मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    माओवादीले अब के गर्ने?

    सुरेश परिवर्तन/ टोक्यो

    नेकपा माओवादीले रामहरि श्रेष्ठ प्रकरणबाट एउटा पाठ सिक्नु पर्छ। शान्तिका लागी राजनैतिक मूलधारमा आइसकेका सैन्य तालिम प्राप्त कार्यकर्ताहरुलाई अब रोजगारमूलक र विकासमूलक कार्यमा माओवादीले लानु पर्छ। बन्दुके मानसिकताका कार्यकर्ताहरुमा नेताहरुमा जतिकै सुझबुझ र नैतिकता हुन्छ भन्ने छैन। हिजो पनि मारेकै हो, त्यसैले आज पनि मार्दा के फरक पर्छ भन्दै माओवादीका कार्यकर्ताहरु हिँडन सक्छन्। रामहरि श्रेष्ठ कान्डले त झन अर्को भयानक पक्षतिर संकेत गरेको छ। त्यो हो, राजनैतिक आन्दोलनबाट थकित कार्यकर्ताहरु आफ्नो व्यक्तिगत आर्थिक स्वार्थका लागी अब अपराधमा लाग्न थालेका छन। कार्यकर्ताहरुमा विकसित हुन थालेको यस मानसिकतालाई माओवादीले अब सैद्धान्तिक जल ख्वाएर मात्र शान्त पार्न सकिन्न। हामीले त पूरा सम्पत्ति पार्टीलाई बुझाइसकेका छौँ, तिमीहरु पनि त्यसै गर भन्ने माओवादी नेताहरुका भनाईलाई कार्यकर्ताले टेर्ने छाँटकाँट देखिन्न। तसर्थ, माओवादी नेतृत्व पंक्तिले आफूहरुमै रहेको जति सैद्धान्तिक प्रतिबद्धता कार्यकर्तामा भेटन गार्‍हो छ। यो कटु सत्यलाई मानेर माओवादी नेतृत्वले आफ्ना जवानहरु, मिलिसियाहरु, शहिदका परिवारहरु लगायतका लागी जीविकामूलक कार्यक्रम प्रस्तुत गर्न सक्नु पर्दछ।

    माओवादीले अब के गर्ने?

    सुरेश परिवर्तन/ टोक्यो

    नेता प्रचन्डकै भनाईलाई मान्ने हो भने माओवादी भित्र स्वार्थि तत्वहरु पसिसकेका रहेछन। काठमाडौँका एक व्यापारी तथा माओवादी शुभचिन्तक रामहरि श्रेष्ठको माओवादी सैन्य शिविरमा भएको पाशविक हत्याले अहिले धेरैलाई उद्धेलित गरेको छ। सरकार चलाउने जनमत पाएका माओवादी नेतृत्व पँक्ति पनि यस घटनाले निक्कै दु:खी देखिन्छ। तर, राजनैतिक रोटी सेक्ने काममा भने हिजो जनमत गुमाएकाहरु नै अगाडी छन र फलस्वरुप यिनीहरुकै आवाज निक्कै चर्को छ। प्रतिपक्षको धर्म हो-विरोध गर्नु, असफल पार्नु र आफ्नो प्रस्ताव गर्नु्/ राख्नु । यस हिसाबले जनमत गुमाएकाहरुले ठीकै भूमिका खेलेको जस्तो देखिन्छ। तर, महत्वपूर्ण कुरा के हो भने स्वार्थी तत्वहरु माओवादीमा मात्र छैनन। अन्य पार्टी र दलमा स्वार्थि तत्वहरु धेरै भएकै कारण नेपाली जनताले माओवादीलाई सँविधान सभामा अत्याधिक सीट दिएर अनुमोदन गरेको हो। जसरी नेकपा माओवादीले आफ्नो पार्टीमा घुसेका स्वार्थी तत्वहरुलाई अभयदान दिन मिल्दैन त्यसरी नै आफ्नो दल र समूहमा घुसेका स्वार्थी तत्वहरुलाई अन्य राजनैतिक दलले पनि कुनै हालतमा नजरअन्दाज गर्न मिल्दैन ।

    लोकतान्त्रिक पार्टीमा स्वार्थी तत्व?

    लोकतन्त्र आफैमा पूर्ण छैन। विद्यमान परिपाटीहरुमा यो नै सर्वोत्तम देखिएको हो र त्यसै कारण विश्वले अहिले अँगालेको छ। तर, हाम्रो अविकसीत, संकूचित र गलत सामाजिक मान्यता भएको देशमा भने लोकतन्त्रलाई भीडतन्त्र बनाउन सकिने अवस्था छ। फलस्वरुप, चुनाव यहाँ मुद्दा र मान्यतामा लडनुभन्दा पनि भीडको बलमा लडने कुराको रुपमा देखिएको छ। आफुसँग अत्याधिक सँख्यामा मानिसहरु आओस भन्ने आशयले नेपाली राजनैतिक दलहरुले समय-समयमा आफ्नो ढोका दासत्वका पुजारीहरुलाई पनि खुला राखेको छ। विगतमा नेपाली काँग्रेस लगायतका ठूला भनाउँदा दलहरुले गरेकै पुनरावृति अहिले माओवादीले गर्दैछ। सूर्य बहादुर सेन ओली जस्तालाई संविधान सभामा पुर्‍याईसकेपछि नेकपा माओवादी अहिले पशुपतिभक्त महर्जन र भरतकेशरलाई पनि सिफारिस गर्दै हिँडेको भन्ने सुन्दैछु। पार्टीको रणनीति जस्तोसुकै किन नहोस, यसले माओवादीको तल्लो तहका कार्यकर्ता पंक्ति र जनतामा भने एउटा नकारात्मक सन्देश दिएको छ। फलस्वरुप, माओवादीको शुद्ध राजनैतिक नैतिकताका सम्बन्धमा अब पार्टी भित्रबाटै प्रश्न उठन सक्ने देखिन्छ किनभने अन्य दलकै अनुसरण गर्दै माओवादी पनि अहिले भीड जम्मा गर्ने पार्टीको रुपमा देखिँदैछ।

    राजनैतिक पार्टीहरुका बढदो कद यदि ठूलो भीडले देखाउँछ भने पार्टीको आकारसँगै बढदो खर्चले भने यी राजनैतिक दलहरुले गर्न बाध्य हुने अनैतिक आर्थिक सम्झौतालाई देखाउँछ। नेपाल जस्तो मुलुकमा ठुलो भीड जम्मा गर्न सजिलो छ तर त्यसलाई आफूसँगै टँसाई राख्न भने गार्हो छ। भीडमा लुकेका स्वार्थीतत्वहरुले आर्थिक र पदीय फाईदा नपाउने हो भने कुनै वेला पनि निष्क्रिय र पलायन हुन सक्छ। विगतको अन्य दलको अनुभवले पनि यो कुरा स्पष्ट पारिसकेको छ। यस हिसाबले, लगातार ठूलो बन्दै गएको माओवादी पार्टीमा पनि अब अार्थिक विचलन, सँदिग्घ आर्थिक क्रियाकलाप र व्यापारिक प्रवृतिका व्यक्तिहरुको बोलावाला बढने देखिन्छ। तसर्थ, माओवादीका अगाडी अहिले ठूलो प्रश्न आएको छ-कसरी भीडमा लुकेका स्वार्थी तत्वको पहिचान गर्ने र आफ्नो स्वच्छता कायम गर्ने?

    माओवादीले अब के गर्ने?

    नेकपा माओवादीले रामहरि श्रेष्ठ प्रकरणबाट एउटा पाठ सिक्नु पर्छ। शान्तिका लागी राजनैतिक मूलधारमा आइसकेका सैन्य तालिम प्राप्त कार्यकर्ताहरुलाई अब रोजगारमूलक र विकासमूलक कार्यमा माओवादीले लानु पर्छ। बन्दुके मानसिकताका कार्यकर्ताहरुमा नेताहरुमा जतिकै सुझबुझ र नैतिकता हुन्छ भन्ने छैन। हिजो पनि मारेकै हो, त्यसैले आज पनि मार्दा के फरक पर्छ भन्दै माओवादीका कार्यकर्ताहरु हिँडन सक्छन। रामहरि श्रेष्ठ कान्डले त झन अर्को भयानक पक्षतिर सँकेत गरेको छ। त्यो हो, राजनैतिक आन्दोलनबाट थकित कार्यकर्ताहरु आफ्नो व्यक्तिगत आर्थिक स्वार्थका लागी अब अपराधमा लाग्न थालेका छन। कार्यकर्ताहरुमा विकसीत हुन थालेको यस मानसिकतालाई माओवादीले अब सैद्धान्तिक भाषण दिएर मात्र शान्त पार्न सकिन्न। हामीले त पुरा सम्पत्ति पार्टीलाई बुझाईसकेका छौँ, तिमीहरु पनि त्यसै गर भन्ने माओवादी नेताहरुका भनाईलाई कार्यकर्ताले टेर्ने छाँटकाँट देखिन्न। तसर्थ, माओवादी नेतृत्व पँक्तीले आफुहरुमै रहेको जति सैद्धान्तिक प्रतिबद्धता कार्यकर्तामा भेटन गार्हो छ। यो कटु सत्यलाई मानेर माओवादी नेतृत्वले आफ्ना जवानहरु, मिलिसियाहरु, शहिदका परिवारहरु लगायतका लागी जिविकामूलक र आर्थिक ्उ्न्नती गर्न सकिने कार्यक्रम प्रस्तुत गर्न सक्नु पर्दछ।

    के वैदेशिक रोजगार जीविकामूलक कार्यक्रम हो?

    हिमाल, पहाड र तराईमा हुर्केबढेका माओवादी कार्यकर्ता पंक्तिमा धेरैजसो एक हिसाबले अल्पशिक्षित छन। मेरो अनुमानमा एसएलसीसम्म पास गर्न नसकेका माओवादी कार्यकर्ताहरु थुप्रै छन्। विदेशमा काम गर्न कम्तिमा पनि अंग्रेजी भाषा राम्रोसँग बोल्न र बुझ्न सक्ने हुनुपर्छ। त्यस्तै, सीप सम्बन्धी तालिम पनि यी कार्यकर्ताहरुले पाउनु पर्छ। सीटीइभिटी लगायत नेपालका विभिन्न सरकारी र गैर-सरकारी संस्थाहरुमा प्लम्बर, इलेक्ट्रिसियन, अटो-मेकानिक्स, वेल्डर, कृषि तालिम, कम्प्युटर तालिम, स्वास्थ कार्यकर्ता, नर्सिङ, पोल्ट्री, च्याउ खेती, मेसोनरी, सिकर्मी, डकर्मी, फर्निचर निर्माण, लेथ मसीन अपरेटर, रेफ्रिजरेटर तथा एअरकन्डिशनर टेक्निसियन, बेकरी, भान्छे लगायतका विभिन्न प्राविधिक र गैर-प्राविधिक तालिमहरु दिन सकिन्छ। लगभग १०० घन्टाको कम्तिमा चाहिने यी सीपविकासका तालिमहरु समयका हिसाबले छरिटो छ। यी सीप विकासका लागि आफै सरकारमा भएका बखतमा माओवादीले विशेष पहल गर्नु पर्छ। नेपालका केही शिक्षाविदहरुले समय-समयमा बिना एसएलसी तालीम प्राप्त मानवसंसाधन विकास गर्ने कुरा गर्दै आएको छ। यसले यस्ता तालिम दिँदा हाम्रो शैक्षिक स्तरमा हामीले सम्झौता गरेको छौँ भन्ने माओवादीले सोच्नु पर्ला जस्तो मलाई लाग्दैन। जापानमा जित्को(Japan International Training Cooperation Organization)ले अहिले चीन लगायत अन्य देशबाट प्रशिक्षार्थि कामदारका रुपमा बोलाएकाहरु कृषि लगायतका क्षेत्रमा लगाएको कुरा सुन्नमा आएको छ। यस हिसाबले नेकपा माओवादीले आफ्ना सेना र मिलिसियालाई कृषि सम्बन्धी मात्र तालीम दिने हो भने पनि जापानमै रोजगारीका लागि तयार गर्न सकिन्छ।

    तर, वैदेशिक रोजगारीका कुरा गर्ने बितिक्कै हुन्छ भन्ने छैन। वैदेशिक रोजगारको क्षेत्रमा जहिले पनि स्वार्थी-व्यापारिक तत्वहरुको बोलाबाला रहेको छ। आफूलाई फाइदा हुने हो भने नियम-कानूनलाई उल्लङ्घन गर्नेहरु यस क्षेत्रमा छन्। तसर्थ, माओवादीले यतातर्फ पनि हेर्नुपर्छ र वैदेशिक रोजगारदाताहरुलाई देशमा शान्तिको व्यवस्थापनका लागि केही योगदान दिन झक्झकाउनु पर्छ। टन्न पैसा कमाएका वैदेशिक रोजगारदाताहरुले एक हिसाबले आफै केही पहल गर्नुपर्ने हो। देशमा शान्ति र सुव्यवस्था भए पो आफ्नो सम्पति सुरक्षित रहन्छ भन्ने बुझ्नु पर्ने हो। तर, यस्तो कुरा सोच्नेहरु धेरै कम छन। माओवादी जंगलमा रहँदा सत्तामा हालीमुहाली गर्न पल्केकाहरुले खडा गरेको यस जमातको उद्देश्य जहिले पनि आफ्नो पार्टीलाई आर्थिक रुपमा बलियो बनाउने र आफ्नो पार्टीका कार्यकर्ताहरुलाई विदेश आउन सहयोग गर्ने मेरो अनुमान छ। तसर्थ, यस्ता भेस्टेड ईन्ट्रेस्टहरुका सञ्जाललाई माओवादीले तोडेरै भएपनि आफ्ना सेनाका जवानहरुलाई वैदेशिक रोजगारमा लगाउने पहल गर्नु पर्छ।

    कसरी पहल गर्ने?

    नेपाली काँग्रेस लगायतका दलहरुले सत्तामा सहभागी नहुने निर्णय गरिसकेपछि माओवादीले एकलौटी सरकार चलाउने निश्चित छ। आफैले सरकार हाँकेको अवस्थामा माओवादीले राज्यतन्त्रका सबै अँगहरुमा आफ्ना कार्यक्रमलाई सफल बनाउने नेपालीहरु खोज्नु पर्छ। वैदेशिक रोजगारका लागि सरकारी निकायको भूमिका अत्यन्त महत्वपूर्ण छ। यदि सरकारी निकायमा बसेकाहरुले माओवादीको कार्यक्रमलाई सफल नगर्ने हो भने, माओवादीले यस्ता निकायका प्रमुखहरुलाई तुरुन्त हटाउनु पर्छ र आफ्ना कार्यक्रमलाई सफल बनाउने व्यक्तित्वहरुको चयन गर्नु पर्छ। जापानको सन्दर्भमा भन्ने हो भने यस पंक्तिकारका नजरमा माओवादीका कार्यक्रमहरुलाई सफल गर्न सक्ने व्यक्तिवहरु थुप्रै छन। पत्रकार, प्राध्यापक, अनुसन्धान विज्ञदेखि जापान सरकारकै निकायमा सल्लाहकार भएर बसेका र जापानको भाषा, संस्कृति र वस्तुस्थिति राम्रोसँग बुझेका नेपालीहरु यहाँ प्रशस्त छन्। रामहरि श्रेष्ठ हत्याकान्डले उब्जाएको शोकलाई माओवादीले अब देशमा शान्ति वहाली गर्ने शक्तिमा रुपान्तरण गर्ने हो भने यावत कार्यक्रमहरु योजनाबद्ध ढँगले सँचालन गर्नु पर्छ।

    No related posts.

    38 comments to माओवादीले अब के गर्ने?

    • Amrit kc

      Suresh jee, you have shown your very good intention through this article. It sounds entirely motivated towards the betterment of the country and country people. Do not worry about negative comments posted here. You know some of people can not sleep if they do not do “birodh ka lagi birodh” in the blogs. Is it not pity rather than posting very instructive and constructive thoughts/ideas for the debate, most of we enjoy in using abusive words each other.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • anish sapkota

      hi guys,
      the way we think is negative. we are greaT VICTIMS of our own attitute. The most developed countries like singapore, japan, switzerland, uk, usa and so on are developed by the people not by the so called GOD. in such countries,if somweone talks about new idea and positive issues , others happily accept it and rest of the thing goes well and hence the countries are well developed but in nepal, even if someone talk aboout the positive issues, very few people accept it and rest of the people laughs at it. for example, the maoist are talking about the economic revolution and most of the people laughs at it like Thule does but never think it in a positive way. whosever says it, we have to accept it to lead the country in a new era and help to implemnet the idea in a practical way.
      many people has to learn from Karna Sakya and some few fellows with a beautiful mind.
      cheers
      anish

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ekaraj khanal

      MAIOST IS ONE OF THE GREATEST PARTY OF NEPAL .THUS, THEY HAVE TO DO GOOD WITH ALL PUBLIC .THEY SHOULD NOT KILL TO THE PEOPLE .THAT’S NOT GOOD N NOT HONESTY SO IN MY OPINION, MAOIST PARTY IS ELECTED BY PUBLIC SO THEY HAVE RESPONSIBILITY OF GOOD NEPAL.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Razan

      माओवादी ले अब आफ्नो राजनैतीक संगठन वायीसियाल् को स्वरूप परिवर्तन गर्नु पर्छ या यसको बिघटन गर्नु पर्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रीती

      खनालजी को कुरा जायज छ। कृषि बिशेसग्यको सुझाब जस्तो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nityananda Khanal

      सैद्धांतिक बिश्लेषणबाट अली ब्यबाहारिक धरातलमा झरेर मनन गर्दा शुरेश परिवर्तन जी ले बर्तमान नेपालको संकटको निकाशका सबालहरुको संबोधन हुन सक्ने संभावित उपायहरूमा आफ्नो बिचार राख्नु भएको छ / अब आउने दिनहरुमा उहाले उठाउनु भएका सबाल हरुमा उहIले भने जस्तै वा अरु बैकल्पिक तरिकाले संबोधन गर्ने पर्ने हुन्छ /

      अनुजबाबु जी ले भन्नु भए जस्तै खाद्य सुरक्षा र इंधन आपुर्तिको बिस्वब्यापी संकट को साथै हाम्रा स्थानीय समस्याहरु अझै टड्कारो बन्ने निश्चित छ / तात्कालित राहत र दीर्घकालीन योजनाको सफल कार्यान्वयनका लागी हामीसंग आतंरिक श्रोत-साधन कति छ र बाह्य सहयोग के कति सुनिश्चित छ भन्ने कुरा राम्ररी मूल्यांकन हुनु अति जरुरी छ र त्यसबारे देश-बिदेश्मा रहेका बिशेशज्ञहरु बीच बिचार आदान प्रदान भैरहेका छन / जे होस, हाम्रो नयाँ नेपालमा हुने अभ्यास भनेको हाम्रो श्रोत-साधनहरुको परिचालन गर्ने तौर तरिकामा सुधार गरी उपयोगितामा ब्रिद्धि ल्याउने हो / हाम्रो अहिलेको कृषि प्रविधिले २ करोड़ जनसंख्या मात्र धान्न सक्ने हाम्रो देशको धर्तिको क्षमता (Carrying capacity) छ / यदि दिगो र उन्नत कृषि प्रणाली अपनायो भने हाम्रो धर्तिको क्षमातालाई दोब्बर जनसंख्या धान्ने बनाउन संभव छ / शीघ्र शांति-सुरक्षामा सुधार, आतंरिक श्रोतको अत्याधिक परिचालन र त्यसकालागी सबै राजनैतिक शक्तिहरुबाट सिर्जनात्मक योगदान आजको आवास्यक्ता हो / अझै पनि उदंड पक्ष र प्रतिपक्ष, भ्रश्टाचार, अनुत्पादक कर्मचारी तंत्र आदि जस्ता बिक्रितिहरू हाम्रो समाज्ले थेग्न सक्ने छैन /

      हामी माईसंसारका पाठकहरु पनि हाम्रो उर्जा सिर्जनात्मक बिचार राख्नमा मात्र प्रयोग गरौं है त /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pradhan

      ठुले जि

      आफु न त एस.एल.सी , न चार क्लास, स्यडिजम भनेको के बुझ्नु। यो ब्लग अनुज्बाबुको मात्रै भएको भये अर्कै , नत्र पब्लिकमा हाँस्दा पनि बिचार गर्नु भन्छन। तपाईंको मन पर्ने सँग हास्न र रुन लाई च्याट गरे पनि हुन्थ्यो कि? तपाईं हास्न लाई मेरो कार्यालयमा हैन, निबेदन दिनलाई तपाईंको कार्यालयको ठेगाना मैले नै दिनु पर्ने हो कि? तपाईंहरु छट्पटिनु भएको छ, डाहा भएको छ , खुलेर भन्नुस्न । किन मत्लब नभएको झुठ लेख्नुहुन्छ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • s.shah

      go to north korea

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • तल्लाघरे

      अर्ती उपदेश लेख भन्दा पनि ठुले र अनुजबाबु दाइहरुको भलकुसारी नै राम्रो लाग्यो मलाई त ! तल्लाघरे

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Akrant Sharma

      Too long Blog!! Keep it Short to at most two paragraphs please!! Kinda gets boring kya!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      सुरेश परिवर्तन जि !
      बर्तमान नेपाल को अवस्थालाई हेर्दा तपाईंको सोच र सुझाब व्याबहारिक र साकारआत्मक देखिन्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रीती

      ठुले र प्रधानजी,

      Sadism को त म कुरा जान्दिन तर हाम्रो आम नेपाली प्रब्रिती भने परपिडक छ, अर्का को दु:ख मा कुचिङ खाएस भन्ने।

      प्रीती

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ठूले

      Pradhan जी,

      तपाईंले चित्रण गर्नुभएको चरित्रलाई अङ्गरेजीमा sadism भन्छन् क्यारे । तर, म sadist परिन । मलाई माओवादीको फुर्ती बढेकोमा न त हर्ष छ न त विष्मात नै । मन मिल्ने अनुजबाबुसँग रमाइलो कुरामा एक सरो हाँसो साटेको मात्र हो । मेरो हाँसोले तपाईंको कन्चट किन तातेको हो बुझ्न सकिन । मैले हाँस्न पनि तपाईंको पार्टी कार्यालयमा गएर निवेदन लेख्नु पर्ने हो की ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pradhan

      ठुले जि खुब हास्नुस् । मैले धेरै पैले एक प्रबचन सुनेको थिएे , मान्छे आफु दुखी भए भनेर दुखी हुँदैन रे, बरु अरु सुखी भयो भनेर दुखी हुन्छ रे । तेस्ताइ होला ठुले जि को हासो पनि ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ठूले

      Mach- माओवादी सही छैनन् भन्नुको अर्थ अन्य राजनीतिक दल ठिक छन् भन्न खोजेको होइन । कांग्रेस र एमाले खराब भए भन्दैमा माओवादीले गरेको जे पनि ठिक भन्न मिल्ला र ?

      Prakash-

      मैले यसअघि पनि यहि ब्लगमा भनेको थिएँ- म यहाँ कसैलाई नयाँ नेपाल बनाउने जादुको मन्त्र सिकाउन आएको होइन । न त मलाई तपाईंका ‘पुजनीय’ कामरेड प्रचण्डको नेपालमा आर्थिक चमत्कार हुने कुरामा रत्तिभर विश्वास नै छ । फलामे पुल बमले उडाएपछि झिक्राको पुलमा उभिएर नयाँ नेपालको गुड्डि हाँक्ने तपाईंका नेताका फाल्तु गफ पत्याउनु भनेको म्याद गुज्रेको सिटामोल खाएर दुखेको टाउको निको पार्छु भन्ने सपना देख्नु मात्र हो ।

      अनुजबाबुजी-

      भ्रम र झुठको सुतिखेति गर्न माहिर माओवादी बन्दुकेहरूका लागि आर्थिक क्रान्ति संभव गराउनु ठूलो कुरा पनि नहोला । अहिले वाइसिएलले समाज सुधार गरिरहेको गनाउने तर्क गर्नेहरू भोली कुनै पाखामा ९ किलोमिटर बाटो खनेर ‘हामीले महान ऐतिहासिक आर्थिक क्रान्ति गर्यौं’ भन्दै उफ्रिन के बेर ? आखिर बन्दुकका नालको अघिल्तिर तपाईं हामीले पनि ‘हो काम्रेड’ भनेर तिनका अगाडि निहुरिनु पर्ने हो कि ?

      माओवादीलाई भोट हाल्ने जनताले गुहु र गोबर छुट्याउन नसकेको सजाय कति पाउनु पर्ने हो त्यो मात्र चिन्ता छ मलाई ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Yuba

      अनुजबाबू ,
      तपाईनै समाल्नुस न त अर्थ मन्त्रालय, ठुल्दाई लाई सहायक मन्त्री बनाउँला , आपूर्ति मन्त्रालय मदनलाई दिउँला उनले चाइना तीर बोडर बनौने प्रस्ताव गरेका छन क्यारे तेल चै ल्यौलान जस्तो छ | गोले दाईलाई प्रम बनौनु पर्छ | लुना लाई महिला मन्त्रालय दिउँला | अब युबा मन्त्रालय गठन भयेछ भने मै बसी दिउँला हैन भने म प्रतिपक्ष को भूमिका खेल्छु | की कसो मित्रहरू ????????????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रीती

      हो सगरमाथाको बारेमा मेरो पनि चाइनिजहरु सित परेको थियो। एकताका चीनले पुरै सगरमाथा हाम्रो भन्थो, प्राय हामी सबै ले राष्ट्रघाती भनिने बि पि कोएरालाले यो कुरामा जमेर डेटका थिय, अपुस्ट कुरा अनुसार राजा महेन्द्रले उत्तरी मोहडा चीनलाई बुझायका हुन रे। अहिले अब पुर्बी, पश्चिमी, र दछनी मोहडा नेपाल को अनी उत्तरी मोहडा चीन को भन्छन। शिखर चाँही सिमाना मा रे।
      प्रीती

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prakash

      Thule jee, why you talk like that, nither you have any idea nor suggesstion. Just you want to do bad comments to others. if you have any idea you can share to make new Nepal. Most of us Nepali have thinking like yours so we are the poorest in the world. Untill we do not change ourself, we will be same for 100 years. please, lets change our mind positively thyen we can do something.

      thanks
      prakash

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अनुजबाबु

      ठुलेजी,

      सही कुरा भन्नु भो । यो डिजिटल विकास यार्सागुम्बा र वाइसिएलको उर्जा अन्तर्राष्ट्रिय बजारमा बेचेर आउने भए,अब नेपालीले घरमै बसेर पलेँटी कसेर खाने दिन आएछन् भनेर दङ्ग पर्नु पर्ला । खाडीको मरूभुमिमा अनि मलेशियाको जंगलमा नेपालीका क्रन्दनहरूले अभागी आँसु पुछिरहनु नपर्ला ।

      अनि राजनैतिक इच्छाशक्ति र ठूला डाँकोहरूले चमत्कार भैहाल्छ भने केही छैन १८ पटक सगरमाथा चढ्ने लाक्पाहरूको जुलुस बनाएर वहीबाट विकास विकास भनेर चिच्याउन लगाउँला । तर मलाई शंका छ , डबल डिजिट र त्यो भन्दा माथि २०% को विकास त यस्तो सजिलो विषय होला र ? यसका लागि न त यार्सागुम्बाका किराहरू न त क्रान्तिकारी भूमिसुधारबाट बाँडिने टुक्रा टाक्रा जमिनहरूले नै कुनै योगदान देलान ! यो विकासमा चाहिने खरबौँ डलरको फरेन डाइरेक्ट इनभेष्टमेण्ट कताबाट ल्याउने हो ? भएको स्वदेस भित्रको पूँजी त थाम्नै नसक्ने गरी बिदेशतिर गैरहेका बेलामा ।

      हिजो मात्र कता पढेको, वाइसिएल र छापामार पाल्न मात्र माओवादीले गर्ने भनेको व्यवस्थाका लागि वार्षिक ६५ अरब रुपैयाँ चाहिन्छ रे ! अनि १० हजार मेगावाट बिजुली बनाउन अहिलेको मूल्यमा २५-३० खरब रुपैयाँ !!! हे भगवान, कहाँबाट ल्याएर गर्न सकिन्छ यो ? तैपनि इच्छाशक्ति कै भरमा यो सब हुन्छ भने त मलाई आशा मात्र हैन विश्वास नै हुनेछ इच्छाशक्तिेले मोटर गुडाउने, मेशिन चलाउने र कारखाना सञ्चालन गर्ने पेट्रोल पनि बनाउँछ होला !!!

      यस्तोमा कामरेड बाबुरामको भ्यागूतो जस्तो विकास असार, साउनमा ट्वार ट्वार गर्दै भदौमा हाइबरनेसनमा जाने त हैन गाँठे ? कतै माओवादी भित्रै पनि हार्डलाइनरबाट भित्तामा धकेलिएका कामरेड बाबुरामले जानी जानी यो ट्वार ट्वार गर्ने भ्यागूतोलाई विकासको उपमा दिएर ‘ ई, खा’ भन्न खोजेका त हैनन ? उफ्रिने विकासको उपमा त चितुवाको पनि दिन सकिन्थ्यो नि !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      कान्छा
      मेरो पानी यहाँ अमेरिका माँ एउटा चैनिज संग जमेरै झगडा भा थ्यो ,उ भंथ्यो एवरेस्ट चिन माँ म भंथे नेपाल माँ आख़िर अर्को अमेरिकन ले कुरा मिलाई द्यो ,आधी तिम्रोमा ,आधी तिम्रोमा !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ठूले

      अनुजाबाबु, मैले एकपटक कामरेड प्रचण्डको अन्तर्वार्ता हेरेको थिएँ टिवीमा । उनका अनुसार नेपाललाई यार्चा गुम्बा बेचेर धनी बनाउन सकिन्छ रे । त्यसैगरी, कामरेड बाबुरामले दाताहरूसँगको एउटा मिटिङमा हाम्रो आर्थिक विकासको रणनीति प्रचण्डपथ हो भनेका थिए । यसले माओवादीको अर्थनीति प्रस्ट पार्दैन र ? हा हा हा ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Every coin has two parts. similarly, everything has two side merits and demerits.Maoist did good and bad for the people of Nepal and county. It is real, there is no any argument. In a short time, Maoist are coming in the power of Nepal through the struggle. They don’t have any good knowledge for governing the country. So they should try how to run the country smoothly. Otherwise they will be colapsed within short time. First of all, they should be accept and agree to hear others parties views as well as international senerio in a cool mind. Every time they are chating, abducting, killing and telling lie to the people of Nepal. People don’t have faith upon them. Lets us hope they will do better in the days to come.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • देवराज

      धेरै नआत्तिनुस अनुजबाबु, भगवानले केही गरीदिनेवाला छैन, पशुपतिनाथले कल्यान गरून भन्न थालेको पनि धेरै वर्ष भैसक्यो केही भएको होइन। धैर्य गर्उ राजनैतिक स्थिरता र राजनैतिक ईच्छ्याशक्ति भएमा तीब्र आर्थिक विकासचै सम्भव होला। जहाँ सम्म पेट्रोलियमको कुराछ, चिन्ता गर्नु व्यर्थहो जो आएपनि मूल्य घट्नेवाला छैन अन्तरराष्ट्रीय बजारमूल्य नघटिकन। हामी गर्नु पर्ने के हो भने अन्य क्षेत्रमा उत्पादकत्व र उत्पादन बढाउनु पर्यो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kancha Tamu

      हैन एउटा कुराले अती पिरल्यो हौ साथी हो।
      मैले हिजो एकजना चिनको साथीलाई भेटेको, उसले आफ्नो किताबमा संसारको सबै भन्दा अग्लो हिमाल आफ्नो देशमा भएको कुरा पो
      गर्छ बा । अनी मैले सोधेँ उस्लाई उसो भए माउन्ट एभ् रेस्ट चाँही कहाँ पर्छ त जुन संसारको सबैभन्दा अग्लो हो र नेपालमा पर्छ
      भनेर संसारले चिन्छन भनेको त त्यस्तो कुरा त हामीले कहिल्ये पनि सुनेको छैन भन्छ । हाम्रो देशको भएकै कारणले हाम्रो सरकारले
      सगरमाथामा ओलम्पिक ज्वाला लाने योजना बनाएको हो भनेर ठोकुवा नै गर्‍यो । यसपाला चिनले उत्तरकोरियाको सिमानामा पर्ने फेक्दो माउन्टेनमा पनि ज्वाला पुर्याएको थियो , द।कोरियाले निक्कै बिबाद गर्ला जस्तो गर्दै थियो तर उ कोरिया चुप्चाप बसिदियो । खै कसरी
      के कुरा भा थियो केही सुनिएन । त्यो साथीले भन्दै थियो फेक्दो माउन्टेन पनि हाम्रै हो।
      यस् सम्बन्धमा के बिचार छ कुन्नी सोमहरुको, तर मलाई त फिट्टिक्कै पचेन होउ।
      धित मर्दो उत्तर पाउन ताकी उस्लाई फेरी भेट्दा टड्केर कुरा गर्न सकुँ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dnkhanal

      iee thule anujbabu aadi ta manchhe ko rup ma kalanka po rahechhan yarrrrrrrrrrr.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • john thakali

      माओबादिले अब के गर्ने ?
      एउटा सीधा हिसाबले,लाटो हिसाबले,
      १- माओबादिले वाई सी एल बिघटन गरोस या नगरोस तर,,,, त्यसको चरित्र नसुधारे भोली प्रचंदले पनी त्यसको टोकाई बाट बंचित हुन्छु भन्नेमा दुइमत नहोला |
      २- सरकार बनाउन लालायत हुनु भन्दा पहिले सबै पार्टी संग लचिलो र सान्दर्भिक बिषयमा त्याग दीई जनताको मन भावनालाई जित्नु पर्छ , नत्र,, भोलिको चुनावमा एमाले र कान्ग्रेसको उदाहरण बन्नू पर्ला भन्नुमा दुईमत नहोला |
      ३- देशको परिस्थिति लाइ मध्ये नजरमा राख्दा राजालाई फाल्नु भन्दा राजालाई सेरेमोनियल बनाएर राख्नु नै उत्तम होला नत्र ,,,, भोली राजाबादिले पनी माओबादिले खेलेको भूमिका (बंदूक बोकी जंगल पसेर जनता लाइ सताउने कार्य) न अपनाउला भन्नुमा दुइमत नहोला |
      ४- सत्ताको र कुर्चिको खिचातानी गरेर जनताको पिरमर्का,दुःख अभाव र अशान्तिलाइ बिर्सेर जनताले दिएको
      अमूल्य भोटको अबहेलना गरेमा उपरान्त,,, प्रजातंत्र त गई सक्यो अब लोकतंत्र र गणतंत्र पनी गएर फेरी पञ्चतंत्र न आउला भन्नेमा दुइमत नहोला |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • अनुजबाबु

      जति आलोचना गर्नु गरिइसक्यो माओवादीको, अब समस्याका कुरा गरिन्छ है, राजा हो । फेरि नाम सुन्ने बित्तिकै डाक्टर बाबुराम कामरेडको भ्यागुतो जस्तै उफ्रिने साथीहरूलाई सतर्क बनाको नि , त्यो जाँगर यहाँ खर्च नगर भनेर ।

      माओवादीमा क्रान्तिकारी भावना र सोच छ , शंका गर्ने कुरै भएन । ऊ बाहुबल, दादागिरी र हिंसा नै सबै कुराको फैसला गर्ने तरिका ठान्छ , यसमा विवाद रहेन । उसका नेताले ‘चमत्कारिक’ विकासको कुरा गर्दै छन्, सबैलाई मन पर्ने कुरा नै हो । यो विकास सर्प जस्तो घिस्रिन्न तर भ्यागूतो जस्तो उफ्रिने हुनुपर्छ , कहावत सुनिएको सुनिएै छ । यसका लागि के विधि र ककाँको लगानी ल्याउने हो बताउन आवश्यक तिन्ले सम्झेका छैनन , सुन्न पाए हुन्थ्यो । भन्दैमा विकास र चमत्कार हुने भए, पण्डित डाकेर ‘विकास’ र ‘चमत्कार’ को जाप गर्दै सप्ताह लाउन हुन्थ्यो ।

      मेरो चिन्ता के छ भने अब गरीब मुलुकका मान्छेले पेट्रोल र मट्टितेलको जोहो कसरी गर्ने ? ३ वर्ष अगाडिको ३० डलर प्रति ब्यारेल पेट्रोलियम हिजो मात्र १३५ डलर प्रति ब्यारेल पुग्यो । अन्तर्राष्ट्रिय बैंक गोल्डम्यान साकले भनेको छ यो यही वर्ष २०० डलर निश्चित पुग्नेछ । यसो भयो भने पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लगभग २०० रुपैयाँबाट माथि पुग्न सक्नेछ । अनि कसरी खपत गरौँला हामी नेपालीले ? सबै खनिज पदार्थ जन्य धातूहरू र खाद्य पदार्थको हाहाकार संसारमा मच्चिने देखिएको छ , यसको समाधान कसले कुन किसिमले दिने हो पत्तो छैन । तर हामी नेपालीलाई राजनिति बाहेकका कुरामा फुर्सद नै छैन । जान्ने नजान्ने सबै उही भाट शैलिमा राजनीतिको किर्तन र श्रापमा व्यस्त छन् , संसारमा के भैराछ र अब हामीलाई त्यसको के असर हुने होला मत्लब छैन ।

      हे भगवान लौ कतै छौ भने हाम्रो कल्याण गर है !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sano

      Lou Suresh Sir,
      Mechanical engineering ko degree ra Pradhyapan Pesa chodera aba maobadi ko sallahakar huna lagnu bhayeko ho ki ke ho.. Just making fun hai narisaunu hola..

      Sano

      ***********
      Bhattu,
      Nothing like that. Just out of concerns for managing burgeoning problem in Nepal.

      Suresh Paribartan

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ikchya

      सुरेश जी,
      तपाईँले उठाएका माओवादी भित्र भविष्यमा निकै दह्रो रुपमा देखा पर्न सक्ने विकृतिहरु प्रति सहमत हुँदा हुँदै पनि तपाईँको लेखको मूल आशय प्रति पूर्णत असहमत छु ।

      मूल कुरा माओवादी आन्दोलनका आफ्नै सकारात्मक र नकारात्मक पाटाहरु छन् । अपहेलित वर्ग सम्म चेतनाको लहर सञ्चार गर्ने शक्ति कोहि थियो भने त्यो माओवादी नै थियो त्यसकारण माओवादी एउटा पार्टी मात्र नभएर सामाजिक आन्दोलन थियो । त्यसै कारण यो अन्तत्वगत्व राज्यलाई नै नेतृत्व दिने हद सम्म विकसित भयो । अनि माओवादी पार्टी भित्रका स्वार्थी र अवसरवादी तत्वहरुले अबका दिनमा पार्न सक्ने अप्ठ्याराहरुलाई समयमा नै चिनेर उचित उपचार गर्नु पर्ने कुरामा कोहि पनि दुईमत हुनु पर्दैन ।

      माओवादी छापामार र मिलिसियालाई प्राविधिक तालिम दिने, सिप विकास गरेर आयआर्जनको काममा लगाउने कुरा सकारात्मक र आवश्यक हो तर त्यसको उद्देश्य वैदेशिक रोजगारमा पठाएर केहि समयको लागि दवावलाई कम गर्ने हैन । त्यस्तो समाधान केवल छलि र अल्पकालिन समाधान हुने छ । त्यो जनशक्तिलाई त देश विकाशमा लगाउने निति नै सहि निति हो ।

      तपाईँको लेखले त यस्तो लाग्दै छ कि तपाईँ माओवादी भित्रका भ्रष्ट र अवसरवादी तत्वहरुको नेतृत्व दिएर विदेशमा कामदार ओसार पसार गर्ने नव चैते माओवादी म्यानपावर का म्यानेजर हुनुहुन्छ । खवरदार फेरी नयाँ उदाएको शक्तिको वखान गर्ने गुलिया शब्दले लपेटिएका स्वार्थी विज्ञापन पस्किएर नयाँ शक्तिलाई पनि विटुल्याउने प्रायस हुँदै छ ।

      ************************
      इच्छाजी,
      म्यानपावर कम्पनीहरुसँग मेरो टाढाको पनि साइनो छैन। केही समय अगाडी जापानमा नेपाली कामदारहरु झिकाउने सँबन्धमा भईरहेका प्रयासका सँबन्धमा पढन पाएको थिएँ (द काठमाडौ पोस्टमा)। त्यसैले, यस तर्फ पनि माओवादीले समस्या समाधानका लागी हेर्ने हो कि भनेर भनेको मात्र हुँ। देश विकासमा सीप-ज्ञान प्राप्त नेपालीहरु लाग्न आवश्यक छ। तर, सबैले यही गर्नुपर्छ भन्ने र गर्न सक्ने अवस्था नेपालमा छैन। व्यावाहारीक पक्षलाई पनि ध्यान दिऔ।
      सुरेस परिवर्तन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • aleks

      Basically, Maoist need to stop killing people, they should respect the human right and democracy.
      Rest is minor …….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mach

      thule, maobadi ta naramro rahechha jahile pani- pahile pani ra ahile pani !! uso bhaya ko chahi ramro rahechha ta pakkai ‘congress ra yemale’ hola hoina ta ????

      ekohoro judnge nagaram na sathi ho, satyata bujera kura lekhema sabaiko chitta bujchha k !! ‘comment’ lekhne bhaneko aafno bichar dine ho tara ‘backed by valid reason’ hunuparchha otherwise jati karaya pani arulai chitta bujne wala chhaina !!! ani sathiko kura garne bani chahi majjako paya maile, aafno statementko oppositema bollan bhanera pahile nai tada basne khojne hoina ta- maobadiko thulo party ko kura nikalna nahune … kura garne bani nikai ramro hasolagdo nai rahechha !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रीती

      फेरी अर्को तोरी लाहुरे गफ जापानि लाहुरे को, आफ्नो घर बनाउने कता हो कता हो, मुल मर्म बिदेसिने नै छ।

      प्रीती

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Milan

      Nice comments from Thule

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • ठूले

      मेरो कमेन्टमा प्रतिकमेन्ट लेख्ने मित्रहरूले कृपया संविधानसभामा माओवादीले पाएको मतलाई देखाएर मलाई तर्साउने दुख नबेसाउनु होला !

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • ठूले

      सुरेसजी,

      सपनाको वायुपङ्खी घोडा चढेर आफ्नै नाकमुनीका परिस्थितिहरूप्रति आँखा चिम्लदैँ अरूलाई यसो गर र त्यसो गर भनेर अर्ती दिनेहरूको संख्या नेपालमा उसै पनि कम थिएन । त्यसमा तपाईंलाई पनि आफ्नो नाम लेखाउने जाँगर पलाएछ । तपाईंलाई सफलताको कामना !

      माओवादी कार्यकर्ताहरूले विगतमा सिद्धान्तका आधारमा लडाईं लडेको र अव चाहीं बिग्रन थालेको भन्ने तपाईंको टिप्पणी विगतको १२ वर्षे युद्धलाई नजिकबाट देख्ने म जस्ता सर्वसाधारणका लागि हजम हुने खालको छैन । समानता, सामाजिक न्याय, स्वशासन र आत्मनिर्णयको अधिकारजस्ता सबै सिद्धान्त र आदर्शहरू माओवादीले सोझासिधा नागरिकलाईं आफ्नो बन्दुक बोकाउनका लागि प्रयोग गरेका अस्त्र हुन् । माओवादीको युद्ध आर्थिक र राजनीतिक महत्वाकाङ्क्षामा आधारित आतंक र त्रासको उर्जाबाट विकसित भएको हो भन्ने कुरा छोपेर छोपिन्छ जस्तो मलाई लाग्दैन । तसर्थ, माओवादीहरू न त विगतमा सही थिए न त भविश्यमा नै हुनेछन् ।

      माओवादीलाई नेपालका अन्य लोकतान्त्रिक पार्टीसँग तुलना गर्ने कष्ट गर्नु भएछ । र, आफ्नो ‘लोकतान्त्रिक छवी’लाई जोगाउन माओवादीले के गर्नु पर्ला भनेर एक राउण्ड उपदेश पनि ठोक्नुभएछ । माओवादीलाई लोकतान्त्रिक बनाउने तपाईंको अभियान फलोस, फुलोस् ! मलाई भने माओवादीले राजावादीहरूसँग कुम जोडेकोमा कुनै दु:ख छैन, न त आश्चार्य नै छ । माओवादी र राजावादीहरूको सैद्धान्तिक र कार्यनीतिक आचरणमा कुनै भिन्नता नभएकाले भविष्यको गणतान्त्रिक नेपालमा आजका राजा ग्यानेन्द्र नेकपा माओवादीका अध्यक्ष भए भने पनि मलाई कुनै आश्चार्य हुने छैन ।

      सरकारमा गएपछि आफूले भनेको नमान्ने मान्छेलाई कर्मचारीतन्त्रबाट निकाल्नु भन्ने माओवादीलाई तपाईको सल्लाह पनि मलाई राम्रो लाग्यो । गर्नुपर्ने यसै हो । माओवादीले यसो नगरिदिए तपाईंजस्ता चैते माओवादीको के काम ? तर, मलाई लाग्छ तपाईंको यो सल्लाह माओवादीलाई आवश्यक छैन, किनकी उसको सोच र कार्यशैली नै यही हो -आफूलाई मन नपर्ने मानिसहरूलाई लात मार्ने र आफ्ना नातागोता र आसेपासेलाई दुनो चटाउने ।

      अन्तमा, ‘तिमिहरू शक्तिमा आएपछि सघाउन म तयार छु’ भन्ने सन्देश माओवादीसम्म पुर्याउन यत्रो लेख लेख्ने कष्ट गर्नुभएछ । आशा छ, यो रुममा अन्तर्क्रिया गर्ने देशभक्त नेपाली, युबा र सेटेलाइटजस्ता मित्रहरूले तपाईंको सन्देश समयमै कामरेड प्रचण्डसम्म पुर्याइदिनेछन् ।
      ————————
      ठुलेजी,
      व्यक्तिगत प्रचारको लागी र माओवादी नेतृत्वको नजरमा आ्उ्न मैले लेखेको होईन। तसर्थ, कसैले यो नसोचे हुन्छ। सैन्य तालीम प्राप्त जुझारु कार्यकर्ताहरुलाई वैकल्पिक व्यवस्था के गर्न सकिन्छ भन्ने मात्र मेरो सोच हो।

      सुरेश परिवर्तन

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • The Punisher,USA

      आमा!!
      सदियेऊ देखि असरल्ल तिम्रा झाक्रा कोर्न अब कोही औदैछान|
      आज कोई गीत गाई रहेछान\
      भोली कोई बाद्याबादक निस्कनेछ \
      पर्सी कसैले संगीत दिनेछ |
      तिमिले टिका लगाउन पौने छेऊ |
      हामी फर्कदा तिमिलाई गहना ल्यैदिउला |
      आमा सिर्फ़ तिमि पर्खी देऊ !
      तिमिलाई सिगार्न तिम्रा छोरा हरु !
      कोई इराक माँ ग्रेनेड को बिछयूनामाँ छान
      कोई अफगानिस्तान माँ मिसाइल को तरुल खानिरहेछां
      कोई साउदी को गर्मी माँ इटा बोकिराहेछान,
      कोई बोस्टन माँ प्लान बनाउदैछं
      कोई हार्बार्ड माँ थ्योरी निकाल्दै छान
      कोई माई संसार माँ बिचार को मोई पार्दै छन
      (((मोई पार्ने गोले,हर्के,युबा,भास्कर,लुना,मदन )))
      आमा तिमिलाई नौनी पठाई दिउला !!
      पर्ख
      नेपाल आमा !
      सिर्फ़
      पर्ख !!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • madan

      परिबर्तन जी
      म तपाई संग पूर्ण सहमत हुदै तपाई को परिबर्तन लाइ सजिलो र २ लाइन माँ ब्यक्त गरिदिन्छू|खाली २ वटा अरु ठुला राजमार्ग (भारत ,चिन जोड़ने )बनोस र चिन पट्टी ३ वटा नाका हरु थापियोस ,तपाई अमेरिका ,जापान जानै पर्दैन |नेपाल मई बसेर डलर गन्नू हुन्छ |
      अरु केही गर्ने पर्दैन त्यों नेपाल भन्ने देशमा ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Milan Chaudhary

      Suresh jee, I am agree with your article. Its true that there are big room for them to improve. If They will not change their attutide and behivaour people will through out. Lets pray that god give them heart to love people.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker