राजनीतिक गाँठो फुकाउन तीन ठूला दलले गठन गरेको समितिले सामान्य बहुमतबाट राष्ट्रपति चुन्ने र सरकार बनाउने, ढाल्ने प्रावधान राखेर संविधान संशोधन गर्नेमा सहमति गरेको छ। आ-आफ्नै गोरुको बार्है टका गरिरहेका बेला राजनीतिक निकास निकाल्नका लागि भएको यो सहमति एक अर्थमा स्वागतयोग्य कुरा हो भने यसको दीर्घकालीन प्रभाव हेर्ने हो भने त्यति सन्तोषजनक हुने देखिँदैन। यस्तो व्यवस्थाले सरकार बनाउने र ढाल्ने प्रयासतर्फ ध्यान केन्द्रित भएर संविधान निर्माण, सेना समायोजन, संघीयता जस्ता जरुरी मुद्दाहरु अोझेलमा पर्ने खतरा बढ्छ। अब ३०१ को ‘तिलस्मी अङ्क’ जुटाउने प्रयास चर्किनेछ। यसले क्षेत्रीय दलका रुपमा उदाएका फोरम जस्ता दलहरुलाई त्रिशंकु संसदको बेला राप्रपाको जस्तो सत्ताको साँचो बोक्ने हैसियतमा पुर्याउन सक्छ। चाहे काँग्रेस कै नेतृत्वमा सरकार बनोस्, तर अब बन्ने सरकार संविधान निर्माण नभएसम्म कमजोर हुनुहुँदैन। तर अचम्म छ, फोरमले पहिलो पटक उठाएको र नेपाली राजनीतिलाई अस्थिरतातर्फ ढल्काउन सक्ने र विदेशीको चलखेल अझ बढाउन सक्ने सामान्य बहुमतको यो प्रावधानलाई ‘ज्यान गए मान्दिनँ’ जस्तो गरी अड्डी लिइरहेको माअोवादी यति लचिलो भई कसरी स्वीकार गर्न सक्षम भयो ?
टुँडिखेलको भाषणमा प्रचण्ड कुर्लिएका थिए, यो संविधान सभा भनेको तपाईँहरुले चलाइआएको संसद जस्तो हैन। दिइन्न तपाईँहरुलाई सांसद किनबेच थुनछेक गर्न। यी दिनमा माअोवादीले राखिआएको अडान हेर्दा बरु सरकारमा नजाने तर दुई तिहाईको अडान नछाड्ने जस्तो देखिएको थियो। यद्यपि, त्यो अडानलाई उनीहरुले कायम गर्न सकेनन् र अब सामान्य बहुमतमा समेत उनीहरु राजी हुन पुगे। योसँगै माअोवादीहरुले सामान्य बहुमतको विरोधमा अहिलेसम्म राखिआएका तर्कहरु वास्तवमा हलुका रहेछन् भनेर उनीहरु आफैले साबित गर्न तर्फ लागेका छन्।
सरकारको नेतृत्व लिन खुट्टा उचालिरहेको बेला माअोवादीले एकपछि अर्को गर्दै लिँदै आएको लचकताको रहस्य बुझिनसक्नुको छ। राजा र राजपरिवारलाई दिने सुविधाका विषयमा गिरिराजमणि पोखरेलले जस्तो पनि अडान लिन सक्ने माअोवादी मन्त्रीहरुको चाला एक ठाउँमा छ। त्योभन्दा अघि सुरुमा उसले राष्ट्रपति आफ्नो हुनुपर्ने अडान छाड्यो भने अब सामान्य बहुमतको बारेमा राख्दै आएको अडान छाडेको छ। राष्ट्रपतिको अडान छाड्दा माअोवादीभित्रका हार्डलाइनरका रुपमा चिनिने मोहन वैद्य लगायतका नेताहरुले यसको कडा विरोध गरेका थिए। देश शान्तिप्रक्रियामा अघि बढिरहेको भए पनि माअोवादीभित्र एकदमै हार्डलाइनरहरु विद्यमान छन्। बाहिरबाट हेर्दा सबै मिलेका जस्ता देखिए पनि माअोवादीभित्र ठूलो अन्तर्विरोध छ। यो अन्तर्विरोध छचल्किएर पार्टीबाट बाहिरिन पुग्यो भने त्यसले देशलाई नै हानी गर्नेछ। यद्यपि त्यस्तो संभावना हालसम्म देखिएको छैन।
अहिले देश सहमतिको राजनीतिमा चलिरहेको छ। त्यसैले सहमतिमा आउन सक्ने कुनै पनि बाधा व्यवधानलाई दलहरुले मिलेर हल गर्नुको कुनै विकल्प नै छैन। अहिले कुनै दल एक्लै अगाडि बढौँला भनेर हिँड्न सक्ने स्थिति पनि छैन। त्यसैले सामान्य बहुमतमा भएको यो सहमतिलाई सकारात्मक रुपमा पनि हेर्न सकिन्छ। तर यो सकारात्मकतालाई हेर्दा भने दलहरुबीच अबको ध्यान संविधान निर्माण, सेना समायोजन, संघीयता, शान्ति सम्झौताको पूर्ण पालना जस्ता शर्त पनि हुनु नितान्त जरुरी छ। अबको सरकार स्थिर हुनुपर्छ, चाहे जसको नेतृत्व होस्। सरकार कसैको स्वार्थमा बनाउने ढाल्ने खेल नगर्नेतर्फ पनि उनीहरुले प्रतिवद्ध हुनुपर्छ।
No related posts.









i think AZZU jee loves SUJATA KOIRALA.
that’s what his comments are focused for.
AZZU + SUJATA = CEREMONIAL CONGRESS OF NEPAL
मन परे हरियो, नपरे रातो
0
0
We really want to respect ideas of LUNA JEE.She has common feelings of people or she really represents Nepale people’s feeling.Lage Raho Lna Jee.We all are with you.
मन परे हरियो, नपरे रातो
0
0
In above comments some gentlemen or women seem to have blind faith in Girija and this is misfortune for all Nepalese people.Why don’t they be some critical and have feelings of common people?Whole Congress has become laughing stock just because of Girija.His family and relatives are always made to be in power.He wants to get all high positions.He can change even Bidhan to be old ugly Chair of Congress! A devil with such filthy natures is supposed to be worshipped!Funny and Surprizing!This is either Chakadi or Das Manobriti.If no Mayoists there are othr good leaders like Narahari and Gagan.Why should that JOKER be labelled as ironman?Yes,he is right.He is a hot iron spare to trouble people with his dirty game.He fits for Coffin and underground burial.BUDHO GIDDHA!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
लुना जी !
तपाईको सुझाब र सल्लाहप्रति धन्यवाद !
जतिखेर उहा प्रधानमंत्रीको आवस्यक्ता खट्किन्छ, उहाको सरिरको पुर्जा निष्क्रिय भएको ख़बरमिल्छ / हुनपनी हो नि धेरै उमेर खाईसक्नु भएको, जीवन को पुरै भाग नेपालकोलागी खर्चिनु भएको, उहाको योगदान जति भट्-भट्टाएन्नी कमीहुनू बिल्कुल स्वभाविक छ / त्यसोभए उनको कार्यकालमा अचम्म-अचम्मको उथल-पुथल भएको किन नदेख्ने ?
हिजो थुप्प्रै निर्णयहरु अस्वथता कारण बिभिन्न बाधा अड़चनहरु उपस्थित भैदिनु तपाई हम्रालागी कत्तीपनी हानिकारक थिएन, कत्तिपनी निति र नियम बिपरीत थिएन कारण उहा नेपालका निर्र्बिकल्प राजनेता हून/ उहाकै कालमा परिवर्तनको हुरी चल्यो, अमेरिकामा करोड़को मूल्य बोकेको नेपाली टाउकोहरुसंग ८,१२ … बुदे मिलापत्र भो,लोकतांत्रिक गणतंत्रको भेल बग्यो जहा, ढुडी परेको राजाको व्यवस्था नारायणहिटी बाट नागार्जुन पुरायो यत्रो परिवर्तनको श्रेय उहानै हुन यो उहाको बाध्यताथियो भनी उहाको योगदानमाथी खिसी-टिउरी किन गर्ने / यो उहाकै ऋण हुन नेपाली जनता माथी त्यासोभए, यो परिवर्तनको पछाडी उहालाई एक्लई किन नदेख्ने / जनता को परिवर्तनको चाहना र मओबादिले नेपालको समय र जनताको इक्षा बमोजिम आफुलाई झुकाएको देखने भूल गर्ने किन ? कती शान्त,अभाब,समस्या रहितको नेपाल निर्माणमा सुस्ता,टनकपुर,महाकाली संधि नेपलिको हित थियो बैदेसिक हस्तक्षेप उदाहरण बनाएर उहाको सर्बोच्चातामा थुकीदिने
अहिले नया पार्टी भनाउदाहरु लाजनै नमानी उहाले कती दुखकोसाथ गगनबाट झारीदिएको नेपाल मुलुकमा हैकम चलाउनेकुरा उहालाई अपाच्य हुनू स्वभाविक छ/ जनताको समर्थन र मत पाएभंदैमा उहाको मुलुकमा उहाको बिकल्प खोज्नु भनेको उहाको आदरणीय योगदान माथी औठो ठडाउने दुश्शाहस हो / बिभिन्न कारन देखाई स्वास्थ्यको बहना बनाईं जनताको भोटको डर देखाई उहालाई सत्ता च्युत गराउनुभनेको गणतंत्रको उपहास हो/
अब, उहाको बिकल्प कोही छैन भनीसक्नुभा छ खुल्ला मन्चमा त्यों “बिरामीको नौटंकी थियो कॉग्रेसलाइ हित थियेन अनि बेथा चर्कियो बेला-बेला / यहाँ मुलुकले सरोकार राख्दैन /
मन परे हरियो, नपरे रातो
0
0
अहा कती राम्रो बिचार
—————————
यहाँ कसैले ”गिरिजा बा अब आदर्ष बनिदिनु पर्ने ‘भन्ने लेखेको देखे |बास्ताब माँ हुनु पर्ने त्याही थ्यो| फेरी त्याही कम्मेंट माँ आर्को कुरा ”गिरिजा लाइ माध्यम बनाएर कसैले यूज गर्दै छ ”यो प्रेदिक्शन पानी १०० प्रतिसत सही हो |
यो कुरालाई जून महिनाको ”रिसर्च अफ द मंथ ”भानिदिये पनी फरक पर्दैन |
गिरिजा बा को शक्ति को लुगा भनेको के हो ?
अब यो रहस्य पनी छित्तई खुल्ला ,म नै राष्ट्र पति हुन्छु भनेको त होला नि?
मन परे हरियो, नपरे रातो
0
0
Current constitutional provision: 2/3 majority is necessary to unseat the PM and head of state (=GPK)
what is going to be changed?
simple majority to be nominated PM and President (most probably GPK) and 2/3 Majority to unseat the president and simple majority for PM.
why we can not write in such way: simple majority is enough to unseat the post of any body (inclusive king) and 2/3 majority is necessary if same post is occupied by Koirala family. is Koirala family Hussain of Iraq, stalin of Russia, Khumeni of Iran, shree 6 of Nepal.
Please clear this point to me! perhaps my brain is tooooo small to understand such logic
मन परे हरियो, नपरे रातो
0
0
गिरिजा बाउ लाई दर्शन, हामी नेपाली हरुको सभ्यता भन्नुनै बुदा पाकाको आदर र सम्मान गर्नु हो। मलाई कुनै आपत्ति छैन गिरिजा लाई राष्ट्रपती बनाउन तर मेरो आफ्नो विचारमा अहिले जे वैरहेछ तेस्लाई जसरी जताबाट सोचदा या हेर्दा देश कुनै भाहिरी तत्तोले सन्चालन भये जस्तो लाग्छ अनी हाम्रा नेता भनाउदाहरु लाई पद को भन्दा अरु केही कुराको चिन्ता छ् जस्तो लाग्दैन।
साचिनै प्रथम राष्ट्रपती बन्ने रहर हो? हो नै भने सिधै एत्रो गरे अब छिट्टै हाम्रो पार्टीको केही होला जस्तो छैन, पावर चाहिन्न राष्ट्रपती हुन्छु एसो उद्घातन सभा समारोह भोज भात्यर मा प्रमुख अतिथी हुन देउ पुगी हाल्छ भनेर हो कि।। अन्न्य्था त्यस्तो विद्वान, पाको, अनुभभी बय्क्तित्तोले त राम्ररीनै कुरा बुग्ज्नुपर्ने हो नि।
मन परे हरियो, नपरे रातो
0
0
Azzu, your last comment is ‘great’. No matter who is, what they say, where they come from; all our politicians can not take a strong decision and only ‘shout’ in mass meetting. If they do not like/ would like to abolish Girija then what is stopping them why they can not take a strong step to remove him. I think they dont have ‘gut’, this is fact that there are non politician like Girija who has Int’l image and relation. But sadly after him ,there are none to replace him. All can only promise fake ‘dream’ making Nepal as a Switzerland!!
मन परे हरियो, नपरे रातो
0
0
kura bujhya aanusar maobadi pani prachandapath tyagera girijapath ra makunepath tira lagdaichan.
मन परे हरियो, नपरे रातो
0
0
NC is the most democratic party among other existing political parties in Nepal. You guys might spend your time to find answer how come NC is the most democratic party? Let me tell you why NC is the most democratic party. It is most democratic party because it is democratic party. It does not matter whats happening within the party, but it claims its the most democratic party. Rest of the parties are partially democratic ones. So they do not have right to rule the democratic country, do they? of course, they don’t. Democracy is something the we can define in owns benefit. Like USA attacked Iraq, was it justifiable? not at all, but USA justified it. USA is very powerful democratic autocratic country. Similarly, NC is also the most democratic autocratic party. Why not we accept GIRIJA as president and Ram Chandra Poudel priminister, etc. I do not see any reason not to hand over power to them again since they have been working hard to make a new Nepal. Therefore, I humbly request to all who believe in democratic autocratic system support Girija and his panel to govern our nation.
What about corruption control, corruption could be of any type. We should form a panel which can work for how to control corruption. Once corruption is wiped out, I am sure GIRIJA tantra will also be swept away.
Have you guys got any ideas how we can help to reduce corruption starting from home to national level? Please forward your ideas, which will be good for you and for your coming ones.
Jai corruption free Nepal.
मन परे हरियो, नपरे रातो
0
0
आर के जि !
लुना को कमेन्ट लेख्ने म लुना नै हो । कसैले मेरो नाम बाट लेखेको छैन । आर के जि ! म कुनै पनि राजनीतिक पार्टी सँग सम्बन्धित छैन । राष्ट्र ले दिगो शान्तिको रु प लेओस , माओवादी ले जनता को चाहना अनुरुप शासन देखाउनुस् र अहिले सम्मको राजनीतिक अस्थिरता ले स्थिरता पाओस भन्ने करोडौ नेपालीको शान्तिप्रेमी नेपालीको चाहना जस्ताइ मेरो पनि चाहना हो , तपाईं हामी सबैको चाहना हो ।हामी हेरौला नि प्रचन्ड जि को शासन राम्रो प्रशन्सा को ताली बजाउला ( राम्रो भय हाम्राइ देश को लागि त हुन्छ नि ) , नराम्रो भय जनता ले जानेकै छन सजाय दिन ।
यसमा त्यस्तो कुन स्बार्थ छ ह ?
एउटा कुरा के सत्य लाग्छ मेरो सोझो मन लाई भने नि जब सम्म प्रचन्ड जि अर्थात बहाको पार्टिले पूर्ण रु पमा शासन चलाऊन पाउदैन तब सम्म शान्ती दिगो रहने छैन कारण अन्य नेताजी हरुको शासन त जनतले देखेकै -भोगेकै हुन तर प्रचन्ड जि र बहा को पार्टी को शासन त देख्न र भोग्न त पायका छैन्न नि , अनी जनता अन्य पार्टी सँग रुस्ट भाईरहे क्रम चलिरहन्छ ,यस्तो तालले कसरी दिगो शान्ती र बिकास को आश गर्नु ! कती सम्म स हने यस्तो अस्थिरता !
मौका दिनु पर्ने हो नि यस् पटक प्रचन्ड जि को पार्टिलाई !
बिसौ शताब्दी को कम्युनिजम हेरेर त्यस बाट सुधार गरी एउटा छुट्तै प्रयोग गर्दै बिश्ब लाई नै मार्ग दर्शन दिन सकिने किसिमको शासन बाट राष्ट्र -रास्ट्रियता र जनता को लागि केही गर्छौ भनेर लागि परेका र कयौ बर्ष संघर्स गरेर जनता को आड भरोसा पायको पार्टिलाई किन शासन चलाऊन दिन बाट रोक्न खोजिदै छ !
यो डा डा माथि को घाम भाईसक्नु भयको बुढा गिरिजा बा को कमाल होइन बल्की बहा लाई माध्यम बनाएर अर्कै शक्ती लुकेको छ यस्तो भयानक सड्यन्त्र बुनेर जुन हाम्रो राष्ट्र -रास्त्रियाताको लागि ठुलो घातक हुने छ ।
यती भन्दै मा गिरिजा बा प्रती माया बर्सेको चाँही होइन अब त बचेँको माया पनि सिद्दिन लाग्यो !
आर्दश बनिदिनु पर्ने थियो बहा , तर अफसोच !
अन्य नेताजी हरु को त के नै कुरा भयो र पद लोलुपता मा अन्धो नै बनिदिनु भय पछी !
के गर्ने स्बार्थी हरुको झुन्ड ले देश डुबाउने भो !
मन परे हरियो, नपरे रातो
0
0
लुना जि
तपाईं को कमेन्ट पडेर मलाई तपाईं प्रती चासो जागेर आयो हो गिरिजा बुडा भै सकेका छन यो कसैले नकार्नु भनेको मुर्खता मात्रै हो तर उनी बुडो भए भन्दैमा उनको बौद्दिकता र राजनीति ज्ञान मा कम्जोरी देखाउनु झन ठुलो मुर्खता हुने छ जस्तो मलाई लाग्छ र अहिले सम्मको नेपाल का गतिबिधी लाई हेर्दा तेहीनै सत्यता हो र मलाई तपाईंले दिएको उपमा पनि ठिकै लाग्यो गिरिजा लाई काध थापेको किन ? हामी ले आफुलाई कुनै पार्टी वा ब्याक्तिको कुरा वा समर्थन गर्नु गलत होला र? तेसो भए हिजो सम्म किन सबैले काध होइन टाउकोमा राखेका त? अहिले त्यही बुडो घाडो भो? होला तपाईं लाई प्रचन्ड मन पर्ला कसैलाई माधव या यस्तै यस्तै सबैले एउटै रोज्ने हो भनेत किन यत्रो बिबाद गर्नु पर्ने थियो र नेपाल को राजनीतिमा? र म अचम्म पर्छु कि गिरिजा बुडो भये उनले केही गर्न सक्दैनन भन्छन आखिरकार नेपाल मा भएका ठुला ठुला निर्णय त बलुवाटार भनौ गिरिजाको नै निवास बाट नै भाको छ त तेयो पनि गिरिजाकै कुरामा सहमति हुनु परेको छ भने मलाई एउटा कुरा बुझाई दिनु होला के अरु दल हरुले गिरिजाको माया ले उन्को कुरा मान्छन या गिरिजा सँग डराएर हो ? हो भनेत अरु नेता त झन जवान छन केरे किन डराउछन? एकै पटक बोलिको भरमा उथल पुथल ले समस्या सुल्झन्न सोचेर गर्नु पर्छ भनेर तेही बुडो को तपाईंहरुको भाषामा सुस्त निर्णयले आज देशले यो मोड लियो राजा पनि सुरुक्क मान्ने भए नत्र माओवादीको जस्तो जबर्जस्ती र मुडेपेलाइको राजनीति गरेको भए शायद न देश न नेता रहने थिए होलान गिरिजा को जो भारतबादी निती छ नि एउटा कुरा या मैले गलत पडे या गलत लेखियो प्रचन्ड ले पनि भारत का राजदुत सँग राय सल्लाह लिए रे र लिदै छन अझै पनि भन्ने पडेको थिए त्यसको कारण? किन आँफैले जाँन्दैनन? तेसैले नेपाल मा दिगो शान्ती चहिएको छ तेस्का लागि सहमति चाहिन्छ र कुनै कुरा पनि सहमतिमा ल्याउन सक्ने ब्याक्ती मेरो नजरमा गिरिजा मात्रै छन अरु हरुले त घुर्की मात्र लगाउछन तेसैले केही बर्ष नेपाल लाई सहमतिमा चलाऊनु पर्छ पछी अनी कसैले सुइजर्ल्यान्ड कसैले नयाँ नेपाल बनाए हुन्छ मलाई पनि रहर छ सुइजर्ल्यान्ड मा बस्ने र लुना जि जनता वाक्क दिक्क गिरिजा सँग होइन नेपाल मा भएको आशान्ती बन्द हडताल काटमार देखी भाको छन त्यो कस्ले गरेको त प्रचन्ड को राष्ट्रपती बन्ने सपना ले हो जो पुरा नहुने सपना जनता को खोल ओडेर आफ्नो बेक्तिगत राजनीति गर्ने हरु पद बाडफाड मै लडेका छन किन ? गिरिजा त सत्ता मोही छ यिनी हरु चै? मलाई गिरिजा आएर पाउने फाईदा भनेकै शान्ती हो जो मलाई गिरिजा को नेत्रितोमा मात्र सम्भब लाग्छ यस्लाई अन्यथा नघुमाइ सरलरुप मै लिनु होला
मन परे हरियो, नपरे रातो
0
0
लुना जी,
लोकतन्त्रको मूल्य मान्यतालाई सबै राजनीतिक पार्टिहरुले आत्मसाथ नगरिकन अबको २१ औँ शताब्दिमा अगाडि बढन खोज्नु ठीक होला र? पुरानो कमी कमजोरिलाई नत्यागी कुनै पार्टी पनि अब अगाडि बढन सक्दैनन । त्यसैले बिना ठोस कारण अब पनि सरकार ढाल्ने र बनाउने खेल होला भन्ने लाग्दैन । अत साधारण बहुमत र सहमतिको राजनीतिबाटै माओवादी अगाडि बढदा राम्रो होला । किनकी यहाँ समस्याहरुको थुप्रो मात्रै छ, स्रोत र साधन छैन । ठुला कुरा गर्दैमा बिकास हुँदैन । सबै भन्दा पहिले त system र सकारात्मक सोच चाहियो ।
प्रचन्ड अब छिट्टै त्यो भूमरिमा पर्नेछन । १० लाख YCL खडा गरेर मात्रै बिकास हुन्छ र? उनिहरुले के गर्ने? उनिहरुलाई केका लागि, कस्ले पाल्ने? यांहा त काम गर्ने, उत्पादन बढाउने समुह पो चाहियो । हैकम चलाऊने दिन अब गए । यसैले सहमती र सहयोगको राजनीति आजको आवश्यकता हो । यसमा चुक्नेहरुका दिन फेरी फर्कने छैनन । त्यसैले सबै पार्टीले अबका दिनमा नेपाल र नेपालीको हितमा काम गर्नेछन । आशावादी बन्नोस ।
मन परे हरियो, नपरे रातो
0
0
एक्पछी अर्को अडान्हरु तोड्दै जानु पक्कै पनि सक्ती क्षिण हुँदै गएको सन्केत हो। एती छिट्टै थाकेलाल हुन नपर्ने हो। तेसैले सम्भब भये सम्म Melamchi tonic water छिट्टै खानु है ।
मन परे हरियो, नपरे रातो
0
0
माओवादीहरुको लचकता देश्प्रति जिम्मेवारीको प्रतिक हो। काङ्रेश र एमाले जस्तै खिचुङ हालेर कती दिन देशलाई अन्धकारमा राखिरहने? माओवादीले जे गर्यो सहि निर्णय गरेको छ। आखिर नेपाली राजनीतिमा के भाईरहेको छ जनताले हेरिरहेकाछन। यही निर्णयले पृथ्वी पल्टिहाल्ला र?
मन परे हरियो, नपरे रातो
0
0
खोई वा मलाई त यो लुना जी को कमेंट लाग्दैन , पहिले पहिले तेसई गारी लिखिये को कुरा लुना जी बाट पटक पटक खंडन गरी आउथ्यो , “कसैले उहा को नाम ले लेखिदिये को त होइन ” ? लुना जी, अश्पस्ट पार्न्नु पर्यो ……इंतजार मा छू ………………………………………………..! ! !
मन परे हरियो, नपरे रातो
0
0
so far, i used to perceive maoist as quite different party than ‘hijada-uml’- na-yatako-na-utako, & congress- madimum bharastachari haruko party, but right from this moment, i can say, this maoist are indifferent to uml & congress.
1) sattama janalai hatar chha yo prachandalai, rastapatiko pad line adan chhadyo, at least to be prime-minister
2) gyanendralai nagarjuna dina manjur bhayo, yo kurama at least uml le ‘note of descent’ lekheko chha
3) gyanendrako aama ra bajai lai darbarma basna dinalai manjur chha, bhanne bela k k na garla bhandai thiyo
4) indian embassador ‘sud’ sita bhete pachhi ‘samanya bahumat bata sarkar banaune’ adan pani chhadyo- indiako pachhi lageko chha sattama janalai, mukhle ta khub bistarbadi bhanthyo indialai, yasko mukh bata niskine sasto- ‘rastriyata’ dekhihaliyo
yo ta suruwat matra hola, in case padma basna paya, yo prachanda ra itself its’ party maoist have similar characteristics to uml & congress… soja-saja jantalai 10 barsa samma ladaya, nepalko bikat, sansarkai garib jillaharu- rukum, & rolpa ma yuddaka biu ropidiya, nana tharika hunai nasakne samajbadka kura garidiya, ahile aayara padma janlai marihatya gardaichhan !
मन परे हरियो, नपरे रातो
0
0
आज्जु जि !
तपाईंले कहिल्यै सिस्नु को खोले खानु भयको छ ? त्यस्तो खोले लाई ‘सल्ला बल्ला ‘ पनि भनिन्छ गरी बि भाषामा ।
तपाईं लाई सिस्नु ले पोले को छ ? सिस्नु टिप्दा ? कस्तो आच्छु आच्छु पार्छ भन्या !
मैले त थुप्रै पटक त्यसरी सिस्नु को पोलाई बाट आच्छु आच्छु हुनु परेको छ ।
सन्दर्भ के को भने नि , तपाईंको कमेन्ट पढेर म आज यस्तै आच्छु आच्छु भय ।
कस्तो आच्छु आच्छु हुने गरी लेख्नु भयो त ! तपाईंलाई पनि देश को खुब माया लाग्छ नि होइन र ? ! देश को यस्तो माया गर्नु हुने मान्छे ले यसरी गिरिजा बा लाई मज्जाले काध थापेर पो लेख्नु भयो त बा !
यसको मतलब देश आज भन्दा भोली झन फिस्लिदै जाबोस भारतीय को बिस्तार बादी जालोमा !
डा डा माथिको घाम हुनु भयको गिरिजा बा प्रती मेरो सम्मान छ तर यसरी बहाले राष्ट्रपती पद ओगटी रहन खोज्नु भयको देख्दा दु:ख लागेको छ । बहा गणेश मान जस्ताइ सर्ब मान्य नेता हुनु भयको भएे यस् उमेरमा त्यो एउटा थ प् सका रात्मक पक्ष हुने थियो बहा को लागि अनी हामी जस्तो बहाको शुभ चिन्तक को लागि ।
खुशी को कुरा हुने थियो ।
गिरिजा बा लाई थाहा छ राम्रै सँग गर्ल्याम्म अगालो मा बाध्छन शुद जि हरुले बहा लाई । कम्तिमा पनि सरक्क राष्ट्र हित सोचेर प्रचन्ड जि लाई मौका दिनु पर्थियो ।
अब त कुरा खोस्ने को आउँला ! सक्छन भने खोसुन न प्रचन्ड जि ले भनेर ;यात्राो बल्बान भारतीय खेल को अगाडि प्रचन्ड जि पनि झन्डै झन्डै निरिह हुन पुगेछन !
के लाग्छ र ! तैपनी ठिकै छ हिजो सम्म प्रचन्ड जि लाई ‘लौ गरुन ‘ भनेर समर्थन गर्ने हरु अब भोली देखी समर्थन मात्रा होइन सदस्य नै भयर समर्थ्न गर्ने छन । देश को माया हुने ले नेत्रित्ब बेग्लाई खोजेको छ । वास्तव मा जनता बाक्क दिक्क भयका छन ।
यस् पटक हेर्न चाहेका थिय जनताले बेग्लाई नेत्रित्ब ! तर डा डा माथिको घाम हुनु भयको गिरिजा बा ले दिनु भयन भारतीय शक्ती को आड मा ! कस्तो दु:ख लाग्दो !
अज्जु जि ! शरीर मा रगत रहुन्जेल सम्म ,सास भाईन्जेल आश भने झै अहिले फेरी पनि जनताले पर्खियर हेर्लान यदी कदम कदाचित गडबड भयमा अर्थात राष्ट्र घा त् हुने काम भयमा जनता को भेल लाई अब भने कुनै शक्ती ले छेक्न सक्ने छैन । शायद धेरै नै उथल्पुथल होला ! जुन नभैदिय हुन्थियो !
हामी शान्तिको चाहना राख्ने ले यस्तो सोच्नु स्बभाबिक हो तर शान्ती को राग ले मात्रा निमुखा जनता को पेट भरिदैन , आ ग छोपी दैन , राष्ट्र बच्दैन भने आगोको जबाला नदन्कियओस भनेर कतिन्जेल कामना गरिराख्न सकिन्छ !
भन्नेको भन्दा भोग्नेको पिडा पो गहिरो हुन्छ त ! भोग्नेको पिडामा जुन शक्ती हुन्छ त्यसले त अन्तमा अन्तमा उथल पुथल नै ल्याउछ ! जमाना २ १ औ शताब्दिको हो ।
मन परे हरियो, नपरे रातो
1
0
राजनीतिक गाँठो फुकाउनको लागि माओवादिले लचिलो बनेको कुरा स्वागतयोग्य नै छ। कसले कस्ता अडान लिएर समस्या चर्काएका थिए भन्ने कुरा त जनताले बुझेका छन अर्को पटकको चुनावमा यसपाला जनमतको अवहेलना गर्नेहरुलाइ जनताले नै दण्डित गर्ने छन । काँग्रेस एमालेले लिने अडान भनेकै यस्तै त हुन नि। १२ बर्ष काँग्रेस एमालेलेले संबैधानिक राजतन्त्रको अडान लिएर १३००० मान्छेको बलिदान देशले सहनु पर्यो अहिले त्यसैको मुल्य जनताले तिराएर दोस्रो तेस्रो पार्टिमा झारिदिएका छन काँग्रेस एमालेलाई। अब अर्को चूनावमा रा.प्र.पा नेपालको हालत भए पछी थाहा पाउनेछन यिनिहरुले।
मन परे हरियो, नपरे रातो
0
0
पहिलो सरकार – तीन महिने….तेसपछिको सरकार उपेन्द्र यादव…..काङ्रेस एमाले जस्ता-तस्तै, माओवादी पत्तासाफ
नयाँ संबिधान – किन चहियो? …किन्दै बिक्दै सरकार बनयो ढाल्यो .. भैगयो ….२ बर्षमा नयाँ सिक्किम
मन परे हरियो, नपरे रातो
0
0
Balla hernu hunchha Maobadi ko sakkali anuhar.
Satta ma Jaan ko lagi uni je pani garchhan…
“SAHI GANTANTRA” JINDABAAD ko Nara launa ke ber…
मन परे हरियो, नपरे रातो
0
0
यही त कुरो छ नेपाल मा नेता भनेकै गिरिजा मात्रै हुन अरु त उनका पुछर बाहिर भाषण मा मात्र बाघ को खोल ओडेर गर्जिन्छन अनी दुलो मा बिरालो को पन्जा मा परेको मुसो ले झै मान्छन यस्ताले केको नयाँ नेपाल बनाउछु भनेर घुर्की लाउछन खै आज सम्म एउटा बोलेको पुराका छन गिरिजा नहुँदा हुन त न त इनिहरु जङल बाट निस्कनै सक्थे नत गणतन्त्र लेउन सक्थे नत राजा लाई हटाउन नै सक्थे अर्काको बैसाखी मा चल्न पर्ने ले केको खुट्टा उचाल्नु परेको होला ल ल अब कुनै किचलो नथापी गिरिजा लाई नै राष्ट्रपती दिए हुन्छ
मन परे हरियो, नपरे रातो
0
0
maoists say one thing and do another thing, but they really desire the third thing that they never tell and do. Maoists arequite complex creatures, actually they are the 8th wonder of this world.
Is there any political party that runs two parallel government ? (maobadi ko naya satta ra purano satta, naya ma pani maobadi nai, purano ma pani tinai re)
Arjun, Ktm
मन परे हरियो, नपरे रातो
0
0
this all are happen by indian hell sud because india want to kick off moist after few month that why.hey all my friend we have to wake up now and we make our united and fight with indian embassy ktm and all our party other wise no nepal tomorrow.
मन परे हरियो, नपरे रातो
0
0
ल ल जे भएपनी यो कार्यलाई सकारात्मक नै मान्नु पर्छ। कसैले पनि मेरो गोरुको बार्है टक्का भनेर बस्यो भने त कसरी अगाडि बढीन्छ र? प्रत्यक पर्टिले आ- आफ्नो अडानबाट १-१ कदम पछाडि हट्ने र राष्ट्रिय मुद्धा लाई राष्ट्रिय सहमतिको आधारमा समाधान गर्ने अठोट लिएमा केही असम्भब छैन। लोकतन्त्रको दिगो संस्थागत र दिगो बिकास का लागि पार्टिगत र ब्यक्तीगत स्वार्थ बाट टाढा रहदा कसैको हार हुन्न। अहिलेको बिशेष परिस्थितीमा कुनै एउटा पर्टीलाई गल्ती र दोशको भागी नबनाइ , सम्पूर्ण कार्यको जिम्बेरवार सबैजना ले लिनेगरी सामुहिक रूपमा कार्य गरेमात्र अब बन्ने संबिधान ले दिर्घ जिबन पाउला। नत्र भोली गएर यो संबिधान त एस्ले वा उस्ले बनाको , एस्मा यो भएन , त्यो भएन बखेडा गर्ने काम संबिधान लागु नहुँदै सुरु हुन थाल्छ। तेसैले बिगतका तिता यथार्थ हरुलाई अनुभब को रूप मा लिएर सर्बमान्य र बिबाद रहित संबिधान बनाउन सबैको ध्यान जानु जरुरी छ। अब फेरी एही संबिधान बनाउन को लागि १० औ हजार जनताको रगत बग्नु नपरोस।
मन परे हरियो, नपरे रातो
0
0
राकेश सुद र प्रचण्डको भेटको परिणाम होला । सत्ताका लागि मर्ने मार्ने भए नेताहरुले । पदको लागि यसरी लडिरहेको देख्दा सिक्कीम हुने पो डर लाग्छ त । पशुपतिनाथले यो मुलुकको कल्याण गरे त हो नत्र खै के खै के
मन परे हरियो, नपरे रातो
0
0
maoist le 220 seat jitera vui ma na vanda ma vako 6. padh ma basne lov lalach pani jagi sakyo. sarkar pani dhal6an ki vanne tras 6 comrade prachanda lai. uta pilandhare bahun lai pani commission ko lov. uml ta jhan ghar ko na ghat ko. yesta bichar bokeka party le k sambidhan banaulan. uta kantipur ma k lekheko 6 vanera padh6an ani sambidhan sava ma gayera tehi bolne khalka 6an unpadh theuka haru. kami, damai, sunar, raute, sabai ko samabesh ta vayo tara lasta ma tehi 3 dal le kam khalash garne ho vane tiniharu ko k astitwo ni. haaaaaaaaaaaaaaaa
मन परे हरियो, नपरे रातो
0
0
I can understand it very well, this is only way to drift out autocratic shree 6 GPK otherwise nothing is possible.
मन परे हरियो, नपरे रातो
0
0
Khoi bujhnai garo…
मन परे हरियो, नपरे रातो
0
0
maoistharu paripakko huna time lagne sanket ho yo.
मन परे हरियो, नपरे रातो
0
0
अब फोरमको तालुमा आलु फल्ने भाई हाल्यो नि ।
मन परे हरियो, नपरे रातो
0
0
well done !!!
मन परे हरियो, नपरे रातो
0
0