मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    शनिबार साहित्यः फोटो हेर्नुस्, कविता लेख्‍नुस्

    शनिबार साहित्य अन्तर्गत प्रतियोगितात्मक रुप धारण गरेको फोटो हेरी कविता लेख्‍नका लागि यो साताको चुनौतिका रुपमा तपाईँहरुलाई फोटो-

    फोटो हेर्नुस् र फोटोसँग मिल्ने गरी कविता लेख्‍नुस्। कविताबाहेक अन्य कमेन्ट यसमा नगरिदिनु होला। प्रतियोगितामा सहभागी हुनका लागि बिहीबार बिहानसम्म मात्र कमेन्ट खुला गरिनेछ।

    यो फोटो जन्मिएको दुई सातामा खिचिएको शिशुको हो। साथी मणि दाहालकी छोरीको फोटो खिच्ने क्रममा एउटा यस्तो रमाइलो पोजको फोटो क्यामेरामा कैद हुन पुगेको हो।

    No related posts.

    65 comments to शनिबार साहित्यः फोटो हेर्नुस्, कविता लेख्‍नुस्

    • raJim

      “खाली हात”
      ———-

      हे मनुष्य,
      म तिमीलाई ईशारा गर्दै छु
      अमुक भाषामा
      यी कोमल हातहरुले
      तिमीलाई उपदेश दिदैछु;
      यो खुला पन्जाले जनाउछ
      म,तिमी
      अनी हामी
      सबै खाली हात
      यस् धर्तिमा आयौ
      केवल खाली हात
      नत बिल गेट्सले
      कुनै सम्पत्ति लिएर आए
      नत जर्ज बुशले
      कुनै शक्ति लिएर आए
      तर के तिमीलाई थाहा छ?
      धिरुभाइ अंबानीले
      कति सम्पत्ति आफुसँग लगे?
      सद्दाम हुसेनले
      कति शक्ति आफुसँग लगे?
      पृथ्वी नारायणले
      कति जमिन आफुसँग लगे?
      हिटलर, मुसोलिनी, जंग बहादुरहरुले
      के के कुम्ल्याए?
      जब प्राणी यो नश्वर शरीर त्याग्छ
      तब फगत: खाली हात फर्कन्छ
      यो ध्रुब सत्यलाई
      गोजिमा लुकाएर
      किन यत्रो अशान्ति मच्चाउछौ?
      एकले अर्काको हत्या,
      छल कपट,
      मारपिट,
      त्राहिमाम्
      अहो! कति बिभत्स छ,
      कति कुरुप छ।
      यि सब द्रिटिगोचर गर्न
      असमर्थ मेरा
      नाजुक नयनहरु
      बन्द छन्।
      सबैजना भ्याए सम्म
      हरेक कुरा
      आफ्नो मुट्ठिमा पार्न
      कति हैरान,
      कति परेशान।
      नेतालाई हेर
      कसरी सत्ता
      आफ्नो मुट्ठी भित्र पार्ने धाउन्न,
      ब्यापारिलाइ हेर
      सारा सम्पत्ति
      आफ्नो मुट्ठी भित्र पार्ने लालशा।
      मेरो दोस्रो हातको मुट्ठिले
      यहि कुराको इंगित गर्छ।
      तिमी बस्
      ईशारा बुझ्ने प्रयास गर;
      हामी खाली हात आयौ
      र खाली हात जान्छौ।
      संसारको हरेक बस्तु
      हिजो न त मेरो थियो
      न त भोली मेरो हुनेछ
      भने, किन आज म
      मुट्ठिमा बाध्ने प्रयास गरुँ?
      कृपया;
      तिमी पनि दोस्रो हातको
      मुट्ठी खोल्ने प्रयास गर।
      तिमीले अलिकती,
      मैले अलिकती,
      उसले अलिकती,
      त्यसले अलिकती
      मुट्ठी खोल्दै जाने हो भने
      भोली यो संसार सुन्दर बन्नेछ।
      जहाँ मैले
      शान्ती सँग
      अलिकती
      श्वास फेर्न सक्नेछु।।
      (तिहार अनी कामको ब्यस्ततामा ढिलो लेख्न पुगें। उचित लागेमा यसलाई ठाउँ दिनुहोला। धन्यवाद तथा शुभ कामना तिहारको।)

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • raJim

      “खाली हात”
      ———-

      हे मनुष्य,
      म तिमीलाई ईशारा गर्दै छु
      अमुक भाषामा
      यी कोमल हातहरुले
      तिमीलाई उपदेश दिदैछु;
      यो खुला पन्जाले जनाउछ
      म,तिमी
      अनी हामी
      सबै खाली हात
      यस् धर्तिमा आयौ
      केवल खाली हात
      नत बिल गेट्सले
      कुनै सम्पत्ति लिएर आए
      नत जर्ज बुशले
      कुनै शक्ति लिएर आए
      तर के तिमीलाई थाहा छ?
      धिरुभाइ अंबानीले
      कति सम्पत्ति आफुसँग लगे?
      सद्दाम हुसेनले
      कति शक्ति आफुसँग लगे?
      पृथ्वी नारायणले
      कति जमिन आफुसँग लगे?
      हिटलर, मुसोलिनी, जंग बहादुरहरुले
      के के कुम्ल्याए?
      जब प्राणी यो नश्वर शरीर त्याग्छ
      तब फगत: खाली हात फर्कन्छ
      यो ध्रुब सत्यलाई
      गोजिमा लुकाएर
      किन यत्रो अशान्ति मच्चाउछौ?
      एकले अर्काको हत्या,
      छल कपट,
      मारपिट,
      त्राहिमाम्
      अहो! कति बिभत्स छ,
      कति कुरुप छ।
      यि सब द्रिटिगोचर गर्न
      असमर्थ मेरा
      नाजुक नयनहरु
      बन्द छन्।
      सबैजना भ्याए सम्म
      हरेक कुरा
      आफ्नो मुट्ठिमा पार्न
      कति हैरान,
      कति परेशान।
      नेतालाई हेर
      कसरी सत्ता
      आफ्नो मुट्ठी भित्र पार्ने धाउन्न,
      ब्यापारिलाइ हेर
      सारा सम्पत्ति
      आफ्नो मुट्ठी भित्र पार्ने लालशा।
      मेरो दोस्रो हातको मुट्ठिले
      यहि कुराको इंगित गर्छ।
      तिमी बस्
      ईशारा बुझ्ने प्रयास गर;
      हामी खाली हात आयौ
      र खाली हात जान्छौ।
      संसारको हरेक बस्तु
      हिजो न त मेरो थियो
      न त भोली मेरो हुनेछ
      भने, किन आज म
      मुट्ठिमा बाध्ने प्रयास गरुँ?
      कृपया;
      तिमी पनि दोस्रो हातको
      मुट्ठी खोल्ने प्रयास गर।
      तिमीले अलिकती,
      मैले अलिकती,
      उसले अलिकती,
      त्यसले अलिकती
      मुट्ठी खोल्दै जाने हो भने
      भोली यो संसार सुन्दर बन्नेछ।
      जहाँ मैले
      शान्ती सँग
      अलिकती
      श्वास फेर्न सक्नेछु।।
      (तिहार अनी कामको ब्यस्ततामा ढिलो लेख्न पुगें। उचित लागेमा यसलाई ठाउँ दिनुहोला। धन्यवाद तथा शुभ कामना तिहारको।)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • maanusi

      पर्ख म आउँदै छु

      पर्ख मेरा साथी सङी म आउँदैछु
      बालपन लोहोरी मा मस्त नीदाउदैछु |

      आजको म सानी नानी भोली ठुलि हुन्छु
      सन्कल्प छ मेरो ठुलो सगरमाथा छुन्छु |
      नेपालकी छोरी हुँ म नेपाललाई पढ्छु
      म जस्तै छोरीहरुको साथ नीभाउछु|

      सुनेकी छु नेपाली चेलीहरुको पिडा
      तराइ देखी हिमाल सम्म छन रे छछल्केका
      मक्खली सुन्तलीको बिरहको कथा
      धनसरा र लालुमाइको कस्ले सुन्ने बेथा
      कोही छनरे बिदेशको काली कोठारिमा
      कोही छन रे स्वदेश कै बन्द सिसा भित्र
      नेपालका छोरी चेली किन भए सस्तो
      आफुलाई ने बेच्नु पर्ने बाद्धेता हो कस्तो

      सार्वजनिक बाटो घाटो र सवारि साधन
      मेरा लागि साघुरा छन मेरै घरको आगन
      निर्धक्क हिंड्न पनि पाउदिन मैले
      तन मन जोगाउनलाई गाह्रो हुन्छ जैले
      धर्म कर्मा ब्यापारमा मेरै प्रयोग भाछ
      यो चेलीको मनको बेथा भन कस्लाई था छ |

      शिक्षा स्वास्थ्य औसरमा बराबरि कानुन
      चारा दिवार भित्रै छु म भगवान नै जानुन

      भगवान सँग मेरो पुकार छ आज
      मलाई बलियो बनाउ प्रभु एस्तो समाझ् माझ

      मैले लड्नु पर्छ होला अन्याएको निम्ती
      मेरै बाटो हेरिराछन आँखा अनगिन्ती

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • hrishkh

      मणिकी हौ या लुनाकी, आखिर हौ तिमी जून गगनकी
      खस्यौ धर्तिमा मानव बनी, जो बन्यौ एक फूल नेपालकी

      पूज्यनीय छन ती माता पिता,छरी विज गोड्मेल फूलाउछन् जिवनमा
      खियाउछन नंग्रा बगाउछन पशीना, प्राण त्याग्दछन त्यों संतानमा

      पायौ जन्म तिमीले यहाँ, हिंषा र लडाई को अन्त्य पछि
      सके वसूला भोक भोकै मिलीजुली, बाचेकुचेका छौ जो जती

      सके खसुन उल्का जो धरतिमा, नदुखुन अबोध तिम्रो वरिपरी
      हराभरा शुन्दर रहुन आँगन तिम्रो, नचर्कियासै त्यों हिजो सरी

      स्विकारौ तन मन सवले, माया र ममता हून साक्खे ओखती
      रोपौ शान्ति घर चौक-चौकमा, पिर्दैन त्यों देख्दैन रति दुर्गति

      मेरो आशीर्वाद तिमीलाई मदर टेरेशा वन्नु ल !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Bishnu Malla

      येदि बालक
      साहित्य तथा कलात्मक बाताबरणमाँ हुर्के
      उनले जीवनको बरेमा धेरै नजीक बात बुजने छ
      येदि बालक
      पूर्ण अनुशासित बाताबरणमाँ हुर्के
      उनले जीवन संग लड़न जान्ने छ
      येदि बालक
      मनोरंजन यूक्त बाताबरणमाँ हुर्के
      उनले हिर्दय खोलेर हास्न जान्ने छ
      येदि बालक
      दोष यूक्त बाताबरणमाँ हुर्के
      उनले आफै लाई नै घिर्ना गर्ने छ
      येदि बालक
      शोतन्त्र बाताबरणमाँ हुर्के
      उनले उदार हुन जान्ने छ
      येदि बालक
      उत्साह रा हौसला यूक्त बाताबरणमाँ हुर्के
      उनले बिस्वाशका साथ अघि बदन जान्ने छ
      येदि बालक
      सम्मान यूक्त बाताबरणमाँ हुर्के
      उनले गौरबसली हुन जान्ने छ
      येदि बालक
      समझौता यूक्त बाताबरणमाँ हुर्के
      उनले संसार र आफुलाई बुज्ने छ
      न्यायेक बाताबरणमाँ हुर्के
      उनले निस्पक्ष हुन सिकने छ
      येदि बालक
      मैत्रीपूर्ण तथा सु सहयोगी बाताबरणमाँ हुर्के
      उनले संसार बात माया पाउन सिकने छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Yuba

      **अबोध मुस्कान र युद्धका कथा**

      अनुहारहरुमा सधैं
      युद्धकै त्रासदी देख्ने आँखाले
      तिम्रो तस्बिरमा केवल निश्चलता देखे
      अबोधता र कोमलता देखे
      तब मैले आफ्नै बालपन सम्झिएं
      कुनैदिन म पनि तिमी जस्तै थिए
      मनै देखी हाँस्दथें
      दिलै खोलेर मुस्काउथें
      हो
      मेरा मुस्कानहरुले पनि
      हावामा तरङग फिजाउथे
      र मेरो अबोध अनुहारले
      तिम्रो जस्तै निश्चलता छर्दथे
      तर अचेल
      मैले हास्न बिर्सिएको छु
      मनै देखी मुस्काउन बिर्सिएको छु
      म सत्य भन्दै छु
      मैले युद्ध त्यगिसकें
      र बन्दुकहरु फ्याँकिसकें
      यद्यपी
      युद्धसंगै हराएका मेरा हासोहरु
      अझै फर्किएका छैनन ।

      म गलत तेतिबेला पनि थीइन
      मैले एकछाक खान नपाएर भौतारिदा
      मेरै साथी सङगिहरु
      चिल्ला गाडीमा हुइकिएको देखेर
      मेरा रगतहरु उम्लिएर समानता खोज्दा
      बिद्रोहको झन्डा उठाएर मैले
      न्याय खोजें त यसमा मेरो के दोष ?
      मेरा सन्तानहरु भोकले चिच्चाइरहदा
      समाजलाई परिवर्तनको सपना बाँडेर
      हाम्रा गास खोस्दै हिँड्ने
      बिक्रित व्वाँसाहरुको बिरोधमा
      छाती फुलाएर प्रतिवाद गरेँ त यसमा
      मेरो के अपराध ?
      भैगो अतितका कुरा नगरुँ
      मैले ईतिहास बिर्सिन चाहेँ
      र कम्प्युटरको स्क्रिनमा
      म तिर हात ठड्याइरहेकी
      तिम्रो तस्बिरमा हेरेँ
      म फेरी हास्न चाहेँ
      र तुरुन्तै मुस्कुराएं
      तब मेरा आँखाहरु भित्तामा झुन्ड्याइएका
      ठुलो फ्रेम भित्रको ऐनामा परे
      जहाँ मेरा हासोहरुले आँफैलाई गिज्याइरहेका देखेँ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • pratika08

      जन्म त दियौ आमा तिमीले मलाई
      नौ महिना कोखिमा जोगाइ
      तर अहिले बिकृतिको हावाले उकुसमुकुस भए म
      स्वार्थपूर्ण मानव चिच्याहटले मर्महत भए म ।
      हे मानव !तिम्रो नजर्मा यो बालिका
      जो भविश्यकी पानी पन्धेरो,चुलोचौकोमा घुम्ने चेली
      बाबा,दाइभाइको इज्जत प्रतिष्ठको जिम्मेदार्,
      आफ्नो स्वतन्त्रतालाई मुट्ठिमा बान्धेर हिंड्नुपर्ने,
      वा सासुससुरा श्रीमन्को खुशीका लागि
      आफ्न आकान्क्ष्याहरु र सपनाहरु तिलान्जली दिइ
      पोथिबस्ने जमर्को नगरि निरिह निम्छराबन्दै
      हजुरहरुको निर्देशन्मा चौघेरा भित्र चुलोचौकिमा रतिदै
      तपाईंहरुकै नारि समानताका सन्देशहरु सुन्ने एक बालिका,छोरी,बहिनी शृमती वा सासु जे भन म एक नारी रुप
      अझै म त अर्कैको नासो सम्झेर पालिएकी एक अवोध बालिका

      म शान्त,मौन छु
      तर किन ?किन ? मेरा यि अव्एव अङप्रत्याङगहरु अनयासै चल्मलाई रहेछ्न्
      मौन भाषामा सन्देश दिइ रहेछन्
      नारिमा आफ्नै पौरख,स्वाभिमान्,कर्मशिलताछ्,
      सृजनाको पारखी मानव ममता दिने र सिकाउने महान कलाछ्,
      मानव सभ्यता सिकाउने र फैलाउने एक कुशल माली ,
      औपचारिकतामा पुजेर थन्काइने सरस्वति,लक्ष्मी,महाकाली नभै
      म त एक्काइसौ सताब्दिकी प्रतिक
      जो नभए घर संसार अध्यारो हुन्छ
      तर्
      मत मेरो मौन भाषा भुझेर पनि बुझ पचाउने बलवान आधा सन्सार बिपरित्
      आधा सन्सार ओढेर खुम्चिएकी अबोध बालिका ।
      मत एक भविष्यमा फुल्ने फुलकी कोपिला
      जस्ले पनि निमोठेर सुघी फ्याक्न सक्छ ।
      अस्तु ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • अनुकुल प्रकाश

      “”"वाल कविता”"”

      सपनीबिच निदरीको काखमा रमाएको,
      सानी नानी लाग्यो ज्ञानी हेर्दा नीदाएको!!

      निधारमा गाजलटीका रै’छ लगाएको,
      चिटिक्कको नाना हेर झनै सुहाएको!!

      मुठ्ठिभित्र छकी पक्कै केही लुकाएको,
      जुन तारा टिप्नै हो की?हात फैलाएको!!

      याद आयो धेरै वर्ष पहिले बिताएको,
      बच्पन्का ति सजिवचित्र मैले हराएको!!

      (यसका साथै माइ संसार टीम ,माइ संसार हेर्नुहुने सम्पूर्ण साथीहरु र सम्पूर्ण नेपालीहरुमा शुभ-दीपावलीको शुभ अवसरमा शुभ कामना !शुभ-दीपावली)

      अनुकुल प्रकाश ,चितवन !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • अनुकुल प्रकाश

      “”"मौन आग्रह “”"

      मनको आँखा खोली पढ मेरो सजिव चित्र,
      भेट्टाउछौ कि?आफ्नो बच्पन् मेरो विम्बभित्र!!

      बाँकी भाका तिम्रा जीवन-ब्रीत्त गर्छु पुरा,
      खालि-खाली अवोध मन्मा भर ज्ञानी कुरा!!

      फैलिएका हातले हेर आकाश छुन सक्छ,
      नरोकिदेउ यी हातलाई जुन छुट्न सक्छ!!

      कसिएको मुठिको यो, सङ्केत सङ्कल्प,
      अगी बड्नु मात्र एउटा, जीवन विकल्प!!

      छोरा-छोरी एकै हुन् है, मलाई सकार,
      पक्कै बन्छु जिवनपथमा तिम्रो आधार!!

      मेरा बाबा–मेरा आमा , गर्छु गुहार,
      नहोस् है त कतै कमी, ममा पियार!!

      (यसका साथै माइ संसार टीम ,माइ संसार हेर्नुहुने सम्पूर्ण साथीहरु र सम्पूर्ण नेपालीहरुमा शुभ-दीपावलीको शुभ अवसरमा शुभ कामना !शुभ-दीपावली)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Griza

      आमाको ममतामहि लुकाइबाट भागेर
      कठ्घराको द्वार पर्खल फोर्दै
      प्रटिस्प्रधाको उज्यालो मन्चमा
      साहश् बटुलेर
      अभिभावकजन हसाउँदै
      निर्दुक्क निसन्देह जन्मिएछ
      आसा र भरोसाको कोसेली
      शान्तिको नांगो शाहस
      श्री गणेश नयाँ ईतिहास
      साँच्चै शान्ती छाये जस्तो
      नयाँ युग आएजस्तो

      अब कोखका बालखहरु
      निर्ढुक्क जन्मने भये
      बारुध् खुकुरी बोक्ने हातहरु
      जङली काँडाको गुण् बोकेर
      नवयुगको नयाँ सन्देश
      बाबुको बिरता आमाको ममता
      पूर्ण समायोजित
      जन्मन्दै सलाम ठोक्न
      संसारको भार बोक्न
      आँखा चिम्लिएपनी हेरे जस्तो
      समय ले कोल्टे फेरेजतो

      जन्मदा सौभाग्य र भेद्द्भाव दुवै आएछ
      सौभाग्य संसारमा समाचार बन्छ
      भेद्द्भाव : बाबु को मात्रै नाम अङ्श
      आमा को नाम निसान कहांछ?
      भोली आँफै आमा भएर
      यही रिती थाम्ने हौकी?
      नयाँ रिवाज चलाऊनेछौ
      परिवर्तन को दाऊमा बसे जस्तो
      ऐले मुट्ठी कसे जस्तो

      समय अभुज् छ
      शुरुबाटै लम्क तिमी
      नेत्र ज्ञान खुल्छन चाडै
      मणी भन्दा चम्क तिमी
      सुख संब्रिधी बाडंदै जाउ
      बाटो पइलाउन सक्छौ तिमी
      शान्तिको बिगुल बोक,
      सन्देश फैलाउन सक्छौ तिमी
      श्री रामले पैलाये जस्तो
      भगवान बुद्ध ले फैलाए जस्तो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • suphie

      सपना हरु को रुप फेरिएको बेला,
      मेरै देश को छितिज ले रङ बदलेको बेला,
      भो, मलाई एकै छिन् सुत्न देउ,
      भोली त फेरी उठ्नु नै छ,
      ई पाइला हरुले कती हिंड्नु पर्ने हो?
      ई नयन हरुले कती देख्नु पर्ने हो?
      हिंड्नु र देख्नु को मेरो नियती मा,
      सपना र yatharthaa बिच फेरी कती दुख्नु पर्ने हो,अनी ई हात हरु ले कती लेख्नु पर्ने हो?
      भो, मलाई एकै छिन् सुत्न देउ।

      तिमीले त चन्द्रमा लाई पूजा गरिदियोउ,
      मेरो दिन को चुनौती त तेन्हा जानु पो छ।
      मेरै धरातल मा मैले टेक्नु पर्छ,
      मेरो उचाइ लाई मैले चुम्नु पर्छ,
      ईन्डिया ले चन्द्रमामा रकेट् छोडि सक्यो,
      चाइना को त भो कुरै नगरौ,
      कती sadahi सगरमाथा मा देश खोजी रहनु?
      अब एउटा नयाँ परिचय जन्माउनु छ,
      भो, अहिले लाई एकै छिन् सुत्न देउ,
      भोली त उठ्नु नै छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • koshish

      मैले पाइला टेकेको एकछिन भयो
      मैले संसार देख्न अझै बाँकी छ्
      रमाउन देउ मलाई मिठो सपनिमा
      डर लाग्दो बिपना को संसार अगाडि छ

      मेरा यि सना आँखा बाट
      खै के के मात्र देख्नु पर्ने हो
      रगत को होली देख्नु पर्ने हो कि
      बन्दुक को गोली देख्नु पर्ने हो

      पवित्र यो मेरो मुटु अनी
      नफूटेको यो बोली मेरो
      भन्नु पर्ने धेरै कुरा हरु छन
      तर अहिले लाई केवल सन्केत मेरो

      मुठी पारेको छु एक हात
      ता कि एस्ले बन्दुक बोक्न नपरोश
      अर्को हात ले आग्रह गर्दै छु बिनम्र सँग
      रोक न अब भयो कती खेल खेल्छौ मृत्‍यु सँग

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Shuvashree

      म नेपालकी छोरी

      अनन्त यात्रामा आज
      तिमीसँग हातेमालो गर्न
      धर्तिमा आएकी छु
      मुठ्ठी अझै खोलेकी छैन
      जनताका सत्रुलाई प्रहार गर्न
      हटेकी होइन म पछाडि
      तिमीलाई समेत्न आएकी
      नेपाल आमालाई नहेप
      म फेरि घुम्दै उन्कै रक्षा गर्न
      छोरी भएर जन्म लिएकी
      गर्वमै मैले सिकेकी छु
      बन्दुक र बारुद सित खेल्न
      आमाको कोख्मै छदा
      सिके मैले अफ्थ्यारासित जुझ्न
      जानेकी छैन बैरी सामु झुक्न
      मेरो खुलेको मुठ्ठी हेर
      म तिमीलाई आव्हान गर्छु
      जनताको पसिना कती चोखो छ
      तेस्को सम्मान गर्न सिक
      बाधेकी छु अर्को मुठी
      होसियार होसियार !
      नहेप कसैलाई दुखी भनी
      प्रहार मेरो बज्रनेछ जब
      तिम्रो छातीमा त्यो दिन
      ऐया पनि भन्न पाउने छैन
      गर्वमै मैले सिकेकी छु
      बन्दुक र बारुद सित खेल्न
      आएकी छु धर्तिमा
      एउता बिहानी सँगै
      अध्यारोलाई चिर्न
      म हुँ नेपालकी छोरी
      जानेकी छु म पहरा फुटाउन
      नसम्झ मलाई अबोध बालिका
      सक्छु म मेचीलाई कालीमा मिसाउन
      उचालिकन सगरमाथा अरु माथि उठाउन
      एउटा लडाईंबाट बिश्राम लिन
      जन्मनु पर्‍यो मैले फेरी यहाँ
      खबर्दारी गर्न र सब्लाई समेत्न
      शान्तीको उज्यालो कीरण सँगै
      नेपाल भुमीमा एउटा स्वर्ग रोप्न
      आएकी म त नेपालकी छोरी
      कोही आमाको सिन्दुर नखोसियोस
      कोही बालबालिका तुहुरो हुनु नपरोस
      दिदी र बैनी नबेचियुन अब
      खबर्दरी गर्छु मुट्ठी अरु कस्छु
      एउता हातले सम्झाउछु
      मान्दैनौ भने अर्को हातले दिन्छु
      एइया भन्न नपाई भुइमा ढलौला
      आमालाई नहेप अब कसैले
      बाबालाई नहेप अब कसैले
      आएकी छु म नेपालकी छोरी
      रक्षा गर्न मेची र काली
      हिमाल र तराई सबतिर अब
      आसु पुच्ने छु आमा तिम्रो
      काध सघाउनेछु बाबा तिम्रो
      भैकन म संसारकी छोरी
      समेत्ने छु सबलाई नयाँ बिहानी संगै
      हातेमालो गर्दै उकाली र ओरालीमा
      जंघार र फाटहरुमा
      उठाउदै सारा नेपाली जनलाई
      नयाँ नेपालको निर्माण गर्न
      धर्तिमै एउटा स्वर्गको निर्माण गर्न !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • के आर शर्मा

      नौ नौ महिना आमाको कोखमा बसी
      एक शिशुको रुपमा पूर्ण बिकसित भइ
      प्रसबका अन्तरबेदनाहरु दिदै
      आमाको पेटमा स्वतन्त्रता खोज्दै
      च्या चु को आवाज संगै
      धर्तिमा ओर्लिएकी म नेपाल पुत्री
      मातृभूमीमा भर्खरै पैदा भयकी
      मणी दाहालकी मात्रै नभई
      सिङो नेपालीकी छोरी
      भिर्कुटी र सिता बनी नेपाललाइ
      चिनाउन जन्मिएकी म नेपाल पुत्री
      क्रान्तिकारीले बागडोर समालेको बेला
      हतियार धारिले हतियार बिसाएको बेला
      हिन्दूहरुको महान चाडपर्बको बेला
      आमाको प्रसब बेदनालाई बिर्साउदै
      भर्खरै कर्मभुमिमा पाइला टेकेकी छु
      म तपाईंहरुकै पुत्री नेपाल पुत्री
      गर्भमा रहदा दिएका लातहरु बिर्साउदै छु
      आमाको काखमा मुस्कुराउदै
      सबैको अभाब पुरा गर्ने अठोट संगै
      बुद्दत्व लिने कोशीषमा
      ध्यानमग्न भई रहेकी छु
      किनकी बस्नको लागि मेरा
      अङहरु तन्दुरुस्त छैनन तर
      तन्दुरुस्ती कुर्ने समयनै छैन
      तेसैले यस्तो गरेरै भयपनी बुद्दत्व
      प्राप्त गरेर नयाँ बुद्द बन्दै छु
      एक हातमा सबैलाई गोलबन्द गर्ने
      आटिलो साहस संगै एक मुठ्ठी कसी
      मातृभूमीको सौदा गर्नेहरुलाई
      मातृभूमीको बिखन्डन चाहानेहरुलाइ र
      दाजुभाइमा काटमार गर्न आदेश दिनेहरुलाइ
      तेही हातको ईशारामा चेतावनी दिदै
      कलिको काली बनेर जन्मिएकी छु
      होश गर गल्ती गर्ने हरुलाई
      एकपटक सच्चिन दिनुपर्छ भन्दै
      ध्यानमग्न भयकी म नेपालपुत्री
      एक हत्केला सर्बहाराको पक्षमा लड्न
      आएकी छु एकैछिन पर्ख र हेर भन्दै
      ध्यानमा बिलिन बनाएकी छु यो नश्वर शरीर
      कथम् कदाचित मेरो ध्यान टुटाउने
      र यो नेपाली भुमिलाई फुटाउने
      चेस्टा गर्ने राष्ट्रघातिहरुलाई
      कलिको काली बनेर सम्हार
      गर्न पछी पर्ने छैन
      तेसैले होश गर
      समय आउछ पखिदैन
      बगेको खोला फर्किदैन ।।
      यहाँ अब कसैको राज चल्ने वला छैन
      किनकी यहाँ मात्र शान्तिको राज चल्छ
      चाहे मलाई जुनकुनै मुल्य
      चुकाउनु किन नपरोस
      म नेपाली माटोले मागेकी नेपालपुत्री
      म राष्ट्रको लागि कुनै सम्झौता गर्दिन
      तेसैले म मा भयको कालिको रुपलाई
      जगाउने कोशीश नगर
      यसै छोड्देउ र कलिको बुद्द बन्न देउ
      र दुनियाँमा शान्ती छर्न देउ
      र तिमी पनि बुद्दको अनुयायी बन
      जहाँ हत्या हिन्सा नहोस्
      र फेरी हाम्रो जन्मभुमीलाई
      शान्तिक्षेत्र बनाउ
      आउ तिमी पनि म संगै हातेमालो गरी
      शुभ कार्यको शुभआरम्भ गरौ ।।
      आजै देखी हामी सबै
      काटमार बन्द गरी
      नेपाललाई एक शान्ती देश
      बनाइ दुनियाँलाई चिनाई दिउ
      आउ हामी सबै हातेमालो गरौ
      शान्ती लिउने प्रण गरौ ।।

      के आर शर्मा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कती हल्ला गर्छौ
      भो सुन्दिन तिमीहरुका ठुला गफ
      अर्को जूनी लिएर आएको छु
      अगी बढ सबै मिलाई हात
      बनाउ नयाँ सम्विधान अनी कोर नयाँ बिकास का योजना
      अनी हुन्छ पुरा यो शिशु रुपी नयाँ नेपाल को सपना
      १५ हजार मणीहरुको छोरी हुँ म
      सुन मेरो अवाज है अब
      हुर्काउ, मलाई बढाउ यही तिम्रो कर्तब्य अनी तिम्रो भबिस्य ।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kush

      पख सिखर चाडने सिखर परखी हरु
      एक मुठ्ठी शाहास मन्मा लिएर चढ
      त्यहाँ सिखरमा ठन्डी साह्रै छरे
      न्यानो बस्त्र पहिरेर चढ
      सुकोमल छन नेपाली हात हरु तर
      कठोर पनि छन उेही हतहरु
      बज्रिये यिनै हतका मुक्कहरु
      तोदिन्छन लोहका ढोकाहरु
      फुकेको पन्जा होइन नेपाली
      जमेको मुठ्ठीझै जमौ
      भाई फुटे गवर लुटे भाई जुटे दुस्मन फुटे
      के तरै के पहाड आउ हामी जुटौ
      को छन यहाँ ठुल अनी
      कस्लाई देखेउ साना
      को छन यहाँ तिम्रो अनी को छन बिराना
      हेर त तिम्रै हत्केला
      देखेउ ठुल सना पाँच औंला
      कुन तिम्रो अनी कुन परैको
      उस्तै हो एउटा देशको कथा
      को ठुलो को सानो मर्म एकै सबैको
      ठुलो काट चाँहे औंला सानो काट
      दु:खइ एकै रगत उही
      कुर्छी वल हौ चाहे पेटिवल मान्छे त उही
      तराइ बासी हौ चाँही पहाडी
      देश त उही
      मन त उही
      माटो त उही
      आखिर एक हौ मुठ्ठी हौ
      अनी नेपाली हौ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • जय, सिड्नीबाट

      तश्विर सन्देश

      आँखा चिम्लिएर, आफ्नै संसारमा मस्त शिशु
      आफ्नो आगमनको
      जागरुक अभिवादन गर्दै पो हुन कि ?

      आफ्नो निन्द्राको चीर शान्ती भङ्ग गर्न खोज्नेहारुलाई
      कतै, चेतावनी दिन खोजेकी त होइन ?

      एउटा फुर्तिलो न्रित्य प्रस्तुत गर्न खोज्दैछिन कि ?
      नेपथ्यमा बजेको संगितसँग ।

      अथवा

      आफु, भबिश्यको कर्णधार बन्ने
      चुनौतिपूर्ण, संकेत पो गर्दैछिन कि ?

      पाँच औंला मिलेर मुठ्ठी बन्छ !!!
      एकतामा शक्ती हुन्छ
      मानौ,यो सन्देश दिन
      अर्को एउटा देवदुतको जन्म पो भएको हो कि ?

      यस्तो लाग्छ
      तस्बिर भित्रबाट तछाड मछाड गर्दै
      भावनाहरु उद्वेलित हुँदैछन
      सन्देशहरु बिश्फोटन हुनखोज्दैछन
      आँखा चिम्लिएर मस्त शिशुको, आफ्नै संसारबाट ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Lok

      सानी सानी नानी !
      मस्त सँग सुत्ने तिम्रो कस्तो राम्रो बानी !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • भुपाल

      मेरो कबिता को सिर्सक छ,

      म सुतेको छैन ….

      म सुतेको छैन …. भ्रम मा नपर्नुस्
      म त यो सोची रहे छु, मुडकी ले हानु कि झापड ले हनु

      म सुतेको छैन …. भ्रम मा न पर्नुस्
      म त खुल्ला आकाश छुन प्रयास गर्दै छु,

      ए मेरो प्यारो आमा तपाईं पनि भ्रम मा नपर्नुस्
      मेरो यो दाँया मुठी भित्र संसार बशेको छ
      ए मेरो प्यारो आमा तपाईं पनि भ्रम मा नपर्नुस्
      मेरो बाँया हात मा शान्ति बशेको थियो, जशलाई मैले खोली दी सकेको छु,

      म सुतेको छैन …. भ्रम मा नपर्नुस्

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raJim

      “तीन हाइकू”
      ————–
      (i)
      कोमल हात
      किरणलाई छेक्ने
      तिब्र चाहना ।

      (ii)
      भो तिमी जाऊ
      मलाई सुत्न देऊ
      नत्र भेट्छौ नि ।।

      (iii)
      प्रकाश छेक्दै
      अबोध ति बालक
      मस्त निन्द्रामा ।।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • संसार चिर्ने बिकराल हात
      यो शान्ती राम्रो हेर निद तात
      बिहान् मेरो बयमा पुरा छ
      यो स्वोर्ग बन्ने भुज दिग्दिगन्त
      **
      यो फुल फुल्ने परी बेश राम्रो
      म कोपिला हुँ बनको कलाको
      मुहान खुल्ने अती शान्त मन्त्र
      यै भुज बड्ने पथ हो अनन्त
      **

      यो वोठ मेरो बल गुनशाली
      तिम्लाई चुम्ने अनी भाग्यशाली
      मेटाइ दिन्छु तुश अन्धकार
      भुजा बलियो अती दम्भकार
      **

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • babita

      अबोध छोरी अनी अबोध हस्तरेखा
      किन देखाउछौ त्यसरी

      के थाहा के लेखिन्छ त्यो हात मा
      के थाहा के कोरिन्छ त्यो ललात मा
      जे होस् तिम्रो राम्रो होस्
      हामी ले भोग्नु परेको ब्यथा
      तिमीले भोग्नु नपरोस

      स्वागत छ तिमीलाई नयाँ नेपालमा
      आसिर्बाद छ अग्रिममा
      फेरी अर्को जानकी, भ्रिकुटी वा
      फ्लोरेन्श नाइटैइङ्ल बनेर देखाउ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • NRB

      (पर्ख म अाउँदैछु……)

      धर्तीमा पाइला टेक्न नपाउँदै
      मैले थाहा पाएँ मेरो देशमा अशान्ति फैलिएको छ
      वर्तमान नेताहरूको लुछाचुडीले
      सर्वसाधारणको जीवनस्तर असहज बनाइिदएको छ
      सम्झिदा पनि कहाली लाग्नेगरी मलाइ अत्यास लागीसक्यो
      अत्तिभयो अवत मुठ्ठी बन्द गरिदेउ, र म जस्तैगरी
      केही समय मनलार्इ देश र जनताको चिन्तनमा लगाइदेउ
      यदि सक्दैनैा भने,
      बर्तमान समयलार्इ यही रोकी देउ
      र मेरो पर्खाइमा देशलाइ अड्याइदेउ
      कुर्शीको लुछाचुडीलाइ बन्द गर
      सहिदको रगत र जनताको पसिनाको मुल्य राखिदेउ
      पर्ख र मलाइ समय देउ
      म यो देशलार्इ स्वर्ग बनाउनेछु
      बुद्दको जन्मभूमीमा अर्को शान्ति दुत
      म अाउँदैछु, पर्ख म अाउँदैछु ।

      -एन.अार. भूर्तेल
      भर्जिनिया, अमेरीका ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सोनी

      मणी दाहालको छोरी हुँ म, पुष्पकमल दाहालको हैन
      देश बनाउन अघी सर्छु म, देश स्वहाँ पर्दिन
      सयौ शाहीद भए, हजारौं मारिए
      देश बनाउने बाचा दिए, तर देश नै मासिये
      अब मेरो नेपाल को के गती हुने हो
      गतिहिन मात्र हैन अब त दुर्गाती नै हुने भो
      देश मा सयौ नेता र नेत्री छन, नेत्रित्वो चै कता गयो
      नेत्रित्व को खोजी मा कहिले अमेरिका त कहिले चाइना पुग्यो
      निद्रालाई ओछ्यान नै चहिने त हो, लाखौं को पलङ किन चहियो
      आफु लाई मात्र नपुगेर छोरा लाई पनि भात्ता खुवैयो
      त्यो उठेको हाथ देश नै बनाउन लाई हो र?
      खै मलाई त साह्रै सन्का पो लाग्छ, कतै देश बेच्न लगेको त हैन र
      मेरो पनि साना हाथ उठेको छ आज; देश को लागि केही गर्छु म त;
      आज त म सिर्फ कबिता को बिषय बनेको छु,
      भोली हेर न म देश को चर्चा को बिषय बन्छु म त
      मणी दाहालको छोरी हुँ म, पुष्प कमल दाहाल को हैन
      देश बनाउन अघी सर्छु म, देशलाई स्वहाँ पार्ने छैन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नहेर मलाई तेसरी, मुक्याई दिन्छु म फेरी |

      आज सानो भयेर के भो, भोली त हुन्छु ठुली ||

      सानो हात देखेर नहास है ठुली |

      नत्र हानिदिन्छु फेरी ||

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pari

      सानी नानीको साना हाथ
      सुकोमल र कान्चन
      ज्योतिषी बजेले पनि हेर्न भ्यएछन
      भन्दै थिए भाग्य त दर्हो छ रे
      हाथमा सर्स्वती छिन रे
      बिदेश घुम्छिन रे
      लक्ष्मी पनि खेलाउछिन रे
      वर्बराउदै थिए ना ना भाति
      तर
      त्यही अबोध हाथले रोक्दै छ तिमीलाई
      बन्द गर ति अन्धबिश्वास
      हाथका रेखा होइन
      शक्ती हेर यी हाथका
      र देश बनाउने आट हेर
      सक्छौ भने देउ तिम्रा हाथ पनि
      मार्ग दर्शनको लागि
      उज्वलो छर्नको लागि
      र जब त्यो बन्द आँखा खोलिन्छ
      देखुन पख पखेरु को सुन्दर्ता
      देशबाशी बिचका अत्मियता
      विश्वाश र ममता
      देखुन यिनले
      शान्त समाजको परकास्ठा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shilu

      तिमी कहा बाट आयेऊ
      —————————–
      बशंत बहार छर्दै ,
      चाँदनी आभा |
      नदी झै चंचल,
      जून झै सीतल,
      मेरी प्यारी !
      तिमी कहा बाट आयेऊ ?

      युगौ देखि को सपना |
      ममताकी फुल ,
      बिपन्नाता लाइ भर्दै ,
      काका कुल को प्यास मेट्दै,
      अकिंचन को आँगन ,
      मेरी प्यारी !
      तिमी कहा बाट आयेऊ ?

      तिम्रा यी खाली हात हरुमा ,
      पुरै महादेश राखी दियू की ?
      तिम्रो त्यों सुंदर ललाट माँ ,
      इन्द्रेणी रंग सजाई दियू की ?
      झरना झै मधुर आवाज ,
      कोकिल कंठी !!
      भन न मेरी प्यारी !
      तिमी कहा बाट आयेऊ ??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prayash, sydney

      सुन्दर तिम्रो कल्पनामा मिठो सपना अाइरहेछ।
      कलीला तिम्रा ओठहरुमा अबोध मुस्कान छाअयिरहेछ ।
      गम्भिर त्यो त्यो मुद्रा म सोचाइ तिम्रो छल्किरहेछ।
      सुकुमल तिम्रो त्यो हस्तरेखामा भविश्य तिम्रो झल्किरहेछ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • जीवन त तिम्रो पनि छ, उस्को पनि छ, हजुरको पनि,
      फरक म छु, फरक उ अनी हजुर पनि
      म भुलें मेरो जीवन मा तिमीलाई के मतलब?
      मेरो निन्द्रा र हत्केल के देख्योउ कविता आयो,
      जाउ हजारौं मणी को छोरी हेर अनी लेख कविता
      अनी जीत ———–आनन्द
      म त अबोध बलिका, मेरो हात मा संसार देख्छु, तिमीलाई के थाहा,
      यो तिमीलाई बुझाउन्दा बुझाउन्दा थाकें होला तिमीले बुझेनौ
      म सुकला गरौं कि नेता को जसरी हात उठाउन, तिम्रो ब्यापार होइन त्यो
      बरु मैले जस्ताइ आनन्द मानि सुत्न सक एक पटक
      अझै गएनौ, कि सकेनौ
      तर सक्छौ मलाई थाहा छ
      सुतन यार ।।।बिन्दास भएर
      म जस तै ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raaz

      हल्ट, कोही अगाडि बढ्ने छैन
      यो निर्दोशहरुको संसार हो

      आँखा नखोल्नुको अर्थ छ
      सोंच्दै छु, तिमी के सोंच्दै छौ भनेर
      सोंच्दै छु, तिमी आयौ म जस्तै
      तर सिक्यौ के के भनेर
      सोंच्दै छु, के निर्दोष संसार सम्भव छैन भनेर
      तिमी माया गर्दा रहेछौ मलाई
      काखमा लिन चाहन्छौ होइन?
      तर हल्ट, छुन मनाही छ
      तिमी म जस्तै निर्दोश छैनौ भने

      कस्ले भन्यो? यो हात कमजोर छ
      कस्ले ठान्यो? म निरिह छु
      कस्ले देख्यो? मैले देखिनँ भनेर
      खयर,
      आँखा चिम्लिरहेछु नेदेखेको बहानामा
      तिमी के के गर्छौ हेर्न भनेर
      हात पसार्छौ, काखमा लिन होला होइन?
      हल्ट, म आउने छैन
      तिमी सत्य छैनौ भने

      यो हात सत्यताको शक्ती हो
      यो हात निष्कपट भावना हो
      यो निर्दोष हुनुको पहिचान हो
      यो चोखो मायाको उदगम हो
      के तिमीले बुझ्यौ जन्मनुको अर्थ ?
      के माया दियौ संसारलाई?
      फेरी किन चुम्न खोज्यौ यो हात?
      हल्ट, छुन पाउने छैनौ
      कर्मशील छैनौ भने

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • studentInBerlin

      भर्खर मात्र टेक्यौ संसारमा पाइला
      अबोद छौ तिमी
      देउराली भञ्ज्याङ् भिर पाखाको हावापनी झैं
      स्वच्छ छौ तिमी
      च्याँ च्याँ गर्दै
      आएका छौ तिमी
      स्वागत छ तिमीलाई
      आमाको आँखाभरी छाएका छौ तिमी
      बर्षौं देखी बुनेको
      सपनाको माला हौ तिमी
      उनै सृस्‍टिको
      बरदान हौ तिमी
      पिल्सियको, पिछडियको मातृभूमीको
      नबिन आशा हौ तिमी
      गरीब, अशिक्षित र असभ्य भनेर हेपिएकाहरुको
      उद्दार्कर्ता हौ तिमी
      हिंसामुक्त अनी शान्त सैक्षिक बातावरणको
      भाभी वकालतकर्ता हौ तिमी
      सम्ब्रिध हरित समाजको
      मार्गदर्सक हौ तिमी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      ( यो चाँही नानीको आमा बनेर लेख्दै छु :) , यहाँ नानीको आमाको नाम थाहा नभएर लेख्न सकिन )
      —————-
      सानी राम्री प रि
      मायालु छोरी
      तिलक टिकी लाइदिउ कि
      थोरै म्बाइ खाइदिउ कि !
      °
      नुनु गर्छ्यौ धेरै
      रोइदिन्छ्यौ थोरै
      छातीमा टासु कि
      तिमी सँगइ हासु कि !
      °
      हात मुठी पार्दै कहिले खोल्दै
      नेताको रङ गुण घोल्दै
      देख्दा तिम्रो भाब थरी थरी
      कल्पना गर्दै हास्छु घ रि घ रि !
      °
      सपना देख्छु मिठो
      तिमी राष्ट्रपती हुन्छ्यौ कि
      उद्देश्य ठुलै बोकी
      चन्द्रमा लाई छुन्छ्यौ कि !
      °
      फूल लता प्रक्रिती
      तिमी हौ सुन्दर सृस्‍टि
      भिर्कुटी तारा नयन ज्योति
      हिर्दय सागर कि प्यारि मोती ।
      °
      सानी राम्री प रि
      मायालु छोरी
      तिलक टिकी लाइदिउ कि !
      थोरै म्बाइ खाइदिउ कि !
      °

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • जन्म लियौ तिमीले यस् धर्ती मा
      नेपाली माटो हावा पानी अनी
      यो नेपाली संसार मा

      तिम्रा ति कोमल उठेका हातले
      नब युग को सुरवात गर्ने सन्केत गर्दै छ

      तिम्रा ति निदाएका म्रिग नयनी आँखाले
      सुन्दर सम्मुनत नेपालको सपना देख्दो हो

      तिम्रा ति कलीला मन मस्तिस्कले
      शान्ती प्रिय नेपाल को खाका कोर्दो हो

      तिम्रा ति हरेक मुट्ठी मा
      एकता को दरिलो पन देखिदो हो

      हे नव युग कि नव बालिका
      नेपाल बाट न टाढियोस कदापी
      तिम्रा मन मस्तिस्क र आँखा

      जन्म लियौ आखिर तिमीले नेपाली भुमी मा
      फलोस फुलोस सिङारियोस हाम्रो नेपाल
      नब युग कि नव बालिका तिम्रो आगमन मा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bimal giri

      भाग्यले अन्धकारबाट उज्यालोको खोजिमा
      जीवन हिमालका नव किरणहरु सँगै
      आकुरा र बाँन्किहरु सँगै
      पालुवा म नव रङ लिएर
      निधारमा कालो टिका र
      कलीला,बलिस्ट सन्कल्पका भावना
      लिएर तिमी आएकाछौ
      यो पवित्र धरतिमा,
      नवयुगको घ्रिणित कोलाहलको बिच
      बास्प भन्दा पातलो आँखामा आशु थामी
      सुस्केरामा निदाएको बहना गरी
      भरी भराउ हातहरुले पिर र ब्यथालाई
      चिरनिन्द्रामा, गगन बनको आकुरामा
      सुम्पदै,सयपत्री फुलेजस्तो ओठबाट
      जीन्दगिका सपनाहरु
      पौडिरहेछु।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mahesh

      जन्मेको २ हफ्ता भयो मोडेलनै हुने भएँ
      उमेशको क्यामरा बाट संसारै छुने भएँ
      आँखामा flash पर्‍यो अली पर जाओ न
      ए मेरा आमा ए मेरा बाबा बोक्न आओ न

      सुत्न पनि नदिने के गर्न खोजेको
      कती जन्मेका छन मलाई नै रोजेको
      म उठ्दा म सुत्दा बा आमा दाँया पाउँ
      ठुलो भाई पढि बढी सबैको माया पाउँ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Guru Gopilal, japan

      म एक छोरी
      म मणी कि छोरी
      कोही मलाई भृकुती त
      कोही सीता भन्छन्,
      तर
      जसले जे नाम दिएपनि
      हु त म यो देश की छोरी

      मैले पनि उनिहरुले जस्तै
      केहि गरेर केहि बनेर
      देखाउनु छ यो देशको लागी ।

      अन्याय र अत्याचार अब
      सहने छैन,
      सधै छुवाछुत र अभाव मा
      पिल्सिएको हाम्रो देशलाई
      एक समृद्धिशाली
      र छुवाछुत मुक्त राष्ट्र
      निर्माण गर्न
      यी मेरा मुठ्ठी कसेका
      हात हेर,

      त्यसै कसेको होईन मैले ।
      प्रण गरेको छु यो देश लाई
      एकदिन अवश्य बदल्छु भनेर
      तर
      एक पल्ट राम्ररी नियाली हेर मलाई
      म यो धरतीमा
      आएको पनि त धेरै भाको छैन
      कसरी म यत्ती छिटो
      परिवर्तन गर्न सक्छु यो देश लाई
      समय चाहिन्छ मलाई

      देउ र हेर
      भोली का दिनहरु

      परिवर्तन को समबाहक
      बनेर आएको छु ।
      त्यसैले

      मेरा मुठ्ठी खुलेका हात
      हेरेर जो कोहीले पनि
      सजिलै बुझन सक्छन्
      म के भन्न खोज्दैछु ?
      हो
      मलाई समय चाहिन्छ,
      त्यसैले
      भन्दैछु पर्ख हतार नगर
      पर्ख र हेर ।
      धैर्यको फल अवस्य पनि मीठो हुन्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Chuna sakula, nasakula tara Aakhash chune prayas mero
      Sarir Sano hola mero tara Udeshya thulo!!
      Aakha chimlera sapana dhekhchu
      Aakha kholera pani herne Prayas garchu!!
      Sarir Sano vaye pani Icchhya thulo mero
      Kahile kahi lagchha sansar mero jasto!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      ( यो चाँही मणी जि बनेर लेखेको है :) )
      —————————
      सानी राम्री प रि
      मायालु छोरी
      तिलक टिकी लाइदिउ कि !
      थोरै म्बाइ खाइ दिउ कि !
      °
      नुनु गर्छ्यौ धेरै
      रोइदिन्छ्यौ थोरै
      छाती मा टासु कि
      तिमी सँगइ हासु कि !
      °
      कहिले हात मुठी पार्छ्यौ
      कहिले मुठी फुकाउछ्यौ
      नेता को जस्तो गुण
      तिमीमा झल्काउछ्यौ
      °
      सपना देख्छु यस्तै
      तिमी राष्ट्रपती हुन्छ्यौ कि !
      उद्देश्य ठुलो बोकी
      चन्द्रमा लाई छुन्छ्यौ कि !
      °
      सानी राम्री प रि
      मायालु छोरी
      तिलक टिकी लाइदिउ कि !
      थोरै म्बाइ खाइदिउ कि !
      °

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • som basnet

      म अबोध छु
      तर पनि बुझेकी छु।
      यहाँको घिनलाग्दो नताबादलाई
      अनि भ्रस्ट कुर्सिबादि हरुलाई
      म जन्मिएको भुमी माथि भएका
      चोक्टा लुछा लुछको खेललाई
      गर्बै देखी भलिभाती नियालिकी छु
      मैले पनि।

      ****

      मैले पनि भोगेकी छु
      गौतम बुद्दको सन्देश अङग भङग भएको
      सिता र भ्रिकुटीको इज्जत पल पल लुटिएको
      स्वत-स्तब्ध म हेरिरहेकी छु।
      सत्तापिपासु हरुको हजारौं हुल ले
      बर्सो देखी मेरी निरिह नेपाल आमालाई कुटेको।

      ****

      म केही गर्न सक्दिन
      सिबाय हातहरुको निस्वार्थ ईशारा
      तर मैले पनि
      राजनीतिक नरपसुहरुको नजर नलागोस भनेर
      कालो चन्दन लाएकी छु।
      हर एक कुर्सी भक्त गिद्द र ब्वासाहरुलाई
      जरै समेत फाल्ने प्रण गरेकी छु।
      यो भोली को पारखी पन्जा खोलेर
      नेपाल आमा को घाऊ टाल्ने सन्देश ल्याएकी छु।

      ****

      Som Basnet
      Victory,Liberty

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • maanusi

      (भो अब हल्ला नगर)!!!!!

      आमा मलाई सुत्न देउ
      बाबा मलाई सुत्न देउ
      भो अब हल्ला नगर मलाई मज्जाले सुत्न देउ

      नौ महिना शान्ती सँग सुतेको म
      निर्धक्क आमाको कोखमा हुर्किएको म
      मलाई निर्ध्क्क सुत्ने मन छ
      शान्त सँग निदाउने मन छ |

      तर मैले त हल्ला र कोलाहल पो सुन्न थाले
      एकले अर्काको खुट्टा तानेको छ
      अर्कोले अर्कोको खुचिउ माचाएको छ
      एकलाई चोट्लाग्दा धुख्नुपर्ने अर्कोको मन
      भित्र भित्रै रमाएको पो छ |

      शन्तिको लागि त धुख्ने मनहरु चाहिन्छ
      इर्स्या र द्वेयस हैन मनमा माया चाहिन्छ
      समानताको भावना चाहिन्छ
      मेल्मिलापको चाहना चाहिन्छ |

      आमा भनिदेउ न सबैलाई
      इर्स्या र द्वेयसहरुफाली देउ
      हत्या र हिङ्सा त्यागी देउ
      भात्रित्वको माला पहिरी देउ
      शन्तिको दिप बाली देउ

      आमा यो पनि भनिदेउ ,
      भो अब हल्ला नगर ,
      म जस्तै साना नानीहरुलाई सुत्नदेउ
      भोलिको सुन्दर सपना बुन्न देउ
      सान्तिको साश फेर्न देउ
      हामीलाई अब मज्जाले सुत्न देउ
      भो अब हल्ला नगर
      हल्ला गर्दै नगर

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      हेर ! मलाई
      मेरो बाधेको र फुकेको मुठिलाई
      अनी
      उज्यालो भरिएको मेरो तस्बिर लाई
      म मा इङित उज्यालो लाई
      केही बुझ्यौ ?
      स्बर्ग बाट झरी
      म सानी प रि
      आएकी छु त्यहा
      असल नेताको खाचो छ जहाँ ।
      भोलिको नेपाल लाई नेत्रित्ब गर्न
      जन्मदै मैले अभ्यास गरिरहेकी छु
      लौ हेर त !
      म कुनै नेता भन्दा क म् देखिन्छु ?
      एक हातले मुठी कस्छु
      सबको सामु प्रण गर्छु
      अर्को हात खुल्ला फुकाउछु
      सबलाई समेट्छु ।
      बुझ्यौ !
      मेरो नेपाल ले
      जन्मदै नेता मागेको छ
      असल नेता मागेको छ
      हरेक नेपालीको मुठी भित्र
      राष्ट्रिय ता बाध्न सक्ने
      अनी हात खुल्ला राखेर
      सबलाई समेट्न सक्ने
      नेत्रित्बान नेताको
      खाचो छ मेरो नेपाल लाई
      त्यो खाचो पुरा गर्न
      अहिले देखी नै अभ्यास गरिरहेकी छु
      मेरो नेपाल लाई बिश्ब को सामु
      सगरमाथा झै उच्च राख्न
      गौतम बुद्द को सन्देश फैल्याउन
      नेपाल को गौरब राख्न
      म अहिले देखी नै अभ्यासरत छु
      नेता बन्न
      मुठी कस्दै मुठी फुकाउदै ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पर्ख! म निरही छु
      म निदाउदै छु
      मलाई निदाउन देउ
      एकै छिन भए पनि
      शान्तिको निद देउ।

      मलाई थाहा छैन
      तिम्रो घृणित राजनिती
      न त तिम्रो स्वार्थको
      कथित आतंक पथ
      मलाई बिश्राम देउ

      पर्ख म गली सकेँ
      मलाई प्रहार नगर
      मेरो बिवस्तालाई
      तिम्रो शक्ती सम्झेर
      म माथि घात नगर।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Basanta Thapa,Maryland,U.S.A.

      पर्ख ए मेरो देश फुटाउन खोज्नेहरु
      मेरा पुर्खाले आर्जेको देश फुटाउने कोशीस नगर !
      मेरा पुर्खाको रगत,पसिना,अनी बलिदानलाई
      पराइको पाउमा चडाउने कोशीस नगर !
      झासिको रानी बन्न नपरोस मलाई !
      देबी दुर्गा बन्न नपरोस मलाई !
      देशलाई अध्यारो खाल्डोमा हालेर मस्त हुनेहरु
      आगो बन्न नपरोस मलाई !

      म त मस्त सँग आमाको काखमा निदाउन चाहन्छु
      म त साथीभाइ सँग खेल्दै स्कुल,कलेज जान चाहन्छु
      हिमाल चडु या तराइ झरु एउटै देश नेपाल देख्न चाहन्छु
      मेरो साथी डल्ली भोकले रुन नपरोस
      मेरो साथी मखमली उपचार नपाएर मर्न नपरोस
      काले,हर्के,रामे नाङो खुट्टामा स्कुल आउन नपरोस
      मेरो प्यारो शिक्षक भेदभाबले बाधिन नपरोस
      मेरो कुनै छिमेकी दिउसै कतै लुटिन नपरोस
      मेरो कुनै आफन्त गोली र बिस्फोटनमा नपरोस
      मेरो आकाश,मेरो धर्ती सधैं सधैं बाचिरहोस !
      सधैं सधैं हासिरहोस !सधैं सधैं हासिरहोस !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ranjeet

      थुक्क मोरी नेपाल मा जन्मिये छोऊ
      सधै बंध र हडताल हुने देस मा टाइम मै निक्लिए छोऊ
      हामी ले त येस्तै देखेऊ नेपाल, तिमी ले पक्कै नया नेपाल देख्ने छोऊ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Baldev Bhatta

      तिमी मणी दाई कि मात्र छोरी होइनौ सिङो नेपाल कि हौ
      आजै उठेका ति कोमल हातले भोली कोर्नु छ नेपाल को नक्सा
      भर्खर मात्र खुलेका ति निर्दोश आँखा ले गर्नु छ देश को सुरक्षा
      बढ्दै बढ्दै जाउ तिमी सुबासन छर्दै
      तिमी सगै जाओस् देश ले पनि अनुहार फेर्दै
      लम्क तिमी द्रिढ भई सबै समस्या को गर सामना
      ठुलि भई नेपाल लाई चिनाउ यही छ मेरो शुभकामना !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Damodar

      नौ महिना सुते
      आमा को गर्भमा
      तर पनि निन्द्रा पुगेको छैन
      कती हल्ला गरेको आफ्न्त हो ?
      चुप लाग ………
      म सुतन चाहन्छु
      मेरो निन्द्रा अझै पुगेको छैन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • man lama

      तोते बोली

      पबित्र,शुद्व हुन्‍छ बालकाको मन
      हेरिरहु जस्‍तो लाग्‍छ मुहराको पन
      ०००
      बोल्‍न खोज्‍छन्‌ दात छैन जिब्रोचलाइ रहन्‍छ
      तोते बोली बोलि-बोली एक्‍लैटोलाई रहन्‍छ
      ०००
      सकेतले बुझ्‍नुपर्छ भोकतिर्खा यस्‍को
      ठुलोमान्‍छे भएपछि रक्षागर्छ देशको
      ०००
      शोषण दमन कहिल्‍यैनगर बालकालाई आज
      दिनको चार ट्‍याम दिनुपर्छ बालकालाइ खाज
      ०००
      बाबा आमाले फैलाउनु आफ्‍नोनाम
      बालकालाई न आरौ ठुलो काम
      ००००
      मान लामा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      मुठी बाध्दै – मुठी फुकाउदै बालिका भन्दाछिन —
      ( मुठी बाधेको हात – मुठी फुकेको हातको सन्केत —)
      ——————————
      कहिले मुठिलाई खोल्नु पर्छ
      कहिले मुठी लाई बाध्नु पर्छ
      सान्सा रिक नियम भित्र
      तिमी हामी सबै अड्नु पर्छ ।
      °
      हेर मेरो मुठी कसिएका हात
      हेर मेरो मुठी खुलेका हात
      सन्केत दिरहेको छ तिमीलाई
      मलाई चाहिन्छ तिम्रो मायालु साथ ।
      °
      सन्सा रिक नियम पालना गर्ने प्रण गर्दछु
      कर्म लाई जिबन मा नि सचित्र कोर्दछु
      सन्सा रिक चलनका सुन्दर रङ भर्दछु
      मनुस्य चोला मा जिबन रस छर्दछु ।
      °
      तेजिलो प्रकाश आँखामा छर्दा
      यि हात मेरो स्ब त: बन्दै छ पर्दा
      प्रतिकूल तत्ब सँग लड्नु पर्ने
      जन्मिदै देखी अभ्यासत हुनु पर्ने !
      °
      नबिजाउ आँखाहरु कसिङगर बनेर
      दुई दिनको चोला बा च् मनुस्य बनेर
      संसार लाई मुठिमा राख मायाले
      संसारलाई शितल छाया देउ मायाको छायाले ।
      °

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सार्थक सिम्खडा / ईराक

      देशमा अशान्ती फैलाउने राबण हरु हो
      तिमीहरुकै नाश्को लागि राम को अबतार लिएर जन्मिएको छु
      देशको ढुकुटी रित्तताउने भ्रश्ट कंश हरु हो
      तिमीहरुकै नाश्को लागि कृष्णको अबतार लिएर जन्मिएको छु
      सत्तामा बसेर नेपाली जनताको रगत चुस्ने राक्षस हरु हो
      तिमीहरुकै नाश्को लागि कालिको अबतार लिएर जन्मिएको छु

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shova

      मणिकि छोरी मायाकी डोरी किनहो हो टोलाकी?
      टोकेर ओठ चिम्लेर आँखा ,कस्लाई हो बोलाकी?

      त्यो कालो टिका सुहाको कस्तो ,तिम्रो त्यो निधारमा
      सिर्जना रुपी सागर देखेँ ,तिम्रो त्यो अधरमा

      सिर्जना फुल फुल्दछ पक्कै ,पाएर साहारा
      कस्ले पो बुझ्न सक्ला र छोरी ,हातको ईसारा

      मुना मदन को लयमा गाउनु होला ]

      रामपुर , चितवन, नेपाल बाट

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रवेश पौडेल

      भोलि बिहानै उठेर नानीले
      आफू आएको देश हेर्छे होली
      पहाडको काखमा सुतेको तराई
      अनि तराईको सिरानी बनेको हिमालमा
      आफ्नो अस्तित्व खोज्छे होली
      चुलाचौकामा बाँधिएका नारीको विपना
      उनको लागि नराम्रो सपना भएर आउँदो हो
      उन्मुक्त भएर बाँच्ने अभिलाषामा
      कालो छायाँ बनेर छाउँदो हो
      ए नेपालवासी दाजुभाइ !
      नयाँ भान्से भनि मख्ख नपर्नु
      खैरे उन्मुक्तता खोज्छे भनि थक्क नपर्नु
      एकपटक हेर्नुहोस् त
      उनको हातमा पौरखको दियो बलेको छ
      उनको अनुहारमा देशको मानचित्र बोलेको छ
      त्यसैले त साह्रै राम्री अनि
      रसिलि हुन्छे होली मोरी
      साथी मणि दाहालकी छोरी ।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shilu

      मणि की छोरी सुन्तली!
      मणि की छोरी मखमली !
      मणि की छोरी संगीता !
      मणि की छोरी पार्बती!

      मणि की छोरी एंजिला !
      मणि की छोरी करिश्मा !
      मणि की छोरी लारा !
      मणि की छोरी जुली !

      मणि की छोरी क्रिस्टीना !
      मणि की छोरी डाना!
      मणि की छोरी जेनिफर !
      मणि की छोरी लूसी !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • महेश

      सर ले कबिता त राम्रै लेख्नु हुदो रहेछ । तर उनी साथी मणी कि छोरी भएकी हुनाले राम ,कृष्ण सँग तुलना गर्नु भन्दा भ्रिकुटी ,सिता सँग तुलना गरेको भये राम्रो हुन्त्यो कि ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सन्दिप सागर लण्डन यु के

      अस्ती बुद्धको शान्त अनुहार
      हिजोका कर्मसिल हातहरु देखी
      म पनि ओर्ले धर्तीमा
      देखेनौ मेरा कर्मसिल हातहरु
      शान्त अनुहार ,कसिएको मुट्ठी
      म मा बुद्धत्वको अंस छ
      हो म सग कर्मसिल हातहरु छन
      तर
      खबरदार मेरो शान्त मुहारमा
      रोश भरिने नबनाउ
      ता कि मेरा कर्मसिल हातहरु
      बारुद सग चलमलाउनु नपरोस
      म शान्त धर्तीमा आए शान्ती मेरो अधिकार
      मेरा हातहरु उठेका छन सिर्जना मेरो जन्म
      लिनु पर्थ्यो कही जन्म लीए मणी परिवार
      मलाई सिमित नपार कही कुनै सिमामा
      अर्थात
      न म मधीसे हुँ न पहाडे
      न काले गोरे या अन्य जात जाती
      म मान्छे हुँ मलाई मान्छे हुन देउ
      सिर्जना मेरो कर्म हो ,धर्ती मेरो प्रयोगसाला
      तिमी मलाई मान्छे हुन बाट रोक्यौ भने
      थाहा छ प्रयोगसालामा सिर्जना मात्र होइन
      बिनासको पनि प्रयोग हुन्छ बस

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Hom

      अहो! क्या मस्ती
      एक पटक बच्चा बन्न मन लाग्यो
      निन्द्राको मस्ती लुट्न मन लाग्यो
      छिमेकिको घरमा शङ्ख बजोस् वा दमाहा
      क्यै फरक पर्दैन
      नशामा लठ्ठीएझै
      संसार बिर्सिएझै
      ट्वाल्ल परेझै
      सवप्निल कल्पनामा हराउन मन लाग्यो
      आज मस्तिले बाल् निद्रा सुत्न मन लाग्यो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      Verry naarow mind !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shilu

      Very nice poem!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सन्दिप सागर लण्डन यु के

      लुना जि
      कस्तो राम्रो माता ममता सुलब कबिता मलाई त यो मन पर्‍यो है

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shilu

      i mean poem by lunadidi

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna jee,
      I liked this poem.
      Thank you for sharing such nice art.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      Thank you Basant jee !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      Thank you hai :)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      सागर जि !
      धन्यवाद है !
      सन्दिप जि ! धन्यवाद है :)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • anukul prakash

      मलाई हाइकु पढ्नु एकदम मन्पर्छ । तपाईंलाई हार्दिक धन्यवादका साथै शुभ-दीपावली !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • टोलाउदैछौ किन हो नजिक्मा ?
      आदित्य खुल्दा पनि यो मुहर्मा
      चुमेर जाउ भन जुनलाइ
      भुजा यो मेरो ‘अब सत्य लाई’
      ***
      मिठास राम्रो दिपमा छ कस्तो ?
      यो स्वोर मेरो नदिको सुर हो ।
      कती फुल झरे नबुझी धरमा
      तर भुज मेरो हेर मस्तिकमा
      ***
      बिहानि पनको जल झै सिरमा
      अती नै बेगमा सुख मिल्छ जहाँ
      तर क्लेश किन ? नटुटी सबमा
      अती अन्तर भो भुज खोज्न यहाँ ?
      ***
      सब माली मिली मल खाद भर।
      जलले प्रिथिबी अब पूर्ण गर।।
      तिमी साथ यहाँ बल तेज भर।
      भुज बाल नयाँ तर अग्नी सर ।।
      ***
      गुरांश फुलले पनि स्वागतमा
      दिन सुख दिने गरी मेल नयाँ
      बनमा चरिले पनि गान गरी
      तिमी भित्र गुथ्यो भुज यो पगरी
      ***
      हेर जिब्रो यहाँ नयाँ स्वाद दिने
      तिमीनै भनहो कती मात दिने ?
      अब सार तिमी बुझ ए बयको
      कती शान्त अहो रुप बालकको
      ***
      नवता ममता भरी आगनमा
      अब आएं यहाँ हेर रुप नयाँ
      सबले स्वोरले अब गीत भरौँ
      भुज यो बिजय अब आशा भरौँ
      ***
      पलमा जनमा अती अन्तरमा
      हेर भुजा नयाँपन थप्छ यहाँ
      जुन घाम सरी दिने सक्तिनया
      भुज रोक्ने यहाँ बन्यो सक्ती कहाँ ?

      भुज = हात
      आदित्य = घाम
      अग्नी सर = आगाको बाण
      बय = बालक्को सुन्दर रुप
      पल = क्षण
      मात = सक्ती बडेर आउने उन्माद

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker