सरकारले आज एउटा अर्को गजबको निर्णय गरेको छ। अहिले साँझ अबेर बसेको मन्त्रिपरिषद्को बैठकले ज्ञानेन्द्रकी आमा रत्न राज्यलक्ष्मी शाह (पूर्व राजा महेन्द्रकी पत्नी) र ज्ञानेन्द्रकी हजुरआमा सरला (पूर्वराजा त्रिभुवनकी भित्रिनी) लाई नारायणहिटी परिसरमा नै बस्न दिने निर्णय गरेको छ। रत्नले आफ्नो स्वर्ग (कि नर्क ?) वासी पतिको नाममा रहेको महेन्द्र मञ्जिलबाट ज्यान जाला हटदिनँ, हटाइयो भने झुण्डेर मर्छु भनेर घुर्की देखाउन थालेपछि भावनात्मक विषय भन्दै त्यस्तो अनुमति दिएको हो।
यो निर्णय कसैलाई राम्रो लाग्ला, कसैलाई नराम्रो। सबैको आ-आफ्नो धारणा हो। तर मलाई भने पटक्कै चित्त बुझेन। भावनाको कुरा गर्ने हो भने त गणतन्त्रका लागि ज्यान दिने सहिदहरुको भावनाको चाहिँ कदर गर्नु पर्दैन ?
अझ अचम्मको कुरा त अघि भर्खर मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गर्दा खुब गणतन्त्रवादी चर्का कुरा हाँक्दै हिँड्ने माअोवादीका मन्त्रीहरुले समेत टाउको हल्लाएछन्। मात्र एक जनाले यसको विरोध गरेछन्, तिनी थिए स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल।
राजपरिवार पूरैलाई नारायणहिटीबाट विस्थापित समेत गर्न नसक्ने नेताहरुले के गणतन्त्रको धमास दिँदै हिँडनु ? पूर्वराजालाई त ठूलो दरबारबाट निकालेर अर्को सानो दरबारमा लगेर राखे राखे, नारायणहिटीलाई समेत पूरा खाली गर्न सकेनन् यिनीहरुले। अनि साँच्चै, यो हैसियत नभएको अन्तरिम मन्त्रिपरिषद् जुन स्वयं टिके हो र चाँडै नै भंग हुँदैछ, त्यसलाई यस्तो निर्णय लिने अधिकार कसले दियो ? हामीले संविधान सभामार्फत् आफ्ना प्रतिनिधिहरु पठाइसकेका छौँ। यो संविधान सभाको काम संविधान बनाउने मात्र नभई यसले संविधान नबनुन्जेल अन्तरिम व्यवस्थापिका अर्थात् संसदको पनि काम गर्छ। हिम्मत छ भने सरकारले यो प्रस्ताव संविधान सभाबाट बहुमतबाट पारित गरेर लागू गरेर देखाअोस्। गणतन्त्रका पक्षमा मत दिने मतदाताहरुको यसरी अपमान नगरौँ।
को हुन् अझै दरबारमा बस्ने ?
दरबारमा अझै बस्ने अनुमति पाएका दुई जना राजपरिवारका सदस्य हुन् ८० वर्षीया रत्न र ९४ वर्षकी सरला। रत्न पूर्व मुमा वडामहारानी हुन्। निर्वतमान राजा ज्ञानेन्द्रका पिता महेन्द्रले आफ्नी पहिली पत्नी इन्द्रको मृत्युपछि आफ्नै साली रत्नसित बिहे गरेका थिए। भनिन्छ, रत्न एकदमै जिद्दी स्वभावकी छिन्। उनले वर्तमान प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई पटक्कै रुचाउँदिनन्न। कोइरालालाई उनी पिलन्धरे बाहुन भनेर हेप्ने गर्थिन् रे।
राजदरबार हत्याकाण्डका बारेमा जानकारी पाएपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सैनिक अस्पताल पुगेका बेला उही ‘मुमा वडामहारानी’ रत्नले उनलाई देख्नेबित्तिकै “यो पिलन्धरे बाहुनलाई यहाँ कसले आउन दियो ? तुरुन्त सैनिक क्याम्पमा लगेर थुनिहाल” भनेर भनेका रहेछन्। पुस्तकमा दावी गरिए अनुसार रत्नको आदेश शिरोपर गर्दै प्रधानमन्त्रीलाई सेनाले दुई घण्टासम्म ब्यारेकमा लगेर एक्लै थुनेर राखेछ। थप जानकारी यहाँ छ।
९४ वर्षकी सरला देवी मानन्धर (शाह) भने पूर्व राजा त्रिभुवनकी दर्जनौँ भित्रिनीहरु मध्येकी एक हुन्। ‘रक्तकुण्ड’मा लेखिए अनुसार मखन घर भएका अहिलेका चर्चित प्रोफेसर तीर्थराज मानन्धरकी नातेदार हुन् सरला। त्रिभुवन सानै छँदा नाचगानका लागि सरलालाई दरबार भित्र्याइएको थियो। वैंसमा अत्यन्तै राम्री सरलालाई उमेरमा निकै कान्छा भए पनि त्रिभुवनले मन पराएपछि भित्रिनीका रुपमा दरबारमा बास हुन थालेको हो। त्रिभुवनले उनलाई महारानीको अ पचारिक मान्यता नदिए पनि मानसम्मानमा कुनै कमी थिएन। शंकरदेव क्याम्पस अगाडिको हाल कुमारी बैङ्क रहेको घर सरलाको माइती घर हो। उनलाई सन्तान जन्माउन दरबारले प्रतिबन्ध लगाएको थियो। एक पटक तीन महिनाको गर्भ रहँदा पनि दरबारले तुहाउन लगाएको रहेछ। किनभने भित्रिनीहरुबाट सन्तान जन्मिएमा समस्या हुन्छ भन्ने मान्यता दरबारको थियो। त्यतिबेलादेखि उनी सँधै दुःखी रहन्थिन् रे।
सरलाका बारे दरबारमा उपचारका लागि आएकी युरोपेली चिकित्सक एरिका लुकट्यागले लेखेको त्रिभुवनकी एरिका पुस्तकमा पनि उल्लेख छ। त्रिभुवन जीवित छउञ्जेल उनको दरबारमा निकै मानमनितो रहेछ। अनौपचारिक समारोहहरुमा महारानी पछिको स्थान उनको हुन्थ्यो। तर पतिको मृत्युपछि महेन्द्रले उनलाई मन नपराउने भएकोले उनको त्यति वास्ता गरिएन। महेन्द्र गद्दीमा बसिसकेपछिको एउटा अनौपचारिक कार्यक्रममा सरलाको उपस्थिति देखेपछि महेन्द्र निकै कडकिएछन्। आमाहरुले सम्झाउन खोज्दा पनि नमानेपछि सरला रुँदै खोपिभित्र पसेका थिए रे। दुई तीन दिनसम्म खोपीबाट ननिस्की केही नखाई बस्नुपरेको थियो रे सरलाले। महेन्द्रको जीवनकाल भर सरलाले अपमानित जीवन जिउनु परेको थियो।
देशमा गणतन्त्र घोषणा भइसकेपछि ९४ वर्षकी सरलाले आफू आफ्नो वासस्थान छाडेर जान नसक्ने जानकारी प्रधानमन्त्रीलाई गराएको बताइन्छ।
No related posts.









मलाई लाग्छ कि अब फेरी बस्ने मन्त्रिपरिसद्को बैठक्ले हामीले भाबनात्मक रुपमा सोच्दा पूर्व राजालाई पुन राजा घोसित गरेक छौं भनी आउन सक्छ जस्तो मलाई लाग्छ किनकी नेपालका धेरै सम्सदहरु भाबनामा रम्न शिवहे अरु के जनेक छन र ? एउटा राज्यको मग तथा तमाम मुक्तिकामी जनतको बलिदानले आज यो अबस्थामा पुगेको छ तर अझ पनि घैटामा कहिले घाम लग्नेहो कुनी हेर्न बाँकी छ ।
एक राज खनाल
लम्जुङ चक्रतिर्थ
हल अष्ट्रेलिया
मन परे हरियो, नपरे रातो
0
1
साथीले लेखेको लेख मलाई निकै राम्रो लाग्यो । अझ राम्रो हुन्छ यदि तपाईले हामीलाई ज्ञानेको ईतिहासकोबारेमा पनि जानकारी यस मार्फत दिनुभयो भने ….. आशा पनि छ । आगामी दीनहरुमा हामीहरु लाई अझै बढि जानकारी उपलब्ध गराउनु हुने छ ।
मन परे हरियो, नपरे रातो
1
0
Hoina, yo Rajan ra phul bhanne Jantu haru darbar batai bhatta khane garthe ki Kya ho?
Yedi, Maobadi haru pani darbar dine kura ma samarthan garera khusi bhaye ka hun bhane aba patan ko din ganna suru gare hunchha. Baru Giriraj le ramro garechhan, Yeuta Girija darbar dine arko Giriraj Na dine. Tapai sathi haru ke Bhannu hunchha ke aba pheri Rajtantra lyaune ho? tyo Rajan bhanne lai thaha pani rahena chha ki kya ho 13000 ma kati manchhe maobadi le maryo ra kati manchhe Gyane ko sainik le? ani kati Nirdos gaule lai Kangres le sena pathayera maobadi ko nauma maryo, balatkar garyo, thaha chha ki chhaina tyo Rajan and compani haru lai?
sacha Nepali bhayera bhujhe hunthyo ki?
AAti saro na bigrinu aafai pani ra andha bhayera badmas neta lai pani samarthan garnu thik chai hoina.
Dhanybad hai
Dinu
USA
मन परे हरियो, नपरे रातो
0
1
We are fighting for “space.” World is fighting for space and who hates space? read about space, spiritual relation and fluidity of politics.
मन परे हरियो, नपरे रातो
0
0
गिरिजा ले cabinet मा प्रस्ताव गरे, यि दुई बुढी हरु संग्रालय् मा राख्न ठीक छन त्यसैले कित यि बुढी लाई त्यही बस्न दिउ नत्र !!!
महरा:नत्र केनी
कोइराला: सरकार ति दुई मरे पछी मात्र दरबार छोडि वकशिन्छ अनी republic लागु गर्ने!
महरा: लौत प्रचन्ड PM भये पछी हटाउला
मन परे हरियो, नपरे रातो
0
0
aba yo neta haru le des bechain…..
मन परे हरियो, नपरे रातो
0
0
next cabinet decision:
Gyanendra can stay at narayanhiti palace and will be head of state until GPK is accepted as next president otherwise NC and UML will revive the republic declaration and constitution of 1990
मन परे हरियो, नपरे रातो
0
0
माथि ‘भाबनात्मक कुरालाई कुल्चदा हाम्रो पिढिलाई उदाहरण दिन सकिने उदारता को नमुना नभेटिन सक्छ भन्न् खोजेकी थिय ।
मन परे हरियो, नपरे रातो
0
0
कतै माओबादी को भाबनात्मक सम्बन्ध दरबार सँग त छैन ?सतर्कता अपनाउ है YCL !!!! नत्र k ho k also YSN AND TSN
मन परे हरियो, नपरे रातो
0
0
झुन्दीने मान्छे ले म झुन्दीन्छु भनेर कै भन्छ । यो त धम्की ,घुर्की हो । अब रह्यो भाबनात्मक कुरा ,गरीब जनता र सहीद हरु को भाबनात्मक कुरा लाई सामन्ती सोच भएका दुई जना को भाबना ले लत्त्याइदीने ? खबर्दर नेता हो !!!तीनी हरु लाई सडक मा नै बस्न त पर्दैना होला नी ? नेता भनाउदा हो गल्ती गरेउ है !!!!!!!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
साला देशद्रोहीहरु,
इंडिया ले दिनाहू हजरौं जमीन मिच्दैछ, केही बोल्न सक्दैनाऊ, राजपरिवार ले आफ्नो जिंदगी बितायर मर्ने बेलामा भाबनात्मक रुपमा जोदीयको घर छोड्दीन भन्दा ताउको दुख्यो, साला इंडियन दलाल,
तिमिहरू लाई आफ्नो घर छोदनू पर्यो भने कस्तो हुन्छ ? सक्ती छ इंडिया को बिरोध मा लिखने?
मन परे हरियो, नपरे रातो
0
0
हरिस्केश जि !
सचेत गराउन सछ्यम तपाईंको कबिता लेख्ने शैली बेजोड छ । शब्द सुद्द भाईदिय अझ निखार देखिन्छ । ( हुन त मलाई पनि आउँदैन त्यती शुद्द बनाउन त )
रह्यो अहिले को यो किचलो रत्न मन्जिल को कुरा । डा डा माथि को घाम भाईसक्नु भयकाहरुको लागि यती उदार हुनु मानबिय कर्त्ब्य भित्र पर्च । जिबन त यही गुज्री यो नि बहाहरुको । नातापाता भन्ने कुरा त्यस्तै हो ,झन शक्ती र सम्पत्ती को लागि हारालुछ हुने बर्ग मा त्यो अझै गार्हो कुरा हो । यस् अर्थ मा बुझ्दा मन मा रोस नलिय हुन्छ ।
भाबनात्मक कुरा लाई कुल्चदा हाम्रो पिढी लाई उदाहरण दिन सकिने उदारताको
मन परे हरियो, नपरे रातो
0
0
एक पटक वाइ सि एल लाई निर्णय गर्न लगाउनु पर्यो । त्यस पछी मन्च मा उज्यालो अनुहार देखिन्छ कि ? कसो हो ?
मन परे हरियो, नपरे रातो
0
0
रबीन ओलीजी,
भर्खरै बसेको मंत्री परिषद्को बैठक्ले तपाई लाई डेनमार्कमा तपाई बस्नु भएको होस्टलको साथी सम्पूर्ण शहर नै केहि समयको लागी तपाईलाई दिएको छ.राम्रोसंग भोगचलन गर्नुहोला.धन्यबाद.
सचिब
मंत्री परिषद् सचिवालय
मन परे हरियो, नपरे रातो
0
0
बुबा ज्ञानेद्र
अर्जाई दिएको मुलुक
तपाईहरुको मनपरक चल्नु जक्जाहेर छ
गरिदिएकई हो नामसारी तपाई हरुलाई
गर्नुहोस धित्मरुन्जेल मनोमानी
जे लाग्छा त्याही गर्नुस
उफ्रिनुस, नाच्नुस, गाउनुस, बाझ्नुस, जुझ्नुस
होइन….
एक आपस्मा चलाउनुस छुरा
जाबो,
हामी संग के लाई
१८ धातु ३६ भिरुंगी कुरा
मन लाग्यो
दिनुभो
सुस्ता माग्यो सुस्ता
टनकपुर माग्यो टनकपुर
अनी महाकाली
उपद्रो नि कती
कहिले ह्या… कहिले… ट्या
तपाईहरुको रूप रंग नि छेपारो पति
तपाई को
ठुला ठुला कुरा माँ मरी दीदा
तपाई को
भारिएको आँखाले
खाएको कसम
बिर्स्से छी
मिली-मिली खेल सहिद्को मृत्यु माथी
अनित मिलेरै
बुबा लाई नागार्जुन दिनु भो
सहेकै थियौ
अब-अब
शहीदको बिस्कूनमा ठडिएको महल माग्यो
त्यों नि
चढाई दिनु भो
तापैहरू को हजूर मुमा लाई ?
निति नियम संग भावनात्मक सम्बन्ध हुन्न रे
पूर्व मेची पश्छिम महाकाली रोएको छ
उतर अगला हिमाल देखि मधेश हरिया फाट पoलिएको छ
गाऊ श्रीमान को खोजी
बस्ती छोरो-छोरी को
पुरिएको छ भाईटिका चेलीको
जमरा सुकेको बुबाको
भुल्नुको नि शिमा हुन्छ
खबरदार दयावन्ते हरु हो खबरदार !
यो सौतेनी छोरोको आँगन टेक्नुहोला !
मन परे हरियो, नपरे रातो
0
0
This is not how a people’s govt should function!
Narayanhiti must be empty completely.
Looks like people need to come out again!
Beware!
मन परे हरियो, नपरे रातो
0
0
होइन एउटा कुर अचम्म लागिरहेछ मलाईत यो संबिधान सवा ले गरेको निर्णय लाई यो टिके मन्त्रिमन्डल्ले कसरी फेर्ने दुस्सहस गर्यो ? अनी नयाँ निर्णय गर्नुपरेपनी संबिधान सबा बाटइ गर्नुपर्ने होइनर ? यो मैले नबुझेको कुरो कसैले बुझाईदिनु हुन्थियोकी साथीहो ? लौन प्लिज
मन परे हरियो, नपरे रातो
0
0
लौ अरु जे भये पनि माओवादी चै गणतन्त्रबादी होला भन्ने लागेको थियो; अस्ती ज्ञानेन्द्रलाई दरबार दिने भन्दा पनि पुष्प दाइले पनि टाउको हल्लाएर समर्थन गरे रे; अहिले आमा हजुरआमालाई दरबारमै बस्न दिने भन्दा पनि चुपचाप! अब भोली आमा हजुरआमाले हाम्रो छोरा नातिको नियास्रो लाग्यो यतै बोलाइदेउ भन्लन; फेरी ज्ञानेको बुढीले मेरो बुढोको शिरमा श्रीपेच देख्दा नराम्रो लाग्यो भन्लिन; एस्लाई पनि भाबनात्मक कुरा भन्दै नेताहरुले ज्ञानेलाई गद्दिमा राखेर दाम चढाउलान।
मन परे हरियो, नपरे रातो
0
0
hello
everyone,they two old ladies 84, and 94 years how much more year they can live so it will be better to let them stay there untill their life,after that it automatically goes to government. You ex- king did worng we can’t blame to these two old ladies so as a simple human think and allow them to stay for their life after that not allow to ex king.
ranjan rumford
मन परे हरियो, नपरे रातो
0
0
These bloody sucker SHAHs should be sent to jail for what they did in the past. Why dont these idiot leaders learn from the ROYAL MASSACRES and KOT PARBA, BHANDARKHAAL PARBA and so on. THey can do anything to remain in power. These leeches must be kicked out confiscating all they have with them.
मन परे हरियो, नपरे रातो
0
0
It is totally nonsense and illogical decision made by current cabinet…. Their decision have insulted the sacred sacrifice of our great martyrs…
No pure republic people should allow this to happen… In my opinion, no trace of monarchy should exist in NEW NEPAL….
मन परे हरियो, नपरे रातो
0
0
नारायणहिटी राज दरवार राजालाई नै दिएको राम्रो ,नत्र भोली राजा ज्ञानेन्द्र बीरेन्द्र महेंद्र आदिका भूतले प्रत्येक रात एउटा नेपालिको बलि चडाउनु पर्ला , त्यों दरवार राजाहरुको आत्मा संग जोडिएकोछ बेकारमा किन निर्दोष नेपालिको ज्ञान जोखिममा पार्नु | राजाको अधिकार खोसी सक्यो किन अब त्यों एउटा दरवार खोसेर नेपाल स्वीटजर ल्यांड हुने होइन क्यारे ,,, एउटा भनाई छ नि , आमाको दूध चुसेर न भए पछि के बाउको घुडा चुसेर हुन्छ त ?????
मन परे हरियो, नपरे रातो
0
0
******* मलाई त यस्तो लाग्यो ********
################################
सरकारले नारायणहीटी दरवारलाई ऐतिहाँसिक संग्रालय बनाउने घोषणा गरिसकेको अवस्थामा रत्न र सरलालाई नारायणहीटीमा नै राख्ने निर्णयले उक्त संग्रालयलाई ऐतिहाँसिक नमूना संग्रालय बनाउन नेपाल सरकार जिम्मेवार भएको छ भन्ने देखाउँछ | अब चाँडैनै ज्ञानेन्द्र, कोमल, पारस लगायत सम्पूर्ण ऐतिहाँसिक महत्व राख्ने ‘वस्तु’ हरुलाई समेत नारायणहीटी संग्रालयमा संग्रहित गरेर नेपाल सरकारले नारायणहीटी दरवारलाई ऐतिहाँसिक महत्व को संग्रालय बनाउने आफ्नो प्रतिबद्दतालाई पुरा गर्नेछ भन्ने मैले अपेक्षा गरेको छु |
मन परे हरियो, नपरे रातो
0
0
लुना जी !
कविता तपाई भीत्र खोज्नुपर्छ, मेरो त त्याही बाट यसो कसैले देख्लाकी भनी चुस्स चोर्नेकाम मात्र हो, धन्यबाद !
मन परे हरियो, नपरे रातो
0
0
नेपाल का नेता ले त देश लाई तरकारी बजार नै बनाय बा !!! हाम्रा नेता हरु को बुद्धी कहिले आउछ। हे भगवान तिमी ले नेपाल क लागि मात्र यस्ता काम नलाग्ने नेता किन पठाउछौ।
मन परे हरियो, नपरे रातो
0
0
यम् जी
भाबना भयेन भने मानिस पशु समान हुन्छ झै लाग्छ |तेसैले देस चल्छ नै भाबना बाट नात्र भाबना न भये तेत्रो जन सेनाले ले के को लागी आहुति दिए?देश प्रति को भाबना /नेता प्रति को आस्था,भाबना ?
तेत्रो डिक्टेटर को भासा के का लागी?
येसो गारे येसो मात्र हुदैन मित्र ?येसो गारे तेसो पानी हुन्छ कहिले काही ?
न रिसाउनु होला !
मन परे हरियो, नपरे रातो
0
0
यो वेब साईट राजा बिरोधी ले मात्रै चलाएको जस्तो छ , अब राजा पनि गयो प्रचन्ड को गुणगान गाएर चल्ला जस्तो छैन ।।।। राजाको पक्ष मा लेख्यो कि delete गरिदिने रैछ रीपब्लिक भएर होला
मन परे हरियो, नपरे रातो
0
0
Aishwarya If you write comment like this please try not to mention you are in usa . Usa is a country of human rights, not the country of Maoist.
मन परे हरियो, नपरे रातो
0
0
यो सरकारको एकदम सुझबुझपूर्ण निर्णय हो । घर भनेको ढुङ्गा, माटो, इट्टा आदी बस्तुको भौतिक सम्रचना मात्र नभै मान्छेको भावनात्मक सम्बन्ध पनि गासिएको वस्तु हो । तेसैले लामो समयसम्म बसेको ठाउँ छोड्ने कुरा त्यती सजिलो हुँदैन । चाहे त्यो छाप्रो होस् वा ठुलो महल । मानवताको नाताले पनि तत्काल उनिहरुलाई त्यहा बाट निकाल्नु हुँदैनथ्यो ।
मन परे हरियो, नपरे रातो
0
0
गणतन्त्र आयो भन्दैमा मानबियता नहराउँ|
१३००० नेपाली मार्दा त बाल मतलब छैन है|
हत्यारा समुहका नाईके प्रचण्डलाई कुनै कानुनले छुँदैन |
यहि हो नयाँ नेपाल |
मन परे हरियो, नपरे रातो
0
0
aishawrya, do you have any heart and soul? to talk like that about two elderly old ladies who have done nothing wrong other than getting married by force (in Tribhuvans wife).
Also they are not staying in the main Palace “Raj Durbar”. They are just staying in two of the several several buildings inside the Palace compound. What is wrong with that specially when there is no significance of the Royal palace as such that there is no “Royal Palace” now.
मन परे हरियो, नपरे रातो
0
0
Well, king did the drama and innocent women suffers.
She need to file the lawsuit against the republican in supreme courta and court has to give the fare order. rule of law.
otherwise, prachanda ko monkey court nai thik hola.
मन परे हरियो, नपरे रातो
0
0
होइन के कुरा हो यस्तो?भुपु राजालाई नारायणहिटी दरबार बाट निकाल्ने भयो भनेको त झन ज्ञानेद्रको परिवारलाई त एक एक गरेर दरबार नै पो अंस दिनु थालयो जस्तो छ।यो सरकार त गणतन्त्र होइन “गांणतन्त्र”सरकार भयो।यस्तो नौटङ्की गर्ने हो भने किन त्यो दरबारहरुलाई कागजी रुपमा राष्ट्रियकरण गरेको हो त?
मन परे हरियो, नपरे रातो
0
0
होइन यो रत्ने लाई किन दरबार मा बस्न दिएको होल । खुरुक्क एउटा ब्रिद अश्रममा लगेर नथन्क्यएर
झुन्डिर मरे मर्छे ।
कमसे काम आफ्नो पती महेन्द्र सँग त भेट होला
ए नेता हो हात्ती चिर्यो पुछर अड्क्यो नि !
मन परे हरियो, नपरे रातो
0
0
Maoist ka Andha bhakta haru,
We shoull not forget that the decision was taken by “Cabinet” not by “Girija” and cabinet comprise of major all parties, including Maoist. So, how come you all guys blame Girija for this? if maoist has no agreement on this issue, they must Objet it.
Shame on you all who write comment below the level of huminity about any body
मन परे हरियो, नपरे रातो
0
0
(यदी सत्य हो भने) मेरो बिचार मा यहाँ आयर माओवादी ले गम्भिर गल्ती गर्यो। मलाई किन यस्तो लाग्दै छ कि माओवादी बिस्तारै बिस्तारै काङ्रेस र एमाले ले फिजायको जाल मा फस्दै छ र जनमत भुल्दै छ। १० बर्ष भीषण जनयुद्द लडेर आयको पार्टी ले यस्तो भाबना को कुरा गरेर ति महान सहिद परिवारको आलो घाउमा नुन छर्कने काम गर्दै छन। किन किन मलाई अझै पनि विश्वाश हुन सकेको छैन कि यो सबै कुरा मा माओवादीको सहमति छ।
aasish
swiss
मन परे हरियो, नपरे रातो
0
0
Nitya nandjee,
Tapai “Prachanda ko hanuman” ki “Gyane ko Bhakta” Chuutyawun garho bho. Euta kua pakka bhanna sakchhu ma “Tapai ma rajnitik chintan ra bislesan chamata ko sarhai abhab dekhinchha (maph garnu hola, ma afulai pani janne pakkai thandina)”.
Tapai ko comment haru padhda tapai ma kunai rajnitik chintan wa bislesan garnu bhanda pani “Girija phobia” po dekhiyo. Na bhaye yo blog ma tapai ko comment katai fit bhayen jaso lagyo malai ta.
Hunata jalai pani je lekhna chhuta chha kyare…
मन परे हरियो, नपरे रातो
0
0
भावनाआत्मक सम्बन्धले राष्ट्र चल्दैन विधान र् नितीले चल्छ। भावनाले गरिबको भोको पेट् भरिदैन। शहिद् हरुको सम्मान् हुदैन। भवना भावना नै हो। गरिब देश्का पुर्व अरबपति राजाका नतेदारले दरबार् तुरुन्तै छोडनु पर्छ। जनान्दोलन् र् जनादेश् सङ्ग खेलबाड् गर्न पाईदैन। टिके सरकार् र यस्का नेता तथा टीके मन्त्री हरुलाई यो कुरा थहा हुन पर्छ।
मन परे हरियो, नपरे रातो
0
0
भाबनात्मक सम्बन्ध खास गरी भुतपुर्ब मुमा महारानी र जिजु मुमा रानी मा हुनु स्बभाबिकै हो । बहा हरुको आफ्नो भन्ने को नै छ र ! बाहेक त्यो महेन्द्र मन्जिल । उमेर को हिसाब ले पनि डा डा माथिको घाम भाईसक्नु भयको छ बहाहरु ।
जिजु मुमा त बिचरा के नै पो गर्न सक्नु हुन्थियो र !
भुतपुर्ब मुमा महारानी बाट कतै केही सड्यन्त्र गर्ने लाई सहयोग पुग्ने हो कि भन्ने ड र हो तर पनि अब त्यो सम्भब देखिदैन किनकी जनता नै सर्बशक्ती मान भयको देश मा यस्तो सोच्नु कहाली लाग्दो कुरा हो भन्ने त ईतिहास भोगेका लाई थाहा नहुने कुरै भयन ।
तैपनी यहाँ नेपथ्य मा खेल हरु भाईरहने हुनाले पिर्तु हुन लागि सक्नु भयको मुमा हरुको आड मा कसैले सड्यन्त्र गर्ला कि भन्ने चिन्ता हो तर त्यो पनि अब त सम्भब देखिदैन किनकी जनता को आँखा अब आखिझ्याल चिहायर होइन ढोका खोलेरै भित्र पुगिसकेको छ ।
मन परे हरियो, नपरे रातो
0
0
मलाई त ज्ञानेको बज्यै र आमा गनतान्त्रिक सरकारले घोषणा गरेको नारायणहिटी मुजियम बाट नबहिरिने कुरा एकदम सहि लाग्यो किन भने त्यो मुजियममा छ नै के ? भए भरको सबै पुरनो समान त ज्ञानेले रात रात निर्मल निवास तिर सारी सकेकोछ । मुजियम भनेको पुरानो समान हरु हेर्न जाने ठाउँ हो । त्यसैले ज्ञाने को बज्यै र आमा लाई मुजियममा राखेर त्यो मुजियमको इजेत जोगाउनु होला अरु त के नै छ र त्यहा ?
हेर्ने चिच ? अज गिरिजालाई पनि मिसाएर राखी दिए सब भन्दा वेष्ट हुन्थ्यो।
यो मेरो व्यग्तिगत बिचार हो। तपाईं हरुलाई कस्तो लाग्छ मलाई मेल गर्नु होल।
jittamu@hotmail.com
Jit Gurung
Belgium
मन परे हरियो, नपरे रातो
0
0
I am not surprised on the decision taken by goverment. Letting two elderly ladies who are waiting for kaal to stay at one part of palace is not so big deal. Yah if Gyanendra could have asked to stay there and cabinet would do that decision on his favor then its not justified but this case is totally genuine.
Nepali sathi bhai ho comment ta gara tara ati badhi garnu pani thik hudaina. sabai kura closely watch garne ramro ho. comment pathau taki neta haru le ramro buddhi liun yo hoina ki neta haru ko bigreko buddhi ajhai brasta garne. rastra premi hunu dherai ramro kuro ho tara moral value samet bhaeko rastra premi euta ramro nagarik ho jasto lagcha malai. tapai hamile yasto kura garera hamro bholi ko generation lai ke path sikaundai chaun hamile?
Sanju from Seattle, USA
मन परे हरियो, नपरे रातो
0
0
सर्सर्ती हेर्ने हो भने गिरिजाको बिगत पनि कुनै दुध ले धोयको छैन। तेसो हो भने के त गिरिजा लाई पनि बालुवाटार बस्न नदिने ? राज्संस्था को बिगत हेरेर ति निरिह ८०, ९५ बर्षका ब्रिद् लाई किन दुक्ख दिने ? आज भोली तत्काल उठेका प्रश्न जसतै राजाको मुकुट को लीलाम लण्डनमा भयको यदी साचो हो भन्ने ठहरियाको खण्डमा ज्ञानेन्द्र लाई नै देश निकाला किन नगरने ? अझ मेरो विचारमा त यो कुरा सही भयको होभने ज्ञानेन्द्र लाई जेल हल्नुपर्नेहो।
जेहोस् सानोतिनो झिनामसिना कुरामा नाल्झी देशको बिकासमा सबैले सोच्नुपर्ने बखत आयको छ । अस्तु
मन परे हरियो, नपरे रातो
0
0
गाम खाने प्रतियोगिता (भाग: अन्तिम)
—————————-
टाढाबाट देख्दा सुन्दा अजङको डरलाग्दो सिंह जस्तो देखिने – गर्जिने !
अलिक नजिक धमिलो दृष्टिमा आउँदा – सिंह त हैन – बाघ चैं पक्कै हो जस्तो लाग्ने !
अली अली ठम्याउन सकिने दुरिमा देख्दा – बाघ पनि हैन र छ, हिमाल तिरको भोटे कुकुर पो जस्तो लाग्ने !
अझै नजिक आइ पुग्दा, हत्तेरिका झुक्किएछ – स्याल पो र छ जस्तो लाग्ने !
सान्चै नजिक आइ पुग्दा, अरु जस्तै भुश्याहा कुकुर हो कि?
त्यो भन्दा पनि, कतै मरेकै बिरालो नै त हैन जस्तो लाग्ने झुन्ड के हो ?
गाउँ दिम: नयाँ बजार, बल्खु, बालुवाटार!
सम्भावित उत्तर: माओवादी पार्टी र तिनको सम्झौतापरस्त रणनिती!
सन्धर्व: नारायणहिटी पनि खाली गर्न नसक्नु – ज्ञान बहादुरलाई औटा खोपीबाट अर्को दरबारिया खोपीमा सर्ने बकयीदा बन्दोबस्ती मिलाउनु, जनाताको आँखामा छारो हाल्नु समेत ईत्यादी!!
लाहुरे, दुबइ
मन परे हरियो, नपरे रातो
0
0
अब अचम्म के रहयो र यहाँ ?
मन परे हरियो, नपरे रातो
0
0
भावनात्मक हुनु नराम्रो होइन । अबका दिनमा जनाताका छोराछोरीले पनि स्वतन्त्र रुपले बाँच्न पाउनेछन भन्ने आशाको किरण देखेँ मैले त । बिशेस गरी अहिलेको माओवादीबाट, एमालेबाट, कङ्रेसबाट, फोरमबाट यानेकी अहिलेको संयुक्त गणतन्त्रात्मक समायोजनबाट । यसरी रत्न र सरलालाई भावनात्मक रुपमा दरबारभित्र बस्न दिनुको सांकेतिक अर्थ निरिह जनताले पनि ढुक्कको श्वास फेरेर एक निन्द्रा लुटुक्क सुत्न पाउनेछन, दुई मुठी आफ्नै भान्छामा खान पाउनेछन । ज्ञानेन्द्रले त लखेटिनु परेन भने जनताका छोराछोरीले अबस्य पनि लखेटिनु पर्ने छैन, रत्न र सरलाको पतिप्रेमको स्वोरुप याने उनीहरुको थलोमा बस्न पाउने अधिकारको त यो समायोजनले कदर गर्यो भने अबस्य पनि अबका दिनमा नेपाली चेलीबेटीको सिन्दूर पुछिने छैन । अबका दिनले शान्तीको ध्वनी मुखरित गर्दै जानेछ । अब द्वेस होइन प्रेमको बिज रोपिंदै जानेछ नेपाली माटोमा ।
मन परे हरियो, नपरे रातो
0
0
I am pretty sure, Gyane will take power slowly.
It may takes 1-2 years.
Congressi will handover power to Gyane and they will blame to Maoist.
Congress + Raja= Unity democracy
मन परे हरियो, नपरे रातो
0
0
nothing wrong with that decision. when u have to make decions, emotions come into play. Nepal has shown that it can be tough enough to kick the monarchy out and wise enough to take the concerns of two elderly citizens into account. Now it is time to move forward.
dipak, usa
मन परे हरियो, नपरे रातो
0
0
अइ मन्डलेहरु जथाभावी बोल्न आउँछस्
तेरो ज्ञानेको पैताला चाट्न जा सालेहरु
मन परे हरियो, नपरे रातो
0
0
It was a right decision to let them stay. They are old people and we have to respect their age and emotional feelings with the memories of their husbands attached with that place.
They have spent most of their life there and should let them finish it there.
मन परे हरियो, नपरे रातो
0
0
मदनले भनेका कुराहरु निकै सटिक छन । हामी झिनामसिना कुराहरुमा अल्झिनु हुन्न ।
- सुमन
मन परे हरियो, नपरे रातो
0
0
Who is Sarala and Ratna ? Govt… you should get out them from Rajdarbar … right nowww !!!
मन परे हरियो, नपरे रातो
0
0
thikai chha ni !
She has lived there for her whole life, so she deserves that !!
मन परे हरियो, नपरे रातो
0
0
राजदर्बार हत्यकान्डको बारेमा सबै भनी दिये बस्न दिन्छु नभये दिन्न भने भै हाल्यो नी । त्यस्तो बस्न मन लागेको भये भनी हाल्छन क्यारे । साचो थाहा पाउने एही हो मौका । सबैलाई चेतना भया ।
मन परे हरियो, नपरे रातो
1
0
मित्रहरू
गणतंत्र ठुलो कुरा थ्यो|जून आइसकेपछि केही समयाको लागी बस्न दिने ई सामान्य कुरा हरु हुन राष्ट्र का सामु |चुप चाप बस्छान भने दिए हुन्छ |खुरापाती गर्न लागे भने अली सोच्नु पर्ने हुन्छ |ई झीना मसीना कुरा हरु माँ न अल्झिऊ |म येस्मा त्यती ठुलो सोच्नुपर्ने केही देख्दीन ???
अब रह्यो कुन बिसय जटिल छ
१)भारतीय हस्ताक्ष्येप कसरी घटाउने
२)देस माँ ठुला उद्दोयोग धंदा हरु कसरी स्तापित गर्ने
३) चिन संग कसरी सम्बन्ध बिस्तार गर्ने
४)भारतीय जनता को बढ़ी आबागमन लाइ कसरी कम गर्ने
५)ठुला ठुला राजमार्ग कसरी र कहा कहा बनाउने
६)ऑफिस हरु को भ्रास्ताचार कसरी कम गर्ने(बिसेस गारी माल्पोत,भंसार आदि)
७)नेपाली खोला को माछा हरु भारतीय द्वारा खुलेआम चोरी भाई रा छ ?कसरी रोकने ?नेपाली जरीबुति इंडियन हरुले चोरिराछ कसरी रोकने ?
८)सिमाना र नदी हरु को समस्या कसरी हल गर्ने ?
येस्तई ठुला कुरा छोडेर के जाबो कुरा माँ अल्झाने ???
मन परे हरियो, नपरे रातो
1
0
के भावनात्मक बिषय हो भन्दैमा जेपायो त्येहि निर्णय गर्न पाईन्छ……?
भोलि आफ्नो ब्याक्तिगत् स्वार्थको निम्ति गिरिजाबाबुले,राजनबाबुले,अनुजबाबुले र अरु धेरै बाबुहरुले येस्तै किसिमको घुर्की देखायो भने के गर्ने……?
मन परे हरियो, नपरे रातो
0
0
Donot worry about Ratan and Sarala.
Ratna and Sarala are really mother-queen and they have the right to stay there. Yes, Komala is not supposed to stay there as she was dethrowned by declaration of republic.
Do BIKAS! do Bikas!! do Bikas!!! rather than running after abolished royal families.
मन परे हरियो, नपरे रातो
0
0
बिचरी बुडिया हरुलाई पर्नु आपत अैपरेको छ माइलोको कारण् ले ।।।।।।।। हुनु त माइलोले यती नगरेको भये अझै पनि कती पुस्ताको बुडिहरुले मोज मस्तिमा जिन्दगी बिताउने थिए होलान । एक जना बुडिको सात जना नोकर्नी हुन्छरे। त्यो सम्झिदा त मादल बजाएर नाच्नु मन लागिराको छ । यस्तै हो कहिले सासुको पालो कहिले बुहारी को पालो
मन परे हरियो, नपरे रातो
0
0
म डेनमार्क को कलेज को kollegium(Hostel) मा बसेको छु। म यहाँ बसेको २ बर्ष भइसक्यो। अब मेरो यहाँको कोठामा भाबनात्मक सम्बन्ध भैसक्यो। नेपाल सरकारले आजै मन्त्रिपरिषद्को बैठक बसेर मेरो लागि पनि यो होस्टल दिने निर्णय संसदबाट गरिदिनुपर्यो।
मन परे हरियो, नपरे रातो
0
1
एउटा मानबिय हिसाबले हेर्ने हो भने कुरा ठिकै हो तर एउटा राज्यको नियम कानुन भाबनामा चल्नु हुँदैन ।
मन परे हरियो, नपरे रातो
0
0
what I studied in above article was very interesting. I
agreed with the author and I think most of the Nepalese people do the same.
It’s so fool to give space for them in Palace taking about their feelings.
If so they possibly also give spaces for other royal family members as they are also innocient.
Those two grandma also should be thrown out like Gayanendra. Let’s see how’s the republic Nepal is going to be???
मन परे हरियो, नपरे रातो
0
0
WHAT HAPPING IN OUR NEPAL.I CAN’T UNDERSTAND
I THINK NEPAL IS DRAMA STAGE AND NELAI LEDARS,MONARCHA FAMILY ARE ACCTORS OF THIS DRAMA SERIAL.
WHEN WILL FINISH LIKE THIS KIND’S DRAMA?
WE WANT JUST PEACA IN OUR COUNTRY AND HAPPNESS MOMMENTS FOR EVERY NEPALI BUT ITS LIKE NIGHTMARE .
WHEN WE GETUP EARLY MORNINNG THEN THINK MAY BE SOME CHANGE AND SUECCESSFUL WAY IN OUR COUNTRY BUT SAME SAME LIKE BEFORE. NEVER CHANGE , SO MANY HUMAN DEAD FOR THIS BUT AGAIN SAME SAME ……….
RETESH
NOW FROM
DOHA,QATAR
मन परे हरियो, नपरे रातो
0
0
it is good. cabinet decision is good. people should accept the government decision.
मन परे हरियो, नपरे रातो
0
0
गिरिजा ले संबिधानसभाको चुनाव पछी म राजनीतिबाट सन्यास लिन्छु भन्ने डिङ्ग हाँकेर अहिले बालुवाटारबाट हट्न नमाने जस्तै त हो नि रत्न र सरला बुढीहरुले नारायणहिटी छोड्दिन भन्नु पनि। गिरिजाजि ले देशको सम्पूर्ण प्रकृया नै रोकिने गरी “छोडदिन के!” भन्दा सबैले लोत्रे कान लागाएर बस्न सक्ने अनी ति पित्री भईसकेका २ बुढी हरुले एउटा घरमा बस्छु भने भनेर यात्रो रडाको किन? कि ज्ञानबहादुर ठकुरी लाई पनि नागार्जून दरबार नचढाएको भये ए हो नि त केही गरे है भन्ने हुन्थ्यो …………. नत्र यि सब कुरा कुरै का लागि मात्र हुन। भावनात्मक कुरा नै गर्ने हो भने गिरिजा जि लाई १५ बर्ष बसेको बालुवाटार छोड्न त मरे जस्तो छ भने यि दुई बुढी त जिन्दगी भर त्यही बसेका थिए। मलाई चै यस्तो लाग्यो है साथी हो।
मन परे हरियो, नपरे रातो
0
0
Kasaile jhundiyar marchhu bhandai ma tehi thauma rakhine bhaya ta sukumbasi haru le pani ta kati roi karai gareni. Tesmathi pani tesari jhundiyar marneharu dherai chhan ni Nepalma. Ab Jhundayar marnu po bhayan afai jhundiyar marchha bhani k lagchha ra?
Raju, Canada
मन परे हरियो, नपरे रातो
0
0
This is all about technique how to blackmail emotionally nepali People. 19 days Jana Andolan ma Janta ko Marji bhata yo desh ma Ganatantra aayeko ho. Maobadi ko 12 barsa ko furti bhanda pani 19 din ko andolan janata le nagareko bhaye aja yo desh ma Ganatantra Kunai halat ma audian thiyo.
Bhane pachi JANTA KO BHAWANA lai na bhujhera… Yesto thulo SADAYANTRA GARNI yo… DAHI CHIURE NETA Haru lai KASLE ADHIKAR diyo???
Nepal ko BHAWANA BUJHA NETA HO… NATRA TIMI HARU KO PANI KHAIRIYAT CHAINA…. KHABARDAR
मन परे हरियो, नपरे रातो
0
0
its a good sense of humor.
why u guys have proble if those two old woman stay on the same place where they have spent their whole life?????????????
think wisely. we should respect senior citizen no matter who they are.
मन परे हरियो, नपरे रातो
0
0
if the palace is given to the mother what is the use of the leaders of the nepal
such type of stuffs is really rediculous.come on prachanda ,where have u sent ur republic principle……huh??????
मन परे हरियो, नपरे रातो
0
0
यहाँ कोही कोही मित्रहरुको कमेन्ट हेर्दा लाग्छ, गिरिजा एक्लैले यो देश चलैरहेकोछ । माओवादी मन्त्रिमन्डलमा छदईछैन । सबै निर्णय जती गिरिजा एक्लैले गर्ने गरेको हो भने, माओवादीका मन्त्रिहरु गिरिजाको के हेरेर बसेका थिए ? होइन भने उनिहरुको समर्थन थिएन भने भित्रै बिरोध किन गरेनन? के तलब भत्ता खान मात्र गएको हो माओवादीका मन्त्रिहरु? अनी टाउको दुख्दो रहेछ फेरी माओवादीका चेला चपेटाहरुलाई गिरिजा र कांग्रेस सँग । यसको कुनै तुक छैन ।
मन परे हरियो, नपरे रातो
0
0
भोलि गिरिजा पनि म पनि राष्ट्रपति नपाए झुण्डिन्छु भन्लान अनि …
मन परे हरियो, नपरे रातो
0
0
पछिल्ला दिनहरुमा ज्ञानेन्द्र शाह गिरिजा भन्दा धेरै नैतिकबान ठहरिए /
नारायणहिटी दरबारमा पूर्व-राजपरिवार रहने ब्यवस्था गिरिजाको राष्ट्रपतिको नांगो दाबीलाई नन्सुत फेराइदिने ध्रीष्टता मात्र हो /
मन परे हरियो, नपरे रातो
0
0
हाम्रो नेपालमा विशेष किसिमको गणतन्त्र आएको छ जसमा राजा र उनको नातागोतालाई विशेष सम्मान दिइन्छ । हेर्दै जानुस, खर्वपति भिखारी राजाका लागि आर्थिक वर्ष २०६५/६६ को बजेटमा भत्ताको व्यवस्था पनि गरिनेछ । भोलि राजाले सार्वभौमसत्ता मागे हाम्रा अति उदार, लोकतन्त्रवादी तथा क्रान्तिकारी नेताहरुले त्यो पनि दिनेछन् ।
मन परे हरियो, नपरे रातो
0
0
It should be setteled outside the palace not inside.It is against the will of nepali people.
मन परे हरियो, नपरे रातो
0
0
Narayen hiti darbarma ya ta gyane ko ama ya ta syane ko ama kohi basna paune chaina yo janatale gareko nirnae ho esh mathi kasaile hastachep garyo vane tyo jun neta hos khabardar jantale chodnene chaina
haru japan
मन परे हरियो, नपरे रातो
0
0
This is unaccptable government decision.
मन परे हरियो, नपरे रातो
0
0
सम्पादकज्यु ,
मलाई त लडिबुडी गरेर हास्न भन्दा केही केही प्रतिक्रीया लेख्नै आएन !!!!!!! शिवरात्रीको भाङको नशा लागेको छ की केहो हाम्रा देशका ड्रैबर हरुलाई ?? अब नागार्जुन् दरबार त फिर्ता ल्याउने होलानी कसो ? आमाकै निहु पारेर माइलादाईले तिहारको देउसी मागे जस्तै नागार्जुन् मागेर पाएका थिए । अब आमले नागर्जुन्मा जान नमाने पछित के गर्नेहोला त्यो निर्णय ?
मन परे हरियो, नपरे रातो
0
0
yo aru khaipani hoina saathi ho nepal ko gaddar neta harulai nepalma rajtantra falyo bhana anista hunchha bhanna bhut sabar chha khate neta haruko manma tesaila aba ganandra ko thauma BRITISH ma rani rakha jastai rakheko ho iniharu le janetako ko ankha ma pisap garirakhako chhan
coment by ram afghanistan
मन परे हरियो, नपरे रातो
0
0
they have no right to stay there they have to take them out now….
मन परे हरियो, नपरे रातो
0
0
जन्तालाई छोढेपनि हजुर आमालाई छोड्नुहुन्न है…..
कमसे-कम दरबारमा त बसन पाउछ।कसो ज्ञने जी!!!!
मान लामा
मन परे हरियो, नपरे रातो
0
0
हैन उमेश जि
तपाईंलाई के भयो? तपाईंले खोजेको गणतन्त्र त आईसक्यो नि!! अनी बेक्तीबिशेष सँग तपाईंको किन रिस। ज्ञानेन्द्रको गल्ती त थियो र उस्ले सजाया पनि पाइसक्यो र यसमा रत्न र सरलाको कुनै दोस पनि त थिएन। ‘ओरालो लागेको म्रिग को बाच्छो खेदाइ’ भनेजस्तो गर्नुहुन्छ त तपाईं त!! अनी के मान्छे को भावना को कदर गर्नु नौलो कुरा भयो तपाईंको लागि?? जनआन्दोलन मा शहिद भएकाहरुको भावना को कदर त गणतन्त्र घोषणा बाट भाईहाल्यो नि!! अब गणतन्त्र को घोषणा र नयाँ नेपाल को सुरुवात भाईसकेपछी झिना मसिना कुराहरुमा अल्झन हुन्न। ‘महेन्द्र मन्जिल’ सँग रत्न को भावना मात्र होइन गहिरो भावना होला शायद। ज्ञानेन्द्रले कुकर्म नगरेको भये राजतन्त्र को अन्त यतिछिटो हुन्छ भनेर रत्नले शायदै कल्पना गरेकीथिन होला। ज्ञानेन्द्रलाई त ‘जस्तालाई तस्तै’ जस्तो भयो तर यसबाट रत्न र सरलाको मनमा गहिरो आघात परेको छ होला भन्ने कुरा हामो सजिलै अनुमान गर्न सक्छौ। किनकी उनिहरु आफुले नगरेको गल्ती को सजया भोग्न बिबस छन। एस्तो अवस्थामा मन्त्रिपरिसदले उनिहरुको भावना को कदर गरेर गरेको निर्णय एकदम समय सापेछ छ। यो निर्णयबाट पनि डराउने ‘लल्लुपन्जु’ हरुलाई वास्तबिक गणतन्त्रबादी कसरी भन्ने!!!
ध्रुब
फुजेल
मन परे हरियो, नपरे रातो
1
0
गिरिजाले बालुवाटार र रिटायर्ड मन्त्रिले quarter नछाडे भैहाल्यो नी?
मन परे हरियो, नपरे रातो
0
0
बस्न दे बस्न दे भाईगो अब टाईम लोस्त नगरुम देश बिकास तिर लागुम नेपाली हरु
बिकास गुरुङ
मन परे हरियो, नपरे रातो
0
0
यो सरकारको एकदम सुझबुझपूर्ण निर्णय हो । घर भनेको ढुङ्गा, माटो, इट्टा आदी बस्तुको भौतिक सम्रचना मात्र नभै मान्छेको भावनात्मक सम्बन्ध पनि गासिएको वस्तु हो । तेसैले लामो समयसम्म बसेको ठाउँ छोड्ने कुरा त्यती सजिलो हुँदैन । चाहे त्यो छाप्रो होस् वा ठुलो महल । मानवताको नाताले पनि तत्काल उनिहरुलाई त्यहा बाट निकाल्नु हुँदैनथ्यो ।
मन परे हरियो, नपरे रातो
0
0
अब भोली-पर्सी ज्ञानेन्द्र ले पनी मलाई त आमा र हजुर’माको न्यस्रो ले बीछट्टै पार्यो, म पनी वहाँ सँगै बस्न पाय हुन्थ्यो भन्लान अनी हाम्रा कोमल हीर्दयी चरम गणतन्त्रबदी हरुको मनले पनी हो तनी हो पक्कै भन्नेछन ।
राम ! राम !!
मन परे हरियो, नपरे रातो
0
0
गिरजा राष्ट्रपति बनेपछि राजा ज्ञाने लाई पनि दरबारमै राखछ होला…
मन परे हरियो, नपरे रातो
0
0
खोइ यि नेताहरु ले पनि के गर्न लागेका होलान?अब भोली ज्ञानेन्द्र ले “म नारायनहिटि बाट हट्दिन। यदी कसैले हटाउछ भने झुन्डिन्छु” भन्ला re दिने नारायनहिटि ज्ञानेन्द्र लाई?यो कसरी सम्भब छ? अब सङ्गाहलय कहिले बन्ने होला त नारायणहिटी?के राजतन्त्र को अन्त्य भयकै हो त ?सरकार अब रत्न र सरलाको म्रुत्यु कुरेर बसेको हो त ?कहिले म्रुत्यु होला र दरबार लाई सङ्ग्रालय बनाउने होला त ?
ल ल बधाई छ है नेता हरु लाई।
अ साँच्चि अब त ज्ञानेन्द्र सँग दुइ ओटै दरबार हुने भयो नि त। दुई ओटै दरबारमा उस्को हक लाग्ने भयो। नारायनहिटि आमा को घर,नगरजुन आफ्नो। हा हा हा दुइटै हातमा लड्डु।
aasish
swiss
मन परे हरियो, नपरे रातो
0
0
This is 2much sathi ho
मन परे हरियो, नपरे रातो
0
0
Pani maruwa netahaur bha pachi yestai ho ! ki kaso netaji haru ??
मन परे हरियो, नपरे रातो
0
0
What a joke!
Government is trying to fool people. We need another Kranti to stop all such non-sense. We should try to send her to hell.
मन परे हरियो, नपरे रातो
0
0
Dear All New Nepal’s Democrates
After Kick out Monarchy why all these political leaders are doing decisions against people mendate I didn’t understand but still we need to be allert against these flip flup parties who are going to against people so let us protest and threat by protesting against the all parties who are going against our mendate.we want our palace back to us and we want not to be liberal to ex-palace member if we will follow kick out ex palace members feeling we will not able to be free and safe nepal again in history.
मन परे हरियो, नपरे रातो
0
0
Umesh ji last ko paragaraph ma tapaiko analysis man paryo hai. Testa mula mantri haru khas garera maobadi ta yesai pani patan vaisakyo ajhai yesbata jhan gayo….
Well done Mohara, Dev Gurung… Congress ko ta kurai nagarau. Tesaile ta baru UML ko mantriharu le rajinama diyera ramro gare baru. Kamsekam yesto nirnaye bata ta achhutai raheka holan… huna ta 3 party ko nirnaye pani hola yo..
Satile srap diyeko des ho umesh ji je pani hunchha. Ramro huna ta kaile pani dinnan jasto chha. Ramro garne lai nepal ma bachnai chhaina.
मन परे हरियो, नपरे रातो
0
0
yo ta kunai tarika nai hoina ni.gyanendra ko aama le jhundiyera maarchu bhandai ma yasto bhabuk hune.nikale pachi sabai rajpariwar nai niskinu paarcha, natra bhane tyasko kunai aartha nai hudai na. yasto nirnaye gaarema desh ka janata aba pani uuthne chan.
मन परे हरियो, नपरे रातो
0
0
Our nation is stucked with OLD-AGE GENERATION:
GIRIJA – Juka of chairs;
Ratna / Sarala – Juka of Nayaranhiti;
K.P. Bhatari – Juka of EX-KING.
HOW A NEW NEPAL IS POSSBILE?
मन परे हरियो, नपरे रातो
0
0
This stupid Cabinet MUST be dissolved as early as possible and all its previous decisions must be made void.
These recent decisions are totally against the spirit of people’s movement for republic of Nepal.
Krishna
मन परे हरियो, नपरे रातो
0
0
Are there no any places except Narayanhiti? This shows slow poision to Nepali Janata.
मन परे हरियो, नपरे रातो
0
0
Abolition of monarchy is a farce. Neither Rana regime nor monarchy has been abolished yet. It will take another hundred years to achieve that.
मन परे हरियो, नपरे रातो
0
0