मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    शनिबार साहित्यः फोटो हेर्नुस् कविता लेख्‍नुस्

    यो साताको प्रतियोगिताका लागि चुनौतिका रुपमा फोटो।

    फोटो कर्णाली दख्खिन बग्दो छ शीर्षकको नाटकको हो। कर्णालीका गाउँहरुमा पुरुषहरु दख्खिनको भारततिर रोजगारीका लागि हिँडेपछि गाउँका गाउँ नै सून्य हुन्छन्। त्यसैले मान्छे मर्दा पनि मलामी जाने कोही पुरुष हुँदैनन्।

    कृपया कविता बाहेकका कमेन्ट यसमा नगरिदिनु हुन अनुरोध छ।

    यस पटकदेखि हामी माइसंसार डोमेनको इमेलका साथै आफ्नै ब्लग सञ्चालनका लागि पाँच वर्षका लागि १० एमबीको वेबस्पेस पनि उपहारस्वरुप उपलब्ध गराउने छौँ (प्रायोजकः अर्चना श्रेष्ठ)

    No related posts.

    39 comments to शनिबार साहित्यः फोटो हेर्नुस् कविता लेख्‍नुस्

    • परिश्रमी र पौरखी युवा पर्देशिएपछी
      कर्णाली का ति पाखा पखेरा रित्ता छन
      बास स्थान का नाम मा केबल झुपडी भिता छन
      मर्दा पर्दा हेर्ने आज कोही भ्एन
      महिलाले लास नउठाइ धर नै पाएनन
      ति पाखा र पखेरा ले नब रुप पाएन
      कर्णाली द:खखिन बग्दो छ राज्यले थाहा नै पाएन
      खान लौन केही छैन बसेका चन भोक भोकै
      अझ पनि व्यबहार किन तिनिहरुलाई दासकै
      राज्य को अनुपास्थिती मा कर्णाली मा बिकास छैन
      निमुखा र पिछडिएका जनता हेर्ने कोही भ्एन
      समस्या को भुमरी मा अल्झिएको छ कर्णाली
      सौतेनी व्यबहार किन त्यहाँ ति पनि हुन नेपाली

      समानुपातिक को नारा जन जिब्रोबाट उर्ले पनि
      कर्णाली लाई छोएको छैन त्यस नाराले
      नगर हेला कर्णाली लाई ति नेपाली आँखाले

      कर्णाली म बिकास को मुहान पुरियाइ देउ
      राज्यको उपस्थिती त्यहा जनाइ देउ

      नटाधिउन कर्णाली का युबा अब सधैं
      पर्देस का ति गल्ली र गोरेटोहरुमा
      पौरख गरी बाँच्न पाउन तिनले सधैं
      कर्णाली का ति सुन्दर पखा पखेरा मा

      नागरिक हुन तिनी पनि हाम्रो नेपालकै
      देउ अब नागरिकता किन गर्छौ उपहास तिनकै

      शिक्षा देउ दिक्षा देउ बिकास देउ अब त्यहा
      पौनु दु:ख पाइ सके कर्णाली बासीले
      अब त राज्य को न्यानो छहारी देउ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • के आर शर्मा

      माथि भएको फोटो चाहे नाटकको नै किन नहोस् ? तर नेपालको बेरोजगारिले गर्दा सबै बिदेशिनु पर्ने स्थिती छ । यस्ता द्रिश्य हरु देखिदा पनि बरु त्यस ठाउमा परेका योजना नेताको पकेट बाट नै सकिने गर्छन् र हामी जस्ता जनताहरु घर परिवारका युबाहरु बिदेशिनु बाहेक अरु कुनै चारो रहदैन । आफै बेचिदै भय पनि पैसाको लागि भनेर बिदेशिन वाध्य छौ । ” बिदेशिनु हाम्रो रहर होइन बाध्यता हो ”

      “रित्तो छ कर्णाली आज पुरुष बिहिन ”

      विश्वको नक्सा नेपाल खोज्दा भेटन गाह्रो छ
      तेसैमा पनि कर्णाली पिडा देख्नको सारो छ
      स्वदेश बसी जल्दैन चुलो जागिर हुँदैन
      कर्णाली रुदा नेताको मन सम्झेर रुदैन

      न यहाँ कुनै बिकास भयो न कुनै सुबिधा
      गर्छन् कुरा बिदेशी बरु परेर दुबिधा
      गाउका युबा पुरुष सबै बिदेश धाएर
      बन्दैन देश भाषण मात्रै नेताले गाएर

      त्यो ठुले दाई बितेछ कठै महिला मलामी
      पुरुष सबै जागिर भन्दै बिदेशी गुलामी
      साहासि तर बाध्यता पनि लास छ काधमा
      ओराली झर्दै कर्णाली नदी झम्क्क साझमा

      गएको भुन्टे बा , आमा अनी श्रीमती छोडेर
      गाउको लागि गरुला केही रकम जोडेर
      साहुको ॠण तेसैमा थपी जग्गाको बन्धकी
      बाबाको मृत्‍यु न दाग दियो के रैछ जिन्दगी

      भएन पुरा ठुलेको कठै मनको धोको त
      आएर छोरा तिरौला ॠण फुकाई पोको त
      तिरेर ॠण बचेको पैसा घरमा लगाई
      सुखमा बस्छु आन्नद सँग तनाई भगाई

      भन्थियो त्यहाँ गाउमा उस्ले छोराको प्रगति
      सिंगोरी खेली दैबले त्यहा देखायो दुर्गति
      आएर काल लिएर गयो कठालो समाई
      बिचरा ठुले पाएन देख्न छोराको कमाई

      हजारौ भुन्टे टुहुरा बने नेताले ठगेर
      नजाने रैछ दु:ख र पिडा कर्णाली बगेर
      आएका सबै योजना हरु नेताको गोजिमा
      सक्छन पैसा क्याबिन अनी डिस्को र रोधिमा

      चुनाव आए छिर्छन नेता फर्केर गाउमा
      भाषण दीई गर्ने रे क्रान्ति भन्छन ठाउमा
      जितेर गई कसम खाई प्रजाको नाउमा
      महंगी बढ्दा राहत छैन प्रजाको घाउमा

      नेपाल सबै बन्दै छ खाली युबाको अभाब
      नफेर्ने नेता जनता ठग्ने खै कस्तो स्वभाब
      गाउमा सबै नेपालै भरी खाली भो पुरुष
      यो रुप देख्न नेताले पारे देखियो कुरुप

      जो आए पनि आखिरी उस्तै के यस्तो शासन
      खप्पिस छन नेपाली नेता दिन त भाषण
      कृपाले मात्रै पाइने रैछ नेताको चाकरी
      गरीब हामी के गरी भर्ने पेटको भकारी

      बाबाको मृत्‍यु नपायो भुन्टे घरको खबर
      बाबाको सामु पौरख आफ्नो लैजाने रहर
      शुन्य छ उहा न कोही उस्को बिरानो शहर
      बा आमा अनी श्रीमती सम्झी काट्दै छ कहर

      बिचरा भुन्टे घरमा आयो बाकस बोकेर
      आमाको बस्त्र देखेर रुन्छ पुर्पुरो ठोकेर
      यस्तै छ छोरा बिधिको रिती रोएर हुँदैन
      मर्दको छोरा भएर कोही यसरी रुदैन

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • के आर शर्मा

      विश्वको नक्सा नेपाल खोज्दा भेटन गाह्रो छ
      तेसैमा पनि कर्णाली पिडा देख्नको सारो छ
      स्वदेश बसी जल्दैन चुलो जागिर हुँदैन
      कर्णाली रुदा नेताको मन सम्झेर रुदैन

      न यहाँ कुनै बिकास भयो न कुनै सुबिधा
      गर्छन् कुरा बिदेशी बरु परेर दुबिधा
      गाउका युबा पुरुष सबै बिदेश धाएर
      बन्दैन देश भाषण मात्रै नेताले गाएर

      त्यो ठुले दाई बितेछ कठै महिला मलामी
      पुरुष सबै जागिर भन्दै बिदेशी गुलामी
      साहासि तर बाध्यता पनि लास छ काधमा
      ओराली झर्दै कर्णाली नदी झम्क्क साझमा

      गएको भुन्टे बा , आमा अनी श्रीमती छोडेर
      गाउको लागि गरुला केही रकम जोडेर
      साहुको ॠण तेसैमा थपी जग्गाको बन्धकी
      बाबाको मृत्‍यु न दाग दियो के रैछ जिन्दगी

      भएन पुरा ठुलेको कठै मनको धोको त
      आएर छोरा तिरौला ॠण फुकाई पोको त
      तिरेर ॠण बचेको पैसा घरमा लगाई
      सुखमा बस्छु आन्नद सँग तनाई भगाई

      भन्थियो त्यहाँ गाउमा उस्ले छोराको प्रगति
      सिंगोरी खेली दैबले त्यहा देखायो दुर्गति
      आएर काल लिएर गयो कठालो समाई
      बिचरा ठुले पाएन देख्न छोराको कमाई

      हजारौ भुन्टे टुहुरा बने नेताले ठगेर
      नजाने रैछ दु:ख र पिडा कर्णाली बगेर
      आएका सबै योजना हरु नेताको गोजिमा
      सक्छन पैसा क्याबिन अनी डिस्को र रोधिमा

      चुनाव आए छिर्छन नेता फर्केर गाउमा
      भाषण दीई गर्ने रे क्रान्ति भन्छन ठाउमा
      जितेर गई कसम खाई प्रजाको नाउमा
      महंगी बढ्दा राहत छैन प्रजाको घाउमा

      नेपाल सबै बन्दै छ खाली युबाको अभाब
      नफेर्ने नेता जनता ठग्ने खै कस्तो स्वभाब
      गाउमा सबै नेपालै भरी खाली भो पुरुष
      यो रुप देख्न नेताले पारे देखियो कुरुप

      जो आए पनि आखिरी उस्तै के यस्तो शासन
      खप्पिस छन नेपाली नेता दिन त भाषण
      कृपाले मात्रै पाइने रैछ नेताको चाकरी
      गरीब हामी के गरी भर्ने पेटको भकारी

      बाबाको मृत्‍यु नपायो भुन्टे घरको खबर
      बाबाको सामु पौरख आफ्नो लैजाने रहर
      शुन्य छ उहा न कोही उस्को बिरानो शहर
      बा आमा अनी श्रीमती सम्झी काट्दै छ कहर

      बिचरा भुन्टे घरमा आयो बाकस बोकेर
      आमाको बस्त्र देखेर रुन्छ पुर्पुरो ठोकेर
      यस्तै छ छोरा बिधिको रिती रोएर हुँदैन
      मर्दको छोरा भएर कोही यसरी रुदैन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • दामोदर नेपाल

      कर्णाली दख्खिन बग्दो छ

      एक टुक्रा जुनले
      निशा चिर्ने प्रयास गरिरहेको बेला
      सहयोगी हातहरु फैलाउँदै
      प्रकाशलाई परावर्तन गर्दै
      बस्तीमा उज्यालो छर्न उद्यत
      कर्णाली दख्खिन बग्दो छ ।

      घरको गर्जो टार्न
      अनि
      गाउँलाई झलिमिलि पार्न
      दख्खिन झरेका र झारिएका
      दाजुभाईसँग भलाकुसारी गर्न
      उत्कट अभिलाषा मनमा सजाउँदै
      कर्णाली दख्खिन बग्दो छ।

      आफ्नो जल्दो आत्माको पिडा
      काठमाडौँलाई सुनाउँदा सुनाउँदै
      सुकेको आँतले
      सकि नसकी सुसाउँदै
      परिवर्तनको स्वागत गर्न
      कर्णाली दख्खिन बग्दो छ।

      सुनको भाउमा नुन खाएर पनि
      झुत्रो आवरणले बेरिएरै पनि
      शासकको मागीखाने भाँडो बन्नुपरेको
      अव्यक्त पिडा निर्जिव ढुङ्गाहरुसँग पोख्दै
      कर्णाली दख्खिन बग्दो छ।

      फगत गफका क्रान्तिकारिताको
      खुलेर खिल्लि उडाउँदै
      दिदीबहिनीका काँधले
      घाटमा झारिएको
      राज्य व्यवस्थाको लाश
      हुत्याउँदै दख्खिन झार्न
      खरानी बन्ने प्रतिक्षामा
      अझैपनि अविरल बग्दैछ
      साँच्चै कर्णाली दख्खिन बग्दो छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kalpit

      पक्कै लुना हरुका हात यो शिर्शक म पनि
      कबिता लेख्ने अभिलाषाका साथ चलेका होलान
      यही मिठो कल्पनामा कम्प्युटरमा माउस
      घुमाउदै गए, निकै तल जहाँ मेरो देश पुगेर
      झुन्डिएको छ, त्यहा सम्म पुगे,
      जहा बाट कर्शर पनि तल झर्न मानेन
      अनी सोचमग्न भए,अनी याद आयो देशको
      हजारौं लुनाहरु नेपाल गय होलान
      मलामी जान किनभने मर्द हरु त
      स्याटेलाएतट जस्तै इराक तिर मरुभुमिमा
      भोलिको लागि जोहो गर्न भौतरिदैछन
      एक मुठी प्राण हातमा लिएर
      अनी चित्त बुझाए
      लुना हरु पक्कै आउनेछन
      हामी पुरुष हरुले गर्नु पर्ने काम फत्ते गरेर।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अनिल शर्मा

      मर्नेको कोलाहल
      बाँच्ने आश गरेर जीन्दगी सधैँ भाग्दो छ भालेगण
      मै दावानल बल्नु पर्छ त्यसरी पोथी मलामीसंग
      यो ब्रम्हाण्ड फुटेन लौन किन हो यस्तो हुँदामा पनि
      कर्णाली तिमी बग्नु दक्षिणतिरै जे जे भएता पनि

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अनु

      म आफु दख्खिन बगेकै बेला,
      कर्णाली,
      तिमी पनि दख्खीन बगेको सुन्दा,
      बिलखमन्द भएको छु,
      तिमीले मलाई भनेका थियौ,
      पसिना चुहाये, यहाँ धान फल्छ,
      पाखुरा बजारे, यहाँ सुन फल्छ,
      तर के भयो आज यस्तो?

      तिम्रो त रहर थियो,
      आफ्नै भुमी भिजाउने,
      यही देश को सेरोफेरो,
      यसैमा नै रमाउने,
      जती गये दख्खिन तिर,
      तिनलाई पनि फर्काउने!

      यहाँ बसी सुन्दै छु म,
      पुरुष शुन्य भयो घर,
      शव पनि चेली बोक्छन,
      बारी पनि चेली जोत्छन,
      के हुन पुग्यो यस्तो,
      हजार प्रश्न छाती घोच्छन!!

      सम्झि-सम्झी तिम्रा कुरा,
      मुटु मेरो पोल्ने गर्छ,
      निभ्नु भन्दा पहिले दियो,
      जस्तो गरी चर्को बल्छ,
      बस्नु छैन यहाँ मलाई,
      एकै पल, एकै छिन,
      बिन्ती छ,ए कर्णाली,
      अघी – अघी तिमी हिन!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • जय, सिड्नीबाट

      *** कर्णाली दुखिरहेको छ ***

      कहिले खडेरीमा
      एक छाक अन्नको आशमा बाचेँको छ
      कुपोषित कर्णाली
      कहिले हिउँदमा
      प्रकृतिको बलात्कार सहेर बसेको छ
      कहिले ग्रिष्ममा
      एउटा भेडासँग नूनको विनिमय गर्न
      उत्तर धाएको छ
      कहिले दशैमा
      जूनको उज्यालोसङ्गै
      दक्षिणतिर छोरोको बाटो हेर्दै बसेको छ
      र धिक्कार्दै छ
      आफ्नै भाग्यलाई कर्णाली।

      जुम्लाको स्याउ जत्तिकै रसिला,
      शे-फुक्सुन्डुको पानी जत्तिकै निर्मल
      अंकलालका बाल सपनाहरु
      जमिरह्यो उनकै मनभित्र
      थिन्लेका ‘डेट एक्स्पाएर्ड’आशाहरु
      सेताम्मे हिँउले पुरिदिएको छ
      र आफ्नै देशमा
      सौतेनी सन्तान भएको छ कर्णाली।

      यतिबेला मेरो कविताले
      आशु पुच्छ्न सक्तैन कर्णालीको
      न टेवा दिनसक्छ मलामी बोक्ने हातहरुलाई
      न त चरो बनी फुरुरु उडी जान सक्छु
      यता दक्षिणमा
      म कर्णाली सम्झिएर रोइरहेछु
      र गिज्याउदै छ
      मलाई आफ्नै नियतीले
      उता कर्णाली, अझै दुखिरहेको छ
      उत्तरबाट कर्णाली अझै
      अविरल रोइरहेको छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shova adhikari

      के देखनु पर्‍यो आज यो मैले ,सुनसान ठौँउमा
      देख्दिन कोही दाजु र भाइ ,यो हाम्रो गाउँमा
      घरको स्थिती सुधार्न भनी ,मुग्लान पसेका
      नारीले पनि आफ्नो काम् गर्न ,कम्मर कसेका
      ।।। ।।। ।।। ।।। ।।। ।।। ।।। ।।। ।।। ।।। ।।। ।।
      देशको स्थिती जर्जर हुँदा ,रोज्गारी खोज्नलाई
      दक्षिण तर्फ पालायन् भए ,जागिर खानलाई
      बिदेशमा गई पुरुष ले ठोक्छन ,मालिकलाई सलामी
      गाउँमा पुरुष नहुँदा महिला ,जादैछन मलामी
      ।।। ।।। ।।। ।।। ।। ।।। ।।। ।।। ।। ।।। ।।। ।। ।।
      गाउँको कथा ब्यथामा मात्र , सिमित नपारौं
      जागरुक् बनी स्वदेशमै बसी ,देशलाई सपारौं
      सुन्दर देशको गरीब बन्दै ,नहोउ दुर्नामी
      घरमा कोही नहुँदा नारी ,जादैछन मलामी
      ।।। ।।। ।।। ।।। ।।। ।।। ।।। ।।। ।।। ।।। ।।। ।।
      घरमा सासु ससुरा कहिले , बिरामी पर्दा हुन्
      मुग्लाने पती सम्झिदै कती ,बिरामी कुर्दा हुन्
      नहुँदा साथ संकटको बेला ,आउदो हो सुनामी
      साहाश बोकी खपेर नारी ,जादैछन मलामी
      ।।। ।।। ।।। ।।। ।।। ।।। ।।। ।। ।। ।।। ।। ।।।
      गाउँमा कृषि बिकास छैन ,उब्जाउ हुँदैन
      बर्षको खेती तिन् महिना पनि ,खानलाई पुग्दैन
      देशका युबा जमात बिदेश ,पलायन भएनी
      बोकेर लाश सहेर नारी ,जादैछन मलामी
      ।।। ।।। ।।। ।।। ।।। ।।। ।।। ।।। ।।। ।।। ।।।
      मुना मदन को लयमा गाउँनु होला
      शोभा आधिकारि

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kim Aryal

      Death is a loss, without a doubt
      Death is a lesson to learn about
      Death is also a call to heaven or hell

      Death came and now my beloved
      Fellow countrymen is gone
      Seems the funeral is arranged
      Only I can see ladies for the last prayers
      Wrapping the dead body with warmth & care

      Just few women and children they made a vow
      They would come to each other’s funeral from now
      Still there lips were quivering and
      There faces were black & dry
      I asked myself why????????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Basanta Thapa,Maryland,USA

      कर्णाली !
      भुगोल जे जस्तो भएपनी,प्रकितिले जती धोका दिएपनी
      देश बनीदिएको भए तिमीले,पैरोमा पुरिनु,बाढिमा बगिनु पर्दैनथियो कि !
      कर्णाली !
      भुगोलले ठगेपनी,शाशकले नठगी दिएको भए तिमीले
      नाङ्गो खुट्टा हिंड्नु पर्दैनथियो कि !
      डाडाभरी,पाखाभरी,खोलाका किनाराहरुमा भोकाहरुको बस्ती बसाउन पर्दैनथियो कि !
      कर्णाली !
      भुगोलले पछाडि पारेपनी
      कुपर्था,कुचलन,कुसस्कारले नसताएको भए
      शायद तिमीले पशुको जस्तै जिबन जिउनु पर्दैनथियो कि !
      उचनिच,छुवाछुत,भेद्भाबले पिसिनु पर्दैनथियो कि !
      कर्णाली !
      भुगोल जे जस्तो रुप दिए पनि
      कलकारखाना,उधोग,ब्यवसाय खुलेको भए
      आफ्नो भुमी र आफन्त छाडेर बिदेशिन पर्दैनथियो कि !
      आमाको काख,जिबन साथीको रात,साथिभाइको साथ गुमाउनु पर्दैनथियो कि !
      कर्णाली !
      भुगोल जस्तो सुकै भए पनि
      शाशक गतिलो भइदिएको भए
      बिदेशी ईशारामा देश चल्दैन थियो कि !
      सधैंको मुठभेद,खुटा तानातान हुँदैन थियो कि !
      कर्णाली !
      देश जस्तो भएपनी जनता सचेत भइदिएको भए
      सधैंभरी शाशकले धोका दिन सक्दैन थिए कि !
      साना घटनामा पनि चक्काजाम,बन्द हुँदैनथियो कि !
      सामन्ती, निरङ्कुसका कुनै पनि रुप धेरै पहिले लास भइसक्थे कि !
      कर्णाली !
      समाज जस्तो भएपनी
      चलन जनमुखी,व्यबहारमुखी भइदिएको भए
      आफ्नो जन मर्दा धेरै पहिले छोरीले लास उठाइसकेको हुनेथियो कि !
      कलेजोको टुक्रा खस्दा छोराछोरी एकसाथ मलामी गैरहेको हुनेथियो कि !
      नारी पुरुष बराबरको कथा धेरै पहिले लेखिसकेको हुनेथियो कि !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • NRB

      दुर्इ हाइकु

      [I}
      कर्णाली मैले भोगे
      देखे
      काचो मासु टोकेको
      गिद्द सरी !
      {ii}
      प्रच०डको राजधानी
      बावुरामको मायाँ
      अव छिट्टै सिंगापुर
      नारीको काँध पुरूष लासमा !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shilu

      कर्णाली
      @~~~@
      कर्णाली को पानी माँ आशु बग्छ ,
      कुना कन्दरा हरु पीडा बोल्छन,
      आकाश डम्म सधै कर्नालीको,
      बस्तिहरू सदा जागै बस्छन |१|

      अमूर्त सौंदर्य छाती भित्र,
      तैपनी अनुहार धमिलो ,
      देश तिम्रो हृणी छ कर्णाली ,
      तिर्नु छ पक्षपात को तिरो ,
      मौसम बदलीयेन जहा ,
      हृतु राग गूंजेंन,
      नीस्तुरीहरु आशु पुछ्दैनन यहाँ,
      तिम्रो आशु सुकेंन,
      मेरो यो कबिता तिमीलाई कर्णाली ,
      पबित्र भाबना तिमीलाई ,

      आशुको संदेश पठाउदै गरे ,
      सुस्केरा हरु छर्दै गरे,
      कर्णाली घाऊ ले पोल्दैछ सबलाई ,
      देश तेतै तीर आउदैछ,
      नेपाली हरु तेतै तीर झर्दैछंन !!
      धैर्य गरे ,
      पर्खी बसे !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raJim

      “तिन हाइकु”
      ————-

      (i)
      दक्षिण झर्छ
      लाचार शरीर यो
      कात्रोमा पनि।

      (ii)
      नर र नारी
      रथका दुई पांग्रा
      खोई मलामी?

      (iii)
      हठात् भयो
      युद्द र पिडा बोकी
      मेरो नेपाल।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • studentInBerlin

      नेपाली मानस्पटलबाट हराएको कर्णाली जाने
      नयाँ बाटो खोजिंदैछ
      श्रीजनाका भक्तको पुन्य धाम
      गुरुकुलमा आज नौलो दिसा रोजिंदैछ ।

      बादलीएको आकाश उघ्रदैं छ
      कृतिम चस्माहरु झिकिदैछन
      दृष्‍टिबिहिन आँखाहरुमा
      प्रकाश बास माग्न आउँदैछ ।

      नौलो अनी कठिन छ अभ्यास
      सप्रदैं छ नाटकिय बिधा
      रशाउँछन आँखा गरुङगो हुन्छ मुटु
      कलामा कर्णालीको पिडा झल्किंदा ।

      फिँजायो नेपथ्यमा अन्धकारले पन्जा
      चल्यो त्रासको हुरी
      राजधानीको न्यानो काखमा सुरक्षित मन
      बिकट दार्चुला अनी मुगू सम्म पुर्यौउने कसरी ।

      कालो पृष्‍ठभुमीमा सङ्केत गर्दै
      उदाउँदैछ भौतिक चन्द्रमा
      छट्पटाइरहेका छन सम्बेदनशील पात्रहरु
      सत्यताको लामो अनी अनिस्चित खोजिमा ।

      नेपाली रिती बज्दैछ सङ्ख
      खोइ कसले प्राण त्याग्यो
      लास उठाउने पुरुष नै छैनन
      यो कस्तो आपत आइलाग्यो ।

      बिहान बेलुकी छाक टार्न गाह्रो
      गए स्वामी मुग्लान
      ढुङ्गा झैं सारो नेताको मन
      सक्छ र पग्लन ?

      तुइन चढ्न वाध्य छौं हामी
      कुर्दै छौं प्रगती
      समाबेसी झन्डा मुनिका हामी
      किन यो दुर्गती ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gole Dai

      सुन्दा छौं कर्णालीले डाँको छाड्यो रे !
      _________________________

      सुन्दा छौं
      ठुलै डाँको छाड्यो रे
      कर्णालीले काठ्माण्डुमा
      आजकल त
      काठ्माण्डौका मान्छेले
      खोजी खोजी नक्सामा कर्णाली हेर्दाछन् रे
      ए हजुर !
      हाम्ले कैले देखम्ला
      नेपाल देश नक्सामा कस्तो देखिँदो हो ?
      अझ भाउन्न छुटुञ्जेल देखेको
      यो कर्णाली
      नक्सामा कस्तो देखिँदो हो ?
      कठै ! भेँडी गोठ गा’कि मेरी छोरीले
      किताबमा हाम्लाई
      कर्णालीको नक्सा देखाउँदि हो त
      हो हजुर यो जुनी हामी
      पसिनानै डङ्डङ्ती गन्हाएपनि
      गुनासो गर्ने थिनम
      कर्णाली दख्खिनै बग्यो भनेर
      सुन्दा छौं
      काठ्माण्डौका चिया पसलमा आजकल
      कर्णालीकै बात मार्दाछन् रे
      ए ! हजुर
      चिया पसलको बातले
      बग्ने कर्णालीलाई छेक्न कहाँ सक्लाउ र
      अफसोस् यति हो कि
      कर्णालीले हाम्रो तिर्खा धरी मेट्न सकेन
      त्यसैले हजुर
      कर्म बा’दुरको लास हिँजो
      छोरीचेलीले उठाउनु पर्यो
      काठ्माण्डुमा आएर
      आँसु खसाएर कर्णालीले
      ‘ के तपाईँसँग कर्णालीको नक्सा छ ?’ भनि सोध्दा
      नढाँटी भन्नुस् त हजुर
      क कस्ले छातीभित्र
      कर्णालीको नक्सा खोज्नुभयो ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prawasa ,pokhara

      मलामीको देश

      देशको
      अर्को दुर्भाग्य
      यी काँधहरु
      लाश बोकेर
      मसानघाट झरिरहेकाछन् ।

      कर्णालीको यात्रा
      गाउँहरु शुन्य छन्
      सपना बोकेर

      अनी
      लाशहरु जस्तै
      मौन छन्
      सपनाहरु पनि

      गाउँ शुन्य हुनुको पिडा
      चितामा
      आफ्नै सपना जलाएर
      मलामीहरु गाउँ फर्कन्छन् ।

      यी
      मलामीहरुलाई फुर्सद हुँदैन
      एक थोपा आसुँ झार्ने
      एक घुट्को पानी पिउने

      के थाहा !

      कतै बाटोमा कुनै अर्को लाश
      मलामीको प्रतिक्षामा
      छट्पट्याइरहेको छ की ?

      मेरो देश झैं ।

      देश त आफ्नै हो
      तर
      देशले कहिल्य आफ्नो भनेर सम्झेन ।

      प्रवास, पोखरा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kiran

      नारा बन्छन् यहाँ
      देखावटी समानताका लागि
      कस्तो समानता हुन्छ र?
      पति दमन भित्र…
      हामी बिना चुल्हो बल्दैन
      रजस्वलाको चार रात पनि
      सुख छैन हामीलाई
      भाडा मोल्छौ र सुकाउछौ
      आफ्नै जीन्दगी सुकेको पत्तै छैन
      धिक्कार छ सहरिया महिलाहरु
      खित्त हाँस्छौ
      सोच्दै हामी समान छौ

      चुल्हो कतिन्जेल चम्काउने
      बर्तन कहिलेसम्म टाल्काउने
      बालिका ,युबती हुँदै बुढ्यौली सम्म
      भाँडाहरु खिईदै जान्छन्
      चुल्होहरु फेरिदै जान्छन्
      अन्डकोष सकिए
      रक्तस्राब रोकियो
      अहँ तर हामी फेरिएनौ

      सिकौँ कर्णालीका दिदीसँग
      एक त गर्भबती छिन्
      दोस्रीको स्राबको दोस्रो दिन
      अर्कीको आनन्द परपुरुषगमनमा
      अनैतिक लाग्ला तर चाहेको गर्छिन्
      अनि यस्तो पो स्वतन्त्रता
      जहाँ मलामी जान्छन् लास बोकेर

      बाध्यता हो भन्लान् शहरमा….
      बाध्यताले जन्माएको समानता हो त्यो
      यति बिघ्न अधिकर कहाँ छ र यहाँ…
      कुनै लक्ष्मणरेखा बिना
      मात्र छ कर्णालीमा

      हाम्रा पुरुषलाई हाम्रो स्वाद पुरानो भो रे???
      नँया रातमा नँया बदन चाहान्छन्
      हामी त्यो खस्रो छाला कहिलेसम्म चट्ने
      न स्वाद न रङ्ग बाहुनलाई च्याउ जस्तै
      फेरि मख्ख छौ
      हामी समान छौ

      सिकौँ कर्णालीका दिदीसँग
      कस्तो महान छ त्यहाँको स्वतन्त्रता
      मलामी जान्छन्
      बुझेँ जति कुरीति भङ्ग गर्छन
      चाहे परपुरुषगमन पनि गर्छन
      जे मन लाग्यो त्यही गर्छन

      kiran (india)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shiva

      सुन्तली – तिमी धन्य छौ ।
      म सँग शब्द नै छैन तिमीलाई सम्बोधन गर्न,
      बाचुन्जेल साहारा दियौ तिमीले मेरा ब र आमा लाई
      मरेपछी पनि सम्म को काँध तिमीनै दिदैछौ।
      धन्यछौ तिमी।
      बाबुको बिछोडमा गहभरी आसुँ पारेर पनि
      मेशिन सरी काम गरिरहेकै छु ।
      बिदेसिनुको पिडाबोकेर बसेकोछु ।
      पुन्टे र भुन्टुलाई राम्रो स्कुलमा पदाउने,
      तिमीलाई पेटभरी खुवाउने, यकसरो चोलो फेर्ने अनी ,
      आमा को ओखति मुलो राम्रोसँग गर्ने,
      यस्तै यस्तै धैरै सपनाहरु बोकेर , बिदेसिनुको पिडा सहेर बसेकोछु ।

      शायद तिमीलाई रून पनि फुर्सद छैन ।
      पक्का तिमीलाई रून पनि फुर्सद छैन। ।
      सागर बाट फर्के पछी भुन्टिलाई दुध पिलाउनु छ।
      भोली बिहानको चुलो जलाउनुको चिन्ता छ तिमीलाई,
      माली गाई को बाञ बाञ र सिङ्गारी बाख्री को म्या म्या पनि त तिम्रै पाखुरिमा बाचेका छन ।
      दुई सुर्को बारीमा पनि तिम्रै रगत पसिना सिज्नु परेको छ ।
      दुई बहर गोरुको साथ पनि तिमीलेनै निभाउनु परेको छ ।
      अनेक बाधा र अडचन सहेर, लोग्ने बिदेसिनुको पिडा बोकेर कुरी बसेकी छौ ।
      तैपनी तिम्रो कसै सित केही गुनासो छैन,
      सुन्तली – तिमी धन्य छौ। ।
      साहुको ऋण तिर्ने पैसा बनाय पछी , अलिकती जगेडा पनि बनय भने
      फर्की आउने छु तिम्रो अङालोमा बाधीन,
      बिताउनेछु बाँकी जीवन तिमीसँग कहिलै नछुटीकन
      धैर्य गर म चाडै आउँदैछु , भन्देउ आमालाई म ब्याकुल छु -
      आमाको काखमा लुतुपुती खेल्न
      म आतुर छु – पुन्टेलाई क , ख सिकाउन, अनी भुन्टि को तोते बोली सुन्न ।
      सुन्तली – तिमी धन्य धन्य छौ।

      शिवहरी श्रेष्ठ
      बिदेस बाट

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • म हुं एउटा आम नेपाली अजर अमर र शाश्वत..
      हरेक समय मा हेपेर सबै ले सताउंदै,लडाउदैं..
      काल को मुख मा पुर्याई मार्दै छ्न मलाई..
      तर पनी प्रत्येक चोटी म ज्युन्दो भई नै हाल्छु..
      नेपाल मा सायद कुनै संजीवनी बुटी छ..
      जस्ले मलाई हमेशा बचाई नै राख्छ..
      नेता अभीनेता पुलीस,अधीकारी र सबै कर्मचारी..
      मेरो नै चीन्ता मा सधैं घोइरी नै राख्छन..
      मलाई नै सखाप गर्न को लागी अनेक..
      प्रकार का प्लान र योजना बनाई नै राख्छन..
      तर कसै ले मेरो केही बीगार्न सक्दैन..
      किन की म एउटा आम नेपाली हुं..
      मेरो जिजीविषा कहीले मरदैन..
      मेरो अन्तरआत्मा को दीयो हमेसा बली नै राख्छ..
      र मलाई वीस्वास दीलाउन्छ की म वीशीष्ट छु..
      अती नै वीशीष्ठ……
      त्यसै ले मलाई लास बनाउनी वाला हरु..
      आफ़ै लास बनेर मसान घाट तीर लागे..
      तर म आज पनी बांची नै राख्या छु..
      संकट को बेला मा पनी आंखा मा..
      आंसु बोकेर हांसी नै राख्या छु..
      म येसरी नै भवीष्य मा पनी बांच्दै जाने छु..
      आफ़्नो कर्म र पसीना को उपकार ले तिमी हरु लाई..
      लज्जित गर्दै जाने छु… लज्जित पार्दै जाने छु………..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj Maharshi

      सारी-चोलो र चुराको सौदर्यमा चमक थप्न चेलीको
      गास-कपास र दैनिक गर्ज टार्न परिवारको
      जीवन- सम्भाबनाको खोजिमा परदेश लागे पुरुषहरु -
      सपनाको क्यानभास खोज्दै ओझेल परे गाउँ र बस्तीहरु !

      एक चोक्टा जुनले कालरात्रीलाई भगाउन नसकेर
      त्यो निरंकुस मृत्‍यु आक्रमक र बिभत्स बनेर आयो
      आयो द्वन्द्व, भुकम्प,बाढी र भोक्मरिको मुखुन्डो ओढेर
      हामीले जन्माएको सन्तानको प्राण चुपचाप लिएर गयो !

      जन्मदाता हौं नारी हामी, सिर्जना प्रकृतिको कति राम्रो
      आज लास उठाउनु पर्‍यो आफ्नै हातले, घाएल छ छाती हाम्रो
      कर्णाली-आसु चेलीको बोकी देश दख्खिन नबगोस अब
      झुल्काऔ मातृभूमीमा सुनको बिहान,फर्क है पुरुष सब !!

      - राज महर्शी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बोकेर मृत सपनाहरुको भारी
      एकहुल बहिनीहरु झरीरहेछन ओरालो दक्षिणतिर
      त्यो कात्रोले बेरिएको लास कसको हो ?
      मलामी हिडेका बहिनीहरु को हुन ?
      यसै भन्न मुस्किल छ ।
      कसैले भन्छन् राज्यको लाश बोकेर दक्षिणी ओरालो झर्नेहरु
      सुदुर बस्तीका कुमारी सपनाहरु हुन
      बोकेर काँधमा बुढो सदर झर्नेहरु
      परीत्यक्त मोफसलहरु हुन
      हामीलाइ यसै भन्न गाह्रो छ
      कीनकी हामी ब्यस्त छौ बनाउन कर्णालीकालागी योजनाहरु
      हामी लेख्न ब्यस्त छौ कर्णालीको लागी एन जी ओ प्रपोजल
      हामी भेटघाट, मिटिङ्ग र कुराकानोमा ब्यस्त छौ
      महान कर्णाली निर्माणको ठेक्का पाउन
      त्यस‍ैले हामीलाइ कर्णालीको मलामी जान फुर्सद छैन
      जोसुकै मलामी जाउन् हामीले बुझ्न भ्याएका छैनौ
      हो हामी शासक हौ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • छक्कु उदासी

      शर्वप्रथम नाटककारलाई मेरो सलामी
      ती आधाआकास नारीलाई मेरो सलामी
      कस्ले भन्यो नारी जानु हुन्न मलामी ?
      किन भन्यो नारी जानु हुन्न मलामी ?

      किन हुन्छ यो समाजमा भेदभाव ?
      मलामीको हुने गरी यसरी अभाव
      नारी र पुरुषमा छैन की यहां सदभाव ?
      छटपर्टाईरहे छ जहां मानवताको अभाव

      भो अब त र्फक प्रदेशी ढिला भईसक्यो
      लालुपाटे र चमेलीमा धमिरा लाईसक्यो
      गाईले खाने हरियो बन आगोले खाईसक्यो
      तिम्रो त्यो जन्मभुमीमा सुन्यताले र्छाईसक्यो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rajendra Pandey

      नयाँ नेपाल बनाउछु भन्ने नेताहरु
      ठुला ठुला सपनाहरु बादनेहरु
      के तिमीहरले पिडा र गरीबीले
      छतपतायी रहेको आत्मालाई देखेका छौं
      रोजगारीको आस देखाउनेहारु
      एुबाहरु देशका शक्तीहुन भन्नेहरु
      तिनिहरु खै कता गये
      तेस्को करण खोज्ने गरेको छौं
      गाउका गाउ रितिनेगरी
      योउब शक्तीहरु पलाएनहुँदा पनि
      तिनिहरुलाई रोक्ने कुनै
      पहल गरेका छौं
      पुराना परम्परा र आस्थाहरु बिलिन हुन लाग्दापनी
      के तिमीहरुले आफ्न आँखा खोलेका छौं
      काठमाडौंको पाचतारे होटेलमा बसेर
      बिभिन्न सेमिनारहरुमा ठुला ठुला कुरा गर्नेहरु
      के तिमीहरुले गाउको आगनमा बसेर
      भोकभोकै रात बिताएका छौं
      उनिहरुको चित्कार र बेदनाहरु
      सुन्ने गरेका छौं
      चप्पल लगाएर गाउका कुना कन्दरा कुदनेहरु
      आज निकई थातेर हिंड्नेहरु
      गरीबहरुको अनुहारलाई सम्झेका छौं
      यदी छैन भने जाउ आज बाट
      देशका कुना काप्चाहरुमा
      जहाँ नेपाल र नेपालीको आत्माहरु रोइ रहेको छ
      जो आज पनि तिम्रा झुथा अश्ववाशनहरुलाई
      विश्वाश गरेर बसेका छन
      के तेही सपनाहरु भएपनी
      बाड्नको लागि तेतातिर पुगेका छौं
      छैनउ भने कुन्भकर्णको निन्द्राबाट आफ्ना आँखाहरु
      खोलेर हेर तिमीहरु कुन सपनाहरु बेच्दै छौं
      कुन आशमा नयाँ नेपालको कुरा गदै छौं
      एदी नयाँ नेपालको गती यस्तै हो भने
      के तिमीहरुले गरेका सँगर्शहरु
      एसैको लागि हो
      होइन भने एक चोटि हेर सम्पूर्ण नेपाल र नेपालीहरुलाई
      तिम्रा अन्तरआत्माको आँखाबाट
      आफ्नो छातीमा हात राखेर सोध आँफैलाई
      अनी खोज नयाँ नेपाल बनाउने बाटोहरुलाई
      जहाँ फेरी यस्ता द्रिश्यहरु नदेखियोस
      र कुनै पनि नेपालीहरुको आँखाबाट
      बेदना र चित्कारका आशुहरु नबगोस

      राजेन्द्र पाण्डे
      कलिफोर्निया,अमेरिका

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suphie

      सन्ध्याकालिन दियो को त्यो मधुर प्रकाश,
      कुनै प्रतिक्ष्या बिना को यो साँझ
      तिमी बिना को यो घर ,
      मेरा नानी हरु को प्रश्न
      तिम्रो गन्त्यब्य कँहा कँहा?

      सुनसान सुनसान रात्री हरु
      अभाबै अभाव् का दिन हरुमा
      फेरी योउटा ठुलो अभाब दिएर गयोउ,
      मेरो खुशी पनि लिएर गयोउ।

      कती साना चाहना हरु,
      थोरै थोरै सपना हरु
      वस आफु बाच्ने, अनी ई नानी हरु बचाउने
      केही पढाउने ,तिम्रो र मेरो जस्तो भाग्य बाट बचाउने,
      योउटा झिनो आसा आज फेरी टुक्रिएको छ, तिम्रो प्रस्थान संगै आँखा हरु भेल बनी रहेछन
      मुटु चोइटिएको बेला ,खै कँहा सुम्सुम्याउ?
      एकै ठाउँ भए पो पिडा?

      मान्छे हरु चन्द्रमामा बसाइ सर्ने कुरा गरिरहदा
      तिमी र म यो चिसो बाट कतै सर्न सकेकै हैन,
      उनिहरु ले देश बनाउने सपना बेचिरहदा ,
      तिमी र म पत्रीका मा पुग्योउ,
      नेता हरु को भासन् मा शब्द बनेर घुस्योउ,
      हाम्रै रोजी रोटी को सपना तेर्स्याएर, कती कती महल हरु बने होलान,
      तिम्रो र मेरो रुंचे हासो ले , कती कती शब्द हरु जिते होलान्
      खैर ,आज फेरी मेरा द्ख हरु सँग म एक्लै परे
      यस्तै गरीबी मा पनि सधैं हासि दिन्थ्योउ ,
      दियो बालेर स्वागत गर्थ्योउ,
      माया को न्यानो पन दिन्थ्योउ,
      चिसो हरौथ्यो योउटा घाम को प्रतिक्ष्यमा
      तर आज तिमी पनि छोडेर गयोउ , नानी हरु सोधी रहेछन,
      खै तिम्रो गन्तब्य कँहा कँहा ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj Maharshi

      2nd line ma
      “गास-कपास र दैनिक गर्ज टार्न परिवारको ”
      hunu parne thiyo
      tara doshro choti sachyayera pathaauna khojda pahilakai repeat po bhayechha.
      “SPAM” nahos bhani feri napathayeko…
      sampadak jyu aafaile Bicahr garnu hola.
      Tapain haruko yo chitra-kavita abhiyan man parera yeso sahabhagi banne mauka dinu bhayekoma agrim sadhubad !
      Raj Maharshi

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj Maharshi

      सारी-चोलो र चुराको सौदर्यमा चमक थप्न चेलीको
      गास-कपास र पारिवारिक गर्ज टार्न परिवारको
      जीवन- सम्भाबनाको खोजिमा परदेश लागे पुरुषहरु -
      सपनाको क्यानभास खोज्दै ओझेल परे गाउँ र बस्तीहरु !

      एक चोक्टा जुनले कालरात्रीलाई भगाउन नसकेर
      त्यो निरंकुस मृत्‍यु आक्रमक र बिभत्स बनेर आयो
      आयो द्वन्द्व, भुकम्प,बाढी र भोक्मरिको मुखुन्डो ओढेर
      हामीले जन्माएको सन्तानको प्राण चुपचाप लिएर गयो !

      जन्मदाता हौं नारी हामी, सिर्जना प्रकृतिको कति राम्रो
      आज लास उठाउनु पर्‍यो आफ्नै हातले, घाएल छ छाती हाम्रो
      कर्णाली-आसु चेलीको बोकी देश दख्खिन नबगोस अब
      झुल्काऔ मातृभूमीमा सुनको बिहान,फर्क है पुरुष सब !!

      - राज महर्शी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Karnali is our heart
      we cannot live without heart
      Karnali is our cultural center
      But karnali is weeping
      There are few of people
      who could care the Karnali
      Still Karnali is shadow of development
      By compulsion women are awaking
      Taking the responsibility like their men partner
      Now it is the time to standup
      Our motherland is weeping
      Every where our neighbour country like India
      giving us direct and indirect pressure
      To accept the everything
      1816 Suguali Treaty was main obstacles and so on
      We Nepali should take to hand to hand whether Men and women
      We should dissolve the 1950 Treaty
      We are independent country
      Government should take care the far western development
      We should preserve the natural resource like herbal and so on
      people should give opportunity to women
      Women are main key family or nation
      Government should give the famail education withour burden
      We should respect the women
      women are wealth of nation

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bimal Giri

      कस्तो बिढम्बना
      जीबनको स्राप भनौ वा बाध्यता
      तन्नेरिहरु पलाएन भएपछी
      त्रासको मर्मसन्गै
      गतिलाई
      युगको सुन्यताको आलिमा
      पहराबाट मुल रसाएझै
      जलतरङगहरु
      यौबन सँगै
      आशुकादाना पिउदै
      संघर्ष चपाउदै
      मनभरी अशिम पिडा र
      हर्षको दुबो ह्रिदएभरी
      उन्दै,
      बसन्त उमार्न तल्लिन हातहरु
      आज मृत्‍युसँग
      हास्नेमनहरु
      विश्वासमा रुन्छे हासो
      हासिरहेछ।।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hridaya, spain

      जिन्दगी भर संघर्श गरे मैले
      दुई छाक हात मुख जोर्ने मेरो सपना
      फगत सपनामा मात्र सिमित रहयो

      ठुलो छोरा दक्षिण झरेथ्यो
      डोको नाम्लो बोकेर
      अहिले सम्म फर्केन
      छोरी सोह्र पुगेर सत्र लाग्दै थिई
      कुन बेला दक्षिण पुर्याएछन्
      त्यो पनि पत्तै भएन
      ओल्लाघरे पल्लाघरे छोराहरु
      उहिले जंगल पसेथे
      फेरी कहिले पनि फर्केनन्

      जिन्दगी देखी धेरैनै थाकेर
      म आँफै ढलेको छु अहिले
      सम्पूर्ण रुपमा निर्जिब बनेर
      कता गए होलान् मेरो लास उठाउने
      ती पौरुषीक हात हरु
      धन्य ईश्वर!
      जय होस् सम्पूर्ण छोरी बुहारी हरु

      -हृदय, स्पेन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नोगेन हांग

      अझै दख्खिन् बग्दो छ कणाली…
      ——————————————
      झण्डा एकै हो भन्दछौ
      देश एकै हो भन्दछौ
      सरकार पनि एकै हो भन्दछौ
      तर म कणाली बासी
      के मा बरबरी देख्दछौ म संग ।

      किनेर पाएको
      नागरिकता र पासपोर्ट बोकेर
      म छोरो भएको भूमिका निभाउन
      कसो कसो इण्डिया देखी
      अरब सम्म पुग्दछु
      मलामीको लाममा
      चेलीबेटीको काँधमाथी लास हेर्ने
      मन त कहाँ छ र म संग पनि ।

      तिमीले आफ्नो
      आँगन सम्म बाटो खन्यौ
      तर कणाली लाई जोड्न सकेनौ
      र भन्न छोड्दैनौ
      झण्डा एकै हो देश एकै हो ।

      जब सम्म कणाली चिर्ने
      सडकहरु जोड्दैनौ
      तब सम्म दख्खिन बगीरहेको कणाली संगै
      उतै बगीरहने छन
      पुन्न बहादुर बिश्वकर्मा हरु ।।

      -नोगेन हांग

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • आफ्नै छाया बाट छोडिएको
      सिलौटो माँ चंदन जसरी घोटिएको
      चुसिएर, लुटिएर फालिएको
      तर पनी आफ्नै भनिएको
      देश को एस्तो शासन प्रणाली
      तिम्रो दुःख माँ म रुन्छु कर्णाली

      काठमांडू ले तिमी लाइ चिनेन
      सितामल को गोली पनी दिएन
      दिन्थ्यो तर महँगो गोली
      तिम्रो अबस्था फेरिनु पर्छ भोली
      अब काठमांडू संग नाथाप झोली
      बरु आफै लाइ बुझ कर्णाली

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shilu

      ”हिजो को डायरी बाट ”
      ****~~*****~~*****~~*****
      क्षितिज पारीपट्टी को कथा !!,
      निरीह जीबन चक्र ,
      एउटा लम्पसार बर्तमान ,
      मरणासन्न आशा ,आकांक्ष्या हरु ,
      मलामी लाशहरू,
      पाखा पर्बत हरु आशु खसाल्दैनन ,
      अक्ष्यर हरु राजधानी दौडी दैनन ,
      क्यामारा माँ कैद ,दृश्य सर्माउछ,
      फेरिपनी ,
      रेडियो नेपाल बोल्छ ,
      ”राजा रानी दैलो दैलो माँ ”

      छोराहरू जोइला जान्छान ,
      अबला हरु डोलिमा बम्बई ,
      जहा ,,
      मुग्लान बिधिको लेखौट हो,
      मान्छे ले मान्छे छुनु हुदैन,
      रिसर्च माँ झाक्री र धामी हरु,
      बोक्शी महामारी ,
      फेरिपनी,
      भित्ता भित्ता माँ पर्चा गिज्याई रहेछ ,
      प्रगति सिल नेकपा माओबादी ,
      जिंदाबाद !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Guru Gopilal, japan

      जताततै मान्छेहरुको भिड,
      अनि त्यही भिड भित्र
      आफ्नो परिचय हराएको
      म मान्छे
      बिहान बेलुकी को छाक टार्न
      भौतारिदै
      कहिले सडक को त्यो किनार
      त कहिले यो…
      मेरो आवश्यक्तालाई
      बुझ्ने सायद कोही छैन
      त्यही बाध्यता
      देखी डराएर
      पुन त्यही भिड भित्र
      आफ्नो परिचय
      खोज्न पुग्छु
      तर
      मान्छेहरुको भिड्मा
      मान्छेबाट नै शिकार हुन्छु

      सुनौलो बिहानिको
      प्रतिक्षामा
      अनवरत लागी रहेको छु
      मान्छे हु
      आशातित हुने मेरो बानी
      हरेक घडी
      प्रतिक्षामा धैर्य गर्दै
      यन्त्र झै चलिरहेछु म
      जिन्दगीको
      अनेकौ उकाली ओरालिहरु
      पार गर्दै आज
      परदेशिएको छु
      सुखद भविश्यको चाहनामा
      दिन,महिना अनि बर्षौ बिते
      आफन्तका आखाहरु सबै थाकिसके
      अब
      मेरो प्रतिक्षामा
      तर खै कसरी आफ्नो उपस्थिती
      गराउ सबै सामु
      एउटा निस्प्राण शरिर आज
      छोडेर जादैछु
      मानिस हरुको काधमा
      म आफै
      आफ्नो मलामी बनी हिडिरहेछु ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अनिल शर्मा सुवेदी

      भन्थे, नारिहरु मलामी जानुहुदैन
      घरको छानो छाउनुहुदैन
      मात्र सन्तान उत्पादन गरेर मात्र बस्नुपर्छ
      पुरुशको खुट्टाको जल खानुपर्छ
      तेही नै नारिको ठुलो धर्म हो

      तर आज जमाना फेरिएको छ
      तेस्तै पाठ पढाउने पुरुश्हरु नै
      घर छोडेर गएपछी तिनै नारिहरु नै
      मलामी बन्नुपर्दोरहेछ
      समयको छाल सँङै चल्नुपर्दोरहेछ

      त्यसैले नारी तिमी महान छौ,
      संसारलाई एक्लाई पनि सजिलै हाँक्न सक्छौ
      आत्मबिश्वास दरो गर, आफुले आँफैलाई
      कहिल्यै अबला नठान
      अब तिम्लाई साथ दिन हामी सबै पुरुश्हरु तयार छौ
      किनकी अब हाम्रा हजुरबुवा, हजुरामाहरुले राखेका
      पुराना मान्यतहरुले बिदा लीसकेका छन
      किनकी देशमा गणतन्त्र आ आइ सकेको छ
      देशमा हामी जस्तो नयाँ पूस्ता जन्मिसकेकोछ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pawan KSA.

      बोकेर त्यो नाटकको लास
      खोजदैछन दिदीहरु सरकार को साथ
      बग्दै छ कर्णाली दछिन्तिर
      सार नेपालीको नीउराइ सिर

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कर्णाली पनि बग्ने दक्षिण !
      कर्णालीका जडीबुटी पनि बग्ने दक्षिण !!
      हामी पनि सनै सनै बग्ने दक्षिण !!!

      यहाँ बाट बगेका जडिबुटी भएर कहिल्यै औषधी भएर यहाँ आएन !
      राज्य र राजनीतिग्य ले कहिल्यै हाम्रो दु:ख थाहा पाएन !!

      सधैं हामीलाई सम्झी रह्यो राज्य ले पाखे !
      हाम्रा दु:ख र पिडा ले डाडा काडा ढाके !!
      छैन हाम्रो संसार तिम्रा जस्तो स्वप्निल !
      हाम्रा दु:ख बाडिदिने धन्य तिमी सुनिल !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सोनी

      मृत्यु
      सपना को विश्वास को
      होश को बेहोशी को
      अन्त्त को सुरुवात को
      सुनौलो बिहानि को अध्यारो रातको
      अस्तित्वको अधिकारको
      हारको जीतको
      सपना एक नागरिक को
      अन्त्त भयो आज
      सुनौलो बिहानि को खोजी मा
      अध्यरो रात पाये आज
      अस्तिवको मेरो चिता जल्यो
      अधिकार को चै श्रीजना भयो
      गाउँ का जवान सबै मारिए, बिदेसिये
      आज मलाई चिहान लन नारी हरु जगिये
      मेरो त अन्त्त भयो, सपनाको मृत्यु भयो
      होश मैले हरये बेहोश हैन मृत्यु नै भयो
      मृत्यु तिमी…
      अधिकार को श्रीजना भयो
      अस्तित्व को सुरुवात भयो
      अध्यरो रात र कालो बादल हत्यो
      सुनौलो बिहानीको श्रीजना भयो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सन्दिप सागर लण्डन यु के

      एउटा मानचित्र भित्रको बस्ती ,मानब बस्ती
      चासीमा लमतन्न छ
      र चासी भार भएको छ महिलाहरुको
      अस्तित्व सस्कारको अस्तित्व
      जोगाइ रहेछन महिलाहरु बिवस बनी
      रहर होइन न त क्रान्तिकारीता नै
      मात्र बाँच्नको निम्ती बिछोडीएका आत्महरु
      कुनै दिनको मधुर मिलनमा
      लास बोकी रहेछन
      एउटा बस्तिको लास भुगोलको लास
      अपहेलित एउटा खण्डहर भुगोलको लास

      थुप्रै लासहरुका अस्तु छन कर्णाली बगरमा
      प्रत्येक चुनाव पिच्छेका लास
      बिभिन्न सरकार पिच्छेका लास
      कयौ अस्तुहरु डलर सग साटिए
      कयौ अस्तुहरु सिंहदरबार वरिपरी
      फगत घुम्नको लागि साटीए
      र फेरी पनि अस्तु बोकी
      केही नयाँहरु केही पुरानाहरु
      सिंहदरबार घुमिरहेछन
      सुनिन्छ महङगा महङगा गाडीमा गूडीरहेछन
      फेरिपनी कर्णाली तुलसीको मोठ नेर लम्पसार छ
      कसैले आचमानी समातेन त्यहा
      उसको सुख्खा मुखमा दुई थोपा पानी दिन

      किनकी अहिले देशलाई फुर्सद छैन
      एकमना सरकार बनेको छैन
      प्रतिकृयाबादी सुतेको छैन
      अझै धन सम्पत्ति जुटेको छैन
      काठमाडौंमा घर उठेको छैन
      साच्चै भनौ भने कर्णाली तिमी
      आँफैमा खोटी छौ ,तिमी त बागमती हुनु पर्थ्यो
      खैर ठिकै छ हामी नाम फेर्दै छौ
      यो एउटा महान अभियान हो
      देखेनौ अस्तीभर्खर नगरहरुको नाम परिवर्तन
      अब तिम्रो नाम अबिकसित कर्णाली होइन
      अत्यन्त सुन्दर नाम हुनेछ
      तिम्रो अब चासीनै बन्ने छैन
      महिलाहरुले चासी थाम्नु पर्ने छैन
      किनकी हाम्रो नाम परिवर्तनले
      महिलाहरु परिबर्तित हुनेछन
      उनिहरु गाउमा होइन त्यतिबेला
      शहरतिर झर्नेछन दख्खिनतिर बग्नेछन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker