मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation

    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    शनिबार साहित्यः गत साताको नतिजा

    शनिबार साहित्य अन्तर्गत गत साताको फोटो हेर्नुस्, कविता लेख्‍नुस् प्रतियोगितामा प्राप्त कविताहरुलाई सँधै झैँ माइसंसारका विभिन्न देशमा रहेका तीन जना निर्णायकहरुले जाँचेका थिए। यस पटकदेखि निर्णायकको नतिजा पनि सार्वजनिक गर्दैछौँ। निर्णायकहरुले १० पूर्णाङ्क दिई तीन वटा कविता छान्ने र त्यस अनुसार जुन कविताले बढी नम्बर ल्यायो, त्यही विजयी हुने व्यवस्था हामीले मिलाएका छौँ। निर्णायकहरुको निर्णय अनुसार कसले कति नम्बर पाए त ?

    रूपेश – ७
    शुभश्री – ७
    के आर शर्मा- ९
    अनुकूल प्रकास- १०
    राजिम- १५
    सन्दीप सागर- २५

    ३० पूर्णाङ्कमा २५ अङ्क प्राप्त गर्दै सन्दीप सागरको कविता यस पटक उत्कृष्ट ठहरिएको छ। सन्दीपलाई बधाई साथै सहभागी सम्पूर्ण कविहरुलाई धन्यवाद। उपहारस्वरुप विजयीले हाल अन्य प्रायोजक उपलब्ध नभएसम्मका लागि माइसंसार डोमेनको इमेल पाउने छन्। सन्दीपले sandeep@mysansar.com इमेल ठेगाना उपहारका रुपमा पाउनु भएको छ। तपाईँको लग इन विवरण तपाईँको इमेल ठेगानामा पठाइएको छ।

    हाम्रा निर्णायकहरुले (हाललाई उहाँहरुको नाम गोप्य राखिएको छ, तर तीनै जना निर्णायक साहित्यमा भिजेकाहरु हुन्) विजयी कविताहरु संगालिएको पुस्तक पनि प्रकाशन गर्ने सोच बनाइराख्‍नुभएको छ। कविता लेख्‍न र कविताको पुस्तक छापिनका लागि नाम चलेको र सोर्सफोर्स भएको कवि हुनुपर्ने पुरानो मान्यतालाई भत्काउने यो अभियानमा सहभागी बन्नुस्, फोटो हेर्नुस् कविता लेख्‍नुस् प्रतियोगितामा सहभागी बन्नुस्।

    विजयी कविता सुन्नुस् र फोटो हेर्नुस्-

    सन्दीप सागरको उत्कृष्ट कविता

    छरपस्ट बादल र नीलो गगनको पृष्‍ठभूमिमा
    त्रिबिम्बहरुको परिचय खोजेँ
    होर्डिङ बोर्ड निर्माणमा कर्मशील हात र मनहरु
    थोरै आशा धेरै निराशा संगालेर
    जीवनका सपनाहरु बुनिरहेका
    अनिश्चित भविष्यको तारिकमा
    कहिले होर्डिङ बोर्डमा त
    कहिले धर्ती चिथोर्न पाखाहरुमा
    कहिले कारखानाको मजदुरीमा त
    कहिले स्वतन्त्रताको विगुल फुक्दै
    बस्ती बस्तीहरुमा शहर र गाउँहरुमा
    कहिले फराकिला सडकहरुमा
    कहिले साँघुरा गल्लीहरुमा
    देशका ठेकेदार भन्नेहरु
    तिमीले भूगोलका रेखामा देश खोज्यौ
    मानव निर्मित नक्साहरु पल्टायौ
    तर
    तिमी खाली हात भयौ र फेरि देश खोज्दैछौ
    कहिले संघीयतामा कहिले दौरा सुरुवाल र टोपीमा
    कहिले हिन्दी, मैथिली यस्तै-यस्तै भाषामा
    तिमीले कहिल्यै
    ठेला उठेका हातमा चिहायौ
    देश के हो भनेर ?
    पसिनासँग सोध्यौ
    राष्ट्रप्रेम के हो भनेर ?
    महासय देश त्यही हुन्छ
    तिनैको पवित्र आत्मामा हुन्छ जहाँ
    ठेला उठेका हात र
    तर्तरी पसिना बगेको हुन्छ

    प्रतियोगितामा सहभागी थप कविताहरु हेर्न यहाँ क्लिक गर्नुस्। हाम्रा एक निर्णायकको आवाजमा विजयी कविता सुन्नुस्-
    Voice-0007.amr.MP3 – Sandip Sagar

    No related posts.

    36 comments to शनिबार साहित्यः गत साताको नतिजा

    • shova

      very nice kabita

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अनुकुल प्रकाश

      बधाई छ है सन्दिप जि ,अनुकुल प्रकाश को तर्फबाट,अनी ,,शुभ मनले हार्दिक शुभ-दीपावली यहाँलाई साथै चिने नचिनेका सम्पूर्ण साथीहरुलाई पनि शुभ-दीपवली !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • N. Sharma

      बधाई छ सन्दिप सागरजि !
      तपाईंका कमेन्टहरु/तर्कहरु त खुबै पढिन्थ्यो । यो कबिता पनि पढेको थिएं र मनमा कता-कता इर्श्यालागेको थियो :) तर साच्चै यो नै निर्णायक ज्युहरुको आँखामा पर्‍यो । फेरी एकपटक साताको उत्कृष्ट कबितामा पर्नुभएकोमा माना, पाथी तथा मुरी मुरी बधाई ! यसरी नै शब्दहरु पोख्नुस् र त्यसले कबिताको स्वरुप लिनेछ ।

      तिहार को शुभकामना !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सन्दिप सागर लण्डन यु के

      धन्यवाद पुष्प जि तिहारको शुभकामना है

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      बधाइ छ सन्दीपजी !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मनीष

      बधाई छ संदिप जी,

      कबिता धेरै राम्रो थियो । लेख्दै जानुस् । शुभकामना छ मेरो ।
      तिहारको पनि शुभकामना !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • जानकी घिमिरे

      वधाई छ है सन्दिप जी राम्रो कविता को लागि

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Guru Gopilal, japan

      Congratulation! sandip jee, keep it up….. :-)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • studentInBerlin

      congratulation sandip ji for this fabulous literary piece. It deserves the coveted first place.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gole Dai

      ल बधाई छ है मेरो पनि सन्दिप सागरजीलाई साताको उत्कृष्ट कविता सिर्जना गर्नुभएकोमा । अझ यस क्रमलाई निरन्तरता दिने तपाईंको कुरा सुनेर खुशी लाग्यो । शुभकामना तपाईंलाई तपाईंको कलमले अझ सुन्दर र प्रभावशाली कविता लेख्दै जाओस् ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ananda

      CONGRATULATION KEEP IT UP !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • man lama

      congratulation sandip ji

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • MITSGORO BANDO

      RAMRO BHAWANA SANDIP JI

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deshbhakt

      CONGRATULATION SANDIP SAGAR JI
      I LIKE YOUR POEM.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh,

      congrate bro

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shilu

      संदीप सागरजी
      यहालाई धेरै धेरै बधाई |सारै मन छूने कबिता लेख्नु भएको माँ ,लुना दीदी को जस्तै यहाँ को कबिता पनी मन छूने र रगत रगत माँ बग्ने र प्राण संचालन गर्ने खाल का पाये मैले !लिखाई माँ निरंतरता भयो भने यहाँ लाइ नाम कमाउन गारो पर्दैन होला !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sheru, swiss

      sandip ji ,tapailai dharai ,dhrai badhai!yo kabita ahile ko paribes lai suhaudo chha.malai man paryo.keep it up.thanks, sheru gc swiss

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shivapuri

      Congratulation Sandipji

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • के आर शर्मा

      badhai chha sandip sagar ji lai .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Biran

      Badhai vha sandip ji .
      Nirantarta Dinu Hola.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gurungnani

      धेरै राम्रो कविता, सरल शब्दमा निहित गहिरो भाव। बधाई छ!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shuvashree

      सन्दीप सगर जी लाई बधाई एबम शुभकामना छ। तपाईंका राम्रा किर्तिहरु अाइरहऊन र कविताको यात्रा सफल बन्दै जावस तिहारको यही शुभकामना छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Golveda

      बधाई छ सन्दीप सागर जी !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बधाई छ सन्दिप सागर जि तपाईंलाई र धन्यबाद माइ संसार लाई जसले अद्रिश्य कबिहरु लाई माइ संसार मार्फत आफ्ना भाबना ब्यक्त गर्ने स्थान दिदै छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सन्दिप सागर लण्डन यु के

      मेरो संसार टिम ,मित्र उमेश जि ,आदरणिय निर्णयक टिम र मेरो संसारमा रमाउने साथीहरु सफलता सबैलाई प्यारो हुन्छ |मा अत्यन्त खुशी छु यो खुशी म सबै सग बाड्ने अनुमती चाहन्छु |मनमा उठेका भावनाहरुलाई शब्द बनाएर ब्यक्त मात्र गरेको थिए कबिता भएछ यस प्रकृयालाई निरन्तरता दिने छु |यस भन्दा अगाडि लुना जि चयन हुनु भयको थियो उहा सग बाट केही प्रेरणा सपटी लिएको थिए मेरो संसार मार्फत तिहार लाग्यो क्यारे सबैलाई दिपावलीको शुभ कामना |फेरी पनि मेरो संसार प्रती आभारी छु ठुलो प्रेरणा दिएकोमा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • DiplomaT

      Nice Poem……

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rajesh Rai

      sandip ji ,

      congratulation. keep it up your spirit man.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अनु

      Congratlation Sandeep ji! Keep it up!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      सन्दिप जि !
      बधाई छ है :)
      निरन्तरताको कामना गर्दछु ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सन्दिप सागर लण्डन यु के

      लुन जि देसभक्त
      गोले दाई डिप्लोम्याट
      सरु सिलु सुभश्री
      गुरुङनानी आनन्द
      बिरेन स्टुडेन्ट
      शिवपुरी को गोल्भेडा
      अनु महेस र के आर
      मनलामा र राजेश राइको सुभाश
      जारी रहने छ प्रयास
      सबैलाई धरै धरै धन्यवाद

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सन्दिप सागर लण्डन यु के

      ओहो जानकी जि धन्यबाद
      जन्मभुमी जनकपुर बाट हो कि कर्मभुमी अयोध्याबाट कि मेरो परिचित नभै लङ्का बाट हो ?सरी तपाईं सग पहिलो भेट भयमा मैले त टि यु कै जानकी भनेर पो त मेरो शहपाठी क्या

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सन्दिप सागर लण्डन यु के

      Thank you mitsgoro ji

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सन्दिप सागर लण्डन यु के

      Thank you Guru Gopilal ji

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सन्दिप सागर लण्डन यु के

      धन्यबाद मनिष जि ल मेरो पनि शुभकामना

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सन्दिप सागर लण्डन यु के

      धन्यवाद यन शर्मा जि तपाईंको सुझाब लागु हुने छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सन्दिप सागर लण्डन यु के

      धन्यवाद अनुकुल जि अनी यहाँलाई पनि शुभकामना है

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker