मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    'मै चुप' हुँदाका पात्रहरु

    कृष्ण ढुङ्गाना

    बोल्न पाइन्थ्यो भने त्योबेला मैले सम्झेको गीत ‘तिमी मभन्दा कोशौ टाढा छौ…तिम्रो माया सँधै मसँग छ’ भन्ने थियो। तर कहाँ इसारा त गर्न नपाइने विपश्यनामा बोल्नु त शीलको ठाडै उल्लङ्घन भइहाल्यो नि। तैचुप मैचुप भएर ध्यानमा ब्यस्त छौ सयभन्दा बढी साधकहरु। ध्यानको छैठौ दिन साँझको विश्रामको समयमा मन बढो उडूँ उडूँ गरिरहेछ। यो ध्यानका लागि राम्रो हैन। तर लाग्यो- ‘आ… एकछिन त उन्मुक्त विचरण गरोस् साला मन पनि। एकछिनमा ठीक ठाउँमा ल्याउला।’ मिडिया उपभोगको कुरा त परै जावस्, लेख्‍ने पढ्ने सामग्री पनि गेटमै बुझाएका छन् सबैले। मनमा पुस्तकको पन्ना पल्टाए जसरी एकपछि अर्को गर्दै सम्झनामा आइरहेछन् प्रेमिका, प्रधानमन्त्री अनि पढाईका कुराहरु। बूढानिलकन्ठस्थित विपश्यना ध्यान केन्द्रको सेभेन भी (मेरो आवासगृह नम्बर) बेडमा बसेर सम्झेको अर्को विषय हो- यता आउँदाका लागि दुई दर्जन ब्लग एकै साथ लेख्दा हामीले भोगेको तनाव।

    एघारौँ दिन सहर पस्नका लागि सामान बोकेर निस्कन लाग्दा उमेशले ह्याण्डिक्यामबाट खिचेको फोटो।

    ‘बल्ल मुलुकले योङ प्रधानमन्त्री पाउला जस्तो छ, साले बूढाहरुले कलम बोक्नेहरुलाई लेख्‍ने स्वतन्त्रताभन्दा सर्वसाधरणलाई केही दिएनन्’- आफैँ सोचेँ। तर यी जनवादको धम्की दिने अङ्कलले ‘अधिकार बिर्स विकास दिन्छु’ भन्दै त्यही पनि खोसे भने नि ? ‘अनि भूमिगत हुने पालो मेरो आउला।’ यसो उत्तरतिरको झ्यालतिर आँखा पुगेछन्। त्यहाँ एउटा कीरालाई जालमा पार्न माकुरो यताउता गर्दै दौडिरहेछ। ‘ह्या त्यस्तो हुनै सक्दैन सूर्यसेन ओलीहरुको भीडले माओवादीलाई एक हदसम्म एमाले बनाइसक्यो। जनहत्याराको रुपमा कुख्यात भएका कमल थापा कहिले माओवादी छिर्ने हुन्। अब माओवादी भूमिगत हुँदाको जस्तो धारिलो कहाँ रह्यो र ?’ माकुरोले शिकार नपाएर पुरानै ठाउँमा आएर बस्यो। ‘राजनीति मिसाएर ध्यान नगर भाइ जे कामका लागि आएको त्यही गर’ अर्को मन सक्रिय भयो फेरि।

    बूढानिलकण्ठस्थित धम्मश्रृङ्ग पुग्ने बेलासम्म हामीले काङ्ग्रेसले पनि प्रधानमन्त्रीका लागि उम्मेदवारी दिँदैछ भन्ने मात्र थाहा पाएका थियौ। ‘प्रचण्ड नै बन्छ होला’- गेटबाट पस्नुअघि मैले भनेको थिएँ । ‘स्थिति त त्यस्तै बनेको छ तर यसै भन्न सकिन्न नेपालको राजनीति’- उमेशले शङ्का जनाएको थियो। त्यसपछि हामी आफू आफैँ चुप छौ। उसको निवास चाहिँ डाइनिङ छेउको एस वानमा परेको छ। झुक्किएर आँखा चार भइहालियो भने म तत्काल मुन्टो फर्काएर वा निहुराएर हिँड्छु। ऊ पनि त्यसै गर्छ। अब चाहिँ ऊ ध्यानमा लीन हुन थाले जस्तो देख्छु। हामीले खुबसँग शीलको पालना गरिरहेछौ‌।

    घडी हेरेको, छ बज्न अझै ३० मिनेट बाँकी छ। ६ बजेपछि ग्रुप मेडिटेशनका लागि धम्महल जानुपर्छ। यता आउने बेलामा उसले भन्दै थिई ११ दिनको सम्झना एडभान्समा तिमीलाई भनेर। ‘म अपरचुनिष्ट छु, ध्यान पाए तिमीलाई भुल्छु’ भन्दा ऊ निकै झोक्किएकी थिई। ‘हुने भए त बिहे नै ध्यानसँग गर्थ्यो होला नि’ रोमान्टिक भएँ म। फुस्किन नसके पनि हाँसोले मुहारको भङ्गिमा फेरिएको अनुभव भइरहेछ। ‘जाना साथ म तिम्रा लागि लायक भएर आएको छु भन्नेछु।’ झन्डै हाँसो फुत्कियो। उसको विश्वविद्यालयको पढाई मस्तीसँग सुरु भयो होला। आफूले भने आईएदेखि डिग्रीसम्मै आरआर छोड्नै परेन। ‘समता भावले हेर भाइ काम, क्रोध, लोभ, मोह त्याग। उसको ध्यान जीवनभरि गर्नू, यहाँ जे कामका लागि आएको त्यही गर्नुपर्छ।’ मेरा आँखा एक टकले झ्यालमा अढिएछन्। ‘फेरि यहाँ उसले जेलियस हुनुपर्ने त्यस्तो माहोल पनि त छैन। यो तपोभूमि हो।’


    १० औँ दिन मौन खुलेपछि उमेश र मसँगै बसेर खाजा खाएका थियौँ, नत्र त हामी टाढाबाट आँखामात्र जुधे पनि टाढा हुन्थ्यौँ।

    हामीले कलेजका साथीहरुलाई भनेका थियौ- अब लगातार १२ दिन हामी एब्सेन्ट हुन्छौँ भनेर। तर माइसंसारका पाठकलाई चाहिँ एकै पटक फर्केपछि सुनाउने सल्लाहअनुसार त्यसै आयौँ। ‘सरप्राइज दिउँ न त’ उमेशले भन्यो। कलेजका साथीहरु हामीलाई बैङ्कक र फुकेट घुम्न जान लागेको आशङ्का गर्दै कुन एयरलाइन्सको टिकट छ भनेर सोध्दै थिए। अनलाइनखबरका धर्मजीले भन्दैथिए ‘अब बैङ्ककको र‌ङ्गिन संसार लाइभ हेर्न पाइने भो।’ जति ‘हैन’ भने पनि पत्याए पो त । ‘फर्किन त पाउँ बताउँला यो फुकेटको कहानी!’ फेरि माकुरो आफ्नो शिकारका लागि तयार देखियो। मैले उठेर त्यसलाई झ्याल बाहिर भगाइदिएँ। ध्यानको असर निकै परेजस्तो छ। अरुको ज्यान मर्ला भनेर सजग हुइँदोरहेछ। आज उनीहरुले काशिराज दाहाल, कुन्दन अर्याल, चिरञ्जीवी सरहरुको क्लास लिए होला। हामी भने यता शारीरिक सेन्सेसन हेरेर बसेका छौ। ‘रेडियोको प्राक्टिकल छुट्यो। ला…।’ बस्न नपाउँदै माकुरो फेरि झ्यालबाट शिकार गर्न फर्किइसकेछ। ‘आ कति नै छुट्ला र गएपछि सम्हालौँ‌ला सबै कुरा। त्यस्ता मेल्कोटेका बुक त एकैतालमा सिध्याउँला’ कताबाट हो एउटा आँटको वेग छुट्यो र त्यसै बिलायो।


    साधकहरुका लागि बस्न दिइएको आवास।

    बादल लागेर बाहिर अँध्यारो भइरहेछ। वर्षातको बेला छ र यहाँ पानी परेको परै छ। झरिले भिजेको साँझमा घण्टीको गाढा आवाज गुञ्जियो। ६ बजेको सामूहिक साधना सुरु हुँदैछ। यो अधिष्ठानको समय हो। अधिष्ठानको एक घण्टासम्म हातपाउ खोल्न, आँखा हेर्न, आसन बदल्न पाइँदैन। मनलाई बसमा नगरी अधिष्ठान पालना गर्न गाह्रो पर्छ। तर साला मन पशुपतिको बाँदर जस्तो चञ्चल भइरहेछ। आफ्नै खुट्टाको चाल अब्जर्ब गर्दै म धम्म हल प्रवेश गरेँ। प्रतिपल म परिवर्तन भइरहेछु नेपालको अस्थिर राजनीति जस्तै। सबैको मङ्गल होस्।

    (सम्झनाहरु १० दिवसीय विपश्यना ध्यानबाट फर्किएपछि उतारिएका हुन्)

    No related posts.

    23 comments to 'मै चुप' हुँदाका पात्रहरु

    • Richa

      Dai
      Really liked this piece…
      Keep writing la..
      Ani photoma jastai smile garnu :-)
      kapal chai nakatnu ni
      curly nai rahana dinu la
      hami curly club kholnu parcha
      c u

      Richa

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • May all beings be happy!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishna

      तपाईंको लेख राम्रो छ ।तर अली सभ्हे भाषामा लेखाने बनी गर्नुहोला।तपै जस्तो पत्रकारले
      अस्लील शब्दको प्रयोग गर्न सुहाउदैन .

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Kusum Sharma

      Krishna jee,

      Don’t you feel it is very difficult to express all the things happened there in 12 days?

      Sabaiko Mangal Hos!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • good
      please write more abour it
      thanks

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raj

      It is great Krishan ji. Everyone has to do the meditation. I wish i had done not 12 days but 12 months. At least that was good opportunity that prevents from hearing name of dirty politicians and their dirty game.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishnaji,malai पनि यो ध्यान केन्द्रमा गएर ध्यान गर्ने मन छ तेसैले कृपया त्यहाँको संपर्क नम्बर उप्लब्ध गराउनु vaye aavaari हुने थिए ।टपाइको अूवव् लेख पदे पछी त मलाई त्यहाँ jaana झन्नै उत्सुक लागिरहेछ लेखको लागि धन्यवाद !kussum,hongkong

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      कस्तो चक्चके मन तपाईंको :) :) :) :)
      धेरै धन्यवाद है त्यहा बस्नु हुँदा को अनुभब बाड्नु भयको मा ।
      तपाईंलाई त त्यसरी मन बाधेर बस्न सार्है गार्हो पो भयछ ! :) :) :) :)
      आत्तिनु भयर थोरै दुब्लाउनु पनि भयछ :) :) :) :)
      झन गर्ल फ्रेन्ड को सम्झनाले उकुश मुकुश नै पारेछ :) :):):)
      त्यस अबधी को मन बाध्ने सजायले ( मन चक्चके हुने लाई यो सजाय त होला नि :) )
      के गुमानु भो के पाउनु भो ?
      गुमाउन त के नै गुमाउनु भो होला र !
      यो संसारमा के नै त्यस्तो चिज होला र जुन सदा साथ मा रहिरहोस् !
      आँफै त गुम्नु पर्छ यक्दिन ।
      तर आफु बाचुन्जेल को लागि स हायक सिद्द हुने त्यस्तो के चिज पाउनु भो ?
      कुनै लेख मा यस् सम्बन्धी बि स्त्रित्त जानकारी दिन मिल्ने भय दिनु होला है ।
      उमेश जि को अनुभब भने कहिले पढ्न पाइने हो कुन्नी !
      ढुंगाना जि ले जस्ताइ नढाटिकन लेख्नुस् है त्यस बखत को अनुभुती :)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sadhak

      हाहाहा
      त्यो V-१ मा त खुब पानी चुहियो होला है छाना बाट?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बरुण, प्युठानी

      किष्ण जी, अनुभब यात्रा अलि एब्ष्ट्र्याक्ट भयो कि। मुख्य प्वाइन्टमा भन्दा साहित्यिक पारा बढि हुनाले अलि मेसो पाइएन। त्यो ध्यान के को लागि गर्ने? गर्ने बिधि कस्तो थियो स्पष्ट बताइदिएर हामिलाइ पनि यसो जाने बाटो देखाइदिनुहुन्छ कि

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jas gurung

      Forget about meditation. We r here to find some breaking news such as koshi flooding.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nishant sharma

      Jeevan lai santa & sukhi banauney thorai upay medhya Yo pani auta upaya hoo.Ajako yantrik samaj maa harek manis manasik roopmaa rogi dekhiyaka chan.yesta sibir harumaa jana sambhav bhayo bhanya, malai lagcha hamimaa naya josh & jagar paida hunecha.Jaslay Person,samaj hudai sara world lai nai benefit hunecha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Admin bro also write what u really feel.

      London

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • amrit

      hahhaha gajab garechou bro . k k nai gare jasto po cha ta guf ta. 10 din kaam garera tyo paisa kunai garib bachhalai padna diyako vaya kati syabasi dinthe ma timilai? timita lukera po aayou ta .wahiyat guf yar .ajha k sunai rakheko hamilai? sakchou vane timi vanda garib ra kamjor haruko lagi 10 din kaam garera kehi help gara sakdainou vane yasta hawadari kura nasunau bro la.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BHIM

      GOOD. GIVE FULL DETAIL ABOUT YOUR MEDITATION.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BHIM

      GOOD. GIVE FULL DETAIL ABOUT YOUR MEDITATION.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ananda

      Good Experience

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सगुन

      हो त हगी! त्यो ध्यान के हो? कती उपयोगी छ? त्यसबाट के प्राप्त गर्नु भयो-के गुमाउनु भयो? जानकारी पाये हामी जाने कि नजाने भनेर कन्फ्युज भईरहेकाहरुका लागि निर्णय लिन सजिलो हुने थियो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • रामहरि

      go to some news site for breaking news.
      this is NOT a news site, this is a BLOG

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मनीष

      ध्यान गर्दाको अनुभूती मान्छे मान्छेमा फरक फरक हुन्छ त्यो हामी भित्रको आन्तरिक बिकासको (मानसिक एबं शारीरिक) भिन्नताको कारणले पनि स्वभाविक हुन्छ । यसले गर्दा एक आपसमा ध्यानको अनुभूती नबताउनु भन्ने हुन्छ किनकी मान्छेले ‘ए मलाई त त्यस्तो अनुभव भएन, किन भएन, के कमजोरी थियो कि’ आदी सोच्न सक्छन । ध्यानपूर्व यस्तो अनुभूती सुन्नखोज्नु राम्रो पनि हुन्न । किनकी ध्यानमा गएपछी ध्यान तर्फ भन्दा सुनिएको अनुभूतीको पर्खाइ तिर लागियो भने झन गोलमाल हुन सक्छ । यो ध्यानगर्दा, एक आपसमा बोल्न नदिएको कारणले नै बढी प्रभाबकारी पनि भएको हो । किनकी बोल्ने र छलफलले, एकाग्रता कायम हुन सक्दैन । मन भाँडिन्छ । जहाँसम्म उपलब्धीको कुरा छ त्यो सबैलाई हुन्छ, तर मेरो बर्तमान ध्यान हो अरु हैन भन्ने संकल्प हुनु जरुरी छ ।

      कमला तिमील्सिना बहिनिको http://www.mysansar.com/?p=3001#more-3001 अगस्त २२, २००८ को ‘जीवन ब्यबस्थित गर्दै विपस्यना’ लेखमा धेरै कुरा आएकै थियो । साथीहरुले web site बाट पनि धेरै कुरा थाहा पाउन सक्नु हुन्छ । किताब पनि छन तर किताब पनि ध्यान गर्नु पूर्व र पछीको अध्ययन र बुझाईमा फरक पर्ने हुन्छ । लुना जी ले पनि ध्यान सिक्ने कुरा गर्नु भएको थियो, केही material मैले जम्मा गरीदिएको पनि थियाँ तर, संपर्क गर्नु भएन?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      धेरै धन्यवाद मनिष जि , फेरी पनि जानकारी दिनु भयको मा ।
      म नोभेम्बरमा आउँदा तपाईंलाई भेट्छु । मेल मार्फत भेट्न् मेरो लागि सम्भब छैन तर नोभेम्भर मा नेपाल बाट नै मेल मार्फत तपाईंसँग भेट गर्ने छु ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ke rahechha testo samagri haru? malai pani yesko barema chhaso chha. k malai ti samagri haru dina saknu hunchha manish g?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मनीष

      Why not but, please see the article and web site as mentioned first. ok?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker