शनिबार साहित्य अन्तर्गत प्रतियोगितात्मक रुप धारण गरेको फोटो हेरी कविता लेख्नका लागि यो साताको चुनौतिका रुपमा तपाईँहरुलाई फोटो-

फोटो हेर्नुस् र फोटोसँग मिल्ने गरी कविता लेख्नुस्। कविताबाहेक अन्य कमेन्ट यसमा नगरिदिनु होला। प्रतियोगितामा सहभागी हुनका लागि बिहीबार बिहानसम्म मात्र कमेन्ट खुला गरिनेछ। गत साताको प्रतियोगिताको नतिजा केही घण्टापछि घोषणा गरिनेछ।
Related posts:












ल्याउछु जुन सहजै म भरेर अन्जुली यो अन्धकारै मुनी
साचो लाग्छ मलाई खोज दुनियाँ यो शान्ती को प्रेम मुनी
फुलै फुल्छ कतै भने म भमरा बन्दै खुशी पाल्दछु
आकाश छैन नजिक भने पो के भो र ? बादल बनी लुक्दछु
देख्छु कि म नया आभाश सजिलो चुली हिमालै मुनी
लेख्छु कि म नयाँ उदाहरण खुबी त्यो सुस्त आँखा मुनी
चुम्न पाउ नयाँ मुहार सजिलै भन्दै बटुल्दै खुशी
ल्याउदैछु म मुहान सागरसरी आकाश झै नै बनी
आउँदैछन कती ति पछाडि हुलयी खुशी बटुलु भनी
पक्कै गीत बनी म आउछु नयाँ माता यो नेपाल मुनी
मन परे हरियो, नपरे रातोः
0
0
***समय र मानिसहरु***
कुनैबेला समय यस्तो थियो
मानीसहरु युद्धका गीत गाउथे
क्रान्तिका लामा लामा भाषणहरु
र मुक्तीका कथाहरु लेख्थे
एउटा अभिष्ट थियो मानिसको ‘मुक्त हुने ‘
र आकाङक्षा थियो संसार जित्ने
सखारै एकहुल मानिसहरु
बस्ती बिउँझाउँदै हिड्थे
दुष्मनहरु ढाल्ने सपनामा रम्थे
युद्ध जीवन
र जीवन युद्ध थियो मानिसको
समय यस्तो पनि थियो
दाईले भाई र भाईले दाई
दिदिले बैनी र बैनीले दिदिलाई मार्थे
कती निर्दयी थिए मानिसहरु
अनी कती निर्दयी थियो समाज
जनताका सेबकहरुनै गर्थे
जनताको हत्या
मुक्तिदाताहरु नै सोस्थे
आमुक्त मानिसका रगत
बदल्छु भन्नेहरु नै
बिगार्थे समाज
र बिकासका सपना बाँडनेहरुनै
भत्काउथे सम्रचनाहरु
एउटा यस्तो समाज थियो त्यो
कहिकतै बिकास थिएनन
र निर्माणमा जुट्दैनथे हातहरु
तर आज
समय बद्लिएको छ
मानिसहरु युद्धका गीत गाउदैनन
र क्रान्तिका कथाहरु लेख्दैनन
बन्दुक बोकेर घर घर
चहार्दैनन् युद्धबिरहरु
जनता तर्साएर सुरक्षा
खोज्दैनन सुरक्षाकर्मिहरु
बरु टुँडिखेलमा परेवाहरु उडाउछन
शन्तिको कामना गर्दै
अनी
सखारै मानिसहरु निर्माणमा जुट्छन
नयाँ नेपालको अभिलाषा बुन्छन
एउटा यस्तो नेपाल
जहाँ फेरिपनी मानिसहरुले
मुक्ती खोज्दै बन्दुक भिरेर लड्न नपरोस ।
मन परे हरियो, नपरे रातोः
1
0
छितिज
बादलका छिर्काहरु
सपना
र शाहसहरु।
अनाकार आकाशको मुन्तिर
वादलुको फेदसम्म
उक्ली उक्ली चुलिएर
अनाकार अदम्य शाहसले
अनाकार सपनाका
झिस्मिसे रङहरुलाई
दिप्त बनाउन
तार बारसँग हार नमानी
छितिजसँगको लुकामारी ।
वस्ती वस्ती
टोल टोल
जहाँ जहाँ रातको घात छ
गाउ गाउ
घर घर
जहाँ जहाँ प्रातको आश छ
लठ्ठाका जत्थामा
बिजुलिको माला उनेर
बत्तिको टिका, मान्छेहरुको मुस्कान
उज्यालोसंगको दशै र भाईटिका ।
धरती
मजदूरका परीश्रमहरु
सम्पन्नता
मान्छेका आकंक्षाहरु ।
Roopess
मन परे हरियो, नपरे रातोः
0
0
खैके खैके जस्तो लाग्छ काम्गरेको देखदापनी/ नेपाल आमा बोक्छिन पानी जल्श्रोतको धनी बनी/ नयाँ नेपाल बनाउनेरे माथि माथि बस्नेहरु/ गाउमा सधैं तिते फापर कोदो मकै अन्नहरु/ कुलो छैन खेतबारिमा बत्ती बाल्छौ दियालोहरु/ त्यस्तो देखदा एस्तो लाग्छ खैकेगरु खैकेगरु (dukhi phulbari)
मन परे हरियो, नपरे रातोः
0
0
बेला हो यो नवनिर्माणको
थालौं गर्न उन्नती
पछी पर्यौ फेरी भने
दरिद्र होलान सन्तती
युध्द अव गर्नु छैन
आकाश भइसक्यो निर्मल
हाम्रा यि हातले सुमसुम्याउँदै
बनाउँ नेपाललाई कोमल
वीरहरुको सन्तती हामी
सगरमाथाको देश
आकाशचुम्ने साहास छ हाम्रो
बदल्न सक्छौं परीवेस
भाई भाई एउटै हामी
कोही छैन यहाँ पराइ
एकताको बल नै हो ठुलो
पछीहटदैनौ हामी डराई
एउटा एउटा बलो थप्दै
तलो बनाउनु पर्दछ
तेरो मेरो भन्ने होइन
हाम्रो निर्माण गर्नुछ
कर्मशिल बन्दै हामी
बनाउँदै छाती बिशाल
रोक्नसक्दैन कसैले अब
बनाउछौं नयाँ नेपाल
जय नेपाल!
मन परे हरियो, नपरे रातोः
0
0
himal chadchu bhandai sapana bunthe ma
aaja surilo bharayang po chaddai chu
desh lai swacha hara bhara bhako herne chahane aakha
kalo chasma le aafai dhakdai chu
iichaya ra aakanchaya haru haatemalo gardai
ekai saath karma thalo ma milkaudai chu ma
aaru le ghoda chade aafu dhuri nachadnu bhanthe
himal chadne sapana boki aaja pole chaddai chu ma
swacha hara bhara nepal samjhi samjhi
thula thula hoarding board haldai chu ma
iichaya ra aakanchaya haru haatemalo gardai
ekai saath karma thalo ma milkaudai chu ma
मन परे हरियो, नपरे रातोः
0
0
जुहारी : एमाले, कांग्रेस, माओवादी, फोरम
(कृपया बायाँबाट क्रमश: एमाले, खाली रहेको भाग कांग्रेस, माओवादी अनि फोरम भनी बुझ्नुहोला)
एमाले :
होस् गर माओवादी
हामी पनि साथमा छौं
मिलेर देश बनाउँ
संसारलाई साक्षी राखी ।
कांग्रेस :
हालीमुहाली हाम्रो बानी
सहकार्यको मति छैन
बरू खुट्टा तान्छौं हामी
तल बसी भएपनि ।
माओवादी :
जनताले पत्याएका
डाडुपन्यू आफ्नै हात
हामी नै हौं सर्वहारा
चलाउँछौं आफ्नै तरीका ।
फोरम :
हामी पनि माथि नै छौं
दक्खिनेको आश हामी
राष्ट्रवाद पानको थुक
देशै बेच्न तयार छौं ।
मन परे हरियो, नपरे रातोः
0
0
न त आकाश चुम्ने रहर
न त चन्द्रमा टिप्ने नै
मेरा त केवल बाध्यता
गाँस, बास र कपासको
न त शाहसको प्रदर्शन
न त ब्यवसायको प्रबर्धन नै
मेरा त केवल आवश्यकता
लाला बाला पालन पोषणको
आधारभुत आवश्यकता पुर्ती गर्न
जोखिम उठौउदै कार्यमा लिन छु
नजन्मिएका भबिष्य लालाबालाको
केही स्पष्ट आक्रिती कोर्ने घ्रिश्टता गर्दै छु ।।।
मन परे हरियो, नपरे रातोः
0
0
“”"”"तस्विर बोलिरहेछ”"”"”
कर्मठ मेरा जोर हात दाउँछु
परिश्रमको नै गीत म गाउँछु
धेरै सुन्यौ मेरा विरताको किस्सा
अब विकासको मूल उगाउँछु
चाहे जो काम गरुँ म यहाँ
पौरख्लेनै देश् माथि उठाउँछु
कर्म मै रम्ने कर्मयोगी म
पसिना बहाई सुन फलाउँछु
मेची काली सब छरी बसेका
हातदेउ साथी म हात मिलाउँछु
सयौले थुकेमा नदी वग्छ रे
एकताको नै म बाटो समाउँछु
कर्मठ मेरा जोर हात दाउँछु
परिश्रमको नै गीत म गाउँछु
chitwan,
मन परे हरियो, नपरे रातोः
0
0
त्यो फलामे हाँगा
लडीझरे,बज्जारीए जमिनमा
अनि भने
माता तिम्रो काख जाती त्यों संसार भन्दा
एकै छीन पछि
मेरो निवेदनमा
पोका-पोका
श्वेत वादलहरु
मलाई लीन आइन
थपक्क सवार भै
नील गगन भ्रमणमा निस्के
स्थिर मेरो शरीर वरीपरी
आँखाहरु पोखिदै थिए
तर
भीड़को आँशु माथि म
मुस्कुराई दीए र भने
वादल बाट
तिम्रो झेली संसार बाट मुक्त भए आज
मन परे हरियो, नपरे रातोः
0
0
भालेको डाको घडीको सुई कामको थालनि ।
नगए मेला पेटमा माण खै के हो हालनी ।।
जाडोले होला सिरेठो चल्यो बिहानी पाखामा ।
चरिको गीत आनन्द आयो सुरिलो भाकामा ।।
फलामे किल्ला हातमा टर्च वेल्डिङ गरेर ।
अरुको कर्म चम्काइ दिन्छौ पौरख भरेर ।।
श्रमिक हामी श्रम नै रोटी श्रमको कमाई ।
सन्तति मिली बाडेर खाई बस्नुछ रमाइ ।।
काम छ हाम्रो नाम छ अर्को यो कस्तो जगत ।
मुखमा माण लगाई बाच्ने ब्यर्थै भो फगत ।।
हे दैब तिमी के दियौ जुनि कसरी बाच्ने हो ?
मनमा बोझ सपना हरु कसरी साच्ने हो ??
नपायौ हामी श्रमको मुल्य न नाम कमायौ ।
न संगै बसी सन्तति हरु खुशीले रमायौ ।।
न सुत्ने थाहा न खाने थाहा न हाम्रो ठेगाना ।
सुन्दैन कोही आग्रह गर्दा गरिबि बेदना ।।
हातमा प्राण राखेर काम हामीले गर्ने हो ।
जोखिम सधैं कहाँ छ अन्त? खै कहाँ मर्ने हो ??
गरेर श्रम जिउछौ हामी यस्तै छ जिबनी ।
कहिले देख्छौ हामीले ‘चा’को सुनौलो बिहानी ।।
नेपाली हामी बुद्दको बाणी सजाए यसमा ।
अमन आए आनन्द मान्थे यो हाम्रो देशमा ।।
दर्शन देउ बोर्डमा पनि सत्यता चिनाई ।
बुद्दत्व बाड दुनियाँ सँग सत्यमा हिडाई ।।
बनाउ अब सुन्दर शान्त यो हाम्रो नेपाल ।
ॠणले मुक्त बनाइ हल्का यो हाम्रो कपाल ।।
बिभेद छोडौ आँफैमा हामी अगाडि बढेर ।
बिकास गरौ सिपले भरी शिखर चढेर ।।
सिकाइ सिप हातमा हात मिलाई उठेर ।
सुन्दर देश निर्माण गरौ सबैले जुटेर ।।
खतरा लाई बनाई टाढा सिकौ है प्रबिधी ।
छैनन देख्ने सन्तति हाम्रा यो हाम्रो दुर्गती ।।
हातमा प्राण राखेर काम हामीले गर्ने हो ।
जोखिम सधैं कहाँ छ अन्त? खै कहाँ मर्ने हो ??
गरेर श्रम जिउछौ हामी यस्तै छ जिबनी ।
कहिले देख्छौ हामीले ‘चा’को सुनौलो बिहानी ।।
मन परे हरियो, नपरे रातोः
0
0
उमेश जि,
पहिला त साप्तहिक रुपमा कबिताको राम्रो सुरुवात गर्नु भो। अब तेस माथी उत्कृष्ट कबिता प्रकाशित गर्ने खबर सुन्दा साह्रै खुशी लग्यो। तपाईं र तपाईको team लाई धेरै धेरै धन्यवाद।
तिहार नजिकिदै छ, तपाईं र माइ संसार क सम्पूर्ण साथीहरु म शुभकामना है मेरो!!!
मन परे हरियो, नपरे रातोः
0
0
यो उचाइ बाट मैले,
आकाश छुन खोजेको हैन।
यो अध्यारोमा मैले,
जुन,तारा रोजेको पनि छैन।
यो धराप को जिन्दगी,
फगत पेट भर्न रोजे।
हो, यहाँ बाट अलिकती
उज्यालो हेर्न खोजे!
दबेको जिन्दगी मेरो,
अलिकती उचाइ रोजे।
मलाई पनि कसैले चिन्ला,
पलभरलाई यस्तो सोचे।
तर खै र यो अध्यारो,
मेरै परीपरी घुमि रहन्छ।
तेसैले त न मेरो न तिम्रो
अनुहार उज्यालो हुन्छ!
म जान्दिन भोली के फल्ने छ यहाँ,
म त फगत परिश्रम मात्रै छर्छु।
भलै नबुझोस् कसैले,
म त चुपचाप आफ्नो कर्तब्य गर्छु।
आफ्नै भुमीमा पसिना छर्दै छु,
यही नै ठुलो मान्छु।
यो काहाली लाग्दो उचाइ भन्दा,
माटोमै बिलाएको जाती ठान्छु!
अनु
मन परे हरियो, नपरे रातोः
0
0
Work Hard, Work Hard
Day in and day out we work
And we do work very hard
Some of us are Doctors, Bakers and Bankers
Everyone needs to make a living
Including a lap Dancer
So what I think is, work is life
And life is work
If you hesitate to work that is wrong
Look at me, I neither got a helmet
Nor a safety belt
Still I’m standing pretty tall
Hope I won’t make a free fall……
मन परे हरियो, नपरे रातोः
0
0
गाँस खोज्न हत्केलामा ज्यान बोक्छन मान्छे
भेडा भाख्रा सरी आफ्नो भाउ जोख्छन मान्छे
आकाश छुनेको भिडमा छाना नपाका माथा
भोकमा जकडी आफ्नै ओठ टोक्छन मान्छे
ओबोध पिउषाका रहर सपनामा बुनी
साकारको आशमा ढुङ्गा ढोक्छन मान्छे
कर्मको मर्म,कस्तो यो धर्म जात भातमा
उच निचको सिमाना आँफै तोक्छन मान्छे
माटोको पाटो एकताको बाटो बिकास रोप्न
बढन नि अघी खुट्टा तानी रोक्छन मान्छे
भुपेन्द्र महत
कोलोराडो ,अमेरिका
मन परे हरियो, नपरे रातोः
0
0
पर्दा पछाडि जस्तो देखिने निलो गगन
र तेसैमा मडरिरहेको बादलको झोक्काहरु
अग्लो जोखिममा आफ्नो रोजिरोटी खोजिरहेका
अरुको ईशारामा काम गन्रे मुल्यबिहिन कामदारहरु
म पनि त उनिहरु जस्तै जोखिम उठाई
पापी पेट भर्छु सनौलो बिहानिको कल्पनामा
तर ति कल्पनाहरु मिथ्या साबित हुन्छन
बागडोर समाल्नेले भत्काइदिदा ति सपनाहरु
कसैको भबिस्य बनाइदिन अग्रसर हामीहरु
एक छाकको लागि ज्यान जोखिममा हाली
निस्कपट काम गरिरहेछौ आखिर कहिले सम्म ??
आफ्नो भबिस्यको बिना प्रबाह काम गर्ने ??
के आर शर्मा
मन परे हरियो, नपरे रातोः
0
0
अहो प्रक्रिती कस्तो छ अदभुत
रिसाएर गगन कालो बनाउँछ
मुसलधारे बर्षा बर्साउँछ
बाडी ल्याउँछ
पैरो खन्याउँछ
प्रकोप ल्यउँछ
अनी फेरी सुर्यको किरणसँगै मुस्काउँछ
निलो गगनरुपी माझेरीमा
सेतो बादलरुपी गुन्द्री ओछ्याउँछ
स्रम गर्ने हत्केलाहरुलाई ओबानो बनाउँछ
मानब मनमा उमङग ल्याउँछ
किसानको भकारी भराउँछ
पाटीमा ओत लाएर बसेको बटुवाको
गन्तब्य नजिक ल्याउँछ
बार्तलीमा प्रेमी कुरेर बसेकी प्रेमिकाको अनुहार
मिठो मुस्कानले सजाउँछ।
अहो प्रक्रिती कस्तो छ अदभुत
बिचमा सुर्य राखी वरीपरी ग्रहहरु घुमाउँछ
कुनै ग्रहलाई बारफको त
कुनै ग्रहलाई रातो रङको खोल ओडाउँछ
आमा प्रिथ्बीलाई पसुपंछी, बोटबिरुवा,
आमाजोना, हिमालय अनी आन्डेसले स्रिँगार गर्छ
मानब जातीलाई बौधीकत प्रदान गर्छ
याङ्से, टिग्रिस अनी सिन्धुको किनारमा
मानब सभ्यताको सुरुवात गर्छ
मानब जातिलाई रिस, डाहा, इर्स्याको बिशालु लड्डु ख्वाउँछ।
अहो प्रक्रिती कस्तो छ अदभुत
संसारमा बिभेदताको बिउ रोप्छ
आँफैले उत्पत्ती गरेका
कसैलाई बिलासिताको संसारमा चुर्लुम्म डुबाउँछ
मुल्यवान गाडीमा घुइँक्याउँछ
आरामदाइ कुर्सिमा घुमाउँछ
भौतिकताबादको पराकाष्ठमा पुर्याउँछ
भने कसैलाई होल्डिङ बोर्ड हातमा थमाउँछ
ति गरीब बेसहाराहरुको ज्यानको के मोल
जोखिमपूर्ण उँचाइमा पुर्याउँछ
कानुनी अंगहरुलाई कामदारको सुरक्षाका
निउनतम मापडन्ड तय गर्न बिर्साउँछ
अनी फेरी दुर्घटना निम्त्यौँछ
ति कलीला बाल्बच्चाहरुलाई रुवाउँछ
टुहुरा बनाउँछ ।
मन परे हरियो, नपरे रातोः
0
0
बिग्यपनमा हुन्न बिज्ञानको भाषा !
कन कन म खोज्नु पर्छ पारीभशा !!
माटो भन्दा माथि हावाको चुलिमा
अक्छ्येर् सजएर हुन्न सभ्य संसार !
ज्ञानको गहिरैमा डुब्नुपर्छ बजिलगै ज्यान
अनी पो पहिन्छ सुन्दर संसार !!
अन्धो धनी ले के बुझ्छ र साधुको मर्म!
बिबश गरीबलेपो भुझ्छ उस्को कर्मा !!
न छ उस्लाई आफ्नै सास्को आश !
न छ उस्लाई न्यानो बास !!
तर पसिनात खनाइ रहेछ हावामा उविएर
केबल जोहौन साझ बिहान्को गास !!
मुर्ख हरुको मुर्ख हौ तिमीहरु !
निर्दोश आँखालाई तन्ने !!
बिग्यपन त एस्तो बिज्ञानपन होस्!
चेतनाको बिर्को खोल्न जान्ने !!
मन परे हरियो, नपरे रातोः
0
0
“होर्डिङ बोर्ड”
———–
निलो गगनमा
सुर्यसँग लुकामारी खेल्ने
ति बादलहरुलाइ सोध
कतै ति ठिङ उभिएका
होर्डिङका खम्बाहरुले
जिस्काइ रहेका त छैनन्?
ति बुट्यानहरुलाई,
ति बिरुवाहरुलाइ त सोध
कतै यसले प्रकृतिमा
बाधा,अड्चन त गरेका छैनन्?
शायद बुट्यानको अगाडि ठिङ
उभिन पाउँदा यसले हुंकार दिदो हो,
“ए फुच्चे, तिमीहरु कहिले
म जत्रो हुने हो?”
अनी गगनचुम्बी यो,
कुहिरोहरुलाई भन्दो हो;
“खबरदार! मलाई छोप्ने प्रयास नगर्।”
आज हामी;
यसको निर्माणमा जुटेका छौ
लाग्छ; यो नै हाम्रो
सभ्यताको प्रतिक हो,
आधुनिकताको द्द्योतक हो।
तर;
परीस्क्रित समाज,
आधुनिक हामी
गहुंसँग घुन पिसिएझै
बिज्ञापनको जाँतोमा पिसिरहेछौ।
हाती र भैंसीको
उर्लदो खहरेले
वास्तविकतालाई पाखा लाउदै
नयाँ बाटो खोज्दै छ।
जसरी सप्तकोसिले
नयाँ बाटो अंगाल्दा
हजारौं हामीलाई
बिस्थापित गर्यो।
अनी हामी
हात्ती र भैंसीको
पुच्छर तान्दै
हात्तीछप र पाँडोमा
अल्मलिरहेका छौं।
मलाई लाग्छ,
भोली
यही होर्डिङ्ले
सडकको किनाराबाट,
शहरको बिचबाट,
यत्र,तत्रबाट …
कुरीकुरी गर्नेछ।
मन परे हरियो, नपरे रातोः
0
0
“दुई हाईकू”
———–
(I)
नयाँ नेपाल
आकाश छेडुला झैं
निर्माणाधिन ।
(II)
होर्डिङ बोर्ड
आधुनिक समाज
कुरुप राज्य ।।
मन परे हरियो, नपरे रातोः
0
0
————————————-
तिर्न रिन लागेका, बस्न आफ्नै घरमा
पढाउन वालवच्चा, चलाउन जिवनमा
लागेथें म विदेश, कमाउन भनेर
वोकेका ति सपना, पुर्याउन भनेर
गार्हो भयो खाडिमा, मरुभुमी गन्हायो
पड्क्यो वम ईराकमा, छाति मेरो चर्कियो
खियो मेरो शरिर, सुको हात नलागी
विते मेरा रातहरु, खुल्ला आकाश मुनी
देखें मैले विदेश, भोगे कैयौं ती सास्ती
लाग्यो स्वर्ग स्वदेस, फर्के म त अस्ती
आछ शान्ती देशमा, छैन जस्तो पुरानो
भाछ आज सहज, पाउनलाई कामराम्रो
झारें मैले पसिना, सिन्चाउन पाटोमा
वोकें मैले कोदालो, खन्न आफ्नै माटोमा
टिपें मैले कलम, लेख्न आफ्नै पनमा
चढें मैले टावर, राख्न ‘शान्ति’ भूमीमा
लिन्छु म त जोखीम, चम्काउन नेपाल !
लिन्छु म त जोखीम, वनाउन नेपाल !!
लिन्छु म त जोखीम, हँसाउन नेपाल !!!
लिन्छु म त जोखीम, चिनाउन नेपाल !!!!
————————————-
मन परे हरियो, नपरे रातोः
0
0
येस्ताई गरी ठादिराहोस बिकास का खम्बा हरु !
तेअस्यी गरी लम्की रहोस नया नेपाल का नया सोच हरु !!
परिबर्तन को नया नेपाल सोच पनी नया हुनुपर्छ!
येसेगरी कदम,कदन्मन बिकाश को मूल फुत्त्नु पर्छ !!
मन परे हरियो, नपरे रातोः
0
0
मेरो घरमा छाक टार्ने बिखय छैन
बजारका साहुहरुलाइ पीर छ बिज्ञापनको,
राम्री मोडेलको अनी, होर्डिङ्को,
मेरो भाईले गाई चराउदै किताब पढ्छ
बजारका सहुहरुलाइ पीर छ छत्राबासको,
छोराको खाजाको,अनी महँगो बोर्डिङ्को ।
मन परे हरियो, नपरे रातोः
0
0
आकासको नीलो रङ्ग स्वर्ग जस्तै लाग्छ
बादलुका टुक्रासँगै उडुँ-उडुँ लाग्छ
तर देख्छु धरतीमा नर्क बन्ने गरी
ब्यापारको स्वार्थभित्र “होडिङ्” खडा गरी
“प्रदुषण” बनाउने होड जस्तै देख्छु
प्रकृतिको सौन्दर्यलाई च्याते जस्तै देख्छु
मन परे हरियो, नपरे रातोः
0
0
साँझ बिहान पेट भर्ने निहुमा
आफ्नो ज्यानलाई राखेर दाउमा
उभिरहेछु जमिनदेखी धेरै माथी
खियाइरहेछु दस नङ्रा साथी
आशमा मेहनतको “मिठो फल”
लगाउनुछ धेरै बुद्धी र बल
नभनी जाडो, बर्षा या घाम
गर्नुछ श्रम, गार्हो छ काम
-0-
तर भोली,
हाम्रो मेहनतको गर्दै उपहास
बिज्ञापनवालको यहाँ हुनेछ होड
शहरको सुन्दरताको गर्दै अट्टहास
“सुन्दरताको प्रचार” गर्न झुन्दिनेछ बोर्ड
दुइ-चार महिला फेरी नगिनेछन
अर्ध-नग्नताले यि बोर्ड अझै रङिनेछन
“आधुनिक युग हो” भन्दैगो
“बिज्ञापनको थलो” शहर बन्दैगो
मन परे हरियो, नपरे रातोः
0
0
लौ हेर साथी हो लागे खम्बा ठडाउन
अहिले एक हूल आउँदैछन होर्दिङ बोर्ड अडाउन
फेरी कुन बियरले सबको आँखा तान्ने हो
कि कुनै सुन्दरीको नजरले हान्ने हो
टाढा हेर्छु आकाश, हेर कती निलो छ
यता पेट भर्न खोज्दा शरीर थिलोथिलो छ
जोखिम छ काम तर गर्जो कसरी टार्ने
नेपालीको छोरो हूँ हिम्मत किन हार्ने
मन परे हरियो, नपरे रातोः
0
0
आकाश खुल्दै गयो हेर
फाट्दै गए बादल घनघोर ति ।
जागे श्रमिकहरु सखारै
जुटे निर्माणमा झन् जोर ति ।।
निर्माण होस् आकाश नयाँ
ति हातहरुको परिश्रमले ।
लेखियोस् विहानी नयाँ युगको
फैलियोस् उज्यालो क्रमैक्रमले ।।
……………………..
………………………..
( अप्रतियोगि कविता )
मन परे हरियो, नपरे रातोः
0
0
नयाँ नेपाल
साथी हो हेर देउरालीमा
बिकास पलाउदै छ आज
एका बिहानै देखी यहाँ
मान्छेहरुको चहलपहल छ
वेल्दिङको झिल्का सँगै
केही अनुहारहरु अथक प्रयासमा
एउता सन्केत कोर्दै छन।
केही दिनमा एउती परी
अर्ध नग्न अवस्थामा
बिएर्को चुस्की सङै
चीअर्स भन्दै आफ्ना
गाजलु आँखाहरुले
तिमीलाई जिस्क्याएकी
अथवा लोभ्याएकी हुनेछिन
यो पनि हुन सक्छ
एउटा बिजय यात्रामा निस्केको युवक
चौतारोमा बिसाउदै
लामो धुवाको सर्को लिदै
भन्नेछ …हानिकारक छ
तेही हानिकरक सेवनलाई
गर्वसाथ भन्नेछ आफै
‘एक मात्र शाहसीको चाहना’
किनकी साथी हो देउरालीमा
बिकासे भ्रमछाएको आज
आरु बखडा फल्ने ठाउमा
लतरम्म कृतिम अङ्गुर
फलेको पनि हुन सक्छ
त्यो बाटोहिंड्ने हरेक युवा आँखामा
रङिन संसारको भ्रम छर्दै
पारी गाउँको छ्वाके कान्छाको हात
‘मेक्सिकन एल मेकेदोर’ समौदै
भन्नेछ ‘नया नेपालको नयाँ रङ’
किन कि साथी देउरालीमा बिकास आएको छ।
एउटा समय एस्तो आएको छ
ईतिहास बेग्रिएको छ
के आउछ अब त्यो देउरालीमा
रगतको मसी सुक्न नपौदै
अर्को कुन मसी ले ईतिहास लेख्ने हो
कविताले रस भर्न नपौदै
कुन र्याप्ले मेरो मादल छोप्ने हो
देउराली बेग्र छ त्यो बादल जावस र
न्यानो घाम सँगै चराहरु चिर्बिराउन
पारी कुइनेतोमा घुम्दै गरेको बसको झ्यालबाट
एहीको सन्देश हेरेर
पाँच बर्शे पेङ्माले एसो पनि भन्न सक्छ
आमा मलाई त्यो पारी डाडामा देखिने
ठुलो बेलुन किनिदेउन है
किनकी आज साथीहो देउरालीमा
बिकास उग्राएको छ
यो पनि त हुन सक्छ फेरी
‘माइ संसार’ले केही दिनमा
अर्को आव्हान गर्नेछ एही ठाउबाट
भन्नेछ ‘कबिता लेख्नोस पुरस्कार जित्नोस’
किनकी हामीलाई फेरी पुरस्कार चाहिएको छ
मनग्य पुरस्कार र प्रोत्साहन
किन कि पुरस्कार बिना मेरो औंला
कीबोर्डमा चल्नै छाडे
यो बर्षको महान कविता
तेही बोर्डमा लेखिनेछ साथी
लेख्दै जाऊ कविता
किनकी देउरालिमा बिकास पग्रिएको छ
कर्मठ हातहरु एउता सम्रच्नामा
एका बिहानै देखी ब्यस्त छन् ।
मन परे हरियो, नपरे रातोः
0
0
सु-सुचित गर्नु तिम्रो कर्म हो
सबै जनलाई थाहा दिनु तिम्रो मर्म हो।
थाहा छैन खै तिमी कती सत्ये हौ
तर पनि एउटा वास्तविकता झुल्काउने तिमी कोसिस् हौ ।
मनिषहरु सबै स्वर्थी हुन्
त्यसैले वास्तविकता के हो थाहा छैन मलाई।
तर तिमी एउटा निर्जिब साधन हौ जो सँग जिबन छ।
तिमी एउटा साथी हौ जो मलाई सधैं थाहा दिन्छौ।
तिमी सधैं निर्जिब हौ सधैं सजिब हुने कोशीस गर्छौ।
तिमी एक उदाहरण हौ जस्ले हरेक वास्तविकत देखेका छौ।
तिमी सबै हौ शान्त छौ सालीन छौ
तिमी हेर्छौ तर बोल्दैनऊ ।
तिम्रो हेराइ मा कसैको जिबन छ।
कसैको सन्देस छ त कसै को पौरख छ।
तेसैले तिमी एउटा पौरखी हात हरुको सिर्जन्शिल कला हौ ।
मन परे हरियो, नपरे रातोः
0
0
कसको कस्तो उत्पादन अनि विग्यापन हुने हो?
महान व्यक्तिको उच्च विचार कुँदे हुने हो
भौतिक सामग्री वा राम्रो तस्विर त्यसमा राख
खसो खास हो छैन है तिनमा मलाई चाख
चाहिन्न भर्याङ मलाई, छोड सुरछ्या पेटी
फगत काम देऊ मलाई, गर्नेछु मरी मेटी
कर्म विना जीवन अस्तित्व नै के छ र
आँट र लगनशिल हात छन् वाधा नै के छ र
वामे सर्दै एक एक पाइला गन्दै उन्नतीमा लम्कन
दिनहरु शुरु भै सके, आर्थिक क्रान्तिले घन्कियोस रनवन
मेहनतले नै बन्छ धन, मेहनतमै रम्नु पर्छ मन
हेरत झिसमिसे भैसक्यो, ओर्ल कर्म छेत्रमा नेपाली जन!
मन परे हरियो, नपरे रातोः
0
0
छरपस्ट बादल र निलो गगछरपस्टनको पृष्ठभुमीमा
त्रिबिम्बहरुको परिचय खोजे
होल्डिङ बोर्ड निर्माणमा कर्मसिल हात र मनहरु
थोरै आसा धेरै निरासा सँगालेर
जिबनका सपनाहरु बुनिरहेका
अनिस्चित भबिस्यको तारिकमा
कहिले होल्डिङ बोर्डमा त
कहिले धर्ती चिथोर्न पाखाहरुमा
कहिले कारखानाको मजदुरिमा त
कहिले स्वतन्त्रताको बिगुल फुक्दै
बस्ती बस्तीहरुमा शहर र गाउहरुमा
कहिले फराकिला सडकहरुमा
कहिले सागुरा गल्लीहरुमा
देसका ठेकेदार भन्नेहरु
तिमीले भुगोलका रेखामा देस खोज्यौ
मानब निर्मित नक्साहरु पल्टायौ
तर
तिमी खाली हात भयौ र फेरी देस खोज्दै छौ
कहिले संघीयतामा कहिले दौरा सुरुवाल र टोपीमा
कहिले हिन्दी ,मैथिली यस्तै यस्तै भाषामा
तिमीले कहिल्यै
ठेला उठेका हातमा चिहायौ
देस के हो भनेर ?
पसिनाहरु सग सोधयौ
राष्ट्र प्रेम के हो भनेर ?
माहसाय देश त्यही हुन्छ
तिनैको पवित्र आत्ममा हुन्छ जहाँ
ठेला उठेका हात र
तर्तरी पसिना बगेको हुन्छ
मन परे हरियो, नपरे रातोः
0
0
बुढा बा-आमा, लाला र बाला, तिम्रै भर छाडियो
साहुको ऋण तिर्नलाई भनी मुग्लान भासियो
मजदुरी मै दिन त जान्छ, रातमा हुँदैन चैइन
यसपालिको दसैंमा पनि आउन सकिंन ।।
हत्केलामा ज्यान राखी यहाँ मजदुरी गर्दै छु
खोलापारिको खेत फुकाउन, साहुको थैलो भर्दै छु
साथीको हातमा खर्च पठाछु, पुग्यो कि पुगेन
यसपालिको दसैंमा पनि आउन सकिंन ।।।
बा-आमाको हातबाट टीका नलाको तीन बर्ष भैसक्यो
हे मेरी प्रिया, तिम्रा अधरबाट नि सायद मुस्कान गैसक्यो
घरपरिवारको खयाल गर्छौ भन्नेछ यकिन
यसपालिको दसैंमा पनि आउन सकिंन ।।।।
मन परे हरियो, नपरे रातोः
0
0
” उज्यालो बिहानी सँगइ होल्डिङ बोर्ड मा सजिले मेरो नेपाल को तस्बिर ”
__________________________________________
तिम्रो तस्बिर लाई हिर्दय मा सजाएकी छु
रित्तो नसम्झ तिमी म तिमीलाई भर्ने छु ।
°
ति बाझा तरेली मा फूल भएर फूल्ने छु
आशाको सुन धान भएर झुल्ने छु ।
°
सुन्दर तिम्रा तस्बिर यि हातले कोर्ने छु
इन्द्रेणी रङ्ग सजाएर भर्ने छु ।
°
आधी नै आए पनि भब सागर तर्ने छु
तिम्रो ओठ मा मिठो हासो छर्ने छु ।
°
तिमी सजिने छ्यौ सुन्दर रुपमा
तिम्रो आभा छरिने छ सुगन्धित धुपमा ।
°
तिमी हुने छ्यौ सबको नयन तारा
गर्बले बाच्ने छन हाम्रा स न्तती सारा ।
°
मन परे हरियो, नपरे रातोः
0
0
लुनाजी सुन्दर कविताका लागि बधाई । कविताको चेतना राम्रो छ । संख्यात्मकभन्दा गुणात्मक पक्षलाई ध्यान दिए हुन्थ्यो कि । उत्कृष्ट कविताका लागि गुरु गोपीलाललाई पनि धन्यवाद । सुन्दर रचनाका लागि अन्य सबैलाई साधुवाद ।
मन परे हरियो, नपरे रातोः
0
0
तिन जना कामदार हरु कुनै बोर्ड टांग न भरयांग चडेका छन|एउटा को नाम छ अंतरे,अर्को को जन्तरे,तेस्रो को नाम छ चतुरे |अंतरे सोध्छ ,
जन्तरे तैले के देखिस ?
जन्तरे::
येस्पाली पनी !!
कुकुर हरुलाई नै मासु पैचो परेको जस्तो छ !!
कसाई हरु जाने लगाएर सिंह दरबार माँ श्राद्ध गर्दै छन ,
सिमाना पारी का सौदागर हरु संग मोटो खसी छ ,
स्वाभिमान र नैतिकता को बलि दिने तयारी हुदैछ |
अनी, जन्तरे सोध्छ ,तैले के देखिस अंतरे ?
म देखिराहे छू ,
झुत्रा र निरीह जनता हरुलाई होल सेल माँ आश बाडीदै छ\
नदी नाला सम्बन्धी संधि का दस्ताबेज तैयार हुदैछां ,
मातो को मोल टोल हुदै छ ,
सिकारी कुकुर हरु छोडियेका छन ,
बिरान बस्ती हरु माँ अझै भाग दौड़ छ |
अनी दुबई सोधछन चतुरे तैले के दिखिस ?
चतुरे भन्छ !!
शोषित पीड़ित जनता ले मुक्ति पाये का छन ,
नया नेपाल बन्दै छ \
बिकाश निर्माण को कार्य धमा धाम सुरु हुदै छ ,
राज मार्ग खानिदै छन ,
आफिस हरु माँ भ्रास्ताचार को नामो निशाना छैन ,
मित्ररास्त्र हरु सहयोग को लागी जुर्मुरायेका छन |
नेताहा हरु स्वयम साइकल माँ गुडछन ,
कुरा माँ भन्दा काम माँ बिस्वास राख्छान उनी हरु !!
मन परे हरियो, नपरे रातोः
0
0
आउ तिमी हामी सबै मिली सुन्दर नेपाल बनाउ,
येन्हा मिलेर गरे नहुने नै के छ र?
त्यो बादल सँग udera जाने सपना नबुन,
त्यो पनि त पानी बनेर झर्ने हो,
त्यो निलो आकाश मा हराउन नखोज,
हराउनु तिम्रो नियती होइन,
ई रुख हरुलाई हेर,
बसन्त कुरेर बसेका छन,
बसन्त आउनेछ हरियाली लिएर फेरी,
तेसैले त भन्दै छु,
आउ तिमी हामी सबै मिली सुन्दर नेपाल बनाउ,
मन परे हरियो, नपरे रातोः
0
0
हजारौ पर्ने होडिंग
लखौ मा बकने सामान
करादौ को नाफा
तर
सस्तो हात को जियाला
जोखिमपूर्ण जीबन
अनी
नाचिनिनी परिचय
वाह किया छ जीबन चक्र
मन परे हरियो, नपरे रातोः
0
0
“नेपाल तिम्रो नाम”
तिमी नेपाल बसंतकी बहार झै
गरीबीको भुमरिमा धपक्क बलेकी!
सुंदर प्रकृतिका हजारौ गहना लगाई
स्नेहको छुट्टै एक संसारमा फुलकी!!
************************
त्यसैले…
भन्न मन लाग्यो;
शीत झै कंचन छ तिम्रो छाती
छैन तिमीलाई बिलासिता को चाहना!
जन्दिनौ तिमी छल कपट केही पनी
न नै जान्दछेऊ राजनितिका घिनलग्दा बहाना!!
*******************************
अनी…
हामीले पानी;
बिकासको पहिलो चरणमा
उठाई दियेऊ यी परखी हातहरू!
रॉकेट उडाउंने मिठो कल्पनामा
ठड्याई दियौ गगनचुम्बी होडिंग बोर्डहरु!!
********************************
सायद येही नै होला, येसरी नै होला
तिम्रो मुहार बिस्तारै फ़ेरिनेछ
बिस्वास गर हामी माथि पुन: एकपटक
उन्नति र प्रगति ले तिर्मो पुरा सरीर घेरिने छ!!
Som Basnet
Victory,Liberty
मन परे हरियो, नपरे रातोः
0
0
बिशाल छाती शाहासी कस्ता ,श्रमिक मानब
तेस्ताको श्रम शोषन गर्छन् ,यहिका दानब
आकाश छुन खोज्ने ती हात,एकजुट भएर
शोषित बनी यो देशमा अब ,नबस सहेर
rampur, chitwan nepal
मन परे हरियो, नपरे रातोः
0
0
पौरखी हात अटल विश्वाश ,बोकेर हिंडेमा
सकिन्छ पक्कै एकदिन हाम्ले ,छुनलाईचन्द्रमा
नेपाली वीर झुकेन शिर ,कहिले पुर्खाको
पुर्खाको किर्ती फैलाउ सब्ले ,उनले देखाको
मन परे हरियो, नपरे रातोः
0
0
संवीधान र सरकार मा आज छन नेता र इ माओवादी…
जहां आयो‘मुड,त्यहीं फरकाये का छन सबको लादी……
जनता र प्रशासन लाई हेपी गर्दै छन इनले गुंडागर्दी…..
पुलीस असहाय भयेर हेर्छ उन्को त्यो वाईस्याल को वर्दी….
गुंन्डागर्दी,भ्रस्टाचार बड्दै छ अब त रात दीन दुना…..
गणंतन्त्र र नयां नेपाल को”हेर जनता”नयां नमुना…..
मन परे हरियो, नपरे रातोः
0
0
अकाश छुने बिज्ञापनहरु
सडकमा हिडने मेरो मनहरुसंग
जिबन जिउने वोकालत गर्दैछ ।
मन परे हरियो, नपरे रातोः
0
0
मेरै नाममा लडेर सक्तीसाली बनेको केही दिन मै
आपसमा लड्ने,भिड्नेहरु
अझै मेरो नाम लिएर किन संसारलाई हसाउन
खोजिरहेछौ
अझै मेरो नाम लिएर किन मलाई टुक्राउन
खोजिरहेछौ
मेरो नाङोपन,मेरो भोको शरीर अनी मेरो
आसु लिएर
छिमेकीको घरमा पस्छौ अनी मेरो सहयोगको दाम
आफ्नो बनाएर
डकार्छौ मेरै नाम,जप्छौ मेरै नाम झुन्डाउछौ जताततै
मेरो तस्बिर
हैन चेत नआएको होकी ? बानी परेको हो ?
या नियत नै यस्तै हो
जातपात भनेर मलाई किन पछारी रहन्छौ
उचनिच भनेर मलाई किन दु:खाइ रहन्छौ
पहाडे,मदिसे भनेर किन फुटाइरहन्छौ
मेरै तस्बिर राखेर किन रोहिरहन्छौ
मन परे हरियो, नपरे रातोः
0
0
Aakaas Chuna lageko ho ki CHHEKNA lageko ho
Road lai Sundar banauna lageko ho ki ROKNA lageko ho
Maan parawas vanne chahanama aru maan BIGARNA khojeko ho
j sukai hos, malai ta lagcha afno power DEKHAUNA Khojeko ho
मन परे हरियो, नपरे रातोः
0
0
छितिज मा आकाश उघ्रिदै छ -
बादल हरुको रुप मनमोहक छ
झिस मिसे उज्यालो
पौरखी हातहरु
होल्डिङ्ग बोर्ड झुन्ड्याउन
निर्माण सामाग्री लिएर जुट्दै
आतुर छन
ब्यग्र छन
आफू लाई कर्म शिल मार्ग मा ठड्याइरहेछ्न
त्यहा छिट्टै नै एउटा होल्डिङ्ग बोर्ड ठडिने छ
हेर्ने हरुको आँखाले
जे पनि कल्पना गर्न सक्छ
त्यहा चित्रित चित्र को रुप या बिरुप
नेपाल लाई ‘म’ भन्दा बढी माया गर्ने
मेरो आत्माले भन्छ
यहाँ सुन्दर चित्र चित्रित हुने छ
किनकी ति चित्र कोर्नेहारु
हामीहरु नै हौ
मैले ‘हामीहरु ‘लाई चिनेकी छु
हामीहरुले हाम्रो देश लाई माया गर्छौ
यती बिघ्न माया गर्ने ले
आफ्नै देश लाई किन बिरुप बनाउथ्यौ !
त्यसैले मलाई पूर्ण बिश्बास छ
त्यहा सका रात्मक चित्र चित्रित हुने छ
नेपाल आमाले हात फैलाएर
हाम्रो स्बागत गरिरहेकी छि न्
हाम्रो प्रतिभा मागिरहेकी छि न्
सुन्दर चित्र कोर्न
हामी आँफै अग्रसर हुनु छ
एउटा स्बर्णिम युग उदाउदै छ
हामीले हाम्रो सुन्दर नेपालको चित्र कोर्नु छ
संसारको सा मु
नेपाली आमाको इज्जत राख्न्नलाई
भोलिका हाम्रा स न्तती गर्ब ले बाँच्न लाई
त्यो होल्डिङ्ग बोर्ड मा
हामीले सका रात्मक चित्र चित्रण गर्नु छ
बिहानिको उज्यालो सँगइ
नेपाल को तस्बिर चित्रित हुने छ
एउटा सुन्दर रुप लिएर
संसार भरिलाई मिठो आभा दिएर ।
मन परे हरियो, नपरे रातोः
0
0
चन्द्रमा छुने लक्ष्य
बोकेर अघि
बढ्न खोज्दैछन
यी मेरा
पौरखी हातहरु
रोक्न
नखोज तिमी
यसलाई
धेरै कथा ब्यथा
लुकेको छ ।
केहि गर्छु भन्दै
अघी बढ्ने पाइला
बिरुद्ध
खुट्टा तान्ने
ती
नालायक हातहरु
अब
होस गर
सधै सधैको लागी
तिमी बाट
अलज्ञाउन पछि
पर्ने छैनन ।
बिकाश को बाटोमा
लम्केको छ
आज फेरी उहि उमङ
बोकेर
खुट्टा तान्ने प्रवृती
को अन्त गरी
देशको निर्माणमा
सबैलाई
हातेमालो गर्दै
अघी बढ्न प्रेरित
छन यी मेरा
सिर्जनशिल हातहरु……
मन परे हरियो, नपरे रातोः
0
0
होर्डिग बोर्ड
कम्पनी को बिग्यापन
सुन्दरता को दसा
बिर्खे हली
मन परे हरियो, नपरे रातोः
0
0
पौरख हाम्रो देखाउछौ
विश्व लाई चिनाउछौ
ज्यान जोखिममा पारेर पनि
नयाँ नेपाल बनाउछौ /
—————–
विनाश हैन निर्माण गरौ
बन्दुक हैन औजार बोकौ
नयाँ नेपाल बनाउनलाई
सबै मिली हात बढाऔ/
मन परे हरियो, नपरे रातोः
0
0
झिसमिसे अध्यारोमै
उज्यालोको स हारा लिएर
मेरो देश
संसार को सामु
नौलो आभास दिन गैरहेछ
मान्छे हरु ( नेता – जनता )
कोशीस गरिरहेका छन
होल्डिङ्ग बोर्ड ठड्याउन
निर्माण साम्रगी तयार हुँदै छ
अहिले सम्म त्यहा बोर्ड ठडिएको छैन
उज्यालोको आगमन सँगइ
त्यहा चित्र चित्रित हुने छ
संसार अधैर्य भाईरहेछ
के चित्रित हुने छ त्यहा ! ( ? )
मलाई बिश्बास छ
पूर्ण बिश्बास छ
त्यहा मेरो नैलो नेपाल को
चित्र चित्रित हुने छ
यस् पटक मेरो बिश्बास्ले
धो का खाने छैन
त्यहा सका रात्मक सूचना टासिने छ
त्यहा युद्द का नारा बाजी टासिने छैन
त्यहा हाम्रा नेपालीको हासेको अनुहार चित्रित हुनेछ
झरिरहेको आशु को थोपा चित्रित हुने छैन
त्यहा फूलेका फूल्हरु चित्रित हुने छ
मुर्झाएका फूल हरु चित्रित हुने छैन
किनकी अब फूल हरु मुर्झाउने छैन –
नेपाली जनता को गण्तन्त्र
यस्को स्बरुप सुन्दर हुने छ
यस्ले सका रात्मक गती लिने छ
यस्ले संसारमा नौलो आयाम दिने छ
भोलिका संसारका होल्डिङ बोर्ड हरुमा पनि
मेरो देश को उदाहरण चित्रित हुने छ
।
मन परे हरियो, नपरे रातोः
0
0
पुर्खाहरुले रचेको हैन,बिज्ञान र बैज्ञानिक युगरहेछ यो
उत्तर चडाप अनगिन्ति छ सिमाहरु नाग्ने कलपना त्यो
।।
सपना थियो चन्द्रमा छुने बिपनमा गिरिलको काम गर्दै
पक्षबाद यसमा केहि छैन भागे लाई दोसी गर्दै
।।
काम गरेर खानुथियो सनो-ठुलो जातले हैन
जीबनधान्नुछ सानो गिनीज बुकमा लेख्ने नामले हैन
।।
मान लामा हाल ईराक बाट
मन परे हरियो, नपरे रातोः
0
0
अहा अधेरी म तिमी उजेली भए
नेपाल लाई रोजानु .
तिमी त तेसै उजेली छो
अधेरी लाई चिनऊने कोशीस गर्नु .
मन परे हरियो, नपरे रातोः
0
0
माया मात्र होयिन प्रिया
तिम्रो लागि जनैदेउम्ल
दिऊ मा मात्र होयिन प्रिया
तिम्रो लागि खम्बा माथि बती
बालम्ला
मन परे हरियो, नपरे रातोः
0
0
त्यो होडिङ बोर्ड मा नेपाल का एक उधोगिले आफ्नो तन -मन – धन खियाएर एउटा घडी उत्पादन गर्यो । ( घडीको आबिस्कार गर्यो ) उस्ले घडी कम्पनी सन्चालन गर्यो । ( यो सानो उदाहरण मात्रै , घडी को ठाउँ मा जुनसुकै बस्तु हुन सक्छ ) अब त्यो घडी कम्पनिको नाम देखी लिएर त्यो होडिङ बोर्ड निर्माण गर्नेको नाम पनि राख्ने कि बोर्ड मा ? ( ! )
एउटा बैज्ञानिक डाक्टर ले औषधीको आबिस्कार गर्यो । त्यो औषधी उस्को नाममा या कुनै नामले राखिएला । अब त्यो औषधी तयार गर्दा केमिकल मुछ्ने – त्यार – तयार गर्ने – श्रमिक हरुको नाम पनि राख्ने कि त्यो औषधी को नाम सँगइ परिचय दिन ? !
मलाई लाग्छ तपाईं हरु जस्ताइ जमातको कमी छैन बाइ सि यल संगठन हरु मा ! जस्ले न त श्रम को मूल्य बुझ्न् सक्छ न त सम्मान नै दिन जानेको हुन्छ ! धनीका धन देखी आरिसे भएर रिसले पोको पर्दै जुकाले झै चुस्न खोज्ने यस्ता जमात हरुको संगठन लाई अबको नयाँ नेपाल को सरकार ले बिघटन गर्नु नै देश र देशबासीको हितमा छ ।
मन परे हरियो, नपरे रातोः
0
0
कस्ले भन्न सक्छ – फूल बगैचामा मात्रा फुल्छ,
यो त श्रम गर्दाको पसीना को हरेक थोपामा हुन्छ,
थाकेर एकैछिन थकाई मार्दाको आनन्दको हरेक सुस्केरामा हुन्छ।
कस्ले भन्न सक्छ- हिम्मतको कुनै सीमा हुन्छ,
र मिहिनेतिको कुनै परिधि
बाध्यताले होस् या आफुखुशी आकाश छुन खोजैकै छु ,
र पनि जमीन सँगको नाता राखेकै छु।
मन परे हरियो, नपरे रातोः
0
0
साथी हरु
सुरुमा निलो गगनको पृष्ठभुमी हुनु पर्नेमा अन्यथा भयकोमा माफ पाउ ल
मन परे हरियो, नपरे रातोः
0
0
लौ न लुनाजी ! तपाईंले लेखकजी कसरी वाइसीएल भन्नुभो ?! उहाँ जेसुकै वा जोसुकै भएपनि नराम्रो लेख्नुभएजस्तो लागेन है ! श्रमको उचित मूल्यको नपाएकोमा कुरा उठिरहेको बेला उहाँको छोटो कविता वास्तवमा समसामयिक छ र तस्वीरसँग मेलखाँदो पनि । तर तपाईंको भित्र रहेको भोगाइ भनुँ वा कुभावनाका कारण तपाईंको गलत बुझ्नुभयो ।
मन परे हरियो, नपरे रातोः
0
0
luna ji , k ho jatikhera pani jiterai chhodchhu jasto bhayo ni kinabhane yewtai competition ma pani kati chhoti kabita ho.
mind nagarnu hola malai tapaiko kabita haru sarai man parchha
मन परे हरियो, नपरे रातोः
0
0
कु भाबना होइन पुष्प जि ! यथार्त लेख्दै छु । तपाईं लाई चोट परेछ माफ गर्नु होला । हामीलाई – आरुलाई बाइ सि यल को कारण ले परेको चोट कस्ले माफ गर्ला ! अनी माथि लेख्नु भएको लेखक सँग रिसाएकी होइन बहाको सोच्ने तरिका बाइ सि यल का ” खाइ सि यल ” सँग मिल्न गएको ले यसरी लेख्न पुगेकी हुँ ।
मन परे हरियो, नपरे रातोः
0
0
कुभावना त देखिँन मैले पनि तर आक्रोस देखेँ । माथी ‘लेखक’ले करिबन् २५ शब्दमा टाईप गर्न गाह्रो अप्ठ्यारो हुँदाहुँदै पनि सुन्दर भावना पस्किनुभएको छ । कैलेकाँही बुझाई गलत हुनसक्छ हाम्रो त्यसैले लुनाजीले बरु चित्त नबुझेको कुराहरुलाई सुझावको रुपमा भनिदिए राम्रो हुन्थ्यो है , आक्रोसको रुपमा आफ्नो कुरा ब्यक्त गर्दा त्यसले थप भ्रमहरु उत्पन्न गराउँछ क्या खासगरी माई संसारका हामी पाठकहरुमा ।
‘बुद्ध प्रतिमामा छरिएको रङ्ग रातो पँहेलो
हेर बुझ र फाल मनको मैलो ।’
हरेक पाईलामा यसरी नै अघि बढोस् न हाम्रो जीवन , संसार सुन्दर छ अझ सुन्दर बन्छ ।
मन परे हरियो, नपरे रातोः
0
0
शिलुजी कविता राम्रो छ, एकचोटि सच्याएर पुन: प्रकाशित गर्नुहुनभए अझ राम्रो हुनेथियो ।
मन परे हरियो, नपरे रातोः
0
0
द्रष्टव्य: यो जुहारी भनौं कि गीतलाई “यो नेपाल शीर उचाली, संसारमा लम्किन्छ” भन्ने भाका पढ्नुहोला ।
मन परे हरियो, नपरे रातोः
0
0
राम्रो! तर अन्तिमका हरपहरु?
मन परे हरियो, नपरे रातोः
0
0
अप्रतियोगी भन्न!
पाइन्न पाइन्न पाइन्न!!
मन परे हरियो, नपरे रातोः
0
0
आकाश नयाँ को सट्टा …नेपाल नयाँ भए ठीक हुने थियो कि?
मन परे हरियो, नपरे रातोः
0
0
कार्की जि !
सत्य ! यस्तो सोचेर लेखेकी होइन । खुब रहर लाग्ने हुनाले लेखु लेखु हुन्छ भन्या ! अब लेखे पछी कागज मा थन्कायो भने हाम्रो साथीहरुले कसरी पढ्नु हुन्छ ! फेरी म साच्चै को कबियात्राी त होइन नि ! भर्खर लेख सिक्दै छु । मेरो लागि त यो होमओर्क जस्ताइ हो । खुब मजा लाग्छ । स्कुल गए जस्तो लाग्छ
मन परे हरियो, नपरे रातोः
0
0
माफ गर्नु होला कबिता मा कमेन्ट लेख्न सान्दर्भिक नहुने हुँदा हुँदै पनि ( खास गरी यो प्रतियोगितात्मक भएकोले कमेन्ट नलेख्नु भन्ने अनुरोध मनाशिव देखिन्छ ) वाध्य भएर कमेन्ट लेख्न पुगे ।
मन परे हरियो, नपरे रातोः
0
0
मनीषजी , कविता पुरा गर्न बाँकी नै हुनाले पो अप्रतियोगी भनेको त हौ । यसलाई अन्यथा नलिनुहुन अनुरोध गर्छु है । अनि नयाँ आकाश भनेर नयाँ नेपाल नै भन्न खोजेको हुँ मैले त अलि काईदा मिलेन कि के हो ?
मन परे हरियो, नपरे रातोः
0
0
Thanks!
मन परे हरियो, नपरे रातोः
0
0
yo chahi ramro lagyo.
yi mitha mitha sabdakaa malaa,
kasari uneko?
tasbir ko boli tyo timro man ma,
kasari khuleko?
thank you prakash ji,
मन परे हरियो, नपरे रातोः
0
0