मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    दाग

    -सुषमा मानन्धर-
    धमिलो आकाशबाट साँझ विस्तारै ओर्लंदै थियो। दिउँसोदेखि परेको पानी केही बेरअघि मात्रै थामिएको हो। काला बादल सबै फाटिसकेका नभए पनि कतै कतै निलो आकाश र सेतो बादल भने देखिन थालेको थियो। सडकका खाल्डा खाल्डीमा जमेका पानी सुकिसकेका थिएनन्। त्यसैले गुडिरहेका गाडीले बाटो हिंड्ने बटुवाहरुलाई मजैले पानी छ्यापी रहेका थिए।

    अफिसबाट छुटेर घर जाँदै थिएँ। बाटोमा सानो चिया पसल थियो। बाहिरबाट हेर्दा साधारण लाग्ने पसल तर चिया मीठो पाइन्थ्यो। चिसोले चियाको तलतल बढेर म त्यहाँ अडेँ। भित्र अलि भीडै थियो। पसल अगाडि केही खाली कुर्सी थिए,म चैँ पसलनिर कुनाको कुर्सी खोजेर बसेँ। सडकमा हिँडिरहेकी एउटी युवती आफूलाई फोहर पानीका छिटाहरुबाट बचाउन खोज्दै थिई,सफल भइन। बाइकले छ्यापेका हिलो उनको सफा पहिरनमा लाग्यो। रोउँ कि हाँसु भै ती युवती। हरे ! कस्ता केटाहरु ! विचरीलाई पर्नु पर्‍यो ,चिया पसलेले सहानुभूति व्यक्त गर्‍यो। “लुगाको दाग त धोए गैहाल्छ तर… ” मैले वाक्य पूरा गरिनँ। पसलेले मलाई हेर्‍यो अनि कत्ति नै कुरा बुझे झैँ गरी टाउको हल्लायो। मैले भन्न खोजेको कुरा उसले साँच्ची कै बुझ्यो कि बुझेन मैले ठम्याउन भने सकिनँ।

    शशीधर मेरो सानैदेखिको साथी। मभन्दा ऊ दुई चार वर्ष जेठै थियो र स्कूलमा सिनियर पनि। उमेर र कक्षाको भिन्नताको बावजुद शशीधरसँग मेरो दाँतकाटी मित्रता थियो। गाउँमा हामी छिमेकी थियौँ र एउटै स्कूलमा पढ्थ्यौँ। पछि गाउँको घर जग्गा बेचेर हामी भने काठमाण्डौँ बस्न थाल्यौँ। शशीधरको परिवार गाउँमै थियो। उसले गाउँमै विहे गर्‍यो र पछि यता आएर स्कूलमा मास्टरी गर्न थाल्यो। गाउँमै बसी घर खेत हेर्न परिवारले गरेको अनेकौँ अनुरोधलाई उसले मानेन। ऊ खेतीबारीदेखि बाहिर काठमाण्डौं आएर केही नयाँ कुरा गरी परिवारमा देखाउन चाहन्थ्यो। त्यसैले परिवार नै नलिई ऊ एक्लै भए पनि शहर आयो। उसको डेरा, हाम्रो घरभन्दा त्यति टाढा थिएन। त्यही भएर हामी सजिलै एक अर्का कहाँ आवतजावत गरिरहन्थ्यौँ।

    पढाइ सकेर मैले जागिर खाएँ र जागिरमा यत्ति रमाएँ कि वितेका वर्षहरुमा मलाई बिहे गर्नु पर्ने होशै भएन। होश त तब आयो जब साथीहरु प्रायः सवै दुइचार जना छोराछोरीका बाउ बनिसकेका थिए। भेट भए पिच्छै उनीहरु मलाई पनि विहे गर्न दवाब दिन्थे। यो उमेरसम्म मैले विहे नगर्नुको सँाच्चीकै कारण केलाउने हो भने आजसम्म कसैले मलाई आकषिर्त गर्नै सकेका थिएनन् र यो पनि हुन सक्छ, शायद म पनि कसैको आकर्षाको केन्द्र बन्न सकिँन हुँला।

    शशीधर पनि मलाई विहे गर्न बराबर कर गरिरहन्थ्यो। मैले विहे गरे ऊ गाँउबाट आफ्नो परिवार ल्याउँछु भन्थ्यो। दुवैकी श्रीमतीलाई एक अर्काको साथ हुन्छ र उसकी श्रीमतीलाई गाँउ छाडिएको भान हुँदैन भन्ने उसको तर्क हुन्थ्यो। विहे बारे मेरो छुटटै राय थियो। हतारमा विहे गरेर फुर्सदमा पछुताउन म चाहन्न थिएँ। उसमाथि मेरो परिवारले मेरो विहे गर्ने निर्णय ममाथि नै छाडेकाले यसतिर म हतारिएको थिइनँ। मैले रश्मीलाई नभेटेको भए शायद अझसम्म पनि मेरो मनमा विहेको कुनै अनुराग जन्मिने नै थिएन।

    रश्मी निकै राम्री थिई। तर उसका सौर्न्दर्य सवै बगेर उसका चम्किला र मोहक आँखाहरुभित्र मात्र सीमित रहेका थिए। आफ्नो कामसँग मतलब राख्ने अनि थोरै बोल्ने बानी परिसकेकी रश्मीका पानीदार आँखाहरुभित्र सधैँ एउटा गहिरो मौनता हुन्थ्यो। त्यो स्थीर शान्त तलाउ जस्तो आँखा र उसको गम्भिर छविले गर्दा नै म ऊतिर तानिएको थिएँ।

    रश्मी शशीधरको डेरासँगै कोठा लिएर बस्थी। उसको एउटा सानो छोरा थियो र ऊ विधवा थिई। शशीधरबाट मैले सुने अनुसार उसको अनमेल विहे भएको थियो। गरिब माइतीको कारण अधबैंसे धनी बुढोसँग उसको विहे भए पनि पियक्कड श्रीमानको मृत्युपछि भने त्यो घर उसको लागि यातनागृह बनेको थियो। साँझैविहान दुःख गरेर पनि उसले जस पाउंदिन थिई। अति भएपछि ऊ घर छाडी माइतीमा बस्न आई। माइतीमा पनि परिवार ठूलै थियो। मध्यम स्तरको आर्थिक अवस्था भएको माइतीमा उसको बसाइलाई लिएर प्रायः कचपच भै रहन्थ्यो। विहे भैसकेका छोरीहरुलाई भारका रुपमा लिइने समाजभित्र रश्मीको माइती पनि कुनै अपवाद थिएन। दिनहुँको घरमा हुने किचकिचको मानसिक यातनाबाट बच्न ऊ त्यहाँबाट पनि निस्केर डेरामा बसेकी थिई। एउटी युवतीले संर्घष्ा गरेर एक्लै बस्ने आँट गरेको पनि समाजले देखी नसहने रहेछ। स्वार्थलोलुप धेरै मान्छेहरु उसले यसरी बस्नुलाई हल्का रुपमा लिन खोज्थे। तिनीहरु उसँग स्वार्थका लागि बोल्थे र लेनदेनका भाषा बुझाउन खोज्थे। कुनै न कुनै बहानामा उसको कोठामा आउने मौका खोज्दै उसलाई सहयोग गर्न तत्पर रहेको कुरा उनीहरु एकान्त पारेर बताइरहन्थे। उनीहरुको मनोभावना बुझेकी उसले ती सवैबाट आफूलाई बचाउँदै आएकी थिई। शशीधरको मुखबाट रश्मीको वारेमा यस्ता कुरा सुन्दा मलाई हुनसम्मको आर्श्चर्य र दुख लागेको थियो। त्यति राम्री र सोझी भैकन पनि दुख भोग्नु पर्ने उसको नियतिमा मलाई साह्रै अपशोच लाग्यो।

    उसको बारेमा थाहा पाएदेखि शशीधरको घरमा जाने मेरो क्रम झन् बढ्यो। साथीकहाँ जाने त एउटा बहाना मात्र थियो, मनले सँधै रश्मीसँग जम्काभेट भैहालोस् भन्ने चाहन्थ्यो। शशीधरको कोठामा दुइचार चोटी ऊसँग भेट पनि भएकोथ्यो। मलाई देखेर ऊ सँकोचपूर्वक मुस्काउँथी। जब म त्यहाँ हुन्थेँ ऊ धेरै बेर बस्दिनथी। शशीधरसँग मैले अप्रत्यक्ष रुपमा रश्मीको वारेमा धेरै चोटि कुरा खोतल्ने प्रयास गरिसकेँ। मेरो अनवरत जिज्ञासा प्रति मैले शशीधरको आँखामा थुप्रै आर्श्चर्य देखेको छु र यो स्वाभाविक पनि थियो। किनभने म आकर्ष व्यक्तित्वको कमाउ पुरुष थिएँ र मैले रश्मीभन्दा उपयुक्त युवती पाउन सक्थँें। मेरो ऊप्रतिको आसक्तिमा उसले कहिल्यै मुख फोरेर आफ्नो प्रतिक्रिया जनाएन। तर जान्दथँें कि रश्मीप्रतिको मेरो उत्सुकता ऊबाट लुकेको भने थिएन।

    ऊ शशीधरसँगै एउटै स्कूलमा शिक्षिका थिई। एउटै स्कूल र छिमेकी पनि हुँदा रश्मी शशीधरलाई दाजु झै मान्दथी, त्यसैले कुनै समस्या पर्दा ऊ शशीधरकहाँ निसँकोच आइरहन्थी।

    साँझदेखि हल्का पानीका छिटा पर्न थालेको थियो। सात बज्दैथियो ,बोर लागेर म शशीधरकहँंा गएंँ। ऊ खाना पकाउँदै थियो। आफ्नो परिवार ल्याएको भए उसले यो टन्टै गर्नु पर्दैनथ्यो भन्ने मेरो व्यँग्यमा ऊ केवल हाँस्यो मात्र। बाहिर हावा हुरी पनि चल्न थालेको थियो। लोडसेडिङको पालो नभए पनि शायद सम्भावित अँाधीको कारणले बत्ती पनि निभ्यो। म घर फकर्ंर्ुुा नफर्कुं भन्ने दोधारमा थिएँ, ढोका ढक्ढक्याएर हठात् रश्मी भित्र पसी। उसले काँधमा छोरा बोकेकी थिई। शशीधर आत्तिए, “के भयो बैनी ?” रश्मीले केही बोल्न सकिन। मैनवत्तिको प्रकाशमा उसका चम्किला आँखा भिजेका देखिन्थे। “दाइ छोरालाई एक दुइ घण्टा अगाडिदेखि के भो के भो ,वान्ता पनि गरिरहन्छ ,विहानसम्म त ठीकै थियो।” आमारुपी उसको मन आत्तियो। शशीधर र मैले बच्चाको निधार छामी हेर्यौँ, ऊ भुङग्रो झै तातो थियो। बाहिर मेघ गर्जनसँगै आँधीहुरीको ताण्डव नृत्य शुरु भयो। मुसलाधार पानी पनि पर्यो। एकैछिनमा सडक चकमन्न र निस्तब्ध भयो। आवाज भन्नु केवल एकनासे झरीको थियो। साधनको अभावमा तत्कालै बच्चालाई राती डाक्टरकहाँ लाने अर्को कुनै उपाए थिएन। रश्मीले फर्किन चाही। “यस्तो पानीमा…विरामी बच्चालाई कहाँ लानुहुन्छ ? एकैछिन पर्खनुस् न।” मेरो कुरा सुनेर अप्ठयारो लागे पनि ऊ छोरालाई च्यापी सोफामा बसी। शशीधरले आफूसँग भएको सिटामोल ख्वाउनुको अलावा हामीले पालोपालो बच्चालाई पानी पट्टी लाइरह्यौँ। अलि विसेक भएर होला,बच्चा निदायो। अँध्यारो रात,हावाहुरी र झरी , हामी तीनै जना शशीधरको कोठामा थुनियौं। त्यो रात हामी कोही निदाएनौँ। रश्मीले बच्चाबाट आँखा हटाइन, मैले रश्मीलाई हेरिरहेँ र शशीधरले हामी दुवैलाई हेरिरह्यो। आधी रातमा पानी थामियो। बच्चाको ज्वरो केही घटिसकेको थियो। रिमरिम विहान पनि नहुँदै शशीधरले बच्चा बोकेर रश्मीलाई उसको डेरा पुर्याउन गयो।

    विहान सवेरै म पनि घर फर्केँ। त्यसको केही दिनमै अफिसको कार्य विशेषले डेढ महिनाको लागि विदेश जानुपर्यो मैले। यसपालिको फर्काइमा रश्मीसँग केही गम्भिर कुरा गर्ने मनस्थिति बोकेर म सिधा शशीधर कहाँ पुगेँ। ऊ घरैमा थियो। मलिन र गम्भिर देखिएको शशीधरसँग विना भूमिका मैले स्पष्ट रुपमा रश्मीको बारेमा आफ्नो निर्णय सुनाएँ र ऊसँग सहयोग मागेँ। ऊ केही बोलेन। मेरो अनुहारमा भएका भावलाई तौलि सकेपछि उसले सुस्केरामा भन्यो, “अचेल ऊ स्कूल पनि आइरहेकी छैन।”

    महिना दिनको मेरो अनुपस्थितिमा परिदृश्यहरु परिवर्तन भैसकेका थिए। ढिलो त्यो पनि परायीसँग घर फर्केकीले रश्मीकी घरबेटीले निकै छेड हानेर लान्छना लगाएकी रहिछन् उसलाई। आफ्नो एक जना विधुर आफन्तसँग विहेको लागि राखिएको उनको प्रस्ताव रश्मीले नम्रतापूर्वक अस्वीकार गरेकोको सम्भवत त्यो साटो फेर्राई पनि थियो,किनकी शशीधर भन्दै थियो तिनी जतिबेला पनि त्यो रातको कुरालाई मसला लगाई बढाइचढाइ रश्मीले सुन्ने गरी अरुलाई बताइरहन्थिन् रे। म रश्मीको डेरामा जाँदा त्यहाँ ताला झुण्डिएको थियो। मैले घरबेटीसँग रश्मीको बारेमा सोधेँ। उनले मलाई तलदेखि माथिसम्म शँकाको दृष्टिले हेरीन् र रश्मीको के साइनो पर्ने भनी सोधिन्। मैले उसको साथी हुँ भनेपछि उनले रश्मीले डेरा छाडेर गैसकेकी बताइन्। कोठा कता सरेकी होला भन्ने मेरो जिज्ञासामा उनले नाक विगार्दै भनिन् “मलाई के थाहा ? सवैको ठेक्का लिन सक्छु र ? रात रातभरि बाहिर हराउने अनि मध्यरातमा त्यही मास्टरसँग फर्किने त्यस्तो छाडापन मलाई मनपर्दैन। बच्चाको विमारी त बहाना पो हो। विरामी भएको भए हामीलाई भन्नु पर्दैनथ्यो,त्यत्ति राती लुसुक्क मास्टरकहाँ जाने हो ? मैले झन विचरी भनेर कत्रो घर बर्साई दिने कोशिश गरेकी थिएँ,घर गरेर खाने खालकी हैन रहिछ। हेर्दा पो सोझी जस्ती,सधैँ मास्टरसँग लागिरहन्थी,ठीकै भो बेलैमा पोल खोलियो। यस्तो कुराले हाम्रा चेलीबेटी व्रि्रँदैनन् कि क्या हो-एक रातको कुरा भनेर हुन्छ – विष एक थोपा नै काफी भै हाल्छ नि…।” घरबेटीले मनको सवै तीतो ओकलिन्। मैले अर्को केही बोल्न नपाउँदै उनले ढयाम्म ढोका लगाइन्।

    किंकर्तव्यविमूढ, मैले शशीधर सम्झेँ। मेरो सोझो साथीले अपयश कमाएछन्। विचरा के दोष थियो उनको, रश्मीको के विराम थियो। पछि थाहा पाएँ, रश्मीले आफ्नो छोराको लागि भए पनि स्थिति सम्भिmदिन निकै अनुनय गरेकी थिई घरबेटीसँग। शशीधरले पनि सँगै गएर उनीहरुलाई यथास्थिति बुझाउन खोजेको थियो। तर दुधको साक्षी विरालो भनेर घरबेटीले कसैको कुरा सुनिनन्। उल्टै अनेक कुरा सुनाएर आरोप समेत लाउन बाँकी राखिनन्। स्कूलवाट आउँदा जाँदा टोलमा हरेक दिन सुन्नु पर्ने व्यँग्यवाणहरु र विझाउने दृष्टिहरुले उसलाई पछयाइरहन्थ्यो। मानिसहरु उसको अगाडि पछाडि नानाथरीका कुराहरु गर्थे। स्वाभिमानी ऊ आफ्नो चरित्रमाथिको लान्छना सहन नसकेर मात्र हैन दाजु जस्ता शशीधरलाई पनि शँकाको घेरामा राखिएको पीडाले पछि कसैलाई केही नभनी उसले डेरा छाडी। कता गई अहिलेसम्म थाहा लागेको छैन, न शशीधर नै जान्दछ। हेर्ने आँखाका सीमाहरु साँघुरा भए पछि कसैको केही लाग्दैन। धेरै भनाइहरु सुनेर पनि सहन सक्ने शशीधर त आखिर पुरुष थियो,कर्कलाको पात जस्तो पानी लागेर पनि ओभानो हुन सक्ने। उसको लागि जिन्दगी त्यति कष्टकर नहोला तर रश्मी…

    “हजुर चिया चिसियो,” पसलेको आवाजले झस्किन्छु। चिया छचल्केर मेरो लगाएको सर्टमाथि पोखिन्छ। सफा र सुकिलो कपडामा लागेको दाग सानै भए पनि टड्कारो देखिन्छ। केही छैन,यो दाग त धुँदा केही समयमा जाला तर रश्मीको चरित्रमाथि लगाइएको दाग कसरी र कहिले सम्ममा जाला,म आफैलाई प्रश्न गरिरहेछु। mdhsusma@yahoo.com

    No related posts.

    53 comments to दाग

    • Ram

      Dherai ramro katha. Samajko wastabikatalai man sanga jodna sakne.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Utsav

      Bismiti ra chemjong bro ko dating garaunu paryo hai ktm ma. Then both ko chating fM bat distribute garnu parcha.Sarai jhyau lagdo discuss yar!!! discusting!!!!!!!

      Exellent story padera pani ajhai buddi aaudaina dubai janako

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • विस्म्रितिजीका अघिल्ला पोस्टमा भएका कमेण्टहरुमा केही बौद्धिकता भएकोले जवाफ फर्काउने गरेको थिएँ, तर जब देखि उहाँले मध्य पूर्वमा गएर “भाँडा-माझ्नेहरु” भनेर ती मानिसहरु प्रतिको पूर्वाग्रिह ग्रसित कुरा गर्नु भयो, टीठै लाग्यो।

      हरेक मानिसको र उसले गर्ने कामको सम्मान, उसले जुनसुकै काम गरे पनि, गर्नु पर्छ। यस बाट उसको मात्र होइन सम्मान गर्नेको आफ्नै पनि सम्मान बढ्छ। यसका विपरित काम गर्नेहरुको सम्मान गर्न नजान्नुले नजान्ने कै अपरिपक्वता देखाउँछ कि भन्ने मलाई लाग्छ।

      काम गरेर कोही सानो हुँदैन, मैले पनि यहाँ अष्ट्रियामा बार र क्याफेमा भाँडा माझेको छु। न मलाई यो भन्न लाज लाग्छ, न यसै कारण कसैले मलाई तुच्छ काम गर्ने भनेर हेपेको मालाई अनुभव छ। यो सोचको कुरा हो। यो मेरो स्ट्रगल हो। यसै गरी कति डाक्टर इन्जिनियर वा अरु केही भएको हामीले देखेका छौं।

      अर्को कुरा, दौडको(Race) नै कुरा गर्ने हो भने समान बिन्दु देखि शुरु गर्नेहरु बीच तुलना हुन सक्छ। हुम्ला वा गुल्मी देखी S.L.C. गरेको विद्यार्थी र सेन्ट जेभियर देखि S.L.C. मा ६५% नै ल्याएका दुई विद्यार्थीहरु बीच संख्यात्मक तुलना गर्न सकिए पनि गुणात्मक तुलना गर्न सकिएला? काठमाण्डौं लगायत ठूला शहरका नामचीन विद्यालयमा पढ्न नसकेकाहरु, अरबका देशहरुमा गई अल्प-पारिश्रमिकमा काम गर्नु पर्ने बाध्यता र विस्म्रितिजीहरु जस्ताहरुले यस्तो गर्नु नपर्ने कारण खोज्नु भयो भने उहाँहरुको खुबीले भन्दा उहाँका अभिभावकहरुको आर्थिक स्थिती राम्रो भएको र अभिभावकहरु आफ्ना नानीहरुको पढाई प्रति जागरुक भएको पाउनु हुनेछ। त्यसो भएकाले अहंकारले गमक्क नभैदिन विनम्र निवेदन गर्छु।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jivan Shrestha

      Dear Susmaji,

      I read yr story entitled DAG. In the begining, I did not understand your story while I came to the third paragraph it opens clearly.I agree with your writing that most of the women are in critical coindition due to the social barier.Samething has suffered to this story too.
      it would be even more attractive if you shown marriage between these two guies.

      It is very nice article. keep on writing regular.
      ok thank you

      Jiavn Shrestha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • रन्जन शर्मा ओली, Germany

      katha malai sarai man paryo !!! tara antama sashi dhar ko kunai kuro nai vyena kinahola …pura garna paye hunthiyo kii …. ani susma jiii ko bihe ko pani prasanga thiyo..aba yo prasanga lai agadi bdhaune ho kiii ….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bantawa

      सुषमा जी,

      कथा राम्रै लाग्यो ।
      पानी परेको दिन, चिया पसलको सडकपेटी छेउ, चिया मागेर घोत्लिएपछिको यौटा मनोवाद बाट कथा सुरु भएको र अझ “म” पात्र नारी भैदिएर अन्त्यमा “म” लाई नै पनि पानी छ्यापिएको थियो भने बढि सुन्दर हुन्थ्यो कि?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jeevan Regmi

      Dear Susma Ji,

      Wonderful and really impressive too. To be frank with you this time the history have touched the surface of the deepness.

      Please one this I have observed that your articles are being created similar to each other, I hope next time you shall catch and go for a drastic heart touch one.

      Have a nice time and wish you all the best awaiting a next articles to publish.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suman Gurung

      dami cha story… keep improving sis

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nisan

      I went through all the comments and again went through the story, so I though to drop some words again.

      Please do not discourage author of such great story!!! or else you will not get chance to read such fabulous story.

      For me creation does not need any ornamentation, neither it needs to be linked top to bottom. If it is capable to touch heart once, it is a great CREATION.

      Once again, hats off to you Sushma didi for giving opportunity to read wonderful story.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dipesh

      प्राय सुषमा जी को लेखको म प्रसंसक नै हुने गर्छु । तर कहिले काहिँ लैङ्गिक सवालमा वहाँमा देखिने एकाङ्गी धारणाको मैले विरोध गर्ने गरेको छु । तपाईँका माइ संसारका रचना मात्र पनि २०, २५ नाघ्यो होला सायद । सुरु सुरुमा छापिने गरेका रचनाहरुमा सरलता भएपनि जुन स्तरको फ्लुएन्सि हुनु पर्ने त्यो नभएको मैले कमेन्ट गर्ने गरेको थिएँ । विचमा तपाईँको लेखाई निकै खारिएको थियो । तर यो लेख पढ्दा लेखाइमा फ्लुएन्सि भएपनि शिर्षक र प्रसँगलाई अप्राकृतिक ढङ्गले आनका तान पार्नु भएको छ । विषेश तपाईँले दिएको “दाग” शिर्षक र भित्र प्रस्तुत प्रसँगमा कुनै नविनता पाइएन । अझ प्रसँगहरु त नारी अस्मितालाई मूल विषयवस्तु बनाएका कतिपय पुरातनपन्थि रचनाहरुसँग हु-वहु मेल खने खालका छन् । अनि कथाको शुरु र अन्त्यलाई हेर्दा त तपाईँको लेखाइमा आएको निख्खारतालाई नै कता कता गिज्याएझै अनुभुति हुन्छ ।

      सुषमा जीलाई अनुरोध ! तपाईँ एकपटक अहिले सम्मका तपाईँका रचनालाई एकैठाउँमा राखेर पढ्नुहोस् र त्यसका स्तर आफै निर्धारण गर्नुहोस् । अनि आफूलाई कमजोर लागेका लेखमा कहाँ कहाँ कमजोरी भएका रहेछन् सच्याउँदै लेख्दै जानुहोस् । शुभकामना ।

      दिपेश गौतम

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्पमणि

      सुषमा जी को लेखले मेरो मनलाई साह्रै छोयो।
      सुषमा जिको लेख हृदयस्पर्शी छ।यस लेखले हाम्रो देश,समाज,गाउँ घरमा घट्ने यथार्थ घट्नाहरुलाई राम्ररी समेटेको पाईएको छ। यो लेख अति नै समय सान्दर्भिक छ।
      यस्तो लेखको लागि सुषमा जिलाई मेरो अन्तरहृदय देखि नै धेरै-धेरै धन्यवाद छ।
      पुष्पमणि

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ritesh

      susma sis
      realy nice story
      keep it
      Ritesh
      Doha,Qatar

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • baburee

      Oee LUZ Jackass, u have nothing to do and paste same thing for 100 times.

      अहिले तेरो टाउकोमानै हिर्काइदिन्छु र

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bidur

      its really nice and meaningful, Susma ma’am hope you can write some more.
      best of luck

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सामाजिक बस्तुस्थिती को चित्रण गर्न खप्पिस सुस्मा जि लाई फेरी धन्यवाद। पुरुष मात्र होइन महिला नै महिलाका सत्रु हुन , कथाले यसै भन्न खोजे जस्तो लाग्यो। हुनत “फुलको आँखामा फुलै संसार काडाको आँखामा काडै संसार”

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dkhanal

      Sushmaji’s stories resemble real life. Very good work Sushmaji’s. Keep it up.

      All the best

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Wawwww! सारै मीठो कथा लेख्नु भो सुषमा जी, बास्तवमा हजुरकै कथाको पर्खैमा थिए|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Min

      it is really pleasent story, in the eyes of our society, it is still narrow concept to look at the girl if they might have to loss their husband because nepal is Purus Pradhan Country is it right any way thanks for the super Brilliant story keep it up I would love to read next time with different.Thank you SUSMA JI,

      Min Gurung
      United Kingdom

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nisan

      WOW!!! Wonderful Story
      Hats off to you!!Sushma jee

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Biru B.K.

      really nice story and this will be reality. as a human everyone should be consider about understanding,recpect and love. i belive this story suitable for movie as well here is good massage for our socity. really nice thank you

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ukita, japan

      nice writing as usual.
      keep it up.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ang Dawa J. Sherpa

      Nice story.
      There is a flow in the story although some us may wonder how. The uncomplete statement made by the writer or the first person in the story where he says, “luga ko daag ta dhoye gaihaalchha tara…” is actually connected with the last part of the story.

      I would love to read more of her story.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dev from Qatar

      Nice story

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BASU

      Really great story

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • what can we do there are thousand Rasmi in our country who want to trying to live there but the door has been locked and they are crying outside and also the earth is crying ,the moon is crying , the star also crying, humanity also crying, everything crying the wind is very crying .oh human look outside there are nothing quiet like u because u are sleeping with sweet dream in your home .
      see “CHITAA KHITKAA CHHODI AVAYA SITA HASIYO MARIMARI”

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dhanwantari

      all the best!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • विस्मृती

      राम्रो छ तर पहिलो र दोस्रो प्याराग्राफ पढ्ने वित्तिकै तेस्रो प्याराग्राफ पढ्दा कहाँ पुगिएछ भनेर झुकिदो रहेछ । खासमा पहिलो र दोस्रो प्याराग्राफको आवश्यकता नै छैन । त्यो नभएको भए झन राम्रो सलल बगेको हुने थियो तपाँईको कथा।

      तर जे होस राम्रो छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नविन घिमिरे

      Really nice story

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • त्यों पहिलो र दोस्रो प्याराग्राफ लाई अन्तिम प्याराग्राफले जोड़ेको छ नि बिस्मृति जी . तेस्तो कथा पढ्दा झन मज्जा आउछ नि हैन र ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shilu

      Bismritiji
      how can we write in color like this?can you please tell me?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • विस्मृती

      जबरजस्ती जोड्न चाहे जस्तो लाग्दैन तपाँईलाई ??

      कथा पढ्दै जादाँ कहि कतै तपाँई कथाको मुल विषय वस्तु र हिलो सडकको कुराको सम्वन्ध भेट्नु हुन्छ।

      ल ल कुरो र कुलो जती वढायो त्यती वढ्छ भन्छन मलाई लागेको कुरा मात्र मैले प्वाईन्ट आउट गरेको

      वाँकी कुरा राम्रो छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bikram(TX,USA)

      wow gr8 story …….
      bujhne lai srikhanda,,nabujhne lai khurpa ki bid…..ani yo katha bismirti lai kasari ramro lagos ni……kotha ma kehi(anaitik) bhayeko bhaye sabai lai man parthiyo hola hamro dub society ko man6e haru lai,,,,,bastabik kahani ta kaha pachos ni,,,,,hatii lai jira bhaye6,,,,take it easy ………….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • विस्म्रितिजी सबै कुराको कारण हुँदैन जीवनमा। सबै कुराको कारण भयो भने त हिन्दी मसाला चलचित्र बन्छ नि। जस्तो हिंड्दा-हिंड्दै अनायासै म कहिले-काहीं कता जान लागेको भन्ने नै बिर्सिन्छु, कहिले त्यति धेरै खाँचो नभएको कुरा पनि किन्छु। आदी आदी।
      कथाकारको मौलिकता भनेर कहिले अनावश्यक कुराहरु पनि जोड्दा समग्रमा यथार्थपरक देखिन्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • विस्मृती

      तपाँईको कुरा ठिकै छ । तर मुड मुड को कुरा हो, सधै भरी वहुलट्ठी तालले जे पायो त्यही गर्दै गरेको सम्झीदै जादाँ पछी आफुलाई पनि राम्रो लाग्दैन ।

      कथाकारको मौलिकता भनेर कहिले अनावश्यक कुराहरु पनि जोड्दा समग्रमा यथार्थपरक देखिन्छ।

      भने पछि तपाँईलाई जित्नै पर्ने छ त्यसैले तपाई ले भनेकै कुरा मात्र सहि हो ।
      :-D

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • वाव! वाव बिस्मृती क्या मुह तोड़ जवाफ दियौ तिमीले,छ्या!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • विस्मृती

      मध्यपुर्वमा यस्तो जवाफ सुन्दैनौ मित्र तिमी ! हुन त किचेन वाट (भाँडा माझेर)वाहिर आएर अरुले कुरा गरेको सुन्न पाए पो ।

      कुवाको भ्यागुतो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suphie

      Bismriti ji
      tapaika commets haru ta thikai thie,tara tapai jasto le ek patak sochnos ta ko hi kina bhada majhacch????aafule khaeko bhada ta tapai pani majhnu hunchha hola ki tyo pani arulai nai majhaunu hunachha? dherai din dekhi dherai ko comment ma bhada majhne prati hate gareka ka sabda haru lekheko dekhera sodhna man lageko matrai ho,huna ta bhada majhne le tapaiko mahan bichar ke bujhnu ra kahi.?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • विस्मृती

      म तपाँईको विचारको सम्मान गर्छु । तर कसैको कमेन्ट गर्दा सस्तो कमेन्ट गर्नु हुन्न भन्ने हो मेरो शब्दले अरुलाई ठेस पुगेको भए मलाई त्यस प्रती खेद छ तर माई सन्सारमा मेरो कुनै पनि कमेन्ट प्रति उहाँ महाशयको कमेन्ट हेर्नुस त कुन स्तरको छ । उहाँमा कुरा गर्ने अलिकती पनि म्यानर छैन। सवै मान्छेको उहाँको जस्तो सोच हुन्न त्यसैले उहाँले त्यसरी प्रस्तुत हुनु हुन्न भन्ने मेरो मान्यता हो त्यसमा म अडिग छु ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • के गर्छौ र, बाबै? तिम्रो त तालू मा आलू बाहेक केही रहेना छ,अब त्यही आलुलाई हेरेर बस्नु सिबाय अरु उपाय पनि त भएनानी होईन र?मध्यपूर्बमा पुग्न पनि तिमी जस्तीको पुर्पुरोमा लेख्नु पर्छ बाबै!
      बिस्मृती, तिम्रो लेखैईको भाषा हेर्दा त तिमी त साच्चै नै दरिद्र दिमाग की हाउ की जस्तो लाग्छ मलाई त|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bikram(TX,USA)

      bismirti ko lajjaspad ani ghatiya comment dekhda(like bhada majhne),,,malai sarho ghirna lagyo oh madam…………….
      yestai soch le ta nepali keti haru bihe pa6i bhada majhne matra bhayeka hun ni hoina ra? yedi aafno kam aafai garau bhanne bhaidiyeko bhaye…..? ani kam sano htulo hudaina bhanne bhaidiyeko bhaye….?
      by the way ,, i wanna just to remind you about Nepalese ground reality…………..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • विस्मृती

      मित्र भाँडा माझ्ने भनेर मैले ब्यक्तीको वैचारिक स्तरको कुरा गरेको । कसको भाँडा भन्ने कुरा मेरो मतलवको कुरा हैन । मेरो आशय भाँडा माझ्नको लागी कुनै दिमाग ( ज्ञान ) आवश्यकता पर्दैन र त्यो तहका वैचारिक सोच भएका मान्छेले यस्तै कमेन्ट गर्छन।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • narendra,panchthar

      middle east ma hune haru sabaile bhada majhchan bhanera kasari bhannu ?ki timi pani middle east bata farkeki hou,tehi kam garera.k timi matra chau intellectual?timi ma dimag ta dherai hola tara dimag sangai ghamanda pani cha,timi ghamandi hou

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Laxman

      Laagaa chunarime Daaga!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Leela sharma

      Susma jee
      Aesta nepali didi bahini haru nepal ma Hatma ganna nasakiney gari jiwan bitai raheyka chan Nari ra usko charitra jogauna yo pida dayek pal samvawata sabai nari ley saheyka hunchan. Nepali nari ko yo janmasidda aadhikar ho

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • विस्मृती

      मित्र लाई मेरो कुराले चोट पुगे माफ पाँउ तर मित्रको दिमाग के ले भरिएको रहेछ थाहा भो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bikram(TX,USA)

      hoina oh madam tapai aafu lai bada setha thannu hoda rahe6 ta ba…….samman khojne le ta samman dinos na yar,,,tapai le 3 rd level comment arulai garnu bhaye ko le nai tapai le nana thari ko comment sunnu pareko aajhai bujhnu bhayena,,,tapai ko dimag ma kuheko farsi 6 ki kya ho…..bujhne kosis garnos na yar……
      aafu lai sarbe sarba nathannos madam…….tesai ma tapai ko kalyan 6,,,,,,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • चेम्जोंङ मनोज,Middle East

      बिस्मृती तिमीले अझै धेरै कुरा सिक्न बाँकी छ झै लाग्छ मलाई| सायद तिम्रो बुवा-आमाले………माफ पाऊ,बुवा-आमा तीर नजाउँ क्यारे, अरु त खोई के भनौ र “हिलोमा ढुंगा हान्नू हिलो आफ़्नै मुखमा”

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • विनोद

      भने पछि तपाँई हिलो अनी विस्मृतीले ढुङ्गा हान्दा उसलाई हिलो लाग्यो ।

      मनोज जी तपाँई उमेरमा त खुव ह्यायण्डसम हुनु हुन्थ्यो क्यारे अहिले तपाँई विस्मृतीको पछि लागेको हो कि उ तपाँई पछि …………….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • विस्मृती

      माफ गर मित्र तिमी हिलै हौ मैले तिमीलाई ढुङ्गा हानेर गल्ती गरे । तिमीले सही भन्यै तिमी हिलो नै हौ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bikram(TX,USA)

      balla madam le dharatal bujhnu bhayo,,congrats madam ali dhilai bhaye pani buddi ayeko ma…
      dui din ko jindagi ho k nai lanu 6 ra madam,,has khel garau….swastha partisparda garau …….kina war sadhai…….hai ta….see u next time in mysansar comment box ,,with good comments…………….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • चेम्जोंङ मनोज,Middle East

      बिनोद जी,
      को कसको पछी लागेको छ,को हिलो हो र कसले ढुङगा हान्दा कसको मुखमा हिलो परेको हो? त्यो छुट्याउने जिम्मा हजूरलाई सुम्पिन्छु,त्यसैले इमान्दारिताका साथ छुट्याउनुहोला|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Lokendra

      Where is Rasmi? plz try to complete this story.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yesto Chhattu Kura garnu bhayana ni ho Sir….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker