मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    अब 'रत्‍नपार्क' हैन 'शंखधर पार्क'


    काठमाडौँको व्यस्त स्थानको बीचमा रहेको सित्तैमा छिरेर बदाम खाने एउटा पार्कमा एकादेशका राजा महेन्द्रकी कान्छी स्वास्नी रत्‍नको शालिक ठडिएको थियो। अनि त्यसैको आधारमा त्यो पार्कको र त्यो ठाउँको नामै रहन गयो- रत्‍नपार्क। रत्‍न अझै नारायणहिटी दरबारको एक कुनामा नै छिन्। तर लोकतन्त्र आएपछि त्यहाँबाट रत्‍नको शालिक हटाइसकिएको छ। त्यहाँ अब राष्ट्रिय विभूति शंखधर साख्वा र विभिन्न शहिदहरुको शालिक राखिने भएको छ। अनि त्यस ठाउँको नाम अब शंखधर उद्यान राख्‍ने रे। विशेष गरी एमालेको सक्रियतामा त्यहाँ शंखधर र अन्य सहिदहरुको शालिक राखिन लागेको रहेछ। आज बिहान शंखधरको शालिक शिलान्यास गर्दै उपप्रधानमन्त्री वामदेव गौतमले काठमाडौँमा रहेका राजामहाराजा र तिनका सन्तानका सबै शालिकहरुलाई म्युजियममा लगेर राख्‍नुपर्ने बताए।

    यो बीचको गमला रहेको ठाउँमा पहिला रत्‍नको शालिक थियो-

    नाम परिवर्तन गर्ने भन्ने कुरा रहरले मात्र हुने हैन रहेछ। रत्‍नपार्क भन्ने नाम अब जनजिब्रोमा यति भिजिसक्यो कि त्यो कुनै राजाका खलकसँग जोडिएको नाम नै हैन जस्तो लागिसक्यो। त्यसैले पार्कको नाम आधिकारिक रुपमा शंखधर उद्यान बनाइए पनि बस र टेम्पोका खलासीले “रत्‍नपार्क, रत्‍नपार्क” भन्न छाड्ने छैनन्। न साथीलाई भेट्न टाइम दिँदा ‘रत्‍नपार्कमा यति बजे भेट्ने है’ भनेर भन्न छाडिनेछ। आरएनएसी एनएसी भएको यत्रो भइसक्दा पनि खोई, न्युरोडनजिकैको त्यो टेम्पो पार्कलाई एनएसी भनेर कसैले भनेका छैनन्, सबै आरएनएसी नै भन्छन्।

    पोखराको महेन्द्रपुललाई पनि आन्दोलन कालमा शहीद भीमसेनको नामबाट भीमसेन पुल नाम राख्‍ने भनिएको थियो। सुरुसुरुमा त आन्दोलनको गर्मी छँदा ट्याक्सी चालकहरुले समेत महेन्द्रपुल जाउँ भन्दा लैजान्न थिए रे, भीमसेन पुल भनेर भनाउन लगाउँथे रे। तर अहिले त भीमसेन पुल भन्यो भने भीमसेन टोलतिर पुर्‍याउन बेर लाउँदैनन्।

    त्यसो त कसैले श्रद्धा नगर्ने ती शालिक ठडिएर रहे पनि केही फरक पर्नेवाला चाहिँ हैन। निकालेर लगे पनि केही इमान्दार राजावादीलाई बाहेक अरुलाई वास्ताको कुरा हैन (आजकाल कतिपय बेइमान राजावादीहरु त माओवादी बन्न थालिसके, त्यही भएर इमान्दार राजावादी भनेको !) शालिकहरु भत्काएर तोडफोड गर्नुभन्दा संग्रहालयतिर लगेर इतिहासलाई सुरक्षित राख्‍नु राम्रै काम हो। तर जनजिब्रोमा भिजिसकेको नाम परिवर्तन भने यति छिट्टै हुनेवाला छैन। हाम्रै कलेजको नाम पनि रत्‍नराज्यलक्ष्मी कलेज हो। त्यतिबेला विद्यार्थी संगठनहरुले पुरानो नामलाई पोतेर नेपाल मानविकी कलेज भनी नामाकरण गरेका थिए। तर त्यो त्यही पोताइमा मात्रै सीमित भयो। जति उफ्रिए पनि उनीहरुले आधिकारिक रुपमा नाम परिवर्तन गर्न सक्दै सकेनन् महेन्द्र संस्कृत विश्वविद्यालयलाई नेपाल संस्कृत विश्वविद्यालय बनाए जस्तो। त्यसैले छोटकरीमा बरु आरआर कलेज नै नाम चलेको छ अहिले पनि। आधिकारिक कागजपत्रमा अझै पनि रत्‍न राज्यलक्ष्मी नै प्रयोगमा आउँछ।

    त्यसैले रत्‍नपार्कलाई शंखधर उद्यानका रुपमा जनजिब्रोमा भिजाउन अझै धेरै समय निश्चित रुपमा लाग्नेछ।

    No related posts.

    79 comments to अब 'रत्‍नपार्क' हैन 'शंखधर पार्क'

    • rakesh

      महेन्द्र कि श्रीमती रत्न हैन, ईलाम का सहिद रत्न बान्तवा को नाम बाट रत्नपार्क राखेको भन्दा भैहाल्यो नि, किन पार्क को नाम परिवर्तन गर्नु? जे पनि बोल्न नालाजाउने नेता र नेताले जे भने पनि पत्यैदिने महान नेपाली जनता आजै बाकि नै छन् के रे …………….

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • vicky

      one more thing friens. tyo park ko nam kina sahid ko nam bata rakhnu paryo ra . juido las haruko nam bata rakhe bhaihalyo ni like prachande uddhyan or bame uddhyan or badal uddyan or tyo madhese matrika yadav. all these shits are alive corps too isn’t it.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Babin

      I think its not a good job……………country needs to change but it is a historical name……..but most of the important thing is development……they have to develope before than they should develope themselves………………………Right is right, bad is bad is the public choices.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ananta

      Kahile aaucha buddhi

      Naam change garne hod chaleko chha.
      sambhidhan banaunu ta kata ho kata, j payo tehi garne. janata lai mis guide garne khojeko jasto lagcha. history bhaneko ramro matra hudaina, naramro ko pani huncha. history ta jogaunu paryo ni.kasto huncha hola country without history. Bujhnu paryo neta harule. Nepal ko naam bachaunu paryo.
      Dar lagcha nepal ko naam pani japan rakhi dinchan ki bhanera kina bhane yo pani ta raja harule nai rakheka ta holan ni. raja le gareko kaam ko ta kehi pani baki rakhnu bhayena ni.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • युबरज अष्ट्रेलिया

      नाम चेन्ज गर्दा सबै कुरा हुने भये त धेरै कुरा हुन्थेयो
      नाम भन्दा पनि काम गरेर देखाउनु परो साथी हो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • narendra

      नयाँ नेपाल हो नि त्यसैले नयाँ नयाँ नाम दिएका होलन नि कम्रेदहरुले। काम्रेद हरुलाई याद रहोस् अन्तिम मा चै राजाहरुले शासन गरेको ईतिहास पनि जलौनु पर्छ है ल अनी शान्ता हुन्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ramesh

      That is nonsense job of government. People were not expecting that tiny and useless job.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • samyam

      I think politician are spending their time in destroying historical monuments rather than in developing nation.They should focus their time in developing our country not by doing childish thing as they are doing now.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suprabh

      गरीब नेपालीको खुन पसिना को कर बाट ,पहिले सयौ बर्ष लगाएर सालीक ठडिए, पुल, टेलिफोन टावर बने, पुलिश चौकी र गबिस भावना जस्ता सरकारी भावना बने। माओवादी को चमत्कारले ति सबै ढले, ढल्दै छन। त्यस्तो पुनित कार्यमा हाम्रा बामदेब जस्ता खाटी क्रान्तिकारी काम्रेडले साथ त अबस्य दिनुपर्‍यो। अब फेरी नेपालीकै पसिना ले कती बर्ष लागेर तिनै सम्रचनाको पुन निर्माण हुँदै छ, त्यसकोलागी छुट्टै मन्त्रालय नै बनेको छ। बिदेशी सँग हात पाउ जोडीदै छ। अहिले भात्किएका सालीक निर्माण गर्न फेरी कुनै दिन यिनै माओवादीले यस्तै छुट्टै मन्त्रालय निर्माण गरेर चमत्कार नदेखाउलान भ्न्न सकिदैन। माओवादी भित्र , सच्चा सर्ब हाराको कुनै स्थान छ जस्तो देखिदैन, पुरानै पञ्चे हरुको हलिमुली भए पछी के नहुन सक्छ र?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • NEWAR

      Good job.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • uddhav

      It is wrong decision to remove the statues and replace with new ones. Nobody can not delete the history. We can make new statues to honour our martyrs and we can rename some roads or highways. But it is unethical and irresponsible to destroy statues and scluptures which are evedences and witness of our history for future generation. It is sahme to our leaders.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BAM DEV comrade ko yo maobadi chala dhit lagena . itihas ka sampadaharu ko nasta garnu buddimaini hoina . bhayeka kuraharuko shamrachharan garnu ra thap sampati ra sampada ko sirjana garnu thik ho . maobadi destroyed historical darbar and property . bamdev don’t follw maobadi path .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rajat Acharya

      All the Nepalese must learn the way they should treat the historical monuments.

      The uneducated politicians are the reason for all these uncertainity in the country.

      So please increase the literacy rate, my Nepali Government.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rajat Acharya

      I think they have to learn first the way to treat the historical things. All the Nepali politicians are goddamn fatass.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • vijaya

      whateverim writing now means im not supporting king and monarchy.But whatever the things are going around the country are not showing the good symbol.why they are breaking the statue of historical people and trying to pretend they are steeped up in the new republican way.thats a kind of stupid thinking .no body is thinking about the country and its basic infrastrcture to repair and to build that has been destroyed during the maoist war.but those same peoples are trying to pretending that they are in the way of new nepal.shame on you.where is your change in the country .peoples are suffering worst days even on those days .
      shame on you
      bets ta prachanda park ,baburam park,yestai rakhe hunchha
      vijay

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बेकाम का मन्त्रिले गजब को काम पायछन, रिबन कट्ने र नाम मात्र फेर्ने काम गर्न सरकार बनाएको हो भने खुरुक्क रजिनाम दियर गय भाईहाल्यो नि

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sujan

      nam pariwartan garera afno nam ko chap halna bhayek kehi garna sakdainan yo naya bhanaudo mawobadi ra aru parti haru.sabai youtai dyang ko mula …

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dhiru

      NAUTANKI NAI DHERAI CHA..KHURU KHURU AFNO AFNO KAAM GARNU DESH BIKASH KO KURA GARNU…NI AHILE YOU PARK SARK KO KURA KINA NI..DEEMAG CHAINA..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Psingh

      100 days of Moist government
      Significant change for New Nepal
      Prithivhi Nagarpalika- Gorkha Nagarpalika
      Mahendranagar Nagarpalilka – Bhimdutta Nagarpalik
      Dang ma pani euta arko change cha
      Ratna Park – Shankghar Udhan
      many more statue and partisthan have been changed. Similarily, privious government allready has changed name RNAC, RNA, National anthem, RR campus, Mahendtra saskrit biswabidyalaya, Ratna rajaya parsuti griha etc. Raja lai Narayan hity baat out garera Nagarjun lakhetra Narayanhity durbar sangralay pani banai sakiyo. 2, 3 barsako antralma yeti dherai kaam gariyo bhayanata Naya NEpal. mahabadi lai dhanyabaad

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Madhab Doha

      sabai chor, ramro kaam kehi garne bhyanan baa.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ससुरा बा

      नेता हो अरु केही पनि काम छैन नाम फेर बस जनता को आँखामा छारो हाल बस.. जुन जोगी आय पनि कान चिरेका भनेको एही हो …

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Krishol Poudel

      हरे ओबमाले यो कुरा सुने भने, White House को नाम Black House बनाउलान् नि फेरी… अनि अर्को कुरा “रत्नपार्क पाऊ भण्डार” (यो त सबैले सुनेकै नाम हो) को नाम चाहि के रख्ने, यसैको साहुलाई सोध्नु पाए हुन्थो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      बरु ‘रानीपोखरी पार्क’ भनेको भये हुन्थ्यो की ,अथबा ‘संख पार्क ‘मात्र भनेको भये हुन्थ्यो ,अब यो ‘नरेस’ लाइ त ‘नरे’ भनेर बोलाउने जिब्रो हरु ले ‘संखाधर उद्द्यान ‘कसरी भंला ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • खै कुरा ठुलो काम सानो पनि नगरने हुनाले बिग्रिएको छ देश ! खाश कुरो त मलाई के लाग्छ भने जब सम्मा ति सामान्ती सरकारका पालामा चमचगिरि गरी आफ्नो मात्रा दुनो को सोझ्मा लाग्ने देशका दुई नम्बर मा पर्ने VIrus राजनितिक गर्ने टोप्लेका जुकाहरुले यो देश देखी लोप भएर जादैना , तेतिन्जेल सम्मा नेपालमा साचो बिकास को सम्भव देखिदैन —–कारण जोगी ले जोगी नै बनाउछ भने जस्ताइ —-जब सम्मा new generation नयाँ नेता भएर आउँदैनन —–यिन्क यि जाल्-झेलका दोहोरी कहिले हार् जित को टुङो भएन ! भाषाण का चोउरमा भुके जस्तो —- व्यबहारमा उतार्न तेती सजिलो कसैलाई पनि नहुदो रचक्यारे ——भन्न सजिलो गर्न गाह्रो —जाल्-झेलमा Double Ph.D गरेका ब्राह्ममान मुखिय हरु को भन्दा को कम छनर ? मुख्ले राम , बगलिमा छुरा छाम यसैले देश र जनताले कहिले पनि काजुली फेर्ने दिन जुरेन !!! साबधान है

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ho name ta j sukai raakha tara kamse kam yeso herna, basna layeko, nisulk ra safaa mutne thaun pani haus, 1 hoina dherai banau chahe Makunekai name rakha. Baal chhaina.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • man lama

      खोई बुजेको कुरा परिबर्तन केको लागि भएको फाली लाई सियो बनाइदियो घरलाई गोठ वडालाई गा.बि.स र गा.बि.स.
      लाई जिल्‍ला जिल्‍ला लाई नगरपालिका नगरपालिका लाई महानगरपालिका बनायो भने के देशको बिकास परिबर्तन हुदैन र?
      बिकास क्रमहरु गाउबाट गर्नु पर्ने बेलामा शहर बाट थालानिगरेको छ यहि दु:ख लागेकोछ गाउको बिकास जुन पार्टीले
      पनि गर्ननस्‍कने भयो।आउदो चुनाबमा सदरमुकामले मात्र भोट दिएर जित्‍ने नेता लाई लाल सलाम…

      मान लामा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shahi

      rantna park pani garden of dreams jati ramro banye kati jati hunthyo

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ankit

      “What is in the name” quote from Shakespear!!!!

      But this insane government is running behind the name!!!!We still say New Road-Juddha Sadak- even though its name was changed before our birth!!!!!So, this person “Bam Dev” who has lost the election polically not recognized by the people!!So, in the moral ground he doesn’t posses any right to hold the post of Home Minister!!!!The person discarded by the majority of people can’t be the home minister and even the second in rank in the government’s protocal!!!!!And by the way the whole assembly has only one task that is to draft the constitution!!!!They don’t have any right to take a long term decision on any matter!!!!So, don’t disguise the people by doing this trivial works, rather be energetic to bring some radical changes!!We all know that you people leading the government are incapable of delivering anything productive!!!!So, personally I don’t hope anything from you!!!!I had heard a dialogue in a movie-”Government is a legal Mafia”- and I am seeing it in this country!!!!!!You make loot in the name of taxes and lead a luxurious life from that money and feed your servent!!!!!!How’s that???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • raj123

      nam change gardai ma kehi hudainna nam je rkahee pani huchaa aba aarko sarkar aaula tes le aarko nam rakhla …………………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ranjan

      this is non sense….this is not a change..
      Saying “ratnapark” is our pride.Present government will not survive for ever…it’s not gonna last forever..Tyo ratna ko pratima “ratnapark” ma raheko bhaye better hunthyo…People like that…u government go to hell…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • ranjan

      this is non sense….this is not a change..
      Saying “ratnapark” is our pride.Present government will not survive for ever…it’s not gonna last forever..Tyo ratna ko pratima “ratnapark” ma raheko bhaye better hunthyo…People like that…u government go to hell…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • If Pahadiya political parties or government are really behalf of majority of ethic people they should handover or give leadership to ethnic groups in Kathmandu valley. It is good aspect to respect Nepal Era because great king was also respect the indegenour/ethnic groups so He did not Named Gorkha kingdom to Kathmandu(Nepal). Shah Dynasty was already care to those people.
      In same time nobody has right whether Bamdev or Ramdev to replace of PM shah’s Statue from entire country.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kiran

      the best solution to all these name change process going on in Nepal should be to change the country name from Nepal to Switzerland………….. Job Done.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kiran Texas USA

      Once a time, we saw that Bam Dev was the loyalist of the king.We saw in NTV, He went palace to receive ‘Tika’ in Dasain. AT that time non political party attended that occasion.
      Now he is saying that just for change,”Govt. will replace all kings’ statue and name.I thing he should feel himeself shame.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • sulav

      J bhaye pani History bhaneko histrory ho… Eslai jagerna garne jimmewari bame ko ra sabai dal ko ho…
      Mero bichar ma tyahah ko salik haru hataunu euta thulo murkhata ho.. Historic manyata bhayeko bastu haru lai tesari sidhai nadarandaz garnu yo sarkar ko euta thulo bhool ho….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ramesh gautam

      सबै राम्रा नराम्रा इतिहासहरु सजिब हुनु पर्छ । सारै गलत परम्परा बस्यो हाम्रो देशमा । इतिहास र धर्म संस्कृतिमा यत्रो छेंडखान कीन – इतिहासले के बिगार्छ र । इराकको नमुना हेरेर हुँदैन । त्यो त बिदेशी हस्तक्षेपको नमुना पो हो त । उसलाई त्यो देशको इतिहास र अन्य सम्पदा बचाइ राख्न जरुरी थिएन । बाह्रौं शताब्दी , चौधौं शताब्दीको अन्तरबिरोध लाई पनि हर्ेर्नु हुँदैन । उसबेला युद्धको नियम पनि बेग्लै थियो । त्यसैले यूरोपमा मात्र नभएर सम्पर्ूण्ा संसारले युद्धको बेला नष्ट भएका इतिहासलाइ सम्झेर निकै पछुताउ गर्दै छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • त्यो नाम परिबर्तन भन्दा त्यो बदाम खाने ठाउँ चाँही ब्यबस्थित गरेर बेस्यालय हुन बाट जोगाए हुन्थ्यो कि …………..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • neha

      what is the government trying to prove by all this?? Dont they get it that none of us really care that Ratna Park is named after a member of the royal family?? All we care is that it is Ratna Park, a place that is crowded and irritating and noisy…..but despite all that, we have come to Love Ratna Park because it is a part of our Kathmandu, Our City. so QUIT messing with RatnaPark!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Bibek Thapa, Dubai

      aba yestai hudai gayo bhane… ek din sarkar le “Nepal” bata “switzerland” name change garchha ani bhayena ta 1 year ma nai Nepal – switzerland.. this is among the few steps before making Nepal into switzerland…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • बटुवा

      त्यसैको छेउमा गणेशमानको पनि शालिक छ । उनी चाहि कान्छी तिरका हुन् कि के हो? गणेशमान पार्क नै बनाए हुन्न ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dil Shrestha

      nam change gareko kehi hudaina kam garnu paryo aru le gareko kam kina nam rakha na gayeko amale ani tu na janta ko vumi ho kina amale ko junda rakhe ko kam sam china baru tu samaye janta lai valo hune kam tira samaye deye kati ramro hunchha plzzzzzzzzzzzzzzzzzz do not wait time

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh

      रत्न को साब्दीक अर्थ हुन्छ। तेसैले त्यो पार्क लाई काठमाडौं को रत्न सम्झेर रत्नपर्क नै काएम हुनुपर्छ जस्तो लाग्छ। हैन भने नेपाली शब्दकोश बाट पनि झिक्नु पर्ने हुन्छ। रत्न नाम गरेका नेपाल मा हज्जारौं छन। ति सबै अब घ्रिना का पात्र हुन त?

      महेश
      USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Vashir

      यो सरकार lastai पागल भयो, यस्तो गरेर नयाँ नेपाल बन्छ? वाहियत। निकम्मा छ यिनिहरु। गरीबलाई काम गर्न नदिनी अनी आफुहरु महिनमा गफ चुटेर ५०,००० कमाउने???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Puru

      don’t get excited guys.this dump government is doing nothing except these nonsense activities.

      if they really want, they should respect this great person by creating somethign new, for example, new university on his name, of something like that. but………..remove one name and replace by other is just a stupid activity.

      You should respect your history because that is your identity.

      Shame on us.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • surya,japan

      नेपालमा परीवर्तण देखाउन कै लागि यो अभियान हो भने गल्ती गरी रहे को जस्तो लग्यो।शखधर साख्व जस्तो रास्ट्रीय बिभुती लाई अप्मन गरे र अरु कसैको सालीक हतायर राख्नु भन्दा नयाँ ठाउँ खोजी सचै समान गरीनु पर्च।यसरी लाज मर्दो कमले शन्ख धर को अपमान हुने कुरामा अली बिचार पुर्यादिन अनुरोध गर्चु।धन्देबाद

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • xenos

      Change the name of NEPAL into SWITZERLAND or SINGAPORE.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jhamu

      Yesta Naam changed garera matri kehi hudaina. Yedi pheri aarko sasan aaye pachhi aarko naam rakhina sakchha. Russia ko St.petersburg ko original naam lai changed garera communist haru lay 74 years samma Leningrad rakhe tara pani taha ka manish haru lay jahilay pani St.Petersburg bhanera nai chine. Tara 1991 ma communist haru gaye pachhi pheri St. Petersburg naam mai aayo , jun aahilay pani tai chha ra europe ko beautiful city ma ganinchha. So, original naam haru lai yesari changed garnu ramro ho justo lagdiana…teslay kunai asar gardai na maoist ko develop garne kura lai…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mahesh

      hooina k ho yo kaam chaina ki k ho govt.ko?naam change garnee re ?kina ghus khane thau feri khojeko jasto cha.Desh ko condition k bhai sakyo ,development garnu chaina nam change ….tha cha yo garda matrai kati paisa kharcha huncha?bikash gara na daka haru ho ………….desh bikash gara…ratna park ma park lai ramro banau…Gaun ma lagera park banau….naam change garera kehi ni hunna..hare shiva yen ko buddhi kaile aaucha ….hey bhagwan yen lai pani +ve think garne buddhi dyeu na.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sukarma

      नामले के गर्छ र यार पार्क को वित्र पो परिवर्तन गर्नु पर्‍यो नि

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Paul

      Sake aafule banaunu. Natra yo bandar tal kina?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sanjay

      pagal haru ko kam….kam chaina mahanagar palika ko…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jahan singhshsrestha

      Not shankhadhar Park, We should name it as Bamdev Park. Why? because they do not have vision and creativity to build new things, they just want to change the name of previously made things. It is very ridiculous. Nobody remebers Mahendra’s kanchhi wife calling Ratnapark. This is a name of a place like bhotahity. what is mystery in the name. There are more other ratnas such as Ratnamaya, Ratnaman, ranta kumari and Ratna Bahadur. My concern is this that we have to make other more beautiful parks rather than changing old names.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • razz_k

      jun jogi aaye pani kanai chereko. euta ithihhas lai metyaera aarko ithihas korna khojnu vanekoo chamata navako le phui ladaunu jasto matra ho. holan hamara sahid haru ma shakadhar thiye holan(maile paila suneko thiyena). tara k aaja sabai nam pariwartan gardai ma nepal naya nepal bancha ta, khai bir bhakti thapa, bir amar singh ani ballabadra ka salik haru, khai tehi rana jasle afna dhimag layera vayepani desh ko aashmitaa lai bachai rakhe ka haru. tara bidambana jo party ko lagi ladyo ani goli khayo ani tyo party sarkar ma pugne bitikai sahid vayo. thukka hamro samaj ani hamro vagya……..

      j vaye pani ithihas dorincha vanchan, aba k k dohorina baki cha herdai jau

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mr.berlin

      राजा महेंद्रकी अझै जिउदो कांछी श्रीमती रत्नाराजे लक्ष्मीको सालिक रत्नपार्कमा थियो भन्दा दंग लाग्यो, किन्भन्दा जिउदो सरिरको पनी सालिक बनाउने पर्था नेपाल मा थियो र ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • deepak

      They r doing a great job. Nepalese People want devel0pment for basic needs. We do not want prirotise on those freaking job rather than our basic needs. well done CPN UML. U will definately get more seats in Next election.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mohan Rus

      माइ संसार टिम र पाठक मित्र हरुमा
      नमस्कार

      निक्कै दिन पछी माइ संसार मा
      पाइला टेकेको नयाँ नेपाल को नयाँ
      परिवर्तन देखेर अचम्म लाग्यो

      फलाम मा सुनको जलप पोतेर
      त्यो नम्बरी सुन बन्ला र ?

      खोइ के भनौ नाम फेरेर सालीक
      हटाएर नयाँ नेपाल बन्ने हो भने
      त्यात्राो १९ जाना निर्दोस नेपाली शहीद र
      १२ बर्से जनयुद्द गर्नु पर्ने नै थिएन

      वास्तव मा यस्तै किसिम्को प्रब्रित्ती
      र अल्पकालिन सोच मा मात्रा सिमित
      हुने हो भने नेता हरुले भने जस्तो नयाँ
      नेपाल चै बन्ने भयो तर सम्रिद्द नेपाल चै
      उही खासाको सुन भने जस्तै उखान होला
      भन्न गाह्रो नहोला

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mina

      aba nepali paryatak pani jhukkine vaye bai,sankhadhar ma aayera ratna park khoje vane tinko halat k hola?kasaiko navayeko thuulo kam yi mawobadile garne vaye lau,kam chahi zero chha,sambidan kahile lekhne ho,name metaudai lekhda katti lagne ho

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • binu

      यो त अती नै भयो । माओवादी हरु ले के गर्न लागेको हो यो । नेपाल को ईतिहास नै मेटिने भयो । ईतिहास नै मेट्नु त राम्रो भएन नि । पछी
      का पुषता ले के पढ्ने अनी के जान्ने । माओवादी धेरै उम्लियो अब पोखियला है ।

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • ram shrestha

      अब आफ्नो बाबु बजे आमा हजुरामा र आफ्नो नाम पनि चेन्ज गर्नु किनकी यो पनि गन्तन्त्र

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Bikesh

      I believe the same. I do not think that the name should be changed of that place. It is an historical place and we are all used to calling that place ratnapark. If we continue like this then we will have a another name in few years.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Dipak, Sydney

      It doesnt matter…by changing name can’t make any sense! we are saying that name since long time and it takes time to know about the place. Let’s see we are in overseas and you guys are chaning the name of those places now. When we will comeback to nepal we will be like tourist…because you may not know the places as you are changing. So, changing name doesnt represents the so called drastic change and development in the country…we have to change the reality…poverty..and other infrastructure…i wish we could make new Sankhadhar Sakhwa metro train in kathmandu, new Puspalal tram in the capital…make new and give new name….chaning name in old places doenst sense the development in the country..don’t spend public money on thise bulshit events…develop new things and new name in the country.
      thanks!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • lure

      अरु काम गर्न नसकेपछी हाम्रा क्रान्तिकारी हरुले सस्तो , खासै पैसा नलाग्ने, यस्तै ताई न तुइ का काम गरेर टाइम फाल्ने भए। तर कमसेकम एउटा आशा के छ भने अब शाहीद को तस्बीर राखेपछी त मान्छेले त्याँ मुत्दै नहिड्लान कि? पहिले त रत्न सत्न थिइ, मुत्दिम भन्दै मुत्दा केही फरक पर्दैनथ्यो, अब त शाहीदको अगाडी मुत्दा अली लाज लाग्ला नि हौ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jojolopa

      yo name change garne ta maobadi sarkar ko fashion ho …sab kura ko naam change gardai cha…yo sarkar le garne kaam bhane ko yehi ho jasto cha….aba afno party ko naam kaile change garcha hola…herdai jau yo des kaha pugne ho…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bamsi

      यो कतै वास्तविक काम भन्दा पनि । नाम को लागि काम देखौने प्रबिती त हैन । पहिलोकुरत सर्बसाधारण ले अहिलेसाम्मा केपायत के गर्दैछ नयाँ निर्बाचित सरकारले र एस्का मतियार हरुले। अबत एस्तो देखिन लागिसकियोकी सरकारमा गयका तिन्थरिकप्तिहरु जनता का नाम्मा पासा खेल्दै छन। नाम परिवर्तन भन्दा पनि पहिलो कुर। काम गरेर देखौ। एदी तिमीहरुमा रगत छ भने । हैन भेने तिमीहरु सबै जनता को रगत्चुस्न गयै का परजिबी हौ। एक दिन राजा हरु धलेजस्तै तिमीहुरु लाई नेपाली ज्वालामुखिले खरानी पर्नेछ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Maharjan takdir

      WAIHAAT, BIKAS HUNE KAAM GARNU PARDAINA NAAM MATRA KHALI CHANGE GARERA KE GARNEY,GADHA LAI JE GARE PANI GAHDA GADHA NAI HUNCHHA KYA RE

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • देशमा लोकतन्त्र आओस,या गणतन्त्र या फेरी राजतन्त्र,चाहे जेसुकै र जस्तो सुकै परिवर्तन आउन तर भौतीक सम्र्चना भनेको देशको पहिचान र गौरब हो,त्यसैले त्यसलाई नस्ट गर्नु हुन्न|तर खोई हाम्रो नेपालमा त……….|

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Samantee

      This is just a momentary. After, few years, another ruler would come and change all those, whatever Maoist gov., is changing now.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • amrit

      naam change garera kehi hudaina………..kaam garnu paryo sarkar le

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • gopal

      i think they should build another park ruther then distroy the history

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • very good!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • laxmi khanal USA

      good job keep it up!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • रत्न पार्क को नया स्वरुप त राम्रो लाग्यो ।तर पनी त्यहा को भित्ते मुत्रदान प्रबिर्ती को बन्द हुनुपर्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bikram(TX,USA)

      sarho has uthyo yar,,,,ballya kal ko yad 6ata 6ulla bhayera aayo…………….hoina oh sathi gau gha rma tyo parbirti ko majai beglai hun6,,,but of course kathmandu ko bg area ma ta tyo laj mardo nai bhayo………hataunu nai par6 ……..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • partiv

      ठीक भंनू भो तपाइले, नेतहरुले चाहिने काम भंनदा
      नचाइने काम बढी गरी राखेका छन। जनता पनि
      भुली दैछनं। संविधानसभा लेखनलाइ आलटाल गदै
      भंता खादै।
      ॥॥॥॥॥॥॥॥॥ खवरदार नेता हो????????????

      !!!!!!!!!सावधान! भेडा जनता हो????????

      नभा देखि Public toile is most important than changing guarden name. Later they can change name.
      But we people dont know, system will not change by changing only name………………….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sasang Lama

      कहीं नपाएर कन्डोमा हात भनेको यही हो। पुरानो सत्ताको प्रतिक त्यो तिनकुने झन्डा सबभन्दा पहिले फेर्नु पर्थ्यो। संसारमै कहीं नभएको झन्डा हाम्रै देशमा छ। अन्तरराष्ट्रिय सभा, सम्मेलनहरुमा अरु झन्डाहरुका माझ हाम्रो झन्डा च्यातिएको जस्तो देखिन्छ। झन्डाबाट नै हाम्रो दरिद्रता प्रष्टिन्छ। खेल महोत्सवहरुमा पनि हाम्रो झन्डा फहराउन कस्तो कस्तो लाग्ने! चन्द्रसुर्य र रातो रङसँग हाम्रो बिमती छैन,तर आकार चाँहीं रेक्टेण्गुलर हुनु पर्‍यो। यदी तिनकुनेसंग धार्मिक आस्था जोडीएको छ भने, देशै धर्म निरपेक्षमा गैसकेपछी यस्तो झन्डा त झन राख्नै भएन। यस्ता तिनकुने झन्डाहरु युरोप, अमेरिकातिर सोर्हौ र सतरहौं शताब्दिताका गिर्जा घरमा टांगिन्थे वा लडाईंहरुमा प्रयोग गरिन्थे। कसैले यो हाम्रो मौलिकता हो भनेर प्याच्च भन्छ भने, त्यो कुवाभित्रै ट्यारर ट्यारर गरेर बसेको रहेछ भनेर जाने हुन्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prabhat

      हो त हामी नेपालीहरुको नानीदेखी को बानी कहाँ जान्छ र बरु त्येहा भित्तामा मेटाउन नसकिने गरी बुद्ध, गणेश, लक्ष्मी को पेन्तिङ गरे कसो होला, धर्म नै नमान्ने हरु लाई पनि त केही धक लाग्लाकी, नेपाल को कानुन नभये पनि या नमाने पनि आस्था को कानुनले त काम गरला कि?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bamsi

      तिनिहरुको अर्को पार्क बनाउने छेमत। भाईएको भाईय एस्तो गर्छन् । काम को नाम मा नाम परिवर्तन गर्ने । आर्को अर्थ मा कामै नगरि कुम्लो वित्राउने ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Tilak Karki U.S.A.

      Mr.Berlin nepalma jiudo manchheko salik banaune matra hoina jiudo manchheko shradha garne partha chha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • thik bhayo aati ramro ho to kam .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker