहेछ! १६ जना एमाले भनेर आएका होइनन उनिहरु त एस्ता भ्रस्टचारी र भारतीय दलाली देखी वाक्क भएर आएका हुन!
      आन्दोलन को अपजस आफुमा लिनुपुर्ब जनताले देखाइदिएको पारीणाम अवलोकन गर कमरेड! काङ्रेस् र भारत को चाकरि गरेको नतिजा हो यो चुनावि नतिजा! यिनले बोलेको एक शब्द पनि रास्ट्रिय हित को पछ्य मा छैन!
      बलत्कारि ब्यवहार मा सुधार नगरे ने (कु) पा एमाले जस्ता पार्टी हरु पतन हुने निश्चित छ!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Madhav

      He is one of the clean leader in Nepal so far but people saying to him he is little bit greedy on pm post but in surface we never seen it,his vital role in a peace process,
      I am always +ve with him and he did lots for the country and there is saying if do there is mistake if you did not do nothing there is only one mistake that is you did not do the job so anyone did job so there is mistake,of course he is a human being so he did some error on politics,but what I believed that the whole standing committe should resign cause it was team work not only his mistake the whole team was failed he might be right but like in a one basket if there is one orange is damage it will affect whole basket so simillar way there is lots of lazy and big mouth people around his team he did not change it on time what makes him bite,he is the one of the busy and he got lots of hurddle in PEOPLE WAR WITH KING and king put him lucked up him many month that is not for his benefit he did so that is contribution for the whole nation we can see now trying to grab credit by somebody else as of 1st president of the country what I would lie to say is we never become big personality to kill people.
      Still we need M.K. Nepal for Nepali politics he lots better than GP koirala but Gp Koirala never give him chance to rule the country for him so we can figure out already for 9 month his role as DYpm ,
      He did lots of contribution for the nation however people did not see they saw big ball on the badly moving ox around the confused which is right people for this moment ,in fact nepal is right now the middle of the ocean we need good experienced boat driver not like under highschool tenegers they are raw and lack of knowledge only they have hot blood and empty pocket but we need good knowledge and better experienced to run the country or to write the constitution that way only we can see bright future of Nepal which can make possible that we can say proudly I am Nepal and anywhere we can go or once we fly out from country then the people of third world can treat us better way or they will know who we are?
      I don’t have to much knowledge about Mahakali treaty where as people saying to MK Nepal he was worst on there but why not we look those are they claming themself revolutionary and others they are making Indian embassy is meeting office in a month 29days,Indian are big bad brother they will not help us.so this the time maobadi should bring their young criminal leage on right track and everybody should work like team work to make better future of Nepal.

      Finally M.K.Nepal did great job as a UML General seceraty I would like to suggest him he shoud stay active political role and guide the new generation and good luck to J.N.Khanal,
      so all of the friend who read this pls be correct urself if there is any error since i am not expert either ,
      Madhav

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ram Kumar Rai

      He is no different than GP KOIRALA. These two leaders are responsible equally to bring Nepal in this terrible situation because of their fight for KURSHI. Both of them sould be sided out from party if both parties wants to be competative with MAOBADI.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gautam

      madhab nepal worth to lose the election .that is not suprise….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • siva

      कसैले रक्त पात पूर्ण युध्हा बाटा आयाको प्रचंडा लाई सफल मान्छ भाने त्यों समय आय पछि मात्र बिस्लेसन गर्न सकिंछ! आजा कुरा मधाब नेपाल को हो मधाब नेपाल नेपाली राजनितिक मझ्मा एउटा खेलाडी नै हो!कही गलती कही सही कुरा पानी गर्यो होला तर सर्सरती हेर्दा नेपाल को बर्तमान आबस्था सम्मा नेपाली राजनितिक उतर चडाब ल्यौने राजनेता हरु मधेको एक हो !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sushil

      Sunami !!!!! Ha ! Ha ! Ha !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sushil bhandari

      geerija jasto pakhandi chai hoina madhab kinaki rajtinik emandarita rahechha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • CK

      Mr.Nepal is one of the non-corrupted leader of Nepal. In that sense, we have to be happy and all front-line people/leaders have to be followed to him.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • himal

      good answer by MK Nepal to that Person who asked question.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nepali Keto

      Like most of the UML netas MN is also a dual tongue and character personality.

      He is a simple guys who lack composure to be head of such Party.

      He lacks ideology and vision.
      He was always guided by some bunch of stupid and selfish people surrounding him, eg pradeep nepal…

      I never consider his party as a communist but an opportunitist.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prabin

      म माधव नेपाललाई सलुट गर्छु। राम्रा काम गर्न नसकेपनी नराम्रा काम भनेगरेनन। मान्छेको हत्या गरेर राष्ट्रपती हुने सपना देखेनन। बरु कसैलाई दाम चढाय तर कसैको सिन्दुर पुछिने काम गरेनन।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prabin

      म माधव नेपाललाई सलुट गर्छु। राम्रा काम गर्न नसकेपनी नराम्रा काम भनेगरेनन। मान्छेको हत्या गरेर राष्ट्रपती हुने सपना देखेनन। बरु कसैलाई दाम चढाय तर कसैको सिन्दुर पुछिने काम गरेनन।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • balram

      he is ok then other.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raj siwakoti

      makune is good boy and neta.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      राजनैतीक हो सन्तोष र असन्तोष का कुराहरु त भाईरहने हुनाले पायको पनि गुम्न सक्ने सत्यतालाई बोध गरी नैतीक ता को आधारमा सन्तोषी भयर रजिनामा दिनुले हाम्रा राम्रा नेताहरुलाई र सबैलाई गतिलो पाठ भने सिकाउन सफल हुनु भयको छ बहाको कार्यकाल अबधी माधव कुमार नेपाल ले अनी बाँकी रह्यो बहाको कार्यअबधी कस्तो रह्यो भन्ने कुरा त्यो त माइसन्सार मा साथीहरुले कमेन्ट मार्फत जानकारी लि न दिन सुबर्ण मौका पाउनु भयकै छ र हामीहरु सबैले प्रत्यछ्य जानकारी पाइ फाईदा पनि लियकै छौ जुन घाम जतिकै छर्लङ्ग छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prawashi

      CID Mr Ram,
      you have such a caliber and talent of knowing what is happening behind the scene. why u wasting ur time writing worthless comment in this blog. go and utilize ur potential .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sushil

      madhav nepal seemed capable when he was kept in ‘NAJAR BANDA’ by king for the longer period of time seeing that he had the capability to mobilize the people. He had it then. But his life time desire to become Prime Minister once made him do some very serious mistakes which led to his downfall. Any ways, the party was in need of an Alternative leader. It happened. ‘Je Huncha ramraiko laagi huncha’ kaso sathi ho?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prawashi

      ०५२ साल को संसदीय चुनाऊ र लगातार रूपमा स्थानीय निकायमा एमलेलाई सब भन्दा ठुलो पार्टी को रूपमा स्थापित गर्न मा माधब नेपालकै सबल नेतृत्व रहेको थियो / अहिलेको बिषम परिस्थिति लाई मात्र आधार बनाएर उनको मूल्यांकन गरिनु हुन्न ,तेस्तो भएमा प्रचण्ड बाहेक सबैलाई असफल भने भैहाल्यो नि एक्चोटिको बिजयलाई आधार मानेर / तेसैले एकचोटी को जित र हार लाई आधार बनाएर कसैको जिबनको समग्र मूल्यांकन गर्नु हुन्न /अहिलेका माओवादी ले पनी धेरै हारपछि को यो जित हात परेका हुन / सामान्य बिसंगति कस्को नेतृत्वमा हुन्न र ?अहिले माओवादी ले औपचारिक रूपमा सरकारको नेतृत्व नगर्दै नाताबाद र क्रिपावाद ले उत्कर्ष छोई सकेको छ/ प्रचण्ड र माओवादी को सफलता ,असफलता हेर्न केही समय त कुर्नै पर्ने हुन्छ / तेसैले समग्रमा माधव नेपालको कार्यकाल सक्षम नै रहयो/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sano

      Borte ji
      K.P. Oli is not Krishna Prasad Oli. He is Khadga Prasad Oli. Chetana bhaya

      Sano

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Piru

      यो काले जि को बिचार पनि कालो नै रहेछ। सबैलाई थाहा छ, पार्टी सिद्धान्त र मान्यतामा चलेको हुन्छ न कि कुनै यक ब्यक्ती बिशेष को आग्रहमा। सफल पार्टी त्यो हो जस्ले सामुहिक नेत्रितत्व लाई स्विकार गरेको हुन्छ। महत्वपूर्ण कुरा के हो भने मुख्य नेताले कसरी त्यसलाई अगाडि बढाउन सक्छ। एउटा बाद् । पथ को कुरा गर्ने, सत्ता कब्जा को प्रयास गर्ने, सत्तमा पनि बस्ने, सेना पनि राख्ने, आतंक फैलाई राख्ने, सर्बसाधारण लाई दुख्ख दी राख्ने, ब्यक्तिगत सम्पत्ति नस्ट गरिदिने अनी बिपक्ष लाई गाउँ ठाउन बाट निकला गरिदिने , यही हो काले जि को प्रचन्ड पथ है ।।।।।यस्ता कालो चस्मा लगायका काले हरुलाई मेरो शाहनु भुती छ, धेरै बुरुक बुरुक नगरौ, अरुको हत्त्या गरेर सत्तामा आएक हत्त्याराहरु कती दिन टिकेका छन र ! बब्बन सिंह जस्ता , उपेन्द्र यादव जस्ताले त चुनाव जिते, काले जि पनि कतै बाट जित्नु पर्ने , सबै जाती, जनजाती, दलित, अपाङ्ग, पान पसले, चस्मा पसले, हत्त्यारा, शरणआर्थी सबैको पालो पुग्यो कि अब काले जि ले काला हरुको पर्तिनिधित्व गर्नेकी नभय यो ब्लग को तर्फ बाट एउटा सिट चाहियो भनेर माइतिघर मन्डलामा धर्ना बस्न जाउ, यसो दुई चार जना काले हरु त म पनि जम्मा गर्न सक्छु, त्यसो त म पनि एक काले नै हुँ। हा हा हा ।।।।।

      पिरु

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      हामीले के मूल्यांकन गर्नुपर्यो र ? अहिले चाहिँ उनी आफैं सक्षम छन् स्वमूल्याकंन गर्न । केही हदसम्म त जनताले मूल्याकंन गरेर देखाइसके, यसमा कमैको दुइमत होला । वास्तवमा उनको कार्यकालमा देशले गुमाउनुसिवाय केही पाएन, यसबाट व्यक्तिगतरूपमा के-के उपलब्धि गरे उनैलाई थाहा होला ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • samagrama vannu parda yo uml maa satta lipsa nai yasko badhak thiyoo jasari pani sattama janu parne yaslai .janata aamul paribartan chaahanchhan vanne kura uml lai kahile thaha vayana .primeminister hunu parne yo madhab nepallai kepi oli ko sallaha liyara rajalai daam rakhna jane ani tiyo krantikari vayo vanne .malik lai daam rakheko re bolna pani laj lagnu parne kahile buddi aaune oh ho ho yi umlkaa netako

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bhaktapuré

      माथि aashis लाई समर्थन गर्दै:
      - क्यरिस्म्यटिक खासै भएनन, सधैं दोधारे नै देखिय, यता न उताका ढुलमुले, कन्फिडेन्ट पनि नदेखिने;

      - अडान लिन नसक्ने, भारतदेखी डराउने अनी राजा र काङ्रेसको नराम्रा कृयाकलापको साक्षी बसे;

      - हो मदन भण्डारीको मृत्‍यु विवादास्पद दुर्घटना मा भयो एक मात्र स्रोत अमर लामा अमर हुनु भन्दा अगाडि सम्मपनि केरा हेरेर बस्ने अनी अहिले सम्मपनि त्यो षड्यन्त्र नै हो भनेर भजाउन खोज्ने । आज बिहान एउटा एफएममा शंकर पोख्रेलले भन्दै थिय त्यो अन्तरराष्ट्रिय स्तरको षड्यन्त्र हो रे, थाहा रहेछ त भने भई हाल्यो नि, किन कसैको मृत्‍यु लाई भजाइ खाने भाँडो बनाउनु ? आफु सरकारमा हुँदा हातमा दही जम्या थियो?

      - घुसै चैं खाएनन होला, इस्ट मित्रलाई भर्ना गरिदिने बाहेक;
      - अली नैतीक देखियका, लोभि नदेखियका;

      - समग्रमा पंगु पंगु जस्तो देखियपनी मओवादीको सेफ ल्यान्डिङमा ठिकै भूमिका खेलेका । । ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hari

      yo makune kamnista ko khol odera sarkar ma janu bitikai pajero chahine yo bakhara jasto miya miya gari matrai hidane ko k kura garanu ra yo bakhara nai ho bakhara le des chalne wala chaina ho

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BR Shrestha

      ‘ओरालो लागेको म्रिगलाई बाच्छोले पनि खेद्छ’। भोलि अन्य नेताहरुले आफ्नो कार्यकाल पुरा गरेपछि यस्तै कमेन्ट गर्न भनियो भने सबैको यस्ता आलांकारीक बिशेषणहरु माधव कुमार नेपालको भन्दा कम हुँदैन। हो, उहाँमा strong determination को कमि त देखिन्थ्यो। राजालाई दाम चढाउने, प्रतिगमन सचियो भनी पञ्चहरुलाई बोकेर सरकारमा जाने आदि काम बाहेक अन्य पार्टीगत कार्यहरु सफल नै मान्नु पर्ला कि? सबभन्दा अनुकरणीय शैली चाहि चुनाव मा पराजय भोगेपछि सबै दोष आफ्नो उपर लिएर राजिनामा दिनु रह्यो। उहाँको यो Step लाई सारा नेपालीले प्रशंशा गरेका छन् जस्तो मलाई लाग्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shyam

      दाम चदाएको जस्तो सानोतिनो कुरा पनी कत्ती उछालेको होला छी? तेतीबेलाको परिस्थिति हेरेर पो मूल्यांकन गर्नु पर्छ त. बिपक्छी दल्का नेता भये पछि राष्ट्र प्रमुख को समारोहमा भाग लिन जानु परेन त भन्या? येती जाबो पनी नबुझ्ने कोर्काली हरुले ब्लगमा के कमेन्ट गर्छंन , हासों पनी उठछ क्या ! संसार आफुले मात्र बुझे को ठानने भय्कुता हरु! बरु माओबादी प्रचंडले पनी दाम खोजे भने चढाई दिए हुन्छ . २ , ४ बर्समा फेरी समय फेरियो भने गाली खानु त छदैछ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shyam

      मलाई त ई नेता भलाद्मी नै लाग्छ है साथी हो. ख़राब भन्न मिल्दैन. राजनितीमा हार र जित त भै हाल्छ नि मूला हो .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • keshab adhikari

      kin yasto bakbas yo sab bakbas ho uhako karyakal ma thupraikam bhhayaka 6na 1choti yaso pachhadi pharker herne ho ki

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shivapuri

      Similar to PENDULAM.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • borte

      हुनत काजु मार्का का कृष्ण प्रशाद बोली (के पी ओली ) ज्यु हरुलेपनी सन्यास लिनु पर्ने हो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yuba

      यहाँ केहि मित्रहरूले माधव नेपाल को कार्यकाल मा एमाले ले चुनाव हार्यो, उनले पार्टी लाइ सिध्याए अनि अन्त्यमा आफू पनी सकिए भन्ने गुनासो व्यक्त गरेको पाएँ | म ती मित्रहरुलाई प्रश्न सोध्न चाहन्छु ,कसले भन्यो माधव नेपालले चुनाव हार्नु भयो ? कसले भन्यो एमालेले चुनाव हार्यो ? यो सब माउवादी हरुले चलाएको अनर्गल प्रचार मत्रै हो | ५३ वटा पार्टीहरु मध्य नेकपा एमाले तेश्रो भएको छ, अझ माधव नेपाल त आफुले चुनाव लडेको दुबै ठाउमा दर्जनौ उमेद्वारहरु लाई पछि पार्दै दोश्रो हुन सफल हुनु भएको छ , यो कसरी हार हुन सक्छ ? ५३ वटा पार्टी मध्य तेश्रो हुनु दर्जनौ उमेदवार हरु मध्य माधव नेपाल दोश्रो हुनुलाई कसैले हार भन्छ भने त्यों अज्ञानता मात्रै हो , नेकपा एमाले ले लिएको मध्य मार्गी ढुलमुले नितिको बिरुद्ध YCL ले गरेको प्रोपगाण्डा मात्रै हो यो | यहाँ एकजना मित्रले एकदमै राम्रो कुरो गर्नु भो एमालेले जनताको बिरुद्ध कहिल्यै अपराध गरेको छैन अपराध गरेको भए राजाले सोच्छ छविको प्रधान मन्त्री माग गर्दा माधव नेपाल ले बिन्ती पत्र हाल्ने आँटनै गर्नु हुन्नथ्यो | अपराध गर्ने हत्यारा हरुले विष्णु भगवानको अवतार लाइ दाम राखेर ढोग्छन त ? अवश्य ढोग्दैनन | ती मित्रले भने जस्तै एमाले ले एक दुई वटा गल्ती गर्यो होला जस्तो:- महाकाली बेच्नु |खासमा भन्ने हो भने महाकाली बेच्नु पनी गल्ती हो भनेर माउवादी हरुले मात्रै भनेका हुन जनता लाई त के थाहा विचरा ४ किलास पढेका हरुलाई |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • भास्कर

      हामि नेपालि हरु लाइ हिन्स्रक, घमण्डि, उत्तेजित पार्ने भाषण दिने, अकाल्पनिय कुरा गर्ने, हिन्शाबादी, भ्रस्ट नेता मन पर्ने भयेकाले माधव नेपाल एक भलाद्मि छवि भयेको ब्यक्तित्व लाइ पहिचान गर्न सकेनौ
      नेपालि शब्दकोषमा निम्न शब्द हरुको यस्तो अर्थ हुन्छ

      क्रुर = साहसि, बिर
      हिन्शामार्गि =क्रान्तिकारि
      झुठो आश्वासन दिने = भिजन भयेको
      अपराध गर्दै सार्वजनिक कबुल गर्ने र अझै अपराध गर्ने = स्पस्टवक्ता

      नेपाल मा ग्यानेन्द्र वा प्रचण्ड जस्ता क्रुर, हिन्शामार्गि, झुठोआश्वाशन दिने, अपराधि, हत्यारा, सर्वसत्ताबादी अलोकतान्त्रिक ब्यक्तित्व ले मात्रै इज्जत पाउन सक्तछ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bidya

      तिमि गयऊ आज बिदा भईकन |
      सम्हाल्ना गारो मन यो नरोईकन |
      आयेपछि जान यो सत्य चिंतन |
      जानू बिधि को छ नियम सबै कन ||१||

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kim Aryal

      He is/was a Jack Ass. He should know how Madhan Bhandari’s Jeep dived in Trisuli river. Being a communist (Was a great supporter of Madhan Bhandari) i hate Madhav K Nepal( Ma Ku Ne).

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Biplav, usa

      madan ji
      beautiful way of putting things. keep going…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ram

      Madhav Kumar Nepal is the main killer behind the scene of Late Madan Bhandari.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shanta

      Actually,the election of this year show the ability of candidate Madhab Nepal.if he is good candidate he must elected in that election,why he lost,everybody can guest of his ability.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • anurodh

      Tenure of Nepal was not so good but he is clean leader than other leaders of Nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hope

      कार्यकाल बिर्सन लायक नै छ ,कुनै पनि उल्लेखनिय कार्य उनको समयमा भएन ,एउटा दरिलो र जनतामाझ केही हद्सम्म ‘लोकप्रिय’ भयको पार्टीलाई तेस्रो स्थान मा चित्त बुझाउनु पर्ने अवस्थामा पुर्‍याउनुमा उनको ठुलै देन छ !

      तर पराजय पछी राजिनामा दिएर जुन उदाहरणिय काम गर्नु भयको छ तेस्ले उन्को बिगतको असफलता लाई केही हदसम्म छोप्ने प्रयास गरेको छ ! उनी असक्षम नेता होलान तर अनैतीक भने पक्कै होइनन !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kaale

      माधव नेपालको नीति भन्दा पनि एउटा मान्छेमा झुण्डिने पार्टी नीति गलत हो

      अहिले नेपाल हरेक व्यक्तिलाई लेवल लगाउने राजनितिको पराकाष्ठामा पुगेको छ। मेरो एकजना मित्र भन्दै थिए – यस्तै थियो ७०/८० को दशकको राजनीति अमेरिकामा। मास मिडिया हाउसहरूले कन्ट्रोल गरेको थियो जनताको दिमाग – ती जे भन्थे त्यो सत्य बन्थ्यो। अनि उनले भने ९०को दशकमा आएर पोल (सर्वक्षेण)ले त्यो ठाम ल्यो। पोलले जे भन्यो राजनितीले तेहि गर्यो – तर अहिले आएर सुरु भएको इन्टरनेट अनि बलगिङ्ले त्यो मानचित्रमा केही फरक ल्याम्दैछ। नेपालमा रेडियो नेपालले जे बोल्यो त्यो सत्य हुने अनि कक्षामा र पाठ्यपुस्तकमा जे पढ्यो त्यो सत्य मानिने दिन गएका छैनन। तेसैले माओबादिले पाएको सञ्चार मन्त्रालयले माओबादीलाई एकदमै सहयोग गरेको छ। त्यो मन्त्रालयले माओबादिका पढेलेखेका कार्यकर्तालाई राम्रो जागिर मात्र दिएन तेसले माओबादिका काल्पनिक सिध्दान्तलाई समेत आगाडी बढ्ने अवसर प्रदान गर्‍यो।

      फेरि तेही समयमा – प्रजातान्त्रिक माध्यम बाट अगाडी आएका नेका र एमाले भने १ व्यक्तिको छत्रछायाँमा विलिन हुन पुगे। नेका गिरिजाको आगाडी नतमस्तक बनेर बसिराख्यो भने एमाले माधव नेपालको अगाडी – नेताहरूले के सम्म गरे भने आफुले सहमति जनाएको कुरालाई पार्टीका अन्य कार्यकर्ता – भलै त्यो पोलिटब्यूरो मात्र वा सभापति र महामन्त्रि स्तरको बैठक मात्र किन नहोस्‌मा पास गराउने र मात्र बैधानिकता दिने प्रयास सम्म गरेनन्‌। पार्टी १ जनाको मनोमानीमा चल्यो – यो क्रम १२ बुँदे सहमतिदेखि आजसम्म जारि छ। प्रजातन्त्रमा नेता हुन्छ न कि राजा। नेताले सभामुखको काम गर्छ न कि कार्यालय हाकिमको – हाम्रा नेता हाकिम भए – सभामुख हुन सकेनन्‌। राजा र गिरिजाको शैलिमा केहि फरक देखिएन। राजा र माकुने को शैलिमा केहि फरक देखिएन।

      मेरो लामो विश्वास हो – पार्टी एउटा सिध्दान्तको – पछाडी गठित भएको हुन्छ – तर नेकाले आफ्नो समाजवादलाई छोडेर कोइरालाबादलाइ समायो – एमालेले – माक्सबादलाई र लेनिनबादलाई छोडेर मदन भण्डारीबाद – माधव नेपालबाद हुँदै के०पी० ओलि बाद मा आएर लम्पसार परेको छ। माओबादिको केहि नभए नि – अर्थ कसैले कहिल्यै बुझ्न नसक्ने कुरा भएपनि – प्रचण्डपथ त छ नि। तेसैले मैले नेका र एमाले पार्टी आस्तित्वमा रहनु नै नेपाल जस्तो देशको बिडम्वना हो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nityananda Khanal

      माधव नेपालजीको कार्यकालमा एमाले कुलीन पार्टिको रुपमा बिकास भयो र अस्तित्वको लागि प्रशस्त मात्रामा तेहेरो मापदन्डको अभ्यास गरीयो /

      प्रीज्म जस्तो बहुआधारशीला भएको द्रृस्टिकोण स्थापित गर्ने एमालेको अभिमानलाई समयको गतिशीलताले खियाउदै लगेको कुरा एमाले नेत्रित्वले पत्तै पाएन; शायद यही थियो माधव नेपालजीको कार्यकालको प्रमुख बिशेशता /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yuba

      छोटकरिमा भन्नु पर्दा माहाकाली बेचेको काण्ड बाहेक उनले गरेको नकारात्मक कामहरूले पनी नेपाली जनतालाई कालान्तरमा फाइदानै पुगेको छ | एमाले लाइ यो स्थितिमा पुर्याएको त के पी ओलिले हो म माधव नेपाल लाई दोष दिन्न |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Chiranjivi Lamsal

      प्रचन्डले रोल्पामा राजालाई कुटनैतिक् लडाईंको सिल्सिलामा बोलाएका थिए कम्रेड। दाम चढाउन होइन है। दाम चढाउन किन रोल्पा नै बोलाउन पर्छ र? कुरा गर्नु र दाम चढाउनु आकाश जमिनको फरक हैन र? दाम चढाउनु नोकरपन दर्साउनु हो नि । फेरी ४८ सालमा कम्युनिष्ट पार्टी को हेडले होइन, पार्टीले पनि होइन, मोर्चाका मान्छे (जस्ले बैधानिक लडाईं गर्छ) ले लगाएका थिए तपाईंले भन्नु भएको ‘लोगो’। कम्युनिष्ट पार्टीको महासचिबले यो कुरा नबुझेको भन्न त मिल्दैन है। कुरा गर्‍यो कुराकै दु:ख।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Harke

      माधब नेपालले सम्झौताबादी निति अगाडी सारेका थिए, जुन नेपाल र नेपालीको हितमा हुन सक्थ्यो तर समयले तेती नै बेला गैर सम्झौताबादीहरुलाई (ज्ञाने र माओबादी) शक्तिशाली बनाएर निकाल्यो र माधबलाई ओझेलमा पार्यो ! आफ्नो निति ओझेलमा परेको धेरै ढीलो थाह पाउनु नै उनको गलती थियो !
      माधब नेपालले गल्ती गरे होलन, तर अरूले जस्तो अपराध गरेनन होला, किना की अपराधी नेताले नेपालमा न त अपराध स्विकारेको छ न त नेतृत्व छाडेको छ !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • By the way Madhab Nepal’s speech was quite good.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • KN Udas

      visionless, Babling leader.
      k

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Madhab Nepal did not seemed to have the ability to articulate his leadership during his period.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Keshab Goutam

      Khadga Woli lai thumthumyauda thumthumyaudei afno rajniti sakiyo…poor Madhav Nepal!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • JB, AUS

      End result is infront of us: “complete failure” of UML and that’s his performance. Crystal clear …

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Avash stha

      NOT ONLY AGGREGATIVE BUT ALSO TRUE COMMENT. BUT THEY CASH IT AND HE IS NOT ABLE TO WIN THE ELECTION.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sharma

      He was not a bad leader but he couldn’t cope with the situation and couldn’t maintain his status..in a scale of 10 he was around 5.5.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • R. Thapa

      15 barshako Madhav Nepal ko karyakal antyama aaera asaphal jasto dekhie pani samagrama mulyankan garnu parda santoshjanak nai mannu parchha. Madan Bhandari ko rahasyamaya car durghatna pachhi unle jun rupma party lai aghadi badhae tyo sarhaaneeya chha. Ahile emale ko asaphalta ko dosh unlai dine ho vane yo pani birshanu hudaina ki matra kehi samaya pahile emale lai sabvanda thulo party ko rupma herinthyo. Yes ko yes pani ta unlai dinu paryo ni. Khas gari unko karyakal ma emalele bistar gareko antarrashtriya sambhanda bistar ra halai Maobadi lai shantiparkriya ma lyauna kheleko bhumika ko muktakhanthale prasamsha garnai parchha. 46 sal pachhi bahusankhyak netaharu fariyabad ra bhrashtacharma muchhie. Desh ra party jata gae pani pad chhodne ta kohi dekhienan. Tara kam se kam uni yee rog bata bachna sake bhalai unma emalelai tukrina bata jogauna nasakeko ra party ma krantikari spirit kayam rakhna nasakeko dosh pani janchha. Tara yo hekka rakhna jaruri chha ki emale bigarna uni bhanda badhi tyaha bhitra ka aru pandit ra shakuni haru jimmewar jo ajhaipani aafno badhottari ko sapana dekhdaichhan.
      Antyama, Machav Nepallai deshko pahilo naitikwan neta banna sakekoma hardik dhanyabad.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      ययूता कुंठित अभिलाषा बोकर बाच्नु को पिडालाई माकुने ले जीबन भर माँ राम्रारी बुझ्नु भएको छ|यो मानेमा पानी माकुने म लाइ अशाध्याई मन पर्छ ,उहा धेरै अगाडी बडेर यो म लाइ नै चाहिन्छ भनेर कहिल्येई दाबी गर्नु भयेन|बेशर्मी लाइ त्यती हद सम्म धकेल्न सक्नु माँ पनी माकुने को खुबिलाई मान्नै पर्छ |
      आफ्नो प्यारो बस्तुलाई आफ्नो भन्ने संकेत सम्म गर्नु तर बीरता पुर्बक अगी बडेर ग्रहण गरी हाल्न नासक्नु माकुने र माकुने लाइ मन पराउने हरु को नियति हुन पुग्यो !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kami maila

      माधव नेपाल को कार्यकाल को बिशेश्ता -
      दोधरे अवासरबादी निति , स्पस्ट बिचारको आभाव, उत्तरदाई प्रबिरती को अभाव.
      आसा गरौ अब कामरेड खनाल को नेत्रित्वमा यो सबै कमी महसूस हुने छैन |

      अस्तु !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Piru

      माधव नेपालको जस्तो व्यबहार देखाउन सक्ने नेता नेपालमा अब बाँकी छन जस्तो लागेन, कारण धेरै देश्हरुमा, नेपालमै पनि कती पार्टिहरुमा नैतीकता र इमान्दारिता लोप भयको बेलामा यस किसिमको उदाहरण दिन सक्नु धेरै नै सरहनिय र अनुकरनिय कुरा हो। आफ्नो कार्यकाल मा धेरै राम्रो काम गर्न नसके पनि नराम्रो काम पनि गरेको जस्तो लाग्दैन मलाई। हाम्रो जस्तो देशमा जनतालाई जुरुक जुरुक उत्तेजित बनाउन सक्ने, डांग डुङ् गर्न सक्ने, ठोक ठाक पार्न सक्ने, षड्यन्त्र गर्न सक्ने मान्छे नेता हुनु पर्ने । सोझो र इमन्दार भएर नै माधव नेपाल को कार्यकाल त्यती सफल देखियन जती आशा गरियको थियो।

      पिरु

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      उहा को कार्य काल माँ गणतंत्र लेउनु भो |देस माँ लाल कम्निस्ट हरु सत्ता माँ आए तेसैले उहा ले महान कार्य गर्नु भो |माँ कु ने सफल हनु भो |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raaz denmark

      MAhdav KUmar NEpal ko karyakaal makura ko jaloo jasto vayo. ……………….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रीती

      माधव नेपाल कहिल्यै नेता हुन सकेनन, उनी केबल ब्यवास्ताफक (म्यानेजर) मात्र भए, उनी महासचिब हुँदा को पार्ती को भावना, कार्यकर्ता को जोस र जागर लाई खिया लागाइदिय, पार्ती लाई NGOकरण गरे, यता न उता को चमेरो बनाये एमाले लाई। र पनि अन्तमा आएर नैतीकता देखाए।

      प्रीती

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gole Dai

      अनुत्पादक ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मुल्याङ्कन त मैले के गर्ने र सबै लाई थाहा भयकै कुरा हो माधब नेपाल कस्तो मान्छे हो र एमाले कस्तो पार्ती हो भन्ने कुरा। तै पनि माथि भने बमोजिम पनि मदन भण्डारी को हत्या कान्ड देखी लियर महाकाली सन्धि र दाम चडाउन दरबार जानु तथा प्रधानमन्त्रि को लागि दरखास्त दिनु ,यी सबै थाहा हुँदा हुँदै पनि कसरी उनलाई सक्षम र कुसल नेत्रित्वकर्ता भन्नु र खोइ। अनी मलाई हासो उठेको त त्यो भिडियो देखेर पो त बिचरा कती रिस उठेछ है। हुन पनि सोध्ने ले पनि ढाड मा टेकेर टाउकै मा हनेछन त अनी पो छटपटायका रैछन् त बरा।बिन्ती पत्र बोकेर दरबार जादा पनि ज्ञाने ले लात हानेर बाहिर निकालिदिय पछी आन्दोलन मा त लाज जोगाउन पनि जानै पर्‍यो नि। अनि जुन पोखरा लगायत का ठाउँ मा लाखौं मान्छे सडक मा उतार्यौ भन्ने कुरा गरे त्यो सबै ले देखेकै कुरा हो माओवादी सँग सम्झौता हुनु भन्दा एमाले को हालत कस्तो थियो र आन्दोलन कसरी चलेको थियो भन्ने कुरा।।।अनी अहिले आयर माओवादी ले केही गरेकै होइन सबै हामी ले नै गरेका भन्ने कुरा गर्छन् अनी यस्ता ले चुनाव नहारेर कस्ले हार्छन त।
      aasish
      swiss

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • tumbahamphe

      बकवास रह्यो यो १५ बर्षको कार्यकाल|

      भारतिय सहयोग नभएको भए के खाएर हुन्थिए महा सचिव? जे होस्, आफ्ना मालिक भारतलाई रिजाएर नै १५ बर्ष बिताए|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Samjhanaji, Maoist never welcomed Kamal Thapa. They have given him an appointment only to deliver the message of to be thrown king. About Madhav Nepal, it is politics, every party wants to undermine its opponents. Madav did not also lag behind to weaken maoists, but the only thing is he did not stand against Prachanda’s capacity and political acumen.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • samjhana

      The problem was that everybody wanted to see “madan bhandari” in the face of Madhab nepal which was impossible.the other matter is Nepal is not bad himself but he is not a personality to be first man.His period seems to be mixed.Nepal is not a personality that needs to hate. Maoist hated Nepal but welcomed Kamal thapa that was surprising.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker