-कमलकुमार-
“तिमीलाई के गर्न मन लाग्छ ?”
“मलाई भ्वाइलिन बजाउन मन लाग्छ। अनि प्यानो पनि बजाउन मन लाग्छ। अरु केही पनि गर्न मन लाग्दैन। मात्रै प्यानो र भ्वाइलिन बजाउन। प्यानो र भ्वाइलिन मेरा सबैभन्दा मिल्ने साथी हुन्।”
“तिमीले नेपालको बारेमा सुनेकी छ्यौ ?”
“अँ सुनेको छु। नेपाल गरिब देश हो। अनि ……….।”
“अनि के ?”
“मैले त्यहाँको मानिसहरुलाई सहयोग गर्न खोजेकी थिएँ। तर ……..।”
“तर के ?”
“मैले त्यहाँका मानिसहरुलाई लाउनको लागि केही पुरानो लुगाहरु जुटाउन खोजेको थिएँ। तर ……..।”
“तर के ?”
“तर मेरो स्कूलले मलाई सहयोग नगरेको कारण मेरो इच्छा पुरा हुन पाएन। ”
“साह्रै राम्रो। तिमी पश्चिमाहरु ज्यादै असल हुन्छौ।”
“अहँ, म असल छैन”
“किन नि ?”, मैले उत्सुक हुँदै सोधेँ।
“किनकि म गणितमा एकदम कमजोर छु। म मुस्किलले यो विषयमा पास हुन्छु। मैले यो विषयमा सँधै तृतिय श्रेणी पाउन्छु। ज्यादै दुःख लाग्छ। अहँ म असल छुइनँ। मलाई असल नभन्नोस् ”
“अहो कस्तो हाँसो उठ्दो कस्तो रमाइलो ?” म आवाज निकालेर हाँस्छु। म उसको कुरा सुनेर ऊ प्रति हाँसेको भन्ने त उसले थाहा पाई। तर मैले बोलेको शब्द भने उसले नबुझेको भान हुन्थ्यो।
“ए साँच्चि तिमी कति वर्षकी भयौ रे ?”
उसले नहिच्किचाइकन भनी ” म १४ वर्षको। यो डिसेम्बरमा १४ लागेँ। ”
मैले पनि हत्त न पत्त भनेँ “म १९ वर्षको, अब एक महिना पछि २० लाग्दैछु। ”
उसले वास्ता नै गरिन। मैले बुझ्न पनि सकिनँ। मैले फेरि उसलाई मेरो उमेर सोधेँ भने उसले भन्न सक्छे कि सक्दिन।
मैले फेरि कुरा लम्ब्याउने उद्देश्यले भने ? ” ओहो साह्रै असल। हाम्रो देशका चौध वर्षका केटाकेटीहरु त तिमीले जति सोच्छ्यौ त्यसको एक चौथाइ पनि सोच्ने सामर्थ्य राख्दैनन्। अझ तिमी त बालिका। हाम्रा छोरीहरु त झन् छोरा भन्दा कमजोर हुन्छन्। ”
उसले मेरो कुरा बीचमै काटेर सोधी ” किन ?”
उसले मबाट लामो उत्तरको अपेक्षा गरेकी हुनुपर्छ तर मैले छोटो जवाफ दिएँ “खोई ”
मेरो उत्तर दिने पाराप्रति उसलाई रिस उठेको जस्तो देखिन्थ्यो। ऊ त्यसपछि चुप लागी। मैले नै कुरा अगाडि बढाएँ।
“त्यसैले त म भन्दैछु, तिमीहरु असल हुन्छौ। मिहेनती हुन्छौ।”
उसले फेरि हत्त न पत्त जवाफ दिई – “अहँ म छैन। किनकि म गणितमा कमजोर छु। ”
मैले तिम्रो मात्र कुरा गरेको होइन सबै पश्चिमाहरुको कुरा गरेको। ऊ मौन रही।
तिमीलाई पियानो बजाउन बाहेक के गर्न मन लाग्छ नि ? उसले भनी – ” कविता लेख्न ”
“ओहो तिमी यति सानै उमेरमा कविता पनि लेख्छ्यौ ?, साह्रै राम्रो ” मैले उसलाई फुर्क्याउने उद्येश्यले भने।
“हेहे” ऊ आवाज निकालेर हाँसी। जोडले हाँसी म पनि मुसुक्क हाँसे। हाम्रा नेपालीहरु पनि तिमी जस्तै गरी हाँस्छन् नि। “हेहेहे” मैले उसको जस्तै गरी बनावटी हाँसो हाँसे।
उसले अचम्म मान्दै सोधी -” नेपालीहरु पनि हाँस्छन् र ? उनीहरु त गरिब हुन्छन्। उनीहरुसँग खाने कुरा पनि हुँदैन। अनि लाउने लुगा पनि हुँदैन। सबै हामीले नै दिनु पर्छ। उनीहरु हाँस्छन् र ? फेरि म जस्तै गरी ? हामी जस्तै गरी ? असम्भव। हेहेहे।”
ऊ फेरि जोडले हाँसी।
” म हाँसी त रहेकी छु नि। म नेपाली हैन र ? ” मैले हाँस्दै उसलाई बुझाउन खोजेँ।
उसले फेरि जोडले हाँसेर टारी दिई। उसलाई धेरै बुझ्नु जरुरी थिएन। उसकै बुझाइ पर्याप्त थियो। नेपालीहरु हाँस्दैनन्।
केही बेर उसले थरीथरीको अमेरिकी हाँसोको नक्कल गरी। मैले पनि थरी थरीको नेपाली हाँसको नक्कल गरेँ। दुबै जना जोडले हाँस्यौं। निकैबेर हाँस्यौं। हाँसो महोत्सव झैं लाग्थ्यो। हाँस्न थाके पछि मैले नै कुरा कोट्याएँ – “तिमी कविता लेख्छ्यौ भनेकी हैन ?”
“अँ” उसले ठाडो जवाफ दिई।
” मलाई कविता लेखने मान्छे एकदम मन पर्छ। ”
म उसको प्रतिक्रिया पर्खिरहेँ। लगभग १५ सेकेण्ड पछि उसले सोधी ” किन?”
” किनकि म पनि कविता लेख्छु ” उसको प्रश्न भुइँमा र्झन नपाउँदै मैले भनेँ।
” ए ” उसले जवाफ छिट्टै दिई तर वास्ता नगरिकन दिई। मैले केही बोल्नु भन्दा पहिले नै यसले फेरि भनी “राम्रो”
“तिमीले लेखेको कविता सुन्न पाए हुन्थ्यो। ” मैले अनुरोध मिश्रित स्वरमा भनेँ।
ऊ एक छिन मौन भएर “भनी एउटा त छ तर अल्लि पुरानो छ ”
” किन पुरानो नयाँ सुनाउन ” यति कुरा मनमै रहृयो।
भनेँ ” भईहाल्छ नि पुरानो भए पनि सुनाउन ”
उसले कविता सुनाई -
“म आकाश छुन चाहन्छु
क्षितिज भेट्टाउन चाहन्छु
सूर्य दिनभरि एउटा आकाशबाट
अर्को आकाशमा पुगी सकेको हुन्छ,
तर म भने जहाँको तहीँ
म अँगालो मार्न खोज्छु क्षितिजलाई
तर म भन्दा पहिलो क्षितिजको काखमा सूर्य पुगीसकेको हुन्छ
म चुम्न खोज्छु आकाशलाई
तर मैले भन्दा पहिले सूर्यले छोइसक्छ
ऊ भन्दा पनि पहिले उसको किरणले
म चाहिँ जहिँको तहिँ
न आकाश छुन सक्छु न क्षितीज भेट्टाउन सक्छु ……………… सक्यो ”
” वा वा वा, अति राम्रो। सँधै सुनिरहुँ जस्तो लाग्ने अति राम्रो। ओ हो ” मैले जाने जति शब्दले मुक्त कण्ठले उसको कविताको प्रशंसा गरेँ। उसले आधा खुशी र आधा अचम्म मिसिएको अनुहार पार्दै भनी – “राम्रो छ र ? मलाई त त्यस्तो लाग्दैन। ”
म केही बोल्न खोज्दै थिएँ उसले फेरि भनी – ” झन् यो कविता त पुरानो। दुई वर्षअघि लेखेको त्यतिबेला म पाँच कक्षामा पढ्थेँ। ”
“ए, भने पछि तिमी अहिले सात कक्षामा पढ्छ्यौ ? ”
“हैन आठ कक्षामा”
मैले मनमनै गमेँ दुई वर्षअघि पाँच कक्षामा पढ्ने मान्छे त अहिले सात कक्षामा पढ्नु पर्ने हो। मैले चाहेर पनि उसँग स्पष्टिकरण मागिनँ किनकि उसले नै भनेकी थिइ ऊ गणितमा कमजोर छे।
“आज स्कूल किन नगएको त ?” मलाई आज आइतबार भन्ने थाहा हुँदा हुँदै पनि सोधेँ।
उसले भनी – “आज आइतबार हो ”
“अनि के भो त ?” मैले हेपेर सोधेँ।
“आइतबार हाम्रो छुट्टि हुन्छ। ” उसले मलाई पढाउने पारामा जवाफ दिई।
” ए हो ? हाम्रोतिर त शनिबार छुट्टी हुन्छ”
एक छिन दुबै जना मौन भयौं। एक्कै छिन १५ सेकेण्ड जति।
उसले आफैं भनी म “क्यालिफोर्नियामा बस्छु। मेरो बुबा टेक्ससमा बस्नुहुन्छ। म मेरो आमासँग बस्छु। ”
मैले उसको परिवारतिर त्यत्ति चासो दिइनँ। सोचेँ उसको बाउ टेक्सस भन्ने ठाउँमा जागिर खान बस्छन् होला। फेरि मैले टेक्सस र क्यालिफोर्नियाबिचको दूरी पनि नजरअन्दाज गर्ने कोशिश गरिन।
मैले छोटो जवाफ दिएर टारेँ – “ए”
मैले सुनेको थिएँ पश्चिमाहरु दश वर्षो भए पछि चुरोट रक्सी सबै खान्छन्। यी सबै उनीहरुको लागि सामान्य हो।
मैले जान्ने उद्येश्यले सोचेँ – ” तिमी चुरोट पिउँछ्यौ ?”
“अँह यतातिर १६ वर्षो नभई चुरोट खानु गैरकानुनी हो। तर म १६ वर्षो भए पछि पनि चुरोट खान्न।
किनकि मलाई चुरोटको गन्ध नै मन पर्दैन। ”
“ए, अनि तिमी रक्सि खान्छौ कि खाँदैनौं नि ?
“म संसारमा सबैभन्दा घृणा रक्सीलाई गर्छु उसको अनुहार साँच्चै नै रिसाएको जस्तो देखियो , ” रक्सी मलाई पटक्कै मन पर्दैन। मेरो एकदम जँड्याहा हुनुहुन्छ। ”
“ए”
ऊ अल्लि बढि जटिल हुँदै गईरहेकी थिई अर्थात हाम्रा कुराकानीहरु। जति बुझे पनि नसकिने। कति बुझौं कसरी बुझौं। त्यसैले म सबै कुरालाई हल्कासँग मात्र लिइरहेको थिएँ। बढि खोजतलास गर्नेतिर लागेको थिइनँ।
” ए साँच्चि आज मेरो सौतेनी बुबा आउनु भएको थियो। हामीलाई भेट्न” उसले ज्यादै स्थिर भएर यसो भनेपछि म झसँग भएँ।
“सौतेनी बुबा ?”
उसले टाउको हल्लाई।
“तिम्री आमाले दोस्रो विहे गर्नु भएको हो ?”
“हो -”
“अनि तिम्रो आफ्नै बुवा, जन्म दिने बुवा ……..?”
प्रश्न पूरा हुन नपाउँदै उसले भनी “टेक्ससमा हुनुहुन्छ। ”
“त्यो त मलाई थाहा छ, तिम्रो आमा र बुवाबिच सम्बन्धविच्छेद भइसकेको हो ?
उसले फेरि टाउको हल्लाई।
“किन” मैले अधैर्य भएर सोधिहालेँ।
“किनकि मेरो बुवाले धेरै रक्सी पिउनु हुन्थ्यो। अनि आमा र बुवाको सँधै झगडा भईरहन्थ्यो। त्यही भएर”
“तिम्रा दाजुभाइ दिदीबहिनी पनि छन् ?”
“एउटा दाइ छ, १९ वर्षको भयो। ऊ चाहिँ बुवासँग टेक्ससमा बस्छ। अनि म चाहिँ आमासँग ”
“तिमी आमासँग बस्न पाउँदा खुशी छ्यौ हैन त ? ”
उसले भनी – ” अहँ पटक्कै खुशी छैन ”
मैले अचम्म मान्दै सोधेँ – ” ए त्यसो भए तिमीलाई तिम्रो बुवा चाहिँ मन पर्छ ? तिमी बुबासँग बस्न चाहन्छ्यौ हो ?”
उसले फेरि मैले नचिताएको जवाफ दिई ” अँह होइन ”
मैले केही बोल्नु भन्दा पहिले नै उसले भनी – “म मेरा आमा बुबा दुबै जनासँग बस्न चाहन्छु। ”
उसको प्रश्नले मलाई ज्यादै भावुक बनाइसकेको थियो। मैले उसको बारेमा थप जान्न चाहेँ। विशेष गरी उसको आमा बुबाको बारेमा
मैले सोधेँ – तिम्रा आमा बुबा कति वर्षको हुनुहुन्छ ?
जवाफ आएन।
फेरि सोधेँ उहाँहरुको बिहे भएको कति वर्ष भयो ?
अझै जवाफ आएन।
मैले अझै सोधेँ उहाँहरु छुट्टिएको कति वर्ष भयो ?
फेरि जवाफ आएन।
बल्ल सम्झेँ उसले अघि भनेको कुरा ऊ गणितमा कमजोर छे।
No related posts.









Fantastic!
मन परे हरियो, नपरे रातो
0
0
मलाई कथा पढेको राम्रो स्वाद आयो। गम्भीर रूपले मनोवैज्ञानिक पनि छ।
मन परे हरियो, नपरे रातो
1
0
राम्रो लेख।।।। यो लेख को लागि लेखकमहोदए लाई धेरै धेरै धन्यवाद ।।।।।।।।।मर्मिक अनी वास्तविक लेख……
मन परे हरियो, नपरे रातो
0
0
Writer,
I unfortunately came across the story you have written. I don’t know the prospectives of your presentation and the view that you wanted to give. Anyways I rate this story as 0 and this is the very bad article i have ever rade. And being a nepali i don’t respect the writer or at least this artical writer. Please never present these kind of story to nepali because this is very discouragable.
Yes I agree that nepal is very poor country as compared to USA but the perception they have is very bad.. really hurt me.. and you were silent and laughing with baby.. whatever..
You might have experianced this kind of situation and many people do.. but this is not the right way to present the experiance..
And at least i can conculde few things form the conversation from the bad story is:
- Culture in Nepal is very good than they have and even we can’t compare..
- Nepali are very good in mathematics than the example in the story..
- Most of them give the preference to drink, smoke, and sex rather than learning..
Jay Nepali Mata..
मन परे हरियो, नपरे रातो
0
0
Khai k Khai k
मन परे हरियो, नपरे रातो
0
0
Kamal kumar ji keep it up.It shows the perspective of foreign people about nepal and nepali and the reality of family relations and so called Khusi in westerners`.
yo kathaa lai pang na puchhar vanera comment garne haru ko katha aawos na ta , ani hami pani padhula kasto hundo rahechha.
मन परे हरियो, नपरे रातो
0
0
सटिक कल्पना । साहित्य पढ्नुको मजा बल्ल आयो । नत्र भने नेताले भाषण गरेजस्तो यो गरेँ र त्यो गरेँ, दिमाग नै लगाउन नपाउने । तर धेरैले मन पराएनन् । पढ्ने फुर्सद नभएर हो कि ? राम्रो र सन्देशमूलक (अभिधेयार्थमा) छ ।
मन परे हरियो, नपरे रातो
0
0
माता पिताका झै झगडा – आपस मा नराम्रो सम्बन्ध का कारण सम्बन्ध बिछेद हुन गएर दु बै जना मध्य कुनै एक जनाबाट छुट्टीनु पर्दा बालबालिकाको मस्तिस्कमा कसरी गम्भिर अ सर परेको हुन्छ , कसरी तिनका खुशी छिन्न भिन्न भएको हुन्छ र कती सम्म असन्तुस्टिका दृष्टि कोण ले तिनले संसारलाई हेर्छन भन्ने गम्भिर कुरालाई अत्यन्तै मार्मिक सँग यो कथाकी पात्र ले कबिता मार्फत प्रकट गरेको हिर्दयस्पी भाबनाहरु मार्फत बुझ्न् सकिन्छ ।
आफ्नो कारण ले आफ्न सन्तान मा संसार प्रती बित्रिस्णा को छाया नपरोस भनेर हरेक माता पिता सजक र सचेत हुनु जरुरी छ ।
कथाको सन्देश अत्यन्तै उत्कृष्ट छ ।
कमल कुमार जि लाई धेरै धेरै धन्यवाद र निरन्तरताको शुभ कामना ।
मन परे हरियो, नपरे रातो
0
0
लेख रसिलो छ। यस लेखले पश्चिमाहरुको नेपाल प्रतिको धारणा कस्तो हुन्छ भन्ने बिषयलाई प्रमुखता दिएको मैले पाए। एउटी बालिकाको हृदयको गहिरहिमा दुबुल्की मार्ने र त्यो गहिराइबाट नेपाल सम्बन्धी बस्तुहरु सतहमा ल्याउने प्रसम्सनिय प्रयास राम्रो छ। तर पनि यसले समग्र रुपमा नेपाल प्रतिको पश्चिमाहरुको धारणाको प्रतिनिधित्व गर्छ जस्तो मलाई लाग्दैन किनभने यो लेखकी पात्रा उमेरको दाहेरामा – त्यसैको फल्स्वरुप सोचाइको दाहेरामा बाँधीएकी छिन।
मन परे हरियो, नपरे रातो
0
0
I am still not sure whether it is necessary to say something as a author of this story. After reading all comments, ‘to say something’ is little bit important rather than ‘not to say anything’. This is not any clarification or motion of confidence that aims at manipulating your perception and make you change your view about this story. I am also not a professional story writer. This is my first story published in mysansar. This story was written more than 4 years ago. The main thing I wanted to depict in this story is the “differences”. Differences in living and differences in thinking. Another thing that has been shown is the perception of a western people to the people of east. Last but not least a child psychology has been carefully shown. A child who has a very odd and native perception of Nepal, but still she is a child who tends to be good and who is not happy about the divorce of her parents. Thats all I wanted to say.
I want to express my immense gratitude to all comments. I am really thankful to all people who spoiled their valuable time to read and comment my story. Honestly, Thank you all.
Kamal Kumar
मन परे हरियो, नपरे रातो
0
0
This is the real story in america.Here more than 40 % children live without their father or mother. Mostly they have step father or step mother May be nobody understand about your topics.
मन परे हरियो, नपरे रातो
0
0
hey mr kamal kumar, what do you mean? you want to tell all the neapali people are poor they don’t have food to eat and they don’t have cloths to wear every things come from usa or what? don’t make that much shit to all nepali people ok my dear friend.
मन परे हरियो, नपरे रातो
0
0
Neapli haro ko ta sanima ba ra ama chutdhinan tesali
testo gharihar sochnu parne abasta pardina.
मन परे हरियो, नपरे रातो
0
0
पुङ न पुछर को कुरा गर्दैमा साहित्य भाई हाल्दैन। लेखन को उदेस्य र सन्देश प्रस्ट नभएका एस्ता बकम्फुस्से कुरा ले समय मात्रै बर्बाद पार्छ।
आयुश शर्मा
वासिङ्टन, डिसी
मन परे हरियो, नपरे रातो
0
0
सुश्माजी कता जानु भो ? उहाको साहित्य पढ्न पाईन्छ कि भनी शनिबार बिहान हुन नपाउदे मेरो संसार हेर्यो , झुर कथा हरु मात्र पढ्नु पर्छ
मन परे हरियो, नपरे रातो
0
0
मलाई यस कथा मा भएको कुराकानी राम्रो लाग्यो। साहित्य लेखन प्रयास राम्रो छ। उत्तर-उत्तर प्रगती कामना गर्दछु…….
मन परे हरियो, नपरे रातो
0
0
great writing…
especially the sentence>>>
“nepali haru pani haschhan ra? uniharu ta garib hunchhan.”
.. true representation of what western people think about the third world countries…..
मन परे हरियो, नपरे रातो
0
0
साह्रै मार्मिक कथा लेख्नु भएको रहेछ, नमीठो लाग्यो। अनि मेरो पनि गणित धङ्धङ्याउन लागेछ।
मन परे हरियो, नपरे रातो
0
0
नेपालमा पनि रात्री ब्यवसायलाई ब्यबस्थित गरेर मानबलाई दानब र नरपसुमा परिणत् गरेर कलीला बाल्बालिकाहरुको भबिस्य कुठारघात गर्न सकिन्थ्यो कि? पसुहरुको माग पुरा गर।
मन परे हरियो, नपरे रातो
0
0
नेपालमा पनि रात्री ब्यवसायलाई ब्यबस्थित गरेर मानबलाई दानब र नरपसुमा परिणत् गरेर कलीला बाल्बालिकाहरुको भबिस्य कुठारघात गर्न सकिन्थ्यो कि? पसुहरुको माग पुरा गर।
मन परे हरियो, नपरे रातो
0
0
Hey Mr. KamalKumar jee,
This is utterly stupid writting. Its a Height.
One is unable to remember the time of family accidents due to his poor mathematics. Ha ha ha…
Tapai chahi dherai kurama nai kamjor jasto lagyo.
Please do us a favor, quit writting.
मन परे हरियो, नपरे रातो
0
0
ke lekheko hola kunni ! pung na puchha bhane jasto….
मन परे हरियो, नपरे रातो
0
0
साच्चै हो
साच्चै हो नेपाली हरु हस्न जान्दैनन बरु हसाउन सक्छन
नाच्न नजान्नेलाइ नचाउन सक्छन
जो अप्राधी छ उस्लाइ
लभर बनेर पनि बचाउन सक्छन
मन परे हरियो, नपरे रातो
0
0
fantastic, mind blowing, great writing
but i could not catch the theme. because i am also very poor in social science and literature but i am too good in mathematics.heeee
मन परे हरियो, नपरे रातो
0
0
I am too weak in mathematics and couldnt understand ur story! Seems ur story can be understood from Nepalese Perspetive only rather than to get it from the western perspective.
You seem to show that we eastern people have good family life but u were trying to be close with a western girl and i really didnt get ur point buddy!
Its common to be separated in the western world, as i have met people out here who had devorced just due to a cause that a person’s spouse had a smelling feet.
So its natural and who the hell r we to judge other’s culture??
मन परे हरियो, नपरे रातो
0
0
i agree with you
this article is really mind blowing but …i do not understand about the title…..
anyway thank you very much for your labourious job..keep it up
Surendra Bhatta
Thamel, Kathmandu
surendra_bhatta@hotmail.com
मन परे हरियो, नपरे रातो
0
0
hahaha mooocool ji tapai pani sahitya maa kamjor hunuhudo rahechha.
मन परे हरियो, नपरे रातो
0
0
साहित्य कहिल्यै पनि नराम्रो हुन्न साथी हो,बस यसलाई स्वाद लिने जिब्रो मात्र फरक हुन्छ, त्यसैले यस्तो सोझै दनक दिने खालको कमेन्ट लेखेर साहित्यको अपमान नगर्नु होला|
मन परे हरियो, नपरे रातो
1
0
you made me laugh!!!
Thanks
मन परे हरियो, नपरे रातो
0
0
हो भनेको सुष्मा जी,
मलाई पनि तपाईको कथा पढ़न मन लागेको छ,उमेश जी हुन्छ भने उहाको कथालाई पनि स्थान दिनु न ल|
मन परे हरियो, नपरे रातो
0
0
o ho tapai lai kati sushma ko chinta lagako ho
मन परे हरियो, नपरे रातो
0
0
frist story ? !!!
You are doing great job .
Please keep it up . Really Really Great job .
मन परे हरियो, नपरे रातो
0
0
झंन्डै कथा भन्दा गहकिलो पो लाग्यो लुना जी को कमेन्ट त मलाई,यस्तो पो कमेन्ट|
मन परे हरियो, नपरे रातो
0
0
यो कथा की patra ले कबिता मार्फ़त ……के भनेको लुना जी एस्तो? यो हप्ता को बेस्ट कबी भएर पनी कथा र कबिता को फरक थाह छैन? ………………..नेपाली हरु,,,,,कति बेईजेत गरछौ हो ……नेपाल को………….?
मन परे हरियो, नपरे रातो
0
0
keep it up! u can rock on! as rolling stone gathers no moss.
मन परे हरियो, नपरे रातो
0
0
Hello Pandit Ji,
Hey are you nepali?? you gave the good rating to this..
Nepali mathi haseko herere hasne nepali ..
Tapai hami jasto manche le esto article lai appreciate garnu hudaina..
मन परे हरियो, नपरे रातो
0
0
बिक्रम जि !
एक पटक फेरी कथा भित्र डुबुल्की मार्नुस् त !
कथा भित्र कथाकी पात्र ले हिर्दयस्पी कबिता भनेकी छि न् ।
त्यही आधारमा मैले लेखेकी हुँ ।
मन परे हरियो, नपरे रातो
2
0