सँधैको बन्द, हड्ताल र चक्काजामबाट दिक्क भएका ललितपुर सातदोबाटो निवासी युवाहरुले एउटा नयाँ प्रयास थालेका छन्। उनीहरुले आफूहरुको बसोबास हुने सो क्षेत्रमा आइन्दा बन्द गर्न नपाउने गरी बन्दलाई बन्द गर्ने भएका छन्।
सातदोबाटो क्षेत्रमा बसोबास गर्ने स्थानीय युवाहरुले सो क्षेत्रलाई अनावश्यक हड्ताल, चक्काजाम, हुलहुज्जत तथा बन्द निषेधित क्षेत्र घोषणा गरेका हुन् ।
सातदोबाटो युथ क्लबको पहलमा शनिबार त्यहाँ एउटा र्यालीको पनि आयोजना गरिएको थियो। सोही र्यालीमार्फत् युवाहरुले बन्द निषेधित क्षेत्र घोषणा गरेका हुन् ।
सातदोबाटो क्षेत्रमा हुने गरेका हड्ताल, चक्काजाम, बन्द लगायतका क्रियाकलापले विद्यार्थीको पठनपाठन लगायत जनजीवनमा नकारात्मक असर परेकाले निषेधित क्षेत्र घोषणा गरिएको क्लबका अध्यक्ष बाबुरत्न महर्जनको कथन छ। ।
र्यालीमा सहभागी स्थानीयवासीहरुले बोकेका प्लेकार्डहरु पनि गजब गजबका थिए-
‘सातदोबाटो चोक खुल्ला चोक, बन्द हड्ताल सबै रोक
शिक्षा स्वास्थ्य सबैलाई चाहिने, बन्द हड्तालले बिथोल्न नपाइने
नयाँ नेपाल, बन्द रहित नेपाल
यस्तो आन्दोलन अब नेपालका अन्य ठाउँमा पनि फैलाउनु पर्ने भएको छ। तपाईँले पनि केही राम्रा नारा सोच्नुभएको छ कि ? छ भने लेखम् है।
No related posts.









लुनाजी धेरै धेरै धन्यवाद सुझाबको लागि !अनी हौसला र सान्त्वनाको लागि !आफ्नो बन्न रगत मिल्नु पर्दैन बिचार र व्यबहार मिल्नु पर्छ जो हामी बिच मिलिरहेछ \
मन परे हरियो, नपरे रातो
1
0
सार्थक ब्रो अनी चक्चके ब्रो !
पहिले सिताको कमेन्ट हेर्नुस् न ? तिनिलाई अलिकती पनि लाज छैन र ? तिनिलाई थाहा छैन र यहाँ झकाश ब्रो छ भनेर ?
मन परे हरियो, नपरे रातो
1
0
Good JOB.
मन परे हरियो, नपरे रातो
1
0
Bandas had been started by Communists as they con sider the pain suffered by ordinary people as their victory. This should be stopped completely now. Authgorities should be more responsible for addressing issues raised by the concerned group or people in time.
मन परे हरियो, नपरे रातो
1
0
This is absolutely a great and positive move! I salute these people who aware of genuine problem and its solution in Nepal.
The trend of Banda & Chakka jams are the unnecessary and non-rational way of dealing and showing unhappyness! It must be stopped nationwide only then country will figure out the era of development.
Kudos to them.
Cheers!
मन परे हरियो, नपरे रातो
1
0
बन्द रोक्दा त नेता हरु को गरी खाने भाडो नै बन्द भएन? अब नेता हरुले के गरी बिरोध जनाउने ?
मन परे हरियो, नपरे रातो
1
0
कमल पुनजी धन्यबाद !हामी बिच को भाईचारा सधैं सधैं बाचिरहोस् !तपाइको नख्खिपोट ठेगानाले तपाईंको अनुहार ठयाम्यै नआएपनी नख्खिपोट को सम्झना भने आइनैरह्यो \बिदेसिन परेको पिडा कस्तो हुन्छ यो त भनीरहनु पर्दैन किनकी हामी दुबै यसबाट पीडित छौ \म एउटा गीत बाट आफ्नो पिडा पोखदै छु \
जिन्दगी त कहाँ बित्छ कहाँ बित्छ
भन्छन धेरै भाबिले जे लेख्छ
देखेको एउटा खोजेको एउटा पाउनु त अर्कै छ्
सो चेको एउटा रोजेको एउटा भोग्नु त अर्कै छ्
जिन्दगी भयो आसु र हुरी ,अरकैको आकाश अर्कै को भुमी
मन रुन्छ धुरुरु म रुन्छ धुरुरु
जिन्दकी त कहाँ बित्छ कहाँ बित्छ
भन्छ्न धेरै भाबिले जे लेख्छ
दु:खको कथा बिछोडको पिडा कतिलाई सुनाउ
जन्मेको ठाउँ हुर्केको गाउ कसरी गुमाउ
छाडेर आउन सकिन आमा तरेर आउन सकिन बाबा
दु:खको सागर दु:खको सागर
मन परे हरियो, नपरे रातो
1
0
Dear commenters,
I think Jhakash misplaced his comment, his comment is counter for the comment made by Sita in the previous post entitled “माओबादीको सरकार बन्यो भने एस्तो हुने रे”, which is really lopsided and full of prejudice. So I advice first Mr Jhakash Bro to place the comment in proper post, and also would like to request administer to place the comment in the right post. Thank you
मन परे हरियो, नपरे रातो
0
0
Nice start!!! If everyone implemented this, Nepal would certainly be FREE of bands one day. A good start by you all.
Three Cheers for everyone in Sat Dobato!!!
मन परे हरियो, नपरे रातो
1
0
Dear Editor,
Please, read your desclaimer one more time then comment by Jhakash bro posted on Aug 3, 2008 @ 10:57 AM. And, let us know what is your response.
Great Job begin by people of Sat Dobato.
मन परे हरियो, नपरे रातो
0
0
समाचार पढेर मन भरि खुशी भयो। संविधान सभाको निर्वाचनमा कुनै न कुनै पार्टीले “हामी कुनै किसिमको बन्द आह्वान नगर्ने पार्टी” भन्दै आउँछ जस्तो लागेको थियो। अहिले आउन नसके पनि जन-आकांक्षा बुझेर जसले यस्तो घोषणा गर्छ, जनताको विश्वास उसैले पाउँछ।
कसैलाई विरोध गर्नु छ भने उसले गर्न पाउनु पर्छ तर अरु मानिसहरुलाई मर्का नपारिकन, अनि मात्र सही अर्थमा प्रजातन्त्रको भएको मानिन्छ। अरुको रोटीमा लात हानेर राजनिती चम्काउने वा आफ्नो दुनो सोझ्याउने तत्वलाई रोक्नु पर्छ। पार्टीहरुमा धेरै तागत हुन्छ। सबै राजनितिक पार्टी तथा विद्यार्थी संगठनहरुले सबै किसिमका बन्द, आगजनी, तोडफोडको विरोध मात्र होइन आफुले पनि नगर्ने बाचा गर्नु पर्यो। आफु जिम्मेदार भएको देखाउनु पर्यो।
यहाँ भियनामा हामीहरुले सन् २००६ मा चिडियाखानाको निम्ति उपहार – गैंडाहरु लिएर आएका पारसको एण्ड कं।को यात्राको विरोध जुलुस गरेका थियौं। जसमा नेपाली तथा थुप्रै विदेशी साथीहरुको सहभागीता थियो। यस्तो जुलुस नेपालमा जस्तो मनलागि यहाँ गर्न पाईंदैन। जुलुस कहाँ गर्ने हो, कति जना मानिस सहभागि हुने हुन् इत्यादि जनाएर प्रहरी प्रशासनसँग अनुमति लिनु पर्छ, त्यो पनि एक महिना अघि नै। मलाई त साह्रै मन पर्यो यहाँको चलन। विरोध गर्नेलाई नि ठाउँ छ। जसलाई विरोध गर्नु छैन, उसले आफ्नो काम पूर्व-योजना अनुसार गर्न सक्छ। हामी किन आफ्नो असंतुष्टिका निम्ति सारा प्रणालीलाई बिगारी बस्ने। एक सडक दुर्घटना होस् या कसैको अपहरण होस् वा तेलको बढेको मूल्य होस् वा आफुलाई चित्त नबुझ्ने राजनितिक निर्णयको विरोध होस्, किन सधैं हामी प्रजातन्त्र-प्रजातन्त्र चिच्याउँदै प्रजातन्त्र लागू गर्न जान्दैनौं। तबसम्म हाम्रो घैंटोमा घाम लाग्दैन, जबसम्म विरोधको निम्ति सडकमा कसैलाई हिंड्न-गुड्न नदिने, टायर बाल्ने, तोडफोड गर्ने अनि सार्वजनिक र व्यक्तिगत सम्पत्तिमा आगो लगाउने हरेक व्यक्तिको घरमा यस्तै विरोध, बन्द परेको बेला कसैले अस्पताल पुग्न नपाई अनाहकमा ज्यान गुमाउनु परोस्। कल्पना गरौं न, प्रचण्ड-गिरिजा-उपेन्द्र-माधव कसैका छोरा-छोरी-आमा-बाबालाई केही होस् त अनि बन्दको कस्तो विरोध गर्छन् कि अहिलेको जस्तै यस्को अर्को अप्शन नभएको जाप अलापी बस्छन्।
त्यसैले समय छँदै सप्रौं, र बन्द गर्न सधैं खुट्टा उचाल्ने पार्टीहरु, संगठनहरुलाई हरेक किसिमका सडक बन्द, चक्काजामलाई समर्थन गर्नबाट रोकौ। मलाई विश्वास छ हरेक कुरामा भारतमा, अमेरिकामा कति सालमा के भएको थियो भनेर नजीर सम्झिने हाम्रो स्थितीमा परिवर्तन आई, अन्य देशहरुले पनि हाम्रो जस्तै बन्द, तोडफोडहरुलाई नै नगर्ने प्रतिबद्धता जाहेर गर्न र कानूनी रुपले गैर-कानूनी घोषित गर्न नजीर स्थपित गर्नेछ। हाम्रो कर्तव्य हामीले नि गर्नुपर्छ, आफ्ना स्थानीय नेताहरुलाई भेट्दा वा भोट माग्न आउँदा आफ्नो घोषणापत्रमा यो बन्द-तोडफोडविहीन राजनिती गर्ने प्रतिबद्धता गर्न बाध्य पारौं। हाम्रो निम्ति राजनिती गर्नेले हाम्रो कुरा नमानी सुखै छैन।अनि प्रजातन्त्र र विकासमा राजनितिक स्थिरताले ठुलो भूमिका खेल्ने भएकोले त्यो हाम्रो परिवेशमा स्थापित हुनेछ र देश तीव्र गतिमा अघि बढ्नेछ भन्ने मेरो आशा छ।
मन परे हरियो, नपरे रातो
0
0
सातदोबाटो बासीहरुले बन्द बिरुध्दको बन्द गर्ने प्रयासको सुरुवात एउटा राम्रो संकेत हो । तर,
मूख्य कुरा यसमा के उनिहरुले निरन्तरता दिन सक्लान?
कुनै पनि कुराको सुरुवातले मात्रै हर्षित हुनु पर्ने केही छैन । गर्न खोजे नसकिने पनि होइन तर, यहाँ निरन्तरताको खाँचो भने रहिरहन्छ । हाम्रो दुर्भाग्य नै यही हो । हामी खुबै हौसिन्छौ, भाषाण ठोक्छौ, गर्न पनि खोज्छौ तर एकै छिनमा सेलाउँछौ । अरुलाई दोष दिएर रोकिन्छौ, गन्तब्य सम्म पुग्न सक्दैनौ । यो हाम्रो बिडम्बना नै हो । न कि नेता मात्रै, हामी सबै ।
YCL को गठनको पहिलो हप्ता तिर पनि निकै फूर्ती फार्ती देखाइयो । फोहर उठन थाले, डि डि टि छरियो, सडक सफा हुन थाले । तर, ३, ४ दिन पछी उस्ताको उस्तै, कस्ले उठाउने फोहर? फेरी गनाउन थाल्यो काठमाण्डौ! त्यो त केवल नारा रहेछ, सुरु सुरुको चुरिफुरी! सुहागरातको लम्मे तन्ने, तारै खसल्ने प्रतिबध्दता जस्तो । पछी गाह्रो भयो, फोहर गनाँउन थाल्यो YCL का क्याडेरलाई पनि! लाग्यो अर्काको गूहू, मूत सोहर्न YCL को गठन भएको हो र?
यसैले होला ‘भन्न सजीलो गर्न गाह्रो रे’… २
यसैले हामीले सानो सानो, गर्न सक्ने, निरन्तरता दिन सकिने कामको थालनी गर्नु पर्छ । त्यसमा पूर्वानुमान गरिनु पर्छ, प्रतिबध्दता हुनु पर्छ । गर्न नसके नराम्रो संदेस जान्छ । बरु कानून नहुनु राम्रो तर कानून बने पछी पालना हुनु पर्यो । बुझ्नु पर्ने कुरा यही हो ।
काठमाण्डौ सफा राख नसकिने होइन । सुरुवात गर्नु पर्यो । हरेकले आ-आफ्नो घर अगाडिको आँगन, बाटो सफा राख्ने system बनाउने हो भने सरकारले १ पैसा खर्च गर्नै पर्दैन सफाइमा । सिर्फ फोहर कहाँ, कसरी फाल्ने र नफाले के (सजायँ) हुन्छ बुझाईदिनु पर्छ, कार्वान्वयन गर्नु पर्छ । फोहरको ब्यवस्थापना भने सरकारले गर्नु पर्यो । त्यती हो । बिदेसमा सडक सफा राख्न सक्छन भने हामी सक्दैनौ र? सुरुवात नै नगरे पछी होला त?
हेरौं सातदोबाटो बासीले, कहिले सम्म निरन्तरता देलान! सुभेच्छा मेरो पनि!!
मन परे हरियो, नपरे रातो
0
0
एउटा गीत, म भित्र गुँन्जिरहेछ-
एक दिन पहाडमा
बस्तु हेर्न गाको
संजोगले हामी २ को
भेट त्यहाँ भाको…
**
आन्दोलन अझै टुंगिएको छैन
बिरोधको स्वर घन्काउनै पर्छ
बिसंगति अझै मरेको छैन
फेदैदेखी जरा उखेल्नै पर्छ
तिमी अघी अघी बढ प्रीये
म पछी पछी आउँछु
तिमी नारा चर्काउँदै गर प्रीये
म भट्याउँदै गर्छु
**
चेतना अझै झाँगिएको छैन
सूचनाको गती बढाउनै पर्छ
राष्ट्रप्रेम अझै मौलाएको छैन
हृदय भित्र मलजल गर्नै पर्छ
तिमी कलम उठाउ प्रीये
म कागज फैलाउँछु
तिमी गीत लेख्दै गर प्रीये
म भाका हाल्दै गर्छु
**
मूल अझै फूटेको छैन
बादल अरु बर्षाउनै पर्छ
देसप्रेमी अझै झुल्केको छैन
पूकार गर्दै बोलाउनै पर्छ
तिमी कोदालोले खन्दै गर प्रीये
म जीलाउँदै गर्छु
तिमी कुटोले रोप्दै गर प्रीये
म उकेरा लाउँदै गर्छु
अब त बर्षा पनि लागिसक्यो!
रोप्नसके आज, कसै फल्नेथियो कि?
तिमी ढुङ्गा खोज्दै गर प्रीये
म मूर्ती कुँददै गर्छु
तिमी पूकार गर्दै गर प्रीये
म हावा फूँक्दै गर्छु
मिलेर सास भर्न सके यसमा
सच्चानेता एउटा, कसै बन्नेथियो कि?
**
तिमी अघी अघी बढ प्रीये
म पछी पछी आउँछु…
मन परे हरियो, नपरे रातो
0
0
well done guys. i am proud of u all. everyone should fellow this. may god bless u all in ur good job.
मन परे हरियो, नपरे रातो
0
0
यो झकास भन्ने कि त पागल हो, कि त माओवादी ले पैसा दिएर यो माइ संसारमा कमेन्ट लेख्न राखेको हो । के कुरा छ जैले नि अर्को अर्को कुरा गर्छ । ताइ न तुइ को मुला पात। फेरी तेस्को बोली कस्तो फोहोरी छ भने , बाउ आमा लाई किन गाली गर्ने । जस्को बाउ आमा भएनी सम्मान गर्न सिक ।
मन परे हरियो, नपरे रातो
1
0
यो युवाहरुको कदम लाई म हृदय देखी स्वागत गर्छु । वास्तवमा एक सानो कुरालाई लिएर बन्द, चक्का जाम जस्ता अंानविय कामको सख्त बिरोध गर्ने समय अैसकेको छ। मानवता को लागि मानवलाई नै दु:ख हुने कुकार्यको अबदेखी घोर भर्त्सना गर्नु अती आवश्यक भएको यो पारीपेक्ष्यमा यो कार्यको सबैले थालनी नगरे देश जहिलेपनी गरीबीको रेखा मुनी नै रहने कुर प्रश्ट छ ।
मन परे हरियो, नपरे रातो
1
0
यो झकास ब्रोले चाँही के को असान्धर्भिक गनथन गरी राखेको ? “काम कुरा एकातिर कुम्लो बोकी ठिमी तिर भने जस्तो ।”
मन परे हरियो, नपरे रातो
0
0
very good news after so long time!
I really salute you guys for the apreciable job. Keep it up and let it ba a good lesson to everywhere in Nepal.
मन परे हरियो, नपरे रातो
0
0
हो हो यो साह्रै राम्रो निर्णय हो धन्यवाद सातदोबाटोका युवाहरुलाई ! कार्यन्वयनमा
चाँही तल माथि नहोस् नि । यसको अनुकरण देश्ब्यापी रुपमा हुनु पर्छ ।
यदी यसको उलन्ङ्घन कसैले गर्यो भने हामी देश्-विदेशमा भएका सबै नेपालीले बिरोध गर्नु पर्छ तर अर्को बन्द गरेर चाँही हैन नि ।
मन परे हरियो, नपरे रातो
0
0
राम्रो शुरुवात हो । यसरी नै देशभर यो अभियान चलाउनुपर्छ । धेरै बन्द भयो नेपाल ।
मन परे हरियो, नपरे रातो
0
0
banda ko asar khas gari sabi lai parne bhayeko le yo khalko sanes sabai ma gaye ta banda hadtal garme manisai hindainani!
मन परे हरियो, नपरे रातो
1
0
officially this programme should be the first step towards making new nepal. i do not hasitate to say that this is a very good slap on those faces who is trying to distroy out beautiful nepal. now its time for the change and what could be better start than this…well done to brave nepalese citizens.
मन परे हरियो, नपरे रातो
1
0
well done youth club…
They have taught a good chapter for all nepali,
we must follow them….
keep it up….
मन परे हरियो, नपरे रातो
1
0
sarba pratham ta satathobato basilai derai derai thanks.tapai haruko yo prayasale nepal varinai yastai pravaba parosa .abako yuwa vaneko 21sau sadabtika yuwa hunu paro .sadai banda hadatala haina sadai sapha swacha nepal banaunu paro.aafno haka adhikara pauna aruko haka adhikar lai aaghata napurau .sabai nepali mili banda nepal haina sammridi nepla banau yahi hamro chahanahosa.aba hami pani yasto yaviyana ma lagu.naya nepal ko nirmana garu .
मन परे हरियो, नपरे रातो
1
0
बंद लाई बंद गर्ने यस अभियान बिरुद्ध भोली आर्को बंद को घोसणा…..लौ जा…जे परे पर्ला
मन परे हरियो, नपरे रातो
1
0
खुब मुर्मुरिएका होलान् नेताहरु सधै बन्द हड्ताल गर्यो एउटा नया पार्टी खोल्यो। पार्टी पिच्छे ाध्यछ बन्यो ।सारै ठिक काम गरेछन् ल यिनिहरुलेत । यो कार्य ामर रहोस यहि कामना गर्दछु म त।
मन परे हरियो, नपरे रातो
1
0
काम त राम्रै हो, हेरु कती दिन टिक्छ !
मन परे हरियो, नपरे रातो
1
0
सातदोबातोका यूवा साथीहरुले गर्नु भएको अत्यन्तै सर्हानिय कामको बधाई दिनु हुने बशन्त थापा ज्यूँ का हरेक शब्दहरुले मलाई भावबिह्वोल बनायो तपाई जस्तो यूवा त्यों टोल,समाज अनि देशमा अति खाचो छ तर के गर्नु हामी बिदेश लाग्नु बाध्यता छ त्यों देशको दुर्भाग्य हो भन्ने थान्दछु
अन्तमा मेरो तर्फ़ बात पनि सातदोबातोका यूवा साथीहरुलाई अग्रिम बधाई तक्राऊछु
कमल पुन (नक्खिपोट) हाल -जापान
मन परे हरियो, नपरे रातो
1
0
good job.keep it on
मन परे हरियो, नपरे रातो
1
0
since a long time this is probably the good news to be wiewed. i am absolutely with them who step out such a good programme at satdobato areas. it should be extended to whole country at all and we people should participate in this programe.
every one from their area should wake up and do as the youth community of satdobato did. thanks for the poeple who did participate and wish best of luck for them.
मन परे हरियो, नपरे रातो
1
0
This is my attempt to give one slogan for such constructive idea
बन्द हड़तालको बिरोध
प्रतिगमनको प्रतिरोध
मन परे हरियो, नपरे रातो
1
0
धेरै धेरै धन्यबाद ति ललितपुर का सचेतक युबा हरु लाई । पुरै नेपाल मा यसै गरी बन्द हडताल को बिरोध हुन्थ्यो त कती राम्रो
हुन्थ्यो । हो यो कुरा सन्बिधान मा रखनु पर्ने हो ।
मन परे हरियो, नपरे रातो
1
0
यो त अती राम्रो सुरुअात होनी । एसरिनै सबै युबा हरु जगरुप हुनेहो भने देशमा प्रगती हुनलाई समय लगनेनै छैन होइन र ? कि कसो ! सलाम छ लतिलपुर युबा साथीहरुलाई ।
मन परे हरियो, नपरे रातो
1
0
Great job,well done youth club,the other youth club must learn from this
मन परे हरियो, नपरे रातो
1
0
हेल्लो सिता ???????
गरीब नेपाली ले सभासद भएर भत्ता खायो त तिमीलाई के भयो र ? तिम्रो एक राते पोइहरुले मात्र खानु भन्ने छ र ?????????
प्राडो र पजेरो तिम्रो नेताहरुले मात्र चड्नु भन्ने छ र ? एक दुई पल्टो अगाडिको सिट मा राखेर काठमाडौं घुमायो भन्दैमा , याक एन्द यती ,सोल्टी र दोहोरी मा लग्यो भन्दैमा त्यो प्राडो पजेरो तिम्रो होइनन के नानु !! तिम्रो बाउले घुस खाएर तिमीलाई बोर्डिङ स्कुल मा पढायो भन्दैमा अरु गरीब नेपाली लाई असिक्छित भनेर हेप्नु पाईन्छ ? अझ माओवादी सभासधहरुको भात्ताको हिसाब रहेछ ? त्यसो हो भने १० बर्ष देखिको कती भयो नि तिम्रो नेताहरुको ? अली कती लाज लाग्दइन ??????????????????
मन परे हरियो, नपरे रातो
1
0
Good Job!
Sabaile aa aafnu thau ma yestai garau!
मन परे हरियो, नपरे रातो
1
0
BALLA UBAA HARUKO BUDHI PALAAYECHHA
मन परे हरियो, नपरे रातो
1
0
आज नेपाल मात्र होइन संसारका कुनै पनी कुनामा बसीरहेका नेपालीको मन छुने गरी ललितपुर जिल्लाको सातदोबाटोका सचेत युबाहरुले जुन एउटा सर्हानिय र अनिबार्य भइसकेको कार्यको शुभराम्भ गरेका छ्न जस्को जती प्रससा र स्याबासी दिएपनी कमहुन्छ \मेरो आधा जिबन सातदोबाटोमा र यसको अङ्गालोमा बितेको छ् \म दुई कक्षा देखी लगनखेलको नमुना मछिन्द्र स्कुलमा अध्ययन गर्न यही बाटो भएर मेरो घर इमाडोलबाट आउने जाने गर्थे \र युवा भए पछी सातदोबाटो का असल साथीहरु सँग भेटघाट भएपछी आफुलाई सही बाटोमा हिंड्न यहाँका साथी हरुको ठुलो हात छ् जुन म स्वार्थी र बेमान नबने सम्म भुल्न सक्दिन \
आज म अमेरिकामा दु:ख गर्दै जिबन गुजार्दै छु \नेपाललाई बिनास तर्फ लान यो बन्द ले धेरै नै भूमिका निभाएको छ् \अन्धा र लाटा अनी निस्ठुर निरङ्कुस शासन र साशक भएको बेलामा यस खाले बिरोध र सघर्सको आबस्यक थियो र हुन्छ तर आज देशमा अर्कै शासन ब्यबस्था र साशक भएको अवस्थामा देश र जनतालाई आहत पुराउने नेपाल बन्द चक्का जाम जस्ता कार्यक्रम हुनु हुँदै हुँदैन यो आजको नेपाल र नेपालिको चाहना हो \हामी हरेक कुनामा रहने अनेक थरिका नेपाली समुदायले यो असल कार्यको थालनी गरौ र शान्त र बिकसित नेपालको निर्माण गरौ \
धेरै धेरै बधाई छ् आत्मिय सातदोबाटोका मित्रहरु !म यो खबर सुनेर यती भाबबिहल भए जस्को बर्णन म गर्न सक्दिन \मेरो बितेको जिबन का हरेक पाना एक एक गरी पल्टिएर मेरो सामु आइरहे र आइरहनेछ्न \
मन परे हरियो, नपरे रातो
1
0
very good
मन परे हरियो, नपरे रातो
1
0
साथी हरु ,
यसमा मेरो १००% समर्थन छ ,,,,,,,,,,,युबराज
मन परे हरियो, नपरे रातो
1
0
ललितपुरको बन्द सातदोबाटोबाटै शुरु हुन्छ । बन्द विरोधी नारा पनि त्यहिंबाटै शुरु भएको छ । तर हेरुँ — कार्यान्वयन कत्तिको हुन्छ । …………….भारतको उत्तराखन्ड राज्यथित चमौली जिल्लामा नेपाली तीर्थयात्री मार्ने दुर्घटना यहाँ भएको भए कल्पना गरौ त कति दिनको चक्काजाम र बन्द हुन्थ्यो ।
–आरुषी
मन परे हरियो, नपरे रातो
1
0
SALUTE TO THE CLUB THAT STARTED MOVEMENT AGAINST THE “BANDH” AND MAY THIS BE SPREAD FAR AND WIDE THROUGH OUT THE NATION THRASHING THE POLITICAL PARTIES AND GROUPS THAT ORGANIZES “BANDH”.
मन परे हरियो, नपरे रातो
1
0
बन्द सधैंका लागि बन्द गर।
मन परे हरियो, नपरे रातो
2
0
nice work, highly appreciable!!!!!
मन परे हरियो, नपरे रातो
1
0
GREAT….yasta yuba haru ko prayas safal bhaye desh pani aagaadi badhthyo…natra yee bhat maara YCL marka harule barbaad sake…
मन परे हरियो, नपरे रातो
1
0
i support this movement.
मन परे हरियो, नपरे रातो
1
0
SYABASI TATHA DHANYABAD CHHA SAT DOBATO YUWA HARULAI. MA PANI SAT DOBATO NIBASI BHAYEKOLE YES KARYA MA MERO DHYANA KARSAN BHAYEKO CHHA.
YEDI BABU MAHARJAN JI LE YO PRATIKRIYA PADNU BHAYEMA KRIPAYA YO EMAIL ADD MA MAIL GARNU HOLA HAI. HAMI BEDESH MA BASE PANI HAMRO DAYEETTO PANI TETI NAI RAHEKO CHHA, BARU TAPAI KO YUWA CLUB LAI AARTHIK SAHAYOG KO JARURAT CHHA BHANE, SAMPARKA RAKHNU SAKNU HUNCHA.
bhimlimbu@hotmail.co.uk
UHI BHAIRE,SCOTLAND UK
मन परे हरियो, नपरे रातो
1
0
देश मा गणतन्त्र आय पछी राम्रो खबर सुन्न बल्ल पाइयो । खुशी लाग्यो तातो न छारो को बन्द गर्ने हरुलाई ठीक गर्यो ।घर को भैंसी ले दुध नदिय पनि रिस ले बन्द गरुम भन्न थाले सब ।
देश अनी जनता को हित अनी सुबिधा को लागि राम्रो कार्य को सुरुवात लाई सबले समर्थन दिनु पर्छ ।
मन परे हरियो, नपरे रातो
1
0
बन्द गर्ने परम्परालाई बन्द गर्ने प्रयास त राम्रो छ तर “बन्दलाई बन्द” गर्ने अर्को परपराको बिकास हुँदै जादा बन्दलाई बन्द गर्ने बिरुद्द आन्दोलन भयो रे भन्ने सुन्न चाँही नपरोस नि फेरी मैले त भन्याछु है |
मन परे हरियो, नपरे रातो
2
0
Good job ,thanks
मन परे हरियो, नपरे रातो
1
0
अब बन्द का महारथी हरुले एस्लाई स्विकार गर्लान त ? गरे त धेरै राम्रो तर बन्द गर्नु पर्ने नत्र भौतिक कारबाही गर्ने भनेर बबाल मच्चाये भने पो के गर्ने हो ? तेस्को लागि पनि तयार हुनु परो /
मन परे हरियो, नपरे रातो
1
0
Something new, something creative, something constructive, something sensible, something worth learning. Hope all destructive elements (politicians) will learn something from this. If Nepal moves ahead this is the only way not by any party or politicians, they are all deadbodies who can only give the slogan of Ghost but can not do anything, they are all terminally ill people (a cancerous virus) who are prepared to destroy the society, economy and the coutry. These type of young blood are the cure for such terminal desease. Very good news and hope it will take momentom to save the country.
मन परे हरियो, नपरे रातो
1
0
thakai chha k bhanni raa/
मन परे हरियो, नपरे रातो
1
0
now we need to ban burning tyres. A great start. A big salute!!
मन परे हरियो, नपरे रातो
1
0
yo kura yakdam ramro ho. Naya Nepal banaune jimma yuba haru lai chha hai. jaga yuba haru jaga.
DSP sab ,Edinburgh,uk
मन परे हरियो, नपरे रातो
1
0
dherai ramro yestayi gari sabai ko maan ma yo kura aye bane hamro nepal lai mathi lanu ma dherai time lagdaina protest garne yeuta thaun bani dine tyas thau
banda bahira ayera protest gareyo bane tyas lai karwahi garnu ani juan thaun bata protest gareo tyas
ko awaz nepal govment le sunnu tyaso gareo bane sabi kura ramro huncha
मन परे हरियो, नपरे रातो
1
0
म हेमराजजी को लेखाइ प्रति सहमत छु जनता,मज्दुर,किसानहरु को हक,न्यय् प्रति कुनै आच आउछ भने कनुननी तरिका धेरै छन,बिरोध नै भएन भने प्रजातन्त्रको के महतो !तर यिनै जनता ,मज्दुर ,किसानहरु लाई नोक्सान हुने गरी अस्पातल,सर्वजनिक स्थलमा तोड्फोड ,देशको सम्पत्तिको नोकशान,टाएरको धुवा बाट हुने असार यो कसरी भयो जनताको न्यय् प्रति हड्ताल ? नेपाल अधिराज्यमा कुनै पनि क्षेत्रमा बिरोध गर्दा नोक्सान भएमा छतीपुर्ती होइना सजाये कमसे कम १० बर्ष अनी मात्रा छति काम हुने थियो कि !
मन परे हरियो, नपरे रातो
1
0
very good job well done.
मन परे हरियो, नपरे रातो
1
0
good …
मन परे हरियो, नपरे रातो
1
0
अब हाम्रो पोखरा लाई पनि चाडै नै बन्द मुक्त क्षेत्र घोषणा गर्नु पर्छ सबै युबा हरु मिलेर
मन परे हरियो, नपरे रातो
1
0
this is very good job they have started. we should must have to stop all the band program. which one helding in our country nepal such bad a band is very bad band. like a monkey they are doing.
really appreciable job they have done by lalitpur youth. thanks a lot lalitpur youth.
and we all over nepali youth we shoud start to do this job make peaceful nepal.
hurry up nepali youth………
wake up…………
do make nepal bandless nepal and peaceful nepal…
jay des jay janata……..
मन परे हरियो, नपरे रातो
1
0
Well done guys.
Thanks a lot.
मन परे हरियो, नपरे रातो
1
0
its good job .i support that program .its like a symbole new way
मन परे हरियो, नपरे रातो
1
0
k yo sabai berojgaar ko parinam hoina ta? however good job! well done boys keep it up!
मन परे हरियो, नपरे रातो
1
0
What a good initiation by the youth club!
this should not be confined to saatdobato and must go all over Nepal.
मन परे हरियो, नपरे रातो
1
0
बन्द लाई बन्द गर्ने कुरा जत्तिको हाम्रो देस मा खाचो अरु केही चिजको छैन। यो पहल देस का कुना कुना मा पुगोस!!! अग्रिम शुभकामना!!!!!
मन परे हरियो, नपरे रातो
1
0
अती राम्रो काम । संबिधान मा पनि आधार भुत आबस्यक्ता हरु मा असर पर्ने गरी बन्द गरन नपाईने कुरा समेत लेखाउनु पर्छ । यातायात को क्षेत्र मा बिशेष ख्यालगरी नियम बनाउनु आब्स्यक छ । अग्रिम शुभ कामना । नयाँ नेपालको पहिलो राम्रो काम यो हुनु पर्छ । naaraa- हातमा छैन दाम , बन्दले दिदैन माम ।
sharmaajee jhapaa
मन परे हरियो, नपरे रातो
1
0
यो कुरा कार्यान्वयनमा भने मलाइ चाँहि शङ्का लाग्दैछ । करिव १ बर्ष अगाडि जस्तो लाग्छ, झापाका राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, यातायात क्षेत्रका प्रतिनिधि, नागरीक समाज आदिले संयुक्त रूपमा झापा बन्द मुक्त जिल्ला घोषणा गरे र उनीहरूले नै त्यसको करिव २०, २५ दिनपछि कुनै अर्को समस्यामा बन्दको आह्वान गरे ।
साँच्चै बन्दलाइ रोक्ने र यसबाट हुने नोक्सानबाट देशलाइ बनाउने हो भने त संविधानमै बन्द गर्न नपाउने घोषणा गर्नु पर्दछ । बन्द आह्वान कर्तालाइ कडा कानूनी कारवाही तथा कानूनी रूपमै कालो सूचिमा राखिने प्रावधान बनाइनु पर्दछ । साथै सामाजिक रूपमा पनि बन्द आह्वानकर्तालाइ वहिष्कार गरिने प्रचलनको शुरूवात गरे पक्कै पनि देश र जनता बन्दको मारबाट बच्ने थिए ।
मन परे हरियो, नपरे रातो
1
0
गज्जब गरेछन केटा हरु ले । अब सबै ले यस्को अनुकरण गर्नु पर्छ ।
मन परे हरियो, नपरे रातो
1
0
बन्द गर्नुको अर्थ कुनै ब्यक्तीको बिरोध हुन सक्छ, कुनै नयाँ पारीपाटीको बिरोध हुन सक्छ, कुनै प्रणालिको बिरोध हुन सक्छ, कुनै कार्यालयको बिरोध हुन सक्छ, कुनै मन्त्रालयको बिरोध हुन सक्छ, कुनै पार्टीको निर्णयको बिरोध हुन सक्छ, आदी आदी । जे भएपनी शान्तिपूर्ण बिरोध हुनु पर्छ, र अर्कालाई मर्का नपर्ने गरी, सार्वजनिक बस्तुहरुको हिनामिना नहुने गरी, दैनिक जनजीबन प्रभाबित नहुने गरी हुनु पर्छ । बिरोध के का लागि भएको छ र कसका बिरुद्द भएको छ त्यसकै संघारमा गएर गरे त भइहाल्छ नि । संचार माध्यममा बिरोधका कार्यक्रमहरु राख्नु पर्यो सडकमा होइन । अदालतमा मुद्दा दायर गर्नु पर्यो, गाडी जलाएर होइन । पसल-पसलमा बिरोधको प्लेकार्ड राखेर बिरोध गर्न सकिन्छ, पसल बन्द गरेर होइन । सार्वजनिक गाडीका अघी-पछी बिरोधका तुल टाङेर बिरोध गर्न सकिन्छ, तिनलाई चल्न नदिएर होइन । बिरोध पत्र सम्बन्धित निकायमा बुझाएर बिरोध गर्ने पो हो, त्यस निकायलाई नै चल्न नदिएर होइन । ढुङ्गा-मुढा गर्नेका बिरुद्द बिरोध गर्ने पारीपाटी बसाल्नु पर्यो । सम्बन्धित कोही ब्यक्तीको बिरोध हो भने केबल उसको कार्यकक्ष्यमा गएर बिरोध गर्न सकिन्छ, अर्काको कार्यकक्ष्य बन्द गरेर होइन । अहिलेका कुनै पनि ठुला पार्टीमध्ये कुनै एकले भाबिदिनमा कुनै पनि किसिमका तोड्फोडयुक्त बिरोध कार्यक्रम नगर्ने घोषणा गरे भने खुर्पेटोलाई विश्वाश छ, सारा जनताले त्यस पार्टीको गुणगान गाउनेछन, र अन्यप्रती घ्रिणा । भन्न र गर्न सक्नु पर्यो नि । यस्तो पार्टी होस् जस्ले तोड्फोडको सख्त बिरोध गरोस ।। कसले मन पराउँदैन त्यस्तो पार्टीलाई, सबले मन पराउँछन ।। चाहे त्यो कङ्रेश होस्, चाहे एमाले, चाहे माले, चाहे रा.प्र.पा , चाहे चुरे-भाबर, चाहे तमलोपा, चाहे फोरम ।।। जे सुकै होस् ।।। मान्छेका घर-घरमा चर्चा होस् न – “ए यो त एउटा गजबको पार्टी छ देशमा जसले बन्दको बिरोध गर्छ र सार्वजनिक सम्पत्तिको माया गर्छ” भनेर ।।।। यस्तै घोषणा कुनै पार्टीले आजका दिनमा गर्छ भने अबस्य पनि हिमराज खुर्पेटो ले आउँदो चुनावमा त्यसैलाई बहुमुल्य भोट दिनेछ, कुनै पार्टी बिशेषलाई होइन ।।। यो पारीपाटीको कुरो हो, असम्भव छैन, र कसैले शुरुवात गर्छ भने जनताले त्यस्लाई अबस्य माया दिनेछन ।। कुनै पार्टीले देशको त्यस्तो पहिलो पार्टी बनेर देखाउन सक्नु पर्यो जसका कार्यकर्ताले तोड्फोड अबका दिनमा नगर्ने प्रतिबद्दता सहित ‘बन्दको बन्द गर्ने’ ”भिश्म प्रतिज्ञा” गरोस । शुभकामना ।।।
मन परे हरियो, नपरे रातो
1
0
धेरै रचनात्मक कार्य । एस्तो साहसिक् कदमको थालनी हुनु अती आवश्यक थियो , एस्ले निरन्तरता र ब्यापकता पाउनुपर्छ । मैले बन्दलाई कानुनी रुपमा प्रतिबन्ध लगाउनु पर्छ भन्ने ब्यहोराको लेख Kathmandu Post मा पठाएको थिय तर मेरो सो आर्टिकल प्रकाशन नभये पनि सोही प्रकारको Editorial आजको Kathmandu Post मा पढ्न पाउदा र सातदोबाटोका युवाहरुले स्वतस्फुर्त रुपमा उक्त कार्यको थालनी गरेकोमा मेरो चाहनाले पनि मुर्त रुप लिएको महशुश गरेको छु।
मन परे हरियो, नपरे रातो
1
0
It should be replicated in all places…. good job. superb…
मन परे हरियो, नपरे रातो
1
0
Good Job, well done!!!
I appreciate it, carry on……..
मन परे हरियो, नपरे रातो
1
0
केही युवाहरुबाट भएको यो कार्य पक्कै पनि ज्यादै सराहनिय योग्य छ र यो अभियान सम्पूर्ण नेपाल र नेपालीको लागि पनि अत्यन्त्य आबश्यक छ | सलाम छ ति युवाहरुलाई जसबाट यो कार्यको थालनि भएको छ र आशा छ सबैले यो शन्तिपूर्ण प्रब्रितिलाई छिट्टै नै अगाल्नेछन |
मन परे हरियो, नपरे रातो
1
0
यो त गजब कै शुरुबा त् हुने भो ।
अब यसरी नै सर्बसाधारण नै जाग्रित हुनु पर्छ ।
हुन पनि हो राजनीति गर्ने नाम मा सर्बसाधारण लाई सधैं मार मा कती समय सम्म पारीरहने ! यसरी सर्बसाधारण मार मा परेको कुरा लाई कोही कुनै राजनीतिक पार्टी हरु , संघ सस्था ले गम्भिर भयर सोचिदियनन !
अत्यन्तै सर्ह्यनिय कार्य गरेका छन सात दोबाटो क्षेत्र का स्था निय युबाहरुले ।
अन्य बिकल्प को साथ बन्द हड्ताल गर्न सकिन्छ सर्बसाधारण लाई मार मा नपारेर पनि ।
अस्ती भरखर केलटोल का बासिन्दा ले कती राम्रो उदाहरण देखाय ! कालो कपडा मा बिरोध लेखी चोक मा टागेर ।
” जहाँ इछा त्यहा उपाय ”
सर्बसाधारण लाई मार मा नपारी देश को अर्थ तन्त्र लाई पनि सुचारुप ले अघी बढ न् दिदै पनि बिरोध हडताल गर्न सकिन्छ नि !
देश र जनता प्रती सम्बेदनशील हुने ले यस्तो सोच्नु पर्छ ।
मन परे हरियो, नपरे रातो
1
0
Great Job!!
मन परे हरियो, नपरे रातो
1
0
grea8 job—keep it on
मन परे हरियो, नपरे रातो
1
0
धेरै खुशी लाग्यो यो समाचारले । नयाँ नेपाल बनाउने हो भने, यस्तै सकारात्मक सोच चाहिन्छ, छिसिक्क केही हुन पाएको छैन बन्द गरेर होइन । धन्यबाद ति युवाहरुलाई, सबैतिर यस्को नक्कल गर्न सके राम्रो हुन्थ्यो ।
मन परे हरियो, नपरे रातो
1
0
सार्है राम्रो काम, जनता स्थानिय रुपामा जागरुक नभै केही हुने वाला छैन । आशा गरौं ति युवा हरु कुनै पार्टी को नभै स्वतन्त्र हुन ।
मन परे हरियो, नपरे रातो
1
0
nice work keep it up……tara tolma hoina desh mai garnu paryo
मन परे हरियो, नपरे रातो
1
0
Ati ramro.
मन परे हरियो, नपरे रातो
1
0
मन को कुरा बोल, खोल बन्द खोल!
आहा! कस्तो राम्रो कुरा सुनौनु भो उमेशजी, धन्यवाद तपाईंलाई!
यो कार्यलाई copy, paste गर्नु पर्यो नेपाल भरी। शूभस्य शिघ्रम!
मन परे हरियो, नपरे रातो
1
0
GOOD JOB !
मन परे हरियो, नपरे रातो
1
0
prays ta ramro ho tara lagu hola nahola bhanna sakinna tara sabai thauma banda nisedhit chetra ghosana garne ho bhane samvab hola hoina bhane testai ho……………………….
मन परे हरियो, नपरे रातो
1
0
ganataantra naai bandaa ra haadtaal baaat aayeko le yo karyakram hatti aayo hatti ayo fussa
मन परे हरियो, नपरे रातो
1
0
यो एउटा सान्केतिक कुरा हो । यस्ले सर्बसाधारण मनिसहरूको बन्द हडताल प्रतीको आक्रोस, घ्रिना,र त्यसो गर्ने लाई शिक्षाको प्रतिनिधित्व गर्छ।
मन परे हरियो, नपरे रातो
1
0
मनिष जि !
तपाईंको कबिता का हरफ हरु मध्य –
” चेतना अझै झाङियको छैन
सुचनाको गती बढाउनै पर्छ
राष्ट्र प्रेम अझै मौलायको छैन
हिर्द्यय भित्र मलजल गर्नै पर्छ ”
सार्ह्यै मन छोयो । ( अन्य हरफ ले पनि मन छोयो । )
मन परे हरियो, नपरे रातो
1
0
बसन्त जि !
यक दिन आफु जन्मेको मार्तुभुमिमा फर्किन लाई यो अहिले को दु:ख रुपी सागर मा आफ्नो डुंगा लाई खियाउदै जानु होला , ढल्पल हुन नदिनु होला , निरन्तर खियाउदै अघी बढी रहदा दु:ख को सागर पार हुने दिन पनि आ इपुग्छ । त्यती खेर तपाईंको पाइला ले मार्तुभुमिलाई छोयको हुने छ ।
धैर्य सँग सपना फु लाई
चोट स हदै मन लाई भुलाई
हामी हिंड्नु पर्छ कर्तब्य पथमा
अबिरल पाइला नबिराइ ।
°
मन परे हरियो, नपरे रातो
1
0
बसन्त जि !
यक दिन आफु जन्मेको मार्तुभुमिमा फर्किन लाई यो अहिले को दु:ख रुपी सागर मा आफ्नो डुंगा लाई खियाउदै जानु होला , ढल्पल हुन नदिनु होला , निरन्तर खियाउदै अघी बढी रहदा दु:ख को सागर पार हुने दिन पनि आ इपुग्छ । त्यती खेर तपाईंको पाइला ले मार्तुभुमिलाई छोयको हुने छ ।
धैर्य सँग सपना फु लाई
चोट स हदै मन लाई भुलाई
हामी हिंड्नु पर्छ कर्तब्य पथमा
अबिरल पाइला नबिराइ ।
°
मन परे हरियो, नपरे रातो
3
0