मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    नलिनीको नेपाल वनमा फेरि नौटंकी

    भारत मै पनि बदनाम नलिनी सिंहले भारतको संविधानमा अनुसूचित भाषाको टेलिभिजन चलाएर त्यहाँको सरकारबाट अनुदान रकम पाउनका लागि खोलेको नेपाली भाषाको नेपाल वन टेलिभिजनमा फेरि नौटंकी भएको छ। भारतको र भारतबाट प्रसारण हुने टेलिभिजन भएर पनि शक्तिकेन्द्रको आडमा छिमेकी देश नेपालमा निर्वाध प्रवेश, प्रसारण र बिना कर व्यापार गर्न पाइरहेको यो टेलिभिजनका कर्मचारीहरुलाई नलिनीले दासलाई जस्तो व्यवहार र गाली गर्छन् भन्ने खबर त बेलाबेलामा सार्वजनिक भएकै हो। बेलाबेलामा कर्मचारीहरु आन्दोलित पनि हुन्छन्। अहिले फेरि नेपाल वन व्यवस्थापन र कर्मचारी बीच तनाव बढेको छ। यहाँ नेपाल वनका कर्मचारीहरुले पठाएका केही प्रेस विज्ञप्तिलाई जस्ताको तस्तै राखिएको छ।

    नेपाल वनका पत्रकार कर्मचारिहरुले गरिरहेको आन्दोलनका बारेमा श्रम र संचार मन्त्रालय तात्ने भएका छन् । आन्दोलनरत श्रमजवीहरुको आन्दोलन परिचालन समितिका संयोजक मनोज झा मुक्तिको नेतृत्वको प्रतिनिधमण्डललाई बुधबार श्रम र संचार मन्त्रालयले नेपाल वनका कर्मचारिहरुका माग पुरा गराउने सम्बन्धमा अविलम्ब कदम चालिने जानकारि गराएको हो । गत वर्षो बैशाख २४ गते श्रम मन्त्रालय, संचार मन्त्रालय र नेपाल पत्रकार महासंघको रोहबरमा नेपालवनका पत्रकार कर्मचारिहरु र ब्यवस्थापनका बीच सम्झौता भएको थियो । नेपाल वनका पत्रकारहरुले सो सम्झौता कार्यान्वयनको माग गर्दै काम बन्द गर्ने जनाउ दिएपछि असार ३१ गते ब्यवस्थापनले कार्यालयमा प्रहरी तैनाथ गरि पत्रकारहरुलाई भित्र छिर्न दिएको छैन । यसैबीच नेपाल पत्रकार महासंघ, नेपाल वन शाखाले टेलिभिजन कार्यालयमा प्रहरी तैनाथ गरिएकोमा आर्श्चर्य र आक्रोश ब्यक्त गरेको छ । नेपाल वनका पत्रकारहरुले ब्यवस्थापन प्रतिनिधि हकिकद काद्यानले आफूलाई मार्ने धम्की दिएको भनी गलत दावी गर्दै समाचार प्रवाह गरेकोमा खेद ब्यक्त गरेका छन् । काद्दायनले नै पत्रकारहरुलाई मार्ने धम्की दिएको भन्दै सुरक्षाका लागि नेपाल वनका पत्रकारहरुले स्थानिय प्रशासनलाई बुधबार एक उजुरी दिएका छन् । उनीहरुले उजुरीको बोधार्थ गृहमन्त्री, प्रधानमन्त्री र सभासदहरुलाई पनि दिएका छन् । नेपाल वन आन्दोलन परिचालन समिति र पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झा सहितका पदाधिकारीहरुको बुधबार दिउँसो बसेको बैठकले आन्दोलनलाई कडा पार्न बिहिबारदेखि विभिन्न कार्यक्रम घोषणा गर्ने निर्ण्र्ाापनि गरेको छ ।

    नेपाल पत्रकार महासंघ
    नेपाल वन शाखा
    मिति २०६५/४/ १
    श्रीमान प्रमुख जिल्ला अधिकारीज्यू
    जिल्ला प्रशासन कार्यालय,
    काठमाण्डौ
    बिषयः सुरक्षाका बारेमा
    महोदय,
    उपर्युtm सम्बन्धमा भारतको नयाँदिल्लीबाट प्रशारण हुने र काठमाण्डौको तिनकुनेस्थित जगदम्बा टावरमा व्युरो कार्यालय रहेको नेपाल वन टेलिभिजनको व्यबस्थापन पक्षले मिति २०६५ असार ३१ गते देखि कार्यालयमा हामी पत्रकार कर्मचारीहरुलाई प्रवेश गर्न नदिएको जानकारि गराउन चाहान्छौ । व्यबस्थापन पक्षले सादा पोशाकका प्रहरीलाई तैनाथ गरि हामीलाई कार्यालयमा प्रवेश गर्नमा रोक लगाएको हो । यस कार्यलयमा कार्यरत संचारकर्मी , कर्मचारीलाई पर्ूव सूचना नदिई तालाबन्दी गरी यहाँ कार्यरत सबै पत्रकार कर्मचारीलाई काम गर्न पाउने हकबाट बंचित गरिएको छ ।
    हामी सबै पत्रकार र कर्मचारीको तर्फाट २०६४ बैशाख २४ गते नेपाल सरकार र नेपाल पत्रकार महासंघको रोबहरमा व्यबस्थापन र हामी बीच भएको सम्झौता लागू गर्ने माग राखेको तथा आन्तरिक रुपमा मात्र हामीले काम वन्द गर्ने जनाऊ दिएको अवस्थामा व्यबस्थापनले जर्बजस्ती तालाबन्दी गरि हामीलाई भित्र प्रबेश गर्नबाट समेत पर्ूण्ारुपमा बंचित गरेको छ । यसै सिलसिलामा आज विहान हामी कार्यालयमा पुग्दा प्रहरीलाई साथमा लिई बसेका ब्यवस्थापन प्रतिनिधि भारतीय नागरिक हकिकत काद्यायानले हामी एक एक जनालाई बोलाई ज्यानमार्ने धम्कि दिएका छन् । उनले विगतमा पनि हामीलाई धम्काउने गर्दै आएका थिए । हामीलाई आन्दोलनमा उत्रन बाध्य पारिएको अवस्थामा उनले दिएको धम्कीलाई हामीले गम्भीर रुपमा लिएका छौं । मंगलबार केही संचारमाध्यमलाई निज काद्दायनले आफूलाई नेपाल वनका पत्रकारहरुले ज्यान मार्ने धम्की दिएको भन्दै समाचार प्रवाह गरेको देखिन आयो । आफूले त्यस्तो झुठो आरोप लगाएर उल्टै हामीलाई मार्ने धम्की दिइनुले उनीबाट कुनै गम्भीर षडयन्त्रको तानाबाना बुन्न ब्यस्त भएको हामीलाई लागेको छ र हामी चिन्तित भएका छौं ।
    व्यवस्थापन पक्षले हामी कार्यालयमा नभएको बेलामा कार्यालयमा रहेका विभिन्न उपकरणहरु लुकाउन तथा बिगार्न सक्ने गरि शंकास्पद व्यवहार देखाइरहेको पनि हामी जानकारि गराउन चाहन्छौं । हामीले नेपाल सरकार तथा नेपाल पत्रकार महासंघको रोहबरमा गतवर्षबैशाख २४ गते भएको सम्झौता लागु गराउन माग गरेका छौं । सो माग पुरा नभएसम्म तथा ब्यवस्थापन पक्षले हाम्रा माग पुरा नगरेसम्म ब्यवस्थापन पक्षले कार्यालयमा भएका उपकरण चलाउन, बिगार्न तथा त्यसलाई कार्यालयबाट बाहिर लैजान रोक लगाइयोस् भनी हामी माग गर्दछौं ।
    नेपाल वनको कार्यालयमा निज काद्दायनलाई सुरक्षा दिएर राख्नुको कुनै औचित्य हामीले देखेका छैनौं । किनभने निजलाई हाम्रो तर्फाट कुनै खतरा रहेको छैन, बरु उनीबाट हामीले खतराको महशुश गरेका छौं । हाम्रो सुरक्षाका लागि निजलाई तत्कालै प्रहरी नियन्त्रणमा राखिनर्ुपर्छ र प्रहरीले नियन्त्रणमा राख्ने ठाउँ भनेको सम्बन्धित प्रहरी निकायको कार्यालय नै हुनसक्छ । उनलाई नेपाल वनकै कार्यालयमा राखिरहनुमा हामी पत्रकार कर्मचारीहरुले आफ्नो सुरक्षामा खतरा देखेका छौं । तर्सथ हाम्रो सुरक्षाको आवश्यकतालाई ध्यानमा राखी तथा निजलाई सुरक्षा दिनै पर्ने भन्ने सरकार तथा प्रशासनलाई लागेको भए निजलाई कार्यालय बाहिर राखेर सुरक्षा दिनु नै नेपाल सरकार तथा सुरक्षा निकायका लागि पनि शोभनिय हुने हाम्रो धारणा छ र यो हाम्रो माग पनि हो ।
    राजकुमार रेग्मी, अध्यक्ष मनोज झा मुक्ति
    नेपाल पत्रकार महासंघ, नेपाल वान प्रतिष्ठान आन्दोलन परिचालन समिति,
    नेपाल वन टेलिभिजन
    बोधार्थः
    १) नेपाल पत्रकार महासंघ, केन्द्रिय कार्यालय, संचारग्राम काठमाडौं
    २) प्रधानमन्त्रीको कार्यालय
    ३) मन्त्री, गृह मन्त्रालय
    ४) मन्त्री, संचार मन्त्रालय
    ५) मन्त्री, श्रम मन्त्रालय
    ६) सम्पर्ूण्ा सभासदज्यूहरु
    तथा पत्रकारहरुका विभिन्न संघ संगठनहरु

    ………………………………………………………………………………………………………………

    नेपाल पत्रकार महासंघ
    नेपाल वन टेलिभिजन शाखा
    मितिः १ साउन, २०६५
    श्री मन्त्रीज्यू
    सूचना तथा संचार
    विषयः माग पुरा गर्राईपाउँ भन्ने सम्बन्धमा
    महोदय,
    श्रम मन्त्रालय, संचार मन्त्रलय र नेपाल पत्रकार महासंघको रोहबरमा २०६४ साल बैशाख २४ गते नेपाल वन टेलिभिजनमा कार्यरत पत्रकार कर्मचारीहरु र ब्यवस्थापनका बीचमा १४ बुँदे सम्झौता भएको यहाँलाई विदितै छ । ब्यवस्थापनले सो सम्झौता अहिलेसम्म कार्यान्वयन नगरेकोमा यहाँहरुको ध्यानाकर्षा भएकै हुनर्ुपर्छ । अहिले आएर सम्झौता कार्यान्वयन गर्नु त कता हो कता उल्टै हामी कामदार पत्रकारहरुलाई सादा पोशाकका प्रहरी तैनाथ गरि कार्यालयमा पस्न रोक लगाइएको छ । तर्सथ हामी पत्रकार कामदारहरु आन्दोलनमा उत्रन बाध्य भएका छौं । विगतमा भएका सम्झौता कार्यान्वयन गर्राई हामीलाई काममा र्फकने वातावरण मिलाइदिनुहुन आग्रह गर्दछौं ।
    राजकुमार रेग्मी, अध्यक्ष मनोज झा मुक्ति
    नेपाल पत्रकार महासंघ, नेपाल वान प्रतिष्ठान आन्दोलन परिचालन समिति,
    नेपाल वन टेलिभिजन

    नेपाल पत्रकार महासंघ
    नेपाल वन टेलिभिजन शाखा
    मितिः १ साउन, २०६५
    श्री रमेश लेखक ज्यू
    मन्त्री
    श्रम तथा यातायात मन्त्रालय
    विषयः माग पुरा गर्राईपाउँ भन्ने सम्बन्धमा
    महोदय,
    श्रम मन्त्रालय, संचार मन्त्रलय र नेपाल पत्रकार महासंघको रोहबरमा २०६४ साल बैशाख २४ गते नेपाल वन टेलिभिजनमा कार्यरत पत्रकार कर्मचारीहरु र ब्यवस्थापनका बीचमा १४ बुँदे सम्झौता भएको यहाँलाई विदितै छ । ब्यवस्थापनले सो सम्झौता अहिलेसम्म कार्यान्वयन नगरेकोमा यहाँहरुको ध्यानाकर्षा भएकै हुनर्ुपर्छ । अहिले आएर सम्झौता कार्यान्वयन गर्नु त कता हो कता उल्टै हामी कामदार पत्रकारहरुलाई सादा पोशाकका प्रहरी तैनाथ गरि कार्यालयमा पस्न रोक लगाइएको छ । तर्सथ हामी पत्रकार कामदारहरु आन्दोलनमा उत्रन बाध्य भएका छौं । विगतमा भएका सम्झौता कार्यान्वयन गर्राई हामीलाई काममा र्फकने वातावरण मिलाइदिनुहुन आग्रह गर्दछौं ।
    राजकुमार रेग्मी, अध्यक्ष मनोज झा मुक्ति
    नेपाल पत्रकार महासंघ, नेपाल वान प्रतिष्ठान आन्दोलन परिचालन समिति,
    नेपाल वन टेलिभिजन

    No related posts.

    25 comments to नलिनीको नेपाल वनमा फेरि नौटंकी

    • sharas

      भारतीय् बिस्तार्वादको एउटा हतियार हो नेपाल १ च्यानल। मधेश स्पेसल् को नाम मा एस्ले तराइ वासी माझ् साम्प्रदाएकताको बिउ रोपी रा छ र जनता भड्कायर नेपाल लाई टुक्र्याउने खेल खेली रा छ। अब झन एस्ले आफ्नो जरा झन गाड्ने छ किनकी नेपाल मा बिस्तार्वादी का कठपुतली हरु सरकार प्रमुख अनी राष्ट्र प्रमुख हुँदै छन। हेदै जानुस् अब के के गर्छन नेपाल वान ले। अब हामी सबै मिलेर एस्को बिरोध सुरु गर्नु पर्छ सरकार ले केही गर्ने वाला छैन।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ram

      nepal 1 murdhabad

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sharas

      Eff/tLo lj:tf/jfbsf] Pp6f xltof/ xf] g]kfn jfg . dw]; :k]znsf] gfddf t/fO{jf;LnfO{ ttfP/ ;fDk|bfO{stfsf] ljp /f]Kb} 5 . cj emg g]kfn jfg n] cfkmgf] h/f emg uf8\g] 5 lsgsL lj:tf/jfbLsf k’tnLx? g]kfnsf /fi6 k|d’v clg ;/sf/ k|d’v jGb}5g. ;/sf/n] s]xL ub}{g emg dn yKg]5. o;nfO{ xfdL ;j} ldn]/ jlx:sf/ ug’{ k5{

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mahendra Gorkhali

      All Nepali journalists working for Nepal1 TV were living a good life before joining that channel. Now they are treating you badly, and you are all KHATE patrakar….you have no rice at home, no salt, no sugar, no food, no clothes to wear, that is why you are working for DHOTI Indians. You are the ones who are selling Nepal to India. You are all DESH-DROHI patrakar. MAI KA LAAL hau bhane….Nepal-1 TV ko bahiskar gara….Garna sakchhau? Sakdainau…kina ki timiaru Mai Ka Laal nai hoinau…Timiharu ta khate patrakar hau….bhikhari patrakar hau…kaam na payera Tinkune gayeka hau….Tetro Indian Nalini ko laat khayera pani na cheteka mula haru..thukka….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यो दोष न त नलिनी सिंह को हो न अरु कसैको यो त सरासर नेपाल सरकारको दोष हो होइन भने एउटा गलत शब्द प्रयोग गरेको निउ मा नेपाल टेलिभिजन को “अब के हुन्छ ” भन्ने कार्यक्रम बन्द गर्न सक्ने नेता हरुले नेपालको स्वाभिमान माथि नै आंच आउने शब्द तथा कार्यक्रम हरु प्रस्तुत गरेर नेपाली च्यानल को सुचिमा रही रहने नेपाल वन जस्तो टेलिभिजन च्यानल लाई किन प्रतिबन्ध लगाउन सक्दैन ? किन त्यसलाई नेपालमा बिना स्विक्रिती निर्बाध समाचार संकलन गर्न दिने ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sabai le lamo kha sale nepali ycl youth force ani sale des bhati neta haru sale india ma gayera bas

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      यो च्यानललाई पूर्ण बन्देज लगाउनुपर्छ । यसले त्यहाँ कार्यरत नेपाली कर्मचारीहरूलाई पक्कै असर पर्छ, तर भारतीय विज्ञापनहरू, त्यो पनि हिन्दी भाषामा नै प्रशारित गर्न पछि नपर्ने भारतबाटै प्रशारित भइरहेको यो च्यानलले नेपाली मनमस्तिष्कमा भाँड्न खोजेको कुरा आम नेपाली दर्शकले कसरी बुझुन् ? भारतबाट प्रशारित भएकोले यसले करोडौंको राजस्व पनि छल्न सफल रहेको कुरा बाहिर आएको छ ! यस्ता संस्थामा काम गर्नुभनेको राष्ट्रघात गर्नु हो । यसलाई कि त नेपालबाटै प्रसारण गराउनुपर्यो कि त पूर्णरूपमा बन्द गराउनुपर्यो । तर हाम्रा पुच्छर नेताहरूबाट यस्ता कुराहरूको आशा गर्न सकिन्छ र ? ल हैत सचेत कर्मचारीहरू मित्रहरू, तपाईंकै जिम्मा !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bimal

      Nepal One Television ka patrakarharulai sujhab
      1- Tapaiharu Nepal 1 tv lai yadi illigal bhannu hunchha bhane, tyo illigal sanstha ma kaam kina garnu hunchha? Tapaiharuko himmat chha bhane, pahile sabai milera samuhik rajinama dinus ani andolon garnus, sarkar lai jhak jhakyaunus. leagal framework bhitra lyaune prayash garnus.
      2- Nepal 1 ka saathiharuko kuraharu bela bakhat ma sundakheri lag6, uhaharu lai Nepal 1 ko jagir dherai sajilo 6, tyasaile chhadna saknu hunna.
      3- Pahile Nepal 1 ma kaam garisakekaharu, jo aaphno kaam ramro sanga garthe, uniharule ta chhadna sake bhane, ahile jo jo tyaha hunuhun6, uhaharulai chhadna garo kina bhayeko? Nalini Singh kasto manchhe bhanne kura ta Anjana Rawal le thappad haneko katha bata nai pushti bhaisakeko chha ta…pheri kina tyahi c grade ko channel ma kaam garirahanu hunchha?
      4- Hijo tapai sanga nai kaam gareka Arun Dev Joshi, Tilak Koirala, Divyajyoti Mishra, Rajesh Mishra, Gokarna Khatiwoda, Sharmila Upreti, Shiva Lamsal,Gautam Dahal, kumar lamichhane, anjana rawal, purwa singh lagayat le chhadi sake bhane tapaiharu chai tyaha kina jhundiyera basnu bhayekko chha?
      5- Yadi atma samman chha bhane, tyo dhoti ko channel chhadnus ani bahira basera tyo channel lai kanuni dayara ma lyaune prayash garnus, yahi kanuni dayara ma aaundaina bhane tyaslai banda garauna kosis garnus. Kina Nalini Singh jasto kopara ma pishab garera aaphno mukh ma chhita parnu hunchha?
      6- Nepal 1 channel Rishi Dhamala,Rajendra Salabh ra Swagat Nepal jastalai matrai thik 6 saathi ho. Yo kura bujhera pani kina bujh pachaunu hun6 ho? Hijo Bijay kumar Pandey, Yubaraj Ghimire, Gokarna Khatiwoda haru pani tyo channel ma naatayekai hun ni tyo tapaiharulai thaha nai chha ni haina. tyasaile mero gambhir sujhab 6 tapaiharulai, yadi kura atma samman ko ho bhane, pahile nepal 1 bata samuhik rajinama garnus ani tyo channel lai banda garauna lagiparnus. kam se kam banda bhayena bhane pani kanuni dayarama ta aaunchha. pheri aba nepal 1 kaha nepal ko jasto rahyo ta. tarai andolan suru bhayeko din dekhi sushant jha le chalaune madhesh special ko lakshyo bhanekai nepal lai tukryaunu ho bhanne kina nabhujheko jasto gareko ho tapaiharule? arule nabujhepani rajkumar regmi, mukunda dahal, matrika paudel le ta bujhnu parne ho.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • robei

      हेर्नुस है साथी हो अब फेरी ॠषि धमला भन्ने जन्तुको चल्खेल शुरु हुन्छ आफुलाई खुब बरिस्ठ पत्रकार, क्रान्तिकारी पनि ठानि टोपल्छ । अहिले प्रचन्डको पछी लाग्या छ । खास मा यो सुजाताको हरौटे हो। अब यिन्ले यो आन्दोलनको समर्थन गर्दै आन्दोलन मा जान्छ। अनी कुरा पनि मिलाको जस्तो नाटक गर्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sunil

      would you know who is Nalini Sigh? she is the Daughter of one of so called Khati communist leader of Nepal.there is dialema in Nepali communist.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • achiever BK, Guangzhou

      ITS ALL HAPPENING BECASUE OF SUJATA KOIRALA, SHE IS GIVING NALINA SHELTER, THATS WHY THAT INDIAN BITCH NALINA IS CROSSING THE BORDER LINE, IF GOVERMENT CAN’T TAKE THE ACTION, WE ALL NEPALI SHOUL BE UNITY ANAD CHASE THEM AWAY FROM NEPAL.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gole Dai

      माथी कविराज लेखक , हिमराज खुर्पेटो र भास्कर लगायतले भनिसकेकाछन तिनिहरु संग किन काम गर्ने ? काम गर्नु भनेकै पारिश्रमिक पाउनलाई हो ; जुनसुकै कामको पहिलो शर्त पारिश्रमिक हुन्छ , जव त्यहि पारिश्रमिक मिल्दैन र अझ त्यसमाथी आफ्नै घरमा हेपिनुपर्छ भने थप्पक्क नेपालवानको काम छाडे बेस हो नि । भक्तपुरेलेले भनेझैं सरकारले नै दाशता स्विकार्नुको परिणति हो यो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • [phadi london

      magar dai thulo lumpek ki sano lumpek ha?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      यती सम्म हुँदा पनि सबै जिम्मेबार निकाय मौन !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nepali

      yo sale dhoti channel lai sakhap parnupar6. khoi kaha gayo YCL and Youth Force. yasta dalal channel lai tu banda gardai nepali patrakarlai surakshit garnupar6.

      4or so-called Nepal1 Channel murdabad

      sathiharu yahi blog ko madhyam bata so-called Nepal1 Channel bahiskarko aawaj buland garau

      ani so Channel banda garna aajai dekhi lagau

      Nepali

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • R. K. Pagal

      हिमराज खुर्पेटो को कुरा त यो R. K. लाई चित्त बुझ्दो भयो है ,लेख्दै गर्नुस् है साथी, सहि कुरामा मेरो सदा समर्थन छ ,राज कुमार दाई /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Aaryan

      The reporters working on Nepal 1 channel enjoyed a lot of freedom in past few years. They never thought about their nation’s souvernity during the period. I don’t want to be biased, but may be due to the huge amount of money offered to them, many persons including the chief of Reporter’s Club of Nepal reported for Nepal 1. Now, when they have been neglected by the administration, they are calling the same people to whom they never gave damn care. Are they entitled for mercy? I don’t think so.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nimesh Tandukar, swayambhu

      सडकमा टाएर नबलेसम्म केही हुनेवालाछैन । शायद इन्दियन एम्व्यासीले केही नगरेसम्म केही पनि हुनेवाला छैन, किनकी हाम्रो नेताहरुको रिमोटकन्ट्रोन नै इन्दियन्को हात्मा छ । कस्ले के गरोस पनि । यो वाइ सि एल तथा युथ फोर्स त नेपाली दाजुभाईहरुलाई भकुर्नमात्र जानेछस नाना थरिक मुद्दा लगाएर । अहिले पो देखाउनु पर्यो साचैको रास्ट्भक्ति कि कसो साथि हो । स्वदेशि कम्पनिलाई विस्थापित गर्न जानेकाहरुको घैटोमा अहिले अलिकति भएपनि घामलाग्छ कि खै ? नेपाल सरकारलाई गुहार्नु भन्दा वाई, सि, एल तथा युथफोर्स गुहार्ने कि कसो ???
      निमेस

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • magar dai lumpek

      नेपाल नै बिदेसी चएनल को भर्मा बस्छ अनी हुँदैन नैतन्की
      बिदेसी सबी चनेल बन्द गर्नु पर्छ अनी देश म केही हुने मओका हुन्छ
      बल्ल पो देश बन्छ
      मगर दाई लुम्पेक

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Madhab Doha

      यसमा के भन्न सकिन्छ भने, नेपाल वान का संचारकर्मी हरुको हक, अधिकार र सुरक्षा को ब्याबस्था, मिती २०६४ बैशाख २४ गते स्रम मन्त्रालय , संचार मन्त्रालय र नेपाल पत्रकार महासँग को रोहबरमा कर्मचारी र ब्याबस्थान बिच भयको १४ बुदे सम्झूउतालाई तुरुन्त नेपाल सरकार बाट कार्यनयन गराउनु पर्दछ र जुन प्रकारको रबैया ब्याबस्थान पक्ष बाट देखाइयको छ, वास्तबिक छान बिन गरी भारतीय नागरिक हकिकत काध्यानलाई कारबाही गर्नु पर्दछ कि सुरक्षा दिनु पर्दछ नेपाल सरकार समयमानै समस्याको समाधान तिर लाग्नु पर्दछ अन्यथा भर्खरै सल्केको आगोले धोस्त पार्न बेर लाग्दैन ।

      माधव
      दोहा कतार

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • भास्कर

      नेपाल वन लाइ लखेट्नु पर्छ

      नेपालि धर्म र सन्स्क्रिति लाइ गलत भन्ने, हेप्ने र क्रिश्चियन धर्म को खुल्लेआम प्रचारबाजि गर्ने यो “नेपाल वन” टि वि ले नेपाल भन्ने शब्द हटाउनु पर्छ र ढोगि कार्यक्रम हरु तुरुन्त बन्द गर्नु पर्छ

      हाम्रा भारतिय दलाल नेता हरु आफ़्नो मालिक भारतको बिरुद्ध एक शब्द पनि बोल्दैनन, वाइ सि एल को पनि मुख मा ताल्चा लगायेर चाबि भारतका मालिक हरु लाइ सुम्पेको छ, अब जनता जाग्नु पर्छ र यो नेपाल वन लाइ नेपाल को भुमि बाट लखेट्नु पर्छ

      धोति मुर्दाबाद
      नलिनि सिह मुर्दाबाद

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • rajaa

      shahi sarkar le pratibandha lagayeko channel lai kasle pheri media mathiko daman bhandai green signal diyeko thiyo? uslai samatera pahile tundikhel ma jhundyaunu parcha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हिमराज खुर्पेटो

      तातो न भुत्लोको भारतीय ‘नेपाल वन’ च्यानललाई सबै राष्ट्रप्रेमीले बहिस्कार गरौँ । नेपाल आमाको अस्मिता माथि खेल्बाड गर्ने भारतीय च्यानल हीमराजलाई कहिले मन परेन । सर्बप्रथम भारतीयहरुलाई यो खुर्पेटो के हुँकार दिन चाहन्छ भने – यदी सक्छ भने भारतीय किरन्टोकी हुतिहाराहरुले अरु पनि च्यानल खोलुन – ‘अमेरिका वन’, ‘चाईना वन’, ‘पाकिस्तान वन’ —– सक्छ त्यस्ले ??? सक्दैन ??? निक्रिस्ट मानसिकताले भरिएकाहरुले खोल्न सक्ने च्यानल निक्रिस्ट नै हुन्छन । खोलोस न त्यस्ले ‘बिहार वन’, ‘पटना वन’ मलाई भन्नु केही छैन । लाज पचेकाहरु !!! भारतीयहरुले जानी जानी राखेका हुन् ‘नेपाल वन’ नमाकरण । यसले नेपालको अस्मितालाई लछारेको छ, बलत्कार गरेको छ । यसले एउटा अन्तरराष्ट्रिय मापदन्ड, कानुनलाई मिचेको छ । खोइ नेपाली सरकारले अन्तरास्ट्रिय जगतलाई यो मुद्दा दायर गरेको ??? आजै गरे हुन्छ, नभए छिट्टै गर्नु पर्‍यो । प्रस्ट छ, जो कोहीले नेपालको पक्षमा फैसला सुनाउँछ । निर्बिकल्प, नलिनीसहित सम्पूर्ण भारतीयहरुलाई नेपालबाट घोक्रेठ्याक लगाउनु पर्छ । भारतीय च्यानल ‘नेपाल वन’का बिरुद्द सडकमा किन टायर बल्दैन, भारतीय च्यानल ‘नेपाल वन’का बिरुद्द वाइ सि एल किन लुत्रिन्छ, भारतीय च्यानल ‘नेपाल वन’का बिरुद्द एमाले योङ फोर्स किन चुरा लगाएर बस्छ, भारतीय च्यानल ‘नेपाल वन’का बिरुद्द किन गिरिजा, प्रचन्ड, झल केही बोल्दैनन । भारतीय च्यानल ‘नेपाल वन’का बिरुद्द आवाज उठाउने सम्यन्त्र खोइ । खोइ नेपाली पत्र-पत्रीकाहरु सबै मरे कि के हो । कि सबका सबले नलिनिको औँलो चुसेका छन्, हँ ???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kabiraj Lekhak

      पत्रकारबन्धुहरु!!!

      त्यस्तो धोतीको टेलिभिजनमा किन काम गरि रा? खुरुक्क जागिर छाडेर हिड्नुस्| सबै पत्रकारले जागीर छाडेमा कसरी समाचार प्रशारण गर्दो रहेछ हामी पनि हेरौन|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bhaktapuré

      सरकारले नै कृपया हामीलाई हजुरको नोक्कर बनाइदिनुस् भने जस्तो गर्छ । नेपालको सार्वभोउमसत्ताको यो भन्दा ठुलो उपहास के होला ? दर्ता हुन पनि नपर्ने, कर बुझाउनपनि नपर्ने, सेन्सर पनि गर्नु नपर्ने- जे प्रसारण गरे पनि हुने, नोक्कर जस्तो गरी कर्मचारी भर्ती गर्ने- निकाल्ने, नेपालमै केन्द्रित कार्यक्रम प्रसारण गर्ने तर नेपालको कनून चाँही नलाग्ने, क्या गज्जब ? एस्तो जात्त्रा अरु मुलुकमा पनि होला के ? कस्तो पावर होला त नलिनी को तपाईं को घरमा तपाईंलाई नै नोक्कर बनाउने?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker