मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    'आन'ले दियो ड्याङका ड्याङ

    -कृष्ण सापकोटा-

    विज्ञापन छाप्ने अनि पैसा नतिर्ने विज्ञापन एजेन्सीका एक सञ्चालकविरुद्ध एउटा मिडिया (गोरखापत्र) ले के कारबाही चलाएको थियो, सिंगो विज्ञापन व्यवसायीहरु अरिङ्गालको गोलो झैँ खनिन पुगेका छन्। सोझो अर्थमा बुझ्ने हो भने यिनीहरु ठगी गर्न पाउनु पर्छ भन्दै कुर्लिएका हुन्। थप बुझ्न यहाँ हेर्नुस्। आज त यो विवादलाई लिएर सडकमा भिडन्त नै हुन पुगेछ।

    कुरो के परेछ भने नि, विवाद अलि चर्किँदै दुवै पक्ष (विज्ञापन व्यवसायीहरुको संगठन आन र गोरखापत्र) प्रोपागण्डा वारतर्फ लम्किएपछि सहमतिमा कुरा मिलाउन हनुमान ढोकाका एसपीले गोरखापत्रका अधिकारीहरुलाई कार्यालयमा बोलाएका रहेछन्। त्यता विरोध प्रदर्शन गर्न बसेका रहेछन् आनका पदाधिकारीहरु। दुई पक्षको जम्काभेट भयो। अनि त आनवालाहरुले दिएछन् गोरखापत्रकाहरुलाई ड्याङ कि ड्याङ।

    एक किसिमको ग्याङ फाइटको स्थिति। एकातिर थिए आनका अध्यक्ष निर्मल पौडेल, पूर्व अध्यक्ष तथा अहिलेका उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भाष्करराज राजकर्णिकार, महासचिव राजकुमार भट्टराई लगायत सय जनाको समूह अनि अर्कोतिर थियो गोरखापत्रका नायव महाप्रवन्धक कपिल घिमिरे, निर्देशक बसन्तलाल श्रेष्ठ र निर्देशक रामकृष्ण थापा लगायतको समूह। कालो मोसो दल्छौँ, माफी माग भन्ने आनवालाहरु। अनि किन माफी माग्ने, हामीले नियमसंगत काम गरेको भन्ने गोरखापत्रवालाहरु। जिल्ला प्रहरी कार्यालय, हनुमान ढोकाअगाडि यसरी हात हालाहाल भएपछि गोरखापत्रका थापालाई घाइते भएर अस्पताल पुर्‍याउनु परेछ।

    आफ्ना पदाधिकारीहरुमाथि हातपात भयो भन्ने खबर अलि पर कार्यालय रहेको गोरखापत्रमा पुगेपछि त्यहाँका कर्मचारीहरु पनि उर्लिएर आएछन्। उनीहरुले पनि त्यसपछि दिन थाले ड्यामड्याम। त्यहाँ एकछिन लखेटालखेटको स्थिति देखियो। जिल्ला प्रहरी कार्यालय कै अगाडि भिडन्त !

    विज्ञापन छाप्ने अनि त्यसको पैसा ग्राहकबाट असुल गर्ने अनि विज्ञापन छाप्ने मिडियालाई चाहिँ पैसा नदिएर आफैमात्र मोटाइरहन पाउनु पर्छ भन्ने आनवाला र गोरखापत्रबीचको यो विवाद कतिञ्जेलसम्म तन्कने हो ? पैसा असुल्न बाँकी रहेका अरु मिडियाहरु टुलुटुलु हेरिबस्ने हुन् कि उनीहरुले पनि केही गर्ने हुन्, हेर्दै गरौँ- नाटकको यो एपिसोड बडो रोमाञ्चक होला जस्तो छ है !

    No related posts.

    25 comments to 'आन'ले दियो ड्याङका ड्याङ

    • Mitra

      Yes Bhaskar Raj Karnikar is a media natwarlal. As has been pointed out by many writrs he was a fascist type mandale. He can do anything and go to any extent for money: spying on people for Gyanendra Regime. People are aware of the Goebbelian reporting gorakhapatra. Amost all private media houses are against Gorakhapatra. gorakhapatra has improved its media image tremendously by being more and more independetn. As a result it is getting more popular. Besides it has stopped using a begging bowl to government. it has become self sufficient financially. So it has become stronger. And the private media especially the foreign owned Like Apka, Cryoins Electrica, Nepal 1 or foreign sponsered media like kantipur or royalist media like Image channel or Samachar patra are afraid of Gorakhapatrs’s popularity and increasing financial viability. These media was looking for Gorakhapatra’s demise. but it has gone the other way round. That is why the unscrupopous advertizing agencies and private medica are out of their wits and want to damage Gorakhapatra’s image. But The curse of flies does not kill cattles (Jhinga ko saraple Dinga mardaina)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      यो प्रोपोगाण्डा विदेशी लगानीको कान्तिपुर, भारतीय लगानीको हिमालयन टाइम्स र अन्नपूर्ण पोष्ट प्रकाशन गर्ने संस्था नै हो । उनीहरूले त्यो घुर्की र दबाबमूलक विज्ञापन सित्तैमा छापेको कुरामा कुनै शंका छैन । उनीहरूको नियत अहिलेको राजनीतिक अस्थिरताको मौका छोपी सरकारी विज्ञापन हत्याउनु हो । यसमा भाष्करराजजस्ता चतुर र ठगका विज्ञापन एजेन्सीहरूको पनि हात छ, जसको बक्यौता अझ बढी भएको खुलेको छ । लहरो तान्दा पहरो थर्कने कुरा यहाँ पनि लागू भयो । गोरखापत्रले भोलि अन्य ठगहरूलाई पनि कारवाही अगाडि बढाउन सक्ने अवस्थामा चोरको खुट्टा काटभन्दा जुरुक्क खुट्टा उठाउने यी मिडिया-चोरहरूले यस्तो प्रतिक्रिया दिएका हुन् । यसैको मौका कान्तिपुर र आप्का हाउसजस्तो अवसरवादी छोपिहाले र विज्ञापन छापिहाले । गोरखापत्रले ढुक्कले आफ्नो काम गरे हुन्छ । यस्ता ठगहरूलाई कुनै पनि दबाबमा छाड्नुहुन्न । नेपाली आमजनता सदैव यस्ता कुराको पक्षमा छ । कानुनी राज्यको कल्पना कति गर्नु ? लामो भनिने कानूनको हातभन्दा धेरै पर रहेको र संस्थागत रूप लिइरहेको भ्रष्टाचार र ठगीलाई निमिट्यान्न पार्न अब अन-द-स्पट कारवाही गर्नुपर्छ । यस्ता धमिराहरूलाई कुनै पनि हालतमा छाड्नुहुन्न ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Chandra

      गोर्खापत्र प्रकरनमा भास्करको गुण्डागर्दी अहिले मात्रै हैन पञ्चायत काल देखी कै हो। धिरेन्द्र को भरौते भनेर चिनिने भास्कर ले तेश बेला दरबार को नाम म थर्काएर पैसा तिरेन अहिले पनि गुण्डागर्दी गर्दै नतिर्ने दाउ गर्दैछ। एस्तो को बारेमा गोर्खापत्रले तीन पुषते विवरण छापेर कालोसुचिमा राख्नेबारे कानुनी प्रकृया अघी लानु पर्छ।
      चन्द्र

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deedab Shrestha

      केही समय पहिले सुनेको थिए Nepal-1 TV लाई बिज्ञापनको करोडौ पैसा तिर्न पर्छ भनेर नेपालमा टि.भी च्यानल नै AAN ले बन्द गर्न लगायो भन्ने सुनेको थिए र त्यस्लाई हल्ला मात्र लागेको थियो, तर आजको खबरले त्यो त हल्ला होइन साँचो जस्तो पो लाग्यो त ।

      यो नेपाल हो – के हुन्छ के हुन्न ?

      - दीदब श्रेष्ठ, बनेपा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • arjun

      आलोक, Tokyo
      जि, गोर्खापत्र को बिज्ञापन पनि आफुलाई आउन्छ कि भनेर त्यसो गरेका नि सगरमाथा , कान्तिपुर अनी इमेज le.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ईश्वोर, मादागास्कार

      यो कुनै गोरखापत्र र आन को बिच भएको झड़प मात्र हैन ! यो हामी नेपाली नेपाली बिच लडाएर एक आपसमा बैमनस्यता फैलायर फ़ायदा लिने तत्त्वों को लामो योजना र सोच बाट संचालित योजना अनुरूप भएको घटना हो !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rojbin

      dubai sastha le ycl lai bhane bhaihalchani k karaira hola ycl le linu naparne thauko paisata uthaidinchha kina byarthma jhagada garne ho

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dipesh jung chhetri

      kuro je vayepani babal nai dekhiyo.maile situation dherai tira bata bujhda kheri aan wala harulai nai thoknu parne dekhe, sala add ko paisa khayera ajhai natirne, tesai motaka chhan yiniharu, ke garnu bichara gorkhapatra ka staff harule vanejati thokna nai sakenan,yiniharulai kutai napugeko ho,sathi ho aan lai jasari pani vakurnu parne po dekhe maile.vaskar daka haruko din feri aaudaichha!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • narayan

      thukka laj nabhayeka nakachchoroharu.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • cRIS

      YCL is a must in current nepal or how else can we sweep this age old ‘trend’ of ours?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • khai desh ko kannon bebashta lai k bhanko khai josh le je garepani thagnupani cha ajah sir thado parnu pani why dont police just chuck them all in the jail

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नरेन्द्र

      रेशमले गोरखापत्रका भरुवाहरु भनेर लेखेकोले मैले पनि तिमी आनकै भरौटे हौ कि भन्ने ठानेको मात्र हो
      जहाँसम्म लम्साललाई अपहरण गरेर लगेको भन्ने कुरो छ
      त्यो हैन । उनलाई त प्रहरीले समातेर लगेका हुन् । त्यो पनि गोरखापत्रले ठगी गर्‍यो भनेर जाहेरी दिएपछि सोधपूछ गर्न हिरासतमा लिएका हुन् ।
      ल मैले मलाई थाहा भएको कुरा बताइदिएँ । तपाईँले पनि तपाईँले थाहा भएको कुरा बताए हुन्छ ।
      बटमलाइन विज्ञापन एजेन्सीहरुले धेरै मिडियाका पैसा ठगेर खाएका छन् भन्ने मात्र हो । बीचबीचमा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Resham

      नरेन्द्रजी कुनै कुरा प्रष्ट हुनुपर्छ भनेर माग गर्नु भनेको भरौटेपना देखाउनु हो भने त भन्नु केहि नि छैन, तर पनि हरेक कुराका दुइटै साइड हुन्छन् होइन र ? मान्छु, तपाईँलाई सायद यो विषयमा म भन्दा धेरै थाहा होला, तपाईँ भूगोल पार्क वरिपरि नै हुनुहुन्थ्यो होला एडवालाले गोरखापत्र वालालाई भकुरेको बेलामा । अनि होला जायज कुरा नै गरेकोहोला गोरखापत्र संस्थानले । तरपनि कुनै समाचारलाई म आफ्नो विवेकले कसरी लिन्छु त्यो म भित्र नै छ नि । कसैले फलानोले यस्तो गर्‍यो भन्दैमा, र यस्तो भन्यो भन्दैमा मैले त्यो कुरा पत्याउनै पर्छ भन्ने जरुरी छैन, त्यहि प्रस्ट्याउन खोजेको थिएँ मैले ।

      गोरखापत्रले विज्ञापन छापे बापत पैसो गन्न पाउनुपर्छ, बटमलाइन त्यहि होइन त? त्यो बारेमा मेरोपनि शतप्रतिशत समर्थन छ, तर जे जस्तो प्रकारले कारवाही अगाडि बढिरहेको छ, त्यो हेर्दा चाहीँ क्याहो क्या हो जस्तो लाग्छ । यदि लम्साललाई अपहरण नै गरेर लगेको हो भने, कस्को कार्यवाहीलाई जायज मान्नु खै ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • deepakj

      Bhaskar Raj Karnikar’s Ad Avenues have huge dues to kantipur somewhere around 50-60 corores. APCA(publisher of The himalayan times and Annapurna post ) once used to hault all Ad avenues ads because they also have huge amount to be collected. When Bhaskar didn’t have any credibility from Ad Avenues his another thagi ko khelo Avenues TV get started. Reports in weekly newspapers said that this Tv station is funded from Pakistani ‘special interest people’. Even though the TV programs and contents seem very interesting and somehow unique,therefore, should be appreciated for its effort.But when its brand name came alongs with Bhaskar then we should know ‘Dal me Kuch Kala hai’.These were some internal information from my friends from my friends who use to work in Bhaskar’s Agency and TV. They even tell us that he use to personally assault his employees. And AAAN( now AAN) ko election is always Dyang ka Dyang ko game ho.Only the party with huge gyang wins the race in AAAN Election.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rame

      जो चोर् उसैको ठुलो स्वर

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • AAN or SHAN?

      In Nepal, if anyone could gather crowd, he has right to do anything. In this case also, the AAN is behaving like that.

      They should be punished for all their miss conduct and looting governmental media.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • आलोक , टोकियो

      आन्ले दियो ड्याङ का ड्याङ अथवा खायो ड्याङ का ड्याङ भन्दा पनि सांगठनात्मक मफिया तन्त्र हाबी हुनुमा चिन्ता गर्नुपर्ने होइन र? तेस् माथि ठगिको समाचारको त कुनै मेडियले पनि खण्डन गरेको पाइएन । बुढी मरी भन्दा पनि काल पल्कियो भन्ने कुरामा चिन्ता गर्नेहो भने आई लाग्ने माथि जाइ लाग्ने गोर्खापत्रका कर्मचारी प्रती मेरो बैचारिक समर्थन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नरेन्द्र

      रेशमलाई भाष्कर र अन्य एड एजेन्सीहरुको चक्रव्युह थाहा नभएको हो कि उनीहरुको भरौटे हो रेशम पनि ?
      गोरखापत्रका थापालाई घाइते बनाएर एडवालाहरुले कुटेपछि गोरखापत्रवालाहरु पनि प्रत्याक्रमण गर्न आएका हुन् त्यहाँ म पनि प्रत्यक्ष दर्शी हुँ त्यहाँ को यी अन्य च्यानलवालाहरु आफूलाई एड नआउला भनेर तर्सिएका हुन् कि के हो अचम्म लाग्छ नभए त उनीहरुको पनि टन्नै पैसा खाएका छन् यी एडवालाहरुले
      हेरिराख्‍नुस् केही दिनमा अन्य पत्रिकाहरुले पनि सूचि निकाले पछि थाहा हुन्छ तपाईँलाई
      विज्ञापन छाप्ने अनि त्यसको पैसा नतिरेर आफूमात्र मोटाउने अनि त्यसो गर्न पाउनु पर्छ भनेर आन्दोलन गर्ने कहाँसम्मको हर्कत हो यो ? तिमी आनको भरौटे हौ भने जवाफ देउ रेशम

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Resham

      आनले दियो ड्याङका ड्याङ होकि, आनले खायो ड्याङका ड्याङ । सापकोटाजीलाई अलि बढ्ता नै रीस उठेको जस्तो माने मैले अब । अघिसम्म ए डीएसएलको कुरा गर्दा त मैले हो नै भनेको थिएँ, तर अहिले चाँही अलि पूर्वाग्रहीपना देखियो है गाँठे ।

      Avenues TV त ल अब भाष्कर राजकर्णिकार कै भयो, अलि बायस्ड नै हुने भयो, तर अहिले त कान्तिपूर र सगरमाथा र इमेज टिभी हरुमा समेत गोरखापत्रका भरुवाहरुले लखेटेर पिटेको भनिराको छ नि, अब तपाईँलाई पत्याउने कि, कसलाई ? फेरि विदेशमा बसेका नेपालीहरुलाई अलि घ्यूमा आगो थपेर समाचार पस्किँदा, तपाईँको कुनै प्रपोगाण्डाको खेल हो कि जस्तो लाग्न थाल्यो मलाई । गोरखापत्रसँग कुनै प्रेम छ कि, होइन कि त्यहाँको निश्पक्ष पत्रकारिता देखेर सहानभुति उब्जेको तपाईँलाई । यसो बुझ्न पाए हुन्थ्यो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • lalkaji

      Here is Kantipur`s version of the story. You judge which one is the fairer version of the truth.

      Gorkhapatra staffers thrash ad agency’s officials
      Kantipur Report
      KATHMANDU, July 4 – Situation at Basantapur Hanumandhoka area in capital has gotten tense after the employees of Gorkhapatra Corporation thrashed the officials of an advertising agency.
      Details to follow…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Narayan Kaji Shrestha

      It is another example of corporate mafia mentality. Do they have any sense of morality? People pay the maney and you do not pay to the papers. It is a kind of day-time dakaiti. It has to stop. Brute force is not everything. Hope Nepali people will understand and start prosecuting them. People have to do something because there is no government in Nepal, whatever is there just corrupt and remnants of bureaucracy which is used corrupt practices and “I am the king” mentality,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • RESPONSE

      nepal ma pani pre-paid system hunu parchha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nepali Tara

      This Bhaskar and Company are criminal minded.
      He was/is CID during the mandale period and till few years back.
      His very close friend Madhav Raj Timilsina ( Mandale, very near to Kamal Thapa and still CID) who owns multi national ad agency called the Crayons Electra located in Tripureswor used to be the master mind and back up of Baskar During Baskar’s tenure as AAAN president.

      So better watch out Gorkhapatra and company.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • xyz

      I know bit about this guy called Bhaskar Rajkarnikar. He pretends himself to be Birendra and once had an affair with Rama Singh. He is the one who had posted a big poster of King Gyanendra congratulating his takeover. Now, he is one of the Vice Presidents of FNCCI- another body of chamchas.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • राम हरी सापकोटा धादिङ धुवाकोट ,हाल नयाँ दिल्ली

      बिज्ञापन एजन्सी हरूलाई कर्बाइ हूनु पर्छ आफ्नु बिज्ञापन चाँही छपौने अनी पैसा चाँही न दिने
      मलाई त लाग्छ एनी हरू ग्यानेन्द्र बादी हून

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    eXTReMe Tracker