क्या बात कमेरड रोहित !
क्या बात कमरेड रोहित। ५९४ सभासद कुहिरोका काग बनिरहेका थिए। झण्डै ६ महिनासम्म रनभूल्लमा परेर बसेका सभासदलाई २०६७ जेठ १४ सम्म नयाँ संविधान निर्माणको प्रष्ट रुटिन त तयार गरिदिनुभएको छ। अरुको जिम्मामा यो काम परेको भए शायदै यो यति चाँडै पूरा हुन्थ्यो होला। तर तपाईँ कम बोलेरै पनि धेरै गर्न सक्ने वामनेता भएकैले यो सबै काम गर्न सक्नु, भ्याउनु भयो। यदि मंसिर १ देखि लागू भएको यो रुटिन हुबहु जाँचको बेलाको विद्यार्थीले जस्तै लागू गरे-आशा गर्न सकिन्छ-गणतान्त्रिक संविधान लेखनको प्रक्रियाले गति पाउने छ।
तर संविधानसभाले प्राप्त कार्यतालिका अनुसार बृहत् बहस, छलफल र तयारी गरिहाल्छ र यो सबै सम्भव छ भनेर पत्याउने मूडमा जनता छैनन्। अब गणतान्त्रिक नयाँ नेपालमा संघीयताको स्वरुप के हुन्छ ? संविधानले त्यसलाई कसरी परिभाषित र स्थापित गर्ने ? संघीयताको मोडेल, क्षेत्राधिकार र अस्तित्वको के सीमा हुन्छ ?
संघीयताभित्र एक मधेश एक प्रदेश वा स्वायत्त मधेशको माग कसरी सम्बोधन गरिन्छ। चुरेभावर एकता प्रदेशका वा अन्य साम्प्रदायिक र क्षेत्रीयताका मुद्दाहरु समाधन कसरी ? राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी शिवाय शायदै सभासदसहरुसँग संघीयताको तस्वीर होला। स्वयं कंग्रेस, एमाले, माओवादी, फोरम वा तमलोपा र अन्य साना दलहरुले संघीयताको तस्वीर कोर्ने कोशिस गरेका छैनन्। प्रस्ट कुरा तर तीतो छ- त्यो हो संघीयताको नाराले दुःख पाउँछन् साराले। सानो देश नेपाल २२ से २४ से को पूर्वअवस्थामा धकेलिन्छ।। राष्ट्रियता नै कसरी रहन्छ र सिंगो देश नै नरहेपछि। तर दुःखद विडम्वना संघीयताको नाममा अब कुरै मिलाइए पनि यो राष्ट्र विघटनको संवैधानिक व्यवस्था सिवाय केही हुने छैन-जो इतिहासकै सर्वाधिक विवादास्पद र कलंकित भूल हुनेछ- संविधानसभाको।
विकेन्द्रित र स्वायत्त स्थानीय निकायको सनर्थक प्रयोग गरे मात्रै पनि संघीयताको भूत हराउने थियो। त्यसैले जनखबरदारी के हो भने- रुटिन बमोजिम संविधान घोषणा नै गरे पनि संघीयताको मुद्दा फिर्ता लिनु पर्छ। के यो साहस गर्नेछ ऐतिहासिक संविधानसभाले ?
जय नेपाल गिरिजाबाबु
कंग्रेसको जनजागरण अभियान सत्ताविहीन हुनुको कठोर अलापविलाप सिवाय केही देखिएन। कारण त के भनिरहनुपर्छ र लोकतन्त्रको ठेकेदार आफू हो भने-संसदीय दलका नेता चुनावी प्रक्रियाबाट छान्नु पर्दैन – मै हुँ संसदीय दलको नेता भनेर कोइरालाले कंग्रेसमा कोइरालाकै हैकमवादको पछिल्लो संसार छ्याङ्ग पार्दिए।। सबैलाई थाहा छ नि २०४६ पछि कंग्रेस असफल शासनको परिणाम थियो- १० वर्षको १० सरकार र माओवादी विद्रोहदेखि जनआन्दोलन २०६३ सम्मको अवस्था। देशव्यापी जागरण अभियानमा नयाँ संविधानको नमूना छैन -कंग्रेससँग। संघीयताको मोडल हुने कुरै भएन। राष्ट्रियता जोगाउने रोडम्याप छैन। केवल छ त माओवादी विरुद्ध पागलप्रलाप। जुन जनताको लागि यो कागलाई बेल पाक्यो हर्ष न विस्मात् हो। त्यसलै लोकतन्त्रवादीको जामा लगाउँदै लोकतान्त्रिक पद्दतीलाई हुकुमीकरण गर्ने टिठलाग्दो नयाँ कोइराला पथलाई मात्रै जय नेपाल।
सलाम प्रचण्ड
देश फेर्लान भन्ठानेको थिएँ- प्रचण्डले। तर म गलत रहेछु। आफैं फेरिए प्रचण्ड। माओवादीको राष्ट्रिय भेलाले माओवादीको एउटा हिस्सालाई फेरिन नदेला। नत्र प्रचण्डको माओवादी त अमेरिकालाई रिझाउने, भारतलाई अन्धभक्ति गर्ने र कम्तीमा १० वर्ष नेपालको शासक बनिरहने नयाँ दाउमा छ। १० वर्षको मानव संहारकारी क्रान्तिको रोमान्स र विश्व कम्युनिष्ट क्रान्तिको छायाँ प्रचण्ड- माओवादीमा देख्न खोज्नु अब दृष्टिदोष हुनेछ। नयाँ राजाको भूमिका बनाउँदै गरेका प्रचण्डलाई सलाम, किनकी भारतसँग सिंगौरी खेले-राजा ज्ञानेन्द्रको हविगत हुन्छ भन्ने राम्रोसँग बुझ्छौ। त्यसैले त विमस्टेक सम्मेलनमा जाँदा जलस्रोतको सार्क हेडक्वाटर नयाँ दिल्लीलाई बनाउने प्रण गरेका छौं। आखिर भारतले ५० वर्षपछि जलस्रोत लगायत उर्जा शक्ति राष्ट्र बन्न हिजो कोशी, गण्डकी, महाकाली मात्रै किनेथ्यो अब त पूरै पानी नै किन्दैछ। ठीक छ देऊ सबकुछ भारतलाई, बन नयाँ नेपालका जिग्मेसिंगे केशर वाङचुक। १४, ००० बढीको मानवसंहारको ब्याज त्यति नगरे तिमी कसरी प्रचण्ड हुन्छौ र १९,००० लडाकु छँदैछन्, वाईसीएल जिन्दावाद। जनगणतन्त्रको भूत देखाउँदै भारतशक्तिले बन-नव ज्ञानेन्द्र। सलाम, तिम्रो फेरिएको सत्तायात्रालाई।
स्पेस पूर्वराजालाई
अध्ययन, लेखन, भ्रमण र मनोरञ्जनमा समय व्यतित गरिरहेका पूर्व श्री ५ ज्ञानेन्द्र पनि नयाँ संविधानको प्रतीक्षामा छन्। पूर्राजा आफ्नो पक्षमा बोलिदिने, गरिदिने वा केही भनि दिने मानिसहरु चाहन्छन्। तर पूर्राजाका समीपमा आजसम्म अनन्यभक्त सेवक मात्रै छन्। बाँकी चंखे, चतुरेहरु क्रान्तिकारी माओवादी भइसके। कुनै एक परिवर्तित राजनीतिक मोडमा अब कंग्रेस, एमाले, राप्रपा, राजपा, राप्रपा नेपाल र सीपी मैनाली मार्काका कम्युनिष्टहरुबाट वा स्वयं माओवादीभित्रको एक तप्काबाट राजालाई नयाँ संविधान स्पेस दिने कुरा आउने वाला छ। यो जरुरी पनि छ कि राजसंस्थाले पनि समावेसी नेपालमा स्पेस पाउनु पर्छ। कारण बिना क्षति उसले जनतालाई गणतन्त्र दिएको छ।
यो अभ्यास त्यतिवेला सार्थक होला, जतिवेला देशले अकल्पनीय राजनीतिक दुर्घटना व्यहोर्ला। सेना समायोजन वा संघीयताको मुद्दाले मौकामा राजालाई स्पेस दिने कुरा नउठ्ला भन्न सकिन्न।
खासमा सबै एउटै ड्याङका मूला देखा परिसके त्यसैले King can do no wrong बमोजिम अब राजसंस्थाको लागि नयाँ समिति सीमित भूमिका दिनु लोकतान्त्रवादी दलहरुको परम कर्तव्य हुनेछ। किनकि राजसंस्थाको बर्हिगमनपछिको शून्यता पूरा गर्ने अरु कोही देखिएनन् नि, देखिए त ?
No related posts.









Kun Partyko Saport Gardaichhau Bhanera Sodhnai Naparla Yo Lekhaklai, Tai Pani Nepali Haru Pratiksha Garna Bani Pari Sakeko Chha, Aaba Rajako Saasan bhari Parkhyou, Girjako Saasan Pani Parkhyau Pheri Prachandako Saasan Pani Parkhanu Parchha Ke Kehi Barsata.Kina Oihiyatma BAKAMPHUSE Kura Garnu, Kohi Aaera Kehi Garne Wala Chhaina,Pahile Timi Aaphu Banne Prayas Garnu Gaun Banaunu,Aaphno Chhetra Aaphai Banaunu, Bhutrako Yo Deshka Netale Banauthyo. Pahile Aaphule Bhot Diera Pathaeko Netako Puchhar Phanakka Ghumauna Sakchhou Ta? Aani Ti Sabhasadle Bhot Banaeko Pradhan Mantrilai Puchhar NIMOTNA Bhannu ta. Saala Swarthi Jantaharu Bhot Dine Belama Eutalai Dinchhau Desh KATA JADAICHHA Bhanera Bujhdabujhdai PANI BHAEBHARKA Thaha Hudahudai DHOKE boke Sabai Party harulai Jitaera Khichadi Bhaisakyo. Khichadiko Swadma K Ko Swadko Aas Garoun
मन परे हरियो, नपरे रातो
0
0
२०४६ साल पछी नेपाली काङ्रेस्स फेल भएको प्रमाणित भाईसक्यो , एमाले नौ महिना म फेल भाईसक्यो माओवादी १० बर्ष म नर्सन्हार गरेर आएको छ उस्ले केही गर्ला जस्तो थियो तर त्यो पनि फेल भेइसक्यो तेसैले यो देश को बारेमा सोच्ने कोही भएन , अब राजा लाई गुहार्नु बाहेक अर्को बिकल्प केही छैन =========राजा आउ देश बचाउ ================
मन परे हरियो, नपरे रातो
0
0
कुरो र कुलो जता लगे पनि जान्छ । गिरिजा, प्रचन्ड र ज्ञानेन्द्र प्रब्रिती हुन् । ज्ञानेन्द्र प्रतिगामी, गिरिजा यथास्थितीबादी र प्रचन्ड आतंक मच्चाउने क्रान्तिकारी हुन् । ज्ञानेन्द्रको उदयबाट समस्याको समाधान देख्नु त्यो पनि पत्रकार भईटोपलेको मान्छे बाट, उदेकलाग्दो बिषय हो । अब शान्तिको वा अन्य कुनै नाममा पछाडि फर्केर हल खोज्नु बिरामी बुढो मान्छेलाई ठीक पार्न ठिटो बनाउनु पर्छ भने जस्तै हो जुन असम्भव मात्र होइन हास्यास्पद पनि छ । देश अहिले जुन अवस्थामा छ त्यस्को जिम्मेवार राजाहरुले राम्रो काम नगर्नाले नै हो । राजाले राम्रो गरेको भए जनता आन्दोलनमा उत्रिनु पर्ने नै थिएन । अनी न आउथे गिरिजा, न आउथे प्रचन्ड न संघीयता न त गणतन्त्र नै । १३००० मान्छे मर्नु, गिरिजाको कुशासन बेहोर्न पर्नु, देश टुक्रिने अवस्थामा पुग्नु मा राजाहरुकै कुशासन जिम्मेबार छ भने फेरी राजालाई स्पेसका कुरा गर्नु मुत्को न्यानो मात्र हो । सुर्य जि अब त्यो सम्भब छैन कृपया एक्चोटी एक्काइसौ सताब्दीको संसार हेर्नुस् ।
मन परे हरियो, नपरे रातो
0
0
Good Analysis.
Excellent Judgement..
I know majority of people who read mysansar are BHEDAA maoist.. how could they tolarate your article??
Bhedaa ho timi haruu lay shirf raja lia nai dusman dekheechaau???
Phakka dusman tha INDIA ra tesko bafadar sipahii PRACHNDEY Ho..
ganesh
usa
मन परे हरियो, नपरे रातो
0
0
प्रचन्ड ईन्डिया को एजेन्ट हो किनभने……….
१)१३ बर्ष सम्म ईन्डियाको बिरोध, तर मौका पाउनासाथ सबै नदिनाला बेच्यो र ३० लाख ईण्डियनलाई नेपाली नागरिकता दियो र नयाँ ईण्डियनले नेपाली नागरिकता पाउने बिधेयक पास गर्यो।
२)पहिल चाइना भ्रमण गर्न गयर नेपालीको आँखामा ईन्डियाको बिरोधी जस्तो देखायो अनी पछी ईन्डियाको लङुती बनेर हिन्दिमा भाषण गर्न ईन्डिया पुग्यो।
२)प्रचन्डलाई १३ बर्ष अघिनै ईन्डियाले नेपाल खान बनायको एजेन्ट हो किनभने उस्लाई १३ बर्ष सम्म ईन्डिया ले नै सम्रक्षन दियको थियो ।
३) इन्दियाको सपोर्त नभैकन प्रचन्ड आजको स्थान सम्म पुग्नै सक्दैन थियो किनभने १३००० जनताको ज्यानलिने, गाउँबाट सबै लाई घर बार बिहिन गराउने,निर्दोश जनतलाई क्रुरतापुर्बक मार्ने – अपहरन गर्ने, भौतिक सम्रचन धोस्त गर्नेलाई कस्ले भोट् दिन्छ होला तपाईंहरुनै भन्नुस्।
४) राजा रुपी ईन्डियाको ग्रैन डिजाइन्को कांडालाई हटाउन ईन्डियाले बनाएको चेशको गोटी हो प्रचन्ड ।
५) हुँदा हुँदा अनमिनको म्याद थप्न ईन्डिया साकारअत्मक छ भनेर इन्टर्भ्यू दिन्छ प्रचन्डले,यस्तो बिसुद्द आन्तरिक माम्लामा पनि ईन्डियाको बखन गर्दै हिंड्नु भनेको नेपाललाई ईन्डियाको दास बनाउन खोज्नु होकी होइन ?
६)सबै साँस्कृतिक सम्रचना धोस्त बनाउदै छ अनेक नाउमा
७) देशको पहिचन हरु धोस्त बनाउदै छ अनेक नाउमा जस्तै हिन्दू राज्य हतयर,रस्त्रिय पोशाक हतयर
८) चरेश झाले हिन्दिमा सपथ लिन्दा केही बोल्यो ईण्डियन एजेन्ट प्रचन्डले ?
९) १३ बर्षको युद्द कालमा सिमा मीचेको, राष्ट्रियता खतरामा परेको कुरा गर्थ्यो प्रचन्डले, अहिले खोइ ?माओवादी साथीहरु
यिसबै प्रमाणहरुले स्पस्ट रुपमा भन्छ प्रचन्ड ईन्डियाको नेपाल खाने ग्राइनडिजाइनको एक अभिन्न अङ हो । तेसैले माओवादी साथीहो, नेपाली जनता हो, प्रचन्डको अनुहार पछाडिको कालो नेपाल बिरोधी चरित्र बेलैमा चिनौ, गाई मारेर गोरु पोस्ने काम नगरौ, किन भने बिचार गर्नुश ज्ञानेन्द्र वा राज संस्था ले रात्रियता बेच्ने काम कहिले गरेन, ईन्डियाको पछी कहिले लागेन सधैं इन्दिया बाट नेपाल लाई बच्चाउने काम गर्यो तेसैले ईन्डिया ले उस्लाई नेपाली को माद्यम बाट नेपाली बाट नै टाढा पठायो।
नेपाल भौतिक रुपमा ईन्डिया सँग गाभिन सक्छ ?
पक्कै पनि सक्छ किनभने बिस्तारै ईण्डियनहरु नेपाली नागरिक बन्दै छ र भोली नेपाली भन्दा ईण्डियन धेरै हुन्छ र जनमत सङ्ग्रहबाट नेपाललाई ईन्डियामा गाभ्न सकिन्छ, अनी प्रचन्डको हातबाट नागरिकत बिधेक पास गरिसक्यो इन्दियाले, तेसैले नेपाल ईन्डिया हुन धेरै बेर लाग्दैन अब।
अब नेपालीलाई “हगिसक्यो दैलो देख्यो” हुन मात्रै बाँकी छ।
यो सबै हुनुको पछाडि एउटै कारण छ त्यो के हो भने नेपाली जनता भनेको भेंडा हो, भेंडा हो, भेंडा हो ……………
अब कसरी नेपाललाई बचाउने एउटै उपाय छ, जनमत सँग्रहबाट फेरी राज संस्था बिउझौने अनी अहिलेको राष्ट्र घाती निर्णय खारेज गर्ने, नेपाली जनता हो राज संस्था बचाउनु भनेको नेपाल बचाउनु हो ज्ञानेन्द्रलाई बचाउनु होइन यो बुझ्नु पर्यो !!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
अत्यन्त सतही र हल्का टिप्पणी लाग्यो। यहाँ प्रस्तुत कतिपय मुद्दहरु जायज हुँदा हुँदै पनि पुस्टि को आधारबिना राखी दिदा अझ हल्का बनेका छन। संघियता मा जाँदा देश टुक्रिन्छ भन्ने कुरा को आधार के? पुर्व राजा को कारण ले खाली भएको भन्ने स्थान के हो र किन? राष्ट्र प्रमुख मा राष्ट्रपती भाई सकेपछी के अभाब छ भन्न खोजिएको? काङ्रेस्स का सभासद ले बिना निर्वाचन गिरिजा प्रशाद लाई सन्सदिय दल को नेता स्विकर्छन र कसैको उम्मेद्बारी पर्दैन भने त्यो कसरी अप्रजातान्त्रिक हुन्छ? प्रचन्ड सरकार ले ल्याएको तमाम प्रगतिसिल कार्यक्रम लाई नजरन्दाज गरेर मनोगत कारण को भर मा त्यती गम्भिर आरोप लगाउन सकिन्छ? सेना समयओजन र राज्य को नयाँ सम्रचना निर्माण यो संबिधानसभा को मुख्य दुई वोटा काम हो र त्यस को लागि कसरी सर्वसिकार्य बनाउन सकिन्छ भन्ने मा यहाँ को सुझाब के? पत्रकार(?) मित्र शब्द भनेको ब्रम्ह हो, एस्को दूरुपयोग् नगर्नुस्। तपाईं जस्ता को यस्तै स्तर र बौधिक तह प्रदर्शन ले हुन सक्छ आज सम्म पत्रकार को इज्जत नभएको। तपाईं जस्ता ले यस्तै हल्का टिप्पणी गर्नु अगाडि अरु नेपाली र बिदेशी पत्रकार ले एती गम्भिर बिषय मा कती गहन अध्ययन गरेर मात्र कलम चलाऊदा रहेछन भनेर सिक्नु उपयुक्त होला।
आयुश शर्मा
वासिङ्टन, डिसी
मन परे हरियो, नपरे रातो
0
0
के माइ संसारमा बुद्दीजिबी हरुको कमी नै भएको होत? नत्र किन यस्ता स्तर हिन लेख हरु मात्रै आउछ?
नारायण मान बिजुक्क्छे ज्यु उर्फ का. रोहित उस्को के कुर गरौर खोइ? त्योत रोयल कम्युनिस्त (शाही कम्युनिस्त )हो भन्ने कुर कस्ले बुझेको छैन र , त्यो पार्टी ले गणतन्त्रको लागि के योग्दान गरेको छ , लत महानउभाब हरु बताउनुश ।
सुशान जापानबाट ।
मन परे हरियो, नपरे रातो
0
0
not bad. but kind of out of point.
मन परे हरियो, नपरे रातो
0
0
फेरी राजा ज्ञनेले शासन काल नेपालमा जन्म्यो भने श्रे५ बिरेन्द्र नेपालमा जन्मा हुनेछ।
मन परे हरियो, नपरे रातो
0
0
Who is ganendra ,Why we need to talk about him ,I like your aritical but why ganendra .Do you like him ?
मन परे हरियो, नपरे रातो
0
0
सूयंजी नमस्कार
तपाइको लेखमा सधै नकारात्मक बिषय बस्तु मात्र झुल्कीन्छ किन ?
सधै आलोचना किन ? राम्रो कामको प्रशंशा–नराम्रो कामको भन्डाफोर पत्रकारको धमं हो हरियो चस्माको दृष्टि सधै हरियो हुन्छ । उतार्नोस त्यो रंगीन चस्मा अनी पाउनुहुनेछ निस्पक्षता—
पुरानो मित्र
सुदन
मन परे हरियो, नपरे रातो
0
0
मलाई लाग्छ सूर्य जी ले ब्यंगात्मक सैलिमा लेख्नु भएको जस्तो छ हामी लाई नकारात्मक मात्रै सोच्न बेर भैहाल्छ नत्र राजा को नाम लीन बितिकै राजा बादी भैहालिन्छ त ? बास्ताबमाँ नेपाल माँ संघियता उपयुक्त छैन हामी सबै अन्धभक्ति नबनौ किना की एउतै मान्छे वा पार्टी सर्बैसर्बा कही पनि हुदैन कतिपय कुरा हरु राजा का पनि ठीक हुन सक्छन कतिपय कुरा हरु पुष्प कमल दाहाल वा अरु प्रभाब्साली नेता हरु का पनि बेठीक हुन सक्छन त्य्स्कारण अन्धो बिरोध कसैले नगरौ हामी हरु को पनि दायित्वा छ नयानेपाल निर्माण गर्न माँ हामी सबै नेपाली हरु ले निष्पक्ष भूमिका खेल्नुपर्छ . Be Positve .
मन परे हरियो, नपरे रातो
0
0
सुर्य जि, बिश्लेशण ठिकै लाग्यो तर सतही मात्रै । अली गहिराइमा जानुपर्ने, निकै छोटो भयो । आलोचक साथीहरूले जे भनेपनि एकपक्ष(एमालेवाला)लाई बचाउने पर्चा सबै ठाँउमा नलेख्दा राम्रो हैन र?
मन परे हरियो, नपरे रातो
0
0
आर्टिकल् को लागि सुर्य जि लाई धन्यवाद तर तपाईंको लेखमा मैले आशा गरेजती पाउन सकिन । राजालाई नागरिक को अधिकार दिनुपर्छ त्यो भन्दा माथि होइन । राजाले ईतिहासमा ठुलो गल्ती गरेका थिए तेस्को सजाय मिलेको छ। बाँकी जुन कुरा लेख्नु भएको छ जातियता को र संघइयता को तेस्ले त नेपाललाई बिखन्दन गरौछ नै त्यो छित्तै नै हुनेछ। एक देश एक भेश बिनाको नेपाल टुक्रा टुक्रा को अवस्थामा हुनेछ सबैलाई चेतना भया ।
मन परे हरियो, नपरे रातो
0
0
सुर्य खड्का जि को लेख जे जस्तो भये पनि
आ-आफ्नो बुझाईमा भर पर्ने कुरा हो,
जो जस सँग सम्बद्द या निकट हुनु
उसको अधिकार को कुरा हो
सुर्य खड्का को लेख लाई आँखा चिम्लेर
बिरोध या घुडा टेकेर समर्थन गरेपनी
कसैलाई केही हुने वाला छैन,
किनकी उहाको लेख केही मित्र हरुले भने झै
पानीमा केसरी छरे जस्ताइ फितलो
पक्का हो
प्रयास लाई ध्न्यबात
बरु श्री ५ ले सम्बोधन चै कुनै नेपाली जनता
का छोरा लाई नलगाउ कि
मन परे हरियो, नपरे रातो
0
0
अब हुँदा-हुँदा राजाको भूमिका खोजिएको लेख पनि माइसंसारमा पढ्न पाइयो ! उमेशजी नै हो त अहिलेको माइसंसार चलाउने ?
मन परे हरियो, नपरे रातो
0
0
Comment lekhne person lae aafno label aafae dekhaucha.Please dont give any space to (specially people writing comment should be careful)watchdog of any person.Anyone is free to write about anything he may like and when commenting please give your view in a fact.Sabai poltical science student jasto bena fact ani base ko gaffae nagarau.Science ko student jasto fact ma kura garau.
I can guarantee maoist la kehi pani gardaena.Jo mancha la ma pani ma hedna sakchu bhano bhana pataunu bekar ho .Tara guff matra nabhai kasari hedna trick usla bhancha bhana tesko kura sunnu parcha.Tara hawa guff hanera gau ghumna bekti bhatti ma last ma bhatencha .Thats the truth.
aafo kun level padna lekna system rakhnu paryo .So cheap commment aayo bhana slc padna ho lekhcha bhanna melcha.Tara phd garna la lekhcha bhanna k bhanna.
MBA
मन परे हरियो, नपरे रातो
0
0
Maoistlai galigarne saathiharu tapain haru Chunav ma nepal gayera kina aafno biswasilo neta nachuneko? Aba jantale chuneko netalai biswas nagare ra k garne?Jasle tapainharuko lagi nalade pani garib nepaliko lagi ladirahchha.
मन परे हरियो, नपरे रातो
0
0
SURYA JI EX-KINGLAI SPACE DINU VANEKO DEATHBOBYLAI CHIHYANBAT UTHAERA RUNNINGMA VAG LINA LAGAI GOLD MEDALKO HOPE GARNU SARAH HO,JUN ASAMVAB KURA HO. TESAILI DAYDREAM DEKHNA CHHADDA HUNCHHA.
मन परे हरियो, नपरे रातो
0
0
मेरो बुझाईमा सुर्य जी ले भन्न खोजेको कुराको मर्म वास्तवमा ज्ञाने लाई बढाउन खोजेको होइन जस्तो लाग्यो। उहाले बेङ्ग्य गरेको हो कि त अहिलेको अवस्थालाई? सबै चोर एकै प्रकारका भये भने जनताले के गुनदोशको आधारमा अलग्यौने तनी ज्ञाने लाई पनि? अझै हेर्न बाँकी नै छ केरे, हेर्दै जाउ न.. जनता को काम नै ताली पड्काउने अनी हेर्ने त हो
मन परे हरियो, नपरे रातो
0
0
कुरा ठीक हो । ज्ञाने लाइ नयाँ स्पेश दिनु पर्छ । मेरो विचारमा सबभन्दा उत्तम स्पेश त जेल नै होला ।
मन परे हरियो, नपरे रातो
0
0
Yes ex-monarch or ex- king should get some space in coming constitution. We hope political parties are very talent than other countries.
We hope at the end of life, Girija Babu will do this work. and same time Prachand is very good person, He will arrange restablishment of monarchical system look like a Britain and so on.
मन परे हरियो, नपरे रातो
0
0
Denmark ambassdor’s remark was very remarkable for Nepal. If person is foresighted and represent necessity things of different caste ethnic groups’ He could write the constitution. He was illustrating Demark was one of the countries who did.
Sanghatmat system is not suitable in Nepal, that is right. If local resources and materials could use by locality and fully inmplemet the decentrilization of power it will be only panecia.
Tarai or Hilly region could turn like Singpur or equivallent of Europe. If Tarai could take minimum 20% custom’s income money, they could change the face of Tarai in short time. It is look like the Babu Ram Bhattrai’s Budget speech look like Chharlang.
If political parties would like to named as New Nepal they should caution above two things to change the face of Nepal.
मन परे हरियो, नपरे रातो
0
0
नेपाल जस्तो देशमा जनता भनेका बलीका बोका हुन्,जस्ले धेरै मार हान्यो त्यही ठुलो नेता हुन्छ । तर आत्तिनु हुँदैन,एक दिन नेता भन्ने राक्षस लाई पनि जनताले मार हान्ने दिन आउछ ।
मन परे हरियो, नपरे रातो
0
0
यो लेखक पक्कै पनि ज्ञानेको दलाल हो
मन परे हरियो, नपरे रातो
0
0
No comment deserve this bull shit.
मन परे हरियो, नपरे रातो
0
0
वस्तुनिष्ठ भएर प्रतिक्रिया लेखौन साथी हो,आफ्नो पार्टी र आफ्नो मान्छेको मात्र गुणगान
गाउँने हो भने देसको बारेमा कसले सोच्छ?,देसै नरहे हाम्रो वकालतको के काम?
मन परे हरियो, नपरे रातो
0
0
Hello Surya,
It feels me that you don’t have even basic intellectual standard to write the comment in such a public blog. Before commenting, think about yourself that your writing will give negative or positive impact to the people. When I went through your comment I haven’t seen any criticism based on the facts except some ultra biased JUNK guffs. Hello Umeshjee, Why you are giving space to such a person who don’t believe any positive things.People might think that you are in the shadow of these so-called writers. I am not supporter of any party and it better to say ‘ wait and see ‘. Change cannot be seen overnight. It has to be clear that the present government has been not set by a revolution but a result of the compromise between different political forces.
Jayami
मन परे हरियो, नपरे रातो
0
0
माइसंसारका सम्पूर्ण पाठकहरुलाई राम्ररी थाहा छ, सुर्यजी तपाईं आफ्नै शब्दमा ज्ञानेको अनन्यभक्त हुनुहुन्छ भनेर । एउटै घरको जुठो पुठो खाएर हुर्किएको कुकुरले मालिकको बारेमा नकारत्मक शब्द बोल्ने दुस्साहस कहिले नि गर्दैन । त्यसैले त फेद न टुप्पोको तर्क बितर्क गरेर ज्ञानेको स्पेस खोजेर तपाईंले आफ्नो नून को सोझो गर्नु भएको जस्तो लाग्छ मलाई । तपाईंको घैटोम छिट्टै टन्टलापुर घाम लागोस मेरो शुभकामना ।
मन परे हरियो, नपरे रातो
0
0
bakbash writing
मन परे हरियो, नपरे रातो
0
0
हामी हरु ले जनगणतन्त्र भनेको के के न हो भन्ने सोचेका हौला
भोली मुख मा तातो फलामको डण्डी रोपिये पछी र हातमा हत्कडी लागेपछि मात्र थाहा हुने छ
जब हामी ले माओबादी को नियत आफ्नै आँखा अघाडी यती प्रस्ट देखी सक्यउ र अझै केही बुझेका छैनउ भने भोलिको अध्यारो जीवन हामीले भोग्नै पर्छ
यहाँ कोही आएर जति नै सम्झाये पनि कसैले बुझ्ने वाला छैन
माओबादी ले हाम्राइ आँखा अघाडी गड्यौला उनेर बल्छी थाप्दा पनि अन्धो भई त्यो बल्छी खान जाने हामी नेपाली लाई धन्य छ
मन परे हरियो, नपरे रातो
0
0
हामी भेडा जनता को बुद्धी मा यस्तै लेखेको छ
पहिला राजा हरु को चाकडी गर्थ्यौ
अहिले माओबादी हरु को दासत्व मा आफु लाई बाध्न
र आफु ले आँफै लाई खोर मा हाल्न अघी बढ्दै छौ
मन परे हरियो, नपरे रातो
0
0
माओबादी ले अहिले नेपाल मा जे गर्यो तेही मात्रै ठीक हुन्छ,
बाँकी सबै बेठिक हुन्छ
अहिले कुरा गर्नु बेकार हो
प्रचन्ड ले रामहरी लाई कुटी कुटी रगत छदाएर मारेको ठीक हो
१४००० शान्ती पुर्वक बसी रहेका नेपालीहरु लाई मारेको ठीक हो
उपेन्द्र यादव-जस्ले २९ जना नेपाली युवा लाई मारेको थियो-त्यो सग काध मिलाएर हिंडेको ठीक हो
पहिला कुर्ली कुर्ली भारत को बिरोध गरेको ठीक हो
भारत को अहिले तलुवा चाटेर नदी हरु बेचेको ठीक हो
छोरा लाई कम्प्युटर अप्रेटर भनेर अमेरिका लगेको ठीक हो
दिन दहाडे गरीब लाई लुटेर आफु चाइ डेढ लाख को खाट मा सुतेको ठीक हो
नेपाली पोशाक को अपहेलना गर्दै बेलायति टाइसुट लगाएर कपालमा जेल हालेको ठीक हो
जे पनि माओबादी ले गर्छन् त्यो सबै ठीक हो
अरु सबै गलत हुन
यसलाई नै अधिनायकबाद भन्दछन
यसैलाई सर्वसत्ताबाद भन्दछन
मन परे हरियो, नपरे रातो
0
0
Surya ji,
You want YOUR king back to power, right? There are people like you who are still dreaming about this possibility. My suggestion to you would be don’t even try for this kind of article. There are no analyses; just your thrust for King’s pee. People like you who have lived under the order of someone else all the time and are in habit of eating “remainings” from their plates, can not see other options, but only King so that they can enjoy eating his “jutho”. Because you dont have capacity to believe on yourself. You need someone else to survive for
Dinesh
मन परे हरियो, नपरे रातो
0
0
सुर्य जि, बिश्लेशन ठिकै लाग्यो। तर सतहमा मात्रै देखियो । अली गहिराइमा गर्नु पर्ने हुन्छ। निकै छोटो र सतही भयो। बिमिस्तिकको उर्जा केन्द्र भारतमा प्रचन्डको समर्थन्ले मात्रै हैन होला।
आर बि घिमिरे, सुडान
मन परे हरियो, नपरे रातो
0
0
On issue of Federalism, perhaps changing the 5 development regions into 5 provinces might be the best solution.
On issue of Constitution writing, the deadline will not be met with so many holidays and so many obstacles being conjured.
On issues of Girjau, Prachande, Gyane: perhaps we won’t be able to get rid off of them as they are like cancer.
On the article- I think this time Surya Khadka only scores a 4/10. He is a great analyst but this article doesn’t really portray his true prowess.
मन परे हरियो, नपरे रातो
0
0
यो कार्यतालिका अनुसार सम्विधान आयो भने त ठीक छ,तर सङ्घीयताका नाममा देस गृहयुध्दतिर धकेलियो भने दुर्भाग्यपूर्ण हुँनेछ।नेता चनाखा भएनन् भने नेपालको स्थिति
अकल्पनीय हुने कुरामा दुइमत छैन।भनिन्छ-”अहिलेको लडाइ तेलक लागि हो भने भविष्यको लडाइ पानीका लागि हुनेछ”।आज जसरी इराकका जनतालई “तेल” हुनु नै अभिशाप भएको छ त्यसैगरी नेपाललाई पनि “पानि” हुनु नै अभिशाप नहोस।
मन परे हरियो, नपरे रातो
0
0
well said i think have to give some space to king “kunai bela yeuta safal nari ko safali purus le vaneka thiyea hami vaneka tallo istar ko bekti ko santan ramro desvakti vako manche haru lai ta uhile nai jangha bdr le kot parva ma siddaisake” tesaile tallo istar ko bekti haru ko santan ko sochai…………………..tesaile sabi jana mili judi ramro sochai banau ani des banuna kammar kassu naki congress yemali aba ayera maobadi le jasto afno desko sampati bechne prayetna nagaru hami jasti voli hamra chora nati bdesinu naparos
JAI NEPAL
मन परे हरियो, नपरे रातो
0
0
यो मान्छेले ज्ञानेद्रबाट पैसा खाएर यो लेख लेखे जस्तो लाग्यो मलाई ।
मन परे हरियो, नपरे रातो
0
0
Surya bro ko lekh haru malai kata kata maobadi ko support ma jasto lagchha. But anyway yo lekh ma ramro kura haru lekhnu bhako chha. Tesko lagi thanks. Ani surya bro le bhane jastai maobadi pani uhi dyang ko mula huna lage. Desh banaunu kata ho kata, aafno sarkaar 10 barsa ani 20 barsa samma tikauna lagne ho bhane maobadi le dherai nai sandhi ra samjhauta garnu parla aru desh haru sanga, jun hamro desh ko lagi ramro bhanda naramro nai dherai hune dekhinchha.
Pashupatinaath le sabaiko kalyan garun, Jaya Nepal
मन परे हरियो, नपरे रातो
0
0
सूर्य जी कहिले कांही आफू लाइ पत्तै नभै कन रोग ले जरा गाड़ी सके को हुन्छ डॉ बिश्वबंधू कंहा जानू होला
मन परे हरियो, नपरे रातो
0
0
तपाईंले लेखेको ठीक हो।
मन परे हरियो, नपरे रातो
0
0
I suppose you are a good commenter.
मन परे हरियो, नपरे रातो
0
0
bishwa sathi timro ghaito ma pani chhittai prachanda ko gham lagcha. u dont have to wait long
मन परे हरियो, नपरे रातो
0
0
ओह दाजु होकी भाई ! के भनेको? राजा सबैको साझा हो । तिमीले भनेको जस्तो जुठो र चोखोको कुरा होइन। कस्ले कस्को लागि के गर्यो भन्ने कुरा हो । तिमीले कस्को लागि के गर्यौ र? अनी तिमीले गरेर मलाई अथवा अरु कसैलाई के भएको छ र? दिनेश, तिमीसँग के त्एस्तो कपासिटी छ र? तिमी मुर्ख अझ पनि बुज्दैनौ ? देश बिग्रेर कस्तो हालतमा पुग्न लागि सक्यो। राजा आउ देश बच्चाउ भन्ने बेला आउन लाग्यो। त्य्सैले तयार होउ । अब नयाँ राज्य सम्रचनको लागि।
Yes, I am the one of those, you still see the possibility of return of King. Becasue, it’s necessary. No moiast can do any thing. They can just kill people physically or mentally.
मन परे हरियो, नपरे रातो
0
0
no mr dinesh no. artical dosent say that king should be given any power. try to read carefully and comment dont vomit without reality
मन परे हरियो, नपरे रातो
0
0
hello sir,
tapai lai Bishwo bandhu le niko parna saknu bhayeko rahinachha aahile samma, surya ji lai na pathau bho………
मन परे हरियो, नपरे रातो
0
0
मेरो पनि सहमति छ ।
मन परे हरियो, नपरे रातो
0
0
अचम्म ! यो कुम्भकर्णले काङ्रेश,एमाले,मओवादी फेल भाको देख्ने अनी ज्ञाने फेल भको चाँही नदेख्ने । ज्ञाने को पालामा सुतेको थियो कि क्या हो ? अन्धो ! देखेनौ जनताले ज्ञानेलाई फूटबल झै गरी नागर्जुन पुर्याएको ? ज्ञानेले देश हैन ज्यान बाचाउने । साथी हो ! अब चम्चाहरु बज्न थाले । abhilasha
मन परे हरियो, नपरे रातो
0
0