प्रेम बानियाँ/ हाइटीबाट फर्किएर
यसअघि हाइटी यात्राको केही हालत लेख्दा त्यो बढी व्यक्तिपरक थियो। तर, त्यो यात्रा सामूहिक हो। र, देश-देशको कथासँग जोडिएको यात्रा हो। अनि हाम्रो प्रतिनिधित्वसँग जनताको सूचना हक गाँसिएको थियो। अघिल्लो सस्मरण लेखमा मैले हाइटीको सम्पूर्ण हालतबारे लेख्द्द भ्याएको थिइन र हाम्रो यात्राको धेरै कथा थाती राखेको थिएँ।
देश छोडेर केही दिन अर्को देश बुझ्न जानुको सत्य सिकाइमा बढी हुन्छ। अझ उस्तै-उस्तै अस्थिरताले गाजेको दुई देशको कथाले राष्ट्रप्रेमको कोपिलाहरुलाई ढकमक्क फुलाउन मालीको काम गर्दो रहेछ। त्यसमा पनि राजनीतिले नै बिग्रिएको देश पढेर स्वदेश फर्किँदा मनमा डर, खुशी लाग्ने रहेछ।
मैले सोचेको थिइन, देश र त्यसका नागरिकबीचको सम्बन्ध पनि यति कटु होला भनेर। मैले सोच्नै सकिन नागरिकहरुले देशलाई घृणा वा वद्लाभावले हेर्ने कुरा।
तर राजनीतिले देश र जनताबीचको सम्बन्धलाई यस्तोसम्म तिक्त र विराठलाग्दो बनाउने रहेछ। अनि देशलाई त हेलाको खर्क जस्तो बनाउने रहेछ। मानौं त्यो शत्रुका गाइवस्तु चराउन खर्क हो।
क्यारेवियन समुन्द्रको किनारमा उभिएर टेलिभिजनका लागि स्ट्याण्डअप दिइरहँदा मैले जे जे बोलेको थिएँ, अहिले सम्झँदा-ओ माइ गड् ! मलाई किन त्यति धेरै प्यारो लागेको होला त्यो देश, यस्तै लागिरहेछ। तर, ठिक त्यो परिस्थितीपछि समुन्द्रमा पौडी खेलेर पिएका बियरको क्यानलाई मैले जोडसँग हातैमा किचिमिची पारेको सम्झना गाढा भएको छ, जतिवेला मैले त्यो देशलाई र्स्वर्गको टुक्रामा परिकल्पना गर्दै थिएँ। अफसोच, कुनै अर्को देशप्रति त्यस्तो कल्पनाको हैसियत वा अधिकार ममा थिएन होला ठानें, अनि झट्ट आफ्नै देश बदल्ने कल्पना गर्छस्, त्यो पनि त्यही देशवाट आएका सेनाका मानो पीठो खाएरै ! हकारेर आफैंलाई किचिमिची पारिएको हातको क्यान जोडसँग बगरमा फालिदिएँ त्यसपछि सल्कियो एक अर्को खिल्ली चुरोट।
क्यारेबियन समुन्द्रको मेरो त्यो अन्तरद्वन्द्वमा परेका वियरको क्यान र चुरोटको खिल्लीहरु झैं हाइटीका जनता र तिनको यथार्थ बुझ्न हामी राजधानी पोर्ट औं प्रिन्सकै सबभन्दा डरलाग्दो शहर-सिटी सोले पुग्यौं। त्यहाँ जानुअघि नै हामीलाई सेनाले बुलेट प्रुफ ज्याकेट र यूएन अंकित हेलमेट लगाउन भनेको थियो र त्यसै अनुसार हामी सिटी सोले पुगेका थियौं जसको बारेमा हामीलाई सेना र त्यहाँ रहेका एक नेपाली कर्मचारी, जो चार वर्षदेखि त्यहाँको विकास निर्माणमा लुथ्रन फाउण्डेशन अन्तर्गत रहेछन्-प्रकाश राजभण्डारी, उनले भनेका थिए-त्यो औद्योगिक शहर २००७ सम्म ग्याङस्टर्सको नियन्त्रणमा थियो। त्यहाँ पुग्यौं र एक चक्कर लगाएपछि देख्यौं-त्यहाँ कुनै घर छैन, जो गोलीको डामबाट मुक्त होस्। खासमा कुनै उद्योग सञ्चालनमा थिएनन्। जनताको मुद्रामा संसय मात्र थियो र तिनीहरु बडो त्रासकाबीच सडकमा निस्किरहेका छन् जस्तो लाग्थ्यो।
त्यो सहर २००७ पछि मात्रै युएनको नियन्त्रणमा आएको रहेछ र त्यसमा पनि नेपाली सेनालाई अघि लगाएर गरिएको अप्रेसनवाट त्यो सम्भव भएको रहेछ। तर त्यस क्षेत्रको जस ब्राजिलले लिएको रहेछ र त्यहाँ ब्राजिलको नियन्त्रण घेरा रहेछ। ब्राजिलको बटालियन छिरेर अनुमति लिएपछि हामीले सिटी सोले शहर घुम्यौं र चोकमा उभिएर मैले स्ट्याण्डअप दिदै गर्दा त्यहाँका दर्जनौं नागरिक हाम्रो वरिपरि जम्मा भइसकेका थिए।
ग्याङस्टारको झडपमा ध्वस्त भएका घरहरुबीच बुलेटप्रफ ज्याकेट लाएर बोलिरहँदा-मैले मेरो देशको राजधानी काठमाडौंलाई सम्झिइन। खरानी अझैं पखालिएको छैन, कालो अंगारले छोपेको छ-सडक किनार, प्वालैप्वाल परेका घरका भित्ताहरु छेउ नागरिकहरु त्राश बोकेर ओहोर-दोहोर गरिरहेका छन्। त्यतिञ्जेल देश सोचिन मैले, सोचें त टिभी कार्यक्रम मात्रै। र जब फर्किदै गर्दा गाडीमा एकजना मेजर चित्रदाइको आइपड खोलेँ, सुनें- जहाँ बजिरहेको थियो- मेरो गीत मेरै प्रतिविम्ब होइन………(नारायण गोपालको आवाज)
सिटी सोलेपछि नेपव्याट-२ मा फर्किँदा क्याप्टेन साथी सन्तोषले भने- हाना नामको आँधीले तपाइहरुको फ्लाइट सारिरहेको छ। त्यसपछि गर्मीको याचनागर्दै नेपाली बोल्ने स्थानीयका भनाईहरुलाई क्यामेरामा रिप्ले गरेर हेरेँ- उनीहरु भनिरहेका थिए-नेपालमा त माउण्ट एभरेष्ट छ, गर्मी छैन र चीसो छ रे, मलाई भीजा पठाइदिनुस म नेपाल आउने।
नेपाली गीत र भाषालाई बुझ्ने बोल्ने थुप्रै थुप्रै स्थानीय रहेछन् त्यहाँ। जो नेपाली बटालियन आसपास बस्छन् र काम गर्छन। तिनीहरुले मिनुस्तालाई खुबै धन्यवाद दिए, त्यसमा पनि नेपालीप्रति आभारको थुप्रै शब्द खर्चिए। रिचार्ड नामका एक युवकले त राष्ट्रिय भावनाले भरिएका नेपालका गीतहरु गाए। तर उनले जान्दै जानेनन् र सम्झिँदै सम्झिएनन् आफ्नो राष्ट्रगान।
मलाई जति दुःख लागे पनि त्यसको के अर्थ र ! मैले सम्झाउन र टिभीमा त्यस देशको राष्ट्रगान बजाउन खोजको हुँ, तर असफल म भएँ वा ती नागरिकहरु ? मैले छुट्याउन सकेको छैन।
यात्रामा मलाई नेपाल र नेपालीप्रति पनि टीठ लागेको छ। भूपी शेरचनको कवितामा झैं बुद्धु नभइकन वीर हुन नसकेका हामी नेपाली त्यहाँ पनि त्यस्तै दृष्य देखाइरहेका थियौं।
नेपाली सेनालाई अघि लाएर सिटी सोले कब्जा गरियो त के ? अहिले ब्राजिलले त्यसको व्याज खाइरहेको छ। हाइटीको सबैभन्दा ठूलो क्षेत्रको जिम्मेवार नेपाली सेनालाई परेर पनि के फोर्स कमाण्डर ब्राजिलकै छ।स्तरहीन गाडीमा ओहोर दोहोर गर्छन् हाम्रा सेना, तर अरुहरुको सानै बेग्लै।
यतिमात्रै होइन, हामी कतिसम्म बफादार र इमान्दार छैनौं भन्नेको एक उदाहरण थाहा छ पाठकबृन्द, हाइटी पुगेका सेनाका अधिकारीहरु केसम्म गर्ने रहेछन् ? अहिलेसम्मको यकिन तथ्याङ्क कसैले दिएन तर यसपटक- यो ६ महिनाको अबधिमा मात्रै हाइटीवाट अफिसरस्तरका दुई जना-एक मेजर र अर्का लेफ्टिनेन्ट अमेरिका छिरेर फर्किएका रहेनछन्।
समग्रमा, यो यात्रा ठोस् कम र तरल बढी रह्यो, अहिले ती साथीहरु र त्यो यात्रा सम्झिँदा घरीघरी साथीहरुसँग माफ माग्न मात्रै मन लाग्छ, कारण जानीनजानी साथीहरुलाई सताउने धन्दामा लागेछु। तर यात्रा अराजक हुने मेरो जीवनको निरन्तरतासँग मैले यो पटक देश, राजनीति, जनता, यात्रा र जीवनलाई थप बुझ्ने अवसर पाएँ। साथमा साथीत्वको आभाष बेग्लै भएको छ।
मेरो यात्राको भिडियो डायरी उमेश कोशीबाट फर्किएपछि माइसंसारमार्फत् तपाईँहरुलाई देखाउने नै छु, तपाईँहरुले चाहे।
prembaniya@gmail.com
(बानियाँ एटिभीका वरिष्ठ संवाददाता तथा बहुचर्चित कार्यक्रम खबरभित्रको खबरका प्रस्तोता हुन्)
No related posts.









Prem ji
I watch you regular on A TV. your comment on political situation of south Africa which very live and fantasticts.
basanta karki
cpn uml
dolakha
मन परे हरियो, नपरे रातो
0
0
hi baran ji
tapaiko bhanai yek dami thik cha ,kina bane kuni pani nagarik yek dase bata arko dese ma kunai pani kam ko lagi jancha bhane tes bekti le rahe ko des ko bhasha sikne kosis garcha ,yedi nepal pani heati jasto paristiti bhayeko ra UN force(hal maobadi ko hatiyer anugaman ko lagi tainath bhayeko Un force bhanda pharak) tainath bhyeko bhaye heati jasti garibi,asicha,ra bikas ka pubadhar haru khatam hune thiyo ra nepali le pani ,nepal ma kun desko sena tainath bhyeko ho kahana ra bachna ko lagi tes desko rastriye gite gauda thiyo hal heati ma nepali git gayeko jasto.
pream baniye le bahana khoje ko ra dekhauna khoje ko mail kayeko chaina . yeadi bastabik patrakar (pit patrakarita) asal aptrakar nispache patrakar bhayeko bhaye heti ma tainath nepali sena ko ramro kam ra nepali sena ko kami kanjori ra ke garda ajha badi nepal ra nepali sena ko bikas garna sakincha tesprati lekheko bahye sun ma suganha hune thiyo ra sayed hal ko sarkar li ra nepali sena lai sujab hune thiyo.uhale aru des ko tulana ma nepal sena lai dajnu bhyo tara ke garda ramro ra ti bidesi sena ko barabari ma lerauna kasari sakincha bhani tips diyeko bhaye ramro hune thiyo.
मन परे हरियो, नपरे रातो
0
0
it’s very good tht you went to Haiti and learn about there. I too saw your report. Am sorry am not commenting over your write up here. But on the report itself. (I know i should have written to your channel, but it obviously doesn’t entertain any comments.) Hope you won’t mind my comment on your TV report over here. If you do, my apologies.
Your report was good. But still, i found some very blunder mistakes there.
when you ask question, how could you racially discriminate people? Do you remember your exact question, you asked? Your 1 question was:
Tapai Kalo hunu bhayeko ma dukha lagdaina? (Don’t you feel sorry for being black)
now tell me Mr. Prem, how you justify this question and say this is not racial slur? Wouldn’t this question create inferiority complexities? Wouldn’t such kind of questions make other feel, it’s bad to be black?
Nepal media lacks responsible journalism, and surely avenues lacks tht very much (I know all media lacks it, but since you represent Avenues, am talking abt it only)
Many times, your reports doesn’t follow right terminologies and use discriminating terms. Whether it was reporting on HIV transmission on wives from returnee migrants or other, your channel and even you (you were narrating the report).
I humbly request you please, follow protocols on HIV terminologies while reporting. Don’t use terms like HIV Victim or AIDS transmits or AIDS kills. UNAIDS, USAID etc have published terminologies, please refer them.
And most of all, please don’t use such racial questions.
Be responsible and make others too.
All the best.
मन परे हरियो, नपरे रातो
0
0
Prem ji tapiko tyo haiti ma gareko karyakram maile pani hereko thiye. tapi le tes program ma tyaha ka manis haru lai gareko prasna ko chanot malai man parena.
bijay kumar le testai haiti ma gare ko karykram herera sikne prayas garnus. tapaile tes karyakram ma ali badi sensitive bhayera prasna garnu bhayeko cha jasto aphno desh ko rastriya gan na-aune tara nepal ko aune jasta prasna garnu bhayeko cha. kunai pani bideshi le nepali boleko kura lai tapaile rochak ra manoranjan hisab le sochnu parthyo. tapaile tiniharu le nepali boleko rastriyata tira lagera jodnu bhayo. tyo bilkul malai man parena.
ani yo lekh khasai attractive lagena malai. ke kura garna khojnu bhako ho maile bujhina.
anyway tapaiko voice chahi ramro cha. tapaile aphno prastuti sudharne kosis garnu hola. tapai ko bhabisya ramro cha.
मन परे हरियो, नपरे रातो
0
0
It sad news .But good to know in detial .Thank you for sharing.
मन परे हरियो, नपरे रातो
0
0
Hahaha. Comment haru dekhera ekdam haso uthyo. Jhan article parda ta jhanai haso uthyo. Ke ho ke ho. Ke bhanna khojeko, phed na tuppo ko kura haru lekhera haami pathak haru ko time waste kina gareko hola. Borte shrestha le bhaney jastai thyo gham tapera basne office ma sunaune layek ko lekh lekhechhan
मन परे हरियो, नपरे रातो
0
0
Aba chai malai biswas bahyoo mysansar ko pathak haru nikai bidwan rahechan bhaner …..
tara malai chai yo lekh man paryoo ….
मन परे हरियो, नपरे रातो
0
0
मैले बानिया जि को T.V. कार्यक्रम हेर्न त पाएको छैन । तर उहाको स्तर कती छ भन्नेकुरा ।
क्यान कुच्याएर फालेको अनी चुरोत खाएर थुतो पनि फालेको । शायद …..बोक्रै समेत खाएको उखान सँग मिल्दो छ । कम्सेकम दस्मिन मा फाले अथवा दस्मिन नभएकोले कोठामा लिएर आए भन्नु कताहो । बदो धाक पो देखाउने रहेछ ब्रोले .
प्रेम बाबु पत्रकारी गरी खाएकाछौ । थुतुनो र मुटुनो सम्हाल्ने बानी गर ।
अनी यस्तो ताइन तुइको गफ तिम्रो घाम टापेर बस्ने अफिस मा गएर सुनाउ।
बोर्ते श्रेष्ठ जापान
मन परे हरियो, नपरे रातो
0
0
I had watched the video of haiti people speaking in Nepali language in avenues channel.I really felt very happy coz one of the guy was singing national anthem of Nepal,and me being a nepalese even dont know the full national anthem o Nepal.
Well done for your great effort!i really appreciate your hard work.
मन परे हरियो, नपरे रातो
0
0
Yo lekh nai dikka lagdo tarika le lekheko cha.. Sahitya chatejasto dekhincha tara pung na puchhar ko.. tyaskaran baniya ji kripaya video rakhne kasta nagarnu hola…
मन परे हरियो, नपरे रातो
0
0
useless topic and not heart touching.
मन परे हरियो, नपरे रातो
0
0
प्रेम सर, तपाईंले ठुलो पारिश्रम् गरेर निर्माण गर्नुभएको कार्यक्रम हेर्दैछु, साह्रै नै रमाइलो लाग्दइछ । त्यहका जनतहरुको नेपाली भाषा प्रेम देखेर साह्रै खुशी लाग्यो, अनि उनिहरुको जीवनस्तर देखेर साह्रै दु:ख लाग्यो ।
मन परे हरियो, नपरे रातो
0
0
I appreciate the effort of writer, but he needs to improve many things in his writing. At first, he has to improve his Nepali. Then he has to focus on the context.
It would be nice if had put some photos of Haiti instead of his blurred image.
मन परे हरियो, नपरे रातो
0
0
mysansar का पाठक साथीहरु ,बानिया जिको लेखाईको स्तर जस्तै भएपनी एउटा कुरा के चाँही सत्य हो भने जुन देशमा राजनैतीक अस्थिरता हुन्छ त्यस देशको हालत अवस्य हैटीको जस्तै हुनेछ । हाम्रा नेताहरुले नेपाललाई पनि हैटी जस्तै बनाउने कुरामा दुई मत छैन।
मन परे हरियो, नपरे रातो
0
0
Dear Premjee,
Thank you for your nice blog. Its a great feeling and great way how you presented. I can imagine how great it was to pour such emotins in a way as you presented. Yes, patriotism can only be felt from inner heart once we be away from own nation. Unity can be understood after divided. How long we are going to be suffered after corrupted mind and people. For what we are struggling if the nation will be other bastards’ hand. True feeling and kindness among all suffers can be able to improve face of our nation.
मन परे हरियो, नपरे रातो
0
0
माथि होम नाथ जि को कमेन्त लाई बारीस्त पत्रकार को यो लेख ले पुषती गर्छ मलाई एउत हिन्दी उखान यद अयो ‘ बन्दर क्य जने अदरख क स्वद
मन परे हरियो, नपरे रातो
0
0
prem ji tapai ko fan hu ma.
मन परे हरियो, नपरे रातो
0
0
ताइ न तुइ हात्मालाग्यो दुई ,जस्तो के लेखेको हो यस्तो ? प्रेम बानियाले आफु हाइटीमा बसेर बियर र चुरोट पियछु भनेर देखायको घमन्ड मात्र हो यो लेख .हुनत ब्रो ले दिउसै लगायर लेखेका रहेछन अनी कहाबाट गतिलो लेखुन्त ?ठिकै छ भोली ड्रक्स र कोकिन खायर बियरको क्यान कुच्यायको जस्तो आफ्नै मुख कुच्यायको लेख चै पढ्न नपरेहुन्थ्यो
मन परे हरियो, नपरे रातो
0
0
भूमण्डलीकरण भन्ने नाराको उपज हो यो, जसले आफ्नो भन्ने केही बाँकी राख्नेवाला छैन । यदि ती देशका जनता र नेता समयमै सचेत नभएको खण्डमा यसको परिणाम अब अरू देशमा पनि छिट्टै देख्न/सुन्न् सकिनेछ । हा्रो आफ्नै देशको त के कुरा गराइभो र, हाइटीबाट हामी नेपालीले शिक्षा लिनैपर्छ ।
मन परे हरियो, नपरे रातो
1
0
K ho sathi suresh ji!
i am agreed with u hai in dv context. I saw a GM doing maskanology in hotel , PA is station manager, CA is wall mart night worker, Doctor is in clerk of gas station, MBA for circuit city night clerk.
K garnu des chode pachi des ko maya lagcha pharkera janna sakinna……..
About this article , this is useless.
Anway writer ko efort lai chai mannai parcha . bichara uha ai k k nai lekhe jasto lagyo hola
This is DUDE
मन परे हरियो, नपरे रातो
0
0
अन्धेरि रातो मे
सुन् सान राहो पे
हर् जुल्म मिटाने को
एक मसिहा निकलता है
जिसे लोग शहन्शाह कहते है
त्यो मात्रिका यादव शहन्शाह नै हो कि क्या हो
कस्तो आट, कस्तो शक्ति!
मन्त्रि भयेर पनि आफ़ै मान्छे पिट्दै न्याय गर्दै हिड्ने
“हम जहा खडे होते है वहि कानुन होता है”
तेस्ले आफ़ु लाइ सिनेमाको अमिताभ बच्चन सोचेको छ जस्तो छ
मुर्धार को चाक मा खुर्सानि हाल्न नपुगेको!
सरकार को मन्त्रि जस्तो पदमा बसेको जनताको कर खायेको, आफ़्नै सरकार को पुलिस सग पिटापिट गर्दै हिड्ने, आफ़्नै सरकार को कानुन नमान्ने!
त्यो त पर्चण्डे लाइ पनि घाडो भयेको होला
मन परे हरियो, नपरे रातो
0
0
मलाई त यो प्रस्तुती कस्तो कस्तो लाग्यो । कुनै देश को बारेमा जान्न पाइयो तर प्रस्तुती मा निखार छैन र खास के कुरालाई प्रमुख बिषय बनाइएको हो थाहा पाउन सकिन। लेखाइ मा स्थिर्ता छैन। उदाहरन को लागि ……..
नेपाली सेनालाई अघि लाएर सिटी सोले कब्जा गरियो त के ? अहिले ब्राजिलले त्यसको व्याज खाइरहेको छ। हाइटीको सबैभन्दा ठूलो क्षेत्रको जिम्मेवार नेपाली सेनालाई परेर पनि के फोर्स कमाण्डर ब्राजिलकै छ।स्तरहीन गाडीमा ओहोर दोहोर गर्छन् हाम्रा सेना, तर अरुहरुको सानै बेग्लै।
यतिमात्रै होइन, हामी कतिसम्म बफादार र इमान्दार छैनौं भन्नेको एक उदाहरण थाहा छ पाठकबृन्द, हाइटी पुगेका सेनाका अधिकारीहरु केसम्म गर्ने रहेछन् ? अहिलेसम्मको यकिन तथ्याङ्क कसैले दिएन तर यसपटक- यो ६ महिनाको अबधिमा मात्रै हाइटीवाट अफिसरस्तरका दुई जना-एक मेजर र अर्का लेफ्टिनेन्ट अमेरिका छिरेर फर्किएका रहेनछन्।
– –
माथिका दुई हरफका कुरा आपसमा बझिएकाछन। पहिलोमा नेपाली सेनालाई सोझो र कर्ममा विश्वाश गर्ने फलको आस नगरने देखैएको छ भने आर्कोमा बफादार र इमन्दारिता नभाको देखैएको छ।America नेपालीहरुको लागि Dream Land मानिन्छ नै , यो कुनै नौलो कुरा हो र नेपालीहरु USA भागनु ? A.I.G त डि.भि परेपछी जागिर छाडेर आकाछन भने अफिसर लेवेल्को त के कुरा र ।
मन परे हरियो, नपरे रातो
0
0
हाम्रो देशमा पनि जनयुद्दको नाममा कति पुर्वाधारहरु नष्ट पारिए पारिए| भएका अलि अलि बिकास पनि खत्तम नै पारिए र देशलाई १३ औं शताब्दी तिर धकालिदिए| यो सबैको नाईको एउटै हुनुहुन्छ भारतपुत्र प्रचण्ड प्रतापी “पु.क.दाहाल्”|
कुनै दिन नेपाल पनि हैटि जस्तै भएमा कुनै आश्चार्य नमाने हुन्छ| यहाँ पनि बिधीको शासन कहाँ छ र| मन्त्री आफै ब्यक्तिको जग्गा हडप्न जान्छ| आफ्नै जग्गा दिनु नि दिने ले त, किन अरुको लुट्नु पर्यो? आफ्नो जति त पार्टिलाई बुझाएको जस्तो गर्यो भईहाल्यो नि|
मन परे हरियो, नपरे रातो
0
0
what kind of writing style is this? someone so called professional journalist writing level match my 11 years son’s level…this is funny …he broke the can of beer and smoked and he still deosnot know what was he writing on that paragraph..what a mithun style…?
मन परे हरियो, नपरे रातो
0
0
खासै रोचक चै छैन नढाटिकन भन्दा,टि भि मा त राम्रै सैली थियो यहाँ त्यसले निरन्तरता पाएन
मन परे हरियो, नपरे रातो
0
0
साच्चै प्रेम जि नेपालीको बानी नफेरिने भयो चाहे त्यो तपाईं जानु भएको हाइती होस् चाहे म आएको कतार । यहाँ पनि त नेपाली हरुले नेपालको राम्रो सन्देश चाँही छोडेका छैनन । यहाँ नेपाली भन्ने बित्तिक इ कम्ती स्यालरी रक्सी पिउने वाला अनि केही पनि नाआउने भन्ने बुझिन्छ । तेसैले नेपाली हरु जहाँ गए पनि तल छन भन्दा पनि नेपालीहरु खुद तल पर्न खोज्छन
मन परे हरियो, नपरे रातो
1
0
its too long!!
मन परे हरियो, नपरे रातो
1
0
HO HOMNATH JI YASTAI HO QATAR , HAMRO NEPALI JAHA GAYE PANI APHNO CHHAP CHHADI HALCHH, MERAI SATHI HARU KO KURA GARDA DIN MA SALARY THORAI BHAYO BHANER JAHILE NI GUNASO GARME ANI RAT PAREPACHHI LUMA PIUNE TYO PANI DUKH BIRSINA LAI BHANER
मन परे हरियो, नपरे रातो
0
0
thanx…good comment
मन परे हरियो, नपरे रातो
1
0
अमेरिका बसेर ईंग्लिश सुध्र्या छैन
मन परे हरियो, नपरे रातो
0
1
yes i agree with rabins comment. not that crucial comment but true comment. and its true nepali media lacks professional journalists and most of the times they become messed up with terminologies. study ta garnu paryo ni haina. thanks four the comment from my side too coz m the student of journalism.
मन परे हरियो, नपरे रातो
0
0
hey aakash ji tapailai badhai 6 hai kinavane tapaiko 11 yearsko chora futurema thulo sahityakaar banne 6 tesaile. ani tapailai euta suggestion tapaiko choralai sodhnuhola plz ki naramo criticism garda publicly garda thik hun6 ki personnaly if he says personally then don’t worry he will be more wise than you gud luck.
मन परे हरियो, नपरे रातो
0
0