-कृष्ण सापकोटा-
नेपालमा अचम्म हुन्छ। यातायात व्यवसायीहरुले अस्ति भर्खर आफूले भने जस्तो भाडा बढाएन भनेर यातायातै ठप्प बनाइदिए। सस्तोमा इन्टरनेट आउला भनेर एडीएसएल प्रविधिलाई रोक्न आईएसपीहरु लागिपरे। अहिले फेरि त्यस्तै एउटा विवाद देखिएको छ नेपालमा। विवाद सरकारी अखबार गोरखापत्र र विज्ञापन व्यवसायीहरु बीच हो। घुमाइफिराइ जे भने पनि वास्तवमा विज्ञापन व्यवसायीहरुले ठगी गर्न पाउनु पर्छ भनी आन्दोलन गर्ने धम्की दिएका हुन्।
गोरखापत्रले ठगी मुद्दामा एक विज्ञापन व्यवसायीको नाममा जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको विरोधमा विज्ञापन एजेन्सीहरुको संगठन आन खुलेर लागेको छ। उनीहरुले गोरखापत्रलाई विज्ञापन पनि दिन्नौँ अब भनी धम्क्याएका पनि छन्। तर रोचक कुरा त के छ भने, आनले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी आफ्ना विज्ञापन व्यवसायी साथी ठग हैन भनेर प्रमाणित गर्न ठूल्ठूला आवाज गर्नेहरु आफै विज्ञापन बजारमा ठगका रुपमा नामुदहरु हुन्। ठग अर्थात् विज्ञापन छपाउने अनि ग्राहकबाट पैसा पनि लिने, तर सम्बन्धित सञ्चार संस्थालाई पैसा नतिरी आफै कुम्ल्याउने। गोरखापत्रले त यस पटक साहस गरेर मात्रै हो, नत्र नेपाल टेलिभिजन, कान्तिपुर लगायतका अरु धेरै मिडियालाई यो ठगहरुको जमातले पटक पटक लुटेको छ।
अहिलेको विवाद कसरी जन्मियो ?
गोरखापत्रले विगत केही दिनदेखि विज्ञापन छापे वापतको बक्यौता नतिर्ने विज्ञापन एजेन्सीहरुको नाम पत्रिकामा छाप्दै आएको थियो।
यसै क्रममा एभरग्रिन एडभरटाइजिङ मिडियाका सञ्चालक दिनेश लम्साललाई प्रहरीले गोरखापत्रले दिएको जाहेरीका आधारमा ठगी मुद्दामा पक्राउ गरे। गोरखापत्रमा छापिएको १६पृष्ठको विज्ञापनको रु.१५ लाख ६२ हजार सातसयको भुक्तानी गर्न गोरखापत्रले भन्दा उनले बैङ्क ब्यालेन्स नभएको एभरेस्ट बैङ्कको चेक दिएर झुक्याउन खोजेछन्। पैसा तिर्न गोरखापत्रले ताकेता गर्दा दिनेशले थर्काएछन्। पहिलेदेखि गोरखापत्रलाई थर्काउँदै आएको न परे। आखिर उनी परे नेताहरुको ठूलै पहुँच भएको व्यक्ति। उता गोरखापत्रले पनि निहुँ खोज्यो। अनि मुद्दा दायर गरेर ठूलै पावर लगाएर नै दिनेशलाई प्रहरीको फन्दामा पार्यो।
दिनेशमात्र हैनन्
गोरखापत्र अनि अन्य मिडियालाई विज्ञापनका मामिलामा ठग्नेमा दिनेशमात्र छैनन्। गोरखापत्रमा २ करोड ७१ लाख रुपैयाँ विज्ञापनवापत् एजेन्सीहरुबाट उठाउन बाँकी छ। अहिले ठगी गर्न पाउनु पर्छ भन्दै कुर्लिरहेको विज्ञापन व्यवसायीहरुको संगठन नेपाल विज्ञापन एजेन्सी संघ (आन) का पूर्व अध्यक्ष एंव अहिलेका नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भाष्करराज राजकर्णिकारका दुई वटा एजेन्सीले मात्रै झण्डै दश लाख रुपैयाँ बुझाउन बाँकी छ। भाष्कर संचालक रहेको प्रोफेसनल एड एजेन्सीले करिब ३ लाख बुझाउन बाँकी छ भने एड एभिन्यूजले ७ लाख ३२ हजार बुझाउन बाँकी रहेको छ।
यसैगरी केटीएम सोलुसनले करिब दश लाख रुपैयाँ बुझाउन बाँकी छ । कनेक्सन एडले ८ लाख ७५ हजार, गोर्खा मनकामना विज्ञापन एजेन्सीले ५ लाख २१ हजार तिर्न बाँकी रहेको छ। पैसा नतिर्ने कतिपय विज्ञापन एजेन्सी राजनीतिक दलका प्रभावशाली नेताहरुले चलाएका छन् वा नेताहरुसँग उनीहरुको दर्हो सम्बन्ध रहेको हुन्छ।
गोरखापत्र कै कर्मचारी पनि कम छैनन्
ठगीको यो सञ्जालमा गोरखापत्र मात्र चोखो भने छैन। यसमा गोरखापत्र कै कतिपय कर्मचारीहरु पनि संलग्न छन्। कर्मचारीहरुको वा उनीहरु निकटका व्यक्तिहरुको एड एजेन्सी ठगीका लागि प्रयोग हुन्छन्। गोरखापत्रमा विज्ञापन छाप्न दुई लाख रुपैयाँ धरौटी राख्ने र चार लाखसम्मको विज्ञापन क्रेडिटमा छाप्न मिल्ने नियम भए पनि नेताले चलाएको विज्ञापन एजेन्सी वा कर्मचारीको वा उनीहरु निकटका विज्ञापन एजेन्सीहरुलाई २६ लाख रुपैयाँसम्मको विज्ञापन क्रेडिटमा छाप्न दिन्छन्।
त्यसपछि उनीहरु विज्ञापन छाप्नका लागि वर्षेनी गरिने टेन्डर आह्वानमा सहभागी नभई कारोबार बन्द गरिबस्छन्। गोरखापत्र मै विज्ञापन छाप्नुपर्ने भए धरौटी राख्ने अन्य एजेन्सीमार्फत् जान्छन्।
आनको अव्यवसायिक काम
व्यवसायिक हितका लागि खुलेको र कार्टेलिङ उसको मनसाय नभएको भए यो विवादमा विज्ञापन व्यवसायीहरुको संगठन आनले सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्थ्यो, न कि धम्क्याउने। आनले एउटा विज्ञप्ति प्रकाशित गरेर यो विवादलाई सुल्झाउन मध्यस्थता गर्नुपर्थ्यो। तर उसले त्यसो गरेन।
उसले भोलिपल्टै नेपालका सबै दैनिक पत्रिकाहरुको पहिलो पेजमा एउटा विज्ञप्ति विज्ञापनका रुपमा छाप्दै प्रोपागण्डाको काम गर्यो।
आफूलाई ठगी गर्न खोज्यो भन्दै एउटा मिडिया संस्थाले लम्सालविरुद्ध भएको कानुनी कारवाहीविरुद्ध भर्त्सना र निन्दा गर्नु तथा निजमाथिको आरोप फिर्ता लिई सकुशल रिहाइको माग गर्नु भनेको विधिको शासनलाई नमान्नु र सङ्गठित दबाबको भरमा नाजायज माग पुरा गराउने कसरत गर्नु नै हो। यसले उनीहरुको भित्री नियत अरु विज्ञापन एजेन्सीहरुलाई पनि पैसा तिर्न बाध्य बनाउन नसकियोस् भन्ने नै देखिन्छ।
अनि त्यो विज्ञप्ति विज्ञापन भएभरका पत्रिकाहरुमा छाप्दा हुन आउने खर्च कसले बेहोर्यो कुन्नि ? बरु त्यो रकम बाँकी रहेको बक्यौता तिर्न प्रयोग भएको भए जाति हुन्थ्यो कि।
No related posts.









yo sabai chor netaharu ra ghuskhori karmachariko prtifal ho
मन परे हरियो, नपरे रातो
0
0
” उधो मती ! गयो गती ! “
मन परे हरियो, नपरे रातो
0
0
nepal ma add agency chalaune haru sabai jana thag haruhun paisa natirne ani sarkari sampati dubaune yini haru lai ta jail halnu nai parchha gorkhapatra le ramro kam gareko rahechha Dinesh lamsal bhannne lai thunera good job keep it up GOOD JOB KEEP IT UP GOOD JOB KEEP IT UP GOOD JOB KEEP IT UP GOOD JOB KEEP IT UP GOOD JOB KEEP IT UP GOOD JOB KEEP IT UP GOOD JOB KEEP IT UP GOOD JOB KEEP IT UP GOOD JOB KEEP IT UP GOOD JOB KEEP IT UP GOOD JOB KEEP IT UP GOOD JOB KEEP IT UP GOOD JOB KEEP IT UP GOOD JOB KEEP IT UP GOOD JOB KEEP IT UP GOOD JOB KEEP IT UP
मन परे हरियो, नपरे रातो
0
0
Bigyapan chhapara jhur mal le Janata lai pani thagne yi Byaparik gunda haru ani hunda hunda abata bigyapan chhapayeko paiso pani nadiyera tyatabata pani khane katro himmat ho ini daka haruko? Iniharu lai janatale bataima thoknu parchha…….Matrika parsad Yadav Sanchar matri va bela dekhchhan yini daka harule. Aba yasto vaye pachhi Matrikakai sath naliyera vo ta? Matrika lai feri feri 6/6 mahina ma mantralaya dinu paryo vanchhu mata!
Harish
मन परे हरियो, नपरे रातो
0
0
ke karne nalayak neta haru nepal ko satta ko lagi lipta chhan, ani faida ta uthuna ta paroni ta, kaso ta aan,
मन परे हरियो, नपरे रातो
0
0
AAAN dont have any better past so dont expect good results from these ad agencies.
Bhaskar le sikako ho sabai lai.
मन परे हरियो, नपरे रातो
0
0
सरकारै चोरछ अनिकसरी जनता सद्धेहुनेहोर योसव काँग्रेस चोरहरुको खेलहो। सरकारी संस्थान गोरखापत्र मा यस्तो हुनुभनेको सरकारचोर भएकैकारणले हो सरकारमा सबैभन्दाबढी बस्ने काग्रेस नैहो। काग्रेस चोरहो काँग्रेसमा पनि गिरीजा।
मन परे हरियो, नपरे रातो
0
0
जस्तो भये पनि गोर्खापत्र ले एस्तो गर्नु हुन्नथ्यो । अब उसको दानापानी भयो नि त । मलाई त नरमरो लाग्यो बा ।
रमेश चौलागाइं
9841521120
मन परे हरियो, नपरे रातो
0
0
Surprizing if it is the fact. Professional organizations also can do such DADAGIRI ????????
मन परे हरियो, नपरे रातो
0
0
ओ यार
नेता हरू ले हप्ता prot.money बधाये होलन अनी के गरुन बिचरा
मन परे हरियो, नपरे रातो
0
0
गजव छ वा। भोलि नेपाल चोर संघले चोरी गर्न पाउनुपर्छ भनेर जुलुस लगायो भने अचम्म मान्नु पर्दैन।
मन परे हरियो, नपरे रातो
0
0
नेपालमा वैधानिक लुटेराहरु धेरै छन् । यी बिचका दलाल हुन् । आफूले गरेको काम सही हो भन्दै जतिसुकै ठगी गरेको भएपनि हुल बाँधेर चिच्याउने र प्रदर्शन गरे राज्यले हार्छ भन्ने मानसिकताले काम गरेको छ । भाष्करकै कुरा गरौं न यिनी नं. वन ठग हुन् । उनको एड एजेन्सीले मात्र होइन टेलिभिजन च्यानल एभिन्युजको धम्कीका भरमा यिनले धेरै गैरकानुनी काम गरेर रकम दोहन गरेका छन् । त्यसको हिसाब राज्यलाई पत्तो छैन । अब जनताले नै यस्ता भुसतिघ्रे ठगहरुलाई चिनेर बाटोमा देख्नेवित्तिकै आफै पक्राउ गनुपर्छ र खोरमा जाक्नुपर्छ । ठगहरुको जालो यसरी जोडिएको छ कि एउटाले ठगेको बिरुद्घ बोल्न थाल्यो भने यिनीहरुको नेटवर्क नै बर्बराउँछ । एड एजेन्सीको मान्छे उद्योगव्यवसायी महासंघसँग पनि जोडिएको हुन्छ, उसको कुनै राजनीतिक पार्टीसँग एफिलिएसन हुन्छ, त्यसले राज्यको संयन्त्रमा हस्तक्षेप गर्दछ अनि आखिर ठगीको मार जनतामाथि पर्छ जो राज्यले पनि यसको मूल्य आफैं चुकाइरहेको हुन्छ । किसानले आफ्नो उत्पादन सीधै बजारमा लान पनि यस्तै दलालहरुको समूहले रोक लगाउँछ अनि आफूखुशी मूल्यमा बिक्री गरेर मालामाल हुन्छन् । विज्ञापन दिनेले जहिले पनि पैसा तिरेको हुन्छ, नभए उसकोविज्ञापन छापिन्न तर एजेन्सीहरले एकमुष्ट दिने शर्तमा लाखौंका एड उधारोमा छाप्छन् अनि पछि तिर्दैनन् । यस्ता चुसाहाहरु रहिन्जेल नयाँ नेपालको सपनामा सहिद भएका हजारौंको सपना बेकार हुनेछ । राज्यसंयन्त्र बलियो हुन आवश्यक छ ।
मन परे हरियो, नपरे रातो
0
0
YESTO LEKHA LE VABISYA MA NIKAI TEWA PURYAUNE CHA.
thanks to writer
मन परे हरियो, नपरे रातो
0
0
यो सबको मुख्य नाइके भास्कर राज हुन। ठोक्नु पर्छ गधाहरुलाई, यो वाई सी एल भन्ने जन्तु कहाँ लुक्यो? आफ्नै मन्त्रालयमा पनि यस्तो? कि मिलोमतो छ?
मन परे हरियो, नपरे रातो
0
0
Yo kura ma surprise hunu parney kura nai chaina ne…. Nepal ma sabai ley aafno aafno thau bata aru lai thagna pauney law cha.
मन परे हरियो, नपरे रातो
0
0
बाँकी पत्रीकाको आत्मघाती कदम देखर चाँही अचम्म लाग्यो। गोरखपत्र ठगिदा मख्ख परेर आज आनको बिज्ञापन छापेछन; भोली आफ्नै तेही गती हुन्छ नै चाल पाउछन। राम्रो कुरामा त एकता छैन है खाली खुट्टा तान्ने……………………..
मन परे हरियो, नपरे रातो
0
0
लुटाहा नै लुटाहा भको देशमा के नयाँ कुरा भयो र? अब त्यो पनि मानब अधिकार भित्रै पर्ने होला नि ? अब मानब अधिकारबादी ले पनि कुरा उठाउने हो कि मानब अधिकार हनन भयो भनेर?
मन परे हरियो, नपरे रातो
0
0
No solution…we all are corrupted….nothing will change…Manasikata nai Daridri bhaye pachhi k bhannu….
मन परे हरियो, नपरे रातो
0
0
YCL or YFL lagayako bhaya thik hunthyo hola ni baru hoina ra
मन परे हरियो, नपरे रातो
0
0
ब्यास जी,
घत लाग्दो कुरा गर्नु भयो !
“मुठ्ठीभर राम्रा ब्यक्तिहरुको भरमा देश कति दिन चल्ने हो कुन्नी?”
ति राम्रा ब्यक्तिहरुलाई पनि नराम्राले नै मुठ्ठी भित्र बन्द गरेर राखेका छन्|
यसै त बुद्दी कम छ नेपालीको, झन त्य माथि सबै जना लडाकुदस्ता जस्ता|
मन परे हरियो, नपरे रातो
0
0
Vicious Cycle (दुर्गती चक्र)
प्रीती
मन परे हरियो, नपरे रातो
0
0
भताभुंग देशको लथालिंग चाला ।
जसले सक्ला उसले खाला ॥
मुठ्ठीभर राम्रा ब्यक्तिहरुको भरमा देश कति दिन चल्ने हो कुन्नी ?
मन परे हरियो, नपरे रातो
0
0
I was also a victim of not getting paid for my small media by my clients. But I never deal with millions, It was thousands, I had to close my business.
मन परे हरियो, नपरे रातो
0
0
oh ho nepal mata thagi garna lai pani kati tarika haru rahechan. ma ta tin chak pare.
मन परे हरियो, नपरे रातो
0
0