
सुरक्षा, त्यसमाथि अमेरिकी कूटनीतिज्ञको। सार्है कडा हुन्छ। तपाईँहरुले पनि अनुभव गर्नुभएकै होला। अमेरिकी दूतावास वरपर त क्यामेराको ‘क’ पनि सोझ्याउनु हुँदैन, झ्याप्प पारिहाल्छन्, अरु गर्ने त कल्पनै नगरौँ। दूतावास भवनभित्र छिर्न पाउनु भयो भने तपाईँको पूरै शरीर केरकार पारिन्छ। गोजीमा भएको सिक्का समेत तपाईँ भित्र लान पाउनु हुन्न। त्यसैले हिजो तीजका दिन पशुपति क्षेत्रमा घरमा लगाउने सामान्य सर्ट प्यान्ट लगाएर निष्फिक्री क्यामेरा तेर्साउँदै फोटो खिचिरहेकी एक अधवैंशे विदेशी महिलालाई देख्दा सुरुमा त उही विदेशतिरबाट भ्याकेसन मनाउन नेपाल आएकी एक महिला जस्तो लाग्यो।
…..तर हैन, उनी त अमेरिकी राजदूत न्यान्सी जे पावेल पो रहिछिन्। सुरक्षा चासो यस्तो बढिरहेको बेला दुनियाँमा कुनै त्यस्तो देश होला त जहाँ अमेरिकी कूटनीतिज्ञ यसरी निष्फिक्री हिँड्न पाइने ? उनीहरु त चारैतिर सुरक्षाकर्मीहरु डोर्याएर हिँड्न बाध्य छन्। तर यहाँ हेर्नुस् त…..यो हिसाबमा नेपाल एक सुरक्षित गन्तव्य हैन र ? सुरक्षित गन्तव्यको प्रचार त पावेल आफैले गर्दै हिँडेकी जस्तो लाग्यो, हैन र ?
उनीसित आएका अन्य महिलालहरु रातो पहिरनमा थिए। तर उनले भने पहिरनका लागि रातो रंग रोजेकी रहिनछिन्। पछाडि एउटा सामान्य झोला बोकेकी उनले प्रोटेक्टर सहितको जुम लेन्ससहितको निकोन क्यामेरा बोकेकी थिइन्।


बाग्मति नदी पारीपट्टीको घाटमा डुल्दै गर्दा यही ठाउँमा हामीले राजदूत पावेललाई पहिलो पटक देखेका थियौँ। “कस्तो एम्बेसडर जस्तो देखिने है,” मैले नजिकै रहेका कृष्णलाई भनेँ। उनले भने “१०० पर्सेन्ट पावेल नै हो”। तर त्यति सामान्य रुपमा कुनै सुरक्षाकर्मी बिना हिँडेको देख्दा हैन जस्तो लाग्यो।

पछि उनले एक नेपाली सुरक्षाकर्मीलाई पनि देखाए। यसो हेरेको हो रहेछ, उसको पछाडिपट्टीको गोजीमा पेस्तोल रहेछ। फोटोमा बायाँ पट्टीको गोजीमा देखिएको केही उठेको वस्तु पेस्तोल नै हो।

पशुपतितिर हिँड्दा नै कुनै एउटा चर्चित व्यक्ति तीज मनाउन आएको फोटो खिच्न पाए हुन्थ्यो भन्ने हाम्रो सोचाइ थियो। त्यस्तो नेपाली व्यक्तित्व त कोही भेटिएन, तर अमेरिकी राजदूतसित भने जम्काभेट भयो।

आक्रामक कुटनीति अपनाएका जेम्स एफ मोरिआर्टी बंगलादेश सरुवा भएपछि राजदूत बनेर आएकी पावेल अहिलेसम्म एकदमै लो प्रोफाइलमा बसिरहेकी छिन्। अमेरिकाको अपेक्षा विपरीत माओवादी ठूलो दलका रुपमा निर्वाचनमा देखा पर्नु र सत्तारोहण गर्नु सब उनकै कार्यकालमा भयो। यो अवस्थामा मोरिआर्टी जस्तो आक्रामक कुटनीतिज्ञ अपनाउने राजदूत भइदिएको भए दुई देशको सम्बन्धमा नै असर पर्न सक्थ्यो। यी राजदूतप्रति त सत्तारोहणअघि नै पनि माओवादी त्यति नकारात्मक थिएनन् जस्तो देखिएको थियो।

जानकारहरुका अनुसार पावेल तडकभडक त्यति नरुचाउने व्यक्ति हुन्। यहाँ आएर उनले पहिलेका राजदूतहरु जस्तो कार्यक्रम उदघाटन गर्दै, भाषण दिँदै हिँडेकी छैनन्। त्यो सरलपना उनको हिँडाइमा पनि देखिन्थ्यो। त्यसरी निष्फिक्री हिँडिरहेकाहरुलाई फोटो खिचेर के डिस्टर्ब गर्नु भनेर १ मिनेट मै हामी साइड लागिहाल्यौँ। अरु कसैले उनलाई चिन्दा पनि चिनेनन्। त्यसैले उनलाई सजिलै थियो।
तर पनि यो एउटा फोटो टाढैबाट भए पनि खिच्ने लोभ रोक्न सकिएन। यसमा राजदूत पावेल फोटो खिच्दै गरेको देखिन्छ। अमेरिकाले आतंककारीको सूचिमा राखेको माओवादीले सरकारको नेतृत्व लिएकै बेला अमेरिकी राजदूतको पशुपतिको यो निष्फिक्री यात्राले नेपाल सुरक्षित गन्तव्य रहेको देखाउने संयोग प्राप्त भएको छ। नत्र यस्तो विश्वका अरु देशको त कुरै छाडौँ, छिमेकी देशहरु पाकिस्तान, अफगानिस्तान, श्रीलंका र भारत, बंगलादेशमा पनि कहाँ संभव छ र। साँच्चै- नेपाल, एक सुरक्षित गन्तव्य !

No related posts.









कस्तो कमन्दरपार्टीलाई मनाउनु नत्र सत्रु निस्किसक्यो मलाई त मन परेन _हाम्रो कमन्दर प्रचन्ड जि लाइ गाह्रो पर्ल जस्तो छ है राम्रो सँग पार्टीलाई मनाउनु नत्र सत्रु निस्किसक्यो फेरी उसैले लैजाला अर्को पल्ट भोट
मन परे हरियो, नपरे रातो
0
0
Anyway nepal is a best tourist place in the world .The birth place of Buddha always be peace so Nancy J Powel walking without fear .World Peace and Unity
मन परे हरियो, नपरे रातो
0
0
jungle ma huda po jungalee janwar ta!!!
gaun ra sahar chhire pachhi ta manchhe bhai hale ni!!!
jungalee janwarle po jasto payo jasto bhetyo tyastai sikar khanchha !!!
aba chhani chhani khane belama yini chani khana nahune akhadhya bastu parin hola ra sikar nai sikarilai khana sakne bhayer hola, nakhanako karan!!!
tyai bhayer nakhayeko hola!!!
मन परे हरियो, नपरे रातो
0
0
Bichara ti euti aaimaailai yaha kenai khatra hunchha ra tini daraaunu? Mazzale free bhaera Banshwar tira MOMOCha khana gaeni kehi hunna unlai!
मन परे हरियो, नपरे रातो
0
0
nepal maa yestai ho k garnu nepali lai daar bidesi lai masti
मन परे हरियो, नपरे रातो
0
0
सुरक्छा ? नेपाली हरु भन्दा पनि अरु तत्वहरु बाट उनिहरुलाई खत्रा छ ? नेपालको आन्तरिक बर्गिय, छेत्रीय , जातिय कुराहरुले गर्दा नेपाली हरु नै आपस्मा असुरक्छित महसुस गर्दैछन । नेपालमा कुनै पनि बिदेसी हरुले असुरक्छित महसुस गर्नु पर्ला जस्तो लाग्दइन। बरु हामी नेपालीहरु चै यि बिदेसी हरुको कारणले असुरक्छित भएका पो छोउ कि ? तपाईं ले तियो राज्दुत सित के बिचमा हेल्लो भन्न नसक्नु अनी तुरुन्तै अर्को पटी लाग्नु पर्ने कारण के थियो ? तपाईं हामी नै बिदेसिको अगाडि असुरक्छित भएनौ र ? तेस कारण बिदेसी हरु भन्दा पनि हामी नेपालीहरु नेपालमै कती असुरक्छित ? तेसैले घरबार बेचेर भए पनि डि.भि को बहाना मा अमेरिका मा सुरक्छित हुन जान पाउ भनेर राज्दुताबास अगाडि धर्ना बसेका हामी नै होइनर ? शर्मा जि झापा
मन परे हरियो, नपरे रातो
0
0
She is one of the best US ambassodor in Nepal. We wish same kind of simple behaviour in coming days also.
मन परे हरियो, नपरे रातो
0
0
उमेशजी तथा कृष्णजी,
तपाईंहरूको काम स्तुत्य छ । माईसंसारको सन्जालले यो खबर विश्वभर फैलियोस् । पञ्चायत कालमा “प्रहरी बिनावर्दीका जनता र जनता बिनावर्दीका प्रहरी” भनेजस्तो “विदेशमा बस्ने नेपाली बिनावेतनका राजादूत र नेपाली राजादूत वेतनभोगी कुम्भकर्ण” को उक्ति चरितार्थ गर्दै नेपालको धूमिल छवि सुधार गर्नुपर्यो ताकि नेपाल पर्यटकका लागि राम्रो गन्तव्य बनोस् । राजदूत त कुटनीतिक व्यवसायी हुनुपर्ने हो । तर कति छन् राजनीतिक दलका चौवन्नी सदस्य । कोही अवकाशपछिको जोहोको लागि निजामती सेवाको अन्त्यतिर दलको झण्डा बोक्ने पनि छन् । अनि गर्छन् भान्जा, भतिजा, सालालाई भन्सेमा भर्ना । यस्ता बौद्धिक वेश्याहरूबाट राज्यले कति आशा गर्ने ? अमेरिका बेलायततिरका नेपालीले कुरो बुझिसक्नु भयो होला । यो त माओवादीलाई भनिने गरेको “ढाडमा टेकेर टाउकामा हानेजस्तो” भएन र भन्या ?
मन परे हरियो, नपरे रातो
0
0
Sounds good.
मन परे हरियो, नपरे रातो
0
0
One nice and positive article, good job
मन परे हरियो, नपरे रातो
0
0
i think this news should be published in some international news websites . that might change the view toward Nepal regarding safety.
मन परे हरियो, नपरे रातो
0
0
yo seasonma Dherai Nepali ko visa reject garera pashupati le america lai sraap dinchha ki bhanera, nancy ji yeso paam falna aayeko ho ki jasto lago
मन परे हरियो, नपरे रातो
0
0
Thanks Laxmanji for correcting error. Yes you are right.
मन परे हरियो, नपरे रातो
0
0
teha combat dress ka surachya guard nabhaya pani Inteligence department ka security officer harule watch gariraheko huncha
मन परे हरियो, नपरे रातो
0
0
Buddha ko deshma k ko khatra bhanera holani nisfikri hideki
मन परे हरियो, नपरे रातो
0
0
American haru hamro karan lay hoina uniharu kai karan lay unsecured chan.
Testai Hami pani America jasta thula desh ka anabik abiskar ka karan unsecured bhayaka chau.
Tara pani Government lay yesto diplomat lai yesari ghumna dida kehi bhaigo bhane – nepal ko nai ijjat jane ho ki???
मन परे हरियो, नपरे रातो
0
0
यू ट्युबमा भएको मह दोहरी पार्ट २ को गीत याद आयो .
हलो मादम where आर यू कोमिङ फ्रम ?
ठमेल चोकमा गएर बात् मारुम
निलो आँखा खैरो कपाल,
के कामा परी विजित गर्न आको नेपाल ?
घर त मेरो अम्रिका होइन र ? अम्रिका होइन र?
तिमीले मलाई चिनेको छैन र?
कालै आँखा कालो कपाल ..
george busha ले बुझन पथा मलाई नेपाल
( कालै आँखा कालो कपाल ..
george busha ले बुझन पथा मलाई नेपाल…. )
मन परे हरियो, नपरे रातो
0
0
Kasto moti amrican mahila haru
मन परे हरियो, नपरे रातो
0
0
उजेली दिदी तिमीले खान पाएको छैन र?
हाम्रो घर आउ हाम्री आमाले मकै भुट्छीन अनी खाम्ला।
तिम्लाई माया गर्ने तिम्रो भाई।
मन परे हरियो, नपरे रातो
0
0
उमेश जि राज्दूत क फोताहरु बिदेशी पत्रीका हरुमा दिएमा नेपाली पर्यतन लाई सघाउ पुग्ने थियो कि ?
मन परे हरियो, नपरे रातो
0
0
यो कार्य को लागि त न्यान्सी जे पावेललाई नेपाल पर्यटन बोर्ड ले पर्यटन पुरस्कार नै दिनु पर्ला । उनको यो कार्यले पर्यटन बोर्ड ले बर्ष लगाएर गरेको प्रचार यस्तै हो भने त यिनले एक दिन मा नै गरिदिन नि त होइन र?
मन परे हरियो, नपरे रातो
0
0
हो निस्चित हो, एकदम हो ।
यो फोटो र प्रश्न अमेरिकि सरकार र जनता लाई देखायर सोधौ सर,
के नेपाललाई सुरक्षित गन्तब्यमा राख्न र माओवादीलाई आतंककारीको सुचिबाट हटाउन लाई यो काफी छैन?
मन परे हरियो, नपरे रातो
0
0
लौ अमेरिकन हरू आओ अनि खान देओ त त्यसलोभए हामीलाई ।
मन परे हरियो, नपरे रातो
0
0
नेपालमा पहिले पनि बिदेसी हरुलाई राम्रो सुरक्षा थियो । १२ बर्षे जन युद्ध कालमा एक जना बिदेशी माथि पनि कुनै मानबिए क्षती भएको थिएन । भने झन अब त नेपालमा सुरक्षा नहुने त कुरै भएन। तेसैले विस्वमा हामीले राम्रो राम्रो सन्देश हरु दिएर नेपाल बिदेशी हरु को लागि एक दम सुरक्षेत गन्तब्य हो भन्ने कुरा बुझाउनु जरुरी हुन्छ।
मन परे हरियो, नपरे रातो
0
0
सार्है खुशी लाग्यो यसरी नै हरेक नेपालीले कुनै पनि नेपाली भुभागमा बस्ने,काम गर्ने,हिडडुल गर्ने वाताबरण बनोस \डर,त्रास,लुटपाट,हत्याको चपेटाबाट नेपालीले मुक्ती पाउन \तराइमा पहाडी मुलका नेपालीलाई मार्ने र बस्न नदिने जुन अभियान चलाइएको छ् \यसलाई रोक्यौ \जनता,राज्य सबै तर्फबाट यसमा बिशेष र अनिबार्य भूमिका निभाइयोस र सरल र कहिले नबिउँझीने समाधान निकालियोस \
मन परे हरियो, नपरे रातो
0
0
khoi nanancy hos ki fancy hos. afulay 3 choti apply garda pani visa diyana mora haru lay. khoi american ta yo juney ma jana paiyala jasto chaina. aba maobadi ma lagara yeso mancha lai tarsayara paisa kamaunu parcha jasto cha.
मन परे हरियो, नपरे रातो
0
0
Hello all,
In my view point, I think that American Ambassador herself trying to send a very positive message to entire world that Nepal is a peaceful country with lots of potentiality on it.
She herself is welcoming the world tourist to Nepal. Now concern government has a challenging role ahead to make even better improvement in this sector.
AT the same time Nepal Embassy at London is organising a Nepal fair 2008 with a view to promote travel and tourism in Nepal.
Let’s be positive.
Jyoti Ratna Tamrakar
Kingston University.
London
मन परे हरियो, नपरे रातो
0
0
nepali haru ko lagi garva ko kura bhaiyo hoina ra. nepal ma santi hunu bhanako ramro ho ne hami nepali lai
मन परे हरियो, नपरे रातो
0
0
……….THAT’S GOOD
मन परे हरियो, नपरे रातो
0
0
Maoist jungle ma nabhayera.yo din dekhna payo
मन परे हरियो, नपरे रातो
0
0
Thank you for talking these photos and news. I think security people are in civil dress, so you did not recognize them. But they are lucky to be in Nepal. Can we imagine if they are in Pakistan?
मन परे हरियो, नपरे रातो
0
0
Maoist haru ahele jungle ma chainan tesai le…
मन परे हरियो, नपरे रातो
0
0
jangal ma hunda ta maobadiharule american nagarikharulai bhasakkai parya jasto kura garchhan ta ba;sabai-jana! bujhnai sakiyena.
मन परे हरियो, नपरे रातो
0
0
Saman ji le taking lekhna khojnu bhako hola, talking lekhidinu bhayechha, hunchha yesto don’t worry.
मन परे हरियो, नपरे रातो
0
0
aaba timiharu jungle jane bola bhayo aaba tayar bhayara basnu
मन परे हरियो, नपरे रातो
0
0
100% right
surachha nabhayeko maobadibata matra ho….
मन परे हरियो, नपरे रातो
0
0
गगनेजी,
छोटो तर गम्भिर कमेन्ट गर्नु भो। अब अमेरिकाले साच्ची नै माओवादीलाई आतंकारीको सूचिबाट अबिलम्ब हटाइनु पर्छ।
मन परे हरियो, नपरे रातो
0
0
bichara ujeli didi “DUDH BHAT” ni khana paunu hunna???
मन परे हरियो, नपरे रातो
0
0
ani laxman ji khub hero hune, WOW! kahile bata ho ta proof reader bhayeko ,…… heheh ani kya dami langauge nepangreji……. adha nepali adha english
मन परे हरियो, नपरे रातो
0
0
thuiiia mora k comment gareko testo
मन परे हरियो, नपरे रातो
0
0
this comment is tooo good laxman
मन परे हरियो, नपरे रातो
0
0
thuiiiiiiiiiiiia tero buddi.
मन परे हरियो, नपरे रातो
0
0