सन्दर्भ कुकुर तिहारको। कुकुर तिहार मनाइयो सोमबार देशभर। भुस्याहा कुकुरदेखि लिएर घरमा पालिएका कुकुरसम्म पुजिए। तर यहाँको स्थान भने केही भाग्यमानी कुकुरको। देशका चर्चित नेताका कुकुरहरु कस्ता रहेछन् हेर्ने हैन त ?

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको कुकुर- एलेक्स।
देउवाको घरमा अरु पनि कुकुर छन्। कुकुरहरुका साथमा देउवा पुत्र जयवीर

एमालेका पूर्व महासचिव माधवकुमार नेपालको कुकुर- टमी।

राप्रपा अध्यक्ष पशुपति शमशेर राणाको कुकुर- शेरी।

पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको कुकर बुट्टेका साथ उनकी बुहारी।

अनि यो पनि। यिनी श्यामबहादुर तामाङ, नुवाकोटका।

देउवाको कुकुरहरुलाई हेरविचार गर्ने यिनै हुन्। कुकुरहरुको लागि मासिक करिब ३० हजार खर्च गरिँदो रहेछ। तर उनले पाउँदा रहेछन् मात्र ३ हजार। कस्तो विडम्बना हगि। उनीसितको कुराकानी र नेताका कुकुरहरुको चर्तिकलालाई समेटेर साथी प्रेम बानियाँले केही अघि एटिभीका लागि एउटा कार्यक्रम बनाएका थिए। हेर्नुस् त्यही कार्यक्रमका केही अंश-
माधवकुमार नेपाल र पशुपति शमशेर राणाको घर र त्यहाँ उनीहरुले पालेका कुकुरको भिडियो हेर्नुस्-
अनि सूर्यबहादुर थापाको घरमा पालिएको नेपाल कै सबैभन्दा अग्लो हुनसक्ने भनिएको कुकुरको चर्तिकला हेर्नुस्-
No related posts.









मान्छेको परिवारको सदस्य मान्छे भएजस्तै कुकुरको परिवारको सदस्य कुकुर हुनु ठिकै हो। सबैलाई आँफै जस्तो मात्रै मन पर्छ । त्यसैले नेता र उनिहरुका कुकुर उस्तै उस्तै रहेछन हैन त? ।
मन परे हरियो, नपरे रातो
3
1
NO COMPLENT BECAUSE BOTH ARE SAME NAME.
FRIEDS, WE KNOW
THE WORD ‘KUKKUR’ = KUKKUR & NETA BOTH ARE SAME BUT DIFFERENT THEM ONE KUKKUR HONEST ONE KUKKUR BEMAN HARRAM
ISN’T IT?
ARE U AGREE?
I’M ALSO HAPPY & AGREE WITH SURESH, JP’S POEM
THANKS SURESH JI
मन परे हरियो, नपरे रातो
1
0
घुस खानेहरुको कुकुर निकै गहकिला नै हुंदा रहेछन,भुस खानेको चंही लुते नै हुंदो रहेछ भन्ने देखियो,कुकुर
नेताहरुको मात्र किन?निजामती र संस्थान को टाउकेहरुको पनि यसो देखाई दिंदा के फरक पर्छ.
मन परे हरियो, नपरे रातो
1
0
कुकुर पालेर जनावर प्रितिको सद्भाब देखाऊने महान नेता हरुले दसैमा कतिवटा खसी माथि माया पोखे त्यो थाहा पाऊन पाए पो यथार्थ खुल्थ्यो।
ज्यान दिएर ऊनिहरुलाई जिताऊन लाग्ने गाऊका दाजुभाई हरुका छोराछोरी खान नपाएर हाड-छालामात्र भईसके, ऊनिहरु यहा ३०००० खर्च गरेर कुकुर पालेर सान देखाऊछन्। सारै महान छन् हाम्रा नेता हरु!!!
मन परे हरियो, नपरे रातो
1
0
yesari deshma ramro lai ramro naramro lai naramro bhanne abastha patrakar le nai nalyay kasle lyaune?
मन परे हरियो, नपरे रातो
0
0
netako bhane pachhi kukur biralako charcha garne,khoi sadak balbalika rekhdekh garneko charcha?
मन परे हरियो, नपरे रातो
0
0
deshdrohi magante chor blogger
मन परे हरियो, नपरे रातो
0
0
sarai ramro kam garnu bhayo derai derai dhannebad
मन परे हरियो, नपरे रातो
0
0
त्यो कुकुर मा खर्च हुने पैसाले एउटा सडक बालक को उद्धार गरे पनि कुकुर का मालि हरु कुकुर भन्दा कती माथि uthe होलान्, हरे मेरो देश र देश हाँक्ने मेरा नेता हरु । यो कुकुर तिहार को बेला, कुन तिमी र कुन तिम्रा कुकुर हरु हुन छुत्यौनै गाह्रो भयो।
मन परे हरियो, नपरे रातो
1
0
सबै ठुल्ठुला नेताहरु कुकुर शौकिन रहेछन् र त तिनै कुकुरका गुणहरु दुरुस्तै नेताहरुमा सरेको ! ‘मालिकभक्ती’ र ‘मालिक प्रती वफादारी’ !
त्यो शेरबहादुरको कुकुर शौख देखेर त यत्ति त्यो मान्छे प्रति यति घ्रीणा जाग्यो कि । सुदुर पश्चिमका गरीब नेपाली जनताका भोट जितेर नेता भै टोपलेको त्यो शेरेले महिनाको ३०,००० कुकुरको लागि खर्च गर्नुको साटो त्यही सुदुर पश्चिमका केही गरीब केटाकेटीहरुको शिक्षामा खर्च गरिदिएको भए कति राम्रो हुन्थ्यो ।
मन परे हरियो, नपरे रातो
1
0
मलाई अरु को कुकुर देखेर केही भएन तर शेरबहादुरजीको देखेर कस्तो कस्तो लाग्यो। किनभने तेत्रो धेरै कुकुर पाल्न भन्दा समाजवादी नेताले गरीब दुई तिन जाना विद्यार्थीको पढाईमा लगनी गरेको भए राम्रो हुनथ्यो । कृपया कसैले पनि मेरो यो मेसेज शेर बहादुरजीसम्म पुरयेदिनुहोला । तपाईंले त यो काम गर्न सक्नु हुन्छ नि प्लिज पत्रकार महोदय । मेरो नजरमा उहा अब नेता होइन । नेपाल जस्तो गरीब देस को समाजबादी नेता को ताल देख्दा मलाई त लाज लाग्यो । धन्यवाद ।
मन परे हरियो, नपरे रातो
0
0
kukur haru chahe tomy houn sheri haun hery haun . tii kukur nai hun, tes karan ti kukur haru ko kuny doschha bhahnnu uchit na hoolas, jaha samma netaale kukur palleko kuraa chha saauth asiyaa ma parewa ra dhukur paalnu bhnadda raajnetaa harule kukur palne kura maa badhi chaso dekhinchha kinaki nepal ma ta janta palan pardynna , yauta paasport bnayara diyahunchhha. yhaakaa janata kaa chhhoraa haru global bazra maa paauroti ka nimti ghumnchhan ani yaha kaa cheli haru thupry gb road ko besyalayako kotheri maa runchhan. janata lai jabfdehita nahune jo kuny netaa harule pani kukur paldaa thik hunchhha. yasllai anytha na lidaa thik hoolani kaso mitra haru ho????????
मन परे हरियो, नपरे रातो
0
0
sathi ho ma pani yeuta kukur ra manchheko barema tapain harulai sunauchhu. ma belgium ma baschhu mero sano buesness pani chha . yehan yek jana portugese family ma sanga kam garchhan. usko nam ho rui .usko didi sasuko ma yeuta kukur chha barsai pichhe uskee didi sasu le tyo kukurko birthday manauche lagbhag 50 euro ko cake matra katche naya kapada kinidinchhe dherai thari chaklet haru kinche uska aru kukur sathiharulai pani invite garchhe ani dherai mancheharulai pani olauche. lastyear ko birthday ma usle uskoma kam garne yek jana nepali sathilai chaklet kinera liuna lagai tara usle ali sasto paisako low quality ko chocolatliyera aayeko thiyo .tesaile tyo choklet kukurlai nadiyera tyo liune sathilai nai die ra pheri arko naya chaklet liuna lagai kukurko lagi.so we can think now what the reech people make diffrent to poor people .but it does not aply for all people.
मन परे हरियो, नपरे रातो
0
0
रमाइलो लाग्यो , अब इ कुकुरहरु लाई र नेता लाई नेपाल को राजनीति को बारेमा सोधने हो की के हुन्छा भनेर? देउबा को कुकुर र राणा को कुकुर को त परिवारिक सम्बन्ध छ जस्तो छ नि ?
नेता त कुकुर को बारेमा कती सम्बेधनसिल रहेछन. गाई धेरै ले लुकॉदा रहेछा.
मन परे हरियो, नपरे रातो
0
0
neta harule afnai puja gare huncha ni!
मन परे हरियो, नपरे रातो
0
0
sheer bahadur ra sheer bahadur ko kukur ko anuhaar kaya mile ko ho! badhai cha deuba ji timro cloning tayaari rakhe ko maa.
मन परे हरियो, नपरे रातो
0
0
tapai ko kukur chhahi ni khoita???
मन परे हरियो, नपरे रातो
0
0
AFNU AFNU BHAGYA KO KURA HO’KUKUR PANI HAAMI MANAV JATIYE PASU PRANI HO’TESUSLE KUKUR KO DAHA GAREKA KOHI DAJU RA DIDI HAROO KO BICHAR MA ALI PHARAKILO GARI SOCHAI KO SAMARTHAN GARNE THIYE.PRATEK CHIZ KO SRIJHANA GARNE PRAKRITIK NAI HOON.TSHMA MANIS CHAI ALI BADHI NARAMRO.
मन परे हरियो, नपरे रातो
0
0
सुरेश जि बहुत राम्रो लेख एस्तो कुरा ति फटाहा नेता हरु ले बुज्दैन के गर्नु हो साथी । अब त ति फटह नेता हरु लाई तपाईं हामी जस्तो देश भक्ती ले लेखे को लेख तीन को घर को भित्त हरु म तस्नु पर्ल जस्तो छ । नयाँ तरिक को हद्तल भनेर
मन परे हरियो, नपरे रातो
0
0
प्रचन्ड का कुकुर हरुको बारेमा सोधेको त कमेन्ट नै निकालिये छ नि dude !
मन परे हरियो, नपरे रातो
0
0
म मान्छे भएर सडक मा छु
उ कुकुर भएर महल म छ
म अरुले फाकेको भात् खन्छु
उ चिकेन खान्छ
म सडक पेती मा सुत्छु
उ नेताहरुका बेद रूम मा सुत्छ
तै पनि म मान्छे भएकोमा गर्व गर्छु
शायद उ कुकुर भएकोमा
मेरो त कुनै भाउनै छैन
उस्को त असी हजार रे
म त आमा बुवा बिनाको तूहुरो
उस्लाई त देश का ठुला नेताहरुको आसिर्बद छ
तै पनि म मान्छे भएकोमा गर्व गर्छु
शायद उ कुकुर भएकोमा
यि नेताहरु मेरै नाम मा दलर कमाउछन
मलाई सडकमा छोडेर घरमा कुकुर पाल्छन
मेरा फोटो बिदेशमा बेची धन कमाउछन
अनी, यि कुकुरका चै फ्यान क्लब नै चलाऊछन
तै पनि म मान्छे भएकोमा गर्व गर्छु
शायद उ कुकुर भएकोमा
कहिले काही लाग्छ,
मान्छे हुनु भन्दा त कुकुर भएको भये हुन्थ्यो
नेताकै घरमा जन्म लिन पाये हुन्थ्यो ///
मन परे हरियो, नपरे रातो
0
0
sher bahadur and his dog is same.
मन परे हरियो, नपरे रातो
0
0
मान्छे को परिवार को सदस्य मान्छे हुन्छ, कुकुर को परिवार को सदस्य कुकुर हुनु ठिकै हो। सबै लाई आँफै जस्तो मात्रै मन पर्छ। इन्दिरा गान्धी को हत्या भये पछी राजिव गान्धी ले भनेको थियो मेरो आमा ले कुकुर लाई बडीगार्ड राखेको भये आज एसरी हत्या हुँदैन थियो। यि नेता हरु ले कुकुर सँग स्वामिभक्ती सिकेर जनता लाई मालिक माने भने राम्रै हुन्छ।
आयुश शर्मा
वासिङ्टन, डिसी
मन परे हरियो, नपरे रातो
0
0
कुकुर इमान्दार हुन्छ रे अनी माया गरेका होलान नि त मान्छेको जातै बैमानी भन्छन । भोट दिये इमान्दार त्यै पनी भोट गनिसकुन्जेल मात्र । जितेको घोषणा भएपछी त आफ्नै खुबी र इमान्दरिताले जितेको नत्र अरुले जितिहाल्थे नि भन्छन।
कुकुरले जाडो महिनालाई गनाउने महिना भन्छ रे । कुरो के रहेछ भने जाडो महिनामा कुकुर आफ्नो थुतुनो पुछर मुनी लुकाएर डल्लो परेर सुत्तो रहेछ अनी पुच्छर मुनिबाट अपान बायु नछोड्ने कुरै भएन त्यसैले गनाउने रहेछ अनी यस्तो गनाउने महिना कहिले जान्छ भन्छ रे । तर गन्हाएका नेताजी हरुको घरमा बस्नुनपरे पनि हुन्थ्यो चै भन्छ कि भन्दैन कोनी। कुकुर त सबै कुरा सुघेर नै थाहा पाउने जात नेताजी हरुको भ्रस्टाचार चै थाहा पाउदैन क्यार । हुनत उसलाई पनि समस्या होला मालिक मान्नु कि अपराधी ठान्नु । फेरी दुध , भात पाउरोटी , औषधी उपचार् नुहाइ धुवाइ आदिको लोभ नै त होला।
मन परे हरियो, नपरे रातो
0
0
kukur kukur sangai mil cha vanchan tesaile hola neta harule paleka
मन परे हरियो, नपरे रातो
0
0
teti dherai neta ko kukur dakhayera hamri didi sujata ko chai khoi kina nadekhayeko malai chitta dukkhchha arko sal ko kukur tiharma sujata didi ko gharma gayera uhale paleko dango kasto chha ?german ko elsesan hunu parchh tyo jiant hola pakka dekhaunu hai sathi
मन परे हरियो, नपरे रातो
0
0
कुकुर पाल्नु त आफ्नो आफ्नो सोख को कुरा हो। तर यो शेर बहादुर को घरमा बस्ने त्यो कुकुर हेर्ने मान्छे को चाँही बिजोगै रहेछ। कुकुर भन्दा मान्छे को खर्छ कम लाग्दो रहेछ। फेरी त्यो शेर बहादुर लाई किन तेत्रो कुकुर पल्नु पर्ने हो। नेता हरु धेरै नै सोखिन भाका छन । एएस्ता नेता ले केको देश बिकास गर्नु।
माधव कुमार को र पसुपती को कुकुर पल्ने तरिक त normal नै रहेछ। ठिकै लाग्यो।
अनी त्यो सुर्य बहधुर को कुकुर को menu पनि interesting nai रहेछ ।
एस्तो महँगो कुकुर पल्नु भन्दा त घरमा औने मान्छे लाई अफ्फै भुक्ने आँफै टोक्ने गर्नु ramro hola..
मन परे हरियो, नपरे रातो
0
0
After all dog is dog they truely recognige their species.so the bond is strong between them and janata who cares, they are not litte more worth than our tommy or butte.
मन परे हरियो, नपरे रातो
0
0
जे होस् माधव नेपालले आफ्नै साइज को कुकुर पलेका रहेछन । रमाइलो लाग्यो
मन परे हरियो, नपरे रातो
0
0
Butte ra surya bahadurki buhariko jodi ramro millya chha.
मन परे हरियो, नपरे रातो
0
0
Kukur Tihar ma ta Kukur ka Neta ko baarema lekhnu parne haina ra?
मन परे हरियो, नपरे रातो
0
0
नेताहरुले जनतालाई नै कुकुर जस्तो व्यवहार गर्छन|
१. तिहारको बेला कुकुरको पुजा गरिन्छ चुनावको बेला जनताको|
२. कथित जनयुद्द भनेर माओबादीले जनतालाई कुकुरसरी मारे, तल्कालिन सरकारले पनि त्यहि व्यवहार गर्यो|
३. जनता पनि कुकुर जस्तै छन मालिकलाई जस्तो नेताको पछि पुच्छर हल्लाई हिड्छन्|
४. मालिक बाहिरजाँदा घर कुर्ने जस्तै नेता बाहिर जाँदा देश कुर्ने जनता हुन| अनि मालिकले के ल्याईदेला जस्तो नेताले के ल्याईदेला भनेर वरिपरि घुम्यो|
५. खेर गएको भात र हड्डिको भरमा कुकुर बाँच्छ, जनता पनि त्यहि हुन नेताको जुठोमा हुर्किनु पर्छ|
मन परे हरियो, नपरे रातो
0
0
makune ko ramro hai———————————————————————
मन परे हरियो, नपरे रातो
0
0
kukur ra kukur malikko tasbir dajer herda ta ………….. dekhinchha ni hagi.
मन परे हरियो, नपरे रातो
0
0
मनिस जातका कुकुरहरु लाई यि कुकुर जातका कुकुर देख्दा इर्सा लाग्छ होला हगी ?कुकुर जातका कुकुरहरुलाई कहिलै नेताको पछी पछी नारा जुलुसमा जानु पनि नपर्ने बन्दुक गोला बारुद बोक्नु पनि नपर्ने ,दलाल ,तस्करसग पैसा उठायर नेताकोमा पुर्याउनु पनि नपर्ने |हेर घरमा बसी बसी कती खाइलाग्दा अझै सुसारे पनि पाउने नेताले मुसारी पनि दिने क्या आनन्द यि कुकुर जातका कुकुरहरुलाई |मनिस जातका कुकुरहरु लाई अल्ली गाह्रो हुन्छ होला बफादारी निभाउन यिनलाई भन्दा हगी ?
मन परे हरियो, नपरे रातो
0
0
Darlagdai sanga palda rahechhan hao kukur ta, Netaharule.
मन परे हरियो, नपरे रातो
0
0
नेता नेता को त बिचार मिल्दैन
देश बनाउने कुरामा सधैं झगडा गर्छन्।
कुकुरहरु पनि एकापस मा मिल्दैनन
आफ्नोचरित्त्र सँग मिल्ने भएर होला नि
धेरै खर्च गरेर पालेका डाँकाहरु।
मन परे हरियो, नपरे रातो
1
0
नेताको कुकुर त हेरियो अब पार्टीहरुको कुकुर (वाइस्यल्, युथ फोर्स, तरुन दल्, रक्षा बहिनी आदी) हेर्न पाए हुन्थ्यो ।
मन परे हरियो, नपरे रातो
2
0
नेता र उन्का कुकुर उस्तै उस्तै रहेछन हात्ती र हात्ती छाप चप्पल जस्तइ ।
मन परे हरियो, नपरे रातो
1
2
Neta haru ko chala Kukkur ko jattiko pani chhaina hai.
Hahahhahahaha
Kukur Tihar ma Neta lai puje kaso hola.
मन परे हरियो, नपरे रातो
1
2
sathi kukur lai neta sanga compare nagarau hola. kukur ko afno astito ra mahato chha.
मन परे हरियो, नपरे रातो
0
0
I totally disagree with this comment! Dogs are the most faithful living being in this world at least to their masters. Nepalese Netas, each and every one of them, are exactly the opposite of being faithful, to their people. So, it is really offensive to the Dog community that they are compared to the Nepalese Netas! NOT JOKING!!!
मन परे हरियो, नपरे रातो
0
0
सुनिधी जि
जनताहरुलाई कुकुर जस्तो नभनौ स्वाभीमानी जनताहरु पनि छन |अनी जनतामा त तपाईं आँफै पनि पर्नु भो कि कसो हो ?
मन परे हरियो, नपरे रातो
0
0
पतीभक्ति त मर्दैन जस्तै पती भएपनि
देशभक्ति त मर्दैन चुत्थै देश भएपनि
सुनिधिजी गाली गर्नु छ भने यी नेताहरुलाई मनखोलेर गर्नुस तपाईलाई अधिकार छ । तर मजस्तो एउटा स्वाभिमानी नेपालीलाई यत्ति तल्लो स्तरमा उत्रिएर गाली गर्ने अधिकार तपाईंलाई छैन । यदि जनता तपाईंले भनेजस्तै हड्डी वरिपरि घुम्ने कुकुरजस्तै भएको भए आज श्री ५ महाराजधिराज ज्ञानेन्द्रवीर विक्रम शाहदेव पूर्व राजा ज्ञानेन्द्र वा व्यापारी ज्ञानेन्द्र शाह हुनुपर्थेन होला ।
१ .नेताले चुनावका बेला पूजा गर्ने जनता सायद तपाईंजस्तो हुनुपर्छ । जस्तोकी एउटा कुकुरलाई खाने कुरा देखाइ दियो भने केहिबेरसम्म पुच्छर हल्लाउँदै पछि लाग्छ । अनि नपाएपछि दाह्रा नंग्रा देखाउँदै भुकेर हिड्छ । जुन तपाईं अहिले गरिराख्नु भा छ कि ।
२.जनयुद्धमा माओबादीले कत्ति निर्दोषलाई कुकुरजस्तो गरेर हैन कुकुर जस्तो भएर मारे त्यो कुरा पनि बुझि राखौं । तपाईंको वस चल्ने भए तपाईं दोश्रो लोकतान्त्रिक आन्दोलनका क्रममा शहीद भएकाहरुलाई पनि कुकुर बराबर ठान्नुहुन्छ होला । तर त्यही जनयुद्ध र जनआन्दोलनमा होमिएर प्राणको बलिदानी दिनेमाथि गर्व गर्नेहरुको पनि कमी छैन नेपालमा ।
३. सुनिधिजी नेपालीमा एउटा पुरानो उखान छ जस्तो आफू उस्तै च्यापू
४. मालिक बाहिरजाँदा घर कुर्ने कुकुरको वफादारी र इमान्दारी त्यसमा कुनै स्वार्थ वा लोभ लुकेको हुँदैन तर तपाईं हामीजस्ता सर्वश्रेष्ठ प्राणीहरुमा त्यो स्वभाव र बुझाइ छैन । नेता बाहिर जाँदा होस या भित्रै हुँदा देश कुर्ने जिम्मेवारी र दायित्व पनि हामी जनताकै हो । त्यो पनि देश रहेपपछि न हामी रहौला भनेर कुरेको हो कसैले केहि देला भन्ने आश हुने भएपनि सुस्ता अहिलेसम्म विहार भैसक्ने थियो होला हजूर । सु्स्तावासीले डटेर आफ्नो सीमा र मातृभूमिको रक्षा गरिरहेका छन के नेताले केहि देला भनेर हो र ।
५. खेर गएको भात र हड्डि खाएर जनता हैन नेताहरु बाँचेका छन भन्नुस तपाईंलाई पनि अलि शिर ठाडो गर्ने अवसर मिल्ला । तपाईं हामीले पसिना बगाएर कमाएको रकममध्येबाट यो देश चलाउन नेता मन्त्री र कर्मचारी पाल्न हामीले तिर्ने कर र राजस्वबाट यो देश चलेको छ । जुन हाम्रो राष्ट्रिय कर्तब्य पनि हो ।। त्यसलाई तपाईं के भन्नु हुन्छ ।
मन परे हरियो, नपरे रातो
0
0
Aina[mirror]here hunchha ni badal ji ………………
मन परे हरियो, नपरे रातो
0
0
पार्टीकै मान्छे हुनु हुदो रहेछ ।
मन परे हरियो, नपरे रातो
0
0
thikai vannu vo Noha ji afno ghar chhana mata pati pauwama basne patikai manchhe pare.
मन परे हरियो, नपरे रातो
0
0
Biplav ji afnai saisko vannya tapaiko hoki makuneko?
मन परे हरियो, नपरे रातो
0
0
अनि झक्कु प्रशादको कुकुरको साइज खै त?
मन परे हरियो, नपरे रातो
0
0
कस्तो स्वाभीमानको कुरा गर्नु भएको सन्दिप सागर जी?
जिउँदो धोतीले नेपाली ठगेको सर्वबिधितै छ, हुँदा हुँदा मरेको चाईनिज माओले सुद्द नेपालीलाई ठग्यो| नेपालीले त पूर्खाले सिकाएको स्वाभीमान त बेचेरै खाईसके| बिदेशीको प्रत्यक्ष उपस्थिती नभएको मात्र हो तर बिचार, सिदान्त, प्रभाव त बिदेशी कै छ | देखि हालियो नि माओबादी, काँङ्ग्रेस, एमाले सबैका भारत भक्ति, अमेरिका भक्ति!!! अरु केहि भन्नु छ र ?
मन परे हरियो, नपरे रातो
0
0
haha tilak ji hasaunu bhayo…
मन परे हरियो, नपरे रातो
0
0
Kina tapai lai thaha chaina… waha le kukoor planu bhanda mirror ma herdai sasto parne bhayekale, rakhnu bhayeko chainai re.. Ani hizo pani mirror herera aafailai puja garnu bhayecha ni……
मन परे हरियो, नपरे रातो
0
0
सुनिधीलाई यो भन्दा दर्हो जवाफ अरु हुन सक्दैन।
धन्यवाद बिनु जी।
मन परे हरियो, नपरे रातो
0
0
tapaeko yo aadarsi bichar ta man paryo tara 1st linema pati bhakti ta mardaina papi pati vaya pani huna parne hoina ra?
मन परे हरियो, नपरे रातो
0
0
बिनु,
जस्तो आफ त्यस्तो च्यापु !!! तपाँईमा नै चरितार्थ उखान हो| भो भो शब्दको भेल नभगाउनुहोस,शब्दले मात्र पेट भर्ने भए नेपालीलाई सँधै दशैं र तिहार नै छ| बोलेरै हुने भए के के भई सक्थियो सक्थियो| नेपाली जनताले धेरै सुने आश्वासनका कुरा, क्रान्तिका कुरा |आखिर त्यो सब नेताले आफ्नो जोहो गर्ने बाहेक केहि छैन रहेछ| तपाँई पनि आफ्नो जोहो गर्दै हुनु हुन्छ जस्तो छ| गर्नुस मज्जाले अहिले नै हो मौका, भोलि जनताले यथार्थ थाहा पाउलान र ज्ञाने को श्री ५ जस्तो तपाँईहरुको श्री १०० पनि झर्न बेर छैन|
कुकुर तिहारको बेलामा तपाँईको कुकुरको जस्तो नेताप्रतिको वफादारितालाई मुरि मुरि बधाई| आफ्नो घरमा आएको आगन्तुकलाई कुकुरले भुकेर तर्साउन खोजे जस्तै तपाँईको भुकाईले पनि त्यस्तै भाव पोख्दछ| अर्को साल भुक्न पाईने हो कि होईन यस पाली मजाले भुक्नुहोस|
मन परे हरियो, नपरे रातो
0
0
ghalko lali ootha maa
aaienaa heardaa kukur dakhchu aafai lai kaalo kot maa
मन परे हरियो, नपरे रातो
0
0
kura bharat bhakti, america bhakit hoina….help linu (in technology, in term of loan) for the development thick kura ho….tara teslai miss use garnu galat kura ho.
Tesai le america bhakti ra bharat bhakti na vani halu…lets wait and watch
मन परे हरियो, नपरे रातो
0
0
तपाईंको कुरा 100% सही हो।
मन परे हरियो, नपरे रातो
0
0
karyakarta lai tarsaunu paryo ni cyclist ji.
मन परे हरियो, नपरे रातो
0
0
kukur agyani pashu bhae pani bolaepachhi aaunchha tara hamra neta haru chunab ma janata le diyeko mandate bhhujna pani sakdainan.tasartha janta le bolaera naaaune hamra kukurharulai agultale hirkaera dando kataidea kaso hola.
Haaaaaaaaaaaaaaaaaaaaaaaaaaaa.
मन परे हरियो, नपरे रातो
0
0
thanx for correction anju ji
मन परे हरियो, नपरे रातो
0
0
सर्वप्रथम प्रतिक्रियाको लागि धन्यवाद सुनिधिजी ।
सायद मेरो टिप्पणीले तपाईंको चित्त दुखाएछ त्यसको लागि माफी चाहन्छु । मेरो उद्देश्य तपाईंको चित्त दुखाइ थिएन । तपाईंको लेखाईले मेरो मनको अन्तरकुन्तरमा रहेको देशभक्ति र स्वाभिमानको शान्त तलाउमा ढुंगाले हानेझैं अशान्ति बनाएको हुनाले त्यसैबाट निस्किएका तरंगहरुलाई शब्दमार्फत प्रकट गरेको मात्र हो । यसरी यहाँ लेखेर कसैको चाकडी चाप्लुसी हुने र जोहो हुने भैदिएको भए सायद यसरी लेख्ने ठाउँ भेटिने थिएन होला। प्रतिक्रिया जनाउने नाममा तपाईं यति विघ्न तल्लोस्तरमा झर्नु हुन्छजस्तो मलाई लागेको थिएन । तैपनि ठीकै छ कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धि भन्छन । हो म कुकुरजत्तिकै वफादार छु तर तपाईंले भनेजस्तै कुनै नेताको हैन यो देश र यो माटोप्रति । यसलाई तपाईंको बौद्धिकताले जुन संज्ञा दिएपनि म सहर्ष स्वीकार्न तयार छु । मैले तपाईं यसअघि पनि भनेको थिएँ कि जत्ति गाली गर्नुछ ती नेतालाई गर्नुस विचरा जनतालाई किन गाली गर्नुहुन्छ । विचराहरु सधैंजसो अभाव प्रभाव र दबावमा परिरहन्छन तिनलाई यस्ता ठाउँमा उभिएर आफ्नो बौद्धिक दरिद्रता प्रदर्शन गर्नु मात्र हो जस्तो लाग्छ मलाई । ती जनताल जसको पेट भलै भोको होस तर उनीहरु देशभक्तिका र राष्ट्रभक्तिका कुरामा तपाई हामीभन्दा कम छैनन उनीहरुको आवाज मात्र बोल्दिन खोजेको मैले । तपाईले भनेजस्तै नेताका अगाडि पछाडि लागेर अरौटेभरौटे भएर मौकाको फाइदा उठाउनेहरुको पनि कमी छैन यो देशमा । तिनैले गर्दा आज देशको हालत यस्तो भएको हो । दुःखका साथ भन्नुपर्छ त्यस्ता ठाउँमा फेरि तपाई हामीजस्ता स्वघोषित बुद्धिजीवीहरु छौ । त्यसो भन्दैमा जसले सच्चा मनले देशको माया मनमा पालेर देशको इज्जत र गौरव साँचेर बसेको छ तिनलाई यहाँ घानमा हालेर गाली गर्ने अधिकार कसैलाई छैन भन्ने मेरो आशय
हो । मैले तपाईंलाई सुस्तावासीको उदाहरण दिएको थिएँ जसले नांगो जीउ र भोको पेट भारतीय विस्तारवादी नीतिसंग जुधिरहेका छन । तपाईंले आरोप लगाएझैं उनीहरु पनि झर्ला र खाउँला भनेर मुख बाएर बस्ने हो भने सुस्ता नवलपरासीमा हैन भारतको विहारमा पर्छ भने । सायद तपाईंको बौद्धिकताले उनीहरुको यो मातृभूमिप्रतिको स्नेहलाई पनि खरिद बिक्री गर्ने खालको देख्यो होला । मैले लेखेको कुरालाई तपाईंको भनाईअनुसार मेरो भुकाईलाई तपाईंले चाकडीयुक्त नजरले हेर्नु भयो होला त्यसैले त्यस्तो देख्नु भयो । आफ्नो आँखा अगाडिको चश्मा उतारेर हेर्नुस सुनिधिजी त्यो मेरो भुकाई नेताहरुको चाकडीका लागि हैनकी उनीहरुलाई खबरदारीका लागि हो । मेरो देश र मजस्ता थुप्रै नागरिकका भावनामाथि कुठाराघात नगरुन भनेर भुकेको हो । सायद तपाईंलाई पनि थाहै होला कुकुरको भुकाई पनि दुई किसिमको हुन्छ एउटा घरको सुरक्षाका लागि जसलाई तपाईं मेरो भुकाई पनि मान्न सक्नुहुन्छ । र अर्को भुस्याहा भुकाई जो जुनसुकै बेला पनि बिना कारण जो पायो त्यहिमाथि वर्षिनसक्छ । अरु त के भनौ र मजस्तो अल्पज्ञानीले । फूलको आँखामा फूलै संसार
काँडाको आँखामा काँडै संसार
मन परे हरियो, नपरे रातो
0
0