पाँच महिनासम्म संविधान निर्माणतर्फ सिन्को पनि नभाँचेको संविधान सभाले वि.सं.२०६७ जेठ १४ गतेसम्म सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान सार्वजनिक गरी लागू गर्ने भन्दै रुटिन सार्वजनिक गरेको छ। आइतबार संविधान सभाले स्वीकृत गरेको प्रस्तावित कार्यतालिकामा संविधान लेखन तथा प्रकाशन कार्य आइतबारदेखि सुरु भई १८ महिना (८२ हप्ता) सम्म जारी रहने छ। पालना होला, नहोला- अर्कै कुरा हो, तर रुटिन भने यस्तो रहेको छ-
मंसिर १३ गते- संविधानसभाका उपाध्यक्षको निर्वाचन हुने,
मंसिर महिनाभित्र संविधानसभाका समितिको गठन र सभापतिको निर्वाचन तथा संविधान निर्माण कार्यमा आवश्यक सेवाको क्षेत्र पहिचान गरी विस्तृत विवरण बनाउने
पुस १५ गतेसम्म प्रत्येक समितिले आफ्नो कार्य क्षेत्रभित्र पर्ने विषय र सोअर्न्तर्गत सञ्चालन हुने गतिविधिसहितको कार्यतालिका निर्माण गर्ने,
पुस १५ देखि फागुन १५ गतेसम्म नयाँ संविधानको अवधारणासम्बन्धी व्यापक छलफल तथा विचार विमर्श गरिने।
फागुन १५ देखि वैशाख १० गतेसम्म विषयगत समितिले अवधारणापत्रका आधारमा आगामी संविधानको प्रारम्भिक मस्यौदा तयार गर्ने,
२०६६ साल वैशाख ११ गतेदेखि जेठसम्म विषयगत समितिले तयार पारेको अवधारणापत्र र प्रारम्भिक मस्यौदा संविधानसभामा पेस गरी सुझावसहित संवैधानिक समितिमा पठाउने
२०६६ असारदेखि साउन १५ गतेसम्म संवैधानिक समितिले दिएको सुझाव र विषयगत समितिबाट पेस भएका मस्यौदालाई एकीकृत गरी नयाँ संविधानको मस्यौदा तयार गर्ने
भदौ २५ गतेसम्म संविधानसभाको पूर्ण बैठकमा छलफल गर्ने
भदौ २६ गतेदेखि भदौ मसान्तसम्म जनताको रायसल्लाह तथा प्रतिक्रियाका लागि राजपत्रमा प्रकाशन गर्ने
२०६६ मङ्सिर २५ देखि पुस २२ गतेसम्म संविधानको पहिलो मस्यौदामाथि व्यापक सुनुवाइ, गोष्ठी र अन्तरक्रिया हुने र जनताको राय सुझावसम्बन्धी विस्तृत प्रतिवेदन तयार गरी प्रतिवेदन सभामा पेस गर्ने
पुस २३ देखि माघ ७ गतेसम्म जनताको सुझावसम्बन्धी प्रतिवेदनमाथि पूर्ण बैठकमा छलफल हुने,
२०६६ फागुन ८-१० गतेसम्म पहिलो मस्यौदा जनताको रायबमोजिम परिमार्जन गरी संविधानको विधेयक सभामा पेस गर्ने,
फागुन ११-१७ गतेसम्म अन्तरिम संविधान र संविधानसभा नियमावलीबमोजिम संविधानको विधेयकमाथि संविधानसभामा छलफल हुने
फागुन १८-२४ गतेसम्म सो विधेयकमाथि सभासद्लाई संशोधन राख्ने म्याद
फागुन २५ देखि वैशाख १५ गतेसम्म सो विधेयकमाथि दफावार छलफल हुने र र्सवसम्मति बन्न नसकेका विषयलाई सबै संसदीय दलका नेता बसेर टुङ्गो लगाउने
२०६७ वैशाख १५ गतेसम्म विधेयकमाथिको दफावार छलफलका साथ नयाँ संविधानको प्रस्तावसहित सम्पूर्ण भाग संविधानसभाबाट पारित गरिने
विसं २०६७ वैशाख १६ देखि सभासद्को हस्ताक्षरपछि अध्यक्षबाट प्रमाणीकरण भई संविधानसभाको औपचारिक राष्ट्रिय समारोहका बीच राष्ट्रपतिसमक्ष पेस गर्ने
२०६७ जेठ १४ गते सो संविधान सोही समारोहमा जनतामाझ राष्ट्रपतिले सार्वजनिक गरी लागू भएको घोषणा गर्ने।
Related posts:












Sanjuji Tapain Budhijibi Manchhe my sansarmai ramaune ani kahan baata sambidhan banchha ta Janus, garnussssss!!!!!!!!!! sabassssss!!
मन परे हरियो, नपरे रातोः
0
0
Dhilai sahi Abasye banchha aajasamma muskille sahi maoistle diyeko mendate ra janatale chaheko kaam bhayekai chha, agadi pani hunchha. Shubhakaamana!!
मन परे हरियो, नपरे रातोः
0
0
I think that it will be impossible to draft the new constition of nepal. Most o fthe political parties are not ready to draft the new constitionof nepal most otthem are going ot to the popular things which are not help to the drafting of the constition. It is only possoble that if they are sincerely togoto make the constition
मन परे हरियो, नपरे रातोः
0
0
Hope the constitution will be written by 2075 B.S. teti bela samma ta nepal lai america banaune sapana cha re baburam ra prachande ko. jo manche le bolna janeko huncha tyo manche le kei gardai bhanne tha cha hola sabai lai. like “barking dog never bites”. testai ho maoist haru. kura garera kei hudaina. bhanne belamata khub bhanthyo. election jitepachi hami corruption rokchhau ani des bikash garchhau. garihalyo ni des bikas. ani tyo maoist ko ycl ra youth league ma educated group cha ki tei maobadi ka uneducated lal sena haru hun tiniharu pani. nepali desbhakta haru ho yo comment padau ramro sanga “Asking an incumbent member of Congress to vote for term limits is a bit like asking a chicken to vote for Colonel Sanders”. ho tei bhayo aahile maobadi lai bhot diyera. nothing gonna happen in this country until n unless another gm singh, bp koirala or king birendra will born.
मन परे हरियो, नपरे रातोः
0
0
संविधान सभाको रुटीन पूर्ण रुपमा चाहिय http://www.can.gov.np/doc_folder/19new%20Revised%20Timetable%20of%20CA.pdf बाट लिन सकिने रहेछ ।
मन परे हरियो, नपरे रातोः
0
0
Deadline ta sabai meet huncha nepal ma. Lau yohi ho sambhidan bhanera last din ma nikale pachi sakigo ne….
मन परे हरियो, नपरे रातोः
0
0
sambhidan lekhna lai k garo cha ra, rata-rat lekhi bhaye halchan ne ye neta haru bhanauda haru.yeneharu lai , kunai adhyan,anusandhan ra abhyas ko jarurat hudaina, lekhna lai ta rata rat sambhidan lekhincha… mukh le lekhne ta ho akhir ma, jaslai j j man lagyo tyohi tyohi lekhne….
मन परे हरियो, नपरे रातोः
0
0
नेपालमा प्लान बनाएको जस्तै गरी काम हुन्थो भने नेपालको हालत यस्तो हुनेनै थिएन नि। I am 100% sure, they will not meet this deadline.
मन परे हरियो, नपरे रातोः
0
0
यो जनता शब्दमा कता कता दासताको गन्ध आ उछ अब यसलाई पनि बिस्थापित गरेर नेपाली नागरिक भन्ने हो कि ? नेपाली नागरिक भन्दा ठुलो कसैको पद हुन थालयो भने फेरी उही राजा रँक को इतिहाँस दोहोरिनेछ।
मन परे हरियो, नपरे रातोः
0
0
बन्नु पर्छ नै ।
मन परे हरियो, नपरे रातोः
0
0
आसा त गरौं। आसाबादी हुनु नै पर्छ, तर आजसम्मको गतिबिधी र नेपाली राजनीतिक पार्टी र नेताहरुको ईतिहास हेर्दा चाँही विश्वाश गर्न सक्ने अवस्था देखिन्न। केही दिन अघिसम्म चुनाव गर्छु गर्छु भन्नेहरु चुनाव आउनु केही दिन अगाडि मात्र चुनाव रोक्ने घोषणा गरेर अर्को मिती घोषणा गरेको ईतिहास साछी नै छ- संबिधान सभा को पहिलो निर्वाचन मिती को कुरा। ऐन मौकामा आएर निर्णय फेर्ने चलन ब्याप्त छ। सुबाश नेम्बाङ र नारायण मान बिजुक्क्छे को नियत राम्रो होला तर उनिहरुले चाहेर मात्रा यो पुरा हुन्न। हरेक बुँदा हरु दुई तिहाइ मत ले पास् गराउनु पर्ने प्राब्धान भएको मा ६०१ जना रहेको सभामा त्यो हुने लक्ष्यण देखिन्न। सानो सानो इस्स्यु मा त मत बझाउने र पारीत हुन नदिने नियत भएका सदस्य हरु प्रसस्तै छन। बिशेष गरी म मधेस बादी भनिएका दल हरु बाट खतरा देखिरहेछु। हिर्दयेश् त्रिपाठी जस्ता नेता हरु, जय प्रकाश गुप्ता जस्ता र महन्त ठाकुर जस्ताहरु बाट एस्मा सहयोग प्राप्त होला जस्तो लाग्दैन। मधेस्को मुद्दामा र संघियताको मुद्दामा धेरै बिबाद हुन्छ यो पक्का हो।
माथि एक जना साथीले भन्नु भएको छ, दुई बर्श भित्रमा संबिधान बनेन भने पनि केही फरक पर्ने वाला छैन, तेती बेला इनिहरुले आफ्नो जागिर को म्याद बढाउन एक मत ले सिफारिस गर्नेछन र अरु छ मैना, एक बर्श अझै दुई बर्श पनि बढाउने छन . तेती बेला चाँही येस्मा फरक मत राख्ने कोइ हुने वाला छैनन्, यो पक्का हो।
अन्तमा आसा त अझै गरौ, बनोस तोकिएकै मितिमा संबिधान र दीपावली गर्न पाऔँ २०६७ साल जेठ् १४ गते।
मन परे हरियो, नपरे रातोः
0
0
बन्छ पक्कै बन्छ नयाँ संबिधान ।।। हामी सबै मिलेर बनाउनु पर्छ ।।।।
मन परे हरियो, नपरे रातोः
0
0
Khoi routine banna ta 6 mahina laagyo aba routine milena bhanera andolan hola
ani barta hola
ani
sahamati hola
ani sahamati paalana nabhayera 10-15 patak arko aandolan hola
ani routin finally pass bhayepachhi
naya Sambidhaan banne kaam pani suru hola…
Sambidhan banna suru bhayepachhiko din chaahin ma 21 barshako ketole dekhna paaune ho ki
mera naati panaatile herne hun thaha bhayena!!
मन परे हरियो, नपरे रातोः
0
0
aattinu pardaina saathi ho!!! nepal ma jastosukai gatirodh/abarodh aayepani sambidhaan banne thaauma freely bandai garchha.. deadline vitrai sambidhaan chahi banchha.
मन परे हरियो, नपरे रातोः
0
0
they have to make until that time
मन परे हरियो, नपरे रातोः
0
0
नेपाल मा यस्तै नेता भय सम्म भुत्रो बन्छ संबिधान,
बारह बर्ष कुकुर को पुछर ढुंग्रो मा हाले पनि बाङो को बाङै /
मन परे हरियो, नपरे रातोः
0
0
नेपाल मा यस्तै नेता भय सम्म भुत्रो बन्छ संबिधान,
बारह बर्ष कुकुर को पुछर ढुंग्रो मा हाले पनि बाङो को बाङै /
मन परे हरियो, नपरे रातोः
0
0
तोकिएकै समय भित्र [२०६७ जेठ १४] संबिधान बन्छ भन्नेमा आशावादी हुनुपर्छ । ढाँटको निम्तो खाएर पत्याउनु भन्छन् नी ।
मन परे हरियो, नपरे रातोः
0
0
hey, after the constitution gets drafted, there must be a referendum like in Iraq. Where is the provision for a referendum? This is a national constitution we are talking about not that of an NGO. The 1990 constitution failed because it was not ratified by the people. Idiots.
मन परे हरियो, नपरे रातोः
0
0
यो रुटिन पुरा का पुरा पालना त नहोला तर तोकिएकै समय भित्र [२०६७ जेठ १४] संबिधान बन्छ भन्नेमा चै मलाई पूर्ण विश्वास छ।
मन परे हरियो, नपरे रातोः
0
0
All the best
मन परे हरियो, नपरे रातोः
0
0
सविधान लेख्ने कागज र कलम मसी किन्ने समिति गठन र तलब भत्ताकोबारेमा त रुटिनमा छैन त कतै बिर्सेको त हैन
मन परे हरियो, नपरे रातोः
0
0
मैले हेरे माथिका अधिकांशजसो प्रतिक्रियामा अविश्वास आशंका र निराशा मात्रै छ कि जम्बो संविधानसभाले तोकिएको कार्यतालिका अनुसार निर्धारित समयमा नयाँ संविधान बनाउला भन्ने विश्वास अब सायदै कसैलाई छ । संविधान बनाउने भनेर कुम्लाकुटिरा बोकेर संविधानसभाभित्र पसेर जनताले चुहाएको पसिना र बगाएको खुनबाट तिरेको पैसामा राँइदाँइ गर्ने हाम्रा माननीय सभासदज्यूहरुलाई पनि हामी आफैले समयमै संविधान बनाउँला भनेर आफैमाथि विश्वास छैनजस्तो छ । होस् पनि कसरी संविधानसभा परिसरमै पाइने खाना मीठो भएन खानामा किला कंकर भेट्टियो भन्दै हाई काटेर ६ महिना बिताएकाहरुबाट यस्तै अविश्वास र आशंकाबाहेक अर्थोक आश गर्ने ठाउँ पनि देखिदैन । तरपनि बेला घर्कीसकेको भने छैन । अझैं पनि हाम्रो सरकार राजनीतिक दल र सभासदहरुमा अलिकतिपनि नैतिकता र इमान्दारी छ भने यो ८२ हप्तामा धेरै गर्न सकिन्छ भन्ने कुरालाई पनि नबर्सौ । २५० वर्षदेखि जरा गाडेर बसेको राजतन्त्रलाई त डेढ हप्तामै ढाल्यौ भने ८२ हप्ता हाम्रा लागि धेरै हो । केवल राजनीतिक इच्छाशक्ति र इमान्दारिताको खाँचो छ । मलाई व्यक्तिगत रुपमा लाग्दैन कि अब हाम्रा नेता र सभासदहरुले पहिलेका गल्तिहरुलाई अझैं पनि निरन्तरता दिनेछन । हामी आशा गर्नसक्छौ यो कुरामा । अब लाजै पचाउने हो भने त के भन्न सकिन्छ र । फेरि हाम्रो देशका नेताहरुमा एउटा गुण भने गज्जबकै छ हो । अरु कुरामा मन मिलोस् नमिलोस् मिलेर बाँडीचुँडी खाने कुरामा भने एकैपल्टमा सहमति जुटिहाल्छ । अरु राष्ट्रिय हीतका एजेण्डामा लँडाभाँती भएपनि प्राडो पजेरोदेखि सुत्केरी भत्ता खानेसम्ममा भने चुट्कीभरमा सहमति जुटेको जुट्यै हुन्छ । यदि खुदा ना खास्ता भनेको भगवान नगरोस भोलि २०६७ जेठ १४ गतेभित्र संविधान नबन्ने नौबत आयो भने अरु ६/६ महिनाका दरले समयावधि थप्ने सहमति पनि एकैछिनमा हुनेछ ढुक्क भएर बसे हुन्छ । हामी विचरा जनताले पो के गर्नसक्छौ र । अब पनि उनीहरुले बानी सुधारेनन् भने पख तिमीहरुलाई अबको डेढ वर्षपछि त चुनावमा फेरि आउलाउ नि भन्ने ओठ लेब्र्याएर बस्नेबाहेक अर्को काम छैन ।तर आशा गरौ हाम्रा सभासद र नेताजीहरुले अब भने आफ्नो बानी सुधार्नेछन र समयमै हामीलाई नयाँ संविधान दिएर आफ्नो इमान्दारिता प्रदर्शन गर्नेछन । तर जनतामा व्याप्त निराशा आशंका अविश्वास र अनिश्चियता मेटाउन के के गर्नुपर्ने हो त्यसको पनि कार्यतालिका बनाएर अब काम शुरु गरेहुन्छ ।
मन परे हरियो, नपरे रातोः
0
0
tehi aanusar vaidiye ta huntyo. yesari nepal socheko jasto vaidiye vaye ta nepal ahile samma kaha ho kaha pugi sakthyo taipani aasa garyon vane ko jasto vaihalchaki. sansarma imposible vaneko kura khi pani chaina j hos nepal lai banaune vaneko samidhan ho yo banauna sabai mathi ko hat cha taipani banlaki………………………………..?
मन परे हरियो, नपरे रातोः
0
0
I think it should read as Schedule not “Routine” Routine is something you repeate.
PP
मन परे हरियो, नपरे रातोः
0
0
अर्को ३ 4 बर्ष सम्म पक्कै बन्ला
मन परे हरियो, नपरे रातोः
0
0
हुन त जती जोगी आए पनि कानै चिरेको भने झै भै रहेको छ यो देश मा अब हेरौ हो जोगी ले के कस्तो गर्ला ??
मन परे हरियो, नपरे रातोः
0
0
हात्तीको देखाउने दाँत !!!!!!
मन परे हरियो, नपरे रातोः
0
0
Even if they cannot follow the routine, if the constitution writing is completed by 6 months later than the stipulated date, we would thank and congratulate them by heart.
All the best.
मन परे हरियो, नपरे रातोः
0
0
Routine ta ramro chha. tara uhi ganatantra ghoshana jastai hunen ho ki ? time ko antar laamo vaye jasto lagyo. bich ma chalkhel hune sanka chha.
मन परे हरियो, नपरे रातोः
0
0
routine anusar kam garnu hola best of luck
मन परे हरियो, नपरे रातोः
0
0
सुची र कार्य तालिका बनाइ
संबिधान निर्माणको बाटो
खुलाएको मा कम्रेड रोहित लाई
ध्न्यबात
देश र जनता को निम्ती राजनीति
र स्वार्थ त्यागी सच्चा र शही मार्ग
पहिल्याय असम्भब केही छैन
होइन भने ढुटो र पिडो खान पल्केर
जोतेको मेलामा हिंड्न छाडे
त्यस्तालाई सिर्कानो खुवाउन
जनता ले राम्ररि जानेको छ
किनकी
सबै गोरुलाई जनता ले जोती सकेका
छन,
मन परे हरियो, नपरे रातोः
0
0
सफल्ताको सुभकामन !!!!!!
मन परे हरियो, नपरे रातोः
0
0
सम्पूर्ण राजनैतीक दलहरु सहभागि भयर सहयोग गरागर भएमा अवश्य पनि रुटिन सफल हुनेछ।
मन परे हरियो, नपरे रातोः
0
0
एउटा बूंदा छूटे छ
2067 जेठ 15 गते तोकियेको समय माँ कार्य पुरा गर्न नसकेकोले लाज पचायेर समयावधी थप गर्न भत्ता खान पल्केका हरु संग गुहार गर्ने छन
मन परे हरियो, नपरे रातोः
0
0
Best of luck,
Hope the routine will be followed in time.
मन परे हरियो, नपरे रातोः
0
0
All the best!!!
It does not matter if it comes after 5 years…
The committee should promise for the announced routine. They should do according to what they informed to the republic people – for example: ” हाम्रो पार्टीले जे भन्छ त्यहि गर्छ, जे गर्छ त्यहि भन्छ”. How is this?
मन परे हरियो, नपरे रातोः
0
0
Good luck
मन परे हरियो, नपरे रातोः
0
0
bane pachhi thaha hunchha biswas lagdaina
मन परे हरियो, नपरे रातोः
0
0
उस् उस् उस् हातै भरी भुस चाँही नहोस् है!
संबिधान सभाको कार्यतालिकात बनाउनु भयो तर खै तोकिएको समय भित्र संबिधान लेख्न्न भ्याइने होकी होइन।जे होस् मलाई आशा छ तोकिएको समयमानै संबिधान् लेखिने छ।यदि त्यसो भएन भने नेपाललाई अरु थप् समस्याहरु आईलाग्न सक्छन् र संबिधान् लेखन् झन् जटिल बन्न जानेछ।हस्त;
मन परे हरियो, नपरे रातोः
0
0
all the best for successful routine
मन परे हरियो, नपरे रातोः
0
0
ए काका तपाईंले पनि त छुटाओनु भएछ नि २०६७ मंसिर १६ सम्ममा पनि देस र जनताको पसिना चुसिनसकेको अनी जताततै बिरोध भएकोले यो संबिधान लागु गर्न नसकी बिना संबिधाननै देस चलाऊने घोषणा गरेका छौं , पनि त हुन सक्छ नि ।।।।।।तर पनि आसाबदी बनौ एस्तो नहोला भनेर ……………….
मन परे हरियो, नपरे रातोः
0
0
दीपेन्द्रजी,
तपाईंनै आउनुस् न त मैदानमा हामी सहयोग गरम्ला। नेतालाई मात्रै कती गाली गर्ने? मलाई के लाग्छ भने हामी नेपालीहरु नेता भन्ने बितिकै विलक्षण होला भन्ने सोच्दछौ। साधारण मान्छे भन्दा बढी बुद्दी भएको र धेरै क्षमता भएको मान्छे भनेर त्यही अनुसार व्यबहार गर्छौ। मेरो विचारमा हाम्रो प्रगतिको बाधक भनेको यही [आफुलाई कमजोर ठान्ने] सोचाइ हो। जबसम्म हामीले यो सोचाइमा परिवर्तन ल्याउन सक्दैनौ तबसम्म हाम्रो उन्नती सम्भव नै छैन। एउटा उदाहरण: मानौँ न तपाईंले तपाईंका छिमेकीहरु भन्दा आफुलाई कमजोर ठान्नु भयो भने अथवा म सँग केही छैन, म केही गर्न सक्दिन भन्ने धारणा राख्नु भयो भने तपाईंका छिमेकीहरुको तुलनामा तपाईं कहिल्यै अघी बढ्न सक्नुहुने छैन। तर तेस्को सट्टा म पनि उनिहरु भन्दा कम छैन र म पनि उनिहरु भन्दा बढी गर्न सक्छु भन्ने द्रिढ् आत्माविश्वास पाल्नुभयो भने तपाईं अवस्य सफल हुनुहुने छ। तेसैगरी हामी नेपालीहरु [विशेषगरी युबा वर्ग] मा नेताले देश चलाऊन सकेनन भने हामी आँफै चलाऊन सक्छौ भन्ने भावना बिकास हुँदैन नि तबसम्म हामी जहिँको तहीँ रहनेछौ। तपाईं प्रचण्डले सकेनन भने म आँफै देश चलाऊन सक्छु भन्ने भावना बिकास गर्नुस् न म पनि त्यो क्षमता बिकास गरम्ला, अर्कोले पनि गर्ला अर्को अर्को गर्दा गर्दै सबै नेपालीहरुले आफुलाई योग्य छु भन्ने भावना बिकास मात्रै गर्न सके भनेपनी देशको उन्नतिलाई कसैले रोकेर रोकिने वाला छैन। मुख्य कुरो हामीले आफुलाई सक्षम नागरिक हुँ भनेर विश्वास दिलाउन सक्नुपर्यो र नेतालाई सकरात्मक काममा लाग्न उत्प्रेरित गर्नु पर्यो। तपाईं आजै वाट सोच्नुस् कोही हैनन प्रचन्ड र बाबुराम, कोही हैनन गिरिजा र माकुने। र हामी भन्दा विलक्षण छैनन उनिहरुपनि। यि हाम्रै प्रतिनिधि पात्र मात्रै हुन। हाम्रै समाजका, हाम्रै सस्क्रितीमा हामी सँगै हुर्किएका हामीजस्तै मान्छेहरु हुन। त्यसैले उनिहरुवाट धेरै आशा नगरौ र आँफै जुटौ नयाँ नेपाल निर्माणकोलागि।
मन परे हरियो, नपरे रातोः
0
0
के हो सर कही कतै तपाईं पनि
सभासद नै त पर्नु भएन
खै सस्म्भिधान शभा को चुनाव गर्न
दस चोटि सरेको थियो अब बनाउन कती
बर्ष लग्ने हो
मन परे हरियो, नपरे रातोः
0
0
नेपालको संविधानसभा ‘जातीय संग्रालय’ हो। यसमा संविधान, ऐन, कानुन र राजनीतिको ज्ञान भएकाहरु दश प्रतिशतभन्दा धेरै छैनन्। हत्या, लुट, अपराध र बलात्कारमात्र होइन, आतंकवादको तालिम लिएर आएका थुप्रै फुच्चे बिन लादेनहरु यहाँ छन्। अशिष्ट, अभद्र, जंगली र तस्कर स्वभावका त्यस्ता मनुवाहरुको झुण्ड हेर्दा संविधानसभा ‘एनिमल फार्म’ जस्तो बनेको छ।
आशा गरौं, संबिधान चैं राम्रै र समयमै बन्ला ।
मन परे हरियो, नपरे रातोः
0
0
नआतिनुस बन्छ हाम्रो नातिको पालासम्म धेइर्यगर्नुस
मन परे हरियो, नपरे रातोः
0
0