अपडेटः ल बधाई छ, आजदेखि त झन् हप्तामा ३५ घण्टा लोडसेडिङ हुने भएछ। कुलेखानी र मर्स्याङ्दी आयोजनाका केही युनिट बन्द गर्नु परेकोले १८ घण्टे लोडसेडिङ यति धेरै बढ्न लागेको रे।

लोडसेडिङ भएर काठमाडौँको एक भाग अन्धकारमय हुँदा अर्को भाग चाहिँ उज्यालै हुन्छ। यस्तै लोडसेडिङको अन्धकारका बेला समय बिताउन खिचिएका केही फोटोहरुको संग्रह यहाँ राखेको छु। यो फोटोमा देखिएका दृश्य विमानस्थल र धरहरा अनि त्यसवरका क्षेत्र हुन्। ठूलो आकारमा फोटो हेर्न फोटो ब्लगमा जानुस्।
अहिले नेपालमा हप्ताको सातै दिन लोडसेडिङ हुन्छ। दिनमा दुईदेखि तीन घण्टासम्म। लोडसेडिङका बेला समय बिताउन निकै गार्हो हुन्छ। यो तलको फोटोमा देखिएको दृश्य पनि विमानस्थल कै हो। त्यहाँ लोडसेडिङ हुन्न।



बल्ल बल्ल लोडसेडिङबाट मुक्ति पाउन लागेको के थियो, कोशी नदीको बाढीले फेरि लोडसेडिङ बढाइदियो।
अनि त यसरी जून हेरेर तारा गनेर बस्न बाहेक लोडसेडिङको बेला अरु के नै गर्न सकिन्छ र !



aadhyaro samaye aba jhan badhi bitauna painye vayo.1 hapta ma (168 hr ma) kamtima 42hr ta sutnye maibitchha baki rahyo 126 hr tesma pani 37hr ta adhyarai hunchha.89hr ma k matrai garnye aba nepali le. Ghar ko kam Ya office ko kam?? tyo pani timing vanda aru samaye ma pani bati ko thyegan chaina. DISCO lights jasto.
मन परे हरियो, नपरे रातो
3
2
How much does a generator costs in Ktm? Is it affordable for middle class people at least? It might be again be difficult to get fuel for operating the Generator , huh?
In Kenya, they have solar rechargeable lights. May be we can find that kind of table lamps for working during load shedding, at least at home. People in merchandise business can make profit I guess by trading these lights, if they wish. And the service to people will be worthwhile in the meantime.
Its such a huge loss for industrial sector. I can see industries fleding away from our already less industrialized nation….May be the new government will think about small hydro power generation in Nepal, more seriously??!!
मन परे हरियो, नपरे रातो
4
0
साथै कबयात्री लुना को तारीफ़ गर्न त म संग सब्द नै छिन ,अब लुनाजी संगै पैचो लिनु पर्ने भएको छ |नया संभाबना हरु बोकर कबी अनिल शाही उदाउनु भएको छ ,उहालाई दुबई बाहुली फैलायेर न्यानो अभिबादन गर्दछु |
मन परे हरियो, नपरे रातो
0
1
मनीष जी
एक गिलांस पानी मागेको थिए ,एक गाग्री दिनु भो |उदारता को लागी धन्यबाद साथै कबी हर्केलाई लाइ पनी मेरो धन्यबाद छ |माई संसार माँ राम्रा राम्रा कबिता येसैगरी पढ़न पैयोस यही मेरो कामना छ !
मन परे हरियो, नपरे रातो
1
1
This is the Niyati of Nepali People. What could we do beside staying at dark.
मन परे हरियो, नपरे रातो
1
0
“उज्यालो हुदा त केही गर्न नसक्ने यि भाते नेताहरुले
अब अध्यारोमा के को नया नेपाल बनाउन सक्थे होला।
काठमडौंको अध्यारो अनि नेपाली को भविश्य उस्ता उस्तै हो,
हात्ती छाप चप्पल र हात्ती जस्तो।”
मन परे हरियो, नपरे रातो
6
0
मेरी आमा र म जस्तै मेरो देश
जन्मे देखी नै टुहुरो भएको
मेरा बाबु
मेरो मुख देख्ननपाउँदै मरिहालेछन
मेरी आमालाई
आफ्नै नातागोतामा पर्ने
हिजोसम्म अगाडि पर्न नसक्नेहरु
कमजोर र असहाय ती बिधवालाई
आफ्नै घरको मझेरिमा
कसैले हातगोडा बाँधिदिएछन
कसैले चोली च्यातेर
मुखमा बुझो लगाइदिएछन
अनी कसैले फरिया तानेर
निर्लज्ज भएर पनि
बिजयको शंखनाद गर्दै
उनको बाँच्नुको स्वाभिमान
उनले बचाएको अस्मिता
आगो बन्दै खरानी पारेछन
मेरी आमा
आफ्नै घरमा बिरानो भएकी
अभिसप्त समयको घेरामा
सधैंभरी रुमालएकी
खाने पत्तोछैन बस्ने ठेगानाछैन
भन्थे म बुझ्ने भएपछी सबै
अर्ध पागल जस्तै भौंतारीदै हिंडथिन रे
उनलाई साहारादिने
उनको माया गर्ने
कोही निस्किएन रे
न त मेरो स्याहार गर्ने
होस् नै थियो रे उनमा
एक्लै छाडी मलाई कतै हराइछन
काहाली लाग्दो यो परीवेस
मेरी आमा र म जस्तै मेरो देश!
**
आमा र बाबु बिनाको म
बागमतिको बगरमा हुर्किएको
पशुपतिको सत्तल र सडकमा
फगत माग्नेहरुको भिडमा
एउटा मलिन अनुहार
भोक र निद्राले सताइएको
गोरेहरु आउँछन
माया देखाउँछन
मुसुक्क हाँस्छन
फोटो खिचेर लान्छन
डलर त आसागर्नु मात्रै
सोच्दाहुन उनिहरु
यो त तिम्रो आफ्नै मामला हो
कालेहरु आउँछन
धक्कु लगाउँछन
काम करोगे मेरे घरमें
ले जाएंगे भन्छन
एक मन त भन्छ
नहुनेको स्वास्नी भन्दा
हुनेको नोकरै बनिदिउँ
तर खै कसरी विश्वाश गर्ने तिनको
जीवनभर बन्धक बनाउने पो हुन कि
अथवा देह ब्यपारको संसारमा
बेचिदिने पो हुन कि
तर के उध्दार गरिदेलान र पाजिले
उल्टै मैले उबाएको
अंजुली भरिको पानी देखेर
प्यास बुझाईदेउन पो भन्छन
साधुको लिबासमा
कसाहिको जस्तो भेष
मेरी आमा र म जस्तै मेरो देश!
**
भन्छन देशमा अब परिवर्तन आयो रे
सबैले खानलाउन पाउने
बस्ने घर अनी पढ्ने अवसर
काम दाम र मामको कमी हुन्न रे
म जस्तै अब कसैले पनि
टुहुरो बन्नु पर्नेछैन रे
मेरी हराएकी आमाले पनि
थाहा पाइन कि के गरिन
उनको जस्तै फेरी कसैको
अस्मिता अब लुटिंदैन रे
अत्याचारी र दुराचारी
कानूनको कठघरामा उभ्याउँछन रे
यस्तै सुनेर होला कि मैले पनि
कसैको माया पाउने सपना
देख्न थालेकी छु
मानिसले भरिएको यो शहरमा
मेरी आमालाई
नियाल्न थालेकी छु
झिलिमिली सितारा कपडामा
आँखामा गाजल निधारमा टिका
औँलामा पालिस हातमा मेंहदी
कोरिबाटी चुल्ठी कङ्गनको झन्कार
काखमा बसेर हेर्ने यो संसार
आसा जगाउन थालेकी छु
खै यो मेरो सपना र आसा
कैले पुरा हुने हो
कता कता लागिरहन्छ
यि मानिसहरुको भिडमा
मेरी आमा
मलाई खोज्दै पो होलिन कि
तर के गर्ने
जताततै निष्पट्ट अंधकार छ
मन अत्तालिएको छ
आँखा पट्टाइसके
एउटै आसा मेरो कहिलेहोला भेट
मेरी आमा र म जस्तै मेरो देश!
**
The King (राजा) जी को अनुरोधमा http://www.mysansar.com/?p=3076#more-3076 बारे । ढिलै भए पनि । अब त लोडसेडिङ, झनै गाह्रो होला जस्तो छ, my sansar को भेटघाट!
मन परे हरियो, नपरे रातो
2
1
वा वा हामीहरुले नया नेपाल भन्थ्यौ अन्धकारमय नया नेपाल
जसमा जे पनि पहिला भन्दा धेरै
लोडसेडिङ
सभासदहरु
मन्त्रीहरु
खर्च
भत्ता
पार्टी प्रति बफादार व्यक्ति
अनि बधाइ छ यो शक्तीसम्पन्न सरकारलाइ
मन परे हरियो, नपरे रातो
2
0
why load shedding is happening?
How can we solve this problem?
Why this problem has not been sloved?
Why nepali people are silence?
Kya gajab cha yaar..!
jRt.
मन परे हरियो, नपरे रातो
1
0
Bhokai sutnu perney
auta tuki balna
10 hrs line maa besnu perney
Mahangi lay ati geryo
anna chaina,petma patuka matra kasnuperney
priya yestai cha ahako haal
Andhero maa jhan bhok lagdorahecha
khana paunu ta parako kura bho
bhok badhne load shadding ko badhi rahecha.
मन परे हरियो, नपरे रातो
0
1
jo koi aagaya tas ko nai sa pariaura ko din fir gaya
aur ko nai mar na sahi da ko ka pariour k kar na napali time aabhagi chhu bhaga la nai chhal chha ani k garna
marna bhaya nepali bha bha
मन परे हरियो, नपरे रातो
1
1
जलस्रोतमा नेपाल ब्राजिलपछिको दोस्रो धनी देश हो। तर बिडम्बना ! भ्रस्ट नेताहरुले गर्दा देशको यस्तो हालत भयो। कठै ! मेरो नेपाल!! तर यस्तो बेलामा लिएको तस्बिर त बदो आकर्शक देखिन्दो रहेछ । thanks! फोटोको लागि !!
मन परे हरियो, नपरे रातो
3
0
samaya ko mag ho yo,
hami le banaen ka samsya harru hun e lodseding….
मन परे हरियो, नपरे रातो
1
0
तीन ब टै तस्बिर असाध्यै राम्रो लाग्यो ।
तेस्रो तस्बिर झनै राम्रो । बरु अर्को पटक यस् किसिम को तस्बिर लिनु हुँदा बिजुली को तार नदेखिने गरी लिनु होला । यसो हुँदा झन मनमोहक हुन्छ ।
त्यो माथिल्लो बास को झ्याङ्ग जस्तो हाङाबिङगा बाट जसरी ए अर्पोर्ट चियायो तपाईंको क्यामेराले त्यसइ गरी त्यो प्रस्ट रुपमा देखिएको जून -तारा -थोरै बा दल र निलो आकाश आउने गरी अर्को पटक तस्बिर लिने कोशीस गर्नु होला ।
मन परे हरियो, नपरे रातो
2
0
good very good naya nepal ko naya pargati yahie ho ni ta aaja wait garnnu la
मन परे हरियो, नपरे रातो
1
0
खै के फरक छ त गणतन्त्र र राजतन्त्रमा ? हामी गरी खानेहरु लाई जहिले जे जे आएपनी केही फरक नपर्ने रहेछ । मलामाल त उही नेता हरु लाई मात्रै हो ……
मन परे हरियो, नपरे रातो
2
0
K yehi ho ta Naya Nepal? Jata tatai pragati nai pragari……Hatya, Apaharan, Abhav & Berojagari ta chadai cha aba Load Shading……Naya Nepal…..Nice Move….
मन परे हरियो, नपरे रातो
1
0
It has been more than two years that load-shedding has been the common talk of town.But what Nepal electricity is doing these days? No work on any hydropower project has been started.There are only waiting for big projects. This may take further crisis in recent years.
मन परे हरियो, नपरे रातो
1
0
यो ब्लग साचै रमाइलो भयो। पहिलो कुरो त चन्की श्रेष्ठ को कबिता तेसै राम्रो भैगयो। वहां स्थापित कबि नै पर्नु भो। मिठा अलन्कार र प्रतिक सहित् का शब्द खेलाउन वहाँ खप्पिस नै हुनु हुन्छ। अर्को कुर फेरी लुना जि को कबिता। वहाँ पनि कती मिठो लेख्नु हुन्छ। रह्यो अर्को कुरा लोड शेडिङ को। माओवादी क्रान्तिकारी हरु हामी सत्ता मा पुग्ना साथ सबै फु मन्तर गरेर सबै समस्या समाधान गर्छौँ भने जस्तो गर्थे। अहिले कुर्सी मा पुगे अनी ऊही अरु हरुले गरे जस्तै त भो। लोड् शेडिङ हुँदा तत्कालिन सरकार लाई गाली गर्ने हरु अहिले कुन मुखले लोड शेडिङ ३५ घण्टा पुर्याउने कागज मा सहि
जल्स्रोत मन्त्री त ए माले को परे क्यारे। तर पनि सत्ता का नाइके त माओवादी नै हुन नि। फरक अनुभुती के गर्ने त हाम्ले खै!!
मन परे हरियो, नपरे रातो
0
1
अनि बालुवाटार सितल निवास तिर चै कस्तो हुन्छ उमेश जि ले बताइ दिए हुन्थ्यो
मन परे हरियो, नपरे रातो
1
0
frens we have natual light by moon. who will care about electricity. anyway we r depanding with the natural thins always am i right? ha ha ha ha
मन परे हरियो, नपरे रातो
1
0
अध्यारोमा चम्किएका राम्रा फोटोग्राफिहरु
मन परे हरियो, नपरे रातो
0
1
PANI LAY DHES MAA YETRO BABAL CHA THESAI LAY HOLA YESTO
मन परे हरियो, नपरे रातो
0
1
thanks to this pictURE!!!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
yo nepali lai upahar sadhai ko bojh chha.
मन परे हरियो, नपरे रातो
0
0
jun desma pani nai pani chha uha nai load shedding ? maile ta kura bhujina ni ? aba maobadi ko sarkar chha ……… khe garla ki ?
मन परे हरियो, नपरे रातो
1
0
Can some one tell me how many hours in a day do we suffer load shedding in KTM?
मन परे हरियो, नपरे रातो
1
0
hamra ekjana le mitra le bhaneka thiye mitra diu thapadi bajayera hami khola bata batti nikalna sakchu heru ta aba ?
tyo batti kasari audo ra cha ?
मन परे हरियो, नपरे रातो
1
0
लोड सेटिङमा काठमाडौं मात्र अन्धकार नभयर देश भरी नै यस्तै सन्नटाले छाउछ , देशमा आर्थिक क्रान्ति गर्छु भन्ने हरु देशको बिकासमा लाग्लान भन्ने कती ठुलो आसा थियो जनतामा तर के गर्नु जनताको मन्मा पनि क्रान्ति कारी हरुप्रती अब एस्तै अध्यारो छाउन धेरै बेर छैन । जनता लाई बिकासको अनुभुती दिन्छन कि ?? भन्ने थियो तर बर्षा याममा त लोड सेटिंग घट्नुको सट्टा बड्यो भने के गर्लान यिनिहरुले ????
आफु सत्तामा कसरी टासिन सकिन्छ भन्नेमा मात्र केन्द्रित छन यिनिहरु , एस्ता पनि भुत्रोको क्रान्तिकारी ????
यि क्रान्तिकारी हरु पनि अब केही समयम्मा नै लोड सेटिंगमा जस्तै अध्यारो मुख लगाएर फर्कन्छन्। कुर्सी भन्दा किन सबै ले मरिहत्ते गर्छन् हजुर ????????????????????????
चँकी श्रेष्ठ को कबिता धेरै राम्रो छ र सत्यता पनि छ ।
के. आर. शर्मा
बिदेश बाट
मन परे हरियो, नपरे रातो
1
1
यो त क्रान्तिकारी लोड सेडिङ्ग हो नि|
मन परे हरियो, नपरे रातो
1
1
पानी थोरै हुँदा लोड शेडिङ्, पानी धेरै हुँदा पनि
थोरै पानी जतन गर्न नसक्ने
धेरै पानी नियन्त्रन गर्न नसक्ने!
——–0————
पुरानो नेपालमा लोड शेडिङ्, नयाँमा पनि
पुरानो नेपाल देख्न नसक्ने
नयाँ नेपाल बनाउन नसक्ने!!
——–0———-
थापाथलीमा लोड शेडिङ्, आर्य घाटमा पनि
हामी जन्मदा लोड शेडिङ्
हामी मर्दा पनि लोड शेडिङ् !!!
मन परे हरियो, नपरे रातो
1
1
When will we have illuminating Kathmandu/Nepal? Time goes on but Nepal remains still. India is great! Nepal cannot over rule Indian advocacy. Arun III or IV (I dont remember well) is going to the hand of India. Jay Nepal!
मन परे हरियो, नपरे रातो
0
0
धेरै प्रतिक्ष्या पछि कबी चंकी श्रेष्ठ आउनु भो,सारै खुसी लाग्यो,कबी चंकी का कबिता हरु म मन लगाएर पढ़छु|
मन परे हरियो, नपरे रातो
0
1
cs ji ko kabita sarai ramro lagyo .i really feel that poem
मन परे हरियो, नपरे रातो
0
1
UMESHJEE,
One questions:
What camera are you using to get such nice pictures? I’ll be waiting for your answer.
Thanks, Purna, Pokhara
मन परे हरियो, नपरे रातो
0
1
hajur suresh je aaba maobadii haru pani ta kunai jaadugar ta hainan chhadi ghumayo ra batti pani gas matitel diesel patrol etc aai halne tyeshko lagii time lagchha exam nai na bhai kana fail bho bhanna pani mildaina hola ni haina ra?
मन परे हरियो, नपरे रातो
1
0
Kaalo raat le bataucha mero des ko kahani
Kaasle leune khai to sunaulo bihani
Bhayo bela jagau abata jharko namani
Puchau hami milera nepal aamako aakha ko pani.
मन परे हरियो, नपरे रातो
2
0
आसा राखौ अब नया नेपालमा १ मैनामा १ पल्ट लोडसेडीङ हूनेछ!
मन परे हरियो, नपरे रातो
2
0
yesto hunu ma nepali janata haru pani doshi chan.kinani kam garnye alchi garchan ani kaha des ko lagi ramro hunchha ta!
मन परे हरियो, नपरे रातो
1
0
time ma vanda aru time ma pani bati janchha ktm ma.YEHI HO NAYA REPUBLIC NEPAL,
मन परे हरियो, नपरे रातो
1
0
satta tanatab garnamai besta chan netaji haru.tyo lodseding hatne ta kahile ho kahile.aba ta sabai kura bata assa nai marna thalisakyo.jata here pani adhero matrai dekhincha aba ta.deusai adhero huna lagisakyo raati ko ta k kura garnu.
मन परे हरियो, नपरे रातो
0
0
aba k garne ta hami nepali nai abhaagi rahechhau.aba maobadi sarkar ma nbhayeko bhaye yo sarkara asafal bhayo bhanne thiya k re tara aba kasle birodh garne khai ta
suresh majhathana
मन परे हरियो, नपरे रातो
1
1
सहरमा बत्ती निभेको एक साँझ
चंकी श्रेष्ठ
सहरमा बत्ती निभेको एक साँझ
दशगजावारिको जमिनजस्तै
एक्कासि साँघुरिएका थिए चौँडा सडक
ढलिरहेका थिए
परेड खेलिरहेका कल्कीका अग्ला रूखहरू
लात हानेर सम्पदा क्षेत्रलाई अग्लिएका थिए पक्की भवन
तर, नतमस्तक थियो धरहरा ।
सहरमा बत्ती निभेको एक साँझ
रोकेर आफ्नो प्रवाह जमिरहेका थिए बागमती र विष्णुमती
देवल र सत्तलहरू उदास उदास थिए
उडिरहेको थियो त्यहाँबाट केवल गाँजाको धुवाँ
देव -देवीहरू देश छाडेर मुग्लान भागिरहेका थिए
बन्दुक लागेर फड्फडाइरहेका थिए मन्दिरमा परेवाहरू
तर, सिकारीकै विरुदावलि गाइरहेका थिए धार्मिक संघ-संस्था ।
सहरमा बत्ती निभेको एक साँझ
बौरिएर एक्कासि शालिकबाट
वायुवेगमा पूर्वतिर कुदिरहेका थिए महाराज जुद्धशमशेर
नाचिरहेको थियो हातको जंगी तरबार जथाभावी हावामा
बहुलाएर मान्छेको पिठ्यूमाथि दौडिरहेको थियो घोडा
पर सिंहदरबारद्वारमा
पिठ्यू थाप्न महाराजलाई प्रतिस्पर्धा गरिरहेका थिए छातेहरू
जयजयकार गर्दै तिनै मान्छे अघिपछि हिँडिरहेका थिए
जो दिउँसो रत्नपार्कमा निरंकुशताविरूद्ध चर्को भाषण गरिरहेका थिए ।
सहरमा बत्ती निभेको एक साँझ
निर्ममतापूर्वक गरिएको थियो हत्या एउटा र्सवमान्य सत्यको
मुखभरि आलो रगत पोतेर खुलमखुला हिँडिरहेका थिए ब्वाँसाहरू
तर, मौन मौन रमिता हेरिरहेको थियो गृहमन्त्रालय
मौन मौन स्वीकृति जनाइरहेको थियो सिंहदरबार
नयाँ नेपाल सुन्दरीको फिगर कस्तो छ – बहस गरिरहेका थिए विधायकहरू
तर, बन्द थियो घण्टाघरको घडी
बन्द थिए स्वयम्भूका आँखाहरू
तर, सल्लाका अग्ला रूखहरूमा उभिण्डिएर
यो राष्ट्रिय नाटकको स्वागत गरिरहेका थिए चमेराहरू
पखेटा फड्फडाएर स्वागत गरिरहेका थिए ।
सहरमा बत्ती निभेको एक साँझ
सपनाप्रेमीहरू नै गरिरहेका थिए सपनाको हत्या ।
मन परे हरियो, नपरे रातो
0
1
ho hai nepal ko halat ka bhaya ko hola ? mero ktm
मन परे हरियो, नपरे रातो
0
1
कविता राम्रो छ । तपार्इको प्रगति होस ।
मन परे हरियो, नपरे रातो
1
1
तिम्रो जून ले तिमीलाई भनिन न् ?
उनी पनि चन्द्रमास मा नै फूल्ने त हुन नि !
बाँकी सारा दिन अध्यारो मै बिताउछिन
तैपनी फेरी चन्द्रमास को प्रतिक्षा मा मुस्कुराउछिन !
°
तिमीले मेट्न सक्छौ र ?
जून को भाग्य मा लेखिएको ?
जून ले मेट्न सक्छे र ?
उस्को भाग्य मा लेखिएको !
°
तैपनी बुझ्यौ जून खुशी छे !
कम्तिमा पनि चन्द्र्मास मा उदाउछे
बारीपरिका तारा हरु सँग एक्लै एक्लै
गुन गुनाउछे – गुनासो पोख्छे !
°
मन परे हरियो, नपरे रातो
0
1
hi luna ji i like yr comment a lot. i want to give you chocolate.pls tell me how i can do so? cheers.
मन परे हरियो, नपरे रातो
0
1
kati ramro kabita.
khatraa lagyo malai ta.
मन परे हरियो, नपरे रातो
1
1
Read second paragraph one more time if u still couldnt find read twice or thrice..i hope u will find.
मन परे हरियो, नपरे रातो
2
1
Load shedding: 35 hrs per week
Official working hours: 7 * 6 = 42 hrs per week
Happy Naya Nepal (urf Switzerland)!!!
मन परे हरियो, नपरे रातो
0
1
Tilak jee jamma 35 ghanda jane haina ra ani sabbai lai official hour bhanera calculate garera k garna khojya
मन परे हरियो, नपरे रातो
0
1
sayad naya nepal bhayera ho la .
मन परे हरियो, नपरे रातो
3
0