मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    'सोच' पछिको 'खोज'


    ‘खोज’ को विमोचन गर्दै डा. सुधिर रावल। लेखक कर्ण शाक्यलाई लागेको क्यान्सरको उपचार यिनै डाक्टरले दिल्लीको अस्पतालमा गरेका रहेछन्।

    आफ्नो पहिलो पुस्तक ‘सोच’ मार्फत् सकारात्मक सोचको सञ्चार जनमानसमा गराएका कर्ण शाक्यको नयाँ पुस्तक ‘खोज’ को आज अपराह्न विमोचन गरिएको छ। ‘सोच’ ले नेपाली पाठकमाझ निकै ख्याति कमाएको थियो। तीन वर्षमा यसको १४ औँ संस्करण छापिसकेको छ। ‘सोच’ पछिको यो ‘खोज’ कस्तो हुने हो, हेर्न बाँकी नै छ। कर्ण शाक्यको अनुमतिमा माइसंसारका पाठकका लागि नयाँ पुस्तक ‘खोज’का केही अंश सार्वजनिक गर्देछु।

    आज विमोचन गरिएको अर्को पुस्तकः प्रतिभाको खोजी। विमोचन आनी छोइङले गरेकी थिइन्। साथमा देखिएका छन् डा. भगवान कोइराला। पुस्तकमा नेपाल खत्तम छ भनेर निराश हुनेहरुका लागि नेपालमा पनि प्रतिभाहरु छन् भन्दै १०१ प्रतिभाको छोटो परिचय दिइएको छ।


    विमोचन समारोहमा कुनै पनि राजनीतिक नेतालाई बोलाइएको थिएन। ड्यासमा रहेका आठ मध्ये चार अतिथि त डाक्टरै थिए। डा. भगवान कोइराला गंगालाल ह्रदय रोग उपचार केन्द्रमा भर्खर बिरामीको शल्यक्रिया सकाएर आएका थिए भने डा. रावल आफ्ना बिरामीको चिन्ताजनक स्थितिका कारण कार्यक्रममा सहभागी नै नभई दिल्ली फर्किन लागेका भए पनि स्थिति बिस्तारै सामान्य बनेको थाहा पाएर बल्ल सहभागी भएका थिए।


    कर्ण शाक्य आफ्नी धर्मपत्‍नीलाई साथमा राखेर कार्यक्रममा बोल्दै।


    पुस्तकमा लेखकको अटोग्राफ लिँदै नारायण वाग्ले, हरिवंश आचार्य र गुणराज लुँइटेल।


    हरिवंश आचार्यका साथ लेखक।


    सोचभन्दा मोटो (बढी पेज भएको) खोजको मोल २ सय ७५ रुपैयाँ रहेछ र यसको बिक्रीबाट उठेको रकम नेपाल अर्बुद रोग निवारण संघलाई जाने रहेछ।


    पार्क भ्यु होटल, बुढानिलकण्ठमा अपराह्न ४ बजे हुने भनिएको कार्यक्रम पानी परेको र ट्राफिक जाम भएको कारण अतिथिहरु नआइपुगेपछि झण्डै एक घण्टा ढिला सुरु भएको थियो। कार्यक्रममा कुनै नेतालाई बोलाइएको थिएन। तर पनि लामा भाषण चाहिँ रोकिएन। ड्यासमा बोल्ने केहीको बोली रमाइला थिए भने केहीको पट्यारलाग्दो। कार्यक्रम सकिँदा रातिको आठ बजिसकेको थियो।

    ***************************************

    तपाईँहरुलाई स्मरण भएकै हुनुपर्छ, ‘सोच’ पुस्तक पनि माइसंसारमार्फत् नै केही अघि विश्वभरका पाठकहरुका लागि निःशुल्क सार्वजनिक गरिएको थियो। ‘सोच’ पढ्न यहाँ क्लिक गर्नुस्।

    + मा क्लिक गरी तपाईँ अक्षरलाई ठूलो बनाउन सक्नुहुन्छ।

    No related posts.

    58 comments to 'सोच' पछिको 'खोज'

    • Краткость – сестра таланта, но только не в этом случае. Не писатель ты – иди в экономисты.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sujeet

      my sansaar lai
      muri muri dhanyabaad
      karna dai ko kitaab parichaya garayekoma
      koti koti dhanyabaad
      soch kitaab webma rakhipadhne mauka diyekoma

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sujeet

      Karna Dai ,
      Namskar ,
      Hamro keetab soch (lunaa ji ko udgaar ma pani samrthan gardachhu)padhda tapaiko sakaaratmak tarikale sochne dristikon thaha pauda aang nai siringa hune gari taranga failinchha ,bhanine garinthyo kunai pani pariwartan lyaauna ek le thuki suki saya le thuke nadi tara aaja yesto lageko chha malai ki ek ko prayasle pani kati hundo rahechha ta pariwarta .Nepal aama lai dhanyabad dina chahnchhu ki hamilai karna dai jasto dai dinu bhayo ki aafno aamaa ko pragatigo ko lagi dinma ratma bipanama sapanama ani kalpanama pani sada sochirahane .Dai lai muri muri dhanyabaad malai mero soch ma urja thapidinu bhayeko ma .Daiko lagi….

      karna karna
      timee nepalko karna
      tatpar sadaa
      uddhar nepalko garna !!

      ksyan prtiksyan
      chintit rahera
      sakaratmak sochlyai
      yo aama ko sworup pherna !!

      dinma ujyalo dekchau timee
      raat timilai chamkilo
      garmi ma timeelai sheetal
      jadoma nyano din gamkilo !!

      dadhelo salkina
      ek jhilko kaafi
      jeevan badlina
      timro ek sabda kaafi !!

      prerana timro amulya
      yi byakti byakti harulai
      nepal aama prati
      kartabya ani sadbhav badhaunali !!

      dhanya chhan timra
      tee soch harulai
      kaalbeesh ma pani
      amrit bhetnelai !!

      Sujeet shrestha
      thankot

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Karna Sakya

      Dear Lunajee, Kancho Karkalojee and Vanyajee,

      Thank you very much for your kind and warm response. I am very glad to inform you that the 1st publication of my book ‘Khoj’ was sold in seven days time. The second edition of ‘Khoj’ is coming in Tihar. The third edition is coming on 1st Magh. If you kindly permit me to include your poems and letter in my book ‘Khoj’, I will be very thankful to you. Thank you.
      Karna Sakya

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suphie

      कर्ण दाई ,हजुरको सकारात्मक् सोन्च पढे यता,
      यो मन किन किन नकारात्मक बनीरहेछ,
      माफ गर्नु होला, स लाई न ले प्रतिस्ठापन गर्नु हुँदैन
      तर थाहा छ? मलाई म बसेको ठाउँ मन परेन,
      मलाई म बाँचेको परिबेश् मन परेन,
      ई अग्ला महल हरु मा बस्दा,
      मलाई मेरो झुप्रो ले खेदिरहेछ,
      ई चिल्ला गाडी हरु मा गूड्दा ,
      मेरै धुलौटे बाटोले बोलाई रहेछ,
      तर के गरु ?मेरो सिप को तेन्हा खडेरी थिएन ,
      म आएर youta teacher मात्र प्रतिस्थापन् गर्न सकुला,
      त्यो भन्दा बढी के गर्न सक्छु र ?
      तर यो बिदेसी भुमी ले मलाई सताइ रह्यो
      मलाई मेरो देश ले पछ्याइ रह्यो ,
      हजुरको नयाँ पुस्तक ले मेरो दशै रमाइलो गराउने छ,
      धन्यवाद नयाँ बिचार पस्कनु भएकोमा,
      हजुरलाई दशै को शुभकामना

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kapur shsh

      any one can send me “soch” pdf file u can mail me kapur_shah@yahoo.com

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • deepsa,cph

      i just finished reading “soch”from that i knew karna shakya lost his wife n daughter because of cancer.But i am confused because umesh dai wrote that karna shakya was cured by dr rawal for cancer?is it true he hiself also suffered the same…….

      If so i am really upset …

      I wish all the best for karna shakya,,,i feel that i was gone through the jungle trip and world tour while reading “soch”with him..
      so i think he justified his writing skill..
      once again good luck and congratulation for khoj
      Happy dasi to all nepelese dasi khusile manunu hi

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हो रहेछ, कर्णजीको कलम धेरै आत्मीय र परिचित जस्तो लाग्यो। कुराहरु यस्तो गरी एक पछि अर्को आउछन् जस्तो कि नदीमा पानीको अटूट बहाव छ। धन्यवाद, पुस्तकको अंश पनि प्रकाशित गरीदिनु भएकोमा। यथासंभव पुस्तक मगाएर पढ्ने कोशिश गर्नेछु।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kapil

      Karna Dai,

      DARSHAN !

      SOCH pachi ko KHOJ MARKET ma aayacha,
      DHARAI KHUSI lagyo

      Hajur ko bastabik anubhag lai “SOCH” ra “KHOJ” marphat upalabda garai dinu bhayako ma DHARAI DHARAI Dhanyabad.

      Yastai aru BOOKS ko pani aasa garchu,

      “FOREVER” WELLWISHER
      Student, Malaysia

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prem

      Could u pls post whole book like “SOCH” So that we can read easily.
      Thanks

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • vanya

      शान्तिको इच्छालेमात्र शान्ति नछाउने रै छ
      परराश्त्रको धनले मात्र देश नबन्ने रै छ
      भाषण शासनले केबल यात्रा बढ्दो रै छ
      अनि के चाहिंदो रैछ सोच चाहिंदो रै छ

      बस्ती बस्तिमा सोच को बैंक निर्माण गर्नु पर्छ
      ब्यक्ति ब्याक्तिले सोचको खाता खोल्नु पर्छ
      सामूहिक सम्यक सोचईले एउटा मेरुदन्द बन्छ
      यो नै देशको कर्णधार हुन्छ सोच चाहिंदो रै छ

      उद्देश्य के लिनु सद्सोचाई एउटा राख्नु छ
      लक्ष्यपूर्ण सोचाई खोजको बिज हुन्छ
      सोच र खोजको घर्षण कार्यको श्रृष्टि हुन्छ
      सोच-खोजकोबृति पूर्ण हुन सोचको खोज चाहिंदो रै छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suresh

      simply the best

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Best of luck for KHOJ, i think its also a path finding tools for youts. Definitely great job Sir!

      Roshan
      from TNW Nepal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kacho karkalo

      बजारमा पुस्तक धेरै किसिमका आउछन जान्छन तर पठनिय र मननिय कमै हुन्छन । त्यही कमै मध्येको एक “खोज” हाम्रा आदरणिय लेखकले हाम्रा सामु प्रस्तुत गर्नु भएकोमा हार्दिकताका साथ महान चाड दसैं तथा “खोज” र खोजका लेखकलाई एकमुस्ठ शुभकामना ।

      प्रतक्षरुपमा उहां हामी माईसंसारका पाठक सामु प्रकट भएर बोल्नु भएको छैन तर उहांका उच्चकोटिका मनका भाबनाहरु निर्जिव पुस्तकका पानाका माध्यम द्वारा हाम्रा सामु बढो कर्णप्रिय ढंगले बोलिरहनु भएको छ । कोशौ टाढा रहनु भएको लेखक र संसारमा छरिएर रहेका पाठकहरु लाई सोच पछीको “खोज” ले एकै डोरिमा बांध्ने लेकखको अभिलाषालाई “खोज” ले हौसला प्रदान गर्नेमा द्विबिधा छैन । सरल भाषा शैली र घट्नाहरुलाई जस्ताको तस्तै टपक्कै टिपेर पुस्तकको पानामा कोर्न सफल लेखकलाई म चाँही कमसल वा औसत लेखक मान्ने पक्षमा छैन । समालोचक हरुको दृष्‍टिमा पुस्तक कस्तो छ त्यता पट्टी नजाउं । पुस्तकले बोकेको भाब र मर्मलाई बुझ्ने हो भने सोच जती बहुउपयोगी सिद्द भयो त्यो भन्दा अझ बढी उपयोगी “खोज” हुनसक्छ भन्ने कुराको छनक उमेश जी सार्वजनिक गरेको माथिको चौध पृष्‍ठ मध्येकै केही हरफहरुले पुष्टी गर्दछ ।
      चौधौ पृष्‍ठको अन्तिम हरफ- यो समस्याको खोज होइन,समाधान र उपायको खोजको निरन्तर प्रयास र प्रकृया हो ।” यो प्रकृयाले अधिकांश पाठकहरु लाभान्बित हुने छन भन्ने मेरो बुझाई छ ।

      अन्त्यमा फेरी पनि शुभ-कामना खोज र खोजका उत्पादकलाई । ।

      धन्यवाद । ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sabir

      I’m very eager to read “KHOJ”.
      Thanks a lot for your new book.

      Sabir

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ritesh

      i wish to get this book by tonight bye hai mysansar ma ta gayee book store

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bara Sharma

      कर्ण दाईलाई मेरो पनि शुभ कामना । अनी उमेश जि लाई धेरै धेरै धन्यवाद यो जानकारी दिनु भएकोमा । यो निकै राम्रो होला जस्तो छ । मैले सोच दुई पटक पढेको थिए । राम्रो लाग्यो अब खोज पनि पढ्छु।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रबल , अष्ट्रेलिया

      नेपालमा हुँदा कर्ण शाक्यको ‘सोच’ किनी पढेको पाठक अहिले प्रबशमा हुँदा अर्को नयाँ पुस्तक ‘खोज’ कसरी पढने भन्दै सोही पुस्तक बिमोचन सम्बन्धी ब्लग यस् माइ संसारमा पढि रहदा नियमित पाठक लुनाजी को कबिता के पढेको थिए तल स्वम लेखक कर्ण शाक्यको कमेन्ट पढ्दा झन मलाई त surprise नै लाग्यो । लुनाजी लाई बधाई असल सोच्काधनी लेखक स्वम बाट उपहारको offer पाउनुभएकोमा ।

      वास्तबम् अहिले नेपाललाई असल सोच अनी त्यस्लाई व्यबहारमा रुपन्तरन गर्न सक्ने महान ब्यक्तीको ‘खोज’ छ।

      प्रबल , अष्ट्रेलिया

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Lara

      Dear Karna Dai,
      Wow! good to see your instant reply it’s like an “Interaction” replies to the reader.

      Inspired me a lot that: ” Actually, I am not good writer…..” what a simplicity!

      Dai, Friends have given so much courage and passionate for my sharing (writing) though, I have not published any single creation yet because I used to say always: “I won’t claim myself as a writer.”

      Today, I believe that “Khoj” is too a part of sharing to reader like me to encourage for route of life………………..

      Congratulations!!! who dream by day bring his views “khoj” to the world (Nepalese Society) with passion, and the heart along with beautiful mind !!!

      With all the best,
      Lara

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Lara

      ओहो ! गोले दाई मेरो पनि नेपाल भ्रमणदेखि फर्कंदा नेपाली पुस्तकको भारी हुने गर्छ र साथी हरुलाई पनि नेपालको कोशेली नेपाली पुस्तक आफुले पढ़ना चाहेको ल्याई दिनु है भन्ने अनुरोध हुन्छ साथिहरु सबैले प्राय: यहाँ खोज को मात्रै चर्चा गरे गोले दाई मलाई त खोज संगैको बिमोचित पुस्तक “प्रतिभाको खोजी” पनि पढ्नु पर्छ जस्तो लाग्यो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mr Limbu

      Karna Dai Namaskar

      I read your book soch and bought which was very inspiring thank you very much for that book and i pretty sure your new book khoj is even better

      thank you very much for everything you have done for our country and our society

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Karna Sakya

      Luna jee thanks you for your wonderful poems. It is so thoughtful and beautiful. Best wishes from people like you have actually inspired me to write new book ‘Khoj’. However, I felt little embarrassed to digest your kind poem about me. Actually, I am not a good write; I make lots of mistake in grammar and vernacular language. However I do try to express my genuine thoughts in my write-ups. I sincerely hope you and other friends of mysansar.com will like ‘Khoj’ too. Lunajee, I don’t know where you live, if you are in Kathmandu, may I have a privilege to present my books ‘Khoj’ and ‘Prativako Khoji’ ? Thank you once again. Karna Sakya

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sano

      A nice comment about “KHOJ” in Kantipur pfd (Sept 29) Pls read …
      http://www.kantipuronline.com/pdf/kanti6.pdf

      Sano

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gole Dai

      साह्रै खुशी लाग्यो । सोच माईसंसारले उपलब्ध गराएकै हुनाले पढेको थिएं , खोज भने किनेर नै पढ्ने विचार गरें । यसपाली दशैं मनाउन घर गएको यौटा भाईलाई फर्कँदा मेरो लागी ल्याउनु पर्ने किताबको भारीमा अर्को यौटा किताब थपिने भयो भनेर पो पीर लाग्यो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nepalichori

      Thanks karna Shakya ji! I am glad to know that the moeny collected from bookselling goes to the cancer victims. I really appreciate the idea about charity.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      तिमीबाट मैले
      तिम्रो सका रात्मक सोच
      सापटी लिनु अघी
      आफू लाई अहिले को रुपमा
      धेरै क म पाएकी थिए
      यो सत्य हो
      यथार्त हो
      तर यसो भन्दै मा
      तिमीले झै पूर्ण रुपले सका रात्मक सोच्न सकेकी पनि छैन
      त्यो मेरो ईच्छा अधिकार भित्र पनि रहेन
      नत्र त संसार धेरै अघी नै स्बर्ग बनी सक्ने थियो होला
      तर यस्को मतलब संसार नर्क पनि होइन
      यस्लाई स्बर्ग बनाउने हामी हो
      हाम्रो हातमा छ
      तिम्रो हातमा छ
      अझ तिम्रो भन्दा पनि धेरै हाम्रो हातमा छ
      किनकी तिमी थोरै छौ
      हामी धेरै छौ
      हो , त्यसैले मैले तिमीबाट
      तिमी झै हुन तिम्रो सका रात्मक सोच सापटी लिएकी थिए
      ” माइसन्सार ” ले उपलब्ध गराइ दिएको थियो
      बिना ब्याज मा
      म ऋणी छु माइसन्सार प्रती
      अनी त्यो भन्दा बढी तिमी प्रती
      मैले कम्ती मा पनि
      यस्लाई घा टा मा जान दिनु हुँदैन
      नाफा हुनु पर्छ ।
      तिम्रो मेहनत
      जहाँ तही फूलिरहेको छ
      आज भन्दा भोली
      भोली भन्दा पर्सी
      सन्ख्यात्मक रुपमा बढ्दै बढ्दै ।
      काठयाङ्रिने जाडो मा
      पारीलो घाम बाट सेकिदा
      जिउ मा शक्ती संचार भए जस्तो
      तिम्रो उज्ज्बल र न्यानो सोच ले
      लाखौं लाख ले उर्जा पाइरहेका छन
      त्यो उर्जाको सदुपयोग हुँदै छ
      तिमी धन्य छौ
      तिमी मूर्धन्य छौ ।
      तिम्रो ” सोच ” ले जस्ताइ
      तिम्रो “सोच ” मार्फत को ” खोज ” ले
      गती लि न सकोस
      देश लाई धेरै दिन सकोस ।
      नेपाल राष्ट्र का सुपुत्र कर्ण शाक्य प्रती यो दुई हरफ शब्द कोर्न पाउदा आफूलाई भाग्यमानी महशुस गरेकी छु । बहाको सु-स्बास्थ्यको कामना गर्दै ” खोज ” पुस्तक लेख्नु भएर नेपाली लाई उर्जा दिनु भएर नेपाल राष्ट्र लाई पुन : गुन लगाउनु भएको मा एक शुभ चिन्तक नेपालीको नाताले हिर्दय देखी नै धन्यवाद दिन चाहन्छु ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rajesh rai

      मान्छे को सोच ले स्वर्गलाई नर्क र नर्कलाई स्वर्ग बनाउन सक्छ। शायद यही सोच ले यो स्वर्गको खोज गर्न लागेको होला । कर्ण सर को त्यो किताब कहिले पढ्न पाइने हो बिदेशमा बस्ने हरुले ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • We need to have these kinds of books which encourage people to do something really worthy rather than talking nonsenselessly. generally, in our country, people start pulling legs and the people who want to do something independently gets demotivated. we can hope that these kinds of books keep on inspiring us.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kumar Bajracharya

      BEST WISHES TO KARNA SHAKYA FOR HIS YET ANOTHER EFFORT.

      INNTENDED TO READ THE CREATION

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • This is the great job by Karna Shakya. I read the foreword of “Khoj” and like it however the foreword written in the “Soch” was more powerful. May be this is due to the higher expectation of readers as he has mentioned in this book also.

      Anyway, we wish the bumper success for this book in meeting its objective.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Manoj

      I have been trying to know more about this book ever since reading about in on Kantipur. Good to know it is released. I want to know and salute all those 101 ordinary courageous people who are toiling to make the country better. Hope more will come to she light on many more unknown true heroes of Nepal.

      Thanks to Karnadai for his effort and approach. we need more book and research like this.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • subas

      Karna dai,

      You also need to circulate your book to your ‘fiercest critics’ before you publish. That is one way to make sure that the book is good, flawless, and will live long after you are “gone”! Goodluck.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • damodar poudyal

      I go through this preview. Sounds good!
      Thank you Karna dai for your regular attempt to feed us with experiences and guidelines.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बी.बी.

      हल्ला त सुनेको हो तर के “सोच” को अङ्रेजी सँस्करण पनि छ हो?
      कृपया कसैलाई केही जानकारी भए बताइ दिनुस् न, धन्यवाद!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kaka

      कर्ण जी को सोच धेरै माने माँ मलाई उत्कृष्ठ लाग्छ
      पहिलो भाषागत सरलता अत्यंत सरल शब्द हरु
      दोश्रो वहां को पुस्तक सोच माँ चुरोट माँ लगौने १ पैसा कर को बारेमा तत्कालीन प्रधानमंत्री को सहयोग
      राष्ट्रीय निकुंज बनाउने बिषय माँ रजा को सह्योग आदि
      र तेश्रो आफ्नी छोरी को छिमेकी मुलुक माँ पढ़न जांदा अर्का को राष्ट्र गान माँ गाउदीना बाट हामी नेपाली लाई
      राष्ट्रीयता प्रति सचेत गराउनु अत्यन्त मनमोहक छ
      आशा गरौं खोज पनी उत्कृष्ट कृति होला भनेर
      पुनश्च !!!
      कर्ण जी को ईमेल एड्रेस पनी mysansar ले उपलब्ध गराई दिएमा आभारी हुने थिएं

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • परदेशी कान्छा

      कर्ण दाईलाई मेरो शुभ कामना । अनी उमेश जि लाई धेरै धेरै धन्यवाद यो जानकारी दिनु भएकोमा । यो निकै राम्रो होला जस्तो छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dipak

      Thanks karna dai,
      malai tapai ko book ko preview paddha parbhabit paro, aaja samma socha padhayako chaina,
      “socha=khoj, khoj=socha.hamra neta ko demag ma pane aawos,
      Better result ko lage , bright nepal and nepali ko lage

      Dipak

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bindaas Baaje

      I gone thru Soch, I hope “Khoj” is in same level.
      Wish you all the best, and thanx for your inspiring books.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Surya

      Best of luck to Karna Daju.
      I hope it may also bring some changes in nepalese way of thinking.
      amrica

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सपनासंसार

      Thanks Umesh,
      I will definitely buy and read it .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dipak

      I have’t read “socha”, but by reading preview of “khoj”, book could be foundation for new nepal and people.!!!

      Thank Karna sakya, keep in touch
      Thanks for my sansar team.

      Dipak

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Urash

      कर्ण जी को “सोच” साह्रै राम्रो लाग्यो सो किताब ले मलाई प्रभाब पनि पर्‍यो । आजकाल म साथीहरु लाई सधैं ” Think Positive” भनेर सल्लाह दिन्छु पनि। उहा को “खोज” पनि पक्कै राम्रै होला । नयाँ नयाँ कुरा खोज्नु भयो होला। नेपालमा २/४ जना कर्ण जी जस्ताको खचो छ। ” खोज” लाई खोजेर पढ्नु पर्ला।
      तरकारी बसालेर लेख्न लागेको भुसुक्कै डडेछ बुढी ले “मaर्नी बै”

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dhaneshwar Mishra

      Karna Shakya is real gem of Nepal. We the youth should learn from him and always try to do some positive work for ourselves and our country. Positive effort from each and every countrymen/women like Karna Shakya can make Nepaland Nepali prosperous.

      Thanks again for giving such inspirational thought.

      Dhaneshwar Mishra

      South korea

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • thanks for the information and preview, I already read ‘सोच’
      from mysansar. This time i will buy ‘खोज’ and read.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dai

      very smooth writing, again!

      wow!

      Thanks for the preview.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nishant sharma

      Kunai sankai chaina karna sakya ko yes pustak bata badhi faida yuba pusta lay nai paune chan.

      Best wishes karna shakya

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kaka

      बाबु think positive जती खेर पनी राम्रो हुन्दैना
      के तिमी लाई hiv positive मन पर्छ ???????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mohan Rus

      कर्ण शाक्य जस्ता नेपाली साहित्य
      का हस्ती अनी लुना जि जस्ता
      उद्दार साहित्य का पलबी
      अनी माइ संसारको यो
      प्राङ्गनमा
      साच्चिकै साहित्यिक अनुभुती दिलायो
      फेरी कर्ण शाक्य जि को
      ;सोच’ पछीको :खोज’ जुन बर्तमान
      पछीको भबिस्य भन्दा अत्युक्ती नहोला ,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kaka

      लुना जी कविता राम्रो छ
      धन्यबाद !!!
      तर अल्ली छोटो भैदियेभा सुन माँ सुगंध नै हुनिथियो !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रबल , अष्ट्रेलिया

      नेपालमा हुँदा कर्ण शाक्यको ‘सोच’ किनी पढेको पाठक अहिले प्रबशमा हुँदा अर्को नयाँ पुस्तक ‘खोज’ कसरी पढने भन्दै सोही पुस्तक बिमोचन सम्बन्धी ब्लग यस् माइ संसारमा पढि रहदा नियमित पाठक लुनाजी को कबिता के पढेको थिए तल स्वम लेखक कर्ण शाक्यको कमेन्ट पढ्दा झन मलाई त surprise नै लाग्यो । लुनाजी लाई बधाई असल सोच्काधनी लेखक स्वम बाट उपहारको offer पाउनुभएकोमा ।

      वास्तबम् अहिले नेपाललाई असल सोच अनी त्यस्लाई व्यबहारमा रुपन्तरन गर्न सक्ने महान ब्यक्तीको ‘खोज’ छ।

      प्रबल , अष्ट्रेलिया

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Biran

      Good job

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Urash

      चोरको खुट्टा काट भन्दा फुत्त ताने जस्तो काका लाई …..Positive छ जस्तो छ नि कि कसो?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • गोले दाई

      कुरा मनासिव गर्नुभयो लाराजी , पक्कै पनि ‘प्रतिभाको खोजी’ पढ्नै पर्छ । धन्यवाद है ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      You are simply the best .
      It touch people heart .Thank you very very much . We wish
      good health for you , good sucess for “khoj” and “Prativa ko Khoji ” .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • GARPA

      I strongly suggest you to grab the ‘KHOJ’ and go through its 2nd and 3rd chapter to know if he himself was suffered from cancer. You can also find what he did (mentally) during the time. I suggest you to read the KHOJ to find out “GALI MA ARTI” & ‘PHOHOR MA MOHOR’.

      The book is a collection of practical philosophy. Please read the book not just as a monologue of Karna rather I heartly plead you all to go through the book to find the techniques how a living human being has to think and what s/he has to inquire, search for and look for.

      At the same time I request you all to read the another book (collection) “PRATIVA KO KHOJI” presented by Karna Shakya & Parashu Ram Timalsina. This is the collection of those unsong heroes whom we so called innovative Nepalese have to take our hats off.
      Gook Luck!
      JAY KARNABAD ! LONG LIVE KARNABAD !
      OR
      Shall I say KARNADHAR

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Benami

      खोज वास्तवमा मैले पुरै पढेको छैन , तर मलाई लाग्छ मैले यो किताब पुरै पढेपछी मेरो मन मस्तिस्कमा एस्ले एउटा एस्तो रचानत्मकता को बिकास गर्छ कि म यो संसार लाई अझ बढी राम्रो सँग चिन्न सक्ने छु । खोज किताब वास्तवमा धेरै कुराको सँगम हो । यो एक हिस्टोरी हो , यो एक हसौने किताब पनि हो, यो अचम्म लग्ने कुर हरुको सँगालो हो, यो युबा हरुको धुक्धुकी हो , यो किताब देश बिकासमा लागेका हरुको लागि बहुउपयोगी मार्गनिर्देश गर्ने दस्ताबेज हो , यो हामी जस्ता युबा जो आहिले भैराखेको ल एन अर्डर को स्थीती लाई मन परौदैन उस्को लागि पनि हातेमलो गर्ने पुस्तक हो , यो सरकारलाई अर्ती दिने किताब हो , यो बिक्रित बिसंगत बिरुद्धको एक झतारो हो , यो किताब मैले पुरै नपढिकनै एतिका कुरा हरु जान्न पाये , मैले पुरै किताब पढ्न पाये भने आझै धेरै कुरा निस्कन सक्छ । तेसैले यो पुस्तक एक छ क्लासमा पढ्ने स्टुडेन्ट देखी माथिका सबैले बुज्ने एक सरल र एक्दम मन छुने किताब को । कृपया एक पटक आबस्ये पढ्नु होला । साथै कर्ण दाई को अर्को किताब प्रतिवाको खोजीले दिन खोजेको सन्देश साह्रै राम्रो छ । बिकास प्रेमी हरुले त यो किताब पढ्न छुतौनै हुँदैन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बल्लभ तिमल्सिना

      ठीक भन्नु भो गोले दाई , प्रतिभाको खोजी वास्तवमा खोजी खोजी पढ्नै पर्ने किताब हो । नेपाल मा एस्ता लुकेका पौरखीहरु एती छन कि मैले यो पुस्तक तयार गर्ने क्रम मा थाहा पाये । एस्मा उल्लेख भएका सबै पात्र हरुलाई मेरो साधुबाद ! एक्दिन नेपाल विस्वको अती बिकसित मुलुक मधेय एक हुनेछ ईनै प्रतिभाहरु को कारणले । प्रतिभाको खोजी सबैले पढ्नै पर्ने पुस्तक हो ।
      बल्लभ तिमल्सिना
      सम्पादक , प्रतिभाको खोजी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      आदरर्णिय कर्ण शाक्य जि !
      सादर नमस्कार ।
      मलाई अत्यन्तै खुशी लागिराखेको छ हाम्रो “खोज” पुस्तक प्रथम सस्करण मा एक हप्ता भित्र मै अत्यधिक सफलता को साथ बिक्री भएको मा । ( यहाँ मैले “खोज” लाई ‘हाम्रो “खोज” पुस्तक ‘ भन्नुको तात्पर्य मेरो लागि कर्ण शाक्य जस्ता राष्ट्र का सपूत हरु द्बारा लिखित पुस्तक हरु राष्ट्रिय पुस्तक जत्तिकै सम्मानानीय छ किनकी यि पुस्तक ले राष्ट्र को हितमा भरपूर योगदान दिएको छ – दिने छ – दिरहने छ । मेरो सोचाइ मा हाम्रो देश को जुन सुकै राष्ट्रिय तत्ब लाई ‘हाम्रो’ भनेर सोच्नु पर्छ । यस् अर्थ मा मैले “सोच ” खोज ” प्रतिभाको खोजी ” जस्ता ब्यक्ती को हित हुँदै राष्ट्र हित सँग सम्बन्धित पुस्तक हरुलाई ‘हाम्रो’ पुस्तक भनेकी हुँ । )
      तिहार पर्ब को बखत मा छापिन गैरहेको दोस्रो सस्करण र मा घे सस्क्राती को बेलामा छापिन गैरहेको तेस्रो सस्करण ले पनि यसै गरी सफलअता पाओस , हिर्दय देखी नै कामना गर्दछु एक शुभ चिन्तक नेपालीको नाताले । यि पुस्तक को सफलअता सँग हामी नेपालीको ठुलो स्बार्थ जोडीएको छ , त्यो स्बार्थ हो हरेकनेपालीको आफ्नो देश प्रतिको माया – शुभ कामना हो । यि पुस्तक “सोच” , “खोज” ” प्रतिभाको खोजी ” जती जती हामी नेपालीको हातमा पर्ने छ त्यती त्यती नै -जती जती हामीले पढ्ने छौ त्यती त्यती नै हामीलाई हाम्रो गन्तब्य पहिल्याउन मार्ग दर्शन दिने छ । हामी नेपालीलाई सजिलो – सरल – र व्याबहारिक रुपले गन्तब्य पहिल्याउन मार्ग दर्शन दिने पुस्तक को खाचो को पूर्ती धेरै हद सम्म यि पुस्तक हरुले गरेको छ । गन्तब्यको खोजी मा भाईतारिनु पर्दा मार्ग दर्शन दिएर ब्यक्तिको जिबन मा काया पलट गर्न सक्ने यस्तो गहन पुस्तक धेरै भन्दा धेरै नेपाली को हात मा पूगोस र धेरै भन्दा धेरै नेपालीले पढ्न पाउन र यस् पुस्तक ले दिन सक्ने उर्जालाई ग्रहण गर्न सकून ता कि देश का ब्यक्तिहरु धेरै भन्दा धेरै उर्जाबान बन्न सकून र देश लाई सबैले आ- आफ्नो क्षेत्र बाट सक्दो उर्जा दिन सकून । देशको बिकास द्रुत गतिमा हुन देशका नागरिक को प्रत्यछ्य सम्लग्न्ता अपरिहार्य छ । देश का नागरिक लाई उर्जा दिने यि पुस्तक “सोच ” खोज ” प्रतिभाको खोजी ” जस्ता पुस्तक हरु धेरै भन्दा धेरै नेपालीको हातमा पुग्न सकोस -हिर्दय देखी नै कामना गर्दछु ।
      कर्ण शाक्य जि ! तपाईंले तेस्रो सस्करण “खोज ” पुस्तक मा हामी ‘माइसन्सार’ का पाठक हरुको “खोज” पुस्तक प्रती लेखिएको कबिता -भाबना लाई स्थान दिन चाहनु भएको थाहा पाउदा खुशीले आत्मा बिभोर भएको छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker