मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    बन्द 'संस्कृति' मै बढावा

    रामहरि हत्याकान्ड एउटा अर्को ‘हत्याकान्ड’ मात्र थिएन र हैन। विशेष परिस्थितिमा भएको घटनाका कारण मात्र हैन, शिविरमा लगेर बेस्कन चुटेर यातना दिई दिई मारेको मात्र हैन, लाश समेत बेपत्ता पारेको घटना कसैलाई पनि सह्य हुनै सक्दैन। अनि यो घटनाको विरोध गरिनै पर्दछ र सामान्य हैन, चर्को विरोध गरिनु पर्छ- यो सत्य हो। विरोध आइन्दा यस्तो घटना गर्ने साहस उनीहरुले गर्न नसकून् भन्ने तर्फ केन्द्रित हुनै पर्छ। फेरि रामहरिको हत्या चितवनको शिक्षण अस्पतालमा उपचारका क्रममा भएको भन्ने खुलासाबाट घटना झन् रहस्यमय बन्न पुगेको छ। सरकारको नेतृत्व गर्न लागेको दलका कार्यकर्ताबाटै भएको यस्तो घटना भएको हुनाले पनि मानिसहरु आक्रोशित हुनु स्वभाविक हो।

    तर, के हिंसाको यो चरम रुपको विरोध गर्न यही गर्नु जरुरी छ ?


    नेपालमा विरोधको यो व्यवहारले संस्कृति कै रुप लिन लागिसकेको छ। अरु माध्यमबाट गरिने विरोधले कसैको ध्यान आकृष्ट नगर्ने भएकैले यस्तो शैलिको विरोध गर्नुपरेको हो त ? त्यसो हो भने विरोधको शैलि परिवर्तन गर्नतिर लाग्‍नु परेन अब ?

    निन्दनीय हत्याको विरोध गर्न जरुरी थियो र भयो, भइरहेको पनि छ। भैरवनाथ गणमा गरिएको हत्याको विरोध गर्ने अनि शक्तिखोर शिविरमा लगेर यातना दिइ हत्या गरेको घटनाको विरोध नगर्ने काम मानवीय गुण भएका कसैले पनि गर्न सक्ने विषय हैन। तर, बन्द कै उपाय अन्तिम हो त ? सडकमा टायरै जलाउनु पर्छ त विरोधका लागि ? चाबहिलमा जस्तो मेडिकल कलेजका सवारी साधनमा तोडफोड नै गर्नुपर्छ ? प्रहरीसँग चाबिहल, गोंगबुमा जस्तो झडपै गर्नुपर्छ ? हिंसाको विरोध हिंसात्मक रुप मै हुनुपर्छ ?

    त्यो पार्टीले चाहिँ गर्न हुने, हामीले चाहिँ गर्न नहुने ? यही सोच्ने हो भने त अब आइन्दा दिनहरुमा जोसुकै सत्तामा जाअ‍ोस्, विरोधका नाममा बन्द र टायर जलाउने संस्कृतिबाट हामीले अझै छुटकारा पाउने देखिन्न। हत्याको विरोधमा माअ‍ोवादीबाहेक सबै जसो राजनीतिक दल र अन्य संस्थाहरुको समर्थन रहेको आजको बन्दले त्यसैको संकेत गरेको छ। विरोध जरुरी छ, तर टायर जलाउनुलाई कसरी जरुरी नै मान्ने ?

    माअ‍ोवादी पनि कम छैन, संविधान सभाको पहिलो बैठक बस्ने दिनपछि दुई दिनसम्म सबैलाई सडकमा उत्रन प्रचण्डले आह्वान गरिसकेका छन्। ती दिनमा पनि बन्द नै जस्तो हुनेछ। त्यसै बीचमा पर्ने हाम्रो परीक्षाको पहिलो दिनमा कस्तो प्रभाव पार्ने हो, त्यसले पो बढी चिन्तामा पारेको छ त।

    विगतका वर्षहरुमा बन्द गर्नलाई आह्वान गर्दै आउँथे वक्तव्य प्रचण्डको। आज भने बिहानै बन्द नगरौँ भन्ने आग्रह भएको प्रचण्डको वक्तव्य आएको थियो।

    वक्तव्यमा प्रचण्डले मृतक रामहरि श्रेष्ठको मृत्युका सम्बन्धमा उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने, श्रेष्ठका परिवारजनको मागप्रति पार्टीको सहमति भएकोले यसका लागि अविलम्ब पहल गर्न सरकारसँग विशेष आग्रह गरेका छन्। प्रचण्डले पार्टीको समग्र नीति, योजना र कार्यक्रम विपरित अराजक घटना तथा प्रवृत्ति नियन्त्रणका लागि अनुशासन र कानुनी कारबाही दुवै पक्षमा कठोर कदम उठाएर अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

    विज्ञप्तिमा प्रचण्डले परिवारजनले मागका रुपमा उठाइएका अन्य विषयहरुलाई समेत गम्भीरतापूर्वक लिई आपसमा बसेर छलफल गरी समस्या समाधान गर्न पार्टी तयार रहेको कुरामा जोड दिँदै बन्द हडतालजस्ता कार्यक्रम फिर्ता लिई संविधानसभाको पहिलो बैठकका लागि सहज वातावरण निर्माणमा सहयोग पुर्‍याउन विशेष अनुरोध गरिएको छ।

    वक्तव्यमा देशको समग्र राजनीतिक परिस्थितिको संवेदनशिलता तथा आसन्न यही जेठ १५ गतेको संविधानसभाको पहिलो बैठकको सफलतामा कहीँकतैबाट व्यवधान नआओस् भन्ने कुरामा सम्पूर्ण नेपालीहरु सतर्क रहन जरुरी रहेकोमा जोड दिइएको छ।

    विज्ञप्तिमा घटनाका सम्बन्धमा थप अनुसन्धान, दोषीमाथि कानुनी कारबाहीलगायत यससँग सम्बन्धित सबै विषयमा मृतक श्रेष्ठका परिवारजनसँग बसेर सकारात्मक छलफल गर्न पार्टी तयार रहेको पनि स्पष्ट गरिएको छ।

    No related posts.

    64 comments to बन्द 'संस्कृति' मै बढावा

    • parbat prasai

      जे भएपनि ति दोसिहरुले सजाय पाउनु पर्छ भन्ने कुरा ठुलो हो। अपराधिहरु सबै पर्टिमा हुन्छन । आफ्नो स्वार्थ पुरा
      गर्ने दाउमा हुन्छन। प्रचंढ जि फेरि यस्तो घटना नदोहोरियोस भन्ने तर्फ हामि सचेत हुनु पर्छ। आहिले समाचारपत्रहरु
      माओबादिको गल्ति लाई जुन तरिकाले ऊछालिरहेका छन , दांग मा ७ जान माओबादि लाई कांगेसका भ्रस्टाचारि नेता
      ले गोलिहानि मार्दा ति कहाँ थिए? माओबादि हरुमारिएको त किरा मारेको दर्जापनि पाउदैन संचारमाध्याममा। अपराध
      त सबै समान होईनन ?

      -झापालि कान्छो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      शरीर र बा ताबरण लाई अत्यन्तै ठुलो हानी हुन्छ भन्ने जा न्दा जा न्दै पनि टा य र बाल्ने हरु पापी हो , अपराधी हो ।
      बिरोध गर्ने तरिका सौम्य पनि हुन्छ । बिरोध गरु तर बातावरण प्रदुसित नग रौ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • zhalakachan khadka

      gagane ji……
      what ever you wrote in the first comment it’s totally not good. you are saying let them moist to make goverment. how dare you are saying to let them make goverment and we will talk later on about ramhari murduer case what a pity?
      why parchanda try to hide real matter. now everybody knows they killed ramhari inside the shakti khor camp by his people. when he was innocent.
      why parchanda not saying our party did mistake we will punish them. he is saying still saying who had killed ramhari by these people they are not our memeber of moist. then every nepali knows they killed.
      so MR Gagane how you telling let them make goverment frist then we will see what is this. who is telling a lie and who is killing innocent people we will let them to help make goverment frist. wow good thought you have mr gagane.
      i also don’t like band by doing like that burnig tire and bulking the road. we should not do that things for band. we should have to change way of band.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shyam

      Ramhari’s death is not only the pain of Ramila and her children’s pain. This hurts all true Nepalese. A month ago Nepalese thought that souls will not vanish in the Barracks. This time not in Royal Nepalese Army Barracks as usual but in PLA Barrack? WHAT a SHAME!
      In a country where we import oil, well programmed bandh (only vehicular)is essential to save hard earned foreign currency and natural environment too. But burning tyres in the middle of the streets and disouraging the cyclists and rickshaw pullers, pelting stones to break glasses,windshields(also imported) is just loss of property and also a way of making Nepal poorer.
      I also think that we have to find out other most effective options of protests.
      May Ramhari’s soul rest in peace. Long Live Ramhari.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • गगने

      गगनेको कमेन्ट प्रती प्रती कमेन्ट गर्ने मित्र हरुलाई गगने को कमेन्ट अली घोरियर पढ्न र धैर्य गरेर सोच्न आग्रह गर्दछ गगने।
      तेरो बाउलाई परेको भय तेरो श्वासनी लाई …… गरेको भय तेरो …. लाई एस्तो भय त्यस्तो भय भन्ने किसिमा को छुद्र र तल्लो स्तरको बोलिबोल्ने हरु माथि गगने दोहोरी खेल्न चाहदैन, सक्दैन पनि।
      गगने लाई कसैको पनि मृत्‍यु मा दु:ख छ झनै हत्या मा त अझै बिरोध पनि छ । त र मृत्‍यु हुने हरुलाई बच्चायरै ल्याउला झ्याई गरी गगने उफ्री पाफ्री गार्दैन किनकी गगने समयको संबेदनशिलता अलिक भय पनि बुज्छ वा भुज्ने कोशीस गर्छ अनी गगने बिरोधअको लागि बिरोध गर्दैन। गगने आफ्नो ले गर्‍यो भनेर नराम्रो कुरा लाई राम्रो भन्ने कोशीस गर्दैन अनी बिरोधइले गर्‍यो भनेर राम्रो कुराको छुद्र्याई गर्दैन, कमेन्ट र प्रशंसा गर्न गगने को कोही आफ्नो आफन्त छैन। राम्रो गर्ने सबै गगने को आफ्नो नराम्रो गर्ने सबै दोशी छ गगनेको लागि ।
      गगने त अझै यो हत्याकांडलाई माओवादीको सरकार बने पछी कसो गर्द रहिछ त्यो हेर्न चाहन्छ । तेस कुराले आर्थता देखिन्छ माओवादीको ।
      मित्रहरु गगनेलाई नबुझी अनाहक मा गगने माथि नाभुकौ के

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shambhu

      राजन जी ले ठीक भन्नुभयो , नेपालीको ज्यान नै सुरछित छैन भने गणतन्त्र को के काम ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • रबिन्द्र राज गिरी

      यो युगान्तकारी परिबर्तन सँगै हाम्रो बिरोध गर्ने शैलिमा पनि परिबर्तन आऊला भन्ने मेरो आशामा तुषारापात भएको छ | हो यो घटना जघन्य हो | यसको हामीले बिरोध गर्नु नै पर्छ | यसमा कसैको दुई मत हुन सक्दैन | तर फेरि उही टायर बालेर र बन्द गरेर बिरोध गर्नु भनेको सर्बसाधारण लाई दुख दिनु सिबाया अरु केही हुन सक्दैन | एउटा जघन्य अपराधको बिरोध गर्न अरु अपराध गर्नु मनासिब होइन | उसै प्रदूषित काठमाण्डु त्यसमा बिरोधको लागि त्यसरी टायर बाल्दै जाने हो भने हाम्रा कलिला केटाकेटी र हाम्रो नै स्वास्थ्य के होला | बिरोध को लागि यातायात लगायत सबै काम नै बन्द गर्ने हो भने आजको यस्तो समयमा कसरी बिहान बेलुकाको छाक टार्ने | हुनेलाई त फरक नपर्ला | गरिब ले भोक भोकै मर्ने? त्यसैले यो बन्द गर्ने र टायर बालेर बिरोध गर्ने शैलीलाई हामीले सधैंको लागि त्याग्नु पर्छ हाम्रो उज्वल भबिश्यको लागि |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • We should strongly condemned the murder of Ramhari Shrestha jee, however we should be very careful about the liquid situation of the Country sothat the nation may not loose the great opportunity to make country glorify.

      I am confused about why not “PRACHANDA” straightly apologize for it. If he apologises and forms the High leve probe team, then the demand of deceased family would be fulfilled. He should take initiative immediately to fulfill the demands of bereaved family.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      हो यो बन्द र टायर बाल्ने संस्कृतिचाहिँ बन्दै गर्नुपर्छ । योजस्तो ज्यानमारा विरोध अरु केही छैन । यस्तो विरोध गर्ने स्वयम् नै ज्यानमारा हुन्, तिनीहरूलाई पनि कारवाही गरिनुपर्छ । केही अबोध बालबच्चा अनि विपक्षी दलको भत्ता खाएका हुल्याहाहरूबाट यस्तो कार्य हुने गरेको देखिएको छ । यो क्रम रोकिनैपर्छ । ‘आमजनता’ उठ्नु नपरोस् ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • फकिर राज

      भनिन्छ वातले नटेर्ने भूतलाई लातले भएपनि धपाउनु पर्छ, त्यसलाई डाँडो कटाउनु पर्छ । त्यस्तै हाम्रो देशमा पनि कुनै पनि राजनैतिक पार्टीले आफूले गरेको गल्तीलाई सकेसम्म लुकाउन र जनतालाई मूर्ख बनाउन पछि परेका छैनन् । पछिल्लो समयमा सरकारमा जाने र देशमा परिवर्तन गर्छ कि भन्ने आशा राखिएको पार्टी माओवादीका क.प्रचण्डले समेत झूठा बक्तव्य जारी गरी निर्दोष जनतामा आक्रो फैलाउने कार्य गर्यो । मलाई लाग्दैन कि कुनै पनि मानवको मनमा गहिरो चोट नपरेसम्म सडकमा गएर उधुम मच्चाउने रहर गर्छ । तर पीडा भएपश्चात उसले आवेगमा आएर जे पनि त गर्न सक्छ । फेरी सडकमा उत्रेर विरोद नगर्ने हो भने भोली धेरै रामहरि श्रेष्ठहरुको अकालमा मृत्यहुने कुरामा दुईमत छैन । सडक भन्दा बाहेक अरु उपाय नै छ के र ?? कस्तो पीडा होला रामहरि श्रेष्ठको परिवारको आत्मामा ?? त्यसैले सडकमा आगो बल्यो भन्ने चिन्ता गर्ने र पजेरो र प्राडो बिना आफ्ना पैतालालाई २ मिनेट पनि सास्ती दिलाउन नसक्नेहरुले पनि विचार गर्नु पर्छ कि भोली मेरो पनि त्यो हालत हुन सक्छ भन्ने कुरामा । के आफ्नो मात्र स्वार्थ हेरेर बस्ने ?? उसको ज्यान गएको छ उसको परिवारमा कत्रो आपद आएको छ भने हामीले उसकोनिम्ति उसको मृतात्माको निम्ति एक दिन पनि दु:ख गर्न नसक्ने उसको पीडामा साथ दिन नसक्ने ? यदी हामी चुप लागेर बस्ने हो भने माओबादीले आज रामहरि मार्यो भोली श्याम हरि मार्छ पर्सी अर्को अर्को । मात्र माओवादी नभै अरु राजनैतिक पार्टीहरु पनि त्यस्तै हुन् । त्यसमा पनि माओवादी त मारेर नै आएको मार्न के को डर भन्ने खालको हो । त्यसैले हामीले रामहरिको मृतात्माको निम्ति मात्र भए पनि विरोध गर्नु पर्छ नत्र उसको आत्माले हामीलाई सराप्ने छ । फकिर

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • aayush

      YUBA JEE

      SWATANTRA MANCHHE BHAYERA BAACHNUS, MAOBAADI KO HANUMANTE DALAAAL BHAYERA HOINA…
      PAHILE PRASTA GARNUS, TAPAAI MAOBADI KARYAKARTA, KI Y. C. L., KI MAOBADI KO JANASENA KI K???

      YADI TAPAI SADHARAN NEPALI BHAYE, KHOI TA MAOBADI YUDDHA MA MARIYEKA 13000 NIRDOSH NEPLI KO AAWAAJ???
      KHOI TA UNIHARU KO PIDA PRATI KO SHRANDHANJALI????
      13000 NIRDOSH HARU SANGAI 13000 PARIWAAR KO PANI SAHARAA LUTIYEKO CHHA, KHOI TA UNIHARU PRATI SAHAANUBHUTI?????????

      TAPAAI RA KAMAL THAPA MA KE NAI PHARAK RA?? DUBAI ANDHO SWAMI BHAKTA?????

      DUBAI JANA JANATA KA RAGAT CHUSNE JUKAA KA MATIYAAR…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • aishwarya USA

      घिरन्जिवी जि
      तपाईं को प्रतिकृया पढ्दा त मलाई लाग्यो अब देश का सबै दलका नेता हरुलाई एउटै घेरामा राख्ने मधेस्थकर्ताको पो उदय भएछ।
      कती सन्तुलित लेख लेखेको वास्तबमा देश लाई तपाईं जस्तै सन्तुलित बिचार राख्ने असल मान्छे को खाचो छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      धमिलो खोलामा माछा मार्ने काम सिछित राजनीतिक बर्ग बाट नै हुनु जस्तो बिडम्बना अरु के नै होला र !
      गगने जि !
      तपाईंको कमेन्ट ले तितो सत्य बोल्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • भास्कर

      नेपालि जनता ले प्रचण्ड ले झुठ माथि झुठ
      आश्वासन माथि आश्वासन
      हत्या माथि हत्या
      गर्दै जादा पनि
      भेडो भयेर प्रचण्ड लाइ नै अत्याधिक मत ले जिताये

      अब प्रचण्ड ले झुठ माथि झुठ
      आश्वाशन माथि आश्वाशन
      हत्या माथि हत्या
      गरेर दशकौ सम्म एक छत्र शाशन चलाउने छन
      कसैले एक शब्द बिरोध गरेमा रामहरि कै चाला हुनेछ

      शाशन हातमा लिइ सके पछि नेपाल माओबादीकरण को तिब्र रफ़्तार मा दौडने छ

      शिक्ष्यक सबै माओबादी
      कर्मचारि सबै माओबादी
      प्रहरि सबै माओबादी
      सैनिक सबै माओबादी को ब्यक्तिगत सैनिक
      रास्ट्रका सबै निकाय हरु सबै माओबादी हुने निश्चित छ

      बाकि जनता माथि माओबादी को सदस्यता भिराइने छ
      बिरोध गर्ने एकाध लाइ रामहरि श्रेस्ठ बनाइने छ
      मुड्कि मुड्कि ले कुटेर मारेर नदिमा फ़ालिने छ
      तपाइ को बुवा को अपहरण भयो

      नेपाल मा कहिल्यै चुनाव हुनेछैन
      राजा प्रचण्ड को एक छत्र शाशन चल्नेछ

      नेपालि जनता लाइ अग्रिम बधाइ छ!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sabin

      Prachanda says he is “dukhit” but he can’t do “khhamachana” or can’t ask for “maphi”. This is not honesty indeed. Leaders and parties should be ready even to ask for an excuse in such blunders, but we are unfortunate to see it in our country.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sharma

      I have always beena against these Banda and Hadtal…However, in cases like this these protests are justified and I strongly believe what is being done is right. Maoist are criminals and they have just criminal mind. They donot have political and social mind, to deal with them this kind of work is fine. However, buring tyres is not a good work. I am strongly aginst burning tyres and such stuffs. JAY NEPAL..DOWN WITH MAOISTS.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rajan

      यो गगने भन्ने कस्तो उल्लु होला । हत्याको राजनीति भयो भन्छ । हत्या किनगर्ने त ? माओवादीले राम्रो काम गर्दा कसैले बिरोध गरेको हो र ? नराम्रो कामको बिरोध जस्ले पनि गर्न पर्छ । गगनेले पनि गरे हुन्छ यदी सचेत नागरिक हो भने । गणतन्त्र घोषणा के का लागि ? यदी यो नपाली जनताको लागि हो भने, एक नेपालीको जघन्य हत्या हुँदा अर्को नेपालीले बोल्नै पर्छ चहेत्यस्ले संबिधान सभाको पहिलो बैठकमा नै असर पारोस । नेपाली बाचे नै गणतन्त्र बाच्छ । माओवादीको नेता मात्र बाचेर हुँदैन । गणतन्त्र माओवादीको लागि मात्र होइन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • adhikari

      Yuba jee, Thank you sharing Maoist press. malia ta maobadi dekher sarai gheen lagyo…crimal people..15000 ko blood khayer pani napuger ramhari ko blood pani khaye

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • protocol

      tyre najalai maobadi haru le sundainan, dekhdainan.

      ho, tyre jalayera birodh pradarshan garnu tetti ramro hoina.

      tara, maobadi le jun bhasha bujhchha tei bhasa ma na kura garnu paryo. ki kaso?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj

      Gagane Ji,
      Think for a while….. your father has been killed by Maoist on the same way as Ram Hari Sherstha has been killed.
      Giving dirty lecture is very easy man..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • katuwal

      सडकमा टायर नबाली कन त नेपालमा केही नहुने भयो । धन्न माओवादी ज्यादती विरुद्ध टायर मात्र बालेका छन् भन्नुस् न बन्दुकै बोकेर माओवादीले झैं निहत्था नागरिकको हत्यामा उत्रेका छैनन् । आज जसरी सडक यातायात बन्द नगराएको भए माओवादी अध्यक्ष प्रचण्डले आज यस्तो भन्थे । हेर न अस्ती माओवादी लडाकुको चितवनको क्यान्टोनमेन्टबाट आफूले मारेको भन्यो फेरी प्रचण्डले हैन पार्टीको संलग्नता छैन भने अनि आज आन्दोलनकै कारण सत्तारोहणमा ग्रहण लाग्ने भयले निक्कै लचिलो भएर विज्ञप्ती निकालेका । जे होस् माओवादी प्रचण्ड पथबाट हमास पथमा जाँदै छ ।

      मुढे बलमा विश्वास गर्ने बाहुबली राजनीतिक संस्कार र दल भएको स्थानमा न्यायका लागि पनि यस्तै मुढेबल प्रयोग गर्नुपर्छ । दक्षिण एशियाकै हालत यही हो । तेस्रो दुनियाँ …. को तेस्रो संस्कार हो यो मेरो कामना चाहीँ के छ भने माओवादी कार्यकर्ता बिनलादेनका भतिजा बनेर ननिस्कीउन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yaso mail herda malai ta naramailo lageko chha. kina 1 jana bektiko hattele des nai tahas nahas kina? 12 barsa samma maiost partyko neta tatha karyakarta haru marda kasailai chaso bhayan aaba disako aantim samayama aayar 1.2 janako hattalai tholi banauni ho bhane nepal ma kahile santi aaula? je aatanka gariraheko chha yo sabai nabuj ra desma aasanti bhaya khusi rahani toli ho jasto lakchha.hunata kohi marnu ramro bhanna khojeko ta haina tara pani yattro thulo halla garna pardaina jasto lakchha. aabata maiost harulai hausala dina parnima ghan ghan manabol girauda bholiko din ke hunchha kasaile dekheko chha? bichar garer kam garda nai ramro hola.Dilip(Thakur)Sweden Örebro bata

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • manoj

      It is good to see people protesting against Maowadis. Hope in there rest of the country too people will get courage to fight against Maoists.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bibek

      Priy sathiharu,

      Harihari shresthako hatya jyadai ghrinit ra hajarau shabdale esko bardan gare pani napugne chha. Yes ghatna lai herda maobadi ko hijoko kala paribartan bhayeko dekhiyeko chaina. Es ghatana nispackya chhanbin hunuparchha ra yesma jo doshi bhetiye pani kanun anusar karbahi hunu parchha. Es ghatna bat Ramila shreshta ra unaka naniharu ra tinko paribarlai parngako ksheti sayed aru kasaile bujhna sakchha.

      Tar ghatna pachhi ko birodhko sthiti ra aaj ko banda ani tesh nikaliyeko birodh ko swor herda chhatima hat rakher kangress, ra emale ani aru party (jasle bandako samarthan gareko chha) bhanna sakchhan yo uniharuko Chunab ma hareko rish pokhiraheka chhainan. Ra uniharuko kadam le sambidhan savako baithak lai pravabhit parnekam ra tesle hataune bhaneko Rajtantra joganun lageko dekhidaina. Ydi Kangress ra emale le hijo aafule jitchau vaner Rajtantrako birod gareko aaj harekole samarthan garchau bhanne ho bhane kura arkai anvay chetansil nepalile kura bujhnu jaruri chha.
      Jay Nepal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • loknath kharel,australia sydney

      गगने जी को प्रतिकृया पढे पछी मन खिन्न भो, तपाए को परिवारजन को अथवा अझ भनौ न प्रचन्ड् को परिवारजन को कोही नेपाली सेना बाट आहिले को अवस्थामा मारियको भये तपाएलाई कस्तो हुन्थो? अथवा प्रन्चड ले देशमा कस्तो उदुम माच्यऔथे होलन। मलए त यस्तो कल्पनिक कुरा गर्दा पनि डर लागो। माफ गर्नुहोला। parchhanda lai ….. parchha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रीती

      गगने जी को प्रतिकृया पढे पछी मन खिन्न भो, तपाए को परिवारजन को अथवा अझ भनौ न प्रचन्ड् को परिवारजन को कोही नेपाली सेना बाट आहिले को अवस्थामा मारियको भये तपाएलाई कस्तो हुन्थो? अथवा प्रन्चड ले देशमा कस्तो उदुम माच्यऔथे होलन। मलए त यस्तो कल्पनिक कुरा गर्दा पनि डर लागो। माफ गर्नुहोला।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • भास्कर

      प्रचण्ड को चाकर युवा ज्यु,

      प्रचण्ड ले हत्यारा माथि कडा कार्वाइ गर्नु पर्यो हैन के तपाइ को मालिक प्रचण्ड माथि नै कडा भन्दा कडा कार्वाइ गर्नु पर्यो

      माओबादी जनसेना तुरुन्त खारिज गर्नु पर्यो
      वाइ सि एल तुरुन्त भन्ग गर्नु पर्यो

      जनता सबै उठेर जनसेना र वाइ सि एल लाइ भन्ग गर्नु पर्यो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रीती

      ‘हात्ती लम्कदै गर्छ, कुकुर भुक्दै जान्छ’ माओवादी ले जनता मारदै जान्छन, जनता भुकेर के फरक भा छ र?

      प्रीती

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suresh

      आतंककारी भनेको आतंककारी नै हो।यसताले संबिधान बनाउदा नेपाली जनता ले अरु बढी दुख्ख झेल्नु पर्ने छ।यीनी हरुले सरकार न हुँदात यो तरिकाले नेपाली जनता लाई भेडा भख्रा जस्ताइ गरी मार्ने गरेकाछन। सरकार म गय भने मान्छेमार्नु भनेको यीनी हरुको लागि केही त्यस्तो ठुलो कुरा हुनेछैन। आफ्नो जात कसैले पनि छोड्दैन ।जो जन्मा जात्तै आतंककारी हो ।यसले के देश लाई शाही दिसानीर्देश गर्न सक्छ र गर्छ भनेर नेपाली जनता ले यसको पछी लाग्नु,आशा गर्नु बेकार छ।ाफ्नै जन सेनाले आतंककारी सैलिमा अपहरण गरी ब्यरेकमा लगेरा कयारत पूर्वक सोझा सिधा जनता को हत्या हुँदा पनि नेता र पार्टी आफ्नो जिमेबार बाट पंक्षिनु,हामीले हत्या गरे को हैन भन्नु,म्रितक का परिवार लाई समेटा ज्यान मर्ने धम्की दिनु यो कुन सैली हो?अब यस्ताले बनाय को संबिधान कस्तो हुन्छ भनी आश गर्ने? सर्पले जतिनै काचुली फेरेपनी त्यो सर्प नै हुन्च,,,,,,,,,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prem

      We have a great attitude problem. Unless and until we get rid of it we never receive anything good. Ok, its very bad someone was killed due to inhumane action of some of PLA members. It does not mean that we should go to street and burn tyres spoiling environment. Why people go for it just take your time and give a good think. Its because of unemployment. This part has to be looked very seriously in order to avoid such incidents again. Other thing is corruption, people should be given fair administration in every corner of the government. Otherwise, nothing will change again same thing will repeat again and again. Ultimately, we people have to suffer since those so called leaders their relatives have collected enough money from people and they can live luxurious life.

      Who are maoists? Are not they Nepalese? Do you guys want revenge? what is our aim? we need peace and development. Why not these parties work together in the name of people. Why are they pointing fingers each other? This is ridiculous.

      Jai corruption free Nepal and Nepali people mind.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Awaaz

      Banda, Chakka Jaam haru aba Nepal ko main festival ko ruup ma rakhe ni huncha aba ta..

      Arka ko motorbike jalaayera ke paaye tyo naathe harule..

      Yestai diin dekhidai gaiyo bhane Nepal ko kahile ni bikash hune chaina ….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Chiranjivi Lamsal

      रामहरि श्रेश्ठको हत्या आँफैमा दु:खद छ तर माओवादीबाट पहिले पहिलेका भन्दा अत्यन्त फरक र जिम्मेवार ढंगले बक्तब्य जारी गरेको स्थितीमा अझै पनि हामीहरु सम्यम भएनौ भने आखिरमा एकजनाको मृत्‍यु को खबर ले यती धेरै शाहीदको रगत लाई एउटा युगन्तकारी परिवर्तन को संघारमा पुगेको देश लाई फेरी प्रतिकृयाबादिहरुले प्रकारान्तरले प्रयोग गर्न सक्ने खालको बिरोधको शैलीलाई परिवर्तन गर्नु आवश्यक छ तर सम्पूर्ण पार्टिहरु लाई जनताले निरन्तर निगरानी गरिरहने सैली चाँही असाध्यै सरहनीय छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sushil

      sharmaji ko kurama sahamat chhu

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Harke

      टायर बाल्नु अवस्य पनी राम्रो होइन !
      तर एउटा कुरा चाई सकारात्मक छ है, माओबादी वा वाई-स्यालले भन्ने र गर्ने जस्तो अनिश्चितकालीन बन्द भने आयोजना गरेका रहेनछ्न!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shashank Sharma

      No one disagrees that the “culture of protest with banda” should be stopped.But you know such cultures were promoted by these people and now they are facing it.Maoist should know that “to every action there is eaqual and opposite reaction”.Do you remember what was behind madhes andolan? Those who want to go against the state are looking for the cause which seems legitimate to the people. They killed one innocent guy in lahan which payed them a lot. Now when the country was in a serious mode they killed Ram Haro Shrestha, no one knows where it will lead the country.Those who want to run the country should be able to show that they are really able to do so.Now this present incident does not show maoist are to be given the birth of government.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • thakur

      ब्लगर चुकेका छन्। नेपालिको शक्तिलाई पुज्ने बानीले उमेशलाई पनि छोएछ। पहीले यस्तो थिएनन्। दुख लाग्यो। कुन कुरा महत्वको हो अहिले? रामहरीको हत्या को वास्तविकता पत्ता लगाउन प्रेशर दिने वा बिरोधको शैलि सुधार्ने भनेर बकम्फुसे गफ छाट्ने? बन्दकर्ताहरू वाइस्याल भन्दा धेरै जीम्मेवार देखिएको सांचो हैन र?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gole Dai

      हो नि उमेश जी , यस्तो नहुनु पर्ने हो तर यहाँ यस्तै हुने गर्छ – तर यस्तो भएर पनि सुख हुंदैन नभएर त झन धरै हुँदैन – आँखा हुनेले नै नदेखे पछि अन्धाहरु ठम्याएर हिंड्छन कि ?

      माई संसारको सडकमा त टायर बालेर कालो खरानीको थुप्रो देखिन्छ , कुरा गरेर भयो र ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prawashi

      मित्र गगने ,
      पाहिले माओवादी चश्मा निकालेर, रामहरीको श्रीमतिको ठाउमा बसेर सोची हेर्नु होला/ उनले , प्रचण्डले लीन लागेको प्रम को पद त मागेकी छैनन नि!उनले केबल हत्यारा लाई उचित कर्बाहिको माग गरेकी हुन/ अर्को कुरा ,यो घटना मा एमलेलाई मुछ्नु पर्ने कुनै कारन छैन/ गगने जी को मावोवादी को सरकार बनेपछि हत्यारालाई कारबाही गर्ने कुरा आफैमा लज्जास्पद र घृणित छ/ घटनाका मुख्य आरोपित मओवादीका बरिष्ठ सैन्य एकजना प्रितनापति काली बहादुर खाम लाई माओवादी सरकार बने पछि उसले कारबाही गर्ला भन्ने नसोचे पनी हुन्छ/ शान्ति बहाली पछि सामान्य मावोवादी कार्यकर्ता लाई उसको अपराधको लागी कारबाही गर्न खोज्दा माओवादी बाट सशक्त बिरोध भएका प्रसस्त उदाहरण छन/ तेसैले हत्यारालाई कारबाही तुरंत गरिनु पर्छ /किंतु यही कारनले गणतन्त्र को घोषणा जस्तो महत्वपूर्ण कार्य मा अबरोध आउनु भने कदापि हुन्न/हत्यारा लाइ कारबाही गर्ने कार्य एक आम नागरिक सरहले अगी बढ़ाउदा गणतंत्र को घोषणा को कार्य लाई किन र कसरी अबरोध हुन्छ र? तेसैले हत्यारा लाई कारबाही प्रक्रिया तुरुंत सुरु गरेर राजधानी को जनजिबिका सामान्य बनाईनु पर्छ /

      हत्यारालाई कारबाही मा माओवादी बाट कस्तो सहयोग हुन्छ भन्ने कुरा ले पनी उसको भाबी सरकारमा नेतृत्व गर्ने दाबी लाई केही हद सम्म पुष्टि गर्छ/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मावोबादिहरुले मान्छे मार्ने सन्स्क्रिती त्याग्नै पर्छ। माइ संसारमा मैले भने गरेको कुरा पनि यही हो । सरकार मा जाउन या नजाआउन त्यो उनिहरुको दलगत जोड घटाऊ हो । तर मान्छे अपहर्ण गरेर मार्ने अधिकार कसैलाई छैन । कुनै पनि राजनीतिक दल्हरुले मान्छे मार्ने काम बन्द गर्नै पर्छ । प्रचण्ड ले आजै बिगत्मा समेत अपहर्ण पछी मारिएका परिवार सित माफ मागेर सम्बन्धित अपराधिलाई प्रहरी समछ बुजाउनु पर्छ । । प्रचण्ड लाई जनताले भोट् दिएर मान्छे मार्ने अख्तियार दिएका होइनन । एमाले, काङ्रेस, मावोबादिले आफ्ना भात्रिसंगठनहरुलाई निअन्त्रण मा राखेनन भने बिगत्का मन्डलेहरु र नयाँ नेपालका युवाहरु मा केनै भिन्न्ता रहयो र्? भात्रिसगठन भङ गर्नु वा नगरनु त्यो दल्हरुको कुरा हो तर साधारण मनिस ले आफ्नु काम गरी खान र जिउने अधिकार विश्वाको कुनै पनि कानुनले खोस्न सक्दैन ,बाच्ने अधिकार खोस्नु अपराध हो ? अपराधिलाई कर्य्बाही गर्नै पर्छ?

      शर्माजी झापा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Angle Sharma

      Human civilization, sake for the people,
      human right,law and limit all these will follow in developed country why?
      Because they have trust on their police,army,judge,politician,other organization and their govenment.
      In Nepal being a middle class family or being poor say truely is their any oraganization or employed by govenment including government whom we can trust for justic.
      so they choose these way…………

      Angle
      London

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Hari

      Now Gyanendra is laughing. Everybody is deviated in this case and Girija’s another Grand design to stick in the chair

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ANU THAPA

      उमेशजी,

      सबै बक्तब्यहरु अक्षरश: टाइप गरेर प्रकाशित गर्ने तपाईंले किन यो चै त्यसरी राख्नु भएन ? के कारण छ त्यस्मा ? तपाईंले बक्त्ब्यमा भएका २टा कुरा लाई जोड दिएर ४ पल्ट लेख्दा हुन्छ ? बिरोधको शैली बादलने कुरा भने पक्कै पनि राम्रो हो । सधैं यसरी नै बिरोध गरेर हुँदैन । एउटा कुराको बिरोध यसरी गरेमा १००० लाई नराम्रो असर गरिरहेको हुन्छ । तर तपाईंले माओवादिको प्रबक्ता जस्तो भएर अत्याधिक जोड दिएर लेख्नु हुँदैन ।

      कृपया त्यो बक्त्ब्य जस्ताको तस्तै ब्लगमा राखिदिनु होला । यहाँ अरु पत्रीकाले त्यसरी लेखेका छैनन, तसर्थ तिनिहरुको गलत समाचारमा कोही नझुक्कियोस ।

      समाचार उस्तै उस्तै भएपनी व्याख्या फरक छ । त्यसकारण पनि हुबहु राख्नु पर्‍यो नि ?

      अनु थापा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kushal Attreya

      हत्या हुनु धेरै नराम्रो ! अब को समयले त्यस्तो किसीमको बिरोध भन्दा सम्यमता को माग गरेको छ । पीडित परिवार लाई उचित क्षतिपुर्ती मिलोस अनी धएर्य धरान गर्ने शक्ती पनि । माओबदीले आत्माअलोचना गर्नु पर्‍यो अगी को आर्टिकल मा शान्ति लुकाउने कुरा थियो नि , हो यस्तै टायर् को कालो धुवा मा लुक्न सक्छ शन्ती ! I have deep condolence to late Ramhari.

      Kushal Attreya

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SWATANTRA SINGH

      माओवादी पाखन्ड र बर्बर्ता को बिरुद्ध हामी सबै उठ्नै पर्छ। आज रामहरी लाई यिनले मारे। भोली तपाईं को पालो न आउला भन्न सकिन्न। राम्हरी को ठाउ मा तपाईं को बुवा, दाई, भाई पनि पर्न सक्थे। हत्यारा हरु जनावर जस्ता हुन्छन – कसैलाई आफ्ना मान्दैनन।

      यस्लाई राजनैतीक चस्मा ले न हेरौ। यो तपाईं हाम्रो बाँच्न पाउने अधिकार को सुरक्छा को निम्ती हो।

      म यो बन्द को जनआन्दोलन भन्दा बढी समर्थन गर्छु।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raj

      विरोध गर्ने यस्ता किसिमका अवान्छित तरिकाहरु तुरुन्तै बन्द गरिनु पर्छ
      सरकारले पनि यस्ता घटना पश्चात नै दोशीलाई तत्काल कारबाही गर्नु पर्दछ र आबश्यक क्षतिपुर्ती भरणपोशणमा ढिलाई गर्नु हुँदैन
      अनाबश्यक बन्द , टायर बालेर या कुनै पनी हिंसात्मक कार्यले अंशिक सफलता त दिन्छ नै तर यस्को प्रतिफल सामाजिक, आर्थिक र व्यबहारिक पक्षमा कहिलै निको नहुने रोगको रुपमा आउने पुस्तालाई सम्म छोडेर जानेछ,
      सडक बन्द , बजार बन्द,देश बन्द जस्ता कार्य पनि हत्याकाण्ड जस्तै अपराध हो
      तसर्थ सरकार र स्वयम हामी आँफै सचेत हुनु अत्यन्त जरुरी छ
      शुभ काममा ढिलाई किन,शुरु गरौ यि बन्द गर्ने ढीट शैलीहरु
      विरोधको नयाँ स्वरुप खोजौ, सभ्य सालीन तरिकाले

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jiwen

      ya this is good thanks for nepalese people.jab samma prachanda ra baburam le promise gardainan tab samma ko lagi esto ta garnu nai parchha. ab pni maoist sanga kati darai darai bachnu…………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • govinda rai

      maobadi murdabad.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • govinda rai

      maobadi murdabad.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yuba

      नेपाल कम्युनिष्ट पार्टी (माओवादी)

      Communist Party of Nepal (Maoist)

      केन्द्रीय समिति

      Central Committee

      प्रेस वक्तव्य

      रामहरि श्रेष्ठको मृत्युका सम्बन्धमा, हाम्रो पार्टी र जनमुक्ति सेनाको कुनै संस्थागत संलग्नता नहुंदा नहुंदै पनि आफू भित्रकै केही व्यक्तिहरुको निहित स्वार्थ र षडयन्त्र जिम्मेवार रहेको तथ्य स्पष्ट गर्दै केन्द्रका तर्फबाट त्यसको नैतिक जिम्मेवारी लिएर नै सो घटनाबाट हामी अत्यन्त द:ुखित र स्तब्ध भएको कुरा पहिले नै स्पष्ट गरिएको छ । साथै सो घटनाका सम्बन्धमा थप अनुसन्धान, दोषि उपर कानुनी कार्यवाही लगायत यस संग सम्बन्धित सबै विषयमा मृतक रामहरि श्रेष्ठका परिवारजनसंग बसेर सकारात्मक छलफल गर्न पार्टी तयार रहेको कुरा पनि स्पष्ट गरिएको छ । पार्टीको यस प्रकारको स्पष्टोक्तिका पृष्ठभूमिमा वार्ता छलफल गर्दै समस्या समाधानमा ध्यान केन्द्रीत गर्नु भन्दा घटनालाई अतिराजनीतिकरण गर्ने तथा उत्तेजना फैलाउने प्रवृत्ति प्रति हामी चिन्तित भएका छौं । देशको समग्र राजनैतिक परिस्थितिको संवेदनशिलता तथा आसन्न यहि जेष्ठ १५ गतेको संविधानसभाको पहिलो बैठकको सफलतामा कहिं कतैबाट व्यवधान नआवोस् भन्ने कुरामा सम्पूर्ण नेपालीहरु सतर्क रहन जरुरी छ ।

      उपरोक्त स्थितिमा समस्याको ठोस समाधान गर्न मृतक रामहरि श्रेष्ठका परिवारजनको उच्च स्तरिय छानबीन आयोग गठन गर्ने मांग प्रति पार्टी सहमती व्यक्त गर्दछ र त्यो दिशामा अविलम्व पहल गर्न सरकारसंग विशेष आग्रह गर्दछ । पार्टीको समग्र नीति, योजना र कार्यक्रम विपरितका अराजक घटना र प्रवृत्तिको नियन्त्रणकालागि अनुशासन र कानुनी कार्यवाहीका दुबै पक्षमा कठोर कदम उठाएर अगाडि बढ्ने प्रतिबद्धता पनि पार्टी व्यक्त गर्दछ । यसका साथै मांगकारुपमा उठाइएका अन्य विषयहरुलाई समेत गंभीरतापूर्वक लिई आपसमा बसेर छलफल गरि समस्या समाधान गर्न पार्टी तयार रहेको कुरामा जोड दिंदै बन्द हड्ताल जस्ता कार्यक्रम फिर्ता लिई संविधानसभाको पहिलो बैठककालागि सहज वातावरण निर्माणमा सहयोग पुर्‍याउन रामहरि श्रेष्ठका परिवारजन र समर्थकहरुसंग हामी विशेष अनुरोध गर्दछौं ।

      ०८ जेष्ठ २०६५

      प्रचण्ड

      अध्यक्ष

      ने.क.पा.(माओवादी)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Hari Bom

      प्रचण्डले वक्तब्य निकालेर के मरेको मान्छे ज्युउँदो हुन्छ?

      वक्तब्य निकाल्नुको साटो त्यो शक्तिखोरको डिभिजन प्रमुखलाई पुलिसको हिरासतमा पठाएर कानुनी कारवाहि गरेको भए यस्तो स्थिती आउने थिएन| के प्रचण्डले आफ्नो मान्छेलाई कानुनी दाएरा भित्र लेराउन सक्छन्?

      हिजो विरेन्द्र शाह, आज रामहरी, भोलि कस्को के हाल हुने हो थाहा छैन| अनि जनताले बिरोध नगरे के गर्छन त?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sharma, Australia

      TAyar chai haina la sathi haru?????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • गगने

      मौका पयको छ सबैले ,
      माओवादीको यो घ्रिस्टान्त घ्रिणित गल्ती बाट ।
      हार र पक्षउटे पना बाट तिलमिलायको एमाले र तेस्का भात्री संगठन हरुलाई लास बोकी माओवादीको सेखी झार्ने निहु पायको छ ।
      हरेक बन्दमा टTयर बालेर आफ्नो जोहो गर्ने, टTयर बले पछी तेसबाट निस्कियको मेटल(धातु) बटुलेर खान पल्केका हरु लाई गज्जब मौका मिलेको छ ।
      गिरिजा र कांग्रेस्स लाई खुच्चिङ भन्दै प्वाल परेको सत्ता टाल्ने मौका पायको छ, तेसैले मस्तराम छ ।
      ज्ञानेन्द्र र महा मन्डलेलाई गणतन्त्र लम्ब्यायर अक्सिजन बटुल्ने मौका पTयको छ ।

      तेसोत
      प्रचन्डले सही र समय सापेक्ष बक्तब्य दीइ सकेको अवस्थामा अब यो रामहरी कांडलाई थांती राखेर तेह्र हजार नेपालीको योगदानको पहिलो माग अनी चाहना लाई कार्यन्वायन गर्नेतिर लाग्नुको साटो सबै आफ्नो दुनो सोझ्यायर ब्यापार गर्ने तिर उद्धत छ ।
      राम्हरी हत्याकांडलाई प्रचन्ड र माओवादी सरकार बने पछी कसरी कारबाही अघी बढाउदछ त्यो हेरुमा न बरु, तेसैले अहिले यि तपसिलका कुरा अन्तर्गत राख्नु राम्रो हुन जान्छ जस्तो लाग्छ गगने लाई ।
      उपाय
      संबिधान सभा बैठक बस्न दियर गणतन्त्र कार्यन्वायन गर्न दिउ पहिले अनी माओवादी सरकार बनाउन दिउ (मिलोमतो वा स्सहकार्यको भयपनी, माओवादी नेत्रित्वोमा) र माओवादी लाई भनौ तिनिहरुको सरकारको पहिले कार्य रामहरी हत्याकांडको उपचार गर, हत्यारा सजाय गर सबैकुरा पारदर्सी गर आदी आदी ।
      तर के यि लाश माथि राजनीति गर्न पल्केका अनी रामहरिको श्रीमती लाई बिद्या भंडारिको नयाँ रुप दिन उद्धात एमालेका शिखंडी हरु मान्लान ।
      रामहरिको श्रीमतीले बेलाइमा बुझ्नु पर्ने कुरा हो (हामी सबैको समबेदना छ ) कतै रामहरिको हत्या नयाँ नेपालअको लागि अभिसाफ नबनोस कि नेपालअको रुपांन्तरणको अन्त बा ढिलाई को भारी रामहरिको मृत्‍यु नबनोस । अनी बुझ्नु पर्नेहो आफ्नो पतिको लाश् माथि कोही शिखंडिले आफ्नो दुनो सोझ्याउन र राजनीतिको ब्यापार गर्ने नपाओस ।
      अन्तमा यो दु:ख प्रती समबेदना छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • परिक्षा को नजिकिदै जादा पोस्ट गर्न पाएको थीइन।तर आज चाँही मन थाम्न सकिन। महिले पहिलेनै भनिसकेको थिए नेपाली जनता को सुख को दिन गये भनेर! तपाईं हामी वाइ सि एल को अराजकता त पत्रपत्रीका मा हेरिरहेको नै छौ। अब माओवादीले पनि सुरु गर्न थाले! जे होस हत्या माओवादीले नै गरेको हो।

      पवन उसको परिवारजन प्रती हार्दिक श्रदान्जली ब्यक्त गर्दछ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yuba

      हत्या अफैमा एउटा अपराध हो | यसको जतिनै निन्दा गरेपनी पुग्दैन | त्यसमाथी पनी निकट भविष्य मा नै सरकारको नेत्रित्व गर्ने तयारी गरिरहेको पार्टीले एउटा निरीह नागरिकलाइ आफ्नो शैन्य अखडा हरुमा लगेर हत्या गर्नु त अपराध मात्रै हैन तेसको पराकाष्ठा पनी हो | यस्तो निन्दनीय कार्यको हामी सबैले मिलेर शसक्त ढंगले प्रतिवाद गर्नु जरुरी छ | अब अबिलम्भ हत्याको छानविन गर्न आयोग गठन हुनु पर्दछ |र चाँडो भन्दा चाँडो अपराधी हरुलाई कानूनी दाएरामा ल्याएर कारवाही प्रक्रिया अघी बढाउनु पर्दछ |अपराधी हरु जुनसुकै स्तर का भएपनी उम्किन पाउनु हुदैन |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dilli

      दोषिको होस् वा निर्दोषको हत्या एक जघन्य अपराध हो । हत्या संस्कृतिको सशक्त विरोध हुनु पर्छ र हत्यारालाई दण्डित गरिनु पर्छ । बुढी मरी भन्दा काल पल्केला भन्ने डर तिब्र हुन्छ । त्यसैले अपराधकर्म पार्टीको खोलको आडमा गर्न नसकुन भन्ने सचेत नागरिहरुले उठाएको बिरोधमा सहमत छु । तर बिरोधको नाममा देखिएको शैलिप्रति भने सहमत हुन सकिन्न ।

      सबै दलमा अपराधिहरु छन् र हुन्छन् । अझ अपराधिलाई दल र नेताहरुले नै पालेर राखेकाछन् । हरेक दल र पदमा आसिनहरुले त्यस्ता अपराधिलाई काँध थाप्ने बिहारी चलन नेपालमा नौलो होइन । पदको दुरुपयोग गरि अपराधिलाई चोख्याउने हाम्रा पुजित राजनेताहरु छन् सुनपानी छर्किन अदालतमा ठीक्क परेर बसेका भुडे (अ)न्यायधिसहरु छन् । कानुन सर्बसाधारणलेमात्र मान्नु पर्ने तर ठूलालाई कानुन नलाग्ने चलन जव सम्म अन्त्य हुन्न तबसम्म यो देशमा अरु धेरै रामहरिहरुले बलि चढिराख्नु पर्ने हुन्छ ।

      सुरक्षा निकायमा लगेर मानिस मारिन्छन् । सेना, जन सेना (?), वाइ-स्यालहरु लागेर मानिस मार्छन् । खुमबहादुर र पूर्णबहादुर जस्ता बहादुरहरुले मान्छे मारिरहेकाछन् । तर खै कानुन ? खै कार्यवाही ?

      सचेत नागरिकले टायर बाल्ने र बार भत्काउने गर्दा सौताको रिसले पोइको काखमा आचिगरे जस्तो हुन्छ । पिडकलाई पिडितले नै सार्बजनिक स्थानमा राखेर चाहे अनुसारको कार्यवाही गर्न पाउनु पर्छ भन्छु म त । शक्तिखोरका अपहरणकारी र सो का सञ्जाललाई तानेर ठोकेदेखि क्याबात भन्न सकिन्छ तर यसरी टायर बालेर, बन्द गरेर दु:खपाउने सर्वसाधारणले हो । नेतालाई त लुतो न कन्याइ । क्षतिपुर्ति दिनु परे राज्य कोषको झिकेर दिने हो । आयो(ग?)यो गठन गरेर राज्यकोषकै खति हुने हो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • लाहुरे, दुबइ

      कुरो साँढे १५ आना सहि लाग्यो!

      यस्तै चालमा गणतन्त्र कार्यन्वयन होला र !!

      लाहुरे, दुबइ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • r. k. pagal,doha - qatar

      je,jasari bhayapani hamro deshama hadtal,banda,hatya jasta kuraharu nabhaediya hunthyo jasto lagchha. tarpani yasta dukhadpurna kuraharu padhnai parne badhyata chha-hamiharulai.yasari banda garda mritakka aphanta bhanda pani ku…..harule dherai phaida uthuchhan ki jasto lagchha hai malai ta ,tapai harulai kasto lagchha kunni ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • narayan gautam

      prachaNDA YOY HAVE A GOOD SENCE BUT IT IS LATE TO HANDLE THE sHRESTHA’S CASE.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • RP Nepal

      अनमिन असफल-प्याकुरेल
      मानवअधिकारवादी सुशील प्याकुरेलले नेपालस्थित संयुक्तराष्ट्रसंघीय मिसन अनमिन असफल भएको टिप्पणी गर्नुभएको छ । जवाफदेहिता निगरानी समितिद्वारा रिपोर्र्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा बोल्दै उहांले कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठलाई अनमिनले निगरानी गरिरहेको शक्तिखोरस्थिति तेस्रो डिभिजनमा लगेर हत्या गर्दा पनि थाहानहुनुले उसको विश्वसनियतामा प्रश्न उठेको बताउनुभयो ।
      ‘शिविर निगरानीमा अनमिन असफल भयो,’ प्याकुरेलले भन्नुभयो,’अनमिनका कर्मचारीहरु के हेरेरे बसे -’ दण्डहीनता बढेको भन्दै सरकार पनि निरिह भएको आरोप लगाउनुभयो । माओवादीको साखमाथि प्रश्न उठेकाले नयां सरकारमा सहभागी हुनुअघि जनतालाई हिंसामा सहभागी हुन्नौं भनी विश्वास दिलाउनुपर्ने बताउनुभयो ।
      नागरिक समाजका अगुवा एवं वरिष्ठ पत्रकार कनकमणि दिक्षितले दण्डहीनताको अन्त गर्न नागरिक समाजले सशक्त आवाज उठाउनुपर्ने बताउनुभयो । प्रचण्डले आउदा दिनमा हिंसा नगर्ने प्रतिवद्धता सार्वजनिक रुपमा जाहेर गर्नुपर्नेमा जोड दिनुभयो ।
      मानवअधिकारवादी मन्दिरा शर्माले दण्डहीनता नचिरेसम्म हिंसा नरोकिने बताउनुभयो । आफूहरुले रामहरि श्रेष्ठ हत्याको छानविन गरी दोषीलाई तत्काल र्सार्वजनिक गर्न माओवादी अध्यक्ष प्रचण्डलाई पत्र पठाएको बताउनुभयो । परिवार र घटनाको रहस्य खोल्ने चिकित्सकलाई मार्ने धम्की दिइएकोमा राज्य र माओवादीको ध्यानाकर्षण गराउनुभयो ।
      अधिकारवादी चरण प्रर्साईंले हिंसाका घटना दोहोरिन नदिन ठोस कदम चाल्नुपर्ने बताउनुभयो । उहांले अपराध लुकाउनेलाई छूट दिन नहुने बताउनुभयो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prawashi

      बन्द ,चक्का जाम ,हड़ताल , तोड़फोड़ नगरी कसैको कान मा बतास नै नछिरने परम्परा बसिसकेको छ /बन्द को बिरोध गर्नु भन्दा पनी, त्यों भन्दा अगाडी नै संबंधित निकाय ले जाएज माग लाइ संबोधन गर्ने परम्परा बिकाश गर्ने तीर चाहि ध्यान दिने हो की ? बन्द ,हड़ताल नगरी जाएज माग पनी पुरा नगर्ने र बन्द, हड़ताल गरेमा नाजाएज माग पनी पूरा गर्ने परम्परा को अन्त्य हुनु आबश्यक छ /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hera kaam saam chhina ti nachahiyaka keta haru ko ..kun partigamankari le uksaka chhan…tehi yamale ra congress ko kaam ta ho ni..kasari hunchha manchhe uksayara maobadi biruddha lagaune…tara hos garnu tini haru le maobadi ko din aauda kun khor ma pasnu parchha bhanera…aauta ta maryo maryo ..galti garyo..teslai layara karbahi garne kura hudai chha..tara kura nai nasuni kaam napayaka keta haru bina maaga ufranu ho ta??dhamilo pani ma machha marne dau ho koi kasai ko tehi bhayara ali hosiyar hunu hola maobadi haru..tara tyo kuti kuti marne lai pani mirtudanda dida hunchha ya aajiban karabas halda hunchha…….

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Mellisa

      Sand news, no doubt killers must be punished. But interesting is when Maoists were killed by NC or Emangress leaders there were no bandhas or any thing mainly by Nepali Congress and Emangress (UML) but now….
      It means NC and EMANGRESS (UML) are busy in taking revenge of the past election.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सुरेश

      जलिरहेका टायरको थुप्रो वरपर राम्रोसंग नियालेर हेर्ने हो भने प्राय पढेलेखेका र बिद्यार्थीबर्गको समुह नै धेरै देखिन्छन्। शिक्षितहरुनै त्यस्ता काममा लागेका छन् भने भन्नुनै के बांकी रह्यो र?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shivharipandit

      Thank you for good interpretation about incident. I am agree with you. Demonstration should remain until Prachanda and his party does not promise to repeat the same form of violence by Maoist related groups.

      I think 2 people are also either killed or hid by Maoist who is blamed for the murder of Ram Hari shrestha and needs to further investigation.

      Prachanda should take strong action from his side to let people know about justice.

      All weapons and bullets belongs to YCL , should manage immediately with this incident.

      Finally, I don’t support this kind of demonstration which hamper the health and life of people.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker