
दरबारको सुरक्षा अब भुस्याहा कुकुरले हैन, सरकारले गर्नेछ। संवेदनशील अवस्थामा भौतिक संरचना ध्वस्त हुनबाट बचाउन सरकारले चालेको कदम ठीकै हो। तर यही कारणले ज्ञानेन्द्र नारायणहिटीबाट ननिस्कने वातावरण बनेमा त्यो राम्रो होला ?
जेठ १५ गते संविधानसभाको पहिलो बैठकले गणतन्त्र घोषणाको कार्यान्वयन गराउन दबाब दिन नारायणहिटी दरबार घेर्ने कार्यक्रम सार्वजनिक भइरहेको बेला सरकारले सीडीअो कार्यालयमार्फत् नारायणहिटी त के निर्मल निवास वरपर पनि जुलुस सुलुस मात्रै हैन, पार्किङ समेत गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको छ। यो निषेधाज्ञा ज्ञानेन्द्र नागार्जुनबाट नारायणहिटी छिर्ने दिन अर्थात् आज सोमबारदेखि अनिश्चितकालका लागि लागू हुनेछ। जेठ १५ का लागि नारायणहिटी दरबारमा पाँच घेराको सुरक्षा योजना र ट्याङ्कसहित भैरवनाथ गणका कमान्डो राख्ने तयारी भइरहेका बेला निषेधाज्ञाको सूचना जारी गरिएको हो।
जिल्ला प्रशासन कार्यालय, काठमाडौँले स्थानीय प्रशासन ऐन, २०२८ ले दिएको अधिकार प्रयोग गरी काठमाडौँ महानगरपालिकाअर्न्तर्गतका केही सार्वजनिक स्थलमा निषेध आज्ञा जारी गरेको छ । सोअनुसार शान्ति व्यवस्था र सुरक्षा कायम राख्ने प्रयोजनका लागि कुनै पनि किसिमको जुलुस, आमसभा, विरोध, धर्ना र दवाव प्रदर्शन गर्न एवं खुल्ला, ठेलागाडा, चियाखाजा र तरकारी पसल सञ्चालन गर्न तथा सवारी साधन पार्किङ गर्नसमेत निषेध गरिएको छ । आज सोमबारदेखि अर्को आदेश नहुन्जेल लागु हुने गरी सो आदेश जारी गरिएको हो ।
जारी आदेशको बर्खिलाप हुने गरी तोकिएका निषेधित क्षेत्रभित्र कोही कसैले निषेध गरिएका क्रियाकलाप गरेगराएको पाइएमा त्यस्ता व्यक्ति वा समूहउपर प्रचलित कानुनबमोजिम कारवाही गरिने जनाइएको छ ।
निषेधाज्ञा जारी गरिएको स्थानमा नारायणहिटी दरबारको दक्षिण पूर्वस्थित नागपोखरीदेखि पश्चिम जय नेपाल चित्रघर अगाडिको मूल सडकबाट पश्चिम हुँदै दक्षिण मूल ढोका, केशरमहल, पश्चिम ढोका हुँदै नेपाल स्काउटको केन्द्रीय कार्यालय पूर्वको सडक क्षेत्र र सो दरबारको उत्तर पूर्व दिशाको परिक्रमा सडक क्षेत्रभर तथा तीनधारा पाठशालादेखि दरबारको दक्षिण मूलढोकासम्म कुनै पनि किसिमको जुलुस, आमसभा, धर्नालगायतका प्रदर्शन कार्यक्रम सञ्चालन गर्न पूर्णतः निषेध गरिएको छ ।
त्रिवि शिक्षण अस्पतालदेखि महाराजगन्ज चक्रपथ नारायणगोपालचोकसम्म जाने सडक, महाराजगन्जस्थित निर्मल निवासको दायाँबाट पूर्व जाने सडक र जीवन कुञ्जको बायाँबाट पूर्व जाने सडक क्षेत्रभर कुनै पनि किसिमको जुलुस, आमसभा, धर्नालगायतका प्रदर्शन कार्यक्रम सञ्चालन गर्न पूर्णतः निषेध छ ।
सोअनुसार अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरको पश्चिम, पूर्व र उत्तर तथा दक्षिण दिशातर्फा मूल सडक र सोका फुटपाथमा कुनै पनि किसिमका आमसभा, धर्नालगायतका विरोध कार्यक्रम र खुल्ला पसल सञ्चालन र सवारीसाधन पार्किङ गर्न पूर्णतः निषेध गरिएको छ ।
केन्द्रको पश्चिमबाट पूर्व दिशा र पूर्वबाट पश्चिम दिशातर्फजाने जुलुसले सो मूल सडकको दक्षिण मोहडा फुटपाथ प्रयोग गर्न सक्नेछ । त्यस्तो जुलुसले सम्मेलन केन्द्रको सन्मुख अडिई आमसभा, पर््रदर्शन र धर्ना गर्न भने पाउने छैन् ।
केन्द्रको पश्चिमबाट पूर्व दिशातर्फगएको जुलुसले तीनकुनेस्थित खाली जमिनमा बसी एयरपोर्ट, कोटेश्वर र नयाँ बानेश्वर जाने सवारी साधनको आवागमनलाई अवरुद्ध नगरी आफ्नो कार्यक्रम सञ्चालन गर्न सक्नेछन् ।
त्यस्तै, बरफवागस्थित हनुमानस्थानदेखि पूर्व अन्तरराष्ट्रिय सम्मेलन केन्द्रको पश्चिम ढोकातर्फजाने टङ्कप्रसाद आचार्य मार्गको कुनै पनि क्षेत्रभर जुलुस, आमसभा, धर्ना, विरोध र दवाव प्रदर्शन गर्न पूर्णतः निषेध छ ।
थीरबम मल्ल मार्गबाट प्रधानमन्त्री निवास, बालुवाटारतर्फजाने पश्चिमतर्फो पण्डोल मार्गसम्म कुनै पनि किसिमको जुलुस, आमसभा, धर्नालगायतका प्रदर्शन कार्यक्रम सञ्चालन गर्न पनि पूर्णतः निषेध छ ।
माइतीघर मण्डलदेखि उत्तर राष्ट्रिय अभिलेखालयदेखि पूर्व सिंहदरबार दक्षिण ढोका हुँदै बरफवागस्थित हनुमानस्थान र सोदेखि उत्तर-पश्चिम अनामनगर सडक हुँदै रामशाहपथ पद्मोदय माविको मोडदेखि दक्षिण सिंहदरबार हुँदै राष्ट्रिय अभिलेखालयसम्म र भद्रकालीदेखि सिंहदरबारसम्मका सम्पूर्ण सडक क्षेत्रभर कुनै पनि किसिमको जुलुस, आमसभा, धर्नालगायतका प्रदर्शन कार्यक्रम सञ्चालन गर्न पूर्णतः निषेध छ ।
त्यस्तै, बालुवाटारस्थित चिनियाँ दूतावास जाने भाटभटेनीचोकदेखि उत्तर दिशातर्फो ढुङ्गेधारादेखि नेसनल कलेज बालुवाटारसम्मको करिब २ सय मिटरको सडकमा पनि कुनै किसिमको जुलुस, आमसभा, धर्नालगायतका प्रदर्शन कार्यक्रम सञ्चालन गर्न पूर्णतः निषेध गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।
No related posts.









netaho ! kina ghagara garirako chau pahila pani ghaga gareu kursiko lagi ahile pani ghagada garera rajalai phaida pugla khabardar aba upranta kunai nepaliko jyan jala khabardar raja ajai saktisali hunakojiraheko cha khabardar netaharu……………
मन परे हरियो, नपरे रातो
0
0
हे जनता मैले त धरहरा बाट हेर्न सुरु गरिसकें अली पर इंडिया पो देखिन्छ, पुरई इंडिया देखन नपरोस भगबान!
दरबार को सुरक्षा हुनु राम्रो संकेत हो किन भने, नेता हरुले महसूस गरेजस्तो छ की देश इंडिया बाट जोगाउन राजले मात्र सक्छ भनेर
ढिलाई भायपनी बुद्दी आयो नेता लाई, तपाईलाई थाहा छ? राजा त हत्दैन थियो नै तर इंडिया संग नराम्रो समझौता गर्नुपर्ने थियो, नेताले बिचार बेलैमा पुर्याऐको मा धन्यबाद
राजाले ग़लत समझौता गरेको भय करन सिगं को पालामा नै नेपाल भूटान भैसक्थ्यो,
राजा र इंडिया को लड़ाई मा राजा ९९% हारी सकेको थियो तर अब चाही १% आशा लाग्यो है
यो कुरा लेखेर राख्नुहोला की राजा हटेमा नेपाल सब्दा पनी हत्छ र राजा नहटेमा देश पनी बचन सक्छ
तर राजा ले भित्र भित्रै इंडिया संग सम्झुत गरेको रहेछ भने बर्बाद हुन्छ, नेताले तिक्नै नदीऐपछि के गर्ने त
राजा ले जून कदम चालेको थियो त्यों ब्याक्तिगत महत्वाकांछा नभऐर सम्पूर्ण नेपाली को हित को लागी चालियको कदम थियो / सफल भयन त्यों आफ्नो ठाउमा छ /
तपाईहरुलाई थाहानै होला त्यों समयामा देश कम्तिमा पनी सिस्टम मा चलन थालेको थियो /
देशमा फताहा , घुस्याहा हरु भय पछि राम्रो शासन त कहा चलन दिन्छ र
तेसईले देश सिक्किम हुनुभन्दा पहिलेनै सोच्नुपर्छ पछि आन्दोलन गरेर कही हुन्दैन/
ज्ञानेन्द्र ब्याक्तिगत रुपमा नराम्रो होला तर पनी उसमा लीडरशिप, र देश हांकना सकने छेमता पनी छ देश लाई नेता होइना राजा नै चाहिंछ/
जे होस जय देश सधै राज्संस्था जिन्दाबाद
मन परे हरियो, नपरे रातो
0
1
jit gurung ji tapai rajako jasus ho ki adc ho.hannnnnnnnnnn.
मन परे हरियो, नपरे रातो
0
0
Abolition Shah Dynasty Can’t lead Nepal toward prosperous way I think it leads toward Sikkiamization Bcoz All Nepalese political Parties are under the supervision and control of RAW and IB of INDIA……..Analyze recent activities of political leaders of various parties and Indian Ambassador…
मन परे हरियो, नपरे रातो
0
0
SPA sucks, The CA meeting must decide nepal as a republic otherwise SPA will not find any places in coming days.
मन परे हरियो, नपरे रातो
0
0
Haina yetro halla kina garnu parya hola ni khurukka lagera tyo gyane ra paras vanne jantu lai murder case ma jail chalan nagari samma des ma shanti aaula jasto chhaina. Nepal ma mritudanda ko sajaaya navayeko le ra human right ko hisab le e dui jantu lai jati sakdo chhito uniharu ko kartut ko sajaaya dinu anibarya chha.
मन परे हरियो, नपरे रातो
0
0
i fully support to king la because he is a great person then party leader
मन परे हरियो, नपरे रातो
0
0
युवा गोले गगने सेट्लाईट देश भक्त लुना नित्यानंद बतौली कामरेड हरु ,,,,,,,,,,,,,,,,,,,?
यो कमेन्ट लेख्दा सम्म माई संसारको बाया भित्तामा १ दिन १ घंटा ११ मिनेट बाकी छ तपाईहरुको सपना पूरा हुन, औला गनेर, धरहरा चढ़ेर,माई संसार हेरेर ,कबिता र कमेन्ट बेरेर नबस्नुस दरवारले गणतन्त्र निलिदेला, अनि ऐना हेरेर उडायो सपना सबै हुरीले भन्दै माई संसारको भित्ता न खोस्रीनु न कोपोर्नु नि , १५ गते गणतन्त्र आउछ की गन तन्त्र हुन्छ हेर्न म पनी आतुर छू वा १५ गते हराउछ जस्तै भंछन नि (tomorrow never come ) आफुलाई त गणतन्त्र आए राम्रो गन तन्त्र भए झन राम्रो , बुद्धको देशमा त्यही पनी बुद्ध कई जन्मोत्सवको बेलामा गन तन्त्र हुनु भनेको एउटा अपसगुन हुनु हो , तर पनी गन तंत्रेहरु नै गणतन्त्र ल्याउछु भनेर उदांगो भए पछि ,,,,,,,,,,,,,,,,, फेरी पनी गणतन्त्र आए राम्रो गन तन्त्र आए झन राम्रो ,,,अरु के हुन सक्छ र यो देशमा, कसो उल्लेखित कामरेड महोदयहरु ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,?
मन परे हरियो, नपरे रातो
0
0
राजन जी,
तपाईको कांग्रेसी कंठ बात महा बचन सुनिलिया ! गणतंत्र माओबादी कांग्रेस रा एमाले का ‘बा’ ले अन्सबंडा मा छुटाई दिएको घुरेन बारी हो ? कजाए कजा नत्र बाझो बसोश …….! त्यात्रा नेपाली सुलिमा चढ़ा चै कहा गएनी ? त्यासका भट्टीफोर बुबा राख्ने नराख्ने भन्या त जनाताले पो बुझिलिया ! बरु त्यासका लागी फेरी मरन परे …..तैयार भैलयास! हामी तैयार छम ?
मन परे हरियो, नपरे रातो
1
0
hoena raja r girija ko sallha vay jasto cha girija g tapae le pani chadnae pare pachi lastae garer chodnus. vandinu antma ganatantra chahine lae maele janata ko naso jantalae nae bujae diy vaner ani maele ni varat ma flat ordar diyakae cha utae sagae basaula naya arko ganatanta ko lagi hatiyar haru vitrayar hatya atnka macchaula ani ta feri barta garnu pari halcha ghar ghar ma gayar padkae diula chunab jiti halincha hamra ni din auchana niiii hami pani lcy gathan garaula…………..
hari
मन परे हरियो, नपरे रातो
0
0
हे…प्रभू…हे..ब्रम्हा…हे…बिष्णु…हे…महेश्वार!!!
मेरो देश नेपालमा अब कसैको रगत बलिदान दिने प्रचलन हटाई दिनु है!!!
म तपाई को सेवागरछु। बिचार चुनाब हुनुभन्दा पहिला १३०००नेपाली को लास बयो।
अब, गनत्त्र घोषना गरदा २६०००को लास त हुन्छ कतै????
मानब बहादुर लामा
ईराक
मन परे हरियो, नपरे रातो
0
0
एका एअक एस्तो आदेश जरी हुँदा सन्का गर्ने ठाउँ त पक्कै पनि छ फेरी पनि एस्लाई नकरत्माक रुप मा मात्रै हेर्नु भने जयाज हुने छैन । अब राजतन्त्र को भबिषय को लागि जस्ले पहल गर्छ उस्ले आफ्नु भबिस्य लाई सोच्नु पर्ने हुन्छ। साचै भैरब नाथ गण लाई राजतन्त्र को ढाल को रुप मा परिचालन् गरेअको हो भने नेपाली जनता तेस्ताइ अरु धेरै गण को प्रती रूद गर्न तयार छ ।।।तेसै ले खबर्दार जो कोइ राजतन्त्र क लागि पहल गर्छ।।। अब राजतन्त्र को अन्त्य त अबश्याम भबी नै छ साथ मा राजतन्त्र का सम्पूर्ण पिच्लग्गुहरुको पन।। यो अन्तिम परिक्ष्या हो नेता हरु को ।।देश को बारेमा सोच्न सक्दैनौ भने काम से काम आफ्नु राजनैतीक भबिस्य को बारे म त सोच
अनिल पोखरेल
सिड्नी
मन परे हरियो, नपरे रातो
1
0
The Head of the State , PM and Min.of Defence:G.P.K., a congress.
Minister of Home: K.P.S., also a congress.
Imagine which party is so concerned of the Monarchy? No doubt it is NC. Do not go near and around the Gyane Palaces in the coming days bcoz Gyane’s loyals in the NC Party and it’s sister organization activists r going to drink blood of those who dare step in the palaces. Beware of congressi dogs they can even bite you from behind. The NSU and Taruns are already rehearsing this drama throughout 10-14 Jestha they are creating havocs in the valley, in the name of YCL activities.
मन परे हरियो, नपरे रातो
0
0
धरहरामा बसेर हेर्नु त राम्रै होला युबा तर….!
सबै त अटौना सकिदैना नि…! मेरो त साथिभाई संगै छलफल गर्दै उमेश जी को ब्लोगमा अपडेट हेर्दै, दिए टी भी मा जे जे आउछ त्यों हेरने योजना छ !
सड़कमैं कुर्लिन किन पर्यो र घर को छत बाट चिच्यौला नि,
गणतंत्र नेपाल–शांत होस….!
मन परे हरियो, नपरे रातो
0
0
मलाई त यसरी सुरक्षा दिनु सका रात्मक लाग्यो । देख्नु भयन कस्तो भिड छ हाम्रो ! भात्काउने र बिगारने काम त यू भाईहाल्छ । अनी यस्तै मौकामा भिजिलान्ते ले भरपुर उपद्रो मच्याउन सक्छन । रिस ले मान्छे ले आँखा देखेको छैन । यस्तो स्थिती मा राष्ट्र को सार्वजनिक सम्पत्ति को सुरक्षा खातिर यसरी सुरक्षा को प्रबन्ध मिलाउनु साकारआत्मक कुरा हो र आबस्यक पनि छ ।
मन परे हरियो, नपरे रातो
0
0
कही नभएको जात्रा हाँडी गाउमा भनेको यही हो हैन र ? भुत्रो को आउछ गणतन्त्र ! अब सबै मर्छन देशलाई पनि मर्छन यो नेता भनौद हरुले अब देश बचाउन हामी आँफै लाग्नु पर्छ । बिकासानन्दले भनेको छ नि संसारलाई बादलनु छ सुरु आँफै बाट गर्नु छ तेसैले देश लाई बादलन सुरु गरौ आन्दोलन गरौ चक्का जाम गरौ नेपाल बन्द गरौ आजै बाट सुरु गरौ कि कसो पो हो?
मन परे हरियो, नपरे रातो
1
0
Ashanti na machiyoos bhanera yeso gareko ho bhane thik cha tara pramukh kura king palace bata hatne & ganatantra ghosana garne kura lai anya kura lay ojhalmaa parnu hunna.Hamra kharab neta haru ajaka din samma pani kurshi kai lagi ladeko dekhda jydai naramailo lagcha.Milere mahatoo purna nirnaya garera desh ko pragati garnu parni kura ko sata uhi puranai saili maa afno asli roop dekhai rahechan.Last maa important kura k bhane, Yo government Maoist kai leadership maa bannu parcha & king narayan hiti bata kehi abasyak samaya liyara hatnu parcha.Anya bikalpa lay desh lai ajha andhakar maa puryaune matra nishchit cha.
मन परे हरियो, नपरे रातो
0
0
aba nepal ma aru khi hudaena raja rahancha rasta pramukha pane huncha same ahila jasto sarkar hunama
praka cha sathi ho aba prachanda la koirala melara
nepal la khatam parna ma due mat chhaena sathi ho
sam herday jau na la thanks all friend ……….
[bishnu_ever@yahoo.com]
मन परे हरियो, नपरे रातो
0
0
yo sab prachanda ani koirala ko raja rakanai khal ho hai sathi ho .sabai 15gatai vate honu parcha haiiiiiiiiiiiiiiiiiiiiiii
मन परे हरियो, नपरे रातो
0
0
yo sab prachanda ani koirala ko raja rakanai khal ho hai sathi ho .sabai 15gatai vate honu parcha haiiiiiiiiiiiiiiiiiiiiiii
मन परे हरियो, नपरे रातो
0
0
आफ्नो त धरहराको टुप्पामा जाने भाग्य पनि कहाँ छ र युबा ? यहि माई संसारबाट जति देखिन्छ तेति हेर्ने हो ।
मन परे हरियो, नपरे रातो
0
0
Let’s us see wat happen, next…
मन परे हरियो, नपरे रातो
0
0
What about appinting Gyanendra President for a day
( May 28) and dissolve him the next day and let new interim givernment take over from may 29.
मन परे हरियो, नपरे रातो
0
0
खोई सती ले शराप दिएको हाम्रो देश मा “जे लिखे पनि, जे गरे पनी र जे बोले पनी ” भयो ..कसले रोकन सक्छ र ? हाम्रो बिशेषता नै यही हो ,,किन की हामी मा sarwa manyya नेता हुने लालसा छ अलिक ज्यादै नै देखिनच्छ ..
SABDHAN ! ! ! HOSIYAAR ! ! 1
मन परे हरियो, नपरे रातो
0
0
एउटा साथीले भन्नुभयो , – निषेधाज्ञा गरिनुमा सबैको दोश छ किनभने सबै सरकारमा छनु । यो कुरा सरासर गलत हो किनभने रक्षा,गृह जस्ता महत्वपर्ुण्ा मन्त्रालय त काग्र“सका छन् नि । पक्कै पनी यो काग्र“सकै मातहतमा भएको हुनर्ुपर्छ । त्यसैले साथीहरु रुखलाई ढलाउनु पर्छ अनी मात्र शाही ढल्छन्
मन परे हरियो, नपरे रातो
0
0
Gp Koirala’s curfew around Narayanhiti palace, Sujata Koiaral reappointment of suspended polic AIGs, American minister’s rush hour? What does this indicate?
Youths, be alert!!!
मन परे हरियो, नपरे रातो
0
0
प्रचन्डलाई लौ सरकार बनाउन पहल गर भनेर गिरिजा के गर्ला भनेर सबैजना जिल्ल पारी राखेको थिय; माथि फोटोमा हेर्न पाउदा खुशी लाग्यो।
मन परे हरियो, नपरे रातो
0
0
हे राजन तिमि कांग्रेसी हुन सक्छौ आफ्नो संस्कार अनुसार आफ्नो मन का कुरा राखेउ खुशी लाग्यो , बांगेलाई बचाउने कोही छ भने त्यों कांग्रेस नै हो
मन परे हरियो, नपरे रातो
0
0
la heraou ta maiost le raja lai kasari hatauda raicha…
Maoist ko president parchada nai raja ko vakta ho
Nartra yetro halla chalerera apni tele k herrako ta
garna sacha vane gare hlathiyo ni
Aba prachanda ko agni parishiya ho….
Natra nepali janata le prchanda lai nai nepal bata lakhetcha
tesle nepali janatalai chinekai raina cha
मन परे हरियो, नपरे रातो
0
0
हात्ती आयो हात्ती आयो फुस्सा होला जस्तो छ नेपाली हो! जस्लाई फाल्ने भनेर सरकारमा गए, तेसैको सुरक्षा गर्न र जनताले बिरोध गरे गोली ठोक्न सेना तैनाथ????? थुइक्क नेता हो तिमी हरु एती सम्म गिर्न सक्छौ भनेर जनताले सोचेका पनि थिएनन। उ एउटा नेताको त फोटो माथि नै छपिएको रहेछ नि। राजदरबारको अगाडि सुरक्षा गर्न बसेको।
मन परे हरियो, नपरे रातो
0
0
छोटो कमेन्ट
यो नेपालि काँग्रेसको राजा राख्ने चाल हो ।
तर टिक्दैन जनताहरुले बढाएर फाल्ने जस्को नतृत्व माओवादीले गर्नु पर्छ ।
मन परे हरियो, नपरे रातो
0
0
यो समय पर्ख र हेर को हो साथी कती लड्नेहो समयको उत्तर मिठो हुन्छ ?थाग्ने कुरा को काम छैन द्र्बार नछोडे राजा ले के गर्न सक्छन उत्तर पाउन हजुर उत्तर छ गिरिजा को ठाउँ मा तपाईं रहेको अवस्था मा के गर्नु हुने थियो ?
मन परे हरियो, नपरे रातो
0
0
साँच्चै आज महाराजको घरमा सत्यनारायण को पूजा छ
त्यसैले महाराजले भैँसिको आन्द्रा भनेर घृणा गरेको
जनैको लट्ठ काँधमा भिरेको छ
बर्शौ देखिका कलंकहरू पखाल्नको लागी
सुनपानी छरेर पवित्र बनाउन तल्लीन छन पंडितहरू
ठुलो पारिवारिक जमघट छ
साँच्चै आज महाराजको घरमा सत्यनारायण को पूजा छ
महाराज उदाश उदाश छन आज
आँखाभरी आँशु टिल्पिलिएका यूबराज झनै मायाँलाग्दा छन
महारानी भक्कानो छोडेर रुदै छीन
भारदारहरु न्याउरो अनुहारमा घोत्लिरहेछन
एकदमै सुनसान छ दरवार मान्छे जलाईसकिएको मसानघाट जस्तै
खै किन हो आज मुहारको कान्ति हराएको छ सबै सबैको
यद्यपि
एउटा पवित्र संकल्प छ महाराजहरुको
अब चोखो हुनु पर्छ
अब निश्कलंक बन्नू पर्छ
पंडितहरु सुनपानी छर्किदैछन
महाराज जल चढाउदैछन, यूबराज पानी थप्दै
म सत्य भन्दै छू मित्र
आज महाराज को घरमा सत्यनारायण को पूजा छ
घरभरी तोरण झुण्ड्याइएको छ
बन्दुकहरू आगोमा होम गरिएको छ
भित्तैभरी शान्तिका सन्देश कोरिएका छन
पश्चात्तापका बाणीहरु मंत्र जस्तै जपिएका छन
एउटा सन्नाट छाएको छ दरवारमा यतिबेला
धुपी र सल्लाका रुखहरू ठाडै सुकिसके
गमलाका फुलहरू फक्रिनेवाला छैनन
न त कुकुरहरु भुकेका छन
न त चराहरू नै चिर्विराएका छन
केवल कागहरु एकोहोरो का’का गरिरहेछन कानै फुट्ला जस्तो
म सत्य भन्दै छू मित्र
तपाई नारायणहीटी पुग्नु भयो भने बल्ल थाहा पाउनुहुने छ
त्यहाँ सत्यनारायण को पूजा छ
साँच्चै आज महाराजको घरमा सत्यनारायण को पूजा छ
मन परे हरियो, नपरे रातो
0
0
कमेंटरहरु माथी को कमेंट !!
हामी सबैले देख्ने सपना त समुन्नत नेपाल कै हो !
फरक येत्ती हो की माओबादी समर्थक साथीहरूले (युबा देखि देशभक्त नेपाली सम्म) माओबादीको जितको जोशमा दिनमा नै सपना देख्नुहुन्छ भने, माओबादीप्रति ससंकित साथिहरूले (जॉन थकाली देखि अनुजबाबू सम्म, जो रातमा मत्रै निदायेरा सपना देख्न सक्नुहुन्छ), माओबदिले मच्चौने हत्या र हिंसाको त्राशले रातमा समेत निदाउन सक्नुभएको छैन!
मन परे हरियो, नपरे रातो
0
0
म त पर्सी धरहराको टुप्पोमा बसेर रमाईलो हेर्छु ज्यानको जोखिम पनी नहुने सबै कुरा छर्लङ्गै देखिने, अनी धरहरामा निशेधाज्ञा पनी छैन …………………हा हा हा हा | गोले दाई र हर्केको चै के छ विचार ?
मन परे हरियो, नपरे रातो
0
0
Folks don’t panic, No force can protect the king now. Being peoples govt It’s their duty to protect its citizen(even ex-monarch).As You all know we are all going to be hyped up and charged, so some of our friends might get too carried away and strom the Narayanhiti and Nirmal Niwas in jubilation on that occassion so it is therefore govt needs to protect all. In case this turns out be otherwise, then I think it will be time for us to burie all the leaders including the king of Nepal into one dicth. So hold on tight till Jest 15. Lets hope for the best.
मन परे हरियो, नपरे रातो
0
0
ALL Nepalese,
Consipiracy,
Gyane, Girija may have some sort of understanding…
मन परे हरियो, नपरे रातो
0
0
यो त राम्रै कुरा हो !
होइन भने त गणतंत्रको नाममा नारायणीहिटीको एक ईट्टा एक नेपालीले पाउने बताबरण बन्छ !
मन परे हरियो, नपरे रातो
0
0
अब राज्संस्थाको अन्त्य भए पछी लोक्तान्त्रिक गणतन्त्र पद्धती अनुरुपको शासनअप्रणाली लाई राजाले स्विकार्नुको अर्को बिकल्प राजासँग छैन।सबै पार्टीहरुको स हमती मा ज्ञान नेन्द्र राजालाई पनि २६ जना सभासद मध्य एक मा मनोनित गरेर नेपाल कै अन्तिम राजा र प्रथम राष्ट्रपती पनि बनाए पछी त राजाको सुरछित अवतरन हुन्छ नि!
अनी त्यस पछी पुष्पकमल दाहाल को राष्ट्रपती हुने पालो अैउछ ।
मन परे हरियो, नपरे रातो
0
0
this kind of prohibation is necessary because we, nepali,are idiot. whatever we have done in past, do in present and will be done in future is not my our sense. its all derived from corrupt politician’s mind they might be insider or outsider especially indians.
मन परे हरियो, नपरे रातो
0
0
अब राज्संस्थाको अन्त्य भए पछी लोक्तान्त्रिक गणतन्त्र पद्धती अनुरुपको शासनअप्रणाली लाई राजाले स्विकार्नुको अर्को बिकल्प राजासँग छैन।सबै पार्टीहरुको स हमती मा ज्ञान नेन्द्र राजालाई पनि २६ जना सभासद मध्य एक मा मनोनित गरेर नेपाल कै अन्तिम राजा र प्रथम राष्ट्रपती पनि बनाए पछी त राजाको सुरछित अवतरन हुन्छ नि!
अनी त्यस पछी पुष्पकमल दाहाल को राष्ट्रपती हुने पालो अैउछ ।
मन परे हरियो, नपरे रातो
0
0
यो के नाटक गरिरहेको नि ? पुरै उपत्यका नै निषेधाज्ञा जारीगरे भै गो नि ? गणतन्त्रको खुशीयाली सम्म मनाउन नपाउने हो त त्यसो भए ? लाछी सरकारले जनताले त्याँहा पुर्याएको बिर्षीए जस्तो छ । यो निषेधाज्ञाले बरु अनिष्ट ल्याउन सक्छ है ।
मन परे हरियो, नपरे रातो
0
0
गणतन्त्रको कार्यान्वयन हुने दिन नजिकिएपछि राजा ज्ञानेन्द्र छट्पटिन थालेका छन्।
नारायणहिटी छोड्न बाध्य हुनुपर्ने देखेपछि उनी आफ्ना अति विश्वस्त र निकट व्यक्तिहरुसंग आन्तरिक सल्लाह गर्न तथा नारायणहिटी छोडेपछि पनि सुरक्षित र सम्मानित जीवनका उपाय तथा सरकार सामू राख्ने अन्तिम प्रस्तावबारे टुंगोमा पुग्न अस्तिदेखि नागार्जुन दरबारमा बसिरहेका छन्। उनी जेठ १३ गते नारायणहीटी फर्कने र १४ गते प्रधानमन्त्रीसँग आफ्नो भावी अवस्थाबारेमा केही प्रश्न गरेर देशबासीका नाममा अन्तिम सम्बोधन गरी विदाई लिने तयारीमा रहेको दरबार उच्चस्रोतले बताएको छ।
उक्त सूत्रका अनुसार सहयोगी र शुभेच्छुकहरु राजालाई दरबार सजिलै छाड्न र नछाड्न दुवै सल्लाह दिइरहेका छन्। तर पनि राजाले के निर्णय लिने हुन् भन्ने कुरामा राजाका सल्लाहकारहरु नै अनभिज्ञ छन्। म यसै गर्छु भनेर राजाले कसैलाई पनि भनेका छैनन् दरबार छाड्ने मानसिकता भने राजा ज्ञानेन्द्रले बनाइसकेका राजानिकट व्यक्तिहरु बताउँछन्
JIT
मन परे हरियो, नपरे रातो
0
0
राम्रो कदम हो यो|
आखिर नेपालमा बिगत २ बर्षमा के भयो?
(१) धेरै भाषण
(२) बजार भाउ १०० % ले बृद्दि
(३) म जस्तो राम्रो कोहि छैन भन्ने सँस्कार
(४) म नेपाली हुँ को साटो- म माओबादी, त्यो काँग्रेसी, त्यो राजाबादी जस्ता बर्गिकरण
(५) मासिक ४० करोड भत्ता खाने खन्चुवा ६०१ को टोली
खास भन्ने हो भने यो २ बर्ष नेपालीले सपना देखेर नै बिताए | खाटबाट खसे पछि देख्छन यथार्थ |
जदौ!
तुम्बाहाम्फे, शालिग्राम
मन परे हरियो, नपरे रातो
0
0
होशियार,होशियार,होशियार,नेपाल आमाका छोरा छोरिहरू हो,
राजा,कांग्रेस,एमाले,माओबादी,तामलोप र बिचको झींगेबादीहरुको झगदले कतै नेपाल देश नै पो धराप मा पर्ने त हैन?भोली नेपाली हूँ भन्ने नै पो हराउने त हैन,बेलैमा बुद्धि नपुराए दुख पाउल नी नेपाली दाजूभाई दीदी बहिनिहरू हो, दक्षिण तिर बाटा भोकाएको सिंहा जस्तो भएर बसेका छन,जहिले नी हस्तछेयप गर्ने बानी दक्षिण एशिअमा,त्यसमाथि अमेरिका ले र अन्य खाओबादी,कर्मचारीहरु सबै, कुन दिन यिनिहरूले आफ्नो अस्तित्वा मेटाउन्छा शंकै छ बा भरोश भनेको कत्ती पनी छैन नेपाली नेता र कर्मचारीमा!पनी नजर गाड़ी रहेको छ,नेपालको दरबार देखि राजनैतिक पार्टीहरु जत्ती सबै भारत मुखी,राजा,कांग्रेस,एमाले,तामलोप,सामालोप,माओबादी,
मन परे हरियो, नपरे रातो
0
0
No body is bother to ask people whether they want monarchy or not. Every body basically our so called leader are eager to occupy narayanahity as if there fore father king mahendra have built the palace for them.
They should first draft a new contitution and discuss the issue whether they can remove the king by constituent assembly or go to people and seek referendum.
मन परे हरियो, नपरे रातो
0
0
म राजाबादी चाही होइन भन्दै कमेन्ट लेख्ने साथीहारु को कुरो चै अली चित्त बुझेन है मलाई। अब माथि म राजाबादी हैन भन्ने राजन जि कै अनुसार भन्ने हो भने पनि “यहाँ यदी कसैले राजतन्त्र बचाउछ भने त्यो माओवादीले मात्र सक्छ”भन्नु भयो यसको मतलब त साथी यो पनि लाग्दछ कि यहाँ यदी कसैले गणतन्त्र ल्याउछ भने त्यो माओवादी ले मात्र हो। त्यो पनि बुझ्नु पर्यो नि त। अनी अब जस्ले दसौ बर्ष राजातन्त्र को बिरुद्द र गणतन्त्र स्थापनाको लागि जनयुद्द लड्यो त्यसले तपाईं को प्यारो राजातन्त्रलाई कसरी जोगाइदेला र खोइ?मलाई त त्यस्तो हुन्छ होला जस्तो लाग्दैन।यस्तो अन्धो बिरोध माओवादीको तपाईं किन गर्दै हुनुन्छ त्यो त तपाईं नै जान्नु हुन्छ। तै पनि हुन सक्छ तपाईं राजतन्त्र को भबिस्य माओवादीले खतरा मा पारीदिय भनेर बिरोध गर्नु भयको जस्तो मलाई लाग्छ।
अब जहाँ सम्म निसेधआज्ञा जारी गरेको भन्ने कुरा छ त्यो त ग्रिह मन्त्रालयको मातहत र निर्देशन मा हुने र भयको कुरा हो। केही हद सम्म भन्ने हो भने यो निसेधआज्ञा जारी गरिनु जनधन को छ्यती हुन नदिन र कुनै उक्ष्रिखल गतिबिधिहुन बाट रोक्न ठिकै हो। तर पनि यसरी एक्कासी निसेधाज्ञा जारी गारिनु। दरबार मा ५ लाइन को सुरक्षा ब्यबस्था गरिनु,त्यस मा पनि भैरबनाथगण जस्तो युद्दकौसाल भयको भनियको कमान्डो फोर्स परिचालन गरिनु ले कतै कही गदबदी चै छ है जस्तो लाग्दै छ। आसा गरौ सबै दल एक भयर आउदो १५ गते गणतन्त्र धोसणा गर्नेछन र त्यसको कार्यन्वयन गर्ने बारेमा निस्कर्स निकाल्नेछन।
aasish
swiss
मन परे हरियो, नपरे रातो
0
0
Baldev Bhattaji,
You must be dreaming that Gyane will leave the palace. There is no chance that Monarchy will go out from the country. India and USA are already there for power sharing govt. and according to them the monarchy should be in Nepal for neutralizing power between communists and democratic forces. Don’t blame Girija. He is the only leader of Nepal. He is fighting against hardline communist and backed by monarchy somewhat to protect Nepal from being total communist country like N. Korea, Cambodia, Cuba, etc. Obviously, we don’t want to be pushed out 50 years back by Maoists. We need consensus among Democratic Forces, Monarchy and Communists. We need prosper Nepal, no bloodshed. We should praise BP Koirala’s Milijuli Policy. He was the only guy who had VISION to build new nepal where every power could stay. Even though we hate Gyane (Nailless/Teethless Tiger), we have to keep him powerless for 20-30 more years for country’s sake. This is the bitter truth every sensible Nepali should understand.
Tirtha
If you need political consultation, please contact me below.
USA – 956-476-9990
मन परे हरियो, नपरे रातो
0
0
पृथ्वी नारायण शाह ले २२,२४,राज्य लाइ एकीकरण गरेर एउटा सिंगो नेपाल बनाएको कुरो त सांचो नै हो भन्नु परेयों, तर एकीकरण गरेर एउटा सिंगो नेपाल बनाएको हो भन्दैमा उसको संतान्हरू राज्यको राजा भएर बसे पछि
मनपरी गर्न पाइन्छ र राजा ले त आफू त्यस्तो सुख सयालमा बस्ना पाए पछि देश र जनता को भलो र हीतको लागी सोंच्नु पर्द थियो,त्यों किन हुन सकेना, के राजा भयो भन्दैमा अधिकारलाई दुरुपयोग गर्ने,
१)पंचायत कालमा त्रिभुवन भंसार कार्यालय ले समातेको टनको टन सुन देखी नून सम्मा कस्को गोदाममा छिरयो?
२)गरीब जनताले १२,१३,रोपनी जग्गा पनी राखनलाई डर बोक्नु पर्ने,आफू र आफ्ना भरौटेहरुले चंही लाखौ बिगा जमीन राखना मिल्ने यों कस्तो भुमिसुधार नियम हो!
३)राजा र राजाको छोरा हो भन्दैमा जतासुकै बंदूक बोकेर गोली चलाउना मिल्छा!
४)राजा हूँ भन्दैमा दरबार भित्रका भारौटेहरु मार्फ़त राज्स्वल्ला नभएका उमेर नपुगेका जन्ताका छोरी चेलिबेटी लाई दरबार भित्रल्याई डर र त्रास देखाई करणी गर्न मिल्छ!
५)राजाको छोरा भनेको भाबिस्यको राजा हो,के भाबिस्यमा राजा हुने को बानी ब्याहोरा चंही जांड रक्सी खायेर जता पायो त्यतई गाड़ी र गोली चलायर निर्दोष जन्ताहरू मार्दै हिड़ने!
६)देशको सैनिक,जनता र देशको सुरक्क्षा को लागी हो की,दरबारको सुरक्ष्को लागी हो,के? सिंगो नेपाल चंही दरबार मात्र हो र यदि हो भने भन्नु केही छैन,
७)दरबारले देश र जनता को लागी भलो चित्ताई दिएको भये किन त्यती धेरै सैनिकले सुरक्षा दिनु पर्थियो त
८)यदि राजाले देशमा राजा भएर बस्ने हो भने समय र परिस्थिति अनुसार कदम चाल्न जान्नु पर्छ,साशन
चलाएको छू भन्दैमा अरौटे भारौटे राखेर मनपरी गर्न पाइन्दैन,
९)त्यसैको परिणाम हो आजा देशमा जनता ले चाही रहेको परिवर्तन नया नेपालको निर्माण,
मन परे हरियो, नपरे रातो
0
0
yo kadam ekdum ramro ho kina bhane nepali haru lai cufew nalagaikana andolan garda rasabari ma chini nabhako jasto huncha.
मन परे हरियो, नपरे रातो
0
0
प्रदर्शनको वरपर बब्बनसिंहहरू हुन सक्छन् । सावधान !
——————————————
अब नेपालमा गणतन्त्र नआउने जस्तो पो देखियो त ? कतै दुइवटा G (ज्ञानेन्द्र र गिरिजा) मिलेर अर्को G (गणतन्त्र)लाइ निमिट्यान्न पार्न खोजेका त होइनन् ? होइन भने यति साह्रो कडाइ किन नि ? कतै जनप्रदर्शनमा घुसपैठ गराइ अप्रिय घटना घटाएर सबैकुरा डिसमिस गराउने षड्यन्त्र त होइन यो ? प्रदर्शनको वरपर बब्बन सिंहहरू हुन सक्छन्, त्यो दिन सबै जना चनाखो हुनु जरूरी छ ।
मन परे हरियो, नपरे रातो
0
0
राजा फल्नु पर्छ भन्ने तर्काबिरहरु के गर्दै हुनुन्छ!मओबदी को लगौटिमा दुला हरु पर्दैछन साथीहो यथरथ लाई मनन गर्न सिकौ ।मरेको बघ को जुङा उखेलेर केही हुँदैन।मा राजाबदी चाँही हैन तर यथराथ बदी चाँही पक्कै हो ।जदौ ,नेपाल को जय होस् /
Kansas
नबिन
मन परे हरियो, नपरे रातो
0
0
बल देव भट्ट,
के को गिरिजालाई मात्र दोष । सरकारमा त माओवादी पनि छ ? अनी अर्को कुरा माओवादीले कसरी राजा हटाउन सक्दो रहेछ ? हेर्दै जानुहोला । म राजावादी होइन, तर मेरो भित्री मनले के भन्छ भने राजा त्यतिकै हट्ला जस्तो लागदैन । राजाले कुनै न कुनै शर्त माओवादीलाई राखिसकेको छ । माओवादीलाई अहिले सत्ता चहियको छ, राजासँग मिल्न परे पनि मिल्छ । तेसैले यहाँ कसैले राजा जोगाउछ भने त्यो माओवादीले मात्र हो ।
मन परे हरियो, नपरे रातो
0
0
There is no reason why king will not go?The republican nepal is imminent.
मन परे हरियो, नपरे रातो
0
0
एत्रको गणतन्त्र यहाँ यि अदेश् ले त सरकार माथि नै शन्ख लाग्न थाल्यो तै पनि हेरुम एत्रो दिन त कुरे जनताले अब केही घण्टा कुरन कत्रो कुर हो र होइन त ? कि कसो ? मित्र हो तपाईंहरुलाई जे लगे पनि मलाई चै सन्खै लगेको छ
बिकास गुरुङ
मन परे हरियो, नपरे रातो
0
0
There may be two reasons for this.
1- The masses of people that are going to congregate in Kathmandu may want to see inside the palace.
2- The King is not going to leave the palace and the Nepal Army (Former Royal Nepalese Army) will forced to protect him if attacked by the irritant mob.
मन परे हरियो, नपरे रातो
0
0
If these present political parties are wise they should not be abolish the monarchical system. To existed of Nepal was only possible by great king Prithvi Narayan Shah. These political parties should see the historical events then they will know how Nepal was unified modern Nepal. Nobody has right to hate and abolish the monarchical system.
One day every one should die. We should follow the BP’s path as Melmilap policy.
मन परे हरियो, नपरे रातो
0
0
This prepn. shows there will not be Republic in Nepal.This arrangement is made according to plan of Seven party alliance.
I am sure Nepal will remain KONGDOM OF NEPAL.
Rabin
मन परे हरियो, नपरे रातो
0
0
This type of curfew will prove that the GP Koiral is still protecting the King Gynendra and his Power. the days of first CA meeting should be wild and full of ecstasy to celebrate the day of New Nepal’s future and Republic day. The entire Nepaese communities around the worl are waiting for this day and the Goverment is mocking at them. If the people’s verdict is not fulfilled, the King should be kicked out from Palace by people’s force, so what is the use of this curfew? Its unacceptable to any neplai sensible people.They will go in street and demonstrate aganist it.
Baldev Bhatta
Singapore
+65-82311151
मन परे हरियो, नपरे रातो
0
0