
प्रधानमन्त्रीसँग राष्ट्रसंघका महासचिव बान की मुन। फोटो साभारः एपी
नेपालमा बहालवाला विदेशी उच्चपदस्थ नेताहरुको औपचारिक/अनौपचारिक भ्रमण नभएको लामो समय भइसकेको छ। नेपालका सञ्चारमाध्यमहरुले नेपाली नेताहरु विदेश भ्रमणमा गएको समाचार धेरै बनाए तर विदेशी राष्ट्रपति वा प्रधानमन्त्री नेपाल भ्रमणमा आएको समाचार बनाउन नपाएको धेरै भइसकेको छ। माओवादी युद्धमा छँदा एक पटक तत्कालीन अमेरिकी रक्षामन्त्री कोलिन पावेल केही घण्टाको छोटो भ्रमणमा आएका थिए, त्यसपछि कुनै पनि राष्ट्रका उच्च नेता नेपाल भ्रमणमा आएका छैनन्। (अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टरलाई सरकारी पदमा बहाल नरहेको मान्ने हो भने)
आज त्यो क्रम टुटेको छ। संयुक्त राष्ट्रसंघका महासचिव बान की मुन नेपालको दुई दिने भ्रमणमा आज राति काठमाडौँ आइपुगेका छन्। राष्ट्रसंघका महासचिवको भ्रमण त्यसै पनि विश्व सञ्चार माध्यममा समाचार बन्ने गर्छ। शान्ति प्रक्रियामा अघि बढ्दै गरेको नेपालमा बानको भ्रमणले फेरि नेपालको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा देखापर्ने मौका जुरेको छ।
महासचिव मुनलाई विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गर्दै परराष्ट्रमन्त्री उपेन्द्र यादव। फोटो साभारः रोयटर्स

त्यसो त बान संविधान सभाको निर्वाचन ताका नै नेपाल आउन इच्छुक थिए। तर त्यतिबेला भ्रमण जुरेन। यस पटक राष्ट्रसंघीय महासभामा सहभागी प्रधानमन्त्री प्रचण्डले आफै गएर औपचारिक निमन्त्रणा दिएपछि यो भ्रमणको साइत जुरेको हो।
संयुक्त राष्ट्रसंघ धेरै पहिलेदेखि नेपालको शान्ति प्रक्रियामा संलग्न छ। तर यसको संलग्नता वैधानिकता दिने हिसाबले र औपचारिकताका लागि मात्र भइरहेको जस्तो भान भइरहेको छ। शान्ति प्रक्रियामा राष्ट्रसंघको राजनीतिक मिसन (अन्मिन) ले मात्र मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ। जेजति उपलब्धि हासिल भएका छन्, वास्तवमा त्यो हामी नेपालीहरु कै कारणबाट भएका हुन्। अन्मिनले अरुलाई जे जस्तो गरे पनि प्रमुख इयान मार्टिनलाई भने निकै फाइदा भएको हुनुपर्छ। उनी अब यहाँबाट विदा हुँदा एउटा दरिलै पोर्टफोलियो बोकेर जाने भए- आफ्नो मध्यस्थतामा दशक लामो नेपालको द्वन्द्वलाई सफलतापूर्वक शान्ति प्रक्रियामा रुपान्तरण गरेको भन्दै। तर यसको पछाडि नेपाली नेताहरु- हो, सँधै गाली मात्र गर्नुहुन्न नेताहरुलाई। शान्तिप्रक्रियालाई अहिलेको स्थितिसम्म ल्याइपुर्याउन सबै दलका नेताहरुको उत्तिकै योगदान छ। उनीहरुको लचकता, उनीहरुको सुझबुझका कारण द्वन्द्वको शान्तिपूर्ण अवतरण हुने क्रममा छ।
तर यो क्रममा राष्ट्रसंघले माओवादीलाई बढी नै काँधमा बोक्यो भन्ने गुनासो काँग्रेसले अहिले गर्न थालेको छ। कार्यवाहक सभापति सुशील कोइरालाले त विभिन्न सार्वजनिक समारोहहरुमा खुलेरै अन्मिनको विरोधमा कुरा राखेका छन्। त्यसो त अहिले अन्मिनको आवश्यकता नेपालमा छ कि छैन भन्ने प्रश्न पनि उठ्न थालेका छन्। अहिले अन्मिनले माओवादी जनसेनाको हतियार र उत्तिकै संख्यामा नेपाली सेनाको हतियार भण्डार गरेको स्थानको अनुगमन गर्ने कार्य समेत गरिरहेको छ।
आजै राति प्रधानमन्त्रीसितको भेटमा बान कि मुनले माओवादी सेनाल लडाकु समायोजन र अन्मिनको भविष्य लगायतका विषयमा छलफल गरेका छन्। लडाकु समायोजनका लागि वामदेव गौतमको अध्यक्षतामा एउटा विशेष समिति गठन भएको छ। तर काँग्रेसले त्यसमा अड्को थापिरहेको छ र सदस्य पनि पठाएको छैन। विवादमा परेको यही समितिले नै अन्मिनको भविष्य टुंगो लगाउने काम गर्नेछ।
भेटमा चाड देशमा नेपाली शान्ति सेना पठाउने विषयमा समेत बानले जिज्ञासा राखेका रहेछन्। जवाफमा प्रमले चाड राष्ट्रसंघको अधिनमारहेकोले त्यहाँ नेपाली शान्ति सेना पठाउन आपत्ति नहुने बताएका रहेछन्।
बान भोलि गौतम बुद्धको जन्मथलो लुम्बिनी भ्रमणमा जानेछन्। बान बौद्ध धर्मावलम्बी हैनन्। तर उनले आफू बौद्ध नभए पनि दक्षिण कोरियाका ४० प्रतिशत बौद्ध धर्मावलम्बीको भावनात्मक सम्बन्धका कारण लुम्बिनी जाने मनोकाङ्क्षा राखेको बताए।
छिमेकी राष्ट्रले बुद्ध जन्मेको ठाउँ भन्दै आफ्नै इलाकामा पर्यटकहरुलाई भ्रमण गराइरहेको र त्यस्तै प्रचार गरिरहेको बेला बानको लुम्बिनी भ्रमणले त्यस्तो भ्रमलाई चिर्न पनि सहायता पुर्याउने निश्चित छ।
*****************************************
विमानस्थलमा महासचिव बान की मुनले दिएको वक्तव्य-
2065 कार्तिक 15
मौलिक शान्ति प्रक्रिया एवम् राष्ट्रिय मेलमिलापबाट राजनीतिक सामाजिक रूपान्तरण प्रक्रियामा अघि बढिरहेको मुलुक र संयुक्त राष्ट्रसंघको एक महत्वपूर्ण सदस्य राष्ट्र नेपालमा आउन पाउँदा म निकै हर्षित छु।
2005 मा शुरु भएको यस शान्ति प्रक्रियाका विभिन्न चरण र प्रतिफलहरूलाई महासचिव हुनु अगावै देखि मैले गहन चासोका साथ नियालिरहेको थिएँ र मैले कार्यभार सम्हालेदेखि नै शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसंघले खेलेको भूमिकालाई व्यक्तिगत रूपले नै पूर्ण समर्थन गर्दै आएको छु।
नेपालका विकासका प्रयासहरू, 10 वर्षे द्वन्द्वको अन्त्यका लागि यसले गरेको संघर्ष, मानवअधिकारको प्रबर्धन र रक्षाका लागि यसको लडाईँ र 2006को विस्तृत शान्ति सम्झौताको कार्यान्वयनमा संयुक्त राष्ट्रसंघ निकटतम साझेदार रहेको कुरामा मलाई गर्व छ।
म शान्ति स्थापना गर्नमा नेपाली जनताले हासिल गरेको उल्लेख्य एतिहासिक प्रगति र विशेषगरी सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायको प्रशंसा र सम्मान प्राप्त गरेको- समग्रमा शान्तिपूर्ण तरिकाबाट- गत चैतमा सम्पन्न भएको सफल संविधानसभाको निर्वाचनका लागि बधाइ ज्ञापन गर्न नेपाल आएको छु।
शान्ति र परिवर्तनको सुदृढिकरणमा संयुक्त राष्ट्रसंघको सहायतालाई निरन्तरता दिने दृढ प्रतिबद्धता दोहोर्याउन पनि म यहाँ आएको हुँ।
हामीले धेरै प्राप्त गरिसके तापनि अझ धेरै गर्न बाँकी छ। हामीले सामना गर्नुपर्ने अनगिन्ती चुनौतीहरू अझै बाँकी छन्। यो भ्रमण छोटै भए पनि एतिहासिक परिवर्तनको प्रक्रियाबाट अगाडि बढिरहेको मुलुकको परिवर्तन महसुस गर्ने अवसर बन्ने कुरामा म विश्वस्त छु।
म प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाल सरकार र नेपाली जनताको हार्दिक निमन्त्रणाका लागि धन्यवाद दिन चाहन्छु।साथै मैले यो शान्ति प्रक्रियालाई सम्पन्न गर्न र दीर्घकालीन शान्ति स्थापना र विकासलगायतका विषयमा अन्मिन र अन्य राष्ट्रसंघीय निकायहरूले कसरी योगदान दिन सक्छन् भन्ने बारे आयोजकहरूसँग फलदायी छलफल हुने आशा लिएको छु।
धन्यवाद
No related posts.









डा उपेन्द्र यादव अर्थात नेपालका प्रथम राष्ट्रपतीको खिल्ली गरी कमेन्ट लेख्ने सभ्य,शिक्षित मुर्ख मित्रलाई धन्न्यबाद छ । यो राष्ट्रिय गीत राम्ररी सुन्नु पर्यो ।
NEPALI NATIONAL ANTHEM – SONAMZ
मन परे हरियो, नपरे रातो
0
0
बान त “परदेसी परदेसी जाना नहीं” हुन्, उन्ले होइन हामी देशवासीले हो नि जे जे मिलाउनु पर्ने हो त्यो मिलाउने।
मन परे हरियो, नपरे रातो
0
0
Red carpet welcome to you sir…
मन परे हरियो, नपरे रातो
0
0
Sathiharu….Hisila Yami le Upendre le bhanda aghi Moon lai welcome garin re ni…kasali taha bhaye eso clear garidinu hunthyooo ki….
मन परे हरियो, नपरे रातो
0
0
this is good news to all nepali people that one of the worls most respective person visit nepal and the other thing is he is going to lumbini to praise that budda was born in lumbini .thanks ban ki moon.
मन परे हरियो, नपरे रातो
0
0
Thank You Mr. Bam Ki Mun!!!
Weldon Comrade Prachanda!!!
मन परे हरियो, नपरे रातो
0
0
Nepal should take diplomatic advantage to make its presence stronger in the international community by Secy Gen’s trip…..
मन परे हरियो, नपरे रातो
0
0
I agree with Mani Raj Thebe.sachchikai aba nepalama kehi hunchha ki jasto chha??? WAN ko Nepalbharman saphal hos .
मन परे हरियो, नपरे रातो
0
0
Hieeeee My sansaar! Jimmy carter was President not the vice President.
मन परे हरियो, नपरे रातो
0
0
It is good news for all nepalese people and neapl.
We all are expecting good in comming days.
मन परे हरियो, नपरे रातो
0
0
Now we Nepali people are very happy. PM Prachanda is turning little by little like a Rama. We do not need any more like Ravana. We people first priority is peace and security. coming days we do not need listen any more guns and explosive sounds. Now present government should pass the law Nepal as a non-violence country.
As well maoist militants should employ the development works from start point of Rukum.
Same way police and Nepal military force should be mobilize in development work. Thenafter within a 20 years Nepal could reach the econoomic standard of Eu and so on.We people support to Prachand’s government. I hope tomorrow Prachand will announced Maoists’ will returned the seized property of people infront the UN Chief. We hope in this present situation He (Prachad is only great politician) he could change the face of nepali people. We hope victim people whether maoists or government sides could get appropiriat compensation without bias.
As well we people should celebrate the unification of modern Nepal. Present government should correct the past mistakes. If it was not a Nepal how present government could rule. that is so we always remember Father is always Father.
मन परे हरियो, नपरे रातो
0
0
वान की मून नेपालको भ्रमणमा आउनु भनेको बास्तवमै बिस्व संचार जगतमा फेरी एकपल्ट नेपाल हाईलाइट हुनु हो /वान की मूनको नेपाल भ्रमण त्यों पनि भगवान गौतम बुद्धको जन्म थलो लुम्बिनी पनि हेर्न जाने कुराले अवस्य हाम्रो पर्यटन क्षेत्रमा फाईदा पुर्याउने छ / पर्यटन बोर्डले लाखौ रुपैया खर्च गरेर बुद्ध नेपालमा जन्मेको हो भनेर बिस्वभर प्रचार प्रसार र सेमिनार गरे पनि जति पर्यटक भित्र्याउन सक्ने थिएन, वान की मूनको एक भ्रमणले बिसेष गरेर बुद्ध जन्मेको स्थान हेर्न जति बुद्धिस्ट धर्मावलम्बीहरु भारत, थाईलैंड वा चाइना जाने गर्थे उनिहरु नेपाल भित्रिने छन भन्ने कुरमा आस गर्न सकिन्छ /
कोरिया (बुद्धिस्टहरुको बर्चस्व रहेको मुलुक) स्थित NRNA-NCC मित्रहरु बिशेष गरेर श्री तेन्जी शेर्पा ज्यूको अनुसार वहाहरुले कोरियामा बुद्ध कुन देशमा जन्मेको भनेर कोरिया बासीहरुसित सर्वे गर्दा मात्र ७% ले नेपालमा जन्मेको भन्ने निराशा जनक उत्तर दिएकोले वहा हरुले “बुद्ध नेपाल प्रोजेक्ट” भन्ने अभियानको थालनी गर्नु भयो कोरिया बासीहरुलाई बुद्ध नेपालमा जन्मेको हो भनेर शिक्षित गराउन / जून अभियान हाल बिस्वको अन्य मुलुकको NRNA-NCC ले निरन्तरता दिईरहेकाछन /
मलाई लाग्छ, यो “बुद्ध नेपाल प्रोजेक्ट” ले बास्तवमा लुम्बिनिमा पर्यटक भित्र्याएको छ तर यो अभियानले जति कोरिया बासीहरुलाई र अन्य बुद्धिस्ट धर्मावलम्बीहरुलाई नेपाल प्रति प्रभाव पार्यो त्यों भन्दा धेरै वान की मूनको नेपाल भ्रमणले र लुम्बिनी भ्रमणले प्रभाव पार्ने छ /त्यसैले हामी सारा नेपालीहरु वान की मून प्रति धन्य नरही सकिन्न /
मणि राज थेबे (President NRNA-NCC, Cyprus)
मन परे हरियो, नपरे रातो
0
0
साचै नै उपेन्द्र यादव लाई राम्रो देखिएन,जे होस् अब नेपाल मा पनि केही हुन्छ जस्तो छ,तर कांग्रेस ले प्रतिपक्ष मा बसेर निउ खोजी रहेको छ,यो त शान्ती प्रकृया लाई भाद्ने काम भएन र?
मन परे हरियो, नपरे रातो
0
0
som ji tharu haru madhesi hoina bhantha ta .k ho .upendra yadav ko support garna pahelo mancha dekhata mysansar ma.
mancha ko biroodh ani support garda affnu identity nae haraula ni .be nepal dont be forum.
yo sachekae ho upendra lai suhaeko chaena ni .
paresaram nagari padh paya pachi k huncha ra.
मन परे हरियो, नपरे रातो
0
0
हेल्लो गोलभेडा जी ,मान्छे लाई सुहाउने र न सुहाउने कुरा तपाई को मनसायं मा भर पर्छ /*जे भये पनि जनता ले मंत्री बनाई दिएका छन /
सोम थारू
मन परे हरियो, नपरे रातो
0
0
त्यो उपेन्द्र यादव लाई कस्तो नसुहाएको !
मन परे हरियो, नपरे रातो
0
0
अबस्य पनि वान को नेपाल भ्रमण्ले विश्वाको ध्यान तान्नेछ । नेपालको सान्ती प्रकृया साँच्चीकै निस्कर्स मा पुगोस । शुभकामना । माओवादीको दादागिरी हटोस् कंग्रेस्को निहुँ खोजाहा र प्रजातन्त्रको खोल ओडेर गरिने लुचो खेल बन्द होस्। कँग्रेस्को कम्बल ओडेर घिउ खाने तरिका धैरैलाई थाहा नै छनी।
आफुले चुनाव हारेपछी दुइतिहाइको प्रावधान् लाई बहुमतमा सिमित राख्ने अनी आफ्नी अनुकुल नदेखेपछी प्रतिपक्ष मा बसेर निहुँ खोज्ने। कस्तो राम्रो प्रजातान्त्रिक अभ्यास।
मन परे हरियो, नपरे रातो
0
0
उनको भ्रमण उपलब्धीमुलक रहोस् ।
मन परे हरियो, नपरे रातो
0
0
मून को भ्रमण सफल होस् ।
मन परे हरियो, नपरे रातो
0
0
मुलुकको शान्ती प्रकृया गलत बाटोमा जान लागेको समयमा वानको भर्मणले केही असर पार्न सकेमा राम्रो हुन्थ्यो |खासगरी बिगतमा भएका पार्टीहरु बिचका सहमती तोड्ने क्रमले असङ्काका बिजारोपणमा मलजल पुगेको छ |यसबाट हुर्कने बिरुवा नेपाल र नेपालीको लागि बीश ब्रिक्ष हुने छ |त्यस्को भ्रुण हत्त्या भाईदिय यो भर्मण सफल हुने छ |उनको समाचार सगसगै लुम्बिनीको पनि समाचार जाने हुँदा बुद्धको जन्म नेपालमै भयको हो भन्ने सकरात्मक सन्देश विश्वमा पुग्ने भो ,पर्यटकको सख्या बड्ने भो |धेरै आसा नगरौ
मन परे हरियो, नपरे रातो
0
0
हो त नि, उपेन्द्रेको कोट त भाडामा ल्यायको, अरु के कुरा गर्ने।
मन परे हरियो, नपरे रातो
0
0
Mitra, Yo chahi bhayena hai. Suhaune ra nasuhaune kura bhanda pani usle ke contribute garna sakchha bhanne ho! Please, donot take it as otherwise! Let’s find the harmonious way to integrate nepal!
मन परे हरियो, नपरे रातो
0
0
I don’t know ,if as said by Laxmi jee
There is no need to attach position behind Upendra to comment,people wrote comment on everybody according to their feeling.
The Opinion that laxmi wrote is that president must not be objected is Totally useless,unaccording to norms of democracy.
If it so then what is difference between the Monarchy and Democracy.
Now It is open for everyone to comment wheather he is a president or anybody.
There is not any objection to comment.
Beside for the public/civil servant like Upendra must hear the comment until he serves as a president of Nepal.
And for Laxmi jee Rastya Gan ko dhol peteraa hune wala kehi chaina ,
मन परे हरियो, नपरे रातो
0
0