किराँती भोगेन एक्ले/ हङकङ
हामीमा एउटा असाध्य रोग छ। हामी जहिले ठूलो रोज्छौं जो गर्न हाम्रो सामर्थ्यले भ्याउँदैन। जुन हाम्रो सामर्थ्यले भ्याउँछ त्यो हामीलाई तुच्छ लाग्दछ, जोरीपारीले खिसी गर्ला कि भन्ने डर लाग्छ। मान्छेले कस्तोकस्तो, कत्रोकत्रो काम गर्छन्, त्यस्तो गर्न सके पो, जाबो मैले यति नाथे गरेर के लछारपाटो लाग्छ र, बेकारमा फलानाले खुबै गर्न लाग्यो भनेर खिल्ली मात्र उडाउँछ भन्ने सोच नै वास्तवमा हामीले केही गर्न नसक्नुको कारण हो। यस रोगले हामी नेपालीहरुलाई मात्र होइन, हाम्रो देश नेपाललाई नै, सिंगो राज्य व्यवस्थालाई नै उहिलेदेखि गाँजिरहेको छ।
अर्को एउटा कारण पनि मुख्य बनेर रहेको छ हाम्रो अधोगतिको। हामी विचार र व्यवहारमा पटक्कै सामन्जस्य राख्दैनौं, कुरा जति गर्छौँ, काम त्यसको एक छेउ पनि गर्दैनौं। यो रोग सानादेखि ठूला सबैमा सर्वब्याप्त छ। तपाईंमा, ममा हामी सबैमा। हामी ठूला नेताले बोलेर नगरेकोमा उछित्तो काढ्छौं। तर मैले बोलेर कति गर्दैछु अथवा नगरेर कति बोल्दैछु, एकपल्ट आफैले आफैलाई सोधेर नढाँटी उत्तर दिने हो भने परिक्षामा पास हुन हामी मध्ये धेरैलाई मुस्किल पर्छ।
जोनले हजारौं बालिकालाई छात्रवृति दिलाए। म एउटालाई दिएर उसलाई थोरै भरथेक गर्ने प्रयास गर्दैछु। जोनले हजारौं विद्यालयलाई लाखौं पुस्तक जुटाई दिए। म एउटा विद्यालयलाई केही सय पुस्तक जुटाउने प्रयासमा लाग्दैछु। मसँग त्यस्तो कुनै बचत भएर वा गतिलो आम्दानी भएर कसैलाई छात्रवृत्ति दिनको लागि तम्सिएको हुइनँ। तर जहाँ इच्छा त्यहाँ उपाय। सजिलैसँग फेला पर्यो मेसो, आफूले दैनिक गर्दै आएको खर्चमा थोरै नियन्त्रण। बचेको केही खुत्रक्क एउटा खुत्रुक्केमा। महिनामा दुई तीन सय त चुत्थो जम्मा। बस समस्या खतम।

*************
“माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म” पढेपछि
किराँती भोगेन एक्ले/ हङकङ
कर्मयोगी जोन उडको माइक्रोसफ्टदेखि बाहुन डाँडासम्म पढेपछि मनमा उद्घेलित तरह तरहका भावनाहरुलाई एकमुष्ठ पार्ने प्रयास गर्दैछु। खोपिल्टे आँखाको लागि धारे नाखमा पाउरवाला चस्मा अड्याएका खगेन्द्र संग्रौला कुन्साङ काका सँधैजसो राम्रा काम कुरा गर्न खोज्छन्। यो पाली पनि, हरेक नेपालीले एकपल्ट पढ्नै पर्ने अँग्रेजीमा लेखिएको किताबलाई नेपालीमा ढालेर जोनको मौलिकता पटक्क ननासी खुसुक्क नेपालीपना छिराउँदै हामी माझ ल्याइदिएर निकै राम्रो काम गरेका छन्। यसमानेमा अँग्रेजीमा दखल राख्न नसक्ने नेपालीहरुको धन्यवादका पात्र बन्न पुगेका छन् उनी। सबै बुद्घिवाल, विवेकशील हुँदैनन्। तर जोन विवेक भएको बुद्घिल मनुष्य हुन्। आफ्नो भौतिक सुख र सुविस्तामा मात्र रमाउन तैंछाड र मैछाडको होडबाजी चलेको आजको विश्वमा खाइपाइ आएको आफ्नो सम्पूर्ण तनको सुख सुविधालाई तिलान्जली दिएर लाखौंको दुःखमा हात बटाउँदै मनको सुखलाई खोजिरहेका जोन उडको कर्मलाई त नेपालीहरुमात्र होइन सारा संसारले नतमस्तक भएर प्रणाम गर्नै पर्ने हुन्छ।
उस्तो धेरै पढ्न नपाए पनि आजसम्ममा एकाध सय किताब त अवश्य पनि पढियो होला। त्यसमध्ये कतिले मस्तिष्कलाई छोए कतिले मनलाई। तर सारै थोरैले मात्र मेरो मन र मस्तिष्क दुवैलाई एकसाथ छोएका छन्। त्यस्ता किताबहरुमध्ये पछिल्लो समयका किताबहरुमा “गान्धीको आत्मवृत्तान्त”, जसले जीवनलाई चिन्ने प्रेरणासँगै अरु धेरै दिन्छ। भारतका बापुको हिजोको आदर्शलाई आज पूरै पालना गर्छु भनेर प्रयास गर्नु यो जमानामा मूर्ख्याइँ सिवाय अरु नहोला। तर आवश्यक दश बाह्र प्रतिशतलाई आफ्नो विवेकमा घुसार्ने हो भने उसको जीवन अवश्य सार्थक बन्छ भन्ने लागेको छ। कर्ण शाक्यको “सोच”, जसले मेरो सोचहरुमा थुप्रै उथल पुथल ल्याएको छ। र, आज पढेको जोन उडको किताबले जीवनलाई एउटा बाटोतिर निर्देशित गरिरहे झैँ भान भइरहेको छ।
जोनको किताबभित्र पस्दाको सुरुताका नढाँटी भन्ने हो भने, यो जोनलाई मेरो गाउँ र त्यहाँको विद्यालय अनि विद्यार्थीको अवस्था देखाएर सानो ठूलो सहयोग माग्न पाए कस्तो काइदा हुन्थ्यो होला भन्ने लाग्न थालिरहेको थियो। तर जोनका जीवनका पन्नाहरु किताबमा जति अगाडि पल्टँदै गए, मेरो विचारले पनि पलट खाँदै गयो। र अन्तमा म मगन्ते सोचबाट माथि उठ्नु पर्छ भन्ने निस्कर्षमा पुगेको छु।। एउटा जोन उडले दिएर कतिलाई मात्र पुर्याओस्। जोनले नेपाललाई दिएको सहयोगको मात्रा त्यसै पनि कम छैन। अरु बोझ दिनलाई किन सोच्ने ? बरु, उसले सयौं पाइला चालेको गोरेटोमा मात्र एकै कदम चाल्ने प्रयास किन नगर्ने ! एउटा घुमन्तेलाई नेपालले त्यत्रो छुँदो रहेछ भने हामी त त्यहाँको भोगन्ते हौं। हाम्रो धैरै पुस्ताले त्यहाँ भोगचलन गरिसक्यो भने आउँदा उति नै पुस्ताले गर्नुछ। यसरी, यी र यस्तै मनमा खेलेका कुराहरुले मभित्रको सुषुप्त मलाई ह्वात्तै जगाइदिएको छ आज। जोनले हजारौं बालिकालाई छात्रवृति दिलाए। म एउटालाई दिएर उसलाई थोरै भरथेक गर्ने प्रयास गर्दैछु। जोनले हजारौं विद्यालयलाई लाखौं पुस्तक जुटाई दिए। म एउटा विद्यालयलाई केही सय पुस्तक जुटाउने प्रयासमा लाग्दैछु। मसँग त्यस्तो कुनै बचत भएर वा गतिलो आम्दानी भएर कसैलाई छात्रवृत्ति दिनको लागि तम्सिएको हुइनँ। तर जहाँ इच्छा त्यहाँ उपाय। सजिलैसँग फेला पर्यो मेसो, आफूले दैनिक गर्दै आएको खर्चमा थोरै नियन्त्रण। बचेको केही खुत्रक्क एउटा खुत्रुक्केमा। महिनामा दुई तीन सय त चुत्थो जम्मा। बस समस्या खतम। यसको अतिरिक्त मेरो सोच, माने मैले देखेको सपना कत्रो छ, त्यसको यहाँ वर्णन गर्न थाले त्यो एउटा गफाडीको गफभन्दा बढ्ता हुने छैन। तर यी मन र मस्तिष्कलाई एकैसाथ छुने प्रेरणाको खानीहरुलाई खोतल्दै जाँदा, तैंले पनि केही गर्ने प्रयास गर्न सक्छस् भन्ने लागेपछि केही गर्ने, गरिहाल्ने प्रयासमा भने जुटेको छु। यो प्रयास त्यस्तो केही होइन, केही हो भने यदि, मात्र लठारो बाट्नको निम्ति एक एक त्यान्द्रो पोयाको सिलोसाङलो।
सहयोगको आवश्यक्ता खाली कापिकलमको लागि मात्र छैन हामीलाई। गतिलो चामकोदाली जोर्न नसक्दा, हलोको फाली फेर्न नसक्दा, स्वस्थ तथा उन्नत जातको बिउको अभावमा, कमसल ठिमाहा बिउको प्रयोगले उब्जनी घट्दा कृषकको मन कुँडिएको छ। के दुई चार जोर फरुवा र फाली अनि उन्नत बिउबिजनको जोहो गरिदिन सक्दैनौं हामी ? राडीपाखी गर्ने सिपालु हातहरुका तानहरु बुइँकलको अध्यारो कुनातिर थन्किएको छ। के एक दुई धार्नी ऊन, कपासको तर्जुमा गरिदिन सक्दैनौं हामी ? यी सानै प्रयासले हुने ठूला कामहरु हुन्। तर हामीमा एउटा असाध्य रोग छ। हामी जहिले ठूलो रोज्छौं जो गर्न हाम्रो सामर्थ्यले भ्याउँदैन। जुन हाम्रो सामर्थ्यले भ्याउँछ त्यो हामीलाई तुच्छ लाग्दछ, जोरीपारीले खिसी गर्ला कि भन्ने डर लाग्छ। मान्छेले कस्तोकस्तो, कत्रोकत्रो काम गर्छन्, त्यस्तो गर्न सके पो, जाबो मैले यति नाथे गरेर के लछारपाटो लाग्छ र, बेकारमा फलानाले खुबै गर्न लाग्यो भनेर खिल्ली मात्र उडाउँछ भन्ने सोच नै वास्तवमा हामीले केही गर्न नसक्नुको कारण हो। यस रोगले हामी नेपालीहरुलाई मात्र होइन, हाम्रो देश नेपाललाई नै, सिंगो राज्य व्यवस्थालाई नै उहिलेदेखि गाँजिरहेको छ। मेलम्ची काठमाण्डौ भित्राउन सक्दैन नेपाल, उ विदेश गुहारीरहन्छ। तर चाहेमा आँफैले गर्न सक्ने काठमाडौँ वरपरका ससाना जलश्रोतलाई बेवास्ता गर्छ। त्यसलाई मात्र व्यवस्थित गर्ने हो भने काठमाडौँको पानीको समस्या आधा घटेर जान्छ भन्ने तथ्यांक सम्बन्धित विज्ञहरुले निकालेका छन्। अरुण, कोशी, कर्णाली आफै बाल्ने सामर्थ्य छैन नेपालको तत्काललाई। तर गाउँ गाउँको करेसोबाट बगिरहेका सानातिना खोलानाला बाल्ने तत्परता देखाउँदैन ऊ। जो ऊ सजिलै सक्दछ। बरु यसको बदला, सौर्य शक्तिमा अनुदानको नाममा विदेशीकै पोल्टा थाप्छ। यस्ता धेरै दुःखद दृष्टान्त हाम्रा अगाडि लडिरहेका छन्। यो पछौटे, नामर्दपन हामी व्यक्तिले राज्यलाई सिकायौं कि राज्यले हामीलाई सिकायो ? जे भए पनि अब यतातिर नगएर सुधारको लागि राज्यलाई सिकाउन हामी अग्रसर हुनु पर्दछ। त्यस्ता धेरै राष्ट्र छन् जहाँका जनताको ठूलो तपस्याले, योगदानले देशले चाँडै काँचुली फेर्न सकेको छ। के हामी वीर, इमान्दार मेहनति भनेर कहलिएका नेपालीमा त्यो सामर्थ्य छैन ? अवश्य छ। मात्र हामीले आफ्नो तागतमा विश्वास गर्न नसकेका हौं। यसबाहेक अर्को एउटा कारण पनि मुख्य बनेर रहेको छ हाम्रो अधोगतिको। हामी विचार र व्यवहारमा पटक्कै सामन्जस्य राख्दैनौं, कुरा जति गर्छौँ, काम त्यसको एक छेउ पनि गर्दैनौं। यो रोग सानादेखि ठूला सबैमा सर्वब्याप्त छ। तपाईंमा, ममा हामी सबैमा। हामी ठूला नेताले बोलेर नगरेकोमा उछित्तो काढ्छौं। तर मैले बोलेर कति गर्दैछु अथवा नगरेर कति बोल्दैछु, एकपल्ट आफैले आफैलाई सोधेर नढाँटी उत्तर दिने हो भने परिक्षामा पास हुन हामी मध्ये धेरैलाई मुस्किल पर्छ। भने, मैले कुरो यता जोर्न खोजेको हुँ कि एउटा नेता अथवा भनौं महत्वपूर्ण जिम्मेवार लिएको व्यक्तिले बोलेर नपुर्याउँदा जति असर पर्छ, हामी साधारण जिम्मेवारी बोकेका जनसाधारणले सोही सिको गर्ने हो भने त्यो भन्दा निक्कै ठूलो असर पर्दछ। किनकि एउटा नेताको देशमा हजारौँ जनता रहेका हुन्छौँ। अर्को कुरा, पहिले हजार जिम्मेवार बने एउटाले धर्म छाड्न निश्चित नै सक्दैन। यदि छाड्छ नै भने त्यो टिक्दैन पनि।
जोन उडको कर्मबाट प्रभावित मन र मस्तिष्कबाट माथिका धेरै प्रसंगहरु गाँसिन्न आईपुगे। छोटोगरी भन्नु पर्दा मैले “माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म” जस्ता अनुभव र भोगाइका संगालोहरुबाट बुझेको कुरो के हो भने, मनभित्रको सोचलाई केवल सोचमै मात्र सीमित राखे त्यो मात्र आफैभित्र एउटा सपना बनेर सुतिरहन्छ। तर त्यसलाई व्यवहारमा उतारे त्यसले आफ्नो निश्चित उद्देश्यमा पुग्ने यात्रा प्रारम्भ गर्न सक्दछ। तर्सथ आफ्नो सोचलाई मूर्तरुप दिंदा भोलि यस्तो उस्तो, यति उति व्यवधानहरु आउला भनेर अवरोधहरु गनेर घोत्लिरहनु भन्दा सकारात्मक सोच, जस्मा जगतको भलो छ भने त्यसले जस्तो पनि अप्ठ्याराहरु पार गर्न सक्दछ भन्ने दृढ इच्छाशक्ति लिएर निस्किहाल्नु पर्दछ यात्रामा। कुरा यतिमात्र हो, आफ्नो सोचको भारी आफूले बोक्न सक्नेछ कि छैन त्यो भने अवश्य तौलनु पर्दछ यथार्थको तुलोमा। थेग्नै नसक्ने उचाल्नु हुन्न त्यसले आफूलाई र भारीलाई पनि वितहमा पार्न सक्छ। तर थोरै गह्रौं लागे साहस गर्नु पर्छ। आज अलिक दुख्ला थाप्लो, भोलि त बानी लागि हाल्छ। त्यस्तै, सारै सानो भयो पोको, जोरीपारीको अगाडि देखाउनै सरमलाग्दो भनेर लजाउन पनि कदापि हुन्न।
हामी जोन उड बन्न नसकौंला तर जोन उडले मात्र नेपालको लागि जे गरेर देखाइदिएका छन्, त्यसलाई एक सय हजार भाग लगाएर एक भाग मात्र एक जनाले गरेर जाने हो भने उसले जति गर्न एक लाख नेपाली चाहिन्छ। के तीन करोड नेपालीको देश नेपालमा एक लाख नेपाली त्यस्ता जन्मिएका छैनौँ ? अवश्य छौं होला। तर माथि नै पनि एक पल्ट लेखिसकेको छु कि हामीमा सानो कुरा देख्ने र गर्ने सोचको कमी यसको लागि बाधक छ। तसर्थ, म त्यस्तो ठूलो केही गर्न सक्दिनँ भन्ने लघुताभासबाट निस्किएर, म सानै भए पनि यति गर्न सक्छु। मैले जस्तै सानो सानो सबैले गरे त्यो भोलि ठूलो हुन्छ भन्ने सोच राखे कसो होला – गजप हुने छ। एक एक वटा इँटा अग्लाएर धरहरा बनेको छ। एक जनाले जीवन भरमा एक मीटर बाटो खने, तीन करोड नेपालीले खन्दा कति होला ? सम्भवतः नेपाललाई तीन फन्का पुग्ने जति होला। उसो भए आफ्नो भागमा पर्ने जति खन्न किन आजैबाट सुरु नगर्ने त ?
No related posts.









World change starts with educated children
There are millions of kids who can’t go to school because they can’t afford fee, can’t buy study materials, school is far away from their home. In many cases they have to help their parents to work to collect evening food, take care of younger siblings etc. If they can’t get enough food then how can they even think to go school. This is very sad part of poor countries like Nepal. And this is more tough for girls. I feel very lucky and fortunate because I was able to go school and now I go to world class University. On the other hand I feel very and very bad when I see kids in my neighborhood who don’t go to school due to various reasons. Many of my childhood friends didn’t attend school or dropped at 3rd or 4th grade. This is the reality of our society, our village. This situation have been changed to some extent but still there are many with same situation. To be exact: there are over 115 million children of primary-school age who are not enrolled in school, 30% of rural children of developing countries are not enrolled in school, of the 770 million adults in the world who can not read or write-two third are women.
When I was kid, I didn’t know exact benefit of going school, doing homework and taking exams. But after reaching to higher grades, I knew the importance of education and how education can change the life of people and society. I was able to go to school because I father knew the importance of education and he helped financially as well. I always used to thing about other ones who could not afford tuition of the school, even though it was minimal amount. Truly speaking I haven’t helped noticeably anyone for his/her education with some exceptional cases. May be I am still not in that position. There is one great guy named John Wood, who is helping thousands of kids.
He is the exceptional person who left Microsoft’s Director of Business Development position to help children education in the developing world. His life story itself is inspiring. His interest to help underprivileged children is invaluable. I just finished his first book “Leaving Microsoft to change the world” during my summer vacation. Its very good book to read. This book is also available in Nepali. The main story (non-fictional though) of the book starts with John’s visit to Nepal, a mountainous country for his vacation from hectic work at Microsoft. There, he meets a school teacher and gets a chance to see one of the schools of the area. His real eye to developing world opens, decides to help them by just sending books which he plans to collect in the US. Ultimately he resigns from his job and starts full time job to help establishing library, schools in Nepal. Book is easy going, in paragraphs it is sentimental. My eyes dropped tears while reading thise paras. It reminded me backwardness of my country. My government doesn’t care and some else from entirely different world with big heart is trying to help them. Room to read is the organization he runs, collects money and invests in developing countries like Nepal, Srilanka, Cambodia, Vietnam etc
There are very few people who don’t work for their benefit. We don’t expect everyone to sacrifice rising job at Microsoft and start entirely new career like John. But we can add our input to help child education. I know there are thousands of people who are helping on personal way not like a campaign or in large scale. I am also thinking how to help them. One way could be the small amount of money earned by adsense in this blog. This is very small amount. I am not sure how much I will earn per year through this. I plan to send this money (no matter how much it will be) to Nepal to help a kids education. Lets wait how much I can help. One thing is I want to help children in my village. I will write about the school in my village in upcoming posts. You should also help to irradicate iliteracy in your own way.
मन परे हरियो, नपरे रातो
1
0
Bhojan ji,
Nice to read your article, i hope your feelings are appreciated by all Nepalese people.
uraj
doha
मन परे हरियो, नपरे रातो
1
0
किराँती जी को सोच राम्रो छ । सेवाको क्षेत्रमा ब्यक्तिगत तवरले पनि केही गर्न खोजे गर्न सकिने बातावरण छ । सक्नेले गर्नु राम्रो कुरा हो । तर ब्यवसायिक कामहरु गर्ने सम्बन्धमा सरकारको सहयोग बिना हिजोका दिन सम्म गाह्रो नै थियो । मूख्य कुरा लगानिको बातावरण नबनी कोही पनि सफल हुन नसक्ने हुँदा सरकारले सर्वप्रथम सान्ती सुरक्षाको ग्यारेन्टी देखी उर्जा, पूँजी र बजारको व्यबस्था मिलाउनु जरुरी हुन्छ ।
मन परे हरियो, नपरे रातो
2
0
भोगेन जी, यथार्थवादी विचारको सम्प्रेषण गर्नु भएकोमा हार्दिक धन्यवाद !
सामान्यतया: परिवर्तन र अनुकरणको बहाव खोला झैँ उकालोबाट ओरालो, अनी माथिबाट तल हुन्छ । उच्च सम्भ्रान्त वर्गको अनुकरण मध्यम वर्गले, मध्यम वर्गको अनुकरण निम्न वर्गले गर्ने प्रब्रिती रही आएको छ । त्यस्तै कथित जान्ने भनाउदाहरुको नजlन्नेले, शिक्षितहरुको अशिक्षितहरुले, शहरीयाहरुको गाउँलेले, नेताहरुको कार्यकर्ताले देखासिखी गर्ने चलन छ नै ।
एउटा धनी व्यपारी वi उच्च पदस्थ कर्मचारीले छोरीको बिहेमा १०-१२ लाख खर्च गर्यो भने मध्यम वर्गिय छिमेकिले रिणपान नै गरेर भए पनि छोरीको बिहेमा ५-६ लाख त खर्च गर्नै पर्छ । यो खाली आडम्बरकi लागि मात्र भए पनि नगरि नहुने जस्तै भईसक्यो ।
केही अपवादहरुलाई छाडेर हाम्रा नेताहरु, शिक्षितहरु, जान्ने-सुन्ने, शहरीया अगुवा भनाउदाहरुले कहिल्यै अनुकरण योग्य काम गरेनन । जसले गरे ति पनि नगर्नेहरुको बहुमतको ओझेलमा परे । भोगेन जी अब हामीले व्यबहार परिवर्तन र अनुकरणको बहावालाई उल्टो दिशामा नहिडाइ हुँदैन । उधोंबाट उभो, तलबाट माथि नफर्काइ हुँदैन ।
तपाईंको लेख, जोन उडको त्याग र अभियान अनी सारा नेपाली जनताको चाहना र भावना यी सबै कुरiहरुलाई बिचार गर्दा यि तथाकथित अगुवाहरुको पछाडि नलागेर तपाईं हामीले नै नेपाल र नेपालीको लागि केही न केही गर्न शुरुवात गर्नै पर्छ । यिनिहरुको पछी लाग्ने हो भने हामी मात्रै हैन हाम्रा सन्तान दर्-सन्तानको अवस्था यस्तै रहन्छ अथवा यो भन्दा नाजुक हुन्छ । त्यैसैले आजैवाट केही गरौं ।
म पनि अन्तरात्मादेखी आजै अहिले नै के घोषणा गर्दछु भने यो सेप्टेम्बर २००८ देखी मासिक रूपमा एउटा निश्चित रकम (सानै पारीमण किन जम्मा गरी नहोस्) कुनै कल्याणकारी काममा लगाउने छु । मैले के गरें त्यो पछी काम गरी सके पछी तपाईंहरु सबैसँग यही माइ संसार मार्फत अवगत गराउने नै छु । यो उत्पेरणाको लागि भोगेन जीलाई एक पटक पुन: हृदयदेखिको धन्यवाद !
मन परे हरियो, नपरे रातो
0
0
Bhogen ji,
You are a great practical thinker and pactitioner. Your article has been very much convincing. I fully agree with your practical tips and commit myself to follow you. This is a parctical essay of the concept of “circle of concern” and “circle of enfluence” written by Stephen R. Covey in his # 1 National Bestseller Book: The 7 Habits of Highly Effective People.
Thanks
Gyani Bahadur Niraula
मन परे हरियो, नपरे रातो
0
0
jon wood le aayer garyo tyo ramrai ho .tarr nepali aghi nasari desh ko bikash nai hunna….aru le aayer gardela vanne sochnu afaima bikrit sochayi ho.. Hk,India develop vaako tyahi kai janata haru le nai ho.. gora chor haru le kahile pani aruko ramro hos vaner socheko hunna…afno kumlo varda alikati ta chuhihalcha ni…..tyasai ma santusti liyer basne ho vane ….kahi pugidaina…sathi haru
मन परे हरियो, नपरे रातो
0
0
Great motivation. We respect your feelings and hope to see many more in coming days. We are also considering to do same but let’s see what could we do in future……..
मन परे हरियो, नपरे रातो
0
0
पढ्न सबैलाई आउछ, बुझ्न कमैलाई मात्र । यो कुरा कुनै ब्यक्ती बिषेश लाई नभै आम नेपालीहरु प्रत्ती लागु हुन्छ। अब त लाग्छ धेरै ढिलो भईसक्यो। आजसम्मको राजनितिक परिवर्तन लाई मुल्याङ्कन गर्नु पर्दा यो नै एउटा यस्तो समय हो जस्को आगमनको को लागि हजारौ शाहीद हरुले बलिदान दिए, अरबौ धन सम्पत्तिको क्षती भयो अनी बर्षौ सम्म जनताले डर् र त्राशमय जिन्दगी जिउन वाध्य हुनु पर्यो का बाबजुद आएको परिवर्तन को स्वरुप हेर्दा झन मनै रुन्छ। साच्चै भन्नु पर्दा देशका कुनै पनि राजनीतिक पार्टी र तिनिहरु बाट बन्ने सरकारमा भरोसावान हुने स्थिती छैन। क्षण भरको लागि कुनै न कुनै उपाय लाएर कुनै पनि किसिमको राजनीतिक कृयाकलाब्मा सङ्लग्न गराउनु कुनैपनी राजनीतिक पार्टिको खुबी हो भने बेरोजगार र अशिक्षित जनता तिनिहरुको पछी नलाग्ने कुरै छैन। आजको यस परिवर्तित स्थितिमा पनि कम्तिमा daily ८०% जनताहरु कुनै न कुनै रुपमा राजनीतिक कृयाकलाबमा सङ्लग्नता दिइरहेका छन। यतिमात्तै कहाँ हो र पर्देशमा समेत अनेकौ बहनामा गरीब का छोराहरुलाई गुमराह गरिरहेका छन।
देशमा चौतर्फी समस्याको उत्पत्ती गर्ने प्रमुख श्रेय देशका राजनीतिक पार्टी र राजनीतिक नेताहरुलाई जान्छ। ब्यक्ती कहिले पनि गरीब हुँदैन र गरीबी निराकरण गर्न सकिने चिज हो भन्ने चेतना सम्पूर्ण देशवासी सम्म पुर्याएर उचित शिक्षा र तालिमको ब्वस्था गर्न पट्टी ध्यान दिनु हो भने क्रमै सँग गरीबी र बेरोजगारी समस्या घटेर जान सक्छ। उचित शिक्षा र चेतना को अभावमा कुनै एउटा बिदेशिले दान दिएर देशको उन्नती होला भनेर सोच्नु गलत कुरा हो। न मैले महिनाको ४०० रुपैया बचत गरेर देशको अर्थतन्त्र लाई बज्बुत बनाउन सक्छु। तर म जस्ता लाखौं नेपालीहरु जो आफ्नो धर्तिको मायालाई मुटुभित्र सम्हालेर देश र जनताको हितमा काम गर्न जगुरुक हुनुहुन्छ भने म आफ्नो कमाइको १०% देश र देशवशिहरुका नाममा खर्चन हमेशा तयार रहने छु।
Thanks
मन परे हरियो, नपरे रातो
0
0
Very very good idea and article.I realy appreciate the thought you have,Bhogen jee.Nepal ma kam garne bhanda kura garne ko bhahulyata chha.Fabulous idea,I salute you.
RC Dahal
Sydney,Austraia
मन परे हरियो, नपरे रातो
0
0
great article and greater is the step you have taken. People like you can make us walk together to work for our nation. thanks for the great article,,
मन परे हरियो, नपरे रातो
0
0
Thanks !
Your article really points out what we have not done and what we can do. This is really a process of moral realization. As we know, poverty, illiteracy and underdevelopment seized us so deeply that our moral values, our enthusiam and our creativity is disintegrating steeply.
Thanks for timely posting of moral realization.
मन परे हरियो, नपरे रातो
0
0
गल्ती गरे वीर पुर्खाहरुले, बिरता देखाएर
हामी यस्तो, हामी उस्तो, हाम्रो देश यस्तो, हाम्रो देश उस्तो,
हाम्रो देश नेपाल आज सम्म कसैको सामु झुकेको छैन, हाम्रो स्वाभिमान उच्च छ, यस्ता नानाथरी कुरा गरेर नथक्ने हामी नेपालीहरु ले यो बिर्सीसक्यौँ कि हाम्रो देश को स्वाभिमान अहिले हराइसकेको छ। ब्रिटिशहरुले शासन गरेको हङकङ र अंग्रेजले शासन गरेको इन्डिया भन्दा पनि गयगुज्रे छ हाम्रो स्वाभिमान।
मलाई त लाग्छ, यसमा कसैको गल्ती छ त त्यो हाम्रो वीर पुर्खाहरुको। यदी हाम्रो वीर पुर्खाहरुले अंग्रेज को एक पाइला मात्र हाम्रो देश नेपालमा पर्न दिएको भए, आज नेपाल पनि हङ्कङ भन्दा फरक हुने थिएन। आज नेपाललाई अरु देशले हेप्ने थिएन। न त आफ्नो देशको हितको लागि गरिने हरेक कार्यको निर्णयको लागि अरु देशको दुताबास भित्र छिर्नु पर्थ्यो।
स्वाभिमान त के नै हो र?
के हाम्रो स्वाभिमानले हाम्रो अस्तित्वको रक्षा गर्न सक्यो? के हाम्रो बिरहरुको बिरताले हामी र हाम्रो देशलाई अरुको गुलाम हुनबाट बचाउन सक्यो?
के आज पनि हामी, आफ्नो हितको निर्णय आँफै गर्न सकिरहेका छौ त?
जवाफ: छैनौँ
किनकी हामी सँग पुजीँ छैन। यदी हिजो नेपालमा अंग्रेजको शासन चल्थ्यो त, आज हाम्रो देश अरु कसैको सामु झुक्नु पर्ने थिएन। आज हङ्कङ र इन्डियाले, आफ्नो स्वतन्त्रता दिवस शानले मनाउदै गर्दा, हामीले आफ्नो बिरताको परिचय दिन सकिरहेका छैन।
आज हङकङलाई उसमाथी हिजो ब्रिटिशले गरेको ज्यादती प्रती कुनै अपसोच छैन, किनकी आज उसले आफ्नो छुट्टै अस्तित्व पाएको छ। न त इन्डियालाई हिजोको अंग्रेजको शासनको कुनै हेक्का छ, किनकी आज उ पनि शक्तीसम्पन्न देशमा गनिएको छ। तर नेपाल, जो हिजो आफ्नो बहादुरीमा उभिएको छ, आज यसको परिचय कहाँ छ।
मन परे हरियो, नपरे रातो
0
0
धेरै राम्रो लाग्यो तपाईंको लेख । मलाई पनि कर्ण साक्य को सोचले यो बाटो तिर उन्मुख नगरेको होइन । एकदम गरेको छ र त्यो जस्तो कुनै पनि लेख हरु पढेको छैन आज सम्म। तपाईं पनि प्रेररित हुनु भएकोमा खुशी लाग्यो । अनी म पनि मौका मिले अबस्य पढ्ने छु (बाहुन डाँडा देखी मैक्रोसफ्ट सम्म)। सम्पूर्ण नेपाली एक हौ ……
इश्वर जि सी
मन परे हरियो, नपरे रातो
0
0
किराती जिले नेपालीहरु को सोचाइ र संस्कारको यथार्थ बर्णन गर्नु भएको छ। हामी नेपाली हरु को सोचाइ मा ३६० डिग्री को परिवर्तन ल्याउन जरुरी छ, शान्त र सम्रिद नेपालको निर्माणको लागि। हामीहरु आफु सँग भएक सिप, स्रोत र साधनको समुचित उपयोग गर्नु भन्दा बिदेसी हरुले दिएको बस्तु उप्भोग गर्न आफुलाई गौरवान्बित महसुस गर्छौ। नेपाली संस्कaर नै यस्तो भई सक्यो कि,राम्रो काम गर्न खोज्ने को प्रसन्सा हुँदैन, बरु उस्को खुट्टा तनिन्छ।
भनिन्छ संसार परिवर्तन गर्नु छ भने, सुरुवअत आँफै बाट गर्नु पर्छ। किरआती जि लाई म के आग्रह गर्न चाहन्छु भने, तपाईं, हामी जस्ता सकारात्मक सोचाई भयका युवा हरु मिलेर नै हामी हाम्रो देश लाई बदल्न सक्छौ। जरुरत छ त केबल, सकारात्मक सोच अनी द्रिढ ईच्छा शक्तिको।
मन परे हरियो, नपरे रातो
0
0
भोगेन जी,
तपाईंले भनेको र बुझेको कुराहरुमा म शतप्रतिशत सहमत छु , तर हामी प्राय: नेपालीहरुको एउटा प्रब्रित्ती छ नि , खुट्टो तान्ने प्रब्रित्ती हो यसमा सुधार ल्याउन सकेमा नेपालमा छिट्टै नै परिवर्तन आउनेमा शंकै छैन।
मन परे हरियो, नपरे रातो
0
0
GREAT THINKING. I APPRICIATE IT.
मन परे हरियो, नपरे रातो
0
0
एक्ले साथी तपाईंको भावना एकदम राम्रो लाग्यो मलाई त। यस्तै सोच नेपाली हरुको हुने हो भने हाम्रो नेपाल २० बर्ष पहिले नै सिन्गापुर हुने थियो होइन त।
मन परे हरियो, नपरे रातो
0
0
Little acts of kindness
And little acts of love
Make our little earth
Like the heaven above
Wholehearted support to your mission, Bhogen ji. Nepal will be a better place because of people like you.
मन परे हरियो, नपरे रातो
0
0
there should be politics for getting coments.Anyway good job man, keep it up.
मन परे हरियो, नपरे रातो
0
0
बन्धु किराँती भोगेन, यो अलि उडन्तेजस्तो लागेपनि तपैंको कुरो ठिकै हो, तर नेपालमा त काम गरेको जस पनि त मिल्न परो नि हौ । महिनाको तीनसय भनेको ठूलो रकम हो नेपालमा, त्यो पनि गाउँठाउँमा । अहिलेको सरकारले गाउँमा वृद्घ भत्ता रोकेको छ । मासिक एकसय भत्ता पाउनेका लागि यो ठूलै सपना हो । सय रुपैयाँले एकजनालाई मासिक चिनी पुग्छ । चिनी कम खानेका लागि भने चियापत्ती पनि पुग्छ । मासिक तीनसय त ठूलो परिणामको रकम भयो । त्यसैले कहिलेकाहिँ सुनिन्छ नि कमाउनेले कर तिर्ने, यो पनि मुनासिब छ । सामाजिक सुरक्षाको प्रत्याभूति शून्य रहँदासम्म जुनै काम गरे पनि अपुरो नै रहन्छ र जनताले राज्यको संरचनामा परिवर्तनको लागि गरेको बलिदानी व्यर्थ बनाउन हाम्रा तोरीलाउरे नेताहरु नै लागिरहेको देख्दादेख्दै कसरी हामी आँखा चिम्लिएर बस्न सक्छौं र ! हामी व्यक्तिगत तहमा केही सानातिना कामहरु गर्दैजान छोड्न चाहिँ हुन्न । पढ्नुभो अनि लेख्नुभो, धन्यवाद बान्धव मित्र किराँती, एउटा कुइरेले गरेको परिवर्तन र आन्मसन्तुष्टिको बाटो हेर्दा मन सन्तुष्ट हुनु पनि स्वाभाविक छ है । । नेपाली लाहुरे, फेफिली फुड सेन्टर, दोहा, कतार, nepali.lahure@yahoo.com
मन परे हरियो, नपरे रातो
0
0
हो नेपालमा काम गरेर जस पाइदैन, किन गर्ने हामीले काम बरु हामी बिदेश गएर अली अली पैसा कमाएर एउटा ठुलो घर बनाएर आनन्द ले बसौ, घर मा पानी आएन अथवा लोडसेडिङ भयो भने जुलुस निकालौ सरकार लाई गाली गरौ। नेपाल मा त जोन अनी पिटर हरु आएर काम गरिहाल्छन नि। अनी गाली गरौ उनिहरुलाई हाम्रो राष्ट्रियता र परम्परा को अपमान गरेर आफ्नो संस्क्रिति र परम्परा भित्र्याये भनेर ….
मन परे हरियो, नपरे रातो
0
0
tapain pani kya!!! mathi arun, koshi ,, karnali ko kura padhnu bhayo ani yeha aayara,, najikai ko 30,, 60 ,,,90 ko kura na gari 360 change garne!!!!! padhera kura bujhne garaun na solteee
मन परे हरियो, नपरे रातो
0
0
360 haina,,, 180 vanna khojnu vako hola.
मन परे हरियो, नपरे रातो
0
0
ओ सर ,
३६० डिग्री को परिवर्तन ल्याउन हुन्न सर,
३६० डिग्रिको परिवर्तन ल्याउनुर परिवर्तन नल्याउनु मा केही फरक हुँदैन । हामीलाई चाहियको त १८० डिग्री को ढाडो परिवर्तन हो । जुन सिधा भयर दहरो हुनु पर्छ अनी खुब मज्जT दिन्छ । ३६० त घुमेर फेरी लुत्रुक्कै हुन्छ तेसैले काम छैन । सोध्नुस् त अरुलाई ।
मन परे हरियो, नपरे रातो
0
0
Gyan ji,
If you make change of 360 degree you will reach at the same angle because you should know 0 degree = 360 deg. Better say 180 deg.
मन परे हरियो, नपरे रातो
0
0
मित्र
कुनै बेस्या का सन्तान धनी भय भन्दै मा आफु पनि बेस्या का सन्तान हुन
पाये हुन्थ्यो भनी कामना गर्नु या आफ्नी आमा बेस्या हुन बाट जोगियको म पछुतो गर्नु कतिको राम्रो हो ???
मन परे हरियो, नपरे रातो
0
0
मनिष जि !
नेपाल मा लगानिको बातावरण बनाउन आज आयर माबोबादी कै कारण ले गर्दा झन भन्दा झन गार्हो हुँदै गैराख्या छ ।
माबोबादी मार्फत का बाइ सि यल र मजदुर युनियन जस्ता संगठन हरुले भर्खर लगानी क्षेत्र मा उदाउदै गर्न लागेका ताराहरु लाई जमिन मा झारेर निभाउने काम गरिराख्या छन ।
जबरजस्ती चन्दा माग्ने देखी लियर फ्य क्ट्री मा काम गर्ने मजदुर र लगानी कर्ता बिच बेमेल भयो , कुरा मिलेन , मजदुर को काम व्यबहार प्रती चित्त बुझ्ने स्थिती रहेन भने पनि जबरजस्ती नै उक्त ब्यक्ती लाई काममा राखिरहनु पर्ने , निकाल्न परे फ्य क्ट्री रहे सम्म उक्त्त ब्यक्ती लाई महिनाबारी तलब दिरहनु पर्ने , यदी महिनामारी तलब नदिने हो भने यकमुस्ठ रकम दिनु पर्ने , जस्ता लगानी कर्तालाई मर्का मा पार्ने कृयाकलाप ले नेपाल मा धेरै नै स-साना उधोग बन्द हुँदै गैरहेको छ ।
बन्द गर्न वाध्य पारीयको छ ।
यिनको बिरुद्द मा कसरी जाने ? सफया मार्फत नै अघी बढेका यस्ता ज्यान मारा हरु मिस्रिती समुह को आँखाको तारो हुन पनि कसरी सक्नु ! जिबन को माया त सबै लाई लाग्छ ।
भित्र भित्रै मनसिक पिडा स हेर पनि चुप चाप बस्नु पर्ने स्थिती छ ।
लगानी कर्ता – मजदुर आदी को नियम त नेपाल सरकार ले बनाउनु पर्ने हो ।
सरकारी नियम को मात हत मा चल्नु पर्छ । तर खोइ ? यहाँ त बाइ सि यल र माओवादी को मात हत मा जबरजस्ती चलिराख्या छ देश मा कानुन नै नभय जसरी !
अब आयर यि यस्ता स- साना उधोग हरु जो माबोबादी बाइ सि यल -युनियन आदी बाट पीडित छन तिनिहरु वाध्य भयर अहिले भर्खर खुलेको यमालेको युथ संगठन को शरण पर्नु पर्ने भो । पर्लान । यो त भयन नि ।
यस्तै हिसाब ले कसरी ब्यवसायमा लगानी गर्ने हरु अगाडि बढ न् सक्छन !
फेरी यि युनियन मार्फत दु:ख दिने हरुको त पेशा जस्तो नै भाईसकेको छ ।
लगानी कर्ता लाई डुबायर खान खप्पिस !
यसरी हुँदैन ।
अब त गण्तन्त्र आयो , माबोबादी सरकार मा सा मेल छन , अझ प्रचन्ड जि नै प्रधान मन्त्री भाईसक्नु भो ।
धेरै आशा थियो राष्ट्र कानुनी मार्ग मा हिड्ला तर त्यसो हुन सकेन । हुन सकेको छैन ।
सर्बसाधारण असाध्यै मार मा पारीराख्या छन ।
बुझ्नुस् न काठमान्डौ तिरका स-साना लगानी कर्ता हरुको हालखबर !
धेरै पीडित छन यस्ता कृयाकलाप बाट !
यसरी देश उभो लाग्छ ? यस्ता ग्या ङ्ग हरुले कानुन हात मा लियर !
लगानी गर्न खोज्ने हरु नेपाल मा कानुन नभयको देखेर हिच्किचाउन पारीरहेको छ !
धेरै दु:ख को कुरा हो यो गणतान्त्रिक मुलुक नेपालको लागि !
मन परे हरियो, नपरे रातो
0
0
ठीक लेख्नु भयो लुना जी, गर्न नसकिने होइन तर, बातावरण बन्नु पर्यो । उदाहरणको लागि; जुम्ला, मुस्ताङ, मनाङमा, स्याउ; कास्की, लमजुङ, तनहुँ, गोर्खामा सुन्तला; सिन्धुलीको पाखाभरी जुनार; तराइमा आँप, भैंसी, बाख्रा; हिमाली भेकमा जडिबुटी, भेडा पालन आदी… गर्न सकिन्छ, लगाउँछन, गर्छन् पनि क्रिषकले । अनन्त opportunity छन र नसकिने के छ?, कोही बेरोजगार हुनु पर्ने छैन, तर काम चैं गर्नु पर्छ, त्यत्ती हो ।
यसको लागि सरकारले, बजारको ग्यारेन्टी गर्नु पर्यो, ठाउँ ठाउँमा प्रसोधन गर्ने फ्याक्ट्रिको स्थापना हुनु पर्यो । मतलव, गर्नेलाई support गर्ने निती, सरकारले लिनुपर्यो न कि YCL लगाएर सताउने जस्तो । सर्वप्रथम त YCL र माओवादि कार्यकर्तालाई गाउँ गाउँमा पठाउनु पर्यो काम गर्न, माओवादी नेताले । हल्लेर हिंडेर र भाषण छाँटेर त हुँदैन नी । कमिसन उठाउने पो काम गर्दै छन?
त्यस्तै अरु पार्टिले पनि आफ्ना कार्यकर्तालाई काम गर्न र जनतालाई सहयोग गर्न परिचालन गर्नु पर्यो । बिकासअको लागि पो तछाड मछाड गर्नु पर्यो सबैले, जनाताको मन जित्न! हैन त?
तर, अब काम गरेर नदेखाइ जनताले पत्याउने छैनन । चुनाव अगाडिको तराइको जस्तो आन्दोलन पहाडमा पनि हुन सक्छ । हेरौं, नयाँ सरकारको मूल्यांकन गर्ने बेला त भएको छैन । केही गर्ला कि?
मन परे हरियो, नपरे रातो
0
0
Nice start but individual support may not be enough to educate the poor children in the remote as well as others. It would be better to suggest the government, what the government has to do to solve the problem in a better way in the coming years. It is noticed that poor guardians in the remote are not willing to send the children to school even the fee is free to them!
मन परे हरियो, नपरे रातो
0
0