Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

को हुन् यिनी, चिन्ने हैन त !


हिजो यही फोटो राखी सोधिएको प्रश्‍नको जवाफ हो- जिग्मे परवल विष्ट। मुस्ताङका २५ औँ राजा। अहिले ७६ वर्षका भए। अब उनको हैसियत ज्ञानेन्द्रको जस्तै भएको छ- अर्थात् हामी जस्तै नागरिक।

संविधानसभाको पहिलो बैठकले शाहवंशीय राजतन्त्र अन्त्य भएको घोषणा गरे पनि मुस्ताङलगायतका चार जिल्लाका राजारजौटाको अन्त्य भने यही असोज १८ गतेको मन्त्रिपरिषद्ले गरेको थियो।

उपप्रधानमन्त्री वामदेव गौतमले मुस्ताङ्गी राजा जिग्मीपरवल विष्टलाई मंगलबार माथिल्लो मुस्ताङस्थित उनकै दरबारमा भेटेर राजारजौटा समाप्त भएको नेपाल सरकारको निर्णयबारे औपचारिक जानकारी दिएका थिए।

मन्त्री गौतमले विष्टलाई सरकारको निर्णय बारे मौखिक जानकारी गराउँदा प्रत्युत्तरमा जिग्मेले सरकारको निर्णय सहर्ष स्वीकार गर्दै आफू सामान्य नागरिक भएर संस्कृतिको संरक्षणमा लाग्ने वचन दिएका थिए।

जिग्मेले सरकारसँग १३ औँ शताब्दीमा बनेको दरबार जीर्ण भएकाले त्यसको मर्मतसम्भार गर्न र आफ्नो स्वास्थ्योपचारको व्यवस्था गरिदिन सरकारसँग आग्रह गरे। गृहमन्त्री गौतमले जिग्मेको सो प्रस्ताव आफूले मन्त्रिपरिषदमा लैजाने र त्यो पारित हुने आश्वासन दिए। फोटोः सूर्यचन्द्र/रासस


Related posts:

  1. दागीँ अर्थात् इन्द्रकी आमा हुन् यिनी
  2. को हुन् भरत नेपाली?
  3. को हुन् उनीहरु 'गेस' गर्नुस् त
  4. को हुन् उपेन्द्र यादव ?
  5. पारसको साथमा को हुन् यी सिङ्गापुरे महिला ?

19 comments to को हुन् यिनी, चिन्ने हैन त !

  • Natural kamal

    kina ho ramro kaam gareko dekhna nasakne nepali ko parampara ajhai naharako,nepal aba laktantrik vaisko alik naya sochaile herne ki bamdev ko ramro kaam ko prasansa garnai parcch

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Suprabh

    हो यो बामदेव ले गरेको नाटक प्रचन्डले गरेको नाटक जस्ताइ भो। आफ्नी बुढी, सासु ससुरा , सम्धी सम्धिनी , साला साली को को हो लाई मुक्तिनाथ तिर्थ गराउन सेनाको हेलिकप्टर लिएर गएको रे, अनी पत्रकारले प्रश्न सोध्लान भनेर उत्तर दिने तयारीको लागि उस्ले मुस्ताङएे राजा लाई भेटेको होला। अब पत्रकार ले ” देशमा दैबी प्रकोप आपत्ति परेको बेलामा उद्धारमा खटिएको हेलिकप्टरमा सम्धी सम्धिनिलाई तिर्थ ?” भन्दा भन्ने होला “मा मन्त्री भएर तिर्थ गराउन गएको होइन , सरकारको चिठ्ठी पुर्याउन हुलाकी भएर गएको, प्रच्न्दजी को कम्पुटर अपरेटर जस्ताइ”

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • lure

    बुढो मान्छेलाई घरमै गएर इज्जतका साथ सरकारको निर्णय सुनाउनु निकै राम्रो काम हो। यसले गर्दा राजापाठ गुमाउनेलाई पनि डिग्निटी हुन्छ, हारेर पनि हारेको जस्तो हुँदैन। फेरी छोराको उमेरको गृहमन्त्रीले बुढोमान्छेलाई सम्मान गरेर के बिग्रन्छ र? सक्छु भन्दैमा काठमाण्डुमा नियम बनाएर घोषणा गर्दा बुढाको र उनका जनताको चित्त दुख्न सक्थ्यो। यसरी सबैलाई सम्मान गरेर जान सके राष्ट्रिय एकता झन बलियो हुन्छ। लोकतन्त्रमा गर्नु पर्ने बिहेभियर यस्तै हो। आफ्नो पहिलाको आग्रह पुर्वाग्रह अनुसार काम गर्नु हुँदैन, सरकारमा गएपछी। के गर्दा देशको भलो हुन्छ, तेही गर्नु पर्छ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Gokarna Rai

    जिग्मी परबल बिष्ट , बरु शाह हुनुपर्ने हो । यिनी बिष्ट छेत्री जस्तो छन र ???

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • bikas gorkhali gurung

    के हो मैले त कुरै बुझेन
    गृह मन्त्री : हेर्नुस् अब नेपालमा राजा सासा सबै चिलिम फार्के
    मुस्तङ राजा : ठिकै छ अब म कल्चर को रक्षा गर्छु
    मुस्ताङ राजा : मेरो दरबार अली राम्रो बनाइदिनु पर्‍यो र मेरो हेल्त को बिचार सरकारले गर्दिनु पर्‍यो
    गृह मन्त्री : हुन्छ म यो कुरको छलफल मन्त्री परिसतको बैठकमा गर्छु
    र म : भनेपछी जब राजाको पथ हुँदा एत्रो बोज सरकारलाई थिएन अहिले चै …
    बिकास

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • सन्दीप सागर लण्डन यु के

    कोही बामदेवसग नजीक साथीहरुले यो हेर्नु भयो भने भनी दीनु उहा सार्वभौम सता सम्प्न्न मुलुकको मन्त्री हो |उहा कुनै हुलाकी(He is minister not post man) होइन ताकी सामन्तको घर घर गयर सुचना दिनु पर्छ |बामदेवले यू म यल(Cpn uml) को मात्र नभयर सारा नेपालीको अपमान गरेका छन |म एमालेको राम्रो कार्यकर्ता हुँ तर मेरो नेताले सामन्तको चाकरी गरेको मन पर्दैन |किन बामदेव एउटा गरीबको घरमा गयर नुन चामलको मुल्य बताउन सक्दैनन ?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • arjun

    bindu vanne manche baulaye jasto cha hai……

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • arjun

    Ma lai ta man parye ko cha hai bamdev ko kam. Huna ta ma kuni parti ma sanga sambandit haina tara pani ramro lagcha. keepp it up bamdev..

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • sulav

    sad end of a king who joined nepal for protection of culture in 1950′s

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • purna karki

    good news ramro ramro ramro

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • purna karki

    good news ramro ramro ramro

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • bishnu

    desh desh ko kura ho ke bhayo ta raja bhayera mustang ma.. pahile dekhi hudai aako ho teshle kehi interfare gareko chiana.. focket….neta haru li mai khau mai lau sukha saila mooj garu bhanne cha…

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Binod

    यो बामे किन राजा राजौटको चाकरी गरेर हिन्ड्छ ? जनताको लागि भलाई हुने प्रस्ताब लानु छैन मन्त्री परीसदमा उत्तौलो हुन्छ्स मोरा, सुन्नो भो उस्को बि.बि.सी अन्तर्वाता राती बत्ती निभाएर केटा केटी अंकमाल गर्छ्न अनी के के गर्छ्न भनेको ,

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • raJim

    “हाइकू”

    राजा, जनता
    सार्बभौम नेपाल
    एका देशमा

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Dangali

    बधाई छ बधाई छ ……
    प्रयास राम्रो छ .

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • blackbee

    के हो साथी बामे को कर्तुथ देखे को हो कि सुनिको हो नि
    देखे को भय होला भनी पत्यय सुने को हो भनी मलाई पनि आँखा ले
    हैरे कान बाट उडाइदिय ल

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Binod

    मौखिक र् सुनेको कुरालाई न पत्याउने हो भने त् बाम्देव ले मुस्ताङएे राजालाई तिम्रो पदबी गयो भनेको कुरा पनि बिष्टले मौखिक कुरा हो, तिमी घर आएरै भन्यो मैले सुने अर्को कान्ले उडाए भन्यो भने भयो हैन त् ? सरकारी निर्ण्य पत्र परीपत्र बाट जानकारी गराउने कि घर घर भन्दै हिन्ड्ने ? के अब मदीरा किरना पसल्मा किन्न पा आइ दैन भनेर गरेको निर्ण्य पनि त् जनताको हरेक घरमा आँफै गएर भ्न्नु पर्‍यो नि त् गृह मन्त्रीले

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • binu

    हैन साथी विनोदजी तपैंले थाहा पाउनु भएनजस्तो छ वामे दाई त्यहाँ पूर्व मुस्ताङी राजालाई सरकारको निर्णय सुनाउन हैन कि बरु आफ्ना जोई छोराछोरी र सम्धीनीलाई घुमाउन गएका हुन । लगेहात सरकारी काम गर्दयाजस्तो पनि गरे होलान । अब सरकारको मानो खाइसकेपछि अलिकति पनि काम गरेर त देखाउन पर्यो नत्र एक त चुनाव हारेर मन्त्री भै टोपलेको मान्छे भोलि जनताले सरकारी सम्पत्ति बेफ्वाँकमा उडायो भनेर धारेहात लाउलान भन्ने डरले त्यतिविध गरेको । फेरि एक छाक भएपनि त टर्यो नि त्यो विष्टका घरमा गएर । ल वामदेवजी बधाई छ मुस्ताङको यात्रा वामेको जात्रा माफ गर्नुहोला पशुपतिको यात्रा सिद्राको व्यापार भनेकै यहि हो ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Ang C Sherpa

    I think you are right in this particular point of view.However,we have to think from the point of national security for that particular reigon.It is just next to Chinese autonomus Tibet and open border.
    I’m an independent individual at this point and no thing to do with government interest but as a Nepalese I would say any government need to be partical and resposible in this kind of issues. And hope! he is doing the same as an authority.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes