कञ्चन लिम्बू
संविधानसभा चुनाव भएर केही दिनपछि कान्तिपुरले एउटा नयाँ (पुरानै हो तर चल्तिमा नआएको) नाम खुब फुक्यो- “पुष्पकमल दाहाल”। यो कान्तिपुरको आफ्नो कुरा हो। भरे भारतका महात्मा गान्धीलाई पनि उसले मोहनदास करमचन्द गान्धी भन्न सक्छ, त्यो उसको कुरा हो। कान्तिपुरसँग मेरो व्यक्तिगत सहमति र असहमति त केही हैन। शेक्सपियरले भने जस्तो नाममा आखिर के छ र ? तर प्रचण्डलाई आफूलाई कान्तिपुरले पुष्पकमल दाहाल भनिदिंदा जति नमज्जा लागेको हुँदो हो त्यो भन्दा बढी मलाई यो कान्तिपुरको शैलीले गज्जब लागेको छ ।

सन्दर्भ कान्तिपुर टेलिभिजनको समाचारको हो। शनिबारको ४ वटा समाचार बुलेटिनमा बेग्लाबेग्लै समाचारवाचक/वाचिकाहरुहरुले भिन्दाभिन्दै नामले माओवादी अध्यक्षलाइ चिनाइरहँदा मलाइ गज्जब लाग्दै थियो।
कान्तिपुरको समाचार घण्टैपिच्छे अपडेट हेर्दा कहिले “माओवादी अध्यक्ष पुष्पकमल दहाल”, कहिले “अध्यक्ष प्रचण्ड”, कहिले “अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड ” आदि इत्यादि । भावी प्रधानमन्त्री भनेर चित्रित गरिएको व्यक्तिलाई यति धेरै नाम मिडियाले चिनाएपछि के भन्ने ?
आउनुस कति बजे के भनियो हेरौं

११ बजेको समाचारमा समा थापाले भनिन् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ।

३ बजेको समाचारमा मृदुला खनालले भनिन् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ।
४ बजेको समाचारमा मृदुला खनालले भनिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल, फेरि भनिन् माओवादी अध्यक्ष दाहाल ।

८ बजेको अर्को समाचारमा सिम्रिका शर्माले भनिन् माओवादी अध्यक्ष प्रचण्ड।
फेरि अर्कोपटक दलित मुक्ति मोर्चाको समाचारमा रुपेशले भने माओवादी अध्यक्ष प्रचण्ड ।
८ बजेकै समाचारको हेडलाइन्समा यसरी पढियो “राष्ट्रपतिमा गिरिजाप्रसाद कोइरालालाइ स्वीकार्न नसकिने प्रचण्डको भनाई (कान्तिपुरकै शैलीमा त पुष्पकमल दाहाल हुनुपर्ने पो होइन र, कहाँबाट आयो प्रचण्ड ?) ।”
दलका शीर्ष नेतालाई दुई तीनवटा नामले सम्बोधन गरेर कान्तिपुरले के गर्न खोजेको हो ?
किन यस्तो भयो होला ?
नेपाली भाषा व्याकरणले नाम, थर र उपनामलाई स्पष्टसँग छुट्याएको छ । समाचार तयार गर्दा कुनैपनि व्यक्ति, स्थान वा समयको कुनै निश्चित मापदण्डलाई आधार वा मानकको रुपमा लिइन्छ मैले जान्दा । व्यक्तिलाई सम्बोधन गरिँदा नामसहित उपनाम सम्बोधन गरिनु जरुरी हुन्छ। कसैले त्यसैलाई नै चिनाउने माध्यम बनाएको हुनसक्छ। जस्तै भीम विराग, वात्स्यायन, सरुभक्त आदि। उपनाम को अर्थ नै नाम भन्दा ज्यादा प्रचलनको लागि हुन्छ र त्यसको सर्वमान्य सिद्धान्त पनि त्यही हो । तर समाचार सम्पादकको लापरवाही या पूर्वाग्रह हो अथवा समाचारवाचकहरुको स्वेच्छाले हो एउटै व्यक्तिलाइ घरि एउटा नामले घरि अर्को नाममा सम्बोधन गरिरहँदा त श्रोता दर्शकलाई नमज्जा पो लाग्दोरहेछ ।
यति सानो भाषागत कुरालाई इमानदारिताको पालना नगर्दा उसले भोलिको दिनमा पूर्वाग्रही मिडियाको तक्मा पाउनु भनेको स्वाभाविकै होला ।
कान्तिपुरजस्तो स्थापित मिडियाले साँच्चै नै पुष्पकमल दाहालको कुण्डली अनुसारको नाम स्थापित गराउने हो भने त माओवादी अध्यक्ष पुष्पकमल दाहाल भन्नुपर्यो । हैन भने उनलाई सबैले सम्बोधन गर्ने गरेको सर्वमान्य नाम माओवादी अध्यक्ष प्रचण्ड भन्नुपर्यो ।
झट्ट सुन्दा या पढ्दा सानो लाग्ने घटना हो यो तर भाषा प्रयोगको दृष्टिकोणबाट हेर्ने हो भने यो गम्भीर त्रुटी हो। अन्य मिडियाहरुमा पनि यसरी नै लापरवाही भइरहेको छ । तर कान्तिपुरको शुभचिन्तकको नाताले मेरो सुझाव सहितको आग्रह हो यो ।
मेरो संसार ब्लगमा पनि धेरै पटक कान्तिपुरको यो प्रवृत्तिको सकरात्मक तथा नकरात्मक चर्चा नभएको त होइन । सवैको आ-आफ्नै तर्कहरु छन् । म पनि कहिले सच्चिएला कान्तिपुरको यो शैली भनेर चूपचाप बसेको थिएँ । तर हदै भयो यो त । दुनियाले जानेको हो माओवादी प्रति केही रुष्ट त अवश्य छ कान्तिपुर तर हुँदाहुँदा आफ्नो भाषिक र शाब्दिक प्रयोगको सर्वमान्यतालाइ नै भुलिदिनु र कहिले एउटा कहिले अर्को सम्बोधन गर्नु, त्यो कहाँसम्मको सही कुरा हो र?
साथी हो बिना आग्रह पूर्वाग्रह सकरात्मक छलफल गरौँ है ।
No related posts.









maobadi khulla rajniti ma aaepachi parchanda aba parchanda rahenan unko nam aba purba raja ganendra bhae jastei ho .aba unle dilliraman regmi ko santi puraskar pani pai sake.aba unko sarir ma tyo parchanda garmi chaina jo hijo ladai ma thiyo.teseile aba uni matra puspa, kamal jasta phul jasta naram bhaeka chan ra tehi anusar unlai kantipurle samayojan gardei cha tyo kehi din pachi dhahal matra bhaner sabei midia le bhanne chan.
मन परे हरियो, नपरे रातो
0
0
kantipurlai bhrantipur bhaner bhanna thale kaso hola. jaslai j nam man parcha tehi namle sambodhan garnuprcha. prachanda lai yahi nam man parcha achel bhanepachi nana bhathi nam bat sambhodhan garera k kantipur 21 aun shatabdiko media pandit banna khojeko ho kya re
मन परे हरियो, नपरे रातो
1
0
कमेंटर मित्रहरु मध्ये केही मित्रहरु को कमेन्ट हेर्द कता कता अमिलो र तितो झै लाग्यो/सायद जवाफ लेख्दा र देख्दा यहाँहरु लाई पनी अवस्य मलाई जस्तै अमिलो र तितो लाग्न सक्छ /दुख नमानी दिनु होला,साँचो कुरो लेख्दा तितो लाग्छ भने,झुटो कुरा सुन्दा, हेर्दा र हर क्षेत्रमा शोषित पीड़ित भएर बस्नु पर्द अवस्य नै तितो लाग्नु स्वभाविक नै हो /कुरो र चुरो के हुन भने २४० बर्ष सम्म निरंकुश राजतंत्र संगै हाते मालो गर्दै देशमा दोश्रो सक्तिको रूपमा रहेको ब्राहमणहरुले निरंकुश राजतंत्र संग संगै देश भरी निरंकुश ब्राहमण बादको जालों फिन्जाएर राजनितिक क्षेत्र देखि प्रशासनिक क्षेत्र सम्म एक्लौटी निरंकुश शासन चलाउनेहरु चाँही साम्प्रदायिक नभएर,देशको नागरिक को हैशियतले नागरिकहरुले पाउनु पर्ने अधिकारको बारेमा कुरा निकाल्द वा लेख्दा चाँही साम्प्रदायिक हुने,यो कस्तो बिडम्बना? के देशको नागरिकले २०४६ सालमा आन्दोलन गरेर ल्याएको प्रजातंत्रको उपज यही हो ता?यदि होइन भनिन्छ भने किन नेपालमा शेना प्रमुख,जिल्ला प्रमुख,मंत्रालय को उपसचिब देखि सचिब र मंत्री,प्रधान मंत्री,बाहून बंशाको मात्र हुनु पर्ने/अन्य जातका नेपालीहरु उक्त पदहरुमा आउन वा बस्न नमिल्ने यो कस्तो नियम हो /कंचन लिम्बू को दुई शब्द ले यंहाहरुलाई निकै नै आपत्ति भए झै मह्शुस भयो/तर यि माथिका कुराहरुले कंचन लिम्बू जस्ता अन्य नेपालीहरुलाई आपत्ति भएको छ की छैनन भनी यंहाहरु ले महशुस गर्नु भएको छ की छैनन की ? २०४६ सालको प्रजातंत्र ले शिर देखि पुक्षर सम्म अधिकार उल्टा पट्टी बाट दिलायो/अहिले आएको गणतंत्र ले कंहा सम्म पुराएर अधिकार दिलाउने हुन,हेर्न बांकी नै छन/ यि बाजेहरु राष्ट्रपति र प्रधानमंत्री पद कै लोभमा लड़ी रहेका छन/ति पद का लागी अन्य समुदायमा योग्य र दक्ष भएको उनीहरुलाई थाहा हुन्दा हुँदै पनी बुझ पचाएर कहिलेई ल्यौंउन चाहदैनन,श्रावन महिनामा आंखा फुटेको गोरु ले जहिले नि हरियो देख्छ भन्थियो,त्यसतै भयो/आफूहरु भन्दा जान्ने अरु कोही छैनन भन्ने घमंड ले भोली देशमा कस्तो स्थिति सृजना हुन्छ भन्ने बारे दिमागमा सोंच सम्म नभएका लोमुते नेताहरु छन! चेतना भया
मन परे हरियो, नपरे रातो
0
1
अनुज बाबु जि !
तपाईंलाई सभ्य भयर रिस पोख्न आउँदैन ? कि त्यस्तो सस्कार सिक्नु भयको छैन ?
कन चन लिम्बु जि प्रती किन यती बिघ्न रिस ? !
जानी जानी बुझी बुझी तपाईंले अत्यन्तै होच्यार लेख्नु भयको छ तर यस् बाट त तपाईं तपाईंले लेखे कै शब्द भन्दा पनि अत्यन्तै होचो हुनु भयो !
मन परे हरियो, नपरे रातो
0
0
रमेशमानले राम्रो जोक गर्नुहुदोरहेछ।
मन परे हरियो, नपरे रातो
0
0
प्रचण्ड मान्छे नै त्यस्तै खालको छ त अनि के गर्ने ! अझ “नयाँ बुद्ध” र “नयाँ जंगबहादुर” को उपाधि आफै भिराउदै हिड्छन उनी अनि यस्तो त हुने नै भयो नि !अनि अर्काको नामको न्वारान गराउन पनि कम्ता रूचि राखदैनन् उनी । प्रधानसेनापति लाई “कट्टु” भनेर न्वारान गराएर कम्ता आत्मरति बटुलेका छैनन रहेछन उनले । उनको अगाडी कसैले “कटु” भनेर शब्द उच्चारण गरे भने पनि “कट्टु” सम्झेर कम्ता मुस्कुराउदैनन् उनी ।
मन परे हरियो, नपरे रातो
0
0
अनुजबाबु उर्फ सत्यपथी उर्फ कृष्ण पौडेल, मान्छे चाहिँ अति नै दुर्मुखा हुन् । तर राजनजी ले यिनी माथि अलि अन्याय गरेका हुन् । यिनी जे नामले लेखुन् यिनको आफ्नै मर्जि भयो नि । बरा बेकारमा असलि नामको पर्दाफास गरिदिएर यी पौडेल वन्धुलाई धुरु धुरु रनु बनाउनु भएछ । त्यति सारो खेदो त खन्नु हुन्न नि । कञ्चन लिम्बुले भनेझै “नाममा आखिर के छ र” ।
यी कृष्ण पौडेल पनि हुन सम्म खराब मुख गरेका हुन् । तित्राको मुखै बैरी भन्छन् । नना भाँति गालि गलोज गरेर खुब विद्वान हुँ भनि टोपल्छन् तर अर्कातिर बाट धोति नै खुस्किएको पत्तो पाउँदैनन् ।
तपाईँले रविन्द्र मिश्र उर्फ मनुजबाबुबाट प्रेरित भएर यो नाम छान्नु भएको हो कि क्या हो कृष्ण पौडेल उर्फ अनुजबाबु जी ? तर नामले केहि हुन्न, कमसेकम आफ्नो शब्दहरु सुधार्नुहोस् अनि विपक्षी विचारको सम्मान गर्न सिक्नुहोस् । सधैँ एकोहोरो लिँडे तर्क दिइरहँदा पढ्नेलाई त्यति मजा आउँदैन । आलोचना गर्दा पनि अलि शालिन शब्दहरु प्रयोग गर्न सकिन्छ नि कि कसो हो अनुजबाबु ज्यू ?
जहिले पनि बझौरे शब्दहरु ओकल्नाले आज बेकारमा असलि नाम खुल्यो र झन्डै झन्डै रुनु पर्यो कृष्ण जीलाई । तर चिन्ता नगर्नुहोस् अलि बौद्धिकोचित शब्दहरु प्रयोग गरेर लेख्ने गर्नुभयो भने “अनुजबाबुको” नाममा लागेको दुर्मुखाको उपमा मेटिएर जानेछ । शुभकामना !!
मन परे हरियो, नपरे रातो
0
0
माइसंसकार पाठकहरू,
अनुजबाबुजीलाई पनि कृष्ण पौडेलजी भनेर सम्बोधन गरे कसो होला ? कि “कान्तिपुर काइँलो” भन्ने हो ? जनआन्दोलनमा रुखको हाँगा बोकेको माओवादीको लस्कर बिर्सनुभएछ, कान्तिपुरलाईचाहिँ कोसेढुंगा रे ! हेर्दै जानुस् यो कान्तिपुरले देश कहाँ पुर्याउँछ ।
मन परे हरियो, नपरे रातो
0
0
Dear Rajanji,
Please stop writing all this unnecessary thing about somebody who is least bothered about political scam. I am no way related any more to criticizing or writing about politicians of Nepal and Nepali politics. I used write short write-ups in the past here with my real name and nowadays a have a name which has been made known to the Umeshji, who owns this blog.
Brinning somebody’s identity and hurling it in controversy will not do good to anybody. I am not a political animal anymore but like to put simple perspectives at times, but not here.I might have my opinions or support for certian ideology during student days but I have grown out of it and busy in my own life. why should I be bothered about all this nonsense scam-mongering. Please don’t drag me in this nonsense dispute, man. I am matured enough to understand that this bluffing will neither slove my personal woes nor the pastimes in the cyber-space will bring any change to our reality as Nepali people. I believe that the bigger job of politics is of the politicians’ and not mine.
I was made aware of your accusation by one of my friends who frequently gets logged into web. it is just for clarification that your accusation is sinister and full of ill intention. I am in no situation to be critical of anybody but my own failures , man. Restrain yourself and be sober before you talk of somebody whom you don’t know at all.Please don’t drag somebody into your dirty politics.
मन परे हरियो, नपरे रातो
0
0
मलाई लाग्छ यसमा कान्तिपुरको गल्ती छैन । आखिर सुनलाई सुन र माटोलाई माटो त भन्न पाइयो नि गाठे । प्रचन्ड आँफै अनेक नाम राख्छन त उनको नाम नभनेर के भन्ने? थोरै यो कान्तिपुरले राखिदिएको नाम हो र ? प्रचन्ड नभनौ त माओवादी रिसाउने डर, पुष्प कमल नभनौ त विदेशीले नचिन्ने डर, छबिलाल नभनौ त उनको पण्डित रिसाउने डर। अनि विचरा कान्तिपुरले सबैको मन राख्न सबै नाम भनिदियो। तपाईंहरुलाई यसमा टाउको दुखाइ छ भने अब माओवादी साथीहरुलाई एउटा नाम राख्ने भन्नु पर्यो। होइन भने चुप लागेर बसे सबैको कल्यान हुनेछ, अस्तु।।।।
मन परे हरियो, नपरे रातो
0
0
यसमा कान्तिपुरको के गल्ती छ र? गल्ती त प्रचन्डकै छ नि। किन राखनु पर्याथ्यो नाना भाती नाम? छबिलाल रे,पुष्प कमल रे, प्रचन्ड रे। के हो के हो ? होइन यिनका नागरिकतमा के छ होउ नाम ? कि दुई तीन वटा छन नागरिकता पनि ?
मन परे हरियो, नपरे रातो
0
0
हा हा हा हा हा कान्तिपुर !
कान्तिपुर र माओवादीको बारेमा व्लगमा धेरै कुराहरु पढेपछि मलाई पनि केही भन्न मन लाग्यो । यसका साहु जी यसको सम्पादकीय टीम र यहाँ प्रतिकृया पठाउने पाठकलाई केही भन्न मन लागेकोले यो पत्र लेख्दैछु ।
कान्तिपुर माओवादीप्रति जनयुद्धकालदेखि नै पर्ुवाग्रही बन्दै आएको हो । खैर यसमा कार्यरत केही श्रमजिवीहरु नभएका होलान तर यसको व्यवस्थापन र सम्पादन समुह चाहिँ माओवादीलाई खेदो खन्न लागि परेकै हुन् । यसको ज्वलन्त उदाहरण कृष्ण सेन र्’इच्छुक’ को हत्यालाई लिन सकिन्छ । प्रहरीले महेन्द्र पुलिस क्लवमा उहाँलाई यातना दिएर मारेको कुरा दिनको घाम जस्तो हुँदा पनि कान्तिपुरले ‘मृत्यु’ भनेर लेख्यो । त्यसो त सेन गिरफ्तार भएपछि, हुँदै नभएको माओवादीका केन्द्रीय सदस्य भनेर छापेकाले सेनको हत्या भएको थियो ।
कान्तिपुरले स्वतन्त्र र व्यवसायिक पत्रकारिताको नाममा नियोजित ढंगले कसरी झुटको खेती गरिरहेको छ भन्ने ज्वलन्त उदाहरण यहाँ छ । उक्त पत्रिकाका रिपोर्टरले मसंग खुल्ला रुपमै के भनेका थिए भने, ‘माथिबाट माओवादीको बिरुद्धमा लेख्ने भनेको छ केही छ त्यस्तो -’
एउटा रिपोर्टरलाई त्यस्तो आदेश दिनेले स्वतन्त्र र व्यवसायिक पत्रकारिता भन्ने ढोँग किन रच्ने – साहुजि एकाध नेताको लँगौटीको फेरो समातेर पत्रकारिताकै बर्ेइज्यत गर्नेले स्वतन्त्र प्रेसको धज्जी उडाउने -
राष्ट्रिय महत्व राख्ने समाचारलाई भित्रपट्टीको एक कुनामा स्थान दिने कान्तिपुरले कास्कीकोटको सामान्य दाजुभाईको अंशवण्डा झगडालाई पहिलो पेजको मुख्य समाचार बनाउँछ भने त्यसलाई कुन मुखले स्वतन्त्र भन्ने – कान्तिपुरका सम्पादकले नै जवाफ दिनुहोला ।
अनि यसमा प्रतिक्रिया लेख्ने पाठकहरु ! छि छि कति अल्पबुद्धिका रहेछन् । जसले माओवादीलाई भोटै दिएनन्, उसले चाहिँ भोट दिएर पछाुतो मानेर गोहीका आँशु झारिरहेका छन् । कान्तिपुरमा जति पाठकले माओवादीलाई भोट दिएर पछुतो भो भनेर लेखेका छन् ती मध्ये केहीलाई मैले चिनेको पनि छु ति नेपाली काँग्रेस र एमालेका कार्यकर्ता हुन् । जो कान्तिपुरका पाठकहरु हुन्, र जहिले पनि पर्ुवाग्रहमा रमाउने गर्छन् । र तीनिहरुलाई नेपालको धरातलीय यथार्थको बारेमा थाहै छैन । यस्ताले के परिवर्तनको कल्पना गर्न सक्छन् र ! जसलाई नेपाल भन्दा साना र गरिब मुलुकको आर्थिक बृद्धिदर ९ प्रतिशत भन्दा पनि बढी नाघ्यो भन्ने सोच्नु त टाढाको कुरा ।
अनि मेरो कुरा गर्दा म कुनै माओवादीको कार्यकर्ता पनि होईन । बामपन्थि विचार राख्ने व्यक्ति हुँ । पछिल्लो क्रममा माओवादी विरुद्ध कान्तिपुरले गरेको विष वमन र केही आफुलाई हुँ भन्न रुचाउने पाठकको कर्ुइगन्धे पत्र हर्ेदा केही नलेखि बस्नै सकिनँ । एउटा मासु व्यापारीले पनि आफ्नो व्यापारमा धर्म निभाएको हुन्छ । ग्राहकले जहाँको मासु माग्छ त्यहिँको दिन्छ, जति माग्यो त्यति दिन्छ, कहिल्यै काँटामा तलमाथि पार्दैन र तर व्यवसायिक पत्रकारिताको नाममा आम नागरिकलाई गुमराहमा राखेर र पार्टर्ीी कार्यकर्ताले लेखेका प्रतिक्रिया छापेर माओवादी विरुद्ध लागेको मुतको न्यानोमा रमाउन छोडौं । हाम्रो उखानै छ अति भएपछि खति हुन्छ, त्यसैले माओवादीले बोल्छन् एउटा गर्छन अर्कै भन्ने आरोप लगाईए जस्तै आफुले पनि व्यवसायिक र स्वतन्त्र पत्रकारिता बोलेर त्यस्तै पत्रकारिता गर्न म त्यसका सम्पादकलाई चुनौती दिन्छु । हैन गर्न सकिन्न भने, पत्रिकाको जिम्मा मालिकलाई नै छोडेर मम बेच्न बसे हुन्छ । स्वतन्त्रताको नाममा अर्काको अनावश्यक खेदो खन्न पाईन्न ।
सपना पुन/पोखरा
मन परे हरियो, नपरे रातो
0
0
पत्रकारिताको आचार सहितामा कुनै पनि देशको पदीय दायित्व निर्वाह गरेको ब्यक्तिको समाचार सम्प्रेशण गर्दा नेपालको कानुन बमोजिमको आधिकारिक नाम र पद उल्लेख गरेर समचार प्रकाशित गर्नु पर्छ होईन र ?? पत्रकारिताको क्षेत्रमा सहित्यकारलाई मात्र उपनामबाट सम्बोधन गर्न सकिन्छ होइन र? हुनत माई संसारका कोही पाठन पत्रकारीता अध्ययन गरेका वा गर्दै हुनुहुन्छ भने एक चोटी बताई दिनु हुन्छ कि?
हुनत मैले पनि बिए तेश्रो बर्षमा १०० पूर्णाङ्कको कार्यमुलक पत्रकारीता त पढेको हु तर अहिले त्यो क्षेत्रमा नलाएको हुनाले त्यति धेरै त्यस सम्बन्धि नियम कानून हेरेको छैन। कोहि ज्ञाता पाठक भएमा बताई दिनु हुन्थ्यो की?
मन परे हरियो, नपरे रातो
0
0
‘स्वतन्त्र प्रेश’ तानासाहीहरुको सबै भन्दा ठुलो सत्रु हो, विश्वभर हेर्दा हुन्छ। अझ कम्युनिष्ट सरकारको लागि त यो गलपाशो नै हो। एउटै विचारलाई जबरजस्ती लादेर बहुलवादलाई मृत्युसैयामा पुर्याउने र आफ्नो पार्टीको अधिनायकवाद स्थापित गर्ने भित्री मनशुवा पालेका माओवादिलाई कान्तिपुर जस्तो सत्ताको बिरुद्ध आवाज बुलन्द गर्ने संस्थालाई सिध्ध्याउन खोज्नु कुनै अनौठो हुँदै हैन। ज्ञानेन्द्र, गिरिजाले अन्कुश लगाउन कम प्रयास गरेका होइनन। अब आएर प्रचन्डले भोलिको दिन सम्झे छन। हजारौ नेपालीको रगतले सत्ताको नजिक पुगेका उनलाई अब पाजी कान्तिपुरले धावा बोल्ले कुरो शह्य होवोस पनि कसरी। तर प्रेश सँग अलिकती पनि सरोकार राख्नेले बुझ्नु पर्छ, यत्तिकै यो राज्यको चौथो अङा यसै बनेको पक्कै होइन। सत्तामा बस्नेलाई समयमै खवरदारी गर्ने प्रेश हुँदो हो त,कैयन मुलुकले लामो समय गलत बाटो हिंड्नु पर्ने थिएन। सोवियत संघले आजको दिन देख्ने थिएन, उत्तर कोरियाको यती बिधी दुर्गति नहुंदो हो। कान्तिपुर ठीक छ वा छैन त्यो मुल कुरा होइन । ठीक छैन भने यस्को नियती उ आँफै भोग्ने छ। सरकार वा पार्टी त्यसको पछी लाग्ने दुस्प्रयास गर्नु मेरो बिचारमा एकदमै बेठिक हो। कोही मान्छे वा पार्टी नै किन नहोस, उ सदाको लागि सहि हुनै सक्दैन। खवरदारी गर्ने प्रेश र प्रतिपक्षलाई सबल बनाउनु र उस्को सम्मान गर्नु राज्यको कर्तब्य हो, र लोकतन्त्रको दुहाइ दिने हामी सबैले यो मनन गरौं।
मन परे हरियो, नपरे रातो
0
0
वाहियात कुरा, जसको नाम समाचार मा लीईयों ( यानिकी प्रचंद्र) उसलाई केही न केही यो बीचरी मैया लाई किन टाउको दुखाई??? देश लाई भारत ले क्वाप्प खान लागी सक्यो त्यों चाही मतलब छैन येस्तई चाहिने नचाहिने कुरा मा समय बर्बाद गर्दै बस्नु….
मन परे हरियो, नपरे रातो
0
0
Bravo Anuj babu for your unique analysis. But, a reputed media house like “Kantipur” should focus on worthy matters despite of spending time on finding way to irritate someone.
मन परे हरियो, नपरे रातो
0
0
एक जुगमा एक दिन एकचोटि आउँछ
उलट-पुलट, उथल-पुथल, हेरफेर ल्याउँछ
कान्तिपुर बोल्नथाल्छन्,प्रचण्डको भाषा
हेर्दैजाओ माओवादीको पल्टने छ पाशा
हार्छ भनि भनिएकाले चमत्कारै गर्यो।
मार्छ भनि भनिएकाले देश हाक्ने पर्यो
एक जुगमा एक दिन एकचोटि आउँछ !
मन परे हरियो, नपरे रातो
0
0
एउटै पार्टीले प्रधानमन्त्री र राष्ट्रपति चलाउन नपाउने काग्रेस र भाई काग्रसको भनाईलाई हेड लाईन बनाउने कान्तिपुरले चै रेडियो,पत्रिका,टेलिभिजन ३ वटै क्षेत्र चलाउन पाउछ?त्यो पनि मोनोपली!
कान्तिपुरलाई check and balance गर्न पनि अर्को गतिलो रेडियो,पत्रिका,टेलिभिजन खाचो महसुस भइसकेको छ सुफत मुल्यमा ।
मन परे हरियो, नपरे रातो
0
0
लेख र कमेण्टहरू पढेपछि तीनवटा कुरा जानियो:
(१) कञ्चन मैयाँले लिम्बू बहेक अरू कुरा पनि गर्न जानेकी रैछन् । यिनले लिम्बू विषय बाहेक माओवादीको नेता पुष्प कमल दाहाल उर्फ प्रचण्ड लाई औधी प्रेम गर्दी रैछन् र कान्तिपुरसंग कार खाने गरी भुट्भुटिएकी रैछन् । मलाई यिनको यो मनोदशामा धेरै सहानुभूति छ ।तर सूर्ता नगर नानी , यी दुवै नाम तिनै पुष्प दाहाल उर्फ प्रचण्डका नै हुन् , उनी र उनकै आफ्ना वा अरौटे भरौटे वा कामरेडहरूले नै राखेका हुन्, कान्तिपुरले नया न्वारान गरेको हैन । भगवानका पनि धेरै नाम हुन्छन् भन्ने सम्झेर यी तिम्रा परम प्रभूका सहस्र नाम जप कल्याण नै हुनेछ बालिके !
(२)युबा नामका वाइस्याल भाइले भए भरका पत्रिकाबाट कान्तिपुर बिरुद्ध भडास पोखेका लेखहरू कपि र पेष्ट गर्दै यो ब्लगलाई फोहर पार्ने कसम खाएका रैछन् । यिनले आफ्नो विचार प्रकट गर्न जान्दा रैन्छन् र यिनको काम अरूको लेखलाई चोरी गर्नु मात्र रहेछ ।
( ३) माओवादीलाई वास्तवमा कान्तिपुरको स्वतन्त्र पत्रकारिताबाट ठूलो डर रहेछ । यिनले आफ्नो सर्वसत्तावादी व्यवहारमा कान्तिपुर बाधक हुने ठानेका रहेछन् र कसमै खाएका रहेछन् कि यो रहेसम्म माओवादीको खैरियत बन्ने वाला छैन अत: यसलाई सिध्याउनै पर्छ ।
तर पनि मेरो विचारमा नेपालमा बहुदलीय कालमा भएको सबैभन्दा ठूलो विकास मिडियाको क्षेत्रमा भएको थियो । अनि यो विकासमा कान्तिपुर एउटा कोषे ढुंगा हो । सत्तामा रहेका वा सत्ता नजिक पुग्न खोज्नेहरूको व्यवहारको कान्तिपुरले आलोचना गरेको छ र उनीहरूले यो कुरा रुचाएका छैनन् । हिजो गिरिजाको आलोचना गर्दा गिरिजाले कान्तिपुरलाई टाइकून पत्रकारिता आफ्नो बिरुद्द लागेको भनेर गाली गरे , हिजो राजाको प्रत्यक्ष शासनमा राजाका भरौटे र तुलसी गिरीले कान्तिपुरमाथि अनेक आक्रमण गरे र आज माओवादी सत्तासीन बन्न खोज्दै छ र कान्तिपुरमाथि आक्रमणको चाँजोपाँजो मिलाउँदै छ । यता माओवादी भजन भाटहरू सारा ब्लग भरी टोक्ने कुकुर झैँ कान्तिपुर र स्वतन्त्र मिडिया माथि खनिएका छन् । सत्तामा नपुग्दै एउटा प्रभावसाली मिडियाको आलोचनाबाट अत्तालिएका यी हिंस्रक जत्थाबाट भोलि के हुने होला भन्ने कुराको कल्पना मात्र गर्न सकिन्छ ।
म त कान्तिपुरलाई साधुवाद दिन्छु किनभने , सबै सत्तासीनहरू तिमी बिरुद्द लाग्नु नै तिम्रो सफलता र निस्पक्षताको परिचयपत्र हो । यी माओवादी भजनभाटहरूलाई के थाहा कि हिजो राजाको प्रत्यक्ष शासन कालमा माओवादीहरूको सन्देश बाबुराम भट्टराईका लेख मार्फत जनतामा पुर्याउने निर्भिकता पनि कान्तिपुरले नै गरेको थियो । तर यी त गुनपच्चा हुन जस्तो छ । यिनले जनादेश मात्र पढून , यिनले कान्तिपुर सुन्ने र पढ्ने साहस जुटाउलान जस्तो लागेन मलाई त , तपाईँलाई नि ?
मन परे हरियो, नपरे रातो
0
1
बौध्दिक लेख रचनाहरु लेख्दा शब्द या नामहरु एकै रुपले बहनु पर्छ भनेर पढाईन्छ र सिकाइन्छ। पत्रकारितामा के भनिन्छ र के सिकाइन्छ थाहा भएन! कन्चन् जि ले उठाएको बिषयबस्तु शायद कान्तिपुरको Intension सँग सम्बधित छ क्यारे!
मन परे हरियो, नपरे रातो
0
0
कञ्चनजी सँग सहमत हुदै म के लेख्न चाहन्छु भने कान्तिपुर टेलिभिजन जस्तो लोकप्रिय मिडियाले यस्ता कुराहरुलाई वेवास्ता गर्नु उचित होइन र स्वभाविक पनि होइन । प्रचण्ड माओवादीको मात्रै होला रे मानलिउ तर राष्ट्रकै भनाउदो कान्तिपुर ले त जनतालाई रनभुल्लमा पार्नु भएन नि!
कि यो काग्रेंस र भाई काग्रेसको लाई खुशी बनाउन त होईन होला!
साचै नै पत्रकारिता भनेको देशको चौथो अंङ्गनै हो यस्लाई कसैले नकार्न सक्ने कुरो आउदैन तर पत्रकारहरुमा चै आचरसहिंता लागु हुनु अति आवश्यक छ। के पत्रिका वा पत्रकार कहिले वेठिक हुदैनन? के तिनीहरुले बाट कहिले गल्ती हुदैन त?
Mad City सिनेमाको घटना जस्तो दोहरीन सक्छ यहापनि ।
पत्रकारिता पनि राष्ट्र र राष्टि्यता र मानवीय मुल्य भन्दा ठुलो हुदैन र हुनु हुदैन ।
मन परे हरियो, नपरे रातो
0
0
कन्चन लिम्बुजी
मलाई चाँही यो कुनै गम्भिर बिषय जस्तो लागेन। यदी तपाईंलाई लगेको भये कान्तिपुरलाई दोश दिनु भन्दा पुष्प कमल दाहाल लाई एउटै मात्र नाम चलनमा ल्याउन आग्रह गरेको भये राम्रो हुन्थ्यो जस्तो लाग्छ है मलाई त। आखिरमा कान्तिपुरले जुनसुकै नाम प्रयोग गरेपनी सबैलाई थाहा भएकै हो।
अनी उमेशजी ब्लगमा यस्तो लेख राख्नु भन्दा क्यामरा लिएर यसो डाँडा पाखा, काठमाडौंको गल्लीतिरको घुमेर त्यहाँको फोटोहरु राख्नु होला। पर्यटनको पनि प्रबर्दन हुन्छ, हामी बिदेशमा बसेको नेपालीहरुलाई पनी हेरेर रमाइलो हुन्छ। वाइयात ।।।।।।।
मन परे हरियो, नपरे रातो
0
0
SAILO CONGRESS KANTIPURRRRRRRRRRR
ho ekdam sahi kura uthaunu bho yo blog me. yo satye ho kantipur bhaneko maobadilai feri jungle farkaune dauma chha. maobadilai girauna k k garena ra bhanena esle.. tara Nepali janata dherai bhato bhaisake.. kun sahi kun galat chhutyauna sakni bhai sake.. tesaile ta maobadi chunabma number one ayoni.. kantipur bhaneko sailo kangresh ho.. ycl le manchhe kutyo bhanera headline banauchha tara Nc ra Yml le manche mare bhane pani hatapat chhapdaina.. yo chor ra pujibadi media ho.. nafakhori bhrasta haruko samrakshek ho.. maobadi adakshe prachanda nabhanera kahile k kahile k bhannu bhaneko yiniharule maobadiko khedo garekai ho.. ek din yesto aunechha janatale kantipur sabai jalaera nasta garnechhan jaha maobadile nagar bhandapani manne chhodne chhainan yo kantipurlai…
SAILO CONGRESS KANTIPURRRRRRRRRRRRRRR
SATHI HO MAILO CHAI YML HO HAI FERI…
मन परे हरियो, नपरे रातो
0
0
स्वदेश तथा बिदेशमा बस्ने नेपालीहरुको मनमा लागेका तीता मीठा कुराहरु ओकाल्ने स्थान बनाई दिनु भएकोमा सर्व प्रथम मेरो संसार डट कम का परिवारलाई धन्यबाद,
असत्यता लाई होइन,सत्यतालाई स्थान दिनु हुनेछ भन्ने बिस्वाश लिएको छू /
हाम्रो देशमा राष्ट्र र राष्ट्रीयताको भाषण ठोक्नुमा राजनितिक पार्टीहरु देखि लिएर देश को चौथो अंगमा रहेको पत्रकार महोदय र भ्रष्ट कर्मचारीहरुमा कुनै कमी छैन/नपत्याए हेर्नोस,यि सब को चरित्र,जता जता चोकटा खाना पाउने सुइंको……उता उतै पुछार हल्लाउँदै हिड़ने चलन/ त्यसको ज्वलन्त उदाहरण हो राजनितिक पार्टीहरुको खिचातानी,कर्मचारीहरु को भ्रष्ट नीति ले हाम्रो देश अति बिकाश भएको तपाई हामी सामु छर्लंग छ /संसारमा हाम्रो देशको नेता,कर्मचारी,पत्रकार महोदय जस्ता स्वाभिमानी,देशभक्त र नैतिकवान सायद अन्य देश का नेता र कर्मचारी पत्रकारहरुमा पाईन्दैन होला /त्यसैले त आज हाम्रो देशको अवस्था यस्तो भएको हो / यि राजनितिक पार्टी र कर्मचारीहरुको भ्रष्ट नीतिले गर्दा अन्य सर्व साधरण स्वाभिमानी नेपालीहरुले देशमा कहिले पनी सुख र शांति को शास र अनुभूति लिन पाईएन/ देशको ब्यबस्था जति पटक परिवर्तन भए पनी के गर्नु आखिरी कर्मचारीहरु उही पुरानै निरंकुश शासकहरुको समयका भ्रष्टहरुको नै हाली मुहाली छन,
हाम्रो देशमा चोर साधू,साधू चोर हुने भएका ले,सत्य र साँचो बोल्ने को कहिले पनी स्थान छैन/
मन परे हरियो, नपरे रातो
0
0
Yo ta kantipur ko dharma nai ho ni. Afno nun ko sojho garnu parena ra ?
मन परे हरियो, नपरे रातो
0
0
Prachnda le 13000 nepali janta mareo, he acts like HERO…… Girja le desh dubaeo… he wanna be first president……Ganendra le dai mareo,democreacy khaeo and now he is given place and 70 security guys……
what a country……..”NO PUNISHMENT FOR ANY CRIME”…and we stupid public discuss about such stuid thing……. Shame to myself…….
मन परे हरियो, नपरे रातो
0
0
Kantipur will run amok oneday and will say: प्रचन्ड मात्र किन नि “क्रचन्ड, ख्रचन्ड, ग्रचन्ड, घ्रचन्ड, ङ्रचन्ड, ………………….. न्रचन्ड, फ्रचन्ड,…………… ज्ञचन्ड etc.etc
मन परे हरियो, नपरे रातो
0
0
Mr Al ok,
Your name is All Ok, that’s why it doesn’t matter for you but for linguist, it matters.Its blunder. Kantipur made mistake.
मन परे हरियो, नपरे रातो
0
0
कन्चन जि
तपाईंले नाम बिशेषलाइ लिएर कान्तिपुरको यतिका चर्चा परिचर्चा गर्नुभयो खासै तपाईंलाई पनि थाहा रहेनछ उहाको असलि जन्म कुन्दलीको नाम उहाको नाम हो छबिलाल दाहाल ।
मन परे हरियो, नपरे रातो
0
0
malai ta Pushap Kamal Dahal sanga matbal chaina … yo Samachar Prasharan garne keti haru ramro lagyo … yati rarmai rarmai keti haru heryo payo thanx for news … ha ha
मन परे हरियो, नपरे रातो
0
0
sorry for typos in earlier comment:
I thoroughly enjoyed Kusum Bhattarai’s comment.
Many thanks to kanchanji for raising the right issue in right time. I found some weird comments saying that this is not a big issue! You would know whether it’s a big issue of not if you were involved in any kind of contemporary writing, be it news reporting.
JIGSAW.
मन परे हरियो, नपरे रातो
0
0
तेही बुढोले कान्तिपुरलाई माओवादीको बिरुद्धमा मरिहत्ते गर्न लगएको हो। बुढो त केही दिन मा मर्छ; अनी आफ्नो आधार ढल्छ भन्ने चै उस्ले कान्तिपुरले बिर्सिएछ।
मन परे हरियो, नपरे रातो
0
0
गिरिजाले जे गर भन्यो कान्तिपुरले तेही गर्छ।
मन परे हरियो, नपरे रातो
0
0
मित्रहरू
कंचंजी ले खाली भासाको कुरा गर्नु भा को हो नि ?तेस्मा किन येत्रो खंडन थोडी राजनीति हो र यो भन्या ?
मन परे हरियो, नपरे रातो
0
0
very good issue.
Kantipur think they are everything .but nut.never.biased and pro indian.they should rethink themself.
मन परे हरियो, नपरे रातो
0
0
हैन प्रचन्डे (माफ गर्नुस् उन्ले पनि कहिले सम्मानजनक सम्बोधन गर्दैनन) ले सभासद को प्रमाणपत्र ‘प्रचन्ड’ वा ‘पुष्पकमल दाहाल’ के नामबाट लिएको रहेछ कसैलाई थाहा होला ?
मन परे हरियो, नपरे रातो
0
0
नाम सँग जोडीयको बिसेसण् , ब्यक्तीको आत्मसम्मान मात्र होइन उस्ले कमायाको गौरव को कदर्पत्र पनि हो। पुष्पकमल दाहाल को राजनैतीक लगनी को प्रतिफल वा राजनैतीक नाम प्रचन्ड हो। बि पि कोइरालाको पनि त राजनैतीक र साहित्यिक नाम फरक छ। यधप्पी dr.,प्रोफेसर,अद्क्ष्य यिसबै बिशेषन हरु अहंकारी तत्वो हुन तैपनी यि आबसेक पनि हुँदा रहेछन । कान्तिपुर ले नियत बस अपमान गर्न खोजेको हो भने राम्रो भयन ।
कुशल आत्रेय
मन परे हरियो, नपरे रातो
0
0
प्रचण्डको नामको विषयमा कान्तिपुर यतिका पछि लाग्नुको
कारण केही होईन, यो जातवादी पत्रकारिता फैलाउने निरन्तरता हो।
भारतीय कम्पनीहरुले विज्ञापन बन्द गरे भोलि धोति कस्नुपर्ने
रहेछ। माथि उल्लेख गरे झै त्यसभे पारिजातको चाहि किन पुरा नाँउ
नलिएको?
जातपातको पत्रकारितामा कान्तिपुर नम्बर वान छन।किन खुम्च्याउन परेको होला गणतंत्र सगँ ती नाकहरु?
जलले जे भनेनी तपाईको लेख आफ्नो ठाँऊमा ठीक छ, कँचनजी!
मन परे हरियो, नपरे रातो
0
0
Puspakamal Dahal vanda kunai narmro hudaina.Tara prachanda vanda chhhoto ra chhito hunchha.Type garna pani sajilo padna pani sajilo.Tara puspakamal Dahal vanda pani kehi bigridaina.”Guna RA Dosh” manchheko behave ma hernu parchha.Manchhe khattam chha vane nam VAGAWAN PARSAD NAI vaeni kehi hudaina.Manchhe Asal vae /bichar sahi vae Gyanendra Bikram vae ni kehi farak pardaina.Nam ko pachhadi nadaudau.Ma pani Maoist kai supporter huda hudai pani kanchan ji ko kura ma alik asahamati rakhna man lagyo.Prachanda ko nam prachanda unko party ko nam,puspakamal dahal unko adhikarik nam,adhhachhya dahal/mahasachib nepal/savapati koirala jasta nepal ma chaln chalti ka sabda haru.Alik gahan bisayam bahas gare kaso hola?
Jasto ki-
Maobadi ko sarkarle ke garla?
-Bhumisudhar garla ki,sampati barema policy ke hola,sambidhan kasto banla,kun party pregressive ra kun party regressive hola,maobadi maobadi rahan sakla ta? Athawa yo pani AMALE hola? Bahas eti tira kendrit gare ramilo hune thio ki?
मन परे हरियो, नपरे रातो
0
0
Yo link hernus
http://www.ndtvkhabar.com/2008/06/09112138/Nehru-china.html
मन परे हरियो, नपरे रातो
0
0
I too think he is well known to every Nepali so there is no problem which ever name he is called with. Thing is they should both learn to respect each other in future………all those years they have been fighting with the very name and won the victory maowadi being one of the biggest party and kantipur being the popular publication should get along for NEPAL to move ahead………….
मन परे हरियो, नपरे रातो
0
0
I’m disagree with the article..whats in a name(Shkespeare)?.
मन परे हरियो, नपरे रातो
0
0
Every language has its own grammer. If we do not follow grammer, sentence could give different meaning. Similarly, this article tries to “just” aware the people what katipur tv broad casting is not correct. People read news if it is not written in grammetrically correct way then definitely for no doubt it will send wrong message to young people and draw the attention of adult people like “kanchan limbu”.
Why can’t we discuss about how to uproot corruption from our single corner of our society so that we would have good life to live in our beloved country without going away from it.
मन परे हरियो, नपरे रातो
0
0
प्रचन्ड र कान्तिपुर
कान्तिपुरको समाचारमा भनेका कुरा र प्रचन्डले खुला मन्चमा भनेको कुरा दुवै आपत्तिजनक हुन जस्तो लाग्छ । कान्तिपुर त सर्बसत्ताबादी तथा माओवादी विरुद्द लडिरहेको देखिन्छनै माओवादीका नेत्रित्वमा बस्ने त्यस्ता ठुला नेताले पनि कुनै मिडीयाको वारेमा नाम नै तोकेर भन्दा पनि ठुला व्यक्तित्वको इज्जतमा आच आउछ होला जस्तो लाग्छ ।
यदव अधिकारी
काठमाडौं ।
मन परे हरियो, नपरे रातो
0
0
राजु जि !
————–
मजदुर लाई हेप्ने बोलिले यहाँ लाखौं लाख यु बा हरुको जन्म हुन्छ
कान्तिपुरको जस्तो व्यबहारले ‘कान्तिपुर’ कै साख गिर्छ
बिस्तार बा दि र साम्राज्यबादी हरुको लोतोपोतोमा झुल्ने पत्रीका घमन्डी स्बभाब को हुन्छ
मार्तु भुमिको माया नहुनेहारु पैसाको लोभ मा बिक्छ
राष्ट्र बा द् भन्दा पार्टी बा द् ठुलो भन्ने हरु पद लोलुपतामा भुल्छ
सत्य शान्ती नचाहनेले आगो को मुश्लो बाली शान्ती शान्ती भन्छ
सत्य तथ्य लाई आत्मसात नगरने हरु रुख को बोक्रा झरे झै झरी जान्छ !
मन परे हरियो, नपरे रातो
0
0
‘ताइ न तुइ, हात लाग्यो दुई’ भने जस्तो यस्तो पनि लेख हुन्छ? यि माओवादीहरु किन कान्तिपुरसँग डराएका होलान? माओवादीलाई ‘मिडिया फोबिया’ भए जस्तो छ । हुन पनि किन नहोस् सबै गल्ती कमजोरिहरु जनता माझ छर्लङग राखिदिन्छ ।
मन परे हरियो, नपरे रातो
0
0
Same neme is broadcast by variously and creat confused for audience. So mentioned either the name nas title or post to the party . We can choose either one is grammatically correct. Other wise it createds the problem/
मन परे हरियो, नपरे रातो
0
0
वास्तबमा प्रचन्ड ले हासी हासी कान्तिपुरको खेदो खन्न खोजेको पक्का हो । कन्चन जि ले कान्तिपुर ले माओवादी प्रती दुस्ट बयाबाहार गरेको भन्दै हुनुहुन्छ तर सत्य तथ्य लेख्न बोल्न पैदाइन भने त मेरो भनु केही छैन , कान्तिपुर पत्रीका वास्तब्मा निस्पक्ष र स्वोतन्त्र पत्रीका हो कसै कसै लाई मन नपर्दै मा नराम्रो भन्न मिल्दैन , मित्र युबा लाई जागिर बाट निकालिदियको रहेछर आफ्नो दु:ख पोख्नु भाको छ । ब्लग मा लेख्ने धेरै मित्रहरुले हा मा हो मात्रै गर्ने जस्तो मलाई लाग्यो । गणतन्त्र कस्को योग्दान मा आयो केही थाहा छैन , हत्या , हिन्सा , आतंक , त्रास , चन्दा असुल्ने , आफ्नो भन्दा गहिर बिचार राख्ने लाई बिस्थापित गराउने जस्ता निती बोकेका र बन्दुक को भरमा सत्ता कब्जा गर्नु पर्दछ भन्ने मा दिर्ढ भयका र हाल् चालाई संबिधान सभाको निर्वाचन मा हतियारको भरमा कुल जन सन्ख्याको २९ % मत ल्यार ठुलो दल बनेको पार्टीलाई सहराय जस्तो गरेर जे पायो त्य्ही लेख्ने मित्र हरुलाई थोरै मात्रामा भ्यपनी बुझेर कमेन्ट लेख्न म अनुरोध गर्दछु ।
गर्दा गर्दै जे नाम हो त्यो पनि भन नपाईने जस्तो मल्लाई लाग्यो । प्रचन्ड लाई उन्का जे नाम्ले बोलाँउदा पनि केही फरक पर्दैन किनकी एक दिन कान्तिपुर कै बहस कार्य क्रम मा पर्सोता ईन्द्र लोहनिले प्रचन्ड जि तपाईंलाई के नाम्ले बोलाउ भन्दा उन्ले भनेका थिय मेरा जे जे नाम सुनुभाछ त्यस मध्य कुनै एक बाट बोलाँउदा फरक पर्दैन भनेका थिय । प्रचन्ड लाई त्यसरी बोलाँउदा फरक नपर्ने तर मिस्टर् कन्चन लिम्बु र उन्को सपोर्ट गर्ने मित्र हरुलाई के को टाउको दु:खइ हो भन्या । गजब छ् वा । कि बिरोध गर्न निहु खोजे को हो
माधव
मन परे हरियो, नपरे रातो
0
0
kanchan jiiiiiiiiiiiiiiiiiiiiiiiiiii
aru kam chaena timro vaya navaya kura khatana
mancha ho timri kam vanako ta kam na khaja pada
ko k …kana jasto po rahecha hoe sathi ho…
bechara kanchan k garus aba prachada ko name
ko pache po ragna ragacha yasta medeya ka berode
la desh ma rakhnu ramro chaena hoe sathi ho….
ma marta kati vana tapie pane vanu na ok…..
thanks all friend ???????????????????????????
मन परे हरियो, नपरे रातो
0
0
nonsense write up
not discussable, no?
मन परे हरियो, नपरे रातो
0
0
Obviously its a serious issue. Consistency is the must in such a (reputed) news paper. It reflect their prejudice towards Maoist, its simply their हेपाहा प्रब्रीत्ति.
मन परे हरियो, नपरे रातो
0
0
hey
thhere is no any suspence on my view. kale gore sete mote etc. same thing i mean same person ” puspa kamal dahal, prachanda, chairman prachanda . same so i don’t complan for kantiur about that issue. its all fine no and douat about it. so pls my friends i tell you no complain for that its fine if u show small thing its take large space so left it.
मन परे हरियो, नपरे रातो
0
0
sewaro Kanchanjee jun chij ramro mahatwapurna hunchha
ra jun samayema sahi bicharko abasyektalai bujhera adhi jana khojchha jaslai kantipurle je pani bhanna sakchha ra lekhnapani ber laudaina malai lagchha kantipurma purana bichar tesaichha kina hola ?
Belgium europe
मन परे हरियो, नपरे रातो
0
0
म जहिले नि छक्क पर्थे यो युबा भन्ने जन्तु किन जहिले नि कान्तिपुर बिरुद्ध बिश बमन गर्छ भनेर । आज बल्ल आँफै भेद खोल्न पुगेछन। कुनै बेला कान्तिपुर को नून खाएका, र कान्तिपुर बाट गलहत्यैका परेछन र पो यसरी रिस पोख्द रहेछन । खैर जे भएनी आफ्नो परिचय खोलेको मा ycl का युबा जि लाई धन्यवाद।
मन परे हरियो, नपरे रातो
0
0
कनचन जि ले सोचै जस्ताइ यो कुनै ठुलो कुरा होइन, अहिलेको अवस्था भनेको नेताहरुलाई काममा लगाउने हो उनिहरुको नामको पछाडि भागने होइन, नयाँ नेपाल बनाउने कामको बिषयमा बहस गर्दा राम्रो हुन्छ न कि कसैको नाम लाई लिएर किन कुर्लिनु पर्यो ???
तमु मेक
मन परे हरियो, नपरे रातो
0
0
रोशन जी ,,र हृश्ख जी,,,,,,,,,
कामी काले र काले कामी भनेको ,,प्रचंड र पुष्प कमल दहाल भनेको हो ,
तर,,,,,,,,,,,,,, गोरु चोर र चोर गोरु वा भैसी चोर र चोर भैसी भनेको शब्द र अर्थ मात्रै फरक हो अक्षर एउतै हो एउतै वर्णमाला बाट आएका हुन मतलब कार्य एकै हो तर त्यसका पात्र मात्रै फरक हुन ,,,,,,,,,,, जस्तै, चोर गोरु वा चोर भैसी भनेको माओबादी छापामार र गोरु चोर वा भैसी चोर भनेको वाई सी एल |
मन परे हरियो, नपरे रातो
0
0
bhayena .. prachanda ko susare le lekhya article jastoo cha yo ta
मन परे हरियो, नपरे रातो
0
0
सबै समाचार ma केटी हरु को अनुहार देख्दा मलाई लागेको छ, कान्तिपुर ले केही गरे जस्तो छ, business policy……
मन परे हरियो, नपरे रातो
0
0
What I belive is your a highly dedecated Communist. Your every words shows that your r born communist and you may die as communist. So, why the hell you have problem with the name of PRACHANDA. doest it represent Bhattarai when he is called by different name. Lets write something god that will help nepleese to think good. So dont waste your time, writing bulshit.
Cheeres.
मन परे हरियो, नपरे रातो
0
0
युबा
तिमी जती भुके पनि कान्तिपुर नेपाल को नम्बर १ हो , तिमीलाई रिपोर्टर बाट निकलिदियो भनेर यहाँ दु:ख नपोख। यही हो तिम्रो रिस पोख्ने बेला भनेर, पत्रीका लाई कहिले पनि टोइलेट पेपर को रुप मा प्रयोग गर्न सकिदैन मुर्ख, टोइलेट पेपर अर्कै हुन्छ ….
मन परे हरियो, नपरे रातो
0
0
कस्तो नौटंकी ! वास्तवमा कान्तिषुर जति प्रख्यात छ, त्यति नै पूर्वाग्रही पनि । विरोध गर्नु नै छ भने खुलेरै प्रचण्डले जस्तै खुलेर विरोध गर्नु नि । जनमानसमा भ्रम उब्जने किसिमले नामजस्तो कुरामा राजनीति गर्ने कान्तिपुर वास्तवमै विदेशी पैसाबाट चलेको प्रकाशन ठिमाहा समूह हो । एकाध लोकप्रिय कुरा गर्नेबाहेक द्वन्द्व अनि अस्थिरताको समाचार मात्र पस्किएर पैसा कमाउन पल्किएको यो समूहले नेपालको हितमा यसले कहिल्यै काम गर्दैन, हेर्दै जानुहोला ।
मन परे हरियो, नपरे रातो
0
0
this is really aridiculos thing to discuss?or u r out of topic?if u r go n search therer 10000 things to b disussed n potrayed,atleastjus dnt make isse ot of nothing,there is ntg in name.kantipr is the only media in nepal on whom we can trust,got?
मन परे हरियो, नपरे रातो
0
0
Mr Limbu jee,
I think you are fully biased on this article. You trying to defame Kantipur through unjustifable means. i think kantipur do not need to correct themselves just beacuse a handful of people like you who are looking for some opportunity from maoist or may be YCL are trying to put the blame on Kantipur. there is nothing wrong in calling a people through his different name. If someone want to be called by a singel name he should make it clear to everyone that he should be referred by that name only. Kantipur has been right to expose those who are against the wishes of Nepalese people whether it is ex-king Gyanendra’s brutality or those who are murdering Nepalese people day and night today.
मन परे हरियो, नपरे रातो
0
0
कन चन जि ले तथ्य कुरा लाई इगित गराउनु भयको छ ।
प्रस्ट कुरा त कान्तिपुर को यो हेपाहा नियत नै हो ।
इछ्या जि ले लेख्नु भयको कमेन्ट भित्र कान्तिपुर को नियत किन यस्तो ? त्यसको यथार्त प्रस्टियको छ ।
मन परे हरियो, नपरे रातो
0
0
padhnai alchii lagdoo lamo lamo comment haru
मन परे हरियो, नपरे रातो
0
0
haree shiva aba my sansar lai nai patrika banayechan .. yuba ji lai tetro kura thha raicha ta kantipur ko birodh ma gayera ramro patrika ma chapdinu na ta ,, kina mysansar ma bore nai hune gari 1 page lamo comment lekhne..
मन परे हरियो, नपरे रातो
0
0
It is nothing wrong to mention either name. Puspa kamal Dahal is his real name. Prachanda could be said as his alias/nick-name. So in many occasions both names are sppelled out by reporters and by TVs. So it is no way to say wrong for either one. Why do we get mingled in real issues that could lead to sideline certain media wasting time and twisting brain.
मन परे हरियो, नपरे रातो
0
0
tapai le ta hijo ko news matra hernu bhayecha kantipur patrika ma ta lekh news pratek ma prachanda bhanna chodeko 1 months huna lagi sakyo ramro kura ho aba pm banni bahaye pachi k ko upanam
मन परे हरियो, नपरे रातो
0
0
I think better not to argue on such a silly matters. Whatever the name one have it make no difference but the deed of the person makes difference. Why not to judge the deed of particular person rather than his identity.
Let me add BHAT LAI AACHI BHANNE Gareko BHAYE AHILE AACHI RAMRO HUNTYO Ganaunethiyen.
It doesn’t mean one should convinced on others way.
Kanchan and some of you think that an issue to be discuss other not.
Hunchha ho….
BIBAD NAGARAUN HO
KALO KAPAL MA NAYA NEPAL MA
मन परे हरियो, नपरे रातो
0
0
I completely agree with Protocol ji !
Well-said !
मन परे हरियो, नपरे रातो
0
0
के ती उल्लेखित सबै नामहरु उनैका होइनन् र? तपाइँ लाई के को टाउको दु:खाई कन्चनजी? वाहियात कुराका किन सिंगौरी खेल्नुहुन्छ? यस्ता वकम्फुसे प्रश्तुती पनि छापिन्छन् ‘मेरो संसार’ मा! होइन भने प्रचन्डजीलाई सोध्नुस्, उहाँलाई कुन कुन नाम उच्चारण गर्न मन पर्दैन? अब देखि मिडियाले सो अनुसार नाम छाप्लान या उच्चारण गर्लान्।
मन परे हरियो, नपरे रातो
0
0
j vane pani ta yeautei ho ni ..! aana ta Umesh jee le pani kei lekhne kam pauna chodejasto cha ..! Kale kami ra kami kale vane ko yeautei ho ni ..! chaine kura haru ko khandan garnus na .! nachaine kura haru ko kina magazine ma khandan garnu ..! maile Prachanda ko support garera yo vane ko hoina baru tapaiko chai khandan garekoho ..!
PD Nepal
मन परे हरियो, नपरे रातो
0
0
हा हा हा हा……. ‘प्रचन्ड लाई कान्तिपुरले पुष्पकमल दाहाल भनिदिदा जती नमजा लाग्दो हुदो हो’ रे आफ्नो नाम भन्दा के को नमज्जा,किन नमज्जा नि?
अर्को कुरा , युबा मित्रले कुशुम भट्टराई को लेख कुन हेतु ले र किन प्रकाशित गर्नु भयो था भएन,। कुशुम जि मेरो आशल मित्र हुनुहुन्छ, शायद ५० साल तिर को हरहारी मा हामी एउटै मन्च्मा थियौ, प्रगतिशिल पत्रकार संघमा । शायद उहा तेतिबेला, प्रकाश साप्ताहिक सँग आबद्ध हुनुहुन्थ्यो। हो, माओवादिको मुख्पत्र जनादेश देखी लेर कान्तिपुरका पत्रकार हरु सम्मले बिशेष पर्व र अबसर्मा भारतीय दुताबाश ले बाडेको ‘रेड लेबल’ को सुर्की लगाएका छन। आफुले सेवान नगरेपनी बेचेर पैसा असुल्न नै भनेर लिने पनि कम छैनन। कुसुम जि ले आफ्ना शाहकर्मी सँग भन्न सक्नु हुन्छ, उहा अछुतो हुनुहुन्थ्यो भनेर? कान्तिपुर को बिरोध मा लेख्यो भने सबैले पढ्छन, बिचरा कुसुम जि को बारेमा लेखेर कस्ले पढोस् र लेख्नु?
चुनाव अघी कान्तिपुरले गरेको बिश्लेशन मावोवादी आँफैले पनि गरेको थ्यो। तेसैले उ पनि भित्रै बाट स्विकार्छ, नतिजा अप्र्त्याशित भनेर। यो कुरा सरा संसार ले बिश्लेसन गरेको कुरा हो भने कान्तिपुरलाई किन पूर्बाग्रही भन्ने?
अर्को कुरा, मओवादी भनेकै लोकतन्त्र को पर्याय हैन, सबैले उस्को समर्थन गर्नु पर्छ भन्ने छैन। कान्तिपुरलाई सत्तोसराप गर्नु भन्दा पहिला लोकतन्त्र आन्दोलन को बेला उस्ले खेलेको भूमिका लाई हेर्दा र सम्झदा हुन्छ।
प्रचन्डले नारायण वाग्ले सँगको भेट को कुरा कान्तिपुरमा छपेको भयत झन मओवादिको धम्की कत्रो हुन्थ्यो होला, जबकी खुला मन्च्बाट सार्वजनिक रूप्मा भनेको देश बिदेश बाट लाखौं ले संचार माध्यम मार्फत सुनेको कुरा लाई त तोड्मोड गर्न खोज्दैछन।
मन परे हरियो, नपरे रातो
0
0
Why waste time in this kind of things. Its not a big deal. Prachanda, Pushpa Kamal Dahal, President Prachanda,… all is one person and there should not be complains on this issue. Congress president Girija, PM Girija is same. If the news is related to Nepal it is wise to say PM Girija, if it is about congress it is wise to say Congress President GP Koirala. So I don’t think this is an issue at all.
मन परे हरियो, नपरे रातो
0
0
हेल्लो कन्चन जी तपाईंलाई कन्चन जी भन्दा र लिम्बु जी भन्दा के फरक छ कि , एस्तो बक्बास कुराको पछी नलग्नु होल समय खेर नफाल्नु नचाहिने कुरामा , प्रचन्डको नाम नै ३ ४ वटा भये पछी , जुन नाम ले सम्बोधन गर्द पनि केही फरक हुँदैन होला , बरु एउतै नाम रखन अनुरोध गरुनु होला कि सर्बसाधारण लाई कन्फुज नहोस् ।
मन परे हरियो, नपरे रातो
0
0
kun newspaper le kun party mann paraunna bhanne kura uniharuko, 1st point prachanda le bolna sikeka chhainan hijo girija babu le bhane jasto politics ma afunlai chinna birami hunu parchha re tara khoi prachanda le bujhya, rahayo kantipur ko palo jasle j bhane pani ganatantra auna ma Prachanda Bhanda KANTIPUR le dherai gareko chha.
मन परे हरियो, नपरे रातो
0
0
Calling with different names is a way to differentiate various statements and avoid monotonous repetition.
I dont think its an issue.
Mr. Limbu, why dont you post: “why momo in every nepali shops are not of same size”
मन परे हरियो, नपरे रातो
0
0
कान्तिपुरको एक फ्यान्टास्टिक शो पवनकलीमा प्रचण्डले भनेका थिए- मलाई प्रचण्ड भनेकै राम्रो लाग्छ । अहिले कान्तिपुर माओवादीविरुद्घ यतिसारो खनिएको छ कि हरेक दिन उसलाई कुनै न कुनै बहाना जुराउनु छ। । सामान्य भनाइलाई तोडमोड गरेर सक्दो नाङगेझार बनाउन पाए कान्तिपुर टिम गद्गद् हुन्छ । परिस्थितिले सात दल र माओवादी मिल्नुपर्ने बाध्यता इतिहासमा नआएको भए कान्तिपुरको छत्रछायाँमा कति कुरुप खेल हुन्थे भन्न सकिन्न । उसले समाचार दिएको तरिका अत्यन्त भद्दा छ । पत्रकारिताको सामान्य मर्यादा पनि कुल्चिएर यसरी एउटा उद्देश्यका पछि कुद्नु विल्कुल गैरप्रजातान्त्रिक काम हो । ठूलो मिडिया हो भन्दैमा कसैले डराउनुपर्दैन । उमेशजी यस्ता नपच्ने कामको विरोध गर्नुपर्छ । राम्रा कामको प्रशंसा गरिरहन जरुरी छैन, त्यो जनताको मुल्याङकनमा जान्छ । नेपाली लाहुरे
मन परे हरियो, नपरे रातो
0
0
Frens, i respect whatever you have written whether in favour of Kantipur style or on against of it. Actually, PRACHANDA is the name which Mr. Puspakam Dahal adopted during the period of civil war. It have had its own importance during that period, but,there is no war these days. The name Prachanda was meant for Maoist war. Now, Maoists are going to lead the new government in Republic Nepal. So, we people, who are fond of peace, not war, should call Mr Dahal with his real name not a fake one. And, Mr Dahal should also respect it. If he prefered the same fake name Prachanda, how do we people realize that its the period of peace and New Nepal….
Thank u all.
मन परे हरियो, नपरे रातो
0
0
***माओबादि अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”***
लिम्बूजी, ठीक छ सबै? कहीं गलत लेखेछु कि?
अब:
अध्यक्ष पुष्पकमल दाहाल,
अध्यक्ष दाहाल,
अध्यक्ष “प्रचण्ड” अथवा
“प्रचण्ड” भन्दा कुन चै सम्बोधनमा तपाईंले गलत देख्नु हुन्छ र कुन चै सम्बोधनले माओबादि अध्यक्षको खेदो खनेको हुन्छ अथवा भनौं माओबादि पार्टिकै खेदो खनेको हुन्छ?
अनी सांचै तपाईंलाई लिम्बूजी भनेर सम्बोधन गरेर मैले पनि गल्ती पो गरेछु कि! कञ्चनजी पो भनेर सम्बोधन गर्नु पर्ने थियो कि त!!!
अथवा
कञ्चन लिम्बूजी भनेर…
मन परे हरियो, नपरे रातो
0
0
Communication to the public either in writing or verbal should be in a consistent manner. Otherwise, this will confuse both readers and listeners; could be irritating to some readers such as Kanchan (and myself). Locals could be familiar with Prachanda’s multiple names or nick names but certainly not among international readers. I am not trying to protect Kanchan for the topic he opened, but I feel that he is absoutley right to bring this to the forum for discussion.
However, the most effective solution could have been by directly writing to the editorial board of the Kantipur Publication, since it was due to their negligence. I donot think it was intentional to defame Prachanda or his party. Should Prachanda think so, perhaps he can take legal action against Kantipur !!
मन परे हरियो, नपरे रातो
0
0
Maoist are going to change their party’s name “Nepal Communist Party” very soon and also amend “Prachandapath”. Ani chadai nai “Prachana” bhanne pani hatauncha once Puspa kamal Dahal become Primeminister of Nepal.
So this topic is wayaatttttttt.
Kanhan ji lai dherai fursat cha justo cha tesilai yo topic blog ma rakhyo.
Umesh ji, aba tapaile pani ali filter garnu paryo topics haru lai kunai value nai nabahyeko news rakhera kina bekar ma blog lai tala jarne.
मन परे हरियो, नपरे रातो
0
0
What I see is, We all are Proud of our own Name. so name should be read and spell well. As we can see,this is an Example now in Nepalese politics. They have been fighting for their name,fame and a chair,definetely. would you like your Name be wrongly spelled and used by others?
मन परे हरियो, नपरे रातो
0
0
maobadi haru lai dherai naam rakheko man parcha ni ta tesaile hola, tehi man parne vayera ta sabai ko upanaam hunchha ni.
ani kanchan ko kaam chahi tehi ganera matra basne ho ki kya ho yesari kaam na kaach basera timi haru jasta maobadi le banaunu ho ki kya ho naya nepal. huna ta timi haru jasto ko kaam nai k chha ra ahile
मन परे हरियो, नपरे रातो
0
0
कन्चन् ज्यु,
एउटा सुझाव तपाईंलाई – छबी लाल, होइन पुष्प कमल दाहाल, होइन, माफ गर्नुस्, प्रचन्ड लाई अब देखी श्री ५ प्रचन्ड भने कसो होला?
आको कुर, मलाई चै के मा गज्जब लगेको छ भने तपाईं ले प्रचन्ड र महात्मा गान्धी को नाम एउटै श्वास मा बोल्नु। उदेक लाग्दो कुरा।
अर्को,
दीपक खनाल मार्फत Yuba
हाहा, धम्की र चेतावनी देख्नलाई प्रचन्ड ले कान्तिपुर को सम्पादक लाई मैले भनेको मान, होइन भने तेरो टाउको रेट्छु भन्नु पर्यो कि के हो? प्रचन्ड ले जे भन्यो त्यो सरासर १०० प्रतिशन धम्की हो, चेतावनी हो। यस्मा शन्का छैन, द्विविधा छैन।
प्रधान मन्त्री जस्तो पद मा जाने सपना देख्ने मान्छे ले मिडिया लाई यसरी “रामरो हुँदैन” भनेर चेतावनी दिनु कत्तिको मनासिब् छ? “राम्रो हुँदैन” को साटो “राम्रो भएन” भन्या भये लौ भैगो भनु। तर देख्ने, बुझ्ने र भन्ने लाई यो धम्की, चेतावनी प्रश्ट छ, खुलस्त छ। यस्तो धम्की २१सौ शताब्दि मा बोल्नु मिल्दैन, यस्को प्रतिकार हुन्छ, शक्तिशाली रुप्मा प्रतिकार हुन्छ। यस्मा द्विविद नलिये हुन्छ।
मन परे हरियो, नपरे रातो
0
0
My personal opinion:
1. Yes. There should be a consistency
2. No, it doesn’t matter. Recent time is not for such minor issues. Please do not get stock on such issues. FDRN, leaders, policy makers and all nepalis have to do a lot more…
मन परे हरियो, नपरे रातो
0
0
नेपाल किन बिकास नभएको भन्या त यस्तै यस्तै वाहियात कुरामा अल्मल भएर रहेछ । बल्ल बुझियो ।
धत्तेरिका ।
मन परे हरियो, नपरे रातो
0
0
they didn’t said one other name i.e. President of Maoist.
मन परे हरियो, नपरे रातो
0
0
prachanda हुनुपर्नेमा पुष्पकमल दाहाल मात्रा भन्नु मा केही पूर्बाग्रह छ नै .
मन परे हरियो, नपरे रातो
0
0
Kantipur should address the president of maoist in proper way.
But in my opinion this is not a big issue to be discussed.
we have a lot of things to do more than this.
anyway,
kanachan ji, nice to read the article, please keep it up.
मन परे हरियो, नपरे रातो
0
0
Sorry friends,,
I donot think its a issue to disscuss.. whatever you say,, puspakamal,, president of Mao.., Prachanda,, whatever ,, the person is same one and alone..
मन परे हरियो, नपरे रातो
0
0
यो कन्चन जी को लेखको कुनै पनि दम तथा मतलब भएजस्तो लाग्दैन , यस्लाई म चाँही बकम्फुसे भन रुचाउछु, एस्ता बिषयमा हामी अल्झिनु भनेको हामी एकदम पछाडि पर्नु हो, कान्तिपुरको यो भनाइ ठीक छ यसलाई कसैले पनि नकरात्मक लिनु हुन्न। आखिर प्रचन्डजी लाई अरु कुनै अपसब्दको नामले सम्बोधन गरेको भये पो कुरो उठाउनु हो, उनको नाम पनि भन्न नापाउनु, यो के हो? बरु एस्तो लेख लेख्नु भन्दा त लेखै न लेख्दा राम्रो जस्तो लाग्छ, तपाईंहरुलाई के लाग्छ?
कुलदिप, 0559396345
तारुका-६, नुवाकोट kuldipdhakal@gmail.com
मन परे हरियो, नपरे रातो
0
0
यो कन्चन जी को लेखको कुनै पनि दम तथा मतलब भएजस्तो लाग्दैन , यस्लाई म चाँही बकम्फुसे भन रुचाउछु, एस्ता बिषयमा हामी अल्झिनु भनेको हामी एकदम पछाडि पर्नु हो, कान्तिपुरको यो भनाइ ठीक छ यसलाई कसैले पनि नकरात्मक लिनु हुन्न। आखिर प्रचन्डजी लाई अरु कुनै अपसब्दमा मा सम्बोधन गरेको भये पो कुरो उठाउनु हो, उनको नाम पनि भन्न नापाउनु, यो के हो? बरु एस्तो लेख लेख्नु भन्दा त लेखै न लेख्दा राम्रो जस्तो लाग्छ, तपाईंहरुलाई के लाग्छ?
कुलदिप, 0559396345
तरुका-६, नुवाकोट- kuldipdhakal@gmail.com
मन परे हरियो, नपरे रातो
0
0
हो त मेरो मनमा लागिरहेको कुरो हो यो। म पनि कान्तिपुरमै यस कुरो पाठक प्रतिकृयाको रूपमा पठाउने मुडमा थिएँ। फेरी सम्झिएँ युग पाठकलाई। उहाँले भनेको कुरो यथार्थ रहेछ भन्ने कुरो सबै ठीक थिए या थिएनन म यो भन्न सक्ने अवस्थामा छैन तथापि धेरै कुरा ठीकै थिए। यसकै को पुष्टि गरिदिन खोजेको हो की कान्तिपुरले?
यो मात्र होइन एउटा माओवादिलाई उनैको शब्दमा खेद्ने मिडिया र अर्को हामी नै अरू भन्दा फरक मिडियाले एकै पटक पुष्पकमल दाहाल मात्र भनि रहँदा मिसन पत्रकारितानै त होइन? यिनिहरू माओवादिलाई तलपार्नै कस्सिएका त होइनन् भन्ने आभाष मिलेको थियो।
बिष्ण छिमेकी चितवनका प्रकार, प्रमोद “आयाम” एभिन्यूज सम्वाददाता, तारा भुषण दाहाल (उनि कान्तपुरका सिनियर सम्पादक हुन) लाई कान्तिपुर वा उनि आफै कहिल्यै तारा भुषण दाहाल भन्दैनन् भने एभिन्यूज पनि यो मिसनमा लागेको छ। यहि आयामले पनि झुक्किएर पनि प्रचण्ड भनेनन। उनको आफ्नै नाममा उपनाम जोडिएको छ। मैले एकै पटक कान्तिपुर र कान्तिपुको रवैया थाहा पाए पछि एभिन्यूज पनि हेरेको थिएँ। आयामले पनि त्यसै भने। अनि मैले पनि यो कुरा उठाउने विचार गरेको थिएँ कञ्चनजीले उठाउनु भएछ राम्रो भयो।
यो पूर्वाग्रह नै हो। अब मिडियाले भन्ला कानूनि रूपमा उनि प्रचण्ड होइनन्, पुष्पकमल दाहाल हुन्। त्यो भए यस भन्दा अगाडि गैह्र कानुनि काम किन गरे मिडियाले? यसको जवाफ छ?
अब त्यसो भए बरिष्ठ साहित्यकार पारिजात होइनन् विष्णु कुमारी वाईबा भन्नु पर्यो नि होइन र साथी हो।
मेरो निष्कर्ष पनि केहि मिडिया माओवादि प्रति पूर्वाग्रहि भएकोनै भन्ने आभाष गराउँछ भन्ने नै हो।
मन परे हरियो, नपरे रातो
0
0
yo mathiko lekh hindu times bata liako ho
मन परे हरियो, नपरे रातो
0
0
malaai chaahi khaasai namajjaa laagena !
Kun thulo kuro ho ra bhanyaa ?
Tyo ta dherai naam raakhne haru ko galti ho !
Natra kantipur waa aru kasaile pani ki ta adhakshya pushpa kamal dahal bhanthyo yaa adhakshya dahal bhanthyo !
“Adhkshya pushpa” ta bhanyaa chhaina ni!
Tesmaa pani euta samaachaar ma ekchoti adhyakshya puspa kamal dahal bhanisakepachhi dus choti tei laamo naam bhanirahanu aawashyak chhaina . Yo kuraa ta thahaa holaa ni !
Tara mero bichaar maa uhaako naam prachanda nai thik chha.
Banduk bokne ko naam “puspa kamal” ? suhayena !
मन परे हरियो, नपरे रातो
0
0
Kanchan ji !
It is really a considerable and sensible subject for the editorial and reporting team of every responsible media house.I think there is no any way to disagree with you.I think it would be better for you to talk with the chief person of the major media house to know the fact.It shall also help you to prepare the next article in the same Subject.
As I know Sama,Mridula or Rupesh or anybody else in the house,have nothing big responsibility in this regard.They read or express what ever there News chief,News editor or News co-ordinator writes.They are not the chief or senior person of kantipur Tv.They are just the media workers or News readers .They do what ever their bosses guide them.There are many senior people working over them So it is nothing good to expose them unnecessariy in this highly intellectual topic.
I really expect another analytical and follow up article from you in this subject.
Jitendra Sah,
Nayabaneswor,Kathmandu.
मन परे हरियो, नपरे रातो
0
0
Kanchan ji, you are right. I am also not feeling comfortable to see this name instead of Prachanda. It indicates that Kantipur doesnot like maoist and Prachanda. But it doesnot matter. Kantipur is nothing infront of people. People have already made the decision. I think kantipur has ordered their employee not to use name “Prachanda”.
मन परे हरियो, नपरे रातो
0
0
येस्ता लेख हरुले माइ संसारको छबी लाई धमिलौने काम मात्र गर्छ । बकम्फुसे लेख लेखेरे समयको बर्बाद् । सचिकेइ अरु टोपिक्स् नभयर हो कि सानो दिमाग ले नभेटयको हो?
मन परे हरियो, नपरे रातो
0
0
खेम जी !
होई न होला काले कामी र कामी काले एउटइ, यदि हो भने चोर भैशी र भैशी चोर कसो होला ……..?
मन परे हरियो, नपरे रातो
0
0
kanchan जि मलाई पनि यो कान्तिपुर देखी बदो अचम्ब लागेको छ । यो केही होइन यो कान्तिपुरले मिडिया संचारमा आफ्नु अकाधिकार जमायाको हो जसरी हिजका ज्ञानेन्द्र र तिनका हुके , हनुमान ,यो कान्तिपुर बिग हाउस मेरो बिचारमा एउटा जनताको संचारको अङ नभयर यो त एउटा तै गिरिज को प्रबिदीको सर्बासत्ता बदी संचार हो जस्मा कुनै फैर न्युज, feporting हुदिन त्यो कान्तिपुर तै हो जो हिज राजा को हनुमन थियो जब त्यो ज्ञानेन्द्रले कान्तिपुर टि.भी लाई अनुमती दियन तस पछी यो ज्ञानेद्रको हुनुमन बन छोडेर दल को अन्दोलोन को पक्षमा लेखको थयो र पछी लोक्द्रन्त्र अय पछी कान्तिपुर टि.भी प्रसान गर्को थयो र तस्पचीका दिनमा हैले जसरी दस्लाई लुत्ने काम गर्को छ यस्ले गिरिज को साथ् पयर भोलिका दिन मा मोइस्त government मा गय पछी यस्को यो मिडिया रुपी भेस सबै चर्लङ हुने डर ले यस्ले जैले पनि मोइस्तको खेदो खनको छ तसैले ज्ञानेन्द मात्र गयर republic सची नयाँ नेपाल बन्दिन यस्ता यो कान्तिपुर रुमी संचार को कमान्दलु रुप लाई पनि अब जनताले यक यक गरी धोस्त बनाउनु पर्छ
मेरो एउटा question छ all पत्रकार बिशेस गरी कान्तिपुर जस्ता बिग संचारको मुकुन्दो भिरेर हिज त गरेनन गरेनन अज पनि यदी तिमी हरु ले नयाँ नेपाल र republic नेपाल मा पार्टी हरुले गर्को गल्ती लाई गल्ती र राम्रो कुरा लाई राम्रो भन्दिनौ भने हेर अब मेरो बिचमा तिमी हरु जस्ता नेपाल आमा का मानब रुपी कलअक पत्रकार त महोदय होशियार अब नसोचकी हामी नै ठुलो हो हामी ले black लाई white र white लाई black बनाउन सक्छौ भनेर जनताले हेरेको छ तिमी हरु लाई पनि खस गरी हामी योउङ generation ले र हिज कान्तिपुर मा तय को मोइस्त फवोउर मज्दुर ले देमन्द राखेर अन्दोलोन गरदा त यो मोइस्त ले त्यो गाह्रो भनयो त्यो कान्तिपुर ले भोली जनता ले यदी fair न्युज नपय अबस्य पनि जनता ले कान्तिपुर घेर्ने छ घेर्ने मात्र होइन जनता को भिद्ले जे पनि गर्न सक्छ यस्त कलन्क रुपी संचार को मुकुदो धारी लाई अनी हरु हामी जनता के लेक्छ त्यो कान्तिपुर ले सबै हामी लाई मोइस्त बनाउछ वा अरु कुनै भन्छ वा तसैले अब सचै नयाँ नेपाल र republic दिगो बनाउने हो भने यस्त कलम रुपी दस्करी जो रात रात मा कलम को धाकले सै लाई गलत र गलत लाई सै बनाउछ तस्लाई जरै सँग फक्नु पर्छ अनी बन्छ नयाँ नेपाल ।
मन परे हरियो, नपरे रातो
0
0
खेम जि
“कामी काले र काले कामी भनेको एउटै हो|” त भन्नु भो
तर “चोर गोरु र गोरु चोर त एउटै होईन होला नि ??
मन परे हरियो, नपरे रातो
0
0
Prachanda ko name nai dherai bhae pachi kantipur le ke lekhos ta, Prachanda le nai name euta rakhos na sakio halio ni, kina Kantipur lai dos dinu! hoina ra.
Yo ta lekhna pae bhandai ma je paeo uhi lekhe jasto lagio malai ta
मन परे हरियो, नपरे रातो
0
0
*****प्रतिक्रियावादीको ‘न्याप्कीन’ नबनोस्*****
- कुसुम भट्टराई
२०५३/०५४ सालतिरको कुरा हो । त्यसबेला म कान्तिपुर दैनिकमा करार सम्झौता बमोजिम संवाददाता थिएँ । योगेश उपाध्याय सम्पादक र तारानाथ दाहाल ‘चिफ रिपोर्टर’ हुनुहुन्थ्यो । त्यसैताका कान्तिपुरका हालका सम्पादक नारायण वाग्लेले भारत अतिक्रमित नेपाली भूमि कालापानीसम्म पुगेर प्रशंसालायक रिपोर्टिङ गर्नुभएको थियो । भारतीय हैकमविरुद्ध त्यसले नेपाली जनतालाई जागरुक र आन्दोलित बनाएको थियो । त्यसअघि नै वाग्लेले ‘मेची सीमाअतिक्रमण्ुँबारे स्थलगत रिपोर्टिङ गरेर ख्याती कमाइ सक्नुभएको थियो । देशभक्ति र राष्ट्रियताका पक्षमा सशक्त आवाज उठाउने पत्रिकामा काम गर्न पाएकोमा मैले आफूलाई गौरवान्वित महसुस गरेको थिएँ ।
कान्तिपुरको अफिस त्यसताका शान्तिनगरमा थियो । एकदिन कार्यालयको ग्राउण्ड फ्लोरमा रहेको रिसेप्सन कक्षको सोफामा बसेर सहकर्मी शिरोमणी दवाडीसँग गफ गरिरहेको थिएँ, एकजना मानिसले भारतीय दूतावासबाट भन्दै रंगीन कागजले सजाइएको पाहुर बोकेर ल्याए । कान्तिपुरका तत्कालीन सम्पादक र कालापानी अतिक्रमणसबन्धी समाचार लेख्ने पत्रकारहरूको नाममा पठाइएको सो पाहुर अरू केही नभएर ‘जोनी वाकर’ नाम गरेको रेड लेबल ब्राण्डको रक्सी थियो । भारतीय दूतावासजस्तो कूटनीतिक निकायले नेपाली पत्रकारहरूलाई यसरी रक्सी सप्लाई गर्दोरहेछ भन्ने कुरा त्यसै दिन थाहा भयो । कान्तिपुरका मेरा ‘राष्ट्रवादी’ सहकर्मीहरूले दूतावासको पाहुर सहजै ग्रहण गर्नुभयो । त्यसयता कान्तिपुरले राष्ट्रियता र भारतीय थिचोमिचोका विषयमा खासै आवाज उठाएको पढ्न पाइएको छैन । शायद रेडलेवलकै करामत होला ।
अहिले डाबर नेपाल, नेपाल लिभरलगायतका केही भारतीय कम्पनीले विज्ञापन पूर्णत बन्द गरिदिने हो भने कान्तिपुर दैनिकको आयस्रोत नै बन्द हुन्छ । भारतीय हितका पक्षमा उसले दलाली गर्नुको एउटा कारण यो हुनसक्छ । तर, मालिकहरूको दलाल पुँजीपति वर्गीय चरित्रले नै अहिलेसम्म कान्तिपुरलाई निर्देशित गरिरहेको छ । सुस्ता अतिक्रमण, डुबान समस्या, सीमा मिचाई र सीमामा भारतीय सुरक्षाकर्मीबाट नेपालीमाथि भइरहेको ज्यादतीको विरोध अथवा १९५० को सन्धिको खारेजी, भुटानी शरणार्थीहरूको ससम्मान स्वदेश फिर्तालगायतका विषयलाई ‘स्याडो’मा राखेर कान्तिपुरले सुस्ता अतिक्रमणविरुद्ध पैदल मार्च गर्ने योङ कम्युनिस्ट लिगमाथि प्रहार केन्दि्रत गर्नु भनेको भारतीय विस्तारवादको निर्लज्ज चम्चागिरी नै हो । यसरी विस्तारवादको चम्चागिरी र रेडलेवल रक्सीमा बिक्ने कथित पत्रकारहरूले अहिले आएर किन जनअनुमोदित शक्ति नेकपा-माओवादी)विरुद्ध प्रहार केन्दि्रत गरिरहेका छन भन्ने बुझ्न कठिन छैन ।
नेपालको अहिलेको परिवर्तन खासमा नेपाली जनताबाहेक अमेरिका, भारत, ज्ञानेन्द्र, गिरिजा, केपी ओली, कमल थापा र कान्तिपुर कसैलाई पनि पटक्कै मन परेको छैन । जनताको तीव्र दबाब सामना गर्न नसकेका कारण बाध्यताबस गणतन्त्रको पक्षमा आफूलाई उभ्याए पनि यी तत्त्वहरूलाई परिवर्तनले ठूलो तनावमा पारी दिएको छ । नयाँ नेपालमा उत्पादक शक्तिको हितमा नयाँ आर्थिक सम्बन्ध निर्धारण हुने भएकाले दलाल नोकरशाह पुँजीपति वर्गले चलाएको कान्तिपुर दैनिकको ‘मोनोपोली’ समाप्त हुने सम्भावना बढेको छ । कान्तिपुरका अधिकांश करारमा कार्यरत कर्मचारी र पत्रकारले स्थायी हुनुपर्ने र तलब सुविधा बढाउनुपर्ने माग गर्दै आन्तरिक संघर्ष चलाइरहेका छन् । तर, त्यसका मालिकहरूले आपसी विवादको हौवा पिटाएर कामदारका जायज मागहरूलाई टार्दै विषयान्तर गर्दै आइरहेका छन् । यो षड्यन्त्र त्यहाँका कामदारले विस्तारै बुझ्न थालेका छन् । एकातिर त्यहीकै कामदारले विद्रोह गर्ने अवस्था छ भने नयाँ परिवेशमा सञ्चार नीतिमा पनि जनपक्षीय परिवर्तन हुने सम्भावना बढेको छ ।
कान्तिपुरले सरकारी संस्थानका विज्ञापनमा कायम गरेको एकाधिकार तोड्नुपर्ने आवाज सञ्चारक्षेत्रबाटै उठ्न थालेको छ । कान्तिपुर एक्लैले वार्षिक चालीस करोड रुपैयाँको सरकारी विज्ञापनमा जुन एकलौटी मस्ती गरिरहेको छ, त्यो परिपाटी तोडेर विज्ञापन अन्य पत्रिकालाई पनि भागबण्डा गर्नुपर्ने आवाज लोकतन्त्र स्थापनामा अग्रणी भूमिका निर्वाह गरेका साप्ताहिक पत्रिकाहरूले उठाइरहेका छन् । तरुण साप्ताहिकका सम्पादक एवं साप्ताहिक पाक्षीक सञ्जालका सदस्य परशु घिमिरे भन्नुहुन्छ, ‘सरकारी विज्ञापनमा कान्तिपुरको एकलौटी वर्चस्व अब हट्नुपर्छ । कान्तिपुरले मात्रै नेपाली पत्रकारिताको प्रतिनिधित्व गर्दैन । विज्ञापनको समानुपातिक वितरण आवश्यक छ ।’
नेकपा-माओवादी) सत्तामा आएपछि सञ्चारमा आफ्नो एकल साम्राज्य समाप्त हुने भयले आक्रान्त दलाल पुँजीपतीहरूको अहिले एउटै मिशन छ, माओवादीलाई सत्ताको पूर्ण नेतृत्व गर्नबाट रोक्ने । यद्यपी, यो नग्न मिशनलाई उनीहरूले ‘प्रेस स्वतन्त्रतुँ, ‘मानवअधिकार’ वा अन्य आवरणले छोप्ने कोसिस गरिरहेका छन । मालिकहरूको कर्पोरेट कक्षमा ‘ब्याक डोर’बाट प्रदान गरिने अतिरिक्त आर्थिक लाभको मोहमा फसिरहनुभएका युवा पत्रकार साथीहरूले समयमै आफ्नो गल्ती महसुस गर्नुभएन भने उहाँहरू साम्राज्यवादी र विस्तारवादीका खेलौना बन्नुहुनेछ । किनकि, कान्तिपुर दैनिक नेपाली सञ्चार जगतको धरोहर हो । यसको जनमुखीकरण अनिवार्य छ । यसलाई जनमुखी बनाउने जिम्मा भनेको कामदारहरूकै हो । तर, बिडम्वना अहिले कान्तिपुर जनमुखी होइन, ‘धनमुखी’ हुँदै गएको छ । कामदारहरू निरीह छन् ।
धनमुखी भएकै कारण कान्तिपुरले चुनावअघि जताततै त्रिपक्षीय टक्कर देख्यो र नेकपा-माओवादी) तेस्रो स्थानमा रहेको विश्लेषण गर्यो । उसले चितवनमा रामबहादुर थापा बादललाई पनि तेस्रो स्थानमै देख्यो, उसले काठमाडौंमा प्रचण्ड र झक्कु सुवेदीलाई पनि तेस्रै स्थानमा राख्यो । बहुमत कांग्रेसकै आउने आाकलन गर्यो उसले । तर, कान्तिपुरको विश्लेषण गलत साबित भयो । उसले सम्प्रेषण गरेको समाचार झुठको खेतीमा परिणत भयो । तर, यसरी पाठकमाझ सफेद झुठ पस्किएर अतिरञ्जित, भ्रामक र पीत पत्रकारिता गरेको तथ्य प्रमाणित भइसकेपछि पनि कान्तिपुरले पाठकसमक्ष क्षमा मागेन । पाठकको अगाध विश्वासमा ठेस पुर्याएकोमा कान्तिपुरलाई अलिकता पनि हिनताबोध भएन । प्रतिक्रियावादीहरूको कठपुतली बनेर जनताको शक्तिविरुद्ध गलत पत्रकारिता गरिएछ भनेर त्यहाँ कार्यरत पत्रकार साथीहरूले अलिकति पनि पश्चाताप बोध गर्नुभएन । बरु, पुनः ‘घटीया मिशन’को अर्को चरणमा प्रवेश गरी कान्तिपुरले माओवादीविरुद्ध जेहाद छेडिरहेको छ । गिरिजाले जनादेशविरुद्ध राष्ट्रपति पदको अनुचित दाबी गरिरहेको मुख्य विषयलाई विषयान्तर गर्न कान्तिपुरले प्रचण्डको भाषणमा व्यक्त जनगणतन्त्र र कान्तिपुरको सामान्य प्रसंगलाई उछालेको हो । यही कारण, अहिले कान्तिपुरको लोकपि्रयता घट्न थालेको छ । सप्तरीमा राजध्वज जातिले कान्तिपुर दैनिक जलाएको खबर छ । लोकपि्रयता घट्नु भनेको पत्रिकाको अवनतिको सूचक हो ।
माओवादी अध्यक्ष प्रचण्डले खुलामञ्चमा कान्तिपुरबारे प्रकट गर्नुभएको भनाइ चुनौतीभन्दा पनि आग्रह थियो । प्रचण्डले स्पष्ट रूपमा त्यसदिन ‘आफूलाई भेट्न आएका कान्तिपुरका सम्पादकसँग मैले यसो यसो भनें’ भनेर जनतालाई जानकारी गराउनुभएको हो । अर्थात् खुलामञ्चमा कान्तिपुरबारे प्रचण्डले गर्नुभएको टिप्पणीमा त्यसअघि नै सम्बन्धित पत्रिकाका सम्पादकसँगको भेटमा व्यक्त गरिएकै कुराहरू थिए । प्रचण्ड र कान्तिपुरका पत्रकारहरूको भेट भएको कुरालाई कान्तिपुर दैनिकमै अमीत ढकालले स्वीकार गर्नुभएको छ । रणनीतिक विषयबाहेक कुनै पनि कुरा गोप्य नराख्ने र सबै कुरा जनतालाई भन्ने स्वभावबमोजिम प्रचण्डले त्यो भेटको कुरा खुलामञ्चमा भनिदिनुभयो । यदि प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति थियो भने कान्तिपुरका पत्रकार महोदयहरूले प्रचण्डलाई भेटेकै भोलिपल्ट किन ठूल्ठूला टिप्प्णी लेखेनन ? कोठामा व्यक्तिगत भेटमा प्रचण्डको आलोचना सुन्ने, त्यसबारे मौन रहने अनि त्यहीं कुरा जनतामाझ उजागर भएपछि भने रडाको मच्चाउने शैली आफैंमा नकचरो शैली हो । कान्तिपुरमा एकाध थोपा पसिना चुहाएको नाताले मेरो सल्लाह छ, कान्तिपुर यसरी सधैंभरी साम्राज्यवादी र विस्तारवादीको ‘न्याप्कीन’-फोहर हात पुछ्ने पातलो कागज) नबनोस् । किनकी, प्रतिक्रियावादीहरूले एक न एक दिन न्याप्कीनलाई ‘ट्वाइलेट पेपर’को रूपमा प्रयोग गरिदिन सक्छन् । होसियार Û
मन परे हरियो, नपरे रातो
0
0
कंचन जी,
हतारमा लेख लेखेर फुर्सदमा किन पछुतौने ?
मन परे हरियो, नपरे रातो
0
0
कञ्चन लिम्बुजीले उठाएको यहि कुरा प्रतिक्रियामा हाम्रा युबा भाईले पनि उठाएको हेक्का छ मलाई । सायद उनलाई पनि कञ्चन जीलाई झैं लागेको हुँदो हो तर मलाई भने खासै अनौठो त्यस्तो केहि लागेन है । अझ मलाई त यो ब्लगमा मुल विषय बनाएर उठाउने कुरै हैन जस्तो लाग्छ । साहित्यकारहरु जो उपनामले लेखेर चिनिएका हुन्छन , जस्लाई वास्तविक नामले कसैले चिन्दैन तिनीहरुलाई यसरी वास्तविक नामले पटक पटक पुकारियो भने को होला भनेर खुल्दुली हुन्छ तर प्रचण्ड उनलाई पुष्पकमल दाहाल भनेर सबैले चिन्छन । त्यसो त समाचारमा उनलाई माओवादी अध्यक्ष नभनी पुष्पकमल दाहाल मात्र भनिएको नि छैन त्यसैले खै मलाई चैं यो कुरा अनौठो लागेकोमा अनौठो लाग्यो है । कि प्रचण्डलाई पुष्पकमल दाहाल भन्न नपाई त हैन होला ?
मन परे हरियो, नपरे रातो
0
0
Whatever they say in the news, there should be consistency in the names.
मन परे हरियो, नपरे रातो
0
0
लिम्बु जी
काले कामि भनेनि कामि काले भनेनि एउटै एउटै हो
मन परे हरियो, नपरे रातो
0
0
कान्तिपुरले प्रख्यात तथा लोकप्रिय नाम प्रचण्डलाई मिनिमाईज गर्न जे भने पनि केहि हुनेवाला छैन । प्रचण्ड जनताका
मनमा विराजमान भईसके नाम हो ।
कान्तिपुरले माओवादीko जतिसुकै खेदो खने पनि केही नापिनेवला छैन, सेवा गरीब जनताको गर्ने हो कान्तिपुरको होईन ।
नेपालि जनताहरुले कान्तिपुरको पुवग्राहि समाचारको biswas गर्नु nai parchha bhanne छैन । कान्तिपुरले सोचे हुन्छ जनताko सेवामा लागे
पत्रकारिता टिकने छ तर दलाल पुजिपतिहरुको गुलामि गरे चाँडै सिद्घिने छ । कान्तिपुर नेपालि जनता भन्दा माथि
हुनै सक्तैन र कान्तिपुर भन्दैमा निष्पक्ष हुन्न ।
प्रचण्डले भनेको जस्तै हावादारी चुनावि आकलन दिएर माओवादीको खइरो नखने भए यी काँग्रेस र एमालेले
चुनाव गराउने थिएन त्यसकारण मेरो व्याक्तिगत तर्फबाट कान्तिपुरका पत्रकारहरुलाई धन्यवाद दिन्छु ।
मन परे हरियो, नपरे रातो
1
1
यो ikchya भन्ने त तुलसी गिरीको नयाँ अवतार जस्तो छ नि । तुलसी गिरीले पनि कान्तिपुरलाइ अर्को दल अर्थात आठौं दल भन्थ्यो । अहिले माओवादीहरुले भन्न थाले । ल ल सवैले स्वागत गरौं है नौलो जनवादी देश नेपालका नयाँ राजा श्री १० प्रचण्ड र मौसुफका भजन मण्डलीलाई ।
मन परे हरियो, नपरे रातो
0
0
एस बारे बुद्दनगरबाट केही पनि प्रतिकृया आएन भने छलफलको कुनै अर्थ रहने छैन ।
मन परे हरियो, नपरे रातो
0
0
Kanchan ji,
This is a vital point you raised over Kantipur media.
I am totally agree with you, should they wish to call him Prachanda then let them have it but to call him by three different names is irrelevant which is an assault if we take it from a closer distance. Prachanda was a notch name of during revolution I suppose but his given name is Puspa Kama Dahal which should have been detailed officially I guess. Nevertheless, to call a person by three different names is irrelevant.
मन परे हरियो, नपरे रातो
0
0
Being so biased to a particular person or party is not professional character of any Journalism.
मन परे हरियो, नपरे रातो
0
0
माओवादी अध्यक्ष को वास्तविक नाम पुष्पकमल दाहाल हो | चाहे पुष्पकमल भनुन या दाहाल| उन्को उपनाम प्रचन्ड हो धेरैले प्रचन्ड नाम्ले चिन्छन केको अचम्म लग्नु लाटोले राङाको पछील्तिर झुन्डियको हेरेर हासे जस्तो भएन भनेको | यो केही बिषय बस्तु हो ? साच्चै छलफल गर्ने हो भने नेपाली काङ्रेस को चरित्रलाई छलफल गरोउन | कहिले राजतन्त्रबदी कहिले प्रजान्त्रबदी कहिले गणतन्त्रबादी बनेर नाङगो नाच नाच्दा नेपाली जनतालाई हग्नेलाई भन्दा देख् ने लाई लाज भन्ने चरितार्थ भएन | कस्तो सरम्को कुरा |
मन परे हरियो, नपरे रातो
0
0
THIS IS RIDICULOUS. SUCH A NONSENSE ARTICLE FROM SUCH A INTELLECT MR.LIMBU. U R AN INTELLIGENT, SO BETTER WRITE SOMETHING MORE APPEALING,,.. U R WRITTING AS IF U HAVE NO ANY OTHER TOPIC LEFT IN THIS WORD TO WRITE. U R WASTING UR TIME AND MINE ALSO……. SEE I HAVE TO WRITE A NONSENSE COMMENT FOR A NONSENSE NEWS.
मन परे हरियो, नपरे रातो
0
0
ikchya jee
ani tapain chai yesto useless subject ma one page comment lekhera ke ” ma Philosopher Hu” vanera sidda garna khojnu vayeko
मन परे हरियो, नपरे रातो
0
0
प्रचण्ड अभिव्यक्ति र मिडिया सर्वसत्तावाद
- दीपक खनाल
‘अहिले म यसो फर्किन्छु,, एकचोटी कान्तिपुरको सम्पादक मित्रहरूसँग मेरो कुरा भयो । उहाँहरूले लगातार माओवादीको त खेदो गर्ने ! अनि मैले भनें- धन्यवाद तपाईंहरूलाई खेदो गरेर राम्रो गर्नुभो । तपाईंहरूले नखेदेको’भा चुनाव नै हुनेथिएन यो देशमा । धन्यवाद अब पनि तपाइर्ंहरू चैं हिजो गर्याजस्तै अहिले पनि त्यस्तै खेदो गर्नुभो भने अब चैं राम्रो हुँदैन । किनभने हामीलाई नेपाली जनताले जिताइसके नि ! जनताले जिताइसकेपछि त जनताको जितलाई त तपाईंहरूले सम्मान गर्नुपर्यो नि ! हिजो त जित्दैन भन्ने तपाईंहरूलाई लाग्यो त के गर्ने ? लाग्यो लेख्नुभो । अब त्यसो नगर्नु होला मिडियाका साथीहरूले पनि । नयाँ नेपाल बन्दैछ छुट्नेवाला छैन ।’
आदरणीय पाठकवृन्द ! नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डले जेठ १७ गते शुक्रबार खुलामञ्चमा आयोजित गणतन्त्र विजयसभामा हुनेखाने पुँजीवादी मिडियाबारे बोल्नुभएको भनेको भनाइ ठ्याक्कै यही हो । चैं र सैं जोड्दा उहाँले जम्मा ‘एक सय एक’ शब्द बोल्नुभएको रहेछ । के तपाईंहरू कुनै धम्की र चेतावनी देख्नुहुन्छ त यो भनाइमा ?
तर कवि भूपि शेरचनले भनेझैं यो हल्लैहल्लाको देश रहेछ । यो हल्लैहल्लाको देशका हुनेखाने पुँजीवादी मिडियाहरूले फेरि अध्यक्ष प्रचण्डले बोलेको भनाइलाई बङ्ग्याएर हल्ला फैलाउने काम गरे । साँच्चै अघोषित वाक्युद्धघोष गरे तिनीहरूले । द्वन्द्व बढाएर मूल राजनीतिक विषयलाई फेरि पनि विषयान्तर गर्ने कोसिस गरे । मुलुकलाई यथास्थितिवादमै जकडयाउने दुस्प्रयास गरे । कतिको दिमाग भुटे । टीठलाग्दा देशी-विदेशी बुद्धिजीवीहरू पनि यही हल्लाको पछि दौडिए । हुनेखाने पुँजीवादी मिडियाकै समाचार ‘हेडलाइन’ पढेर आफ्नो दर्शन र दृष्टिकोण बनाउनेहरूले त झन् माओवादी अध्यक्ष प्रचण्डको ‘एक सय एक’ शब्दका विरुद्ध हजारौं शब्द खर्चिए । अरू त अरू नेपालका सबै पत्रकारको छाता संगठन-नेपाल पत्रकार महासंघसमेत अध्यक्ष प्रचण्डको वास्तविक भनाइ नसुनी हुनेखाने पुँजीवादी मिडियाकै समाचारलाई सत्य प्रमाण बनाएर वक्तव्यबाजीमै उत्रियो । महासंघका भर्खरै निर्वाचित अध्यक्ष झाजीले अध्यक्ष प्रचण्डको भनाइको टेपरेकर्डर सुन्ने धैर्यतासम्म गर्नुभएन । वास्तविक भनाइ नै नसुनी हुनेखाने पुँजीवादी मिडियामा छापिएको समाचारकै आधारमा माओवादी मूल नेतृत्वमाथि शब्दवाण हानेर अध्यक्ष झाजीले कसको सेवा गर्न खोज्नुभएको हो ? यो प्रश्न अनुत्तरित छ । र, साथसाथै गम्भीर पनि ।
आदरणीय पाठकवृन्द ! म यी हरफहरू कसैप्रति पूर्वाग्रही वा आग्रही भएर लेख्न गइरहेको छैन । हिजो मलाई पनि पत्रिकामा छापेको वा रेडियो-टिभीबाट बोलेको कुरा सत्य नै हुन्छ झैं लाग्थ्यो । अरूले मुखैले भनेको कुरामा पनि विश्वास लाग्थेन । आफ्नै कुरा सही भनेर जिद्दी गरिन्थ्यो । तर कहाँ हुनु र त्यस्तो ? यहाँ त छापिएका वा भनिएका कुराहरू सबै सत्य हुँदारहेनछन् । ८० प्रतिशत त झूटको खेती हुँदोरहेछ ।
मैले पत्रकारिता थालेको १० वर्ष नाघ्यो । म सधैं सत्यवादी र यथार्थवादी कलमको पक्षमा रहादै आएको छु । कहिलेकाहीा भूलवश गल्ती लेखियो होला । त्यो स्वभाविक हो किनकि घोडा चढ्ने मान्छे लड्छ । तर यो दसवर्षको बीचमा मैले हुनेखाने पुँजीवादी मिडियाहरूले प्रायः सत्य, तथ्य र स्वस्थ पत्रकारिता गरेको देख्न पाइना । तपाईंहरूलाई पत्रिकामा अरूको नाम छापिादा, रेडियोबाट बोली सुन्दा र टिभीमा अनुहार देख्दा रहर लागेर आउँछ होला । आफू पनि त्यस्तै बन्न पाएहुन्थ्यो भन्ने जोश र उमङ्ग जाग्छ होला । तर यहाँका हुनेखाने पुँजीवादी मिडियाहरूले कति विकृति/विसंगतिहरू भित्र्याएका छन् भन्ने कुरा तपाइर्ंहरूलाई यहाँभित्रै आएपछि मात्र थाहा हुन्छ । पैसाले धनी हुनु मात्रै पुँजीवादी हुनु होइन । दरिद्रै भए पनि पुँजीवादी मानसिकता बोक्नु र पँूजीवादीहरूकै सेवा गर्नु पुँजीवादी हुनु हो । त्यसैले यहाँ यस्ता थुप्रै पुँजीवादी र यथास्थितिवादी मिडियाहरू छन्, जसले हावाको भरमा अफवाह फैलाएर व्यक्तिको चरित्रहत्या गर्ने र तपाईंहरूका दिमागलाई प्रदूषित बनाउने काम गर्दै आएका छन् । अनि तपाईंहरू त्यसलाई नै सत्य ठान्नुहुन्छ । हुन त मिडियाको काम जनमत बनाउने पनि हो । त्यसैले सधैं झूटो कुरा पढेपछि त्यही झूटप्रति तपाईंहरूको जनमत बन्दै जान्छ । तर भित्री सत्य त्यस्तो हुँदैन । दैनिक बजारमा आउने कतिपय पत्रपत्रिका हेर्नुस् त ! तिनीहरूले के-के लेखेका हुन्छन् ? सबैका कुरा पढ्नुभयो भने तपाईंहरू नै पागल हुनुहुन्छ, बौलाउनुहुन्छ । म स्वयम् पत्रकार भएर आज यस्ता कुराहरू लेख्नुपर्दा दुःखित छु ।
आदरणीय पाठकवृन्द ! माओवादी अध्यक्ष प्रचण्डको भनाइलाई बङ्ग्याएर अनावश्यक द्वन्द्व बढाउनु पनि यस्तै झुटो प्रचारको अर्को नमूना हो । त्यो दिन म पनि खुलामञ्च गएको थिएँ । त्यस दिन अध्यक्ष प्रचण्डले बोल्नुभएको भनाइको टेपरेकर्ड मसित पनि सुरक्षित छ । यो लेखको सुरुमा जे उतारियो ठ्याक्कै त्यही हो अध्यक्ष प्रचण्डले बोल्नुभएको । मेरो ब्रहृमले भेटेसम्म मलाई लाग्छ, अध्यक्ष प्रचण्डले कुनै आक्रामक शैली वा आवेशमा आएर त्यो अभिव्यक्ति दिनुभएको होइन । उहाँले ठट्यौलो पाराले हाँसी-हाँसी त्यसो भन्नुभएको हो । फेरि सामान्य लोकतान्त्रिक मूल्य र मान्यताबाट हेर्दा पनि उहाँले जनादेशको सम्मान गर्नुपर्छ भनी दिनुभएको अभिव्यक्ति कसरी नाजायज हुन्छ र ? ‘हिजो गल्ती गर्नुभो अब गल्ती नगर्नुहोला भन्दा के बिगि्रयो त, के नराम्रो भयो त ? त्यसो भए माओवादीले गल्ती गर्दा मिडिया र मिडियाका साथीहरूले ‘प्रचण्डले माफी माग्नुपर्छ’ भनेर लेख्न पनि त भएन नि अब ? यसरी लेख्नु पनि त धम्की र चेतावनी हो नि ? यो पनि त मिडिया सर्वसत्तावादी उन्माद हो नि ? फेरि अध्यक्ष प्रचण्डले बोलेको निहुँ बनाएर ज-जसले जे-जे लेख्नुभो, त्यो चाहिँ के हो नि ? त्यो कलमी उन्माद हो कि होइन ? यो कुरा जान्दाजान्दै किन समाचारलाई जथाभावी तोडमरोड गरिन्छ ? किन अनावश्यक द्वन्द्व बढाएर यथास्थितिवादको पक्षपोषण गरिन्छ ?
आदरणीय पाठकवृन्द ! म पत्रकारिताको विद्यार्थी पनि हुँ । त्यसैले केही सैद्धान्तिक ज्ञान पनि छ मसित । मैले जानेको सामान्य ज्ञानका आधारबाट हेर्दा पनि यसरी कसैको भनाइलाई ‘टुइष्ट’ गर्नु अपराध हो । भन्नोस् त कसैको भनाइलाई तोडेर सामाजिक द्वन्द्व बढाउनु अपराध हो कि होइन ? एउटै शब्दले कत्रो असर पुर्याउँछ, कत्रो अर्थ लाग्छ । मिडियाले चाहीँ यस्तो कुरामा ख्याल गर्न पर्दैन ? कल्पना गर्नोस् त ! एकजना डाक्टरले विरामीलाई गलत सूई लगायो वा गलत औषधिको ‘प्रेसक्रिप्सन’ लेखिदियो भने, त्यो विरामीको हालत के हुन्छ ? अनि कुनै मिडियाले गलत कुरा लेख्यो वा भएको कुरालाई बङ्ग्याएर दियो भने कति मान्छेको दिमाग भुटिन्छ ?
आदरणीय पाठकवृन्द ! फेरि पत्रकार धर्तीबाट फुत्त आएको र आकाशबाट स्वाट्ट झरेको, छुट्टै ग्रहबाट आएको जात पनि त हैन नि । ऊ दूध र सुनपानीले धोइएको पनि त छैन नि । हिजोसम्मको सामन्ती सत्ता र संस्कारको अवशेष उसमा पनि त बाँकी नै छ । तैपनि यो जात किन आफूलाई देवता ठान्छ ? किन विष्णु र महादेवको अवतार मान्छ ? सर्वसत्तावादी चरित्र त त्यो जातमा पनि त छ ? त्यही भएर पनि कुरा गडबड भएको हो । किन गडबड भएको हो भने, यो जातसँग कलम छ । कलम शक्ति हो र कसैले केही गर्यो भने ‘तँलाई बाँकी राखिन्न’ भनेर धम्की दिन्छ । यो धम्की पनि शक्ति उन्माद होइन त ? भन्नोस् त यो धम्की कति खतरनाक छ ? त्यसैले तपाईंहरू केही गर्यो भने पत्रकारले लेखिदिन्छ भनेर डराउनुहुन्छ । भएको यही हो । अरूले गल्ती गरे पत्रकारले लेखिदिन्छ, पत्रकारले गल्ती गरे लेखिदिने र बोलिदिने कोही हुँदैन । हाम्रा बुद्धिजीवी र नेताहरू पनि त्यस्तै छन् । हात्ती मिडियाले जे लेखे पनि त्यसमै विश्वास गर्छन् । त्यही हात्ती मिडियाको ‘हेडलाइन’ पढेर आफ्नो दर्शन बनाउँछन् । घटनाको गहिराइमा पुगेर कहिल्यै बोल्दैनन् । त्यही सतही कुरा पढेर कोमाथि खनिनुपर्ने हो, खनिन्छन् । यो कहाँसम्मको बौद्धिकता हो ?
आदरणीय पाठकवृन्द ! हेनुस् न यहाँ यस्तै अर्को बिडम्वना पनि छ, त्यो के भने, सर्वहारावर्गको नेतृत्वको खुलेआम र घोर विरोध गरेर लेख्दा पनि त्यो स्वतन्त्र, निष्पक्ष र व्यवसायिक मिडिया र पत्रकार रे । तर संसद्वादी दलका गलत नीति र रवैयाबारे आलोचना गरेर लेख्दा त्यो कुनै दल विशेषको मिडिया रे, पत्रकार रे ? हात्ती मिडियामा झूटो लेखे पनि सही रे, अरू जनपक्षीय मिडियाले सही लेखे पनि झूटो रे । हात्ती मिडियाले जे लेखे पनि अरूले मान्नुपर्ने रे । विचार बनाउनुपर्ने रे । सर्वहारावर्गीय पक्षधर मिडियाले लेखेका सही कुरामा विचार बनाउन हुन्न रे । यो सामन्ती केन्द्रीकृत र सर्वसत्तावादी सोच हो कि
होइन ? यो चिन्तनको अन्त्य नभएसम्म पुँजीवादी सर्वसत्तावादी हात्ती मिडियासितको लडाइा सकिादैन ।
सर्वहारावादी मिडियाहरूले त हाकाहाकी जनताको सेवा गर्छौं नै भनेका छन् । उनीहरूले खुलेआम रूपमा आफूलाई सर्वहारावादी भनेका छन् । तर हुनेखाने पुँजीवादी सर्वसत्तावादी मिडियाहरू भन्छन् एउटा गर्छन् अर्को । उनीहरूका देखाउने र चपाउने दुइटा दाँत छन् । उनीहरू मुखले जनताको सेवा गर्ने भन्छन् तर भित्रभित्रै यथास्थितिवाद, साम्राज्यवाद र विस्तारवादकै सेवा गर्छन् । जनताका विरुद्ध खनिन्छन् । उनीहरू किन खुलेआम रूपमा आफूलाई यथास्थितिवाद, साम्राज्यवाद र विस्तारवादका सेवक हुँ भन्न सक्दैनन् त ? किन सधैं दोहोरो भूमिका खेल्छन् त ?
हुनेखाने मिडियाहरू अझै पनि क्रान्तिकारी शक्ति माओवादीलाई पुरानै राजनीतिको मूलधारमा ल्याएको भन्छन् । तर इतिहास साक्षी छ, माओवादी मूलधारमा आएको हो कि संसदवादी दलहरू माओवादीले सिर्जना गरेको नयाँ गणतान्त्रिक मूलधारमा आएका हुन् ? हुनेखाने पुँजीवादी मिडियाहरू आफूलाई खूब लोकतन्त्रवादी र प्रेस स्वतन्त्रताको रक्षाकवच नै ठान्छन् । त्यसो हो भने यी मिडियाहरूले लोकतन्त्रको सामान्य मूल्य, मान्यता र नियमका आधारमा पनि यतिबेलाको राष्ट्र र सरकारको नेतृत्व गर्ने पार्टी माओवादी नै हो, त्यस आधारमा माओवादीलाई नेतृत्व गर्न संसद्वादी दलले ढोका खोलिदिनुपर्छ भन्न किन सक्दैनन् त ? किन अझै पनि सत्तामा टाँसिइरहने गिरिजाप्रसादहरूलाई सत्तामोह छाड भनेर अर्ती-उपदेश दिन वा खबरदारी गर्न सक्दैनन् त तथाकथित लोकतन्त्रवादी र हुनेखाने सर्वसत्तावादी मिडियाहरू ? गिरिजाप्रसाद कोइराला हिजोसम्म सेरेमोनियल किङ्ग, बेबी किङ्ग र माइनर किङ्गका कुरा गर्थे । उनको पार्टीले संविधानसभाको निर्वाचनअघि ‘राष्ट्रपति’ भन्ने शब्द उच्चारण गर्नै चाहेको थिएन । अनि तिनै गिरिजाप्रसादलाई अहिले राष्ट्रपति चाहिने ? यो इतिहास किन भुल्छन् हुनेखाने पुँजीवादी मिडियाहरू ?
आदरणीय पाठकवृन्द ! हुन त पुरानै सोच, पुरानै चिन्तन र नशा-नशामा पुरानै रगत बगेपछि जुनसुकै ‘तन्त्र’ आए पनि केही हुँदोरहेनछ । कुकुरको पुच्छर जतिवर्ष ढुंग्रां राखे पनि बाङ्गै हुँदोरहेछ । त्यसैले पनि हुनेखाने मिडियाहरूको एकोहोरो खेदाइलाई सामान्य रूपमा हेर्नै हुन्न । उनीहरूसितको लडाइा भनेको पुँजीवादी वर्गसितकै लडाइा हो । यो सर्वहारावादी र पुँजीवादी वर्गबीचकै लडाइर्ं हो । त्यसैले सर्वहारावादीहरूले पनि पँूजीवादी मिडियाहरूले आफ्नो कुरा लेखिदिन्छन् भनेर आश गर्नु बेकार छ ।
मन परे हरियो, नपरे रातो
1
1
Many names make a problem.
So, kantipur news readers are right to call him by different names as they feel good.
Issue is not very logical to further discuss.
मन परे हरियो, नपरे रातो
0
0
मैले पनि कान्तिपुरका समाचार, सम्पादकीय र लेखहरुलाई धेरै वर्षदेखि
नियालेर पढिरहेको छु। समग्रमा भन्ने हो भने कान्तिपुर शक्ति उपासक, वाहुनवादी, माओवादी विरोधी, जनजाति विरोधी आदि पुर्वाग्रहले पीडित छ।कसको पुछर मसारेर वा मर्काएर नौनी हातां पार्न सकिन्छ त्यतैतिर मल्लेको देखिन्छ।
श्रोतका धनी कान्तिपुरले स्वस्थ र पुर्वाग्रहविहीन अनि खोजमुलक पत्रकारितामा अग्रणी
भुमिका र पथ प्रदर्शन गर्ने अवसर छाडेर सत्ता वा व्यक्तिप्रति निर्लिप्त हुन भएन।
गणतंत्रले हिन्दु धर्म मात्रै ठुलो सझँने अतिवादी पडिंतजीहरुलाई मर्का परे जस्तो छ। नत्र महलोभमा कतै बाट दिग्दर्शन आएर सचांलित र स्वचालित भएका त होइनन? के हामी हिन्दु होइनौ? यी अतिवादी हिन्दुहरुले स्वाहा पारे हाम्रा आदर्शहरु।कान्तिपुरको बाटो पनि त्यतैतिर रहेछ, दु:खको कुरो।
देशमा के हुनपर्ने र के भएको छैन त्यसबारे कान्तिपुरको कान र मुख सहित कलम
जानपर्ने। प्रचण्ड भनेर दुनिँयाले चिनिसकेपछि के के कमल दाहाल भनेर चिच्याइरहनुको उदेश्य के होला त कान्तिपुर नै जानुन वा ती चटक्क सुहाँउदो पश्चिमा वेशभुषामा रहेका कान्तिपुरका टीभी वालाहरु नै जानुन।
कन्चनजी, फेरि पनि पुर्वबाट यो सामयिक र सान्दर्भिक विषयमा सारगर्भित धुनमा विगुल फुकिदिनुभो।धन्यवाद।
किन होला वेलाको वोलीका कलमदासबाट यसवारेमा केही व्यगँ टिप्पणी आएन, यसवेला सम्म पनि नरहरिजीको विजयमा हर्षोल्लासमा मस्त भएर हो कि वा कान्तिपुरको पुछेराई पुजनले हो?
मन परे हरियो, नपरे रातो
1
0
Yes Kina ho kunni ajkal Prachanda le bhane jhai kantipur le maobadi ko khedo khane ko cha katai girija rastrapati suiko payera ta hoina ?
मन परे हरियो, नपरे रातो
0
0
माओवादीको जतिनै विरोध गरेपनी प्रचण्डको लोकप्रियतामा कुनै कमी नआउने सत्य सम्बिधान सभाको चुवाव पछि कन्तिपुरले बुझेको छ त्यसैले उसले प्रचण्ड विरुद्ध नै जेहाद छेडिरहेको हो |
मन परे हरियो, नपरे रातो
0
0
honestly
is it really a matter to be discussed over? Isn’t President of Maoist, pushpa kamal dahal. he goes by “prachada” too . And what’s wrong with the use of pronouns such as “Adhakshya Dahal”, “Adhakshya Prachanda”.
Please Mr. Limbu , yesto nachahinney kura ma bahas nagarauna yarr.
Mr. Limbu , yehi samay ma aru khoj-mulak kura ma research vayeko vaye tapain ko samaya ko ramro sadupayog hunthyo ki??
मन परे हरियो, नपरे रातो
0
0
ho balla arko topic ayo girija bahira ko. aba balla girija lai thulo banaune kam chhodeko jasto lagyo. lekhak le aba thulo kantipur lai banauna khojeko ho ki prachanda lai bujhiyena. sayad Gandhi sanga nam jodera compare gareko le Prachanda lai nai hola. Yadi Prachanda Ghandi sanga nam compare garna milne vai sakeko vaye tyo jabo kantipur le ke vanyo ke vanena vanera kina tauko dukhaunu vanya … yo kuro bujhna sakiyena.
मन परे हरियो, नपरे रातो
0
0
हावादरी लेख। जे कुरामा पनि कमेन्ट लेख्नु पर्ने । तिल लाई पहाड बनाउने नेपाली को बनी नै हो ।
मन परे हरियो, नपरे रातो
0
0
कन्चन लिम्बु जि,
तपाईंले भन्न खोज्नु भाको के हो? महत्मा गान्धिलाई मोहनदास कर्मचन्द गान्धी भन्दा नि उन्को गरिमा र इज्जत कम भएको सोच्ने शायदै होलान। अर्को तपाईंले ठुलो भूल गर्दै हुनुहुन्छ गान्धिसँग पुष्प कमल दाहाल को नाम जोडेर। नाम जोड्न र तुलना गर्न केही समान बिशेषता त हुनु पर्यो! २ बिपरित ध्रुबतिर लक्षित ब्यक्तिहरुलाई तुलना गर्न खोज्नु बेकार हो।
तपाईंको कुराले दाहाल जि लाई आफ्नो सक्कली नाम ले पुकार्दा उन्को अप्मान भये जस्तो लाग्यो। आखिर मओवादी काम्रेड हरुलाई आफ्नो उपनाम नै तेती प्यारो र इज्जतदार लाग्छ भने तेही उपनाम लाई नै वास्तविक नाम बनाये भयो नि! आखिर नगरिकता , पसपोर्ट लगयता का काग्जात फेर्ने कुरा भनेकै कत्रो कुरा हो र उनिहरुलाई।
अब राजनीतिक मूल धारमा आएका नेता हरुलाई बस्तिबिक नाम ले सम्बोधन नगरेर हावा, हुरी, यमराज, बतास, बादल, सादल, आकाश, पाताल, आदी भन्नु चाँही कती उपयुक्त हो?
आफ्नो नाम देखी नै हिनताबोध हुनेले के चाँही गर्लान र लिम्बु जि?
मन परे हरियो, नपरे रातो
0
0
हो हो कञ्चन जी तपाईँले उठाएको कुरा सहि हो । यसलाई वर्गसापेक्ष ढङ्गले बुझ्यो भने सहि निस्कर्ष निस्कन्छ । काठमाण्डौंमा सुकिला लुगामा लपेटिएका नव संभ्रान्त वर्गले कुनै पनि वस्तुलाई हेर्ने तरिका नितान्त मनोगत, अवस्तुपरक र कुण्ठापूर्ण हुन्छ । हिजो माओवादी जङ्गलमा हुँदा तिनलाई माओवादीसँग दिनानुदिन संसर्ग गर्ने र माओवादीलाई भोग्ने जनता भन्दा कयौँ गुणा डर थियो एकातिर । तिनको मनको बाघले वनको बाघले भन्दा बढी मासु लुछेको थियो । अर्कोतिर माओवादीको विरगाथाले तिनलाई गजबको रोमाञ्चकता पनि दिएको थियो । तिनले माओवादीका कयौँ तिलस्मि कथाहरु आफ्ना छापामा भरेर मेडिया खेति गरेका थिए ।
जब माओवादी राजधानि पस्यो अनि तिनको मुल सातो जान थाल्यो । तिनले सोचेभन्दा फरक ढंगले माओवादी आइदिँदा, विभिन्न छापाखान, कारखान, र कार्यालयमा मजदुर कर्मचारीहरुको न्यायपूर्ण आवाजलाई माओवादीले साथ दिँदा त्यो वर्गलाई अब चाहिँ आफ्नो सत्तास्वार्थमा साँच्चै खतराको घण्टि बजेको अनुभुति भयो । हिजो H.B.C का विरेन्द्र दाहालले गरेका अनसनका नौटंकि, त्यसमा पत्रकार महासंघले आफ्नै इज्जतमा कुरिकुरि हुने गरेर गरेको काँध थमाई, कान्तिपुरको स्याल हुईँया आदी हेर्दा काठमाण्डौका इलिट वर्गको मनोदशा सजिलै बुझ्न सकिन्छ ।
कान्तिपुर त विगत केहि समय देखि अर्को नया दलको रुपमा माओवादी विरुद्ध जेहाद छोड्दै छ । यसले माओवादी नेताहरुका हरेक शब्द शब्दमा टिप्पणी गर्ने, गाउँघरमा हुने सामान्य विवाद मा कहि कतै माओवादी समर्थक वा कार्यकर्ता संलग्न छन् भने त्यस विवादमा मानौँ कि माओवादीको केन्द्रदेखिकै निर्देशन छ झैँ प्रस्तुत गर्ने, माओवादीलाई चिमोट्ने, चिथोर्ने, गिज्याउने, थिल्थिल्याउने कार्यमा न्वारन देखिको बल लगाएर लागेको छ ।
प्रचण्डको खुल्लामञ्चको भाषणपछि त यसले प्रचण्डलाई “प्रचण्ड” नामले सम्बोधन गर्न पनि छोडेको छ । यसले आफ्नो समाचार मात्र हैन अन्य विश्लेषक र स्तम्भकारका लेखहरुमा प्रयोग भएका “प्रचण्ड” शब्दहरुलाई पनि सम्पादन गरेर “पुष्पकमल दाहाल” राख्ने गरेको छ ।
कुनै पनि ब्यक्ति आफू कुन नामले चिनिने भन्ने उसको स्वविवेकि अधिकारको कुरा हो । अरुले पनि उसको रोजाई अनुसार नै सम्बोधन गर्नुपर्छ । तर कान्तिपुरले यो सामान्य मान्यतालाई पनि मनेको छैन । मान्छेको नाम अनेक हुन सक्छन् । कान्तिपुरकै प्रधान सम्पादक जन्मनु भन्दा पहिले उनका दुई चार दाजु वा दिदीहरु मृत जन्मिएकाले उनी चाहिँ वाच्लान भनेर बावु आमाले उनको नाम मुसे राखेका होलान् रे लौ त्यसो भए “प्रधान सम्पादक मुसे” भन्नु, अर्का बुद्धिजिवीको नाम सुइरे होला, अर्की पत्रकारको नाम भुत्लि होला; अनि तिनलाई त्यहि नामले सम्बोधन गर्दा के होला विचार गरौँ त ।
कान्तिपुरको “प्रचण्ड” विरुद्धको जेहाद नितान्त कुण्ठाको अभिव्यक्ति हो । यसले प्रचण्ड र माओवादी पार्टीलाई घाटा लाग्दैन कान्तिपुरको पतन श्रृखला सुरु हुन्छ । चेतना भया
मन परे हरियो, नपरे रातो
0
0
कंचन्जी,
तपाईंले सोच्नु भएको कुरा एक दम सहि हो प्राय सबै ले यो कुरा मनन गरेका छन जस्तो लाग्छ । तर हामीले यस्तो कुरा म बहस गरेर समय फाल्नु भन्धा केही सिर्जना मूलक बिषय बस्तु लाई अगाडि सार्नु उपयुक्त हुन्छ जस्तो लाग्छ।
रोशन
मन परे हरियो, नपरे रातो
2
0
I think this comment is very right.
It is media so they have to maintain language pattern too.Media is a source of knowldge too.
If media work is to create sensetion then kantiputr forgot to mention other name too. Chhabi lal Dahal prachanda.
मन परे हरियो, नपरे रातो
1
0
हो ! तपाई को कुरा मा दम छ ,मलाई पनी तेस्तई लागेकोछ ! किन तेस्तो ?
मन परे हरियो, नपरे रातो
1
0
पर्खानुस कंचन जी
बिस्तारै उनी पंडित पुष्पकमल दहाल हुनेछान |
मन परे हरियो, नपरे रातो
1
0
Is this an issue???? I don’t think it bothers any one other than hard-core maoist who are trined to find anything and everything not fitting to prachanda’s specification as anti national. Pls do not try to paint the same color to Kantipur.I like kantipur because it is independent and writes its own view and doesnot engage in bootlicking of powerful leaders like prachanda/girija/jhalnath etc.
मन परे हरियो, नपरे रातो
0
0
Mr Limbu
Is this a topic that needs to be discussed ? or you just worte few words to show these girls pictures ….
मन परे हरियो, नपरे रातो
1
0
के हुन्छ र यसले अखिर अर्थ त एउटै लाक्छ होईन र
मन परे हरियो, नपरे रातो
1
0
you are absolutely right. kantipur should be responsible and lead the journalism sector. Otherwise they will face the consequences.
मन परे हरियो, नपरे रातो
0
0
Kanchan jee! it does not matter yar. Puspa Kamal Dahal, Prachanda etc is same person and every nepali know him as Prachanda and Puspa Kamal Dahal. So It is silly thing to argue about it.
मन परे हरियो, नपरे रातो
0
0
I think, these all the name indicates the same person. There is no confusion to know him, whatever the above name is broadcast by Kantipur.
मन परे हरियो, नपरे रातो
1
0