मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    नजन्म लक्ष्मीप्रसाद फेरि यहाँ

    सन्दर्भः आज लक्ष्मीजयन्ति

    -सुदीपकुमार ढुंगाना-

    म आज आत्तिएको छु
    म आज तर्सिएको छु
    सुन्छु तिमी फेरि पनि नेपालमा जन्मन खोज्दै छौ रे
    फेरि पनि भाषा र साहित्यको सेवा गर्ने योजना बनाउँदै छौ रे
    बिन्ती छ लक्ष्मीप्रसाद एउटा कुरो मानिदेऊ
    गल्ती गरेर पनि नेपालमा फेरि नजन्मिदेऊ ।

    तिम्रा दुःख धेरै देखेको छु मैले
    तिम्रा पीडा धेरै महसुस गरेको छु मैले
    म फेरि तिमीलाई त्यही भड्खालो देख्‍न सक्दिन
    म फेरि तिमीलाई पागल भनेर बिल्ला भिराइदिएको हेर्न सक्दिन।
    किन जन्मिन्छौ तिमी यहाँ ?


    तिमीले सोचेजस्तो नेपाल छैन अब
    सासुको स्याहार गरेर बसेकी तिम्री मुना
    आजकी मुना विदेशको कोठीमा यातनाले पागल भएकी छिन्।
    तिम्रो मदन सुन कमाउन ल्हासा जान्थ्यो
    आजको मदन भेडा चराउन अरबतिर झरेको छ।
    तिम्रो यात्री अरुको काँधमा बोकिएर मन्दिर जान्थ्यो
    आजको यात्री मूर्ति नै बोकेर विदेश जान थालेका छन्।

    तिम्रो कविताको भिखारीलाई कसैले चिन्दैन
    अब त देश नै भिखारी भइसकेको छ ।

    तिम्रो मूल मन्त्र नेपाली भाषा
    लोक सेवाको ग्यास च्याम्बरमा गुम्सिएको धेरै भयो
    अहिले त उपराष्ट्रपतिले समेत बुझ्दैनन्

    अब हाम्रो बिजोग देखेर तिमीले भक्कानिएर के भन्ने हुन्
    तिम्रो कल्पना र सिर्जनाको विश्वविद्यालयमा
    समयसमयमा बूढा विद्यार्थीहरुले आगजनी गरेर हात सेकाउँछन्
    थाहा पायौ भने तिम्रो कलेजो पोल्ने छ
    मुटु जल्ने छ

    त्यसैले लक्ष्मीप्रसाद
    म फेरि पनि बिन्ती गर्छु मनको इच्छा मारिदेऊ
    योजना त्यागिदेऊ
    मेरै लागि मात्र भएपनि
    नेपालमा फेरि नजन्मिदेऊ।

    नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको शतवाषिर्की आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

    महाकवि देवकोटाको जन्म १९६६ साल कात्तिक कृष्णपक्ष लक्ष्मीपूजाका दिन डिल्लीबजारमा भएको थियो ।

    दश वर्षो उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।

    नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा बढी बिकेको पुस्तक हो ।

    विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्वपर्ूण्ा योगदान दिएका थिए ।

    वि.सं. २०१६ मा आफू शिक्षा तथा स्वायत्तशासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागु गर्नु-गराउनु र वर्तमान नेपाल प्रज्ञा-प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु उनका अविस्मरणीय देन हुन् ।

    तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने क्षमता थियो ।

    देवकोटाको कवि-प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ ।

    चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिक सक्रियताका बीच पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु उनको विशेषता हो ।

    No related posts.

    78 comments to नजन्म लक्ष्मीप्रसाद फेरि यहाँ

    • ashish

      laxmi pd devkota,

      we need u more today in nepal
      to teach
      younsters not to drink and smoke
      maoists not to make democracy a joke
      and people’s right not to choke
      people to drink milk not coke

      ashish

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • Sourabh

      जेहोस् राम्रो प्रतिकृया आउदो रहेछ । के तपाईंको ब्लगमा खोजमुलक स्टोरी पनि हाल्नु हुन्छ ? सौरभ काठमाडौं

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Deepas

      तिमीले गर्यौ श्रीजना अपार
      सुन्दर शब्दमा पस्कियौ सरा संसार

      तिमी युग पुरुषहौ फेरी पनि लिन्छौकि मनाब आवतर
      चाहन्छौँ तिमी सधैं सधैं एसै भुमीमा आउ, पहिले जसै नेपाली शाहीत्त्यलाई सम्रिद्ध बनाउ

      सबैले माया गर्छन् तिमीलाई अनी तिम्रा कृतिलाई
      जती प्रसम्सा गरे पनि थोरै नै हुनेछ,

      तिम्रो सम्झनामा एसै साथ् चडाउछु स्रद्दा सुमन
      देउ आसिर्बाद हामीलाई, आउ फेरी आफ्नो कलाका साथ हामी तिम्रै पर्खाइमा छौ!!!

      जय ज्ञानका सागर!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • pratiksha

      Eeveryone knows money makes money but i knew poem makes poem. I’m so surprised because from sudip’s poem some friend excited and start to write something about Laxmi & going to good thinking about our country. Off cource, It is necessary to born Laxmi & Buddha in our country.
      But plz not alouded to born again…
      KING OF JUNGLE PRACHANDE, BABURAME,
      KING OF CHAIR GIRIJE, MADHABE, DEUBE,
      KING OF SAMPATI LUTUWA SUN DALLE GOUTAM
      KING OF TARAI ………………

      GOD
      if u hearing me plz make good seed for men
      JAY PRABHU

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • auntim

      wow wow and wow, its a great, i feel like Laxmi pd Devkota has has reborn already. hey, u could take place of laxmi so plz keep it up and keep wriring poem like this. we, the person who love literature specially poem, must appreciate you.
      i want to salute u.
      i really admire your this piece of work.

      Good Luck

      regards
      Auntim

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Tara

      I like the poem.It’s really awesome.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • ShyamBhai Gautam

      मेरो गाउँ शहर भएको छ
      बिकास भएको छ
      केही मासिएको छ
      केही भासिएको छ
      केही उकासिएको छ
      मेरो गाउँ शहर भएको छ
      अर्म पर्म बन्द भएको छ ,
      ऐन्चो पैन्चो हराएको छ
      मेरो गाउँ बिकास भएको छ
      सम्बन्ध हरु हराएको छ
      शब्दहरु बिलिन भएका छन
      मेरो गाउँ शहर भएको छ
      घरहरु बाक्लै बनेका छन
      तर मान्छेहरु एक्ला एक्लै छन
      फेरी पनि तिहार आएको छ
      पटकाको आतन्कित आवाजले
      परम्पराको होश हराएको छ
      मेरो गाउँ शहर भएको छ
      यसै बीचबाट सबैलाई शुभकामना छ

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • सन्जु गुरुङ जापान मायालु सिङपुर

      यो सन्दिप भन्ने मान्छे सग त म पनि भेट्न मन लगेछ यार २००९ म म पनि यू के जने बिचार म छ एसो कोन्तक्क नो दिनु भये म पनि भेट्ने थिए ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • infidel

      पागल – महाकवि देवकोटा

      जरुर साथी म पागल
      यस्तै छ मेरो हाल

      म शब्दलाई देख्दछु
      दृश्यलाई सुन्दछु
      बासनालाई संबाद लिन्छु
      आकाशभन्दा पातलका कुरालाई छुन्छु
      ती कुरा,
      जसको अस्तित्व लोक मान्दैंन
      जसको आकार संसार जान्दैन
      म देख्दछु, ढुङ्गालाई फूल
      जब, जलकिनारका जल चिप्ला ती
      कोमलाकार, पाषाण,
      चाँदनीमा,
      स्वर्गकी जादूगर्नी मतिर हाँस्दा,
      पत्रिएर, नर्मिएर, झल्किएर,
      बल्किएर, उठ्दछन् मूक पागलझैँ,
      फूलझैँ- एक किसिमका चकोर फूल
      म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग
      एक भाषा, साथी
      जो लेखिन्न, छापिन्न, बोलिन्न,
      बुझाइन्न, सुनाइन्न ।
      जुनेली गङ्गा-किनार छाल आउँछ तिनको भाषा
      साथी, छाल छाल
      जरुर साथी म पागल
      यस्तै छ मेरो हाल

      तिमी चतुर छौ, वाचाल
      तिम्रो शुद्ध गणित सूत्र हरहमेशा चलिरहेको छ
      मेरो गणितमा एकबाट एक झिके
      एकै बाँकी रहन्छ !
      तिमी पाँच इन्द्रियले काम गर्छौ,
      म छैटौँले
      तिम्रो गिदी छ साथी
      मेरो मुटु
      तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ,
      म उसमा हेलेन र पद्मिनी पाउँछु,
      तिमी बलिया गद्य छौ
      म तरल पद्य छु
      तिमी जम्दछौ जब म पग्लन्छु,
      तिमी सँग्लन्छौ जब म धमिलो बन्छु,
      र ठीक त्यसैका उल्टो
      तिम्रो संसार ठोस छ
      मेरो बाफ
      तिम्रो बाक्लो, मेरो पातलो
      तिमी ढुङ्गालाई वस्तु ठान्दछौ,
      ठोस कठोरता तिम्रो यथार्थ छ
      म सपनालाई समात्न खोज्दछु,
      जस्तो तिमी, त्यो चिसो, मीठो अक्षर काटेको
      पान्ढीकीको बाटुलो सत्यलाई
      मेरो छ वेग काँडाको साथी
      तिम्रो सुनको र हीराको
      तिमी पहाडलाई लाटा भन्दछौ,
      म भन्छु वाचाल
      जरुर साथी
      मेरो एक नशा ढिलो छ
      यस्तै छ मेरो हाल

      अर्को जन्म हुन्छ भनेर त म मान्दिन, तर महाकवि देवकोटा जस्ता नेपाली हामीलाई अरु चाहिन्छ ।

      दिपावलीको शुभकामना ।

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • rawbeans

      nepal ko school ma padne bela ma laxmi prasad ji ko kabita haru padnu parne
      teacher le pheri purai kabita word by word memorize garna lagaune

      kina testo gareko jasto lagthiyo
      tara ahile ali ali samjheko poem ko part haru maanmanai gauna sarai ramailo lagcha
      haha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • umesh chaulagain

      मैले सुने
      तिमी जन्मदै छौ रे

      यहाँ,
      कसैले नजन्मनको लागि कामना गरिरहेछन
      कसैले जन्मनको लागि प्राथना गरिरहेछन
      किन हो थाहा छैन ,
      तर लाग्छ
      दुबै तिम्रो हित चितौछन ,
      एक थरि जीवन देखि भागन खोज्छन,
      अर्काथारी जिवनमा संघर्ष रोज्छन,

      मलाई लाग्दैन
      यी दुबै गलत छन
      तर
      तिमी कसैको पनि कुरा नसुन
      समयलाई दोस दिनेहरू
      घडिको सुई रोकायर
      गतिशील समयलाई
      आफ्नो बसमा पार्न खोज्दा रहेछन
      त्यसैले तिमी
      आऊ
      हेर
      नया मुना मदन हरु
      हेर
      नया यात्री हरुलाई
      हेर
      नया पागलहरुलाई
      रचना गर
      नया मुना मदनको
      उछितो काट
      नया पागलहरु र नया यात्री हरुको

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • chandra P. gurung

      anyway dherai kabi haru janmi sakeko chha, my sansar ma matra coment ko lagi yeti kabita chhan bhane sbai lai sametne ho bhane nepali kabi kati ho kati, je hos aba laxmi prasad devkota lai feri janma lina ko lagi pukar gardai samaya kharcha garnu bhanda uha ko sapana sakar parna lai hami nepal or nepal bahira jaha bhayepani ajai bata ek bhayera aghi lagnu paryo. hami le uaha ko bichar lai atma sath garera nepali sahitye ra nepal ko lagi kehi garna sakyo bhane laxmi ko janma tehi atma haru ma bhai rakhne chha.kura rahyo up rastrapati ko bhasa ko, uha lche nepali najanne hoina bolna man napareko ho, prachanda le pani daura surwal nalagai suit pant matrai lagauchha ni,hami sabaile upa rastrapathi le boleko sunna chhadidiyo bhane bholi bihana dekhi uha le nepali bolnu hunchha.sabaile rastriya posak lagauna thale PM le pani lagaune chhan, ahile ta hami nai badhi hindi bhasa bolne bideshi posak ko anusaran garna le hola neta harule pani jana bhawana anusar ustai garna lageko hoina ra????????????

      chandra P. gurung
      darwin aus..

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • pradip

      Excellent poem !!! Absolutely loved it…, hats off to you bro.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • suraj

      that was a pathetic poem by Suraya… what a shame ! You should have come up with a better one to write about LaxmiPd Devkota

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Raj shrestha Bahrain

      लक्ष्मी तिमी फिरी पनि नेपालमानै जन्मनुछ नेपालीलाई ज्ञानबधनुछ

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Hi To all, I am so happy to heard from u all. I thik we need to see once again to Laxmi prasad Devkotta reborn in Nepal as a God then punished to all the people who are going against the rule. we should try to learn from him, he was not only a poem writer….he was a multy minded person in every sector…..i will be proud to see him in Nepal again if it is possible to reborn. But we are discussing in hypothetical things…..we should try to be honest and also try to make honest to others……i think this is the good way. Let’s see…..learn from the past and fallow for the future….once again a deep rememberance for the Great poetry of Laxmi Prasad Devkotta on the occasion of 100 years birthday…….

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • birendra

      संदीप सागर जी
      मैले अनुमान गरे अनुसार तपाई ऐ माँ ले लाइ समर्थन गर्नुहुन्छ. एश कारण हामी राजनितिक रूप माँ नजिक छौ. तर अलीकती माओबादी प्रति पुर्ब्ग्राही हुनुहुन्छ , एस्मा म सहमत छैन तर तपाई का कमेन्ट हरू स्तरीय छन. म पनी लन्दन माँ नै छू. एक छोटी भेटने हो की? म hounslow माँ बस्छु.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Narayan Ghimire

      Aja ma des chhodi pardesh ma bhoutariraheko chhu sayad desko abastha ramro bhayeko bhaye ma pardesma basera ghar ra pyro deslai miss garirahanu parirahane thiyena.Buddha janmeko hamro des ashantiko daldalma phasyo,Nepaliharu sadhai abhav ra bipannatako jeeban jiuna badhya bhaye.Mahakabi Laxmi Prasad Devkota pani tyahi abhav ra bippanataka karan chadainai sansarbata bida bhaye sarai dukhadayi chhan yi ganthaharu. Devkota timi Nepali sahityalai chamkayera gayo tara timro sahityako artha kasaile bujhena tyasaile ti sabai sahitya sirjanako bhitri marama bujhauna aau pheri pharkera yaha timro khancho yaha phohor rajnitik khel bhayo pabitra aatmaharuko khancho chha chhittai pharki aau,hami bichalanma dubisakyo ,pabitra timra sahityik kriti le Desbasilai shanti dina aau……
      Narayan Ghimire
      Tampere Finland
      Arghakhanchi jukena 6 lumbini Nepal

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • कसैले तिमीलाई फेरि यँहा नजन्म भन्दै छ
      कोही भने होइन तिम्रो जन्म हुनुपर्छ भन्दै छ
      हुनपनि देशको अवस्था अहिले यस्तै छ
      कुरा गर्न पनि दु:ख पो लाग्द्छ

      लेख्ने हात र कलमहरु कमी भएको हैन
      साहित्यलाई माथि उचाल्नेहरु पनि नभएको हैन
      धेरै छन् अहिले प्रतिभाहरु यँहा
      तर कता गए होला मलाई थाहा छैन
      मदन जस्तै मुग्लान पो पस्यो कि
      पागल भएर पो त कतै बरालियो कि

      के नेपाल सानो छ? भन्ने प्रश्नको उत्तर
      अहिले फेला परे जस्तो छ
      के के मा धनी र के के मा गरीब छौं भन्ने
      सबैलाई राम्ररी थाहा छ
      तर जे भएपनि हाम्रो उद्देश्य उडी छुनु चन्द्र भने जस्तै नै माथि छ
      आजपनि नेपालमा उज्जवल भविष्यको आशा छ

      तिम्रो पुनर्जन्म भएर तिम्रो पहिचान भए त
      यँहा तिम्रो चर्चा र सम्मान हुनेछ
      नेपाल र नेपालीलाई गर्व हुनेछ
      नत्र भने त तिमी लक्ष्मीभन्दा
      धनकी लक्ष्मीलाई नै यँहा महान् हुनेछ

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Deepak Adhikari

      दिपक अधिकारि, इम्लोह्, जर्मनी

      दाजुभाई आज कुटाकुट गर्छन्, पराई हँसाउँदै,
      ति बुढा बबा आमाका हरे, ति आँसु खसाउँदै,
      नेताले गरे यो राजनीति, जनता लडाउनी,
      कुर्सिमा बसी देश रित्तो पारी, बिल्डिङ ठड्याउनि!

      निद्रामै रहे नेपाली जनता, बिबेकहिन बनेर,
      दाजुभाई लडछन मारामार गर्छन्, शत्रु हो भनेर,
      हे देबकोटा, हे माहाकबी, बिगृयो यो देश,
      नेपाली भन्छन्, बोल्दछन हिन्दी, हिन्दी नै छ भेष!!

      तिमीले जती योगदान दियौ, बिर्सिय साराले,
      नेपालीबिच भएको युद्द हेर्दै छन ताराले,
      तारानै होउ कि तिमीनी आज, देखेर नरुनु,
      भुलेर पनि अर्कोजन्ममा, नेपाली नहुनु!!

      लक्ष्मीपूजाको उपलक्छएमा मेरो तर्फ देखि सबैलाई हार्दिक शुभकामना

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deepak Adhikari

      दिपक अधिकारि, इम्लोह्, जर्मनी

      दाजुभाई आज कुटाकुट गर्छन्, पराई हँसाउँदै,
      ति बुढा बबा आमाका हरे, ति आँसु खसाउँदै,
      नेताले गरे यो राजनीति, जनता लडाउनी,
      कुर्सिमा बसी देश रित्तो पारी, बिल्डिङ ठड्याउनि!

      निद्रामै रहे नेपाली जनता, बिबेकहिन बनेर,
      दाजुभाई लडछन मारामार गर्छन्, शत्रु हो भनेर,
      हे देबकोटा, हे माहाकबी, बिगृयो यो देश,
      नेपाली भन्छन्, बोल्दछन हिन्दी, हिन्दी नै छ भेष!!

      तिमीले जती योगदान दियौ, बिर्सिय साराले,
      नेपालीबिच भएको युद्द हेर्दै छन ताराले,
      तारानै होउ कि तिमीनी आज, देखेर नरुनु,
      भुलेर पनि अर्कोजन्ममा, नेपाली नहुनु!!

      लक्ष्मीपूजाको उपलक्छएमा मेरो तर्फ देखि सबैलाई हार्दिक शुभकामना

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deepak Adhikari

      दिपक अधिकारि, इम्लोह्, जर्मनी

      दाजुभाई आज कुटाकुट गर्छन्, पराई हँसाउँदै,
      ति बुढा बबा आमाका हरे, ति आँसु खसाउँदै,
      नेताले गरे यो राजनीति, जनता लडाउनी,
      कुर्सिमा बसी देश रित्तो पारी, बिल्डिङ ठड्याउनि!

      निद्रामै रहे नेपाली जनता, बिबेकहिन बनेर,
      दाजुभाई लडछन मारामार गर्छन्, शत्रु हो भनेर,
      हे देबकोटा, हे माहाकबी, बिगृयो यो देश,
      नेपाली भन्छन्, बोल्दछन हिन्दी, हिन्दी नै छ भेष!!

      तिमीले जती योगदान दियौ, बिर्सिय साराले,
      नेपालीबिच भएको युद्द हेर्दै छन ताराले,
      तारानै होउ कि तिमीनी आज, देखेर नरुनु,
      भुलेर पनि अर्कोजन्ममा, नेपाली नहुनु!!

      दिपक अधिकारि, इम्लोह्, जर्मनी
      Deepak Adhikari, Elmlohe, Germany

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सन्दिप सागर लण्डन यु के

      धरै भो एउटा आवाज खोजी रहेछु
      एउटा मुहार खोजी रहेछु
      अक्षरमा ब्यक्त हुने आवाज
      शब्दहरुमा देखिने मुहार
      तिहारको झिलिमिली थियो
      कतै भाबविह्लल बनायोकी
      शब्दहरु गलामा अड्केर
      किबोर्डमा औंला पुगेनकी
      कती कठोर मन
      चट्क्क माया मार्न सकेको
      खुल्दुली त भयछ होला
      कसरी नलेखी बस्न सकेको

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • param

      लक्ष्मी फेरी जन्म,
      बिदेश ´मा आउ,
      अनी हाम्रा साथी ले जसरी माइ संसार म कमेन्ट लेख।

      Germany Bata

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • bindaas Baaje

      लक्ष्मी तिमीले यही देशमा जन्मिनु पर्छ

      लक्ष्मी
      आज तिमीलाई म भन्नेछु,
      अनि भनिरहने छु
      जब सम्म यो हाम्रो देशमा
      नेताले गफ गर्न छाड्दैनन्…
      विद्यार्थीले बिश्वबिद्यालय जलाउन छाड्दैनन्…
      कर्मचारीले घूस खान छाड्दैनन्…
      निर्दोस शिक्षकको घाटी रेटिन छाड्दैनन्…
      नदी नाला बेचिन छाड्दैनन्…
      राजनीति बिदेशिको भर पर्न छाड्दैनन्…
      अर्थनिती बिदेशिको भर पर्न छाड्दैनन्…
      नेपाल बन्द सधैंलाई बन्द हुन छाड्दैनन्…
      सडक बन्द हुन छाड्दैनन्…
      तराइमा गोली चल्न छाड्दैनन्…
      देश टुक्राउछु भन्न छाड्दैनन्…
      ठुला भनाउदाले नेपाली बुझ्दिन भन्न छाड्दैनन्…
      तब सम्म तिमीले जन्मिनु पर्छ
      यही देशमा जन्मिनु पर्छ
      यही माटोमा जन्मिनु पर्छ
      तर बिन्ती छ मेरो तिमीलाई
      अबको जन्ममा
      तिमीले चुरोट छूनेछैनौ
      तिमीले रक्सी पिउनेछैनौ

      -अज्ञात

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh

      लक्ष्मी तिमी फेरी आऊ
      पप गीत गाऊ

      राष्ट कवि माधव घिमिरे ले जस्तो
      सत्ता को चाकडी गर
      सुजाता ले जस्तो
      धुकुटी भर
      लक्ष्मी तिमी फेरी आऊ
      भजन मंडली बन
      जे जस्तो गरेर पनी
      कमाऊ धन
      लक्ष्मी तिमी फेरी आऊ
      कोट बाददै नजाऊ
      बरु दुबै हात ले सोरेर
      आफ्नो बनाऊ

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • MITSGORO BANDO

      hey meri LUNA
      jutta ko tuna natana tesari
      fuskin6a jutta dekhin6a moja
      ganhau6a besari
      lukhasta!!!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sundar

      Khoi ta Luna Ji ko Comment???

      Sundar

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • deewakar

      Kabita ramrai ho tara kabi ji bhane nirasabadi soch dekhi malai pani udek lagera aayo.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prasis

      होइन होइन लक्ष्मी प्रसाद तिमी फेरी जन्मी देउु
      २ करोद ३० लाख बनिदेउ
      अनी सबैको मन भित्र नेपाली भाषा को महत्वो जगैदेउ
      सबै को मन भित्र नेपाली सन्स्क्रिती हसैदेउ

      नेपाल सबै नेपाली को मनस पातल बाट हरै सक्यो
      भाषा र सन्स्क्रिती नेपाली आँफै ले बिर्सेंए सक्यो
      नेपाल भुमी म त्यहाँ को मान्छे बिरनो भाईसक्यो
      तेसैले तिमी फेरी आउ अनी सबै लाई बिउझै देउ
      नेपाली लाई आफ्नो भाषा सिकै देउ
      नेपाली लाई आफ्नो सन्स्क्रिती सम्झै देउ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सन्जु गुरुङ जापान मायालु सिङपुर

      साथी हरु को कमेन्ट सबै को राम्रै हो आफ्नो आफ्नो बिचार को कमेन्ट । तर ऊप रास्टपती लाई नेपाली भाषा सिकऊनु को लागि मात्र भने पनि फेरी नेपाल म जन्मा भये राम्रो हुने थियो तर लक्ष्मी प्रसाद ठुलो हुन्जेल सम्मा नेपाली भाषा नजन्ने उप् रास्टपती नै मरी सके को हुन्छ के गर्नु । अब त हुँदैन होल नि त्यस्तो नेपाली भाषा नै नजन्ने मान्छे त ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • narayan

      लक्ष्मी प्रसाद देवकोटा ले फेरि जन्म लिनु पर्छ किन कि परमानन्द झा जस्ता नेपाली भाषा बिरोदी लाई सहि ठाउँ मा राख्न्न लाई पनि म भन्छु देवकोटा फरी पनि जन्म यही नेपाल मा जन्म लीयर आउ ल!!!!!!!!!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नविन गौतम

      फेरि जन्मनेछन् लक्ष्मीप्रसाद

      इतिहासले मागेको छ समाजले पुकारेको छ

      तसर्थ फेरि जन्मनेछन् लक्ष्मीप्रसाद

      घात प्रतिघातले आघात समाजमा

      साम्प्रदायिक कलहको खटिरामा

      मल्हम लगाउन यात्री बनि फर्कनेछन्

      कथित स्वतन्त्रता योद्दाहरुलाई

      आमाको अस्मिता लुट्नबाट रोक्नलाई

      चेतना पुरुष बनि फर्कनेछन् लक्ष्मीप्रसाद

      घृणालाई सद्भावमा बदल्नलाई

      मदन बनेर आउनेछन् लक्ष्मीप्रसाद

      भविष्यको सुन्दर सपना साँचेर

      पराई माटोमा मरेका धर्तीपुत्रको गाथा लेख्न

      हिजोका भिखारीलाई सडकबाट उठाई

      समानता र न्याय बितरण गर्न

      गरिबको युगनायक बनेर आउनेछन् लक्ष्मीप्रसाद

      अनि कथित अभिजात्यको अहँकार तोड्न

      फेरि जन्मनेछन् लक्ष्मीप्रसाद

      अभाव र गरिबीको सामना गर्दै

      समाज परिवर्तनको कथा बोकेर

      फेरि जन्मनेछन् लक्ष्मीप्रसाद

      इतिहासको गर्भबाट जन्मनेछन् उनि

      युगको लक्ष्मीप्रसाद बनि

      समानता र न्यायको महाकवि बनि

      नविन गौतम (दक्षिण कोरिया)

      २०६५।७।१२, साँझ ४:३० बजे

      सन्दर्भ: लक्ष्मीजयन्ती

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prakash

      ए साथीहरु लक्ष्मीले जन्म लीसके
      सबैले लुकएर रकेकचन लक्ष्मीलाई
      नपत्याए सोध भन्सर विबागका कर्मचारीलाई
      नपत्तयए सोध हाम्रा घुस्खोर नेताहरुलाई
      साथीहरु अब त लक्ष्मीको आस्तित्यो नै परिवर्तन भाईसक्यो
      मुना र मदन मा भेटिने लक्ष्मी घुस्खोर नेताहरुको बैंक बय्लेन्स मा खोज
      सकुन्तला र सुलोचन मा भेटिने लक्ष्मी अब स्वरोप भयर मन्त्रयनी को गल को नेक्क्लेस म हेर
      किनकी
      मन्त्रीले नै सबै लक्ष्मी बतुलेकअछन
      घुस्खोर् ले नै सबै लक्ष्मी संगालेकछन
      नेताहरुले नै लक्ष्मी अनी देश लुटेएकाछन
      यदी विश्वाश लाग्दैन भने साथीहरु
      ती नेताहरु लाई प्रश्न गर्नु
      यदी उत्तर दिन्दैनन भने
      बिस्व बैंक र स्विस्स बैंक को खाता हेर्नु
      त्यती गर्दा पनि भयन भने घुस्खोर नेताहरु को घर को वित्ता फोरी हेर्नु
      लक्ष्मी जन्मियको पत्वो नपउनी साथीहरु
      लक्ष्मी साह्रै धुख मा छन आहिले नप्पतय
      हाम्रा गरीब नेपाली को गोजी मा हेर्नु
      बिदिसियका हामी नेपालीका आसु मा खोज्नु
      तेसैले म त भन्छु लक्ष्मी तिमी अब लक्ष्मी भयर होइन काली माता भयर जन्म लेऔ
      चाडैनै यो धर्ती मा आएर घुस्खोर्हरुको सर्बनाश गरी देउ
      सुन्दर शान्त नेपाल को स्रिस्थी गरी देउ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ana

      Laxmi Prasad yedi maile bhaneko pani timi sunna sakchau bhane chahi baru timi uparastrapati kai ghar mai janma leu

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Harke

      एक हुल भगौडाहरु
      आफुसगै महाकबीलाई भगाउने प्रयासमा छन् !
      तिमी भगौडाहरु लाई के थाहा ?
      महाकबीको देश प्रेम !
      तिमी पलायन बादीलाई के पत्तो ?
      महाकबीको राष्ट्रबाद !!

      उनी जंमन्छन त केबल नेपाल मै!
      संघर्श गर्छन् त केबल नेपाल मै!!

      गुरुको मान मर्दन गरेर,
      अस्ठहास गर्नेलाई, सत्चरित्र सिकाउन!
      गुरुलाई रुखमा झुन्डाएर,
      क्रान्तिगरे भन्नेलाई, सद्-दिक्षा दिन!!

      उनी जंमन्छन त केबल नेपाल मै!
      संघर्श गर्छन् त केबल नेपाल मै!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • santosh

      लक्ष्मी प्रसाद को अवाशेकता बढेको छः
      एउटा अजै महाकाब्य लेखनु छः देशको दुश्मन को बारेमा नेपालीलाई शतर्क गराउनु पर्चः
      देश को दुश्मन हरु बढेको छः जसले नेपाली र नेपाली भाषाको सम्मान गर्देनन
      आदी कवि र महाकवि लाई सम्मान गर्देनन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नेपाल मा फेरि एक पटक जन्म लेउ, लक्ष्मी प्रसाद ।
      यहाँ त तिम्रै खाँचो छ, ती -सुदीपकुमार ढुंगाना- ले भनेको कुरा पटक्कै सुन्दै नसुन, यदि योजना बनाएका छौ भने, यहाँ नै जन्म लेउ, नेपाल मा नै जन्म लेउ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नेपाली लाहुरे

      लक्ष्मी तिम्रो देश,
      खै कसरी सम्झूँ,
      आज अन्तै डेरा सर्दैछ रे,
      तिमीबिनाको यो माटो बग्दैजाँदो छ रे,

      तिमी मदन प्रवासिएको
      कथा उन्थ्यौ,
      आज हामी मदन भएका छौं
      मरुभूमिमा भेडा चराउँदै

      तर भोटको भोटेजस्तो करुण
      मायालु, स्नेही यहाँ कोही छैन
      बस् भेडाको साथ छोडेको
      भोलिपल्ट आफ्नै लास हुनुपर्छ

      अब त मेरो देश भनेर जाने कहाँ
      लक्ष्मी तिम्रो देश अब हाम्रो हुनसकेन
      त्यहाँ त तेरोमेरो बढी चल्छ रे
      खै कसले भनिदिने, त्यसो देख्दा
      स्वर्गवासी तिम्रो मुटु जल्छ रे

      अब त तिम्रो न भाषा रह्यो
      न त संस्कृति नै आफ्नो भन्ने भयो
      हामी स्वयं हामी रहेनौं
      पराई हामी भइसक्यो

      कति उजाड हुनेभो यो मेरो भूमि
      हामीभित्र रीतिथिति संस्कृति र भाषा नहुँदा
      कसैगरी कल्पेर पनि बाँच्न कहाँ मन हुन्छ र
      आफ्नै विगत, आफ्नै दिन र जीवनको आशा नहुँदा

      के दिनु लक्ष्मी तिमीलाई
      नेपाली भैकन पराइको धोती मोल्नेले
      तेपनि प्रवासी तिम्रा शुभेच्छुकको
      सम्झना सुनायो यहाँ बोल्नेले

      फेमिली फुड सेन्टर, दोहा कतार

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ish

      Kina janminchau Laxmi timi
      Bhasa ra Sahitya sikauna …?
      Kuna bhasa sikauchau aba
      ani kaslai sikauchau timi…
      Timro bhasa uprastrapatile pani bhujne chaina…

      Kuna Mahakabya sunauchau aba….
      Ani kaslai sunauchau timi…
      Sabai ta muglan pasi sake
      arab dekhi amerika samma…
      janmine ho bhane amerikama janma…
      ya belayat ma janma tara nepalchai hoiena…..
      timro kadar garne aba kohi chaina nepal ma..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • laximi prasad jee.

      timro yehi kabita malai samchana aerahancha kati mitho kabita lekhne jadu leara timro janma bhayo hai.

      ” aeu kehi dina lai bhumi tala ma jane kahan ho kahan
      janda sangraha lanu chaina teo chadne ta honi yahan
      chadne nai jun ho tehe alikati satkaryama kharchea
      chino huncha yahan uhan pani uhi lekha thulo huncha re!”

      yo timrai kabita ho.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • आलोक शर्मा

      मेरो संसारका पाठकहरू देखेर पनि अचम्भ लाग्छ । महाकवि जस्तो व्यक्तित्वलाई पनि ‘तिमी’ का ‘तिमी’ सम्बोधन गरीरहेछन । ‘तपाईं’ या ‘हजुर’ भन्नु पर्‍यो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • laximi prasad devkota jee mero kabita kasaile pani man paraundainan ma ke garu?dherai lekhi sakeko chu tara manish haru man paraundainan kasari kabita lekhnu parcha please born again in bag bazzar not in delli bazzar because malai kabita lekhna sikauna timi lai ma garib huna dine chaina timro palama jasto.timro namma lakhou dollor ani marlboro light continue pardan garnechu please born in bag bazzar not in dilli bazzar thanx c u soon.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kalyan Thapa

      Yesto ramro din ma pani testo negative kabita lekhney ho? Laxmi ley diyeko kriti haru lai aba ramari padney bela ho …yesto kabita ley laxmi prasad devkota ko apaman hunchha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • truestranger

      Hona pani ho sabhi tholu manche lai samjane euta din ta aucha. Testi parecha laxmi parasad lai samajana ko lagi laxmi puja.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BP Gurung

      Sudeep ji,

      Thanks for your beautiful poem. But i am a bit surprised that what kind of request to Laxmi P Devkota for not reborn in Nepal. Do you want to request that Nepal should born like stupid politician like vice pm intead of Laxmi?
      Just kidding ! I like your poem very much. Thanks again.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh

      लक्ष्मी तिमी कस्को कुरा सुन्दै छौ
      अरु को कुरा नसुन , मेरो कुरा सुन
      तिमी जन्मन खोज्दै छौ भने यही जन्मन आउ
      किन कि पहिले भन्दा तिम्रो अहिले खांचो छ
      तिम्रो खांचो छ लोक सेवा को च्याम्बर मा घुम्सेको नेपाली भाषा लाई मुक्त गराउन
      तिम्रो खांचो छ तिम्रो कल्पना र सिर्जना को बिश्वो बिद्यालय मा आग्जनी रोक्न
      अरु केही नभएनी
      तिम्रो सांचैकै खांचो छ उप – राष्ट्रपती लाई नेपाली भाषा सिकाउन

      महेश
      USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bobby

      लक्ष्मी प्रसाद तिमी जन्म फेरि,
      अबको जुनीमा चाहि रक्सी नखाउ,
      आफ्नो कोट अरुलाइ नदेउ,
      सकेसम्म तिमी र्याप गाउ,
      कबिताहरु रिमिक्स् गर,
      सक्छौ भने लक्ष्मी प्रसाद,
      नेपाललाइ फेरि “यात्री” कबिता सुनाउ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • santosh parajuli

      laxmi timi janminu chha ani kahi pheri garnu chha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Tilak Karki U.S.A.

      Debkot timi feri nepalmanai janma.pagale sabailai pagal vanchha tra timi sajjan hau.uprastrapatilai nepali sikaun janma.muna kothima haina hatiyar uthaer mahakaliko rupdharan gareko herna janm.madan arabma haina nepalmanai pakhura bajau bhanna janm.afnai racchhya garna naskne murti jaha gae pani timi nepalma janm.chornu bhanda vikh magnu uttam thanne swavimani nepali herna janm.tra nepali sahityako antrastriya vasama prachhar garne vanera jani najani CHICHHORING and COPPARING chahi navani deu.jasle je vane pani naya nepal banaun nepalmanai janm.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • satish

      तिमीले जे भने पनि लक्ष्मीप्रसाद देवकोटा नेपालमा नै जन्मिने छन |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Durga Lal Shrestha

      लक्ष्मी प्रशाद देवकोता को सम्झना लाई अझ तिखो बनै दिनु भो हजुर ले त।

      Durga Lal Shrestha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मैले पनि सुनेको थिएँ लक्ष्मी तिमी नेपाल आउँदै छौ रे , अहिले म पनि नेपालमा छैन त्यसैले तिमी अहिले नआउ ;

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • महेश

      very nice and realistic poem.
      mahesh,iraq

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सन्दिप सागर लण्डन यु के

      नेपाली लाहुरे जि
      राम्रो कबिताको लागि बधाइ ल
      निरन्तरताको कामना पनि
      Happy Tihar

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bindaas Baaje

      थुइक्क मोरा कस्तो गन्हाउने मोजा लगाउने रहेछौ नि

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • डिक्ची ड्राइवर germany

      नकारात्मक टिका टिप्पणी गर्न मन नपराउने यो डिक्चि ड्राइभर् आज पहिलो पटक खुब हास्यो,मुना मदन मा जस्तै गरी लेखिएको लुनाजि को लागि, त्यो टिप्पणी साचै हासो लाग्दो छ!
      लुना जि रिसानि माफ ल!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सन्दिप सागर लण्डन यु के

      नेपाली साहित्यका सुबाश तिमी
      हो तिमीलाई पागल बनाइयो
      लक्ष्मीका प्रसाद तिमी
      सरस्वतीका प्रतिक भयौ
      निर्धनतामा डुबेका तिमी
      नेपाली आत्ममा धनी भयौ
      तर
      तिमीलाई पागल भन्नेको
      लस्कर अझै बाँकी छ
      तिम्रो बिवसता
      कबिता लेखी हाकिम मास्टर खोज्नु पर्ने
      परम्परा अझै बाँकी छ
      त्यसैले धनाड्यहरुका कम्पनी छन
      साहित्य सेवा गर्ने भन्नेहरु
      त्यहा प्रतिभा हैन ,साहित्य हैन
      आफन्त र चाकरीवाज चुन्ने गरिन्छ
      दोसल्ला र पुरस्कार सुम्पिने गरिन्छ
      साहित्यकार हरुलाई त
      उही पुरानै चलन छ
      जिबित छदा भरी अपमान
      मृत्‍यु पछी शब्द सम्मान
      तिमीले देख्छौ होलानी निराकार अनन्त बाट
      त्यस्को बिरुद्द लड्नेहरु पनि छन
      सक्छौ भने तिनैलाई आसिर्बाद दिने गर
      खुशी हुनेछ नेपालीको मन हाम्रो मन
      र स्विकार मेरो मुरी मुरी श्रदा सुमन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • POSSAM

      nakaratmak bujhaiko parakastha or same style joking of sajid khan

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sandeshak

      yo chai chitta bujdo kuro bhayo hai la…….formananda ko gharma nai janma linus laksmi ji harju aba…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sandeshak

      yo chai chitta bujdo kuro bhayo hai la…….formananda ko gharma nai janma linus laksmi ji harju aba…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sandeshak

      yo chai chitta bujdo kuro bhayo hai la…….formananda ko gharma nai janma linus laksmi ji harju aba…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Aman raj

      tapai ra hajur bhanera ta parai lai matra sambhodhan garinchha tyasaile TIMI nai ramro hoina ra ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yakloo

      pagal k lekheeko yo ,,,,,,,,,,,,,,,,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hrishkh

      त्यस्तो केही होइना
      त्यों तस्वीर त्याही कही छ
      स्वाँसलाइ ढिलोगरी
      सुस्तरी माउस को अगाडी बढीरहेछ
      मनलाई एक मुस्ठपारी
      महशुस गर्नुस
      उहाको औला अक्षर पछि शव्द्द बनीरहेछ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hrishkh

      विश्वस्त हुनुहोस तस्वीर प्राय नेपालमा रातको १२ बजे छि आउने गर्नुहुन्छ /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हरिबहादुर रोक्का

      यो मूलालाई कुरकुरे वैंश चढेको होकि
      कात्तिकले छो को हो
      किन हो किन
      कसैलाई के को धन्दा घरज्वाँइलाई खानकै धन्दा झैं भाको हो
      गफै गर्नु छ भने फोन गर
      च्याट गर
      तार पठाउ
      बोतलमा हालेर सन्देश पठाउ
      तर बिन्ति, यहाँ आएर आफ्नो भावुकता नदेखाउ !!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • सन्दिप सागर लण्डन यु के

      महेश जि
      कती सुन्दर ब्यङग गर्नु भो एउटा खराब सस्कारको सुन्दर अती सुन्दर

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • HI Every one nepelese fellow happy laxmi puja to you all from side of me Min Gurung U.K Reading
      Laxmi timi garib janta ko ghar ghar ma gayar janma linu parchha pheri janmanu hunchha bhane please,Nepal aama lie tapaieko khachho chha garib janta ko nimit please aaj laxmi puja sabai Garib nepelese janta ko ghar ma gayar hernu hola kasari aaj puja hunchha dhani ko hoina ni,

      aaj pura juwa taas khelinchha hola laxmi timi ramro sanga hernu la aaja ko din nai janminu hola please,

      Thank you Bhanchhu ni La La Hunchha bhannu na ho
      Uprastra pati lie nepali sikaunu chha ni, samjhana dilae didaichhu.

      Min Gurung
      UK Reading

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सन्दिप सागर लण्डन यु के

      बिरेन्द्र जि
      म कसैप्रती पूर्बाग्रही छैन मेरो आफ्नो ब्रम्हले देखेको कुरा लेख्दा सबैको चित्त बुझ्नु पर्छ भन्ने छैन |देख्नु हुन्न कस्ता कस्ता कमेन्ट आउछन |र अर्को कुरा अन्ध भक्त पनले सत्तासिनहरुलाई तानसाही बनाउछ |आलोचनाले सत्तासिनलाई सही मार्गमा ल्याउछ |कुनै पनि कुरामा फाईदा बेफाईदा दुबै हुन्छ |सकिन्छ भने त्यस्का दुबै पछहरु लाई जनता सामु राख्नु पर्छ राज्यले हैन भने बेफाईदाका पक्षका आलोचना सुनेर कसरी सुधार्न सकिन्छ सुधार्नु पर्छ राज्यले |यो त माओबादीले अङगालेको मुख्य सिद्धन्त मार्क्सबाद सम्बन्धित कुराहो अनी कसरी पूर्बाग्र हुन्छ बिरेन्द्र जि ?बेलायतमै हुनुहुदो रहेछ समाचार पक्कै हेर्नु हुन्छ पढ्नुहुन्छ सम्झिनुस् त १० पि ट्याक्स स्क्यान्ड्ल लेबोर पार्टीले लण्डनको मेयर नै गुमायो अर्को चुनावनै हार्ने स्थितीमा छ |मात्र उदाहरण दियको सरकारको आलोचना र पारीणाम बारे |अनी हाँन्स्लोमा हुनुहुदो रहेछ म रेडिङमा छु |सम्पर्ग गर्नुस् भेटौँला मेरो ईमेल sandeep@mysansar.com

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सन्दिप सागर लण्डन यु के

      बिरेन्द्र जि
      म कसैप्रती पूर्बाग्रही छैन मेरो आफ्नो ब्रम्हले देखेको कुरा लेख्दा सबैको चित्त बुझ्नु पर्छ भन्ने छैन |देख्नु हुन्न कस्ता कस्ता कमेन्ट आउछन |र अर्को कुरा अन्ध भक्त पनले सत्तासिनहरुलाई तानसाही बनाउछ |आलोचनाले सत्तासिनलाई सही मार्गमा ल्याउछ |कुनै पनि कुरामा फाईदा बेफाईदा दुबै हुन्छ |सकिन्छ भने त्यस्का दुबै पछहरु लाई जनता सामु राख्नु पर्छ राज्यले हैन भने बेफाईदाका पक्षका आलोचना सुनेर कसरी सुधार्न सकिन्छ सुधार्नु पर्छ राज्यले |यो त माओबादीले अङगालेको मुख्य सिद्धन्त मार्क्सबाद सम्बन्धित कुराहो अनी कसरी पूर्बाग्र हुन्छ बिरेन्द्र जि ?बेलायतमै हुनुहुदो रहेछ समाचार पक्कै हेर्नु हुन्छ पढ्नुहुन्छ सम्झिनुस् त १० पि ट्याक्स स्क्यान्ड्ल लेबोर पार्टीले लण्डनको मेयर नै गुमायो अर्को चुनावनै हार्ने स्थितीमा छ |मात्र उदाहरण दियको सरकारको आलोचना र पारीणाम बारे |अनी हाँन्स्लोमा हुनुहुदो रहेछ म रेडिङमा छु |सम्पर्ग गर्नुस् भेटौँला मेरो ईमेल

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • PP

      Did you mean come to “USA” or Nepal. U R in USA, right?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • anju

      nice poem.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • डिक्ची ड्राइवर germany

      हृदय छोयो बाजे तपाईंको लेखाइ ले!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Tilak Karki U.S.A.

      I’m agree with you Aman ji

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pabitra basnyat

      देश को चिन्ता सबैले गर्नु पर्दछ र यस् ब्लग का मार्फत सबै देश बिदेश मा बस्नु भएका सम्पूर्ण नेपाल लाई माया गर्ने नेपाली दाजु भाई तथा दिदी बहिनिहरुलाई म भित्रै देखी एक नेपाली हृदय हर्शले बिभोर भएको अनुभुती प्रकत गर्दछु धन्यबाद माइ संसार

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Aman raj

      thanks Mr. tilak karki.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker