मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    राष्ट्रपतिद्वारा राष्ट्रिय अखण्डतामा जोड


    राष्ट्रपति रामवरण यादवले अहिले साँझ ६ बजेदेखि राष्ट्रलाई सम्बोधन गर्दैछन्। राष्ट्रपतिले पहिलो पटक राष्ट्रलाई सम्बोधन गरेका हुन्। आफ्नो ८ मिनेट लामो सम्बोधनमा राष्ट्रपतिले राष्ट्रिय अखण्डताप्रति प्रतिवद्धता व्यक्त गरेका छन्। नेपाल रहेमात्र नेपाली रहने र नेपाली रहे मात्र लोकतन्त्र रहने राष्ट्रपतिले बताए। राष्ट्रिय सार्वभौमिकता र अखण्डतालाई कायम राख्‍नुपर्ने पनि उनको भनाई थियो। सबै नेपालीको जय होस् भन्दै राष्ट्रपतिले आफ्नो सम्बोधन टुंग्याए। यसअघि राजाहरुले गर्ने सम्बोधनहरुको अन्त्यमा श्री पशुपतिनाथले सबैको कल्याण गरुन् भन्ने गरेका थिए।

    सम्बोधनको पूर्ण विवरण। भिडियो प्रतीक्षा गर्नुहोला।

    आदरणीय नेपाली दाजुभाइ दिदीबहिनीहरु,

    अहिले हामी नेपाल र नेपालीको भाग्यरेखा कोर्ने नयाँ संविधान बनाउने तयारीमा छौं। आउँदो दुई वर्षभित्र संविधान लेख्‍ने ठूलो चुनौति हामीसमक्ष छ। यो चुनौति पार गर्न संविधानसभामा भएका सबै राजनीतिक शक्तिहरु र सबै नेपाली जनता मिलेर अगाडि बढ्नु आजको आवश्यकता हो। तब मात्र हामी आफैंले लेखेको संविधानले नेपाल र नेपालीको उज्यालो भाग्य रेखा कोर्नेछ। देश र जनताको भविष्यसँग जोडिएको संविधान निर्माणजस्तो ऐतिहासिक कार्यमा नेपालको अन्तरिम संविधान २०६३ अन्तर्गत रही मेरो पूर्ण सहयोग र समन्वयात्मक भूमिका रहनेछ।

    आज हामी सबैले देखेको नयाँ नेपालको सपना साकार पार्न सबैको एकताको त्यत्तिकै खाँचो छ। यो एकताको जगमा मात्र जातीय र क्षेत्रीय सदभाव कायम राख्दै वैज्ञानिक र न्यायिक ढङ्गले राज्यको पुनःसंरचना गरी हिंसारहित सभ्य समाजको निर्माण र आर्थिक सामाजिक उन्नतिको आधारशिला खडा गर्न सकिन्छ।

    वर्षौको तीतो अतीतलाई पछाडि छोडेर मीठो भविष्यको यात्रामा अगाडि बढ्न र हाल जारी शान्ति प्रक्रियालाई एउटा तार्किक निष्कर्षमा पुर्‍याउन राष्ट्रिय एकता र मेलमिलाप बाहेक अर्को बाटो हुनै सक्तैन। त्यसैले अब गठन हुने सरकारले सबैलाई साथ लिएर सबैको हितका लागि आफ्ना नीति र कार्यक्रम अगाडि सार्ने विश्वास मैले लिएको छु।

    अबको समय नेपालका लागि शान्ति स्थापना सामाजिक न्याय विधिको शासन र समावेशी लोकतन्त्रको माध्यमबाट नेपाल र नेपालीको अनुहास फेर्न अत्यन्त महत्वपूर्ण हुनेछ। यस अवधिमा राज्यको पुनःसंरचना एवम् बहुदलीय लोकतन्त्रका सही र बलिया आधारहरु तयार पार्दै आम जनताका आधारभूत आवश्यकता पूरा गर्न भौतिक संरचनाहरुको निर्माण तथा पुनःनिर्माण एवम् दिगो शान्ति प्राप्त गर्नु नै हामी सबैको प्राथमिकता हुनेछ।

    नेपालको इतिहासमै पहिलो पटक जनता आफैंले संविधान बनाई आफ्नो भाग्यरेखा आफैं कोर्न अहिले आएको ठूलो अवसरसँगै चुनौती पनि त्यत्तिकै ठूलो छ। यस चुनौतीलाई अवसरमा परिणत गर्ने ठूलो मौका प्राप्त भएको छ। त्यसैले हामीमा सकि्रयतासँगै सतर्कता पनि त्यत्तिकै जरुरी छ। मलाई विश्वास छ हामी सबै नेपालीहरुमा यो चुनौती पार गर्न सक्ने क्षमता र आत्मविश्वास छ।

    आफ्नो कर्तव्य र जिम्मेवारीमा सँधै सजग रहिआएका सबै राजनीतिक दलहरु नेपाली सेना प्रहरी कर्मचारीलगायत विभिन्न सबै पेशा र वर्गका मानिसहरुको सामूहिक र एकताबद्ध प्रयासले मात्र देश अगाडि बढ्न सक्छ भन्ने कुरामा शङ्का छैन। नेपाल र नेपालीको यस्तो एकताबद्ध प्रयासमा हाम्रो हित चाहने मित्रराष्ट्रहरु लगायत सबै अन्तरराष्ट्रिय समुदायबाट प्राप्त सहयोग निरन्तर हुने कुरामा म विश्वस्त छु।
    आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु

    तपाईहरुले ठूलो विश्वास गरेर मलाई देशको गरिमामय सर्वोच्च पदमा फर् याउनुभएको छ। म एउटा सामान्य किसानको छोरा हुँ। नेपालको माटोमा जन्मेर नेपालकै माटोमा लडीबुडी खेल्दै हुर्कँदै राष्ट्रपतिको पदसम्म फग्दा किसान मजदुरलगायत सारा नेपालीको सुखदुःखसँगै मेरो सुख दुःख पनि गाँसिएको छ।

    तराई-मधेस पहाड र हिमाल जहाँ बसे पनि जुनसुकै भाषा बोले पनि जुनसुकै भेष पहिरिए पनि जुनसुकै धर्म माने पनि हामी सबै सबभन्दा पहिला नेपाली हौं। नेपाल रहे मात्र हामी रहन्छौं। हामी रहे मात्र लोकतन्त्र रहन्छ। लोकतन्त्र रहे मात्र देश बन्छ।

    अन्तमा देशको सार्वभौमिकता अखण्डता राष्ट्रिय एकता स्वाभिमान जातीय र साम्प्रदायिक सदभावलाई कायम राखी नयाँ नेपाल निर्माणको यात्रामा हातेमालो गर्दै हामी सबै अगाडि बढौं।

    सबै नेपालीको जय होस्

    जय नेपाल !

    No related posts.

    61 comments to राष्ट्रपतिद्वारा राष्ट्रिय अखण्डतामा जोड

    • झकास ब्रो जि,
      नडराएर के गर्नु ।।। तपाइले बोल्न थाल्नु भयो भने माइसन्सार नै गन्हाउनेगरी बोल्नु हुन्छ, गन्हाउने शब्द बोलेकोमा न आँफै तपाईं आत्माअलोचना गर्न जान्नु हुन्छ न तपाईंको कमेन्ट को मोडेरेसन नै हुन्छ बरु उमेश जि लाई नै सोध्ने कि वहाँ पनि तपाईं देखी डराउनुहुन्छ कि भनेर ।।।।।! भरै वाइ स्याल लगाइदिने के बेर दुवै जना लाई।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jhakash bro

      बोधार्थ ब्रो जि
      मैले भन्नु खोजेको त्यो होइन नि ब्रो !
      राष्ट्रपती को बक्तब्य समय सापेक्छित छ । धेरै राम्रो छ एस्मा हामी सबैको शाहयोग चाहिन्छ उहाको कार्य सफलताको लागि । मैले त केबल राजन लाई छ्ड्के हानेको पो त ब्रो ? किन कि हाम्रो राजन जि लाई काङ्रग्रेशी नेताहरुले पादयो भने गनाउदैन उस्लाई त खास गरी गिरिजाको पाद पनि बास्ना आउछ । झन शाह्रो सबैलाई चित्त बुझ्दो बक्तब्य । उस्ले मलाई मन पर्‍यो भनेर भन्नु पर्ने जरुरिनै छैन पो भन्नु खोजेको नि ब्रो !
      हाहाहा अनी हाम्रो डा कुवर जी के शाह्रो दराउनु भएको नि ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मनिष

      प्रयास जी हरु,

      राम्रो कामको support र नराम्रोको बिरोध गर्न पछी हट्नु हुन्न ।
      प्रयास-२ जी को आग्रह अती उत्तम छ । लेख्दै जानुस् ।
      अनी प्रयास-१ जी, तपाईंले खोजेको संबिधान त कती सुन्दर थियो नी! हैन?
      हामीले चाहेको कुरा त राख्दै जानु पर्दैन र?

      कसरी बुझ्ने तिम्रो मनकोभाषा
      बोल्दै नबोलेपछी
      कसरी सुझ्ने तिम्रो आँखाकोईशारा
      नसन्काइ दिएपछी
      **
      कसरी अर्थ लगाउने तिम्रो स्विक्रिती
      नमुस्कुराइ दिएपछी
      कसरी थाहा पाउने तिम्रो चाहना
      लेख्दै नलेखेपछी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मनिष

      जे होस् हाम्रा राष्ट्रपती पनि डा. छन, गर्व गर्नु पर्छ ।

      डा छौ शिक्षाको महत्व
      बुझ्ने काम गरे
      अशिक्षाको अन्धकारलाई
      हटाउने काम गरे
      यसबाट बालबालिकाहरु
      बन्चित हुन नपरोस
      ज्ञानको ज्योति फैलेर
      कर्म सफल बनोस
      **
      डा छौ स्वास्थ्यको महत्व
      बुझ्ने काम गरे
      जन जनको स्वास्थ्यलाई
      तन्दुरुस्त पार्नेकाम गरे
      शिक्षा र स्वास्थ्य नै
      जीवनको आधार हो
      सार्थकहोस् जनताले तिमीलाई
      राष्ट्रपती बनाएको

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • RK USA

      हो रामबरन जी पाहिले देखि सफल र असल ब्यक्ति हुनु हुन्छ !! ,,मलाई थाहा भये बोमोजिम ,,उहा ले भानु चौक संगै जनकपुर को प्राइवेट भाडा को घर मा अफ्नु क्लीनिक्क , र नर्सिंग होम जनकपुर मा उहा संचालक मा कार्यरत हूदा कतिपय आर्थिक कमजोर समुदाय को निसुल्क उपचार गरे को कुरा म साथी कहा जनकपुर घुम्न जादा तहा का मेरा sekhar कार्की थार भएका मित्र ले भने पछी म उ मित्र संगै उहा लाई भेटन गयेको थिए ,, sachikae उहा एक suro , अली कड़क स्वभाब र मयागरने ब्यक्तित्व को धनी हुनुहुदो रहेछ ,, तेस समय देखि उहा प्रति सकारात्मक प्रभव परेको छ ,,, तेस समय जस्तेए अहिले पनी उहा संग एक नेपाली को नाताले , देश अनी बिभिन्न समुदाय प्रति को सकारात्मक भवाना को कामना गर्देए पुनः मंगल माया शुभ- कमाना ब्यक्त गर्दछु ..सफलता नई सफलता मिलोस् ,,,, ! ! !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Anupama

      Congratulation to our honarable President.I think he is the deserving one.As he is an intellectual,Well educated and straight forward.After reading his biography I came to know that he is so good in his academics, he is having clean personality I guess .It is said that there is a woman behind in every successful man.But in his case he is deprived of that.So we all hope that he will do something good to our nation.So let him boost up rather then harashing him.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • K N Udas

      Thank god we happened to have a nice president. WE have heard just good about him. I will feel proud to put his picture in my room.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Elegant

      हिजोका दिनमा नेपाली माओबादीहरुले भारतियको आडमा नेपाली जनता माथि धाँवा बोल्दा राष्ट्रियता कुन चाँहि खल्तिमा राखेका थियौ र आहिले राष्ट्रपति डा. राम वरण यादवलाई आरोप लगाँउछौ?

      त्यो बम काण्डका नाईके राजाराम भन्दा त डा. राम वरण यादव नै सच्चा राष्ट्रबादी नेपाली हुन्|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • vikram

      nepal ko pahilo rastrapati lai mero namaskar. waha ko des bhakti lai ma sadhai samman garchu. aru le pani tapai sanga dherai kura haru sikun. desh ko lagi sachha desh bhakta le k garnu parcha bhanera?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • राष्ट्रपती जि को पहिलो बक्तब्य राम्रो लाग्यो , वहाँ लाई बधाई छ सबै नेपाली हिमाल, पहाड र तराइ सबै ठाउका जनता लाई समेटेर सन्तुलित भाषण अनी देश को अखन्डता प्रती जोड दिनु भएकोमा, वहाँको कार्यकाल सफल रहोस् भन्ने शुभकामना।

      अनी बोदार्थ जि,
      तपाईं को झकास ब्रो लाई सम्झाको कमेन्ट त राम्रो लाग्यो तर मलाई डर छ वहाँले तपाईंलाई फेरी जवाफ कस्तो दिनुहुनेछ, वहाँलाई चाहे राष्ट्रियता को कुरा गर्नुस् चाहे अरु कुनै, तपाईंलाई थाहा छैन होला झकास ब्रो लाई बिसुद्द नेपाली बोल्न आउछ, वहाँलाई माओवादीको नराम्रो कुराको बिरोध गरेको होस् कि, वा अरु कुनै पार्टीको राम्रो कुराको समर्थन गरेको होस् शब्द आउने बिसुद्द नेपाली नै हो, वहाँ बाट आएन भने वहाँका साथीहरु “”गोज्याङ्रो”", “”डन”" अथवा “”बिशाल”" बाट त पक्कै आउछ, तसर्थ तपाईं तयार बएर बस्नु होला वहाँ हरुको बिसुद्द नेपाली को स्वाद चाख्न….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      सम्बोधन सन्तुलित छ, व्यबहार मा पनि सन्तुलित भाईदियोस ,शुद हरुका गर्जन हरुले असन्तुलित हुँदै धर्मराउन नपरोस ! शुभकामना ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      आह !!सधै जाली फटाह मात्र पद माँ बसने नेपालको परम्परा लाइ तोड्दै एउटा किशान को छोरा रास्त्रपति ,कती सुहायेको ,ढिलाई भयेपनी यो चै सारै राम्रो निर्णय भयो |हामी सधै गिरिजा,माकुने मात्र देखानेलाई रामबरण ले भ्रम हताइदिये|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बोधार्थ

      झकास bro.(broadcasting pvt.ltd.) जी
      तपाईं पनी के भा भन्या ? के तपाईं ले बक्तब्य त पढ्नु भो राम्रो सँग ? कहाँ राष्ट्रपतीले नेपाल लाई ईन्डियामा मीसौने कुरा गर्या देख्नु भो र ? की सन्तुलीत बनाउन बक्तब्यमै पर्चन्डलाई पनी सम्झन पर्ने हो की क्या हो ? हो भने चै तपाईं पनी पक्का ‘मावोबादी’ मात्र हुनुहुदोरैछ । खै मैले चै यो राजन जी को कमेन्टमा ‘कङ्रीसीको’ मात्रा रुप चै दीखीन है । कैले काही रास्त्रीयताको कुरा गर्दा यसो मावोबादी भन्दा अली माथी पनी उठनुस् न यार ! एउटा कुरा नी !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • keshav sapkota

      better to address the president DR. RAMBARAN YADAV instead of only RAMBARAN YADAB.
      TESO GARE KASO HOLA!!

      –keshav sapkota
      barcelona,spain

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sapana

      हामी सरा नेपाली को आस्था को केन्द्रबिन्दु बन्न सक्नुपर्छ। बिबाद्को घेराभित्र रहेने काम हामी बाट हुनु हुन्न झा जि। यदब जि भन्दै हुनुहुन्थ्यो, झा जि पनि सुन्दै हुनुहुन्थ्यो। तपाईंले आफ्नो कदम लाई सच्यौन आबसेक छ। यदब जि ले झाजी लाई सम्झौन्दै हुनुहुन्थ्यो। एतिकैमा झाजी को फोन को घन्टी बज्यो, अनी झा भन्दै हुनुहुन्थ्यो। हुजुर सब ठीक हो जयेगा हुजुर, मेरी तरफ्से पुरी कोशीस रहेगी प्रेसिडेन्ट को बादलवनेको। प्रेसिडेन्ट से बात् हो रही है, हिन्दी बोल्नेके लिये और धोती कुर्त लगने के लिए प्रेसिडेन्ट कफि हद तक सहेमत् हुए है हुजुर, बस कुछ दिन के बाद् हमरी बात् मान लि जएगी। झाजी को मुख्मा हेरेर यदव जि निसब्द हुनुभो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sanjit

      president le jasto sukai comments diye pani vice president ko hindi maa liyeko sapath grahan ko birodh haami America baasi haroo le ajhai pani garne chhaun. Once corrupted and now desdrohi laai haami nepali le kasari VP ko position maa swikaarnu sakchaun…..!! He should resign immediately. Ani Nepali congress ra Yemaale laai dhikkaar chha aafno satta ko laagi corrupted maanchhe laai VP maa swikaarnu…!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prabhat

      अनी त हामी नेपाली भन्दा महान यो संसार माँ कुनै हुने छैन, यो संसार माँ को छ र आफ्नो अस्तितो मेतायेर अरु को अस्तितो अन्गालनेहरु???? धन्ये हाम्रा नेताहरु जसले देश को उन्नति समेत बिर्सायेर एस पुण्ये काम को थालानी गर्यो !!!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kamal

      यदि फेरी नेपालमा दुर्रगति भयो भने यसको जिम्मेवारि यनै तिन ठुला पार्टिले लिनु पर्छ मधेशीहरूले त यिनै तिन दलको कुर्सिको यद्भ ले भाग्यले जुरेको मात्र हो सबैलाइ चेतना भया फेरि राष्ट्र एकताको लागी अर्को पृथ्बी बा लाइ खोज्नु पर्ने हुन्छ है हाम्रो देशको नेताको कुरा र भाषण सुन्ने हो भने संसारको चतुर मानिस हो कि भन्ने भान हुन्छ कामको लागी भने हाम्रो नेताहरू मसान गाटमा गाडेको लाश भन्दा कमि भने छैन हेर्नुहोस त भाग बन्डामा लडेको सबैले देखि राखेको छ अनि यो मसानहरूले नेपाल बनाउने र नेपाली जनताको भलो सोच्लान त अबत कसले कति खेर सरकार दाल्ने खेल मात्र हून्छ है हेदै जानु होला देशलाइ नाश गर्ने भो यो मसानहरूले देशलाइ अग्रगतिमा लाने नेपालमा जन्मेको छैन जस्तो छ यस अबस्थामा एक चोटि मौका माओबादिलाइ किन नदेको होला यो जनता बाट हारेको पर्टिले किन कुर्सिको लागी यत्रो रडाको माचाको होला अब नेपालले कहिले राजनिति स्थायित्व होला त? राम राम राम
      अब पनि नेपालमा माओबादिको नेतृत्वमा सरकार गठन भएन भन देशमा ठुलो
      राजनिति सुनामि निश्चित छ सबैलाइ चतेना भया अनि नेपाल सिकिम भया आनि खाउला नेताहो भारतको ठुलो केरा।।।।।।।।।।।।।।।।।।।।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prabhat

      हिन्दी भासा भारत बात लोप हुन लागेकोले इंडिया लाई ठुलो पीर छ, बिसेष गरी बिहारी हरुलाई त थुलै पीर परी त्याहा अभियान नै थालेको छ र नेपाल का अधिकांस नेताहरुले येस्लाई अघोसित समर्थन पनी गरिसके, धंदा नामान्नुस मित्र हरु नेपालको अस्तितो रहन्छ, एडी नेपाल को अस्तितो रहेंन भने यी नेताहरुको अस्तितो पनी रहन्दैन, के भूटान को अस्तितो मेटेको छ र? नेपाल को संपूर्ण नेताहरु भारतकै उपज भएको ले उनीहरुलाई त कुनै समस्या छैन, अब हामी पनी जोड़तोड़ का साथ हिन्दी भासा सिक्न थालौ साथीहो, के थाहा हामीले रास्त्रपति र उपरास्त्रपति नै भारत प्रेमी छानी सकेपछि भोली हिन्दी भासा सिकन पानी सरकारी अनुदान पौने हो की ? स्कूल को पाठ्य पुस्तक पानी हिन्दी माँ आउन के बेर !!!!!!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kamal

      भारतको आड लिएर फोरमले नेपालमा राजनिति गर्देछ हैदै जाउ कतिकोन सर्मथन पाउछ जनता बाट यनिहरूले देशलाइ बिख०डन गर्ने जितिय राजनितिमा धकेल्ने अनि नेपाललाइ भारत मा मिलाउन प्रयास गर्देछ भारतको प्यारो बन्नको लागी सबै पार्टी काग्रेस एमाले दुबैलाइ उछिनेको छ काग्रेस र एमाले लाइ अहिले ठुलो पश्ताप परेको छ आफुहरूले भनेको मान्छेलाइ राष्ट्र पति उप राष्ट्रपति बनाए पनि सोचेको भन्दा अलग भएकोले रूदै बसेको छ माओबादीको भने घम०ड चाक्नाचुर भएको छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prabhat

      भारतमाँ बसने भारतीये हरुले त नेपाली भासाको जगेरना गर्न कम्मर कसि कुन्नी के के लैंड र संगठन खोली राखे को छ भने, नेपाल माँ बसने के ही समूह र उपरास्त्रपति ले आफ्नो प्रन्तिये भासा र जतियेतालाई लत्याई बिदेशीको भासा सापतलीइ नेपाल लाई के गर्न खोजिरहेछ थाहा छैन अब प्रश्न उथछ के झा नेपाली नै हो त? या, मात्र मुकुन्दो धारी नेपाली मात्र हुन?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hareram

      सन्तुलन भत्किएका कारण उत्पन्न तरङ्ग यतिबेला र्सवत्र महसुस गरएिको छ । र, आउने दिनमा के-कस्तो चरत्रिका आधारमा नया” सन्तुलन कायम हुने हो भन्ने नै राष्ट्रिय चासो हो अहिले । यसको प्रारूपका बारेमा किटान गरहिाल्न सकिने अवस्था नभए पनि विभिन्न प्रवाह बोकेका राजनीतिक भङ्गालाहरू कतै न कतै गएर राजनीतिक मूल प्रवाहमा सम्मिलन नहुने हो भने राष्ट्रको अस्तित्व सङ्कटग्रस्त हुने छ । कति फोहोर बोकेर कति शुद्धस”ग बृहत्तर राष्ट्रिय स्वार्थको जगर्ेना गर्ने कुरामा तिनीहरू समाहित हुने हुन् भन्ने मात्र मूल प्रश्न बनेको छ यसबेला ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Girish Kumar Sharma

      महमहिम राष्ट्रपती ज्यु, एउटा किसान को छोरा दु:ख गरेर docter पढेर निस्वार्थ ले सेवा गरेर असहाय दीन दुखी को सेवा गरेर आज यहाँ ऐ पुग्नु भयो।समस्त नेपाली जनता हरु तपाईंलाई हार्दिक बधाई दिन्छन। पहिलो राष्ट्र पती को भाषन मा तपाईंले ब्यक्त गर्नु भएको अभिब्यक्तिले नेपाल र नेपालीको भबिश्य लाई उज्ज्वल गर्ने प्रतिबधता तथा राष्ट्रिय सहमतीलाई प्राथमिकता एवम सहयोगको लागि appeal गर्नु भएको एकदम सराहनिय छ। तपाईंको उदेस्य पुर गर्न हामी सबै नेपाली कर्मछेत्रमा लाग्नेछौं। देश बिकास को लागि तपाईंं अगाडि लाग्नुस्, हामी साथ् मा छौं।
      गिरिश कुमार शर्मा
      USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jhakash bro

      हेर हेर राजन लाई मन परेको ???????
      तिमीलाई त काङ्र्श्को राष्ट्रपतिले नेपाल इन्डियामै मिसाइ दिन्छु भन्दा पनि मन परी हाल्छ नि!!!!!!! यो कुरा त किरालाई पनि थाहा छ नि ब्रो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sapana

      यदव जि ले प्रश्न गर्नु भो, तपाईं लाई दौर सुरुवल मन पर्दैन?
      झजिले जवब दिनुभो, मन पर्दैन होइन मन नपराऊन भनिएकोछ।
      मैले बुझिन, यदव ले प्रश्न गर्नुभो।
      किनकी मलाई दौर सुरुवल मन्नपरौन भनिएको छ। किनकी दौरा सुरुवल हाम्रो भेश होइन रे। झाले थप्नु भो ।
      तर तपाईंले बिगत ३० बर्षा सम्मा त दौर सुरुवल्नै लगनुनु भकोथ्यो। यदव ले प्रश्न गर्नुभो।
      तेतिबेला म वहाँन हरुको थीन नित। मयता को मान्छे, उतकोले केही भनेनन, तेसैले तेतिबेला लगाको। तर म अहिले उताको त्सैले उताको लगाको।
      यदव्ले बुझे झैं गरे, र ए भने।
      अनी हिन्दी भाषाह चहिन किन बोलेको नि।
      त्यो पनि उतकले भने अनी बोलेको।
      भाषा त नेपाली नै हो नि हाम्रो। तपाईंले ३० बर्षा देखी तेही बोल्दाइ आउनु भो आफ्नो अद्ड को काम गर्दा।
      हो, तर उतकाले अहिले यो भाषा बोल्न छोडे रे, ईंग्लिश बोल्न थाले रे, लोप हुने खतरा आउन थाल्यो भने। अनी नयाँ बन्ने उतका लाई यो भाषा अनिबर्य बनाउने कसरत स्वोरुप मलाई भाषा बोल्न लगका। झले थपे, यदव चुप्चप झको कुर सुन्दै थे।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bidur

      Mr president should kick upendra yadav and parmananda jha ni ass and send them to their motherland ( india)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Desh Bhakta

      Jaya hosh Nepal Ko,

      Thanks god. We have excellent President, I salute him, but unfortunate to have V.P. Why not someone patriotic, army,police or some one should have not taken any action to show patriotic sense. Unfortunate Nepalese do not have patriotic feeling. Let us hope some one ….. show tha patriotism to Nepal and nepalese. Thanks. Jaya hos nepal ko…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj Kumar Shakya

      Eventhough we live in different places and speak different languages we are all know as Nepali.
      I agree with President’s comment.
      Comgratulation Dr Ram Baran yadav.
      Raj Kumar Shakya
      England

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बोधार्थ

      सम्बोधन एकदमै सन्तुलीत छ । भाबी दुइ बर्षामा देश र जनताको भबीस्यको रेखाङ्कन गर्ने संबिधान बनाउन तथा सर्बोपरी रास्त्रीयहीतको लगी दल हरु बीच अपसी मेलमीलप र बेश्वासको बीकल्प छैन । विश्वाशको मेरुदण्डको रुपमा आफ्नो ब्यक्तीत्यो बीकस गर्न तथा रस्त्रीय अबिभाबकको भुमीक नीर्बह गर्न राष्ट्रपती सक्ष्यम हुन । शुभकामना ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prayas

      साथीहरु,

      यो मेरो नाम ‘प्रयास’ लिएर माइसन्सारमा अर्कै साथीको जन्म भये जस्तो छ । म आजकल कमेन्टहरु पढ्ने मात्र गर्छु, कमेन्ट लेख्न रहर लाग्दैन । नयाँ साथी पनी कबिता पस्कनुहुदो रहेछ त्यसैले साथीहरुलाई भ्रम नपरोस भनेर यो कमेन्ट लेख्या हो । नयाँ ‘प्रयास’ लाई शुभकामना ।

      पुरानो प्रयास ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • man lama

      “गराउने भन्‍दा अराउने बेश”
      नमस्‍कार छ डा.रामबरण यादप जी नेपालको पहिलो रास्‍ट्रपति हुनुभएकोमा
      देश र जन्‍ताको मन जित्‍न सफल होस्‌। यहि छ मेरो शुभ कामाना ….
      मान लामा ईराक बाट

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • man lama

      “गराउने भन्‍दा अराउने बेश”
      नमस्‍कार छ डा.रामबरण यादप जी नेपालको पहिलो रास्‍ट्रपति हुनुभएकोमा
      देश र जन्‍ताको मन जित्‍न सफल होस्‌। यहि छ मेरो शुभ कामाना ….
      मान लामा ईराक हालबाट

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रयास

      नेपाली भाषा लाइ सामन्ति भाषा भन्ने
      भानुभक्त को रामायण जलाउने
      सदियौ देखि मान्दै आयेका मन्दिर हरु भत्काउने
      मान्छेलाइ पित्रिको श्राद्द धरि गर्न नदिने
      दशै तिहार बहिस्कार गर्ने
      काठमाण्डौको कुमारि पुजा खारेज गर्नु पर्छ भन्ने
      र अन्त्यमा गाइ काटेर भोज गर्ने

      यस्ता माओबादी लाइ धिक्कार छ

      जे पनि बिदेशि राम्रो भन्ने
      बिदेशि बिचार
      बिदेशि पोशाक
      बिदेशि भाषा
      बिदेशि धर्म लाइ प्रश्रय दिने
      नेपाल को मौलिक आस्थालाइ निमिट्यान्न पार्ने

      यस्ता माओबादी लाइ धिक्कार छ

      हे माओबादी हो
      थाहा पायौ? आफ़्नो घर मा आफ़ै आगो लगाउदा के हुन्छ भनेर?

      यो चरेस झा तिमिहरु कै ब्रिक्ष्यको फ़ल हो

      तिमिहरु ले नै हाम्रो रास्ट्रियता लाइ यति कमजोर बनायौ कि अहिले इण्डिया ले सोझै रास्ट्रपति मा दावि गर्यो

      अब इण्डिया ले सबै लाइ निल्छ
      हाम्रो धर्म लाइ इण्डिया को मुसलमान र क्रिस्चियन ले निल्छन
      हाम्रो भाषा लाइ हिन्दि उर्दु ले निल्छन
      हाम्रो दौरा सुरुवाल लाइ धोति र कुर्ता पाइजामा ले निल्छन

      र हामि हाम्रै आफ़्नै देश मा धोति को घरमा भाडा माझ्ने बहादुर को रुपमा परिणत हुनेछौ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रयास

      “प्रचण्ड बाबु राम, अब त ढाका टोपि लगाओ”

      हे प्रचण्ड बाबु राम
      तिमिहरु अब त कपाल को जेल धारामा पखाल
      अनि कपाल काइते बनायेर काटेर ढाका टोपि लगाओ
      दौरासुरुवाल, ढाका टोपि, नेपाली भाषा हाम्रो रास्ट्रियताको पहिचान हो

      कालो चस्मा, जेल हालेको कपाल र सुट बुट होइन
      हाम्रा हलो जोत्ने जनताले कालो चस्मा लगाउदैनन
      जेल हालेर कपाल कोर्दैनन
      तर एक मानु घरमा खाने पिठो नभये पनि
      त्यो ढाकाको टोपि भने चै लगाउछन
      बोरु देव गुरुग कति राम्रो देखिन्छन
      उनको शिर मा ढाकाको टोपि सधै हुन्छ

      तिमिहरु किन टोपि लगाउदैनौ?????
      ढाका टोपि लगाउदा तिमिहरु को कद घट्छ?
      बेइज्जत हुन्छ?

      हो लुगा होइन काम महत्वपुर्ण छ
      तर लुगा सान्केतिक प्रतिक होइन र?

      अब नेपाल धोतिकरण हुदैछ
      हाकाहाकि उपेन्द्र यादव नेपाल लाइ इण्डियामा गाभ्ने हाक दिदैछन
      नेपाल को रास्ट्रिय भाषा, भेषभुषा सबै खतरा मा छ

      तिमि माओबादी हरु दिन दहाडे गाइ काट्दै हिडेका थियौ
      परिणाम देख्यौ होला नि अब!

      कहिले तिमिहरु को घैटा मा घाम लाग्छ अब?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हिन्दिमा सपथ लिनेलाई पनि नेपाली हो भन्नु भएछ। त्यो अली चित्त बुझेन। अरु कुरा त दामी लाग्यो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • K N Udas

      Oh Anish Bhai Bujhna ……………… Chahincha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rajan

      वक्तब्य धेरै राम्रो लाग्यो । एकदम सन्तुलित र समय सापेक्ष्य पनि छ । ‘रास्ट्रपती’ को अर्थ अनुसारको काम होस् भबिस्यमा पनि । नेपाल र नेपालीको जय होस् ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shanta

      देशको राष्ट्रपती भएर भाषान मात्र गरेर पुग्दैन। देश र जनताहरु लाई सुक्ख र शान्तितिर पनि ध्यान दिन पर्‍यो। किनकी देशको पहिलो राष्ट्रपती
      भएको ले सबैलाई देख्हाउनु पर्‍यो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Manoj

      उपराष्ट्रपतिको डकार
      भरत भूर्तेल

      “दौरा-सुरुवाल थिएनन् ?” पत्रकारले प्रश्न गरे, “न्यायाधीश हुँदा त मैलपोस सुरुवालमा ठाँटिनुहुन्थ्यो ।”
      “किन नहुनु, चाङका चाङ छन्,” उपराष्ट्रपतिजीले भन्नुभो, “एक दराज छन् ।”
      “किन नलगाउनुभएको त ?” पत्रकारले सोधे, “राष्ट्रपतिले त लगाउनुभो ।”
      “खानपिनका लागि,” उपराष्ट्रपतिजीले भन्नुभो, “म वचपनदेखि खानपिनमा सोखिन मान्छे, सरकारी सेवामा गएपछि खानपिनको मात्रा बढ्यो ।” “सर्वोच्चको न्यायाधीश हुँदा कति खाइयो भने,” उपराष्ट्रपतिजी क्षणभर रोकिनुभो, हातले पेट छाम्नुभो अनि भन्नुभो, “झन्डै भुँडी फुटेको !”
      “त्यत्रो खानुहुन्छ त ?” पत्रकारले सुझाव दिए, “अब नखानुहोला ।”
      उपराष्ट्रपतिजीले तिनको सुझावलाई उपेक्षा गर्दै भन्नुभो, “नखाएर काम चल्छ ! हिजो भात खाने प्रश्न थियो, आज देश खाने सवाल छ ।”
      “तपाईको खुसी गर्नोस्,” पत्रकारले बहस टुङ्गो लगाए ।
      उपराष्ट्रपतिजीले भन्नुभो, “विचार पुर्‍याएर खाँदा नोक्सान छैन ।”
      “के विचार पुर्‍याउने ?” पत्रकारले सोधे ।
      “अब दौरा-सुरुवाल लगाएर नखाने,” उपराष्ट्रपतिजीले भन्नुभो, “धोती-कुर्ता लगाउने, भेटेजति बजाउने ।”
      उपराष्ट्रपतिजीको बयानबाजीले भ्रमित भएका पत्रकारले सोधे, “खानपिन र दौरा-सुरुवालको के सम्बन्ध छ ?”
      “गजबको सम्बन्ध छ,” उपराष्ट्रपतिजीले भन्नुभो, “दौरा-सुरुवाल लगाएर खायो भने उकुसमुकुस हुन्छ ।”
      “कसरी ?” कुरो नबुझेर पत्रकारले सोधे ।
      “दौराको तुना कस्ता पेटमा दबाब पर्छ, सुरुवालको इजार कस्ता नाइटोलाई सकस हुन्छ,” उपराष्ट्रपतिजीले भन्नुभो, “धोती-कुर्ता लगाउँदा खुकुलो हुन्छ ।”
      खानपिन संवाद र पोसाक पहेली नबुझेर जिल्ल परेका पत्रकारलाई सम्बोधन गर्दै उपराष्ट्रपतिजीले भन्नुभो, “सुरुवालभन्दा धोती पाचन प्रक्रियामा सहयोगी छ ।” पत्रकार यस बेलासम्म बोल्न छाडिसकेका थिए ।
      उहाँले व्याख्या गर्दै भन्नुभो, “बढी खाएपछि उत्पन्न हुने वायु उर्त्र्सजनका लागि सुरुवाल सजिलो छैन ।”
      “होला,” पत्रकारले यति मात्र भने ।
      उपराष्ट्रपतिजीले अझ उत्साहित भएर भन्नुभो, “उधम् गच्छति धेत्कारा, उर्धम् गच्छति वायवः,” त्यसपछि सोध्नुभो, “बुझ्नुभो ?”
      पत्रकारले बुझिनँ भन्ने भावमा टाउको हल्लाए ।
      उहाँले भन्नुभो, “माथिबाट डकार आउँछ, तलबाट वायु निस्कन्छ ।”
      पत्रकारले भने, “तैपनि, बुझिनँ ।”
      उपराष्ट्रपतिजीले भन्नुभो, “धोती लगाएपछि पाचन प्रक्रिया अर्न्तर्गत जुन वायु उर्त्र्सजन हुन्छ, त्यो उत्र्सर्जित वायुको निकास सहज हुन्छ ।” कुरो बुझेझैँ गरेर पत्रकारले मुन्टो हल्लाए ।
      “सुरुवाल लगाएर वायु उर्त्र्सजन गर्न सजिलो छैन ।” कसरी भने, उपराष्ट्रपतिजीले आफ्ना अनुभव सुनाउनुभो, “बाक्लो सुरुवालभित्र वायु धेरै बेर गुम्सन्छ, यसले वातावरणलाई गन्धमय बनाउँछ ।”
      उपराष्ट्रपतिजीको ज्ञान थाहा पाएर पत्रकार ट्वाल्ल परे ।
      उपराष्ट्रपतिजीले सोध्नुभो, “गुप्ताजीले, गच्छदारजीले खानुभो, हो कि होइन ?”
      पत्रकारले भने, “हो ।”
      “सुरुवाल लगाएर खानुभो, खूब गन्हाउनुभो,” उहाँले बताउनुभो, “अचेल सुरुवाल लगाउन छाड्नुभएको छ, उहाँहरू गन्हाउनुभएको सुन्नु भा’छ ?”
      “गन्हाउनु भएको भए चुनाव नै जित्नु हुने थिएन नि !” पत्रकारले सही थापे ।
      “हो, दौरा?सुरुवाल लगाएर खाएपछि गन्हाउँछ, गन्हाएपछि चुनाव जितिँदैन,” उपराष्ट्रपतिजीले दृष्टान्त प्रस्तुत गर्दै भन्नुभो, “गोविन्दराजजी र खुमबहादुरजीले चुनाव हार्नुभो । भन्नोस् किन हार्नुभो ?”
      पत्रकारले भने, “दौरा-सुरुवाल लगाएर ।”
      “शरत्सिंहजीले चुनाव जित्नुभो,” त्यसपछि पुनः सोध्नुभो, “भन्नोस् किन जित्नुभो ?”
      पत्रकारले भने, “धोती लगाएर ।”
      जवाफ सुनेर उपराष्ट्रपतिजी खुसी हुनुभो ।
      पत्रकारले भने, “प्रसङ्ग बदलौँ ।”
      उहाँले स्वीकार गर्नुभो ।
      पत्रकारले सोधे, “हिन्दीमा शपथ खानुभो नि ?”
      उहाँले जवाफ दिनुभो, “देशप्रेमका खातिर ।” त्यसपछि सोध्नुभो, “बुझ्नुभएन ?”
      पत्रकारले बुझिनँ भनेपछि उहाँले भन्नुभो, “हामीलाई कताबाट खतरा छ ?”
      पत्रकारले इसारा गरे, “उताबाट ।”
      उपराष्ट्रपतिजीले भन्नुभो, “उताकाहरूले कुन भाषा बुझ्छन् ?”
      पत्रकारले जवाफ दिए, “हिन्दी ।”
      “बस्,” उपराष्ट्रपतिजी प्रफुल्ल देखिँदै बोल्नुभो, “हामी उताकाहरूलाई उतैको भाषामा भन्न चाहन्छौँ यता त्रि्रो आवश्यकता छैन ।” त्यसपछि धोती समेट्दै भन्नुभो, “हामी स्वयम् काफी छौँ ।”
      “उपराष्ट्रपतिजी !” पत्रकारले भने ।
      “भन्नोस् पत्रकारजी,” उपराष्ट्रपतिजीले भन्नुभो ।
      “तपाईका भावी कार्यक्रम के छन् ?” पत्रकारले सोधे ।
      “डकार्ने,” उपराष्ट्रपतिजीले जवाफ दिनुभो ।
      “सर्वोच्च अदालतमा बसेर खाइयो, अब बहादुर भवनमा बसेर डकारिन्छ ।”
      त्यसपछि उहाँ डकार्न थाल्नुभो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नेपाल रहेमात्र नेपाली रहने र नेपाली रहे मात्र लोकतन्त्र रहने राष्ट्रपतिले बताए।
      ————–
      यस्तै विचार राख्ने भएकाले नै उनलाई राष्ट्रपति मानिएको हो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna

      Umes dai herna paya hun thiyo …….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • परमानन्द झा = परम्धाम जा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Madhab Doha

      Good news and president Dr Ram Baran Yadav is positive for Neapl and Nepali.

      once again Congratulation for him

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shashidhar Belbase

      Please provide the vedio of address by the president if possible.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shashidhar Belbase

      Linguistic Identity का लागि लड्ने हो भने आफ्नो मात्रिभाशाको कुरा गर न कुकुरहरु, के को हिन्दी भाषाको कुरा गर्छौ भारतीय दलाल्हरु। सबै देशको आफ्नै माध्यम भाषा राष्ट्रभाशा हुन्छ। नेपालमा हिन्दी राष्ट्रभाशा कहिलेइ हुने छैन हाम्रो राष्ट्रभाशा नेपाली हुँदा हुँदै ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • वनमाली

      त्यसैले अहिले उपेन्द्र यादव जस्ताले समोसा खान दिएको छ,हिन्दिमा सपथ खायो ।कुनै आश्चर्य मान्नु पर्दैन।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • विकास

      खाली इन्डियाले नेपाल लिन लायो भनेर मात्र् चिन्ता गरेर बस तिमेरु
      ह्वाँ जर्ज बुसका सुरक्षा सल्लाहकारले नेपाल लाई चीनको भाग का रुपमा व्याख्या गरिसक्यो
      नपत्याए हेर यहाँ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • वनमाली

      परमानन्द झालाई चरेस खान दिनुहोस् ऊ नेपालीमा सपथ खान तयार हुन्छ,मःमः खान दिनुहोस् ऊ नेवारीमा सपथ खान तयार हुन्छ,जिम्बू खान दिनुहोस् ऊ शेर्पा भषामा सपथ खान तयार हुन्छ,तोङ्ग्वा खान दिनुहोस् ऊ तामाङ् भाषामा सपथ खान तयार हुन्छ।त्यसैले उसलाई ‘खान मात्र’चहिन्छ,जे गर्न पनि तयार हुन्छ।उसको चरित्र नै खाने(घुस) हो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Balkrishna (Babu)

      अनेक जाती भेष भुषा सँस्क्रिती का धनी हामी
      खुला मन स्वछ तन बहादुरि हाम्रो निशानी
      प्रक्रिती नि उस्तै छ है सफा स्वस्थ हावापनी
      सबै तिर शान्ती छर्दै हिंड्ने हामी शन्ती कामी ।

      रिश राग घोच पेच हामी सँग खोज्दै नखोज
      लडाईं झगडा बैरी हाम्रो तेस् बारेमा सोध्दै नसोध
      मेची देखी महाकाली राष्ट्रियता अछ्युण छ
      दानी ज्ञानी सहयोगि नेपालीको बिशेषता ।

      हरियाली बन जङलमा उर्ली बग्ने खहरे हरु
      सुसाउदै बग्छन नदी छन् छन् गर्ने छहरा हरु
      बह्राइ मासे हिउ फुल्ने हिमालका शिखर ति
      डान्फे, मुनाल मनमोहक बास्ना छर्ने ति कस्तुरी ।

      भ्रिकुटी, सिता गौतम बुद्द नेपालका गहनाहरु
      भक्ती, अमर, बलभद्र ईतिहास का योध्धा हरु
      सन्सारकै उच्च शिखर सगरमाथा गौरब हाम्रो
      लाग्छ मलाई मेरै नेपाल स्वर्ग भन्दा पनि राम्रो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raju

      short concise and balance speech.i like this ! let us see the president role in the coming days. it will be hurry to comment about his speech!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कस्तूरी

      उपेन्द्र यादव जस्ता ‘यदु वंश’नै सिध्याउने जस्ता कुलङ्गार जन्मिए पछि यस्तो भैहाल्छ नि,कृष्णले(रामवरण)ले पनि केही गर्न सक्तैनन्

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kopila Balayar

      Sambodhan ta ke bhanu ra only one thing he saiD about “NATIONALITY” tar President mohodaya le kk n banla mane ko ta keai pane bolen. Na ta New government ka bare ma na ta vice president ko barema . Yo ta first time practise gareko jasto matra bhooooo.
      kopila,doti

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kam kuro Eka tira Kumlo Boki Thimi tira bhaneko yahi ho. Bisaya ko Uthan bhayeko chha Rastrapati ko Rastra lai Sambodhan bata, Ani KACHHUWA jee haru…….Nepali Congress ra UML lai Gali garna thalnu hunchha. Ali prasanga milayera comment lekhne gare, mysansar ko comment ko chhutai isthan hune thiyo.
      Jorkhane Khelkud ko inauguration garna jane Prachanda ra Bhasan chahi Sarkar formation ko gare jasto bhayo, Kachhuwa jee ko comment. Tesaile comments lai ali prasanga milne, sandarvik ra edition garna Umesh jee le dhayan dinu paryo, Bhalai merai comment katna kina naparos!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कछुवा

      साथीहरु ! आफ्नो आङ्को जुम्रा नदेखी अरुको आङको भैंसी देख्ने बानी हाम्रो छ । टेसैले झा लाई टाउकोमा तेकाउने नेपाली काङ्ग्रेस र भाई काङ्रेस (एमाले ) यो काम का प्रमुख दोषी हुन। अहिले तिनी हरुका फुच्छे पुछर्ले झा को बिरोध गर्दैमा उनिहरुको पाप पखलिदैन । म त भन्छु सब भन्दा पहिले कंग्रेस् र भाई कंग्रेस् (एमाले) ले पश्चाताप प्रस्ताब सन्सद्मा लगेर पास्स गर्नुपर्छ। तेस्पछी अरु कारबाही गर्नुपर्छ त्यो झा चरेसानन्दलाई।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suren, BUTWAL

      राष्टपति त जे होश हामी नेपालीले ‘ए वन’ पाएका छौँ तर के गर्ने गिरीजाको मोह जालमा परे भने आफू त ओरालो लाग्छन लाग्छन साथै नेपाललाई पनि परै पुर्याउनेछन हे पशुपतिनाथ रछ्या गर

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • राष्ट्रपतिलाई कार्यकाल पुरा गर्न सबैले सहयोग गरु पहिलो पटक नेपालको राष्ट्रपती को भाषन सुन्ने अभिलासा पुरा भयो । राष्ट्रको चरित्र लाई राष्ट्रपतिले दोर्याउनु पर्दछ । यो हर्सको घडीमा राष्ट्रपती राम बरन् यादव लाई शुभकामना ./

      बेलायत बाट
      प्रकाश भट्टराई

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • NRB,

      Rastra Pramukha bhayako hunale Sabai Nepali ko jaya hos hoina, Shree Pashupatinath Le hami sabiko Kalyan Garun nai bhannu par6, Rastapati le Congree ko JayaNepal ta Chode but JAYA hos tira mode6n !!! bichara rasta pramukha ko aacharan bharkhar sikdai6n, future ma alik matured holan aasha garau………..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dinesh

      नेपालमा तेसै पनी राजनैतीक बिकृतिले जरा गाणेको ठाउँ हो। राजनीतिको अघिल्लो कदम को बारेमा कसैलाई थाहा हुँदैन। अब यहाँ जस्तो सुकै कमेन्ट गरे पनी के हुने हो र? फेरी पनी जे भयो राम्रै भयो भन्नु पर्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • precident rambarad yadav nepal ra nepali ko aavivabak hu vaee kura aaja uhako vanai bata bhujhina6 hami nepal ra nepali ko naya nepal ko aasa lai uhale tusara pat garnu hunna vane jhino aasa palayeko6

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Anish Bhai

      haina yasle k bhanna khojeko? kehi pani bujhiyena ta.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dinesh

      सम्बोधन कस्तो छ थाहा नभये पनि पहिलो कमेन्ट को चनस पौद खुशी छु।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker