मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    राजदूतहरुले अब जथाभावी जोसुकैलाई भेट्न नपाउने

    ‘कूटनीतिक मर्यादा’ भन्ने पनि हुन्छ र भन्ने शैलिमा नेपालमा राजदूतहरुले आफ्ना गतिविधि सञ्चालन गर्दै आएको तपाईँ हामीले देख्दै, सुन्दै, पढ्दै आएकै हौँ। विगतमा सात दलको बैठकमा उपस्थित हुन नसक्ने तत्कालीन प्रधानमन्त्रीलाई बेडरुम मै गएर समेत राजदूतहरुले भेटेको समाचार आएकै हो। एउटा देशको मात्रै हैन, शक्तिशाली देशमा सबै राजदूतहरुले त्यसो गर्दैथिए र गरिरहेका छन्। त्यतिमात्र हो र, देशको महत्त्वपूर्ण मुद्दाका बारे राजदूतावासभित्र वार्ता समेत भएको थियो दलका प्रतिनिधिहरुसहित। वार्ता आयोजना गर्ने कस्ता ! अनि त्यसमा सहभागिता जनाउने हाम्रा नेताहरु झन् कस्ता !!

    यस्तै परिस्थितिमा एउटा नौलो खबर आएको छ- राजदूतहरुले अब जथाभावी जोसुकैलाई भेट्न पाउँदैनन् रे।

    केही अघि संविधान सभाको बैठकमा पनि राजदूतहरुले जो पायो त्यहीलाई जुनसुकै बेला भेटिरहेकोमा आपत्ति जनाउँदै त्यसो गर्न दिन नहुने आवाज उठेको थियो।

    हिजो आयोजित एउटा कार्यक्रममा परराष्ट्रमन्त्रीले यसै विषयमा बोलेका छन्। रुपन्देहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा परराष्ट्रमन्त्री उपेन्द्र यादवले पहिले जथाभावी रूपमा राजदूत र कूटनीतिक नियोगका अधिकारीले जोसुकैलाई पनि भेट्ने गरेको तर आगामी दिनमा परराष्ट्र मन्त्रालयको सहमतिमा मात्र भेटघाटका कार्यक्रम तय हुने व्यवस्था गर्न लागिएको बताए।

    राजदूत र कुटनीतिक नियोगका अधिकारीहरुले कसैलाई भेट्दा पनि परराष्ट्र मन्त्रालयका प्रतिनिधि साथमा रहनुपर्ने प्रावधान ल्याइन लागेको उनले बताए।

    वास्तवमा यस्ता कतिपय भेटघाटका बारे त परराष्ट्रलाई पत्तो समेत हुँदैन थियो। त्यसैले विदेशतिर भए परराष्ट्र मन्त्रालयको पदभारलाई निकै शक्तिशाली मानिन्छ। नेपालमा भने त्यसको महत्त्व त्यति सार्‍हो हुन्न। महत्त्वपूर्ण मानेको भए त माओवादी आफैले यो मन्त्रालय राख्‍थ्यो होला, वा सत्ता साझेदार अर्को दल एमालेले त्यसमा दावी गर्थ्यो होला।

    जे होस्, सुगौली सन्धिपछि बेलायती राजदूतले थालेको ‘चलखेल’ को क्रमलाई त्यतिबेला उनी जहाँ जाँदा पनि एक जना नेपालका अधिकारी पछि लगाइदिने गरेर गरिएको ‘नियन्त्रण’ अहिलेका नेताहरुले सम्झिएका जस्ता छन्। तर अरुप्रति निकै आश्रित हुने बानी परिसकेको नेपालका नेताहरुले यसलाई कार्यान्वयनमा ल्याउन सक्लान् त ? कूटनीतिक मर्यादा उल्लंघन गर्ने राजदूतलाई “भैगो आफ्नै देश फर्क” भन्न सक्ला त ?

    आशा गरौँ र हेरौँ।

    No related posts.

    35 comments to राजदूतहरुले अब जथाभावी जोसुकैलाई भेट्न नपाउने

    • राम्रो कुरा, बरु जमाना मै गर्नु पर्ने अलि ढिला भयो।

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • devendra

      This is not new thing at all. Then Prime Minister Bhimsen Thapa had introduced this in the 19th century.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • If such kind of system is in European countries then it will be good otherwise it will be handicapped and so on. As well it is good aspect like no need to attend ambassdors to farewell to prime Minister of Nepal. FM Upendra Yadav is a good young personality he could do good thing without discrimination whether Madhesia or pahadiya.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Vashir

      Nepalis have been forced to have an inferior position, even in our own country. Why should we be inferior to foreigners? We can and we should implement this code of conduct. Ambassadors and envoys should not be more than who they are.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Tilak Karki U.S.A.

      Good thinking.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • vicky

      Nice comment suresha tiwaree ji. Ma pani tehi sochirako thiye. Jo manche le indian ambassador sanga barambar bhetcha ani suggestion lincha tyo minister le yesto kura garda ta khoi lag lagnu parne ho. Tara lag pachayera bolcha bhane ta it’s bullshit. Huna ta politics ramro sanga thapayera minister bhako bhaye boldaina thyo hola. He doesn’t know anythin. Jus speak watever he and his government knows in front of public. He should better learn politics while he is in ministry.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सन्दिप सागर लण्डन यु के

      लुना जि
      तपाइले त चटक्कै माया मार्नुभो कबिता पनि लेख्न छोड्नु भो माइ संसारमा |कि फोहोरी शब्दहरुमा लेखिएका कमेन्ट देखेर वाक्क लाग्यो ?माफ गर्नुस् है उमेश जि उहाका कबिता र टिप्पणी सन्तुलनात्मक हुन्थे त्यसैले कहाँ लेखौ कहाँ लेखौ भो यही लेखे |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madhu acharya

      nepal ko niyam kanoon kun desh ko bhanda kam chha ra??? hoina yo pakkai ho ra bhane ko??? hoina hola??? katai bahirako( deaf) karyakram ma bole ko hola yadavjile??? khoi!! k ho k ho maile ta ajai bujhana sakina bhane ko. padeko kaam kuro lainchour ma puraune le k bhane ko hola chya. yo katai thatta ta hoina bahne ko!!!!! april full pani hoina aile…

      madhu acharya
      new york.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • joy

      Sree 6 maoko sarkar banyo bhane deshka janata haru le dherai dhukha paune chhan . yi mao harule afnai kisim ko niti lyayera janatalai murkha matra banayera rakne chhan ani afuharu chain ananda le basne chhan , tesaile sathiharuho , kadapi yo huna dina hundaina .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sanju

      हिजो भर्खर एउटा पत्रिकामा भारतीय राजदूतसँग हाम्रो देशका “मर्यादाक्रम अनुसार दोस्रा” माननिय उपराष्ट्रपति निरिह सेवक सरह ङिच्च दाँत देखाउदै चिया पिउदै गरेको फोटो देखेको थिएँ । यो समाचार पढेर त मलाई मज्जाले हाँसउठ्यो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • DEV

      कुरो त सकारात्मक हो ,तर कार्यावयन हुन्छ भन्ने पत्त्यार लागेन.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madhu acharya

      k upendra yadav le indian ambassador lai aba eklai bhetna jadian ta???? waaa…. great…. thank you upendra yadav… timi pro indian ho ki k ho herna bhane banki chha hai…

      madhu

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • विस्मृती

      हाम्रा परराष्ट्र मन्त्रिको गतिविधी नियत विगत हेर्दा मन्त्रालयका कर्मचारी मार्फत अन्य कुटनितीक (भारत वाहेक) निकाय सँगको भेटमा हुने कुरा कानी भारतिय दुतावासलाई रिपोर्टिङ्ग गर्ने सजिलो उपाया अपनाउन खोजेको होला ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • होर ? ए
      यदी राजादुत प्रेमिक भयपनी
      भेट्न पाइदैन होल त ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • manoj sinal

      Yes it’s good that there should be restriction on this.Other wise there will be so many Rakesh Shood who may even not respect the PM of a small or poor country.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yamlal aryal

      Let us see how it would be implemented in real world. Whether those excellency will be abide by this rules or not we need to see.
      If it is really implemented than I think its good gesture from Republic Government lead by Prachanda.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • This is the good start up ! Upendra Yadav has shown maturity in collition government. He has done job well ! Keep it up!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • खै के हो ! चोर् देशमा चन्डाल , चन्डाल हरु सधैं कङगाल भने जस्ताइ भाई राख्या छ ——-नेपालको कानुन सबै ले जानुन , यि राजनीतिक गर्ने टोप्लेका भोका जुकाहरुले मात्र जानेको हुनाले चुस्नु चुस्योउ देश अनी जनताका पशिन अनी तिनका आपुर सपनाहरु
      खै भाषान का चौरमा जती भुकेनी ——- कुर्ची मा पुगे पछी उस्तै रहेछ —–जुन जोगी आएनी , कानै चिरेको भन्ने उखान सित एक रती फरक भएन ^०^

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Aman

      आफ्नो प्रेमिका सँग भेट्न पनि स्विक्रिति लिनु पर्ने होल कि क्या हो ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gafffai ta ho ni ! JPT.There is a very clear protocal and MOU for diplomates and missionories and these entities should have been abide by ,but, who cares in Nepal? We are well cultured to kiss the aSs.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rai Narhang

      मन्त्री ज्युले पत्रकारहरुको अगाडि रुपन्देहीमा जुन अभिब्याक्ती दिनु भयो कुट्नैतिक् मर्यादा गतिबिधी सिमा दृष्‍टि कोणबाट ज्यादै सकारत्मक् छ यदी उहाले त्यहा उपस्थित पत्रकार र सर्बसाधारणलाई आश्वासन दिने र सस्तो लोकोप्रियताको लागि मात्र भनिएको होइन भने, राष्ट्रको स्वाभिमानको लागि पनि यो ब्याबहारिक्तामा लागू होस् भन्ने कामना गरौं

      चुन वान
      हङ कङ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • दामोदर नेपाल

      राम्रा कुरा हुन् । तर गर्ने हुन् कि हैनन् ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • tenzing sherpa

      sounds good….but lets see whether they follows or not I mean ambasador…if not obyed what will happen??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • himji

      Boleko jasto garera dekhaunus hai mantriji,ani po ramro.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      कुरो त खसोखास धेरै राम्रो हो । मुख्यत: भारतीय राजदूतलाई/सँग जथाभावी भेटघाट गर्ने/गरिने परिपाटीको तु अन्त्य हुनुपर्छ । तर उपेन्द्र यादवले यस्तो कार्यको थालनी गरेको सुन्दाचाहिँ दालमा कालोमात्र हैन पूरा दालै कालोजस्तो लाग्यो । यसो गर्नुको मुख्य कारण भारतीय राजदूतले मात्र सबैलाई भेट्न पाउने वातावरण बनाउन लागेको त हैन, किनभने जतिसुकै नियम कानून बनाएपनि भारतीय राजदूतले मान्नुपर्दैन । ल उनले मानिलिए पनि के भो र ? हाम्रा नेताहरू नै पछि लाग्छन्; रोकेर रोकिने हैन ।

      यो निमयम पनि भारतकै इशारा बनेको भन्दा तत्काललाई फरक नपर्ला, बाँकी भविष्यले बताउँछ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Vante Dai

      khai K khai K Bolnalai j bolda ni hunchha garne bela dutawas nai nai meeting garchhan!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suresha tiwaree

      श्री प्रचन्ड को सरकार ले अब उप्रान्ता बिदेश जादा अनाबस्यक मान्छे लान नपाउने निर्णय गरेको केहि दिन पछि नै क-कसलाइ बिदेश् भ्रमण लगे त्यो याहाँ पाठक हरु का सामु पनि माइसंसार ले राखेकै थियो र अनाब्स्यक खर्च कम गर्ने निर्दिशिका को हबिगत पनि देखियो ।जनयुद्द ताका सरकार ले बिदेशि र्‍ण बडायो भन्ने हरु को बजेट भाषण पनि राम्ररी सुनिएयो।अब फेरि नय नारा पाएछन त्यो पनि हेरौला। कुनै दिन कमल थापा ले भनेको कुरा पनि आज ठिक ठहरियो माओबादी लाइ सरकार बनाउन दिनु पर्छ किनकि जनता ले बुझ्नेछन कि उनिहरु ले लिएको निति ठिक चैन भन्ने सन्देश जनता लाइ दिन को लागी माओबादी लाइ सरकार मा पठाउनु पर्छ भनेका थिय जनता ले जुन आशा भरोशा मा माओबादी लाइ भोट दियका थिय अब त्यो
      आशा मरिसक्यो भन्दा पनि हुन्छ। सब भन्दा रमाइलो कुरा के भने भारतिय राजदुत सग बारम्बार भेटिराख्नु पर्ने परराष्ट्र मन्त्री ज्यु को मुख बाट यस्तो कुरा सुन्दा बिस्वास नलागे को हो अब कार्यान्वन कस्तो हुन्छ हेरौ न त हैन र?

      सुरेश तिवारी
      माझ्ठाना -९ रैकर

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सन्दिप सागर लण्डन यु के

      आफुलाई आँफै प्रती विश्वास नभएपछी यस्तै हो |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kaka

      मनमोहन अधिकारी ले गरेकै थिए “वर्क परमिट ” को कुरा
      बिरेन्द्र ले लत्त्यायेका थिए नागरिकता बिधेयक को छुरा
      हाम्रा नेता मचियेर सुन्छन लाजिमपाट को कुरा
      छोड़दिउ साथी नेपाल को बिकाश को कुरा
      कस कसलाई रोक्छौ साथी ???
      लाजिमपाट का दूत हरुले भरिएको छ देश पुरा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • विस्मृती

      यो निमयम पनि भारतकै इशारा बनेको भन्दा तत्काललाई फरक नपर्ला, बाँकी भविष्यले बताउँछ ।

      कुराको सार यती नै हो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प जी
      यो हिन्दी मा भन्छनि “केहेने मा क्या हर्ज हे” । हाम्रा मन्त्री ज्यु ले पनि केहेदिनु भयो ।
      अं, अर्को कुरा टेलीफुन मा कुरा गर्ने बारेमा त नेता ज्युले त केहि पनि भन्नु भएनछ त । त्यसबारेमा पनि नियमावली बनाउने हो की है !

      सपनासंसार

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kaka

      जति छिटो भारत र नेपाल बिच को सिमाना बंद गरेर जथाभावी जोकोई पनी दछिण बाट पसेको छ रोकने बित्तिकै नेपाल को बिकाश आफै हुन्छ नेपाली ले आफै गरी हाल्छन. नेपाल बिग्रेयकै नै “दछिण को नून ” र “स्लो पोइजन ”
      ले हो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sanju

      एकदम सहि । अमेरिकी राजदूत र चिनियाँ राजदुत अलि सक्रिय भएको नपचेकोले भारतले आफ्ना नेपाली एजेन्ट (उपेन्द्र) मार्फत उनिहरुको सक्रियता कम् गराउन खोजेको मात्रै हो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Democrats

      Don’t forget,

      Prachanda can change Ministers.
      “You may say it might be an understanding among Prachanda, UML, Upendra and India”.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सन्दिप सागर लण्डन यु के

      सन्जु जि
      तपाईंको हासोमा मेरो हासो पनि |ठिक भन्नुभो मर्यादाक्रमको कुरा गर्ने हो भने हाम्रा राष्ट्रपती उप राष्ट्रपती ,मात्र होइन सभासद पनि राजदुत भन्दा माथि हुन्छन मर्यादाक्रममा तर हाम्रा नेताहरु इस्वरै सम्झन्छन राजदुतहरुलाई |त्यसैको परिणती हो यो हल्ला पनि हेर हेर लाजपचाएको परजिबीहरु

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker