Users Stat

Users Online.
BuddhiSagar Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

हिन्दीमा शपथ लिने उपराष्ट्रपतिको विरोध


उपराष्ट्रपति परमानन्द झाको पुत्ला दहन गर्नु अगाडि प्रदर्शन गर्दै मकवानपुरका बिद्यार्थीहरु। उनीहरुले हेटौंडाको मुख्य बजारमा रहेको गणतान्त्रिक चोकमा पुत्ला दहन गरे। फोटोः रामचन्द्र सुबेदी

उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा सपथ लिएकोमा देशभर विरोधको लहर चलेको छ। बुधबार शपथ ग्रहण गर्ने क्रममा राष्ट्रपतिले ‘म’ भन्दा उनले सुरुमा ‘म’ भनेका भए पनि पछि ‘मैँ’ भन्दै हिन्दीमा अनुवाद गर्दै शपथ लिएका थिए। मातृभाषा मैथिलीमा समेत शपथ नलिई हिन्दीमा शपथ लिएको भन्दै चरेस काण्डमा फँसेर विवादित न्यायाधीश भइसकेका परमानन्द झाको देशभर विरोध सुरु भएको हो।

उपराष्ट्रपति झाले हिन्दीमा शपथ लिएर नेपालको अन्तरिम संविधानको समेत उल्लङ्घन गरेका छन्। नेपालको अन्तरिम संविधानमा स्थानीय निकायमा मात्र नेपालमा बोलिने भाषा प्रयोग गर्न सकिने उल्लेख छ। त्यसबाहेक सरकारी कामकाज सबै देवनागिरी लिपीमा नेपाली भाषामा हुनुपर्ने स्पष्ट उल्लेख छ। देशको उपराष्ट्रपति जस्तो गरिमामय पदमा बसिसकेपछि शपथ ग्रहण जस्तो सरकारी कामकाजमा हिन्दी प्रयोग गर्नु अन्तरिम संविधानको नै उल्लङ्घन हो। एक त भ्रष्टाचार काण्डमा गन्हाएका व्यक्ति, त्यसमाथि भाषाको विवादले नेपालको प्रथम उपराष्ट्रपति नै विवादमा पर्नु पक्कै राम्रो काम हैन।

उपराष्ट्रपतिको विरोधमा काठमाडौँमा उनको पुत्ला दहन कसरी गरियो, हेर्नुस्-

हेरौँ, कहाँ कहाँ कस्तो विरोध भयो ?

सडकमा उत्रेका सयभन्दा बढी प्रदर्शनकारीले महत्वपूर्ण पदमा आसीन झा नेपाली भाषा र राष्ट्रियताप्रति वफादार नभएको भन्दै आधा घण्टा पूर्वपश्चिम यातायात ठप्प पारेका थिए । त्यहाँ प्रदर्शनकारीले उपराष्ट्रपति झाविरुद्ध चर्को नाराबाजीसमेत गरेका थिए ।

हेटौँडामा विद्यार्थीले उपराष्ट्रपति झाको पुत्ला दहन गरे। हिन्दी भाषामा सपथ लिएको विरोधमा दिउँसो मकवानपुरका विद्यार्थीले उपराष्ट्रपति झाको पुत्ला दहन गरेका हुन् । हेटौँडा बजारको गणतान्त्रिक चोकमा उपराष्ट्रपति झाको पुत्ला बनाई दहन गर्दा नजिकै रहेको प्रहरी कार्यालयबाट आएका प्रहरीसमेत मूकदर्शक भई हेरिरहेका थिए ।

उनीहरुले देशको उपराष्ट्रपति जस्तो गरिमामय पदमा आसीन व्यक्तिले राष्ट्रियता बिर्सेर एक प्रदेशको मात्र प्रतिनिधित्व गरेको भन्दै सबै नेपालीलाई राष्ट्रियताको पक्षमा उभिन अपिल गरे ।


उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा सपथ लिएको विरोधमा बिहीबार मोरङको उर्लाबारीमा निकालिएको पुत्ला।

त्यसैगरी झलारी (कञ्चनपुर) मा उपराष्ट्रपति झाले हिन्दी भाषामा सपथ लिएकामा विद्यार्थीले विरोध जनाए। राष्ट्रियताको प्रतीकका रुपमा रहेका उपराष्ट्रपति झाले मातृभाषा र राष्ट्रिय भाषाको उपहास गर्दै शक्ति केन्द्रहरुलाई खुसी पार्न हिन्दी भाषामा सपथ लिएको भन्दै विद्यार्थीले हिजो र आज महेन्द्रनगरका विभिन्न चोकमा टायर बाली उपराष्ट्रपतिको पुत्ला दहन गरेका हुन् । विद्यार्थीले नाराजुलुससहित महेन्द्रनगरको मदनचोकमा कोणसभाको पनि आयोजना गरे ।

कोणसभामा विद्यार्थी नेता नक्साल बिष्टले राष्ट्रको उपहास गरेर उपराष्ट्रपति जस्तो गरिमामय पदमा नियुक्त व्यक्तिले हिन्दीमा सपथ लिएर मधेसका मैथली, भोजपुरी र अवधि मातृभाषालाई उपेक्षा गरी आफू भारतमुखी भएको प्रमाणित गरेको टिप्पणी गरे।

डडेल्धुरामा उपराष्ट्रपतिले पद तथा गोपनीयताको सपथ ग्रहण गरेको एक दिन नबित्दै गाउँगाउँमा उपराष्ट्रपतिको विरोध गर्दै पुत्लादहन गरिएको छ ।

उपराष्ट्रपति झाले राष्ट्रियतामा आँच पुर्‍याउने किसिमले पद तथा गोपनीयताको सपथ ग्रहण गरेको भन्दै पोखरा र बगरकोटलगायतमा विद्यार्थीले आज बिहानै उपराष्ट्रपतिविरुद्ध नारा जुलुससहित पुत्लादहन गरे।

त्यस्तै सिरहामा प्रथम उपराष्ट्रपतिले हिन्दी भाषामा सपथग्रहण गरेको चुरेभावर राष्ट्रिय एकता पार्टी सिरहा र थरुहट राज्य परिषद् सिरहाले भर्त्सना गर्दै संयुक्त विज्ञप्ति प्रकाशन गरेका छन् ।


हेर्नुस् त विडम्बना, गणतन्त्र नेपालको पहिलो उपराष्ट्रपतिले पदबहाली गरेको भोलिपल्टै यसरी पुत्ला जलाउनु पर्‍यो। यस्तालाई उपराष्ट्रपति बनाउनेहरुले एकचोटी सोच्नुपर्थ्यो कि पर्थेन ? माइसंसारले त उनले उम्मेदवारीको मनोनयन दर्ता गरेको केही क्षणमा नै उनको चरेश काण्डको विवाद सबैलाई स्मरण गराइदिएको थियो। यस्तालाई अब राष्ट्रिय एकताको प्रतिक मान्नुपर्ने ?

विज्ञप्तिमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले सम्पूर्ण नेपाल र नेपालीको पहिचान गराउनसक्ने भाषा र पोसाकमा सपथग्रहण गर्दा नेपालीको शिर गौरवले उच्च भएको उल्लेख गर्दै उपराष्ट्रपति झाले राष्ट्र, राष्ट्रियता तथा आफ्नै अस्तित्व समाप्त हुने गरी हिन्दी भाषामा सपथ ग्रहण गरेकामा आक्रोश व्यक्त गरिएको छ ।

मध्यपुरथिमी-१६लोकन्थलीको जागरुक युवा समूहले आज साँझ उपराष्ट्रपति झाको पुत्लादहन गरे । लोकन्थलीबाट निस्केको राँके जुलुसले विभिन्न क्षेत्र घुम्दै अरनिको राजमार्गस्थित लोकन्थलीमा आई झाको राजिनामा माग गर्दै पुत्लादहन गरेको थियो।

उता, एकीकृत नेपाल राष्ट्रिय मोर्चाले उपराष्ट्रपति परमानन्द झाले संवैधानिक मर्यादाविपरीत हिन्दी भाषामा सपथ लिएको भन्दै त्यसको विरोध गरेको छ । सो घटनाले नेपालीमात्रको मनमा ठूलो आघात पुगेको मोर्चाले बताएको छ । मोर्चाका अध्यक्ष फणीन्द्र नेपालद्वारा जारी विज्ञप्तिमा उपराष्ट्रपति झाले राष्ट्रिय एकता र र्सार्वभौम अविभाज्यतामाथि खुल्ला प्रहार गरेको उल्लेख गरिएको छ ।

उपराष्ट्रपति झाको त्यस कदमले मुलुकलाई विखण्डनतर्फधकेल्ने दुस्साहस गरेको भन्दै मोर्चाले नेपालको रक्षा र बृहत् राष्ट्रिय एकताका लागि सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिएको छ ।

उपराष्ट्रपतिले कसरी सुरुमा झण्डै नेपालीमा बोले पनि पछि हिन्दीमा अनुवाद गर्दै शपथ लिएका थिए, हेर्नुस्-

Related posts:

  1. उपराष्ट्रपतिको हिन्दी शपथ सर्वोच्चद्वारा बदर
  2. उपराष्ट्रपतिको शपथ भाग दुई आज
  3. उपराष्ट्रपतिको देशव्यापी विरोध जारी
  4. 'हिन्दीमा शपथ' नाटकको अर्को अंक
  5. परमानन्दलाई हिन्दीमा शपथ खुवाउन संविधान संशोधन

250 comments to हिन्दीमा शपथ लिने उपराष्ट्रपतिको विरोध

  • tulsi

    नेपालीमा सपथ लिएको भए- उत्तम
    मातृमाषा मैथलीमा सपथ लिएको भए- राम्रै

    हिन्दीमा सपथ लिएको- घोर विरोध गरौ !

    चरेश झा को संपूर्ण कार्यक्रमको बहिष्कार गरौ !

    जय मातृभूमि !!!

    कृपया यो संदेश सबै साथीहरुलाई दिनुहोला ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Pramod

    la la dev
    well done

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • BBhattarai

    bal krishna jha jee ko kura protect garne khalko matra lagyo. remember..hindi language nepal ko sabai thaun ko lingua franca haina. tapai ko kurale ta hami Hindustani haun bhane pani hunchha ki kaso? tapai haru ko aistai kura bata desh divide garna khoje ko ganda awanchha. tapai nepali nagarik ho??? yadi ho bhane tapai Nepali hun bhannu hunchha ki Madeshi? nepali ho bhane desh NEPAL ho? kunai pani desh ko afnai bhasa pahiran (by law) pani ta hunchha. VP jasto manchhe le afno bhasa pahiran lai lat marnu hunchha ta? oath ko din ta National Day ho ki haina. VP le testo din ma nai yesto jatra garepachi kasari leadership garnu hunchha. rastra lai EK DHIKKA banayera lane jimma President ra VP ko ho ki haina? morethan, VP ta future ko President ko candidate pani ta ho. tesai le unko past j jasto bhaye pani aba ek patak Nepali Poshak lagayera Nepali ma oath gardinu bhayo bhane hami Nepal ra Nepali ko shir mathi hunthiyo. present context ma yahi nai solution ho, yo bhanda aru hunai sakdaina.
    thanx

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • ria

    WE DON’T WANT HIM DO OATH AGAIN in nepali language. but there must be fullstop for him. Only his introduction was enough. We want your resignation mr CHARES JHA. malai nepali man parey jastai tapailai hindi language manparcha rey hoina ra. ?? malai ta nepal ani nepali man parcha ani talaai chahi k manparcha ni. afno personal wish ko fulfill chahi afno gharma nai pasera gareko bhaye bes huntho. We don’t need you at all. GOODBYE FOREVER.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • jhakash bro

    मसाने ब्रो !!!!!!!!
    के साह्रो हो ? कतै निहिता तपाईंको भुपु त परेन ? कोनी है कोनी ? निहिता ठमेल तिर नाम कमाको केटी भन्छ तपाईं पर्‍यो राती राती बाउको पर्सको पैसा चोर्ने चोर् !!!! हरामखोर नेताहरुले देको खर्चले नपुगे पछी बाउको पैसा निकाल्दै ठमेल तिर धाउदा धाउदा निहिता सँग लब परे जस्तो छ है ???????? अनी अहिले सोभराज सँग लागे पछी नौ थरिको कुरा गरेर हुन्छ ?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Pradhan

    देशकै ऊप-राष्ट्रपति जस्तो गरिमामय पदमा चुन्नीसकेपछी सम्पूर्ण नेपालीको मन जित्नसक्नु पर्ने ब्येक्तिले आफ्नो पद्को अौकात् बुझ्न नसक्नु कस्तो बिडम्बना? सिमित सन्ख्यालाई खुशी पार्न खोज्ने ऊप-राष्ट्रपतिको बर्तमान व्यबहारले उन्को बिगतको न्यायपालिकाको कार्यकाल्मा कती भएहोलान त भन्ने झल्काउछ। झाले नैतीकअताको आधारमा रजिनामा दिनुपर्छ। जितेर पनि हारेकाछन झा जि ले।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • rajaram

    अल नेपाली राष्ट्र bhakta
    माथि को भिडियो मा हेर्नु होल कि उप्रस्त्रपती पर्मनन्द झा लाई हिन्दी बोल्न सिकौने गिरिज प्र। कोइराला नै हो , सो भिडियो म देखिन्छ कि गिरिजा ले झा लाई “कहिये नाम” भनेर सिकाएको । शायद उनिहरु दुबइ जना ईन्डिया बाट माइग्रन्त भएर नेपाल आएको हो कि ?

    rajaram, usa

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Mr. D. Malla, G. Shrestha New York

    Dear all Nepal lover, have you guys noticed, ex-prime minister G.P.Koirala was also assisting current vice president PERMANANDA JHA,telling “Kahie Nam” during the beginning of oath ceremony. This is very ridiculous.Sounds like all of those people are arriving as an alien from INDIA.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Pramesh

    yo jha lai uprastrapati bata hataunai parchha. chakka jam garera bhaye pani athwa indefinite nepal bandha garera adi birod gari jasari pani yaslai hatau saathi ho. this is not acceptable at all. Hindi is not even a regional language of Nepal.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • H jha

    सबै भन्दा पहिले त त्यो घुस्या लाइ भोट दिएर उप-राष्ट्रपति बनाउने हरु लाई “थुक्क”। उप-राष्ट्रपति पद कै बेज्जत।

    जहासम्म सपथ को कुरा छ, उसले नेपालि मा नै लिनु पर्छ किनकि त्यो पद राष्ट्रीय हो, अन्तराष्ट्रीय वा बर्गीय होईन।

    H. Jha

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • परदेशी कान्छा

    जिबनमा पनि कस्तो कस्तो दिन देख्न पर्ने। हरे शिव।।।शिव शिव

    मेरो विचारमा अब यि नेताहरुले त परै जओस पशुपतिले पने बचाउन नसक्ने भइसक्यो देशलाई।
    हाम्रो देश यहाँ सम्म आउन सबै नेता हरु साथै नेपाली जनता हरुको पनि उत्त्तीकै दोश छ। खै के मात्र लेखु । आज सम्म सबै बिसंगती हरुको एक प्रमुख दोशी प्रचन्ड कसैले मार्न सकेको छैन। तेत्रो मरेको नेपालीहरु रगत तस्को टाउको को जेल झै सुक्न लागि सक्यो। नेपाली हरुको बुद्धी त त छैन छैन बहादुर पनि छैन। मरेका हरुको आफन्त हरु ले पनि एक चोती मार्न कोशीश गरेको नदेख्दा पो छक्क पर्छु मत। पिर गरेर पो के गर्नु …..

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • marendra

    bheda haru….go get a job man

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Sanu

    यो कुनै एक नेपालीको नभै सार नेपाली जनताको बिरोध हो। एक राष्ट्रको सान भनेको त्यस्को भाषा भेश नै प्रमुख हुन। हिन्दी नेपालको राष्ट्रिय भाषा भयको आज सम्म कही कतै घोसोना भएको सुनेको छैन। त्यसैले यो सपथ्ग्रहन को घोर बिरोध छ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Sanu

    यो कुनै एक नेपालीको नभै सार नेपाली जनताको बिरोध हो। एक राष्ट्रको सान भनेको त्यस्को भाषा भेश नै प्रमुख हुन। हिन्दी नेपालको राष्ट्रिय भाषा भयको आज सम्म कही कतै घोसोना भएको सुनेको छैन। त्यसैले यो सपथ्ग्रहन को घोर बिरोध छ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • marendra

    BAN ALL HINDI SONGS,MOVIES AND TELESERIAL NOW……BHEDA NEPALI HO DO STH……AAFNAI HABIT WA BHANUU AFNAI BATA WA AAFNAI ROOM BATA…….AAANI JHA LAI GAAALI GAAAARAAAA…..OTHERWISE…..HEHEHEHHE”AAFI CHOOR ANI THULO SWOOOR”MATRA HO RA BANDAAA KO MAR MATRA NEPALI LE PAUCHHA …..NOTHING ELSE…………”BAN HINDI…EVTHING NOW”

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • marendra

    Nepali haru beda ta bheda nai ho….kahile kahi ta khai ke bhannnneee…hoina jha le hindi ma safat liyo ta ke bhyo ta …..ek choti aafnai apt# wa room ma hernus ta kati wata hindi film ra geeet ko C.D wa DVD chha,,,,aaani kohi rat din pheri hmmmmmm hindi geet gungunai ra hunchha ta….ke ho tyo?????ani aahilee ja le hindi ma oath liyo bhanera risaune….hehehhehe yo ta bhaye na ni..banda le phaida kaalai ta..to dhoti jha lai..ki sadha nepali lai…nepal mai hernus cinema hal dekhi liyera…teleserial hindi chlirahunchha..hindi geet god!!!!! nepali ho EEDI SAKCHHAU BHANI HINDI FILM,GEET ,TELESERIAL,AD,ETC….AAFNO GHAR RA WHOLE NEPAL BATA BAN GARA “aani dhoti jha lai bhannna suhauchha…natra bhane “AAFAI CHHOR ANI THULO SWOR NIKALEKO JASTO MATRA HUNCHHAA”….RA testo manchhhe,NEPALI LAI BHANCHHA “HYPOCRITE”…..BHEDAAAA….ME MYSELF I HATE HINDI MOVIES,SONG,SERIAL ETC………………NEPALI HO NEPAL MA NEPALI RA ENGLISH MOVIES RA GEEET MATRA CHALUNE AAABHIYAN SURUGARAU…..BAN ALL HINDI…HINDI WHATEVER………………AANI JHA LAI HERAULA……………WELL!!!JAI NEPAL NOT NEPALI…

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • ERIC

    i , myself is commited to protest the incident ….

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • madan

    बकबास हो नेपालको राजनीति । भातमारा राजनीति । जनताको गाँस खोस्ने अनि भारतलाई पोस्ने ।

    प्रजातन्त्रको नाममा विदेशी इशारामा चल्ने पाखण्डी राष्ट्रवाद देखिँदैछ अहिले हेर न अस्ति प्रचण्डको बेड सम्म पुगेथ्यो त्यो रअको हाकिम । त्यो त्यो गिरिजा भन्ने नेपालको सदावहार प्रधानमन्त्री सँधै भारतीयको चाकडी गर्छ । २०४६ सालमा टनकपुर दियो बीचमा लक्ष्मणपुर अनि अहिले हरेक जिल्लामा भारतीय फौजलाई पेन्सन क्याम्पको नाममा राखिराको छ । नेपाली जनतालाई १२ महिना अँध्यारोमा पार्ने गरि नेपालको चार ठूला नदी भारतलाई दियो । अहिले हेर न नेपालमा भारतको हिन्दी भाषालाई सरकारी प्रचलनको भाषा बनाउन खोजेको छ ।

    गिरिजा भनेको लेण्डुप दोर्जे हो । डाँका नेपाली जनतालाई चुसेर भारत पोस्छ । नेपाल र नेपालीको लागि राजनीति गरेको भए त्यसले यत्रो समय सम्म शासन चलाउन सक्थ्यो ? भारतको कृपामा गरेको सबै ।फोरम भन्ने त कहाँ मधेजी जनाधिकार फोरम हो र ? त्यो त भारतीयका लागि नेपाली फोरम पो हो ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • maSane

    झकासे ,
    तैले राम्रो कुरा गर्ने नारी ‘सपना’ जस्तो तेरो भागमा पर्‍यो भनी के के जात्ती गर्छु भनेस। तेसैले म तेरो लागी भगवान सँग एउटा प्रथाना गर्छु ।

    हे नाथ, हे प्रभु त्यो नीहीता विश्वाश भन्ने केटी लाई सोभराज सँग छुटाइदेउ र झकासेको भागमा पर्देउ । लौ प्रभु यो झाससेको उद्दार गर ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • garib

    Arko bidwan Bal Krishne Chor hindi bhasako wakalat garchha. Afulai kattiko Bhasabid bhani thando rahechha. Hindi bhasa sabai nepali le bujchhan bhanera teslai kasle bhanyo? Pahile nepali ko yatasthiti bujha ani kehi lekhnu. Hindi bhasa India mai sabai le bujhdainan tyo kura yo thula thula kura lekhne mitra lai thaha chaina ki kya ho? Afnu aama ramri bhayana bhane aruko aamalai aama bhanne? Matri bhasako ra rastra bhasako tiraskar garne? Malai yak jana sathiko rastriya swabhiman lai ABHNANDAN garna man lagyo jasle chai Jha le hindi bhasako sapath linu bhaneko afnu amma mathi balatkar garnu barabar ho.Hami sabai lai thaha chha bhasa bhaneko madhyam ho tara afnu pahichan ra astitwa sabailai pyaro hunchha.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • sushil

    thaks dharai dhannabaad chha jhakas bro yasai blag ma tapai lai chindai thiya ma kahilai vuldina tapai lai sacho ra satta bolna parchha ma tapai saga bolna chahanchhu ratvariko aanido manchha mathika sabai b..l..g pada yak due jana vaata baahak sabai ramra chhan ra jos ma tapai number one shiva usa

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Naba adel

    This Newly elected VP of Nepal deserves immediate arrest and imprisonment on the ground of defying National integrity, extremely poor judgement and shortsightedness. He is a dangerous agent of India. Why didn’t they immediately arrest him while he was speaking on Hindi while taking an oath of Vice President of Nepal? If he translated to Maithili there would have not been any issue.

    All Nepali world wide must unite on this National issue and immediately remove so called VP from the post.

    Very upset in California, USA.

    Naba Kadel

    San Francisco, CA. USA

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Mahesh

    Ont only this Jha but the people who backed him to this VP position are all Indian agent. Selling country in the name of Politics…

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • neena

    Jha le Hindi ma sapath liyo kina?kina ra uslai thaha thiyena ki yo Nepal ho bhanera ra yeha nepali bolinchha bhanera?
    Ki Hindi ramro bolchhu bhanera ho ki ya usko maalik ko pressure thiyo ?Pressure thiyyo bhane ra yedi tyo pakka Nepali nai ho bhane tesle tyo pad naliyeko bhaye hunthyo,thupraichan
    Nepal ma Desh chalauna sakne responsible people.Sapath ko time ma kina kasaile ROKENA????????

    malai euta kura ko yaad ayo France ma euta le nationality apply garecha jaslai French ramro audainathiyo
    refuse huna sakcha bhaniyo kina ki french bolnai audaina bhane kasari teslai french bhanne ?yestai bho kura.
    Nepali bolnai garo lagchha bhane teslai nepali kina bhanne?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • nepali kancho, uk

    जब सम्म चरेस झा ले माफि मागदैन , हामी आन्दोलनमा छौ ।।। नेपाल मा हिन्दी बोलेर यो गौरवमय पल खल्ल्नो बनाएको छ।।एस्ता ब्यक्ती ले भोली जे पनि गर्न सक्छन तेसैले एस्ता लाई बोडर कटाउनु पर्छ ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • RAJ

    chares nanda jha le nepali mathi kuthara ghat gareka chha tyo bhanda badi ghat garne ma NC and UML ko badi hat chha kin ki uni haru lai jankar huda hudai pani 1 patak gair kanuni kam ma muchhisake ka nyadhis lai yo rastha ko garimaya pada sumpinu ma uni haru jo jo chhan ti sabei rastha ghati hun UML le ta congres ko puchhar na chhadne nai bhayo .jahile pani congres ko pachhi lager aafno aim bhanda bahir gauraheko chha position ko lagi feri UML thulo galti gari 3 dal ko gathabandan garyo yo UML ko durbhagya ho. hun ta ijwat nai nabhyeko parti lai beijat ko k bislesad garnu ra….. mero bichar ma nepal comnist party uml ko nam badliyer NEPAL COMNIST PARTY EKIKREET CONGRES BHANNU parla yaso huda uml aru congres sang sahkarya garna lai sahaj hunchha.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Hari prasad ,UAE

    यो दलल लाई नेपाल को उुप रास्ट्पती बनाउने सबी बेकुब हरुलाई खादल मा रखेर पुर्नु पर्छ अनिमात्र थीक हुन्छ

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Kale

    Akhir sabai PAHADI le Afno jaat dekhai halyo ni…
    Kehi hune bala chhaian, aab madhesi afno rights liyerai chhodchha.

    Bhartiya Dalal ta GP, Jhalak ra Prachanda po hun” satta ko lagi je pani garne. Madhesh badi party haru ko hindi ta afno samparka bhasa ho, bolchha- Kehi Khulkyauna sakdaina…

    “HATI CHALE BAJAAR, KUTTA BHUKE HAJAAR”.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Babu

    मातृभूमीलाई नै बेच्न खोज्ने हरु
    राष्ट्रभाषा लाई अबमुल्यन गर्ने हरु
    चरेश तस्कर लाई उम्काउने हरु
    समानानीय भाईदिन्छ त मैले के गरु ।

    राष्ट्रिय पोसाक लाई पञ्चायति पोसाक भन्ने हरु
    राष्ट्रभाषा लाई नै कथित खस भाषा भन्ने हरु
    काठमाडौं भन्दा बिहार लाई राजाधानी मान्नेहरु
    प्रथम उपरास्ट्रपती कहलाइन्छन् त मैले के गरु ।

    सर्बोच्च मा मुद्दा परेका हरु
    गर्नुसम्म भ्रस्टाचार् गरेका हरु
    भर्खर जातिय दल खोलेका हरु
    बहुमतले चुनिन्छन त मैले के गरु ।

    बदलाको राजनीति मा डुब्ने हरु
    पदकै बाद्डफाडमा रमाउने हरु
    झलनाथ र गिरिजा नै बनेपछि गोरु
    बिहारिले हिन्दी बोल्यो त के आस्चर्यमा परु ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Babu

    मातृभूमीलाई नै बेच्न खोज्ने हरु
    राष्ट्रभाषा लाई अबमुल्यन गर्ने हरु
    चरेश तस्कर लाई उम्काउने हरु
    समानानीय भाईदिन्छ त मैले के गरु ।

    राष्ट्रिय पोसाक लाई पञ्चायति पोसाक भन्ने हरु
    राष्ट्रभाषा लाई नै कथित खस भाषा भन्ने हरु
    काठमाडौं भन्दा बिहार लाई राजाधानी मान्नेहरु
    प्रथम उपरास्ट्रपती कहलाइन्छन् त मैले के गरु ।

    सर्बोच्च मा मुद्दा परेका हरु
    गर्नुसम्म भ्रस्टाचार् गरेका हरु
    भर्खर जातिय दल खोलेका हरु
    बहुमतले चुनिन्छन त मैले के गरु ।

    बदलाको राजनीति मा डुब्ने हरु
    पदकै बाद्डफाडमा रमाउने हरु
    झलनाथ र गिरिजा nai बनेपछि गोरु
    बिहारिले हिन्दी बोल्यो त के आस्चर्यमा परु ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Babu

    मातृभूमीलाई नै बेच्न खोज्ने हरु
    राष्ट्रभाषा लाई अबमुल्यन गर्ने हरु
    चरेश तस्कर लाई उम्काउने हरु
    समानानीय भाईदिन्छ त मैले के गरु ।

    राष्ट्रिय पोसाक लाई पञ्चायति पोसाक भन्ने हरु
    राष्ट्रभाषा लाई नै कथित खस भाषा भन्ने हरु
    काठमाडौं भन्दा बिहार लाई राजाधानी मान्नेहरु
    प्रथम उपरास्ट्रपती कहलाइन्छन् त मैले के गरु ।

    सर्बोच्च मा मुद्दा परेका हरु
    गर्नुसम्म भ्रस्टाचार् गरेका हरु
    भर्खर जातिय दल खोलेका हरु
    बहुमतले चुनिन्छन त मैले के गरु ।

    बदलाको राजनीति मा डुब्ने हरु
    पदकै बाद्डफाडमा रमाउने हरु
    झलनाथ र गिरिजा बनेपछि गोरु
    बिहारिले हिन्दी बोल्यो त के आस्चर्यमा परु ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • dipu

    किस्मत के खेल निराले हैं…एक तरफ जहां बड़े भाई परमानंद झा ने नेपाल का उपराष्ट्रपति बनकर अपनी अंतरराष्ट्रीय पहचान बनाई है वहीं उनके छोटे भाई धनानंद
    झा बिहार के दरभंगा में साईकिल की दुकान चलाकर अपना जीविकोपार्जन कर रहे हैं।

    नेपाल के नवनिर्वाचित उपराष्ट्रपति परमानंद झा ने जब अपने पद की शपथ ली तभी मिथिलांचल के इस सपूत ने देश और दुनिया के मानचित्र पर बिहार के
    दरभंगा जिले को अपनी एक नई पहचान दिलाई। झा के नेपाल का उपराष्ट्रपति बनने से पहले दरभंगा जिले के कुशेश्वर स्थान प्रखंड स्थित गरौल गांव की अपनी
    कोई पहचान नहीं थी लेकिन उनके इस पद के संभालने के साथ ही इस गांव में रह रहे उनके छोटे भाई धनानंद झा समेत अन्य ग्रामीणों के बीच जश्न और उत्साह
    का माहौल देखा जा रहा है।

    उपराष्ट्रपति के छोटे भाई धनानंद झा बताते हैं कि वह चार भाई हैं और उनमें सबसे बड़े परमानंद झा हैं। इस मध्यमवर्गीय परिवार की साईकिल की एक दुकान है जिसे
    धनानंद झा चलाते हैं। हांलाकि साईकिल की दुकान से होने वाली आय से इस मध्यमवर्गीय परिवार का मुश्किल से ही गुजारा चल पाता है लेकिन वह इतने से ही संतुष्ट हैं।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • basanta

    गिरिजा बाबु ले चरेश झा लाई सहयोग गरेको मन परेन। चुप लगेर बस्नु नि किन सिकाउनु पर्‍यो होला। राम्रो सँग हेर्नुस् त भिडियो एक पटक

    मैथली मै गरेको भये पनि ठिकै हुन्थ्यो। यिनी चरेश झा मधेशी कम्युनिटी ले मात्र जितएर आएक हैनन। यिन्ले कुनै क्षेत्र को प्रतिनिधित्व गर्ने होइन , सबै नेपाली को गर्ने हो। यो अत्ती भो। बिरोध गरौं साथीहरु

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • jeet

    yo Prayas bhannne kun chahi khuskat ho?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Prem

    यो भिडियो मा गिरिजा ले के भन्यो ?

    यो भिडियो मा गिरिjaa ले के भन्यो ?

    यो भिडियो मा गिरिजा ले के भन्यो ?

    यो भिडियो मा गिरिjaa ले के भन्यो ?

    यो भिडियो मा गिरिजा ले के भन्यो ?

    यो भिडियो मा गिरिjaa ले के भन्यो ?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • preety_mind@yahoo.com

    भस्ट छबी, अनी भारत परस्त, desh को दुर्भाग्य हो यो , एस्ता लाई उप राष्ट्र पती पाउनु, पहिल नै घिर्णा भएको मान्छे तेस्मा बिहारी हरु को काठपुतली। कस ले सम्मन दिन्छ एस्ता हराम लाई । देश मा बिरोध क स्वोर हरु सुन्न पाइयो ठिकै लाग्यो , रगत मा नेपाली पन हुनेहरु सबैले एस्तो काम लाई बिरोध गर्छ तेसै को उपज देश लाई माया गर्ने हरु को स्वोर उचो भयो तर पनि उदेक लाग्ने येउटै मधेसी हरु एस्को बिरोध म बोलेको पाइएन । फोरुम , त म लो प अनी अरु कती कती नेपाली खोल ओढेर बिहरी राजनीति गर्ने हरु । यिनिहरु माथि लगेको धोतीबाद को कलंक बाट यिनिहरु कहिलेही मेटिने भएन । तर अरु सँका थपियो एनिहरु के सचै नै बिहारी हरु का लौटि हुन त । अनी नेपाल लाई खाएर धोती को लौटि बित्र बस्न जने । सचै नै एस्त हारम हरु सँग सतर्क हुनु पर्छ । साथी हरु हो एउत पहल गरु कि यो उप राष्ट्र पती उर्फ बिहारी लाई सधैं बिरोध गरौ अनी एस्को सभा समेलन बहिस्कर गरु अनी एस्त को हत बाट कुनै पनि मान सम्मान क पगरी हरु नगुथौ । भन्नै पर्छ बिहरी चोर् नेपाल छोड् ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Dev Raj Acharya

    सबको बिचारमा सहमत भई आन्दोलन मा जाउ,
    मन दुखाउने चरेश झा को पुत्ला जलाउ।
    पुत्ला मात्रै होइन साथी निवास घेर्न जाउ,
    राजिनामा नदिएमा क्रान्ति गराउ।

    चुप लागि बसे भने बाटो छेकिदिउ,
    तेसपछी दुलो छिर्छ, देसै रोकिदिउ।
    वाध्य हुन्छ चरेश झा पद छोड्नलाई
    या त माया गर्छ तेस्ले मात्री भाषा लाई।

    जय देश जय जनता

    देव राज आचार्य
    एबर्डीन विश्वबीधालय
    बेलायत

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • rajanis_80@yahoo.com

    उठ नेपाली, जाग नेपाली, नेपाल आमTको इज्जत जोगाउन एक ढिक्का भएर अघी बढ ।
    यो कुलङ्गार झा लगायत मधेशी फोरम नामकT कुनै पनि दुई खुट्टे जनाबारहरुले हाम्रो पवित्र मत्रिभूमुमीको माटोमा टेके भने पनि हाम्रो माटो अशुध्ध हुन्छ ।
    हाम्रो देश हाम्रो आमा हो । आमाको इज्जतमा हात हाल्न खोज्नेलाई छप्काउनै पर्छ । यो देश हामी सबैको हो तर यो फोरम नामको भारतीय दलाल हरुको चाँही हैन यिनिहरुलाई भारत तिरै लखेट्नु पर्छ ।

    संसार भरका नेपाली एक हौ ।

    जय मातृभूमी नेपाल ! जय मातृभूमी नेपाल !!जय मातृभूमी नेपाल !!!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Ravi

    nepal politics guided by india…….this is only symtom, but later what will happen? no one can say……sure result comes bad.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Tej Pun

    त्यो साला धोती लगाएर, हिन्दी मा सपथ लिने र गन्हाएको पूर्व न्यायधिश् लाई पद्च्युत गर्नै पर्छ।
    यो सबै दुर्घट्ना घट्नुको एउटा मुख्य कारण बाम्पन्थी सिद्धान्त को मकुन्डो लगाएको र एउटा हरुवा नेता मा. कु. ने. ले हांकेको “दही चिउरे” कमुनिस्ट पार्टी “एमाले” ले आँखा चिम्लेर मधेसी दलहरु को घुस खाएर भोट् दिए पछी को प्रतीफल हो ।
    भोट् अगाडि माओवादीले भनेकै रहेछ कि सबै उमेदवार हरु मधेसी दल बाट हुँदा अरु क्षेत्र हरु उपेक्षित हुनेछन त्येसकारण् ले एमाले बाट अरु कुनै स्वोतन्त्र, बुद्दिजिवी, जनजाती वा महिला उमेदवार ल्याउनुहोस् भन्दा हामीलाई bottom line मा गृह मन्त्रालय चाहिन्छ भनेर bargenning गर्ने एमाले ले अहिले नै एउटा स्वार्थी भावना जनाउनु हुने थिएन ।

    त्येस्कारण् हाम्रो लागि बहुदलिय जानवादि महान नेता कम्रेड मदन भण्डारी अहिले हाम्रो अगाडि नुहुनु अर्को एउटा दुर्भाग्यपूर्ण अवस्था हो।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Deepak Khadka, Doha, Qatar

    What the hell going on there…..? if the person dont know the our mother tounge how he will serve our mother…may be the party choose the stupid person….Any way….“ The most difficult gadget to operate is a human being. It has invisible buttons, but if you press the right ones, it works ! so let him teach some lesson so he will talk in Nepali oter wise charesh can’t be out vice presedent…..
    Deepak Khadka
    Doha, Qatar

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • SWATANTRA SINGH

    Parmanand Jha has right to swear in whatever language he prefers. Why in Nepali?…. as Nepali is connecting language in Pahad of Nepal, so is Hindi in Terai.
    Are pahade leaders ready to take oath in their mother tounge?

    People who test nationalism based on language are fools and have tiny brains. Grow up – its the feeling that matters, not the language.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Gopal kandel, BOSTON,usa

    यदी यो चरेस झा ले माफि नमागी कन बस्छ भने यस्लाई सार्बजनीक रुपमानै सारा नेपाली ले बहिस्कार गर्नु पर्छ र अझै अटेर गर्‍यो भने जहाँ भेट्यो तेही जनताले भाटे कारबाही गर्नु पर्छ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • jack

    jha chor desh chod!!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • thule

    Jhakas bro and asis swiss Iam with u.Don’t scared with such a barking dogs of the steet.They will scape soon.keep it up your comment.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • jhakash bro

    डन ब्रो
    एस्ता खाले आईमाई मेरो घरमा निक्ल्यो भने बागमतीमा बगाएर बिष्णुमतिमा खोज्नु जान्छु । यस्ले कुन हिसाब ले प्रचन्ड बाबुरामको पुत्ला जलौने कुरा गरी ?????????साला र?????????????????????????????

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • मनिष

    सर्वप्रथम राष्ट्रिय जनमूक्ती सेनाको आन्दोलन प्रती पूर्ण असहमती जनाउंछु । किन?

    - माओवादिको १० बर्से यूध्द, जनआन्दोलन भईसक्यो । राजा हटे, गणतन्त्र आयो । अब आन्दोलन के का लागि? सधैं आन्दोलन त, स्थिरता र बिकास कहिले? आन्दोलन आन्दोलनको लागि हो भने यसको अन्त्य कहिल्यै हुनेछैन ।
    - भारतको बिरोधले नेपालको बिकास हुने होइन । हाम्रो स्वार्थ अनुरुप उनिहरुलाई प्रयोग गर्ने हो न कि हामी उनिहरुको गोटी । बिरोध र आन्दोलन हामी आँफै भित्र हुनु पर्‍यो ।
    परिवर्तन हामीहरु नै हुनु पर्‍यो । त्यो हामी भित्र हुनु पर्‍यो, बाहिर होइन ।

    उपराष्ट्रपती बारे,
    यो देसले उनलाई जन्मायो, हुर्कायो, पढायो, सक्षम बनायो, जागीर दियो । आज उप राष्ट्रपती समेत बनायो । जिन्दगी भर दौरासुरुवाल लागाए, नेपालीमै निर्णय लेखे, सुनाए, न्यायाधिस भएर । तर, आज सबै नेपालीको प्रतिकको रुपमा उभीनु पर्नेमा धोती लागाउनु, त्यस माथी हिन्दिमा सपथ लिनु भनेको नेपाल माताको अनादर गर्नु हो । धिक्कार छ उनिलाई । यस्ता दलाल नेताबाट देस आज नाङो भएको छ । बिरोध गर्ने शब्द भण्डार रित्तिएको छ । के भन्नु खै, यस्ता निच अधर्मिलाई?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Durga

    Who is this Balkrishna Jha ? and what the hell is he talking about? He must be relative of that Indian Dalal so that he is talking like this nonsense. I suggest him for not to encourage such a disloyalty to the nation. If so then go to hell with that rascal and betrayer Parmanda Jha.

    DGodar

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Parbin Samir

    Charesh Jha is not our Voice Pracedent of Our Countary

    Nepal
    Samir

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • man lama

    भारतिय बिस्‍तारबाद मुर्दाबाद परमान्‍नद झा देश छोड
    man lama

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes