करीव दुई महिना लामो अन्यौल र माथापच्चिपछि अन्तत हाम्रा सात दलका नेताहरु आज एउटा सहमतीमा पुगेका छन् । नेपाली काँग्रेसले असहमत हुँदै ‘नोट अफ डिसेन्ट’ लेखेको उक्त सात दलिय सहमतिमा हस्ताक्षर भने ६ दलका नेताहरुको मात्रै छ । सहमतिपत्रमा हस्ताक्षर गर्नेहरुमा नेकपा (माओवादी) अध्यक्ष प्रचण्ड, नेकपा (एमाले) महासचिव झलनाथ खनाल, नेपाली कांग्रेस उपसभापति रामचन्द्र पौडेल, नेपालमजदुर किसान पार्टी अध्यक्ष नारायणमान बिजुक्छे, नेकपा (माले) महासचिव सिपी मैनाली र सदभावना आनन्दीदेवीका श्यामसुन्दर गुप्ता छन् । जनमोर्चा अध्यक्ष अमिक शेरचनले भने मुलुक गणितीय राजनीतितर्फ जान लागेको भनी हस्ताक्षर गर्न इन्कार गरेका छन् । उनलाई हस्ताक्षर गर्न फकाउने काम भै रहेको छ । बालुवाटारमा थुप्रै समय लगायर हाम्रा नेताहरुले गरेको सहमति कस्तो छ त हेर्नको लागि भित्र आउनु होला ।
-
सात राजनीतिक दलको सहमति
बिस्तृत शान्ति सम्झौतालगायत बिभिन्न समयमा भएका सम्झौता, सहमति र निर्णयहरुलाई आत्मासात गर्दै संविधानसभाबाट तोकिएको समयमा नयाँ संविधान निर्माण गरी संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउदै सहकार्यकासाथ अघि बढ्न निम्न लिखित सहमति गरिएको छ ।
१. संविधान संशोधन
१.१ राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन, प्रधानमन्त्री तथा संविधानसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन सहमतिको आधारमा हुनेछ र सहमति हुन नसकेमा राष्ट्रपति र उप राष्ट्रपतिको निर्वाचन संविधानसभामा तत्काल कायम रहेका सदस्यहरुको बहुमतको आधारमा हुने प्रधानमन्त्रीको निर्वाचन एवं प्रधानमन्त्रीको बिश्वासको मत प्राप्त गर्ने कार्य सामान्य बहुमतको आधारमा हुने ब्यवस्था लगायतका आवश्यक संशोधन गर्न तथा नेपालको अन्तरिम संविधान २०६३ का संविधानसभा र अन्तरिम ब्यवथापिका संसदको कार्यप्रणालीका सम्बन्धमा दोहोरिएका प्रावधानहरुलाई संशोधन गर्न संशोधन बिधेयक संविधानसभा बेठकमा पेश गरिनेछ ।
२.२ संवैधानिक परिषदमा बिपक्षी दलको नेता रहने ब्यवस्था गरिनेछ ।
२. ३ संविधान सभामा सरकारको तर्फाट बिधेयक प्रस्तुत हुँदाको बखत राष्ट्रिय सुरक्षा परिषदमा प्रमुख बिपक्षी दलको नेता रहने वा नरहने सम्बन्धमा सात दलबीच मतभेद भएकाले संविधानसभाले निर्णय गर्नुपर्ने स्पष्ट गरिने छ ।
यस सम्बन्धमा माओवादी, एमाले र जनमोर्चाको राष्ट्रिय सुरक्षा परिषदमा बिपक्षी दलका नेताको आवश्यक्ता नरहेको भन्ने मत रह्यो भने बिपक्षी दलका नेता रहनुपर्ने मतमा नेका, माले, सदभावना आन्दीदेवीको समर्थन रह्यो । नेपमकिपाको सबै राजनीतिक दलको प्रतिनिधित्व हुनुपर्यो भन्ने मत रह्यो ।
२. ४ संविधानको धारा १४६ अन्तर्गत बिशेष समितिमा संविधानसभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलको प्रतिनिधि रहने ब्यवस्थाका लागि संविधान संशोधन गरिनेछ ।
२ समायोजन र पुनर्स्थापन तथा हतियारको ब्यवस्थापन
२. १ बिस्तृत शान्ति सम्झौता तथा नेपाल सरकार र नेकपा माओवादीबीच संयुक्त राष्ट संघका प्रतिनिधिको रोहवरमा भएको सेना र हतियारको ब्यवस्थापन अनुगमन सम्बन्धी सम्झौताअनुरुप अस्थायी शिविरमा संयुक्त राष्ट्र संघदारा दर्ता र प्रमाणिकरण भएका माओवादी सेनाका लडाकूहरुको बढीमा ६ महिनाभित्र समायोजन र पुनर्स्थापना तथा हतियारको ब्यवस्थापन गरिनेछ । यसका लागि नेपालको अन्तरिम संविधान २०६३ को धारा ४६ मा उल्लेखित बिशेष समितिमा संविधानसभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलको प्रतिनिधि रहनेछन् । सो समिति अन्तर्गत बिशेषज्ञहरु सम्मिलित प्राविधिक समिति रहन सक्नेछ । मन्त्री परिषद गठन भएको १५ दिनभित्र बिशेष समिति निर्माण गरी त्यसले आफ्नो काम आरम्भ गर्नेछ । समायोजन र पुनर्स्थापना नभएका प्रमाणित लडाकूहरुका लागि ६ महिनापछि राज्यले कुनै दायित्व लिनेछैन ।
२. २ नेपालको अन्तरिम संविधानको २०६३ को धारा १४६ मा उल्लेखित मन्त्री परिषदको बिशेष समितिले बिस्तृत शान्ति सम्झौता तथा नेपाल सरकार र नेकपा माओवादीकाबीच संयुक्त राष्ट संघका बिशेष प्रतिनिधिको रोहवरमा भएको सेना र हतियारको ब्यवस्थापन र अनुगमन सम्बन्धि सम्झौताहरुको आधारमा निम्न लिखित कुराहरुका अतिरिक्त बिशेष समितिको सहमतिबाट तोकिएका कामहरु पर्नेछन् ।
१. शिविरमा दर्ता भई प्रमाणिकरण भएका माआवादी सेनाका लडाकूहरुको अवस्थाको जानकारी लिने ।
२. माओवादी सेनाका लडाकूहरुलाई आर्थिक प्याकेजसमेत पुनर्स्थापनाको बिबिध बिकल्प रोज्ने आवशर दिइनेछ ।
३. समोयजनको बिकल्प रोज्ने प्रमाणिकरण भएका माओवादी सेनाका लडाकूहरुको हकमा सम्बत २०६३ मसिंर १२ गते नेपाल सरकार र नेकपा माओवादीकाबीच संयुक्त राष्ट्र संघका बिशेष प्रतिनिधिको रोहवरमा सम्पन्न सेना र हतियारको ब्यवस्थापन र अनुगमन सम्बन्धि सम्झौताको बुँदा नम्बर ४ को १ को ३ मा उल्लेखित अस्थायी शिविरमा रितपूर्वक दर्ता भएका माओवादी सेनाका लडाकूहरु मात्रै स्थापित मान्यताहरु पूरा गरी सुरक्षा निकायहरुमा गरिने सम्भावित समायोजनका लागि योग्य हुनेछन भन्ने ब्यवस्था अनुसार गरिनेछ ।
४. समायोजन र पुनर्स्थापनाको काम समाप्त नहुँदासम्म माओवादी सेनाका लडाकूहरु तथा शिविर भित्र र बाहिर रहेका हतियार बिशेष समितिको रेखदेख, नियन्त्रण र निर्देशनमा रहनछेन् ।
५. माओवादीको सेनाका लडाकूहरुको समायोजन र पुनर्स्थापनाको आरम्भदेखि नै लडाकूहरुको कुनै राजनीतिक संगठनमा संलग्नता रहनेछैन तथा राजनीतिक र सैनिक दोहोरो जिम्मेवारी भएका ब्यक्तिहरुले दुईमध्ये कुनै एकको छनौट गर्नुपर्नेछ ।
२. ३ माओवादी सेनाका लडाकूहरु तथा हतियार ब्यवस्थापनको अनुगमन सम्बन्धमा संयुक्त राष्ट्र संघले हाल गरिरहेको कार्यलाई अरु ६ महिनासम्मका लागि निरन्तरता दिन आग्रह गरिनेछ ।
३. वाईसीएलको कार्यशैली र क्रियाकलापमा परिवर्तन
नेकपा माओवादीको योङ्ग कम्युनिष्ट लिगको अर्ध फौजी कार्यशैली र क्रियाकलाप पूर्णरुपमा समाप्त गरी त्यसको नियन्त्रणमा रहेका सबै सार्वजनिक, सरकारी तथा निजी भवन र जग्गा १५ दिन भित्र खाली गरी सम्बन्धित ब्यक्ति वा संस्थालाई फिर्ता गरिनेछ । अब उप्रान्त वाईसीएलको ब्यवहार प्रचलित नियम कानून बमोजिम हुनेछ भनी नेकपा माओवादीकातर्फबाट सबै राजनीतिक दलहरुलाई पूर्णरुपमा आश्वस्त गरिएको छ । यसको कार्यन्वयन भए नभएको सुपरिवेक्षण, अनुगमनका लागि स्थानीय प्रशासनको पहलमा ७ दिनभित्र राजनीतिक दल, मानवअधिकारवादी र स्थानीय प्रशासनका प्रतिनिधि सम्मिलित अनुगमन समिति गठन गरिनेछ ।
४. कब्जा सम्पति फिर्ता गर्ने
२०६३-१२-१६ मा आठ राजनीतिक दलहरुकाबीच भएको सहमतिको बुँदा नम्बर १ मा उल्लेखित ‘द्वन्द्वको सन्दर्भमा हालसम्म माओवादी पक्षको नियन्त्रणमा रहेका निजी वा सरकारी घर, जग्गा, कार्यलय, कलकारखाना, सवारीसाधन आदी समेतका सम्पति सम्बन्धित निकाय र ब्यक्तिलाई फिर्ता गरिएको छ । यसरी फिर्ता भएको घर, जग्गा, कलकारखाना, कार्यलयसमेतका सम्पति त्यसको स्वामित्व राख्ने ब्यक्ति तथा संस्थालाई उपभोग र उपयोग गर्ने काममा कतैबाट वाधा अवरोध भएमा कानून बमोजिम प्रशासनले कार्वाही गर्नेछ’ भन्ने सहमतिलाई नेकपा माओवादीकोतर्फबाट तत्काल घोषणा गरी १५ दिनभित्र कार्यन्वयन गरिनेछ । कार्यन्वयनको अनुगमन गर्न राजनीतिक दलका प्रतिनिधि सम्मिलित केन्द्रीय स्तरमा अनु्गमन समिति गठन गरिनेछ ।
५. आयोगहरुको गठन
बिस्तृत शान्ति सम्झौतालगायतका सम्झौता र सहमतिका कार्यन्वयन हुन बाँकि प्रावधानहरुलाई कार्यन्वयन गर्दै राष्ट्रिय शान्ति तथा पुनर्स्थापना आयोग, सत्यनिरुपण र मेलमिलाप आयोग, राज्यको पुनर्संरचना सम्बन्धि उच्चस्तरीय आयोग, बेपत्ता पारिएकाहरुको खोजी गर्ने सम्बन्धी आयोग र बैज्ञानिक भूमिसुधार सम्बन्धि अध्ययन तथा सुझाव आयोग राजनीतिक सहमतिको आधारमा एक महिनभित्र गठन गरिनेछ ।
६. द्वन्द्व पिडितहरुलाई राहत
६. १ द्वन्द्वका कारण बिस्थापितहरुको ससम्ममान पुनर्स्थापना गरिनेछ । द्वन्द्वका क्रममा मारिएका ब्यक्तिका परिवारलाई राहत दिइनेछ तथा बेपत्ताहरुको खोजी र बाँकि राजवन्दीहरुलाई रिहा गरिनेछ । द्वन्द्वका कारण क्षति भएको भनी प्रमाणित सम्पतिको क्षतिपूर्ति तथा घरजग्गालगायतका सम्पति कब्जामा परेकाहरुलाई राहत दिइनेछ । जनआन्दोलन र द्वन्द्वका क्रममा घाइते भई उचित उपचार नपाएकाहरुलाई उपचारको ब्यवस्था गरिनेछ ।
६. २ निर्वाचनको सिलसिलामा मारिएका उमेदवारलगायतका राजनीतिक कार्यकर्ताका परिवारहरुलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुका साथै घाइतेहरुको उपचार गरिनेछ । निर्वाचनका क्रमका आगजनी र लुटपाट गरिएका सम्पतिबापत सम्बन्धित ब्यक्तिलाई राहत दिइनेछ । निर्वाचनको समयमा घटेका अपराधजन्य घटनाहरुको छानवीन गरी दोषीहरुउपर कानूनी कारवाही गरिनेछ ।
७ बिबिध
७. १ राजनीतिक दलका गतिविधिहरु देशको जुनसुकै भागमा पनि निर्वाधरुपमा संचालन गर्न पाउने हक पूर्णरुपमा सुनिश्चित गरिनेछ । राज्यको समानान्तर कुनै पनि संरचनामा बन्देज लगाइनेछ ।
७. २ जनताको जिउ धनको सुरक्षा तथा समाजमा शान्ति सुब्यवस्था कायम गर्ने कुरामा प्रतिबद्ध हुँदै सोही अनुरुप राज्य संयन्त्र निश्पक्षरुपमा परिचालित गरिनेछ । संक्रमण कालमा बिभिन्न अपराधिक तत्वहरुले समाजमा फैलाउनसक्ने अपराधिक क्रियाकलापहरुलाई राज्यबाट निरुत्साहित गर्न वातावरण सिर्जना गरिनेछ ।
७. ३ सरकारी संचार माध्यमको निश्पक्षता सुनिश्चित गरिनेछ । न्यायलय, संवैधानिक निकाय, प्रशासन, प्रहरीलगायत राज्यका सबै अंगहरु निश्पक्षरुपमा संचालन हुने कुरा सुनिश्चित गरिनेछ ।
७. ४ संविधान निर्माणको काममा केन्द्रित भई अगाडी बढ्न र समयमै नयाँ संविधानको घोषणा गर्न सहमति र सहकार्यको बाटो अवलम्बन गर्दै सरकारलाई स्थायित्व प्रदान गर्न राजनीतिक दलहरुकातर्फबाट प्रतिबद्धता ब्यक्त गरिएको छ ।
७. ५ राजनीतिक दलका नेताहरुका लागि आवश्यक सुरक्षाब्यवस्था नेपाल सरकारले गर्नेछ । त्यस्तो ब्यवस्थाबाहेकको अलग सुरक्षा संयन्त्र रहनेछैन ।
No related posts.









thik chha ni ta ho tara ramrari kam garnu paryo ni mukh le matri bhanara hudina kam le pani garnu paryo .
मन परे हरियो, नपरे रातो
0
0
नेपालको सन्दर्भमा जब सम्म अतिबादी बाहुन जातीको हैकमबादी नीति समाप्त हुँदैन तब सम्म शान्ति र सुब्यबस्थित ढंगले देश अगाडी बढ़न सक्दैन/ यो ध्रुब सत्य हो / कस्तो बिडम्बना भन्ने बेला चार बर्ण छतीस जातको फुलबारी भन्ने,शाशन चलाउने बेला एक्कल जातीले चलाएर अन्य जातीहरुलाई शोषण गर्ने/ के अन्य जाती हरु त्यों देशको नागरिक होइंनन/यदि हो भन्छन भने उनिहरुको अधिकार किन हनन गर्ने /बर्तमान अवस्थामा देश भित्र भई रहेको दंगा निमत्याउनुमा यिनै बाहुनहरुको ठुलो जिम्मेवारी रहेको छ/यिनीहरुले बेलैमा बुद्धि पुराएको भए देशको स्थिति यो अवस्था मा पुग्ने थिएन/ यिनीहरुको अहमता ले गर्दा यो समस्या झेल्नु परेको हो / चाहे यिनिहरूले जेसुकै भनुन २४० बर्ष अगाडी देखि जातीय नारा लगाउने यिनी हरु नै हुन /अहिले आएर आदिबासी जनाजतिहरुलाई दोष दिएको मात्र हो/
मन परे हरियो, नपरे रातो
0
0
दिनै पर्छ, देशलाई गती ।
गर्दै जाउ, सहमती ।।
भ्रष्ट्र थियौ, तिमी अती ।
सपार्दै जाउ, आफ्नो मती ।।
*
जनतालाई सधैं, बनाउ साथी ।
बिदेशीलाई अब, नपार माथि ।।
जान्छौ किन, उनिहरुकै सती ।
हैनन बिदेशी, नेपालीका पती ।।
*
राहत छैन, अत्याचार जत्त्ती ।
शोषण भयो, जनताको अती ।।
तिमीलाई नाफा, अरुको खती ।
नगर न अब, देशलाई रती ।।
*
प्रेम गर, झगडा कत्ती ।
बाल्नु पर्छ, पानीले बत्ती ।।
दिनै पर्छ, देशलाई गती ।
गर्दै जाउ, सहमती ।।
गर्दै जाउ, सहमती ।।
मन परे हरियो, नपरे रातो
0
0
अब भने नेपाल पनि अग्रज हरुलाई पछ्याउने लक्छ्यन देखिएको छ है साथी हो धेरै पर्दैन १कै चोटि धेरै पनि खोज्नु हुन्न बिस्तारै बिस्तारै पछी लग्नु पर्छ १ दिन त उनिहरु जत्ती भाई हलिन्छ नि तेसो त एसिया मा नै सौथ कोरिय हेरुन हामी भन्दा पनि पछीदी थिए आज बिस्स्वो मा नै गनिने भएको छ एस्को पनित बिकास को ईतिहास तेती धेरै लामो कहाँ छ र गोदा २बिसेक पुगेकोछ हेर्नुस्न एती छोटो समयमा कहाँ पुगेको छ त्यहाँक मान्छेमा एउटा घमन्ड चाँही छ है के भन्छन भने (जापान ले कुर बढी गर्छ रे कोरियान ले काम भधी गर्छन् रे )सछै हो जस्तो पनि लाग्छ भोटेहरु जत्तिखेर पनि काम काम भनेर नै मर्छ जे केरा गर्द पनि पाली पाली (छिटो छिटो )भन्छन तेस्ताइ हामी नेपालीका नेता ज्यु हरुले पनि कुर्सी कुर्सी न भनी देशको बिकास बिकास भनी दिये हामी जनतालाई कत्ती हौसल भध्ने थियो माथि मदन जि को कबित साह्रै मन परेउ
तेसैले फेरी यहाँ दोहोरएको छु
अलिकती तिमी लेउ
अलिकती उस्लाई देउ
उस्लाई भुल्नु हुन्न नि फेरी
उस्को भाग रखिदेउ
मेरो भाग खै कसै ले भन्न नपरोस
उस्को भागमा नि ठुलै परोस
गरी खवोस सोचु सबै ले
धोती तिर मुख फर्कौनु न परोस कसैले
थपिएको शब्दहरु
उता नजौ यता आउ
लाखौं गरीब हरुको हत समौ
उस्को थोरै दु:ख तिमी लेउ
तिम्रो थोरै सुख उस्लाई देउ
जय!!! नेपाली नेता अब कुर्ची हैन
देश को मोह राख
देश बनाउछौ ?!! तेसो भये
जनता लाई गुहर मग ।।
मन परे हरियो, नपरे रातो
0
0
Nepal ma jati pani bikritiharu aae tyo sabai Nepali congressle ra Ra.Pra.Pa.le garda bhaeko hunda jasari hunchha nepali congress ra Ra.Pra.Pa.lai ghokrethyak lagaunu parchha banki sabai bam panthi mile ramro hunchha bhannesabai nepaliko chahana chha.but many nepalese dnt liked to Madhab Nepal,K.P.Oli,Bam Deb Gautam include all Male Party. because they are as rubbish person.Thank you.
मन परे हरियो, नपरे रातो
0
0
Mero bujhai ma old is gold ta thikai ho tara new is silver kadapi hoina tesaile girija sangai sati jane bichar nagari bina gali gajaul panita bichar rakhna sakinchha ni hoina ta? teso gare kaso hola?
मन परे हरियो, नपरे रातो
0
0
मसाने जी राम्रो कुरा राख्नु भो यार ,
स्याल्हरूले हाम्रो जग्गा जमीन फ़िर्ता गरी दिए त स्वदेशमा नै रमाउनु हुन्थ्यो , ३० लाखको गाड़ी चढेर प्रचंड हिद्छ हाम्रो १० १५ बीघा गाउको जमीनले उसलाई पची नसक्नु भएकोछ, उसको भैसिले हाम्रो जुम्रा देखेन, यसो बहन सुन गरी दिन पर्यो झकास बरो र झापाली कान्छो बरो हरु ,,,,,,,,,,,,,|
मन परे हरियो, नपरे रातो
0
0
shanti premi ji ko bhanai samaya sapekshya chha. yes kisimko nirnaya garnu parda jananirwachit pratinidhi haru ko thalo bata hunu pardachh. yaso bhayema matra prajatantrako abhyas hunchha. Annetha nirbachit aru sabhashadharu le ke herer basne ho. Agami din haru ma sudhar hola bhanne asha rakhdai…………..
मन परे हरियो, नपरे रातो
0
0
Yes ankit you are 100% right maobadi le 10 barsh janaudda lade pani jabasamma girijale ganatantra nabhane samma k lagyo prachanda timro khola taryo lauro birshyo gareka chhau sahamati ko lagi yedi girija lai panchhyaun khojyou bhane pachhi pachhutaunu parla yaad gara
मन परे हरियो, नपरे रातो
0
0
चाहे मान या नमान
तिम्रो र मेरो बिचमा द्दोंद्द सुरु भैसकेको छ
तिम्रो वलिस्ठ सोचमा
मसिना, मसिना छिद्रहरु सुरु भैसकेको छ
जहा बाट संसारलाई चियाउने
तिम्रो प्रयासको समय र आकांछामा
अधिकतम मिसावट..
संकल्प र प्रतीक्षारत मनमा मनचाल गैसकेको छ
सोचमा प्वाँल परिसकेको छ
बर्ल्यांग बर्ल्यांग लड़ीरहेको छ
तिम्रो आतंरिक महलहरु
तिमी डगमगिनु स्वोभाविक छ
प्राप्तिमा बढ़ीरहेको आशा
उकुश मुकुस मन
गंत्यव्य गमनको मुस्किलमा
तिमी र मैले सर्वे गरेको
हाम्रो सिमाना र हाम्रो संसार
एक-एक कुना पाऊ देखि टुपी सम्म
इमानदारी साथ एकै चपरी नछोडी
मेरो दक्षता र पौरखले भ्याए जती
नेपाल दर्संको थुम्को टेक्दै
हाम्रो सोप्निक संसारको नक्शा तय गरिरहेको छू
अफ़सोस..
खुम्चिएको कही भ्वांग परेको
छेउ-छेउमा चौकिनार पशिनाले निथ्रुक्क
सकुसल जोगाई राख्नु नसक्नु
मेरो कमजोरी नै हो
अवस्य,
चार कुना चिरीच्याट्ट
तिमीले कल्पना गरिदिएको नयाँ संसारको नक्शामा
एउटा सुंदर गाँउ देख्ने आँखा तिम्रो
स्वार्थी पटक्कै होइन
बढिरहेको तिम्रो पाइला, पुर्णबिराम आवश्यक छैन
म यही नेपाल दर्शन थुम्को बाट
तिम्रो भोलीको संसारमा
मुस्काईदिने हिम्मत पाल्दैछू /
मन परे हरियो, नपरे रातो
0
0
aru ke kam cha ra , meeting garne, ani whisky, chicken khane, bhagbanda garne and des dubaune.
kati meeting huncha nepal ma…
मन परे हरियो, नपरे रातो
0
0
हेर्नुस्
यो सबै खेल ” हात्ती बलिओ को हात्ती छाप चप्पल बलिओ भने जस्ती हो
मओ को सतमा य्क्ल लाला् सेन ६०% जनाटकओ समर्थन छ भने कङ्रेस्स्को के छ उम्ल्को एउटा मात्र उपए मओ को अन्ध समर्थन म ने भली छ
मन परे हरियो, नपरे रातो
0
0
Good job.
मन परे हरियो, नपरे रातो
0
0
थुप्रै सम्झौता हरु को खात मा फेरी एक था न नयाँ सम्झौता थपिए छ । के अनौठो भयो र? नेपाली नेता हरु को असली रुप र चरित्र त आज सम्म जनता सामु निर्लज्ज ढङ्ग ले प्रस्तुत गरे कै छन् नि होइन र? अौदा दिनहरुमा झन यि नेता भनौदा हरुले नेपाल र नेपाली को हुर्मत लिने छन् जसको लागि सुद ले यिनिहरु लाइ निर्देशन दिने कार्य निरन्तर चल्ने छ। हाम्रा नेता महान छन,,,,,,,,,,,,,,,,,,,नागार्जुन का शरणार्थी क्या हास्दै होला यिनिहरु को अकर्मण्यता देखेर!!!
मन परे हरियो, नपरे रातो
0
0
Agreements full of pages no hope to see any change will land in our poor hands in future. Power hunger and corrupted are involved in various inhumane activities but still they are in higher or influential positions what can we expect from such rats. Haven’t they had formed agreement before? We all know they have formed but in practical life nothing happened.
I did not mean that I am very passimistic I meant is that the way our leaders works is not acceptable to us since they only work for themselves they are self-orientated. Done nothing which could give people relief.
Jai corruption free Nepal. Lets hope this time agreement will not only inked but make them working in practical life.
मन परे हरियो, नपरे रातो
0
0
सहमतिका बुँदाहरु त् Intresting छन्, कार्यन्वयन् होला??? नभयेमा, अचम्म न मने हुन्छ। सत्ता, नाता र सुविधाका अगाडि सबै गौण् हुन् हाम्रा नेताहरुका लागी।
मन परे हरियो, नपरे रातो
0
0
haamro masane bro pani sramsibir karbahimaa parnu bhayeko rahechha ra po ycl ko khedo garnu hudo rahechha . la aba aaram sang nepal janus ma pani janchhu .
मन परे हरियो, नपरे रातो
0
0
Sab Netharulai Bandhera Ladyera Sab Janatale Ek Ek Lat Hanepachhi matra sab thik hunchha
मन परे हरियो, नपरे रातो
0
0
देशको सबै कुरा सात राजनीतिक दलको सहमतिबाट मात्र चल्दै जाने हो भने त्यत्रो जम्बो ६०१ सदस्यीय संविधानसभाको के अोचित्य रह्यो र ? यसै गरी निर्यय सधैं गर्दै जाने हो भने त देशमा निर्वाचन पद्धतिको आवश्यकता पनि त रहेन नि । मेरो भनाइको मतलव माथि उल्लेखित सहमति र त्यसबाट आउनसक्ने सकारात्मक निकासको विरोध भने होइन । तर सहमतिको नाउँमा देशलाइ लामो समयसम्म अनिर्णयको बन्दी बनाउने र बल्ल बल्ल भृकुटी मण्डपमा कपडा किनेजस्तो वार्गेनिङ गर्दा गर्दा गरेर मिल्ने ? त्यत्रो जन निर्वाचित संविधान सभा हुँदा हुँदै् त्यसको भूमिकालाइ खाली सात दलले गरेको निर्णयलाइ सदर गर्ने कार्यमा मात्र सीमित राखिनु जनमतको अपमान हो । त्यसैले अब हुने प्रत्येक कुराको निर्णय जननिर्वाचित संविधानसभाबाट गरिए सायद त्यो जनता र देशको हितमा हुने थियो कि ?
मन परे हरियो, नपरे रातो
0
0
उमेश जी !!
अज फेरी सुखद कुरा आउंदामलाई मन पर्ने शेर हरु बाट खुशी बाडन मन लाग्यो
कसैलाई मन नपरे क्षमा गरी दिनु होला
” हामी सबै को हाम्रा नेता हरु प्रति को आकांशा एस्तो छ ”
“वो दरिया में प्यासा बैठा था
जबके समंदर तमाम उसके थे
वो धुप में बैठा था छाओं देने को
जबके दरख्त सारे सायादार उसके थे ”
साभार उर्दू शायर बाट
मन परे हरियो, नपरे रातो
0
0
अबको १५ दीन पछी त डकैती गरेका घर जग्गा फीर्त गर्न पर्ने रे, अर्ध फौजी कार्यसैली पूर्ण रुपमा बन्द गर्न पर्नी रे, अनी लुटपात र गून्डा गर्दी गर्यो भने पनी कानुन पो लाग्छ रे। लौ न अब हाम्रा वाइ-स्यालका mysansar पर्तीनीधी हरु झकास,झापाली काँन्छो तथा उनीहरु को मातहतमा रहेका दस्ता हरुले के काम गर्छन् होला ? मलाई त यीनीहरु को पीर पर्यो । कसै सँग उपाय छ भने भन्देर उद्दार गरौ है साथी हो ।
ए अब त Rajan जी को गाली गर्ने दीन पनी गय जस्तो छ ।
अब साच्चीकै मेरो घर बारी पनी फीर्ता गर्दे भनी त जान पर्ला हो आफ्नै देस तीर । बेकार मा कती खानु यो खाडी को तातो घाम ।
मन परे हरियो, नपरे रातो
0
0
दुई थोपा मागेको थिए ,समुन्द्र नै त मागेको थीइन |
बोलाई देऊ पो भनेको थिए ,माया नै त मागेको थीइन |
यता औ पो भनेको थिए ,आखा झिम्काऊ भनेको थीइन |
हासिदेऊ पो भनेको थिए,लब नै गर भनेको थीइन |
समझी बसे भनेको थिए ,आसू बगाऊ भनेको थीइन |
माया न मार पो भनेको थिए ,जहर खाऊ भनेको थीइन |
मन परे हरियो, नपरे रातो
0
0
होइन हाम्रो प्रयास (धर्म) ब्रो,
अरुलाई बदमाश, सन्काह , फटाह , भन्नु भन्दा अरु जानेको छैन कि क्या हो ? अरुलाई कम्जोर मान्सिक्ताको उपज भन्नु भयो अni तपाईंलाई के भनौ नि ?
मन परे हरियो, नपरे रातो
0
0
म मादल बजाउन्दै गर्छु, तिमीहरु नाच्दै
गर्नु।कार्यकर्ता उर्फ आधिभन्दा धेरै जनताहरु थपडी बजाउन्दै बस्नु.
जए देश ,जय नरेश , जय राजगनतन्त्र.
मन परे हरियो, नपरे रातो
0
0
It is good to hear that seven party has decided to be united for few more days.
It is equally bad to hear that lack of decision making capacity of seven party leadership is displayed here again. They did not made any concrete decision here. Like always since signing of 12 point deal, they again postponed the decision making process. every thing will be decided latter on. They sit in one place and talked for two months and still they could not make decision.
They are paid to make decision. If they fail to make decision country might again will be forced to face the similar situation. Common dudes when will u make decision.
मन परे हरियो, नपरे रातो
0
0
सहमती भयका बुदा हरु अक्ष्यरस पलन भयको खन्ड मा नयाँ नेपाल नीर्माण को गतीको सुरुबात हो । सहमती गर्न र गराउन सबै पक्ष हरु पर्तीबद्द हुनुपर्दछ।
मन परे हरियो, नपरे रातो
0
0
satelite Y shyal jasto chha. hoina bhane NC lai matra dosha lagaunu parne kunai karan dekhdina maile ta. k sab kura haru maa sahamat nabhai matrika Yadav jasta jungali sanki minister harulai la desha chalau bhanera bhanna sakinchha ta? ho girija kurchi ko lagi kehi lovipana dekhai rahechhan tara maoist haruka sabai gatibidhi harulai control ma lyaune kam pni ta garirahechhan ni.j bhaya pni girija le YML ko jasto rajniti gardainan bhanne kura ma 2 mat dekhdina. asti samma NC tir lapakka bhayako YML lai prachanda le k president ko lagi “Haddi” falidiyaka thiya ahile maoist tira lapakkei. yadi girija ko hat hundainathyo bhane yo 7 bunde sahamati pni banna sakne thiyana.
मन परे हरियो, नपरे रातो
0
0
PRESIDENT SHOULD BE FROM nc AND THAT ALSO gIRIJA.
मन परे हरियो, नपरे रातो
0
0
La ramrai chha je bhaya pani Nikasta niskiyo !!!
But Girija bhane lai chai chado bhanda chado nikalnu pracha hai ani matra desh ma ke hi huncha
मन परे हरियो, नपरे रातो
0
0
Ramro hudai chha
मन परे हरियो, नपरे रातो
0
0
जे भयो राम्रै भयो।
मन परे हरियो, नपरे रातो
0
0
Aba J bhaye pani , jaso bhaye pani , samjhota hunu ashaddhai ramro kura ho , tara bholi ka din ma kohi kasaile pani khurapat nagarnu hola , sabai jana milera desh lai banaunu paryo , sana tina kura ma aljhera , hoina ki jutera badnu paryo , hamro tarfa bata naya nepal ko lagi suvechha prakat 6 .
मन परे हरियो, नपरे रातो
0
0
यो satelite पनि मान्छे सन्की नै रहेछ जे भयो राम्रै भयो भन्नु पर्नेमा दोस एउटा पर्ती लाई लगयर कमेन्त लेक्छ् बा
हुन त यो पनि कम्जोर मनसिकत को उपज हो
prayas
मन परे हरियो, नपरे रातो
0
0
lets hope YCL gets tamed this time, there wont be other parallel security forces and the committee responsible for monitoring YCL activities will be fully equipped and will be given full authority.
Maoist party should be converted in Nepal Communist Party and should leave all the activities that makes normal people’s life miserable and they will build the new Nepal as they had promised.
Wish you luck CPN Maoist and Chairman Prachanda.
मन परे हरियो, नपरे रातो
0
0
There is a saying in Nepali: ” the wicked person will give you trouble even after his/her death.” Nepali congress is the main obstacles for the formation of new government. After the defeat in CA election, they have showed all their inferioraty complex putting various kinds of frustrated conditions. just imagine, if congress was in Maoist’s place(election winner), do congress share government post with other parties? Forget it! Please respect people’s mandate
मन परे हरियो, नपरे रातो
0
0
“Euta aru naya samjhauta”- Shame.
मन परे हरियो, नपरे रातो
0
0
यो एउटा राम्रो उपलब्धी मान्नु पर्छ ।
मन परे हरियो, नपरे रातो
0
0
hey communist haru ho timiharu bolchau dhari arru kahi gardainu, girija nahune ho bhane ahile nepal ma santi aaune theyana,
yesh karya ko lagi naya puspa kamal dahal haru le girija lai khutta ma dhoge pani pharak pardaina
मन परे हरियो, नपरे रातो
0
0
“Euta aru naya amjhauta”- Shame.
मन परे हरियो, नपरे रातो
0
0
निश्चय नै सकारात्मक खबर हो यो !
मलाइ अझै हर्ष लागेको बिषय त बालुवाटारका तथाकथित कोठे बैठकहरु बस्दा प्राय गिरिजाप्रसाद बैठकमा समावेश हुन निकै गार्हो मान्ने र केटाकेटिलाइ चकलेट दियर फकाउनपरेझैँ ‘ बैठकमा राज भैदिनपर्यो’ भन्ने आशयको गिरिजाबाबुका धुपौरे रामचन्द्र पण्डितबाट मन्त्रणा भयपछिमात्र १० मिनटकानिम्ति झँक्किदै बैठकमा समावेश भयर बैठकमा सहभागि अन्य दलका शिर्षष्थ नेताहरुलाइ ‘नबोलाइयको पाहुना’सरहको ब्यवहार गर्ने प्रवृत्तिबाट मुक्त भयको महशुस मैले गरेको छु,सिँहदरबारको बैठक थालनिबाट !!
नत्र खाइ न पाइको गिरिजाको घुर्कि अनि उहाँका धुपौरेहरुको उराठलाग्दो बक्त्यब्य पठन !ओहो के भन्ने…गयको दुइमहिना त देशले यो नाटक कम्ति ब्यहोर्नु परेन !!
मलाइ लाग्छ,पुर्व राजा ज्ञानेन्द्रको बहिर्गमनभन्दापनि बढि त जनताहरु गिरिजाप्रसादले सत्ता हस्तान्तरण गरेको दिन हर्ष मान्नेछन !हुन पनि के भन्ने यार !!! ज्यान जाला कुर्सि नजाला भन्ने उक्तिलाइ साँचो बनाउन लागेर पार्नु हैरान पारे बृद्द कोइरालाले !यसमा कोइरालाको भन्दापनि उनको तानाशाहिबिरुद्द पार्टिमा आवाज उठाउन सक्ने ‘Ballz’ भयकाहरुको अभाव नै हो ! अर्कोतिर कोइरालाका काँटा-चम्चाहरु,उदाहराणरार्थ…~~~~ रामचन्द्र पण्डित,शेर ब देउवाहरुको हालिमुहालि चल्नु नै सक्ष्यम युवाहरुको बाटो छेकिनु थियो ! आशा छ,गिरिजाप्रसादको शेषपछि नेपालि काँग्रेसले उपर्युक्त नेतृत्व पाउनेछ !
जे होस यो सहमतिले अबको बाटो केहि सहज बन्ने आशा राख्न सकिन्छ तर गिरिजाप्रसादले राजिनामा गरिहाल्लान भनेर बिश्वास गर्न उनले राजिनामा गरेको एकप्रति नहेरि बिश्वास गर्नसकिने अवस्थाचाँहि छैन ! सबैले कर गर्दा राजिनामा गरेपनि एकाध घण्टापछि फिर्ता लियँ भन्न बेर छैन !
कथँकदाचित गिरिजाप्रसादले राजिनामा गरिहालेछन भनेपनि आफ्ना धुपौरेहरुको सहायतामा सरकार ढाल्ने उध्योगमा उनि दिनरात नभनि लाग्नेछन ! यसप्रतिसचेत हुने काम बामदलहरुको हो !
मन परे हरियो, नपरे रातो
0
0
” …राजनीतिक दलका नेताहरुका लागि आवश्यक सुरछ्या ब्यबस्था नेपाल सरकारले गर्नेछ । ”
आम नेपाली जनताको सुरछ्या नि ? कस्ले गर्छ ?
मन परे हरियो, नपरे रातो
0
0
अहिले पनि सात दल को भारिदारी जारी छ,
4th शक्ती को रुपमा मधेसमा उदाएका नयाँ दल हरु को स हमती हुनु पर्दैन??
मन परे हरियो, नपरे रातो
0
0
कती राम्रो भयो,मिलौ ,सहमती माँ जावौ!!देश तब न अगाडी बडछ !!!!!
अली कती तिमी लेउ”
अलीकती उसलाई देऊ,
उसलाई भुल्नु हुन् नि फेरी !!
उसको भाग राखी देऊ ||१||
मेरो भाग खै कसै ले भन्नु न परोस|
उसको भाग माँ नि ठुलै परोस|
गरी खावोस सोचु सबैले ,
धोती तीर मुख फर्काउनु न परोस ||२||
उता होइन येता आऊ|
चाईया जती लिएर जाऊ |
न अटाये खलती माँ राख ||
खल्ती छैन?,पिएर जाऊ !!!
मन परे हरियो, नपरे रातो
0
0
At this crucial moment we Nepalese can only hope for a better change. We will have to wait and see how the new government is formed and how it works inorder to comment on anything because anything could be just a speculation now.
मन परे हरियो, नपरे रातो
0
0
hamro desh ko neta lai kurchi ra afno santan lai pukna sampati bahak kahi chahina tyo cha hay moist hos congress hos amala hos sabai lai paisa matra chahaa ka chan ra eni haru la desh bigarna matra jaana ka chan eni haru laihamila ahila nai taha lagaunu parcha natra eni haru power ma gaya pachi kahi lag daina sochnu hai jaanta
मन परे हरियो, नपरे रातो
0
0
la hai aba chai kehi hola jasto cha feri “Haati ayo haati ayo fussa bhanyako jastai hunyae ho ki”
मन परे हरियो, नपरे रातो
0
0