मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    राष्ट्रियता र भाषा

    -अलर्क शिरोमणि-

    राष्ट्रियताको कुरा साह्रै चर्को गरी गएका केही दिनमा। मूलतः दुईटा कुराले महत्व पाए। भाषा र भेष। हाम्रो भाषा के हो र हाम्रो मौलिक भेष के हो भन्ने चर्चा चल्नु राम्रो कुरा हो। भाषा र भेषको कुरालाई लिएर राम्रा नराम्रा चर्चा भए। टर्की एउटा मुस्लिम देश हो। मुस्तफा कमाल पाशाले के देखे भने मुस्लिम समाजमा भेष नै सबैभन्दा दुश्मन हो विकासको। अनि लेखाइमा अरबी लिपी पनि उपयुक्त छैन। त्यही सोचेर उनले परम्परावादी मुस्लिम पोशाकलाई हटाइदिए कानुन नै बनाएर। अनि लिपी पनि रोमन अपनाए।

    अब हाम्रो देशमा चाहिँ अलि भिन्नै प्रकारले यो प्रसङ्ग आयो। पहिलो त उपराष्ट्रपतिसँग जोडिएर आयो। उनको पोशाक र सपथको भाषा। दुबैले खूब आलोचना भेटे। त्यो पोशाक राष्ट्रिय होइन, भाषा पनि नेपालको कुनै भाषीहरूको होइन भनेर। तर परिणाम कस्तो बन्न गयो भने परमानन्दले राजनैतिक लडाइँ जिते। भलै आलोचना खेपेरै भए पनि। यसको पोषण प्रधानमन्त्रीबाट भयो। उनले के लुगा लगाउने के नलगाउने, निर्णय गर्न सकेनन्। दौरा सुरुवालमा सामन्ती (पुँजीवादी पनि) संस्कार देखे। अनि ‘लु जा!’ भनेर पश्चिमी पोशाक नै धड्काइदिए टाईसमेत कसेर। आलोचना भो परमानन्दको भन्दा अलि मत्थर। त्यो आलोचनाको मान राखेर हो वा किन हो, त्यसपछि उनले टाई फ्याँदिए। आफैले सुरु गर्ने लागेको परम्परा अङ्कुराउने वित्तिकै तोडे पिएमले। अनुकरणस्वरूप पछिल्ला माओवादी मन्त्रीहरूले टाइ लगाएनन्। तर टोपी चाहिँ लगाए है। कसैले कालो, कसैले छिर्केबिर्के। अनि मधेशी मन्त्रीहरूमा बहुलता कायमै रह्यो।

    अनि भाषा। मधेशी मन्त्रीहरूले कुन भाषाम सपथ लिए खोइ त्यसको चर्चा चाहिँ सुन्नमा आएन। वा मनमनै लिए कि। वा पण्डितहरूले रूद्री पाठ गर्दाको जस्तो आवाजहरू बाझिएर केही पनि बुझेनन् पत्रकारहरूले? कसले के पो बोल्यो। सबैलाई एकमुष्ट सपथ गराउँदा यही नै सपथ लिनुपर्छ भन्ने के छ र! भाषासँग मिसिएर आएको कमेन्टहरूमा मलाई रमाइलो लागेको लेखाइमा हो। भाषाप्रतिको प्रेम र आकर्षण कथ्य भाषामा मात्र हुन्छ कि लेख्यमा पनि। नेपालमा अहिले अरू भाषाले पनि (केही अपवाद छोडेर) देवनागिरी लिपीलाई अङ्गिकार गरिरहेका छन्। अब यसको कारण धेरै खोज्न सकिएला। तथापि यो स्थापित भैसकेको छ। तर हाम्रा कमेन्टहरू भने रोमन लिपीमा लेखिएर आउँछन् र नेपाली भाषाको पक्षमा दह्रो वकालत हुन्छ। त्यसो त यहाँ देवनागिरीमा लेख्‍नको लागि विकल्प नभएको होइन, छ। तर त्यो लन्ठो सिक्ने झन्झट किन गर्ने? राष्ट्रियताको राग हो जसरी अलापे पनि हुन्छ! अनि त्यसमा पनि कुनै एकरुपता भेटिँदैन। पढ्न पनि गाह्रो हुन्छ। कहिलेकाहिँ त लेखकले क भन्न खोजेको हो भन्ने पनि मेलो पाइँदैन र ‘ए, ए’ भनेर टार्नुपर्छ।

    अझ सँगै अर्को रमाइलो कुरा छ जसले नेपाली लेख्छन् उनीहरूको। प्राय: सबैजसो लेखाइमा कुनै सुद्धता हुँदैन (मैले मेरोमा शुद्धता छ भनेर दाबी गरेको छैन, कसैलाई व्यङ्ग गर्न र होच्याउन यो भनेको होइन भन्ने विचार गर्नुहोला)। तर हामी अङ्ग्रेजीको हिज्जेको बारेमा सगर्व चर्चा गर्छौँ अनि कसैको अङ्ग्रेजी मिलेन (?) जस्तो लाग्यो भने होच्याउने र अर्घेलो देखाउनेतिर हामी लाग्छौँ। मलाई लाग्दैन कि जो नेपालमा बसेको छ, आफ्नो बाल्यकाल र युवावस्था नेपालका भाषा बोलेर बिताएको छ, उस्को अङ्ग्रेजी जतिसुकै गफ गरेपनि मौलिक अङ्ग्रेजी वक्ताको जस्तो हुन्छ। यो एउटा वास्तविक तथ्य हो। अब रह्यो नेपाली लेखन किन शुद्ध हुँदैन त? यसको मूल कारण हामीलाई नेपाली शुद्ध भनेको नै थाहा छैन। शुद्ध लेखनमा समस्या ल्याउने कुराहरू भनेको ब / व, स/श/ष र शिरोविन्दु / चन्द्रविन्दु मुख्य छन्। अनि त्योभन्दा पनि ह्रस्व र दीर्घ। अझ हाम्रा केही अङ्ग्रजवाजहरू ‘मलाई नेपाली त्यति आउँदैन’ भनेर गर्व गर्छन्। मलाई के लाग्छ भने त्यस्ता व्यक्तिलाई कुनै भाषा पनि राम्रोसँग अभिव्यक्त गर्न आउँदैन। अनि कतिपयलाई कदेखि ज्ञसम्म पनि खरर्र भन्न आउँदैन। कतिपयलाई नेपाली शब्दकोष हेर्न आउँदैन। काठमान्डुमा एकजना थिए शब्दकोष हेर्न कार्यशाला चलाउने।
    मेरो एउटा सम्झना छ। काठमाडौको एउटा पुस्तक पसलमा एकजनाले नेपाली शब्दकोष फिर्ता ल्याउँदैथे किनभने त्यसमा ‘क्ष’, त्र, र ज्ञ थिएनन्। पुस्तक पसले पनि बाध्य भए फिर्ता लिनलाई किनभने त्यो अपूरो थियो। अनि मैले ती तीनवटा अक्षर शब्दकोषमा देखाइँदिए। ती विद्वान खुशी हुँदै गए। यो हाम्रो साझा समस्या हो। र यो किनभने हाम्रा स्कुलमा नेपाली शुद्धसँग लेख्‍न सिकाउने प्रचलन छैन। कथित बोर्डिङ स्कुलको कुरै भएन। अनि नेपाली शुद्धसँग लेख्‍न नजान्नु हाम्रो कमजोरी पनि कहिले भएन। बरु, यो त गर्वको विषय हुन्छ हाम्रो समाजमा।

    म यो टिप्पणी पढ्ने सबैलाई एकचोटी सोच्न अनुरोध गर्दछु, हामीमध्ये कसकसले नेपाली शब्दकोष हेर्ने गरेका छौँ शुद्धाशुद्धीको लागि? अनि यसमा सुधार गर्यौँ भने राष्ट्रियतामा पक्कै पनि निखार आउनेछ। कसैलाई मेरो कुरा तितो लागेमा क्षमा दिनुहोला ‘अज्ञानी जीव’ सम्झेर!

    [यो ब्लगमा आएको कमेन्टबाट]

    No related posts.

    72 comments to राष्ट्रियता र भाषा

    • पुष्प

      बोलाइ र लेखाइ अलगअलग पाटो हुन् । अंग्रजी राष्ट्र भाषा भएका देशका नागरिकहरू पनि अंग्रेजी लेखनमा पाको छैनन् । कुनै पनि भाषीहरू आफ्नो भाषाको लेखनमा परिपक्व छैनन् । बरू विदेशी भाषामा अलि बढी परिपक्व हुन्छन् । केही नेपालीहरू नेपाली भन्दा अंग्रेजीमा अलि बढी परिपक्व छन्, किनभने अंग्रेजी विषयलाई बढी महत्वकासाथ अध्ययन अध्यापन गराइन्छ । त्यसमाथि क्याप्पस/कलेजका पुस्तकहरू पनि प्राय: अंग्रेजीमा नै हुन्छन् । अंग्रेजी अन्तर्राष्ट्रिय भाषा भएका कारणा पनि यसो भएको हो । त्यसैले नेपालीले शुद्धरूपमा नेपाली लेख्ने कुरालाई होच्याउन मिल्दैन । बरू नेपाली भाषालाई व्यापकरूपमा प्रयोग गरिनु/गराइनुपर्दछ । सामन्ती भाषाको रूपमा नेपाली भाषालाई हेरिनुहुँदैन । नेपाली राष्ट्र भाषा नै हो र हुनुपर्छ, यसमा दुइमत छैन । पहिरनको कुरा अलि भिन्न छ, तर प्रचलित कानूनमा उल्लेखित राष्ट्रिय पहिरनमा पनि सामन्ती छायाँ देख्नु पनि हास्याष्पद हो । राष्ट्रियतालाई एकसूत्रमा बाँध्ने काममा भाषा-भेषले धेरै नै मद्दत पुर्याउँछ । त्यसैले राष्ट्रिय भाषा र भेष हुनैपर्दछ । राजनीतिक, आर्थिकरूमा आत्मनिर्भर हुने समयमा आफ्नो भाषा-भेषलाई लत्याएर भाषा-भेषमा समेत परनिर्भर हुनुजस्तो दुर्भाग्य अरू के हुनसक्छ । हामीले बुझ्नुपर्छ हामी परनिर्भर हैनौं, बनाइएका हौं । त्यसैले आजैबाट आत्मनिर्भर बनौं !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nakul Gautam (K.S.A.)

      नमस्ते!

      जेहोस् अलर्क शिरोमणी जि धेरै नै सतर्क अनी सटिक उत्तरका गोलि-गट्ठाकासाथ तम्तयारी भयर मैदानमा बस्नु भयको झै लाग्यो। सार्है खुशी लाग्यो तपाईंको उत्तर फर्काउने शैली देखेर । भाषा भनेको संचार को माध्याम हो, ब्यग्त गर्न खोजेको आशय बुझे भईगो नि भन्नु चाँही अली सान्दर्भिक नहोला किनकी कहिले काही यस्तै लत छोड्दै जाँदा अर्थको बेअर्थ भयर बेहाल हुन्छ। नजानेको खन्डमा भने ठिकैनै हो त्यस्तो अवस्था हो भने झम्टनु चाँही ठीक होइन अझ बिदेसी भाषा को प्रयोगमा।

      अनी कुन भाषाले संसारको सबै भाषालाई सिक्न सहज बनाउछ हो त्यस्तो भाषा लाई प्राथमिक भाषा बनाय भाषा सिक्न सजिलो हुनेरछ यस्तो अवस्थामा English र Arabic पनि पछी परेको छ सिमित शब्द उच्चारणको कारन्ले गर्दा। त्यसकारण टर्किका मुस्तफा कमालले Roman Letter का साथ केही थप Letter राखेका होला यस् मामिलामा हामी धेरै अघी अनी धनी छँउ जस्तो लाग्छ मलाई शब्द भन्डारमा जस्ले संसारका प्राय भाषा सिक्न सजिलो तुल्याउछ ।

      अनी Hi! होइन हाय! नेपाली शब्द नै हो भनेर चाँही किन भन्नु भयन । त्यो पनि भनेर प्रश्न को उत्तर पुरा गर्नु पर्ने कि कसो?
      सार्है राम्रो अलर्क जि !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nakul Gautam

      नमस्ते!

      जेहोस् अलर्क शिरोमणी जि धेरै नै सतर्क अनी सटिक उत्तरका गोलि-गट्ठाकासाथ तम्तयारी भयर मैदानमा बस्नु भयको झै लाग्यो। सार्है खुशी लाग्यो तपाईंको उत्तर फर्काउने शैली देखेर । भाषा भनेको संचार को माध्याम हो, ब्यग्त गर्न खोजेको आशय बुझे भईगो नि भन्नु चाँही अली सान्दर्भिक नहोला किनकी कहिले काही यस्तै लत छोड्दै जाँदा अर्थको बेअर्थ भयर बेहाल हुन्छ। नजानेको खन्डमा भने ठिकैनै हो त्यस्तो अवस्था हो भने झम्टनु चाँही ठीक होइन अझ बिदेसी भाषा को प्रयोगमा।

      अनी कुन भाषाले संसारको सबै भाषालाई सिक्न सहज बनाउछ हो त्यस्तो भाषा लाई प्राथमिक भाषा बनाय भाषा सिक्न सजिलो हुनेरछ यस्तो अवस्थामा English र Arabic पनि पछी परेको छ सिमित शब्द उच्चारणको कारन्ले गर्दा। त्यसकारण टर्किका मुस्तफा कमालले Roman Letter का साथ केही थप Letter राखेका होला यस् मामिलामा हामी धेरै अघी अनी धनी छँउ जस्तो लाग्छ मलाई शब्द भन्डारमा जस्ले संसारका प्राय भाषा सिक्न सजिलो तुल्याउछ ।

      अनी Hi! होइन हाय! नेपाली शब्द नै हो भनेर चाँही किन भन्नु भयन । त्यो पनि भनेर प्रश्न को उत्तर पुरा गर्नु पर्ने कि कसो?
      सार्है राम्रो अलर्क जि !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ramesh.qa

      ZZ पछी अर्को खुन्खार लेखक मेरो संसार मा भेट्न्न पाइयो म त सार्है खुशी वयको छु है !!

      अनी शिरोमणी जि,
      यहाँ को लेख सामान्य नै भय पनि कमेन्ट म प्रस्तुत गर्नु भयको प्रतिरक्षा र तार्कितता चै निकै उत्कृष्ट छ / अर्को लेख पनि छिट्टै पढ्न पाइयोस तेही कामना छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • भाषाको साह्रै घतलाग्दो कुरा लेख्नु भयो। मन पर्‍यो।
      बरु भाषा विश्वविद्यालय भए हुने नि हगि?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dayasagar

      शिरोमनी जी लेख्को लागि धन्यवाद !
      लेख असाअधै गहन र सोचनिए लाग्यो , यो लेख उच्छ पदमा बिराजमान भेका ब्यक्तीहरुलेपनी पढुन भनी भगवान सँग प्रथाना गर्दछु |
      हेर्दाइ जानुहोला केहीदिन पछी ठुला पद पाएको जोश्मा आफ्नो देशको भेश र भाषा बिर्सेंर अरु देशको भेश र भाषा बोल्नेहारुले गल्तिभयो भनी पुन: आफ्नो भेश र भाषामा आउनेछन केही सन्कएत त पैसाकियो हैन ? तै फुकालेर .
      केही मित्रहरुले तिमीहरुले चाँही कहिले आफ्नो भेश लगएका छोउ प्रशन पनि गर्नु भएको छ मलाई लाग्छ प्राये हामीसबैले बिशेष चाडवद र समाह्रोहहरुमा प्रायेजशोले आफ्नो नेपाली पहिरन्नै लगाउने गर्छोउ जस्तो लाग्छ केही अपवद छाडेर |
      हामी लगाएत उच्छ पद्मा भएकाहरुले दार्जीलिङएहरु बाट नेपाली भाषा र भेश्को बिशएमा सिक्ने हो कि ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मनीष

      भाषा अभिब्यक्तिको माध्यम हो । मूख्य कुरा तपाईंले भन्न खोजेको अर्कोले बुझ्यो कि बुझेन, महत्वपूर्ण त्यो जस्तो लाग्छ । त्यसैले ब्लगमा कती सुध्द लेखियो वा लेखिएन भन्ने प्रश्न उठनु को औचित्य छैन कि? तर, भाषा सुध्द लेख्नु पर्दैन भन्ने चैँ होइन है । सकेसम्म सुध्द लेख्ने प्रयत्न गर्नु पर्छ ।

      अर्को, लेखेर वा बोलेर न त सबै कुरा स्पश्ट पार्न सकिन्छ न त पढने वा सुन्नेले एकै प्रकारले बुझ्दछन । र केही असुध्द लेखिदैमा राष्ट्रियताको कसिमा उभ्याउनु पर्ने जस्तो भने लाग्दैन । साथै नेपाली भाषा सुध्द संग बोल्न र लेख्न नजान्दैमा राष्ट्रियतामा कमी भएको भन्न पनि नमिल्ला! आ-आफ्नो धारणा हो सबै ।

      बाँकी- भाषा र भेषको बारे मेरो धारणा अघिल्लो सिर्षक मै छ । सिरोमणी जी को तर्क नराम्रो भन्न खोजेको हैन तर, एउटै बिषयमा धारणाको बिबिधता कती रहेछ त भन्ने समझ हुनु पर्‍यो सबैमा, भन्ने मेरो आफ्नो बिचार हो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dipendra

      fantastic

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dips

      Aafno maulik bhasa ra bhesh birsera aru ko laha lahai ma lagda astitow metindaina ra? Mahendra ko rastrabad ko birod garne nam ma birod garna sajilai sakinchha tara naya nepal ma naya matra khojda tapai haruko mother father ra afanta pani kina naferne? arko kura, tapai ko anuhar or face pani purano nepal kai ho teslai pani kina naferne? Give answer.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हरिराम पौडेल

      अलर्क शिरोमणि जी !
      तपाईले व्यक्त गर्नु भएका प्रतिकि्रयाहरु अधिकांश पढ्ने गर्छु । तपाईको तार्किक क्षमता अनि आँफू प्रति प्रहार गरिएका नकारत्मक प्रतिकि्रयाहरुको पनि मीठासपूर्ण तरिकाले प्रतिउत्तर दिनु हुन्छ आँफूलाइ तथानाम गाली गर्नेलाई पनि सम्मानजनक तवरले सम्झाउनु हुन्छ । तपाईका यी पक्ष मलाई असाध्य मन पर्छ ।
      आज तपाईले भाषाको कुरा उठाउनु भएकोमा मलाई निकै खुशी लाग्यो । मलाई पनि असाध्य नराम्रो संग खड्कने गर्छ नेपाली भाषाको अपमान भएको अनि नेपालीले ने नेपाली भाषा गलत बोलेको र अशुद्ध लेखेको पाउँदा । तपाईले भने जस्तै मलाई नेपाली अल्लि राम्रो आउदैन भनेर गर्व गर्ने हरु मैले पनि देखेको भेटेको छु । अनि मनमनै प्रश्न उठ्ने गर्छ यिनीहरुले कसरी गर्व गरेका होलान् भनेर । उनीहरुको आफ्नो भाषा प्रतिको दरिद्रता देखेर । विभिन्न एफ।एम च्यनल र टेलिभिजनका कार्यक्रम प्रस्तोताहरुको प्रस्तुति सुनेर र हेरेर निकै खिन्नता लाग्ने गर्छ । उनीहरुले नेपालीमा कार्यक्रम चलाएका हुन् कि अंग्रजीमा छुट्याउन गाह्रो हुने गर्छ । अझ टेलिभिजन च्यनलहरुले स्क्रिनको मुनि तिर लेखेर दिने विज्ञापन तथा समाचारहरुमा देखिएको भाषिक अशुद्धीपनले दाँतमा ढुंङ्गा लागे जस्तै हुने गर्छ । यसरी नै भाषामा अशुद्धिलाइ बढवा दिदै जाने हो भने एकदिन देवनगरी लिपिको कन्तविजोग हुने छ।
      हरिराम पौडेल
      hariram_paudel@yahoo.com

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pritam

      limbuwan/khumbuwan le gorkhaland tannu paryo…pheri ulto hola ni…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • N. Sharma

      अलर्कजी, तपाईं जस्ता कसैले तपाईं भनुन कि नभनुन आँफै मपाई हुन खोज्नेले गर्दा आज देशको हालत यस्तो भएको हो । मलाई अझै पनि सम्झना छ, तपाईं अलर्क शिरोमणि नै हो, केही दिन अगाडि हिमालखबर डट कममा अरुले अङ्ग्रेजीमा कमेन्ट लेखेको भएन, यिनिहरुको अङ्ग्रेजी राम्रो छैन, त्यो साईट नेपाली साईट हो, किन नेपालीमा कमेन्ट नलेखेर अङ्ग्रेजीमा लेखेको र म आफु बेलायतमा बस्छु त्यसकारण मलाईमात्रै राम्रो अङ्ग्रेजी बोल्न र लेख्न आउछ भनी कुर्लने । साथसाथै तेसो भनेको केही क्षणमा नै आँफै अङ्ग्रेजीमा कमेन्ट धस्काउने । तपाईंजस्ता विद्वान (भन्दिम न, हाम्रो के गयो) लाई त्यस्तो मुख फेर्न सुहाउदैन । सबै भन्दा पहिले आफ्नो आङमा भैंसी उक्लिएको देख्नुस्, त्यस्पछी अरुको आङको जुम्रा को कुरा गर्नुस् । जहासम्म आजको तपाईंको लेख्को कुरो छ, यो ठेक न टुप्पो को भयो । सबै भन्दा पहिले यो डबल स्ट्यान्डर्ड त्याग्न सिक्नुस्, निस्पक्ष हुनुस् अनी मात्र लेख लेख्नुस् । हाम्रा उमेशजी अहिले डेरा सर्नमा ब्यस्त छन भन्दैमा JPT नलेख्नुस् ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bibek gorkhali

      भाषा चै अली कठिनाई छ । सबै ले नबुझ्न सक्छन । तेसैले साझा भाषा प्रयोग गर्दामा राम्रो हुन्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bibek gorkhali

      खै के हो के हो ? मैले त केही बुझ्नै सकिन भन्या ! जे गरे पनि पोसाक भनेको आफ्नो शरीर ढाक्ने खोल हो । जस्लाई जे लगाउन सजिलो लाग्छ तेही लगाए भई गो नि ! होइन त साथी हो ? बेकार को बहस !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bidur marasini

      it’s wonderful article. actually its really pleasant to read Nepali, but to write is quite difficult.
      Mr Siromani hope you will write some more wonderful and truthful articles in future .
      best of luck

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yogesh,japan

      शिरोमणी जि लेखकोलागी धन्यवाद
      लेख धेरै गहन र बिचार णिय छ।
      धेरै कुरा नलेखौ बुझ्नेलाई श्री खन्ड नबुझ्नेलाई खुर्पाको बिड
      भाषा भनेको आफ्नो परिचय र आफ्नो जननी हुन । अंग्रेजी को शब्द गल्ती हुँदा अरुलाई होच्याउने महा नुभाव हरु पहिले आफ्नो जननी भाषा शुद्द सग बोल्न र लेख्न सिक्ने हो कि ??
      प्रगतिको कामना स हित
      अस्तु !!!!!
      योगेश

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sudhir thapa

      nepalko bhasa ra bhes darjling ma mahattyo chha ra bidesh ma mahattyo chha tara rastra ra rastriyeta ko baliyo duhai dine maoist le paschimi muluka ko rastriye poshak lagayera uniharuko samarthan lina khojeko hola bistar badiko birodhi niti yehi hola coment by sudhir

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • zhalakachan khadka

      होइन हो अलर्क जि तपाईंले भन्न् खोज्नु भएको कुर के हो। हुनत तपाईं हेर्दा अली ज्ञान भएको बेक्ती पडालिखा विद्वान नै जस्तो हुनुहुन्छ.
      तर मैले भन्न खोजेको कुरा बुझिन नि। टर्की मा चाँही भेस र लिपी चाँही बिकास को सभन्दा ठुलो दुसमन हो भनेर फेरियो। भनेको जस्ताइ
      के तपाईंले चाँही नेपाली रास्ट्रिए पोसाक दौरासुरुवाल र देवानगिरी लिपी नै नेपाल को बिकास को प्रमुख दुसमन हो।
      तेसो भएको हुनाले पिम पर्चन्ड् ज्यु ले सुट टाइ लगाउनु भएर त्यो ठीक गर्नु भयो र। अब सकभर नेपाली राष्ट्रिय पोसाक चाँही सुट टाइ बनाउनु
      पर्छ र लिपीमा चाँही देवानअगिरी लिपी हटायेर् रोमन लिपी लेख्ने गर्नु पर्छ भन्नु खोजानु भएको तहोइन।
      मइले एसो बिचार गर्दा हाम्रो लिपी र दौरासुरुवाले बिकास मा कुनै पनि बधा नपुराएको जस्तो लाग्छ।
      अलर्क जि कुर्पया मलाई यो बिसएमा प्रस्ट् पार्दिनु हुन्छ कि भन्ने आशा लिएको छु।
      हुनत हाम्रो देसमा बिभिन्न भेसभासी हरु छन तर नेपाल एउटा त राष्ट्रिय भाषा र भेसभुसा त हुनपर्‍यो नि। जसले सबै भाषा भासी र भेसभुसा लाई समेटोस। जुन भाषा र पोसाक नेपाली राष्ट्रिय भाषा र posaak को रुपमा इस्थापना भाईसक्यो।
      अनी तपाईंले भन्नु भयो कि प्रम ले सपथ लिदा चाँही दौरासुरुवाल लगाएनन किन्की तेसमा चाँही सामन्ती पना र पूँजीवादी देखेर उहाले
      भनेर टाइ सुट नै लागाउनु भन्नु भएको छ।
      के तपाईं पूर्ण बिश्वासथ हुनुहुन्छ के सुट र टाइ लगाउने ले अहिले सम्म कुनाइ अनैतीक काम नगरेको र सुट र टाइ लगाउने अहिले सम्म सबैले
      राम्रो नै काम गरेको र सुट लगाउने सबै जना विद्वान र सोजोसाजा हुन्छन भन्नु भएको छ कि क्या हो।
      के अब पसचिमी मुलुकमा कसैले सुटटाइ लगाएर अनैतीक कार्ये गर्‍यो भन्दै मा त्यो पोसाक नै फेरछन होलात।
      एदी कसैले पोसाक लगाएर कुनै अनैतीक काम गर्छ भने। त्यो पोसाक को गल्ती होइन त्यो मान्छे को गल्ती हो त्यो पोसाक को गल्ती ho.
      एदी कसैले पोसाक लगाएर गल्ती गर्छ भने पोसाक लाई घिर्णा होइन कि मान्छे लाई घिर्ना गर्नु पर्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gole Dai

      कुरा राम्रो उठाउनु भयो अलर्कजीले तर शब्दकोषको उस्तरी प्रयोग चैं ब्यावहारमा अलि कठिन नै हुन्छ है । भाषा बोलीचाली अनुशार लेख्दासम्म शब्दकोषले समेटेन भने पनि हुन्छ कि जस्तो लाग्छ मलाई । शुद्दतामा जोड दिने कुरा भने ठिक हो । भेषको कुरामा पनि सबैले दौरा या चौबन्दीको तुनासंगै छातिमा राष्ट्रियता बाँधेर राख्लान भन्ने टुँगो नहुने हुँदा खै के भन्ने – सबैले आफैं बुझौं है राष्ट्रियता आफ्नो स्थानबाट कसरी उचाल्न सकिन्छ भनेर ।

      अर्को कुरा माई संसारमा आजै देखि देवनागरि लिपीमा लेखिएका प्रतिक्रियाहरुमा मुख फर्काउने ब्यावस्थाको सदुपयोग गर्दै एक अर्काको गल्ति कमजोरी औंल्याउने प्रचलन शुरु गरौं न त , भाषाप्रेमी साथीभाईलाई अनुरोध है । शुरुवात कसैले यो देवनागरि बाटै गरिदिनुहोस है त , मैले आजसम्म यसलाई देवनागरि भन्दै आएको छु यहाँ अलर्क जीले देवनागिरि लेख्नुभएको पाएँ , हो के त यो ? यसो गर्दा हामी शब्दकोष हातमा नहुनेलाई फाईदा हुने थियो भन्ने स्वार्थले पनि यो गल्ति औंल्याउंने प्रस्ताव राखेको है ।
      आगे तपाईँहरुको मर्जी ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हरि मानन्धर

      म भाषामा निखर भएकाे मान्छे त हाेइन फेरिपनि भाषालाइ माैलिकता दिन मन लाग्छ । त्यसैले जानी नजानी भए पनि नेपालीमा नै टाइप गर्दैछु । नेपालीपनका लागि मेषभूषा र भाषा अत्यन्तै जरूरी कुरा हाे तैपनि यसका लागि कम्प्यूटरमा पनि दखल हुनु जरूरी नै हुन्छ अनि कम्प्यूटरमा नेपाली फन्टकाे सुविधा पनि जरूरी हुनुपर्छ जस्ताे लाग्छ । माथि अलर्क जीका कुराहरू ठीक त हुन फेरिपनि विभिन्न कारणहरूका बावजुद नेपाली भाषालाइ निख्खर पार्न सकिएकाे हुदैन र यसका विभिन्न पक्षहरू हुन्छन् । यसका मतलब नेपाली नै टाइप नगरी कमेन्ट नै नगर्नु उचित हाेइन कि? भाषा बाेल्ने र लेख्ने हुन्छन् बाेलिने भाषालाइ नै लेखिनु पनि गलत हाेइन कि? सबै भाषामा दख्खल हुने भए सायद भाषाका यति धेरै कुराहरू नै अाउने थिएनन् कि?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • chakchake

      प्रचन्ड पुकार

      मैले सुट लगाएको रिस गर्ने हरु हो,
      एक पटक सुट लगाएर त हेर
      टाइ बाध्न कती गाह्रो छ यहाँ ।
      चाइना गएकोमा ताली बजाउने हरु हो ,
      एक पटक प्रधानमन्त्री भएर त हेर ,
      जनता झुक्याउदै भारतमुखी हुन कती सार्हो छ यहाँ ।
      चीनको माओ लाई स्विकार्ने हामीहरुले
      दौरा सुरुवाल लगाउन कहाँ पाइयोर ?
      एउटा कबि शिरोमणी ले नेपाली साहित्य धान्ने भये
      अर्लोक शिरोमणी किन चाहियो र ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sanjay

      यहा प्रसँग नेपाल सुन्दरी सुगरिका के सि को हो,मेरो जानकारीमा आए अनुसार हास्य कलाकार मदन कृष्ण र यशोदाबाट जन्मिएको छोराको नाम हो यमन श्रेष्ठ,त्यसरी नै सुदर्सन के सि र गमला बाट जन्मिएको छोरीको नाम हो सुगरिका के सि बाबुको नाम र आमाको नामबाट मिलाएर छोरा छोरीको नाम राखेको हो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rajesh

      plz follow Sujit Kumar Thakur and Koolhead’s comments.

      DOn’t just critcize others bcoz they are not wearing sth or used diff lang.
      Even i feel disgraced now because i still am living in others fund…FUND just like u sometimes give to ppl in pashupati.. which is also a way to enocourage them to beg…
      If u are really proud of being Nepali stop wearing those chn clothes and riding or driving indian automobiles. DO in your own countrys bicycle.. or make ure own godmanit.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ravi

      Alerk ji lai maile sajilo ko lagi Nepali sabda lai English ma lekheko mann naparla. Tara malai matlab chhaina. kina bhane maile afulai je sajilo hunchha tyahi gareko ho. Tyesai gari manchhe le formal occasion bahek aru thau ra bela ma je bole pani je gare pani (aru lai apthero naparne gari) kehi farak naparla jasto lagcha malai.tara Nepal ko upa rastrapati le, formal occassion ma, aafno desh lai bau ko sampati jasto garna khojne desh ko rastriya bhasa ma sapath lida tapai lai chitta nadukhla, tara ma lagayat dherai Nepali lai ris utheko thio. Ris uthnu natural ho yesto sensitive issue ma.
      Tara yo example diyera tapaile informal occasion ma bolne kura lai jodnu sandarvik bhaena jasto lagchha malai.
      Afno bhasa ta jun desh ko manchhe le pani bigarerai boleka hunchhan. Hami ‘Tapailai kasto chha?’ bhanera english ma sodhda ‘How are you?’ bhanchhau. Tara Belayat ka katipaya manchhe le ‘How is you?’ bhanchhan. Yo mero aafno anubhav ho. Aba tapaile British lai English galat bolis bhanna milchha ra? English ta belayat batai suru bhaeko bhasa ho. Uniharu le j mann lagchha tyahi bolchhan ni.
      Conclusion: Formal occasion ma jasle pani formal ra correct bhasa prayog garchhan ra garnu pani parchha. Informal occassion ma je sajilo hunchha tyahi garne ho ni. Hoina ra?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • गज्जब कै लेख्नु भो है, यी कुराहरु चाँहि !

      खै, यसोगर्दैमा हुने त केही होइन तर विश्वमा हामीलाई चिनाउने भाषा भएन, अनि पोसाक भएन ।
      संविधानसभा भवन मा यी सभासद हुन् भनेर चिनाउने कुनै पोशाक अनि राष्ट्रिय भाषा भएन ।

      देश बाहिर जति नेपाली छन्, ती सबैको मन मा नेपाल छ, अनि नेपाली छन् । साथमा नेपाली भाषा छ, अनि नेपाली पोशाक छ तर हामी नेपाल मै हुनेहरु चाँहि, खुबै जान्ने हुँ भन्दै, हामी आफ्नै परिचय गुमाइरहेका छौँ ।

      यही ब्लगबाट पनि विचार गर्न सकिन्छ, बाहिर बसेका नेपालीहरु के सोच्छन् भाषाको बारेमा, पोशाक को बारेमा ? त्यही भएर बाहिर रहेका नेपालीहरुले कनिकुथी भएपनि नेपालीमै कमेन्ट लेख्ने गर्छन्, आफ्नो भाषा र देशको ईज्जत गर्छन् । तर यहाँ हामी बिन्दास छौँ, अनि नेता झनै बिन्दास । कसैलाई माया नै छैन, आफ्नो भाषा र पोशाक को, यस सन्दर्भमा कि, विश्वमा नेपाल चिनाउने हाम्रो आफ्नो मौलिकपना भएन अब रहेन ।

      यो एउटा नाटक मात्र हो, आफू सबैभन्दा ठूलो पद मा पुगेँ भनेर, दाहाल ले फुर्ति लगाएका मात्र हुन् । जनताको कुरा गर्ने, तीनले जम्मा १० दिन को तलब दिए, बाढिपिडितलाई ! (तर यी प्रसंगबिहिन कुरो भो)

      अब जसले जे गरे पनि जय होस् ! भन्यो, कुरै खत्तम !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Birkhe

      कुरा गर्‍यो कुरै को दु:ख भने जसो।

      बिर्खे

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • टंक

      ल यो अलर्क त भयो, अनी यो शिरोमडी चाँही के हो नि। विद्वान हुं भनेर देखौन खोजेको हो कि कसैले दियको उपाधी हो?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • koolhead

      I don’t confine myself within the boundary of nationality, religion or language.

      I am a human, thousands of years ago i used to write on stones, now i am typing on my PC.

      Hundreds of years ago caste and race were considered to be prominent but now i have almost removed such feelings from my fellow human beings.

      Limitation of nationality, religion and language is what now my fellow human beings think as prominent. In future this feeling will also get lost as they are not created by nature.

      I will do what i feel will be convenient for me and for the development of whole humanity. Immovable constraints within time can try to arouse me with its cultural treats.

      But no one can stop me as I am moving towards oneness with the testimony of past,opposition from present and realism in future.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bikal Adhikari, Des Moines, Iowa, USA

      मलाई तपाईंको बिचार खुबै मन पर्‍यो । आचार्य र शिरोमोनी जिको

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कल्याण आचार्य

      लेखकको राष्ट्रियता र भाषा शीर्षकको लेखमा प्रतिक्रिया लेखौँ न त भनेको “पहिलो गाँसमा नै माखो” हुने भयो । अलर्क शिरोमणिमध्ये अलर्कको माने अहिलेसम्म थाहा छैन । अलर्क तत्सम शब्द हो कि ? हैन भने अचेलका आधुनिक मान्छेको नाम विचित्रका हुने गर्छन् । पूर्व नेपाल सुन्दरीको नाम थियो – सुगरिका । सुगर+इका त होइन होला । चिनीजस्ती मीठो स्वभाव हुने भनेर सुगरिका ठानिएको हो कि ? सुगर त मूल नेपाली शब्द होइन । हामी college पढ्दा एउटा साम्यवादी दल थियो, नाम बिर्सेँ अहिले, भन्थ्यो भाषा भनेको बुझे भै हाल्यो नि, किन जडसूत्रवादी शुद्धता चाहियो ? अनि चलायो सबै ह्रस्व लेख्ने । तनहुँ चुँदी रम्घातिरका केही बाहुनहरूको आफ्नै कथ्य र लेख्य एउटै बनाउने अभियान थियो । त्यो त सफल भएन क्यारे ।

      शिरोमणिजीको एउटा कुरा भने मलाई मन पर्‍यो । अङ्ग्रेजी भाषामा चाहिँ अलिकति पनि हिज्जे तलमाथि पर्न नहुने, नेपालीमा चाहिँ मनपरि ?

      नेपालमा अहिलेसम्म कति कार्यालयको नाम अङ्रेजीमा नै छ । Heavy Equipment Division । के यसको नेपाली अनुवाद हुन सक्दैन ? Women Trafficking को चेलीबटी बेचबिखन हुन्छ ?

      म विदेशी विश्वविद्द्यालयमा नेपाली छात्राहरूसँग नेपालीमा कुरा गर्न खोज्छु, लय (Tone) अङ्रेजी छ । न नेपाली भाषा बोलेर हामी पछि परेका हौँ न दौरा सुरुवाल लगाएर ।

      माओवादीहरूलाई क्रान्तिकारी देखिने जो परेको छ । अस्तु ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Thanks for the pure Nepali thoughts. I liked your idea very much. It would have been better if you had given some effects of the issue that you talked in referring Turkey’s case.

      I agree with your idea on Nepali language and writing system. It is our laziness or may be due to lack of time, many people including me, who do not write in Devanagari script.

      Good luck and thanks again for nice thoughts!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dear Shiromani,
      A smart peace of writing!
      Dear Brothers and Sisters of Nepal,

      Are we really ready for a New Nepal? We have seen a drastic change in last 15 odd years, Nepal has really gone from heights to extreme low and now we can again dream to scale ladder.But for that, we need to be inclusive, we need to be open to the challenges waiting for us. We have got a mentality of indulging ourselves in completely useless issues like who is wearing what, who is speaking which language? we need to overcome this thought and pre occupied mentality of Pseudo nationalism.
      I do not see any problem in Parmanand Jha taking oath in Hindi or Prachand wearing a english suit while taking oath of premiership. we should not be having time to spend our potential in protests and tyre burning, rather we have bigger challenges of illiteracy,hunger, poverty, natural disaster.
      If we all are nationalists in true sense then we need to think and do something to elevate the nationa’s economy. Still our annual budget depends on the pennies given by donor countries, doesn’t that lower our pride? Aren’t we capable of creating a self dependant economy.
      I truly believe we have that potential and we can do once we become united, once we overcome our differences. We are extremely rich in water resources, herbal plants, natural beauty and there are many more.
      The water which becomes a menace during rainy season can be our power, but are we interested in turning this challenge into opportunity?
      Most of Our youths have mastered in halting transport, burning available few infrastructure, vandalising properties, can’t we be creative rather than being destructive?
      If we want to practise democracy in true sense then , we have to create an environment of total peace and tolerance, then only it is possible to even think and dream of a developed and democratic Nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hari jee

      गोर्खाल्यान्डमा भयका प्यारआ गोर्खालिहरुलाई मेरो सलाम। यस्तै राष्ट्रियता नेपाल मा पनि भय को भय नेपाल कहाँ बाट कहाँ पुग्ने थियो। गोर्खालिहरु सँग नेपाली हरुले केही सिक्न जरुरी छ। तपाईं हरु को लडाईंमा मेरो पनि सहयोग हुनेछ। अगाडि बध्नुहोल। नेपाल त भारत क दलाल हरुले खत्तम पारी हाले। यहाँ हरुलाई थाहै होला।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ramji

      Regarding to the National Uniform and language, the so called modern Nepal’s leaders are showing their non sense behaviour. You know, in the developed countries people need a standard uniform even to get excess in a restaurant. They don’t get bother to think the positions they are holding and the institution they are affiliated bear far important meaning than a club or restaurant. They are going to be so called intellectual idiots.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dhiraj

      ‘DevanagIri” hoina “DevanagAri” ho sahi HIJJE.
      nepali font ma lekhna dherai samaya lagne bhaeko hunale angreji lekhya ho…
      Nepali naayeko hoina.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पारंगत राई

      भर्खरै बि.बि.सि. नेपाली सेवामा सुन्न पाइयो कि अब गोर्खाल्याण्ड आन्दोलन अन्तर्गत त्यहाँका सम्पूर्ण गोर्खालीहरुले दौरा-सुरुवाल लगाउने भएछन्। धेरै वर्षअघि मदनकृष्ण-हरिवंशको ‘होस्टे हैंसे’ भन्ने प्रहसनमा ‘नेपाल चैं अर्कै देश भइरहेको र अर्को देश चैं नेपाल भइरहेको’ भन्ने कुरा सान्दर्भिक लाग्यो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bhad Gaule !

      “के हो पवित्रता? को छ जसले यो पवित्र र यो अपवित्र भनेर छुट्याउन सकोस्? कसलाई अधिकार पवित्र र अपवित्र छुट्याउने?” किरण लाई? त्यही किरण जसले चियाको रंग पुगेन भनेर कान्छीको पसलमा उसैलाई तातो चियाले पोलिदिएको थियो? त्यही किरण?

      तर के गर्नु? यो त्यही ठाउँ हो जहाँ रामले सीताको पवित्रताको प्रश्न गरेका थिए। त्यही सीताको जसले एक राक्षसको अगाडीपनि आफ्नो सम्मान गुमाइनन्। आज त्यही किरण रामराज्यको कुरा गरी हिँडछन – त्यो समय आदर्शको उदाहरण भए जस्तो। मालाका बुवापनि, भन्सारमा सानो पदमा भएपनि ३/४ बंगला बनाईसकेका मान्छे, रामनाम नै जपि हिंड्थे त।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • lalit

      i am also in congruence with alarka ji as many of us cant write pure nepali language. If you look at the so called ktm basi, they generally cant writes nepali very well. In most of the colleges where nepali is compulsory at Bachelor level the failed students are from boarding schools passed plus two in private HSS. kasai kasai ko nepali lekhai ta goru le muteko jasto po huncha its hard to get what has written. Nepali ma form bharnu paryo ki tiniharuko kanparo tater aaucha. this is the fate of Nepali language. As we all know, developed countries like germany, netherlands and many others they dont care of english and give emphasis on their national language but hamro desh ma englisha farrrrrrrrrrrrr bolna aaune manche the great manincha na aaune ta bhashe bhushe nai ho. ani yesto bhaye pachi ke ko culture rahanche ke ko ownness huncha. yo kura ta tyo prachanda ko tie suit batai pani clear huncha ki he is not real patriot of Nepal. Indian le sano kura ke gareka thiye unle aatmasamarpan gari sake. yestai ho hamra desh ka neta haru i hate most of the leaders

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gemmi

      It’s a reality that we do not emphasize on correctness of Nepali writing at schools and colleges, and anywhere except probably at publishing houses. And the problem seems to be the same both among those with Nepali as the mother tongue and those with Nepali as the second language. There should be a thorough revision of the way languages are taught at our schools.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj

      sorry, but there is no point and logic in your expression. Think better.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • D\\\'raj

      same article from comments of last article…but anyway i like your article ShiromaNi jeee..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Alrak Shiromani

      (At the moment I am not using my computer and could not use Nepali) Thank you Raj jee for your wonderful and suggesting comment. I will try my best in future to improve myself and think ‘better’ as you suggested. Anyway you read that ‘stuff’.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अलर्क शिरोमणि

      राजजीलाई धेरै धेरै धन्यवाद। के गर्नु राजजी आफ्नो स्तर जस्तो छ, त्यस्तै लेख्‍ने हो। हैसियतभन्दा माथि जान सकिने कुरा भएन क्यारे। अब फेरि यो लेख भनेर लेखिएको पनि होइन। त्यसो त लेख लेख्‍ने खूबी छ भनेर लेखिएको पनि होइन। लहडको एउटा झट्का हो। त्यसमा पनि म एकचोटी लेखिसकेपछि त्यसलाई दोहोर्याएर पढ्दिन, त्यसैले ‘प्रुफरिडिङ’ नभैकन जस्ताको तस्तै आउँछ। म राजजीबाट ‘राम्रोसँग सोच्ने’ कुनै त्यस्तो सूत्र, काइदा केही भए यहाँ बताइदिन विनम्र अनुरोध गर्दछु ताकि माइसंसारका धेरै पाठक मजस्तै सोच्न नजान्ने होलान्, ती सबैको एकैझमेटमा उद्धार हुनेथियो। यहाँको विद्वताबाट लाभ पाउनु हाम्रो अधिकार हो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अलर्क शिरोमणि

      कल्याणजीलाई मेरो नाममा रहेको ‘अलर्क’ शब्दसँगको कौतुहलता परेछ। यो कुनै आधुनिक नाम होइन। पुराणमा भएको नाम हो। र कुनै विषेश अर्थ दिने कुनै तत्सम भन्न पनि यसलाई गाह्रो छ। प्रसङ्ग मार्कण्डेय पुराणको हो। त्यहाँ ऋतध्वज र मदालसाको प्रसङ्ग आउँछ। ‘मदालसा’ भन्ने नाम प्रा. दुर्गाप्रसाद भण्डारीको केही समयअघिका लेख पढ्ने धेरैलाई ख्याल हुन पर्छ। अँ त, मदालसा र ऋतध्वज। उनीहरूको प्रेमसम्बन्ध र अरू यस्तै केही रमाइला कुराहरू पुराणमा छ। पछि ऋतध्यज राजा भए, पुराणले भन्छ। ऋतध्वजले मदालसबाट चारवटा पुत्र प्राप्त गरे। तीनवटा छोराहरूको नाम ऋतध्वज आफैले राखे। ती शब्दका खास अर्थ थिए। जस्तै एक पुत्रको नाम शत्रुमर्दन थियो, अर्को नाम सुवाहु। तर हरेकपल्ट छोराको नाम सुनेर मदालसा हाँस्थिन्, केही उत्तर दिन्नथिन्। राजाले पनि केही मतलब गरेनन्। चौथो छोराको पालोमा ऋतध्वजले आफूले नाम नराखेर पत्‍नीलाई भने – यसको नाम तिमी राखिदेऊ, किनभने हरेकपटक मैले नाम राखेकोमा हाँसेकी छ्यौ। मदालसाले भनिन् ती हरेक शब्दको जेसुकै अर्थ भए पनि मूलतः तिनका कुनै अर्थ छैनन्, त्यसै भएकोले म हाँसेको हो। अनि उनले चौथो छोराको नाम अलर्क राखिन्। ऋतध्वजले सोधे, यसको अर्थ के हो। मदालसाले भनिन् कि जसरी अरू छोराको नामको अर्थ भएर पनि कुनै अर्थ छैन। मैले कुनै अर्थ नभएको शब्द छानेकी हुँ हाम्रो छोराको लागि। यसपछि पुराणमा मदालसा-अलर्को लामो सम्वाद छ राजधर्म, जातिधर्म आदि आदिको बारेमा। मदालसा विदुषी स्त्री हुन् पुराणमा वर्णन गरिएकी र उनको विद्वता अलर्कलाई शिक्षा दिएका कुराबाट थाहा हुन्छ।

      कल्याणजीलाई अब अलर्कको बारेमा प्रष्ट भयो होला। यो कुनै आधुनिकताको वशमा परेर राखिएको होइन र मौलिक कल्पना गरेर राखिएको पनि होइन। यस्तो नाम जुर्न गयो। यसमा मेरो केही भन्नु छैन। भएको नामलाई स्वीकार्नुवाहेक, मदालसाले भनेजस्तै नाम स्वयंमा केही पनि होइन।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bikal Adhikari, Des Moines, Iowa, USA

      मलाई तपाईंको बिचार खुबै मन पर्‍यो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सगुन

      अलर्क जि! मेरो पनि एउटा जिज्ञासा छ। तपाईंलाई ईतिहास; भुगोल; राजनीति; धर्म सबैतिरका पुस्तकहरु अध्ययन गर्ने समय कसरी निकाल्नुहुन्छ? तपाईंको ज्ञान भन्डारलाई चाँही मान्नु पर्छ!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ramesh.qa

      Shiromani ji,

      तेती लामो कुर छैन थाहा भयन तर जोगी ले “अलर्क निरन्जन” भन्दै भिछ्या मागेर्को छैन देखे सुनेको हो /
      यता बाट चैं बिस्लेसन गर्न मिल्दैन भन्या’ ??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Aryan

      वाह

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अलर्क शिरोमणि

      त्यसो होइन सगुनजी। त्यस्तो ‘प्रोजेक्ट’ भयो होला। सामान्य ज्ञान हो जिज्ञासाको खातिर। चाहेको र रहर गरेको केही पनि पढ्न पाएको छैन। त्यो सायद अधुरै रहन्छ होला।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ईश्वोर

      लेख राम्रो छ । तर उमेश जि ध्यान गर्न गए देखी नै किन यो ब्लग खबर को लागि गरीब भएको छ ? कि ध्यान ले तपाईं को पनि मन बदलियो ? ब्लग चलाऊन छड्न लाग्नु भयो जस्तो लाग्यो मलाई त ? ‘एक ले थुकि त सुकी सय ले थुकि त नदी’ थाहा नै छ तपाईं लाई ।
      तै पनि म पनि ध्यान गर्ने बिचार गरेको । तपाईं को अनुभब नि सुनौ पहिला भनेको तपाईं नै हराउनु भयो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kaka

      राज जी लाई सोधनै पर्दैन नि अलर्क जी मजा ले रात्रि सुत्ने बेला मा आफ्नो मा कस्तो छू ,मेरो स्वभाव कस्तो छ , अफना कमजोरी खोज्न थाल्नुस उत्तर आफै आई हाल्छ, तपाई को भाषा स्वाभाविक रूप मा निहुरेको हो की निहुराइएको हो येसको उत्तर तपाई संग मात्र छ क्या !!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kaka

      ध्यान बाट पाइने कुरा लाई येसरी भनौ है त
      के हो त्यों कुरा जून खाए पछि अरु कुनै थोक खान मन नपर्ने ?
      के हो त्यों कुरा जून हेरे पछि अरु कुनै थोक हेर्न मन नपर्ने ?
      के हो त्यों कुरा जून बुझे पछि अरु थोक बुझ्न आवश्यक नपर्ने ?
      तेहि हो उमेश जी लाई भाको वा उमेश जी ले पाको

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ram Bahadur Thapamagar from malaysia

      हामीले इतिहासको पाना पल्त्याएर हेर्दा भेटाउछौ कि हाम्रा पुर्खाहरूले जिउ ज्यान ढाक्न रुखको बोक्रा जनावारको छालाको बस्त्र बनाएर लगाउथे बिकाश क्रम संगै कपडाको उत्पति भयो उत्पति संगै बिकृती फैलियो भएन भने आज भोली त झन उही ढ़ुङ्गे यूगमा प्रबेश गर्न लागेका छौ फेसनको लहै लहैमा लागेर नाङ्गिदै छौ अब समस्या परयो नेपालमा कुन बस्त्र ठीक कुन बेठीक ? पुरानो सरकारी पोशाक लागौदा मधेसीको मौन बिरोध स्वरुप धोती लगाएर बिरोध धोतीको प्रतिद्वंदी ताई शूट, ताई शूटको पनि आ-आफ्नै जातीय पोशाक अब कुन पोशाक लागाउने? नेपालमा मंत्री तथा सरकारी अधिकारीले जुन कपडा लगाए पनि बिरोध हुने रहेछ लौ जा अब एउटै उपाय छ म संग त्यों हो नाङ्गै जन्मियौ, नांङ्गै बसौ, नांङ्गै मरू कस्तो लाग्यो मेरो उपाय कुन्नी ? ए साँची बरु शुरुवात को बाट गर्ने होला तपाई बाट गर्ने कि ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ram Bahadur Thapamagar from malaysia

      भनिन्छ भाषाको उत्पति जनावारको चाल,आवाज,झर्ना खोला किट पतंग, पात पतिंगर आंधी हुरीको ध्वनि यस्तै -यस्तै को समिश्रणबाट बनेको हो र बिकाश क्रम संगै आजको अवस्था सम्म आइपुगेको हो तर अब नेपालमा भाषाको समस्या परेको छ एक आपसमा बिरोध भैरहेकोबेलामा कुन भाषा ठीक कुन बेठीक? सबैको भाषा ठुलो मेरो लागि मगर भाषा ठुलो, नेवारको लागि नेवारी,राई लागि राई , लिम्बुको लागि लिम्बू ,गुरुंग को लागि गुरुंग फोरमको लागि हिन्दी यसमा पनि ठुलो समस्या छैन आउनुहोस सबैले बुझने भाषाको उत्पति गरौ ल मैले दिमाक लगाए त्यों हो लाटा भाषा Be ready to speak Lata language!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nepali choro

      Shiromani ji hami Nepali kauwa bhayeka chau nata haas ko chal na ta bakulla ko jastai nata Nepali suddha nata anrejenai . Lekh ko lagi hridya dekhi dhanyabad asha cha vabishya ma ajhai sasakta lekh padna paiyus.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अलर्क शिरोमणि

      त्यसो त तपाईँलाई कुनै जवाफ दिनुपर्ने जस्तो त देखिएको छैन। मैले आफैले मपाईँ भनेको छैन। यो ख्याल राख्‍नुभए बेश होला। मैले हिमाल खबरमा रोमन लिपीमा नेपाली लेख्‍ने र जानी नजानी कनीकुथी अङ्ग्रेजीमा कमेन्ट लेख्‍न रहर गर्ने लाई भनेको हो। मैले मलाई अङ्ग्रेजी आउँछ भनेर भनेको पनि छैन। फेरि एकचोटी पढ्नु होला खोजेर। जुन कुरा मसँग छैन, म त्यो दाबी गर्दिन। मलाई नेपाली राम्रोसँग बोल्न आउँछ, यो यकिन हो। र, यहाँको जानकारीको लागि, मैले कहिल्यै विद्वान हुन खोजेको पनि छैन। तपाईँले कुनै ट्याग भिराउनको कुनै अर्थ छैन। म जे छु, त्यही छु। तपाईँ असल हुनुस्, मेरो शुभकामना छ। मैले कसैलाई उपदेश दिन खोजेको पनि होइन यो लेखनीमार्फत्। जहाँसम्म मैले हिमालखबरमा अङ्ग्रेजीमा लेखेको कुरा छ, म रोमन लिपीमा नेपाली लेख्‍नुभन्दा अङ्ग्रेजीमै लेख्छु। तर त्यो आकस्मिक हो। जहाँसम्म त्यो प्रसङ्ग छ, मैले सम्झेसम्म, यो लेख्‍नको लागि अङ्ग्रेजीमा लेखिएको हो। कुनै कारणवश। यसमा म बेलायतमा वा अन्यत्र कुनै मुलुकमा छु भनेर लेखेको पनि होइन। र म कुन बेला कहाँ हुन्छु, यो कुनै महत्वको कुरा होइन। हिजो बेलायतमा थिएँ भने आज नेपालमै वा अन्यत्र पनि हुन सक्छु। यहाँले सम्झिनुभाको रहेछ, राम्रो लाग्यो। यहाँलाई कुनै चोट परेको भए क्षमा दिनुहोला।
      अनि अर्को कुरा, तपाईँलाई जानकारीको लागि। यो ब्लगमा कमेन्ट लेख्‍न खुला छ। मैले पनि कमेन्ट लेखेको हो, यहाँले जस्तै तर, कसैलाई पनि व्यक्तिगत आक्षेप नलगाइकन। अब उमेशजीले मूल लेखमा तानिदिनुभो र तपाईँलाई पढ्नुपर्यो। त्यो ‘जे पायो त्यही’ लेखलाई किन माथि लगेको भनेर उमेशसँग तर्क गर्नुभए वेश हुने थियो। अनि यस्तो ‘जे पायो त्यही’ लाई महत्व दिने ब्लगमा तपाईँले के खुराक पाउनुहोला खोई? यसमा मलाई बडो दुःख छ कि तपाईँलाई पढनु पर्यो। बाटो हिँड्दा केही काम भएन भने साइनबोर्ड र मोटरका नंबरहरू पढिन्छ र बिर्सिइन्छ। यो यस्तै होस् यहाँको लागि पनि। अनि यो ‘फेद न टुप्पो’ को लेख पढ्ने दुःख गर्नुभएकोमा यहाँलाई धन्यवाद।

      आशा छ, यहाँबाट एकदमै असल, राम्रा, गहकिला, फेद पनि भएको टुप्पो पनि भएको कुनै रचना आउला। म इच्छा गर्छु। यसलाई चुनौतिको रूपमा नलिनु होला।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अलर्क शिरोमणि

      हाय! मनिषजी। यो ठीक हो। मैले भन्न खोजेको पहिचानलाई शुद्धीकरण गर्नु राम्रो भन्ने हो। अङ्ग्रेजीका झिना मसिना कुरालाई केलाएर आफ्नो अङ्ग्रेजी ज्ञानलाई पस्किन खोज्ने हामी किन आफ्नो भाषाको प्रस्तुतिमा चाहिँ त्यति चनाखो नहुने भन्ने भन्ने मेरो आशय हो। जहाँसम्म तपाईँले भाषा सञ्चारको मात्र माध्यम हो भन्नुभएको छ, वास्तवमा भाषा सञ्चारकै माध्यम हो। सञ्चार हुन सके उद्देश्य पूरा भयो। तर एउटा मानक कामय राख्‍न सकिएन भने त्यो भाषाको जीवन्तता हराएर जान्छ कालान्तरमा। लेख्य भाषाको सुरुवातले मानकतालाई खोज्छ। अनि राष्ट्रियता र भाषा। यो वास्तवमा संवेदनशील कुरा हो। आफ्नो पहिचानलाई प्रष्टसँग सही र एकरूपतासँग राख्‍न सक्नु पनि जरुरी हुन्छ।
      जसरी अङ्ग्रेजीमा बोलाइ र लेखाइमा यस्तो अन्तर छ र हामी गैरअङ्ग्रेजी भाषी हिज्जेको लागि हत्ते किन गर्छौँ? किनभने सही सञ्चार गर्नको लागि। यो अङ्ग्रेजीमा जत्तिकै अरूमा पनि लागू हुन्छ। हाम्रो शिक्षा प्रणालीले यो कुरामा ध्यान नदिएको हुनाले यो दिन आएको हो। यसमा सुधार गर्ने कि भन्ने मेरो आशय हो। देवागरी लिपी उपयुक्त छैन भन्ने भन्नु पर्यो कि। होइन भने रोमन लिपीमा मनलाग्दो ढङ्गले लेखेर (सही सञ्चार पनि भएको हुँदैन, पढ्न पनि गाह्रो हुन्छ) हामी राष्ट्रियताको कुरा गर्दा त्यो भावना कुन हदसम्म सञ्चार हुन्छ भन्ने मेरो धारणा हो।
      मनिषजीको विचारप्रति मेरो असहमति होइन।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अलर्क शिरोमणि

      यसलाई भाषाविज्ञानमा पुहु सिद्धान्त भन्छन् क्यार! अहिले भाषाको उत्पत्तिको कुरा यसरी लिइँदैन् आधुनिक विज्ञानमा। मानिस र चिम्पान्जीमा ९८.४ प्रतिशत जिन मिल्दछ। १.४ प्रतिशतले नै मानिसलाई अन्य जन्तुबाट छुट्टयाएको छ। यसमा मुख्य गरेर भाषा पर्छ। किनभने संज्ञानात्मक (cognintive) क्षमता अरू प्राणीमा पनि हुन्छ। तपाईँले यो ‘लाटा’ भाषा भनेर के भन्नुभएको हो, बुझिएन, यसको पनि आफ्नै संरचना विधान हुन्छ। साङ्केतिक भाषा भनिने यो भाषाको पूर्ण व्याकरण हुन्छ, बोलिने भाषाको जस्तै।

      र आधुनिक भाषाविज्ञानले कुनै पनि भाषालाई ठूलो वा सानो भनेर भेद गर्दैन। सबै भाषामा उत्तिकै क्षमता हुन्छ सञ्चारको लागि। वक्ताहरूलाई कुनै समस्या परेको हुँदैन आफ्ना भावना व्यक्त गर्नको लागि। कुनै उत्तेजानवश आफ्नो भाषालाई राम्रो भन्नु ‘ हो त्यो त्यसैको लागि नराम्रो’ भने जस्तै हो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अलर्क शिरोमणि

      धन्यवाद्। यो ‘देवनागरी’ नै हो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अलर्क शिरोमणि

      रमाइलो लाग्यो मलाई। धन्यवाद्। मैले त्यसरी सोचेको थिइँन। तर मैले विश्लेषण गरेको होइन। कल्याणजीको कौतुहलताको उत्तर मात्र दिएको हो। जहाँसम्म मलाई लाग्छ, यो अलर्क निरञ्जन होइन होला। तर मलाई लाग्छ तपाईँले रमाइलो गराउनुभएको हो। जे होस्, मलाई मन पर्यो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • parasar

      रमेसजीले ठट्टा गर्नु भा होला , जोगी हरुले त अलग निरन्जन भन्छन है ! यती राम्रो सँग प्रस्त्याइ दिनु भको अलर्क जी लाई फेरी किन होच्याउनु पर्या होला यि रमेश लाई।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अलर्क शिरोमणि

      टङ्कजी! कसैको नाममा लागेको सबै अर्थको नालीबेली खोजेर त्यसको केही माने छैन। माधव नेपालले ‘नेपाल’ लेखेर देश भनेको मै हुँ भनेका हुन् कि के हो? त्यो त उहाँलाई थाहा होला। तपाईँको प्रश्न देखेर मलाई भैरव अर्यालको ‘नाम फेर्ने धुनमा’ भन्ने निवन्ध याद आयो। त्यो पढ्नुस् (यदि नपढेको भए) अनि नामको अर्थ खुल्छ। अहिलेका प्रधानमन्त्रीले पुष्पकमल किन भनेका हुन्? जब ‘पुष्प’ भनेको पनि फूल हो, कमल पनि एकप्रकारको फूल नै हो। अनि पुष्पकमल भनेर ‘म दुईटा फूल हुँ’ भनेका हुन् कि। अनि बाबुरामले ‘राम’ पनि अनि सबैको प्यारो बाबु पनि हुँ भनेका हुन् कि? यस्ता फत्तुर कुरा उठाएर के सोध्नुभएको हो बुझिएन। मेरो नाम पछाडि भएको शब्दले के अर्थ दिन्छ भन्ने महत्वको कुरा होइन। तपाईँलाई मैले विद्वान हुँ भन्नलाई त्यसो भनेको देखियो। भन्छन् नि: मान्छेले त्यो कुरा देख्छ, जे उसले हेर्न खोजेको हुन्छ; र त्यो कुरा हेर्न खोज्छ, जुन कुरा उस्को मनमा हुन्छ। तपाईलाई ‘सबै थोक छोडी पुच्छरमा हात’ भने जस्तो मूल कुरामा भन्दा ‘यो नाम किन राख्यो’ भन्नेमा गएको देखेर अचम्म लाग्यो। मलाई थाहा भएर तपाईँको पूरा नाम। तपाईँको त्यो नाम किन रहेको होला थाहा छ। तपाईँको ट्याङ्कीको व्यापारी हो कि, ट्याङ्काको? यस्तो प्रश्न सोधे भने के जवाफ दिनुहुन्छ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अलर्क शिरोमणि

      मलाई मन पर्ने र नपर्ने भन्ने होइन। आआफ्नो कुरा हो। त्यसो त मैले ठेक्का लिएको पनि होइन। यो सामुहिक कुरा हो। सबैले गरे हुने हो। जहाँसम्म औपचारिक र अनौपचारिक भनेर छुट्टयाउने कुरा छ, यो भाषाविज्ञानमा यस्तो अवस्थालाई ‘डाइग्लोसिया’ भन्छन् क्यार! यो भाषाको विशिष्ट स्थिति हो। तर जबसम्म हामीले आफ्नो पनमा निखार ल्याउँदैनौँ, त्यसले हाम्रो परिचय दिँदैन भन्ने मेरो आशय हो। जब हामी अनौपचारिक रूपमा बोलिने र लेखिने भाषा र शैलीमा सहजताको सिद्धान्त अपनाउँछौँ, औपचारिक समयमा खरर्र कुनै नयाँ पन आउँदैन। रह्यो प्रसङ्ग लिपीको जब तपाईँले कहिल्यै देवनागरीमा लेख्‍नुभएको छैन भने कुनै बेला झ्वाट्ट यसमा लेख्‍नुपर्यो भने सक्नुहोला र? शुद्ध लेख्‍ने त परै जाओस्। मेरो यही आशय हो, आगे आफ्नै मर्जी।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अलर्क शिरोमणि

      हाय! यो देवनागरी नै हो। मेरो गल्ती भयो लेख्दा। दोहोर्याएर नहेरेको हुनाले सुध्रिएन। मेरो आशय एकरूपतामा हो। चाहे जे सुकै होस्। चिनको मन्डारिन र क्यान्टोनिज वक्ताहरू एकअर्काले बोलेको चाहिँ पटक्कै बुझ्दैनन्, तर लेखेको चाहिँ पढ्न सक्छन्। एउटै भाषा बोल्नेहरूले एउटै लिपी अपनाए सञ्चार सजिलो हुन्छ भन्ने हो मेरो आशय। अब यसरी तपाईँले भनेजस्तो सुधारको प्रयास गरियो भने राम्रो हुन्छ। यसमा चासो हुनेले एउटा शब्दकोष साथमा राख्दा फाइदा हुन्छ। यो त सिक्ने कुरा हो। अङ्ग्रेजीको शब्दकोष चाहिँ चाहिने नेपालीको चाहिँ नभए पनि हुने भन्ने कुरा चाहिँ अचम्मको छ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • अलर्क शिरोमणि

      खड्काजी! मैले यो लेखको लागिभन्दा पनि सामान्य टिप्पणीको लागि लेखेको थिएँ। यसमा अलिअलि व्यङ्ग पनि प्रयोग गरेको हो। मैले टर्कीको उदाहरण दिएर कतै त्यो हामीले नेपालमा पनि प्रयोग गर्न लागेको त होइन भन्ने प्रश्न गरेको हो। एकातिर हाम्रा नेताहरू चल्तीका पोशाक छोडेर अनर्राष्ट्रिय पोशाक पहिरिने, अर्कोतिर हामीहरू रोमन लिपीमा नेपाली लेख्‍ने। यो दुईटा कुरा मिलाउँदा टर्कीकै रूप त भयो नि भन्ने हो मेरो मतलब। अनि नलेखीकन सोध्न खोजेको चाहिँ ‘के त त्यसो गर्दैमा नेपालले टर्कीको जस्तै विकास गर्ला त?’ भन्ने हो। मैले पिएमको लवाइको कुनै समर्थन गरेको होइन। यस्तो अर्थ निस्कन गएको भए क्षमा दिनुहोला। अलिअलि व्यङ्ग पनि लेख्‍न खोज्दा त्यस्तो भएको हो। मेरो आशय त लेखको पछिल्लो खण्डमा प्रष्ट छ जस्तो लाग्छ मलाई। जे भए पनि धन्यवाद यहाँको जिज्ञासा र टिप्पणीको लागि।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अलर्क शिरोमणि

      कविता एकदम राम्रो लाग्यो मलाई। र एकदम सही पनि हो। सिर्जनात्मकता मलाई मन पर्ने कुरा हो आफूमा नभएर हो कि!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • N. Sharma

      अलर्कजी, तपाईं त विद्वान, लेखक मात्रै नभैकन एक कुशल लडाकु(गाउतिर लडाउने रातो कुखुराको भाले जस्तो)पनी हुनुहुदो रहेछ । हरेक कमेन्टको जवाफ दिन तम्तयारको अवस्थामा बस्नुहुदो रहेछ, ठ्याकर्याक्कै लडाउन तयार बनाएको भाले जस्तो । खुशी लाग्यो ! जहाँसम्म हिमाल खबरको कुरो छ, अरुलाई यसमा लेख, त्यसमा नलेख नभन्दा बेश होला, तपाईं आफु बेलायतमा बसेर स्वतन्त्रता भर्पुर प्रयोग गर्ने अरुलाई त्यसबाट बन्चित गर्न मिलेन । अर्को कनिकुथी अङ्ग्रेजी को कुरो, कोही पनि जन्मदै पोख्त हुँदैन, यदी आज उस्ले कनिकुथी अङ्ग्रेजी लेखेन, बोलेन भने भोली कसरी सिक्ला । यो त सिकाइको प्रकृया हो भन्ने बिर्सनु भएन । तपाईं र हामीले पनि तोते बोली बोलेरै नेपाली बोल्न सिकेको हो र A, B, C, D, पढेरनै अली-अली अङ्ग्रेजी बोल्न जानेका हौ भन्ने बिर्सनु भएन । प्रजातन्त्र/ लोकतन्त्रमा ब्यक्तिगत स्वतन्त्रता त पाईन्छ होला नि । जेहोस तपाईंको full time कमेन्ट लेखाइ मन पर्‍यो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • N. Sharma

      फेरि यहाँ तपाईंले ‘हाय’ भनेर के भन्न खोज्नु भएको हो बुझ्नै सकिएन । अङ्ग्रेजीमा ‘Hi’ भनेर मनिषजी लाई सम्बोधन गर्न खोजेको हो भने के नेपालीमा सम्बोधन गर्ने शब्दको कमी छ र? कि मनिषजी लाई ‘नमस्ते’ भन्न सन्कोच मान्नु भएको हो । आखिर अङ्ग्रेजीमा ‘Hi’ र नेपालीमा नमस्ते उस्तै कुरो त हो नि, होइन र ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अलर्क शिरोमणि

      नेत्रजी,
      थाहा छैन, तपाईँले हेर्नुहुन्छ कि हुँदैन यो पेज अब। जहाँसम्म मुस्तफा कमालपाशाको कुरा छ। उनको खास नाम मुस्तफा कमाल आतातुर्क हो। पाशा चाहिँ टर्कीमा ठूला मान्छेको सङ्केत गर्ने एउटा सामन्ती पहिचान जस्तै हो। पछि उनले यसलाई त्यागे र त्यसको कानुन नै बनाए। पहिलो विश्वयुद्धपछि मुस्तफा टर्कीको राजनीतिमा आएका हुन्। उनले ओटोमान साम्राज्यको चिन्तनबाट टर्कीलाई आधुनिक बनाउन ठूलो योगदान गरेका छन्। अहिलेको भाषामा उनी अधिनाकवाद जस्तै थिए। तर जनताको अधिनायकवाद भन्दा पनि फरक पर्दैन। उनले एक पार्टीको शासन चलाए। बहुदलीय व्यवस्थालाई लागू गर्न खोज्दा अतिवादीहरू हाबी हुन लागेकोले फेरि एकदलीय नै रह्यो टर्कीको शासन परम्परा धेरै पछिसम्म पनि। मुख्यत उनले अमेरिकी शिक्षाविद जोन डिवेको सल्लाहअनुसार शिक्षामा परिमार्जन गरे। यसमा महिला शिक्षा एउटा हो भने अर्को तुर्की भाषाको लागि लिपी हो। १९२८ तिर होला ल्याटिन लिपीलाई केही परिमार्जन गरेर नयाँ लिपी लागू गरिएको। यसमा २९ वटा अक्षर छन् – २१ वटा व्यञ्जन र ८ वटा स्वर। अहिले तुर्की लेखाइ यही लिपीमा छ। त्यस्तै पोशाकमा पनि कट्टर मुस्लिम लवाइबाट मुक्ति दिन उनले ड्रेस कोड नै ल्याएका थिए। जस्मा लोग्नेमान्छेको फेटा, महिलाको घुम्टो प्रमुख थिए विस्थापित हुनेमा। यसो गर्दा उनले पश्चिमी भेषलाई प्रोत्साहन गरे। १९२५ तिर होला उनले hat law लागू गरे। जसअनुसार सरकारी ओहदामा भएका सबैल अनिवार्य ह्याट लगाउनु पर्ने भयो। मुस्तफाले पनि ‘पनामा ह्याट’ लगाएका थिए। यो यस्तै हो। टर्कीको आधुनिकीकरणको इतिहास र मुस्तफाको जीवनी हेर्यो भने बढी ज्ञान हुन्छ। भारतमा नेहरू मुस्तफाबाट प्रभावित थिए, उनले गरेको सुधारको लागि। टर्कीलाई आधुनिक बनाउने श्रेय यिनैलाई जान्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ramesh.qa

      तर यहाँ चैं एकै पटक म खुत्रुक्कै नपर्ने भाले पर्नु भयछ

      अली लाई प्रयास गर्नु भय तपाईं पनि कक फाइट को लागि योग्य हुनुहुन्छ :)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ravi

      Alerk ji, tapaile sabailai spastikaran dinda dindai hadai gaf dina thalnu bhayo yaar. “Diglossia” ta duita ya tyo bhanda badi bhasa ma kun chhain official ra kun chhain unofficial bhanne sanga sambandhit chha ni bro. yaha ta hami Nepali bhasa (eutai) bhasalai formally ra informally bolne kura gardai chhaun ni.
      baki rahyo devnagari janne ki najanne bhanne kura. blog ma comment lekhda yesari lekhyo bhandai ma sarkari kam-kaj ma pani yeseri nai article lekhchhu hola ta? aafai bichar garnus.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ravi

      Good thought Pushpa Ji

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker