मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation

    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    अमेरिकामा उम्रिएको जमरा

    -रीतु कार्की/अमेरिका-

    मैले केही दिनअघि स्टोरबाट किनेको माटो र गमलामा छरेको मकै उम्रिएर जमरा भएको छ। जमरा हेर्दा पनि पहेँलो र सुनौलो देखिएका कारण निकै खुशी छु। साथीहरुको सुझाव अनुसार मैले कामबाट बिदा पनि लिएँ। तर श्रीमानको चाहिँ नमिल्ने भयो। कामै त्यस्तै पर्‍यो, के गर्नु। भनेजस्तो कहाँ हुन्छ र ?

    परदेशमा नै भए पनि मैले आफूलाई भाग्यमानी ठानेको छु। किनकी मसँग मेरो सानो परिवार छ। परिवारसँगै हाँसीखुशीले दशैँ मान्दैछौँ। देशमा आएको दशैँको सुगन्ध मेरो यो कोठामा पनि आएको जस्तो महसूस मैले गरिरहेको छु। मेरो परिवारमा मात्र होइन, भुटानबाट खेदिएर १७ वर्षसम्म नेपालको भूमिमा संघर्ष गर्दै अमेरिका आइपुगेका नेपाली मनहरूलाई पनि दशैँ लागेको मैले देखेको छु। तर कति परदेशीहरु छन्, उनीहरुको साथमा न श्रीमती, न श्रीमान्, न छोराछोरी, न बुबाआमा छन्। सबै आफन्तजन भन्दा धेरै टाढा उनीहरु छन्। तैपनि दशैँ आएकै छ।

    आज म टीकाको दिन धेरै महिनापछि ‘डे अफ’मा छु । अब यहाँ घर लिपेर दशैँको लागि चिटिक्क पार्न पनि नमिल्न्ने रहेछ। सबै भूँइभर कार्पेट लगाइएको छ। त्यसो भनेर मैले अमेरिकाको धाक लगाएको होइन। मलाई त रातो, सेतो र पहेँलो माटोले लिपेको घर नै मन पर्छ। गाउँमा त चिटिक्क पारेर सिँगारेका घरहरुमा नाचीनाची दशैँ आयो होला। लिङ्गे पिङसँगै दशैँले पनि चचहुइ चचहुइ गर्‍यो होला .. ….

    तर त्यो त मेरो लागि सम्झना मात्र हुने भयो। अस्टमी र नवमीमा काटेको खसीको मासु अनि भुटेको चिउरा, रक्त्ति। आहा !

    चार पाँच माइल टाढा एउटा हलाल मासु पसल छ। त्यहीँबाट पाँच छ पाउन्ड मासु ल्याएका छौँ। हुनत रीतिरिवाज अनुसार हलाल गरेको खान त नहुने हो, तर चट्ट छिनाएको खसी म भएको ठाउँमा त पाइँदैन। आफूलाई त खसीको मासु जस्तो भए पनि हुन्छ। महिना दिनभन्दा पहिलादेखि रेफ्रिजेरेटर मा राखेको मासु यहाँ पाइन्छ । अब “नहुने मामा भन्दा कानो मामा नै ठीक” भने जस्तै हो। छोराछोरी त कहाँ खान्छन् र खसीको मासु ! उनीहरु त ‘अमेरिकन’ भएका छन्। त्यति सानो जन्तुको पनि मासु खाने हो भनेर खाँदैनन्। अमेरिकनहरुले खसीको मासु खाँदैनन् रे भन्ने सुन्छु।

    छोराछोरीहरुका लागि चाहिँ कुखुरो पकाइदिएँ। बूढाबूढीले चाहिँ खसीको भुटेको मासु र चिउरा खायौँ। स्वाद कति गरे पनि घरको जस्तो भएन। खानाको स्वाद जस्तो भए पनि नानीहरुले नयाँ लुगा भने पाए। आफूले चाहिँ सारी चोलो नै लगाएँ। चाडवाडमा सारी नै लाउन मज्जा आउँछ नि। नेपालबाट आउँदा नै ल्याएको थिएँ, त्यही नै लगाएँ। यसरी आज परदेशमा टीका लाउँदा पनि मेरो मन मेरै घर आँगनमा पुगेको छ । रमक्क रम्केर रातो टीका र जमरा लगाउँदै यो मेरो मन मान्यजनहरुसँग आशीर्वाद लिँदैछ। तर विडम्बना, म त्यहाँ कतै छैन। मेरो कल्पना भने यो दशैँभरी नै स्वदेशिएको छ। यो बन्द कोठामा न आफन्त छन् न आफ्नोपन नै । तर पनि मेरो निधारमा टीका र जमरा भने हाँसिरहेको छ।

    No related posts.

    84 comments to अमेरिकामा उम्रिएको जमरा

    • Sunil

      What’s the big deal. You can chose to celebrate your festival the way you like it. That’s your personal choice, it should not be discussed in public. Nobody really cares whether you had khasiko masu or halal masu .

      SP

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Hi sis
      khusilaagyo.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Didi namste
      Khushilagyo.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • oha hajur haru la……..

      atro kura haru garnu bho ..

      tara yahan ta dashain ayako thaie bhayana
      tara…
      akadashi ka deena yahan…
      oman nepali samaj muscat la…
      vijay dasami ra deepawli ko lagi
      subhakamana program rakho theyora

      tyahan garayra sabey sathi haru shanga
      bhate hundha dharry dharry khusi layo

      ra aaja yo page padha jhan kushi

      chu
      shalik ram acharya
      (arghakhanchi)
      oman ..

    • ashok

      hjaur ko kura sunda ma lai pani aafno gau ko ghar ko yad aayo hajaur ko ta rarmo bhaya chha tara ..hamro ..ta…………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sunil gharti

      tapi ko lagi ta ramrai hola ritu ji, tara hami jasto eklai motel ma basne lai chai k ko dashain, k ko jamara. aja 15 din vayo project ko silsila ma varginia ayera motel ma baseko. dashain na sasai aafu ta sadhai tacobell ra macdonald. dheri vaat khana man lage chinese. ha ha ha haaaaaaaaaaaaaa
      sunil
      verginia, usa

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kev

      हात्ती मारे जत्तिकै भएछ बधाई छ ,
      ह्यापी दशेरा र दिपअवली

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सार्थक, दोहा-कतार

      यहाँ हाम्रोमा त जमरा नै उम्रेन तर रितु जी तपाईंकोमा उम्रेको जमरा देखेर पनि खुशी लाग्यो । हामीले त फुल पात लगाएर चित बुझायौं ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • robin

      ritu ji tapaeko family ko pani pic rakhnu na tapae lae dekhna man lagyo

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • K2C

      यस पटकको दशै मलाई साह्रै खल्लो लाग्यो । प्रदेशमा हुनेहरु सबैले आ-आफ्नै तरिकाले मनाउनु भयो होला ,म त यहा (क्यालिफोर्निया ओन्टारिओ) एक्लै भएेकाले सोचे जस्तो भएन। अरु के कुरा गर्नु अझ टीकाको दिनमा त १६ घण्टा डयुटी गर्नु परेर बित्यासै पर्‍यो।
      दशै कसरी आयो कसरी गयो थाहानै । माइ संसारको कमेन्ट पढेर ठोरै भये पनि राहत मिल्यो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ekal

      useless article.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • narayan

      गोले दाई तपाईं खर्रो लिम्बुवान पर्नुभएछ कि क्या हो? अर्काको कुरा मान्न तयार हुनुहुन्न। तर मान्नुहोस् या नमान्नुहोस् हलाल् को बास्तविक् अर्थ मुस्लिम् धर्म सँग जोडीएको हुनछ। कुनै पनि प्राणिलाइ अल्लाह्को नाम्मा त्यो पनि घाटिमा रेटेर काटियेको हुनुपर्छ। हिन्दूले जस्तो गर्धनमा च्वाट्ट एक पटक्मा छिनाउने होइन। उनिहरुले काटेको जनवर, पंक्षि तड्पी तड्पी मर्नुपर्छ र मरिसक्दा पनि दुई टुक्रा भएको हुनुहुदैन। अब त्यो मासु पवित्र हो या अपवित्र, खान हुने या नहुने हो ब्यक्तिको सोच हो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hajur ko dashian ta ramailo bhayecha….afno ta ye “dashain ayo hai” bhanne bhayo….tika ko ta anuhar nai dekheko chiana…yo pali….tei ni thikai cha aba…..yestai ho…:D

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Hello Karki Jee,
      It is very nice to know that you are still in love with our culture and tradition,however it doesn’t look nice to say about Khasi ko Masu and chewra which is no thing here in USA ,I think if you compaire with food of Nepal,Dashin is always here in USA,it doesn’t have to be dashin to eat Kashi Ko masu and Chewra.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • baglunge kanchha

      नबिन जि हलाल मासु भनेको मैले बुझे अनुसार कुनै पनि प्रानी लाई उल्तो तिरबाट तद्पाएर मार्नुलाई हलाल भनिन्छ । जुन कुरा मुस्लिम समुदाएे अन्तर्गत पर्दछ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dhitali kanchhi

      hoina kahano mama ki kano mama maile bujinani

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • manish

      Jamara dekhera ghar ko yad aayo.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rajan

      खसी चाही सानो जनवर हुने कुखुरो चहिन ठुलो हुने हैन अम्रिकामा त गज्जब कै कुखुरो पैदोरैछ क्या ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jay

      kati ramro kati ramro

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      कलशमा जमरा ,फुल माँ भमरा|
      मन हार्दिक ,सुंदर सुन्दरता ,
      तिमी सुंदरी छेउ ,तरुलता ,
      गरु बयान कती,तिमिमै कबिता !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raksi Samma tanne manche le “HALAL MASU” ma man nadhukhaunu la. Ani chorachori le sano jantu man paraudainan bhannu ko aartha katai thulo Jantu ma bani lagya ta hoina? Je bhaya pani aafno sanskar lai samjhanu nai ramro huncha. Rakshi ra Thulo Jantu bat tada rahane sadbuddi AAyosh bhanne subhakamana cha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mohan Rus

      रितु जि नाता गोता टाढा भये पनि यती
      सम्म गरेर त मनाउनु भएछ, त्यसइलाई
      खुशी मान्नुस्
      तर स-साना खसिको मासु नखाने
      तपाईंका छोरा छोरी हरुले ठुल्ठुला
      कुखुराको मासु चै मन पराउदो रहेछ
      मजा लाग्यो
      अमेरिकामा त खसी भन्दा ठुलो
      कुखरा पाउदो रहेछ नि
      अनी हासो,……………………………….
      त्यो जमरा सँगइ रोपेका पैसा को बोट
      चै देखेन नि फोटोमा,
      तपाईंहरुले त्यसरी मनाउनु भयो
      तर आफुले मनाउन नपाए पनि
      त्यो देखेर मनाझै लाग्यो
      धन्यबात

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Bhai

      We also celebrated dashain in US. We went to farm and got a whole khasi. The farm owner killed it, removed hair and we brought it whole. This mean we had bhutan, bhitryas, and kashi ko khuttaa too. It was great experience.

      Happy dashain.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सान साङ्पाङ्ग, Al-Hilal Qatar

      यहाँ हाम्रोमा त जमरा नै उम्रेन हौ । यो खाडीको माटो नै त्यस्तो भनौं भने हाम्रै नेपाली दाजु भाईहरुले यहाँका मजरामा हरियो सब्जी उमारेर देखाइ दिएका छन । जे होस् फुल पात लगाएर भये पनि काम चलाइयो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अरु भन्दा पनि जमरा चाही सारै सुंदर तरीकाले उमार्नु भएछ,हेरेर मन नै खुसी भयो|

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Ritu Karki

      रक्ति लेख्दा रक्सी हुन गयेकोमा Sorry… I am a teetotlar

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Syangjali

      हामीहरु बसेको ठाउमा पनि तीन वटा परिवार मिलेर हिजो दशै मनाइयो। साथीको बुवा आमा आउनु भएको थियो, त्यही गएर टीका लगाइयो । हाम्रो यो ठाउँ मा नेपाली को संख्या बढेकोले एकै पटकमा सबैलाई समेटेर कार्यक्रम गर्न गार्हो पर्छ । त्यसैले पालै पालो गरेर गरिन्छ । आज शुक्रबार अर्को एउटा साथीको घर मा (१३० किलोमिटर)उहाको आमाको हातबाट टीका ग्रहण गर्न जानु छ। शनिबार चाँही यही मैले काम गर्ने विश्वबिद्यालयमा पढ्ने बिद्यार्थीहरुले कार्यक्रम आयोजना गरेका छन त्यहा जानु पर्छ । रमाईलै हुँदैछ यो ठाउँ को दसैं यस पटक ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Syangjali

      हामीहरु बसेको ठाउमा पनि तीन वटा परिवार मिलेर हिजो दशै मनाइयो। साथीको बुवा आमा आउनु भएको थियो, त्यही गएर टीका लगाइयो । हाम्रो यो ठाउँ मा नेपाली को संख्या बढेकोले एकै कार्यक्रम गर्न गार्हो पर्छ । त्यसैले पालै पालो गरेर गरिन्छ । आज शुक्रबार अर्को एउटा साथीको घर मा (१३० किलोमिटर)उहाको आमाको हातबाट टीका ग्रहण गर्न जानु छ। शनिबार चाँही यही मैले काम गर्ने विश्वबिद्यालयमा पढ्ने बिद्यार्थीहरुले कार्यक्रम आयोजना गरेका छन त्यहा जानु पर्छ । रमाईलै हुँदैछ यो ठाउँ को दसैं यस पटक ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suman,CO,USA

      la badhai cha….america ma pani nepali parama dasai manaunu bhako ma rituji….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      सुन्दर सुन्दर पहेलपुर जमरा
      मन भन्छ उडी जा बनेर भमरा ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shatya

      karki ko chori vayera pani raksi ra masu…….???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ram chandra sharma

      लेख प्रती रितुजिलाई धन्यवाद / लेखमा उल्लेखित ,,,, खशिको मासु अनी भुतेको चिउरा ,रक्सी ,आहा भन्ने वाक्यले दशैको मौलिकतालाई बिर्सें जस्तो लाग्यो /अमेरिकामा बसेर रक्सी खान नपाए जस्तो गर्नु र दसैंमा रक्सिलाई प्रमुख खानाको रुपमा प्रस्तुत गर्नुले दसैंको अपहेलना भए जस्तो लाग्यो /कृपया वास्तविकतामा रहेर लेखिदिनुभएमा आभारी हुनेछु /
      Folsom,CA,USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सन्दीप सागर लण्डन यु के

      रितु जि It is great
      संसारको प्यारो कुरा
      आफ्नो सस्क्रिती
      आफ्नो परम्परा
      आफ्नो भाषा
      आफ्नो धर्म
      आफ्नो देश
      आफ्नो सन्तान
      आफ्नो घर
      आफ्नो सम्पत्ति
      आफ्नो मान्छे
      आफ्नो गाउ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सान साङ्पाङ्ग

      यहाँ कतारमा त उम्रिएन हौ । यसो फूल लगाएर चलाइयो के गर्ने ?

      सान साङ्पाङ्ग

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सान साङ्पाङ्ग

      यहाँ कतारमा त उम्रिएन हौ । यसो फूल लगाएर चलाइयो के गर्ने ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Santosh sapkota

      चार बर्ष भयो टिका लगाउन नपाएको
      रितु जी को कोठा देखेर नेपाल को याद आयो
      धरै धरै धन्यवाद छ
      सन्तोष प्रसाद सापकोटा
      कङ्वोन युनिभर्सिटी
      साउथ कोरिया

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ARJUN

      kasle vanyo american harule khasiko masu khadainan vanera ritu ji lai? hahaha. hami sanga hune american haruleta khub ramai ramai khayata i like goat meet vandai .baru khasi maar haneko chai achamma mandai photo khichachan american haru kinaki uniharulai live cut noulo lagdo rahicha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सगुन

      रितु जि! अनी त्यो डलरचाहिँ उम्रेनछ नि! (नरिसाउनुस् है मजाक गरेको! तर मैले अझै बुझ्न सकेको छैन त्यो सिक्काहरु किन त्यसरी राखिएको थियो।)
      जे होस् निकै रमाइलो लाग्यो तपाईंको पूजाकोठा र जमरा देखेर। सबै प्रकृया पुरा गर्न नसके पनि म र मेरा साथीहरुले दसैंको दिन जमघट गरी शुभकामना आदान-प्रदान तथा सँगै डिनर गरी दशै मनायौँ। मेरो लागि पोहोर सालको भन्दा यो दशै अली रमाइलो नै भयो। तिहार चाँही बिशेष हुँदैछ किनकी तिहार नेपालमै गएर मनाउदै छु।
      माइसन्सार परिवार र सम्पूर्ण पाठक(कमेन्टर) हरुलाई तिहारको अग्रिम शुभकामना!!!
      आफ्नो दशैको अनुभब माईसन्सरमार्फत सबैसँग SHARE गर्नुभएकोमा रितुजिलाई धेरै धेरै धन्यवाद!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mohan basnet,Molde,Norway

      Rituji congratulation,you are the lucky one who got an opportunity to celebrate Dashain with famly in America in Nepali traditional way with Tika n Jamara.we also celebrated dashain with tika n bhedako masu(no jamara)this time jardley sandon(Norwegian)put Tika to me,becoz nobody(Nepali) was there and he also enjoyed lot.we celebrated dashain evening with red wine n chicken roast offered by Biju with norwegian friends, remembering our family in Nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • किन दु:ख गर्नु भएको मलाई फोन गर्नुनी म यहीबाट जमरा कुरियर गरेर पठाइ दिन्थे!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sanjay Rasaili

      मलाई त दशैं आयको जस्तो तब लाग्यो जब यो लेख पढ़े धन्यवाद रिता जी !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sanjay Rasaili

      मलाई त दशैं आयको जस्तो तब लाग्यो जब यो लेख पढ़े धन्यवाद रिता जी !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • RC

      je hos ritu jile america mai basera pani afno deshko parampara anusar nai dashain manau bhayeko ma badhai 6. Ani Deepawoli pani najik aundai chha, Deepawali chain kaha ra kasari maundai hunu hunchha ni ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hi ritu g,tapai or tapai ko Lovely family lai bada dasai ko hardik mangalamaya suvakamana 6 tapai ko lak padhara malai dhari khusi lagyo congrulation,tapai la rakhunu bhayako jamara chai aaru dharai ramro very nice…………

      from doha qatar

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नारायणनारायण पौंडेल, साउदी अरबिया

      आहाँ रीतुजीको दशै पनि कति रमाईलो भएछ । हामी नेपाली आफ्नो संस्कार र परम्परा माथी गौंरम्भित नै हुनुपर्दछ ।
      हामिले पनि बिदेशी भूमिमा नेपालीपनको दशै गराउने कोशिष गर्यौ । साथीहरु माझ एक खसि ल्याएर मनाउने सोच भएपनि एक अर्काको बिदा नमिल्ने र उपयूक्त समय नमिलेको कारणले रुममै बसेर साथीहरु बीच दशैको शुभकामना र आशिर्वाद साटा-साट गर्यौ । एक-अर्काको रुममा गएर रमायौं लाग्थ्यो हामी टिकालगाउन ठूलाबा काकाबा कहाँ गएको । रातको करिब १० बजे तिर साथीहरु बीच दोहोरीको रन्को चलाएर घरको यादलाई भुलाउदै दशैको मौलिकतालाई याद दिलायौं । ध्रुब हमाल र सरण ठकुरीको दोहोरी गीतको रन्कोले लाग्थ्यो गाँउको लिंगे पिंङको सरररर सगै वस्यक तरुणी-तन्नेरीको यादलाई ताजा दिलायो । जेहोस् हामी नेपालीहरुले हाम्रो मौंलिक संस्कृतीलाई माया गर्नै पर्दछ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nan

      badhai chha. 5 ki 6 pound hahal masu liyaunu vo? clear vayena ni. ani bachha haru ta khasi vanda sano kukhura po man paraudo rahecha ni.any way tapai le ramri sanga dashai manayeko ma feri badhai.from qatar

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अष्टमी र नवमी मा काटेको खसीको मासु अनि भुटेको चिउरा, रक्सी। आहा!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • paudel hem raj

      रितु जी
      तपाईंको दसैं कोठा देखेर
      नेपाल र परिवार को सम्झना आयो र आसुँ पनि आयो
      कोरियामा रुन्दै बस्दै छु

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • keshab adhikari now in israel

      dasai ramailo bhaya6 ritu ji i wish you every year like this

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raJim

      पहेंलो मुना सुनौला भैइ बाटामा फुलेका
      बिजया दशै उमङ संगै कोठामा हुलेका
      यहाँको घर लिपेर चिट्टै पार्न त नमिल्ने
      खसिको भुटुवा,चिउरा सैगै रक्सी त पिउने
      हलालको मासु बेस्वादी छी:महिनै पुरानो
      छोराछोरी भए अम्रिकाने लौ कस्तो बिरानो ।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हामीले पनि रमाइलो गरी मनायौ । जे जस्तो गरी मनाए पनि नेपाल मा मनाए जस्तो नहुदो रहेछ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dangali

      maile pani manaye dashain
      hajur le ni ??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नेपालको दशैको सम्झना नै भयको भय यक हप्तालाई नेपाल नै गय क् फरक पर्थ्यो। यो सबै स्वाङ हो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • congratulation Ritu ji,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rame

      जौ बाट जमरा , मकै को चाँही मकरा , हा हा हा ….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Navin, ABAC University, BKK

      नमस्ते रीतु जि !!!
      आखिर यो मन त नेपाली न हो !!!
      एकदम आनन्द लाग्यो तपाईंको दसैं कोठा देखेर र सुनेर ।
      यहाँ थाइल्यान्डमा पनि बर्मेली नेपालीहरु सँग मज्जाले दसैं मनायौ ।
      तिनिहरुमा नेपाल नदेखेकाहरु चार पाँच पुस्तका छन यहाँ ।
      तिनिहरुलाई यो गीत “जसो गर जे भन जतासुकै लैजाउ मलाई यो मन त मेरो नेपाली हो” शाहरै मन पराउछन ।

      एुटा कुरा नि रीतु जि
      हलाल मासु भनेको के हो???
      किन खानु हुन्न रितिरिवाज अनुसार हलाल गरेको मासु ???
      मैले त हलाल खाना भनेको मात्र सुनेको छु । कृपया झर्को नमानी भनी दिनुहुन्छ कि ???
      ढिलाई भएपनी सबै नेपालीहरुलाई बिजया दशमी तथा दिपावलिको हार्दिक मंगलमय शुभकामना !!!
      navin

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ganga

      बिदेशमा बस्ने नेपालीहरुको चाडपर्ब प्रतिको मोह स्वदेशमा बस्नेहरुकोभन्दा कम हुँदैन भन्ने तथ्य रितु कार्कीको दशैको तयारी ले स्पश्ट पार्दछ| हामी बेलायतमा बस्ने नेपालीहरुको दशै पनि करिब करीब तेस्तै रह्यो | रितुको लेखले के पनि सँकेत्गर्छभने
      प्रबाशिका सन्तानहरु कसरी हाम्रो संस्क्रिती,सामाजिक मूल्य मान्यताबाट टाढा हुँदै गैरहेका छन् |मलाई डर लाग्छ कतै हाम्रा सन्तानहरुले एस्ता चाडपर्ब हरुलाई अनाबश्यक देख्न थालेभने के गर्ने | खसी भन्दा कुखुराको मासु मनपर्ने, खसी गनायो भन्ने आदी थुप्रै शिकायतहरु हाम्रा छोरा छोरीहरुबाट सुनिन्छ | हाम्रो र हाम्रा सन्तानहरुको मान्यता को दुरी धेरै भयको जस्तो लाग्यो|

      गंगा खरेल तिमल्सिना
      रेडिङ, युके

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • barun

      हैन हो, जौ शब्द बाट हैन र जमरा भएको त| मकैको पनि?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suresh, JP

      Congratulation….. and best wishes.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • c-bay

      didi tapai ko lekh ali farak hola bhanera padhe tara testo kehi lagaena
      america ma dashain ko ramjham ali farak holajasto lagayko ta nothing diff

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sham

      ye lau sarai ramro sanga dashain manaunu bhayeko rahecha ni. khoi yaha ta hami le tapai ko jasto gari manauna sakiyena yaspali
      tottori, jp

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bimal giri

      ritu ji
      Namaskar n Abibadan,
      Tapaiko Nepal Aamaa prati bhawana ma bagnu bhayeko samasamayik sandarbhik article bachangarna paye my sansar marphat.Umes ji ra tapaiharu prati Bijaya Dashami tatha deepawali ko SHUBHAKAMANA.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishna BRT

      wow kasto khusi lago mlai ta ramro derai ramro garnu bhayo
      hami jaha base pani hamile hamro saskriti brisnu hun hai !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kalpit

      ए लौ रमाईलै भएछ तपाईंको दशै

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prem, Australia

      हलाल मासु भनेको चाँही मैले बुझे अनुसार मुस्लिम धर्मवलम्बीहरुले अल्लाहको नाम सम्झिएर काटेको पवित्र मासु हो । हिन्दूहरुले नखाने करण चाँही मुस्लिम्ले छोएको, काटेको आदी भनेर होला अरु बिशेष कारण भये जस्तो लाग्दैन। हामीले पनि यहाँ हलाल मासु नै खाएर dashian मान्योउ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suraj shrestha

      Mr Navin,halal means the way of killing animal through throat by muslim people praying their god.Muslim people only eat halal meat.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • baglunge kanchha

      नबिन जि हलाल मासु भनेको मैले बुझे अनुसार कुनै पनि प्रानी लाई उल्तो तिरबाट तद्पाएर मार्नुलाई हलाल भनिन्छ । जुन कुरा मुस्लिम समुदाएे अन्तर्गत पर्दछ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Navin, ABAC University, BKK

      Thanks Prem and Suraj for information. navin

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Navin, ABAC University, BKK

      Mr. Suraj and Prem Ji Thanks for your information. navin

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सगुन

      कस्तो मुर्ख कुरा गर्नु भएको हली जि तपाईंले! मेरो कत्तीजना साथीहरु यो दशैमा बिभिन्न समस्याका कारण काठमाडौंबाट घर जान सकेन। अझ बिदेशमा भएकालाई भन्दा बित्तिकै काम/पढाई बाट छुट्टी; यात्रा खर्च त आफ्नो ठाउमा छदैछ, भनेको दिनमा टिकट पाउन तपाईंले सोचेको जस्तो सजिलो कहाँ हुन्छ र? मैले पनि दसैंको लागि प्रयास गरेको, सबै कुरा मिलाउदा नेपाल जाने समय तिहारको लागि जुर्यो। त्यो पनि २० दिनभित्र काममा आईपुग्नुपर्ने गरेर!
      हुन त देश र हाम्रो सँस्कार हामीलाई कती प्यारो छ भनेर यहाँ बखान गर्नुपर्ने कुरा होइन; यो त आफु बाहेक अरु कसैले देख्न सक्दैन। मैले तपाइलाई आग्रह गर्न खोजेको चाँही “तपाइले आफ्ना भावनाहरु मज्जाले लेख्नुहोस् तर कृपया अर्काको भाबनामाथी त्यसरी धावा नबोल्दिनुस्….”

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suphie

      Kash,bidesh ma vaekalai Nepal jana tapaile vane jasto sajilo vae.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Phil

      tapaile uhako pahilako article padhnu bhayo , tesma uhale jau napako kura spasta parnu bhako chha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nepjap

      tehi ta ani kashi bhanda ta khukhura sano huncha ni haina ra ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • k ho mitra k raksi bhanne chij jati bisheslai matra tokera banaiyeko ho ta?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हामी बेलायतमा बस्ने नेपाली हैन, म बेलायतमा बस्ने नेपाली लेख्नु होला।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सन्दीप सागर लण्डन यु के

      लुना जि तपाईंका शब्द सम्योजन लोभ लाग्दा छन | यस्लाई निरन्तरता दिनु भयो भने चाडैनै तपाईंको राम्रो पुस्तक माइ संसारमै पढन पाइने छ कर्ण दाईको जस्तै अग्रिम शुभकामना

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gole Dai

      मासु – कुनै प्राणलाई हत्या गरेर आफ्नो आहारा बनाईएको कुरा , त्यो चाहे अल्लाह सम्झेर बनाईएको होस या राम सम्झेर अझ क्राईष्ट वा बुद्ध अथवा वाहे गुरु या जो सुकै सम्झेर किन नकाटिएको होस , पवित्र र अपवित्र मा भन्ने पनि हुन्छ र ? प्रकृतिक रुपमै औसत मान्छेहरु माँशाहारी छन मासु खाईयो भने भै गो नि , पवित्र मासु र अपवित्र मासु चैं हुन्छ जस्तो लागेन है मलाई कटाईकै आधारमा त्यो पनि ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raJim

      शूतुरमुर्ग भनेको होला।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rana

      रितु ज्यु, धन्यबाद!

      अमेरिकाको दशैँको बारेमा जानकारी दिनुभयो।

      तपाईको यस लेखाईमा स्वदेशी सँस्कृतिप्रति अत्यन्त मोह झल्किन्छ। यदि हामीले आजैदेखि आफ्नो सक्दो योगदान यो देशलाई अर्पण गर्न सक्यौ भने कम से कम हाम्रा सन्ततिहरुले यसरी विदेशीयर दशै मान्नु पर्ने छैन।

      गोले दाई, मैले बुझे अनुसार हलाल भन्नाले पशुलाई घाँटीबाट नकाटी याताना दिएर मारिन्छ, जसले गर्दा पशुको रगत बाहिर निस्कन पाउदैन र मासु स्वादिष्ट हुन्छ अरे (आफु त शाकाहारी मान्छे, स्वाद चाहिँ थाहा छैन, सुनेको मात्रै हो)।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • K2C

      KINA TESO BHANEKO BICHARILAI

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sunil gharti

      tapai jasto sap pariwar yehi vayeko manche lai ta ramailai vayo hola ritu ji, hami jasto eklo ra mainau samma motel ma basnu parne manche lai ta k ko dashai, k ko pariwar. 20 din vayo project ko silsila ma varginia ko motel ma basnu pareko. short period ko project paune vayeko karan le room rent liyera basna pani mildaina, tesai le jaha gayo tehi motel liyera basnu parcha. aja vanu vane mero ta ghar nai bighat 3 barsa dekhi gadi vayeko cha. testo manche lai k ko dashai ko tihar, hami jasta lai ta jan tapai le gigaye jasto lagcha. sadhai tacobell, mac donald dheri vaat khana man lagyo vane chinese, ha ha haaaaaaaaaaaaaaa
      sunil
      Richmond, vA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sunil gharti

      tapai jasto sap pariwar yehi vayeko manche lai ta ramailai vayo hola ritu ji, hami jasto eklo ra mainau samma motel ma basnu parne manche lai ta k ko dashai, k ko pariwar. 20 din vayo project ko silsila ma varginia ko motel ma basnu pareko. short period ko project paune vayeko karan le room rent liyera basna pani mildaina, tesai le jaha gayo tehi motel liyera basnu parcha. aja vanu vane mero ta ghar nai bighat 3 barsa dekhi gadi vayeko cha. testo manche lai k ko dashai ko tihar. sadhai tacobell, mac donald dheri vaat khana man lagyo vane chinese, ha ha haaaaaaaaaaaaaaa
      sunil
      Richmond, vA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सन्दीप सागर लण्डन यु के

      हली जि
      हामी ले रेडिङमा दशै मनाउदा करिब ५००/ ६०० हुन्छौ , यसपालीको दशैमा बच्चाहरुको हाजिरी जवाफ प्रतियोगिता पनि थियो अब भनुस् कसरी गंगा जि ले म नेपाली लेख्न मिल्छ ?दसैंको कार्यक्रम गर्न यसपाली त यहाँको काउन्सिलबाट केही सहयोग समेत प्राप्त भयको थियो | कमेन्ट लेख्दा बिचार गर्नु पर्‍यो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker