
शनिबार साहित्य अन्तर्गत गत साताको फोटो हेर्नुस्, कविता लेख्नुस् प्रतियोगितामा माथिको फोटोमा प्राप्त कविताहरुलाई तीन जना निर्णायकहरुले जाँचेका थिए। निर्णायकहरुको निर्णय अनुसार लुनाको निम्न कविता उत्कृष्ट ठहरिएको छ। लुनालाई बधाई साथै सहभागी सम्पूर्ण कविहरुलाई धन्यवाद। उपहारस्वरुप विजयीले हाल अन्य प्रायोजक उपलब्ध नभएसम्मका लागि माइसंसार डोमेनको इमेल पाउने छन्। लुनाले luna@mysansar.com इमेल ठेगाना उपहारका रुपमा पाउनु भएको छ। तपाईँको लग इन विवरण तपाईँको इमेल ठेगानामा पठाइएको छ। हाम्रा निर्णायकहरुले (हाललाई उहाँहरुको नाम गोप्य राखिएको छ, तर तीनै जना निर्णायक साहित्यमा भिजेकाहरु हुन्) विजयी कविताहरुको कविता संगालिएको पुस्तक पनि प्रकाशन गर्ने सोच बनाइराख्नुभएको छ। कविता लेख्न र कविताको पुस्तक छापिनका लागि नाम चलेको र सोर्सफोर्स भएको कवि हुनुपर्ने पुरानो मान्यतालाई भत्काउने यो अभियानमा सहभागी बन्नुस्, फोटो हेर्नुस् कविता लेख्नुस् प्रतियोगितामा सहभागी बन्नुस्।
विजयी कविता सुन्नुस् र फोटो हेर्नुस्-
विजयी कविता-
जनी गर हे जन !
पढ बुद्धको जीवनी मर्म
मानव पीडा बुझी माने यिनले
राजकुमार हुन शर्म
बुझी मानब मर्म
त्यागे यिनले लालच
गरे शुद्ध कर्म
शुद्द कर्म फैलियो
संसार आज बन्यो बुद्ध धर्म ।
°
सद्गुण सत्कर्मको सम्मानमा
बनायो जनले उनको प्रतिमा
भगवान मानी पुजिए उनी जगत् जगतमा
शान्तिका दूत बने उनी लोक लोकमा।
°
अहिले संसारमा धर्मको विभेद सार्है चाम्रो
रिस – राग मानव मनको तुस नराम्रो
मरेर जाने जीवनमा किन बाँध्ने यो काम्रो
मनमा माया र सदभावको फूल फूलेको राम्रो ।
°
धार्मिक नीतिमा नेपाल छ अझै सफल
राजनीतिमा किन भो यो असफल !
बुझे सहिष्णुताको सार धर्म
धर्म नीतिमा जसरी
हाँस्ने थियो नेपाल
सुन्दर फूलहरुको बगैचा सरि ।
°
एकले अर्कालाई श्रद्धा गर्ने यो चलन राम्रो
धार्मिक सहिष्णुता सुन्दर विशेषता हाम्रो
बुद्ध प्रतिमामा छरिएका रङ्ग रातो पहेँलो
हेर बुझ र फाल मनको मैलो ।
**************
हाम्रा एक निर्णायकको आवाजमा माथिको कविता सुन्नुस्
No related posts.









बधाई, बधाई अनि धेरै बधाई
म पनी मूक दर्शक भै रहन सकिन, लुना जी
पछिल्ला समय म अलि व्यस्त भै छु(??) पढ्न भ्याउथे तर लेख्न नभ्याउने
अब निरन्तरता दिन सक्छु होला भन्ने लागेको छ।
फेरि पनि वधाइ, लुनाजी
मन परे हरियो, नपरे रातो
0
0
luna didi dherai dherai badhai cha hajur lai yesai gari ramra ramra kabita lekhdai janu hola
god bless u
your sis niru (portugal) lisbon
मन परे हरियो, नपरे रातो
0
0
तपाईं आउनु भो फेरी माइसन्सार मा । कती सुन्दर कबिता लेख्नु भो ! हिर्दय देखी नै धेरै धेरै धन्यवाद है मनिष जि । अब तपाईं पनि कबिता लेख्नुस् है । तपाईंको कबिता ( तिज को समय मा लेख्नु भएको ) माइ संसार हुँदै ‘ डामाडोल ‘ पत्रीका मा देख्न पाउदा कत्ती फुरुङ्ग परेकी थिए खुशीले । यहाँ हरेक को हरेक कबिता प्रती कमेन्ट गर्न धेरै सान्दर्भिक नहुने भएकोले लेखेकी थिएन । आज त मौका नै पर्यो र लेखे ।
निरन्तरता दिनुस् है । कबिता – कमेन्ट लेख्नुस् – तपाईंका भाबना हरु सुन्दर हुन्छन ।
मन परे हरियो, नपरे रातो
0
0
मनीषको बधाई!
लुना जी लाई…
धेरै दिन पछी म पनि
माइ संसारमा आउँदा!
खुशी छायो मनभित्र
कविता उत्कृष्ट पाउँदा!!
**
फुर्दै जाओस कविता
तिम्रो मानस पटलमा!
गीतहरु गुन्जिउन
शान्तिको यो जगतमा!!
**
बाल्दै जाउ बत्ती
अंधकारलाई हटाउन!
दिंदै गर संदेस
सुतेकालाई ब्युँझाउन!!
**
छर्दै जाउ सुवास
स्वच्छ बनोस बातावरण!
सफलता सधैं मिलोस
भन्छ मेरो अन्त्स्करण!!
**
गोलेदाईलाई पनि बधाई छ, ढिलै भए पनि!
मन परे हरियो, नपरे रातो
0
0
lunajee namaste
Thanks for immediate response.
Congrat’ for the best poem in mysansar.com.
Wish you all the best.
मन परे हरियो, नपरे रातो
0
0
माइसन्सार का सबै पाठक साथीहरु ,फोटो कबिताका निर्णयक ज्यु हरु ,माइसन्सार टिम सबैलाई धन्यवाद ।
खासगरी हिर्दय देखी नै धेरै धेरै धन्यवाद माइसन्सार का पाठक साथीहरु सबैलाई ।
( म कबियात्राी चाँही होइन है । माइसन्सार मा कबिता लेख्नु भन्दा अगाडि कही पनि लेखेकी थिएन । मलाई कबिता गजल गीत को नियम पनि थाहा छैन । मा त्र असाध्यै असाध्यै रहर लाग्ने हुनाले लेखेकी हुँ । आफ्नो मनको रहर लाई लेख्दा लेख्दै ख्याल ख्याल मै पुरस्कार पो पाएछु ! यो पुरस्कार मेरो लागि आकाश जती कै ठुलो भएको छ । यती ठुलो पुरस्कार कहाँ मैले एक्लै लि न सक्छु र ! यो पुरस्कार मैले तपाईं हरु सँग पनि बाड्दै छु है । यो तपाईं हरु सबैको हो । ( अब यहाँ साथीहरु सबैको नाम लिएर साध्य भएन । धेरै साथी हरु हुनु हुन्छ त्यसैले नाम चाँही लेखिन )
किन तपाईंहरुको भने हुला त भन्दा त्यो त तपाईं हरुले बुझ्नु भएकाइ होला , मेरो रहर मेरो रहर मा उर्जा भर्ने काम तपाईं हरुले नै गर्नु भएको हो । यसो मनमा लागेको भाबना छरिदिन्थे तपाईंहरुले केलाई दिनु हुन्थियो बेला बेलामा । तपाईं हरुले नै उत्साहित बनाएर लेख्न लगाउनु भएको हो कबिता । गएका हिउद देखी यो हिउद सम्म हामी यसरी सँग सँगइ हिड्यौ । यो भन्दा अघी गोले दाइले पाउनु भो , अहिले मैले पाए , अर्को पटक हाम्रा अरु साथीहरुले पाउनु हुने छ । तपाईं हरुको हिर्दय बाट निस्केको शुभ कामना र बधाई ले म यहाँ यती टाढा भए पनि तपाईं हरुकै नजिक पुगेकी महशुस गर्दै छु र अहिले यो लेख्दा लेख्दै मेरो आँखा आशुले भरिएको छ । ( रुन्ची पो छु त म त ! ) तपाप हरुले दिनु भ्को शुभ कामना को साथै मेरो हिर्दय बाट पनि तपाईंहरुलाई धेरै धेरै शुभकामना ।
मन परे हरियो, नपरे रातो
0
0
i would like to have a look lunas pic.kina ki im a fan of luna.
मन परे हरियो, नपरे रातो
0
0
congratulation ! luna ji.
keep it up.
मन परे हरियो, नपरे रातो
0
0
congaratulations luna ji
मन परे हरियो, नपरे रातो
0
0
lunajee namaste
Very strong attempt to incorporate historical buddism in a squeezed poem like yours.But I got stuck on this stranza.Maybe you are right if not read between the lines.
अहिले संसारमा धर्मको बिभेद साह्रै चाम्रो
रिस-राग मानब मनको तुस नराम्रो
मरेर जाने जीवनमा किन बाध्ने यो काम्रो
मनमा माया र सदभाबको फूल फूलेको राम्रो
रिस-राग is a duality of rejecting and acceptig that we live in.रिस-राग may give rise to माया in the beggining and later this duality with माया(delusion)may sum up to an unholy trinity,to a rolling wheels of confusion.रिस-राग can be controlled by our intellect using wisdom.मायाजाल IS LIKE WWW IN MODERN TERMS.Only profound knowledge can lead us to liberation from delusionमाया. And direct knowledge is possible only to those who is free from that unholy trinity रिस-राग-माया.This is BUDDA’S teaching.This is a kind of unjustice to Budda-followers.So I want you to rethink this line मनमा माया र सदभाबको फूल फूलेको राम्रो in your poem.
If any conversation we need,please ask umeshjee for my e-mail address.
मन परे हरियो, नपरे रातो
0
0
Luna sis
many many congratulation hai
keep it .
At last HAPPY DEEPAWALEE
Ritesh
Doha,Qatar
मन परे हरियो, नपरे रातो
0
0
My heartiest congratulations to you Lunajee.
Wish you all the best.
मन परे हरियो, नपरे रातो
0
0
bdhai chha luna bhatta lai
मन परे हरियो, नपरे रातो
0
0
बधाई छ लुनाजी ! साँच्चिकै तस्वीरको पर्यायवाची बनेको छ तपाईंको कविता ।
मन परे हरियो, नपरे रातो
0
0
very excellent ,thank u judgeharu and kabayatri luna lai muri muri dhandyabad .
मन परे हरियो, नपरे रातो
0
0
Luna ji very nice congratulation. Ramro chha yek dam ramro keep it up. Once againg thank you very much.
मन परे हरियो, नपरे रातो
0
0
लुना दीदी
धेरै धेरै बधाई छ |येसै गरि राम्रा राम्रा कबिता लेख्दै जानुस |
मन परे हरियो, नपरे रातो
0
0
बधाई छ लुनाजी,
मलाई लाग्यो म नै पुरस्क्रित भए\
मन परे हरियो, नपरे रातो
0
0
Luna congratulation go ahead
मन परे हरियो, नपरे रातो
0
0
बधाई छ! लुनाजी मेरो तर्फबाट पनि,
साच्चै भन्ने हो भने माई सन्सार मा कबिता लेख्न प्रेरणा दिने मध्य तपाईं पनि एक हुनुहुन्छ । खुशी लागेको छ पुरस्कृत हुनुभएकोमा र हामिलाई थप उर्जा मिलेको छ आईन्दा अझ राम्रा र उत्कृष्ट कबिता लेख्न सकौ ।
धन्यबाद्, निर्णायक ज्यूहरु र उमेश जी लाई पनि
मन परे हरियो, नपरे रातो
0
0
लुनाजी बडा आसुँकवी तपाई त । बधाई छ है ।
मन परे हरियो, नपरे रातो
0
0
Luna ji ! Congratulation ! I hope this effort of MYSANSAR will provide you an additional energy to give a better speed to your pen to move in the field of literature.
PraBhat
Israel
मन परे हरियो, नपरे रातो
0
0
बधाई छ लुनाजी !!
यसरी नै पछिल्ला दिनहरुमा पनि सुन्दर र उत्कृष्ट कविता लेखिरहनुहोस् शुभकामना छ ।
शनिबार साहित्य सुरु हुँदा , शनिबार साहित्य अन्तर्गत पहिलोपटक चुनौति दिँदै कविता लेख्न फोटो आउँदा र फोटो कविताले प्रतियोगिताको रुप धारण गर्दा ज्यादै खुसी लागेको थियो र आज शनिबार साहित्य अन्तर्गतका विजयि कविताहरुको पुस्तक निकालिने कुराले त झन यो मन् गदगद् भएको छ हर्षले । मुरीमुरी धन्यवाद माई संसारलाई र यो सब असल असल काम गर्ने गराउनेलाई । आगामी दिनहरुमा यसरी नै सबैको ससक्त कविता सहित अझ धेरै साथीहरुको उपस्थिति रहोस् भन्ने कामना गर्छु ।
मन परे हरियो, नपरे रातो
0
0
शाहेद तिम्रा आँखा लाई शरम लाग्यो होला
शन्तिको प्रतिक तिम्रो देश ,बिक्रिती को
पिडा सँगलेर बाँचेको मा ,
मन मा हिन्शा को राको बोकेर तिम्रो
भक्ती गाउने नरभछी लाई देखेर
झनै शालिक बाट उठेर दियो प्रज्वलित
तिम्रो कोमल हाथ्हरुले खुल्ला नयन
छप्प छोप्न मन लाग्यो होला !
सञ्चै छौ कि बिरामी छौ तिमी ,
शाहएद तिम्रो मुटु छम्ने हरुले
तिम्रो रक्त चाप झन तेज बनाये होला ,
साचै अब बुद्ध तिमी उथ्ने बेला आएको छ
सालीक बनेर तिम्रो आदर्श को उपहास मात्र
भएको छ ,देश बाट शन्ती र सुख पलायन
भएको छ ,जननी र तिम्रा शुद्द भक्त हरुको
मुटु र आस्था माथि बलत्कर भएको छ .
अब मात्रै तिमी सछेत प्रकत भये बल्ल
जननी ले सुद्ध्ह सास फेर्ने बेला आएको छ !!
मन परे हरियो, नपरे रातो
0
0
लुना तिमीलाई बधाई छ
तिम्रो उत्कृष्ट रचना
तिम्रा दीपहरु निरन्तर
बल्दै जाउन देउराली र पाखाहरुमा
सन्देश लिएर जाऊन
हरेक नेपाली आँखाहरुमा
मन परे हरियो, नपरे रातो
0
0
लुना जि, बधाई छ है तपाईंलाई! निरन्तरता को कामना पनि!
मन परे हरियो, नपरे रातो
0
0
Congratulation………..wish you all the best.
मन परे हरियो, नपरे रातो
0
0
LUNA JI BADHAI 6 ANI ASHA GAR6U AAGAAMI DINMA PANI PADHNA PAAU HAI !
मन परे हरियो, नपरे रातो
0
0
congratulation., I thik u r the kali kali Lunaji ho ? send me answer ok Luna
मन परे हरियो, नपरे रातो
0
0
बधाई लुना जी। राम्रो कबिता सुनाउनु भयो ।
राज्य सुख त्यागी समस्त मानब सुखको लागि जीबन को उपयोग गरेकाले नै राज्कुमार सिद्दार्थ लाई भगवान बुद्ध बनाएको हो। उनी सबैका आदरणिय भएर बाचेका छन , अनन्तकाल सम्म बाचिरहनेछन । कानुन माथि बसेर सारा देसबासिलाई दास झै ठानी ब्यापार गरी अकुत सम्पत्ति कमाएका भये उनी पनि लुसुक्क दरबारबाट उज्यालोहुनपनी नपाउदै चुपचाप कुलेलम ठोक्नुपर्थ्यो कि।
मन परे हरियो, नपरे रातो
0
0
मेरो पनि लुना जि लाई बधाई छ । आगामी दिनहरुमा पनि सफलताले सिखर चुमिरहुन यही मेरो कामना तपाईंको लागि
। बधाई छ उत्कृष्ट कबिता लेखी हामीलाई पढ्ने अवसर दिएकोमा।
मन परे हरियो, नपरे रातो
0
0
बधाई छ लुना जि बधाई
मन परे हरियो, नपरे रातो
0
0
जि [Luna]
बधाइ छ है मेरो पनि
यस्तै-यस्तै सफलता का पोका हरु
हजुर कै पोल्टा मा परि रहुन सदैब
यहि कामना उहि तेतिस कोटी देबी
देउता सँग !!!
मन परे हरियो, नपरे रातो
0
0
Nice poem, Congratulation to Luna.
मन परे हरियो, नपरे रातो
0
0
Bhai Biraj,
Thank you for congratulating for her beautiful poem.
मन परे हरियो, नपरे रातो
0
0
जि [Luna]
हजुर ले नि अब त यसो एउटा ब्लग को
चाँजो पाँचो मिलाउनु पयो है|हामरै लागी भए’नि|
हुन त दाइ[गोले]ले पहिल्यै नै यस बिषय मा
कुरा राख्नु भएको थियो|मैले अ|ज फेरी कोट्टाइ
दिएँ अनुरोध सहित |
मन परे हरियो, नपरे रातो
0
0
@[smiley: Baseball Head: [36/36_7_20]]
@[smiley: ROTFL: [36/36_11_6]]
@[smiley: So I Was Like, And She Was Like, And I Was Like No Way.: [F/0/57]]
बधाइ बधाई छ
पर्तियोगिता जितेको मा है
मन परे हरियो, नपरे रातो
0
0
मन परे हरियो, नपरे रातो
0
0
मन परे हरियो, नपरे रातो
0
0
आफ्नो धर्म -आफ्नो आस्था मात्रै राम्रो भनेर आफ्नो लाई शिर मा राखेर अन्य अर्थात आफ्नो बाहेक अरु को आस्था लाई कुल्चन पनि पछी नपर्ने त्यस्ता मान्छे हरु प्रती इङित गर्दै मैले माथिको हरफ लेखेकी हुँ ।
अनी साथइ हाम्रो देशको अत्यन्तै सुन्दर पक्ष भनेको धर्म मा स हिसुणु भाब हो । संसार मा बिरलै होला यस्तो उदाहरण । यो हाम्रो देश को गौरब को पक्ष हो । आफ्नो गौरबलाई छातीमा टास्न सक्नु पर्छ । यसैको पर्यायवाची स्बरुप मैले कबिता लेखेकी थिए तस्बिरमा बुद्द्को प्रतिमामा छरिएको स हिसुणुताका पर्यायवाची स्बरुपको रातो पहेलो रङ्ग देखेर ।
स्ट्रिम जि ! धन्यवाद तपाईं लाई र तपाईंले खोज्नु भएको प्रश्न को जबाफ मैले दिन सकिन तपाईंको चित्त बुझ्ने गरी । गार्हो नमान्नुस् है तपाईंको प्रश्न अनुसार को जबाफ लेख्न नसकेकोमा ।
( फेरी तपाईंको अग्रेजी बुझ्न् पनि सकिन मैले ! यस्तो गहिरो कुरा त नेपाली मै लेख्नु भए पनि हुन्थियो । हुन त तपाईं लाई नेपाली मा लेख्न गार्हो परेको हुन सक्छ त्यो आ- आफ्नो समस्या हो । )
मन परे हरियो, नपरे रातो
0
0
तर केही दिन बेफुर्सदी छु, धेरै दिन देखी थाँती लागेका काम सक्नु पर्नेछ । यो शिर्षकमा तपाँइको नाम देखेर हेरेको अरु हेरेको छैन ।
मन परे हरियो, नपरे रातो
0
0