-स्याटेलाइट/इराकबाट-
यसलाई एउटा जोखिमपूर्ण यात्रा नै भन्नुपर्ला। यात्राको शुरुवातमा नै मैले देब्रे कानमा लगाएको ‘इयररिङ’ निकालेर मोटरको ड्यासबोर्डभित्र राखेँ। तिक्रिटबाट बग्दादको लागि हामी तीन जना अनेस महमुद, म र उसको बुवा अनेसकै १९९० मोडलको अमेरिकी ‘क्याडिलाक’ कारमा अमेरिकी क्याम्पलाई छाडेर तिक्रिट पार गर्दै बग्दादतिर लाग्यौँ। अनेसको भाइ आउनुपर्नेमा उसको बुवा आएका थिए। मैले ‘खै भाइ’ भनेर सोधिनँ। अनेसले गोजीबाट मेरो नक्कली इराकी आईडी दिएपछि हामी मोटरमा बस्यौँ। चेकप्वाइन्टहरुमा कुनै हालतमा नबोल्नू, इशारा गरेर बरु लाटोको अभिनय गर्नू, किनकि तिम्रो ‘जिन्सिया’मा इराकी भाषामा जन्मजात ‘अखरेख: (लाटो)’ लेखिएको छ। मैले मनमनै लाटोको अभिनय गर्न थालेँ। हुनत म इराकी भाषामा यसै पनि लाटो सरह नै थिएँ। दुई-चारवटा अभिवादनसम्बन्धी इराकी शब्दहरु मात्रै मेरो जानकारीमा थिए।
अनेशका बाबुछोरासँग म पछाडि अनि १९९० मोडलको ‘क्याडिलाक’ जसले बगदादसम्म पुर्यायो।

तिक्रिटबाट बगदादस्थित अमेरिकी आर्मी क्याम्पसम्म पुग्ने मसँग दुई वटा विकल्प थिए। पहिलो अमेरिकी सेनाको हेलिकोप्टर या जहाजमा जानको लागि पासपोर्ट प्रति, LOA (Letter of Authorization)को एक प्रति र ट्राभल रिक्वेस्ट फर्म भरेर जहाजको लागि पर्खिरहनु। लगातारको ‘स्याण्डस्टोर्मका’ कारणले यसको उडान कहिले हुने निश्चित थिएन। भइहालेपनि जहाजमा तुरुन्त जान पाइने सम्भावना थिएन। जहाजमा यात्रा गर्नको लागि सर्वप्रथम अमेरिकी सुरक्षा निकायका सदस्यहरुलाई प्राथमिकता दिइन्छ जसअन्तर्गत अमेरिकी सेना,एयरफोर्स, नेभी, मरिन, स्पेशल फोर्स लगायत फोर्स प्रोटेक्सनसम्मका सदस्यहरु पर्छन्। त्यसपछि DOD (Department of Defence) सँग सम्बन्धित इराकमा कार्यरत वा त्यहाँको यात्रामा रहेका अधिकारीहरु त्यसपछि मात्र पालो सर्वसाधारणको। सर्वसाधारणमा पनि पहिलो त अमेरिकीले प्राथमिकता पाउने भयो। त्यसपछि गठबन्धन सेनामा रहेका देशहरुका नागरिक दोश्रो प्राथमिकतामा पर्छन् (जस्तो बेलायती,रोमानियाली) अनि त्यसपछि बल्ल आउँछ थर्ड कन्ट्री नेसनलहरुको पालो जसमा नेपाल, फिलिपिन्स,पाकिस्तान लगायत अधिकांश राष्ट्रका नागरिकहरु पर्दछन्। मैले बग्दादसम्म पुग्नलाई कागजपत्रहरु त प्याक्स टर्मिनलमा जम्मा गरिसकेको थिएँ। तर कहिले उड्न पाउँछु भन्ने ठेगान थिएन। बगदादसम्म जाने अर्को उपाय सडक मार्ग हुनसक्थ्यो, जुन अति घातक निर्णय पनि बन्नसक्थ्यो।
म आफ्नो टेन्टमा आएर छेउमा रहेको ‘BestLife’ म्यागेजिनका पानाहरु पल्टाइरहेको थिएँ। कुबेतबाट तिक्रिट आउने क्रममा बग्दाद इन्टरनेसनल एयरपोर्टमा भेटिएका इराकी इन्जिनियर अनेस महमुदले याहु च्याटमा घण्टी बजायो। ‘Whats up Sadiq- के छ साथी ?’ उसको प्रश्नलाई उत्तर दिन मैले कम्प्युटर काखमा लिएर टाइप गर्न थालेँ। मैले आफू बग्दादस्थित ‘क्याम्प स्लेयर’सम्म पुग्न खोजेको तर उडान निश्चित नभएको निराशा प्रकट गरेँ।
‘कि सडकमार्ग हुँदै आउने हो ? सडकमार्गबाट आउने भए म मेरो कार लिएर लिन आउँला तिम्रो क्याम्पको गेटमा’ उसले प्रस्ताव राख्यो।
‘यो योजना कत्तिको आत्मघाति निस्किएला ?’ मैले च्याटमा जिज्ञासा राखेँ।
‘आत्मघाति निस्किन पनि सक्छ, ननिस्कन पनि सक्छ। त्यो त त्यहाँबाट हिँडेपछि मात्र थाहा हुन्छ। तर म तिमीलाई नक्कली इराकी आईडी (जसलाई जिन्सिया भनिँदोरहेछ र मान्यता नागरिकता सरह हुँदो रहेछ) बनाइदिनसक्छु बग्दादमा, चेकप्वाइन्टहरुमा त्यो आईडी देखाउन सकिन्छ। तर तिमी र म दुबैजना कारको पछिल्ला सिटमा बस्नुपर्ने हुन्छ सुरक्षाका दृष्टिकोणले अनि तिमीचाहिँ दाहिने साइडमा बस्नुपर्छ। त्यहाँ बस्नेसँग चेक गर्नेले कुरा गर्दैनन्। मैले नै तिम्रो आईडी देखाउन मिल्छ। कार चलाउनको लागि म मेरो भाइ फिरोलाई भन्छु’- उसको विस्तारपूर्ण सहयोगलाई म स्वीकारुँ या शंका गरुँ दोधारमा परेँ। एकपल्ट सादा चश्मा लगाएको उसको मुखाकृतिलाई सम्झेँ। मन कठोर बनाएर मैले “हुन्छ” भन्दिएँ। तर मनमा शुरुमा डर लागेको थियो कतै यही नै अन्तिम यात्रा त हुने हैन ? निकै विभत्स मृत्यु पो पाइने हो कि ?
“ल म अल मन्सुर एरियामा गएर आज तिम्रो जिन्सिया बनाउन सक्छु कि,कोशिश गर्छु। बन्यो भने भोलि बिहानै यहाँबाट म र भाइ हिँड्नेछौँ तिमीलाई लिन। तिम्रो बेसभित्र मोबाइलको टावर टिप्दैन। अनलाइन भैरहने प्रयास गर्नू। म साँझ खबर गर्नेछु।”
उसले यति भनिसकेपछि म तयारी गर्न थालेँ। मेरो सिनियर ‘हिथ’लाई म सडकमार्गबाट जान लागेको बताएपछि उसले नजान सुझाव दियो। बरु मौसम क्लियर हुन्जेल पर्खिन भन्यो। मैले इराकी जीवनलाई नजिकबाट हेर्ने योभन्दा राम्रो अवसर फेरि नपाइएला कि भनेर जाने निर्णय गरिसकेको थिएँ। फेरि हाम्रो स्लेयरस्थित अफिस इन्टरनेटबाट बन्चित भएको एक हप्ता हुन थालिसकेको थियो। एउटा ‘माइक्रोटिक’ पार्टस् लिएर बग्दादस्थित स्लेयरसम्म पुग्ने जिम्मेवारी मैले लिएको थिएँ।जहाज-उडान निश्चित थिएन। अलिक जोखिमपूर्ण भए पनि सडकमार्गबाट अनेस महमूदसँग बग्दादसम्म पुग्नलाई म दृढ बनिसकेको थिएँ। अमेरिकी फोर्सेस नेटवर्कको टेलिभिजन कार्यक्रम निर्माण शाखाको हेडक्वार्टर लस-एन्जल्समा आठ वर्षसम्म काम गरेका ‘हीथ इर्लबेक’ले साथी वालेसको आग्रहलाई अस्वीकार गर्न नसकेर इराकमा छ महिना काम गर्न सहमति जनाएको थियो। मैले एक साँझ उसलाई भनेँ, ‘हिथ तिमीलाई लाग्दैन, यहाँ लेख्नका लागि धेरै विषयवस्तुहरु छन् ? खै, कसैले इराकीका कथालाई उठाएको म देख्दिनँ। सबै अमेरिका र मृत अमेरिकीहरुकै कुरा गरिरहेका छन्। मैले के यी इराकीहरुको दिनचर्यालाई यही ग्राउण्डमा बसेर एउटा पुस्तक लेख्दा कसो होला ?’ मेरो यो अचम्मको योजना सुनेर उसले आँखिभौँ उचाल्यो।
‘वाउ..यो त निकै राम्रो हुनेछ तर तिमीले साँच्चै नै पुस्तक लेख्ने हो भने इराक र इराकीहरु, यो युद्वका कारण अनि यसका घातक परिणामहरुबारे धेरै बुझ्नुपर्छ। अनि धेरै रिसर्च चाहिनेछ, के तिमी त्यसको निम्ति तयार छौ ?’ उसको चुनौतिसहितको प्रश्नले मलाई थप उत्साहित बनायो।
‘दिस रोड जोर्नी विल बी द फर्स्ट स्टेप टुवार्डस बुक, ह्वाट यु थिङ्क हीथ ?’ उसले हाँस्दै ‘गुडलक’ भनेर केही बेरदेखि उसलाई पर्खिरहेका अमेरिकी सैनिकहरुसँग कुरा गर्न थाल्यो टेन्ट अगाडि।
*************
यसलाई एउटा जोखिमपूर्ण यात्रा नै भन्नुपर्ला। यात्राको शुरुवातमा नै मैले देब्रे कानमा लगाएको ‘इयररिङ’ निकालेर मोटरको ड्यासबोर्डभित्र राखेँ। तिक्रिटबाट बग्दादको लागि हामी तीन जना अनेस महमुद, म र उसको बुवा अनेसकै १९९० मोडलको अमेरिकी ‘क्याडिलाक’ कारमा अमेरिकी क्याम्पलाई छाडेर तिक्रिट पार गर्दै बग्दादतिर लाग्यौँ। अनेसको भाइ आउनुपर्नेमा उसको बुवा आएका थिए। मैले ‘खै भाइ’ भनेर सोधिनँ। अनेसले गोजीबाट मेरो नक्कली इराकी आईडी दिएपछि हामी मोटरमा बस्यौँ। चेकप्वाइन्टहरुमा कुनै हालतमा नबोल्नू, इशारा गरेर बरु लाटोको अभिनय गर्नू, किनकि तिम्रो ‘जिन्सिया’मा इराकी भाषामा जन्मजात ‘अखरेख: (लाटो)’ लेखिएको छ। मैले मनमनै लाटोको अभिनय गर्न थालेँ। हुनत म इराकी भाषामा यसै पनि लाटो सरह नै थिएँ। दुई-चारवटा अभिवादनसम्बन्धी इराकी शब्दहरु मात्रै मेरो जानकारीमा थिए।
सडक किनारमा फाट्टफुट्ट इराकी केटाहरु धुलामा खेलिरहेका देखिन्थे। तिक्रिटबाट बग्दादसम्मको १६५ माइल जतिको यात्रामा ६३ वटा चेकप्वाइन्ट पार गर्नुपर्दो रहेछ। ती मध्ये चौधवटामा मात्रै मोटरबाट उत्रिनुपर्यो। उनीहरुले मान्छेभन्दा पनि मोटरभित्र जाँच गरे।

सन्स अफ इराकका सदस्यहरु (पछाडि खैरो पहिरनमा)
पहिलो चेकप्वाइन्ट थियो इराकी शहर तिक्रिट प्रवेश गर्ने क्रममा शहरको शुरु मै राखिएको चेकप्वाइन्ट। यहाँ चेक गर्नेहरु ‘Sons of Iraq’ संगठनका सदस्यहरु रहेछन्। युवाहरु र केही अधवैंशेहरुले जिन्सिया चेक गर्दा रहेछन् र चालकलाई नै सबै सोध्दारहेछन्। ‘सन्स अफ इराक’ संगठनको बारेमा एउटा जान्नै पर्ने तथ्य के रहेछ भने यो संगठनका सदस्यहरुमध्ये ८०% भन्दा बढी पहिले अल-कायदा र त्यस्तै अतिवादी समूहका सदस्यहरु रहेछन्, जसले आफ्नै नागरिकहरुको सामूहिक हत्या गर्ने गर्थे। तर अहिले अमेरिकी आर्थिक सहायतामा तयार गरिएको सुरक्षा संगठन रहेछ यो। र, अमेरिकी सरकारको रक्षा मन्त्रालय अन्तर्गत छुट्याइने बजेटबाट तलब दिँइदो रहेछ यिनीहरुलाई। यिनीहरुको मुख्य काम अल-कायदा लगायतका अमेरिकालाई चुनौति दिने कुनै पनि इराकि अतिवादी समूहका बारेमा सूचना-सुराकी दिने र सडक-शहरमा शान्तिव्यवस्था राख्नु रहेछ। केही किलोमिटरको फरकमा रहेका यस्ता चेकपोस्टहरुमा हामीले पन्ध्रदेखि चालीस जनाको समूह सादा पोशाकमा हतियारसहित देख्यौँ। धेरै जस्तो ठाउँमा उनीहरु खाकी ड्रेसमा देख्यौँ। मैले अनेससँग यिनीहरुको बारेमा सोध्दा उसले सकारात्मक कुरा गर्यो। बरु बाटोका चेकिङ प्वाइन्टहरुमा रहेका इराकी पुलिस र सेनाको आँखाबाट बच्नुपर्ने बतायो। यहाँका प्रहरी-सेनाले केसम्म गर्दारहेछन् भने बाटोमा चेक गर्ने यात्रुहरुलाई अपहरण गर्दै अतिवादी समूहलाइ बेच्दा रहेछन्।
बगदादमा पुगेपछि अनेसले परिवारका सबै सदस्यलाई सिरियामा राखेर यता कम्प्युटरको व्यापार गर्दै गरेका मुनाफसँग भेट गरायो। उनी सन् २००६ मा बग्दादबाट सामरा जाँदा इराकी प्रहरीबाट चेकप्वाइन्टमा उनको मोटरसहित अपहरणमा परेर अल-कायदालाई बेचिएका रहेछन् ५ हजार डलरमा। पछि अमेरिकामा रहेका दाजुको सर्वस्व बेचेर जुटाइएको ७० हजार अमेरिकी डलर अल-कायदालाई तिरेर २१ दिनपछि मुक्त भएका रहेछन्। अल-कायदालाई कबुल अनुसारको पैसा बुझाउने धेरैजसो पीडितहरु पैसा बुझाइसकेपछि पनि मारिँदा रहेछन्। मुनाफ चाहिँ अपवादमा परेछन्। त्यसको कारण रहेछ- अपहरणकर्तामध्ये एक कुनै समयमा बग्दाद टेक्निकल कलेजमा मुनाफको सहपाठी परेको रहेछ अन्जानमै।

2006 मा $70,000 अल-कायदालाइ बुझाएर बाँचेका हँसिला मुनाफ बगदादको एउटा छतमा।
म यो सानो ब्लगमा बाटोको त्रासदी वर्णन गर्न अलि असमर्थ छु। तर छोटकरीमा भन्नुपर्दा मैले यसलाई अन्तिम यात्रा हुने हो कि भनी मानिसकेको थिएँ। हामी तीनजना एउटै मोटरमा यात्रा गरिरहेका भए पनि साँच्चै नै लाटोसरह भएका थियौँ। खित्खितायर हाँस्दा कतैबाट पनि गोली चल्नसक्थ्यो। मुख्यत: बग्दाद पुग्ने क्रममा ताजी शहरको चेकप्वाइन्टमा मेरो सातो गयो। इराकी सेनाको एक जवानले मेरो जिन्सिया धेरै पटक ओल्टाइपल्टाइ मलाई हेरेको हेर्यै गरिरह्यो। उसले कुरा चाहिँ अनेससँग गर्यो। किनकि म लाटो थिएँ उसका लागि। संयोगले त्यो चेकप्वाइन्टमात्र एउटै यस्तो चेकप्वाइन्ट रहेछ जहाँ अमेरिकी सेनाको समेत एस्कोर्टिङमा इराकी सैनिकहरुले चेक गर्दा रहेछन्। नत्र त्यहाँबाट अपहरण हुने सम्भावना बढी थियो।
२००३ को इराक युद्वभन्दा अगाडि हो भने २ घण्टा मात्रै लाग्ने थियो यो सडक यात्राका लागि। तर अहिले हामीले लगभग पाँच घण्टा यात्रा गर्यौँ। एउटा त्रासदिपूर्ण यात्रा। पक्कै पनि इराकी जनजीवन, सेना-प्रहरी,सर्वसाधारण र इराकी सडकलाई अझ नजिकबाट बुझ्न पाइयो।
अल कासमियाँ क्षेत्रबाट बग्दाद शहर छिरेर हाइवे अफ अल मुतन्ना एयरपोर्ट हुँदै हामी रात परेपछि दक्षिणी बग्दादको अल मन्सुर शहरमा रहेको अनेसको घरमा पुग्यौँ। सडकमा बत्तीहरु थिएनन्। अनि लोडसेडिङ भएपछिको काठमाडौजस्तो अँध्यारो थियो अल मन्सुर क्षेत्र। धेरै पर देखिने अमेरिकी आर्मी क्याम्पबाट आएको मधुरो प्रकाशले यो शहर उज्यालो पार्न सक्दैनथ्यो। तर धेरै बूढाबूढीहरु अनि केटाकेटीहरुलाई मैले टाढाको उज्यालोतिर आशातित भएर हेरिरहेको देखेँ। इराकीहरुका आँखामा प्रश्न छ-त्यस्तै उज्यालो देख्न पाउने साँझ हाम्रोमा कहिले आउला ?
वरिपरि देखिने घरहरुमध्ये एउटा सामान्य इराकी घरमा हाम्रो पुरानो कार छिर्यो। काठका टुक्राहरु छरिएका थिए आँगनमा। पछि थाहा भयो अनेशको भाइ फिरोले दाउरा चिरेको रहेछ आमाको लागि। अनेसको आँगनमा हामी पुग्दा उसको आमाले एउटा कुनामा रहेको चाइनिज जेनेरेटरमा डिजेल खन्याइरहेकी थिइन्- अब बाल्नुपर्ने बल्बको लागि बिजुली निकाल्न। पीडादायक दृश्य लाग्यो मलाई यो। युद्वले दिएको नमीठो उपहार।
त्यहाँ पुगेपछि मैले लगाएको अनेसको पुरानो शर्ट र ट्राउजर खोलेर ‘क्याटिलग’ माथि राखेँ। नुहाएर मेरै आफ्नो पुरानो टिशर्ट लगाएँ। त्यहाँ अलि चम्किलो लुगा लगाउनु या म्युजिक बजाउनु हामी सबैको लागि खतरा हुनसक्थ्यो। ‘मुक्तदा अल सद्र’ संगठनको प्रभाव भएको ठाउँ रहेछ। धार्मिक अतिवादको गन्ध प्रष्ट थियो।
मैले अनेसकी आमालाई नमस्ते गर्दा उनले फर्काउन नजानेर के गर्ने के नगर्ने अवस्थामा भइन्। अनि छोरालाइ इराकीमा खै के के भनिन् मैले बुझिनँ। तर एकैछिनमा उनको मुहारमा हाँसो देखियो। उनी भित्र पसेपछि डिजलको गन्ध पनि उनीसँगै भित्र गयो। मैले अनेसलाई ‘उहाँ किन हाँस्नुभएको?’ भन्ने प्रश्नमा ‘मैले तिमी निपालबाट आएको निपालियन (नेपालीको इराकिकरण) हौ अनि तिमी हाम्रो बारे पुस्तक लेख्न पनि चाहन्छौ भनेर भन्दा आमा हाँस्नुभएको ‘ उसले सहज उत्तर दियो। अक्टोबरको महिना इराकमा पनि खासै गर्मी त थिएन। तर आमाले इराकी मिठाइको टुक्रा र पानी लिएर आइन्। मेरो लागि मिनरल वाटरको बोतल र अनेशको लागि अम्खोरामा ल्याएको देख्दा मैले सुनेको बग्दादमा पानीको हाहाकार साँचो लाग्यो।
यहाँ बिजुली छैन,शुद्ध पानी छैन, अस्पताल,सडक, विद्यालय र कारखानाहरु बमले दिनहुँ ध्वस्त बनाइएका छन्। मान्छेहरु एक-दुईजना होइन सय-पचासको समूहमा मारिन्छन्। प्रहरी र सेनाले पैसाको निम्ति अपहरण गर्लान् भन्ने त्रास नागरिकहरुमा छ। धेरै नागरिकहरु दिनहुँ मारिइरहेका छन् अनि बाँचेकाहरु पनि धेरै समूहमा विभाजित छन्। इराकीलाई कुनै पनि देशको भिसा पाउनु असम्भवप्रायः छ। निकै कष्टले पाँउछन् अपवादका रुपमा।
यो देश युद्वमा बाँचेको छ। मैले नजिकबाट हेर्दा युद्धमा बाँच्नु निकै गार्हो देखेँ। अन्य देशका सेना आफ्नो देशमा आएर आफ्नो तेलमाथि हालिमुहाली गर्ने, अनि वास्तविक नागरिकले शरणार्थीको त्यो पनि निकै अभावसहितको खतरापूर्ण जीवन जिउनु पर्ने यो कस्तो अवस्था ?
मलाई बग्दादको दृश्यले साँच्चै निकै निराश बनायो केही दिनसम्म। हैन, यिनीहरुको बारेमा केही लेख्नुपर्छ भन्ने लागिरह्यो।
अनेसको बाबुले बजार गएर भेँडाको मासु लिएर आएछन् पाहुनालाई सत्कार गर्न। तर पछि मात्रै मैले आफूलाई शाकाहारीको परिचय गराँउदा उनीहरु दुःखी भए झैँ देखिए। आलुको इराकिकरण गरेर बनाइएको हल्का गुलियो तरकारीसँग खपुस र समुन (इराकी रोटी) खाएर म अतिथि खाटमा पल्टिएँ। केही बेरमा निदाइएछ। दिनभरि बम पड्काउने आत्मघाति आक्रमणकारीहरु पनि सुतेका रहेछन् शायद- रातमा खासै बमको आवाज सुनिएन।
***************************
क्याम्प स्लेयरमा इन्टरनेटको समस्या समाधान गरेपछि मैले तिक्रिटमा रहेको अमेरिकी आर्मीको बटालियनका सर्जेन्ट फर्ष्ट क्लास जेम्स आर्टजलाई इमेल पठाएँ। म फर्किँदा सडक मार्गबाट फर्किन चाहन्न थिएँ। जहाजको सिट पाउन गार्हो थियो। त्यसैले आर्मीको बुलेटप्रुफ Humvee मा तिक्रिट फर्किनलाई सहयोग गर्न अनुरोध गरिएको इमेलको प्रतिउत्तरमा उनले स्लेयरस्थित मेयर सेलको अफिसमा अमेरिकी सेनाका सेकेण्ड लेफ्निनेट स्वार्जलाई भेट्ने सल्लाह दिए। उनको सहयोगले अर्को बिहान अलास्काकी केटीले चलाएको Humvee को पछिल्तिर आफ्नो ब्याकप्याकसहित थिएँ।
तिक्रिटबाट बग्दाद हिँडेको चौथो दिनमा म फेरि उही तिक्रिटको टेन्टमा फर्किएको थिएँ। यात्रा चुनौतिपूर्ण र जोखिम थियो तर यसले लेख्नका लागि मलाई धेरै विषयहरु दिएको छ जुन सायद ब्लगमा पूरा गर्न सम्भव नहोला। फूर्सद पाउँदा बित्तिकै म यिनीहरुका बारेमा केही लेख्न कम्प्युटरका किबोर्डहरु थिच्न थालिहाल्छु। क्याम्पभित्रको सुनसान रातमा यी शब्दहरु टाइप गरिरहँदा बिहानको अढाइ बजिसकेको हुन्छ प्राय:। समय र सास दुबैले साथ दिएमा कुनै दिन इराक र इराकी अनि यो युद्वका बारेमा नेपाली युवकबाट लेखिएको पुस्तक तपाईँहरुका हातमा नपर्ला भन्न सक्दिनँ। यात्रा जटिल छ तर दिनहुँ हारिरहेका युद्धपीडितहरुका बारेमा पनि कसैले त लेख्नु परेन र ?
अनेससितको छोटो अन्तर्वार्तासहितको भिडियो बिहीबार १२ बजेदेखि अनलाइन हुनेछ।
satelite1983@gmail.com
(इराकमा रहेका नेपालीहरुले आफ्नो अनुभव सुनाउन मलाई इमेलमा सम्पर्क गर्नुभए हुन्छ)
______________________________________
लेखक पेशाले Network Analyst हुन्।
Related posts:









Ma 2 barsha dekhi Iraq ma chhu tara pani Iraq ko baarema yeti dherai bujheko thiyena tara hajur ko lekh padhe pachhi aba agaadi dherai jaannu pardaina.
I’m too inspired with it.
Mystic Sharma
HSE / QA-QC Manager
NASA Construction & Trade Inc.
Q-West Base, Iraq
मन परे हरियो, नपरे रातो
0
0
Its good & appriciateed..whtever u had done…as like u me too knows abt the iraqi citizens ..more then u ..i used to work with them…jst i am nt getting chence to get the journey like urs ..thts it…i also well known abt the iraqi life style ..their thinking ….they r also kind hearted…humour…helpful….i appciate iraqi citizens..
मन परे हरियो, नपरे रातो
0
0
स्याटेलाईटजी, तपाईंको यात्रा ब्रितान्त पढेर “ड” बाट डर लाग्यो।
पेशाले तपाईं नेटवर्क एनलिस्ट हुनुहुँदोरैछ। मलाई नि एउटा समस्या परेको छ। समाधानमा मद्दत गर्नु भयो भने म क्रितज्ञ हुनेछु। कुरा के भने, मेरो एक जना छिमेकमा बस्ने मैयासँग नेटवर्क बिग्रिएको छ, जति लचकता देखाए नि समस्या समाधान गर्न सकिंन। के गरे नेटवर्क फेरि पर्मानेण्टली खुल्ला?
मन परे हरियो, नपरे रातो
0
0
Good work Satey…hoping to read more in future…best wishes!!!
मन परे हरियो, नपरे रातो
0
0
Great Inspiring work…………….
मन परे हरियो, नपरे रातो
0
0
I appreciate your adventure.
all the best.
मन परे हरियो, नपरे रातो
0
0
I appreciate to all your efforts.
मन परे हरियो, नपरे रातो
0
0
स्याटेलाइट ज्यु,
हामी नेपाली हरु को आफ्नै देश मा स्थान छैन, अरु देश को के कुरा गर्ने!
इराक वा अन्य ठाउँ मा मात्र होइन, नेपाल मा पनि कुनै पनि लाईन मा सबै भन्दा सम्मान अमेरिकि लाई गरिन्छ, तेस्पछी युरोपेली गोरो छला लाई गरिन्छ, अनी तेस्पछी कुनै पनि गोरो छाला भएको चाइना वा जापान को मनिस लाई गरिन्छ, अनी तेस्पछी मात्र नेपाली लाई हेरिन्छ
हामी नेपाली हरु संसार को जहाँ गये पनि सबै भन्दा तल्ला जाती का मनिस हौ जस्तो व्यबहार गरिन्छ, र यो तल्लो जात को व्यबहार आफ्नै देश बाट शुरु हुन्छ
मन परे हरियो, नपरे रातो
0
0
Great job Satellite, keep it up.
Best wishes for all your endeavors!
मन परे हरियो, नपरे रातो
0
0
शुभकामनाका साथ युद्धले आतँकित ईराकीहरुको कथा समेटिएको पुस्तकको प्रतिक्षा रहनेछ ।
मन परे हरियो, नपरे रातो
0
0
स्याटेलाईट जि वास्तवमै ईराक यात्रा एक्दमै जोखिम छ । तपाईं धेरै साहासि लाग्यो मलाई । ईराकिहरु सबै पक्ष बाट पीडित छन । यहाँ बरु अरु देशबाट कामदारहरु झिकाइन्छ तर ईराकीलाई काम दिईदैन । उनिहरु लाई दिईन्छ पिडा , त्रास , अभाब , अनाहकमा मृत्यु । जातिगत दङगा त आफ्नै ठाउमा बेहोरिरहेका छन कठै बिचरा ईराकिहरु आफ्नै देशमा भएर पनि शरणाथी जिबन जिउन वाध्य छन । आफ्नो देशको तेल अर्को देशमा गएर उज्यालो बनिरहेको छ तर अन्धकारमा जिबन बिताइरहेका छन । यस्तै धेरै पिडाहरु बाट गुज्रिदै भए पनि जिईरहेका छन एउटा सुनौलो बिहानीको प्रतिक्षामा थाहा छैन कती दिन ……………………………………..
तपाईंको ईराक बसाइ सफल रहोस् र तपाईंको मनोकामना पूर्ण होस् यही मेरो कामना छ स्याटेलाईट जि .
तेस्रो देशका नागरिक हरु अर्थात हामीहरुलाई पनि धेरै पिडाहरु छन यस ठाउमा । रोजी रोटी को लागि गर्न वाध्य छौ ।
मैले यहाँ आएर सुनेको बुशले आफ्नो बाबा सँग भएको सद्दाम को दुस्मनी लिएको भनेर । तर सत्यता के हो ?? हामीलाई बुझाउने काम तपाईंको …………
के आर शर्मा
ताजी ईराक बाट
मन परे हरियो, नपरे रातो
0
0
तपाईं को यो साहसिक यात्रा हामीलाई सुनाउनु भ्एको मा धन्यवाद र तपाईं को किताब लेख्ने चाहना पुरा होस् शुभकामना
मन परे हरियो, नपरे रातो
0
0
always a fan of your writing but this one makes you more respectful, good job on explaining such a devasted country……
मन परे हरियो, नपरे रातो
0
0
timita iraque bhaale jasto lagyo ni bro
मन परे हरियो, नपरे रातो
0
0
इराक सम्बन्धी लेख लेखेर लेखकले निकै राम्रो गर्नुभएको छ। अब उहाँले अमेरिकाले कुन स्वार्थपूर्तिको लागि र कुन समूहको लागि इराकमा आक्रमण गरेको हो र त्यो स्वार्थ के र कसको हो भन्ने पनि लेख्नुहोला। त्यसो भएमा लेखकको इराकको जोखिम यात्राा सार्थक हुनेछ।
धन्यवाद।
मन परे हरियो, नपरे रातो
0
0
स्यटेलाइट जी, हो तपाईंले साच्चै जोखिमपूर्ण र साहासिक यात्रा गर्नु भएछ । तपाईंको लेखन शैली पनि राम्रो छ, त्यसैले आगामी समयमा तपाईंले लेख्ने “ईराक र इराकी” बारेको पुस्तक पक्कै पनि रोचक र जीवन्त प्रस्तुतीले भरिएको हुनेछ । शुभकामना !!!
मन परे हरियो, नपरे रातो
0
0
stay safe and write the book, i will buy ur book and read it…definately won’t download it..
मन परे हरियो, नपरे रातो
0
0
this is a true journalism.
मन परे हरियो, नपरे रातो
0
0
This is a journalism. Keep it up
मन परे हरियो, नपरे रातो
0
0
I just couldn’t help saying “Oh My GOD”
मन परे हरियो, नपरे रातो
0
0
तपाईंको यात्रा साहसपूर्ण छ, तपाईंबाट गरियको ईराकि नागरिकहरुको बर्णन बेदनाले भरियको छ, हामी प्रदेशमा रहेका नेपालीहरु पनि तपाईंको साहसपूर्ण यात्रा र लेखबाट गौरवान्वित छौं / नेपालका सबै पत्रकारहरु राजनीति र नेताहरुको पछाडि मात्र दौडदैनन् र आबश्यक्ता अनुसार साहसिलो र जोखिमपूर्ण कार्य पनि नेपाली पत्रकारहरुले गर्न सक्छन् भन्ने कुरा तपाईंले प्रमाणित गरीदिनु भयको छ / तपाईंलाई हामी ईराकमा रहेका असंख्य नेपालीहरुको तर्फबाट धेरै बधाई छ अनि शुभकामना तपाईंको ईराक सम्बन्धी पुस्तक लेख्ने चाहनालाई / निरन्तर अगाडि बढीरहनुस् /
टंक क्षेत्री
उत्तम रायमाझी
बग्दाद, ईराक
मन परे हरियो, नपरे रातो
0
0
good job thanks.
मन परे हरियो, नपरे रातो
0
0
hi it’s really great job . we most appriciate your beautiful blog . and keep it up , all the best for your coming up days.
मन परे हरियो, नपरे रातो
0
0
यात्रा विवरण राम्रो लाग्यो । जे होस जोखिमका बाबाजुद पनि आफ्नो कामलाई कुशल र सफलता पूर्वक पुरा गर्नु भएकोमा र इराकको वर्तमान त्रासदीपूर्ण अवस्थाका बारेमा हामि माइसंसारका पाठकहरुलाई सुचित हुने मौका दिनु भएकोमा धेरै धरै धन्यवाद। Satellite जि तपाईले लेखको अन्तमा इराकमा रहेका नेपालीहरुलाइ लक्षित गर्दै लेखेको नोटमा ‘ समपर्क गर्नु भए हुन्छ’ भन्दा गर्नु होला भनेको भए अलि राम्रो हुन्थ्यो होला जस्तो लाग्यो। तर जे भए पनि स्तरिय जानकारि मुलक यात्रा विविरणको लागि धेरै धेरै धन्यवाद।
मन परे हरियो, नपरे रातो
0
0
Satellite Ji
तपाईं Camp slyer आउने जानकारी गरायको भय त म तपाईंलाई भेट्ने थिय नि अनी मैले बुझेको तितो यथार्थ लाई बुझाउन कोशीस गर्ने थिय | जुन तपाईंको अनुभव भन्दा धेरै थियो मेरो ३ साल को आनुब्भव
सुमन शर्मा
IT Tech
baghdad iraq
मन परे हरियो, नपरे रातो
0
0
sahrai ramro lagyo tapaiko lekh padhera. sundaima daarlagdo chha Iraq ko yatra. tara bhanchhan ni manchhe le prayas nagari kunai pani kaam safal hundaina. tesai gari tapaile yo kadam nachalnu bhayeko bhaye hami harule kaha bata yesto kura thaha paune thiyaun ra. tapaiko shahas ko kadar nai garnu parcha. testo trashpurna thauma gayera kehi garchu bhanne bhawana linu bhayeko cha sake samma teslai pura garnuhos. iraq ko yatra ma katai eklo mahasush bhayema yo mysansar ko comments haru hernu hola, tapaile sabai ko sath paunu hune chha. la ta ajhai aru naya kura haru padhna paun bhavishyama.
मन परे हरियो, नपरे रातो
0
0
नमस्ते!!
तपाईंको यो खतरापुण यात्रा को बिबण पढदा मेरो मन नै चिशो भयो
झन कसरी ति ईराकी जनता र आर्मी हरुले दिन बिताएइ रहेका होलान।
तपाईंको यो यात्रा को लागि हामीले मुक्त कन्ठ बाट नै प्रसन्सा गर्नु पर्छ।
यो जो कोही को मुटु तपाईंको जस्तो दरो हुन्न।
तेसैले तपाईंको यो खतरा र सफलतापुर्बक यात्रा पार को लागि “बधाई” छ।
र साचै भनु पर्दा त्यहाँ को जन्-जिबन को ब्रिस्त्रित जानकारी भएको किताब को प्रतिक्षा रहनेछ।
तपाईं को सफलताको लागि कामना।
मन परे हरियो, नपरे रातो
0
0
waiting for ur book Mr satellite
and wish u all the best for ur adventurous journey
मन परे हरियो, नपरे रातो
0
0
tapain ko trip sunda ta dherai trasit purna rahechha, tapainko khyal ma ke aam nepali haru le tyo pustak ma anfu lai chinna saklan?
मन परे हरियो, नपरे रातो
0
0
शुभकामना – साहसिक राम्रो कामा कोलागी
शिवहरी श्रेष्ठ – क्यालिफोर्निया
मन परे हरियो, नपरे रातो
0
0
Life is adventure. it is very exciting article. we can’t wait to read your book best of luck
kedar Acharya
London,uk
मन परे हरियो, नपरे रातो
0
0
**********Heated gold becomes ornament. Beaten copper becomes wire. Depleted stone becomes starue. So the pain you get in life you become more valuable************
मन परे हरियो, नपरे रातो
0
0
I salute your courage and creativities. There is one good article written by American research institutes, that mentioned the casualties there has increased tremendously after American controls.
The research is conducted by wellknown scientific institute and rocked the Bush administration. If Satelite jee is going to write book about Iraqis, that might be a very good refrence!
If you need, you can search into internet or write to me, I will manage to send it to you.
मन परे हरियो, नपरे रातो
0
0
I am looking forward to see your book ASAP.
All the best..!
मन परे हरियो, नपरे रातो
0
0
grrrrrr8888888888 job dai. hope tapailai har paila ma safaltama milos ra chittai tyo pustak pani. your book will b a very good example for us nepali to know how terrible it is to live with war and conflict.hami nepali ma dherai yuddha ra andolan ko idea na aawos.thanx to u.
मन परे हरियो, नपरे रातो
0
0
we are inspired with ur article….
मन परे हरियो, नपरे रातो
0
0
कहीले फिल्मको बारेमा गहीरो जानकारी भएको जस्तो गरी लेख्छाै कहिले नेटवर्क एनालिष्ट भन्छाै कहिले के । वास्तवमा तिमी हाै के स्याटेलाइट ? कि संसारको सबै विषयको ज्ञाता हाै ?
मन परे हरियो, नपरे रातो
0
0
Really nice!
मन परे हरियो, नपरे रातो
0
0
Thank u Mr satelite. Good job.
मन परे हरियो, नपरे रातो
0
0
hi .malai tapaiko iraq yatra sunera gauraba layo.ta hajur le tyo pic ma dekhayako khaira kapada layako manisa iraq vanda ali namaja layo tyo khairo dress lagaune nepali security huna .jo fktc company ma kam garchana.ok byr
मन परे हरियो, नपरे रातो
0
0
ईराकि खपुस त शाहरै मिठो हुन्छ नि हो मित्र ।।। रमाइलो अनी खतरापूर्ण यात्रा छ ईराक मा हम्वी मा पनि डर्लाग्दो यात्रा हुन्छ
मन परे हरियो, नपरे रातो
0
0
स्याटेलाइट जी !!
सारै खतरापूर्ण यात्रा पुरा गर्नु भएछ !!! बधाई छ !! तपाई जुन लक्ष्य लिएर इराक मा जानू भएको छ , त्यों पक्कै पनी पुरा गर्नु हुनेछ !! तपाई को हरेक पाइला मा सफलताले चुमोस मेरो तर्फ़ बाट शुभकामना छ !!
रन्जन शर्मा ओली ,
फ्रांकफुर्ट, जर्मनी
मन परे हरियो, नपरे रातो
0
0
स्याटेलाइटजी अमेरिकी सेनाको सिष्टम एनालिष्ट हुनुहुन्छ ?
मन परे हरियो, नपरे रातो
0
0
स्याटेलाइट जी !!
सारै खतरापूर्ण यात्रा पुरा गर्नु भएछ !!! बधाई छ !! तपाई जुन लक्ष्य लिएर इराक मा जानू भएको छ , त्यों पक्कै पनी पुरा गर्नु हुनेछ !! तपाई को हरेक पाइला मा सफलताले चुमोस मेरो तर्फ़ बाट शुभकामना छ !!
रन्जन शर्मा ,
फ्रांकफुर्ट, जर्मनी
मन परे हरियो, नपरे रातो
0
0
Bravo !! I salute you…
we have heard there limitation of everything.. but I didn’t found any limitation of disaster in Iraq..
जिन्दगी को यो निरन्तर यात्रामा खतरा र चुनौती हरु सँगै बाँच्न निस्चय नै निकै गर्हो हुन्छ तर जस्ले बाचको छ उस्लाई नै वास्तविक जीवन थाहा हुन्छ । म तपाईंको भित्र बाट नै प्रशशा गर्छु निस्चय नै तपाईंले सफलता को स्वाद चख्दा थाहा हुनेछ कि तपाईंले एउटा जिन्दगी को यस्तो यात्रा पुरा गर्नु भयो जुन यात्रा कमै मान्छे ले गर्न अनी भोग्न पाउछन । साथै तपाईं को सामु विश्व को अगाडि निरिह अनी अभावै अभाव बोकेक लाखौं ईराकि जनताको वास्तवीक्ता खोल्ने एउटा लक्ष्य पनि छ।
All the best bravo bro… how the fire burns can be felt when we play with fire.. n those who wins they are called superheroes.. keep it up.. !!!!
मन परे हरियो, नपरे रातो
0
0
very good
all the best
मन परे हरियो, नपरे रातो
0
0
Really exciting,Thanks man
Babu,USA
मन परे हरियो, नपरे रातो
0
0
aaphu bancha ra aru lai bachau…..
मन परे हरियो, नपरे रातो
0
0
thnx for sharing the feelings.
मन परे हरियो, नपरे रातो
0
0
Hamra netaharu ko buddhi nasudhriney hoo bhaney – agami naya nepal katai IRAQ jastai taa bannay hoina – dherai chinta lagcha. Kinaki Nepal afnai karan lay bhanda pani China & India ko pragati ko karan lay yo abasta auna sakcha.
Budhi puryaunay ho bhanay Yi thula country ka arthik pragati ko faida pani lina sakincha.USA ko china gherney policy – usko ambassy ko nirman bata pani patta lagauna sakincha.
Aba obama lay IRAQ bata army hataunu uchit huncha.Tespachi tapailay barnan gareko bhanda shanta IRAQ huna sakcha.
Akhir manis sabai ekai taa hoon…Hoina RAAAAAAA ?
मन परे हरियो, नपरे रातो
0
0
तपाईंको सहासको लागि बधाई छ स्यटेलाइटजी । एउटा गर्व गर्न लायक पुस्तक लेख्नुस् ।
मन परे हरियो, नपरे रातो
0
0
कति धेरै वुझेको यार यहाँ त नेटवर्क एनालिष्ट सम्म भनिएको छ । तर कसको के भनिएको छैन नि ।मन परे हरियो, नपरे रातो
0
0
नेटवर्क एनालिष्ट हुनुपर्नेमा अन्यथा भएछ !
मन परे हरियो, नपरे रातो
0
0
आफ्नो ज्ञान सतही भये पछि येस्तै भ्रम हुन्छ
नत्र भने syatelite को स्तर माँ यो कुरा सामान्य हो
मन परे हरियो, नपरे रातो
0
0
स्यटेलाइटजी,
एउटा नौंलो अनुभव , अनि एउटा नौंलो जीवनी ,
शुभकामना ! तपाईको पुस्तक प्रकासन गर्ने चाहना लाई ।
~सपनासंसार
मन परे हरियो, नपरे रातो
0
0
nishant sharma’s comment in devanagari:
हम्रा नेताहरु को बुद्धि नसुध्रिने हो भने – अगमि नया नेपाल् कतै इराक् जस्तै ता बन्ने होइन – धेरै चिन्ता लाग्छ। किनकि नेपाल् अफ्नै कारण ले भन्दा पनि चिन र India को प्रगति को करन् ले यो अबस्था आ उन सक्छ।
बुद्धि पुर्याउने हो भने यि ठुला countryका आर्थिक् प्रगति को फाइदा पनि लिन सकिन्च। USA को चिन घेर्ने policy – उस्को ambassy को निर्मन् बत पनि पत्ता लगाउन सकिन्छ।
अब obama ले इरक् बाट army हटौनु उचित् हुन्च। तेस्पछि तपाइले बर्णन् गरेको भन्दा शान्त इरक् हुन सक्च।
अखिर् मनिस् सबै एकै ता हून्…होइन र ?
nishant, please write in Devanagari, it’s easy to type and read.
मन परे हरियो, नपरे रातो
0
0
Ramesh’s comment in devanagari:
hi . मलाइ तपाइको इराक् यत्रा सुनेर गौरब लयो। त हजुर् ले त्यो pic मा देखयको खैरा कपडा लायेको मनिस इराकि भन्दा अलि नमज्जा लाग्यो। त्यो खैरो dress लगाउने नेपालि security हुन, जो fktc company मा काम् गर्छन। ok bye
ramesh, Please write in Devanagari, it’s easy to type and read.
मन परे हरियो, नपरे रातो
0
0
pukar bam’s comment in devanagari:
grrrrrr8888888888 job दाइ। hope तपाइलाइ हर् पल मा सफलता मिलोस् र छिट्टै त्यो पुस्तक् पनि। your book will b a very good example for us nepali to know how terrible it is to live with war and conflict. हामि नेपलि मा धेरै युद्ध र अन्दोलन् को idea न आवोस्। thanx to u.
pukar, Please write in Devanagari, it’s easy to type and read.
मन परे हरियो, नपरे रातो
0
0
Nisha’s comment in Devanagari:
साह्रै राम्रो लग्यो तपाइको लेख् पढेर। सुन्दैमा डरलग्दो छ इरक् को यात्र। तर भन्छन् नि मान्छे ले प्रयस् नगरि कुनै पनि काम् सफल् हुँदैन। तेसै गरि तपाइले यो कदम् नचाल्नु भयेको भये हमि हरुले कहाँ बट येस्तो कुरा थाह पाउने थियौँ र। तपैको शाहस् को कदर् नै गर्नु पर्च। तेस्तो त्राशपुर्ण ठाउम गयेर केहि गर्छु भन्ने भावना लिनु भएको छ सके सम्म तेसलाइ पुर गर्नुहोस्। इराक् को यत्रा मा कतै एक्लो महसुश् भयेम यो म्य्सन्सर् को comments हेर्नु हेर्नु होला, तपाइले सबैको साथ् पाउनु हुने छ। ल त अझै अरु नयाँ कुर हरु पढ्न पौन् भविश्यमा।
Nisha, please use devanagari script via the link above the comment box, it’s easy to type and read!
मन परे हरियो, नपरे रातो
0
0
बि बि जि सबैलाई देवनागरी मा लेख्न लगाउन खोज्नु भएको तपाईंको प्रयास को मैले प्रशम्सा नगरि बस्न सकेन।
thankyou very much
मन परे हरियो, नपरे रातो
0
0
धेरै राम्रो लेख लाग्यो !! तपाईँको आदम्य साहस देखेर मलाई ड-डर पनि लाग्यो !!
मन परे हरियो, नपरे रातो
0
0