मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    काम गर्दागर्दै लाइसेन्स चट्

    नीलम घिमिरे

    जलविद्युतको अथाह संभावना भएर पनि अधिकांश जनता अँध्यारोमा बस्न बाध्य छन् भने विद्युत पुगेका ठाउँमा समेत दैनिक ८-९ घण्टा लोडसेडिङको समस्या विद्यमान छ। विद्युत उत्पादन हुन नसक्नुको प्रमुख कारण लगानी जुटाउन नसक्नु हो। लगानीको अभावले दर्जनौ ठूला तथा मझौला जल विद्युत आयोजना बन्न नसकेको अवस्थामा तमोर-मेवा जलविद्युत आयोजनाको लाइसेन्स सरकारले एकतर्फी रुपमा खारेज गरेको छ।

    नेपाली लगानीकर्ताको पहलमा बन्न लागेको तमोर-मेवाको लाइसेन्सको म्याद नथपी सरकारले किन तुहाउन खोज्यो त ? केको खेल छ यसमा ? कसको दबाबमा हुँदैछ यो सब ? कम्पनीको कामगर्ने म्याद नसकिदै अर्को कम्पनी इमेस्क इन्टरनेशनल नेपाल भन्ने कम्पनीले लाइसेन्सका लागि निवेदन किन दिइयो ? के खेल छ यसमा ?

    आयोजना निर्माणका लागि लगानी जुटाएर काम सुरु गरिसकेको कम्पनीको काम गर्ने अवधी नसकिदै सरकारले एकतर्फी रुपमा लाइसेन्स खारेज गर्छ भने यसलाई के भन्ने ? सम्पूर्ण प्रकृया पूरा गरी निर्माणको चरणमा पुगेको तमोर-मेवा (१०१ मेगावाट)को यस्तै अवस्था भएको छ। आयोजनाले वित्तको समेत व्यवस्था गरिसकेको अवस्थामा सरकारले यसको लाइसेन्स म्याद थप नगरेको हो।

    नेपाली लगानी कर्ताको पहलमा बन्न लागेको तमोर-मेवाको लाइसेन्सको म्याद नथपी सरकारले तुहाउन खोजेको छ। तमोर-मेवा जलविद्युत आयोजनाले समयमै लाइसेन्स नविकरण गर्न राजस्व दस्तुर दश लाख रुपियाँ र निवेदन पेस गरेको ४ महिना पछि यस्तो एकतर्फी निर्णय गरिएको हो। आयोजनाको निर्माणकर्ता स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले गत भदौ ६ गते नविकरणका लागी निवेदन पेश गरेको थियो। यसको ४ महिना पछि गत माघ ८ गते सचिव स्तरको निर्णय गरी म्याद थप नगर्ने निर्णय पत्र मार्फत् जानकारी गराइएको थियो। जबकि जलविद्युत विकास निति २०५८ मा उल्लेख भएअनुसार अनुमति पत्र रद्द गर्नु पर्ने भएमा लाइसेन्सवाहक कम्पनीलाई लिखित पूर्व जानकारी गराई सफाइको मौका दिने उल्लेख छ। तर तमोर- मेवाको सवालमा सरकारले नीतिविपरीत काम गरेको देखिन्छ। लाइसेन्स नवीकरणका लागि आवस्यक कागजात साथमा संशोधित नवीकरण दस्तुर रु१० लाख बुझाइएको थियो। यस अवस्थामा यो आयोजनाको प्रवर्दक स्पार्क हाइड्रो पावर कम्पनी लिमिटेडले लाइसेन्सको म्याद त थप पाएन नै, साथमा यति धेरै रकम गुमाउन पुग्यो। आयोजनाको लागि कम्पनीले अहिलेसम्म साढे सात करोड खर्च गरिसकेको छ।

    जलविद्युत ऐन २०४९, तथा नियमावली २०५०ले व्यवस्था गरेको उत्पादनको लागि र्सर्वेक्षण अनुमतिपत्रको हद अवधि ५ वर्षभन्दा बढी समय लगाएमा स्वतः खारेज गर्ने व्यवस्था छ। सर्वेक्षण गर्ने अनुमतिपत्रको म्याद ५ वर्ष हुने भएपनि यो एकै पटक वा पटक पटक गरेर दिन सकिने व्यवस्था छ। सरकारले ७ सय ५० मेगावाटको पश्चिम सेतीलाई १४ वर्षदेखि म्याद थप्दै आएको छ। तर तमोर-मेवामा भने स्पार्क कम्पनी लिमिटेडले लाइसेन्स १८ महिनाको पाएको थियो। कम्पनीको काम गर्ने म्याद नसकिदै अर्को कम्पनी इस्मेक इन्टरनेशनल नेपाल भन्ने कम्पनीले लाइसेन्सका लागि निवेदन दिनुले पनि यो प्रकरण रहस्यमय भएको छ।

    स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीका अध्यक्ष भानेन्द्र कुमार लिम्बू भन्छन् – गाइ मारी गधा पोस्ने काम भयो। आफ्नो देशमा केही गरौँ भन्ने भावनालाई हौसला हुनु पर्नेमा उल्टो नकारात्मक प्रभाव पार्ने काम सरकारले गरेको देखिन्छ।

    लिम्बूका अनुसार हालसम्म कुनै पनि काममा १ रुपैयाँ पनि घुस खर्च गरेको छैन। आफ्नो देशमा आफ्ना लागि गर्ने काममा म घुस खुवाउँदिन र खुवाएको पनि छैन, लिम्वूको भनाइ छ। ‘सह सचिव अनुपकुमार उपाध्यायले फोकटमा लाइसेन्स पायौ, अब फोकटमै गयो भन्दै आफूहरुलाई अभद्र व्यवहार गर्दै उठेर हिँडे’ स्पार्कका प्रवन्ध संचालक समेत रहेका भानेन्द्रकुमार लिम्बू आक्रोश व्यक्त गर्छन्। तर विद्युत विकास विभागका महानिर्देशक श्रीरंजन लाकौल भने यसलाई मान्न तैयार छैनन्, भन्छन् – राम्रो काम देखाउन नसके यस्तो हुन्छ। देशको परिस्थिति राम्रो हुँदा पनि काम नगरे के गर्न त……. – खारेज हुने भयो।

    यस्तै इमेक्स इन्टरनेशनलका अध्यक्ष गिरी राजभण्डारीसँग उनको कम्पनीको निवेदनसम्बन्धमा बुझ्न खोज्दा उनले मिडियाले आफूलाई खेदेको आरोप लगाए। किन यस आयोजनालाई नै छान्नु भयो भन्ने प्रश्नमा राजभण्डारीले आफूलाई केही पनि थाहा नभएको र आफ्ना परामर्शदाताले जे भन्यो आफूले त्यही गरेको बताए।

    सरकारले एकतर्फी रुपमा लाइसेन्स खारेज गरेपछि त्यहाँ ९ महिनादेखि काम रोकिएको छ। नेपालको पूर्वी भागमा तमोर-मेवा जस्ता मझौला जलविद्युत आयोजना बन्न अत्यावश्यक भइसकेको छ। सरकारले अहिले पूर्वमा मध्यपश्चिमबाट विद्युत आपुर्ति गरिरहेको छ। विराटनगरमा ३९ मेघावाटको डिजल प्लान्ट चलाएको छ जुन प्रति युनिट ३० रुपैया लागत पर्छ। त्यतिले मात्र नभएर भर्खरै भारतसँग २५ मेघावाट विद्युत प्रति युनिट ११ रुपैयाँ परेको बिजुली किनेको छ। तर सरकारले घाटा वेहोर्दै सवै विजुली प्रति युनिट ६ रुपैयाँ ८० पैसामा बिक्री गर्दै आएको छ। यसले पनि देखाउँछ पूर्वी नेपालमा तत्कालै नयाँ आयोजना आवश्यक छ।

    स्पार्क कम्पनीले बनाउदै गरेको तमोर-मेवाले नेपालको पूर्वी भागको विद्युत आपुर्ति गर्नुका साथै भारतमा त्यो पनि डलरमा विद्युत विक्री गर्ने व्यवस्था समेत मिलाएको अवस्थामा र्सर्वेको काम ४० प्रतिशत सकिसकेको अवस्थामा लाइसेन्स म्याद थप गरिएन। अनुमानित लागत १४ अर्व २० करोड रहेको आयोजना निर्माणका लागि कम्पनीले आवश्यक लगानी जुटाइसकेको लिम्बुको दावी छ। आयोजना निर्माणका लागी स्पेनको प्रोटोकल इन्टरनेशनल फण्डिङ्ग र्सर्भिसेज, अमेरिकी कम्पनी युनिटेक इनर्जी ग्रुप, भारतको युवि इन्जिनियरिङ्ग तथा भारतकै व्याकबोन प्रोजेक्टले लगानीको प्रतिवद्धता जनाएको उनले बताए।

    स्पार्क कसरी तमोर-मेवा जलविद्युत आयोजनाको भागिदार बन्यो

    तमोर-मेवा जलविद्युत आयोजना निर्माणकालगि सरकारी नियम अनुसार सन् २०००मा स्पार्क हाइड्रोइलेक्टि्रक कम्पनी लिमिटेड ग्रुप ए मा छानिएको थियो। निवेदन दिएको एक वर्षपछि २०६२ सालको चैतमा १८ महिना कार्य अवधिको र्सर्वे लाइसेन्स प्राप्त गरेको थियो। तर तत्कालिन राजनैतिक अस्थिरताका कारण बन्द हडताल जस्ता समस्याले काम भने लगभग ७ महिना मात्र राम्रो संग काम गरेको लिम्बू बताउ“छन्। लाइसेन्स पाएको ५४० दिन मध्ये ३३३ दिन (११ महिना पुरै) जनआन्दोलन २०६२/०६३ का कारण बन्द भएको थियो। बाँकी ७ महिना मात्र काम गरेको भएपनि सरकारले यस्तो निर्णय गर्नु पूरै हास्यास्पद र अनियमितताको कारण हुन सक्ने लिम्वु बताउँछन्।

    नेपालको पूर्वी भाग ताप्लेजुङ्ग जिल्लाको फुङ्लिङ र खोक्लिङ गाविसमा पर्ने यो आयोजना १०१ मेगावाटको हो जुन नेपालको पूर्वी भागको ठुलो आयोजना हो।सदरमुकामदेखि ९ किलोमिटरको दूरीमा रहेको यो परियोजनामा पुग्नका लागि हवाई सेवाको समेत सुविधा छ। साथै कम खर्चमा बन्ने यो योजनाको कुल लागत १४ अर्व रहेको छ। स्पार्कले गरेको अध्ययन अनुसार साढे १२ अर्वमा बन्ने यो आयोजना सुविधा भएको ठाउ“मा भएको र बजेट कम भएकाले इमेक्स इन्टरनेशनलले आँखा गाडेको लिम्बूको दावी छ। स्थानीय बासिन्दाको स्वामित्वमा रहेको स्पार्क कम्पनी लिमिटेडले हालसम्म ७ करोडको हाराहारीमा खर्च गरिसकेको छ।

    No related posts.

    24 comments to काम गर्दागर्दै लाइसेन्स चट्

    • neelam

      Comment ko lagi dhanya bad.jal mafiya lai hamile yesari des bigarna dinu hunna. tapai hajruko sujhab manan garne chu. harek kura artical ma jasto report ma lekhna sakidaina. kura balance ko rahyo. thosro pachya bolna nachayepachi garho pardo rahichha. j hos sabai nepali sachet vayeko ma dherai khusi lagyo.
      N

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Bhanendrakumar Limbu

      पलेस्वाजी, धन्यवाद। छोटो लेखमा शायद सबै लेखानु शायद सम्भव भएनकी भन्छु तर जेभये पनि नीलमजिलाई उपलब्ध भएका सुचना गलत छैनन्। यो साइजको जलविध्युत आयोजना गर्नलाई समय र खर्च पनि धेरै लाग्छ। भन्नुखोजेको यो हो कि हामीसँग अरु धेरै प्रमाणअहरु छन् जो देखाउन सकिन्छ यदी आवश्यक परेमा।
      - भानेन्द्रकुमार लिम्बू, तमोर-मेवा जलविध्युत आयोजना

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पलेस्वाँ

      लिम्बुजी, कम्पनीकै तर्फबाट केही भन्नुभो राम्रो गर्नुभो तर आफैले के लेख्नुभो – “नीलमजीलाई सत्यतथ्यहरु सबै खुलाउनु भएको छैन” । नीलमजी प्रति मेरो आग्रह यति थियो कि केही लेख्दा सम्बन्धित सबैसंगबाट सकेसम्म सीधा सूचना संकलन गरे मात्रै पूर्ण तस्वीर तयार हुन्छ र हामी जस्ता पाठकवर्ग ले केही सिक्ने मौका पाउछौ । यसकोलागि तपाई आफैले सम्बन्धित सबैपक्षबाट तथ्य जानकारी लिई विश्लेषण गर्नु भएको भए अतिउतम हुने थियो र अर्को कुरा हरेक चिजको छायापनि हुन्छ र त्यस्मापनि ध्यान पुग्नु जरुरी छ अर्थात सम्बन्धित पक्षलेपनि भन्न नचाहेको पनि धेरै हुन्छ । सन् २००० मा छानिएको कम्पनीले २००५ मा लाइसेन्स पाउंदा कसरी एक वर्षपछि भयो र २ वर्षमै ७ करोड खर्च भयो (अझ लेखमै भनिए जस्तो ७ महिनामात्र काम गर्न सकेको) । यसैले लेखमा सन्देह गर्नु पर्ने भएको अन्यथा नलिइदिनु होला ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bhanendrakumar Limbu

      Many thanks for all commntators. As a CHAIRMAN AND MANAGING DIRECTOR OF SPARK HYDROELECTRIC COMPANY LIMITED, I WANT TO INVITE TO ALL THOSE PERSONS WHO SENT NEGATIVE COMMENTS ON THE ARTICLE WRITTEN BY NEELAM GHIMIRE-PLEASE VISIT OUR OFFICE at Bhatbhateni or write us. For your convenience you can use these email adds-bklimbu@gmail.com/tmpspark@wlink.com.np
      AND COLLECT THE FACTS ABOUT THE SUBJECT WHICH WAS MENTIONED IN NEELAM’S ARTICLE. AND IT IS ALSO REQUESTED THAT DO NOT MAKE A MISTAKE TO SEE “AS JALMAFIAS” TO ALL POWER PRODUCERS. IT WILL BE INJUSTICE TO THEM AND MAY BE YOUR BLUNDER MISTAKE AS “SAAUNMA AANKHA FUTEKO GORULE SADHAI HARIYO DEKHE JASTAI”. WELCOME FOR FAIR DISCUSSION AND CONTRIBUTION FOR PUBLIC PARTNERSHIP. OUR DOOR IS ALWAYS OPEN FOR YOU. YOU NEED NOT TO WRITE ANY NEGATIVE COMMENT. YOU ARE WARM WELCOME. Specially I want to invite those people who have doubt on us and our activities.
      ………………..
      BHANENDRAKUMAR LIMBU
      CAIRMAN AND MANAGING DIRECTOR
      SPARK HYDROELECTRIC CO. LIMITED
      E-mail:bklimbu@gmail.com

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bhanendrakumar Limbu

      Many thanks for all comenetators. As a CHAIRMAN AND MANAGING DIRECTOR OF SPARK HYDROELECTRIC COMPANY LIMITED, I WANT TO INVITE TO ALL THOSE PERSONS WHO SENT NEGATIVE COMENTS ON THE ARTICLE WRITTEN BY NEELAM GHIMIRE-PLEASE VISIT OUR OFFICE AND COLLECT THE FACTS ABOUT THE SUBJECT WHICH WAS MENTIONED IN NEELAM’S ARTICLE. AND IT IS ALSO REQUESTED THAT DO NOT MAKE A MISTAKE TO SEE “AS JALMAFIAS” TO ALL POWER PRODUCERS. IT WILL BE INJUSTICE TO THEM AND MAY BE YOUR BLUNDER MISTAKE AS “SAAUNMA AANKHA FUTEKO GORULE SADHAI HARIYO DEKHE JAATAI”. WELCOME FOR FAIR DISCUSSION AND CONTRIBUTION FOR PUBLIC PARTNERSHIP. OUR DOOR IS ALWAYS OPEN FOR YOU. YOU NEED NOT TO WRITE ANY NEGATIVE COMENT. YOU ARE WARM WELCOME. Specially I want to invite those people who have doubt on us and our activities.
      ………………..
      BHANENDRAKUMAR LIMBU
      CHAIRMAN AND MANAGING DIRECTOR
      SPARK HYDROELECTRIC CO. LIMITED
      E-mail:bklimbu@gmail.com

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bhanendrakumar Limbu

      प्रतिकृया दिने सम्पूर्ण मित्रहरुलाई धन्यवाद। बिशेषगरी नकरत्मक प्रतिकृयादिने मित्रहरुलाई मेरो अनुरोध छ कि तपाईंहरु “सत्यतथ्य नै नबुझी सतही तालमा प्रतिकृया लेखानु पुर्वाग्रही हुनु नै हो भन्नुपर्छ। म स्पार्क कम्पनिकोचेअरमैन्को हैसियतले
      आग्रह गर्न चाहन्छु-आ उनुहोस् तपाईंहरुको लागि हामी स्वागतको तयार छौ।आउनुहोस् र सत्यतथ्य पत्ता लगाउनुहोस्। नीलमजी जसले तमोर्-मेव जलबिध्युत आयोजनाकोसँग सम्बन्धित लेख लेखिन, लाई उपलब्ध गरेको सुचन्नभन्द अझ बढी नै सत्यतथ्य उपलब्ध गराउने प्रतिबध्दता ब्यक्त गर्न चाहन्छु। ”
      मलाई लाग्छ हामी दासको मानसिकताबाट मुक्त हुनसकेका छैनउ जो दु:खलाग्दो पक्ष हो। हामी कहिलेसम्म यसरी बेजिम्मेवार भाईरहने? जबसम्म तपाईंहरु जस्ता होनाहार जनसक्ती दास्मोनोब्रित्तिको सिकार हुन्छ तबसम्म देसले औध्योगिक क्र आन्तिगर्न सक्दैन अनी देसको बिकास कसरी सम्भव हुन्छ त? कसैलाई नबुझी गाली गर्दा कतै हावादारी त भाईन्न? घोत्लिएर सोच्ने पो हो कि

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bhanendrakumar Limbu

      प्रतिकृया दिने सम्पूर्ण मित्रहरुलाई धन्यवाद। बिशेषगरी नकरत्मक प्रतिकृयादिने मित्रहरुलाई मेरो अनुरोध छ कि तपाईंहरु “सत्यतथ्य नै नबुझी सतही तालमा प्रतिकृया लेखानु पुर्वाग्रही हुनु नै हो भन्नुपर्छ। म स्पार्क कम्पनिकोचेअरमैन्को हैसियतले आग्रह गर्न चाहन्छु-आ उनुहोस् तपाईंहरुको लागि हामी स्वागतको तयार छौ।आउनुहोस् र सत्यतथ्य पत्ता लगाउनुहोस्। नीलमजी जसले तमोर्-मेव जलबिध्युत आयोजनाकोसँग सम्बन्धित लेख लेखिन, लाई उपलब्ध गरेको सुचन्नभन्द अझ बढी नै सत्यतथ्य उपलब्ध गराउने प्रतिबध्दता ब्यक्त गर्न चाहन्छु। “मलाई लाग्छ हामी दासको मानसिकताबाट मुक्त हुनसकेका छैनउ जो दु:खलाग्दो पक्ष हो। हामी कहिलेसम्म यसरी बेजिम्मेवार भाईरहने? जबसम्म तपाईंहरु जस्ता होनाहार जनसक्ती दास्मोनोब्रित्तिको सिकार हुन्छ तबसम्म देसले औध्योगिक क्र आन्तिगर्न सक्दैन अनी देसको बिकास कसरी सम्भव हुन्छ त? कसैलाई नबुझी गाली गर्दा कतै हावादारी त भाईन्न? घोत्लिएर सोच्ने पो हो कि

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पलेस्वाँ

      नीलमजी मैले तपाईको लेख हावादारी भन्नुको मतलब तथ्यको तहमा नगई एउटा पक्षको हावामा लागे पछि हावादारी नभए के त ? यस ब्लगमा आफुलाई लागेको लेख्न पाईएला तर त्यस्तोको लागि सिकवको दुवैपाटोको जानकारी हुन जरुरी छ । तपाईले ईमेक्स संग सम्पर्क गर्न खोज्नु भएको रहेछ तर जहासम्म मलाई लाग्छ लाईसेन्सको दरखास्त जुनबेलापनि जसलेपनि दर्ता गर्न सक्छ । को सकली को नकली निधारमा लेखेको हुन्दैन यसकारण कुनै कम्पनीले लाईसेन्स लिई काम गरेरै देखाउन सक्नु पर्छ । तमोर मेवा जस्तो सरकारले संभाव्यता अध्ययन गरेको आयोजनामा कसैले केही भौतिक कार्य नगरी ७ करोड खर्च गरें भन्छ र त्यो कसैले पत्याउँछ भन्ने दुनियामा ठग र मूर्खको बिगबिगि नै रहेको मात्र हो । यसकारण नीलमजीलाई मेरो अनुरोध यतिमात्र हो कि लेख तथ्यको तहमा जानु पर्छ कसैको पक्षमा एकतर्फी हुनु भएन भन्ने मात्र हो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • anurodh/kathmandu

      Neelam Ji You r requested that not to write such article in such blog.I like to read articles, Journal written about hydropower.After reading your article i reached in a conclusion thta you r a member of that hydropower company.The government should punish to all defaulter not only this.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • anurodh/kathmandu

      Neelam Ji You r requested that not to write such article in such blog.I like to read articles, Journal written about hydropower.After reading your article i reached in a conclusion thta you r a member of that hydropower company.The government should punish to all defaulter not only this.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yam

      यो लोभी बाहुन्बाद्, साम्न्त र् घुस्याह् हरुको झुण्ड् हवी भएको देशमा यस्तै हो। कमिसन काम भयो होला है।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dilli

      जलमाफियाहरुको बिगबिगि छ देशमा । लेख एक पक्षीय छ वा बास्तबिकतामा आधारित यो भन्न सकिन्न किनकि जानकारहरु तिनै होलान् जस्ले रद्ध गरे वा जस्ले ओगटेर बसे । माथिल्लो कर्णाली, सेती, अरुण, तमोर-मेवा सबैमा जलमाफियाहरुको चलखेल छ । यसमा सरकारी भित्रिया पनि संलग्न होलान् नेता महोदयहरु पनि होलान् र बाहिरिया त हुने नै भए । नेपाली लगानि वा जे नाम दिए पनि प्रकटमा मात्र नेपालीको नाम आएको हो । वास्तबिक लगानिकर्ता र हिस्सेदार बिदेशि नै हुन् । त्यसको गोटिमा केही पत्रकार पनि होलान् जस्ले बास्तबिकता लेख्नु भन्दा पत्रुकारको काम गरेको होस् । तर यस्मा उठाइएको बिषय चाहीँ गहन छ । प्राधिकरणदेखि बिध्युत बिकास बोर्ड नेतादेखि पत्रकारको खाइजीबिका बनेको नेपालको जलभण्डार नेपालकोलागि बिकासको आधार हो कि बिदेशि साँढे जुध्ने मैदान यसै भन्न गाह्रो छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • neelam

      rajendra jee tapaiko soch dekhera malai daya lagyo. please ali wide soch banaune ho ki media ko kam problem lai help garnu ho. tapai kasari yesto nich soch banauna saknu vayo. ani arko sathile hawadari vayo vannu vayo kasari hawadari guff vayo tell me la. auta nepali company ko kam gardai garda ko pida feel garnus ta tapiaile. ho pani ma dherai mafiya chan tara sadai sabai galat hudainan ra media le sahilai support garnu kartebya ho.
      neelam

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पलेस्वाँ

      नीलमजी कुनैपनि लेख लेख्नु भन्दाअगाडि सबै पक्षमा ध्यान पुर्याउनु पर्छ । यस्तो एकपक्षीय लेख स्पार्क भनेकै वेभसाइटमा मात्र उपयुक्त हुन्छ माई सन्सार जस्तो ब्लगमा होइन । यसमा त हामी समकालिन स्थितिबारे विचारोतेजक लेखको प्रतिक्षामा हुन्छौ न कि यस्तै हावादारी गफ । जे होस यस ब्लगमा कसैको प्रायोजित लेख हेर्नु नपरोस । सबैलाई चेत भया ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kapail

      धन्न मान्छे चट भ्येनछ
      अचेल मान्छे नै चट गर्न बेर लगौन्नन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shree prasad shrees

      sababhanda pahila ta yi laisensa khane chorharulai kada sajaya dinu parchha. yi paisa khan napayar ho.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hrishkh

      कत्रो आशा थियो वल्लो डाँडाँ पल्लो डाँडाँ बिजुलिका खम्बाहरु गाडीने भो मत्तितेलको हैकम्बाद को अन्त्य हुने भो गाउले बुढाहरु फुरुक्क भएका थिए आँखा लागी हालेछ थुक्क ! खाट्टी लिम्बू पर्नु भाएछ सही गर्नुभो एक कन्ची नदिएर बरु अन्धाकारमा नै बसूला तेसका बाबुले जस्लाई दिन्छ देओश मुलाहरु !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • AS

      नेपालमा जल मफियाको बिगबिग छ। यिनिहरुको काम नै बिद्युत आयोजनको लागि license लिने। अनी त्यो license बिदेशी company लाई बेच्ने। नेपाल सरकारले सयोँ license दिएकोमा दुई तीन वटा मात्र बिद्युत आयोजना बन्न सकेको छ। यि नक्कली लगानिकर्ताले गर्दा सक्कली लगानिकर्ताले लगानी गर्न पाएका छैनन। यो case मा पनि यि दुबै नक्कली लगानिकर्ता हुन बेर लाग्दैन। लेख एकदम एक पछीय छ। License लिएर समयमै लगानी गरेको भये म्याद थप्नै पर्दैन थियो। सरकारले यस्ता सबै नक्कली लगानिकर्ताको license रद्द गर्नु पर्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • AS

      नेपालमा जल मफियाको बिगबिग छ। यिनिहरुको काम नै बिद्युत आयोजनको लागि license लिने। अनी त्यो license बिदेशी company लाई बेच्ने। नेपाल सरकारले सयोँ license दिएकोमा दुई तीन वटा मात्र बिद्युत आयोजना बन्न सकेको छ। यि नक्कली लगानिकर्ताले गर्दा सक्कली लगानिकर्ताले लगानी गर्न पाएका छैनन। यो case मा पनि यि दुबै नक्कली लगानिकर्ता हुन बेर लाग्दैन। लेख एकदम एक पछीय छ। License लिएर समयमै लगानी गरेको भये म्याद थप्नै पर्दैन थियो। सरकारले यस्ता सबै नक्कली लगानिकर्ताको license रद्द गर्नु पर्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sagar

      I think this case should file in Akhtiyar and all corrupted persons must be punished otherwise there will be domination to innocent people by corrupted people in NEW NEPAL ALSO.YCL must be mobilized to stop this kind of corruption and.All corrupted directors, secretary must be dismissed and a high level probe must be formed to investigate the case either by government or YCL.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • I think that this article itself might be sponsored one. If the former company might have done everything as committed, it would not have been cancelled.

      There is big “JAL MAFIA” in Nepal. Few socalled journalist, NGO and politician have already been sold to Jal and Tel mafia.

      We wish the writer wouldnot have been sold out!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Arun

      पानी माफिय हरु को लडाईं मात्र हो यो। लडाईं नेपाली माफिय र बिदेशी माफिय बिच मा पर्‍यो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Lachchu, Illinois, USA

      previous & current, both contractor’s behaviour looks little phissy.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Purna Limbu

      यो तमोर मेवाको समस्या निकै गहिरो छ । शेरबहादुर देउवाकी पत्‍नी आरजु देउवाको कम्पनीलाई लाइसेन्स दिनको लागि आरजुले दवाब दिएकाले स्पार्क हाइड्रोको लाइसेन्स खारेज गरिएको देखिन्छ । तर चलाख र धूर्त नदि वेच्ने यी साधु भेसका तस्करले देश सखाप पार्न आटे । नेपाली कम्पनीले काम गर्न लागेको बेलामा काम गर्न नदिएर आफ्नो फाइदाका लागि अगाडी वढ्दै छन् यीनिहरु । हे भवगान यी नेताका खोल ओढेका खलनेतालाई कहिले बुद्धि दिने – या त अव राम्रो नेता जन्माइदिनु पर्‍यो । या त यीनलाई सुधार्नु पर्‍यो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker