-स्याटेलाइट-
वर्ष २००८ हाम्रा निम्ति धेरै अर्थमा महत्वपूर्ण बनिदिएको छ। प्रथम जननिर्वाचित गणतान्त्रिक सरकारको गठनदेखि लिएर भूतपूर्व विद्रोही नेता प्रधानमन्त्री बनेका छन्। दशकौँदेखि राज्यसत्तामा हालिमुहाली गरिरहेकाहरु अहिले अचानक सत्ताबाट बहिगर्मनपश्चात् किंकर्तब्यविमुढावस्थामा देखिन्छन्। पुराना अनुहारहरुबाट केही मात्रामा भएपनि उन्मुक्ति पाएको नेपालले नयाँ अनुहारहरुबाट धेरै अपेक्षा राखेको छ। मान्छेहरु जताततै प्रायः नयाँ नेपालको विषयमा जानेर वा नजानेरै पनि कुरा गरिरहेका भेटिन्छन् तर अपवादबाहेक अधिकांश नयाँ नेपाल कसरी निर्माण हुन्छ या गर्न सकिन्छ भन्ने विषयप्रति गम्भीर देखिँदैनन्। सबै अरुले निर्माण गरिदिएको नयाँ नेपालमा रम्न चाहन्छन् र नयाँ नेपाल निर्माणको जस लिन चाहन्छन् केही नगरेरै। नयाँ नेपाल निर्माणका निम्ति मेरो भूमिका के हुनेछ अब भन्ने विषयमा मान्छेहरु तर्क गर्न चाहन्नन्। किनकि उनीहरुमा आत्मविश्वास नै छैन कि मेरो सानो प्रयासले नयाँ नेपाल निर्माणमा इँटा थप्छ भन्ने कुरा।
हो, तपाँइ हाम्रो सानो प्रयासले पनि नयाँ नेपालको निर्माणमा ठूलो योगदान दिनसक्छ। अब समय आएको छ केही गर्ने। सानो नै किन नहोस्, हामीलाई हाम्रो परिचय दिएको समाज र देशलाई केही त ‘कन्ट्रिब्युट’ गरौँ।
कृपया नेवार,बाहुन,लिम्बु,पहाडे र मधिसेको उपमा लगाएर अर्थहीन विवाद नगरौँ अब। अब हामी केवल नेपालीमात्र बनेर सोच्ने समय आयको छ। हिजो तपाँइ-हाम्रा पुर्खा अनि हिजोका शासकहरुबाट गल्ती,अन्याय र थिचोमिचो भएको हुनसक्छ तर त्यसैलाइ इस्यु बनायर आजको हाम्रो सम्बन्धलाइ धुमिल बनाउनुपर्छ भन्ने पक्षको म विरोधी हुँ। चरम कटुता मनमा लिएर एक-अर्काको अस्तित्व मेट्न लागिपर्नुभन्दा हामीमा क्षमाशिलताको विकास गरौँ। लगभग अढाइ करोड जनसंख्या भएको नेपालमा सबैले राजनीतिमात्रै गर्नुपर्छ अनि विभिन्न समूहहरुका झण्डाहरुमात्र बोक्नुपर्छ भन्ने छैन। समाजसेवा पनि कसैले गर्दा हुन्छ। कसैले त हाम्रा बालबालिकाहरुको शिक्षाका बारेमा पनि सोच्दा हुन्छ।
कुनै पनि सफल देशको इतिहास हेर्नुभयो भने पाउनुहुनेछ, जनतामा रहेको साक्षरता-शिक्षाको सबैभन्दा ठूलो हात छ त्यो देशको सफलतामा अनि आर्थिक उन्नतिमा। बिना शिक्षा देशलाई माथि पुर्याउँछु भन्नु एउटा हास्यास्पद र मूर्ख नाराबाहेक केही हुन सक्दैन। अब समय आएको छ नेपाललाई शतप्रतिशत साक्षर देश बनाउने। अहिलेको ४९ अथवा ५१% नाममात्रको साक्षरताले अब केही हुनेवाला छैन। नेपाली जनतालाई पूर्ण साक्षर बनाउने प्रयासको शुरुवात तपाइँ हामीबाट शुरु हुनुपर्छ अब। हाम्रो प्रयासका निम्ति लाखौँको रकम आवश्यकता पर्दैन केवल एउटा सहृदयी मन भए पुग्छ।
नेपालमा चाडपर्वको मौसम आएको छ। तपाँइहरुमध्ये धेरैजना नेपाल जाँदैहुनुहुन्छ होला आफ्ना बाबाआमा अनि परिवार भेट्न, म्यारिज खेल्न,पुराना सम्झनाहरुलाइ ताजा बनाउन अनि एउटा मिठो स्मृति बोकेर फर्किन। तर तपाइँहरुको नेपाल आगमन धेरै बालबालिकाहरुको निम्ति एउटा सुखद संयोग बन्नसक्छ उनीहरुको शिक्षाआर्जनका लागि। म नेपालमा थिएँ, केही दिनको लागि। लेखक जगदिश घिमिरेलाई उहाँको चोभारस्थित निवासमा भेट्न गएँ। रामेछापबासीहरुका निम्ति उहाँले गरेको योगदानले मलाई निकै उत्प्रेरणा दिएको थियो। मैले त्यहाँका बालबालिकाहरु अनि उनीहरुको शैक्षिकस्तरका बारेमा धेरै जिज्ञासाहरु राखेँ। अवश्य पनि, स्थिति दयनीय थियो तर केही नहुनुभन्दा जगदिशजीले गरेको सुकामका कारण धेरै बालबालिकाहरु स्कुलसम्म पुग्न सकिरहेका थिए।
उहाँको पुस्तक ‘अन्तर्मनको यात्रा’ पढिसकेपछि र भेटेपछिसम्मपनि मलाई एउटा प्रश्न सोध्न मनले घच्घचाइरहेको थियो। केही असमञ्जसताका बीच मैले सोधी पनि हालेँ ‘जगदिशजी,तपाँइले नेपाल र नेपाली जनताहरुका निम्ति धेरै गर्नुभयो, म त्यसको निम्ति एउटा युवाको हैसियतमा निकै आभारी छु,आई एप्रिसियट अल यु ह्याभ डन फर अस। तर किन तपाँइजस्तो राष्ट्रिय ब्यक्तित्व पनि राष्ट्रब्यापी विकासमा नलागेर केवल आफ्नो जन्मथलो रामेछापमा मात्र केन्द्रिकृत हुनुभयो, के यो बाँकी ७४ जिल्लाका बालबालिका अनि जनताहरुका निम्ति अन्याय होइन र ?’ मेरो प्रश्नमा उहाँको सहज उत्तर थियो ‘ म एउटा ब्यक्तिले सबै ठाउँ गर्छु भन्ने प्रयास गरेर कहीँ नहुनुभन्दा कम्तीमा एक ठाउँ प्रयास गरेर त्यो ठाउँलाई सम्पन्न बनाउन सक्नु ठूलो कुरा होइन र भाइ। अनि मैले मेरो जन्म जिल्ला रामेछापलाई केही गर्ने प्रयास गरेँ भने म जस्तै अनि तपाँइजस्तै एक-एकजनाले मात्रै पनि अरु ७४ जिल्लामा भैदिएर केही गर्ने प्रयास गरेमा देशको अवस्था यस्तै रहन्थ्यो र ?’
मसँग उत्तर थियन। हो, सहृदयी मनहरु थोरै नै भएपनि पुग्छ। कम बोल्ने ओँठहरुले पनि धेरै गर्नसक्छन्। जगदिशजीलाई भेटेको अर्को दिन ठमेल परिसरमा भेटिएकी सडक चियापसले महिलाकी सानी छोरीलाई मैले रुम टु रिड www.roomtoread.org संस्थासँग सम्पर्कमा ल्याएँ। ( ती चियापसले महिला र उनकी सानी छोरी अनि छोरीको अवस्थाबारे कुनै दिन लेखौँला)। अब उनले सडकछेउ आमाले चिया पकाइरहेको बेला धूलो र धूवाँ सहेर क,ख अनि ए,बी,सी डी लेखिरहनुपर्ने छैन। मेरो केवल सानो प्रयास हो पाटनस्थित रुमटुरिडको कार्यालयसम्म धाउने र ती बालिकाको बारेमा कुरा गरिदिने। सायद भोलि देशले ती बालिकालाई एउटा सबल र सभ्य नागरिकका रुपमा पाउनेछ। मैले भन्न खोजेको विषय के हो भने, दशक लामो द्वन्द्व अनि चरम गरिबीका कारणले नेपालमा धेरै संख्यामा बालबालिकाहरु स्कुलसम्म जाने अवस्था बन्नसकेको छैन। हो ती बालबालिकहरुलाइ तपाँइ हाम्रो सहयोग र सहृदयी मनको खाँचो छ। तपाँइहरु नेपाल जाँदा या नेपालमा रहेका युवावर्गमा मेरो अनुरोध के हो भने, तपाँइका नजिक रहेका तर विभिन्न कारणले स्कुलसम्म पुग्न नसकेका बालबालिकाहरुका लागि स्कुल जाने वातावरण हामी तयार गरौँ, हाम्रो प्रयासलाई साथ दिन यहाँ केही संघ-संस्थाहरुपनि छन, जस्तै रुम टु रिड (www.roomtoread.org),सेभ द चिल्ड्रेन (www.savethechildren.org) अनि एजुकेट द चिल्ड्रेन इन्टरनेशनल (www.etc-nepal.org)आदि जस्ले तपाँइ हाम्रो सकारात्मक प्रयासलाई साथ दिनेछन्। हामीले त्यस्ता बालबालिकाहरुलाई यी संस्थाहरुको छातासम्म पुर्याउन सहयोग गरौँ।
नजिकैको निजी या सरकारी स्कुलसम्म पुगेर उनीहरुको अध्ययनको लागि स्कुलको स्पोन्सरसिपको सहयोग माग्ने हो भने पनि धेरै सहयोगी स्कुलहरु फेला पर्नेछन। यो संसारमा असल मन भएकाहरु पनि धेरै छन्, मात्र चिन्नको ढिलाइ हो। प्रयास गरौँ।
अनि अर्को पाटो हामी ब्यक्तिगत रुपमा पनि हाम्रो नजिकै रहेका विद्यालयहरुसम्म पुग्न सक्छौँ,त्यहाँको शैक्षिक वातावरण बुझ्न सक्छौँ। कम्प्युटर ल्याबमा रहेका पुराना कम्प्युटरहरुमा नयाँ एन्टिभाइरस सफ्टवेयर हालिदिन सक्छौँ या विण्डो २००७ इन्स्टल गरिदिन सक्छौँ। राम्रो भविष्य बोकेका विद्यालयहरुलाई हौसला दिनसक्छौँ अनि थोरै रुपैयाँहरुका कारणले स्कूलसम्म पुग्न नसकेकाहरुलाई सानो सहयोग गर्न त सक्छौँ। म बुटवलबाट २० माइलजति पस्चिममा पर्ने जितपुरबाट केही भित्र पर्ने एउटा निमावि मा पुगेको थिएँ संयोगले, जहाँका अधिकांश विद्यार्थीहरु थारु रहेछन्। अफिसमा पुगेर त्यहाँका शिक्षक अनि प्रधानअध्यापकसँग केही बेर भलाकुसारी गरेँ। केन्द्रबाट कम्प्युटर आएको रहेछ तर राजनीतिक विवादले कम्प्युटर प्रशिक्षकको नियुक्ति हुननसकेर विद्यार्थीहरु कम्प्युटरको किबोर्डबाट टाढा पारिएका रहेछन्। मैले केही गर्न सकिनँ तर त्यतिबेला सोच आयो, यदि हामिले +2 गरेका हाम्रा विद्यार्थीहरुलाई यस्ता ग्रामीण अनि दुर्गम प्रावि,निमाविहरुमा छोटो अवधिका निम्ति निम्न पारिश्रमिकमा स्वयंसेवकका रुपमा खटाउने ब्यवस्था मिलाउन सके यी हाम्रा नानीहरुले पनि केही सिक्न पाउने थिए। अनि हाम्रा विद्यार्थीहरुलाई पनि अनुभव हुने थियो हाम्रोमा स्वयंसेवालाइ प्राथमिकतामा राख्नुपर्ने बेला आएको छ।
नेपाली समाजलाइ पूर्ण शिक्षित बनाउन सबैले प्रयास गरे असंभव हुनेछैन। केवल एउटा सामूहिक संकल्प हुनुपर्यो। सरकारले शिक्षा क्षेत्रमा टन्न बजेट छुट्याएर मात्र साक्षरता दर बढ्ने होइन। तपाँइ हाम्रो सानो प्रयासले पनि सरकारले लिएको शिक्षाको लक्ष्य छुन सहयोग पुराउनेछ। यसपालिको दशैमा हामीले हाम्रा टोल,छिमेकहरुमा पुस्तकालय निर्माण गर्ने प्रण गरौँ। साना नै किन नहुन् ती पुस्तकालयहरु। मान्छेहरुमा पढ्ने बानीको विकास गर्न पुस्तकालयहरुले सघाउनेछ। राम्रा र स्तरीय पुस्तकहरुको लागि हामी सबैको सहयोग हामी सबैलाई हुने नै छ। विदेशमा बस्ने नेपालीहरुले कम्तीमा आफ्ना नातागोताका बाहेक कुनै एउटा बाल-बालिकाको शिक्षाको जिम्मा लिने हो भने भोलिको युवाजमात अहिलेको जस्तो शिक्षक कुट्ने र कलेज डढाउने भीड हुनेछैन। ती जिम्मेवार नागरिक हुनेछन्,जसले हाम्रो देश र समाजलाई प्रगतिको उच्चतम बिन्दुमा पुर्याउनेछन्। तर अहिले यी बालबालिकाहरुलाई शिक्षाआर्जनका निम्ति सहयोग गर्नु हाम्रो कर्तब्य हो। त्यसपछिमात्र नयाँ नेपालका बारेमा गफ गर्नु केही सान्दर्भिक हुनेछ।
यसपालिको दसै अनि आ-आफ्ना प्रमुख पर्वहरुबाट बालबालिकाको शिक्षाको निम्ति सक्दो योगदान दिने प्रण गरौँ। तपाँइहरुको पर्व सुखद बितोस्..केही सकारात्मक कामनाहरुका साथ।
satelite1983@gmail.com
No related posts.









स्याटेलाईटजी, पहिलो कुरा बुटवल देखि पश्चिम भन्दा जीतपुर नभएर जीतगढी पो हो कि? अर्को कुरा चाहीं साँचै मैले यही माईसंसारको कुनै लेखको कमेण्टमा लेखेको थिएँ। त्यो के भने संसारका थुप्रै देशहरुमा अनिवार्य सैनिक सेवा अथवा समाज सेवा हुने रहेछ। यहाँ अष्ट्रिया आएर पो थाहा पाइयो। आफ्नो खुशीले सैनिक सेवा गर्ने कि समाज सेवा गर्ने भनेर रोज्न पाईंदो रहेछ यहाँ। हाम्रो देशमा S.L.C. पछि वा निश्चित उमेर पुगेपछि अनिवार्य रुपमा ३-४ महिना सेवा गरेकै हुनु पर्ने बनाए नि राम्रो हुन्थ्यो।
मन परे हरियो, नपरे रातो
1
0
satelite ji jiwan kahi bhetda marmahat 6 ta kahi badhi nai sauhard. ma tapai ka sakesamma artical her6u ra aaj bhanna man lagyo bela ta sachchai aayekai ho tara desh ko bagdor samayeka PARCHAND ji ji le desha ma YUBA ko auchitya lai mahasus garn sake desha ka harek yuba 1-1 kadam matra agadi badhe pani desha ko kaya palat garn hami saphal hunechhau……….. ra YUBADASTA gathan garer eak le arko parti lai counter dine ghatiya socha rakhane parti le tyo YUBADASTA lai tapaiko b4 ma samahit garn sake k asambhao 6 yahan ?
मन परे हरियो, नपरे रातो
2
0
Satellite
Kura ramro lagyoo sahi kam ko lagi dhilo kina garne garu na ta maile aafno tarfa bata ta start gari sakee every day tea ra Ciggrett mata 20 Rs save garera 1 student ko monthly fee pay garne la sathi haru yeti garda pani kam se kam 1 student ly majale pugne rayech teti ta sakincha ni garna
मन परे हरियो, नपरे रातो
1
0
sa
मन परे हरियो, नपरे रातो
1
0
लौ न हाम्रो गाउँलाई , समाजलाई , देशलाई केहि गरौं भनेर भुट्भुटीने मनहरु निक्कै छन भन्ने प्रमाण भेटिन्छ यो लेखमा देखिएका कमेण्टहरु हेर्दा । खाँचो केवल अठोटको हो । यसरीनै यस्ता विषयमा वहस चलाउँदै गयौं भने त्यो अठोट पनि भेटिनेछ । मन खुशी भयो यो लेख र प्रतिक्रियाहरु पढेर ।
मन परे हरियो, नपरे रातो
1
0
धनयबाद् , साकारत्मक सोचकालागी । हामीले हाम्रो गाउ गुल्मीको दर्लाम् चौरमा एक लाखको पुर्स्कार् इस्तपना गरेका छौ । त्यहका ३ माबी का ए स यल सि मा टप हुने १ छत्रा र् १ छात्र लाई ।
इन्दिरा
मन परे हरियो, नपरे रातो
1
0
तपाईंको एउटा इटा
न्युयोर्क को गगन चुम्बी भवन
झै नेपाल को गगन चुम्बी निर्माण मा
ठुलो योगदान हुन सक्छ
हातमा हात काधमा साथ
गर्दै बडौ अगाडि तपाईंका अनुद्दार हात
हरु सम्रिद्द नेपालको सिर्जना गर्नलाई,
अब हामीले बलेको आगो ताप्न छोडेर
आँफै बाल्न सिक्नु पर्दछ,
मन परे हरियो, नपरे रातो
1
0
firstly government should be of laws rather than of men then we can contribute
yo sarkar sanga panikehi aash nagare hunchha aba iniharu pani paisa kamauna lagi sake sathiharu sabai herda thah hunchha krantikarile pahila sahid kochhora lai ameraca lage hunthiyoni aafnai chhora lai lagechha herana prachanda le america , badal le china ani maharale korea kya sarakari sampati satyenash ani hamile karayera k hunchha
tyo chhoro dulauna sarkarle paisa dine hoinani tyo paisa le kati anath lai padauna pugthiyo sochamta ekchhin
मन परे हरियो, नपरे रातो
1
0
केही बर्ष अगाडि हामी मुस्ताङ जिल्लाको मुक्तिनाथको दर्शन गर्न मार्फा गाउँमा बास बस्न पुगें र साथी भाई मिलेर लजमा तास खेल्न सुरु गरेको मात्र थिए लजको मालिकले यो गाउँमा तास खेल्न मनाही छ भने । यहाँका बासिन्दाहरुले तास खेल्यो भने यहाँको नागरिक समाजले जरिवाना गरिन्छ भने । उनले यहाँ जुवा तास खेल्न, जाड रक्सी खाइ होहल्ला गर्न, झगडा गर्न नपाईने, आफ्नो घर आगन, बाटो सफा राख्नु पर्ने, स्कुल खोलेको बेला सबै बाल बालिका स्कुल जानै पर्ने आदी कुराहरु हामीलाई बुझाउने कोशीस गरे । हामी दुई तीन दिन त्यहाँ बस्दा थाहा भयो उनले भने अनुसार सबै साँचो रहेछ । हाम्रो पनि गाउँ, टोल नागरिक समाजको अगुवाइमा त्यो सानो मार्फा गाउँ नमुना मात्र सिक्न सक्यों भने पनि नयाँ नेपाल बनाउन टेवा पुग्न सक्छ ।
मन परे हरियो, नपरे रातो
1
0
ए हो थुप्रै पो रहेछौं त positive सोच भएका हामी नेपालीहरु।
असाध्यै encouraging र प्रेरणादायी लेख पढन पाइयो धेरै पछी..
यो अभियानमा लाहुरेको कोशेली स्वरुप यसपाला घरगा बेला देशको बिकासका लागी जस्तो भये पनि विसुद्ध सेवा गर्ने छु।
धन्यवाद Satellite अन्तरात्मालाई झक्झकाइदिएकोमा।
लाहुरे, दुबइ
मन परे हरियो, नपरे रातो
1
0
आफ्नु गरीबी र बाद्यता ले बिदेसिन पुग्नु भएका नेपाल आमाको स्वाभिमानी छोराहरुले विरोनो भुमी बाट पनि विभिन्न समस्याहरुको वावजुद यो बिचार लाई सबै सामु राखेर सबै लाई राम्रो कुरा को सन्देश दिनु सक्नु भनेको कुनै चानचुने कुरा होईन !सेटेलाइट जि को यो राम्रो सोच र कार्य को लागि मेरो हृदयदेखिनै प्रशंसा गर्दछु । युवा दार्शनिक डा. योगी विकासानन्द भन्नु हुन्छ “संसारमा कही पनि समस्या हुदैन, हुन्छ भने त्यो दृष्टीकोणको फरक हो” हुनत यो कथन युवा दार्शनिक ज्यूले व्याख्या गर्दा साँच्चै हो झैं लाग्छ तर सामान्य जन जीवनमा एउटा सानो समस्या पनि पहाड वन्छ हाम्रो लागि !तर पनि मन र बिचार पर्गतीसिल अनी दया र धर्म हुने हुरु को लागि
यो कार्य कुनै नौलो कुरा होईन तर आफ्नो देश मात्र वस्ने नभएर अन्य मुलुकमा वस्ने प्रवासी नेपाली साथीहरुले गरे देखि ज्यादै रामो हुने थियो जे होस् सेटलाइट जि को कुरा मा सबै ले कन्सिडर गर्नु पर्छ नत्र हामीले पनि पछुताउने पालो नजिकै आउँदै छ
मन परे हरियो, नपरे रातो
1
0
j jasle bhanchha kehi farak pardaina tara naya nepal bannu lai pahila neta lai sudharnu parchha ani netalai nepali janata ko haisiyet dekhauna parchha pahila yauta khukuri bokera hinne maubadi ahile banduk bokera hinchha shara gundalai bokayera hinchha k ahi ho naya nepal yo bhanda ta pahila nai ramro thiyo baudali bebasta kina ki tyo bela kasaile kasailai ta mardaina thyo yo bhanda ta tehi bela ramro thiyo kamsi kam ekle arkalai ta madat garthyo ejat garthyo aaja ta mangi badeko chha ekle arkalai chinna parne thauma nachine jhai gari hinna pareko chha ahiho anaya nepal wa wa kya gajab chha naya nepal yo banduk dhari maubadi hunjel ra kangres hunjel naya nepal banna sacdaina vanne soche hunchha kunai party thick chaina aba naya samsodhan garnu parchha tyo pani manche chinera jo jas sanga sabandha chha ani matra naya nepal banchha.kunai jay nepla haina kunai lal salam haina aba sara nepali ek nepal huna parchha hamro nara aho huna parchha shathi ani matra nepal banna sack chha.sara nepal. ek hau
मन परे हरियो, नपरे रातो
1
0
wow
मन परे हरियो, नपरे रातो
1
0
tapai le lekheko kuraa 100% nai ramro chha ra yedi tapai ko jastai sabai ko man ra bhawanaa huru bhaye saayed dhilai bhaye pani ramro kuraa ko suruwaat hune thyo
mero pani aaba gayera samaj sewaa garne bichhar liyeko chhu
मन परे हरियो, नपरे रातो
0
0
उपग्रह जी!
केही दिन अघिको तपाईंको लेख नकारात्मक लागेको थियो तर आज त एकदमै सकारात्मक लेख लिएर आउनु भएछ। यहाँलाई हार्दिक धन्यवाद।
यस्तै लेखहरुले हामीमा हाम्रो राष्टियता जगाउँछ। लेख्दै जानुहोस्….
हो, हामी सबैले आ-आफ्नो तर्फबाट हुन सक्ने सहयोग भनौं या अझ कर्तव्य नै निर्वाह गर्ने हो त्यो दिन टाढा छैन। केवल मात्र टाढा छ हाम्रो अठोट।
विदेशमा बसेर बोल्न त हामीलाई सजिलो हुन्छ तर खैं व्यवहारमा यस्ता हाम्रा संकल्पहरु पूरा होलान त्? मनले चाहेर पनि नसकिने बाध्यताहरु धेरै हुँदा रहेछन्।
मन परे हरियो, नपरे रातो
0
0
हो स्याटेलाइट जी, ठुलो ठुलो कुरा गर्नुभन्दा सानै भए पनि काम गरेर देखाउने बेला हो यो । गफ, भाषाण धेरै सुनियो, गरियो । अब बोल्नेभन्दा व्यवहारमा सिन्को मात्रै भाँचेर भए पनि देखाउँ ।
मन परे हरियो, नपरे रातो
0
0
साथिहरु !!
सेटलाईट जी (लेखक) लाइ धन्यबाद!साथ साथ माइसंसार को टीम लाइ पनी धन्यबाद!तपाईहरु को प्रगतिशील बिचार र प्रयाश को आदर गर्दछु!र नया नया समाचार,नया नया ठाउमा गएर सिर्फ़ राजनितिक बिषय मात्र नभएर मानव जीबन को भलाईको लागी उपुक्त हरेक बिषय बस्तु लाइ हामी प्रत्यच्छ्य ल्याई पुर्याउनु भएको माँ र हुनेगरेको माँ आभार प्रकट गर्दछु!ठीकै छ हाम्रो खूबी अनुसार हरेक क्षेत्र बाट आफ्नो देशको लागी सानो ठुलो सेवा गर्दै गरौला र गर्नुनी पर्छ!तर मेरो एउटा भनाई के भने नि नेपालको जून सिक्छा को सिस्टम लाइ अली फरक तरिका बाट अगाडी बढाउनु पर्छ जस्तो मलाई लाग्छ!किनभने सिर्फ़ घोकंते सिक्छा प्राप्त ले नै आज नेपालमा सिक्छित र अशिक्छित दुबैको ब्यबहार एकै किसिमको हूँन गैरहेको छ!पढ़ाई को साथ साथ ब्याबहारिक सिक्छा पनी दिने गर्नु पर्यो अर्थात सिक्छित ब्यक्ति संग ब्याबहारिक सिक्छा हुनुपर्यो!सिक्छित ब्यक्ति सभ्य हुनुपर्यो,जिम्मेवार हुनुपर्यो,चरित्रवान हुनुपर्यो,समाजमा एउटा उदाहरण को रुपमा हुनु पर्यो,तर हाम्रो देशको सिक्छित बर्ग माँ यो हुनसकेको छैन!पढ़ाई माँ घोकंते दिएर प्रमाण पत्र हात पार्यो अनी लाटा सोझा माथी म यती पढेको हु भनेर घमंड देखायो! न त बोल्ने अर्कालाई आदर गर्ने तरिकानै छ,न त नम्रता बश अरुले तपाई भनोस नभनोस आफै मपाई!त्यस्कारण सिक्छा त्यस्तो हुनुपर्यो जसले सिक्छित तुल्याओस,सभ्य बनाओस!त्यसैले यो नेपालको सिक्छा सिस्टम लाइ परिबर्तन गर्नु जरुरी छ र जस्तोकी” सिगरेट पिउनु हुदैन यसले स्वास्थ्य लाइ हानी गर्छ”यदि मानेन भने डंडा दिने की ?”सिगरेट पिउनाले यस्तो किसिमको भयानक हानि गर्छ भनेर पीड़ित ब्यक्ति संग समेत लगेर रोग ग्रस्त दृस्य समेत देखाइदिने?धन्यबाद,
ज्योति क्षेत्री;बेल्जियम
मन परे हरियो, नपरे रातो
0
0
what a wonderful thinking,,, if we dont do it now we will never no do so dear friends what are we waiting for??? all the best to all who wish to do something for our country.
मन परे हरियो, नपरे रातो
0
0
प्रतिक्रिया र बिचार त सबै साथीहरुको ठीकै हो तर के गर्ने शिक्षित र सभ्रान्तहरु युरोपियन मुलुकहरुमा हराउने म जस्तो अर्धशिक्षित,शिक्षितहरु तर निर्धनहरु गल्फ र मलेसिया हराउने गर्दा पनि देशमा बिकाश हुन नसकेको हो आजै बाट आ-आफ्नो घर फर्कने प्रण गरौं र समाज सेवा गरौं कसो नबन्ला र नयाँ नेपाल ??
मन परे हरियो, नपरे रातो
0
0
प्रतिक्रिया र बिचार त सबै साथीहरुको ठीकै हो तर के गर्ने शिक्षित र सभ्रान्तहरु युरोपियन मुलुकहरुमा हराउने म जस्तो अर्धशिक्षित,शिक्षितहरु तर निर्धनहरु गल्फ र मलेसिया हराउने गर्दा पनि देशमा बिकाश हुन नसकेको हो आजै बाट आ-आफ्नो घर फर्कने प्रण गरौं र समाज सेवा गरौं कसो नाबंला र नयाँ नेपाल ??
मन परे हरियो, नपरे रातो
0
0
अत्यन्तै राम्रो बिचार । हरेक सचेत नागरिक ले सजग भएर सानो होस् या ठुलो जुनसुकै रुपमा भए पनि यसरी कर्तब्य निभाइ दिने हो भने अशिक्षा को मुस्लो ले ढाकिएको अन्धकार लाई हटाउन धेरै समय लाग्दइन । हिर्दय देखी नै धन्यवाद अत्यन्तै सरल रुपमा गम्भिर सुझाब दिनु भएको मा ।
मन परे हरियो, नपरे रातो
0
0
suresh ji dhanybad ma tapain sang sahamta chhu my sansarko through bat sahayok garn
nani
मन परे हरियो, नपरे रातो
0
0
शेटलाइट को भनाइ साह्रै देश प्रेमिको छ।यस बिषयलाई ब्यक्तिले हैन गाऊ घर,छरछिमेकी,टोल,वडा,गाबिस,जिल्ला
अन्चल सबै क्षत्र मिलेर गर्यो बने असम्भब छैन। चौध अन्चल ७५ जिल्लामा रुपान्त्र गर्नु पर्छ।१० बर्षमा नेपाल बिस्व
को नम्बर १ मा गनिन्छ।मेरो गाऊ बाट म तयारीमाछु, तपाइ यदि देश बनाऊन तयारीमा हुनुहुन्छ भने यस ठेगनामा
सम्पर्क गर्नुहोला।।।
मन परे हरियो, नपरे रातो
0
0
धेरै राम्रो लेख | बिधालयलाई राजनीतिकरण बाट टाढा राखे केही हुन्छ कि भन्ने आश गरौं
मन परे हरियो, नपरे रातो
0
0
Naya Nepal banaune parne ta ho tara ke garera kasari banne ho Naya Nepal? Dher Dher ghus khaera desh bandaina, Bichara ti Bheda chyangra lyaune ketaharu sanga ta tyasari ghus khanele aru byapari bata kasari ghus khai rakheka chhan/ yo kura Maobadile pani bujhnu parchha Ani Khaobadi chor dakaharule pani GOOOOOma nak jotna chhodnu parchha. Aru kehi garnu pardaina Naya Nepal banaunalai Ghusyahaa chorharulai phansi dine kanun banaune ho bhane Desh afai banchha. Bhashan dher garnai pardaina.
मन परे हरियो, नपरे रातो
0
0
EACH ONE TEACH ONE!EACH ONE TEACH ONE!EACH ONE TEACH ONE! EACH ONE TEACH ONE!EACH ONE TEACH ONE!EACH ONE TEACH ONE! EACH ONE TEACH ONE!EACH ONE TEACH ONE!EACH ONE TEACH ONE!
मन परे हरियो, नपरे रातो
0
0
“Ask Not What Your Country Can Do For But what Can I Do For My Country” – John F. Kennedy – January 20th 1961
मन परे हरियो, नपरे रातो
0
0
MR Mical your artical is great yar ! kipe it top!
happy vijayadesami for u all my sansar teem
thnx for great artical satelite je !
(dusmani ko nam ma mitrata gasna chahane sathi )
मन परे हरियो, नपरे रातो
0
0
बिचार धेरै उत्तम छ बास्तबमै जब मान्छे शिक्षित हुदैना तबसम्मा सभ्य समाज को परिकल्पना गर्नु भनेको मुर्खता सिबाय अरु केही होइन . अहिले पनि नेपाल मा २ किसिमको सिक्षा छ धनि हरु ले पढने एउटा र गरीब ले पढने अर्को जस्तो धनि हरु ले प्राइवेट बोर्डिंग स्कूल अनी गरीब हरु ले पढने गवर्मेंट यी दुई सिक्षा बिच भिन्नता छ . अब सरकारी स्कूल हरु ले पनि प्राइवेट स्कूल ले जति गुरस्तरिय सिक्षा दिन पछि पर्नु हुदैन ता की भोली गवर्मेंट स्कूल मा पढेको बिद्यार्थी ले प्राइवेट स्कूल मा पढेको बिद्यार्थी संग पर्तिस्पर्धा गर्न सकोस . यसका लागी हामी हरु ले किन सरकारी स्कूल मा तलब पचाउने काम मात्र भैराखेको छ त्यसबारे बुझेर ख़बर दारी गर्नु हाम्रो कर्तब्य हो . अहिले को पर्तिस्पर्धा को जमाना मा गरीब भयकै कारण पछि पर्न नपरोस यसतिर पनि सबैको धयान जन जरुरी छ .
मन परे हरियो, नपरे रातो
0
0
साकारा त्मक लेख को लागि धन्यवाद । साचै हजुर ले भने जस्तो सबै ले आफ्नो देश को लागि केही गर्ने हो भने मात्र नयाँ नेपाल बनाउन सकिन्छ होइन भने त नयाँ देश को कल्पना गरेर मात्र केही हुने छैन । बरु हामी बिदेश म बस्ने नेपाली हरु ले आफ्नो देश को लागि केही गर्नु पर्ने बेला छ । यदी उमेश जी ले मान्नु हुन्छ भने र हामी ले केही गर्न सक्ने हो भने माइ संसारको पाठक हरु मिलेर एौत समुह बनाउ र केही पैसा जम्मा गरेर राम्रो काम को सुरुवात गर्दा कसो होला ?
मन परे हरियो, नपरे रातो
0
0
MR Mical your artical is great yar ! kipe it top!
mama ko choro
kancho
Kala nag
मन परे हरियो, नपरे रातो
0
0
thanks for ur artical.
मन परे हरियो, नपरे रातो
0
0
bhadai chhai tpaile lai yasto ramro chhochako lagi ………
la ta abaichai garu kehi desh kpop lagi pani …….
yasma ma tpaiko sathachhu !
मन परे हरियो, नपरे रातो
0
0
In the same manner,if all the members of constiuent assembly and each minister will turn back and see their own birth place for development n education than wat will b the output?…….In a few years nepal will have diff looks…Really the article is very emotional and enthusiastic…Hope we all foreigners get inspired and motivated from our dear icon jagdish ghimire….and follow the path shown by him and contribute something to our society…….
Grish…
Cph
मन परे हरियो, नपरे रातो
0
0
तपाईंको लेख मलाई मन पेरेयो । वास्तबमा नेपाल खोक्रो भाईसकेको छ यहाँ न कुनै इस्पस्त निती छ निती भय पनि कार्यनयनको अभाब छ । अनी यस्बेला हामी नेपालीले सोच्नेबेला आइसकेको छ देशले के दियो र भन्दा हामीले के दिन सक्छौ भने बेला आएको छ। हाम्रो थोरै सहयोगले कसैको भबिसे बन्छ भने किन नसहयोग गर्ने अ अफ्नो ठाउँबाट भन्ने एक पल्ट सोच बनाउ
मन परे हरियो, नपरे रातो
0
0
Dherai nai ramro bichara satelite ji ko sabai nepali ko bhavana yatai bhai diyeko bhaye hamroo nepal swzerland bana katii ni time lagdai na. aasha garau hami sampurna nepali ko man ma yastoo bhavan aauos.
“”"DASHAIN KO AAGAMAN SANGAI SAMPURNA NEPALI DAJU,BHAI,DIDIBAHINI LAI MEROO TARPHA BAAT SHUBHAKAMNA”"”"
Ritesh
DOHA,QATAR
cosmos_rk2005@yahoo.com
00974-6775882
मन परे हरियो, नपरे रातो
0
0
I like it. The new nepal can be formed by the people like you and thoughts like yours.
Great idea, everybody should work as said by him in this article.
मन परे हरियो, नपरे रातो
0
0
Satelite जी तपाईंको यो साकारात्मक सोचको लागि धन्यवाद। आज नेपाली युवाहरु बिदेश पलायन भइरहेको अवस्थामा यस्ता सोचहरु आउनु धेरै राम्रो कुरा हो। आज हामी जती बिदेशमा छौँ सबैले आ-आफ्नो ठाउँ बाट सहयोग गर्ने हो भने पक्कै पनि देश बिकासको लागि टेवा पुग्ने छ। अनी शिक्षा जस्तो कुराको लागि हामी सबै तयार भयौ भने हाम्रो देशका हरेक कुनामा शिक्षाको ज्योति पुग्न सक्छ। साथीहरु मेरो एउटा प्रस्ताब छ। के हामी माइ संसार मार्फत एउटा समाज सेवा गर्ने संस्था खोलेर नेपालमा भएका साथीहरुसँग मिलेर यो काम लाई अगाडि बढाउन सक्दैनौ?? हामी बिदेशमा बस्नेले अर्थिक सहयोग गरौ त्यहाँ बस्नेले स्वयंसेवकको काम गरौँ। शायद यो हाम्रो सानो प्रयासले धेरै सहयोग गर्न सक्छ कि?
मन परे हरियो, नपरे रातो
0
0
Let’s start today for all possible betterment.
मन परे हरियो, नपरे रातो
0
0
The concept of volunteer is really a good and approprite in the current scenario of Nepal. I really appreciate your idea…lets make a motto and start contributing our country by our self…if only we could change our self..and just make a little effort, we can change our country and we dont have to depend on the government…
Great article, Lets do it.
मन परे हरियो, नपरे रातो
0
0
SATELITE जि, तपाईंको बिचार एक्दमै राम्रो छ शायद तपाईंको जस्तो बिचार अरुको भइदियको भय हाम्रो देस साचिकै कल्पनाको सोर्ग हुनेथियोहोला । जगदिश घिमिरे को योगदान महान छ । उहा बाट प्रेरणा लियर अगाडि बड्ने हो भने तपाईंले भने जस्तो नया नेपालको निर्माण कठिन छैन पहिले हरेक जनता सिछित हुनुपर्यो जनता मा केहीगर्नुपर्छ भन्ने भावनाको बिकास हुनुपर्यो अनुशासित जनता भय मात्र देसले केहीगर्न सक्छ जुलुस नाराबाजी बन्द हट्ताल मा रमाउने बानी जनतामा बिकास र शिक्षाको एउटा क्यान्सर भयको छ स्कुल लाई राजनीति बाट जब सम्म टाढा राखिदैन तब सम्म तपाईं हामीले सोचे अनुसारको नयाँनेपाल एकादेसको कथा जस्तो मात्र हो / हाम्रा स्कुल कलेज यक त पुरानाबिचरा भयको पुरानै शिक्षा बाट ग्रसित छ अर्को त स्कुल कलेज खाली आन्दोलनकारी जनमाउने फ्याक्त्ट्री भयको छ ,देसको सबै भन्दा ठुलो सम्स्या नै यहि हो नकी गरीबी,बेरोज्गारी,भोक्मारी ।अबिभाबक बच्चालाई सिछित हुन स्कुल हाल्छन तर बच्चा स्कुल बाट निस्किदा ड्रग्लिस ,िस्मग्लर कित पङुनेता बनेर निस्किन्छ अनी ति बच्चालाई उस्कै अभिभाबक ले पनि सुधार्न सकिराकोहुदैन तेसैले समस्याको जड् त स्कुल र कोलेज नै हो .तेसैले यस्ता सुधारका कार्यक्रम याही बाट सुरुगरे कसोहोला ?
मन परे हरियो, नपरे रातो
0
0
very good article…
i really appreciate your effort for this nice article. i hope to more article from mr satellite.
मन परे हरियो, नपरे रातो
0
0
i appreciate this thought.let’s do something for our country
मन परे हरियो, नपरे रातो
0
0
मलार्इ स्याटलाइटजीको लेख राम्रो लाग्यो । कम्प्यूटरमा निकै दखल भएको कारणले हामी र हाम्रो ठाउँलाइ कसरी अगाडी वढाउन सकिन्छ ? भन्ने वारेमा म सधै सोची रहन्छु । त्यसैले हामीले चै हाम्रै ठाउँ झापाको शनिश्चरेमा सार्वजानिक कम्प्यूटर केन्द्र खोली स्थानीय वालवालिका, प्रैाढ, महिला र समाजका हरेक वर्गका मानिसहरूलाइ कम्प्युटरको ज्ञान दिने योजना गरेका छैां । यस कार्यक्रमको लागी त्यस क्षेत्रका साथीहरूबाट आर्थिक तथा वैचारिक सहयोग हुनेछ भन्ने आशा राखेको छु ।
मन परे हरियो, नपरे रातो
0
0
हो, सरकारको मुखमात्र ताकेर हुँदैन; हामी जनता स्वयं नै अघि बढ्नुपर्छ ।
मन परे हरियो, नपरे रातो
0
0
दशैमा टन्न रक्सी बेचेर अन्त शुल्क र भ्याट तिर्ने भनेर बसेका रक्सी कम्पनी को चाँही बिजोग हुने भयो यस् पालादेखि।
मन परे हरियो, नपरे रातो
0
0
Not bad!!!
Even If we collect $5.00 each month and help out through every district won’t hurt.
Well small is big. I have been doing that for 1 district…
Few of us collect it…forward it for tution fee… few get education…just with few hands…
मन परे हरियो, नपरे रातो
0
0
स्यत्लाईट जी
कती राम्रो सकारात्मक सोचाई |अब सबैले बिर्सेको पाटो नारी जागरण अभियान चलायेर ,नारिलाई पानी पुरुस सरह बिकाश को बाटोमा दौडाउनु आबस्यक छ |नारी नै बाल बालिका को पहिलो पाठशाला भएको हुनाले ,जब सम्म पुरूष हरु नारीको महत्त्वा लाइ ब्याबहारिक रूप माँ बुझ्दैनन र साचै साथ दिदैनन ,बिकाश ,स्तिरता अशम्ब्हब छ |
म आफैले पनी अमेरिका माँ आएर मात्र नारीको बिकाश को हर छेत्र माँ योगदान भएको आफ्नैआन्खाले देख्न पायें |
अब यही संदेश लिएर देश माँ गएर केही गर्ने बिचार गरेकी छू |
मन परे हरियो, नपरे रातो
0
0
साह्रै राम्रो लायो तपाईंको लेख। तपाईंलाई धन्यबात। तर तपाईंले भने जस्तै गरी पुस्तकालय खोलेर मातरएई हुँदैन। पुस्तकालय सन्चालन गर्न को लागी पनि केही सोच हुनु पर्६। तपाईंले भनेजस्तै हामीले पनि २०५२ साल म एउटा पुस्तकालय खोलेकथियौ तर आज भोली आर्थिक आभबमा गुज्रिरहेको छ। रुमटुरिड ले पनि एस्तो पुस्तकालय लाई सहयोग गर्६ जस्को आम्दनी राम्रो छ। हाम्रो पुस्तकालयमा ५००० जती पुस्तक छन पाठक पनि छन तर निएमित रुपमा सन्चालन गर्ने कर्मचारी को आबाब छ। यदि आर्थिक आबाब नभएको भये वा कोही सस्था ले सहयोग गरे मा हामीले निएमित रुपमा सेवा दिन सक्नेथियौ। …………………………………………………
मन परे हरियो, नपरे रातो
0
0
appreciated..!! lets hope for good now by doing best.
मन परे हरियो, नपरे रातो
0
0
तपाईं को भनाइ ठिकै हो देश ता खोक्रो भइ सक्यो ३० बर्ष सम्म पञ्च ले खान सम्म खाए १७/१८ बर्ष कग्ग्रेस ले लुट्यो अब के नै बाँकी छ र तै पनि हेरौ केही गर्छन् कि ? वास्तव मा अब जनता आ फै नताती केही हुने वाल छैन ।
मन परे हरियो, नपरे रातो
0
0
तपाईंको बिचार गजब लाग्यो।
‘थोपा थोपा मिली सागर बन्छ।’
‘मानसिकता र व्यबहार परिवर्तन बिकासको पहिलो सर्त हो। ‘
धन्यवाद साथी
मन परे हरियो, नपरे रातो
0
0
good job. thanks , baru yo natak kina sachha nam batauda k hunchha . k ko satellite lekhera nikkai dissapear ko sangya dina kojeko .
मन परे हरियो, नपरे रातो
0
0
50 percent are already literate so if each one takes the responsibility of teaching just one person then 100 percent will be the literacy rate of Nepal, within a month, As you mention over here, Let’s start Each one Teach one
Each One Teach One
मन परे हरियो, नपरे रातो
0
0
Satelliteji,
It is very nice article. You did good job .
Yes we can do for our country. No matter what the
volume of work is. What really matters is what we do or think.
मन परे हरियो, नपरे रातो
0
0
100% right,i like this article.everybody can help to make new nepal.
मन परे हरियो, नपरे रातो
2
0
यसरी नारी प्रतिक मात्र भएर कुरा नगरैां न शिलु जी । आफ्नै कुरालाइ मात्र अगाडी बढाएर हुन्न । सवै कुरा समष्टिरूपमा पो उठ्नु पर्यो । सवैले आआफ्नै मात्र कुरा अगाडी ल्याउने हो भने र खै त सामुहिक एकता ?
मन परे हरियो, नपरे रातो
0
0
आ-आफ्नो विचार हो नोहाजी, तर यसो भन्दैमा कोही पनि व्यक्तिवादी बन्नुहुँदैन । विदेशको उदाहरण दिएर त्यहाँको नीतिजस्तै नेपालमा पनि त्यस्तै खालको नीति लाद्नुपर्छ भन्ने केही छैन ।
महिला आरक्षण तथा जागरण आदि विभिन्न नारा दिएर सीमित महिलाहरूको स्वार्थपूर्ति गर्ने खेल भइरहेको छ नेपालमा । यसरी आरक्षणजस्ता बेतूक तर्क अघि सारेर हुनेखाने महिलाहरूलाई नवधनाढ्यमा परिणत गर्नुको साटो गाउँ-शहरमा साक्षरता अभियान तथा अन्य विभिन्न खाले समाजउपयोगी कार्यक्रमहरू ल्याउन सकिन्छ ।
हामीलाई आरक्षण हैन, जागरणको खाँचो भने अवश्य छ । तर यहाँ जागरण भन्नु नै आरक्षण हो भन्ने गलत सोचाइको विकास भएको छ । यस्तो प्रवृत्तिले केही सीमित व्यक्तहरूलाई तत्काल केही फाइदा होला, तर दीर्घकालीन परिणाम राम्रो हुनेछैन ।
मन परे हरियो, नपरे रातो
0
0
दुना टपरीजी, आज भने राम्रो चित्त बुझ्यो है तपाईंको कुरो ।
मन परे हरियो, नपरे रातो
0
0
eka dai nai ramro kura garnu vo tapai le.
dhera dherai dhanne bata cha tapai lai.
ho asari nai tapai hami jasta educated sathi vai natate
samma neya Nepal ko sam bhaba chaina.
tapaile bhene jastai hernus
hami BIdesh ma basne le rastra ko lagi k garne parda garau. hernus ahile nepal ko bikas ko lagi pani fund ko
abhab cha tes lai tapai hami jasta bidesh ma basne yuwa le apo kamai no mahina ma 1 hour ko income nepal ko national fund ko lagi contribute garau.
aso garda pani hamro sano contribute le Rastra ko lagi
Thulo capital collection hucha………
I hope we all nepali who is living abrod speacial europe
america japan will contribute for Nation to make new Nepal
love Nepal
मन परे हरियो, नपरे रातो
0
0
mr.xenos,
नामको पछी नलाग्नुस् मित्र। ब्यक्तिको सोच र उसको बिचार बुझ्ने प्र्यस गर्नुस् यदी मन पर्छ भने,मलाई त sateliteजी को बिचार सार्है राम्रो लाग्यो। नयाँ नेपाल निर्माण मुखले होइन ब्य्बहार्ले गर्ने हो। त्यसैले हामी सबैले आ-आफ्नो ठाउँ बाट आजै किन शुरु नगरने? xonosजी आगे तपाईंको मर्जी ….!
ठुले
मन परे हरियो, नपरे रातो
0
0
mr.dev
नामको पछी नलाग्नुस् मित्र। ब्यक्तिको सोच र उसको बिचार बुझ्ने प्र्यस गर्नुस् यदी मन पर्छ भने,मलाई त sateliteजी को बिचार सार्है राम्रो लाग्यो। नयाँ नेपाल निर्माण मुखले होइन ब्य्बहार्ले गर्ने हो। त्यसैले हामी सबैले आ-आफ्नो ठाउँ बाट आजै किन शुरु नगरने? mr.dev आगे तपाईंको मर्जी ….!
ठुले
मन परे हरियो, नपरे रातो
0
0
थाह छ पुष्प जी, मलाई त दुना टपरी को कुराले प्राय जसो चित्त बुझाउछ । म अरु लेखमा पनि वहाँ को कमेन्ट खोज्ने गर्छु तर यती राम्रो कमेन्ट लेख्ने मान्छे ले कहिले कही भने “सुनिता नानी केरा को निकै सोखिन रहिछन ” भन्ने जस्तो कमेन्ट लेखेको चै मन पर्दैन ।
मन परे हरियो, नपरे रातो
0
0
लौ अनर्थ भयछ मित्र हो, devजी को कमेन्टलाई मुख फर्काएको गल्तिले xenos जिको नाम लेखिन पुगेछ। पुन: क्षमा चाहन्छु।
ठुले
मन परे हरियो, नपरे रातो
0
0
I like this “Each One Teach One”
मन परे हरियो, नपरे रातो
0
0
GOOD ASTHA JEE
मन परे हरियो, नपरे रातो
0
0
ha ha ha…
मन परे हरियो, नपरे रातो
0
0
ho ta ni haaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa
मन परे हरियो, नपरे रातो
0
0
मने क्या राम्रो बिचार , मने राम भाई तपाईंलाई मातृभूमीमा स्वागत छ ।
मन परे हरियो, नपरे रातो
1
0
Sarthak jee ko kura ma 100% sahamat chu…..
मन परे हरियो, नपरे रातो
1
0
हेर नेपाली हरु को जोश !!
देश बनाउन ,सबै लाई शिक्षा दिन कस्सियेका तर माइसंसार मा मात्र !!
जूनदेश मा बिदेशिनु नै संस्कृति को परिचायक भई सक्यो त्यन्हा के नै आशा गर्न सकिन्छ
फेरी पनी satelite धन्यबाद का पात्र हुनुहुन्छ !!
जून दिन नेपाली युबा ले —-
कांग्रेस को दाम्लो
एमालेको दाम्लो
माओबादी को दाम्लो
बाट आफूलाई मुक्त गर्छ अनि बल्ल
झुल्किन्छ नया बिहानी नया खोज ,नया सोच
मन परे हरियो, नपरे रातो
1
0
i am very agree on your point and i also would like to do hand on hand… please we all are nepalese and we are in nepal so we must have unity…..we can develop…very fast….
surendra
star_surendra@hotmail.com
मन परे हरियो, नपरे रातो
1
0
i liked your article though
i have bit different opinion hope you wont disagree.
i feel that our nepali society is not sociable, communicable any more which i think is biggest problem.
older people never ask for suggestion with younger though we have more knowledge as they have more experience. i wudnt say no to volunteer if any one in need asked me whenever its possible, but i too have problem as i dont want to help until i am asked for even knowing that someone is in need and my little help can be huge favour for him. i guess many youth feel this way.
so what cud be the way to close these kind of communication gap?
someone ight have idea pls share
मन परे हरियो, नपरे रातो
1
0
absolutely right
मन परे हरियो, नपरे रातो
1
0
I would also like to add to my experience which is similar to yours.
Have you heard about Sirubari of Syangja? I was wonderfully surprised during my visit to Sirubari some years back.
Each house boasting kitchen, bathroom, bedroom for two guests, and toilet. A tap at one corner of house yard (aangan). Stone covered trails throughout the village. And not to forget the warm hospitality!
If this can be a reality there why not in other villages of Nepal?
Kumar
मन परे हरियो, नपरे रातो
1
0
स्याटलाइटजीको बिचार मन पर्यो |
नविनजी,
तपाईंले आफ्नो अनुभव राख्नु भयो | बाधा ब्यवधानका कारण पुस्तकालय बन्ध हुन दिनुभएन | काम प्रसंसानीय छ |
आर्थिक अभाव रहेको बताउनु भएको छ | यो त शायद सबै परोपकरी संस्थाको साझा अवस्था हो | पुस्तकालय सन्चालनको लागि पक्कै पनि brainstorming गर्नु भएको होला | थप बिचार को लागि “room to read” का संस्थापककै पुस्तक माइक्रोसफ्ट देखी बाहुन्डाँडासम्म घोत्लिएर पढ्नुहोस्, कसरी सहयोग जुटाउन सकिन्छ उपायहरु भेट्नु हुनेछ – मलाई यस्तो लाग्छ |
चन्दा र सहयोगमा चलेको हो भने किन स्थानीय युवा वर्गलाई सामेल नगर्ने ? किन स्कुले भाईबहिनीहरुलाई सामेल नगर्ने ? किन बुढापाकालाई सामेल नगर्ने ? सबैको फुर्सद्को समय मिलाउनु पर्छ तर गार्हो काम होइन |
समय समयमा पुस्तक थप्ने काम सहयोगी मन भएका मित्रहरू खोज्नुहोस् |वर्षमा एक पटक मात्र भए पनि किनेर पढिसकेका पुस्तकहरू दिनमा थोरै ब्यक्तिले मात्र अरुची देखाउलान् | नयाँ पुस्तकहरू दिए झनै राम्रो |
यती प्रतिकृया नेपालीमा लेख्न धेरै समय लाग्यो | बिचारबाट ब्यवहारमा उत्रिनु भएको छ keep up the good work.
मन परे हरियो, नपरे रातो
1
0