यो साताको प्रतियोगिताका लागि चुनौतिका रुपमा फोटो।

फोटो ९० वर्ष कटिसकेका एक वृद्धको हो। उनको फोटो हामीले कीर्तिपुरमा खिचेका थियौँ। यत्रो उमेरमा पनि उनी पत्रिका पढ्दा रहेछन् र कान कम सुने पनि कुरा गर्न खप्पिस् रहेछन्।
कृपया कविता बाहेकका कमेन्ट यसमा नगरिदिनु हुन अनुरोध छ।
विजेतालाई माइसंसार डोमेनको इमेलका साथै आफ्नै ब्लग सञ्चालनका लागि पाँच वर्षका लागि १० एमबीको वेबस्पेस पनि उपहारस्वरुप उपलब्ध गराउने छौँ (प्रायोजक)
No related posts.









पितृ त्रि्रो लालन पालनले
जीवनको स्वाद दिलायौं
देश र समाजको मुक्तीका लागी
जन्मायौ तिमि
यो कर्तब्यको मुख्य पात्र तिमिर्
धर्म र नैतिकता सिकायोै
सुयोग्य नागरीक
बनाउन
त्रि्रो टिकाले
अहिंसा बादी बन्न
प्रेरणाको पाठ पढायौ
तर हामीले केही दिनसकेनौ तिमिलाई
केबल घृणा उपेक्षा
अनादर ले प्रहार ग-यंौं
तिमि इतिहासका खानी
इतिहासहो हाम्रो आत्म कथा
सुरक्षीत राख्न सकेका छैनौ हामी
इतिहासका ठुला ग्रन्थ तिमी
तर अन्ाभिग्यताका मर्ुर्ति
हामी दर्शनलाई लत्याएर
ज्ञान गर्न खोज्नेहामी
कति धृष्टता छ
दुनियाँमा
तर हार खाँदैनौ तिमी
बाँची दिन्छौ हाम्रो लागी
सीकाउन छोड्दैनौ
रटाउन छोड्दैनौ
धन्य तिम्ा्रो पबित्र आत्मा
निर्मल निष्कपट भित्रको च्यादरमा
बस्छौ केबल हाम्रो लागी
हामी शिसुको लागी
यही पुजाले मुक्ती मिलोस
यही पुजाले देबलोक प्राप्ती होस तिमिलाई
आर्शिबाद देउ
त्रि्रो जस्तै जीबनको यात्रा बनोस
हाम्रो
त्रि्रो आशिर्बादले
मन परे हरियो, नपरे रातो
2
0
MALAI BHIM JEE KO JINDAGI BHANNE POIM LE MAN CHOYO .
मन परे हरियो, नपरे रातो
1
0
झुलिसके निधार का रेखा
फुलिसके काँस झै कपाल
भेटेकै छैनन अझै उनले
बिधी को सु-शासन को नयाँ नेपाल
आस्था को चिन्ह छ निधार मा
शिर मा छ टोपी ढाका
शातब्दी पुग्न लाग्दा सम्म
कती चनाखा बा का आँखा
राज देखी जनता सम्म को
शासन उनले देखे
देश माथि उठाउन
सङर्ष कति खेपे
तर अब
बिसियेर ति बिगत हरु
खोज्दै होलान् शान्त नेपाल
इछ्या उन्को पुगोस चाडै
बनोस देश नया नेपाल
मन परे हरियो, नपरे रातो
0
0
१९७४ साल बैशाख को महिना ,
जन्म भाको यो बुडा को गर्छु बयन ।
त्रिभुवन महेन्द्र अनी बिरेन्द्र नि जानेको,
राम्रो लाग्यो राष्ट्रपती आहिले छानेको ।।
*************************
याद आउछ जवानी को धेरै कुरा गरेको,
सम्झी लेउदा कती सारो पीर परेको ।
यैना हेर्दा देख्छु मैले दात सबै झरेको,
९० साल को भुकम्प मा म नि परेको ।।
****************************
दुध घिउ साग पात टन्न मैले खायको,
तेसै कारण चस्मा पनि छैन लायको ।
कस्तो थियो संसार पहिले आहिले कस्तो भाको छ ,
धेरै मान्छे मरे भन्दा चिन्ता लाको छ ।।
*******************************
कपाल पनि सेतो भयो दात पनि झरिगो,
यही लठ्ठी को शाहारामा बाच्न पारीगो ।
छाला चाउरी परेपनी मन त बुडो भाछैन ,
आहिले सम्म जवानी को जोश गाछैन ।।
****************************
शिर मा मेरो ढाका टोपी दौरा सुरुवाल पोसाक ,
कहिलै पनि भाईएन जाली शोषक ।
नेता गिरी गर्ने भए भस्ट्राचारी हुन्थे कि ,
तेस्को याद ले मन पोलेर बसी रुन्थे कि ।।
*****************************
कहाँ बाट कहाँ पुग्यो हाम्रो देशको बिकास ,
भस्ट्राचार नगरेत पाउथ्यो निकास ।
उमेर पनि ९० काट्यो ब्रीध भत्ता लिदै छु,
बढी बोल्ने बानी मेरो गफ दिदै छु ।।
*****************************
कुरो,कुलो लग्यो भने जता पनि गैहाल्छ ,
जन्मे पछी जोसुकै नि बुढो भैहाल्छ।।
कम्मर कसे हात उठाए जस्तो काम नि गरिन्छ ,
नत्र भने भबिस्य मा पछी पारीन्छ ।।
*******************************
*******************************
मन परे हरियो, नपरे रातो
1
1
सुन्य सुन्य यि निरिह आँखाहरु
करुणाका मुर्ती
यो बुढेसकालको
आत्मा सुन्य
चक्र बिच
असन्ख्य रमिताहरुको बिच
दु:खको बत्ती
निभ्न लागिरहेछ
भावाभाब रहित
किर्तीस्तम्भहरु
सङ्ला र सुन्यतामा
घुमि रहेकाछन।
रङी बिरङ्गी
आँखाहरु
सुन्यतालाई चिर्दै
सभ्य र सत्य मृत्युलाई
अद्रिस्य पटमा
सफा र सेता हिउसङै
ओर्लिन आतुरछन
सुनसान औशी
र बुढाउली चेहरा।
चुलिएकाछन अजङग
हिमालझै नाकका डाडिहरु
आमाको पहिचान
टाउकामा सजिएकाछन
करोडौको बिपना
र आदर्शको ऐना
सदाचारको ब्रतमा।।।
मन परे हरियो, नपरे रातो
0
1
समय म छेउ तिमी नआउन बिन्ती
मेरा हरेक पल हरु आज बन्दैछन किम्ती
मेरो देश ले बल्ल शान्ति को शाश भेटेको छ,
नयाँ काचुलि फेर्छ कि भन्ने आश भेटेको छ,
नौलो नौलो बिहानी छ ,नौला नौला हात,
देश सँग अब कोही गर्दैनन् कि घात,
मैले पनि भोट देको फेर्न संबिधान
नेपाल लाई बनाउने नेपाली हुन जान ।
कती रोए ईनै आँखा कती रोयो मन
कती गए छोरा छोरी तिमी आँफै भन
के गर्नु त देश बन्ला भंदै मन थामे
कता छ खै मेरो देश भन्दै मुटु छामे,
नयाँ नौलो संबिधान मैले पढ्नु पर्छ
सहिद का घरमा पनि हासो पस्नु पर्छ
मेरो नेपाल शान्ति क्षेत्र अब बन्नु पर्छ
अखबार मा खुशी हरु मैले पढ्नु पर्छ।
मन परे हरियो, नपरे रातो
1
0
चिउँडोमा राखी हात बुढाबा किन तिमी टोलायौ
मानब उत्सुक्तालाई तिमीले किन फेरी जगायौ
********************************
फर्की हेर्छौ तिमी आफ्नै लामो अतित
भेट्न खोज्छौ कि भबिष्य नयाँ नेपाल कथित
********************************
कैयौं उताड चडाब सँगै खोज्यौ जिबनको अर्थ
हाँस्यौ खुशीमा राख्यौ दु:ख सँग झेल्ने सामर्थ
********************************
धेरै सुनेछौ क्यारे खोक्रा भाषण थाकेछन अब कान पनि
अझै जिउँदै होला चाहना संसारबाट बिदा हुने नमुना बनी
********************************
मुस्काई रहेछ छालाका मुजाहरुमा अनमोल त्यो अनुभब
बाँचे नौ दसक नेपाली भुमिमा गर्दैछन बुढाबा गौरब
********************************
दु:खमै बित्यो आफ्नो चोला भन्दैहौ पाउन शान्ततिले सुख
सुबुद्धी खोज्ने कहाँ कती ताक्ने अर्काको मुख
मन परे हरियो, नपरे रातो
1
0
माथमा टोप काधमा लौरी
भिरेर हिद्दैछु
बिगतका दिन सम्झेर आज
सोचमा डुब्दैछु
साथी र सङी बन र पाखा
बयली खेलेको
हिजो झै लाग्छ बजार मेला
चौतारी गाएको
हिजोका ती खेतका आली
नदी र बगर
हेर्दछु आज देख्दछु त्यहाँ
बिचित्र शहर
रमाइेलो थियो मलाई त मेरै
कीर्तिपुर नगर
धुलो र धुवा मान्छेको भिड
साघुरो भो शहर
प्राचिन कला मुर्ती र मन्दिर
हातले कुदेका
अतेन्त सुन्दर नगरी मेरो
बिदेशी लोभेका
उमेरले नब्बे नागेर होला
कान कम सुन्दैछु
चिउडोमा हात राखेर आज
भोलीलाई हेर्दैछु
मन परे हरियो, नपरे रातो
0
0
Dear Administrator,
मेरो कविता दोहोरिएर प्रकाशित भएछ।
Please, दुई मध्य पहिलो चाँही कविता हटाइदिनुहुन !
भिम।
मन परे हरियो, नपरे रातो
0
0
Dear Administrator,
मैले तीन पटक पठाएँ मेरो कविता। तर, आएन? किन होला?
भिम।
मन परे हरियो, नपरे रातो
0
0
जिन्दगी
—–
जिन्दगीका भोगाईहरु
ईतिहासका पाना जस्तो,
कतै घाम, कतै छाँया
स्वप्निल यो संसार जस्तो।
++++
आना-सूका,माना-पाथी
विचित्रको किनमेल कस्तो,
सयौं बर्ष विगतका
कथानकमा खुले जस्तो।
++++
मेरो चोला बताउँ कि त
नौ दशक यो साक्षी कस्तो,
लौरो टेक्दै चोकमा यो क्षण
अर्कै जन्म पाए जस्तो।
++++
पढ्छौ भने मलाई आज
दस्तावेज-यो खोले जस्तो,
मैले लाउने घरबुना त्यो
टाईसुट बीच छिपे सस्तो।
++++
मिर्मिरेमै छुट्छ निद्रा
तन बूढो यो, मन छैन,
थोरै सुन्छु,धेरै देख्छु
गुनासो यो केहीमा होइन।
++++
रोजै गर्छु नित्य कर्म
शिर मा छ ढाका टोपी,
जिउनुको यो यथार्थता
लेखे,नत्र ओईलिन्छ कि।
++++
कस्सिएको जिउडाल त्यो
सुके आज पीर छैन,
चाउरिएको अनुहार यो
बाँच्ने आशा गा’को छैन।
++++
नब्बे सालको भूईंचालो नि
यही ज्यानले खेप्यो कस्तो,
धेरै आए प्रजातन्त्र
मेरो देशमा कथा जस्तो।
++++
यही भूमिमा हुर्कें,खेलें
यही माटोको कीर्ति गाउँछु,
बिहानीको अखबारमा
शुभ-खबर हेर्न धाउँछु।
++++
अनवरत पर्खाईमा छु
मेरो देश फुलोस्,फलोस्,
दण्डहीनता फस्टाँउदो छ
साँचो बाँच्ने कानून बनोस्।
++++
जिन्दगीका भोगाईहरु
ईतिहासका पाना जस्तो,
कतै घाम, कतै छाँया
स्वप्निल यो संसार जस्तो।।
++++ ++++
मन परे हरियो, नपरे रातो
0
0
this is bakbas this week al this are not god yar. time waste vayo mero .malai ta ayako kabita pani gayo aru ko study garda garda
मन परे हरियो, नपरे रातो
0
0
जिन्दगी
—–
जिन्दगीका भोगाईहरु
ईतिहासका पाना जस्तो,
कतै घाम, कतै छाँया
स्वप्निल यो संसार जस्तो।
++++
आना-सूका,माना-पाथी
विचित्रको किनमेल कस्तो,
सयौं बर्ष विगतका
कथानकमा खुले जस्तो।
++++
मेरो चोला बताॐ कि त
नौ दशक यो साक्षी कस्तो,
लौरो टेक्दै चोकमा यो क्षण
अर्कै जन्म पाए जस्तो।
++++
पढ्छौ भने मलाई आज
दस्तावेज-यो खोले जस्तो,
मैले लाउने घरबुना त्यो
टाईसुट बीच छिपे सस्तो।
++++
मिर्मिरेमा छुट्छ निद्रा
तन बूढो यो, मन छैन,
थोरै सुन्छु, धेरै देख्छु
गुनासो यो केहीमा होइन।
++++
रोजै गर्छु नित्य कर्म
शिर मा छ ढाका टोपी,
जिउनुको यो यथार्थता
लेखे, नत्र ओईलिन्छ कि?
++++
कस्सिएको जिउडाल त्यो
सुके आज पीर छैन,
चाउरिएको अनुहार यो
बाँच्ने आशा गा’को छैन।
++++
नब्बे सालको भूईंचालो नि
यही ज्यानले खेप्यो कस्तो,
धेरै आए प्रजातन्त्र
मेरो देशमा कथा जस्तो।
++++
यही भूमिमा हुर्कें,खेलें
यही माटोको कीर्ति गाउँछु,
बिहानीको अखवारमा
शुभ-खवर हेर्न धाउँछु।
++++
अनवरत पर्खाईमा छु
मेरो देश फुलोस्,फलोस्,
दण्डहीन राज्य यो छ
साँचो बाँच्ने कानून बनोस्।
++++
जिन्दगीका भोगाईहरु
ईतिहासका पाना जस्तो,
कतै घाम, कतै छाँया
स्वप्निल यो संसार जस्तो।।
++++ ++++
मन परे हरियो, नपरे रातो
0
0
९० बसन्त पार गरिसकेको जीवन
त्यती नै हिउद खपेको यो मन
आँखा मा अझै ति स्वर्निम दिन
अहिले भएका छन म देखी बिलिन
नसुन्ने भएका यि मेरा कर्ण
सुन्दैछन आज भाई – भाई को बिद्रोह
टाढा कर्णाली मा बम पड्कियो रे फेरी
एउटा भाई ले अर्को लाई मारेको घेरी
ए बाबु हो,
मलाई मेरै पहिले को नेपाल देउ
मेरै ति हरिया पहाडका स्वच्छ नदी देउ
चाहिदैन मलाई यो प्रदुशित रगत को खोला
ति सँगै बगेका बारुद र गोला
अझै पनि म संघर्स गरेर बाँच्नसक्छु
मेरै खेतबारी म धान उब्जाउन सक्छु
तिम्रो बिकासरुपी झुटो आश
झन चौतर्फी बढेको यो बिनाश
धमिलो भएका यि आँखाले हेर्न सक्दैनन
त्यसैले,
मलाई मेरै देउसी खेल्ने आगन देउ
मलाई मेरै टिका र जमरा फर्काइदेउ
मलाई मेरै नेपाल देउ
मलाई मेरै नेपाल देउ
मन परे हरियो, नपरे रातो
0
0
————————————
ठूलो मान्छे हुँ भन्दै,
आफ्नो रवाफ देखाउनेहरुलाई
पदमोहले उन्मुक्त भई,
देशको पहिचान फाल्नेहरुलाई
विदेशीलाई खुसी पार्न,
हालीमुहाली गर्नेहरुलाई
जनतालाई ढाँटि ढाँटि,
राष्टियतामा धावा बोल्नेहरुलाई
राम्ररी चिनेको छु,
पढेर पत्रिकाहरुमा
सुस्त सुस्त गरि गरी
सुनेको छु रेडियोहरुमा
आँखा धमिलै भएपनि,
ठम्याएको छु टिभिहरुमा
देखेको छु नाँगो आँखाले,
विगतका ईतिहासहरुमा
त्यसैले,
श्राप मेरो सधैं,
नाटक गर्ने पापिष्ट दुष्टहरुलाई
चिरा पार्न खोज्ने धमिराहरुलाई
ढुकुटि रित्याउने भ्रष्ट राक्षसलाई
वैमानी राष्ट्रघाती फाँसिष्टहरुलाई
तर,
आशिर्वाद छ मेरो,
तातो गोली खाँदा हाँस्ने ति शहिदहरुप्रति
भोकानाँगा हुँदासम्म चिनारी राख्ने गरीवहरुप्रति
देश वनाउन कम्मर कसेका, कर्मठ पौरखी हातहरुप्रति
कुना कुनामा रहेर पनि, देशको माटो चिन्नेहरुप्रति
जीवन निभ्न लाग्दा सम्म
पुर्खाले सुम्पेको चिनारी,
कहिल्यै मैले भुलेको छैन
शिरको टोपी भुँईमा,
कहिल्यै मैले झारेको छैन
टाल्नुपर्ने हुँदा सम्म,
दौरा मैले फालेको छैन
आफ्नो पहिचान गुमाएर,
शत्रुमाझ घुँडा टेकेको छैन
नेपाल आमाको मुहार फेर्ने,
आशा अझै मारेको छैन !
नेपाल आमाको हाँसो हेर्ने,
आशा अझै मरेको छैन !!
————————————
मन परे हरियो, नपरे रातो
0
0
A hope
I am staggering down the dark lane,
Carrying myself through the cavernous night.
Every gust of cold wind is crushing me,
Blowing all the faith away from the sight.
In this dark and deserted world,
Lonely I am, like an old tattered tree;
Not a soul willing to help me,
To pull me out and to make me free.
Just then, far away in the horizon,
I saw a gleaming ray of light;
And there it was, your faint voice,
Shouting out at me to stick to the fight.
Relentless your voice is,
Like a star flaming in the distant sky.
Your hands, I felt, are stretching out,
Amidst all the darkness, to hold me high.
I gather myself through the dust,
With a beaming hope that I will survive.
I might fall down long before I reach you,
But I promise: Up until the end, I will strive.
मन परे हरियो, नपरे रातो
0
0
नाै दशक बसन्त पनि पारगरी सके
भएका मुखभरीका दाँतहरु पनि साटीसके।२
उमेरले परिपक्क पनि भएको छु
धेरै खाएर पचाउन पनि नसक्ने भएको छु।
सन्तान पनि आ-आफ्नो बाटो लागि सके।।२
जीम्मेवारबाट पनि छुट्कारा मलाई दिइसके।
देशमा अबत शान्ति आउने होला भनि आशा राखेको थिए
खालि के-के हो के-के फोरम खोलेर देशलाई भताभुङ्ङ पारिसके
हाम्रो संस्किर्तिले पनि पखेटा राखिसके।
अब यहि चाउरि परेको छाला,निधारमा टिका र ढाका टोपि लगाएर
म पनि एउटा बृद्द फोरम खोलुकी जस्तो मानिसकें।
सन्तानको जिम्मेबारको लागि धेरै घुस खानु पर्ने पनि थिएन
आफ्नो संस्कृति हटाएर विदेशि सूट सिलाउनु पनि पर्ने थिएन।
खै के गरु के नगरु
नाै दशक बसन्त पनि पार गरिसके
भएका मुखभरिका दाँत पनि साटीसके।।
मन परे हरियो, नपरे रातो
0
0
moiest ko satta bhayako bhaye uhile mari sakthe dhann bache chhan ki dhani chhainan natra chanda diyan bhaner prachande ka chhawale 50 barsh katan dinenai thiyan yi budalaee katilaee t mareka chhan hau
मन परे हरियो, नपरे रातो
0
0
माइ संसार चौतारी का सस्थापक जि !
मैले हिजो पनि एउटा कबिता कमेन्ट पठाएकी थिए । हराएछ ! कि हराइदिनु भएको हो ?
हैन एउटा भन्दा दुइटा कबिता लेख्न नपाउने हो र भन्या ? (!)
रहर लागेर भर्खर सिक्दै गरेका हरु ( मै जस्तो के ! ) त भुतु क्कै हुने भए नि !
कि त्यो कम्प्युटर ले धो का दिएको हो ? के गर्ने यो मेशिन कम्प्युटर को हिर्दय हुँदैन !
मन परे हरियो, नपरे रातो
0
0
कामना सुख र शान्तीको गर्छु
______________________
आयु भन या जुनि अब चैं नश्वर देह यो खस्कँदो छ
आँखिर समयकै त हो खेल स्वप्न अझ यो पस्कँदो छ ।
लाग्छ आफैंलाई यो ईहलीला भएको छ अब बिसाउने बेला
छाडेर चेतना मुढो यो शरिर परब्रम्हमा मिसाउने बेला । । १
ज्यान रहुञ्जेल जवानी हुञ्जेल देखिएन कतै नि हरी
आज सर्वत्र देख्छु उनैलाई हो कि उनैको शरण परी ।
कपट , छल , जाल र *जुद्दे जे गर्नु लावण्य रहुञ्जेल हो
आँखिर खाली दुई हत्केला जोडी हुने त हरीसँगकै मेल हो ।। २
बन्द झनझन हुँदैछ दृष्टि जाँदैछन् सुकेर आँखाका पानी
गुन्छु मनमन हिँजो र आज लेखायो समयले के के कहानी ।
भोगियो डर र त्रासका माझ पोखिएझैं चुक अँध्यारो कालो
देखियो मेघमा बिजुली परेझैं छिनभरको झिलिक्क उज्यालो ।। ३
बलोस् भन्दछु उज्यालो अनन्त देखुन् लोकले हिंड्ने बाटो
गरुन् सबले प्राणझैं प्रेम नरोओस् एक्लिएर यो माटो ।
टेकेर माटो धानुञ्जेल ज्यान हुँदैन केहि माटो भन्दा माथी
देहले माटो छोडेर गए नि आँखिर यहि माटै हुन्छ साथी ।। ४
सपना फूलेको देख्ने छ रहर बस्ती बस्ती यि पाखाहरुमा
भय हटेर हर्ष नाचेको मेरा सन्ततीका आँखाहरुमा ।
निभ्नेछ तेल बिनाको दीप छिट्टै मेरो यो आँखाको कान्ति
कामना तर गर्दछु यौटै फैलियोस सर्वत्र सुख र शान्ती । । ५
* जुद्दे – युद्ध ( तस्विरका हजुरबाहरुले ‘य’ लाई ‘ज’ उच्चारण गर्नुहुने भएकोले )
मन परे हरियो, नपरे रातो
0
0
*** जीवन एक यात्रा ***
जिन्दगीसँगको अनन्त यात्रामा
एकान्तमा,
शून्य मनले सोच्दैछु,
के लिएर आएको थिएँ र
के लिएर जानेछु
हिसाब गर्दैछु,
कती पाएँ र
कती गुमाएँ।
**********
उमेरसँगको लामो यात्रामा
पुस्तौं हिडियो
आमाको काखबाट ओर्लिएर
तोते बोली बोल्दै
खेल्दै जिन्दगीसँग
घस्रिदै, ताती हिड्दै
गाउँदै जिन्दगीलाई
रसरंग गर्दै, हाँस्दै-हँसाउदै
पल्टाउँदै जिन्दगीको किताब
खोज्दै, सिक्दै
कावा खाँदै जिन्दगिको लट्टाइमा
ठोक्किदै, सम्हालिदै
बोकेर जिन्दगीलाई काँधमा,
परिश्रम गर्दै, ममता बाँड्दै
आइपुगियो यहाँ
र अहिले
टक्क अडिएर हेर्दै छु
आफुले हिंडेको बाटो,
आफूले हिंड्न नसकेको बाटो।
**********
समयसँगको यो हिडाइमा
युगौ हिडियो
दुनियाँ घुमियो
कहिले लात मारियो आफ्नै मनलाई
कहिले भाग्यको पाइलाले कुल्चिदियो आँफैलाई
कहिले चुडेको चप्पल जस्तो,
आफ्नो सपनाहरु हातमा बोकेर
हिडियो बर्षौ,
कहिले यथार्थताको ढुङ्गामा ठेस्सियो
कहिले अभावको भिरबाट लडियो
कहिले विवशताको हुरिले रोकिदियो
कहिले परीवेशको हिलोमा गडीयो
कैयौ पटक, अज्ञानताको अधेँरोमा अल्मलियो
कती जाती हुन्थियो,
यदी जीवनको यात्रा
आफ्नो सूरले
खुरु खुरु हिंड्न पाएको भए —।
मन परे हरियो, नपरे रातो
0
0
देश र समय बदलियो
मेरो लागी के छ र यहाँ ?
मेरा राजा मरिसके
अब यो बिसे नगर्ची को सल्लाह लिने पनि त कोही छैन !
मेरा भगवान हरु लन्डन र पेरिस का सजावट भईसके
मेरा सन्तानहरु सबै मरुभूमितिर भेडा चराउदैछन
मेरी छोरीहरु कसैको ‘एक रात’ हुदै मा ब्यस्त छन् !
म एक्लो बुढो
एउटा लाट्ठी को सहाराले
धेरै अगाडी बढी सकेको नेपाली समाजलाई
पछ्याई रहेछु !
मन परे हरियो, नपरे रातो
0
0
कति घाम देखे मैले कति धेरै पानी सहे
कति कति सुखमा हासे अनि कति धेरै रोए
जिन्दगीका खोलाहरू एकपछि अर्को गर्दै
तरी गए सबै आख़िर कति धेरै पुल हाल्दै……
मन परे हरियो, नपरे रातो
0
0
विर गर्खालिको सन्तान हुँ म
पहराको छाति छ मेरो सगरमाथ को शिर
चिन्छन मलाई दुनियँ ले नेपालि हो भनि विर
वैरिको शत्तिलाई धुवाँ सरि जलाएर
आफ्नै नेपालि माटोमा शुध्द अन्न फलाएर
दुई गाँस गुन्द्रुक र ढिडो चपाएर
बसेको छु नेपलिको स्वभिमा बचएर
विर गर्खालिको सन्तान हुँ म
पहराको छाति छ मेरो सगरमाथ को शिर
भातगाउले र ढाका टोपि मेरो, सगरमाथको हिऊँ हो
निदारको चन्दन र टन्कने टिका
हाम्रो संस्क्रितिको आधार भो
राढि पाखि र त्यो दौरा सुरुवाला
अनि कम्मरको त्यो खुकुरि विरताको निशान भो
विर गर्खालिको सन्तान हुँ म
पहराको छाति छ मेरो सगरमाथ को शिर
मन परे हरियो, नपरे रातो
0
0
Once upon a time, there was a boy
Who had a very ambitious dream
Through out everything
His love for the country never estranged
He started the fight for Freedom
This has to be called Revolution
It was not that easy
To be free or wanted to be free
He laid the foundation and teaches
To fight for the right
One day the lava of people
Peaceful, harmless flowed
Through out the nation
At last revolution won & put us on the driver’s seat
Hope, peace and development will continue
Until the last heart beat
I wish this revolutionary leader a long life
This is it for today, see you tomorrow Bye Bye
मन परे हरियो, नपरे रातो
0
0
विर गर्खालिको सन्तान हुँ म
पहराको छाति छ मेरो सगरमाथ को शिर
चिन्छन मलाई दुनियँ ले नेपालि हो भनि विर
वैरिको शत्तिलाई धुवाँ सरि जलाएर
आफ्नै नेपालि माटोमा शुध्द अन्न फलाएर
दुई गाँस गुन्द्रुक र ढिडो चपाएर
बसेको छु नेपलिको स्वभिमा बचएर
विर गर्खालिको सन्तान हुँ म
पहराको छाति छ मेरो सगरमाथ को शिर
भातगाउले र ढाका टोपि मेरो, सगरमाथको हिऊँ हो
निदारको चन्दन र टन्कने टिका
हाम्रो संस्क्रितिको आधार भो
राढि पाखि र त्यो दौरा सुरुवाला
अनि कम्मरको त्यो खुकुरि विरताको निशान भो
विर गर्खालिको सन्तान हुँ म
पहराको छाति छ मेरो सगरमाथ को शिर
मन परे हरियो, नपरे रातो
0
0
ऐ बाबा तिमी हेरेर किन बसिरहेकोछौ
यहाँ नेपाल रोहिरहेको छ
यहाँ तिमी जस्ता बाबा आमा रोहिरहेको छन
तिम्रा छोरा हरु लडाई गरिरहेको छन
तिमीले बोल्नु पर्छा तिमीले सम्झाउनु पर्छ
यहाँ मेची र महाकाली रोइरहेको छ
यहाँ सगरमाथा ले आसू झरिरहेको छ
ऐ बाबा तिमी हेरेर किन बसिरहेकोछौ
नेपाल रोहिरहेको छ
मन परे हरियो, नपरे रातो
0
0
बुबाले छोरा भनि बोलाएको सम्झंदा
आफुलाई अझै जवान छू भन्ने लाग्छ
आमाले बाबू भनि बोलाएको स्वर सम्झंदा
अझै पनि बच्चा नै हुं जस्तो लाग्छ
हुन त ति दिनहरू मेरा लागि अतीत भए
बर्तमान भन्नु त क्षणिक मात्र न हो पलमै बिती हाल्छ
त्यसैले होला आउंदा दिनहरू सम्झेर
यो बुढेसकालमा पनि अत्यास लाग्छ
मन परे हरियो, नपरे रातो
0
0
पहाड़को फेदमा बसेर
ए बुढो भनि चिच्याऊनेहरु
सक्छौ भने तिमिहरू पनि म जस्तै
पहाड़को तुप्पोमा आएर हेर
अनि थाहा पाउने छौ
पहाड़को तुप्पोमा कति रमाइलो छ
दुब्न लागेको घाम पनि कति घमाइलो छ
यहाँ बात देखिने संसार कति रमणीय छ
त्यति मात्र कहा हो र ?
यहाँ सम्म आउंदा
बाटामा देखे भोगेका क्षणहरु
कति अबिस्मरणीय छ
म तिमिहरुलाई चुनौती दिन्छु
सक्छौ भने तिमीहरु पनि म जस्तै
पहाड़को तुप्पोमा बसेर हेर
अनि थाहा पाउने छौ
सफल जिन्दगी कस्तो हुन्छ
जिन्दगी कति अमूल्य हुन्छ
मन परे हरियो, नपरे रातो
0
0
दौतरिले छोडि सके उमेर ब्रिद्द भो
सताब्दिको संघारमा आइपुगे म
ब्रिद्द नयन रसिला छन देख्छु नानाथरी
मान्दैन मन यो देखेर आसु गह भरी ।।
धर्म कर्म पूजा पाठ मेरो नित्यकर्म
यही जन्मे यही हुर्के पर्खदै छु मर्न
छिप्पिदै छन अङ्ग हरु छाडे अब चल्न
टाडिदै छन छोरा नाती बिस्तार बिस्तार बोल्न।।
जवानी मै हो रहेछ जेपनी गर्न
जहाँ बस्यो उठनै गाह्रो अर्को ठाउमा सर्न
लकडी को सहारा भो हिडडुल गर्न जब
घरले जा जा बनले आइजा समय भो अब।।
छोरा नेता नाती केटा परदेश गये पढ्न
के सुन्दै छु परिस्थिती दाजुभाइ नै लड्न
मिली जुली बसे देखी देश राम्रो हुन्छ
हैन भने म मरे नि आत्मा मेरो रुन्छ ।।
मन परे हरियो, नपरे रातो
0
0
मेरो अठोट
झन्डै एक सताब्दिका नजीकमा बद्ढो छ मेरो गति
छैनन् अमृतका अजम्बरी कुनै यो धर्तिमा सन्तती
था छैन दीपज्योतिको पथ बनी कैले हो जानु कहाँ
एक्दिन आखिर सत्यका शरणमा जित्नु छ जीबन जहाँ
झर्झर् यि अनुहारका पटलमा कोरिए रेखाहरु
आँखा थे रबिपुंजका तेज सरी ओइलाए दृष्टिहरु
सुन्दै शंख ध्वनी शुभ खबरका ति दिनहरु सम्झिदै
आउन् ति ईतिहासका छ्यणहरु फेरी पनि उर्लिदै
पाए हुन्थ्यो कुनै अबसर फेरी फर्केर त्यै योउवन
प्रियाको सँगमा बसी कोमलको पाए हुनेथ्यो मन
छैनन् आज उनी यतै नजिकमा आए हुनेथ्यो सङी
हेर्दै छिन् कि यतै उझड् प्रिथिबिमा आकाश माथि बसी
भोग्दै जीबनका घडी पलहरु बन्दै ईतिहासमा
साक्छी आँखाहरु अझै अटलका छन् शान्तिका फाँटमा
भो-भो युद्द कुनै सुनी खबरका आफ्नै परिवारमा
जान्न “शान्ती” नलीई म ता शरणमा, छाडेर देश् हारमा
इती
मन परे हरियो, नपरे रातो
1
0
तिमीहरु पो भन्छौ “बुढो” मलाई
मलाई आफु तन्नेरी नै लाग्छ
डाँडा पारीको “घाम” नभन मलाई
मेरो मन चसक्क दुख्छ
मन परे हरियो, नपरे रातो
0
0
आउ नानी ! आउ बाबु !
मेरो कुरा सुन
म बुढो ले जे जे भन्छु
मन मनै गुन ।
°
नब्बे काटे
दात साटे
संसार हे रे
रुप फेरे ।
°
यो बुढेस कालमा
चिन्ता लिन्छु म बुढो
मेरा नाती नातिनाले
टेक्न् नपरोस घुडो ।
°
जे जती भो
आफ्नै ले गर्दा खती भो
नराम्रो समाचार सुन्दा सुन्दा
अब त अती भो ।
°
नेता – नेता झगडा गरे
बढ्छ रिसको खाल्डो गहिरो
खाल्डो गहिरिए
देश बन्छ पहिरो ।
°
चाहना मेरो
नसाधुन कसैले बैरभाब
नहुन भाई – भाई शत्रु
नहोस् मायाको अभाब ।
°
कामना मेरो
राष्ट्र हितमा सरकार नबनोस अलमल्ल
छिटो छरितो जागरिलो सरकार होस्
नेपाल बनोस झलमल्ल ।
°
( मनै गुन – बिचार गर भन्ने अर्थ मा , दात साटे – कसैको चौरासी कटे पछी दात पलाउछ भन्ने आधार मा , मेरा नाती नातिना – हामी सबै नेपाली , टेक्न् नपरोस घुडा – हामी स्बाभिमानी नेपालीको शिर झुकाउन नपरोस भन्ने अर्थ मा )
मन परे हरियो, नपरे रातो
1
0
हिजो मैले बोलाउन्दा हजूर भनी आउनेहरु
आज मैले बोलाउन्दा नसुने झै गर्छौ तिमिहरू
बुढो त म पो भएको छू बहिरो त म पो हु
तै पनि किन तिमिहरू नसुने झै गर्छौ
मलाई नै धकालेर हिड्दा पनि नदेखे झै गर्छौ तिमिहरू
मेरै अगाडी उभिएर पनि नचिने झै गर्छौ तिमिहरू
नदेखेको त मैले पो हो नचिनेको पनि मैले नै हो
तिमीहरूले बोलाउन्दा नसुन्नु मेरो कुनै गल्ती होइन
तिमिहरुलाई चिन्न नसकनुमा मेरो कुनै दोष छैन
मेरो बोली लर्बराउनुमा मलाई कुनै होश छैन
मेरो उमेर धल्कनुमा मलाई कुनै पश्चाताप छैन
म त तिनै ब्यक्ति हूँ जस्लाई तिमीहरूले
बुबा भनि बोलाउन्थ्यौ हजूर बुबा भनि अंगाल्थ्यो
आज म बुढो भएको छू नब्बे बर्ष नाघेको छू
मन परे हरियो, नपरे रातो
0
0
तन बुढोभएपनी मन बुढो भएको छैन,
खप्पिस रहेछन यि कुरा गर्न र मन हर्न,
जवानीमा झुम्मिन्थे चेलीहरु वरिपरि,
मदन भण्डारीलाईनै मात गर्न सक्ने
भाषाणबीर पो हुन्थे कि?
चतुर नेता हुनुपर्ने मानिस,
कसरी जनता हुनपुगे?
शशांक लामा
न्युयोर्क
मन परे हरियो, नपरे रातो
0
0
मेरो बिम्ब-मेरो प्रतिबिम्ब !
ओ हो !
आज म के देख्दै छू!
मेरो बिम्ब-मेरो प्रतिबिम्ब !
दूर दर्शी मेरा आँखाहरु,
जस्तै कोलाहल र चिच्चाहट सुन्ने मेरा कानहरु,
संघर्षको मौसममा एक्लै पाहड चढेका मेरा पैतालाहरू,
दुख सुख चपाउने मेरा दातहरू,
भाग्यमानी भनिएका मेरा निधारहरू,
यौबनले भरिएका मेरा सुडौला पाखुराहरू
संसार जित्नु छ भन्ने मेरा बल र उत्साहहरू!
ओ हो !
आज यी सबै डाडापारिका घाम भएछन!
सपना पनि चाउरिएछ!
सम्झनाहरु पनि बिर्सिएछ!
साथहरु पनी छुटेछ!
हजारौका हात बनेको म,
मेरो साथ बनेको छ एउटा नीरस लौरो..
जो न सुन्छ…न बोल्छ..
तर म संगै बगि रहेछ!
कस्तो स्वार्थी भएछ संसार!
म अझै बाटो हेरी बस्छु
कान थापी सुन्छु
सायद कोही आउलान..र
जीबन रूपी लौरो बनी देलान!
धेरै उकाली ओराली गर्नु छ अझै..
मलाई त्यो डाडा परिको घाम हुनु छैन!
के तिमी सक्छौ मलाई मध्यदिनको जोबन दिन?
सायद सक्दैनौ होला!
सक्दैनौ भने के ही छैन ….
म डाडा परिको घामनै सही!
जुन दिन म अस्ताउला ..
हरेक साँझ तारा बनेरै भएपनी
तिम्रो आकाशमाथि चम्की रहनेछु र
सकेको उजेलो मेरो धर्तीमाथि फिजाईरहने छु..
फिजाईरहने छु…….
मन परे हरियो, नपरे रातो
0
0
जीवनलाई मेरो फर्केर हेर्दा
बसन्त को बाहार पाउँछु
अहिले म जे छु
त्यसै मा पनि रमाउछु ।
चिसो हावाले ढलाउन खोज्छ मलाई
तर पनि ढल्ने छैन म कहिल्यै
अझै पनि धेरै आशा बाँकी छन
बाँच्नलाई मेरो अतितको याद काफी छन ।
रहर मेरा कहिल्यै कम हुने छैन
उमेर ढल्कदै मा थाक्ने म हैन
पहाडले रोक्न सकेन, आँधीले छेक्न सकेन
कुनै लालच लाल्शामा मेरो मन बगेन ।
बाँकी जीवनलाई मेरो खुलेर जिउने छु
जब सम्मा आँखाले देखी रहन्छ
जब सम्म मेरो धद्कन रोकिदैन
म मर्ने छैन, म मर्ने छैन …………
मन परे हरियो, नपरे रातो
0
0
डाँडा पारीको घाम
आखिर घाम त घाम नै हो नि
बिहानिको सितल, मध्याननको रापिलो अनी साँझको पारीलो
खाली फरक हेराइको ।
निभ्न लागेको जीवन
आखिर जीवन त जीवन नै हो
कहिले बालक , कहिले युवा अनी कहिले ब्रिद्ध
खाली फरक जियाइ को ।
म त त्यो अनुहारमा पनि
बालक को निस्चल्ता देक्छु,
अनी कर्मठ् युवा को जोश देख्छु ,
एक पूर्ण जीवन देक्छु,
अरु पनि धेरै धेरै चित्र देक्छु,
खाली फरक बुझाई को ।
मन परे हरियो, नपरे रातो
0
0
We hate to Old Nepal
Still old people have encourage
Old is gold
We should praise the old people
We have o time to praise old people
PM Shah was creater of entire Nepal
Why we are hating and vanishing our history
Government and poltical parties do not want old things
How they could get birth from their parrents
90 years old person is really our guardian
We should respect our guardian
Oneday every one must be old
The present polical parties and governmnet
Missing their path
One day they will pronounce their parrents name
We are very sorry
PM was piller of Nepal
We are destroying thier statue
Who will give them knowledge and wisdom
Nobody is ready to give BUDDHI AND SUDDHI OUR LEADERS
They are destroying our old things
We need peace and security
How many budget is allocating
When people kill in conflict
Government could not give peace and security to people
How we could survive
Always compulsion of fair
In old Nepal it was more peaceful
In New Nepal always people’s blood could see here and there
Motherland is weeping betterly
Who will take your tears from your eyes
मन परे हरियो, नपरे रातो
1
0
KAsto Bakamfusse kabita ho yo !!!! Shiiiiiiiitzz !!
मन परे हरियो, नपरे रातो
0
0
I like this one !!
मन परे हरियो, नपरे रातो
0
0
प्यारो भाई बिजय, तिमी कबिता राम्रो लेख्दा रहेछौ। yaslai निरन्तरता देउ ल। मलाई तिम्रो कबिताले हिर्दयमा छोयो।
उही daju
प्रदीप
बनारस
मन परे हरियो, नपरे रातो
0
0
This guy should be the winner !!
मन परे हरियो, नपरे रातो
0
0
luna is always the best
मन परे हरियो, नपरे रातो
0
0
मन परे हरियो, नपरे रातो
0
0
my second poem is lost:(:(:(:(:(:(
मन परे हरियो, नपरे रातो
0
0
यो राम्रै छ ।।। मलाई ठिकै लाग्यो ।
मन परे हरियो, नपरे रातो
0
0
Sarai ramro kabita , Man chhune ra yatharthama adharit. Keep it up.
मन परे हरियो, नपरे रातो
0
0