शनिबार साहित्य अन्तर्गत प्रतियोगितात्मक रुप धारण गरेको फोटो हेरी कविता लेख्नका लागि यो साताको चुनौतिका रुपमा तपाईँहरुलाई फोटो-

फोटो हेर्नुस् र फोटोसँग मिल्ने गरी कविता लेख्नुस्। कविताबाहेक अन्य कमेन्ट यसमा नगरिदिनु होला। प्रतियोगितामा सहभागी हुनका लागि बिहीबार बिहानसम्म मात्र कमेन्ट खुला गरिनेछ।
यो फोटो मैले लक्ष्मीपूजाका दिन खिचेको हुँ।
No related posts.









मुनामदनको लयमा
हेरेर तिमी बस्दी हौ आमा आउने बाटोमा
चाडमा पनि सकिन टेक्न नेपाली माटोमा
पुजेर दियो हालेर तेल बालेर बस्दी हौ
निराश हुँदै बनेर दुखी संघार पस्दी हौ
अबिर हरु छरेर हेर जोरबत्ती बालेको
फुलका पत्र च्यातेर राखी सजाई टालेको
गरेर पूजा बालेर दिप उज्यालो बनाई
लक्ष्मीले बाटो देख्छिन भन्ने यस्तै छ भनाइ
उज्यालो दिन्छु सत्यमा हिड सबैको चाहना
बालेर दिप गर्नु है सबै शान्तिको कामना
संस्कार हाम्रो देखिन्छ राम्रो जोगाई राखे त
असत्य माथि सत्यको जित मनले भाके त
नगर ढिला समय जान्छ पर्खन जान्दैन
अरुको लागि दिपक जस्तै मान्छेले ठान्दैन
जलेर गई खरानी भई उज्यालो जगत
छोडन अब मर्ने र मार्ने के देख्नु रगत
लक्ष्मीको पूजा कबिको जन्म नेपाली माटोमा
साहित्य ज्योति बालेर गए नेपाली पाटोमा
हामीले पनि हाम्रो यो देश गर्नु छ बिकास
साहारा बनी सबैको अब निकालौ निकास
अध्यारो रात्री चिर्दैछौ दिप खरानी बनेर
अरुको लागि मरेर गर जादै छौ भनेर
आफु नै जली उज्यालो बाँडी मेटीई जानु छ
हामीले पनि निस्वार्थी बन्ने कसम खानु छ
गरे है आमा कामना तिमी सबैको भलो हो
जे भए पनि नेपाल हाम्रो कर्मको थलो हो
कामना गरे बालेर दिप लक्ष्मीको पूजामा
अखण्ड सधैं नेपाल हाम्रो नबाड्नु धुजामा
मन परे हरियो, नपरे रातो
0
0
आयो रसिलो चाड तिहार
घर घरमा जल्दै छ दियो ।
बल्दै छ आफु तर पनि
मन्दैन कत्ती पिर यो ।।
जली आफु अरुलाई
दिने रोशनी जसरी ।
तिम्रो समर्पणभाबको महिमा
गरौ म कसरी ।।
रङिन पृष्ठभुमिमा जलेको दियो
हो यो शान्तिको प्रतिक ।
हरायो मनबाट दु:ख,पिर,चिन्ता
ल्यायो खुशीको शुभ संकेत ।।
कहाँ थियो र यो खुशी
पीडित थियो जनमन बेसरिनै ।
जल्नु पर्दछ दियो खुशीको अब
हरक्षण हरपल यसरीनै ।।
उज्यालोको लागि शहिद तिमी
क्रान्ति भित्रको आभा ।
दियौ तिमीले मर्म उपमा
फुल्नेछन अब सुनाखरी-सुनगाभा ।।
कालो निशा चिरी तिमी
दिपशिखा उमंग कान्तिको ।
रोपिये हुन्थ्यो बिज अब,फुके हुन्थ्यो बिगुल
दिर्घकालिन शान्तिको ।।
ध्रुब प्रसाद दाहाल
मन परे हरियो, नपरे रातो
1
0
मलाई तिमी लाग्छ माता पो हौकी ?
त्यो छाती चुसी तृप्ति म छैन कत्ती
तिमी बाल देख्दा अती मक्ख पर्ने
तिमी ज्योति नाना बनी खेल भर्ने
**********************
तिमीलाई प्यारो सुख त्याग लाग्ने
हृदय जलाई तिमी मान भर्ने
तिमी दिप बल्ने पखरिमा यहाँ
म फुल्छु कि तिम्रो परम भेटमाहा ?
*********************
मलाई पनि साथ लगाइ माता
तिमी खेल किट सँगइ लागि साथ
म बन्छु कि तिम्रो अती वीर पुत्र
म खुल्छु कि तिम्रो यो आकाश भित्र ?
*********************
सब छन ति दृष्टि तिमी तर्फ हेर्ने,
भँमरा यो गान गरी सान भर्ने
आए मन्त्र मुग्ध गरी किट सारा
बोलाई सङ्गी खुल्न जान्ने हजार
*********************
मलाई पनि निम्तो कतै सभाको
तिमी सँग भुल्ने क्षण त्यो मजाको
पाए दौडी आउने मेरो चाला यहाँ
म भुलुँकी तिम्रो बिजयी सभामा ?
**********************
तिमी सँग खेल्दा सब सङ्गिनिमा
हेरी नाच गर्छु बसी आगनिमा
मलाई पनि दिप बोलाउ त्याहाँ
म मिल्छु तिम्रा सङ्गिनिका गलामा
***********************
तिमी रास गर्दै भुली आफुलाई
जलाई तिमी हृदय फुललाई
तिमी मोल थप्ने अती प्रेम साथ
ए दिप मलाई पनि राख साथ
********************
लुके जुन तारा कता दिप आज ?
तिमीलाई देखी सब प्रेम साथ
कसरी बोलायौ भन यो समय ?
म जानुँ कि तिम्रो कला दिप आज ?
***********************
प्रक्रिती पनि चामर् बनी साथ तिम्रो
सिंगारी बडारी दिने मान राम्रो ,
कती सोभा तिम्रो छेउ पात खस्ता ?
म खसुँकी लाग्ने देखी यो तमासा
**********************
पवन पनि बेग तोडी रसैले
तिमी सँग बस्ने गरी ताल यस्ले
मलाई पनि हान्क दिंदै चलिगो
म आउंकी दीप बोकी आश नौलो ?
**********************
तिमी सङ्ग खेल्छु अरु छैन चाहा
तिमी पर्खि बसे आउनेछु सेवामा
मलाई नबिर्सें सङ्गी मिलदामा
म रुनेछु फेरी गरी याद नाना
********************
मन परे हरियो, नपरे रातो
0
0
अनुकूल प्रकाश,
***
म मा पाप छैन ,म निस्पाप,
जलिरहेछु,बलिरहेछु !
म मा कलंक छैन, म निस्कलंक,
जलिरहेछु,बलिरहेछु !
म मा स्वार्थ छैन,म निस्वार्थ,
जलिरहेछु,बलिरहेछु !
म मा डाहा छैन, इर्श्या छैन,
न घामसित ,न जुनसित
न घामको प्रचण्ड कीरणसित,
न जुनको शीतल आलोकसित,
म त तिम्रा हर सुख र दु:ख का पलहरुमा,
तिम्रा हर एक शुभ कार्यकलापहरुमा ,
तिमीले मेरो उपस्थिती जसरी गराउँछौ ,
म निर्वाध,निर्धक्क जलिदिन्छु,बलिदिन्छु,
मेरो बरकतले भ्याएसम्म,तिमीलाई उज्यालो दिन्छु,
मेरो बरकतले भ्याएसम्म,तिम्रो बाटो उज्ज्वल बनाउँछु,
मेरो बरकतले भ्याएसम्म,तिम्रो आश मर्न दिन्न,
म माध्यम हुन चाहान्छु……………
तिम्रो आत्मा र परमात्मा मिलनको ,
तिम्रो सफलताको ,तिम्रो दिर्घायुको ,
तिमीभित्र उग्ने, हर स-चेतनाको,
शान्ती ,सद्भभाव र एकताको ,
र माध्यम हुन चाहन्छु असल प्रेरणाको,
मलाई सकार तिमी चोखो मनले,
मलाई थाहा छ मेरो अस्तित्व रहन्न ,
तिमीलाई सानो टुक्रा प्रकाश छरेर,
म आफु खरानी हुन्छु!
फेरी पनि म……………
निस्पाप, निस्कलंक, निस्वार्थ,
जलिरहेछु…………
बलिरहेछु…………
त्यागमा सन्तुस्टिको बिम्व बोकेर !!!!
***
चितवन,नेपाल
मन परे हरियो, नपरे रातो
0
0
बिदुर अधिकारि
।।।।।।गजल ।।।।।
जुग जुग बाँची रहु ,आशिश छ मेरो
जन्म जन्म हाँसी रहु ,आशिश छ मेरो
।।।।।।। ।।।।। ।।।।। ।।।।। ।।।।। ।।।। ।।।
तिमीलाई काँडा बिझ्दा ,मलाई मात्र दुखोस्
सधैं भरी हाँसी रहु ,आशिश छ मेरो
।।।। ।।। ।।। ।।। ।।। ।।। ।। ।।। ।।।
तिम्रो पिर चिन्ता सबै ,मेरै तर्फ आवोस
प्रेम माला गाँसी रहु, आशिश छ मेरो
।।। ।।। ।।। ।।। ।।। ।।।
रमणीय स्वर्णिम ती ,सुखै सुखका ताँती
छाती भरी टाँसी रहु , आशिश छ मेरो
।।। ।।। ।।। ।।। ।।। ।।। ।।। ।।। ।।।
मैले दिने भनेका ती ,सुखै सुखका याद
प्रेम भाबले साँची रहु ,आशिश छ मेरो
मन परे हरियो, नपरे रातो
0
0
मन्जील दिप शुब्बा ,(गरिब्)
दिप् आफै बल्छ
कसैले बाल्नु पर्दैन दिप् लाँई यहाँ
अन्धकार् कालो रात्रीहरुमा
जुनकीरि झै ज्योति जोगाई
दिप् आफै बल्छ
भो बजार्न पर्दैन यहाँ
अन्याय अत्याचारको बिरुद्द मा
विशाल् चटाँन् बनि
दिप् आफै बज्रन्छ
शन्देषहरु लोकत्तन्त्रका
तुफाँन् बनि छर्छन्
नाराहरु गणतन्त्रका
मेघ् गर्जन् झै गजार्छन्
रच्ने षडयन्त्रका सिर्जनाहरु
जलाई खरानी पार्छन् दिप्
थाप्ने पाषोका जालहरु
बनि करौती रेड्छन् दिप्
छ मृत्यु अभष्य उस्को
जहाँ निर अमर् छ
दिप् आफै बल्छ,जल्छ,निभ्छ
पर्दैन चित्ता मा रखि जलाऊन यहाँ
आङसराङ्-५ बर् बोटे पाँचथर् manjeeldip@yahoo.com
मन परे हरियो, नपरे रातो
0
0
कति सुन्दरीछैा जति हेरे पनि मन नअघाउने
कति पबित्र छौ तिमि
कहीले लक्ष्मि को आगमनमा साथ दिन्छयौ
कहीले बिजय मा
कहीले चक्षु बनेर
कहीले महाप्रस्थान को दुखद र्साईतमा
हामीलाई मुक्ती दिलाउन
युद्धमा ज्वाला बन्दै शत्रु सम्हार गर्ने
लक्ष प्राप्तीको आसामा
बिपरीत दिमागले त्रि्रो माग गरे
मागलाई उपेक्षा नगर्ने
कति मिजासीछौ तिमी
जहाँ पनि त्रि्रो शुभ साइत
कति सबैलाई हृझाउन जाने की
प्रेरणकी खानी
शान्ती चाहने लाई
मिष्ठान्न बनाएर पस्कने
दिपावलिमा लक्ष्मीको अलङ्कार बन्दै
आत्मसान्तीको बिगुल फुक्यौ
फेरी त्रि्रो दर्शन गर्न पाउँ
पुजन गर्न पाउने आसामा
बाँच्न सकौ त्रि्रो भरोसा मा
प्रबेशगर हामी भित्र
जाडोले सिताङ्ग भएकोछ ।
मन परे हरियो, नपरे रातो
0
0
आफु देखी टाढा गएको सन्तानको
चिरायुको कामना गर्दै प्रतेक दिन
दियो जलाउन पल पल आमा
आसु थपीरहेछिन
दियो जलिरहेछ आमाको मन
तड्पिरहेछ,एक मुठ्ठी उज्यालो सङ्गै
उज्वल भबिस्यको आराधाना गर्दै आमा
आफ्नो चाहना सन्तानको सुखको लागि
जलाइरहेछिन
आफु बिर्सेंर देश र जनता भनेर मर्ने
वीर झै आमा सन्तानको लागि आफ्ना
हरेक पल दियोमा थपिरहेछिन
ज्यान भरिरहेछिन,दियो जलाइरहेछिन
दियो बनेर आमा धपक्क बलिरहेछिन
अन्धकार हटाउन उज्यालो बनेर
जुनिभर आमा शहिद बनिरहेछिन
मन परे हरियो, नपरे रातो
0
0
चेतना
।। अनुभूती १ ।।
निष्पट अन्धकार चिर्दै
अनन्त उज्यालो छर्दै
निरन्तर आफू जल्दै
हावाहुरी झेल्दै
छोटिदो आयूसँग
पालाको दियोको,
अनवरत जीवन संघर्ष।
।। अनुभूती २ ।।
राता पहेलाँ रङ्गका टीका
थरी थरिका फूलहरु
फलफूलका प्रसाद
निर्मल जलको शुध्दता
माटोको पालामा कपासको दियो
आहा! त्यो मझेरीमा लिपेको,
रातो माटोको सुगन्ध
संस्कृतिको जगेर्ना।
।। अनुभूती ३ ।।
फूलको सुगन्ध मोहक
घन्टीको माधुर्य अपूर्व
दियोको ज्योतीपुन्ज मनोहर
भजनको गान
आशिर्बादको आदान-प्रदान
शान्त मन।
परिकारका स्वाद बेजोड
पहिरनको पहिचान सुन्दर
घरको मूल्य अनमोल
परिवारको माया न्यानो
आफ्नोपनको आभाष
बाँच्ने आधार।
मन परे हरियो, नपरे रातो
0
0
दीप अर्थात अन्धकार बिरुद्धको सखघोस्
तिम्रो उपस्थितीले काप्ने अन्धकार
तिमी जल्न थालेपछी
तिम्रो निराकार पुन्ज फैलियेपछी
तिम्रो माधुर्य प्रकाशमा रम्छन मनिस
अनी
दियोमा सिमित तिम्रो प्राणपखेरु
कस्टकर तिम्रो जिबन
अन्धकार चिर्ने प्रयत्नमा
मनिसहरुलाई खुशी दिने सङ्कल्पमा
अफुलाई रित्ताइ दिन्छौ तिमी
मानौ
तिमी उज्यालोको निम्ती शहिद हौ
तिम्रा छरिएका सभ्यताका पुन्जहरुबाट
तिमीलाइनै बिस्थापित गराइदै छ
कतै ममबत्तीको रुपधारण गराइएर
कतै तारबत्तीको अबतारमा
अनी तिमी सिमित छौ परम्परामा
जस्तै
मानब शहिदहरु सिमित छन
शहिद दिवसको परम्परामा
हो एउटा परम्परा बसाइएको छ
दिवस मानी दिने
ति शहिद दिवस हुन सक्छन ,लोकतन्त्र दिवस हुनसक्छन
या यस्तै अन्य अन्य दिवसहरु
र तिमी तिहार दिवसमा सिमित छौ एउटा परम्परामा
समाज परीबर्तनका शहिद यथास्थितीबाट मुक्ती
तिमी दिप अन्धकारबाट मुक्ती ,उज्यालो नयाँपन
लक्ष एकै हो समर्पण एउटै
मात्र फरक छ ,तिमी निर्जिब छौ
शहिद हुने मानबसग जिबन हुन्छ
र तिमी दुबै शहिद हुनेहरु
थन्काइन्छौ अर्को दिवसको प्रतीक्षामा
कुनै अध्यारो प्रकाश सुन्य कुनामा
मन परे हरियो, नपरे रातो
0
0
अन्धकार मा ज्योति आन्ध्यरो लाई चिर्दै छ
बलेको दियो ले “आशा” बोल्दै छ ।
एउटा दियो अलिकत्ती उज्ज्यलो ,
हजार दियो… झिलिमिली चारैतिर।
बलेको एउटा क्रान्ति को दियो
बन्छ लाखौं दियोहरुको आगो,
तिमी बाल्यौ निभेको दियो
उज्यालो त आखिर आउनु नै थियो ।
तिमीले अझ धेरै दियो बाल्नु छ
फाटेको मस्तिस्कको बिचार हरु टाल्नु छ ।
तिमी दियो बाल्दै जाउ
पुरातन जन्जिरहरु ढाल्दै जाउ ।
एउटा दियो अलिकत्ती उज्ज्यलो ,
हजार दियो… झिलिमिली चारैतिर।
-UET Engineers
मन परे हरियो, नपरे रातो
0
0
Diyo bali laxmilai swagat gara hai nepali
Bideshma bitaunu paryo maile tihar yespali
Deepak ko ujelo sangai laxmi pani auchin
Gharai vari ujelo chari ani uni janchin
Diyo timi sadhai yestai gari ba la hai
Timile nai nepali ko muhara ma ujelo chara hai
मन परे हरियो, नपरे रातो
0
0
बली रहेको त्यो दिप वास्तव मा आगो हो ,
जलिरहेको त्यो धागो वास्तव मा जिवन हो,
त्यो दिपले कोरिरहेको धुवाको रेखा जस्तै ।
वास्तविक जिबन मा पनि यसरीनै कोरिरहेका छन रेखाहरु ।
र अन्तमा जलिरहेको उज्यालो, खरानीमा पारीनत भएजस्तै ।
वास्तविक जिबन पनि यसरीनै खरानी मा पारीनत हुने छ ।
तर दिप त्यो हो जस्ले अन्ध्यारो जिबनलाई उज्यालो दिशा तिर ल्याई दिन्छ।
त्यो दिप ले सुन्दर शान्ता नेपाल लाई जन्माई दिन्छ।
प्रदीप मानन्धर जापान /
मन परे हरियो, नपरे रातो
0
0
आफु जलेर पनि जगमा प्रकाश छरिरहेछु
कसले बुझ्ने बेथा भित्र भित्रै जलिरहेछु ।
कहिले चाड अनि कहिले रमाइलोको नाममा
भन्दै परम्परा हाम्रो बरसौ देखी चलिरहेछु । ।
दिगो शान्तीको चाहनामा अग्रसर यी कदमहरु
खै के के भन्दै अनेकौ बहानाको भुमरीमा परिरहेछु । । ।
के तराई,के पहाड,के हिमाल कथा सबैको उस्तै
फेरी बन्द र आन्दोलन को लहर बनी बगीरहेछु । । । ।
समुन्नत समाज र देश बिकाशको आशमा
नया नेपालको शान्त दीपक बनी बलिरहेछु । । । । ।
मन परे हरियो, नपरे रातो
0
0
अलीकती आकाश मेरो पनी,
अलीकती आभा मेरो पनी ,
हत्केला ले सूर्य कहा छेक्थ्यो र ?
अलीकती प्रयाश मेरो पनी||१||
आकाश को तारा न भये पनी |
सानो परिबेश मेरो पनी ,
निश्वार्थ भाब ले अर्पण गर्छु ,
चोखो प्रेम मेरो पनी ,
पूरा क्षितिज मेरो हैंन,
बैभब को गर्मिले मलाई पोल्दैन ,
अंधेर बस्तिहरू मेरो पनी,
सानो आँगन मेरो पनी !!
फुल हूँ म आगो होइँन |,
जसले पनी चिमोत्न सक्ने,
केटा केटीको खेलौना| ,
बूढी आमैको सम्झना,
परदेशियेका को ,मन मेरो घर ,
निभ्न न दिनु म लाइ |
अलीकती आस्था मेरो पनी |
हरेक दिवाली रात !!
तिम्रो आँगन आउला |
दियो बनी
दियो बनी |
मन परे हरियो, नपरे रातो
0
0
म दिप
म सानो छु
तर पनि यो बिकराल अध्यरोलाई
चिर्ने प्रयन्त गरिरहेको छु ।
स्वच्छ श्वासथ र सुन्दर संसार
सधै आफ्नो उदेस्य ठान्छु ।
अनेकौ प्रतिकुल परिस्थिती मा पनि
निरन्तर्ता दिनु चाहन्छु ।
तर पनि मलाई कता कता दर लागि रहन्छ ।
किनकी
स्वच्छ, स्वस्थ र सुन्दर मानिने
मेरो देश नेपाल देखेर ।
नेपाली राजनीतिक नेता हरु देखेर |
जस्को न कुनै निर्णयक योजना र उदेस्य छ ।
छ त खाली
असहमती र असमझ्दारिको खोक्रो भाषान बाजी छ ।
अराजक्ता र सड्यन्त्रकारी योजना छ ।
अझै पनि मलाई दर लागि रहेको छ,
राजनीतिक दल र नेता हरु देखेर |
संबिधान लेख्ने संबिधान सभा देखेर |
अनी सोच्छु मन मनै र प्रश्न गर्छु,
मासिक दुई करोड चालिस लाख (40,000*6000=24000000)
राष्ट्रिय ढिकुती खाँदै सभासद हरु
के गरी रहेको होलन ?
जनता को जनभाबना छेकेर ।
तै पनि मेरो विश्वाश र निरन्तर्ता
सदैब सत्यमा हो ।
त्यसैले मेरो जिबन नअस्ताउदै
म शारा नेपाली हरुको
खुशी हेर्न चाहन्छु ।
नयाँ संबिधान अनी नयाँ नेपाल हेर्न चाहन्छु ।
तब सम्म म
यसरी नै
निरन्तर सत्य को प्रकाश
छरि रहन्छु ।
छरी रहन्छु ।।
छरी रहन्छु ।।।
मन परे हरियो, नपरे रातो
0
0
पूजा थाप्नु मात्र नभई कन दियो तिमी,:
चोक र गल्लिमा सदा का लागी खड़ा हुनु दियो तिमी,
मुंबई को कोठीमाँ लुकयेरा रखियाका नारी बिच चम्कनु दियो तिमी,
मुलुक लाई आफ्नै बाऊ को ब्रिता जस्तो बनाई कमाई गर्ने वाला हरुको मुकुट लगायेको आनुहारलाई छर्लन्ग परिदिनु दियो तिमी,
ति भ्रस्ताचार गरी थुपारेका धनमाल का डुन्गुर माँ अब नाछुपने गरी उजालो पुरएई दिनु दियो तिमी,
पढ़े लेखेका बेरोगजारी यूबा हरुलाई बाटो देखी दिनु दियो तिमी,
भोका नंगा र खुला आकास माँ रात गुजार्नेहरु लाई नय्न्नो दिनु दियो तिमि.
मन परे हरियो, नपरे रातो
0
0
धपक्क बलेको छ दिपक
लक्ष्मी पूजाको साँझमा
उल्लास्माय छ बातावरण
हर्स अनी मधुर उमङगको माझमा
———————-
कस्तो अन्धकार उज्यालो छर्छु
भन्दैछ दिपसीखा
उदासीनता तोड्छु नरोक मलाई
गाउँदै छ लोकभाका
———————-
सघाउँछु म छर्दै जाउ ज्योति
भन्छ पालाको तेल
आत्मा र परमात्मा कती छन टाढा
हुने कहिले हो मेल
———————
आजकै दिन अदुइतिय हुन
देवकोता जन्मिए
चेतनाको मुहान महान किर्ती
कहाँ छन भन्दिए
——————–
अत्रिप्त मन फलको आश
बल्दै छ दियो
मलाई अंगाल हे आसाबादी
पेरिश्रमले भन्दियो
——————-
दिपक र पुष्प दाँया र बाँया
गाडा छ दौंतरी
नयाँ नेपालको उकालो कहाली लाग्दो
खोज्नु छ साझा चौतारी
मन परे हरियो, नपरे रातो
0
0
तिहारको बेला बलेको दियो ,अन्धकार हटाउछ
औशिको कालो अध्यारो चिरी ,गन्तब्य देखाउछ
जलेर आफु प्रकाश देउ ,दियोले भन्दै छ
आत्माको ज्योति सदैब लेउ ,दियोले भन्दै छ
त्यो जोडी दियो सँकेत गर्छ ,एकैसाथ उठ है
निर्माण गर्न सिर्जनसिल बाटो ,सबैले रोज है
जलेर आफु अरुलाई दिन्छ ,दियोले प्रकाश
प्रकाशबान भए मा देख्छौ ,उन्मुक्त आकाश
देबकोटा जस्ता महान कबि ,औशी मै जन्मिए
त्यो काल रात्री चिरेर उनले ,ज्योती लि उभिए
साहित्य ज्योति बालेर देसै ,बनाए उज्यालो
बालेर हिंडे मनको दियो ,हराउछ अध्यारो
जोडी यो दियो ज्योति नै रै छ ,अन्धकार हटाउने
जोडी भै बस बिजोडी हुन्छ ,सबैलाई सताउने
मनको ज्योति बालेर बस ,भन्दै छ दियोले
अन्धकार जति फालेर बस ,भन्दै छ दियोले
मुनामदनको लयमा कबिता गाउनु होला
मन परे हरियो, नपरे रातो
0
0
बालिदिए सबै नेपालीले खुसीका साथ तिहारको दियो.
यो दियो संगै नेपालमाँ रोपियोस है सान्तिको बियो
दिवालीको रंगीचंगी रंग जस्तै ३६ जातको फुलबारी नेपाल.
भेदभाब बंद गरौ है कहिले नफुटोस तराई पहाड़ हिमाल .
यो दियोको प्रकाश संगै सान्तिको कामना गरौ
हत्या हिंशा र मारपीट बाट अब सदै पछि सरौ
फुलापति.ले थाल भरिए जस्तो सदभाबा सहयोगले भारियोस मन
बाली दिए मैले पनि दियो, हे भगवान नजाओस अब खेर धन अनि जन
यो दियोको उज्यालोले सबको मनमा सान्ती छाओस..
हरेक बर्स खुसी लिएर दीपावली हाम्रो घरघरमा आओस…
मन परे हरियो, नपरे रातो
0
0
गुमसुम अब बसी नराख्नु साथी .
एउटा दीयो त बाल्नु साथी..
कालो ओंसीं ले जाल बिछायो.
घर को आंगन नजर त आयो..
नेपाल अब नयां बनाउनु साथी.
एउटा दीयो त बाल्नु साथी..
देश लाई अब लीपी-पोतेर.
अन्तर-कुन्तर झाडी-झुडेर..
भ्रस्टाचार मेटाउनु साथी.
एउटा दीयो त बाल्नु साथी..
एउटा हाम्रो-एउटा तीम्रो.
बले को दीयो देखीन्छ राम्रो..
मिलीजुली देश बनाउनु साथी.
एउटा दीयो त बाल्नु साथी..
आउन सक्छ बतास र हुरी.
अझै गाडी सक्या छैनम धुरी..
दुईटै हाथ ले छेक्नु साथी.
एउटा दीयो त बाल्नु साथी..
नयां नेपाल बनाउनु साथी.
एउटा दीयो त बाल्नु साथी..
दीपु
मन परे हरियो, नपरे रातो
0
0
सप्तरङ्गि अबिर माथि पानसको बत्ति
छेउ छाउमा छरेको छ चामलको रति
मखमालीको फूल पनि कति सुहाएको
यसपालीको तिहारले मलाई रुहाएको…
।।।
एउटा दिदी जनयुद्वमा सहिद भै दियो
सानी बहिनी ५० सालले ज्यानै खाइ दियो
घरमा थियो ८० सालको बुढा बा र आमा
देऊसी,भैलो घरमा आयो छैन दिने दाम
।।।
औँसीको रात भन्दैन साना-साना नानी
घरमा दियो बालनै पर्यो पितृजनलाई मानी
मखमाली को फूल थियो घरको अँगान भरि
ओई लौ ने भो लौ नै नपै आफै झरी-झरी
।।।
मन परे हरियो, नपरे रातो
0
0
दियो तिमी सानो भएर पनि
कती ज्योति फैलाउन सक्छौ
हे मेरा देशका नेताहरु हौ
यो दियोलाई साछी रखी
यस्तै निर्विक भेइ
मेरो देश बनाउन
प्रन गर्न किन दराएक हौ तिमीहरु
कसैको स्वार्थको लागि हैन
तमाम नेपालीको भावनालाई अत्मसाथ गर
दियो जस्तेइ निर्विक भएर अगाडि उविदिनु
बस, यती शाहस गरिदिए पुग्छ
मन परे हरियो, नपरे रातो
0
0
कालो निशालाई चिदैँ
म जलिरहेछु
निरन्तर
तिमीलाई के छ र
बाटो पहिल्याउ
अनि
आफ्नो गन्तव्यतर्फ बढ
निरन्तर
कहिल्यै नथाक्ने गरी
तर छिटो गर
समय बलवान छ
यसले तिम्रो बाटोमा अवरोध खडा गर्न सक्छ
म विवश छु
समयका झोक्काहरुले मलाई निभाइदिन सक्छन्
त्यसैले मित्र
तिमी बढ्दै जाउ
जवसम्म मेरो जीवन रहन्छ
तबसम्म
तिम्रो यात्रा सजिलो भइरहनेछ
किनकी
तिमीले देशको
पुननिर्माण गर्नुछ ।
मन परे हरियो, नपरे रातो
0
0
०००-तीन हाइकु-०००
——–
औसीको रात
दियोको प्रकाशमा
मेरो तिहार ।
———
आशाको दियो
चिर्दै अध्यारोलाई
बल्दैछ आफु । ।
———
प्रकाश छर्ने
आफु जलेर पनि
चाहना मेरो । । ।
मन परे हरियो, नपरे रातो
0
0
म दीपक
तिमीले जलायौ
र जल्दैछु शनै: शनै:
रित्याउँदै आफुलाई
दियालोको तेल जस्तै
छोडेर केहि उज्यालो तिमीलाई
हेर
मेरा ईच्छाहरुको पच्छ्यौरी
लहराएको छु धुँवासँगै
तरँग फैलाउँदै किरणहरुको
मेटीरहेछु
आफुलाई पल पल
यौटै उज्यालो सत्यको खातिर
सत्य – यहि उज्यालो
जहाँ मैले जलाएर आफुलाई
तिम्रो दृश्यमा
पवित्र निर्मल सोचको
सुन्दर सानो सँसार
पारिरहेको छु
सत्य – यहि उज्यालो
जहाँ मैले रित्याएर आफुलाई
विलिन हुनेछु अँध्यारोमा
छोपिनेछ मेरो निँती
सानो सुन्दर संसार
जव म निभ्नेछु
दियालोमा तेल सकिएर
त्यसैले आउ
यहि उज्यालोमा अहिले नै
जलाईराख
दीपक तिमीभित्रको
र छोड प्रेरणा उज्यालोको
ता कि
प्रकाश छर्दै
सुन्दर संसारमा
जलिरहुन् हरदम
लाखौं लाख दीपकहरु ।
मन परे हरियो, नपरे रातो
0
0
गुरु गोपाल जापान,
मिठो हाइकुको लागि धन्यवाद।
तपाईंको हाइकुले मलाईपनी हाइकु लेख्न प्रेरित गर्यो।
“मेरा पाँच हाइकुहरु”
_______________
(i)
दशै,तिहार
धर्म सहिस्णुताको
मिठो प्रेरणा।
(ii)
आरती गरें
शान्तिको दिप बाल्दै
लक्ष्मी पूजामा।
(iii)
मनोकामना
पूर्ण हुने आशाले
दियो जलाएँ।
(iv)
मन्द दीपले
जुन र तारालाई
जिस्काइ रह्यो।
(v)
लोड सेडिङ
यी दियाका ज्योतिले
छेक्न सक्लान?
मन परे हरियो, नपरे रातो
0
0