मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    आजदेखि बाल्टिमोरमा नेपालीहरुको भेला

    -गिरीश पोखरेल/वासिङटन डीसी

    बाल्टिमोरमा आज विहीबार जुलाई ३ को साँझदेखि सोमबारसम्म हुन गइरहेको नेपालीहरुको भेलामा यसपटक सबैभन्दा ठूलो संख्यामा अर्थात् १० हजारको हाराहारीमा नेपालीहरु भेला हुने अनुमान आयोजकहरुले गरेका छन्।

    आयोजकहरुका तर्फबाट एएएनएको इतिहासमै पहिलो पटक कार्यक्रम शुरु हुनुअघि पत्रकार सम्मेलनको समेत आयोजना गरिन लागेको जानकारी बाल्टिमोर भेला आयोजनाका संयोजक साइमन ढुंगानाले दिए।

    आधिकारिक भेला भोलि अर्थात् जुलाई ४ तारिख भए पनि आज तीन तारिख साँझ पत्रकार सम्मेलन र त्यसपछि अन्तर्राष्ट्रिय साहित्य समाजद्वारा कविता गोष्ठीको कार्यक्रम राखिएको छ।

    भेलाको अन्तिम तयारीका बारेमा ढुंगाना भन्छन्, यो बाल्टिमोरको भेला विगतको भन्दा धेरै ठूलो भेला हुन लागेको र भेलाबाट पारिवारिक भेटघाटदेखि अनेकौं प्रकारका रमाइला कार्यक्रमहरुमा सहभागी भएर नेपालीहरुले आफ्ना महान चाड दशैं तिहारमा समेत विदा लिन नपाए पनि यो जुलाई ४ को विदालाई भने पूर्ण सदुपयोग गर्ने जानकारी दिएका छन्।
    त्यसैगरी भेलालाई संयम र शान्त तवरले अगाडि लैजानका लागि सुरक्षा व्यवस्थामा समेत यसपटक आयोजकका तर्फबाट निक्कै खर्च गरिएको छ।
    विगतका भेलाहरुमा जस्तै यसपटक संविधान सभाको निर्वाचनपछि स्थापित बनेका नेपालका मुख्य तीन राजनीतिक दलका नेताहरुलाई सहभागीका लागि निम्तो दिइएको भए पनि अहिलेसम्म अमेरिकामै औषधोपचारमा रहेका नेपाली कांग्रेसका उपसभापति शुशील कोइराला बाहेक एमाले र माओवादीका नेताहरु नेपालको राजनीतिक परिस्थितिका कारण कोही पनि आउन नसक्ने भएको जानकारी ढुंगानाले दिए।
    विनाविभागीय मन्त्री सुजाता कोइराला अमेरिकैमा छिन् नि उनलाई निम्तो दिइएको छैन भन्दा आयोजक ढुंगानाले आफूलाई अहिलेसम्म कुनै त्यस्तो जानकारी नआएको बताए।
    चार तारिखको उदघाटन समारोहमा नेपालबाट आइपुग्ने अतिथिमा म्यागासेसे पुरस्कार विजेता महावीर पुन प्रमुख व्यक्तित्व रहेका छन् भने अन्य अमेरिकाका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसे तथा राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि मधुरमण आचार्य र नेपाली कांग्रेसका उपसभापति शुशील कोइराला रहने छन्।
    बाहिर बस्ने नेपालीहरुको इतिहासमै यो भेला सबैभन्दा ठूलो भेला हुने अनुमान आफूले गरेको बताउँदै भेला आयोजना नाफा गर्नका लागि नगरिएको र भेलाको खर्च मात्र झण्डै पाँच लाख डलर हुने अनुमान रहेको पनि ढुंगानाले बताए।
    बाल्टिमोर भेला समितिका अर्का स्थानीय कलाकार तथा कलाकारहरुका संयोजक प्रेमराजा महतका अनुसार पैसा लेनदेन तथा भिसाका कारणले नेपालबाट भनेजति कलाकार ल्याउन नसकिएको भए पनि अमेरिकामै घरवार गरेका कलाकारहरुबाट कार्यक्रमलाई रोचक ढंगले प्रस्तुत गरिने र त्यसको अन्तिम तयारी भइसकेको जानकारी महतले दिए।

    त्यसैगरी नेपालबाट भने लोकगीततर्फ भगवान भण्डारी र आधुनिक गीततर्फ दिपेशकिशोर भट्टर्राई आइपुगेको महतले बताए।

    एसोसिएसन अफ नेपलिज् इन अमेरिकाज् (एएनए)का छैटौं सभापति कृष्ण निरोला एएनएका बारेमा यो संस्था अमेरिका तथा क्यानाडमा बसोबास गर्ने नेपालीहरुको साझा संस्था रहेको बताउँदै यसको मुख्य काम भनेको वर्षको एकपटक अमेरिका तथा क्यानाडामा भएका नेपालीहरुलाई सकेसम्म एक ठाउँमा भेला गराउने र सामाजिक, पारिवारिक मेलमेलापको भावना जगाउने हो। विगतका भेलाहरुमा टाडा टाडा रहेका नेपालीहरुको एकापसका भेलाबाट नेपाली बाबुआमाले आफ्ना छोराछोरीको विहे समेत यस भेलामा भेटघाट भएर गरेको उदाहरण निरोलाले दिए।
    पूर्व सभापति निरोलाका अनुसार यो संस्थाले अमेरिकामा एउटा नेपाली सेंन्टर बनाउने योजना थालेको भए पनि पैसा उठ्न नसकेका कारण अहिले त्यो पुरा हुन नसकेको भए पनि सबै नेपालीहरुको सामुहिक सहयोगबाट अब चाडैं पुरा हुने आफूले आशा राखेको समेत निरोलाले बताए।
    हाल सो नेपाली सेन्टर निर्माणका लागि नयाँ कमिटी खडा गरिएको र त्यो मार्फत् डीसी क्षेत्रमा त्यो पुरानो कमिटीमार्फत शुरु भएको कामलाई निरन्तरता दिइएको छ।
    एएनले अर्को काम नेपालमा हुने गरेको प्राकृतिक प्रकोप लगायतका अन्य सामाजिक कार्यका लागि विगतदेखि नै सहयोग पुर्याउँदै आएको समेत निरोलाले जानकारी दिए।
    एएनएले केही सालअघि इराकमा मारिएका नेपाली परिवारका लागि झण्डै ३० हजार डलर बराबर मारिएका परिवारहरुलाई बाँडिएको थियो भने काठमाडौंस्थित शिक्षण अस्पताल तथा अन्य केही अस्पतालका लागि अमेरिकाबाट विभिन्न समयमा मेडिकल सामग्रीहरुको सहयोग समेत गरेको बताए।
    यो एएनएको मुख्य काम भनेको अमेरिकामा छरिएर रहेका नेपालीहरुबीच अपनत्व जगाउनु हो भने यहाँबाट सकेको सहयोग नेपालको प्राकृतिक प्रकोप लगायतका अन्य शिक्षण तथा स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउनु रहेको निरोलाको भनाइ छ। उनी एएनएको दुइकाल सन् २००१ देखि २००५ सम्म अध्यक्ष भएका थिए।
    हालसम्म कोको भए यो संस्थाका अध्यक्ष
    डा. हरि शर्मा
    डा. कमल पाठक
    डा. कुन्जर शर्मा (क्यानाडा)
    डा. अमर गिरी
    प्रमोद शर्मा
    डा. श्याम कार्की
    इ. कृष्ण निरोला
    अमृत तुलाधर
    हाल नविनदत्त

    भेलाका बारेमा आगन्तुकहरु के भन्छन् त ?

    बोस्टनस्थित हार्वर्ड युनिभर्सिटीका डा. शिव गौतम भन्छन्, यो भेला जति सकारात्मक हुनुपर्ने हो त्यो देखिदैन। आफ्नो सहभागिता यो दोस्रो पटक भएको बताउँदै डा. गौतम यसपटक पनि आफ्नो रहरले भन्दा पनि साथीभाइको करले त्यहां जान लागेको हो। भेलाको उद्देश्यका बारेमा आयोजकहरु प्रष्ट नभएको र न यो भेलाले नेपालका लागि केही गर्ने हो न त अमेरिकामै बस्ने नेपालीहरुको पक्षमा केही गर्ने हो त्यो केही प्रष्ट नभएको डा. गौतमको विचार छ।

    स सानो भेलाहरु बरु उपलब्धिपूर्ण भएको भए पनि यसको उद्देश्य प्रष्ट हुन नसक्दा यस्ता भेलालाई प्रभावकारी बनाउन कसरी सकिन्छ आयोजकहरुले सोच्नुपर्ने सुझाव आयोजकहरुलाई डा.गौतमको छ।

    त्यसैगरी विगत १८ वर्षदेखि लगातार रुपमा यस्तो भेलामा सहभागी बन्दै आएका अन्तर्राष्ट्रिय साहित्य समाजका संस्थापक अध्यक्ष होमनाथ सुवेदीको विचारमा यो भेलाले अमेरिकामा रहेका नेपाली परिवारहरुका बच्चाबच्चीलाई सानैदेखि नेपाली कलासंस्कृतिको क्षेत्रमा सम्लग्न हुन उत्प्रेरित गरेको पाइन्छ भने नेपालका सूचनाहरु, अमेरिकी अध्यागमन (इम्रिग्रेसन)का बारेमा थाहा पाउने जस्ता कुराहरु भेलामा सहभागीहरुले पाउने धारणा सुवेदीको छ।

    अर्को सबैभन्दा ठूलो कुरो भनेको अमेरिकामा रहेका नेपालीहरुले आफ्नो गर्मी विदालाई यो भेलामा सहभागी भएर नेपालीहरुबीच भेटघाट गर्दै आफ्नो विदा मनाउने काम भइरहेको छ।

    तर एएनएले जे जति काम गर्नुपर्ने हो त्यो भने गर्न नसकेको यसको कुनै गुरु योजना नभएको भने पक्का हो। सुवेदीकै सुझाव अनुसार आगामी दिनमा यसका नेतृत्व वर्गले वर्षमा एकपटक भेला गर्ने अवसरका रुपमा मात्र संस्थालाई प्रयोग नगरेर अन्य गुरु योजना समेत बनाएर अगाडि बढ्नुपर्ने रहेको छ।

    साहित्य संस्कृतिको क्षेत्रमा काम गर्ने समेत भनिएको छ तर एएनएले गर्ने कार्यक्रममा उद्घाटन अगाडि नै साहित्यिक कार्यक्रम राखेर साहित्यिक कार्यक्रमलाई उपेक्षा गरेको हो कि भन्ने आफूलाई भान परेको उनको छ र आगामी दिनमा यस्ता साहित्यिक कार्यक्रमहरुलाई भेलाको उद्घाटनपछि राख्न समेत भेला आयोजकहरुलाई सुवेदीको सुझाव छ।
    त्यसैगरी अन्तर्राष्ट्रिय साहित्य समाजकै केन्द्रीय उपसभापति भारती गौतमका अनुसार यो भेला अत्यन्तै लामो समयसम्म राखिएको त्यसमा पनि साहित्यिक कार्यक्रमलाई उद्घाटन अगावै राखेर कार्यक्रमको महत्वलाई आयोजकहरुले उपेक्षा गरेको बताइन्।

    साहित्यिक कार्यक्रम नै गर्नु थियो भने उद्घाटनकै अघिल्लो दिन किन राखिएको हो आखिर स्थानीय व्यक्तिहरुमात्रै भेला हुने हो भने भेला अवसर पारेर राख्नुको कुनै औचित्य नभएको उनको ठहर छ।

    त्यसैगरी अमेरिका नेपाल महिला संघ वृहत वासिंङटन डीसीकी अध्यक्ष माधवी बस्नेत कार्की एएनए भेलाका सम्बन्धमा भन्छिन्। एएनएमा जसले यो वर्षको एकपटक भेला गर्ने योजना ल्यायो त्यसलाई धन्यवाद दिदैं भेलाले नेपालीहरुबीच भेटघाट र आआफ्ना बालबच्चालाई नेपालको विविध पक्षका बारेमा समेत जानकारी गराउ पाउने हुनाले भेलालाई आफूले सकारात्मक तवरबाट हेरेको उनले बताइन्।

    त्यहाँ हुने विभिन्न फोरमहरुबाट निस्किएका कुराहरुलाई भने सूचीवद्द गरेर त्यसलाई कार्यन्वयनका लागि नेपाल पुर्याउनुपर्ने छ भने नेपाल पुर्याउनुपर्ने होइन यहाँ केही गर्नुपर्ने छ भने त्यसका बारेमा भेलापछि पनि लागिपर्नुपर्ने उनको धारणा छ र वर्षको एकपटक भेला गरेर मात्र नहुने त्यसबाट निस्किएका कुराहरुलाई सम्बन्धित निकायमा फलोअप समेत गर्न मावधी बस्नेत कार्कीले सुझाव दिइन्।

    No related posts.

    18 comments to आजदेखि बाल्टिमोरमा नेपालीहरुको भेला

    • पुष्प

      नेपाली-नेपालीबीच सद्भाव बढाउने कार्यक्रम गर्नू । नेपालीको इज्जतमा आँच आउने कुरोचाहिँ नगर्नू ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • devendra

      hi

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • devendra

      गिरिश ब्रो
      जय नेपाल ,
      स्वदेश बाट बिदेश मा आउनु भयका सम्पूर्ण नेपाली दाजु ,भाइ , दिदी , बहनी ,हरुलाई हामी दुई जना अमेरिका मा बसोबस गर्दै आएका देवेन्द्र खनाल र क्षितिज बराल धनकुटा को तर्फ बाट उन्नत उन्नत को कामना ।
      साथीहरुहो नेपाल र नेपालीको भावनामा जहिले पनि देश प्रेम र मात्रित्व सम्झनामा रहिरहन्छ । बिदेशमा बसेर पनि, आफ्नो अंुल्य समयलाई काटी भेलामा सहभागि भएर धेरै पिएर होस्हावास गुमेको अवस्था मा कुटाम्कुत् गरेको कुरा प्रचार मा ल्याउनु त भएन नि गिरिश ब्रो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • la'Dhiru

      tanna jaand khane ani last ma jhagada garne ta hoon nepali haru jaha gaya pani afno pakhura dekhauna pachi pareko ta kaha po sunnu pareko cha ara.yo vela ma testo nahos vanne mero suvakamana.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pujan Joshi

      Girish,

      I think Harvard University is in Cambridge, not Boston.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • I hope Nepali will not announce ‘USA Bandha’in America. It seems there are ‘enough number’ of Nepali people to make a strike. This is just kidding, but it is our culture which is deeply rooted in our blood.

      Anyway, I wish great a great success to the conference!!

      Deutschland

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Zero

      The convention should be a liquour free. I’ve seen some unacceptable situation/event in some of the convention. If we do not leave good impression in the site, how the Americans will see us? For this year, the Poetry compitition was on Friday evening, July the third, and lasted until almonst 11 pm. It looks like the literature has been given a least priority by not conduction in day time. But the program is more or less good.

      I still insist that the program should be alchohol free,

      Thanks

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bittertruth

      RK

      you vision is vey good. you need to look at postive aspect rather than negative. Nothing is perfect in this world. we neapli always complain on anything we do.If peple thing organistaion is not doing well, why dont you take the top job to run the organisation. Its easy critised on someone else job and thats what the nature of all the nepali inclding myself.Its time to change our mentality and deliver the constructive feedback and hope for better.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • RK USA

      हो हामी नेपाली को नाता ले जानै पर्छ, अनी त्याहा भये का खराब कुरो को बिरोध गारी राम्रो को संमर्थन गर्नु पर्छ , अनी नेपाली को दयीत्वा हामी “प्रबाश ” मा बहन गरेको हून्चऔ… ,, नगयेर उहा हरु लाई कश्ले बाटो, अनी फीड- बयक देखाउने त ? कसैले ले “न राम्रो” भन्दै मा न राम्रो हूदैन यो त अफ्फ्नु . आफ्नो सोच को कुरो हो, कसै लाई कुनै कुरो राम्रो लाग्छ .,, भन्दैमा मा अरु लाई “के तेहि कुरो नै राम्रो लाग्ला” भन्ने छ र ????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bimal

      Hi nepali bros.and sis.I heartly request u to reflect the beneficiary conclusion for the welfare of all nepali people whereever they live.The consensus i.e going to be organised in baltimor by most well educated nepali pernonalities ,would bring lots of humer for politically, socially; economically and psychogically deprived people of our country.These people who are in usa can understand the root problems of nepal.they can certainly give their helping hands for the sound development of nepal. try to give what u can for your country. please Don’t do the brain drain phenomena by consuming the intoxicating baltimor water . I wish this big gathering of most nepali people in usa may heal the present political disease of nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • "YATRI"

      केही बेबकुफ हरु ले बुद्धी बिगा रे भन्दै मा सम्पूर्ण कार्य क्रम र नेपाली लाइ नै दोशी देखाउनु राम्रो होइन। मलाइ लाग्छ,हामी नेपाली सधै सचेत छौ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mj

      girish bro,
      nepal ma geet gako jasto sajilo chaina bro..gas price plus fight dekhda nepali haru aatiyekachan

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Basanta Thapa,Maryland,U.S.A.

      बिदेश हिंडे पछी नेपाली भेट्ने र बोल्ने जती रहर थियो आज बिस्तारै मन मर्दै गइराखेको छ् किनकी यो सबै नेपालीहरुको स्वभाबको कारण हो \मुखले हुन्छ भन्ने कामले केही नगरने नेपाली स्वभाब अनी मै ठुलो हुँ सबैले मलाई मान्नु पर्छ भन्ने भाबना ,अरुको कुरा काट्ने बानी,मिल्न नस्क्ने,लिन मात्र जान्ने दिन गार्हो मान्ने ,ठुला पद आफुलाई वा आफ्नो मान्छे,वा आफ्नो बिचार को मान्छे लाई चाहिने,खान जान्ने खान दिन नजान्ने,नया मान्छे चाडै धनी होलाकी भन्ने पुराना बासिन्दाको मन,पुरानालाई सम्मान र इज्जत दिन नजान्ने नयाँ बासिन्दाको स्वभाब ,अर्काको घर परिवारमा फाटो ल्याउन खोज्ने,अरुको परिवार प्रती नराम्रो सोच बनाउने ,साथी भाई मा फुट ल्याउन अनेक उपाय गर्ने ,उपयोग गर्ने सहयोग नगरने ,पैसा उठाउन सम्झने अरु बेला बिर्सने ——-धेरै धेरै लेख्न सकिन्छ \तर यो नकरात्मक कुरालाई पन्छाउदै सकरात्मक बानी ब्यबहार को साथै पुरानालाई सम्मान नयालाई माया र सहयोग गर्ने बाताबरण बनाउन बाल्टिमोर भेला सफल होस् आफ्नो माटो ,आफ्नो जन ,आफ्नो धर्म ,आफ्नो सस्कार भन्दा ठुलो संसारमा केही छैन !सधै नेपाल र आफ्नो जन सम्झेर रुने मनहरुलाई नेपालमै छौ र आफ्नै जनको साथमा छौ जस्तो बनाउनु नै बाल्टिमोर भेला को सफलता हो \तन नगये पनि मन त बाल्टीमोर मै है!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • i miss our great gethering festival . namaste to all nepali daju bhai and didi bahini sabai lai.

      DHAN BIR MAHARJAN NEW YORK USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Hari Sarki

      30 june ma Dinesa B K ko samachar anusar teti thulo bhela hola jasto lagdainatyo tara aajako samachar padhda ta brihata bhela hudo rahechha.tesa brihat bhelama restaurant ko khoya birko rittinu kunai naulo rahenchha.antama agantukako samman ra kadar garna sakema ramro hune thiyo.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nepali kancha

      nepalese are same whereever they go, talking about others and backbiting. so it does not worth joining any nepali vela and organization eventhogh I am nepali. if you have something just work and have fun, better hang out with some american friends.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • N B/ Philly

      बि बि जी ले भने झै म पनि यो साल को भेला मा जान मन लागेको छैन , रक्सी खान त के जानु र केही राम्रो कम्को सुरुवात गरे भने फेरी फेरी हुने भेलमा जानु पर्ला । यो साल रक्सी खाएर काले हरुको भन्दा नराम्रा्ओ इमेज नबनाउनु है नेपाली दाजु भाई । मेरो शुभ कामना।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बी. बी.

      पोहर नयाँ नयाँ अमेरिका आएकोले ठुलो रहर हुँदाहुँदै पनि यो भेलामा जान पाइएन। त्यस्पछी यहाँ भेटेका जतिपनी नेपालीहरुको कुरो सुनियो “ठिटा-ठिटिको भेटघाटबाट नेपाली नेपाली सम्बन्ध जोडीएका” बाहेक केही राम्रो सुनिएन। नेपालीहरुको जमघाट, professorले छुट्टी त दिनेनै थियो, तर खै भुँडी फुटुन्जेल जाँडै खान मात्र त के जानु? यो साल राम्रै केही गरेछन भने फेरी फेरी जानुपर्ला।

      ल है सहभागी हुने साथीहरु, यो पटक चाँही केही उदाहरणिय राम्रो काम गर्नुस्। आयोजक लाई पनि कार्यक्रमको छबी सुधारन शुभकामना!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker