-सुमित्रा साह-
नारायणहिटी भवनको मूल भवनको बैठक कक्ष साँघुरिएको थियो। तर, त्यति ठाउमै संयमित र मर्यादित भएर बसेको भएपनि केही फरक पर्दैन्थ्यो होला, सानो होइदैन्थ्यो होला। बजारमा चट्केलाई सर्वसाधारणले घेरे झैं सञ्चारकर्मीले ज्ञानेन्द्रलाई घेरेको र एक अर्कालाई धक्कम धुक्का गरेको पाइयो। पूर्व राजाको वक्तव्य चलिरहेको बेला एक च्यानलको प्रत्यक्ष प्रसारणमा ‘बास्टर्ड, भाते, गधा र मुला’ भन्ने शब्द समेत सुनियो। ती शब्द कोप्रति लक्षित थियो, त्यो स्पष्ट नभएपनि राजाबाट नागरिक भएका ज्ञानेन्द्रलाई ती शब्दहरुले निकै लज्जाबोध भयो होला। राजनीतिक उथलपुथल र परिवर्तनबीच हरेक आन्दोलनमा अग्रणी एवं निर्णायक भुमिका निभाउने नेपाली प्रेस जगत अझ बढी परिपक्व, संयमी र दुरदर्शी हुन उतिकै जरुरी छ। ज्ञानेन्द्रको बहिगर्मनको झण्डै एक साता बितिसक्दा पनि प्रेसको उच्छृंखल व्यवहारलाई मैले बिर्सन सकेको छैन। सस्तो लोकप्रियता र टिभीमा अनुहार देखाउने चाहनामा केही अपरिपक्व र बेइमान सञ्चारकर्मीको उच्छृंखल गतिविधिले यस क्षेत्रमा प्रतिवद्ध भएर लागेका इमान्दार पत्रकारको आचरण र छविलाई धुमिल्याउन सक्छ।
महत्वपूर्ण राष्ट्रिय एवं अन्तर्राष्ट्रिय टिभी च्यानल र वेबसाइटहरुले गएको बुधबार बिहानदेखि पूर्व राजा ज्ञानेन्द्रले बेलुकी पाँच बजेको आसपास पत्रकार सम्मेलन गरेर नारायणहिटी छाड्ने समाचार दिइरहेका थिए। कसैले समाचार बनाएर र कसैले टिभीको मनिटर मुन्तिरको संक्षेप समाचारमा राजाले प्रेस वक्तव्य दिएर दरबार छाड्ने सूचना प्रवाह गरिरहेको थियो।
एउटा सामान्य गृहिणी भएपनि मलाई यो समाचारले निकै तानिरहेको थियो। शायद मनोरञ्जनात्मक/ काल्पनिक धारावाहिक र चलचित्रभन्दा समाचार, सूचनामुलक, यथार्थपरक र वास्तविक कार्यक्रममा रुचि भएकोले मलाई यसो भएको हुनसक्छ।
हालसम्म मुलुकलाई राजाको रुपमा सम्बोधन गर्दै आएका ज्ञानेन्द्रले नागरिकको रुपमा प्रेस र मुलुक सामु आफूलाई कसरी प्रस्तुत गर्ने होलान् भन्ने मेरो कौतुहुलता थियो। म यो क्षणलाई हेर्न निकै अधैर्य पनि थिएँ। मलाई अहिलेसम्म निकै तानेको राजनितिक घट्नाक्रम मध्ये यो पनि एउटा थियो। सम्पूर्ण राष्ट्रिय एवं अन्तर्राष्ट्रिय टिभी च्यानलले यसको प्रत्यक्ष प्रसारण गर्ने आशकासाथ मैले प्राथमिकताको क्रममा बीबीसी, सीएनएन, स्टार न्यूज, इण्डिया टिभी, आईबीएन सेभेन, एनडीटीभी र इण्डिया टीभी हेरे।
उनिहरुले यसको प्रत्यक्ष प्रसारण गरेको पाइनँ। त्यसपछि सरकारी टिभी च्यानल ‘ एनटिभी,’ लगाएँ। उसले पनि प्रसारण नगरेको देखेपछि म अलिक निराश हुँदै नेपाली टिभी क्षेत्रमा निजी क्षेत्रका अग्रणी च्यानलहरु एभिन्युज,सगरमाथा,इमेज र कान्तिपुर टिभीलाई ट्युन गरेँ। ती सबै च्यानलले नारायणहिटीको पश्चिम गेटदेखि मूल भवनको कास्की बैठकसम्मको दृश्यलाई ऐना झैं छर्लङ पारेर देखाइरहेका थिए। म पुलकित हुँदै कक्षा-१ मा अध्ययनरत नाबालक छोरालाई समेत बसाएर ती दृश्यहरु हेर्न थालेँ। तर, मैले अपेक्षा गरेभन्दा विपरीत दृश्यहरु टीभीमा देख्दा खिन्न र उदास भएँ।
मैले यो ऐतिहासिक क्षणमा सञ्चारकर्मीलाई संयमित र अमर्यादित एवं राजालाई हतासको मानसिकतामा देखिने अनुमान गरेको थिएँ। तर, शाहवंशका अन्तिम राजा ज्ञानेन्द्रको पत्रकार सम्मेलनमा आवागमन र दरबारबाट बहिर्गमन निकै संयम, तनावरहित र दूरदर्शी देखियो। उनमा कुनै हतास र हडबडाहट देखिएन।
उनले सार्वजनिक अभिव्यक्ति मार्फत् नागरिक समाजको कठघरामा उभेर शान्ति, राष्ट्रिय अखण्डता र माटोप्रतिको मायालाई अन्ततः हृदयंगम गरेको पाएँ। उनले निकै कुटनितिक शैलीमा आफ्नो बचाव पनि गरेको अनुभूति भयो। त्यसको विपरित व्यवहार निकै जिम्मेबारी बोकेका युवा सञ्चारकर्मीले गरिरहेका थिए। प्रत्यक्ष प्रसारणकै क्रममा पत्रकार भेटघाटकालागि भित्र प्रवेश गर्नलाई आम सञ्चारकर्मीले गरिरहेको हुलहुज्जत र धक्कम धुक्काका दृश्यहरुले मलाई खिन्न बनाइरह्यो।
केही युवा पत्रकारको त्यो अमर्यादित व्यवहार पूर्व राजाले प्रेस वक्तव्य पढ्न आउँदा, पढदा खेरि र जाँदासम्म जारिरह्यो। हुन त पत्रकारको ठूलो हुलको अगाडि पत्रकार भेटघाटकोलागि तय गरिएको नारायणहिटी भवनको मुल भवनको बैठक कक्ष साँघुरिएको थियो। तर, त्यति ठाउमै संयमित र मर्यादित भएर बसेको भएपनि केहि फरक पर्दैन्थ्यो होला, सानो होइदैन्थ्यो होला। बजारमा चट्केलाई सर्वसाधारणले घेरे झैं सञ्चारकर्मीले ज्ञानेन्द्रलाई घेरेको र एक अर्कालाई धक्कम धुक्का गरेको पाइयो।
पछाडि बसेर आरामसाथ राजाको अभिव्यक्ति टिप्ने र सून्ने ठाउँ हुँदा हुँदै पनि केहि सञ्चारकर्मी टीभी अनुहार देखाउनलाई नै अघि उभिरहेका देखिए। वक्तव्य पढिरहेका बेला एक सञ्चारकर्मीले पूर्व राजाको कान नजिकै मोबाइलमा मुस्कुराउँदै कुरा गरिहेको देखिए। उनलाई शायद टिभीमा अनुहार आउँदा ठूलै मान पाइने भन्ने सस्तो आस थियो होला।
वास्तवमा हामी जस्ता टिभी हेरेर र पत्रिका पढेर केही जान्ने मान्छेले पत्रकारलाई चिन्ने भनेको उसको रचनात्मक कामले होकि, न कि टिभीमा ठू-ठूला मान्छेको छेउमा उभेको देखेर। हुन त पछिल्लो समयमा सस्तो लोकप्रियताकालागि जे गर्न पनि तयार रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमला शैलीका पत्रकारले कर्तव्यनिष्ठ र इमान्दार पत्रकारको छविलाई निकै धमिल्याएको छ। उनले सर्वसाधारण माझ वाहवाही लुटेको देखेर र अझ माअोवादीका तर्फबाट संविधान सभामा मनोनीत सभासदसमेत हुने चर्चा सुनेर अन्य युवा पत्रकारलाई उनलाई आदर्श मान्नु दूर्भाग्य र कमजोर पत्रकारिता चरित्रको अवलम्बन गर्नु हो। थुप्रै यस्ता बरिष्ठ सञ्चारकर्मी छन, जो टिभी र पत्रिकामा कमै देखिन्छन्, तर उनीहरुको उतिकै सम्मान र प्रतिष्ठा छ।
पूर्व राजाको वक्तव्य चलिरहेको बेला कुनै सञ्चारकर्मीले ‘भाते, गधा र मुला’ भन्ने शब्द समेत भनिरहेको एक च्यानलको प्रत्यक्ष प्रसारणमा सुनियो। ती शब्द कोप्रति लक्षित थियो, त्यो स्पष्ट नभएपनि राजाबाट नागरिक भएका ज्ञानेन्द्रलाई ती शब्दहरुले निकै लज्जाबोध भयो होला। जुनसुकै परिस्थितिको सामना गर्न तयार देखिएका राजा आरामसाथ वक्तव्य सकेर भीडलाई चिर्दै फर्के। तर, प्रसंग यहीँ टुंगिएन। प्रेस सम्मेलन सकिएपछि प्रसारणमा केही पत्रकारले तोडफोड गरेको कुर्सीहरु देखिए। प्रेस भेटघाटको बेला पूर्व राजा बसेको कुर्सीमा बस्न केही सञ्चारकर्मीहरु तँछाड मछाड गर्दै तस्बिर खिचाइरहेका देखिए। उनीहरुले एक टिभी च्यानललाई सञ्चारकर्मीले बोल्नै नमिल्ने खालका अभिव्यक्ति दिइरहेका थिए, मानौँ उनीहरु सञ्चारकर्मी नभएर कुनै दलका कार्यकर्ता वा आन्दोलनकारी हुन्।
त्यो भीडमा हरियो सुरुवाल कुर्ता लगाएर यताउति गरिरहेकी एक महिला पनि देखिइन। उपस्थित सञ्चारकर्मीमा झण्डै आमाकी उमेरकी ती महिलाले युवा सञ्चारकर्मीलाई सम्झाई बुझाई गर्नुपर्नेमा उनी राजाको कुर्सीमा बस्न हतारिंदै आफनो मोबाइलमा तस्बिर खिच्न अरुलाई आग्रह गरिरहेको पाएँ। पछि उनलाई दरबारको मूल कक्षमा सजाइएका मूर्ति चोरेर ब्यागमा राख्न खोज्दा अरु सञ्चारकर्मीले थाहा पाएर होहल्ला गरेपछि दरबारका कर्मचारीले घेरेर ब्याग खोतलेर मूर्ति फिर्ता लिएको तस्बिर र समाचार माइसंसार डट कम वेबसाइटमा पढ्न पाएँ।
उनी लाइभ गरिरहेको टिभीको क्यामरा अघिल्तिर गएर ठिङ्ग उभिन्थिन्। यो वास्तवमा दरिद्र मानसिकताको उपजले हुने व्यवहार हो।
वास्तवमा राजाले नागरिक समाजको अगाडि केही बोल्न र केही स्वीकार्न चाहेका थिए। उनले त्यो काम बखुबी गरेर अहिले नागार्जुनको साँघुरो शयन कक्षमा आफूलाई सीमित गरेका छन्। उनको भविष्यको कदमलाई आम जनताले अवश्य नियाल्ने छन्। तर, यी सब राजनीतिक उथलपुथल र परिवर्तनबीच हरेक आन्दोलनमा अग्रणी एवं निर्णायक भुमिका निभाउने नेपाली प्रेस जगत अझ बढी परिपक्व, संयमी र दुरदर्शी हुन उतिकै जरुरी छ। ज्ञानेन्द्रको बहिगर्मनको झण्डै एक साता बितिसक्दा पनि प्रेसको उच्छृंखल व्यवहारलाई मैले बिर्सन सकेको छैन। सस्तो लोकप्रियता र टिभीमा अनुहार देखाउने चाहनामा केही अपरिपक्व र बेइमान सञ्चारकर्मीको उच्छृंखल गतिविधिले यस क्षेत्रमा प्रतिवद्ध भएर लागेका इमान्दार पत्रकारको आचरण र छविलाई धुमिल्याउन सक्छ।
-धरान-९, सुनसरी (हाल, सुविधानगर,नयाँबानेश्वर,काठमाडौं)
*******************************
[पत्रकार सम्मेलनमा ज्ञानेन्द्रले वक्तव्य पढ्दै गर्दा चर्को स्वरमा बास्टर्ड भनेको सुनियो। त्यो आवाजले ज्ञानेन्द्रको पनि एकछिन ध्यान विकर्षित भएको जस्तो देखियो। आवाज पछाडिबाट आएको थियो। सबै टेलिभिजनले अगाडि ज्ञानेन्द्रको दृश्यमात्र देखाइरहेको थियो। कसले निकालेको थियो त्यो आवाज ? किन निकालेका थिए उनले त्यो आवाज ? माइसंसारको क्यामेरामा स्पष्ट कैद भएको छ। अहिलेसम्म कुनै सञ्चार माध्यमले गर्न नसकेको यो खुलासा केही घण्टापछि माइसंसारले गर्दैछ। हेर्दै गर्नुहोला]
No related posts.









बुढाशुब्बाको कसम ! तपाईको श्री ५ प्रति तपाईको मोह अपरम्पार छ /
मन परे हरियो, नपरे रातो
0
0
सुमित्रा जी लाई चिठ्ठी
बास्तव मा त्यांह भएको ब्याभार लज्जा पूर्ण छ
तर तेसको पछाडी कारन हरु मा पनी जाऊं न
बर्षों देखि दरबार र जनता को बिच मा एउटा अन्ध्यरो दुरी बाहेक अरु के नै थियो र
रजा हरु को ले कहिलै पनी जनता संग नाजिकिना खोजेनन बरु तेसको सट्टा झन झन टाडा हुने बातावरण बनौदै गए पहिलो चोटी जनता समुन्ने औंदा तेस्तो हुनु स्वाभाविक पनी त हो नि
रह्यो अपशब्द को कुरा राजा लाई था हुनु पर्छ की जर्जर देश ,हरेक कुरा बाट पछादियेको देश ,भोली के हुने तेसको ठेगान नभाको देशमाकिना सभ्यता को आशा गर्ने ???
२००७ साल देखि २०४६ सम्म कम्तिमा पनी प्रशस्थ अवसर हरु थिए आज त तेसको फल प्राप्त भएको हो
येही नै कुरा आज का दल हरु माथी पनी लागु हुन्छ .येस्तई चाल गरे को खंड मा इनिहरू को ज्ञानेंद्र को भन्दा पनी नराम्रो हुन्छ
यो हामी आफै अभिवावक ले आफ्ना संतान लाई जे दिए का छौं तेहि त फर्केर औनी हो नि होइना र ??
मन परे हरियो, नपरे रातो
0
0
well written and very well summarised.
Should give a wake up call to these so-called journalists who are undermining the whole profession.
मन परे हरियो, नपरे रातो
0
0
malaai kina kina patrakaar haru baadar jasto laagchha
desh ko 4 th power le desh laai naraamrari chiplyaauchha yedi central government camjor bho bhane , badaar haru laai manchhe banna sikaayera ni sakinchha
मन परे हरियो, नपरे रातो
0
0
पत्रकार र पत्रकारिता राष्ट्रको चौथो अंग भएर होलानी एस्तो गर्या र अर्को कुरा गैर पत्रकारहरुको बाहुल्य उपस्थी भएको र उनीहरुले गर्दा एस्तो भाको भनेर सफाया दिने काम पनि भैराखेको छ, त्यो बानी हाम्रा नेताहरुसँग थ्याकै मिलेको छ पत्रकारहरुको, उच्रिन्खाल्ताको पनि सिमा हुन्छ हजुर हामी कहिले सभ्य हुने हो कुन्नी ?
सुनु ईलाम
मन परे हरियो, नपरे रातो
0
0
Excellent article.
मन परे हरियो, नपरे रातो
0
0
बास्तबमा ईज्जतहुने ले पत्रकार पेस नगरे हुने भो ? यो पेसा को यति ठुलो बदनाम कहिले पानि भएको थिएन ।
This is very sad and shameful incident for we all nepalese .
–jhapali kancho
मन परे हरियो, नपरे रातो
0
0
SUMITRA JEE EXCELLENT ,, THANKS NEPALI PRESS JAGAT MA CHANGE AAUNU NAI PARCHA , NEPALI MEDIA HOUSE IS POLLUTED N UNDER DICIPLANE.ANY WAY CONGRATULATION FOR GOOD ARTICLE
YUBRAJ
मन परे हरियो, नपरे रातो
0
0
Ramro manchhey lai ramrari byabhahar garne…janata ko ragat chusera ramuna palkeka ti chor, hatyara shashak harulai testo byabhar bhayeko ma man khinna parna hunna. hamile aru dherai kura ma sochnu chha !
मन परे हरियो, नपरे रातो
0
0
SUMITRA DIDI,
TAPAI KO ARTICLE YEKDAUM SAMAY SAPEKSHIT LAGYO..BASTAV MA YO PATRAKAR JAGAT MA NAI YEK KAHALI LAGDO EXAMPLE BANERA DEKHAYE AHILE KA YEE PATRAKAR HARULE.YES LE IMANDAR PATRAKAR HARUKO CHABI LAI DHAMILAUNE HOINA DHAMILAYEE SAKEKO SPASTA NAI CHA.PATRAKAR VANAUDA HARULE YEE KURA HARU BUJNE KAHILE?YINIHARUKO DEEMAG MA SATARTAKO PAILA PALAUNE KAHILE?
मन परे हरियो, नपरे रातो
0
0
I don’t know why these journalists are not writing about price hike and its effect to the poor people ? Why they don’t write about useless political tussle for vested interest ?
मन परे हरियो, नपरे रातो
0
0
Smitra ji ko article ekdamai samaya sapekchha laagyo, hami nepali ko euta bani ke chha vane je kura garyo usko ulto khedne purwa raja Gyanendra le pahila ke gare ra ke ke vayo vanda pani prsanga ho unle dekhayeko paripakkwata, hunata unle chahekova tyas patrakar laai chutdai bahira nikaal vanna pani sakthe, aakhir narayanhiti vitra usle je vanyo tyo chalthyo nai, tara uni sujh bujh ka saath kehi fatyai nagari bahira niskiye, yo vaneko unko sujh bujh nai ho, ra tyo unle ramro sath gare, aba ramro kura laai nepali ko bani jhai dekhaeyra katipaya sathile SUMITRA JI KO LEKH LAAI TAPAI PANI SHAH WA RAJA LAAI DEKHAYEKO DAYA VANIRAHANU PARDAINA…..satya laai satya vanna sikau sathi ho…aajkaal Gyanendra ko ramro kura ko support garyo vane pani rajawadi vanera khairo khanchhan ….ho unle pahile naramro kura gare tesko birodh garnu parchha tyo satya ho….tara birodh ko naau ma mirod nagarau sathi ho…………………………………………….ani patrakaar (khai ko ho patrakaar ko ves ma nautanki tyo ta thaha vayena) haruko Bastard ra Mula vanne sabda laai pani katile sahauvuti sabda prayog gareka chhan ……tyo chahi suhayena ….gyanendra ko birodh garnu parhcha vandaima naramro kuralaai samarthan nagarau…..ani ramro kura laai dil kholera ramro vanna sikau….tei nai ho mero bichar….aru vannu kehi chhaina…..nepali vayera sabhyata ko parichaya dina sikau….
Dr. Ajay J Kunwar
Uni Goettingen
Germany
मन परे हरियो, नपरे रातो
0
0
यो त सारै नराम्रो कुरा हो, … ले आफ्नो जात देखाउछ भनेको जस्तो भो त! देशको चौथो अङग कस्तो रहेछ भन्ने थाहा भो नि त अब !!
हामीले जे गरे पनि हुन्छ आखिर हामी त चौथो अङग भन्ने मानसिक्ताबाट पीडित पत्रकारहरुलाई अब त चेतना आउछ होला नि त !!!
मन परे हरियो, नपरे रातो
0
0
हामी नेपालीलाई कुनै पनी हालतमाँ बाहिरी हस्तक्षेप मान्य हुदैन.
होला हाम्रा चोर नेता भानौदाहरुले नबोल्लान.
येसरी राजदूतहरुलाई जेपायो तेहि मनलागी बोल्दै हिदना दिनु हन्ना .
कहिले अदालत , कहिले पार्टी कार्यालय ,कहिले मंत्रालय.
के सबै राजदूत ले यसरी ने कम गर्छान . हाम्रो देश नेपाली जनाताले बनाउने हो , त्यों राजदूतले होर ??/
साला काइंते राजदूत . उमेश जी येस्लाई blog को मार्फ़त भये पनी बिरोध गरु न .
जसरी भये पनी येसको कान यो समचार हाल्नु पर्यो की नेपाली जनता लाई तेस्तो सक्रिए राजदूत काम छैन
मन परे हरियो, नपरे रातो
0
0
पहिले नेपाल मा राजा हरु मोङोलिअन हरु थिय पछी ईन्डियाय बाट राजा लाई नेपाल छिराय तेस्पछी मोङोलिअन राजा हरु लाई
कसरी हाताय तेस्ताइ त हो नि होइन र ??? अहिले त फासी छैन नि कम्से कम राम्रो सँग बस्न त पाएको छन् अब यस पछी
हुने राजा लाई भने दु:ख छ है आज भोली का जनता हरु लाता छैनन् पहिलो कुरा अब दोस्रो कुरा के छ भने देश मा नेता हरु
धनी भएको भय पैसा को वस्ता नगरि देश लाई सुधारने तिर लागथे गरीब देश को गरीब नेता पहिल आँफैलाई घरबार नगरि कसरी अरुलाई साथ् दिने यही निर दु:ख छ अब पनि देश मा यस्तै तै हो फेरी पनि नेपाल बन्द मार मार हुन्छ नै तेस्बेला कस्लाई हो दोसी दिने यहाँ निर छ कुरा अहिले सम्मा त राजा थिय भन्न लाई सजिलो थियौ अब राजा ले पनि जनता को हक जनतालाई नै दिय नेता हरु सबै मन्त्री अनी राष्ट्रपती हुन्छु भन्छन हुन दिने पनि होइन अफु हुने पनि होइन हजरोउ हजार् शाहीद हरु को रगत माथि कुर्ची को लागि ताना तान गरिरहेकाछन खै कसरी बन्ल र नयाँ नेपाल जनता हरु ले फेरी गहिरेएर सोच नु पर्ने बेला भएको छ के अहिले का नेता हरु ले सितामोल खाँदै देश चलाऊलान र ???? नाम पनि राम्रो हुनु परेयोउ नाम नै गि–री –जा छ कसरी माथि जाला र देश येस् ता लाई राष्ट्रपती दिय तेसै ले नेपाली जनता हौ बेलाई मा घर को जग राखदै राम्रो सँग राख्नु सबै लाई सल्लाह दिनु परेयोउ जय नेपाल ???
नेपाली पुत्र
मन परे हरियो, नपरे रातो
0
0
I am sorry to say that most of the comments starts with explanation of neither being Maoist nor Royalist. Every one is independent to have their own ideology which they believe is the best. So no need to be ashamed of and give clarification.
I wold also like to request every one to comment based on reality than being biased. We must appreciate people for giving lot of efforts to share their vision with us .I personally thanks to all of them.
And also dear its not a cast which drives their ideology otherwise……
मन परे हरियो, नपरे रातो
0
0
लेख एकदम समय सापेक्ष्य छ । धेरै पत्रकारहरुलाई नैतीक शिक्षाको कमी छ । अरुको नराम्रो कुराको धज्जी उडाउनेले आफुले कस्तो व्यवहार गर्नु पर्छ भन्ने कुरा नजान्नु अती अनी उदेक लाग्दो कुरा हो । त्यस्मा पनि अहिलेका नयाँ पत्रकारहरु जो आफुलाई गणतन्त्रको एक मात्र ठेकेदार सम्झन्छन, उनिहरुलाई आफुले जे गर्छन् त्यो बाहेक अरु यस दुनियाँमा केही जायज लाग्दैन ।
मन परे हरियो, नपरे रातो
0
0
म राजबादी होइना,न त मओबादी ने हु, म ऍउटा स्वतंत्र मुलुक को स्वतंतर नागरिक हूँ.. मैले मेरो देश को लगी कही गरेको छैन, आज सम्म,तर पनी मैले मुलुक को नेता हरुले भन्दा राम्रो काम गरेको छु,कसरी भन्दा मैले नदी नाला बेचेको छैन, घुस खायाको छैन , रहो श्री ज्ञान sir को कुरा,अबी तो कुरा इतिहास हो . लोद्देर नेता हरु चोर हो…सबै लाई फासी दिनु पर्चा अनी बल्ला थिक हुन्चा…
मन परे हरियो, नपरे रातो
0
0
प्रिया पाठक ब्रिन्द
एस ब्लगमा सुमित्र जी ले जे लेख्नु भयो यो वास्तविक हो। एस म कमेन्ट गर्ने साथी हरु प्रती मेरो कुनै गुनासो छैन तर यो न्युज वा प्रसारन नेपाल मा मात्रै न भएर संसार मा नै हेरी यो र नेपाली ले मात्रै न भएर संसार ka मान्छे हरुले पनि हरे। एश ले सम्प्रुन नेपाली लाई नै लज्जस्पत बनायो । एस्मा को को पत्रकार थिय को को थियनन यो डिस्कस्इोन को बिषय होइन। मलाई लाग्छ यहाँ सुमित्र जी ले उठाउनु भएको सबल भनेको निबर्तमन राजाको पक्ष तथा बिपक्ष म हो जस्तो पनि मलाई लाग्दैन। यहाँ उठेको प्रसँग हो नेपाली ले शभ्यत कहिले सिक्ने ? हामी राजनीतिग्यहरु लाई, कर्मचारी लाई या भनु कसैलाई पनि गाली गर्न पछी पर्दैनौ । हामी अफै कही ले सभ्य हुने हो थाहा छैन । सभ्यतको पथ सिम्क्नु पर्यो, राष्ट्र पर्ती जिमेबर हुन सिक्नु पर्यो, अरु लाई आदर गर्न सिक्नु पर्यो, राष्ट्रिय सम्पद को सुरक्षा गर्न सिक्नु पर्यो । अग्रनी बनेर हिंड्नु पर्ने पत्रकार को पहिचान एही हो? देश लाई माया गरेर हेनुस् एस्तो व्यबहार तपाईंमा कहिले पनि आउँदैन । कृपया रेस्पोन्सिब्ले नागरिक हुन सबै ले प्रयत्न गरौ ।
मन परे हरियो, नपरे रातो
0
0
thanks for your comment.
ani yo uncivelise reporter haru ko bare ma k kura garnu ra. rastra ko choutho anga bhanchan. yini haru lai naitikta ko pat padauna paryo. responsibility k ho bhanne kura both hunu paryo ani samaj ma kasri basna parcha bhanne kura sikaunu paryo. tarbar bhanda kalam thulo ho bhanera wakalat garne hey stupid reportar haru kasai ko personal life ma don’t play like this. yeini haru lai sat buddhi deun.
मन परे हरियो, नपरे रातो
0
0
rishi damala jasto journalist bhayo bhane t.v ma neta ra usko dekhi bahek aruko photo dekhna paidaina.
मन परे हरियो, नपरे रातो
0
0
All journalists are not same. There are lots of journalists who are not responsible, and there are few journalist who are responsible.
It is the journalist who disclosed this ill manner by fellow journalist.
Anyway, let’s try to be responsible journalist. Responsible to all! Free and fair journalism!!
मन परे हरियो, नपरे रातो
0
0
sumirra ji
thanks alot nice informaation for very genlte reportar.
मन परे हरियो, नपरे रातो
0
0
होइन नेपालमा कती छन हो पत्रकार हरु ?????????????
मन परे हरियो, नपरे रातो
0
0
नत म राजाबादी नत म माओबादी । तर कुरा गर्दा वास्तबीकता र एथार्थता जे हो त्यो गर्नु पर्ने हुन्छ । वास्तव मा पूर्व राजा ले आफ्नो कार्येकाल मा जे गरे जनता को हीत बीपरीत काम गरे । यो कुरा सबै लाई थाहा नै छ ।इतीहास मा राजा हरु को पतन एती सजीलो तरीका बाट भ्एको छैन । राजा हरु कीत देस नीकाला भ्एका छन कीत मारीएका छन । तर काही इतीहास मा नभ्एको चमत्कार आज नेपाल मा भ्एको छ । राजा लाई एती सुबीधा मिल्नु पनी भागएको कुरा हो कीनकी सबै राज्नीतीक दल,जन्ता मिलेर राजा लाई जे गर्न पनी सकीने अवस्था थियो र छ प्नी । अब रह्यो कुरा पत्रकार हरु को कुरा । राजा ले जानाजान गल्ती,जन्ता लाई दु:ख दीन हुने तर पत्रकार हरु माथी समय परीसथीती बस,थाउ प्रतीकुल ,र राजा को अन्त्य सँगइ आएको खुसी मा केही त्रुती हुन गयो भनेर बार बार लेख्नु त्एती उचेत थान्दीन । त्एस माथी प्नी राजा लाई बीचरा भन्नु त झन मुर्ख पन हो । अब त नेता हरु लाई पो खबरदारी गर्नु पर्ने देखीन्छ त !नेता हरु आफु आफु लधेर कतै फेरी….. होस् गरौ है
मन परे हरियो, नपरे रातो
0
0
श्रमजीबि पत्रकारको नाम मा राजनिती गरेर आफुलाई के के न ठान्ने ऋषि धमला जस्ता पत्रकार लाई अरु भन्दा ट्यालेन्ट छ भनेर भन्ने राजा जि को कुरामा म असहमत जनाउदा छु किनाकी मैले पनि अनुभब गरेको छु कि नेपाल मा एकजना मात्र पत्रकार होला जो कुनै क्यामेरा देख्नै नहुने अगडि गएर उभि हाल्ने अनि आफ्नो अनुहार टि भी मा देखाएर ईज्यत खोज्ने पत्रकार ऋषि धमला हो भन्दा फरक नपर्ला । धन्यवाद्
मन परे हरियो, नपरे रातो
0
0
It is a professional reporting as a journalist. But did you go beyond the words they used overthere? It might exprerience of their lost their loved one in Janandolan 2. It might be OK to use these words. If you compare the degree of seriousness I found it was natural. They jsut used unsoical language but they did not take sombody’s life.
मन परे हरियो, नपरे रातो
0
0
Sumitra Sh.wa…ha..ji..
You arised your voice against the uncivilized journalist…it’s so ok…but why..your so deep lamentation to Gyane shah…
Shahadev-syangja
मन परे हरियो, नपरे रातो
0
0
ऋषि धमला जस्ता नेपाल मा पत्रकार जसको पठाई ८ कक्षा सम्म पनि छैन तिनै पत्रुकार हरु को एउटा भीड ले
नेपालमा साच्चीकै पत्रकार हरुको नाक काटीएको छ/
कमल थापाको -टंकढकालको हुन्डी खाने धमला ले आफुले आफु लाई कुन बादी ठान्दो हो ? यो धमलालाई पत्रकार माहासंधले कुनैपनि
कायक्रममा भाग लिन रोक्नु पछँ यो शाही .मण्डले.भारत प्रस्त पत्रुकार हो
यस्को कल्वको नाम हुन्डी टिपोटँस कल्वहो
मन परे हरियो, नपरे रातो
0
0
You have presented the fact but I am not that much optimistic your article will give them some lesson. We people enjoy doing things which could benefit for the short time however to be good journalist you need to be good in research which only comes to exist if you have discipline. We saw how dirty our journalists, not all but we are forced to make concept that all journalists are of the same nature, what happened in Narayathi darbar when ex-king was delivering his last message to people.
Its worthless to read news from those uncivilised journalists since they are mentally ill.
Jai corruption free Nepal.
मन परे हरियो, नपरे रातो
0
0
ऋषि धमला, ऋषि धमला, ऋषि धमला उफ ! यिनको त नामै सुन्दापनी एलर्जी होला जस्तो भैसक्यो \ कस्तो रहर हो यिनको फोटो खिच्न र T V मा देखिन ? मैले यिनको फोटो खिचिदिने एउटा website पत्ता लागाएको छु मित्रहरू कसैलाई तिनको E-mail Address थाहा छ भने send गरिदिनु होला \ http://www.tasbir.cjb.net
मन परे हरियो, नपरे रातो
0
0
there must be king in nepali land. let’s see in 2 years time. then everybody will understand king is better than leaders.
bhumi
मन परे हरियो, नपरे रातो
0
0
rishi damala is good journalist ho. he is much talented than others.
raja
मन परे हरियो, नपरे रातो
0
0
Journalists also reflect Nepalipan because they are also Nepali. Please enlighten us by showing that section of the society which makes us feel proud in Nepal. If majority people of Nepal were good the state of Nepal would not be this bad.
मन परे हरियो, नपरे रातो
0
0
sumitra ji tapai pani shah nai bhayako karanle garda ganendra ko appman sahhia bhayana aba tapaiko rani bhanna man padhabi ghamma sukaidinus haita
मन परे हरियो, नपरे रातो
0
0
सुमित्रा जी तपाईंले राम्रो analysis गर्नु भयो। वास्तवमा राजाको कार्यलाई हामीले सम्मान गर्नु पर्नेमा झन उल्टो गाली गलौज गर्नु भनेको एकदम लज्जस्पद कार्य हो। पत्रकारहरु जुन रुपमा प्रस्तुत भयका थिय त्यसले पत्रकारहरु को सन्कुचित ज्ञानलाई प्रस्त पर्छ।
मन परे हरियो, नपरे रातो
0
0
प्रस्तुतकर्ताको नाम त देखिन, जेहोस्, के बुझियो भने ज्ञानेन्द्र शाह प्रति तपाइँको अझै अथाह आस्था रहेछ-एक राजाको रुपमा। त्यो कुरा उसलाई सम्बोधन गरिंदा हरेक पटक ‘राजा’ भन्ने शब्द प्रयोग गरिनुले तथा उनीप्रति दर्शाईएका अन्य भावनाहरुबाट थाहा हुन्छ। उनी त्यतिबिदि दयाका पात्र पनि त छैनन् है! साथै कुरा के पनि साँचो हो भने तपाइँले उठाउनु भएको पत्रकारको कुरा देसबिदेसमा सबैलाई अत्यन्त खड्किएको बिषय हो। खै त जिम्मेदार पत्रकारहरुबाट धमाधम आत्मा आलोचना सम्बन्धी वक्तब्य अपेक्षित थियो! म चाहन्छु, अरु भारे भुरे केटाकेटी अल्लारे पत्रकारहरुले यस्तो अमर्यादित र अशोभनीय कृयाकलाप गरेपनि अरु परिपक्व ज्यष्ठ पत्रकारहरुले त्यसको जिम्मेवारी लिनु पर्ने।
मन परे हरियो, नपरे रातो
0
0
this is a good article. There are some of the journalists whom i know, they are journalists for a a resson that they can enter some of the restricted areas, they can walk freely in name of collecting news to those palces where there is censorship.
I know some of the corrupt political leaders of student union who use tags of journalist to escape from police.
These facts clearly indicate that the media houses are going to pollute the information and such fake jouralists are defying the fame of news media.
Those medisa (i don’t want to name here), please stop distributing the ID of journalist to unnecessary persons else nepal will go into the baseless ditch from where it can never get rid.
Arjun
मन परे हरियो, नपरे रातो
0
0
Very nice thinking and writing. I truly appriciate it.
Whatever Gyanendra had done during his regime, It is really condemnable. But reporters work are also not less condemnable. Agreeing on people’s verdict ,Gyanendra has done really praiseworthy work.
But we could not give him good good- bye.
मन परे हरियो, नपरे रातो
0
0
First, tame this stupid character called Rishi Dhamala.
मन परे हरियो, नपरे रातो
0
0
साह्रै ठिक र सटिक भन्नु भो। किन यस्तो भएको होला? किन यूवा पत्रकारहरू अनुशासनहीन भएका होलान? कसैले त्यतातिर पनि सोचेर केहि लेख्ने हो की?
मन परे हरियो, नपरे रातो
0
0
well thats great news .nepal jasto des ma yesto hunu kunai thulo kura hoina .nepali janata nai ho ti patrakar huru pani sab mulla ko sag ta ho ni ….
मन परे हरियो, नपरे रातो
0
0
To ruin the country not only these politicans are responsible, but also the journalists. This is the open secret. Who are the journalists and what they do everybody knows.
मन परे हरियो, नपरे रातो
0
0
तपाईंले उठाउनु भएको कुरा त ठिकै हो। तर एस लेख्मा पत्रकारलाई भन्दा पनि पूर्व राजालाई बिचरा भनेको आभस पाये नरिसाउनुहोला
मन परे हरियो, नपरे रातो
0
0
मलाई संचारकर्मीको यो चर्तिकला र अहिले राजनीतिक पार्टीहरुको खिचातानीमा केही फरक लाग्दैन।
सबै उही ड्याङका मुला हुन। कसैलाई देशको माया छैन। सबै आफ्नै selfness and power struggle मा ब्येस्त छन् ।
मन परे हरियो, नपरे रातो
0
0
despite 14 yrs of prajatantra, though many journalist have been born, maybe these two years of bhadtantra, mobtantra and jesukaitantra must have corrupted these journalist towards yellow journalism. respect other to be respected your self.
I wonder what those millions of viewers within and outside nepal must have felt about our journalist.
SHAME ON THOSE WHO DID THAT.
Desh Bhakta Nepali
मन परे हरियो, नपरे रातो
0
0
Namaskar.
Hajur ko lekha padhe, dherai khusi lagyo. sano bhanda pani sano kuralai gahiriyera aadhyan garnu bhayeko rahechha, hami jasta bidesh ma kam garera basne manchhe lai yasta lekhle dherai kura janne mauka dilau chah , tyasko lagi hajurlai dhanyawad.
Bye
मन परे हरियो, नपरे रातो
0
0
It is not good for Journalists. If the journalist did that behaviour then what should other people expect from them (journalists).
मन परे हरियो, नपरे रातो
0
0
Excellent analysis.
मन परे हरियो, नपरे रातो
0
0