मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    क्यासिनो कर्मचारीले कात्तिक १६ गते बन्द गर्ने रे

    अपडेटः क्यासिनोमा गैर कानुनी रुपमा नेपाली प्रवेश गराएको सम्बन्धमा छानबिन गर्न प्रहरीले हिजो क्यासिनो अन्नामा छापा मारेपछि आन्दोलनरत क्यासिनोका कर्मचारीहरुले रोजगारीको ग्यारेन्टीको माग गर्दै कात्तिक १६ गते उपत्यका बन्द गर्ने घोषणा गरेका छन्। त्यसअघि दुई दिन केही घण्टा चक्काजाम पनि गर्ने रे। हदै भयो नि यो त। नियम लागू गराउन खोज्दा पनि आन्दोलन। आन्दोलन पनि आफू सम्बन्धित क्षेत्रमा गर्नु नि, क्यासिनोसित केही सम्बन्धै नभएकाहरुलाई किन बन्दको भार बोकाउनु पर्ने हो ?
    *******************
    नियममा नबस्न पनि आन्दोलनः देशमा सरकारविहीनताको स्थिति थियो, जसले जे गरे पनि हुने, नियम कुन चराको नाम हो ? गृहमन्त्रालयको पदभार सम्हालेपछि वामदेव गौतमले यो स्थितिलाई परिवर्तन गराउन नियम पालन गर्ने अभियान के चलाएका थिए, धमाधम आन्दोलन सुरु भएको छ। यी आन्दोलनका आसय एकैखाले छन्- हामीलाई नियममा बाँध्न पाइँदैन। हामी नियम सियम मान्दैनौँ।

    सुरुमा वामदेवले रात्रि व्यवसायीहरुलाई तारो बनाए। नाइट लाइफ सुकायो भनी जतिसुकै विरोध एकथरिले गरे पनि उनले यसलाई कायमै राखेका छन्। आठ बजे हतारहतार बन्द गरिन्छ आजभोलि रेस्टुराँहरु।

    त्यसपछि तारो बन्यो फुटपाथे व्यापारीहरु। फुटपाथमा जथाभावी पसल राखेर बस्नेहरुलाई काठमाडौँ महानगरपालिका र प्रहरीहरुले हटाउँदा काठमाडौँका सडक निकै फराकिलो देखिए। सडकमा हुने गरेको जाम स्वात्तै अनुभव हुने गरी नै घट्यो र प्रशंसा हुन थाल्यो यो कदमको।

    तर विरोधमा उत्रिए फुटपाथमा पसल राख्‍नेहरु। उपत्यका बन्दसम्मका कार्यक्रम राखिसकेका थिए उनीहरुले। तर यो समस्या समाधानका लागि बनाइएको समितिका अध्यक्ष पूर्व मेयर केशव स्थापितले तिहारसम्मलाई पसल राख्‍न दिने र पछि वैकल्पिक व्यवस्था गरिने आश्वासन दिएपछि बल्ल उनीहरुले आन्दोलन फिर्ता लिए।

    केही दिनअघि मात्रै अर्को कदम चाले वामदेवले- काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने लामो तथा मध्यम दूरीका सवारी साधनहरु कलंकीमा रोक्न नपाइने। यो नियम पालना गराउँदाको बेला एक पटक म कलंकी चोक पुगेको थिएँ। अहो, त्यो चोक त यति फराकिलो रहेछ नि। एक, त्यहाँको फुटपाथ पसलहरु हटाइएको, दुई गाडीहरु जथाभावी रोक्न नदिइएको। ‘कलंकीको जाम’ बोलको गीतलाई जिस्काइरहेको थियो त्यहाँको फराकिलो सडकले। तर नियममा बस्न कहाँ मन लाग्दो रहेछ र हामीलाई। हिजो मात्रै कलंकीमा गाडी रोक्न नपाइने नियम खारेज नगरे देशव्यापी यातायात हड्ताल गर्ने चेतावनी दिइयो।

    हेर्नुस् त यहाँ-


    मजदूरद्वारा आन्दोलनको चेतावनी
    राजधानीमा सवारी साधान संचालसम्बन्धी नयाँ व्यवस्थाको विरोध गर्दै मजदूरहरुले आन्दोलनको चेतावनी दिएका छन्। ७ कात्तिकमा रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी स्वतन्त्र राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघले यातायात क्षेत्रमा क्रियाशील मजदूरहरुको रोजीरोटी खोस्ने गरी नयाँ व्यवस्था ल्याइएको आरोप लगाउँदै त्यसविरुद्ध चरणवद्ध आन्दोलनको चेतावनी दिएको हो ।

    महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले लामो र मध्यम रुट भई संचालित सवारीलाई कलंकीमा रोक्न नपाउने नियम फिर्ता लिन, रिङरोड क्षेत्रमा संचालित सवारीलाई पूरा चक्कर लगाउन रोक्ने गरी बनाइएको नियम खारेज गर्ने सहितको सात बुँदे माग प्रस्तुत गरेका थिए । आफ्ना मागहरुका सम्बन्धमा गृहमन्त्री, श्रम तथा रोजगार प्रवर्द्धन विभागलाई जानकारी गराइएको र सुनुवाई नभए काठमाडौंका अलावा देशव्यापी यातायातसात ठप्पा पार्ने बताए । सरकारले अव्यवहारिक र बिना गृहकार्य नयां नियम बनाएर मजदूरलाई मर्कामा पारेको उनको आरोप थियो ।

    गजब छैन त ?

    वास्तवमा यो नियम लागू गर्ने विचार वामदेवलाई कसरी आयो भन्ने सम्बन्धमा पनि एउटा रोचक प्रसंग रहेछ। कुरो के परेछ भने नि वामदेव एक दिन नयाँ बसपार्क गएर फर्कँदै रहेछन्। रिङरोडको बाटो भरी ठाउँठाउँमा बसहरु जथाभावी रोक्दै गरेको देखेछन् उनले। अनि उनले तुरुन्तै फोन गरिहालेछन्- जथाभावी गाडी रोक्नेहरुलाई तुरुन्त कारबाही गर्छौ कि तिमीहरुलाई कारबाही गरौँ ?

    अनि त के छ र, माथिको आदेश मान्ने बानी भएका ट्राफिकहरुको हुल रिङरोड भर फैलिएछ र तीन घण्टा बित्दा नबित्दै रिङरोड खुला बनाइएछ।

    आज फेरि अर्को घटना भएको छ। क्यासिनोहरुमा नेपालीको प्रवेश गैरकानुनी भए पनि त्यो नियमको उल्लंघन गराउने काम बारम्बार भइरहेको सम्बन्धमा खबरहरु सार्वजनिक भएको निकै भइसकेको छ। आज प्रहरीले त्यही सम्बन्धमा छानबिन गर्न क्यासिनो अन्नामा के छापा मारेको थियो, उठिहाल्यो नि विरोध। क्यासिनोका कर्मचारीहरुले हाम्रो रोजिरोटी खोस्न पाइँदैन भन्दै मध्यरातसम्म वामे चोरको नारा लगाउँदै प्रहरीलाई ढुंगा हान्ने काम गरिरहे।

    नियममा बस्नै नमान्ने नेपालीहरुको यो प्रवृत्तिलाई वामदेवले कसरी सामना गर्ने हुन् ? नियम पालना गराउने यो अभियानलाई कसरी निरन्तरता दिने हुन्, त्यो हेर्नुपर्ने कुरा हो। नियम भन्यो कि रिस उठ्ने, सिस्टममा बस्न नचाहने यो प्रवृत्ति नेपालीहरुमा कसरी बढेको होला, तपाईँहरुको विश्लेषण सुनुँ न।

    No related posts.

    76 comments to क्यासिनो कर्मचारीले कात्तिक १६ गते बन्द गर्ने रे

    • Prativa Smriti

      Dance bar casinos business however have acquired wealth and employmenr thus efficient management is enough to end prohibited pratices in it.

      The decision given by bamdev in this regard is not toatally bad but there should be an alternative before closing the business since it has been providing employment to many families.

      Also, we can the example of many european nations which have dance bars and casinos but are effectively running without any problems of prostitution and all,,,,hence in a developing country like nepal,,,,where the casinos are giving employment,,,,they should be managed in such a way rather than completely prohibiting this sort of business.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nesh

      Bamdev,
      He is real Rocker now. The stuff he is doing is really appreciated. Of course it is time for, we all Nepali to work together.
      we, many of us here …..are god damn working hard and we want to see our country developed in all sector.
      All these shit i.e. casino, Chakajam must be strictly avoid from your country.
      Lastly, “Bamdev you are real rocker”

      hug
      Nesh

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      राम्रो कामको समर्थन गर्नैपर्छ । रोजीरोटीको कुरा होला तर यसो भन्दैमा नियम मिच्न पाइँदैन । विकृति र समाजमा द्वैष फैलाउने कार्यहरू बन्द गर्नैपर्छ । रात्रीव्यवसायमा वाइसीएलको संलग्नता, फूटपाथ व्यापारमा माओवादी समर्थकहरूको बाहुल्यता, यातायात व्यवसायमा पनि माओवादी समर्थकको बाहुल्यता, अनि क्यासिनोमा माओवादीले चन्दा उठाउने गरेको आदि कुरा आइरहेका छन् । अनि यसैकारण पनि गृहमन्त्रीले यो कदम चालेको हुनसक्ने अनुमान धेरैको छ । चाहे कुरा जे होस्, यस्तो कुकृत्यहरूमा जोसुकैको संलग्नता किन नहोस्, यसका विरुद्ध उठेको कदमको सह्राना गर्नैपर्छ ।

      अबको पालो शहरका मुख्यमुख्य ठाउँमा जथाभावी बनाइएका सवारीसाधन पार्किङस्थलको हुनुपर्छ । यो समस्या पनि विकराल हुँदै, प्रवृत्तिमा परिणत भइरहेको छ । गृहमन्त्रीको ध्यान यसमा पनि जाओस् ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sandip

      yo sab bamdev lai fail garaune chala ho naya nepal banaune haruko.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • tenzing sherpa

      hahahah….now casino workers are going to organise BANDA… what a shame…when police tried not to allow nepali people for entering Casinos, then this BANDA mean to say entering casino for NEpali has to be allowed and don’t think about their family …hmmm…isn’t a big question… do these casino wants to make nepal a gambling destination…ok there are abt 20000/- twenty thousands workers in casino and these 20000/- wants to make hamper those 200000/- twenty lac people in the city..what one has to do with those casinos where only Prostitution, Alocholism, Non desciplined , making the people more lousy and even economically collapse….etc etc..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gore

      Excellent comment wrote by Puroshottam Babu.

      We have to learn from USA and European countries.

      In USA , Japan, Korea, Thailand , Night life are intresting. everybody is enjoying there. Lots of job has been created , I know, lots of girls work in night work without having any problem. government is getting tax and we people are getting jobs and company gets benifit.

      About sex and sexual thing in night time. It is a personal matter of everybody. Sex should not be forceful but if somebody intrested that is their personal affair that can not be control by police. Police duty is to protect people and protect law.

      Hey Bamdev, You are destryoing our economy.

      Hey Bam Dev, Your police institution is so corrupt first clean up your home ministry before doing anything.

      Police is so corrupt…You have to sack those who are taking money.

      Driving liscence ,,,how do you make in Nepal? give 5ooo NRS to Agent in driving office. then you have to go for exam it is a fake exam. and give trail make a procedure and get a liscence.

      First clean up and be fair…..

      Thanks Puroshattam babu Ji for great comment again

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shyam sharan lal karna kayastha

      14,000 bhanda badhta manchhe marneko sarkar bhayeko deshma kina bam dev & co. ko kanun manne badhyata?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hukkababa

      kamred bamdev g. good job.keep it up.we need change ……..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Biru B.K.

      Mr. Bamdev Gautam. i am really appriciating by his activities what he is taking action storgly. this is really very good for the socity and make good envoirment to the country and he deserve to be a PM. we r in abroad but we belive this action will keep peachfull in our country. thank you

      carry on man.

      thank your

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • raj,fairfax

      This are very good steps from Bamdev…but nobody want to follow rule and regulations in Nepal and this is very sad news for everybody.
      There is no any appreciation for who wants to do good job.
      Now a days Protest is the main weapon for nepalese people.
      Why we don’t think about good and bad.
      only if we learn to appreciate each other who ever does good decision that will be a great for nepal in the future.
      To get somethings we need to sacrifice some things,otherwise if we still act like a animal and we will be remain animal in future too.
      We have a all kinds of law and rules but law is acting like a dead body who wants to scare but cannot act effectively.
      Learn to Support and appreciate to everyone who does good things and forget about which ever party you belongs to.
      Think only you are a good citizen of Nepal and think only about future of Nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • system ma nabasne lai bamdev le thik parnai parchha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • system ma basnu garo hunchha tar system ma na base nepali haru kahile agadi baddainan.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bamdev rocks!!…I totally support what he is doing. Nepali people have got the habit of being reluctant in every small matters, which should be demoralized and the rules should be asked to follow strictly, otherwise should be punished. Some more immediate works to be done are:
      –> Jaywalking in the roads of kathmandu should be strictly prohibited.
      –>The major highways that connect the country should be made free from any kind of protest, chakkajam and things of that sort.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • moocool

      afu ta bidesh ma chu….auta duita photo rakheko bhaye ….ahahaha…samjhida nai man kasto furunga bhayo…khulla kalanki samjhera…..saknu huncha bhane halnu hai umesh ji…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bindaas Baaje

      Keep on Bamdev.
      Nepalese people are enjoying over freedom which results these things. There should be limited freedom and should be under the limit. Whatever you doing are really very nice job.

      Keep going on…..

      Congratulations and Wish you all the BEST.

      Cheers,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • harish

      संसार माँ बिशेष गरी नेपाली समाज माँ काम नगर्ने को बिरोध हुदेन तर राम्रो काम गर्ने को अति बिरोध हुन्छ. राज्य रूपांतरण गर्ने नै हो भने अरु येस्तई अपीर्य लागने जस्ता कदम चाल्नु पर्छ. नेपाली मानसिकता हो, बंद, चक्काजाम. अब तेस्तो गर्ने लाइ दिने उत्तम जबाफ भनेको कटबास लाठो नै हो. राम्रो रीती बसाउन खोज्दा बिभिन्न संगठन र निहू माँ भाजो हालने काम हुन्छ भने राज्य पछि हटने कुरै हुदेन.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Binod

      मन्त्री बामदेव गौतम द्वारा चालियका कदमहरु सतप्रतिसत राम्रा छन यशरी नै सबै बिभागीय मंन्त्रिहरुले यस्तै कदम हरु चालेर नियम र कानून को दायरामा माँ सबैलाइं ल्याउने हो भने बस्ताबिक लोकतान्त्रिक गणतन्त्रको सम्मान हुने छ यदि छुट दिदै जाने हो भने भोलिका दिनहरुमा चोर र डाकाहरुले पानी चोरी र डकैति गर्न पाउनु पर्छ अन्यथा सरकारले रोजिरोटिको ब्यबस्था गर्नु पर्छ भनेर आन्दोलन नहोला भन्न सकिन्न.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pravat

      Salam cha BamDev lai.

      Nepal ma niyem mannu parcha bhanne nai hatna lagi sakyo.
      So anyhow, anyway, anytime niyem michnelai karbahi hunai parcha. yo des, uniharuko matrai hoina, hamro pani ho, k hami time ma office pugna pardaina?
      gadi rokeko cha rokeko cha. pheri horn bajauda pani chodne hora? FootPath byapari lai kina dinu paryo thau? Capital city ma kasailai help garnu pardaina. Yeha bachna garo cha,skill chahincha banne thaha huda hudai Capital city chirepachi dukha ta bhaihalcha ni. ani thapnu paryo footpath ma pasal. Dos sarkar ko jhanai cha, city ma matra kendrit.

      Anyway , Niyem bhaneko sabai lai hunuparcha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suresh, JP

      I don’t think Bam Dev has opposed or obstructed towards right to do business. Anyone can open the restaurant, run street business or transportation business. Rather these are the part of economy. But before starting business one should realise how ethical it is. One should know whether his or her business is imparting on individuals and groups with the negative repercussions or not.Opening and running above mentioned businesses are allowed under any law but “make girls dance naked” is not ethical, “running street shops blocking pedestrians and running transportation business creating chaos” are not ethical as well. Otherwise, selling brown sugar is also a business, why not we are allowed? Though it is a business, it is unethical because it ruins the life of consumer.
      Other aspect is a corporate social responsibility. Whoever runs a business is responsible towards society. How responsible the restaurants owners who offer naked dance,those street hawkers who blocks pedestrians and those transporters who create traffic chaos.Where are their responsibility towards society?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • JP

      I think this is time to support to BAMDEV, not betray each other.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gaida

      यो सबै बामेको नाटक हो जनतलाई झुक्कयाउने चाल्बजी मात्रै हो। एदी गर्नु नै छ भने कनुन बनएर कडाइ का साथ् पलन गर्न लौनु पर्च्क नत्र पोपुलरिती को लागि गरेको एस्तो काम ले केही हुँदैन। jantaako ध्यान आन्त मोदेर एअरपोर्ट र तेरैको नाकाहरुबाट तस्करी गरी राखेको छ। आज सम्मा एस्ले १ जन पनि तस्कर लाई कारबाही गरेको छैन। आज रोजी रोटीको लागि बाल्बच्चा को लागि फूत पथे पशल थप्नेहारुलाई बैकल्पिक उपए नसोची कन मूडे बल प्रयोग गर्दैछ। भोली तिने बाल बालिकको रोदन्ले बाम्देव लाई पिरोल्ने cha.
      टेसैले कारबाही गर्द पहिला भ्रस्ठ तथा तस्कर लाई गाह्रोस .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ananta

      Junsukai kura suru garda pani birodh hunu swabhabik nai ho. Tara birodh bhayo bhanera feri kehi nagarnu chahi hamro desh ko bidambana nai ho. Tetro kaam garne himmat garne Mantri le pani ta kehi sochekai holan ni. Nasocheko bhaye unko kamjori sochera pani yesto bhayeko bhaye hamro galat manasikata. Tara mantri jyu lai dhanyabaad chahi dinu parcha. Tara aba k garne bhanera bhanera pani ta yojana agadi lyaulan ni. Aasha garau, ramro kaam ma sabai ko sath milos.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • tenzing sherpa

      Iam totally in support of Mr Bamdev, and we extremely need a home minister like him not like sitaula chiple…you know all the Nepalese pepople here in nepal are gone out of discipline, as the crime rate has been gone up..if you go to thamel area you don’t feel that is tourist are in fact that place seems to be a red light area…more then the street of Bangkok..the people feels unsecured, kidnapping, looting has become normal and in this condition such a hard atep should be taken by police..
      and our habit is Nepal banda, Chakkjaam, Andolan are basic weapon that is used against the people and government….but beside there are many pints that has to be written…but why should I do that when a single NEpali mind has not been changed…hmmmm

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • PRABASHI

      एक छिन को लागी मानी हालोउ कि बामदेव ले बूट नै बजारेर पनि आफ्नो निर्णय मा अडिक रहला ,तर के यो दिर्गेकालीन रहनंछे? बामदेव को कुर्सी जाने बितिकै फेरी सबै उस्तै| सबै वंदा राम्रो उपाय दिर्गेकालीन समाधान हो | समस्या को तुप्पो मात्र कातेरे समस्या समाधान हुने वाला छेने| होमवर्क अपुग छे|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • खै मानीस सबैभन्दा बुद्दिमान हुन्छ रे। काम गराइ हेर्दा त सबै ठौमा बुद्दी पुर्याएको जस्तो लाग्दैन । आफुले जे गरेपनी अधिकार तर अर्कोले बिराउनै नहुने कर्तब्य। यती मात्र हो र “मै खाउ मै लाउ सुख सयल या मोज म गरु… ” जस्ता भाबना बाट निर्देसित भएपछी कस्को के लाग्छ र? अबत गिरिजा प्रसादले पनि आन्दोलन गर्ने खबर सुनियो। आँफैले आतंककारी भनेका हरुले सरकार चलाये यो त शायद उहाको नियम बिपरित हुनुपर्छ नत्र माओवादीको नेत्रित्वमा हामी सरकारमा जादैनउ किन भन्थे ।
      गफमा सबैले राम्रो हुनुपर्छ भन्छन काममा आफुले जे पनि गर्न पाउनुपर्छ भन्छन । बिडम्बना। हे पशुपती नाथ रक्षा गर।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • के हो राजगारीको ग्यारेन्टी भनेको?

      आजकाल रात परे परेपछी सडक गल्ली चोकमा हुने जडियाको होहल्ला काम भएको छ। रत्नपार्क, कलंकी चोकमा हिड्दा अब कसै सँग ठोकिनु पर्ने छैन। यि सबै राम्रा कुराहरु हुन। यसका बावाजुत पनि मनिसहरु यस शुभ कार्यको बिरोध गर्न पछी परिरहेका छैन। भनिरहेका छन, रोजगारीको ग्यारेन्टी गर। मैले बुझ्न नसकेको कुरा, रोजगारीको ग्यारेन्टी भनेको के हो? के अब रोजगारीको ग्यारेन्टी गर्न सरकारले सडकपेटीमा सटर बनाएर पसल राख्ने ब्यवस्था गर्नु पर्ने हो? के अढाइ करोड जनता सरकारले रोजगारी दिएर बांचिरहेका छन?

      सरकाले सबैलाई रोजगारी (काम) दिने हो कि? रोजगारको आधार तयार गर्ने हो?

      मैले बुझे अनुसार त सरकारले बनाएको रोजगारको आधार ( सडक, बिद्युत, संचार इत्यादी)को उपयोग गरेर आँफै रोजगारी सृजना गर्नु पर्ने होइन र!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shilu

      Rules can not be imposed in the form of dictetorship ! it is absolutely true,it is difficult.
      Also there is a question ,who are going to control the youth force and YCL.
      But when we talk about USA ,the story is different.There used to be justice with the barrel of gun for a long time(as we see in western cowboy movies).Now there is a system and we can give an example.However the important point is how it would be in transition phase like in Nepal.
      is it possible to make a ”kabab”without killing a goat??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ठीक गरेको छ बामदेवले। पहिला सबैलाई ठीक पार्ने अनि बल्ल उनिहरूको बारेमा सोच्नु पर्छ। नियमै नटेर्ने भए पछि संविधानसभाले भोलि संविधान बनाए पनि टेर्ने को त?

      पहिला नियममा बस्न लगाउने अनि बल्ल उनिहरूको मर्का के हो बुझ्ने पहिल्यै बुझ्न लाग्यो भने पहिलेको जस्तै हुन्छ। ठोक बामदेब ठोक, ठोक्छौ भनेर नै नियम मान्न पर्छ भन्ने जनताले तिमीलाई स्वीकार गरेका छन्।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Estrella / Risco Shrestha

      Niyam palana garaunu khojnu ta ramrai kura ho, niyam palana pani hunu parcha. Tara Niyam palana garna sakne watawaran pani sirjana garaunu saknu parcha. Natra bhane Bamdevle Janatalai ” Hugna chai Hug, Tara Mutna paaudainas.” bhane jhai huncha. Ha Ha Ha.

      Regards:
      Estrella / Risco Shrestha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Swapnil

      सुरुमा मैले पनि बाम देवले गरेको काम ठीक छैन भनेर भनेको थिए। हो सबै रेसटुरेन्टमा काम गर्ने मान्छे नराम्रा हुँदैनन । तेस्को राम्रो बिकल्प खोज्नु पर्दछ। तर हरेक कुराको बिरोध मात्रै गरेर पनि त हुन्न । सरकारले पनि त केही सोचेर नियम बनएको होला । तेसैले हरेक कुराको बिरोध गर्न छोडौ र एक समुन्नत नेपाल को बिकासमा सबैले सहयोग गरौ । यो सडकमा भएको पसलको बारेमा मलाई एउटा अमेरिकन साथीले पनि भनेको थियो तेरो देसमा त हिंड्ने बाटोमा पनि पसल हुन्छ भनेर । तेसैले बरु सरकार सँग कुरा मिलाएर कुनै बिकल्प निकालौ तर देशको बिजोग बिदेसिलाई नदेखाउ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Biran

      Bhane pachi Neta haina Hami po khattam raichau ta.

      Hami Kahile sudhrine hola ra hamro desh kahile banne hola.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Urash

      Great job Bamdev. Keeping working. We are behind you.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कसैले नाङ्गै हिड्छु भनेर आन्दोलन गर्‍यो भने त्यसलाई सही भन्न सकिन्न । क्यासिनो अन्नामात्रै होइन, सबै पक्षले राज्यको नियमकानून मान्नर्ैपर्छ । यदि नियमकानूनहरु समयसापेक्ष छैनन् भने तिनलाई विधिसम्मत तरीकाले नै समयसापेक्ष तुल्याउनु पर्छ । लामो समयसम्म खुल्ला हिँडेको गाईगोरुलाई पनि दाम्लोले बाँध्न खोज्दा सुरुमा किलो नै उखेल्नेजस्तो गर्छन् । क्यासिनो अन्नाको कुरा पनि त्यस्तै हो । सधैंभरि नियमकानून मिचेर हिँडेका हामीलाई सुरु-सुरुमा अप्ठ्यारो लागेको मात्र हो । तर, प्रहरी प्रशासनमा बसेर “हप्ता” उठाउने र गैरकानूनी कार्यलाई निर्वाधरुपमा सञ्चालन हुन दिनेहरुलाई पनि पटक्कै छोड्न हुन्न । जय वामदेव !

      उदय जीएम
      दाङ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prakash

      बाम देवजी लाई एउता प्रश्न!!
      बन्द, हद्ताल, चक्का जाम, गर्न नपाईने निएम कहिले बन्ने????????????
      प्रकाश AUS

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • aveeral

      I would say well done to what is being done. At least some one has to make a trial. This is for goodness ultimately. If rules cannot be followed, and the enforcers may not succeed, there might me much chaos finally. So keep it up Bamdev and the related authorities.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rajan

      Home minister ROCKS
      Rock on !
      keep going.!
      this is way.!
      yorajan

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rabin

      म चाहि बामदेवको कामको प्रसंसा नै गर्छु किन भने हिन्दीमा एउटा उखान छ नि “लातो की भुत बातों से नहिमान्ता ” जस्तै हामी नेपालीको पनि लात नखाए सम्म नियम मान्ने त चलन नै कहा छ र ? हो जसले नियम मिच्छ त्यसलाई त ठोक्नु नै पर्छ तर यो नियम तल्लो बर्ग, सोझा र निमुखा लाई मात्र लाग्नु भयेन , जसले कानुनको पालाना गर्दैन त्यों सोभाबिक अपराधी हुनु पर्छ |
      अब रोजगारीको कुरा गर्ने हो भने त गाऊ घरमा खेती योग्य जमिनहरू बाझो परी रको छ त्यहा काम गर्ने मानिसको खाचो छ तर यहाँ त सबै लाई काठमांडू नै बस्नु छ बरु जस्तो इलाम किन गर्न न परोस
      काठमांडूको चाप पनि घटने,सफा पनि हुने यो तरिका चै सही छ ||||||||||||||
      बाम देव सर ! तपाई साम ,दाम ,दंड ,भेत सबै लागौनुस तर हाम्रो दंडहिनताको समाजलाई परिबर्तन गरेर नै देखाउनुहोस |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prasis

      नियम सँगइ कडा कानुन पनि बनाउनु पर्छ | नेपाल मा जैल पनि पुग्दैन , जैल बढाउनु पर्‍यो अनी नियम पलन नगन्रे हरु लाई २ ४ बर्षा थुन्नु पर्‍यो | अनी काठमाडौं राम्रो अनी बिकास हुन्छ |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • studentInBerlin

      मेरो बीचारमा कुनै पनि देशमा अर्थतन्त्र, शिक्षा र सभ्यता एक आपसमा अन्तर्सम्बन्धित बिषयहरु हुन। अझ प्रष्टसँग भन्नु पर्दा शिक्षा र अर्थतन्त्र सभ्यताका दुई मुख्य खम्बाहरु हुन। एउटा सामान्य घरलाई उदाहरणको रुपमा लिने हो भने त्यो घरका पिलर अथवा खम्बाहरु दरिला छैनन भने बलिया, महँगा अनी राम्रा झ्यालढोका रख्दैमा, सुनौला रङहरुले पोतपात गर्दैमा त्यो घर बलियो कदाबी हुँदैन र त्यसो गर्नु ब्वर्थ हुन्छ। त्यसैगरी सभ्यतारुपी घरमा पनि शिक्षा अनी अर्थतन्त्ररुपी खम्बाहरु दरिला नबनाएसम्म त्यो घर कच्चो नै रहन्छ। त्यसैले बामदेबले गर्न चहेको कुरा सही भए तापनी उनले अङगालेको बाटो त्यती व्यबहारिक भएको जस्तो मलाई लागेन। अशीक्षित र गरीब जनताहरुको बहुल्यता रहेको नेपालमा ति फूत्पाथमा सामान बेचेर, गाडीमा कन्डकटरको पेसा गरेर र अरु सानातिना कामहरु गरेर दिन चराया गर्ने बिचराहरुलाई गाली गर्ने होइन कि बाबुराम भट्टराईले भनेझै शिक्षा र अर्थतन्त्रलाई प्राथमिकता दिन जरुरी छ। शिक्षाको उज्यालो देशका कुना कुनामा पुग्यो भने जनताको आयस्तर पनि बड्छ। त्यस पछी बामदेबले खटाएका पुलिसको लौरीले जनतालाई तह लगाउने होइनकी साधारण देशबासीले आफ्नो सुझबुझ प्रयोग गरेर घुस्याहा, नौटंकी नेताहरुलाई तह लगाउँछ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Anjaan

      saneep sagar mitra,
      Tapai jasta ko kura le garda hamro desh ko halat yesto bhayako ho. Garna khojyo bhane jati pani chha upaya haru NEpal ma, Tehi footpath ma nai business garnu pardeina. Ho business garyo bhane White house agadi pani ramrai chlachha hola. Ke chlachha bhandei ma jaha payo tehi pasal rakhne, ani roji roti khosyo sarkar le bhanne. Nepal ko kun dhara ma lekheko chha, footpath ma pasal rakhna payinchha bhanera, tesai adikar ko kura garne. Khoi ta bato ma hidne batuwa haru ko adikar ko kura. Aafu le kehi garda aru ko adikar ma asar parchha ki bhanera sochnu pardeina. Tapai ko kura manne ho bhane ta Nepal ma law and order ko kura kam lagdeina. System basalna Bamdev le gareka kura haru dherai ramra chhan. Sabai milera yesta janamukhi kam lai establish gardai janu parchha. Tapai baseko UK ma ke yestai chha ta law and order. Tesaile kunai kura start garda comment haru birod haru aauchhan, tara aafno decision lai strongly aagadi badaunu parchha. Sabai jana milera Bamdev lai sahayog garnu parchha. ani balla yo desh ko muhar pherinchha…Hami sabai le Naya Nepal ko sapana lai saakar parnu parchha…….

      AKP
      USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • janani

      Niyam Kanun ta Nepal cha ni tara tesko palana mathi batai bhai raheko thiyena.

      Je gareko cha tyo thik cha. Kina bhane Bideshma gaye jasto pani niyam kanun ma Nepali haru basna sakchan bhane Nepal ma Kina nashakne?

      Bideshma ahile paraye sabai Nepali gayeka chan timadhe ta kati ti gadichalak, unka chora chori pani gayeka holan.

      Tara yeuta kura Niyam banaune ra banauna lagaunelai samet lagu hunu parcha ra tesko palana garinu parch teso ho bhane sabai lai tesko palana garna kar lagcha ra sathai Desma subewastha kayam hunch nabhaye feri Hathi ayo Hathi ayo fussha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      राष्ट्र को कानून सबल हुन नसकेकोले नेपालीहरु नियम लाई पालना गर्न अटेरी भएका हुन । अहिले को सरकारले राष्ट्र को कानून लाई सबल बनाउन सकेमा -बनाउदै गएमा समस्याहरु स्ब त : समा धान हुँदै जान ठुलो बल पुग्ने छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नियम बनाउनु भन्दा अगाडि योजना बनाउनु प-योनी जस्तै रेस्तुरेन्ट त बन्द गरियो यस्ले रोज्गार्मा कस्तो प्रभाब पर्छ ?राती रेस्तुरामा काम गर्ने को रोजिरोटिको ब्यबस्था कसरी गर्ने ? युबा सक्ती कसरी परिक्षालन गर्ने ? केही बिक्रिती भयपनी रोज्गार त थियोनी ।बिक्रिती रोक्न नियम बनाउनेकी रोज्गारी निर्मुल बनाउन ? गारिबि बडाउन ? राती काम गर्नै पाइन्दैन भन्ने छ र ? बियबस्थित बनाउनु अस्लीलाता रोक्नु यो त गर्न सकिन्छनी , खोइ यहाँ अमेरिकामा तेस्ता नङ्गा होटेल र ब्यबसाइ लाई सर्खार्ले सम्मन गरेकै छ त । सर्खार्लाई पनि फाईदा छ tax आएकै छ । अर्कोतिर रोज्गार पनि लाखौं लाई पुगेकाइछ ।
      नारिहरुलाई कसैले जिस्कियाउने अस्लीला शब्द बोल्ने गरे तुरुन्त जेल जानु पर्छ वा जरिबाना तिर्नु पर्छ । कसैको अनुमती बिना कसैलाई छु नपाइन्दैन । यस्तो डान्स रेस्तुरामा काम गर्ने युबती लाई कसैले हिनताको भावनाले हेर्दइन । हेर्ने मौका पनि हुँदैन । आफ्नु स्वोतन्त्रता भन्दा माथि उठेर अरुलाई हानी गर्नेलाई तुरुन्त पुलिस केस हुन्छ र बर्बाद हुन्छ । खोइ बिक्रिती केही छैनत,समाज अनुशासनमा चलिरहेको छ ।
      नेपालमा भने बन्दै गर्नु पर्ने ? कस्तो निती हो अचम्म लाग्छ बा । त्राफिक नियम केही छैन । गृहमन्त्रिले बाटामा हिन्दा गाडी रोकेको देखेकोभर्मा फोन गरेर गाडी नरोक भन्नु पर्ने । खोइ नियम अनी खोइ कनुन ? क्सरी चल्छ समाज ? जता ततै फोहोर को रास छ । नदी नाला दुर्गान्धित छ । सफा बातावरण छैन । जथाभाबी खुलेका होटेलहरुमा हेल्थ को कुनै नियमै छैन । सफा पिउने पानी छैन । पिउनेतके नुहाउने पनि छैन । कम्तिमा बिजुलिको ब्यबस्था ktm मा त भय हुन्थियोनी । तेसैको अभब ले सारा उद्योग धन्दा प्रभाबित छन । समय को महत्तो को अनुभब नागरिकमा भयपनी सरकार लाचारी छ । यहाँ(अमेरिका)गाडीले आँफै नियम पलना गर्छन् । पलाना नगरे तुरुन्तै घरमा जरिबानाको पेपर अाइपुग्छ अनी licence मा पनि दाग लाग्छ । सबैकाम सिस्टमले काम हुन्छ । पुलिसले नागरिकलाई जस्तो सुकै अपराध मा पनि कुट्ने पिट्ने गर्दैन सबै अदालतले गर्छ । पुलिसले भनेको मानेन र ठुलै अपराध गरेको छ भने हद्कदी सम्म लगाउछ । हद्कदी लगाउनु भनेको ठुलै अपराधीलाई मात्रै हो । नेपालमात पुलिस ले स्पोट मै गाली बेइजत्ती गरेर जियान् लिन्छ कुट्छ पिट्छ र अंग भंग गर्छ कस्तो कानुन हो ?लाज मर्दो हिनता पूर्ण । यि बाम हुन्की लाम देब हुन ? यिनिहरुले केही सिक्तापनी सिक्तैनन र गर्दैनन पनि । गर्छन्त केवल मुडे बल्ले र बुद्दी बिहिन तरिकाले । देश बिदेश मा घुमेर पनि सिक्नु पर्नेहो यिनिहरुले के देख्छन र कसरी घुम्छन अनी के सुन्छन रहस्यको बिषय भयको छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सन्दिप सागर लण्डन यु के

      उमेश जि

      यसमा धेरै कुराहरु जोडीएर आउछन |राज्यले अनुसातित र सभ्य समाज निर्माणको लागि कानुन मात्र बनाएर लादन खोजेर हुँदैन |सबै भन्दा पहिला बनायिएका कानुन मान्न सक्ने अवस्थामा राज्यले समाजको निर्माण गरेको छ कि छैन त्यो महत्वपूर्ण कुरा हो |अर्को कुरा मान्छेका रोजी रोटी सग सम्बन्धित कुराहरुमा बैकल्पिक आधार सिर्जना भएको छ कि छैन ?यी यस्ता सबै कुराको मापडण्ढ अनुसारको समाज निर्माण भएको छ गरीएको छ भने फुटपाथमा दिनभरी धुलो खाएर कमाएको पैसा कसैलेपनी क्यासिनोमा जुवा खेल्न जादैन न त नाइट क्लबमानै जान्छ |मजदुरीको कमाइले क्यसिनो र क्लब सम्भब होला ?अर्थात क्यसिनो र क्लबमा पैसा बगाउनेहरुको आम्दानीको स्रोतबारे राज्यसग कुनै त्यस्तो सम्यन्त्र छ जस्ले गैर कानुनी रुपबाट कमाएको पत्ता लगाएर लगाएकालाई कार्बाइ गर्न सकोस |मेरो आसय के हो भने कानुन सबै ठाउमा हुनु पर्‍यो सानालाई एन ठुलाई चइन हुन भयन यस्तो भयमा सभ्य र अनुशासित समाज निर्माण गर्न गाह्रो हुँदैन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nisan

      Yesma pakkai pani Gyanendra Shah ko haat hunuparchha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • राम्रो काम मा बिरोध हुन्छ भने त्यस्को कुनै अर्थ रहन्न बिरोध को पनि सिमा हुन्छ सिमा र परिधी भित्र रहेर गरिएको बिरोध लाई जायज मान्न सकिन्छ तर नियम पाल्न गर्न नखोज्ने लाई कारबाही गर्नु सिवाय अरु बिकल्प छैन चाये कुनै बिरोध किन नहोस । बामदेव को यो कदम जायज छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bijay

      Rules are not something that can be imposed as a form of dictatorship, disregarding the concerns of the mass who gets affected adversely by them. It is easier for a minister may his way around in an imported airconditioned vechile to see the crowd and have police take action against the crowd of roadside vendors. But if he is really capable he should think about the options that they can follow before he push them into a corner and take away their only source of income. Even in USA, if the local government officials take actions against Strip Bars (equivalent of dohori restaurants in KTM) or local casino visitors without conscience of local community, I see a very little chance that he will survive the election. Pros and cons are evaluated before any major step is taken.

      Anyways clearing up the roads from local vendors, hampering the nighttime business and taking action against casino visitors might be good to some extent. But what is the logiv behind these actions? What good does it do to the community by treating them as people without their own decision making capability? And the bigger question, which comes in context of poor country like Nepal is, what is the option for those people who are directly affected by these unthoughtful steps of a dictator?

      If a person can afford to visit casino and does not mind losing his fortune there, then why should government be against it? After all so far the government has not been able to do anything towards the crimes committed by ex- royals, army and the maoists or forum guys.

      What is the option for those girls who were employed in dance bars? It would have been much better if they were not made the victims of police harrasment or laws made against abuse and exploitation from their employers instead of worsening their situation and putting them from frying pan to fire situation.

      And as for the street vendors..well god knows what..Charm of ason chowk was all the street vendors around..Anyways forget it.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • डिक्ची ड्राइवर germany

      कानुनी राज्यको उपहास गर्ने कसैलाई नछोड,सुरु सुरु मा अटेर गर्न खोज्लान,बन्द गर्लान तर सरकार आफ्नो निर्णयमा डग्मगाउन हुँदैन!!
      तर कुनैपनी निर्णय गर्नु पहिला प्रयाप्त गृहकार्य को जरुरी पर्दछ।
      झट्ट हेर्दा सस्तो र क्षणिक् वाह् वाह् बटुल्न खोजे जस्तो लागे पनि बामदेव को साहस् र मनसाय लाई यो डिक्चि ड्राइभर ले मन परायो!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shilu

      नियम कडैका साथ पालाना गराउन एक दुई जना ताना शाह हुनै पर्छ |अली कती डर पनी चाहिन्छ ,कर्त्यब्य बोध हुनका लागी की त ज्ञान को सीमा पार गरेको हुनुपर्यो नात्र उपाय के ???लाठी !!
      बिना अनुसाशन जिंदगी कसरी सफल हुन्छ ??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bishnu california

      he is the man.bamdev keep going.all true nepalese are with u
      u r the real minister.dont giveup

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • RDev

      Suru suru ma yastai ho,,ali napache jasto huncha,,,tara sarkar le tyo kadam bata pidit huna pugeka harulai pani samuchit dhanga le byawasthapan garidiye , yasto awastha aaudaina jasto lagcha malai….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Hiramani

      tehi bhayara ta desh ko halat yesto chha ni. sabai anusasann ra niyam ma basyo bhane ta sworga bhai halchha ni nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • atom

      Girija babu pani andolan ko announce gardai chan kyare. Unlai niyam ta lagdaina hola boru kursi chodeko dherai nai huna lago hola nyasro lago ki. bichara haru andolan garcha vanchan budo haddi matra kurliyara hudaina khulamancha ma 100 jana jamma garna sakdainan.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sanju

      खै, सभ्यता र अनुशासनको साधारण नियम पालना गराउन त यस्तो गाह्रो छ, कसरी देश बन्ने हो ??
      यस्तै ताल हो भने अब कुनै दिन अब चोरडाकाहरुको संगठनको आन्दोलन पनि हुन बेर छैन, “चोर्ने लुट्ने हाम्रो पेशालाई कि त सरकारी मान्यता दे , कि त बैकल्पिक उपायको ब्यबस्था गर्” भन्दै । जताततै मनपरितन्त्र, जता पनि भिडतन्त्र, हरे शिव ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सन्दिप सागर लण्डन यु के

      हाम्रो समाजको बिकास कसरी भएको छ भने एयरपोर्ट बाट गैर कानुनी रुपमा सुन ओसार्नेहरु कानुन बनाउने र लगाउने हरुका साथी हुन्छन अनी समाजमा गरी खानको लागि बिकल्प खोज्दा खोज्दै फुट पाथमा अबरोध हुन आएका समाजका सत्रु हुन्छन |यी दुई बिचको जुन ग्याब छ त्यो नै हाम्रो समाजको समस्या हो

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Rajesh Rai

      हो यो काम राम्रो हो । तर समाजमा आतङ्क फैलाउने अनी दिन दहाडै हत्यामा संलग्न हुने आफ्नै मातहतमा रहेको युथ फोर्स र प्रधानमन्त्रीको मातहतमा रहेको वाइ सि एल लाई चै कहिले तह लगाउने । बाम्देव कामरेड तेता तिर पनि ध्यान दिने कि ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bhaskar,VA

      I’m really agree with you. Nepal needs autocratic leaders now.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishak

      shilu ji,
      you are 100% right, there should be somebody to maintain strong rules and regulations. otherwise nobody will be disciplined. kathmandu will be so beautiful if everybody follows just the simple rules and regulations of municipality. people will feel little awkward to get used to the new things, but eventually they will. that’s how we will feel the difference. that is how we will make this country one of the best place in the world to live.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pukar

      I’m totally agreed with you buddy !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • purna karki

      i,m totally agree with u

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suresh, JP

      What an indicator – strip bar = dohari restaurant..what is equivalent to dance restaurant? May I know plz.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishna

      wow bro if never mind you jus think yourself how it’ll be then if HM doesnt do that realy very gutter to walk around the city and vendors,casino player,transport worker and some of rich person making these wrong doings so he needs to do so jus support for fight things thank you

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • darshan pandit

      buddy, you just wasted your precious time writing such a long comment. it would be nice and enough if your comment were positive. Comparing doharis with strip bars might be your own point of percetion. If you were writing the comment with a little understanding about nepal you would never say if a person can afford he can go to casinos where only foreigners are allowed to gamble…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • purna karki

      i dont agree with u. u cannot compare to Nepal with usa.
      in Nepal we need honest dictatorship who can make good and prosprous country. pbk

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • arko ananta ji kura thikai ho..i agree with you. Though they are good rules but atleast he should have given some time for people i mean in the case of buses..he should have said after 15 days or after one months no buses will be allowed stop randomly..if he had done that people would be aware and would planned similarly…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • purna karki

      i support u n Bamdev

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • purna karki

      u r right

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • purna karki

      I DON,T AGREE WITH U
      U R NEGATIVE PERSON

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • purna karki

      GOOD COMMENT
      PURNA KARKI FORTWOTH TX USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gole Dai

      खाँटी र गाँठी कुरा चैं यहि हो । आगे के गर्लान त्यो उनै जानुन् तर गर्ने काईदा चैं यहि हो । सहमत ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shyam sharan lal karna kayastha

      pahila maobadilai karbahi garer dekhau, ani matrai arkako palo.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shyam sharan lal karna kayastha

      jangali & co. le sabhyata sikauna thale pachhi yastai yastai hunchha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dil Shrestha

      bam dev ji u doing very good nepali janta nai murkha chha kuhi pani niyam ma basna mandaina tesai le desh pachi pareko ho kina niyam basna chaha daina yi manchhe haru kina kina kina? ramro kam garnu vayeko chha keep going

      Dil Shrestha
      Whitter CA USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gore

      Excellent comment by Puroshottam Babu.

      Your analysis is good.

      Write something about this matter and post in Mysansar.

      Thanks again.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ramesh Shrestha

      बाँदरहरुलाई नियमको पालना गराउंदा यहाँलाई यत्रो आपति? पहिले आफ्नो स्पष्ट पहिचान हुने गरि कमेन्ट गरेको भए कति राम्रो !! अहिलेको गृह मन्तृ १० गुना कडा हुनु आवश्यक छ, प्रचण्डको समेत पसिना आउने गरी !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shyam sharan lal karna kayastha

      dear ramesh ji,
      thanks for your comment but probably you didn’t understand my meaning and my name is same as mentioned. even you can view my other comments too in this page and than may you will be cleared.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker