युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

आउनुस्, एकछिन ज्योतिषशास्त्रभित्र प्रवेश गरौँ

अलर्क

ज्योतिषशास्त्रसँग हाम्रो समाजको शङ्का, डर र विश्वासको अनौठो सम्बन्ध छ। हाम्रा पत्रिकाको एउटा आकर्षण राशीफल हो। मैले पत्रिकामा राशीफलबाहेक अरू पढ्दै नपढ्ने मानिस धेरै देखेको छु। प्रायः हामी सबैलाई आफ्नो राशी थाहा छ। अनि कतै राशी चरित्र वा त्यस्तै वर्णन गरेको फेला पर्यो भने हाम्रो आँखा त्यतातिर गइहाल्छ। त्यस्तै हात हेर्ने अर्को विद्या छ। हामीमध्ये कतिले हात हेराएका छौँ होला, र कतिले चाहिँ डरले नहेराएको पनि हुन सक्छ केही नराम्रो भनिदियो भने भनेर। कतिपय हामीहरूले रङविरङका पत्थर जडित औँठीहरू औँलामा लगाएका पनि होलाऊँ – हरियो, सेतो, पहेँलो आदि पत्थरका। कुन रङको पत्थर कुन औँलामा लगाउने भन्ने पनि शास्त्र छ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा चारै औँलामा औँठी लगाउँथे प्रधानमन्त्री हुँदा। त्यस्तै पूर्व प्रधानमन्त्री कोइरालाको हातमा पनि हामी विभिन्न रङका पत्थरजडित औँठी देख्छौँ।

ज्योतिषशास्त्रको काम भविष्यवाणी गर्नु हो – व्यक्तिविशेषको जीवनसँग सम्बन्धित र राष्ट्र, राजनीति आदिको पनि। त्यति मात्र होइन ज्योतिषशास्त्रले भूकम्प, ग्रहण आदिको पनि भविष्यवाणी गर्छ। व्यक्तिगत जीवनसँग सम्बन्धी भविष्यवाणीलाई चाहिँ मार्गनिर्देशनको रूपमा अपनाउने मानिसहरूको ठूलो जमात छ। के गर्दा राम्रो हुन्छ? नराम्रा कुरालाई कसरी पन्छ्याउने? आदि। यससँग सम्बन्धी एउटा रमाइलो प्रश्न हो – के त ज्योतिषीको कुरा पुग्छ त? यसमा विश्वास गर्ने मानिसहरूलाई सोध्नुभयो भने उनीहरू भन्छन् केही न केही पुगेकै छ। फ्रान्सका नोस्त्रादेमसले सोह्रौँ शताब्दीमा २००० वर्षको लागि लेखेको भविष्यवाणी सबै पुगिराखेको छ भनेर विश्वास गर्ने मानिसको ठूलै समूह छ पश्चिममा।

ज्योतिषशास्त्रको प्रारम्भ मेसोपोटामियाको प्राचिन सभ्यतामा नै भएको थियो। ग्रिस हुँदै भारतमा पनि त्यही विद्या फैलिएको हो भन्ने विद्वानहरूको धारणा छ। भारतीय उपमहाद्विपमा अहिले अभ्यास गरिँदै गरिएको ज्योतिषशास्त्रमा धेरै विविधता छ, र पश्चिमाको दाँजोमा धेरै कुरा थपिएको पनि छ। यहाँको सामाजिक परम्परा, दर्शन, स्थानीय विश्वास आदिको आधारमा यसको रुप नै अर्को जस्तो भैसक्यो। ज्योतिषशास्त्रको मूल आधार पृथ्वीकेन्द्रित खगोलविज्ञान हो। पृथ्वीलाई केन्द्रमा राखेर सूर्य, चन्द्र र अरू ग्रहहरू परिक्रमा गरिरहेका हुन्छन् भन्ने आधारभूत मान्यतामा परम्परागत ज्योतिषशास्त्र अडिएको थियो। पश्चिममा यो धारणामा परिवर्तन आए पनि हाम्रोमा भने त्यो आधारमा परिवर्तन आएको छैन। प्रत्येक ग्रहको आफ्नो प्रकृति हुन्छ र ब्रह्माण्डको आफू रहेको ठाउँअनुसार विभिन्न खालका प्रभाव पैदा गरिरहेको हुन्छ भन्ने विश्वास यसको आधार हो। पृथ्वी र यहाँका घटनाक्रम वा मानिसहरूमाथि यी प्रभावले निम्त्याउने परिणामको भविष्यवाणी गर्नु नै ज्योतिषशास्त्रको मुख्य उद्देश्य हो।

कुरा सुरु गरौँ राशीबाट। राशीहरू मूलतः काल्पनिक तारापुञ्जहरू हुन्। सूर्यले पृथ्वीको वरिपरि ब्रह्माण्डमा घुम्ने बाटो वृत्त (वास्तवमा केही दीर्घवृत्त) ३६० डिग्रीको हुन्छ। यसलाई १२ भागमा विभाजन गरिएको छ, प्रत्येक ३०/३० डिग्रीको। यो ३० डिग्रीभित्र जुन नामको तारापुञ्ज पर्दछ, त्यो राशी भनेर जानिन्छ। यी राशीहरू हुन् – मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मिन। एकमा मेष र एवम् क्रमले बाह्रमा मिन। यिनीहरूले मोटामोटी रूपमा यिनै शब्दहरूले सङ्केत गरेका तारापुञ्जको आकारलाई निर्देशित गरेका हुन्छन् – मेषको मतलब भेँडा, वृषको मतलब साँढे आदि। अनि त्यस्तै ग्रहहरू भए सूर्य, चन्द्र, बुध, शुक्र, मङ्गल, वृहस्पति र शनी – जम्मा सात। यीबाहेक पूर्वीय ज्योतिषमा दुईवटा काल्पनिक ग्रहहरू राहु र केतुलाई पनि छन्। यिनीहरू वास्तवमा चन्द्र कक्ष र सूर्य कक्ष काटिएका विन्दुहरू हुन्, भौतिक ग्रहहरू होइनन्। त्यसैले जहिले पनि यिनीहरू परस्पर विपरित दिशामा रहेका हुन्छन्। ज्योतिषशास्त्रले राशी र ग्रहहरूको नैसर्गिक सम्बन्ध रहेको मान्दछ। राशीसँग नैसर्गिक सम्बन्ध रहेको ग्रहलाई त्यो राशीको स्वामी भन्ने गरिन्छ – मेष-मङ्गल, वृष-शुक्र, मिथुन-बुध, कर्कट-चन्द्र, सिंह-सूर्य, कन्या-बुध, तुला-शुक्र, वृश्चिक-मङ्गल, धनु-वृहस्पति, मकर-शनी, कुम्भ-शनी, मिन-वृहस्पति। राशी स्थिर रहन्छ। ग्रहहरू गतिशील। कुनै खास समयमा ग्रहहरू आफ्नो भ्रमणको क्रममा कुन राशीमा पुगेका हुन्छन्, त्यही आधारमा कुण्डली निर्धारण हुन्छ।

सम्बन्धित राशीहरू यी ग्रहका नैसर्गिक घर हुन्। आफ्नो स्वभावअनुसार ग्रहले सम्बन्धित घरको प्रवृत्तिलाई कमजोर पार्ने वा बल दिने गर्दछ। आफ्ना आफ्ना घरमा भएका बेला यिनीहरू बलवान हुन्छन्। ग्रहहरूबीच शत्रुभाव, मित्रभाव वा समभावको सम्बन्ध रहेको हुन्छ। शत्रुको घरमा पुगेको बेलामा ग्रह कमजोर हुन्छ। ज्योतिषशास्त्रको खास रमाइलो यी ग्रहहरूमा आरोपित विभिन्न अर्थहरू हुन्। मङ्गल ग्रहको रङ रातो हुन्छ, त्यसैले यसले रिस, युद्ध, लडाईँ आदिको सङ्केत गर्दछ। त्यस्तै वृहस्पतिलाई देवगुरु मानिन्छ र वृहस्पतिले शिक्षा र विद्वताको सङ्केत गर्दछ। वृहस्पति प्रधान भएको व्यक्ति विद्वान हुन्छ भनेर ज्योतिषहरू भविष्यवाणी गर्दछन्। शुक्र दानवगुरु हुन्। त्यसैले वृहस्पति शुक्रको शत्रु भयो। शुक्रले यौनको पनि सङ्केत गर्दछ। शुक्र प्रधान हुने व्यक्ति कामी हुन्छ भन्ने गरिन्छ। शनी पाप ग्रह हो। यसको प्रभाव पाप कर्ममा हुन्छ। धन पनि पाप कर्म हो। शनीको प्रभाव भएको बेला धन आर्जन हुने वा खती हुने हुन्छ। चन्द्रमा सुन्दरता, कल्पनाको प्रतिक हो। यसको प्रभावले मान्छेमा सुन्दरता, कल्पनाशीलता आदिको विकास गर्छ। यस्तै यस्तै।

यी केही उदाहरणहरू मात्र भए। फलादेश यति सजिलै चाहिँ हुँदैन। कुनै एउटा ग्रहको फलादेश गर्दा अरू सबै ग्रहहरूसँगको सम्बन्धलाई केलाएर मात्र गर्दछन् ज्योतिषहरू। जस्तो उदाहरणको लागि एउटा काल्पनिक कुण्डलीलाई लिएर हेरौँ। यसमा बाह्रवटा कोठा हुन्छ बाह्र राशीको लागि। चित्रमा १२ लेखिएको कोठालाई लग्न भनिन्छ। लग्न जहिले पनि त्यही कोठा हो (यस्तो आकारले कुण्डली तयार पार्दा)। यसलाई ल अक्षरले सङ्केत गर्ने पनि गरिन्छ। यो प्रथम भाव अर्थात प्रथम घर भयो। १२ को मतलब यो मिन राशीको घर हो। मिनको स्वामी वृहस्पति हो। त्यसैले यो कुण्डलीको जातकलाई ज्योतिषको भाषामा ‘मिन लग्न’ को भनिन्छ र वृहस्पति चाहिँ ‘लग्नेश (लग्न + ईश)’ भयो। अब घडीको उल्टो दिशामा क्रमश द्वितीय, तृतीय आदि भाव (घर) पर्दछन्। १ लेखेको घर द्वितीय भाव भयो जसको राशी हो मेष। यो कुण्डलीको तेस्रो घर वृष राशीको हो। यसै प्रकारले राशीहरूको घर निर्धाण हुन्छ जन्म समयको आधारमा।

अब अर्को कदम ग्रहहरूको स्थान खुट्याउनु हो। ग्रहहरू गतिशील भएकाले आफ्नै घरमा फेला नपर्न पनि सक्छन्। फेरि हरेक घरको आफ्नो आफ्नो प्रवृत्ति हुन्छ। यो कुण्डलीमा मेष (१) वा वृश्चिक (८) को स्वामी मङ्गल २ अर्थात वृष राशी (अर्थात शुक्रको घर) मा बसेको छ। अब यसमा कमसेकम तीनवटा कुरा ख्याल गर्नुपर्छ – यो घर तृतीय भाव हो, यो शुक्रको घर (वृष राशी) हो र यसमा मेष तथा वृश्चिकको स्वामी मङ्गल बसेको छ। जस्तो यो तेस्रो घरबाट विभिन्न फलादेशहरूमध्ये जातकको दाजुभाइको बारेमा पनि विचार गरिन्छ। जातकको दाजुभाइको बारेमा बताउनुअघि तेस्रो घरको स्वभाव, वृष राशी तथा यसको स्वामी शुक्र र मङ्गल ग्रहबीचको सम्बन्धको विश्लेषण गर्नुपर्छ। त्यस्तै ३ अङ्क लेखिएको घर कुण्डलीको चौथो घर हो। मिथुन राशीद्वारा अधिनस्थ घर हो यो। मिथुन राशीको स्वामी बुध हो र यहाँ आएर शुक्र बसेको छ। राहु र केतुको आफ्नो कुनै घर हुँदैन। सूर्य र चन्द्रको स्थितिको आधारमा यिनीहरूको स्थान निर्धारण हुन्छ। यो कुण्डलीमा यिनीहरू क्रमशः आठौँ र दोस्रो घरमा बसेका छन्।

कुण्डलीमा प्रथम, चतुर्थ, सप्तम र दशम घरहरू अर्थात यो कुण्डलीमा १२, ३, ६ र ९ अङ्क भएका घरहरूलाई केन्द्र भनिन्छ। पहिलो घरबाट कुण्डलीवाला व्यक्ति (जातक) को निजी चरित्र अनुमान गरिन्छ। चौँथो घरबाट मातृपक्ष, शरीर आदि, सातौँ घरबाट पति/पत्‍नी, कुटुम्भ र दशम घरबाट पितृपक्ष, अध्यवशाय आदिको अनुमान गरिन्छ। केन्द्रमा शुभ ग्रह हुनु शुभ सङ्केत हो। यो कुण्डलीको सातौँ घरलाई हेरेर (बुधको घरमा वृहस्पति बसेकोले) जातकको पति/पत्‍नी पढेलेखेको विद्वान/विदुषी हुन सक्छ भनेर अनुमान गरिन्छ। त्यस्तै तृतीय, पञ्चम, नवम र एकादश घरलाई त्रिकोण भनिन्छ। द्वितीय, षष्ठम, अष्टम र द्वादश घरबाट नोक्सानी र हानीको फलादेश गरिन्छ। द्वितीय घरले आफन्तसँग विछोड अर्थात परदेशको सङ्केत गर्दछ। (आजभोलि त यहाँ शुभ ग्रह बसेको राम्रो हुन्छ किनभने विदेश त प्राथमिकता हो नि हामीहरूको!) षष्ठम घरबाट स्वास्थ, रोग आदि, अष्टम घरबाट आयु र द्वादश घरबाट धनसम्पत्तिको क्षय विचार गरिन्छ। कुनै ग्रह आफ्नै घरमा बसेको छ भने त्यसलाई स्वगृही भनिन्छ। यो कुण्डलीमा चन्द्रमा र शनी आफ्नै घरमा बसेका छन्। चन्द्रमा बसेको घर कुण्डलीको पञ्चम घर हो। यो घरबाट कल्पना, कोमलताबाहेक सन्तान, विद्या आदिको पनि विचार गरिन्छ। चन्द्रमा नै स्वगृही भएर बसेकोले जातक विद्यावान, कल्पनाशील, विचारवान र सुन्दर सन्तानले युक्त हुने देखिन्छ

यहाँ उदाहरणमा दिइएका कुराहरू सतही फलादेश हुन्। पूर्ण फलादेशको लागि अरू धेरै कुराको विचार आवश्यक हुन्छ। एउटा हो दृष्टि। ठाडो दृष्टि र विशेष दृष्टि महत्वका हुन्छन्। कुनै पनि ग्रहले आफू रहेको स्थानबाट सातौँ घर (आफू रहेको घरसमेत गरेर घडीको उल्टो दिशामा गन्दा सातौँ स्थानमा आउने घर) मा ठाडो दृष्टि दिन्छ। यो दृष्टिलाई ज्योतिषशास्त्रमा बलवान दृष्टि मानिन्छ। प्रस्तुत कुण्डलीमा सप्तम घरमा रहेको वृहस्पतिले लग्नमा ठाडो दृष्टि दिएको छ। लग्नेश वृहस्पति नै हो। अनि दशम घरको मालिक पनि वृहस्पति नै हो। वृहस्पति केन्द्रमा रहेको र आफ्नो घरमा राम्रो दृष्टि दिएकोले जातकमा विद्या, कर्म, परिश्रम आदिको राम्रो सम्भावना कुण्डलीले देखाउँछ। त्यस्तै अर्को दृष्टि हो विशेष दृष्टि। शनी ग्रहले आफ्नो घरबाट तेस्रो र दशम घरमा, मङ्गल ग्रहले चौथो र अष्टम घरमा र वृहस्पतिले पञ्चम र नवम घरमा विशेष दृष्टि दिन्छ। जस्तो यो कुण्डलीमा सप्तम घरमा रहेको वृहस्पतिले एकादश घरमा (१० अङ्क लेखिएको घर) विशेष दृष्टि दिएको छ। एकादश घरबाट आयेश विचार गरिन्छ। यो कुण्डलीमा यो घरको मालिक शनी हो। तर शनी द्वादशभाव अर्थात व्ययभावमा स्वगृही भएर रहेको छ। अब वृहस्पतिले आयस्थानलाई विशेष दृष्टि दिएकोबाट एउटा अनुमान के गर्न सकिन्छ भने जातकको आयको श्रोत विद्या वा विद्यासँग सम्बन्धित क्षेत्र नै हुन सक्छ। तर व्ययको घर बलवान भएकोले बचतमा समस्या देखाउँछ कुण्डलीले। दशम घर (कर्मभाव, यहाँ ९ अङ्क लेखिएको) वृहस्पतिको घर हो, जहाँ सूर्य र बुध दुई ग्रह बसेका छन् र मङ्गलको विशेष दृष्टि छ (आफूसँग समभावको शुक्रको घरमा बसेकोले मङ्गल कमजोर छैन), त्यसैले जातकको अध्यवसाय अध्ययन अनुसन्धान वा कुनै वैज्ञानिक कर्म नै हुन सक्छ भन्न सकिन्छ।

फलादेशमा ख्याल गरिने अर्को पक्ष ग्रहयोग हो। दुई वा दुईभन्दा बढी ग्रह एउटै घरमा रहनुलाई योग भनिन्छ। यो कुण्डलीमा सूर्यबुध योग परेको छ। यसलाई ज्योतिषशास्त्रमा राम्रो मानिन्छ। त्यस्तै कुण्डलीमा नदेखाइने तर महत्वपूर्ण कुरा हो ग्रहहरूको उदय र अस्त। राशीमा भर्खर प्रवेश गरेको ग्रह उदाउँदो हो भने, अर्को राशीमा प्रवेश गर्ने बेला भएको ग्रह अस्ताउँदो। उदाउँदो ग्रहको प्रभाव बलवान हुन्छ। ग्रहका आफ्ना भोगकाल हुन्छन्। त्यसलाई दशा भनिन्छ – वृहस्पतिको १६ वर्ष, शनीको १९ वर्ष, केतुको ७ वर्ष, शुक्रको २० वर्ष आदि। दशाहरू पनि बिभिन्न खालका हुन्छन् – विंशोत्तरी दशा, योगिनी दशा आदि। योगिनी दशा अलिक बेग्लै हो, तर यो महत्वपूर्ण मानिन्छ। फेरि दशाभित्र अन्तरदशा, प्रत्यन्तर दशा हुन्छन् – एउटा ग्रहको दशाभित्र फेरि सबै ग्रहको भोगकाल विभाजित हुन्छ। त्यसलाई अन्तरदशा भनिन्छ र अन्तरदशालाई पुनः विभाजन गरेर प्रत्यन्तर दशा निकालिन्छ। लग्नमा ग्रहहरूको स्थिति र सम्बन्धित दशा, अन्तरदशा, प्रत्यन्तर दशासमेतको विचार गरेर मात्र कुनै कुराको वास्तविक भविष्यवाणी गर्दछन् ज्योतिषहरू।

यस्तै तिथि, बार, महिना, प्रहर, करण, योग आदिलाई पनि फलादेशमा महत्व हुन्छ। पूर्वीय ज्योतिषमा नक्षत्रलाई पनि महत्व दिइन्छ। चन्द्रमाले पृथ्वीलाई घुम्ने अवधिको आधारमा नक्षत्र गणना गरिन्छ। नक्षत्र जम्मा २७ वटा छन्। एउटा नक्षत्र चार पाउमा विभाजित हुन्छ र एक एक पाउसँग एक एक अक्षर सम्बन्धित हुन्छन्। यस्ता नौ अक्षरहरू एउटा राशीभित्र समेटिएका हुन्छन। यिनै कुनै एउटा अक्षरबाट जातकको नाम राखिन्छ। बाह्र राशीका जम्मा १०८ वटा अक्षरले सबै मानिसको नाम जुराउँदछ! यसप्रकार जातकको राशी पूर्वीय परम्परामा चन्द्रमाको आधारमा निर्धारण हुन्छ। तर पश्चिमी परम्परामा सूर्यको आधारमा निर्धारण हुन्छ। जनबोलीमा एउटै कुरालाई जोड्दै जोड्दै लम्ब्याउने प्रवृत्तिलाइ ‘बाह्र सत्ताइस कुरा’ भन्ने चलन छ। त्यो बाह्र राशी र सत्ताइस नक्षत्रलाई सङ्केत गरेको हो। मतलब कि यसको कुरा जति गरे पनि टुङ्गिदैँन।

ज्योतिषविद्यामा अङ्कज्योतिष, प्रश्नज्योतिष आदि पनि प्रचलित छन्। परमहंस स्वामी विशुद्धानन्दको योगज्योतिष थियो। त्यस्तै तन्त्रमन्त्रसँग सम्बन्धित धेरै प्रकारका विद्याहरू समाजमा विद्यमान छन्। तन्त्रसँग सम्बन्धित प्रेतसाधना, मसानसाधनादेखि लिएर धामी, झाँक्री सबैमा आखत हेर्ने, भविष्यवाणी गर्ने विद्या पाइन्छ।

यी त भए ‘बाह्र सत्ताइस कुरा’। तपाईँलाई ज्योतिषमा विश्वास लाग्छ कि लाग्दैन थाहा छैन, मलाई चाहिँ रमाइलो लाग्छ। राशी, ग्रह, तिनीहरूमा आरोपित अर्थ र तिनको समन्वयबाट निकालिएको साङ्केतिक भविष्यवाणीबीचको सम्बन्ध साँच्चै नै अनौठो होइन त?

73 comments to आउनुस्, एकछिन ज्योतिषशास्त्रभित्र प्रवेश गरौँ

  • Indra Prasad Neupane-Parbat- Hal- Saudi Arabia

    Dear Sir. Alark jee
    Namaskar

    Your choice of astrology, respactedfull i am also belive it incress my choice when i have receive your blog astrology page. thank you for your choice and hard work.

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 2

  • dinesh

    म ज्योतिस सस्त्रलाई विश्वास गरौ या नगरौ?बृस र धनु राशी दुश्मन राशी भन्छ सस्त्रले .तर मेरो एक मात्र मित्र भनेको ब्रिस राशिको छ.यो कसरि भयो?अनि यो सम्भंधा पछि गयर टुक्रिने नै हो कि?अथवा यसलाई निरन्तरता दिन सकिन्छ?कृपया कोहि मलाई बुझाई देउन.

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 9

  • sammukh

    Hi,

    If somebody is aware of Bastushastra, please explain through this site. Many people miss it. Bashtushastra is very important ingeneering process in ancient age. This time, many people, knowing or unknowingly, missing it. So,they are getting many problems in home.

    So, please write in detail about Bashtushastra.

    Jay Desh
    Sammukh

    मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 3

  • narendra

    astromomy is a science so there is no doubt in truth but prediction depends upon the predectior if accurately calculated, it comes true.And prediction on humans rashi,natraksya ect i have no idea,what to say,most of them dont come true.

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

  • devendra

    Dear Alarka ji,

    Thanks for the article. You have made one mistake in this article. Rising and setting of planets is bit difficult to explain. It is not like rising and setting of sun. When planets come very near to sun (in angular distance) we call it has set. This angular distance is different for different planets. This angular distance is called Zenith distance in Astronomy.

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

  • पुष्प

    अलर्कजीको अर्को झ्याउलाग्दो लामो लेख ! माफ गर्नुहोला, खै के लेख्नुभो, तर अहिलेलाई पढ्ने जाँगर जुटाउन सकिनँ । तर तपाईंको अन्तिम अनुच्छेद भने पढेँ, तपाईंका लागि ज्योतिषशास्त्र रमाइलोको विषय रहेछ, हाँसो उठ्यो अनि थोरै रीस पनि ।

    ज्योतिषशास्त्र आफैंमा एउटा विज्ञान हो भन्ने कुरामा विवाद छैन, तर हिजोआजका भूइँफुट्टा अनि स्वघोषित ज्योतिष भनाउँदाहरूले यो विज्ञानलाई हाँसोको विषय बनाउन मद्दत गरिरहेका छन् भने अलर्कजीलाई जस्तै अरू थुप्रैका लागि रमाइलोको विषयमात्र बनिरहेको छ । केही अघिसम्म भारतबाट आएका स्वघोषित ‘ज्योतिष महाराज’हरूले त नेपालमा ज्योतिष विज्ञानप्रति आम नेपालीमा वितृष्णा बढाउन मद्दत गरिरहेका थिए । त्यस्ता ठगहरूले ठूला राष्ट्रिय पत्रिकाहरूमा समेत विज्ञापन गरी होटलहरूमा ‘अड्डा जमाएर ठगिरहेका थिए । तर अहिले त्यो क्रम अलि कम भएको छ, क्यारे । शायद मानिसहरू धेरै ठगिएर अलि थोरै बाठा भएछन् । प्रशासनले पनि यस्ता ठगहरूमाथि निगरानी गरिरहेको छ क्यारे ।

    लौन कुशल र असल ज्योतिष कहाँ भेट्टाउने ?

    मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 7

  • Indreni Pant

    Thank you very much for the article. I am very fond of astrology and i strongly believe on this. If possible i like to read such material form time to time by this blog. I really appriciate the article once again.

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

  • दुदुपापा

    अलर्कज्यू,

    फेरि अर्को एक जानकारीपूर्ण लेखको लागि साधुवाद !

    ज्योतिषविद्याउपर यति परिश्रमपूर्वक यतिबिघ्न जानकारीपूर्ण लेख लेखिसकेपछि यसको अ/विश्वसनियता उपर आफ्ना विज्ञानसम्मत तर्क राख्‍न भने हिचकिचाउनु भएछ । त्यति चाही खट्क्यो है ।

    मानिसको नियती र क्रियाकलाप मूलत: उसको वंशाणु, पालनपोषण, सामाजिक परिवेश र निर्णयहरुबाट निर्धारित हुने र खगोलिय पिण्डहरुको स्थितिको हकमा तिनको प्रभाव (राशीफलमा लत लागेकाहरुमा हुने मनोवैज्ञानिक प्रभाव बाहेक) लगभग शुन्य हुने कुरा अनुमान गर्न विज्ञानको सामान्य ज्ञान भएकाले पनि सहजै गर्न सक्ने कुरा हो ।

    अविश्वसनिय कुरामा विश्वास गर्दा हुन जाने व्यक्तिगत र सामाजिक साधन र श्रोतको अपव्ययको बारेमा तपाईजस्तो होनहार चिन्तकको केही न केही टिप्पणी लेखको उपसंहारमा वाञ्छनिय थियो भन्छु म ता ।

    जहाँसम्म ज्योतिषशास्त्र (astrology) तपाईलाई “रमाईलो” र “अनौठो” लाग्छ भन्ने उपसंहारिय टिप्पणी छ, नि:सन्देह यसलाई ज्योतिषशास्त्रीहरुको लागि एक खेल (game) को रुपमा हेर्दा सबैलाई त्यस्तै लाग्नुपर्छ । तर यसलाई विश्वसनिय शास्त्रको रुपमा हेर्ने अन्धविश्वासी ज्योतिषीहरु र तीनका त्यत्तिकै अन्धविश्वासी ग्राहकहरुको जीवनचर्याको रुपमा हेर्दा भने यो त्यति रमाईलो देखिदैन ।

    आउनुस् एकछिन ज्योतिषशास्त्रमाथिको विश्वास र अविश्वसनियताका आधारबारे एउटा सानो चर्चा पढौं, अमेरिकाका एक वामपन्थी लेखक Charles Bufe को यो पर्चामा:

    Astrology: Fraud or Superstition?
    Chaz Bufe
    http://www.seesharppress.com/astro.html

    दुदुपापा

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 3

  • Gyan/Doha, Qatar

    Alark Jee,

    Namaskar!

    I am personally very grateful for the awareness article you presented about vikram sambat calender and astrology.

    I strongly recommend nepal government’s concern bodies to investigate and call for convention before implementing new calendar officially.

    Regards,

    GYAN

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

  • n.koirala

    Few years ago somebody recommended me to read the much acclaimed book”A Brief History of Time” by Stephen Hawkings,(I read in the first chapter that this book is written for a simple man who may not have the knowledge of what he is reading)as i went through few pages i did well as i am passionate about astronomy,cosmology as a layman,but when i fond some figures of mathmatics ,i did not turn up more and i left in the middle.
    Alark ji you are well known that what i want to say to you but kudos for such an excellent and mindblowing article,however,it is different column that u have been writing on the topics.I do understand a bit more palmistry but not the way u have writte as you have put each and every word with core and indepth.i hope while writing the article please choose the general one as u do always and please make it simple.
    readers comment is always healthy to sharpen your writing and vaiety as well.
    thanks

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

  • फुल्ली फाल्तू

    मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 2

  • Byas, USA

    Great Presentation. What I have seen is great Astrologers of Nepal do not believe in it in terms of prediction otherwise it is a great application of mathematics. Normally, ashtrologers do not read their family members Kundali. I have seen one of the great ahtrologer of Nepal has widowed daughter.

    Anyway, it is interesting.

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  • Chadmabhesh

    Alarka Jee,

    Thank you for your nice article. I am from different profession but always fascinated from Jyotis. Personally, I have difficulty in accepting some of the forecast related to Jyotis however, What I can tell is one of my friend who is professor of neonatology in AIIMS (Delhi) has researched Jyotis for the last 30 years particularly focusing on the fate of new born child and corelating it with his birth timing.

    As you said the process of determining “Rashi” is different in different culture and the time in itself is a relative thing. Again, a nepali was born in London but his birthdate and time is calculated based in Kathmandu and he is residing in USA. How will these problems be better addressed in setermining Rashi and thereby future and nature prediction.

    I would like to have your view point so that some of the unsolved problems could be addressed.

    Thank you

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

  • Gole Dai

    ज्योतिषशास्त्रमा मलाई मननपर्ने पक्ष चैं जन्म हुँदा नै ग्रहहरुको अवस्थिति हेरेर उसको भागमा दोष देखाउनु हो । मान्छेको प्रजननको खास मौसम नहुने हुँदा ज्योतिषशास्त्रले देखाएको दोषले ब्याक्तित्व विकाशमै असर पारेको देखेको छु बाँकि त ज्योतिषशास्त्र रमाइलो लाग्छ मलाई पनि ।

    मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

  • Chadmabhesh

    Akarka Jee,

    Thank you for your nice article. I am from different profession but always fascinated from Jyotis. Personally, I have difficulty in accepting some of the forecast related to Jyotis however, What I can tell is one of my friend who is professor of neonatology in AIIMS (Delhi) has researched Jyotis for the last 30 years particularly focusing on the fate of new born child and corelating it with his birth timing.

    As you said the process of determining “Rashi” is different in different culture and the time in itself is a relative thing. Again, a nepali was born in London but his birthdate and time is calculated based in Kathmandu and he is residing in USA. How will these problems be better addressed in setermining Rashi and thereby future and nature prediction.

    I would like to have your view point so that some of the unsolved problems could be addressed.

    Thank you

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 2

  • Yadav Sharma, Boston, USA

    Really a nice article presented by Alarka Jee. Thanks a lot from my side.

    Astrology is based on mathematics and if the astrologer does the correct calculation then his forecast will also be correct.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

  • Sukra

    लौन आर्कल ब्रो ४ दिन पछी अमेरिका मा चुनाव हुँदै छ राशी कुन्दली को आधार मा कस्ले जित्ला बताउनु पर्‍यो/

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 3

  • Santosh

    jotis dekhayo mann darayo vanchan tara pani malai biswas chai lagcha. Ani yeha lekheko kuro malai chitta bujyo haiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiii

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  • Ho Jotishle bhaneko pugchha, Girijale Prachandako tauko ko mol tokda Jyotishle Prachandalai bhaneko thiyo chinta nagar balike tan 1 din Ghyenendrako gaddi khosne chhas ra girija tero gulami bannechha, bhaneko aaja pugyota.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • worldcitizen

    There is not a single colrrelation between the planetary positions and fate of people.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • worldcitizen

    Alarkjee,
    You presented the material very nicely.I am also very much interested in mathematical aspect of astronomy.I like to add that the term “Lagna” means the position of the eastern horizon i.e. the “Rashi” on the ecliptic where the eastern horizon crosses the ecliptic.Can you continue this discussion on the arithmetics of various calendars.It will be very useful in the present context of Sambat Change in Nepal.I have a lot of very interesting facts about several calendar systems.The only difficulty is in typing in Unicode Nepali.The messages typed in Unicode Nepali look more readable and nice than in Latin alphabets.
    worldcitizen

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • PD

    Mesh Ko matlab VEDA, Bris ko maylab SADHE jastei aaru sabai ko pani lekhiduyeko vaye sabai lai ramho hunthiyo ni ..! ki aaru ko nayayeko ho ..?

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • no to bad bro cool keep it up watch it bro awesome things you are trying to given us.
    thaks cheers

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • ankit

    mesopotmia bata bharat tira hoina!!!!bharat bata aruthau tira gako ho!!!!!!the most developed civilization was here in sub-continent not in other places!!!!proof is the thousands of years old veda!!!!!!at that time rest of the world was in wild!!!!!

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  • Alvin Bhatta

    हैन यो ज्योतिश शास्त्र मा त अध्ययन गरेपछी आफ्नो जाच अथवा परीक्षणको लागि साना साना बाल बालिका लाई बली पनि दिन्छन रे नि । अस्ती मैले यो कुरा सुन्दा त मत यो पढाई प्रती नकै बित्रीष्णा जागेर आयो । बिचरा निर्दोश बालबालिका को के दोश र उनिहरु ले आफ्नो फाईदा को लागि अर्काको ज्यान नै लिने । कसरी हात उठ्छ अर्को ज्यान मार्न को लागि । उफ् सम्झदा नै जिरिङ्ग हुने ।

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

  • Victor Singh

    thanks mahasaya, you bring to us a glory of astrology. I get chance to know something about life kundali. I do believe in astrology but need scientific reason too. keep it up thanx
    Victor

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • haldibari

    Aru chai malai thaha chaina tara mero case ma chai sabai kura jytishe le bhaneko mileko cha ….

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  • tilak

    TO ALARK,It was nice article.I had gained some knowledge from it.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • ज्योतिष शास्त्रलाई राम्रो नै मान्नुपर्छ ।
    तर अहिले यहाँ कमाइ खाने व्यक्तिको लागि यही नै सजिलो उपाय भएको छ ।
    केही वर्ष अघि “स्कुल अन एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्स” नामक एक कार्यक्रम मा ज्योतिष पञ्चाङ्ग निर्णायक समितिका एक सदस्यलाई मैले ज्योतिषिहरुले बनाउने “पात्रो” सम्बन्धि राखेको प्रश्न को जिज्ञासा मा भनेका थिए “अहिले का पात्रोहरु कात्रोमा मात्र काम लाग्छ” । अनि उनले विस्तार गरे की, अहिलेका ज्योतिषिहरु हिसाब गर्दैनन् तर ज्योतिष विद्यामा “गणित” ले ठूलो महत्व राख्दछ ।

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

  • MALAI TA BAGHCHAL KO KOTHA BANAE JASTO LAGYO.TYASTO SANO 6ADA KHUB KHELTHE.ANYWAY, SAMBANDHIT BYAKTI KO LAGI GOOD ARTICLE.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • kumu

    mero ta eggjam cha.mind fresh garnu yaso ramailo hola bhanera padna khojeko ta nidra nai lagyo. mero subject bhanda boring raicha.baru padna gayen mero aafnai subject.hehehehe

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Shashi

    ALARK JI,
    Very nice writeup.I believe in this because it is based in mathematics. You know our jyotises predict one thing which you can not deny, that is, the date and time of solar/ lunar eclipses. This is visible evidece.They predict for years and it has come true.I cited this because every one notice this. If I cite other references, that may not be perceived equally.
    About the numbering of KUNDALI,is not it the just opposite way, I mean, it goes in clockwise direction? Just my query.
    Anyway you have learned a lot.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • thakur dhakal

    धन्यवाद अलर्क जी

    मलाई पनि ज्योतिश शास्त्र रमाइलो लाग्छ, कही कतै ज्योतिश सम्बन्धी कुरा देख्ने बित्तिकै पढौ पढौ लाग्छ, तपाईंको यो रोचक लेख को लागि धेरैधेरै धन्यवाद । तपाईंले जुन कुन्डलिको उदाहरण दिनु भयो तेस कुन्डलिको स्केच ले धेरै पाठक हरुलाई अकर्शित गर्यो जस्तो लाग्छ मलाई। जे भये पनि हामी जस्ता ज्योतिश सम्बन्धी धेरै कुरा सुनेका तर नबुझेका हरुको लागि यो लेख उत्तम लेख हो ।

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

  • Ranjeet

    Malai ta Bhujnai garo vayo. Anyway Bhujne haru ko lagi it seems good and knowledgeful article.
    Ranjeet Adhikari

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  • malai ta ekdamai biswas lagcha kinaki jyotis le bhaneko kura haru ahile samma pugiraacha.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

  • Yeshaswi

    boring
    बरु सुन्दरीलाई हेरौँ है को कति राम्री रहिछिन् यता तिर

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

  • worldcitizen

    Most of the knowledge of indian astronomy is borrowed from the greek astronomy.You can not find a single mention of Rashis in indian astronomical texts before invasion of Alexander the great to india.A group of astronomers accompanied him to india and the transfer of concept of Rashis took place.Before that the concept of only nakshatras is found.Today’s jyotish calculation of india is mostly based on the work of Ptolemy whose book called Almagest was translated into Sanskrit and was called Samrat Siddhanta.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • अलर्क शिरोमणि

    जहाँसम्म सम्वतको कुरा छ, विक्रम सम्वत ज्योतिषको गणितअनुसार नजिक छ। २००० वर्ष अगाडि यो सम्वत सुरु गर्दा सूर्य मेष राशीमा थियो र त्यो समय भनेको वि.सं. को वैशाषमै पर्छ। सूर्यले परिक्रमा गर्छ भनेर मानिसएको कक्षको equinox ७० वर्षमा करिव १ डिग्री पछि सर्छ। र यसो हुँदा अहिले यो मिन राशीमा छ। करिब २००० वर्षमा यस्तो सम्वत्सर फेरिँदा पृथ्वीमा एउटा प्रलय हुन्छ भन्ने ज्योतिषविद्याको भविष्यवाणी मिलेकै जस्तो देखिन्छ। त्यो समयमा दोस्रो विश्वयुद्ध भएको थियो। र नेपालमा पनि वि.स. २००० मा देशभरि र भारतको राजस्थानमा पनि हिमपात भएको थियो भन्ने मैले सुनेको थिएँ।

    नेपालीमा टाइप गर्न कुनै गाह्रो छ जस्तो लाग्दैन। मैले आधा घण्टामा युनिकोडअनुसार टाइप गर्न जानेको हुँ। अङ्ग्रेजी किबोर्ड जानेकोले सजिलो हुन्छ। आशा छ यहाँले नेपालीमै टाइप गरेर केही महत्वपूर्ण कुरा राख्‍नुहुनेछ।

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

  • worldcitizen

    Alarkjee,
    The length of Vikram year is almost exactly coincides with the time taken by the earth ro revolve around the sun.But due to a physical process called Precession the position of points of vernal and autumnal equinoxes changes as you said at the rate of about 1 deg in 70 years(exactly 360 degrees in 25800 years).So the Vikram year is not in synchronization with the change of seasons.In this respect the gregorian calendar is highly accurate.The purpose of reckoning years is also to be in synchronization with the change of seasons. As far as lunar calendars are concerned they are very primitive and were formulated by early people with direct observation of the change of the phases of the moon.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • अलर्क शिरोमणि

    विक्रम पात्रोमा चन्द्र र सूर्य दुबैलाई समावेश गरिएको छ नि होइन र? हाम्रा चाड पर्वहरू विषेश गरेर चन्द्रमासको आधारमा हुने भएकोले हामीलाई यो पनि चाहिन्छ होला। अब अहिले प्रयोगमा ल्याउन पर्छ भनिएको नेपाल सम्वतको पात्रो गणनाको कुरा अलि अस्पष्ट लाग्यो मलाई। मैले बुझ्न नसकेको पनि हुन सक्छ।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • worldcitizen

    There is not any consideration of moon in Vikram patro.But for celebration of Chadparvas a lunar calendar is also mentioned alongwith it in our patros.The new Nepal sambat is not a new calendar.It exactly coincides with the one used in India called Saka Sambat.Only difference is about 802 years.In fear of aproaching Asubha Number 804 summing to 12, an unlucky number, the king of that time restarted the era.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • worldcitizen

    I do not find any pride in using nepal era which is not new and just the renumbering of prevailing saka era.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • अलर्क शिरोमणि

    अङ्कितजीको भावनात्मक कुरा हो हिन्दू र वेद भनेको पहिलो ग्रन्थ हो, भारतीय उपमहाद्विपमा बस्नेहरू पहिलो सभ्य मानिस हुन् भन्ने धारणा। जोरस्तर धर्मको जिन्द अवेस्ता र ऋगवेदका ऋचाहरूको समानान्तर कुराहरूको तुलनात्मक अध्ययन भएको मैले कतै देखेको थियो। भारतीय उपमहाद्विपमा बसाइँ सरेर आउने मानिसहरू कहाँबाट आएका थिए र उनीहरूको सांस्कृतिक कुराहरू के थिए भन्ने पढ्दा त्यो थाहा लाग्छ। ज्योतिष गणितको बारेमा टोलेमीको खगोल ज्यामितिको आधार अलेक्जेन्डर ग्रेटसँग भारतमा भित्रिएको भन्ने उहाँले थाहापाउनु भो होला अब।

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  • Mrigendra

    Sir,
    Vedic Astrology is about 5000 years old or even more. Even in ancient texts like Mahabharata and various purans there is mention of Astrology. So I beg to differ with you and the writer itself. Yes, we might have refined out astrological skills after Ptolemy or other greeks…but astrology or what we call “jyotish-shastra” has been the epic of this branch since days of Vedas….
    Please write back and I would love to know more on this theme….

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

  • यो पनि रमाइलो नै रै’च !

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

  • RRS,UK

    this blog is not for advertising the another blog pls Umesh jee remove this comment.

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  • sangam

    मेरो परिवारमा सत्ताइस पूस्ता देखी ज्योतिश बिद्ध्यामा शास्त्र गर्ने परम्परा चल्दै आएको छ। मेरो आफ्नो ब्यक्तिगत धारणामा वेदिक ज्योतिश भबिस्यबाणी र weather forecast मा धेरै समानता छ। सबै variableहरुलाई consider गर्ने हो भने भबिस्यबाणी सहिनै हुने गर्दछ। फरक कत्तिको गहन अध्ययन गरेको छ भन्ने नै हो।

    मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

  • Phil

    and we call it modelling!

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

  • prem

    वेदिक ज्योतिषको महत्व हाम्रो सन्स्कृतिमा निकै छ, तर यसको मतलब यसले गर्ने ब्यक्ती बिशेषको भविष्यवाणिलाई weather forecast सँग तुलना गर्नु मुर्खता मात्रै हो। लामो समय सम्मको आकाशको अवलोकनबाट empirical calculation गरि चन्द्र-सुर्य-ग्रहको स्थिती र ग्रहण आदी कुराहरु बाहेक अरु भविश्यवणिको कुनै तूक छैन। यो न त modeling हो न यसमा कुने scientific theory नै लगाइएको हुन्छ। वेदिक ज्योतिषले जती सम्म गर्ने सक्छ, त्यो आँफैमा राम्रो छ, त्यो भन्दा बढी उचाल्नु गलत हो

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • RRS,UK

    pHYSICAL MODELLING OR NUMERICAL MEDELLING IS THIS?

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Preeti

    गोले दाई,

    तपाएले भन्नु भा जस्तो मैले पनि देखेकी छु तर मलाए त तो ज्योतिशशास्त्रले नभएर निज ब्यक्तीको आत्मबिश्वासको कमी जस्तो लाग्छ।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • sandeshak

    ho ranjeet ji…maile pani purai padna sakina…ali choto mitho bhaeko bhae ramro hunthiyo ki..

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • prem

    Correctly (somewhat) predicting eclipses does not guarantee that the other predictions are correct.

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  • Gole Dai

    प्रीतीजी , त्यसो त त्यसको पछाडी हाम्रो अशिक्षित , अर्ध शिक्षित समाज र समाजमा चलिआएको केहि अन्ध परम्परा ईत्यादीको पनि भुमिका हुन्छ । मैले औंल्याउन खोजेको कुरामा के स्पस्ट पारुँ भने कुनै ब्याक्ति बच्चैदेखि दरिलो आत्मविश्वास भएको हुन्छ भन्ने हुँदैन सिक्दै , सुन्दै , बुझ्दै , भोग्दै जाँदा नै मान्छेको आत्मविश्वास दह्रो हुँदै जाने हो र ज्योतिषशास्त्रले कसैमा जन्मकै आधारमा देखाएको दोषले चैं सिक्ने , सुन्ने , बुझ्ने , भोग्ने क्रममै प्रत्यक्ष अप्रत्यक्ष असर गरेको हुन्छ । अझ कतिपय ठाउँमा त चितुवा पनि कराउनु सिँगारिपनि हराउनु भनेझैं बच्चा जन्मँदा बच्चाका बाबुआमाहरु मध्येका कसको देहान्त भयो भने ज्योतिषशास्त्रले मुल्याहा परेछ भन्छ नि , हो त्यस्तो चैं चित्त बुझ्दैन भनेको के । त्यस्तो स्थितिमा त्यो बच्चाले कहाँबाट ल्याउने आत्मविश्वास ?

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Ramesh.Qa

    सर,
    मुल्याहा छ भनेर ज्योतिसले बाउ वा आमा मरेपछी हैन जन्मने बितिक्कै भन्छन यदी उ असली ज्योतिस हो भने ।

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

  • Gole Dai

    हो र ? ब्यावहारिक रुपमा ( प्राक्टिकल्ली ) असली ज्योतिषहरु कसैको जन्म हुनै लाग्दा कुण्डली बनाउन वा हेर्न गएको चैं मलाई था’ भएन है । सत्य नै भएपनि कोरा सिद्धान्तका कुराले हैन ब्यावहारका कुराले हुने असरको कुरा गरेको थिएँ मैले त ।

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  • Ramesh.Qa

    सर,

    आकर्सक कमेन्ट को लागि धन्द्यबाद !!

    मैले त आज सम्म बाउ आमा मरी सके पछी यो मुल्याहा हो भनेर चिना बनाउने ज्योतिस देखेको छैन अब मरिसके पछी भबिस्यबाणी गर्ने कुरा त भयन पनि !!

    अनी अर्को कुरा ज्योतिसले बच्चा को चिना बनाउन या भबिस्यबाणी गर्न यू जन्मिदै गरेको वा निस्कदै गरेको लाईभ हेर्नु पर्दैन उ जन्मेको समय मात्र थाहा भय हुन्छ । जस अनुसार उसले कुनै पनि बेला उसको चिना वा जनम कुन्दली बनाउन सक्छ ।

    र बच्चा को भबिस्य तेही जनम कुन्डली अनुसार मात्र हुने हैन ज्योतिस शास्त्र अनुसार पनि तर मुख्य प्रभाव चै पर्छ ।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • अलर्क शिरोमणि

    छद्मभेषजी, देशान्तर (longitude) को आधारमा जहाँ जन्मेको हो त्यही ठाउँको आधारमा कुण्डली बनाउने चलन अहिले। लन्डनमा जन्मेको मान्छेको कुण्डली काठमाडौको समयको आधारमा भन्दा पनि लण्डनकै अनुसार बनाइन्छ। त्यसरी हिसाब गर्दा त्यसलाई नेपाली समयमा रूपान्तर गरेर अरू गणित गर्दा गणितकै सिद्धान्तअनुसार कुनै फरक पर्दैन।

    अनि लण्डनमा जन्मेर अमेरिकामा बस्नेको हकमा अमेरिकामा बसिरहेको समयको बारेमा फलादेश गर्नुपर्यो भने ज्योतिषअनुसारको कुरा हो। गणितमा राम्रो दख्खल हुनेहरूले व्यक्तिको जन्मकुण्डली र त्यो व्यक्ति अहिले रहेको स्थानको देशान्तरको आधारमा पनि कुरा गर्छन्। नत्र भने मूल कुरा जन्म कुण्डली नै आधार हो।

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  • worldcitizen

    Mrigendrajee,
    Vedic astrology might be ancient but i mean to say that the concept of 12 Rashis is borrowed from the greeks.Before that time the planetary positions were mentioned in terms of Nakshatras.
    Most of us are biased about our knowledge of astronomy.I have found many people who are proud of exactly predicting the time of Lunar and Solar Eclipses exactly by our astronomers.If these predictions go wrong ordinary people can not beleive them.But what about exact prediction of position of other planets? I myself have found a great descrepency between the position of say Jupiter predicted by our patros and its actual position in the sky.The descrepency is of several degrees!!!
    I do not like the culture of our astronomers to hide the facts.You can find detail explanation of the calculations methods used by the western astronomers but it is very difficult to find the same by our astronomers.

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  • Indreni Pant

    Mitraji nepalima aauta ukhan chha ni, bujhnelai shrikhanda nabujhnelai khurpako bid. Ho kahile kanhi hamilai pani tyastai huna sakchha interest nabhayako kurama but actually not faltu it worths more than we can imagine.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • worldcitizen

    you are wrong devendrajee

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • दुदुपापा

    “ज्योतिषशास्त्र आफैमा एउटा विज्ञान हो”

    अहँ, होईन ।

    Astronomy (खगोल-विज्ञान), अर्थात् खगोलिय पिण्ड, तीनको गति र उर्जा लगायत ब्रह्माण्डका समस्त घटनाको वैज्ञानिक अध्ययन, अवश्य विज्ञान हो ।

    तर astrology (ज्योतिषशास्त्र), अर्थात खगोलिय पिण्डहरुको स्थितिको आधारमा मानिसको भाग्य (affairs) को अनुमान गर्ने शास्त्र विज्ञान होईन अन्धविश्वास हो ।

    Astronomy र astrology एउटै कुरा होईनन् । हात्ती र हात्तीछाप चप्पल जस्तै फरक कुरा हुन् । सबैलाई ज्ञान भया ।

    दुदुपापा

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • अलर्क शिरोमणि

    तपाईँको कुरामा हलुका हाँसो उठ्यो। यो नलेखिरहन सकिन!

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Prem

    You are absolutely right. There can be a debate how much the meaning of the word विज्ञान can be stretched but it is definitely not science.

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  • पुष्प

    गलत ! अहिलेका पाखण्डी ज्योतिषको फेला पर्नुभएछ क्यारे दुदुपापाजी, ठूलै हात मारेछन् कि के हो !

    चन्द्र, सूर्य, ग्रह-नक्षत्र आदिले मानव जीवनमा पार्ने प्रभावको अध्ययन नै ज्योतिषशास्त्र हो । यस हिसाबले ज्योतिषशास्त्र खगोल विज्ञानमै आधारित विज्ञान हो । ज्योतिषशास्त्रलाई त सम्पूर्ण विज्ञानको जननी पनि भनिन्छ । ल यो पढ्नुस् http://astrology.about.com/od/foundations/p/Astrology101.htm । अनि यो पनि http://en.wikipedia.org/wiki/Astrology

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Prem

    Here “it” meant astrology.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • अलर्क शिरोमणि

    यहाँसँग मेरो सहमति छ। यहाँले भनेजस्तै मैले केही टिप्पणी लेख्‍नुपर्ने थियो भन्ने लाग्दा लाग्दै पनि लेखिन। मलाई तटस्थ बनेर लेख्‍न मन थियो। तर यहाँले देख्‍नुभयो म मैले सोचेजस्तो तटस्थ रहन पनि सकिन।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

  • दुदुपापा

    पुष्पजी,

    तपाईलाई अपमान गर्ने वा निरुत्साह गर्ने मनसुवा छैन, तर यति चाही भन्नै पर्ने देखिन्छ- तपाई बहस गर्दा प्राज्ञिक मापदण्ड (तथ्यलाई accurately प्रस्तुत गर्ने) अपनाउनु हुँदो रहेनछ । जानी जानी वा नजानेर त्यसो गर्नुभएको हो, तपाई नै जान्नुहुन्छ । तर यस्तो तालले कुनै सार्थक बहस हुँदैन, बन्धु ।

    तपाईले नजानेरै त्यसो गर्नुभएको होला भन्ने लाग्छ मलाई । यहीं भन्नुस् न, तपाई जे भन्न चाहिरहनु वा खोजीरहनु भएको छ त्यसको लागि ज्योतिषशास्त्र (astrology) विज्ञान नै हो भनेर हास्यास्पद लिंडेढिपी गर्नु (हास्यास्पद किनभने विज्ञान भनेको के हो भन्ने कुरा तपाईलाई थाहै रहेनछ) र अध्यारोमा झटारो हान्ने सन्दर्भसामाग्री (तपाईले दिनुभएको लिंक) दिनु आवश्यक नै छैन ।

    म विज्ञान सिज्ञान जान्दिन, तर ज्योतिषशास्त्रले (माने पोख्त ज्योतिषीले) गरेको फलादेश मिल्छ वा मिल्नुपर्छ भन्ने मलाई लाग्छ अथवा मिलेको देखेछु छु अथवा यस्तै यस्तै statement दिनु भएको भए त्यो ईमान्दार statement पनि हुन्थ्यो, तपाईले भन्न खोज्नु भएको कुरो पनि व्यक्त हुन्थ्यो ।

    लौ तपाईको सट्टा मैले नै भनिदिएँ तपाईले भन्न चाहेको कुरो ।

    अब यसमा बहस गरौं । कसो ?

    तर तपाई तयार हुनुहुन्छ भने मात्र । तयार भनेको बहसमा प्राज्ञिक मापदण्ड पालना गर्छु भन्ने वचनवद्धता समेत हो नि ।

    बाँकी उत्तर अनुसार । हजुरको जो मर्जी ।

    दुदुपापा

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • पुष्प

    हाहाहा ! प्राज्ञिक मापदण्ड रे ? ल भैगो यस्ता दुधे प्राज्ञिक गनथन नगरौं ।

    तर अन्तिम कुरो भन्न चाहन्छु । पूर्वीय दर्शनलाई आत्मसात गर्नुहुन्छ भने ज्योतिषशास्त्र समस्त विज्ञानको जननी हो । यस हिसाबले ज्योतिषशास्त्रलाई विज्ञान भन्दा फरक पर्दैन । ज्योतिषशास्त्रमा जसरी गणना अनि अड्कबाजी आदिको सहारा लिइन्छ, अन्य विज्ञानमा पनि यसको सहारा लिइएको पाइन्छ । अझ भन्नुहुन्छ भने ज्योतिषशास्त्रबाहेक अरू कुनै पनि विज्ञान स्थायी प्रकृतिको छैन । यस्ता विज्ञानका सिद्धान्तहरूलाई नयाँ प्रतिपादित सिद्धान्तहरूले माथ खुवाइरहेका हुन्छन् । जस्तो कि हिजो पृथ्वी चेप्टो-गोलो थियो भन्थे, आज गोलाकार छ भन्छ; भोलि अर्कै स्वरूप छ भन्ला । हिजो टेप रेकर्डरको जमाना थियो; आज डिस्कको छ; भोलि चिप्सको मात्र होला; अनि पछि अरू नै । अब यस्तो विज्ञान विज्ञान हो कि परापूर्वकालदेखि चल्दैआएको ज्योतिषशास्त्र ?

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  • पुष्प

    म पनि धेरै हाँसें । :)

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  • पुष्प

    दूधको साक्षी बिरालो ।

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

  • Phil

    simulating a model to predict outcomes

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  • हामी नेपाली हाम्रो देश हाम्रो धर्म

    मन नपरे पनि कुरा काट्नु त हुदैन नि महासय तपाई हाम्रो पुर्खा ले मान्दै आयको कुरा हो नराम्रो नमान्नु ल मनको कुरा हो

    मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 2

eXTReMe Tracker