मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    शनिबार साहित्यः फोटो हेर्नुस् कविता लेख्‍नुस्

    यो साताको प्रतियोगिताका लागि चुनौतिका रुपमा फोटो।

    फोटो गाउँबाट काठमाडौँ घुम्न आएकी एक वृद्धाले पाँच रुपैयाँ तिरेर स्वयम्भूबाट दूरबिनमा काठमाडौँको दृश्य हेर्दै गर्दाको हो।

    कृपया कविता बाहेकका कमेन्ट यसमा नगरिदिनु हुन अनुरोध छ।

    विजयीलाई माइसंसार डोमेनको इमेलका साथै आफ्नै ब्लग सञ्चालनका लागि पाँच वर्षका लागि १० एमबीको वेबस्पेस पनि उपहारस्वरुप उपलब्ध गराउने छौँ (प्रायोजकः अर्चना श्रेष्ठ)

    No related posts.

    48 comments to शनिबार साहित्यः फोटो हेर्नुस् कविता लेख्‍नुस्

    • sonika

      mathi ko mero kabita ma bidhuwa mahila lai pani ahile sabaile rato lagai dine chalan aeko le maile budhi aama lai rato kapada mai logne mareko besahara bhae pani ,ek sahasi mahila ko rupma chitran garna khojeko chhu —sonika

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      तिमिराछन्न आहट हरुले ,च्यातिएको परिबेश ,
      घुन्गेत्रो आवाज हरु ,
      तुइयेका संकल्प ,
      बूढी आमै!!
      दूरबीन बाग्मतिमा जलेको बर्तमान देख्छ के ?

      पोहर हाल मरिसकेको म !
      येस्पाली फेरी नया चोला!! ,
      कहिले तिम्रो कित्ता ,
      कहिले उसको ,
      तिमी दिग्भ्रमित,
      उनिहरु अन्योल माँ ,
      म सुटुक्क हिडेको !!
      बूढी आमै !!
      अबसर्बादी को पाइला ,दूरबीन देख्छ के ?

      भेडाको भेसमा तिम्रो आँगन आउछु,
      मुख को लाली दूरबीन देख्छ के ?
      गांधी बनेर तिम्रो बाटो लम्पसार बनी दिन्छु ,
      मोफसलको लाश ,दूरबीन गन्छ के ?
      बूढी आमै !!
      मन को दूरबीन ले हेर !!
      जिंदगी बाईपास समाती रहेछ !
      राजधानी माँ मृत्यु नाचिरहेछ !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      तिमिराछन्न आहट हरुले ,च्यातिएको परिबेश ,
      घुन्गेत्रो आवाज हरु ,
      तुइयेका संकल्प ,
      बूढी आमै!!
      दूरबीन बाग्मतिमा जलेको बर्तमान देख्छ के ?

      पोहर हाल मरिसकेको म !
      येस्पाली फेरी नया चोला!! ,
      कहिले तिम्रो कित्ता ,
      कहिले उसको ,
      तिमी दिग्भ्रमित,
      उनिहरु अन्योल माँ ,
      म सुटुक्क हिडेको !!
      बूढी आमै !!
      अबसर्बादी को पाइला ,दूरबीन देख्छ के ?

      भेडाको भेसमा तिम्रो आँगन आउछु,
      मुख को लाली दूरबीन देख्छ के ?
      गांधी बनेर तिम्रो बाटो लम्पसार बनी दिन्छु ,
      मोफसलको लाश ,दूरबीन गन्छ के ?
      बूढी आमै !!
      मन को दूरबीन ले हेर !!
      जिंदगी बाईपास समाती रहेछ !
      राजधानी माँ मृत्यु नाचिरहेछ !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हो आमा आज मैले बल्ल थाहा पाएँ
      स्वएम्भु निर्जिब होइन रहेछ
      त्यो त आमाको रुप रहेछ
      जो न्याय अन्याय हेर्ने दुर्बिन पो रहेछ
      ***
      हो आमा तपाईंले मलाई देख्नु भयो
      म लुक्न सक्तिन कहीं
      दुर्बिन्ले मलाई हेर्नु भयो
      जो सत्य हेर्ने आँखा पो रहेछ
      **
      हो आमा सबैतिर फोहोरै फोहोर छ
      म नाङ्गिएको पो हेर्नु भएछ
      देख्नु हुन्न भन्ने चाहना थियो
      झन ठुलो रुप मा पो देख्नु भएछ
      **
      नहास्नु न आमा मलाई देखेर
      ग्लानी हुन्छ मेरो बुद्द्वत्त्वमा
      दुर्बिन नघुमाउनुन त्यसरी
      भ्रिकुटी देखिन्न मेरो तस्बिर्मा
      **
      बिशाल छाती गमक्क पार्दै
      घुमी हिद्थेँ यदा कदा
      ननाप्नुन मेरो छाती आमा
      लाज हुन्छ फेरी साम्नेमा हुँदा
      **
      पशुपती तिर दुर्बिन फर्काउनु न आमा
      शिव जि को दर्शन हुन्छ त्यहां
      गजुर्तिर आँखा नलगाउनु नि फेरी
      मलाई देख्नु हुन्छ त्याहाँ ,
      **
      आकाश तिर हेर्नुस् त आमा
      ताराहरु कती झिलिमिली
      पूर्ण उज्यालो मै छन सबै
      दुर्बिन तल नफर्काउनु नि फेरी
      **
      बालक अधिकार र मानबाधिकार
      मेरो ईतिहासहो आमा
      हेर्नुस्त सम्ब्रिद्द बोर्डइङ स्कुलतिर
      ए ए ए सडक बालक तिर आँखा
      नलगाउनु न धामा
      **
      कती सम्मान् छ यहाँ शिक्षा र चेतनाको
      समाज हो यो प्रबुद्द बर्गको
      बेरोज्गारी छैनन यहाँ कोही नर
      ए ए ए एअरपोर्ट तिर नघुमाउनु न भन्या
      कोही जाँदैन रोज्गारिको लागि बिदेशतिर
      **
      मैले नचिनेको स्वोएँभु आमा
      देखिन सत्यका आँखा
      वारीपारी दुर्बिन मात्रै देख्छु
      हरा भरा छैनन यि डाँडा काँडा
      **
      झिक्नुस्न आमा दुर्बिन अब
      कती हेर्नुहुन्छ आजै
      हो हो हो स्वम्भयु त खडा सधैंभरी
      हेरिरहन्छ हो सधैं भरी
      **

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bhupendra mahat

      स्वयम्भूको आँखाले नदेखेर हो कि
      तुवाँलोले छेकिएर हो कि
      आफ्नै ईतिहासको पाना मेटिए पछी
      आफै बुनेको सपना फुटे पछी
      जथाभाबी चर्किएका आशाहरु
      एकचोटी आँखले छुन खोज्दी हुन मेरी आमा

      आफ्नै आगन बिरानो भए पछी
      आफ्नै पन आँफै सँग बिछडिए पछी
      आफ्नै माटोमा हराएको बिचार खोज्दै
      आफ्नै पसिनामा बगेको रहर खोज्दै
      क्षितिज पारी शान्तिका परेबालाई
      शान्तिको सन्देश बोकी लेराउछ कि भनी
      एकचोटि मन भरी आशा फिज्दी हुन मेरी आमा

      चाउरिका अनुहार भरी खुम्चिएका विश्वाश भिरी
      दाउरिएका पेट भरी थिचिएका आस्था भिरी
      बिना गुदिका टाउकाका हुलहरुमा
      बिना बुद्धिका सोचहरुका हुलहरुमा
      रगतको छिट्टामा रंगिएका सडक पेटिमा
      बारुदको धूवामा रंमगिएको एक हुल निरहलाई
      रसाएका आँखा भरी पुछ्दी हुन मेरी आमा

      बुद्धले छरेको शान्तीका पाटा भरी
      जनकले गोडेका भाईचाराका बाटा भरी
      शान्तिका सुगम यात्रामा बिझेका काँढा
      मुटु भरी दुखी पल पल रन्थनिदै
      मर्महित भई काँढा पंन्छ्याई दिने
      कोही मिल्छ कि भनी नियाल्दी हुन मेरी आमा

      कतै कोप्चिएका ,कतै अग्लिएका
      कुपोषणले कुरुप शहर भित्र
      कहिले टाएरको बिसाक्त धुवाँमा
      कहिले बारुदको गर्जनमा
      क्षेतबिक्षेत भएको भानु बाजेको
      सुन्दर कान्तिपुरलाई
      एकचोटी आँफैलाई चिमोटी झस्किदी हुन मेरी आमा

      धूलो ,धुवाँ ,प्रदुषण ,जाम ,
      अनिकाल ,हाहाकार ,चित्कार,
      त्रसादी, बर्बादी ,अपहण ,बलत्कार
      समस्या ,अभाब ,भष्ट्राचार …….
      दुरबिन भित्र असरल्ल फिजिए पछी
      लामो सुस्केरा हाली
      मजेत्रोले पसिना पुछ्दै
      नयाँ नेपाललाई धिक्कार्दी हुन मेरी आमा
      colorado usa

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sonika

      sonika

      दूर्बिनबाट हे बुढी आमै , के हेर्न लाग्यौ नि
      छोराको याद्ले सताउँदा तिमी ,टोलाउन थाल्यौ नि
      छोराको हरण् पतिको मृत्‍यु , बेदना झेल्दै छिन्
      हरा’को छोरा देख्छु कि भन्दै ,दूर्बिनले हेर्दै छिन्
      ********************************
      गाला छन् चाउरी परेका कपाल्,हिमाल झै फुलेकी
      छोरोको खोज् मा गाउँबाट भर्खर् ,शहर् मा झरेकी
      नपाउदा छोरा गाउँघरमा खोज्दा ,हरेस खाँदै छिन्
      हरा’को छोरा देख्छु कि भन्दै ,दूर्बिनले हेर्दै छिन्
      ********************************
      काठमाडौं आ’की घुम्नलाई रहर् ,लागेर होइन
      बुढेसकाल् मा एक्ली ती आमा,साहारा कोही छैन
      दुखे नि टाउको बाँधेर फेटा,सोध् खोज गर्दैछिन्
      हरा’को छोरा देख्छु कि भन्दै,दूर्बिनले हेर्दै छिन्
      ********************************
      मनमा पिर बेदना हुँदा ,छैन है उल्लास
      साहारा बिना बुढ्यौली जीबन्,लाग्दो हो उराठ
      अझैनी छोरा आउने आश् मा,लामो स्वास् फेर्दैछिन्
      हरा’को छोरा देख्छु कि भन्दै ,दूर्बिनले हेर्दै छिन्
      *********************************
      स्वयम्भुबाट रु पाँच तिरी ,हेर्दै छिन् दूर्बिन
      नियाली रा’छिन धमिलो आँखा,पारेर झिम् झिम
      गणतन्त्रमय यो नयाँ नेपाल्,को आश गर्दै छिन्
      हरा’को छोरा देख्छु कि भन्दै ,दूर्बिनले हेर्दै छिन्
      *********************************
      अन्याय न्याय छुट्याउने दुइटा,स्वयम्भुका ती आँखा
      देख्दैनन् किन बोल्दैनन् हुँदा,कोही काखा कोही पाखा
      हिंसा र अपहरणको पिडा ,आमाले खप्दै छिन्
      हरा’को छोरा देख्छु कि भन्दै ,दूर्बिनले हेर्दै छिन्
      *********************************

      माथिको कबितामा ,(हरा’को =हराएको ,रा’छिन =रहेकोछिन ,आ’की =आएकी ) भनेर बुझ्नु होला

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jay Raj

      म आमा
      म वृतको केन्द्रविन्दु
      परिधिबनेर पर्खालझैँ उभिएका सन्तानहरु
      रोइरहेछु तिमीहरुको दरिद्रतामा
      रुँदै हेरिरहेछु
      ढल्न लागेको जीर्ण पर्खाल
      सन्तानको मृत्यु
      पल पल भागिरहेको परिधि
      झन् झन् बढिरहेको रिक्तता
      र नापिरहेछु
      फराकिदै गएको
      म र परिधिबीचको अत्यासलाग्दो दुरी ।
      नभाग
      फर्की आओ मेरो रक्षा गर्न
      म हारेकी छैन
      बाँकी छ मेरो धुकधुकी
      हेरिरहेछु
      बुद्धको आँगनबाट
      पर क्षितिजमा हराएको मेरो परििध
      पर्खिरहेछु
      त्यो क्षितिजबाट
      आकाश धर्तीको चेपबाट निस्कनेछ
      प्राणको उज्यालो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हरायको मेरो छोरो, खोज्दै खोज्दै आएे
      हिमाल पहाड तराइ, सबै तिर धाएे
      मुटु भरी आसा बोकी, काठमाडौं नै आएे
      देखिन्छ कि कतै भनी, दुर्बिन बाट च्याएे

      देशमा शान्ती आयो भन्छन, उ चान्ही फर्कियन
      परिवर्तन ल्याउछु भन्थ्यो, अझै भेटियन
      कोही भन्थे जङल पस्यो, कोही भन्थे शहर
      बुढेस्काल्मा छोरो सँग, बस्ने मेरो रहर

      खोज्दा खोज्दै तिमीलाई, शरीर गलीसक्यो
      हेर्दा हेर्दई तिमीलाई, दिन ढल्न लागिसक्यो
      अझै पनि हरेस मैले, खाएको त छैन
      सँगै बस्ने आस मेरो, मरेको त छैन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नोगेन हांग

      ***पुरा गर्न नसकेको मेरी हजुरआमाको रहर***
      ——————————-
      अझै गर्छु
      अझै बाँच्छु संसार हर्छु भने पनि
      यो मृत्यु भन्ने अन्तिम घडी
      आए पछि त जानै पर्छ ।

      तर यी बाँचुन्जेलका
      अधकल्चो प्राप्तीहरु संग
      दिक्कदारी को छताछुल्ल संबेगमा पनि
      भ्रामक दुरबिनहरुले
      कहिल्यै नभरिएको आशाका खड्कुँडो भित्र
      सधैं चिहाईरहन मन लाग्छ
      मान्छे हुनुको जर्जर बिडम्बना ।

      तस्विरमा यहाँ
      आँखानेर दुरबीन थामीरहँदा
      छोरा भएर पनि
      मैले पुरा गर्न नसकेको
      मेरी हजुरआमाको
      छकछके रेल चढ्ने सपना
      र सररर हवाई जहाज उड्ने चाहाना झस्किन्छु
      संझिदा जिउँदो यो आत्माले
      माफी माग्न बाहेक अरु बिकल्प छैन म संग
      उत्तिबेला म पनि त सानै थिएँ ।

      यसपाली
      समर भ्याकेशनको बेला
      उतै तिर जाने निधो गरेका छौं पियारी संग
      त्यत्तिखेर
      खाँबो माथी दलिनमा सिउरेको
      तिम्रो पुरानो
      घंघरु को लौरो साथै लिई जानेछु
      र तिम्रै नाक, तिम्रै आँखा बोकेकी
      ‘नानु’ लाई टेकाएर
      डिजिटल क्यामेरामा कैद गरी
      भित्तामा तिम्रै पुरानो तस्विर संगै टाँस्ने छु।

      -नोगन हांग

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • दामोदर नेपाल

      ऊ अवश्य आउनेछ

      त्यो भञ्ज्याङमाथिको क्षितिजबाट
      सधैँ घाम झुल्किन्छ
      तर मेरो बाबु
      अझै झुल्किएन

      आशा मरेको छैन
      तृष्णालाई बुढ्यौली लागेको छैन
      त्यसैले त नियाल्दैछु उसको बाटो
      अनि वर्षौम्म नियालीरहनेछु
      जबसम्म ऊ आउँदैन
      अझै रहर बाँकी छ मनमा
      अनि विश्वास जिउँदै छ
      ऊ अवश्य आउनेछ

      आमा त्यो क्षितिजबाट सधैँ
      कालो घाम उदाउँछ
      त्यसले कहिल्यै हाम्रो बस्तीमा
      उज्यालो छर्दैन, छर्नै खोज्दैन
      त्यसैले म जान्छु
      अनि टपक्क टिपेर
      ल्याउँछु सेतो घामलाई

      यस्तै भन्थ्यो मेरो छोरो
      उज्यालो खोज्न गएको हो
      थाहा छैन भेट्यो भेटेन
      मलाई त यत्ति थाहा छ
      ऊ अझै आएन

      अझै पनि लाग्छ
      ऊ आउनेछ
      त्यही घाम उदाउने क्षितिजबाट
      सेतो घामलाई लिएर
      सेतै पहिरनमा सेतै घोडा चढेर
      कलियुगको कल्की अवतार बनेर
      अनि सारा बस्तीमा उज्यालो छर्नेछ
      ऊ अवश्य आउनेछ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sanam

      dhamilo chhaina ye aakha aajai
      dur chitej samma pugcha
      chemma gard pani,
      naya nepal ra shanta nepal ko shapana dekhne
      dhamela chha ki ye aakha aaja
      dhamelo dekhdi chhu mero kastamandav.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • उमेश चौलागाईं

      म सानो छदा
      न त अग्ला घर नै थिय
      न त अहिले जस्ता मोटर बाटो
      न त धुलो
      न त धुवा
      तर आज
      म त दङ परे
      मेरो उमेर को दोश हो कि
      के हो
      म आज खै अर्कै देख्दैछु
      हरियाली पनि देख्दिन
      सबै ईटको थुप्रो
      जस्तो लाग्छ,
      म त तेही ठाउँ मा छु
      खाली समय फरक छ
      शायद अहिले दुर्बिणको दोश हुन पनि सक्छ,
      मैले ढेखे मसङै,
      यो शहरको पनि गाला चाउरियको रहेछ,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • देख्दीनन आमा कही कसैको घर बार उठेको कथा
      देख्दिनन आमा कतै कसै को सिन्धुर पुछिएको बेथा
      रहर उनैको कबिता लेख्ने कलम मेरो सरेन
      कबिता लेखी कबी बन्छु भन्यो अक्षर नै फुरेन ।।।।

      सगरमाथा समेत् झुकी सकेछ ठडो देख्न पाइनन
      रस्ट्रियता नियाल्न खोजिन कही कतै भेटिनन
      भाई भाई कात मार गर्दा अत्मा बिभोर हुँदै छिन
      विवाह को भोज बन्दा देश उनी पुकार गर्दै छिन

      छोडेर अब बैमनस्य एक जुट हुने बेला यो
      बिर्सेंर अब अतित को घाऊ संकल्प गर्ने बेला यो
      गर्दै छिन बिन्ती नयाँ नेपाल निर्माण सभ्य समाजको
      हेरेर मर्ने अन्तिम इच्छा खुलेको ढोका बिकासको।।।

      सकिन मैले आज ति आमा हसेको कबिता लेखन
      रहर उनैको कबिता लेख्ने कलम मेरो सरेन
      कबिता लेखी कबी बन्छु भन्यो अक्षर नै फुरेन ।।।।

      बिबेक डेन्मार्क
      शब्द समयओजन सहयोगि सुसान्त

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bidya

      ******सलाम काठमांडू ********
      पर्बतराज हिमाल को काखमा खेल्दै,
      कहिले लोकतन्त्रको बिगुल फुक्दै,
      कहिले बिस्व शान्तिको गीत गाउदै,
      भर्खर तरुण बय माँ प्रबेश गरेको ,
      मेरो काठमांडू !!,तिमीलाई सलाम !

      दक्षिण !!खोकना का हरिया फाट हरु,
      पुर्बमा स्वर्ग को द्वार ,
      पश्चिम माँ माया को बिसौनी भन्ग्यांग हरु,
      मायालु हावा हरु,
      आत्मीय भाब !,
      अलौकिक कलाकारिता !!
      मेरो काठमांडू !!तिमीलाई जदौ!

      अली अली आफैमा हराए जस्तो,
      भित्र भित्रै , लूटिये जस्तो,
      सधै आफै सम्हालिने ,
      सधै ताजा ,हरा भरा !!
      मेरो काठमांडू!!तिमीलाई सलाम !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • काली

      बिचरा ! डाडा माथी अस्ताउनै लागेको
      पिलपिले जुन र घाम जस्तै बुढी आमा
      निस्वर्थीकी देबी झै हाम्री बुढी आमा
      निस्कपट र निर्दोष लाग्ने उनको आंखा
      दश महिना कोखीमा राखेर जन्म दिईन सन्तान थरि थिर
      हुर्काए होलिन सन्तान दश धारा दुध बगाउदै र रुदै धर धरी
      के हेर्छौ ? बुढी आमा दुरबिनबाट
      चोखो र सत्जन कोहि पनि छैन्न
      बार डिस्को र क्यासिनो फस्ताउदै छ
      यहा दिन प्रति देह ब्यपार मौलाउदै छ
      ब्रम्हमचारीको दिमाख पनि बौलाउदै छ
      के देखेउ ? बुढि आमा दुरबिनबाट
      निस्वार्थि र निस्पापी कोहि छैन्न
      निर्मम हत्या र हिंसाको प्रतिसप्रधात्मक खेल हुदैछ
      कुरा कटने र खुत्ता तान्नेहरुको पैथेजोडी खेल हुदैछ
      धुस र भ्रष्टचारको जाल बुनिदै छ र झेल उनिदैछ
      भो…नहेर बुढी आमा दुरबिनबाट
      जताततै फोहोरको थुप्रो र दर्गन्धको धुप मात्रै छ
      तिम्रो सन्तानहरुको ताल बेताल र हाल बेहाल छ
      सून्दर नगरीमा रक्सी र जांडको आहाल छ
      जहां दिन दिनै तास र रंडीबाजीको खाल छ
      राजनैतिक र नेताहरुको धराप र जाल छ
      नपत्याए …नहेर बुढी आमा दुरबिनबाट
      कस्ता कस्ता मिठा भाषण हुन्छ शासन हुदैन
      आकाशका तारा झार्ने कुरा हुन्छ काम हुदैन
      ऐतिहासिक धोषणाहरु हुन्छन पालना हुदैन
      आदर्शका कुरा गर्छन धैर्य र अनुसासन छैन
      राता रात सत्ता र भत्ताको मात्रै कुरा भएको छ
      नेपालको ईतिहासमा भिजन र मिसनको कुरो भाछैन
      हैन…ए…आमा के देखेउ ? दुरबिनबाट
      बिदेशको गल्लि तिर भौतारी हिड्ने छोरानाति देखेउकी ?
      बिदेश तिरै ति बिदेशी दौतारी खोज्ने छोरानाति देखेउकी ?
      पहिलै देखी बिदेश पलायन भएका छोरानतिलाई भेटेउकी ?
      रंगीन सपना बोकेर सुपारी घोटाई काम गर्नेलाई भेटेउकी ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अनिल पुन,बेल्जियम

      दश बर्ष पछि
      नेपाल शहर हेर्न
      स्वयम्भु उक्लेको छु,
      मैले यो दुर्बिनबाट-
      खोक्रो महलहरु उभिएको देखेँ,
      पानी र बिजुलीको अभाब देखेँ,
      तस्कर र घुसखोरीको मनपरी देखेँ,
      अपहरनकारी र बलत्कारीको
      तमसा देखेँ,
      महंगा बिदेशी मोटर कुँदेको देखेँ,
      सयौ बिदेशीहरुको
      चलखेल बढेको देखेँ।

      खै यि बाहेक् अरुत उस्तै देख्दै छु,
      बागमतीमा उस्तै फोहोर बग्दैछ,
      शहर र गल्ली-गल्ली
      फोहोरको थुप्रो उस्तै छ,
      धुँवा र धुलो त्यस्तै छ,
      बाटो अनि सडक बिग्रेकै छ,
      महंगी त्यस्तै छ,
      गरीबी त्यतिकै छन,
      कतै नयाँ बिकास र निर्माण छैन।।

      तर पनि धेरै आशा बाकीँ छ,
      अबत केही परिवर्तन हुन्छकि,
      नेपाल पनि सिंगापुर बन्छकि,
      नेता र जनता मिले के पो हुन्न र,
      ईच्छा शक्ति र सकरात्मक सोच
      लिएर अघि बढे केपो बन्दैन र ।।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • studentInBerlin

      भर्खर गाउँबाट झरेकी वृद्धा पुगिछन शान्तीको टाकुरो
      राजधानी हेर्ने पुरानो सपना यिनको रहेन अब अधुरो

      *********************************************

      के रहेछ यो फलामे भाँडो खेल्छन कुरा मनमन
      कतिन्जेल हो बिज्ञान र प्रबिधी पराया को धन

      *********************************************

      उत्साहा र थोरै त्रासका बिच टाँसिन आँखामा टपक्क
      हेर्न दिन्न म कान्तिपुर नगरी भन्छ प्रदुशणरुपी पर्दा भएर गमक्क

      *********************************************

      नियाल्दैछिन वृद्धा खुल्छकी मनोरम द्रिश्यको ढोका
      प्रस्टदैंछ असमानता चढ्छन धनी गाडी भौतारिदैंछन ति भोका

      *********************************************

      कस्तो अदभुत यन्त्र यो भेटिन्छ कि क्षितिज नै
      कोर्नु छ भाभी रेखा देशको हुनुछ पक्षधर दुर्दर्शिताकै

      *********************************************

      हेर्नुछ राजधानी पेटभरी सकिंदैछ पाँच रुपैयाको खेला
      पुरातनबाद र आधुनिकताबादबिच छ घर्षण संयमता अपनाउने हो बेला

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • drona kumar shrestha

      देबधाम घुम्दै घुम्दै स्वयम्भु आएपछी
      मनमा लग्यो हेर्न रहर काठमाडौं यो शहर ।।
      बिचरी ति हजुरआमाको आँखाले देख्नलाई गार्हो भाछा
      धुलो मैलो यो शहरमा बस्न पनि गार्हो होला ।।
      चारै तिर धुलो धुवा धमिलो मात्र देखिन्छ होला
      लिनु भयो दुर्बिन हतमा हेर्नलाई यो शहर ।।
      स्वछ हावा स्वछ पनि गाउमा कती आनन्द थियो
      हरियाली चारैतिर सन्ती धेरै हुन्छ गाउमा ।।
      मनमा रहर जागेर आयो एकै ठाउबाट हेर्न शहर
      हरियाली गाउको जङल देख्नु भयो यहाँ सिमेन्टको ।।
      खुशी नै हुनु हुन्छ तै पनि हजुरआमा देखेर यती बिकास
      लडाईं झगडा नहोस् भन्दै कामना पनि गर्दै हुनुहुन्छ मनमा ।।
      आसा राख्नु हुन्छ फेरी आउँदा उज्यालो अनी सफा देख्ने यो शहर ।।

      microchip computer and marketing
      doha qatar

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Anita karki

      मुटुमा सल्कन्छ आगो दनकन्छ मनमा,
      निभाउ कसरी तिमीले भनन
      बोलाई दमकल छर्केर पानी,
      निभाउछ कि भनी जानि।
      ाझै कस्तो रुढिबादी अज्ञानी हामी!
      आशाका किरण लिएेकै थिएे जन्मदाको दिन,
      दिएेन साथ प्रकृतिले किन!
      आजको २१ औ शताब्दिमा पर्‍यो दुर बिन हात,
      जो गर्न सक्छ पुरुष ले त्यो किन नगर्ने महिलाले आट!
      उमेरले तीन बिश काट्यो,
      काटिएेनन् मनका रहर
      यो अन्तर को खाडल बनाइ दिएे उहिल्यकाले कर!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bara Sharma

      खोइ अचेल् बुद्धले पनि शान्ति नियाल्दैनन् कि
      मै मात्र शान्तिका खातिर यति बिघ्न तड्पिरहेकी छु।
      जो देख्छु बिद्रोह, बिभाजन र बेमेल्का बासुरी सितै छन ।
      पुरानालाइ गाली गर्दै भोकाएर बसेका
      देख्यौ, नयाँ जोगी झन धेरै खरानी घसेका ।
      खोइ ! अहिलेको नानीहरुको रगत कस्तो भएको
      समय बीसाक्त रहेछ कि कुन्नि के भएको
      जन्मदै टायर् र इटा लियर आएका हुन् कि !
      समाल्न गाह्रो होला, हुर्काउन र बच्चाउन पनि
      त्येसैले यो बेलामा बच्चा नपाउ छोरीबुहारीहरु ।
      बिजारोपण भए पनि केही छैन गर्भपात् गर बरु ।
      कठै ! यो पुस्ता यत्तिकै आगो र बारुदमा मर्ने भयो ।
      नयाँ नेपालको मेरो सपना पनि तेत्तिकै ओहीलाएर झर्ने भयो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • एक ब्रिध आमा
      साथमा कालो दुर्बिन
      न्याय र अन्याय छुट्ट्यौने
      बिबेक शिल स्योम्भु का दुइ आँखाको
      सम्भवत अर्को पर्यायवाची
      कालो दुर्बिन भित्र
      ब्रिध आमको दुई आँखा ।।।।

      शायद उनी जन आन्दोलन भाग-२ लाई आत्मसाथ गर्दै होलिन
      सामाखुशी एक उर्बर भुमि
      मन को आँखा ले कैद गर्दै हुन त्यो जन उभार
      जीन्दाबद अनी मुर्दाबद चर्कोआवाज
      लक्ष्य उही लोक तान्त्रिक गणतन्त्र
      ओठ बाट अलिकती हासो पनि फुत्कियो
      अचानक हासो हरायो पनि
      आँखा चिप्लिएछ तेही कतै रगत को tato मा
      अत्मबिभोर हुँदै त्यहाँ बाट भागेर उनी कलंकीपुगिछन्
      लागभग उस्तै स्योरुप आन्दोलन को
      लक्ष्य उही लोक तान्त्रिक गणतन्त्र
      तेतै कतै येउता बेबरिसे लाश पोखिएको देखिन
      भाग दोउड कोलाहल अनी बन्दुक पड्किएको पनि सुनिन
      दुर्बिन भित्रै आँखा चिम्म गरेर
      एक हातले छाती मुसरिन होली
      थेग्न नसकिने पिडाको पर्यायवाची ।।।।

      उनका आँखा भागदै होलान
      लगनखेल, कोटेश्वर, चबहिल हुँदै सबै तिर
      सबै तिर आक्रिती फरक प्रक्रिती उस्तै
      रुप रङ फरक लक्ष्य एउटै
      बच्चा देखी बुढा पका सम्म
      भन्दै थिए लोक तान्त्रिक गणतन्त्र जिन्दबाद्
      आवाज ले काठमाडौं गुन्जएमान थियो।।।
      शायद प्रतिगामी हरु लामो लामो श्वास फेर्दै थिए होलान
      तेसै बिच आमा झस्किन्छिन
      एथस्थिती मा आउन्छिन
      लोक तान्त्रिक गणतन्त्र नेपाल को प्रदुसित काठमाडौं
      फेरी एक्पतक दुर्बिन बाट नियल्छिन
      धुवा धुलो प्रदुशित ……….
      ग्रहुङो प्रश्न मन भरी फुल्छन होला
      जित त तिनिहरु को नै भएको थियो
      जस्ले रगत बगयो
      तर के लक्ष्य एही थियो त???
      बाचा सबैले गरेका थिए
      शाहीद हो सपना साकार पर्छोउ
      तर के सपना साकार भयो त ???
      रगत त धेरै को बग्यो
      शायद अझै सुकिसकेको छैन होला
      खोइ त्यहाँ न्याये भयो कि अन्यए???
      शायद ति ब्रिध आमा दुर्बिन भित्र
      यिनै प्रश्न को उत्तर खोज्दी हुन।।।।।

      हरेराम भन्ने योगेश ढकाल
      शब्द समयोजन् तथा घटना विवरण मा सहयोगि बाबुराम
      प्रेरणा : सुसान्त तथा अर्जुन दाई
      प्रबाश

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • cheeju shrestha, japan

      +++तीन हाइकु+++
      ———————-
      शहर हेर्ने
      यो बुढेसकालमा
      मेरो रहर ।

      सारै नै राम्रो
      काठमाण्डु शहर
      दुर्बिन बाट । ।

      ढुङ्गाको बस्ती
      दुषीत महानगर
      यो काठमाडौ । । ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deepak Adhikari

      दिपक अधिकारि,
      एल्म्लोह्, जर्मनी

      सोर्गकि अप्सरापो हौ कि तिमी भनि,
      दुर्बिनलिई हेरुँ-हेरुँ लाग्यो मलाई पनि,
      बुढेसकालका आँखा मेरा बादल लागे सरी,
      ढाकिईछौ तुँवालोमा देखुँ कसो गरी?

      देख्छु म त चारैतिर ईट्टा थुप्रो जस्तो,
      पहिले-पहिले हेर्दा चाँही थिएन नि यस्तो,
      रुप तिम्रो कुरुप देख्छु किन भयौ यस्ती,
      मानिसनै बस्नी हुन्की बाँदरको हो बस्ती?

      चारैतिर गन्हाउने थुप्रो फोहोरको,
      मलाई चाँही आईरहन्छ याद पोहोरको,
      क्या आएछु काठमाडौं हेर्न तिमीलाई भनि,
      दिक्क लाग्छ मुटु पोल्छ रुन्छ मन पनि!

      बस्न मन लागेन है जान्छु फर्की गाँउ,
      फोहोर फाल्ने भाँडो जस्तो भएछ यो ठाउँ,
      कित मेरा आँखा बिग्रे कि दुर्बिन पुरानो,
      आज मलाई काठमाडौं भैदियो बीरानो!!

      दिपक अधिकारि,
      एल्म्लोह्, जर्मनी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kim Aryal

      My capital city Kathmandu breathes endlessly
      Thousands of people are living life carelessly
      I would like to get myself out of this city
      I think living here will be a pity

      I’m used to breathe clean village air
      In this city they ain’t have fresh air
      Inhaling the dust will definitely make me sick
      Why the heck that chimney smoking so thick?

      Two, Three decade back the city was cool
      Now the city seems for the fools
      Once the city was called the Beautiful City of God
      Changing face of the city is not good for us

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मेरो राजधानी काठमाण्डौ ।
      ————————
      देख्दिन कतै हरियाली अचेल,
      जताततै कन्कृट्
      अनी सिमेन्ट्का सम्रचनाहरु
      ठडिएको मात्र देख्छु म त
      ती अग्ला अग्ला रुखहरु खोइ
      कहाँ गए प्रकृती लाई स्वच्छ राख्ने ।
      होईन कि म अन्तै कतै आए ?
      रुखहरुको नाम मा यहाँ त
      अग्ला अग्ला घर्
      अनी महल मात्र छन
      खोइ यही हो ?
      मेरो राजधानी काठमाण्डौ ।
      नदी नालामा अचेल
      ढल बग्न थालेको रैछ,
      खोइ कसरी बस्दा हुन
      यहाँ का मान्छे हरु,
      कुनै बेला
      थियो पिउनको लागी
      प्रसस्त ढुङेहरु धाराहरु
      ती त सब सुकिसके अचेल ।
      के पिउदा हुन यिनिहरु अचेल
      बाग्मतीको कथा
      पनी त्यस्तै देखे मैले
      शहर का ढल सबै
      मिसाएर रुपै कुरुप बनाएका
      कसरी भनु यही हो
      मेरो राजधानी काठमाण्डौ ।
      जताततै धुवाको मुस्लो अनि
      फोहोरको थुप्रो मात्र सडकको
      चोक चोकमा थुपारिएका
      दुर्गन्धित गल्ली अनि चोकहरु
      खोइ
      कसरी हिड्न सकेका होलान्
      यहाँका मानिसहरु अनि
      सफा काठमाण्डु भनेर
      घुम्न आउने पर्यटक हरु ।
      मान्छे भन्दा धेरै भए
      सडकमा गाडीको लाम
      छैन बाकी हिड्न अब्
      बटुवालाई ठाम
      यस्तो फोहर शहर
      खोइ यही हो त ?
      मेरो राजधानी शहर काठमाण्डौ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ekjana

      हातैमा दुर्बिन्,,,,,,,,,,
      यता उता हेर्छिन्,,,,,,,
      चाहुरिएको गाला,फुलेको केश्,,,

      के के आउछ मनमा ?
      कहिले फिर्छौ ,आफ्नो देश्???
      ************************

      के एम इमरान “पाल्पाली”
      हाल तारुत आएस्ल्यान्ड 31911
      साउदी अरेबिया

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • surya,japan

      मेरो राजधानी
      नियाल्दैछु,

      मेरा भगवान स्वयम्भुको
      दुई वट आँखाले झै!

      खै कसरी न्याय अन्याय चुत्या छ,
      स्वयम्भुको दुइट आँखाले!!

      मैले त ई दुर्बिनको शाह राले पनि,
      खै केही थम्याउन सकिन
      अन्या त सबै अबेयवस्ती
      कान्तिपुरि नगरि का घरहरुले ,
      छेकी सकेको रहीए छ।

      तै पनि म प्रयत्न गर्दै छु,
      म निरास भयको छैन,
      मेरो राजधानी कान्तिपुरको धरोहर
      नियाल्ने प्रयत्न गर्दै छु।

      कतै नहराइ दिनु,
      हाम्रा पुर्खाको चिनो
      न म्यतनु बारुत र बमको,
      शा हाराले।

      ति हाम्रा पुर्खाको पसिनाले,
      श्ह्रिजित अ मुले सम्पत्ति
      हामीलाई नेपाली हुनुमा ,
      गर्व गराइ रहेको छ।

      हाम्रो पुर्खाले दिएक1,
      म यसैलाई खोज्दै छु
      खोजी रहने छु।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bigyan B Kaphle

      सेताम्मे कपाल हातमा दुरबिन मनमा छ रहर,
      तिन बिस हिउद खाएकि आमा हेर्दैछिन् शहर ।
      गाउवाट शहर झर्दा ति आमा मनमा के सोच्दिहुन्,
      काख रित्तो पारि हिडेको छोरा दुरविनले खोज्दिहुन् ।
      बुढ्यौलि उमेर तिर्मिर् भो आखा शहर बस्तिमा,
      त्यहि एक्लो छोरो कहा छ आज पिरमा या मस्तिमा ।
      आमाको मन बाकि छ आश फर्किन्छ एकदिन,
      ठम्याउन गार्ह्रो हुन्छ कि छोरो आखाले देख्दिन ।
      तिन दिन तिन रात गाउबाट हिडि शहरमा झरेको,
      हेर्देउ न बाबु देखिन छोरो छ कि कहि लडेको ।
      नजाउ भो बुढि भन्दैथे बुढा यो मन मानेन,
      गाउमा यस्तै बिकास गर्न कसैले जानेन ।
      कसैले जानेन ।।

      B B Kaphle.. Sydney Australia

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bidya

      ———छन्दोबद्द लयमाँ}}
      अब चपल क्षितिज त्यों, दृष्टी माँ कैद हुन्नन|
      मधुरम मधुशाला ,स्वप्न हो दिन होइनन |
      भन न किन नियाल्छेऊ ,दूर दृष्टी धरामा |
      अगणित अभिलाषा , दृष्टी माँ या कलामा ?१||
      **************************************************
      तिमी जननी प्रभाकी ,शान्तिको रंग छर्देऊ|
      सकल जन समेटने ,सुर देऊ ताल भर्देऊ|
      बहुजन हित खातिर ,खोजिदेऊ मूल मन्त्र |
      प्रिथिबीतल सबैको बॉस होस स्थूल यंत्र ||२||
      ***************************************************
      पबनरस प्रकृतिको ,कान्तिपुर सौम्य साक्षी |
      गिरिचिरी बहने ती, जिब हुन नित्य यात्री |
      जन जन बिच ल्याऊ, प्रीत को गीत जीरा |
      कसरी गरु बर्णन ,शब्द छैनन कबीरा |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mahesh

      पहिले आउँदा देखेको त्यो पिपल र वर
      अहिले हेर्छु जताततै नअटाउने घर
      सकी नसकी आज काठमाडौं घुम्न आको
      धरहरा चाडदा खुट्टा दुखी पाउनु दु:ख पाको

      सिमेन्ट्को जालो रहेछ बाँकी केही छैन
      टुडिखेल मात्र खाली रहेछ, बाँकी कतै रहेन
      एअरपोर्ट हेर्छु भनी आको छोडि भिर पाखा
      कता हो कता बाबै थाकी सके आँखा

      हाम्रो गाउँमा थाहै छैन यहाँ त महँगो भएछ
      आफ्नै देश हेर्न पनि पैसा पर्ने रहेछ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ————————————————–
      कति वोक्छौ डोको आमा, कति खन्छौ वारी
      गर्छौ कति मेलापात, दु:ख गरी गरी
      फूलि सक्यो कपाल तिम्रो, चाउरि पर्यो गाला
      लाग्दो होला आसा कति, लाग्दा वुढेस काल

      यस्तै यस्तै कुरा गर्यो, फूनमा छोराले
      घुम्न आउँछौ काठमाडौ, सोध्यो कालेले
      हुन्छ भनें मैले पनि, मनको ईच्छा मेट्ने
      त्यै भएर हिडेंकी म, एक हप्ता पहिले

      छोरो मेरो पाउरदारी, जागिर नि राम्रो
      त्यै भएर पोहोर साल, सुन पनि हाल्द्यो
      यसपाली गुनिउ चोलो, जुत्ता अनि चुरो
      यस्तो लाग्छ दु:ख मेरो, भाग्दैछ कि जस्तो

      घर मेरो माने भन्ज्याङ्, माईति मेरो ठोक्रे
      आएँ म त काठमान्डु, छोडि वुढो मैले
      अस्ति घुमें पशुपति, हिजो नारानथान
      आज आछु स्वयम्भूमा, भोलि चाँगुनारान

      छोरो भन्छ कति राम्रो, आहा काठमान्डु
      आँखा मेरो कमजोर भो, के भन्नु भन्नु
      छोरो मेरो वाठो पर्यो, लायो वुध्दी पनि
      पाँच रुपें तिरीकन, मिलाईदियो दुरविन

      कति राम्रो ठाउँ आहा, कति राम्रो वस्ती
      यै वस्तीमा वस्न पाए, हुन्थ्यो होला मस्ती
      कति अग्लो धरहरा, देखें घन्टा-घर
      यस्तो लाग्छ यो ठाउँमा, झरेको छ स्वर्ग

      अमिन जग्गा नाप्न आउँदा, हेरेकी थें दुरविन
      निक्कै राम्रो लागेको थ्यो, पारि रानी वन
      यो दुरविन त अझै राम्रो, कत्ति नजीक ल्याउने
      निक्कै राम्रो लाग्यो आज, मेरो भाग्ये माने

      वुढो भने धान काट्न, लाग्ने भर आनन्
      यस्तो राम्रो देख्ने ठाउँमा, घुम्न पनि पानन्
      छोरो होस्त काले जस्तो, धेरै माया गर्ने
      भाग्गे मैले ल्याकै रै छु, आज मैले माने!
      भाग्गे मैले ल्याकै रै छु, आज मैले माने!!
      ————————————————–

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mohan Rus

      निस्चल कान्तिपुर हराबरा शहर
      ब्रिद्द उमेरमा पुरा भो रहर

      बिज्ञान को यो अदम्य अबिस्कार
      पुराना सस्क्रिती को भएछ बहिस्कार,

      भातगाउ,पाटन,कान्तिपुरमा आज
      बजेको पाउदैन सस्क्रिती को बाजा

      कान्तीपुर मा अडे आँखामा यो
      द्रिस्य अबलोकन ढुंग्रो लगाय

      ब्रिद्द उमेर कमजोर ति नयन शक्ती
      धन्य छ बिज्ञान तिम्रो यो भक्ती,

      हरेक चोक चोकमा फोहोर को रास
      दौलत धनाड्य को महँगो बास
      निलो बागमती सेतै फुलेछ
      खचाम्मे कान्तिपुरमा अभाबभो सास

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • MAHESWOR

      छोरा
      तिमी शहर गएको हिजो जस्तो लाग्छ
      दिन रात गर्दै बर्षौ बितिसक्यो
      तिमीले पोहर दशैंमा आउन्छु भनि
      ख़बर पठाएका थियौ
      तर तिमी आएनौ
      यसपाली त ख़बर पनि आएन
      न त तिमीनै आयौ
      त्यसैले दशैं तिहार सिध्याएर
      म तिमीलाई भेट्न शहर आएकोछु
      म तिमीलाई खोज्दै भौतारी रहेकोछु
      कतै तिमीलाई देखिन्छ की भनि
      स्वयम्भूको डांडाबाट नियाले
      मेरो नजरले भ्याएसम्म तिमीलाई खोजें
      कतै मेरो बुढेशकालको आँखाले
      थम्याऊन नसकेर पो होकी भनि
      मैले यहाँ डांडामा रहेको दूरबीनको सहाराले
      तिमीलाई खोजी रहे खोजी रहे

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • भिम

      समय

      उनको सर्वोच्चता
      नलेखोस् कसैले,
      बचपन देखि
      चाउरिएको अनुहार बीच
      लुकेका व्यथाहरु
      नकोट्याओस् कसैले,
      पिठ्युँभरी नून बोक्दाका
      भैंसे र ठोरीका
      कथाहरु
      नसुनुन कसैले,
      ढुँग्री,माड्वरी र बुलाँकिका
      विशुद्ध मौलिकताहरु
      उजागर नगरुन कसैले,
      आखिर
      कविताका एक,दुई पाउहरुभित्र
      शालिनता
      छेकिएर के भो त,
      परिवर्तनशिल रहेछ
      आखिर यो समय
      हाकहाकी-
      मौलिकताभित्र पस्दोरहेछ
      यो समय,
      दूर-दराज भेट्दोरहेछ
      यो परिवर्तन,
      सकल स्वीकार्य रहेछ
      यो परिवर्तन,
      अनि,पुरातन चिर्दोरहेछ
      परिवर्तन,

      चलेकै हुन
      घडी र पला,
      उदय र अस्त
      गरिरहेकै हुन सूर्यदेव,
      तर, ढल्किँदोरहेछ यो सोह्र बर्ष
      गोधुली झरेर
      आउने रहेछ अनौठो बिहानी,
      त्यसैले,
      करौँतीले छियाछिया
      बुढी आमाका
      कठोर् हातहरु,
      परिवर्तनको उच्छ्वास चुम्दै
      क्यामरा र दूरविनका
      तालहरु सुम्सुम्याउँदैको
      आजको परिवेश,
      फगत-नलेखोस् कसैले
      केवल,
      बुढ्योलीको रहर,
      अभिशाप,यो समय
      रूप फेरिएको समय
      शैली फेरिएको समय
      आखिर,यो त
      परिवर्तनको
      संवाहक समय,
      बस्ती-बस्तीका
      वेदना बिर्साउने समय,
      छातीभरी आशाका
      फूल फुलाउने समय,
      रोमान्चक समय
      बिन्दास-
      एउटा जिउँदो समय।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kiran

      खै मेरो छोरो? खै मेरो नाती ?
      यहाँ त मनिस रहेछन नाना भाती ।

      सारा शहर घुमिसके
      गल्ली गल्ली खोजी सके
      खै मेरो छोरो? खै मेरो नाती ?
      यहाँ त मनिस रहेछन नाना भाती ।

      नयाँ सर्खार बनाउन हिंडेको छोरो
      अनी, नयाँ नेपाल बनाउन हिंडेको नाती
      कतै भेटिन, तै पनि खोज्दैछु
      दुरबिनबाट ताकी ताकी ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Swapnil

      हे मेरा देवताका नगरिका देवहरु तिमी कहाँ हरायोउ
      धुलोको कुहिरोले ढाक्योकी तिमीलाई
      ढुङ्गाको जंगलले छेक्योकी तिमीलाई
      मान्छेको मनबाट तिम्रो आस्था बिलाये जसरी
      तिमी मेरो नजरबाट बिलिन भयोउ।

      अबत तिम्रो नगरिमा देव भन्दा धेरै मान्छे भये
      ठुला ठुला भवन बने मन्दिरहरु कता गये
      बुद्धले त देस छोडिसके
      दानव भक्त धेरै भये ।

      घर भित्र भित्रै भत्किएपनी दाजु भाई अपसमा लडे पनि
      सन्तान हामी तिम्रै हौ
      अबोध देसको गल्ती छैन नेपाल तिमी बाचाइदेउ
      सन्तान ठानी माफ गरी दर्शन अब तिमी देउ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • susant

      हेरिन अनी हेरी रहिन
      धेरै बेर सम्मा फेरी हेरी रहिन
      टाढा अनी टाढा सम्म हेरी रहिन
      तै पनि देखिन्छ कि आशा कतै भनेर कुरी रहिन
      एक नेपाल आमा

      कालो झंगिएको कपाल पनि लतरम्मै फुली सकेछ
      शायद धेरै समयए कुरे रै बिते होलान्
      शायद यो कुराइ मा
      यो पर्खाइ मा
      अनी यो हेराइ मा
      उनी खोज्दी हुन प्रिथक काठमाडौं
      सभ्य काठमाडौं
      जहाँ बलिदन र कुर्बनी को आलो इतिहस् छरपस्ट पोखिएको छ
      एक नेपाल आमा

      फगत धमिलो बातवरन्
      निलो आकाश का चुनोउती
      अनी येस्का सोवा सेता परेवा हरु।।।।
      कठ्है सकी नसकी मैलिएर शन्ती को अन्तिम सन्देस दिदै
      धन्न उडिरहेछन,
      सम्भवत आमा लामो सास फेर्दै सुस्केर पनि हल्दी हुन
      शन्ती दुत परेवा एका एक कालो धुवा को मुस्लो भित्र हारायो
      शायद त्यो रत्नपर्क को आकाश हुँदो हो,
      जहाँ सधैं सभ्य संसार बनाउन्छु भन्दै
      सभ्यता माथि बलत्कर गरिन्छ
      शायद सोच्दि हुन ति नेपाल आमा

      बेमौमसी गन्द,
      मैलो हावा,
      निधार मा चिट चिट् पसिना
      अलिकती अक्रोसित
      राजनेत सँग, जनता सँग,अनी सबै सबै सँग
      शायद दुर्बीन फालेर एकपटक
      फेरी मुत्थी कस्नेछिन
      मन मनै अक्रोस पोख्ने छिन् होलिन
      अनी पस्चातप् गर्ने छिन् होलीन आँफै सँग
      मैले किन स्विस नागरिक जन्मौन सकिन भन्दै।।।
      फेरी आमा न हुन चेतना सुन्य मनुस्य लाई भन्ने छिन् होली
      “तिमी मलाई स्विस नागरिक को अचरन देउ म तिमीलाई स्विजेर्ल्यान्ड दिने छु।।।।।।”

      एक नेपाल आमा
      अन्तिम प्रयास सुन्दर नेपाल खोज्ने।।।।।

      susant sharma

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Punya Laxmi

      आहा खै मेरो नयाँ नेपाल, म खोज्दै छु ।
      नयाँ छ आस, नयाँ छ उमङ, राम्रा सबै रोज्दै छु ।

      कुर्द कुर्दै जीवन को छितिज मा पुगी सके,
      हेर्दा हेर्दाइ आँखा क आसुँ सुकी सके ,

      अब त ….

      अब त देख्छु कि नजिक बाट,
      अब त पौछु कि आफ्नो को साथ
      अब त पौछु कि शान्ति को सास

      तर खै मेरो नयाँ नेपाल, म खोज्दै छु ।

      धमिलो र रक्तम्य देखिन्छ,
      कोइ आई मिलैदिने हो के यो हेर्ने आँखा, म कुर्दै छु।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh

      उमेर ले कहाँ छेक्छ मन को बगर
      पुरा गर्छु आज यो मन को रहर
      रमाइलो छ यो दिन को प्रहर
      हेर्छु म दुरबिन ले आज यो काठमाडौं शहर !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • डेढ दशक अघि लाकुरी भञ्ज्याङबाट हराएको ‘उ’
      अझै ‘उ’ फर्केको छैन
      काठमाडौंको कुनै कुनाबाट फेरी
      फर्केने आशा अझै मरेको छैन |

      ५ बर्ष अघि बेपत्ता पारीएको कान्छो छोरो
      आउछ भन्ने आश अझै मरेको छैन
      आँखाभरी आशु अझै थामिएको छैन
      काठमाडौंमा कतै मेरो कान्छो भेटिन्छ कि ?

      अब त काठमाडौंतिर आयो रे भन्थे ‘उ’
      तर लाकुरी भञ्ज्याङमा फर्केको छैन
      उसको कतै गुन्जायस छैन

      दुरबिनबाट नियल्दा पनि
      उसको पत्तो लागेन
      उसलाई पनि आफ्नै कान्छो जस्तै
      बेपत्ता पारिएको रहेछ

      दुरबिन फुकालेर हेर्दा लाग्यो
      ‘उ’ स्वयम्भूमै पो लुकेर बसेको रहेछ
      ‘उ’ आइदिए छोरो आउथ्यो कि ?

      जीवनको यो उत्तरार्धमा आक्रान्त बिगतले
      कोपरिरहन्छ
      अनुत्तरित छ प्रश्न अझै
      शान्ति नाम गरेको ‘उ’ कहिले आउछ ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gopal

      बुडी आमै दूरबीन बात काठमांडू हेर्दै छन
      उनका आखले देखेको बस्ताबिक काठमांडू
      अर्कै थियो १० बर्स पहिले
      तर आज मनका आखाले देखेको काठमांडू र
      तनका आखाले देखेको काठमांडू मा धेरै फरक परेर
      यो दुर्बिनको सहयेताले उनी काठमांडू हेर्दैछिन
      हिजोको काठमांडू बाजागाजाले गुंजित थियो
      जत्रामात्राले रामैलो थियो
      पर्यतक्ले भरी भरौ थियो
      शांत सुभ सुरक्छित र संब्रिद्धा थीयो
      तारा आजको काठमांडू गाउ बाट आउने बित्तिकै अर्कै देखिन आमैले
      आज त फोहारको थुप्रोले गन्हाउने रहेछ
      पर्यटक औतई रहेनछन
      परम्परागत जात्रा होइन राजनितिक पार्टी हरुका जात्रा दिनानुदिन हुंदा रहेछन
      धोती कछाडका ता कुरै छोडू भाई बहिनी हो
      प्रधान्मंत्रिले समेत सुईट ताये लगाउने भयेछन
      गुन्यु चोलिको के कुरा र म पो बकुल्लाको बथानमा काग झै भये छू
      यहाका केटीहरु ता कपाल ठुटो परेर अर्धनग्न पो हुंदा रैछन बाबा
      खोई देश गरीब भएर भानु भने त्यों सूट पैंट भन्दा दौरा सुरुवाल नै सस्तो छ
      त्यों छोट्टा स्कार्ट भन्दा मैले लाउने गुन्युचोलो नै सस्तो छ
      धनि भाको भनौ भने सभ्यता बेचेर संस्कृति मेटर त्यों रास्ट्र के धनि होला र खोई
      तै पनी कोई बुद्धि भका बुद्धिजीबी ,रास्त्रको माया गर्ने रास्त्रबदी
      रास्ट्र भाषाका हिमायेती देशलाई माया गर्ने देशभक्ताहरू
      कतै भेतिन्छन की भनेर यो दुर्बिन्बात काठमांडू नियल्दै छन
      घंटौ भई सक्यो खोई केही देखिन भन्छिन बुडी आमै
      येदी तपैले भेट्नुभो भने मेरो संसारमा भंदिनुहोला
      उहाको दुर्बीनले देखन नसकेका, मन र तनको आखाले देखन नसकेका
      कुनै रास्त्रबादी देशभक्त र श्रद्धालुहरु कतै बिदेश तीरपो छान की
      छन भने कृपया मेरो बिन्ती छ है
      मेरो संसारमा भनी दिनु होला /
      डा.गोपाल पौड्याल
      लन्दन यु के

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shyam Adhikari

      यो मेरो संसार हेर्ने रहर
      काठमाडौं को शहर
      एकलास को जङल
      धुवा र धुलो चिचोल्दै
      मेरो यो दुरविन
      किन देख्दैन मेरो जमिन

      काठमाडौंको भुगोल भित्र
      खोज्दैछु नयाँ नेपालको चित्र
      मेरो मनपटलमा मेरो भुमी
      पवित्र माटो एक पटक चुमी
      हेर्दा पनि यो दुर्बिन
      किन देख्दैन मेरो मात्री जमिन

      आँखा मेरो टोलाई सक्यो
      धैर्य मेरो टुतिसक्यो
      मेरो मातृभूमी मलाई देखाइ देउ
      नयानेपाल मलाई चिनाइ देउ
      पर्खाइ लामो भयो , ए मेरो दुर्बिन
      देखैदेउ मेरो सपनीको नयाँ नेपाल

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shilu

      सुंदर ती हरित बस्तिहरुमा ,
      ठूला ठूला भबन कहा बाट आयो?
      हैन ये गाँठे ,काठमांडू कता हरायो ?

      राजामती को गाऊ धुंवा माँ बिलायो ,
      निर्मल बाग्मतिको को, किनार माँ गिद्द करायो?
      जात्रा र चाड पर्ब का ,पबित्र ध्वनि हरु ,
      फिल्मी गीत र रयाप मै बिलायो |
      हैंन ये गाँठे ,काठमांडू कता हरायो ?

      मौलिक भेस्भुसा र पहिरन ,फेशन ले लग्यो,
      मूर्तिकार र चित्रकार को कला जता ततै ढल्यो ,
      कास्ट मंडप भत्क्यो ,देशेमरू झ्या ढल्यो,
      दिन दहाड़े ख्याक करायो,
      हैंन ये गाँठे काठमांडू कता हरायो ?

      ,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hari bhakta

      काठमाडौं शहर
      हेर्न लाग्यो रहर
      धुलोले धकेछ क्यारे
      फोहोरले पुरेछ क्यारे
      देखिन मैले शहर
      अदुरो रह्यू मेरो रहर
      काठमाडौं शहर

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Om

      Bigyan dai,

      Tapai ta kabi pani hunu hudo raichha. Kabita ramro chha. Aru ke chha halkhabar sydney ko?

      Bye and have a nice time

      om

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yubaraj dahal

      tapai kabita ta ramro nai lekhnu jhudo rayechha ni ani pahile chai kina na lakhnu bhaye ko ni la badhai chha tapailai yasari nai lekhdai janu hola safalta ko subhakamana.

      yubraj dahal
      topgachhi jhapa nepal
      unique campus damak

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bishnu Malla

      hahahah dami….

      din dahadi kyak karayo nice one

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • archan

      best

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker